Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

जसलाई नारी दिवसको मतलबै भएन


हिजो आठ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस विश्वका विभिन्न देशमा मनाइयो। सार्वजनिक विदै थियो हिजो। महिलालाई मात्र हैन, पुरुषलाई समेत। विभिन्न भाषणबाजीहरु भए देशमा। मलाई भने यी नारीहरुको सम्झनाले झल्झली सताइरह्यो, जसलाई यस्ता दिवसको मतलबै छैन। हेर्नुस् त केही छैन जीवनमा आशा। आँखामा कुनै लोभ छैन। आँसु पनि उनको सलल बग्न सकेको छैन।


केही पाउँला भन्ने छैन, केही गरौँला भन्ने पनि छैन। त्यसैले भावशून्य छन् यिनीहरुको मुहार।


एक जना साथीको जन्मदिनको अवसरमा म यहाँ पुगेको थिएँ। यो रविभवन नजिकैको गल्लीभित्र रहेको एउटा घरको अलग संसार हो। यहाँ छन् झण्डै २० जना वृद्ध ‘आमा’ हरु। पाँच जना त यहीँबाट कहिल्यै नफर्किने गरी यो संसारै त्यागेर गइसके।


कलंकी सुनारगाउँकी शान्ति मगरका देवरका छोरा अमेरिकामा छन्। तर १५ वर्षअघि लोग्नेको मृत्यु भएपछि उनलाई पानी खुवाउनेसम्म पनि कोही भएन। मधुमेह र हाइ ब्लड प्रेसरको रोगले देब्रे हात काटिएपछि हलचल गर्न नसक्ने अवस्थामा यिनी त्यहाँ पुर्‍याइएकी रहिछिन्।


कोही सडकबाट मर्‍यो भन्ठानेर फ्याँकिएकाहरु, कोही सन्तानले हेला गरेर मिल्काइएकाहरु…अहो, सबको आ-आफ्नै कथा छ।


आफ्नै सन्तान र आफन्तले समेत वास्ता गर्ने जमाना नरहेको बेला यी दिदी दिलशोभा श्रेष्ठले यी आमाहरुलाई आफ्नै पहलमा हेरविचार गरिरहेकी छिन्। उनको काम हेर्दा लाग्छ- संसारमा राम्रो मान्छे सकिएका छैनन्। यस्तो स्वार्थी संसारमा निस्वार्थ भावले काम गर्ने उनी साँच्चिकै महान् छिन्। ठाउँ नै नभइसक्यो उनको आफ्नै घरमा यी वृद्धाहरुलाई राख्‍न। तर पनि उनी अरुको दुःख हेर्न सक्दिनन् र ल्याउँछिन्। भन्छिन्, वृद्धाश्रममा राख्‍न सिफारिश, नागरिकता के के हो के के प्रक्रिया पुर्‍याउनु पर्छ। त्यो झण्झट गर्नुभन्दा त आफै कहाँ ल्याउनु सजिलो।


जब एक हात उठ्छन् सहयोगका लागि, तब त्यसैको प्रभावले अरु हातहरु पनि उठ्छन् त्यसलाई साथ दिन। किनभने संसारमा राम्रा मान्छेहरु पक्कै कम छन्, तर जति छन्, एक अर्कालाई सहयोग गर्न तत्पर हुन्छन्।


त्यसो त दिलशोभा आफ्नै कथा पनि कम दुःखलाग्दो छैन। छोरा नपाएको निहुँमा छाडेर गएका उनका श्रीमान कहिल्यै फर्किएनन्। अहिले छोरी पनि आमाको काम सघाउने भएकी छिन्। अमेरिका पुगेकी उनकी छोरीले आमाका आमाहरुलाई सहयोग गर्न महिनै पिच्छे केही रकम पठाउने गर्छिन्।

वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी संस्था स्थापना गरेर उनले आफ्नै घरमा वृद्धाश्रम चलाइरहेकी छिन्। २०६३ सालमा समाज कल्याण मन्त्रालयले उनलाई उनको कामका लागि सम्मान गर्‍यो। केही रकम पनि उपलब्ध गरायो। नेपाल टेलिभिजनको ‘संघर्ष’ कार्यक्रममा उनको अन्तर्वार्ता प्रसारण भएपछि मिडियामा उनको चर्चा हुन थालेको हो। चर्चाका कारण सहयोग जुट्न सघाउ पनि पुगेको छ। अहिले विवाहको वार्षिकोत्सव, जन्मदिन आदि अवसर पारेर यी वृद्धा आमाहरुका लागि खाना खुवाउन आउने, उपहार ल्याउनेहरुको सूचि बढ्दैछ। तपाईँ पनि ती आमाहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने सोल्टीमोडबाट कल‍ंकी जाने बाटोको बीचमा पर्ने रविभवन नजिकै जोकसैलाई दिलशोभाको आमा घर बारे सोध्नुस्, अधिकांशले बताइदिने छन्। उनीसँग आफै कुरा गरेर त्यहाँ के आवश्यक छ, त्यो सहयोग गर्नुस्। सलाम् छ यस्ता कल्याणकारी कामका लागि। सलाम छ दिलशोभालाई। जय होस् नारी शक्तिको। सबको मंगल होस्। सबको कल्याण होस्।

