जमिम हत्यामा नेपाली मात्र हैन भारतीय सुरक्षाकर्मी पनि संलग्न
जमिम शाह हत्याबारे छानबिन गरिरहेको प्रहरी टोलीले पत्ता लगाएको रहस्य आश्चर्यचकित पार्ने खालको छ। तपाईँले अहिलेसम्म जमिम शाह हत्यामा नेपाली सुरक्षाकर्मी मात्रै संलग्न भएको खबर सुन्नुभएको होला। तर आज आएका खबरमा त भारतीय सुरक्षाकर्मी पनि यसमा संलग्न भएको प्रष्ट भएको छ। प्रहरीले जमिमलाई गोली हान्ने व्यक्तिका रुपमा स्केच सार्वजनिक गरेको दायाँ छेउका व्यक्ति मोहम्मद वकार सैयद लखनउको स्पेसल टास्क फोर्स (एसटिसी) वा प्रतिआतंकवाद सेल (एटिएस) मा कार्यरत हवल्दार भएको जानकारी प्रहरीले पाएको छ। यसलाई यकिन गर्न भारतीय पक्षसँग जानकारी मागिएको रहेछ। सैयदले गत माघ १७ गते बुटवलको मैनावगरमा शौकत वेगको पनि हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हेर्नुस् थप जानकारी नागरिकन्युजमा। किन गरियो त जमिम शाहको हत्या? किन भारतले भारतीय मिडियामार्फत् दोषी ठहर गरेकाहरुको एक-एक गरी हत्या भइरहेको छ? भारतीय मिडियाले केही महिनाअघि पारस शाहको नामसमेत नक्कली भारतीय नोटको कारोबारमा संलग्न भएको पुष्टि बिनाको आरोप लगाएको थियो। के अब पारस पनि भारतको तारो बन्छ त?
घटनाक्रम र भारतीय मिडियाका समाचार विश्लेषण गर्ने हो भने नियोजित रुपमा हत्या भएको स्पष्टै हुन्छ। माघ १७ गते अर्थात् जनवरी १ मा बुटवलमा शौकत वेगको हत्या भएको केही घण्टामा नै भारतीय मिडियामा ‘नक्कली नोटका व्यापारी मारिए’ जस्ता खबरहरु आएका थिए। जबकि नेपाली मिडियामा हत्या कसको भएको भन्ने प्रष्ट खबर नै आइसकेको थिएन। ‘ठीक गर्यो, भारतका अपराधीलाई उसकै घरमा घुसेर मार्नुपर्छ..’ जस्ता प्रतिक्रियाहरु अनलाइन पोर्टलहरुमा आएका थिए।
त्यो हत्याको केही हप्ताअघि सबैजसो भारतीय मिडियामा गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै अपुष्ट खबरहरु दिइएका थिए- जसमा नेपालबाट नक्कली भारतीय नोटको कारोबार गर्नेहरुको नाम उल्लेख गरिएको थियो। शौकतलगायत युनुस अन्सारी र पारस शाहको नामसमेत त्यसमा जोडिएको थियो। भारतीय मिडियाहरु नेपालका मिडिया जस्ता हैनन्। राष्ट्रिय मामिलामा उनीहरु ‘र’बाट निर्देशित हुन्छन्। त्यसैले त निजी मिडिया भए पनि सबैजसोमा एउटै खाले समाचार आउँछन्।
पारस र युनुसको नाम जोडेर भारतीय टिभी आजतकले दिएको समाचार हेर्नुस्
त्यसैगरी तेज टिभीले दिएको समाचारको अंश हेर्नुस्
तर युनुस र पारसको नाम मात्र जोडिएको बेला अकस्मात् जमिम शाहको हत्या चाहिँ कसरी भयो त? जतिबेला जमिम शाह एकदम प्रभावशाली थिए, त्यतिबेला मात्रै भारतीय मिडियामा उनी दाउद इब्राहिमको मान्छे भएको आरोप लगाइन्थ्यो। विगत केही वर्षदेखि लो प्रोफाइलमा बसिरहेका जमिम शाहमाथि भारतीय मिडियाले हालैका वर्षमा कुनै आरोप लगाएको देखिएको थिएन। ऋणमा डुबेका जमिम आफै पनि टाट पल्टिएका उद्यमी जस्ता थिए। जब बीच सडकमा उनको हत्या भयो, केही घण्टापछि नै भारतीय मिडियामा पुराना आरोपसहितका समाचार प्रसारण हुन थाले।
किन भयो त जमिम शाहको हत्या ? अनुमान विभिन्नखाले हुनसक्छन्। एउटा अनुमान हो- भारतीय गुप्तचर एजेन्सीले नक्कली नोटको कारोबार गरेर भारतको अर्थतन्त्रलाई धराशायी बनाउनेविरुद्ध छेडेको जायज/नाजायज सबै हत्कण्डा अनुसार गरियो सफाया गर्ने निर्णय। जनमत बनाउन सुरुमा गरियो मिडियामा प्रचार। अनि नियुक्त गरियो स्पेसल टास्क फोर्स (एसटिसी) वा प्रतिआतंकवाद सेल (एटिएस) का सार्पसुटरलाई। पठाइयो सफाया गर्न। सुरुमा बुटवलमा ढालियो शौकत वेगलाई। अब उनको निशाना युनुस अन्सारी। पठाइयो उनलाई काठमाडौँ। तर युनुसलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा नेपाल प्रहरीले गिरफ्तार गरिराखेको छ। उनी अहिले उच्च सुरक्षा घेरा रहेको केन्द्रीय कारागारमा छन्। त्यहाँ हत्या सहज भएन। अनि के गर्ने त ?भारतविरोधी आन्दोलन चर्किरहेको र भारतको भाषिक उपनिवेश लाद्ने प्रतीकका रुपमा रहेको हिन्दी भाषामा शपथ लिएका उपराष्ट्रपतिलाई नेपाली भाषामा शपथ लिन बाध्य बनाइएको परिस्थिति थियो नेपालमा। शायद ‘र’ले सफायाको जिम्मा दिइसकेको व्यक्तिलाई खाली हात फर्काउनु भन्दा केही गरेर देखाउन चाह्यो। अनि ढालियो जमिम शाहलाई, जसको हत्याले एकसाथ अनेकौँ सन्देश विभिन्न स्थानमा पुर्याउन भारत सफल हुन्थ्यो। जतिबेला भारतीय मिडियामा उनीप्रति विभिन्न आरोप लाग्थे, त्यतिबेला जमिम शाह पूरा सतर्क हुन्थे। बडीगार्डहरु लिएर हिँड्थे। पछिल्ला वर्षहरुमा उनले आफूमा सुरक्षा थ्रेट अनुभव गरेका थिएनन्। र त उनको हत्या हुँदा गाडी चालक बाहेक अरु कोही थिएन उनीसँग।
प्रहरीनिकट साथीहरु सुनाउँछन्- जमिम हत्याबारे अनुसन्धान गर्न प्रहरी टोली बयान लिन जाँदा बर्रर्र आँसु झारे रे युनुसले। जेलबाहिर रहेको भए जमिमको ठाउँमा युनुस ढलेको खबर आउँथ्यो कि- संभावना थियो। भारतीय उच्च सुरक्षा निकायको संलग्नता र केही नेपाली सुरक्षा अधिकारीको संलग्नतामा यो हत्या भएको देखिन्छ।
भारतीय सरकारी निकायले आफ्नै सुरक्षाकर्मीलाई खटाएर भनेर अर्को देशको नागरिकलाई उसको देशमा गएर मार्ने, त्यसका विषयमा सरकार चुप बस्ने, अनि मिडियाले सो कामको समर्थन गर्ने देख्दा भारत सरकार नै भारतको विपक्षमा काम गर्ने वा भारतको अनुकुल नचल्नेहरूको हत्या गर्न अघि सरेको निश्कर्ष निकाल्न सकिन्छ। र त, सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले जमिम शाह भारत-पाकिस्तानको द्वन्द्वका कारण मारिएको भनी गरेको भाषणलाई भारतीय दूतावासले आपत्ति जनाएपछि परराष्ट्र मन्त्रालयले सच्याउन बाध्य भएको थियो। यदि जमिम शाह वा शौकत वा युनुस अथवा पारस साँच्चै नै गैरकानूनी वा आतङ्ककारी धन्दामा थिए वा उनले नेपालमा बसेर भारतविरोधी गतिविधि गरिरहेका थिए भने उनीलाई पक्रने र त्यो सम्भव नभएमा गोली हान्ने काम नेपाल प्रहरीले मात्र गर्न पाउँछ र पाउनु पर्छ। यसरी मान्छे मार्न पाउने हो र त्यसलाई रोक्न भारत तथा नेपाल सरकार सक्षम नहुने हो भने त्यसले गम्भीर र भयानक परिणाम ल्याउनेछ। नेपालमा रहेका मुसलमानहरुलाई यसरी भारतीयहरुले तारो बनाइ रहने हो भने नेपालमा पनि पीडित मुसलमानहरु अल कायदाका रुपमा जन्मन सक्छ, जसको भयानक परिणाम उही भारतले व्यहोर्नु पर्नेछ र यसको शिकार नेपाल पनि हुनेछ।
तर त्यसको वास्ता भारतले गरेको देखिएको छैन। त्यसैले फेरि पनि अब प्रश्न आउँछ भारतीय मिडियाले दोषी आरोप लगाएका युनुस र पारस शाह भारतको तारो बनेका हुन्? कसले देला यो प्रश्नको जवाफ?
Related posts:













जमिम शाह सबै भन्दा पहिले यौटा नेपाली नागरिक हो . तेश पछि मात्र उस्को धर्म, जात र पेसा आउंछ . नेपाली नागरिकको हत्यामा सबै नेपाली जनताले एकजुट भएर प्रतिकार गर्नु आबस्यक छ . न कि अलकायदा बन्न प्रेरित गर्ने खालको विचारको लेख रचना गर्ने . भारतलाइ कुटनैतिक दबाब दिन सर्बप्रथम नेपाली जनतालाइ एकजुट बनाउने भूमिका खेलेको भय राम्रो हुन्थ्यो कि ??????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
1
कानुन कै कुरो गर्ने हो भने पनि अहिले को प्रम सरकार का मुख्य व्यक्तिहरुलाई गोलि प्रहार गर्ने व्यक्तिलाई छुट हुनु पर्ने अवस्था हो . किन कि यिनी हरुले पदको लोभमा जनता लाई भका भक मार्ने छुट बिदेशी ग्रुप् लाई दिएको छ र “र” ले भनेको व्यक्ति लाई जेल हालेका छन्. के मैले गल्ति भनेको छु साथि हरु ! यिनी हरुले यसरि देश का जनता माथी गोलि हान्ने व्यवस्था मिलाएको कुरो प्रस्ट छ कि छैन ! यीनी हरु नै हुन् देश का सब भन्दा ठुला अपराधी. जमीम ले D Company लाई सहयोग गरेको कुरो पक्का होस् या नहोस माकुने र गिरि पुत्री ले “र” लाई देश को स्वाभिमान र अस्तित्व बेचेको पक्का हो. जमीम को हत्याराको को रुपमा माकुने लाई पनि लिन सकिन्छ.