Related posts:

  1. ह्यापी नारी दिवस
  2. निर्वासनको काँडा जसलाई बिझेको छ
  3. गणतन्त्र दिवसको रमाइलो
  4. साथी दिवसको शुभकामना !
  5. लोकतन्त्र दिवसको सन्दर्भमा हाम्रो अपील

37 comments to जसलाई नारी दिवसको मतलबै भएन

  • Durga

    मलाई धेरै राम्रो लाग्यो दिल शोभा दिदि संग कसरि सम्पर्क गर्न सकिन्छ सहयोग गर्नको लागि सम्पर्कको माध्यम उपलब्ध गरिदिनु हुन् अनुरोध गर्दछु

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • manoj

    मा पनि सक्दो मद्दत गर्ने छु नेपाल आउँदा कृपया मलाई वहाँ को ठेगाना इमेल गरि दिनु हुन्छा कि सम्पादक ज्यु

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Sabi Shrestha

    ya She is doing good job. her phone no is 4274730, 4670165

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • sabi

    Ya she is doing good job. I know her very well her phone no is 4274730, 4670165.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • Ganesh Thapa

    म पनि तेस ठाउँ मा पुगेको छु /सबैभन्दा राम्रो पाक्छ भने को आफ्नो घरमा ति आमा हरुलाई राखेर बिहान उठने बितिक्कै ति आमाहरुलाई दिशा पिशा गराइ सके पछि चियानाशताको बन्दो बश्तो को शमएमा म र मेरिश्रीमति पुगेका थिएयू /आमा हरुलाई केहि खानेकुरा हरु लिएर /वहा दिदिबहुत खुशी हुनुभयो किन भने पैसा भन्दा समान हरु नै लेर आको मलाई धेरै ठिकलाग्छ बरु अब आउदा तपैएलाई समान लेर आउने इचा भएमा हामी लाईफोनेगर्नुष के समान सिधिना लागेको वा आबशेख जे छ तेही भन्छु आफ्नो स्रधाले लेर आएहुंच भनेर भन्नुभयो /हमिसबैले सक्दो सहयोग गरे यो सहयोग खेर जाने मैले देखिन एश्तो किसिम को सेवा गर्ने दिल्शोवा दिदि लाई दिल खोलेर सहयोग गर्दा दिल खुश हुन्छ /वांह को घर शोल्टीमोड र रविभवन को बीच मा पर्दछ /

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • sonu

    नेपालले यस्ता दिल्शोवा जन्माउन पर्छा

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • Luna

    great job !
    कोटी कोटी नमन दिल शोभा दिदि लाइ .

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 4

  • rohit

    आज यहाँ आएर म करीमा बेगम र दिलशोभा दीदी ले
    गरेको काम लाई मूल्याङ्कन गर्न मन लाग्यो I कति सफा छ हाम्रा दिलशोभा दिदिको मन , जस्तो नाम अनी तेस्तै काम न लोभ न रिश न घृणा न घमंड न धाक अनी न धमकी अनी अर्को जो समाजको ठेक्केदार …….ब्यक्तिगत स्वार्थको लागी राजनीती गरिराखेको छ अनी तेस्ता राजनेता लाई हाम्रा दिलशोभा दिदिको जस्तो सत बुद्धि कहिले आओश I सलाम दीदी तपाईको
    कामको लागी

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • aashis

    किर्पया मलाई ठेगाना दिनुस न केहि सयोग गर्न सकिन्छ कि

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • Tek

    जुनै सुकै तहको सहयौग भए पनि इ आमाहरु खुसि हुनु सक्ने सहयोग हुनु जरुरि छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • Abinash

    उमेश जी ठेगना पाउँ । मलाईपनि यि दिदीलाई सहयोग गर्न मन लाग्यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 0

  • तेज प्रसाद अधिकारी

    भाबुक बनायो यो लेखले, आँखा रसाए / साधुबाद छ माइसंसार ‘उमेश जी’ लाइ जसले एस्ता माहान काम गर्ने माहान आत्मा संग भेट गराई दिनुहुन्छ बेला बेला मा/ साधुबाद छ दिलशोभा दिदीलाई जसले मानवता मा नया आयाम थपिदिनुभएको छ/

    शक्ति छैन भन्छन नारीमा, कालिका हेर तिनी को हुन्?
    हिम्मत छैन भन्छन नारीमा, तिमीलाई जन्माउने आमा हेर तिनी को हुन्?
    धन छैन भन्छन नारीमा, लक्ष्मी हेर तिनी को हुन्?
    मन छैन भन्छन नारीमा, दिलशोभा दिदि हेर तिनी को हुन्??

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

  • Daulat Sakar

    माइसंसारलाई मेरो ह्दयबाट साधुवाद ।
    यी वृद्ध आमाहरुका बिम्बहरुभित्र मेरा आमाका बिम्ब प्रतिबिम्बित देखे । म रोए, मेरो मन रोयो । विशेष दिलशोभा आमाका सहयोगी भावनाका हातहरुलाई मेरो ह्दयबाट नै सलाम छ । म पनि सकेको केही सहयोग गर्न चाहान्छु कृपया आमाको ठेगाना माइ संसारबाट पाउन सकिन्छ ?

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • tara

    माइसनसार ले राम्रो काम गरेको मा धैरै धन्यवाद छ|

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • nepali thito

    सारै मन छोयो दिदि को यो कामले. मा नेपाल आएको बेला दिदि मा पनि केहि सहयोग गर्छु हजुर लाई

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 0

  • Rajendra Shrestha

    सामाजिक कार्य देन को ब्लग भए पछि कमेन्ट पनि थोरै नै आउने रहेछ. पोलिटिकल ब्लग मा चाही १०० कम्मेंट्स , येस्मा चाहि १५ मात्रै. तर जस्सले कम्मेन्ट गर्नु भएको छ दिल फुकाएर कम्मेन्ट गर्नु भएको छ. दिल शोवा दिदि को योगदानलाइ सलाम छ . म आफुले सकेको सहयोग गर्न तत्पर छु. नेपालको राजनीति को कुरा ले दिक्क लागेको बेला मा राम्रो कुरा राख्नु भएको मा उमेश जी लै धन्यबाद .

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

  • Dil Bahadur Chepang ( Dhading)

    दिलशोभा दिदि
    झोरलंग तथा नमस्कार

    म तपाई को यो सहयोग देखेर असद्धई खुसि छु र म प्राय जसो मेरो संसार हेर्ने गर्छु र आज यो नारी दिबशको फोटो हेरेर र तपाइको यो सामाजिक भाबना देखेर मलाई धेरै खुसि लागेको छ अनि तपाई को यो सहयोगले ति विभास नारीको जसले तेस्त समस्या भोग्नु परेको छ र परिवार बाट टाढा हुनुपरेको छ तपैले गर्नु भएको कुरालाई म आत्मा देखिने धन्यबत भन्दछु दिदि म पनि ति नारीको जस्तै समुदेको मान्छे हु र जसको फोटो देखे अनि मलाई देख्दा मेरो आमा र हजुरमा जस्तै लागेको छ तैपनि मैले केहि गर्नु सक्दिन म padhdai छु दिदि सलाम छ तपाई को यो सामाजिक सेवा लाई

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • हालकी रक्षा मन्त्रि विद्यादेवी भण्डारीकि आमाले त बृदाआश्रमा बस्नु परेको रहेछ भने अरु आमाहरुको त झन् बिचल्नी हुनेनै भयो नि !
    १२ छोरा १३ नाती बूढाको धोक्रो काँधमाथि भनेको यही हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

    • Okhaldunge

      पृथ्वी गोलो छ यो भनि राख्नु पर्ने कुरो होइन,यो समयको चक्रले सबैलाई त्यहिँ ठाउँ मा अथव त्यहिँ अवस्थामा पुर्याउँछ,जसले आफ्ना बुढेस कालका बा,आमालाई अवहेलन गर्छ त्यसले पनि केहि महिना बर्ष पछी त्यहिँ हविगत व्यहोर्नु पर्छ!त्यसैले बालबच्चालाई राम्रो पाठ सिकाउँन जरुरि छ!जस्तो बाबु आमा त्यस्तै छोरा छोरी भन्ने उखान सुन्नु भएकै होला !दिल शोभा दिदीको बुबा आमाले राम्रो पाठ सिकाउनु भएको रहेछ भन्ने कुरा वहांको सिद्दान्त कार्य शैली र खुला बिचारले
      प्रमाणित गरेर देखाएको छ!दिल शोभा दिदि यहाँलाइ मुरी मुरी धन्यबादका साथै कोटी कोटी सलाम,

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • nepali-john

    उमेश जी.
    कृपया फोन नम्बर दिनु होला. एसो सहयोग गर्रेर पुण्य कमाउनु पर्यो. कति आफुलाइ नै पोस्नु?