मन परे हरियो, नपरे रातोः
8
1
जमिम शाहलाई यसरि बिशुद्ध राष्ट्रबादी संचारकर्मी भनेर प्रचार गरेको पटक्कै मन परेन l नेपालमा केवल टिभी भित्राउन उनको योगदानलाई नकार्न नसकिए पनि उनि विवादरहित व्यक्ति अबस्य हैनन् l च्यानल नेपाल को सुरुवात संगै उनको संलग्नता लागु औसधि र दाउद इब्राहिम संग रहेको कुरा चर्को रुपमा उठ्दै आएको हो l नत्र एउटा संचारकर्मी भएको आधारमा नै उनि भारतको तारो हुनु पर्ने थियो जस्तो लाग्दैन मलाइ l संचारमा उनको लगानी देखाउने दात मात्र हो भन्ने हरु पनि संचार जगतमा नै धेरै छन् l तेसैले जमिम शाह हत्याकाण्डलाई एउटा संचार उद्धमी भन्दा पनि उनको समष्टिगत व्यक्तित्व बाट हेर्नु पर्ने हुन्छ l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
28
सुर्य जी, कुरा जमिम शाह के गर्दथे भन्ने होइन यहाँ| हामीहरु आफ्नै देसमा कति सुरछित छौ भन्ने हो| जमिम शाह ले भारतलाई हानी हुने काम गरेकै भए पनि पहिला त्यो साबित गरेर प्रक्रियागत रुपमा जानु पर्ने हुन्थ्यो| एस्तो तरिकाले हत्या गर्ने हो भने एउटा राज्य र आतंकबादी संगठन अथवा अपराधिक समूहबीच फरक नै के रह्यो र| अनि अर्को डरलाग्दो कुरा यो घटनाक्रमले देखाउने भनेको नेपालको सुरक्छ्या स्थिति र सरकारको उपस्थिति हो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
नेपाली मिडिया जगतलाइ मेरो सलाम !!!!!!!!!!!!!!!!!! भारतीय मिडिया देखि भारतीय नेता अनि पुलिस फोर्स नेपाल मा भारतीय बिस्तारबाद लड्न चहन६न्, यसको नमुना अहिले को जमिम हत्यालाइ लिन सकिन्छ!! के अब पनि यी भारतीय हरुलाई हामी खुलायम हिड्न दिने, के यिनी हरु को मानो मनि चलिरहना दिने, हामी सच्चा देशभक्त नेपाली हौ भने सोच्ने बेला आयको छ!!! तराई लाइ विखण्ड पार्न यिनीहरुले गरेको नाटक बुझ्ने बेला आयको छ!! मेरो अनुरोध तराई र मधेस बासीहरुमा अब हामी जातभात, मधेस तराई पहाड भनेर लडिरहने हो भने हाम्रो आस्तित्व गुम्ने निश्चित छ!!! तपाई हरु पहिला नेपाली बन्न चाहनु हुन्छा कि मधेसी????????? जहाँ देसको अस्तित्व नै रहदैन आफ्नो अस्तित्व हुने कल्पना नगर्नु होला!!!हामी अब कोदो मात्रै खायर बसौं तर भारतीय प्रबिद्धिको भण्डार फोर गरौ!!!!!!!!!!!!!!!!!!!उठौ जागौ फेरी एकपटक राष्ट्रियता को लागि लडौं!! जय नेपाल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
5
आफ्ना आफ्ना स्वार्थ अनुसार सबैले काम गरेका छन् आफ्नो थैलीको मुख बन्द गरेर बस्न सिक्नु पर्छ नकी पैसा चोरी भएपछी चोरलाई दोस दिने काम गर्नु बहादुरी हैन |
मन परे हरियो, नपरे रातोः
4
10
यी घटना क्रमले, खुल्ला सीमाना बन्द गरेर आफ्नो निगरानी राख्ने क्षमता अनुसार मात्र दुलाहरु खोल्नु पर्ने, टड्कारो आवश्यकता देखाउछ| न भारतिय न पाकिस्तानी या अरुनै, हाम्रो ठाउँमा आउदा हाम्रो तौर तरिकामा रहनै पर्नेछ|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
नेपालीहरुको औटा सारै आचाम्मा को बानि छ | हारेर मन्त्रि भाकोलै भारत ले बनाको हुन्छ, अनि जितेर मन्त्रि भाको भारत को पैसाले जितेको हुन्छ | खासमा हामी नेपालीले आफ्नो हेर्ने तरिका फेर्ने होकी | जनताले नेता जन्मौछा, नेताले जनता होइन, चेतना भया…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
9
प्रभुको आशिर्बाद भएपछि बाचिन्छ हे नेपाली हो!!!! उनको भजन गर!
भजन गर्नेलाई साथदेऊ माकुने, बन्दुके र किरिजापुत्रि र २३को मंडलीमालागि मोनम सम्मति धारणम: गर। नत्र प्रभु रिसानि होला तिम्रो पनि जमिम को हाल होला। जुघे कालापानी भनेर मुलपानी जान्छ, काजु ऊतैको पैसाले यता राजनिति गर्छ। सबै प्रभुको आशिर्बादले चलीराँछ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
22
नारायण जी को कुरा सुनेर खादै गरेको पानी पनि सर्क्यो !के तेसो हो वने AMERICA र चिना कति बिरोधि देस हो ,इंडिया र चिना कति बिरोधि देस हुन् बिस्वमा जति बिरोधि मनमुटाब वयपनी नाकाबन्दी गर्ने वन्ने कुरा सजिलो छैन नि, हो ६०%समान इंडिया बाट औछा त्यो कुरा सत्य हो,तर वोली नेपाल लाई नाकाबन्दी गरेमा हामीलाई होएना इन्डियन ब्यापारी लाई ठुलो घाटा हुन्छा र त्यहिको जनता ले सरकारको बिरोध गर्छा,हो हामीलाई जीवन यापन गर्न सरो पर्ला तर उपाय पानी निकाल्न सकिन्छा,अनि पंचायत कालमा नाका लगायको नै हो कि होएना ,तेसबेला मरिचा मान ले त्यो नाका बन्दीलाई कस्तो लोप्पा खुवायाको थियो,हामीले इंडिया को बिरोध गरेको होएना त्यस वितर लुकेको उसको नराम्रो नेपाल प्रत्तिको सोच लाई बिरोध गरेको ,तेस्मा हाम्रो देस KA NETA HARUKO प्रबिदी र आचरण नेपाल र नेपाली ववाना अनुसारको हुन सकेन वन्ने आम नेपानी को निर्क्योल हो.!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
6
sanjay kharel ,,, जी
साचो कुरा जहिले पनि तितो हुन्छ भन्नि उखान सुन्नु भय को छैन र तपाई लाई तेही भय को हो सिदा भन्नु की मैले साचो कुरा पचाउन सकदिन भने र <<<<
तपाई आफु ले तपाई लाई नै मपाई भन्नु को कुनै अर्थ छैन किन की अरु ले तपाई लाई तपाई भने, पो तपाई को मन हुन्छ ,,,, तपाई लाई अरु ले जस्तो नजर ले हेरे पनि तपाई पहिला ठिक हुनु पर्छ ल <<<<<<<<<<<<<<
मन परे हरियो, नपरे रातोः
3
0
कुरो भन्ने नै हो भने यो तथ्य पनि हुन त सक्छ| त्यै पनि एकैचोटी निष्कर्षमा चै नपुगी हालौं कि? किनकि हाम्रो देशमा ऐले बिदेशी चलखेल उग्र र प्रत्यक्छ्य रुपमा नै भै राखेको कुरा दिनको सुर्य झैँ छर्लंग छ| यसमा भारतलाई मात्रै समातेर गर्ने कुरो पनि होइन, यसमा चिन, अमेरिका लगाएत नोर्वे जस्ता भुसुना देशले सुद्ध हात हालेका छन्|पारसलाई मार्नु भन्दामा पनि दरबार काण्डमा उसको ज्ञान बारे छानबिन गर्न बरु सक्छ भने हाम्रै सरकारले गर्दा राम्रो हुने थियो|हाम्रो बीचमा रहेको शंका, उपशंका पनि कम हुने अनि हतार हतारमा देश बाटै श्री पेच र राजगद्दी हटाउने निर्णय गर्ने लोभी नेता (यहाँ गिरिजा, र कालो सर्पो माओ-बादी पर्छन)को पर्दाफास पनि हुने थियो|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
9
भारतीय बिस्तारबादले नेपल्लागयेत सम्पूर्ण दक्षिण एसियामा आफ्नो चलखेल बधूदैलागेको छ ! स्वाभिमानी देशभक्त र भारतको हैकमबादको बिरोध गर्ने हरेक स्वाभिमानी, उसको तारो बन्न सक्छ !
भारत एतिबेला माओबादीले सत्ता कब्जा गर्छा भन्ने हल्ला फिजाएर , माकुनेको नपुंसक सरकारलाई टिकाएर आफ्नो प्रभाव बढाउदै छ ! पछिल्ला हत्या श्रीखला, एम. आर .पी .( पासपोर्टकाण्ड ), आदि येसकै प्रमाण हुन् ! नेपालमा आफ्ना कठपुतली नचाएर नेपाललाई सिक्किम बनाउने सकुनीजालको यो दिर्घकालिन योजनाको हिस्सा हो ! गृह मन्त्रि लगाएत सम्पूर्ण सुरक्ष्या प्रमुखहरु एकै पटक बिदेस सएर गर्न निस्कनु, सोहि समएमा अति सुरक्षित क्षेत्रमा दिन दहाडै गोलि हानेर स्थापित व्यक्तिको हत्याहुनु ! त्यति हुँदापनि सुरक्ष्या निकाए निदाएर बस्नुले के बुझ्ने ?
अब हामि सबै स्वाभिमानी नेपालीले एकपटक गम्भिर भएर सोच्ने पर्ने बेला भएको छ !
मन परे हरियो, नपरे रातोः
11
4
Salokyaजी,
किन फेरी हृतिक रोशन काण्ड दोहोर्याउने कोशिश गर्नु हुन्छ? यसमा हानि नेपालकै हुन्छ, किन नबुझ्नु भएको? संकाको आधारमा भारतलाइ दोष दिएर भारत विरोधी प्रवृति चर्काउनु भनेको नेपालमा अस्थिरता बडाउनु मात्र हो |
म त शतप्रतिसत दोष हाम्रै सुरक्षा व्यवस्थाको देख्छु | भारतका आम नागरिक होस् वा हवल्दार/स्पेसल फोर्स होस् वा दाउद इब्राहिमको मान्छे होस्, नेपालमा आएर यति सजिलोसंग हत्या गरेर भाग्न सक्छन् भने नेपाली नागरिक आफ्नै देशमा कत्तिको सुरक्षित छन् भन्ने स्पस्ट छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
112
9
राजधानी को मुटु लैन्चौर मा दरबार जमाएर बसेको शूद ” हरु ” माथि बम छर्नु पर्ने
बाध्याताको सृजना गराउदै छ भारतीय ” र ” एजेन्ट —–
‘ यता ताकेको बन्दुक उता फर्किन गाह्रो हुन्छ र ?! – - – ‘
हेप्दै जानु को सिमा हुन्छा , अति गर ! अतिचार नगर ! जसले अति गर्छा उसले
समय संगै खति पनि भोग्छा —
हाम्रै आगन मा आएर हाम्रा दाजु भाई लाइ मार्ने लाइ हामि ज्यु ज्यु गर्नु सक्तैन !
हाम्रा नेताले ज्यु ज्यु गर्छा भने त्यो पनि धेरै दिन टिकतैना—- चेतना भया !—-
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
23
Luna जी, तपाइसंग सहमत हुँदा हुँदै पनि असहमति जनाउन परेको चै, यो सुद सुद भन्ने नाराबाजी नगरिकन हामी हाम्रो नेताजी हरुलाई चेताउने काम गर्दा बेश हुन्छ भन्ने मेरो धारणा| किनकि अन्त्यमा के देखियो भने आज नेपालमा भएका कुनै पनि राजनैतिक पार्टीहरु यो बिदेशी प्रभाव बाट बन्चित छैनन्|चाहे त्यो कांग्रेस होस् अथवा ऐले हालसालको आतंककारी बिल्ला भिर्दै तपाइँ हामि सबैलाई तर्साउँदै आएको माओ-बादी (उसको त पार्टी नै बिदेशी मान्छे को नाउँ गाँसेको छ)होस्|धेअरी पछाडी पनि दौडिया पर्दैन यो पार्टीले घोर भारत बिरोधि अन्दोलानै भने पनि छेडेको|उसको “दिमाग” भनिएको मान्छे (भट्टराई बाजे) के भारतीय “र” संगको भेटाइ पछी फुस्सा धुवाँ उदे झैँ त्यो आन्दोलन उडेर कता गयो भएको कुरा हाम्रो बीच ताजै छ|बेल्जियम मा बस्ने तपाइलाई पनि यो कुराको अबगत हुनुनै पर्छ मेरो बिचार मा|त्यसकारण हामी खोक्रो “सुद” बिरोधि नभएर यी दलाल नेतागण अनि उनका पार्टीहरुको बिरोध गरम असले एउटा सार्थक भूमिका खेल्न सकोस|धन्यबाद|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
12
समर्थन लुना जी,
तर तपाइको यो सुद बिरोधि कुरा ले यहाँ सुद का भक्त हरुलाई आपत्ति परेको देखेर अचम्म माने…!!!अहिलेका नेताहरु यो बिदेशी प्रभाव बात बन्चित छैन बनेर भनिन्छ भने यसको मतलब यी नेताहरु त मात्र शरीर हुन् ,टाउको त तेही सुदनै हो रहेछ नि / प्रहार गर्नु परेपछि किन शरीर मा गर्ने ? टाउकोमा नै गर्ने नि पहिला …….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
17
खुसि जी/
तेसो भए अब भारतले नेपाल माथि जे जस्तो अत्याचार गरे पनि तेस्तो कुरा समाचारमा आउनु भएन भन्नु भएको त्? यहि घटना कुनै अरु मुलुकमा घटेको भए युद्ध समेत हुन् सक्थे/
समाचारमा आए पछी जनताले भारतको बिरोध गर्ने त् पक्कै भयो/ तर यो बिरोध गर्ने अधिकार त् छनि हाम्रो कि त्यो पनि छैन? अब जनताले रास्ट्र प्रति चिन्ता व्यक्त गरेर बिरोध गरेकोमा त्यो बिरोध नगरुन भनेर नेपालको लिकुने जस्तो भारत परास्त सरकारले त् भन्न सकिरहेको छैन भने तपाईं ले कुन पट्टिको कुरा राख्दै हुनु हुन्छ?
ऋतिक रोशन काण्डमा भारत बिरोधि र भारत समर्थक जनताको बिचको झगडा भएको थिएँन/ नेपालको किन बेयिज्जत बेयिजात गरिश भन्ने जनताको प्रश्न दवाउन खोज्नेले जनता मारेको थियो/
खुसि जी रास्ट्रको निमित हामि मर्न पनि तयार हुनु पर्छ मार्न पनि तयार हुनु पर्छ/ यति गर्न सक्दैन भने नेपाली नागरिकता बोक्ने अधिकार कसैको छैन, भारतीय राशन कार्ड लिन लिए हुन्छ/
मन परे हरियो, नपरे रातोः
5
12
भारतले अत्याचार गरेको होकी होइन भन्ने कुरा नेपाली प्रहरीको निस्कर्सबाट थाहा हुन्छ, भारतीय मिडिया वा भारतीय मिडियाबाट प्रभावित नेपाली मिडियाले जे भन्छ तेही पत्याउने प्रवृतिले नै नेपालपनि भारतको एउटा प्रदेश बन्न लागेको छ |
देशको लागि मर्न तयार हुनु पर्छ, तर ऋतिक रोशन जस्ता कोहि न कोहिको विरोदमा मर्नु चाही मुर्खता मात्र हो |
मन परे हरियो, नपरे रातोः
8
1
खुसि जी
भारतीय प्रहरीको संलग्नता नेपाल प्रहरीको अनुसधान टोलीले नै पता लगाई जनतालाई सुसुचित गर्न मिडिया लाई दियिएको हो/ यो कुरा मिडियाको हल्ला मात्रै होयिन/ भारतीय प्रहरीले मारेको कुराको प्रमाण भएर नै प्रहरीले भारतलाई समेत जानकारी गराएको हो/
भारतले यो कुरा कहिले सकार्दैनन/ भारतले त् सिमा मिचेको पनि स्वीकारेको छैन/ अब के सिमा मिचेको छ छैन भनि अनुसन्धान गर्ने सरकारी टोलिको सिमा मिचेको ठहर र जमिम हत्या गर्ने भारतीय प्रति आतंककारी सेलको प्रहरी भएको ठहरमा बिस्वाश गर्ने कि भारतको कुरामा बिस्वास गर्ने?
मन परे हरियो, नपरे रातोः
0
1
होइन किन जैले पनि ठुलो ठुलो भासनबाजी मात्रै …आफ्नै अंग को हात्ती पनि देख्नु पर्यो नि …सुदहरु जन्मिनुमा हाम्रो ठुलो गल्ति हो …आफै भारत समक्ष्य लम्पसार हुन जादा भारतले हेपी हाल्छ नि …हामी नेपालीले आफु लाई सबल पार्नु पर्यो ..सरकार देखि मात्री देखि सबै पार्टी भारतको आशिर्वाद माग्न गए भने किन नहेप्नु भारतले ….लुनाजी जहिले ठुलो बोलेर मात्रै हुदैन…साचो वास्तविकता के हो भने हामी आफैले आफुलाई भारतको प्रदेश जस्तो बनाएका छौ..अनि उसले किन हामीलाई फरक व्यहार गरोस त..
मन परे हरियो, नपरे रातोः
5
2
लुनाजी
उहिले एक चोटी मैले “बोलीले भएन भने गोलिले” भनेको कुरामा लुनाजी भन्नु भएको याद छ/ अहिले तपाईंले पनि मैले जस्तै भन्नु भयो/ नेपालमा अति भन्दा धेरै अति भारतले अत्याचार गर्दै गर्न थाल्यो अब भारत नेपालको बीच यसरि सिमाहिन सम्भंद भएकोमा बिचार गर्ने पर्ने भई सके/ के गर्ने रास्त्रिये स्वाभिमाननै मात्र गौरव भएको नेपालको ईज्जत बेच्ने भिडले सरकार चलाई रहेछ, भनु बा चलाउन दिई रहेको छ भनु/ के हामि तेही नेपाली हुन् र जसले अन्ग्रेज राना पन्चेलाई हराएको थियो?
मन परे हरियो, नपरे रातोः
2
1
पारसलाई मारि हाल्लान जस्तो त लाग्दैन । के बेर र । हिमानीलाई गोदेर निस्केका बेला यिनीहरुले सिद्दाउन बेर लाउन्नन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
16
“भारत सरकारले सीमा सुरक्षा बल (एसएसबी) लाई बिनापुर्जी संदिग्ध व्यक्ति गिरफ्तार गर्ने, अभियोग लगाउने, हतियार लगायत सामग्री बरामद गर्ने, अपराध र सार्वजनिक सम्पत्ति क्षति हुनबाट जोगाउने अधिकार दिएको छ ।
भारत सरकारले नेपालसँगको सीमामा तैनाथ एसएसबीलाई आफ्नो सीमा क्षेत्रदेखि १५ किलोमिटरभित्र प्रहरी र अन्य जाँच एजेन्सीलाई जस्तै ‘क्रिमिनल प्रोसिडियर कोड’ अन्तर्गत यस्तो अधिकार दिएको भारतीय दैनिक इन्डियन एक्सप्रेसको समाचारमा छ । समाचार अनुसार उत्तर प्रदेश र उत्तराखण्डको एसएसबी फ्रन्टियर मुख्यालय लखनउले हालै गृहमन्त्रालयबाट अधिकारसहितको त्यस्तो पत्र पाएको हो ।
सीमामा तैनाथ भारतीय एसएसबीले नेपालीमाथि ज्यादती गरेको समाचार आइरहेका बेला उसलाई झन् अधिकारसम्पन्न गराइएको छ । भारतीय एसएसबीको ज्यादतीबारे संसदीय समितिले समेत स्थलगत अध्ययन गरी पुष्टि गरिसकेको छ । ‘यस अवस्थामा सीमापार आवतजावत गर्ने नेपाली थप सताइन सक्ने देखिएको छ । किनमेलका लागि पारि जाने कुनै पनि नेपालीलाई त्यहाँको एसएसबीले पक्राउ गरी बेपत्ता पार्न सक्छ,’ सशस्त्रको सीमा सुरक्षा विभागका एक अधिकृतले भने । यस्तो अधिकार नेपाल-भारत र भुटान-भारत सीमानजिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, पश्चिम बंगाल, सिक्किम, आसाम र अरुणाञ्चल प्रदेशका एसएसबीले प्रयोग गर्नेछन् । स्रोतका अनुसार नेपाल-भारत सीमामा मात्रै ५० हजारभन्दा बढी एसएसबी तैनाथ छन् । ” कान्तिपुर
लौ साथि हो अब झन् समस्या भएजस्तो छ सिमाबासिहरुलाई ,जे पनि गर्न सक्ने भए असत्तिहरुले |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
यो हरुवा हरुको कथित् ‘सरकार’ बाट अरु के नै आशा गर्न सकिन्छ र सागर जी, हामि नेपाली नै अभागी हौ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
फेरी उफ्र्यो माओबादीका चम्चाहरु / त्यो माकुने र तिमीहरुको ख्वामित प्रचंदेमा केहि फरक छैन/ बाहिर जति उफ्रे पनि भित्र ति प्रचंडे पनि भित्र भित्र भारतीय दलाल हो/ जब सम्म यी माकुने, गिरिजा अनि प्रचंडे जस्तो दलालहरु नेपाली राजनीतिमा हाबी भै रहन्छा तब सम्म एस्तो घटना घटी रहन्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
27
शालोक्यजीको नेपाल मा अलकायदा जन्माउने सपना कहाँ बाट प्रेरित हो बुझ्न गाह्रो भयो. कलमको सहि सदुपयोग होस् साथि. जन मानसलाई भड्काएर कसैको व्यक्तिगत स्वार्थ त पूरा होला तर समग्र मा देशले त्यसको मूल्य चुकाउनु नपरोस…जय नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
30
30
मुसलमानहरुलाई यसरी भारतीयहरुले तारो बनाइ रहने हो भने नेपालमा पनि पीडित मुसलमानहरु अल कायदाका रुपमा जन्मन सक्छ, जसको भयानक परिणाम उही भारतले व्यहोर्नु पर्नेछ र यसको शिकार नेपाल पनि हुनेछ।
सोलोक्य जी बस्ताब मा यो बाक्य ले मलाई धेरै कुरा सोच्न बाध्य बनाइ दिए को छ म जस्तो धेरै मुस्लिम हरु लाई तपाई को यो भनाइ ले धेरै नै चोट पुग्छ जस्तो मलाई लाग्छ तपाई लाई म एउटा प्रश्न गर्न चाहन्छु कि तपाई को नजर मा अल कायदा लाई कसरि हेर्नु हुन्छ ? अहिले बिश्व को हरेक मान्छे हरु ले अल कायदा लाई आतंककारी को दर्जा दिए को छ मानब जाति को लागि घातक हो भनेर संसार मा परिचय दिए को छ बस्ताब मा यो साचो पनि हो भने तपाई ले चाही भन्न खोजे को कुरा ले दुइ ओटा कुरा सोच्न बाध्य बनाइ दिनु भयो एउटा पिडित मुसलमानहरु को समूह हो अल कायदा अर्को मुस्लिम हरु आफु हरु लाई बचाउने मध्यम हो अल कायदा के यो सत्य हो त या तपाई ले मुस्लिम हरु को सोच विचार या आफ्नो बिरोध जनाउने सैली को खिल्ली उडाउन खोज्नु भाको यो मैले बुझ्न सकिन
तपाई ले बिरोधि को रुप देखाउनु नै थियो भने पनि तपाई ले कुनै अरु पनि नाम दिन सक्नु हुने थियो भने नेपाली भएर नेपाली दाजु भाइ नै हौ जात ले मुस्लिम भए पनि हामी हरु लाई लाई नै एउटा बिदेशी कुख्यात आतंककारी संग जोड्नु ठिक हो जस्तो मलाई लाग्दैन तपाई एउटा लेखक पत्रकार को हैसियत ले यो कुनै पनि कुरा हरु लाई उठाउनु भन्दा पहिले त्यो कुरा को गहिराई सम्म पुग्नु जरुरि थियो हो हामी नेपाली मुस्लिम हरु मात्र हैन दुनिया को सबै मुस्लिम ले अहिले बिरोधि हुन चाहेका छैनन् किन भने मुस्लिमको बिरोध लाई धेरै किसिम को आरोप हरु बेहोर्नु पर्ने हुन्छ.
माथि हेम जी ले भने जस्तै नेपाल मा अलकायदा जन्माउने सपना कहाँ बाट प्रेरित हो बुझ्न गाह्रो भयो भन्ने प्रस्न म पनि सोलोक्य जी लाई प्रश्न गर्न चाहन्छु र हेम जी ले भने जस्तै जन मानसलाई भड्काएर कसैको व्यक्तिगत स्वार्थ त पूरा होला तर समग्र मा देशले त्यसको मूल्य चुकाउनु नपरोस भन्न चाहन्छु …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
वहिद अलि जी,
म कदर गर्छु हजुरको भावना को /म कदर गर्छु सबै नेपाली मुसलमान दाजु भाइको भावना को जो हरेक विषम परिस्थितिमा पनि एकता र धार्मिक सदभाबको पक्ष्यमा आलिंगन गरेर उभिनु भएको छ/ यहाँ कुरा नेपालि मुसलमान हरुलाई अल कायदा संग जोडेर हेरियो भन्ने कुराको तर्क मा म के भन्न चाहन्छु भने माथि सालोक्य जी को लेखमा ‘नेपालमा रहेका मुसलमानहरुलाई यसरी भारतीयहरुले तारो बनाइ रहने हो भने नेपालमा पनि पीडित मुसलमानहरु अल कायदाका रुपमा जन्मन सक्छ,’ भनिएको छ न कि ‘पिडित मुसलमान हरु अल कायदाको सरन पर्छन अथवा अल कायदा ले नेपाली मुसलमान भाइ हरुलाई संगठित गर्ने छ ‘ भनिएको छ/ हजुरले तेसरी बुझ्नु भो हजुरलाई दुख लग्नु स्वाभाबिक हो/ तर सालोक्य जी जो धार्मिक सदभाबको कुरा हरु सदाचार मन ले गरेको पाइन्छ येही माइसंसारमा भने वहाको कुरा लाइ अन्यथा न सोच्दा हुन्छ जस्तो लाग्दछ/ सायद मैले हजुर लाइ राम्रो संग बुझाउन सकिन होला तर येही लेख बारे तल ‘ हृदय जी ‘ ले गर्नु भएको प्रतिक्रिया र मेरो बुझाई अनि सालोक्य जी को संकेत उस्तै उस्तै मानेको छु मेरो बुझाइमा/ कृपया अन्यथा नसोच्नु/ धन्यबाद…
मन परे हरियो, नपरे रातोः
4
2
हेम जी,
येस्मा सालोक्य ‘उमेश’जी को कुनै दोष छैन/ वहाले सम्भावित दुर्घटना तर्फ इंगित गर्दै हुनुहुन्छ/ वहाले रोग लागेपछि को उपचार भन्दा कारण पत्ता लगाई रोग लाग्नै नदिनु उत्तम हुन्छ भन्ने संदेश दिन खोज्नु भएको छ/कृपया यो कुरा राम्रो संग पढ्नु त….
………..” यसरी मान्छे मार्न पाउने हो र त्यसलाई रोक्न भारत तथा नेपाल सरकार सक्षम नहुने हो भने त्यसले गम्भीर र भयानक परिणाम ल्याउनेछ। नेपालमा रहेका मुसलमानहरुलाई यसरी भारतीयहरुले तारो बनाइ रहने हो भने नेपालमा पनि पीडित मुसलमानहरु अल कायदाका रुपमा जन्मन सक्छ, जसको भयानक परिणाम उही भारतले व्यहोर्नु पर्नेछ र यसको शिकार नेपाल पनि हुनेछ।तर त्यसको वास्ता भारतले गरेको देखिएको छैन।……..
मन परे हरियो, नपरे रातोः
6
8
हेम जी
तपाईंले सालोक्य जी लाई अल्कायिदा जन्माउने सपना बात प्रेरित भयो भन्नु भएर घुमाएर नेपाल RAW को गुल्ली डण्डा खेल्ने थाहूँ बनि रहनु पर्छ भए जस्तै देखियो/
जमिम मुस्लिम थिए बा थिएनन् भन्नु भन्दा ठुलो कुरा उनि नेपाली नागरिक थिए/ नेपाल भित्र आएर नेपाली मुस्लिमलाई भारतीय प्रहरीले मारेको कुरा मात्र प्रकाशमा ल्याउने सालोक्य जी मात्रै थिएन यो सरकारी प्रतिबेदन नै हो त् याहाँ आई एस आई को कुरा कहाँ बात निस्के/ यो त् भारत बादीले भन्ने कुरा भयो/ भारतले नेपालमा raw को चल खेल लुकाउन नेपालमा आई एस आई को गति बिधि बढेको आरोप लगाई रहेको हो/ यो भारतको कुटिल चाल मात्रै हो/
भारतीय प्रहरीले देश भित्रै आएर मारिनुमा त्यो भारतीय प्रहरी आफुलाई आफैले आदेश दिएर मार्न आएको होयिन/ भारत सरकार कै आदेश नपाईकन उसले मारेको होयिन/ त्यो प्रहरी भारतको उतर प्रदेशको प्रहरीको प्रति-आतांक्कारी निवारण सेलको प्रहरी थिए र उतार प्रदेशको त्यो सेललाई भारत सिमा बात १० माईल पर सम्म पनि आफ्नो कार्य वाहि गर्न सक्ने अधिकार दिएको प्रकाशनमा आई सकेको छ/ कुन अधिकार ले भारतको सिमा बात १० मायिल नेपाल भित्र आएर कार्य वाहि गर्ने अधिकार पाए तिनीहरुले, के नेपाल भारतको प्रदेश हो?
मन परे हरियो, नपरे रातोः
1
7
मदन तपाइँ जैले पनि यो सरकार, अझै भानु भने देखि माओ – बादी बाहेक को कुनै पनि साकार अथवा पार्टीलाई भारतको गुलाम अनि जसले माओ-बादीको बिरोध गर्छ त्यसलाई “सुद” भक्त र बह्रत भक्त त भन्नु हुन्छ|तपैपानी कसू जस्तै मानिस मानिस बीच लडाईं झगडा मच्चाउन खोज्ने हुनुहुन्छ भने त्यो पनि भनि दि हाल्नुस नत्र यस्सो अरु समाचार पनि हेर्ने, बुझ्ने अनि पढ्ने गर्नुस र लेखने गर्नुस| किनकि तओआइहरु ले तौकोमै उठाएर हिड्ने गरेको मान्छे, बाबु राम भट्टराई ले हालसालै भारत गएर त्यहाँ उसले भारतको गुप्तचर बिभाग संग भेटे पछिको उसको भासन अनि क्रियाकलाप पनि हेर्नुस, पढ्नुस अनि बुझ्नुस|त्यसै सुझा न बुझा संग यो यति राम्रो मेरो संसार मन्चमा ट्यांस ट्यांस बर्बरौदै जना मानस मा झुठो राष्ट्रवादको आगो नबाल्नुस|तपाईका लेख हरु भन्दामा पनि प्रतिक्रिया हरु पढ्दा यस्तो लाग्छ, तपाई अबश्य पनि बाम्पन्थिबिचार्को बायु सेवा निगममा काम गर्ने व्यक्ति जस्तो बिझिन्छ|देश विदेश घुमे झैं पनि देखिन्छ, तर दुख यसमा छकी तपाईं एकदमै संकीर्ण बिचारको व्यक्ति हुनुहुँदो रैछ|हुन त बाम पन्थिहरु यस्तैखाले नै हुन्छन, आफुलाई परे भाँडो नत्र ठाँदो|धन्यबाद|
मन परे हरियो, नपरे रातोः
4
1
भारतीय बिस्तारबादले नेपाल लगाएत सम्पूर्ण दक्षिण एसियामा आफ्नो चलखेल बढाउदै लगेको छ ! राष्ट्रप्रेमी , देशभक्त र भारतको हैकमबादको बिरोध गर्ने हरेक स्वाभिमानी, उसको तारो बन्न सक्छ !
भारत एतिबेला माओबादीले सत्ता कब्जा गर्छ भन्ने हल्ला फिजाएर , माकुनेको नपुंसक सरकारलाई टिकाएर आफ्नो प्रभाव बढाउदै छ ! पछिल्ला हत्या श्रीखला, एम. आर .पी .( पासपोर्टकाण्ड ), आदि येसकै प्रमाण हुन् ! नेपालमा आफ्ना कठपुतली नचाएर नेपाललाई सिक्किम बनाउने सकुनीजालको यो दिर्घकालिन योजनाको हिस्सा हो ! गृह मन्त्रि लगाएत सम्पूर्ण सुरक्ष्या प्रमुखहरु एकै पटक बिदेस सएर गर्न निस्कनु, सोहि समएमा अति सुरक्षित क्षेत्रमा दिन दहाडै गोलि हानेर स्थापित व्यक्तिको हत्याहुनु ! त्यति हुँदापनि सुरक्ष्या निकाए निदाएर बस्नुले के बुझ्ने ?
अब हामि सबै स्वाभिमानी नेपालीले एकपटक गम्भिर भएर सोच्ने पर्ने बेला भएको छ !
आशा गरौ माई संसारको एस समाचारले अब साच्चै सम्पूर्ण सचेत नागरिक बीच नया बहसको सिर्जना गर्नेछ !
मन परे हरियो, नपरे रातोः
2
1
मदन जी, पुष्प जी
यो सरकार नै भारत ले बनाएको हो. येदी नेपाली ले बनाएको भए त नेपाली जनमत देखिन्थ्यो नि. हेर्नुस त नेपाली जनमत र यो सरकार माँ सामेल भएका अनुहार हरु. तेस्कारण नेपाल सरकार ले केहि गरेन वा भनेन भन्ने प्रश्न नै रहदेन, किनभने नेपाली जनता ले निर्बाचित गरेका बाबुराम जस्ता मान्छे बाहिर र जनता ले लात हानेका भीमे, माकुने, बिद्या ओली, सुजाता मार्कोस जस्ता हरू सिंह दरबार माँ छन. हाम्रो कर्तब्य त जती चाडो यो कठपुतली हरू लाइ सत्ता बाट फाल्नु हो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
21
प्रचण्ड :: ये माधब जी ,सरकार चै तपाइँ नै चलाउनुस |
माकु ने :: हैन ,तपाइँ चुनाब जितेको मान्छे ,जनताले पत्याएको |तपाइनै चलाउनुस न |
हाम्रो पार्टीले गर्ने सक्दो सहयोग गरुला ( राजनीतिक भासा )
प्रचण्ड :: म लाइ चलाउन धेरै गाह्रो पर्छ देखिहाल्नु भो ,पार्टी भित्रका (त्यो बेलामा सेना समायोजन भनेर कत्रो दबाब दिएको थ्यो ?),पार्टी बाहिरका ( राजाबादी,कांग्रेस ,भारत् ,अमेरिका ) सबै म प्रत्ति धेरै एक्स पेक्टेसन राख्ने हरु छन्,खुट्टा तान्नेहरु छन् |सबैको, कुरा पुहराऊंन सम्भब छैन ,बचेर हिड्न पनि पाइला गन्नुपर्ने हुन्छ | तेसैले प्रतिपक्षी बनेर बस्यो ,अलि अलि बेला बेला मा बिरोध गर्यो त्यो नै सजिलो हुन्छ |
मा कु ने :: तपाइँ हरु को सेना छ ,ठुलो संगठन छ ,तुरुन्त आन्दोलन मा उत्र्यो बा नेपाल बन्द बा उपत्यका बन्द (अनिश्चित कालिन ) जस्तो कार्यक्रम ल्यायो भने मैले भोलि छोड्नु पर्ने हुन्छ |
प्रचण्ड :: ओहो !त्यो चिन्तै न लिनुस्न| खालि आन्दोलन गरेजस्तो गरौला ,बरु हाम्रो कार्यकर्ता ,बिधायक हरुलाई अल्मल्याउने र सुबिधा भोगी बनाउन यहा ले मद्दत गर्नु पर्यो | यति भयो भने मात्र यो खुला समाज मा हामीलाई बाच्न सजिलो हुन्छ |
मा कु ने :: पख्नुस ,हामीले मात्र सल्लाह गरेर हुन्न राकेश जी र दिल्लीको के भनाइ छ के राय छ त्यो बुझ्नु पर्छ | नत्र उनीहरुले कांग्रेस लाइ काखी च्याप्छन |
((तेस्पछी बिदेसी बोतल खुलेको आवाज आउछ , दुवै को हात मा गिलास देखिन्छ |
नेपथ्य मा माइतीघर को ‘ म प्यार बेची दिन्छु ” गित गुन्जिरहेको सुनिन्छ |
लट्ठ आवाज मा मा कु ने को मुखबाट न्स्किन्छ ”म देश बेची दिन्छु ”| प्रचण्ड मुसुक्क हास्दै ,जुल्फी मिलाउन तिर लाग्छन |))
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
91
9
हसायो द्रोण जी ले / सटिक ब्यङ्ग हान्न भयो/ माकुने र गिरिजा समर्थक मात्र होइन प्रचंडे को समर्थकहरुलाई पनि दानक दिनु भयो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
3
अव नेपालमा जव सम्मा लाचार माकुने सरकार रकेश सुद को इशारामा नाची रहन्छ तव सम्म एक एक भरात विरोधी तत्व हरु लाइ र को एजेन्ट हरु ले एक एक गरी टप्काउने छ । त्यसै दारी वाला सुद(माकुनेको अँकल साम) ले दुई दुइ ठाँउ बाट गोल्खाडी खाको मान्छे लाई प्रधानमन्त्री बनाउछ त ? माकुने त नाम मात्रको प्रधानमन्त्री हो न जमिम साह को हत्यारा समउन सकिन्छ न त कारबाही नै, किन भने अहिले नेपालको राष्ट्रपति जस्तो भएर रकेस सुद –(अँकल साम )बसेको छ । जस जस्ले भारत विरोधी स्वार निकाल्छ तेस तेस लाई रकेस सुद ले जे जसरी भए पनि एक एक गरी तहा लगाउछ , उपेन्द्र यादव को फोरम लाई फोरेको, माओवादी सरकारलाई गुल्टाइदेको आदि ईत्यादी । यही हो हाम्रो लैनचोर स्थित महमहिम राजदुत ज्युको diplomatic policies and jobs ….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
9
साथीहरु
हामीले जमिम मारेको घटनाको लगतै भन्दै आएको थिएँ कि भारत बिरोधि भएको कारण ले गुण्डाले मार्दैन मारे भारतको गुप्तचरले नै मार्छ भनि/तर जमिम डन भएको ले डनले मारे उनि पाकिस्तानी एजेन्ट थिए आदि आदि धेरै साथीहरुले समेत गरे/ यसले नेपालको राजनीतिक सोचमा भारतको कति प्रभाव पारेको छ भनि दर्साउँछ र यो कुरा अति खेद जनक थिए/
मारिएका जमिम र अरुण जी लगाएत व्यक्ति हरु पत्रकार जगतका प्रतिष्ठित व्यक्तिहरु थिए/ फेरी यी घटनाहरुमा नेपालको प्रहरी समेत सामेल भएकोले नेपालको प्रहरी संयन्त्रमै समेत भारतको कु-राजनीतिको प्रभाव भए बात प्रशासनिक रुपमा नेपाल त् भारतको उपनिवेश बन्दै गएको मा दोष नेपाल प्रहरी लाई पनि जाने भयोनै/ यो कुरा कुनै पनि रास्ट्र्बादी प्रहरी-पत्रकारलाई सह्य हुने कुरानै थिएँन/ तेसै कारण रास्ट्र्बादी प्रहरी र पत्रकार जुर्मुराए/ भारतको दान हुण्डी खानेहरुको दवाबलाई लात मारेर जमिम हत्याकाण्डमा भारतको सरकारको हाट भएको सार्वजनिक गरि दिए/ यो कुरालाई सार्बजनिक गर्न ती देशभक्त रास्ट्र्बादी प्रहरी र पत्रकार बन्धुहरुलाई कति गारो भयो होला अनुमान गर्न सकिन्छ/
अब हेर्नुछ नेपालको देश भक्त प्रहरी-पत्रकार समुहको भारत सिट बिकेकाहरु सिटको यो लडाईं जित्छ कि हार्छ/ उनीहरुलाई जिताउनु छ भने हामीले पनि आवाज उठाउन पर्छ/ नभए यो सरकार भारतीय आशिर्बाद मा बनेको हो, यसले ती देशभक्त प्रहरी पत्रकारको यो साहशलाई कुल्चिने छ/ अस्ति आधिकारिक रुपमै देसको सिमा मिचेको प्रमाणित भएकोमा पनि “होयिन भारतले सिमा मिचेको छैन” भन्ने लिकुने -कुजाताले अहिले यो मामिलामा पनि तेस्तै भन्ने छन्/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
10
पारस लाइ अहिले मार्दैन,नेपालि राजतन्त्र ले इन्डिया को सामु घुडा टेकिसकेको हुनाले (राजनीतिमा पराजित भएर,एक्लो ज्ञानेन्द्र लाइ इन्डिया सग लड्नु सम्भब पनि थिएन )नै उनीहरुले सुटुक्क दरबार छोडेर नागार्जुन गएको हो | उनीहरुलाई पनि सखाप पार्ने भए बिरेन्द्र शाह को परिबार सगै सखाप पार्ने थिए |
तल भोलि को उनीहरुको रण नीति चेन्ज हुन् सक्छ ,बिस्तारै उनीहरुको पपुलारिटी बढ्न थाल्यो भने उनीहरु या यहिका भित्रि दुश्मन बाट ज्ञानेन्द्र र उनको परिबार लाइ खतरा हुन्छ |
पारस को हक मा उनीहरु सिन्धिया परिबार सग नजिक हुनु,इन्डियन राजनीतिमा सिन्धिया परिबार को केहि होल्ड हुनुले ज्यान कै खतरा चै न भैहाल्ला कि ??
तैपनि पारस को आफ्नो इतिहास न राम्रो भएको ले भन्न चै सकिन्न |
मन परे हरियो, नपरे रातोः
9
2
मदन जी, हो त हामीले पहिलेनै भनेको हो नि, यो सबै भारतीय सरकार को कु-काम हो भनेर, र सत्य त्यहिनै हो पनि| तर येहा केहि भारतीय दलाल का चम्चाहरुले बडा चर्को चर्को स्वर मा डन ले मारेको.. यो… त्यो…भनेर निकै फुर्ति गरेर कमेन्ट लेखेको देखेको थिए, हैन कहाँ, कुन दुलोमा पसेर बसेका छन तिनीहरु? अब खै कसरि ढाक छोप गर्छन यी चम्चाहरुले ?
मन परे हरियो, नपरे रातोः
10
6
राज जी
तपाईंको संकेत बुझेको छुँ/ राज जी गल्ति भएको बा नबुझेर कसैले तेस्तो गरे भनि मानुँ/ आखिर मित्रहरुनै हुन्/ अहिले उहाँले आफ्नो प्रतिक्रियामा ९०% प्रतिक्रियाहरु मात्र तेसै तेसै अरुलाई उक्साउन जोस्याउँन र उहाँ रमाउन मात्रै लेख्नु हुन्छ भनि लेख्नु भएको छ / सत्य यसैमा सिमित भएको भएको भए उहाँले के लेखे भनि भुल्न लाएक छन् र हामीले भुल्नु पनि पर्छ/
यो जमिम मारेकोमा भारतीय प्रहरीको संलग्नता भनेकै भारतको संलग्नता हो/ प्रहरी र सैनिकले आफु खुसि नेपाल पसेर भारत बिरोधि मार्दै गर्दैंनन आदेश पाए पछी गर्ने हो/ अब मूल मुद्दा भनेको लिकुने को नीति र निर्देशन कस्तो हुन्छ भन्ने हो/ प्रहरी-पत्रकारले यो कुरा सार्बजनिक गर्न लिकुनेको समर्थन तेतिकै पाएको त् पक्कै होयीन होला/ मलाई लाग्छ अझै लिकुनेको सहमति बिनानै प्रहरी भित्र देश भक्त प्रहरीहरुले आफ्नै बलबुतामा प्रकाशनमा ल्याएको हो कि/
अर्को सम्भावना अस्ति लिकुनेले भिम रावल लाई हटाउनु पर्ने कुरा गरे बात भिम रावल ले अहिले यो कुरा सार्वजनिक गराएर लिकुनेलाई अप्ठ्यारोमा पारेको हो कि/ अब प्रहरी संयन्त्रले सप्रमाण भारत् बात नेपालमा पत्रकार हरु मारिंदै गएको भंदाफोद गरे पछी भारतको आशिर्बाद्मै मात्र प्रधान मन्त्रि बन्न सकेको लिकुनेलाई निल्नु न उकेल्नु बनाई दिए/ अब यो कुरा न लिकुनेले तेतिकै दवाउन सक्छ न उठाउन सक्छ/ कुरा दवाये जनताले कुरा उठाए भारतले लिकुले लाई कुर्सि बात लात हानेर निकाल्ने छन्/ भिम रावल ले माधव लाई ठोकेको जस्तै पनि लाग्छ है राज जी/
मन परे हरियो, नपरे रातोः
6
7
मदन जी यो लिकुने ले सत्ता सजिलै छोड्नेवाला छैन किनभने जब यो पद बाट बाहिरिन्छ त्यहिँ दिन यसको राजनीतिको पनि अन्त्य हुन्छ र यो कुरा लिकुने स्वयम लाइ पनि थाहा छ | त्यसैले यो संसार कै इतिहास को कुपात्र ले कुनै पनि हद सम्म गिरेर आफ्नो कुर्सि बचाउन पछी पर्ने वाला चाही छैन | हामी सबै जनता ले मात्र यस को सिघ्र पतन को कामना गरौँ बाकी हेर्दै जाऊ समयले आफै बताउने छ | अनि एक कुरा मदन जी जो मानिस बिदेशी दलालको चम्चा बनेर आफ्नो मातृभूमि उपहास गर्छ म तिनीहरुलाई मित्र जस्तो पबित्र शब्द ले सस्म्बोधन गर्नेवाला चाही छैन| दलाल, चम्चा, टट्टू लाइ यिनै नाम सुहाउछ |
मन परे हरियो, नपरे रातोः
9
4
राज जी
एउटा सलाह दिउँ है/ देश द्रोहिलाई मात्र सत्रु मान्नु पर्छ/ आफ्नो धर्म र बिचारको बिरोधिहरु सत्रु होयिनन अपितु मित्र बनाउन सकिनेहरु हुन् भनि मान्नु पर्छ/ अब भावी मित्र भनिने सब्द त् चलन चल्तीमा छैन तेसैले मित्र नै भन्दा राम्रै होला/ फरक मत सिट बिचार मन्थन गर्न पाउनु पनि ठुलो कुरा हो राज जी/ आलोचित हुनु भनेको सुध्रिएर उक्लिने अबशर पाउनु जस्तै हो/ यो कुरा मलाई पनि लागु हुन्छ तपाईं लाई पनि लागु हुन्छ र अरु लाई पनि/
मन परे हरियो, नपरे रातोः
9
5
मदन जी म तपाइको विचार लाइ सन्मान गर्छु तर एउटा कुरा जानिराख्नुस घर बाहिरका शत्रु भन्दा घर भित्र क शत्रु अझ बढी घातक हुन्छन त्यसैले पहिला आफ्नै घर का शत्रु लाइ ठिक पार्नु पर्छ जस्तो मलाई लाग्छ किनकि यिनीहरुले कुनै पनि बेला आफ्नो स्वार्थ को लागि आफ्नै परिवारलाई ढाड मा चक्कु हान्न सक्छन |
मन परे हरियो, नपरे रातोः
11
3
मदन जी को कुरा सैदान्तिक हिसाबले सत्यहो तर राज जी को कुरा यथार्थ हो / तर राज जी घर भित्रको सत्रु लाइ ठिक परिहाल्नु भन्दा अहिलेको परिवेशमा होसियार रहनु उपुक्त होला जस्तो लाग्दछ / धन्यबाद/
मन परे हरियो, नपरे रातोः
3
1
Nepal government must implement dual strategy. Kill the agents located in lucknow and chota Rajan and keep silence. If india ask through diplomatic channel just send them “we don’t know”. Jamim murder is link with the india and pakistan proxy war over Kashmir. Now its the time for Nepal to state clearly what is our position regarding kashmir issue. we must support the kashmiri people for the independent kashmir. this will be huge blow to jamim killing.
मन परे हरियो, नपरे रातोः
6
4
नेपाल प्रहरी ले गरेको यो खोज सर्हानिय छ, नेपाल प्रहरी भारतीय प्रहरी संग मात्र होइन इन्टरपोल को सहायता पनि लिनु जरुरि छ अनि सचिक्कै भारतीय प्रहरी को संगल्नता देखियो भने नेपाल र भारतीय प्रहरी बीच को सम्भंध लाइ पुनारोकलन गर्नु पनि जरुरि देखिन्छा.माथि का टाउके हरुले जोगयानन भने नेपाल प्रहरी सचिक्कै सफल हुने मा मा ढुक्क छु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
4
केसुजी
यो कुरामा समर्थन छ है/ तपाईंको यो संसोधित बिचारलाई प्रसंसा गर्छु/ नेपालमा भारत बिरोधि हरु अदना नागरिक हरु देखि पत्रकार राजनेताहरु धेरै छन्/ उनीहरु तेतिकै भारत बिरोधि नभएको कुरा केसु जी तपाईं हामि सबै बुझ्छौं/
भारत विरोधीलाई डनले मार्दैनन मारे भारतको गुप्तचरले मार्छन/ यो कुरा अहिले प्रमाणित भएको छ/ यो कुरा सार्वजनिक गर्ने प्रहरीहरुलाई हाम्रो जनसमर्थन को ठुलो खाँचो छ/ नभए उनीहरुको पद खोसिन पनि सक्छ उनीहरु पनि जमिम अरुण जतिकै मारिन पनि सक्छ/
तपाईं एक जना जुझारु प्रतिक्रियाकार हुन्/ तेतिकै तेतिकै मात्र उक्साउन जोस्याउन प्रतिक्रिया नलेखी दिनुस/ तपाईं को बिचार को प्रभाव धेरैमा पर्ने कुरा नभुलूं/ कहिले काही हामि बात गल्ति हुन् जान्छ/ केसुजी तपाईं म कुनै पनि तेती जान्ने सुन्ने त् होयिन मात्र आफ्नो बिचार लेख्ने हरु हुन्/ गल्ति सुधार्न प्रेरणा दिउन लिउं पनि/
मन परे हरियो, नपरे रातोः
9
5
समर्थन केसुजी, आज तपाइले यथार्थ र संयमित प्रतिक्रिया दिनुभएको छ/ एउटा हरियो….
मन परे हरियो, नपरे रातोः
4
1
There is an indian government connection with the murder of jamim shah. We need to investigate the role played by indian embassy for the killing as well. It is inevitably true that there is an involvement of RAW and we are fearing in point the finger.If Chota Rajan is in indian custodyI(so called) and claiming the killing then it shows there is the involvement of indian government as well. I think for us out main target should be CHOTA RAJAN. The police personal must carry furious operation to terminate or arrest this person. This will gradually resolve the crisis. Similarly Indian embassy communication channel must be supervise and must regulate before sending confidential information to delhi.
मन परे हरियो, नपरे रातोः
1
1
अव नेपालमा जव सम्मा लाचार माकुने सरकार रकेश सुद को इशारामा नाची रहन्छ तव सम्म एक एक भरात विरोधी तत्व हरु लाइ र को एजेन्ट हरु ले एक एक गरी टप्काउने छ । त्यसै दारी वाला सुद(माकुनेको अँकल साम) ले दुई दुइ ठाँउ बाट गोल्खाडी खाको मान्छे लाई प्रधानमन्त्री बनाउछ त ? माकुने त नाम मात्रको प्रधानमन्त्री हो न जमिम साह को हत्यारा समउन सकिन्छ न त कारबाही नै, किन भने अहिले नेपालको राष्ट्रपति जस्तो भएर रकेस सुद –(अँकल साम )बसेको छ । जस जस्ले भारत विरोधी स्वार निकाल्छ तेस तेस लाई रकेस सुद ले जे जसरी भए पनि एक एक गरी तहा लगाउछ , उपेन्द्र यादव को फोरम लाई फोरेको, माओवादी सरकारलाई गुल्टाइदेको आदि ईत्यादी । यही हो हाम्रो लैनचोर स्थित महमहिम राजदुत ज्यु –(अँकल साम )को diplomatic policy and jobs.
मन परे हरियो, नपरे रातोः
9
4
उहिले इराकमा १२ नेपालीको हत्या हुदा नेपाली मुस्लिम समुदाय स्वोदेशी हुल्लड़बाजहरुको तारो बन्यो भने अहिले बिदेशी “र” को | मुस्लिम भएकै कारणले कहिले भारत बिरोधि त कहिले पाकिस्तान समर्थकको आरोप लगाईएको छ, नेपाली मुस्लिम दाजुभाई हरुलाई | त्यसैगरी, कहिले उपराष्ट्रपतिलाई हिन्दीमा सपथ खान लगाइन्छ त कहिले जेलभित्रको ऋषि धमलालाई निकालेर प्रधानमन्त्रीसंगै अमेरिका घुम्न पठाइन्छ | भारतीय मेडीयामा कहिले भनिन्छ सगरमाथा नेपालमानै पर्दैन रे, कहिले भनिन्छ लुम्बिनीमा बुद्ध जन्मेकै थिएनन् रे | कुरा स्पस्ट छ साथीहरु, नेपालको धार्मिक सहिष्णुता खलबलाएर हुन्छ कि कठपुतली प्रधानमन्त्री बनाएर होस् या साम दाम दण्ड भेद सबै नीति अपनाएर होस्, नेपाल राष्ट्र लाई “नेपाल प्रदेश” बनाउने योजना हो | कृपया सबैको बेलैमा बुद्धि फिरोस !! अस्तु !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
7
जमिमलाई गोली हान्ने व्यक्तिका मोहम्मद वकार सैयद लखनउको स्पेसल टास्क फोर्स (एसटिसी) वा प्रतिआतंकवाद सेल (एटिएस) मा कार्यरत हावाल्दार भएको जानकारी सम्म मात्र आएछ आज सम्म । नेपाल का प्रहरी र पत्रकार डराएर समाचार बाहिर नाआएको मात्र हो । अनौपचारिक रुप मा बाहिर अर्को समाचार पनि आएको छ , जमिमलाई गोली हान्ने व्यक्ति गोली हानी सकी पछी भारतीय दुताबास मा छिरेको र दुताबास ले सुरक्षित रुपमा उनलाई नेपाल को सिमा कटाएको । सन्क्रम्ण काल् को फाईदा उठाएर भारत र भारतीय दुताबास (सिसी गमला ) नेपाल मा बबन्दर मच्चाउने सुर मा छन । ढिलो चाडो मात्रै हो , यो समाचार पनि पढ्न सुन्न पाईन्छ ।
मन परे हरियो, नपरे रातोः
2
1
कतै देसका सबै सुरक्षा प्रमुख सहितको गृहमन्त्रीको भारत् भ्रमण को परिणाम त होइन? नभए दिएसपी संलग्न भै पुलिसले नै किन अपराधि भगाउथ्यो त?
आफ्ना दलाल हरु फीट भएका बेलामा नै हो सबै काम तमाम् गर्ने भारतले |
धिक्कार छ नेपाल सरकारको कार्यकारी प्रमुख सहितका जनताबाट बहिस्कृत हरुवा भारतीय खेतालाहरूलाई |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
5
Nice article, at least I believe this is not a big deal for raw to kill anyone in Nepal. These days, any one can be used as ‘hit-man’, but the plot gives an idea of a master plan.
Do we need to bother if Parsh get killed by RAW? If you listen political figures, Parash is himself a raw-agent. We also heared about communist-congress blame game claiming each other being “Bharatiya-dalal”. Considering the influence of raw, I don’t buy RAW really wants some body to be killed in this way.
By the way, you said Indian News rooms are being dicted by RAW- but I think all news in India shares the same scripts when it matters the foreign policy. Political parties also share almost the same foreign policies, not like in Nepal- even Baburam is called as Indian Dalal, and Prachand is being proclaimed Rastra-badi or Chinease agent. You can imagine what could be said about Makune- Girija or others…
I agree with your article, but just writing some other prospectives of this incident.
मन परे हरियो, नपरे रातोः
4
7
As far as i know INDIAN TODAY is the newspaper sponsored by the indian government. So it publish numerous propaganda for rival countries.
मन परे हरियो, नपरे रातोः
2
1
सालोक्य जी
तपाई जमिम को ह्त्या माँ भारतीय सुरक्षा यंत्र सहभागी भएको कुरा गर्नु हुन्छ, म त सुरक्षा संयंत्र मात्र होइन की राज्य संयंत्र को निर्देशन माँ भएको हो यो ह्त्या. जमिम मारिदा भारतीय संचार माध्यम ले पाकिस्तानी एजेंट मारिएको खबर दिए जस्तै ५६ साल माँ तत्कालीन बामदेव(जसले महाकाली संधि को बिरोध गर्दै एमाले फुताएका थिए) को माले को हार लाइ इंगित गर्दै भारतीय संचार माध्यम ले “नेपाल माँ भारत बिरोधी को पत्तासाफ भनेर हर्ष बढ़ाई गरेका थिए”. जमीम लाइ मार्नू को उदेश्य भारत बिरोधी लाइ सिध्याउनु त हो नै, अझ एक कदम बढेर “हामी भारत बिरोधी लाइ जहा सुकै कारबाही गर्न सक्षम छौ” भन्ने सन्देश नेपाली देश भक्त हरु लाइ दिनु हो. शायद यो अप्रत्यक्ष रूप माँ भारतइय हैकम बाद को बिरोध गरिरहेको माओबादी लाइ धम्की पनी हो. ख़ास गरेर भारत नेपाल माँ आतंककारी गतिबिधि गरिरहेको छ र यो नेपाल को असल छिमेकी कहिले हून सकदेन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
7
mahesh, जी
तपाई को कुरा मा,,,,, म पूर्ण सहमत छु भारतिया हरु ले नेपाल मा आय र दीउसै मान्छे को टाउको काटेर रगते चुहाउ दै भारत तिर लैजान्छन यो त सबै लाई थाहानै भय को कुरा हो होइन र ???? एउटा फिल्म दाश ढुंगा लाई सेन्सर मा पर्छा नेपाल सरकार ले अब तपाई नै भन्नुहोस हाम्रो नेपाल को सरकार को खुबी के छ त ???
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
4
सही भन्नुभो महेशजी । जमीम हत्या ‘छोरी कुटेर बुहारी तर्साउने’ नाटक नै हो । अब भारतको विरोध कुटनीतिकरूपमा मात्र होइन; जन-जनबाट हुनुपर्छ । माओवादीको भारतीय विस्तारवार र हस्तक्षेपविरुद्धको लडाइँमा सबैले साथ दिनैपर्छ । भारत आतंकवादी देशमा परिणत हुँदै गइरहेको छ । आतंककारीसँग डराउनु भनेको उसको डरलाई अझ फैलन दिनु हो । त्यसैले कोही पनि विचलित हुनुहुँदैन ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
5
महेश जी र पुष्प जी
सरकार भारत परास्त छन् सबैले जानेकै कुरा हो/ तर प्रहरी-पत्रकार संयन्त्रमै भारत परास्त कोहि हुन् सक्नुले ठुलै संक्रमणको संकेत गर्दछ/ यो संक्रमणले अरु त् अरु यस माई संसारै पनि अछुत नभएको र भारतीय संजालले माई सन्सार अनुगमन गर्दै गरेको कुरा धेरै चोटी प्रमाणित भएको छ/
अस्ति एक जना पद भारतियेले यस ब्लोग्मा आफ्नो पद नखुलायिकन दांग र अन्य थाहुँमा नेपालको सिमा नामिचिएको र मिचिएको प्रमाण दिए आफैले त्यो समस्या समाधान गर्ने ग्यारेन्टी दिएको थियो/ यस बात बुझिन्छ कि नेपालको सरकारले ग्यारेन्टी दिन नसकेको कुरा को ग्यारेन्टी दिने त्यो भारतीय सिमा अधिकारी को हुन् सक्ला भनि/ उहाँले कालापानी भारतकै भएको कुरा उठाएकोमा मैले नेपाल सिट कालापानी नेपालको हो भन्ने प्रमाण हरु धेरै छन् तर भारत त्यो हेर्न पनि नमान्ने भएको ले भारत सिट कालापानी भारतको हो भन्ने के प्रमाण छ भनि सोधेको र तेस्तै रबिन्द्र जी ले त् सप्रमाण नै अंग्रेजीमा लेखे पछी उहाँ गाएब हुनु भयो/
माई सन्सार समेत भारत बात अनुगमित छ येस्मा कुनै संखई छैन/ तर माई सन्सार भारत परास्तहरु बात संक्रमित भएमा दुख लाग्ने कुरा हुन्/ तर संक्रमित त् छ भनि सिमा बिरोध मा उठेको आवाज लाई र जमिम मारिएको बिरोधमा उठेको आवाज लाई भारतकै लयमा कतिले के लेखे भनि सम्झन बुझ्न चिन्न मयिसंसार्कै पुरानो पेज पल्टाए पुग्छ/ हामीले अहिले घर भित्रै बात भारत परास्त रोगको किराहरु सिट लड्नु परेको छ/
अहिले यस भारत परास्त लिकुने सरकारकै प्रहरीले जमिमलाई डनले होयिन तिमीहरुको प्रभु भारतले मारेको हो भनि हुंकार गरे/ यो हुंकार रास्ट्र भक्त प्रहरी- र पत्रकारको आवाज हो/ यसलाई गुन्जायी राख्न हामि पनि उठुं/ हामीले बुझ्नु पर्ने कुरा हो कि अहिले नेपाल प्रहरी-पत्रकारले जमिम मारेको भारतीय सरकारी षड्येंत्र थियो भनि प्रकाशमा ल्याउन कति संघर्ष गर्नु परेको छ होला/ उनीहरुलाई साथ् दिउँ/ नभए रास्ट्र बादी प्रहरी-पत्रकारको आवाज दवायिने छ/
मन परे हरियो, नपरे रातोः
12
5
पुष्प,
जी यौटा कुरा याद गर्न्नु पर्छ की कहिले पनि अरुको बिरोधी हुनु भन्दा पहिले आफ्नो तातो दिमाख लाई ठण्डा गरी सोच्नुहोस त हामी ले भारत बिरोधी नारा त लाउनी तर हामी लाई भारत बिरोधी नारा लगाउदा धेरै फाइदा छ की न लगाउदा ? भारत ले १० दिन मात्र नाका बन्द गर्दियो भने नेपाल मा मान्छे ले मान्छे को मासु खान्छन तपाई लाई थाहा छ होला ? भारत ले नेपाल माथि तेसै हैकम चलाय को छैन ,,,,,,,, हामी नेपाली हरु लाई भारत न भै कसरि हुन्छ ? मट्टी तेल, दाल, चिनी,चामोल, अति आबस्य गास, बास र कपास का समान सबै ६०% त भारत बाट आउछ अनि भारत बिरोदी कुरा गर्न्नु मन को लड्डु मनै संग खाऊ जस्तै हो ? र तपाई हरु ले मलाई भारत को सपोटर भन्नु या केही पनि भन्नु तर यही सचाई हो तपाई हरु ले एक पटक गहिरो दिमाक ले सोच्नुस<<<< तपाई को एउटा कुरा चाही ठिकै छ जमीम र सिन्घानिया हत्या ‘छोरी कुटेर बुहारी तर्साउने’ नाटक नै हो!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
8
9
नारायणजी,
राम्रो कुरा कोट्याउनुभयो । वास्तवमा तपाईंले राख्नुभएको जिज्ञासा अधिकांश नेपालीहरूको मनचिन्ता हो, जो हाम्रो समग्र विकासको मूल बाधक पनि हो । जमीम हत्यामा भारत ‘सरकार’को संलग्नताको पुष्टि होला-नहोला, त्यो भविष्यको कुरा, तर जबसम्म हामी यस्तो मनचिन्ता पखाल्दैनौं र दरिद्रो मानसिकता त्याग्दैनौं, तबसम्म हामी भारतको हेपाइमा पर्नेमात्र होइन, हामी कहिल्यै प्रगति गर्न सक्नेछैनौं ।
हो, भूपरिवेष्ठित मुलुक भएका कारण र अन्य उपाय भइनहालेका कारण अहिले इन्धनका लागि हामी भारतसित आश्रित छौं । तर यसको विकल्प नै नभएको होइन । चाहने हो भने दशौं विकल्प छन् । अझ भनौं इन्धन स्वयम्कै विकल्प हामीसँग अपार जलस्रोत छ । तर केही छुद्र भारतपरस्तहरूका कारण हामी उही इन्धनकै पछि पराइएका छौं । हाम्रो अपार जलस्रोतको रत्तीभरमात्र उपयोग भएको छ ।
खानेकुराकै कुरा गर्नुहुन्छ भने नेपालमा उत्पादन हुने गुणस्तरीय चिनी, चामल (धान) आदि भारत जान्छन् र उताबाट कमसल र विकासे चिनी, चामल मात्र होइन फलफूल, तरकारी हामीले उपभोग गर्नुपरिरहेको छ । हाम्रो देश कृषिप्रधान देश भएको कुरालाई सार्थक बनाउन सक्छौं । अर्थात् हामीले चाहने हो भने हामी आफैं आत्मनिर्भर हुनसक्छौं । लत्ताकपडामा पनि केही दशकअगाडि हामी अलिकति भएपनि आत्मनिर्भर थियौं, तर तिनै भारतपरस्तहरूका कारण आज ती कलकारखाना बन्द हुन पुगेका छन् । अझ सुन्नमा आएअनुसार कतिपय कपडा र जुत्ता कारखानाका गुणस्तरीय यन्त्र तथा कलपूर्जाहरू भारत बेचिएका छन् ।
नारायणजी, हामीले अहिले जति पनि चिजबिज भारतबाट आयात गर्छौं सित्तैमा होइन भन्ने कुरा किन बिर्सनुहुन्छ ? हामीले त खनखनी पैसा हालेर किनेका पो हौं त । हामीले त भारतको अर्थतन्त्रमा योगदान पो गरेका छौं त । अनि किन यस्तो दरिद्र मानसिकता ?
भारतको नेपालमा नाकाबन्दी गर्ने ताकत छैन । किनकि उसलाई थाहा छ, यसो गर्ने बित्तिकै हामी आत्मनिर्भर र अन्य बाटो समाउनेछौं भनेर, जो भारत चाहँदैन । भारत त कसरी हुन्छ नेपाल र अन्य छिमेकी उसको भरमा बाँचोस् । ऊ कहिल्यै आफ्नो छिमेकीले विकास गरेको चाहँदैन । भारतको अरु थुप्रै राजनीतिक, सामाजिक र आर्थिक स्वार्थहरू छन्, जसका कारण भारतले नेपालमा नाकाबन्दी गर्ने ल्याकत राख्दैन । त्यसैले म त भन्छु भारतले एकचोटि नाकाबन्दी गरोस्, सक्छ भने सधैंका लागि, अनि बल्ल हाम्रो चेत र आँटको बाटो खुल्नेछ । नभए हामी स्वयम्ले नै गर्ने साहस देखाउनुपर्छ ।
मन परे हरियो, नपरे रातोः
10
6
पुष्प जी,
बडो सटिक र यथार्थ विश्लेषण गर्नु भो धन्यबाद, बस्ताब मा हामि कतिपय नेपालीमा भारतले नाकाबन्दी गरिदियो भने बज्रपात नै हुन्छ भन्ने ‘भ्रम’ विद्धमान छ/ यो भ्रम नेपालीमा नियोजित रुपमा भारतपरस्त हरुले छरेका छन् ताकी सधै भरि उनीहरुको टाउकोमा प्रभुको आशिर्बाद रहिरहोस/ अब बेला आएको छ एसको भण्डाफोर गरेर नेपाली जनमानस मा हजुरले भने जस्तो बास्तबिकता भर्नु परेको छ/ सायद एसको शुभ सुरुवात हजुरहरुले नै गर्न सक्नुहुन्छ/ हामी मद्धे धेरैलाई के लाग्छ भने ‘यो माइसंसार मा कुर्लेर केहि हुने वाला छैन’ तर यो सत्य होइन/ सुरुवात येहिबाट गर्न सकिन्छ / केहि दिन पहिलेको हजुरको ‘कुरा स्वयम्भु यातायातको मात्र होइन’ भन्ने सटिक विचार सहितको लेख पढ्न पाइएको थियो/हजुरले फेरी लेख्नु पर्यो, बार बार लेख्नु पर्यो /उमेश जी ले अवश्य सहयोग गर्नु हुनेछ भन्ने बिश्वाश छ / यहाँ मात्र प्रयाप्त हुनेछैन हरेक पत्रिका, र मिडिया मा समेत एसको चर्चा हुनु जरुरि छ/ राष्ट्रिय स्वाधिनताको बारेमा कुन मिडियाले छाप्न र प्रसारण हुनबाट रोक्ला र? सायद हजुरबाटै त्यो इतिहास रचनाको सुरुवात पनि हुन सक्छा कि …..??
मन परे हरियो, नपरे रातोः
6
3
Police probe Indian cop’s hand in Jamim murder
SUNDAR KHANAL
KATHMANDU, Mar 9: Nepal Police are investigating the possible involvement of an Indian policeman in two high-profile murders in Nepal including the Jamim killing.
A Nepal Police official told myrepublica.com that they have asked Uttar Pradesh Police whether one Waqar Saiyyad is a constable in their ranks.
Police reached the conclusion that Saiyyad was involved in the murder of media entrepreneur Jamim Shah in Kathmandu on February 7 and of Indian national Shaukat Beg, who was said to have a criminal background in India and had settled in Kapilvastu with a Nepali wife. Beg was killed in Butwal on January 1.
Chief of District Police Office Rupandehi SP Chhabi Lal Joshi said that at a recent border security meeting he had asked his Indian counterparts in the two bordering districts of Maharajgunj and Siddhartha Nagar–SPs Ram Swaroop and Upendra Agrawal- to check Saiyyad´s possible profile in their databases. He also said that he is in contact with the magistrates of both districts in this connection. According to him, the Indian counterparts pledged to cooperate but have not responded further.
Rupandehi police had accused Saiyyad, 36, of murdering Beg, going by his Indian driving license found at the crime scene. The Nepal Police high-profile investigation team later presented him as one of the accused in the murder of Jamim. Police claimed his role as a ´sharp-shooter´ in both incidents and also presented this as one of the major factors for pushing the underworld link in the Jamim murder.
According to DSP Dan Bahadur Karki at Area Police Office Butwal, Uttar Pradesh Police has been approached for information about Saiyyad but to no avail so far. “Initially, there was not a good response. But we have sent a different team to garner the information,” he added.
Nepal Police had ascertained Saiyyad´s role as a sharp-shooter in both cases on the basis of his modus operandi (MO). Jamim was shot dead in Lazimpat, Kathmandu by a motorbike-borne gunman and Beg was targeted in the same way in Mainanagar, Butwal.
Nepal Police officials believe that with tentative identification of the culprits, the apprehension of any suspected Indian could bolster investigations into both cases. “This part is crucial for finding the motive behind the incidents,” a senior official said.
Nepal Police investigations have so far fingered six Indians as accused in Jamim´s murder including Saiyyad and Deepak Shahi alias Babbu, the alleged mastermind. But Saiyyad is the only one identified as accused in Beg´s murder.
मन परे हरियो, नपरे रातोः
10
3
Its not only the case on involvement of an individual police personnel, but its a game plan of Indian government. We should be aware and fight against it.
We love Nepal, We love our dignity.
मन परे हरियो, नपरे रातोः
1
1