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 1

  • धेरै राम्रो काम गर्नु भएको रहेछ । प्रेरित भए म पनि ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

  • Ganesh and Kalpana,Lexington

    माइसंसारले यो लेख छापेर राम्रो काम गरेको छ अब दिल शोभा दिदिलाई सहयोग गर्ने हातहरु धेरै निस्कने छन तेस्को लागि माइ संसार ले सानो पहल गरीदिनु भयो भने हामी आभारी हुनेथिउ । दिल शोभा दिदिलाई लाखौं लाखौं शुभकामना र उहा प्रती आभार ब्यक्त गर्दछौ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

  • जे होस् नेपालमा राम्रा मान्छे हरु नेपाल आमा ले बेला बेलामा जन्माई रहेकी छिन्. mysansar ले दील शोभा दिदीको ठेगाना पनि दिएको भए अझ राम्रो hune थियो.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

  • P4R££N1T4~

    दिलसोभा दिदि ! सलाम तपाईलाई |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

  • दील शोभा दिदि को कार्य सुनेर मलाइ पनि केहि सहयोग गर्न मन लग्यो, please mysansar ले दील शिभा दिदि को फोन र ठेगाना पनि प्रसारण गरिदिएको भए हामी हरु आभारी हुने थियेउ..
    जे होस् नेपाल आमालाइ यस्तै राम्रो मान्छेको खाचो छ, हामि sabai मिलेर yestaa महान हरुको सहयोग गर्नु अति जरुरि छ.
    जय नेपाल…….////

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

  • shashi

    कृपया, दिलशोभा दिदीको सम्पर्क फोन नम्बर र ठेगाना दिनुभए राम्रो हुन्थ्यो|

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 1

  • Mohan Bhandari(Scotland,UK)

    दिल शोभा दिदिको,अब नेपाल जादा यहाँ गयर केही मदत गर्नु पह्र्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

  • Mohan Bhandari(Scotland,UK)

    अति राम्रो काम दिल शोभा दिदिको,अब नेपाल जादा यहाँ गयर केही मदत गर्नु पह्र्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 0

  • kesu

    यी आमा/हजुरमा, दिदि हरु लाइ पनि त मतलब थियो होला नि नारी दिवस को (जसलाई नारी दिवसको मतलबै भएन–शिर्षक) तर नारी दिवस मनाउने नाम मा आफ्नो स्वार्थ (राजनीतिक,आर्थिक,…) पूर्ति गर्न खोज्ने हरुलाई पो मतलब भयान यी अनुहार हरु को | जीवन मा कयौ आशा बोकेका थिया होलान ति आशा हरु तेत्तिकै बिलिन भय पनि होलान,फोटो देख्दा लाग्छा इनिहरु धेरै आशा आशाबादी छन् देश मा शान्ति र सामाजिक न्याय को, तर त्यो आशा पनि निराशा मै गुज्रियाला जस्तो छ.

    दिल शोभा दिदि जस्ता धेरै दिदि हरुको खाचो छ नेपाल आमा लाइ,
    जय नेपाल.

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • hridaya

    दिलसोभा दिदीको कामको हार्दिक कदर गर्दछु.| नेपालमा उहाजस्तै थुप्रै दिलसोभा हरु जन्मन सकुन |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

  • दिल सोभा दि, Its really nice job..keep it up.. GOD BLESS YOU

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

  • Bharat

    उमेश जी,
    सहयोग रकम पठाउने कहाँ र कसरी हो? जानकारी दिनु भए आभारी हुने थिएँ |

    भरत श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • kailash shrestha

    सबै जना को आ आफ्नो बेथा .बास्तव मा मलाई कस्तो लाग्छ कहिले कहिँ भने मारेर लानु केहि छैन सबैलाई थाहा भै भै पनि अजै त त र म म गर्छौ.अरुलाई क भन्नु र म पनि गर्छु भनौ न……….यो कलियुग हो…संसार को समाप्त हुन लागेको त सबैलाई थाहा नै होला….तेसैले सबैजना नेपाली हरु पनि अरु हरु जस्तै कसरि बच्ने भन्ने कुरा म लागौ…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Deepak

    लाखौ सलाम दिल शोभा महर्जन लाइ …..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • dixanta

      दिल सोभा महर्जन होइन दिल सोभा श्रेष्ठ

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Arun Kandel

    दिल शोवा दिदीको कार्य सर्हानिय छ ! आशाछ सबै तिरबाट सहोग हुनेछ ! माई संसारले एउटा सहयोग अभियान सुरु गरोश , हामी सक्दो सहयोग गर्ने छौ !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

  • Gorkhali

    दिलसोभा दीदी धेरी राम्रो काम गर्नु भयको रहेछ, अर्को पटक नेपाल आएको बेला अबसे पानी हजूर को संश्ता आयर सकेको सहयोग गर्ने छू .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes