प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनसम्बन्धी विशेष समितिको बैठकमा ६० दिने कार्ययोजना प्रस्तुत गरेछन्। तर माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्य जनार्दन शर्माले यो त हामीले हेरिसक्यौँ भनेछन्। प्रधानमन्त्री छक्क परेछन्। हैन यो कार्ययोजना कसरी तपाईंले हेर्नुभयो, भर्खरै त प्रिन्ट गरेर ल्याएको छु भनी प्रधानमन्त्री नेपालले सोधेछन्। माओवादी नेता शर्माले भनेछन्- हामीले यो एउटा एनजीओमा हेरिसकेको हो।
कसरी भयो त यस्तो? सेना समायोजन जस्तो गम्भीर र गोप्य कुरा कसरी एनजीओबाट हुने गर्छ? कसरी त्यहाँबाट सूचना विदेशी दूतावासमा चुहिने गर्छ? त्यसले बनाउने रिपोर्ट प्रधानमन्त्रीभन्दा पहिला बेलायती दूतावासमा कसरी पुग्छ? को-को छन् यो एनजीओमा? एउटा रोचक समाचार नेपाल समाचारपत्रमा मंगलबार छापिएको छ। आउनुस् पढौँ काठमाडौँमा ठूलै हलचल मच्चाएको यो समाचार जस्ताको तस्तै-

सेना समायोजनको काम एनजीओ कार्यालयबाट/सूचना तुरुन्तै विदेशी दूतावासमा
प्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको माओवादी लडाकू रेखदेख, समायोजन तथा पुनःस्थापना विशेष समितिको अधिकांश काम भने गैरसरकारी संस्था (एनजीओ) मा हुने गरेको छ।
विशेष समितिलाई सहयोग गर्नका लागि प्रमुख तीन पार्टीका तर्फाट सिफारिस भएका विज्ञहरू राखी गठन भएको प्राविधिक समितिको काम बानेश्वरमा रहेको नेपाल इन्स्टिच्युट फर पोलिसी स्टडिज (निप्स) मा हुने गरेको छ।
रोचक पक्ष त के छ भने सो गैरसरकारी संस्थाको अध्यक्ष प्रधानमन्त्री नेपालका विदेश मामिला सल्लाहकार राजन भट्टराई रहनुभएको छ र प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारको पद दुरुपयोग गरेर बेलायती सहयोग नियोग (डीएफआईडी) बाट ठूलो रकम एनजीओमा लगिएको छ।
प्रधानमन्त्री अध्यक्ष रहेको समितिको काम एनजीओमा हुने गरेकोमा माओवादी पक्षले विशेष समितिको बैठकमा समेत आपत्ति गरिसकेको छ। अर्को रोचक पक्ष के छ भने डीएफआईडीको सहयोग रहेकाले प्राविधिक समितिका कार्ययोजनाहरू विशेष समितिमा भन्दा पहिला बेलायती दूतावासमा पुग्ने गरेका छन्।
प्रधानमन्त्री नेपालले विशेष समितिमा ६० दिने कार्ययोजना प्रस्तुत गर्दा माओवादीका तर्फाट प्रतिनिधित्व गर्ने सदस्य जनार्दन शर्माले आफूहरूले सो कार्ययोजना हेरिसकेको जानकारी दिँदा प्रधानमन्त्री आर्श्चर्य चकित हुनुभएको थियो। यो कार्ययोजना कसरी तपाईंले हेर्नुभयो, भर्खरै प्रिन्ट गरेर ल्याएको छु भनी प्रधानमन्त्री नेपालले भन्दा माओवादी नेता शर्माले सो कार्ययोजना एनजीओमा हेरिसकेको जानकारी दिनुभयो।
एनजीओको संरचना झनै रोचक छ। संविधानसभा मौलिक अधिकार समितिका सभापति बिन्दा पाण्डे सो एनजीओमा सचिव पदमा रहनुभएको छ भने कांग्रेस युवा सभासद् गगन थापा सदस्य पदमा हुनुहुन्छ। संस्थाको उपाध्यक्षमा अधिकारकर्मी शोभाकर बुढाथोकी, महासचिवमा गेजाशर्मा वाग्ले र कोषाध्यक्षमा दीपकप्रकाश भट्ट हुनुहुन्छ।
एनजीओको अन्य सदस्यमा दीपेन्द्र झा र अजयभद्र खनाल हुनुहुन्छ। भट्ट एमालेका तर्फाट सेना समायोजन विशेष समतिको प्राविधिक समितिमा सदस्य रहनुभएको छ। भट्ट प्राविधिक समितिमा रहेको कारण नै सम्पूर्ण काम एनजीओमा लान सहज भएको थियो। अहिले पनि प्राविधिक समितिले माओवादी लडाकूहरूको शिविर निरीक्षण गर्नेलगायत सम्पूर्ण कार्य गर्दा सो एनजीओको पूर्ण टीम समावेश हुने गरेको छ र प्रतिवेदन सोझै बेलायती दूतावासमा पनि जाने गरेको छ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले दबाब दिएपछि डीएफआईडीले निप्सलाई मात्रै विश्वास नगरेर परामर्शदातामा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम र आफ्नो विश्वासपात्र केही कर्मचारीसमेतलाई एनजीओमा खर्टाई बजेट दिएको थियो।
सो एनजीओ अहिले गैरसरकारी संस्थाहरूको आचारसंहिताविपरीत सञ्चालन भइरहेको छ। गैरसरकारी संस्थाहरूको आचारसंहिताले संस्थाका कुनै पनि पदाधिकारी परियोजनाको कुनै पनि पदमा तलब लिने गरी बस्न नपाउने व्यवस्था गरेको छ तर संस्थाका महासचिव गेजा शर्मा वाग्ले आफैं प्रोजेक्ट कोअर्डिनेटरको पदमा बहाल छन् र सभासद्हरू पनि आचारसंहिताविपरीत चलेको संस्थामा मूकदर्शक भएर बसेका छन्।
वाग्ले १० वर्षअगाडि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा सहायक विज्ञको रूपमा कार्यरत थिए। प्रधानमन्त्री कार्यालयमा सहायक विज्ञको कुनै पद नभएको भनी महालेखा परीक्षकको कार्यालयले उहाँलगायत चार जना सहायक विज्ञको तलबलाई बेरुजूमा देखाएको थियो।
लामो समय महिला तथा बालबालिका मन्त्रालयमा काम गर्नुभएका र सामाजिक क्षेत्रका विज्ञ मानिनुहुने सहसचिव श्यामसुन्दर शर्माले एनजीओका पदाधिकारीहरूले नैतिकताका आधारमा पनि कर्मचारी भएर तलब खान नमिल्ने बताउनुभयो।
सेना समायोजनजस्तो महत्त्वपूर्ण काममा एनजीओलाई समावेश गराएकोमा माओवादीले खोजी शुरू गरेको छ।
‘पहिला माओवादी युद्ध हुँदा शान्ति र द्वन्द्वका नाममा ब्रहृमलुट गर्नेहरू अहिले व्यवस्थापनका नाममा लुट गर्न थालेका छन् भन्ने जानकारी आएको छ, यस सम्बन्धमा माओवादीले खोजी शुरू गरिसकेको छ’-माओवादी प्रवक्ता दीनानाथ शर्माले भन्नुभयो।
Related posts:












यहि फागुन २५ गतेमा नेपाल समाचारपत्रमा प्रकाशित समाचारलाई उधृत गर्दै, तपाईंको लोकप्रिय ब्लग “मेरो संसार” मा “विदेशी दुतावासमा सूचना बेच्ने एन.जी.ओ” शिर्षकमा छापिएको समाचार प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ। फागुन २५ गतेको समाचारपत्रमा निप्स संस्थामा म समेत सदस्य रहेको भनिएर छापिएको समाचारका सन्दर्भमा सोहि पत्रिकाको फागुन २६ गतेको अंकमा उक्त संस्थाले नै आफ्नो संस्थामा गगन थापा सदस्य नरहेको विज्ञप्ति निकाली स्पष्ट पारेको तथा संविधानसभा सदस्य भए पश्चात कुनै एक संस्थामा म संलग्न नरहेको स्पष्टिकरण समेत समाविष्ट गरिएको समाचार प्रकाशित भएको थियो। तपाईंको लोकप्रिय ब्लग “मेरो संसार” ले (फागुन २६) मा समाचारपत्रको मा प्रकाशित समाचार चाँहि उघृत गर्ने तर उक्त विषयमा त्यसै विषयको त्यहि पत्रिकामा प्रकाशित खण्डन भने उल्लेख नगर्ने? यसले म माथि त अन्याय गरेको छ नै, साथसाथै यो आग्रहले आम पाठकमा भ्रम उत्पन्न हुने हुँदा पाठकहरुलाई समेत अन्याय भएको छ।
संविधानसभाको सदस्यको हैसियतमा मात्र हैन, आम नेपालीले प्रकट गर्नुभएको म प्रतिको विश्वासका आधारमा पनि मेरो प्रत्येक क्रियाकलापका सम्बन्धमा प्रश्न उठाउन पाउने अधिकार प्रत्येक नेपाली नागरिकसँग छ। प्रत्येक पल मेरा निम्ति परिक्षा जस्तै हो। म मेरो विवेक र साम्र्थ्यको सम्पूर्ण प्रयोग गर्दै, जीवनको प्रत्येक मोडमा नैतिकताको कसीमा खरो उत्रने प्रयत्न गरिनै रहने छु। मैले अन्जानमा वा अज्ञानतावश कुनै कमजोरी गरेमा त्यसमा तपाईं मार्फत पाठकहरुले गर्ने आलोचना मेरो निम्ति आदेश हुनेछ, मैले कुनै खराब र अनैतिक काम नगर्न पाठकहरुको खबरदारी मेरा निम्ति मार्गनिर्देशन हुनेछ। तपाईंको ब्लग मार्फत पाठकहरुसँग मेरो एउटै अनुरोध ‘तपाईंहरुका यस्ता सुझाव र आलोचना कुनै भ्रामक समाचारमा आधारित नभइ सत्यतथ्यमा आधारित हुँदा, यि सुझाव र आलोचना मेरा निम्ति अमूल्य हुनेछन्।’
गगन थापा
मन परे हरियो, नपरे रातोः
2
0
म राजनीति गर्ने भए २ दिनमै छोडिदिन्थे होला किनकी म दबाबमा कानुन उल्लङ्घन गर्ने मान्छे हैन । पार्टीसँगै भष्टर्राचार नगरी गगन यति लामो समय राजनीतिमा टिके जस्तो मलाई लाग्दैन ।
मन परे हरियो, नपरे रातोः
1
0
नेपाल को प्रजा तन्त्रनै बनारस बाट सुरु भएको छ तेसैले gagan पनि सोहि प्रजा तन्त्र बाट मुक्त भने छैन , जुन बनारसी चिन्तनका प्रजा तन्त्रले nepallai यो gatilo बिकासको मोडमा ल्याइदिएको छ , so एमाले पनि बनारसी चिन्तनले grasta नेपाको कम्निस्ट हो तेसैले माकुने को गाला कति सारो मोटाएको छ , माओबादी ma पनि सो चिन्तन प्रसस्त भेट्न थालिएको छ , हेर्न bakinai छ .
मन परे हरियो, नपरे रातोः
2
1
मेरो संसार ले किन येसरी गगन थापा लै नहुने कुरा मा खेदो खनेको बुझ्न सकियाना सबैजना ले फ्लागुन २६ को समाचारपत्र हेरेर अनि गाली गर्नु होला निप्स क महासचिब गेजा शर्मा ले गगन थापा यो सस्था को कुनै पनि पद मा नभएको जानकारी दिसक्नु भएको छ र गगन थापा ले पनि खण्डन गरिसक्नु भएको छ सभासद हुनु भन्दा पहिले त्यो सस्था मा भय पनि सभासद भयापाची मा छैन भनेर तेसैले समाचार पत्र फाल्गुन २६ को हेर्नु होला साथै उमेश जी ले पनि तेस्लाई पनि राख्दे राम्रो हुनेथियो नभय त गगन को मात्र खेदो खाने कम भयो मेरो संसारको सबलाई अनुरोध समाचार पत्र हेरेर अनि गाली गर्दा राम्रो होला
धन्यब
ओमर गोर्खाली
मन परे हरियो, नपरे रातोः
1
5
गगन थापा आफैले छातिमा हात राखेर भन्न सक्छन् उनी निप्समा संलग्न छैनन् भनेर?
उनी संलग्न थिए। उनलाई अप्ठेरो पर्ने भएपछि गेजा शर्मा मार्फत् वक्तव्य निकाल्न लगाएका हुन्।
होटल हिमालयनमा एक दिन विदेशी दाताहरुसँग परिचय कार्यक्रममा गगन थापालाई उनी निप्सका पदाधिकारी भनेर परिचय गराएको म आफैले देखेको छु। हिम्मत छ भने गगन थापा आफैले यसमा खण्डन गरेर देखाओस्। छ हिम्मत ? गगनका चम्चाहरुको छ हिम्मत गगनबाट प्रेस वक्तव्य निकाल्न लगाउने ???
मन परे हरियो, नपरे रातोः
2
1
मिस्टर राम अधिकारी ल अब हेर गगन थापा को प्रेस वक्तव्य अनि चित बुझ्छ कि ?
मन परे हरियो, नपरे रातोः
0
0
होइन मित्रहरु, किन गगनको पछी यसरी लागेका भन्या! म त छक्क पर्छु बा! यो मान्छे पनि दुधले नुहाएको त छैन नि, यो पनि मान्छे नै हो, यसको पनि परिवार छ, स्वास्नी छ, सासु, ससुरा छन्, साला साली छन्/ अनि अरु जम्मै ले लुटी रहेको ठाउँमा, मोज गरि रहेको ठाउँमा उ मात्र के र्र्याल काढेर बसोस तनी/ उसलाई पनि यसो जाँड पानि खानु पर्यो, स्वास्नी लिएर डिस्को जानु पर्यो, बा आमा, सासु ससुरालाई पनि खुसि पर्ने पर्यो / जे भए पनि खानदानी कांग्रेस न पर्यो बिचरो !!!!
Shiva
मन परे हरियो, नपरे रातोः
10
0
अरुको त के कुरा गर्ने, अब गगन थापाको पनि असली रुप देखियो. बाहिर हेर्दा कति राम्रो कुरा गर्छन, तर भित्र भित्र कीरा लागेर कुहिएको फर्सीजस्तो रहेछ . अब गनाउन थाल्यो . छि छि छि ………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
म कुनै राजनितिक पार्टी संग संगलाग्न नभए पनी गगन थापा को म सधै कदर गर्दछू वहा जस्ता जोश जागर अनि बिचार भएका युवा नेताको खाचो छ यस देशलाई -न की लोभी पापी भ्रष्ट रक्त पिपासु देश बेचने बिदेशी दलाल बुढो अटेरी जिद्दी अशिक्छित नेताहरु I समाचार सुन्दा दुख लाग्यो यदि यस्मा सत्यता छ भने यो नै सबै नेपालीको लागी दुर्भाग्य को कुरा हुनेछ तर यदि यसमा गगनजी को सग्लानता छैना भने गगनजी आउनुस तपाई आफै यसै ब्लाग बाट यस समाचारको खंडन गर्न अओहान गर्दछु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
7
गगन थापाले नै यसमा छिटो स्पष्टिकरण दिनु भएमा सबैको शंका नाश होला । किनभने वहाँलाई सबै विचारका जनताले मानेका युवा नेता हुन् । यदि दोषी प्रमाणित भएमा कसैले वहाँलाई छाड्ने वाला छैनन् ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
1
फोटो हेर्दै सबैजना घुस्या जस्तो देखिन्छन यीनीहरुले देशको लागि खै के गर्लान र बरु paisa ko लागि yeeniharu जे गर्न पनि पछि पर्दैनन्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
यसरी अनियमितता, भ्रष्टाचार, अपराधिक गतिविधीमा संलग्न व्यक्तिहरुको नाउँ त यी पत्रिकाहरुमा प्रशस्तै पढ्न पाईन्छ, तर खै यीनलाई कुनै कार्वाही भएको भन्ने समाचार भने बिरलै पढ्न पाईन्छ, त्यसैले बरु यी समाचारहरुनै पो मिथ्या हुन् जस्तो लाग्छ | यदि तथ्यनै हुन् यी समाचार भने त कुनै न कुनै प्रकारले दोषीलाई प्रक्रियाबद्ध रूपमा कार्वाही भएको, भइ रहेको वा नभएको भए पनि पछिल्ला प्रकाशनहरुमा उल्लेख भए हुन्थ्यो |
मन परे हरियो, नपरे रातोः
10
1
कलेज पढ्दा एक नम्बर मण्डले अहिले आएर कालीबाबा,यो साले कालीबाबाको पछी लागेर देश फेरी हजार बर्ष पछाडी धकेल्ने भयो!नामै काली बाबा कस्तो अचम्भ अँध्यारो तिरै धकेल्ने भए!सेतिबाबा भै दिए नि हुन्थ्यो,सुन्दै घिन लाग्दो ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
यसरि अनियमितता, भ्रष्टाचार, अपराध गतिविधीमामा संलग्न व्यक्तिहरुको नाऊँ यी पत्रिकाहरुमा प्रशस्तै पढ्न पाईन्छ, तर खै यीनलाई कुनै कार्वाही भएको समाचार भने प्राय कमै पढ्न पाईन्छ, त्यसैले बरु यसरि प्रकाशित समाचारहरुनै तथ्य होलान् भन्ने कुरोमा पो शंका लाग्छ | यदि समाचार तथ्यनै हुन् भने त कुनै न कुनै प्रकारले दोषीलाई प्रक्रियाबद्धरूपमा कार्वाही भएको, भई रहेको वा नभएको भनेर पछिल्ला प्रकाशनहरूमा पनि छापिईनु पर्छ |
मन परे हरियो, नपरे रातोः
1
2
यस्ता अनियमितता, अपराध, भ्रष्टाचार मा संलग्न भएकाहरुको नाउँ यसरि यी पत्रिकाहरुमा पढ्न पाइन्छ, तर यीनलाई कार्वाही भएको भनेर चाहिं प्राय पढ्नै पाइन्न, त्यसैले बरु पत्रिकामा लेखिएका यस्ता समाचारहरुनै तथ्य हुन् भन्ने कुरोमा पो शंका लाग्छ | यदि तथ्यनै हुन् भने पछिल्ला प्रकाशनहरूमा, यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई प्रक्रियाबद्ध कुनै न कुनै रूपमा कार्वाही भई रहेको वा भएको भनेर पनि पढ्न पाइयोस |
मन परे हरियो, नपरे रातोः
1
2
हामीले गगन थापामाथि विश्वास गरेका थियौं । उनिजस्ता यूवा नेताले देशमा बिध्यमान काम नलाग्ने प्रणालीलाई यूवाहरुको साथ लिएर परिवर्तन तर्फ उद्द्यत रहनेछ भनि आशा राखेका थियौं । अब शंका लागिसक्यो कि गगन पनि कुन ड्याङ्गको मूला हो कि भनेर ! मानौं, उनि एउटा असल नियत राखेर नै त्यो समितिमा प्रवेश गर्यो रे । अनि सेना समायोजनका प्राविधिक तयारीहरू जस्ता कुरा पनि त्यहि गैर सरकारी संस्थामा नै हुने भयो रे । तर जब सेना समायोजनजस्तो सम्वेदनसिल कुराको सम्पूर्ण प्रतिवेदन सरकारी निकायलाई छोडेर वा बाइपास गरेर सिधै एउटा विदेशी निकायमा जान्छ भने त, त्यहाँ उनको संलग्नता छैन भनेर अब भन्नु बेकार छ । बेलायती पाउण्ड स्टर्लिङको अगाडी सब नतमस्तक भैदिने ? उनलाई जनताले अरु नेताहरूलाई भन्दा विश्वास त गरेकै हो । तर यहि हो, उनिमाथि गरेको विश्वासको प्रतिफल ? कि त उनिजस्ता होनहार यूवा नेताले यस्ता कुराको पहिले नै एक्लै भएपनि प्रतिकार गर्नु पर्थ्यो । उनले हिजो जसरी गलतलाई गलत भनेर चिच्च्यायो, लाग्छ आज उपनि थाकिसकेछ र आफूलाई वर्तमान सरकारी कार्य प्रणालिमा अभ्यस्त पारिसकेछ ।
गगनमाथि धेरै नेपालीको आशा छ । भलै अहिले उनको आफ्नै पार्टिबाट उचित मूल्याङ्कन भएको छैन, तर विपक्षिय दलका यूवाहरूको समेत उनि आदर पाएका नेता हुन् । उनि मुछिएको मात्र हो भने, उनले सत्य-तथ्यलाई बाहिर ल्याइ जनतालाई सूचित तुल्याउनु पर्यो । यूवा जनशक्तिको आशामाथि बज्रपात हुनदिनु भएन ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
4
हेर हेर नया नेपालको हालत?
मन परे हरियो, नपरे रातोः
8
0
यस्ता ‘सूचना’को गोप्यता हुनुपर्छ वा हुनुहुँदैन भन्ने अलग कुरा, तर यहाँ सूचना बाहिर गएको भन्दा पनि अहिले नेपालको उच्च प्राथमिकतामा रहेको सेना समायोजनाको मुद्दा एउटा एनजीओमा हुने गरेको कुरा महत्वपूर्ण छ । अर्थात् एउटा सरकारी समितिको काम विदेशी पैसाले खोलिएको कार्यालयमा ?! यो त अनि नै भयो । सित्तैमा पाएको विदेशी पैसाको कोठा, कार्पेट, टेबल-कुर्सी, अनि विदेशी पैसाकै खाजा, लत्ताकपडा अनि विदेशी दिमाग, कसरी बन्छ नेपालको हीतमा योजना अनि कसरी हुन्छ उपयुक्त निर्णय !
नेपाल र नेपाली बिगार्नुमा अर्को तत्व हुन् यी एनजीओ र आईएनजीओ । जबसम्म यस्ता संस्थाहरूमाथि कडाइ र निगरानी गरिन्न, तबसम्म हाम्रो नैतिकता विदेशीको पोल्टामा खनिइरहनेछ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
1
साथी हरु गगन थापा तेयो संगठन मा हुने बित्तिकै त्यो पनि तेसैमा मुचिंछ तर…. गगन त्यो मान्छे हो जसले आफ्नो कुनै स्वर्थ नराखी अहो रात्र जनता को सेवा मा लागिपर्छ र हेर्नुस तपाई हरु पनि नेपाल मा गगन जस्तो ४ / ५ जना नेता भैदिएको भय नेपाल यो हो हाल हुने थिएन … र गगन थापा .. समग्र नेपाली को नेता हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
85
तपाई को गगन राम्रो मानिस भएको भय साधारण जनता को छोरी संग जीवन गाँठो बन्ध्ये होला | जब उनि ले विबहा गरे, अनि मलाई उनको बिश्वास छैन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
21
I really do not believe and will never believe that Gagan Thapa is a good leader and will be a good leader.He just came into lime light due to his own conflict with his own party’s senior leaders.It doesn’t mean that just revolting from his own party he is honest to the motherland.He is a Fox In The Skin Of A Lion.Beware of him and do not mistaken him as a good leader.If so what is this? where is he standing now? Is this the virtue of a good leader to be with the INGO which is run by UK? Does the good future leader passes such confidential information to other countries for just the sake of money? Still can we say he is good? No and absolutely not and it is time to rethink about his hidden image of fox in the skin of a lion.Guys he is a traitor(Deshdrohi) and lets not favor him anymore and publicly condemn his deeds.We hate the traitor like Gagan Thapa who is completely acting against our nation.Such future leaders can only ruin our country and cannot do any good to our motherland.Believe me he is greedy young man who is after power and money and not for the country but for himself.Lets not destroy our future anymore by empowering such a conspirator by blindly supporting him. Ros you might be in confusion and awake man and at least do not take the side of such a villain for the country.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
7
नेपालको राज्य सन्यन्त्रलाई लोभीपापी पाखण्डीहरुले भरिएको छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
5
Gagan is an educated corrupt. He knows how to take bribes and throw the blame to others. He is a skilled opportunist but a good orator who knows how to manipulate the things. No surprise at all……….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
9
हाम्रा लोक सेवाले टाँचा लगाएका शिक्षित जमात…! यस्ता धमिराहरुले त देश हाकिरहेछ…त्यसै खर्पने, पाखे, भुस्तिघ्रेहरु जुर्मुराउछ्न त?!
नाच्न जान्दैन आगन टेढो| अब कति अरुमाथी दोष थुपार्छौ हौ?? आफ्नै आंगको भैसी हेर्ने कि?? “यो पनि एउटा बाहुनबाद्को नमुना नै हो – हो यसरी यो बादले हाम्रो देश बिगार्दै छ|” आँखा खोल, सम्पूर्ण नेपाली हो|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
15
देस को सूचना बेच्नु ठुलो बदमासी हो भन्ने कुरामा कसैको पनि दुइ मत नहोला. तर माइ संसारमा सबै जना खत्तम म मात्र राम्रो भनेको चाही “अरुले मोज गर्यो मैले सकिन’ भन्ने सोचाई भएर हो कि? पायो भने पैसा नछोड्ने यहाँ को होला? पैसा कमौना कै लागि हैन विदेश तिर हान्निएको.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
17
जाबो सूचना त बेचेको रैछ नि देश बेच्न बाकी नै छ धोति को दलाल हरु ले, आमा को दूध ले नपुगेर बुवा को घुडा चुस्ने हरु त हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
पैसा को अगाडी स्वावीमान बेचियो … नेपाली ले नेपालीपन बेचे पछि कसको के लाग्छ र
मन परे हरियो, नपरे रातोः
13
1
गगन थापा बाहेक अरु सबै जना गद्दारी नगर्लान जस्तो लाग्दैन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
28
………………यो देश प्रति को चरम गद्दारी को यथार्थ हो / राजनीतिमा नया कथासहित पदीय दुरुपयोग को राम्रो नमुना पेश गरेका छन् राजन र गगनजीले…..!!! भाषण र तर्क मिठा गरी जनता भुलाउने र देश जनताप्रति को कर्तब्यलाई तिलान्जली दिई पर्दा पछाडिको खेलमा केहि आशा लाग्दा यस्ता होनाहार युवा राजनीतिज्ञपनि लागेको सुन्दा आश्चर्यमात्र लागेको छैन एउटा ठुलो प्रश्न फेरी नेपाली जनतामाझ उठेको छ….त्यो के भने पार्टी र यिनका नेताहरुको समयमा संबिधान जारी गर्ने सीमा र समय पछाडी सार्ने आपसी सहमतिसहितको आजभोलिको यो नाटक संबिधान सभामा बसेर जनताले तिरेको करको भत्ता खाएर जनतालाई भुलाउने अनि बिदेसीले मनग्य पैसा दिएभने देशलाई बिदेशीको पोल्टामा सुम्पिने स्वेतपत्रमापनि हस्ताक्षर गर्न पछी नपर्ने त हैनन…..???? यो स्थिति अब सोरहैआना आउनेछ, यदि नेपाली जनताले अहिलेका ठुला पार्टी भनिनेहरुलाई बेलैमा खबरदारी गर्न सकेनन भने………. एस्तो अराजक र निरङ्कुश पार्टी, नेता र तिनका गतिबिधिलाई अब कतिदिन सम्म नेपाली जनताले सहने……..????!!!!
मन परे हरियो, नपरे रातोः
8
3
सूचना ब्यापारी संग होशियार;सियो चोर्नेले घर फोर्छ भने जस्तो सूचना बेच्नेले देश नै बेच्न पनि सक्छा त्येसैले यस्ता सूचना ब्यापारीहरु संग होशियार/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
3
वास्तवमा एन जी ओ संचालक हरु जासुस पनि हुन सक्छन/यस्ता एन जो ओ हरुले सरकारका महत्वपूर्ण सूचना बेचेर जीविकोपार्जन गरेका हुन्छन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
1
सत्ता पक्षमा बाठै बाठाहरु छन, प्रतिपक्षमा पनि बाठाहरुकै जमात छन| सत्तापक्ष र प्रतिपक्षमा बाठैबाठाहरु भएपछि देश उँभो लाग्नु पर्ने होइन र? देश त झन झन स्खलित भैरहेको छ। बाठाहरुले पनि देश बनाउन नसक्ने हाम्रो देश कस्तो अप्ठ्यारोमा परेको रहेछ? कि बाठाहरुले देश बिकास गर्न छोडेर ब्यक्तिगत बिकासमा पो लागेको छ कि ? हाम्रो देश नेपालमा बाठाहरुको बठ्याँइले काम लागेन भने अर्कै उपाय सोच्ने पो हो कि ? यो अधकल्चो गणतन्त्रलाई पूर्ण बनाउन अबाठाहरुको पो सरकार बनाउनु पर्ने हो कि ? आफ्नो देशको भित्री सुचना बिदेशिबाट थाहा हुन थाले पछी तिम्रो त्यो बठाइँ त उदाँगियो, तिमी फेल भयौ, तिमीले अब हाफे भयो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
For these people— money is every thing. but this is not new thing in Nepal. Who is safeguarding, guiding, directing these people? We know the answer. They are only the player. and playing according to the rule made my leaders.
मन परे हरियो, नपरे रातोः
2
1
नमस्कार
माधब नेपाल जनता बाट तिरस्कृत हरुवा सरकार प्रमुख हुनसक्छ भने यी देशद्रोही हरु ले कागज बेच्दा किन प्रधानमन्त्री तर्सने ?
धन्यबाद
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
2
यो राजन भट्टराई को गल्ति र देश प्रति गद्दारी हो. He funded the document from DFID first and presented the same document to the Prime Minister later on. Rajan Bhattarai must be punished. तर लुना जी ले भने जस्तै वहा (राजन) को लागि यो कुनै ठुलो कुरो होइन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
4
नेपालको कानुन यिनलाई लाग्दैन त्यो सबै नेपाली जनतालाई थाहा भएकै कुरा हो .
येदी नेपालमा नियम कानुन छ भने यिनलाई समातेर केरकार गरेर नेपाली जनतालाई हामी नपुंसक नेताहरु होइनौ भनेर नेपाली जनतालाई देखाउन सक्नु पर्यो .
हुन त नेपालमा केरकार गरे पनि आजसम्म को प जेल गएको छ र .
अब यो देशमा कसैको केहि लाग्दैन ……या त दुइ चारजना चोर नेताहरुलाई समातेर टुडिखेलमा राखेर यिनका टाउकामा बन्चरो र घनले हानेपार साएद अर्को नेता तर्सिएर राम्रो काम गर्नतिर लाग्थियो कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
राज जी,
Agreed 100% with you.
Finally see someone with same view.
मन परे हरियो, नपरे रातोः
5
0
प्राय नेपालीहरुमा राष्ट्र प्रेमको भावना छैन . छ त केवल मुर्खता मात्र छ जुन राष्ट्रियताको नाममा सडक जाम गर्ने, अर्काको घरको ऐना तोड्ने, अर्काको गाडी जलाउने आदि गर्छन . यसलाई घुर्की देखाएर मुर्खता प्रदर्शन गरेको भनिन्छ . यस्तो भन्नु पर्दा आफैलाई ननिको लाग्छा तर यहि नै सत्यता हो .
नेपालका एन जी ओ पनि नेपालीहरुकै संस्था हुन् . दोष कसलाई दिने ? पार्टीकै नेताहरु सरकार बनाउन बिदेशी गुहार्छन भने पार्टीहरु पनि एन जी ओ हुन् भन्नु गलत हुदैन . यी सबै कुरालाइ मध्येनजर राख्दा राजसंस्था मात्र तेस्तो संस्था थियो जुन राष्ट्रप्रेमले ओतप्रोत थियो . तर आज आएर धेरै जसो बुझेर बुझ पचाउने काम गर्दै छन् . कुरो सबैले बुझेका छ . जति नै बिरोध र आमसभा, बन्द गरे पनि सडकमा उत्रेका भिड भन्दा घरभित्र रहेर यी दृश्य हेरिरहेका जनताका संख्या ९८ प्रतिशत छ . कुरो यहि सत्य हो .
मन परे हरियो, नपरे रातोः
10
1
sammukh Ji,
I salute you.!!!
मन परे हरियो, नपरे रातोः
1
1
It’s not a wonder that these people have been engaged in such a shameful act, of leaking nation’s information, of being ready to serve for money for international political players, of telling lie to nepali people, of having one face in the public and another inside. This is utterly unethical and shameful that these folks with their masquerade of politics, academic excellence and so forth, are engaged in money making business at the cost of national security.
Shame on you people that you can do such a heinous crime to your mother country.
मन परे हरियो, नपरे रातोः
1
1
लिम्बु जी,
गगन झन् १ नम्बर को घुस खोरी हो….अब बिस्तारै थाहा पाउदै छन् सबै ले …तर पनि उसको छेमता चाही छ राम्रो काम मा use गरे राम्रो हुन्थियो क्या रे !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
6
गगन थापा को कुरा त धेरै सुनियो तर पैसा देख्दा महादेव को त तीन नेत्र भन्थे यी त एक मनुस्य….त्यस माथि एक नेता…….नेपाल मा लाज सरम पचे पछी मान्छे नेता हुन्छन……………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
श्रीमान सरकारी जागिरे = श्रीमती एनजीओ पैशा काहा माला माल हो अनि श्रीमती UN मा रिपोट बूजाउन पुगेको छे New York USA
मन परे हरियो, नपरे रातोः
9
3
सिस्टम नै नभएको देशमा बिदेशीको इसारामा चल्ने देशमा बिदेसीलाई हार गुहार नगरे सम्म केहि नहुने देशमा सेना संयोजनको कुरा बेलायतसग पुगेछ कुनै ठुलो कुरा हैन आगनमा सुकाएको बिस्कुन सबैले देख्ने मात्र हैन मौका परे कसैले उठाई लिएर जान सक्छ |देशको नाम नेपाल हो देश भित्र हुने धेरै कुरा बिदेशीले लीइसकेका छन् |१९५० को सन्धि खाम्पा बिद्रोह ,माओबादी जनयुद्ध आदि कुरा स्वदेशी नस्लमा भएकै होइनन | तितो हो तर सत्य माओबादी साथीहरु नारिसाउदा हुन्छ | साचो कुरा बुझ्दा हुन्छ |प्रचण्डले प्रम बाट राजिनामा दिने दिनमा सुद सग एक दिनमा ५ पटक भेटेका हुन् किन ?नेपालि जनताको बिगतका कुरा बिर्सने बानि छ त्यसैले पाखुराको भरमा शासन चल्दै छ |
मन परे हरियो, नपरे रातोः
4
6
लापर्बाही को नमुना ,अनुशासन मा कोही छैन सरकार को महत्वपूर्ण निर्णएे र पोलिशी एसरी बाहिर जान थाले भने भोली के होला।
देश लाई अब नाम मात्र का कम्युनिस्ट हरु को खाचो छैन लोक्तान्त्रिक गथबन्दन को सरकार को जरुरी भाईसकेको छ।सबै कङ्रेस्स का पुच्चर जस्ताइ भए अब किनकी ,एमाले कङ्रेस्स अनी माओवादी एमाले हो एथiर्थ मा , नेपाल मा कम्युनिस्ट भनाउदा हरु ले माओ, लेनिन र मार्क्स को बिचार बेचेर जनतालाई गुमरह मा रख्दै सत्ता को रस चुसिरहेका मात्र छन,एमाले त NGO नै हो पIर्टी भन्दा पनि, माओवादी अब एमाले कै पथ मा छ,यी नाम मात्र का कम्युनिट हरु ले गर्ने केही कुरा
खेत कस्को– जोत्ने को
घर कस्को- पोत्ने को .
हास्यस्पद कुरो अब भन्दै जनेछन
जहाज कस्को: पाइलट को
बस कस्को : ड्राइभर को
एस्ता बकम्फुसे नारा लगयर सत्ता चलाऊन सकिदैन भन्ने नेपाल का कम्युनिस्ट ले बिस्तारइ सिक्दै छन अब
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
16
केशु ! अनि घगडान कांग्रेसी खुम बहादुर चै कुन पथमा गैसक्यो ? थाहा छ के?
मन परे हरियो, नपरे रातोः
5
3
साथीहरुले के बुझिदिनु पर्यो भने एमाले भनेको लाज सरम नभएको यस्तो जन्तु हो जो हसुर्नको लागि जे जति नांगिनाको खातिर तयार रहन्छ आखिर लाचारी भनेको माकुने हो नि
मन परे हरियो, नपरे रातोः
11
2
बिदेशी दुताबाश लाइ सूचना बेचने भनेर गगन थापा को नाम बदनाम गर्न को लागि मात्र राखेको हो आज को समाचार पत्र को खबर फेरी माई संसार मा राख्दे राम्रो हुन्थियो र गगन थापा सभासद भय देखि त्यो सस्था मा सम्भंधित छैन भनेर महासचिब गेजा शर्मा को बक्त्यबा पनि हेर्नु होला
http://newsofnepal.com/detailnews.php?type=mahanagar&id=६६८६
धन्यबाद
मन परे हरियो, नपरे रातोः
3
12
भिनाजु को बचाई को लागि साली को कोसिस. खाए खाए देस खाए. तिम्रा भिनाजु लै हामीले पनि विश्वास कहाँ नगेरेको हो र? अझ अरु नखुलेको कुरा सुन्योउ भने त दिदि लै घर बोलौन्थ्यौ होला फिर्ता.
मन परे हरियो, नपरे रातोः
4
0
नेपाल विश्वका अति नै भ्रष्ट देशहरू मध्ये एक मा दर्ता भई सक्यो! सरकार ले यस्ता अनियमित्ता र अनियमित्त बाटो बाट नेपाल भित्रने वैदेशिक मुद्रा (मनी लाउन्डि्रड वा हुन्डी) लाइ रोक्न न सक्नु वा नचाहनु र राष्ट्रको आर्थिक पद्धतिलाई सुधार्न न सक्नु ले राष्ट्रको आर्थिक अवस्था जर्जर अवस्थामा त् पुगेको छ नै! यसका साथै घुस्याहा र काला बाजारी हरुले आतंककारीहरु लाई काला बाजार मार्फत धन उपलब्ध गराउने कार्य नियन्त्रण नगरेर नेपालले अन्तर्राष्ट्रिय अर्थतन्त्र लाई गम्भीर खतरा पुर्याएको आरोपमा मुलुक नै विश्व समुदायको कालो सूचीमा पर्ने अवस्था छ!
नेपाल जस्तो लाखौँ को संख्यामा विदेशी रोजगार जानु पर्ने, विदेशी सहायता र अनुदानमा भर पर्ने मुलुक, यी माथिका आरोपमा कारवाही मा पर्ने हो भने भोली नेपाली र नेपालको स्थिती के होला? नेपालका भ्रष्ट नेता, घुस्याहा कर्मचारी र नैतिकता गुमाएका नागरिक समाजका नाइके हरुले जवाफ दिने बेला आएको छ!
मुलुक संक्रमणकाल बाट गुजरी रहेको समयमा, सरकारका जिम्मेवार निकायमा बसेको कार्यकर्ताले (राजन भट्टराई) प्रधानमन्त्री मा कु ने लाई नै थाहा न हुने गरी सेना समायोजना जस्ता गम्भीर कार्यतालिका चोरेर गई. स. स. र विदेशी नियोगहरु लाई उपलब्ध गराउनु भनेको राष्ट्रघात हो! देश द्रोह हो! यस्ता देश द्रोही लाई फाँसी हुन पर्छ!
मन परे हरियो, नपरे रातोः
5
2
एमाले NGO हो, कुनै पार्टी होइन/
“Operation Mustang” भनेर नेपाली गुप्तचर संस्था (रास्ट्रीय अनुसन्धान बिभाग) का केहि कर्मचारीलाइ लिई जन-युद्धकालमा लाजिम्पाटमा ३ वोटा बिशाल भवन भाडामा लिई अपराधि गिरोह तयार गरेर अरबौ पौण्ड सिद्ध्याउने बेलायतले अहिले एमाले र कांग्रेसलाइ दुरुपयोग गर्नु नौलो कुरा चाही होइन तर पनि डरलाग्दो करतूतको निरन्तरता भने चल्दै रहेछ /
माकुनेका सल्लाहकार देखि र कांग्रेसका गगन थापा सम्म अटाउने यो NGO बाट वहा हरुलाई राम्रै सुभ-लाभ भए पनि देशका लागि “अशुभ” संकेत हो/
गगन थापा चाहि आफ्नु बिहामा आएको पैसा अस्पताललाइ दिएर ‘परोपकारी’ देखिने, अनि येस्ता संस्थाबाट पैसा हसुल्ने !! क्या-बात् गगन जी असलियत मुकुण्डो उघिरियो नि त!! एमाले, माकुने र उसका सदस्यहरुलाइ चाहि भन्ने कुरा नै के पो बाकि छ र………..
लौ न केहि गरौ………!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
http://www.youtube.com/watch?v=YDMhN-mcTi0&feature=related
Everybody please email PBS regarding this all you need to do is protest that Buddha is not born in India rather in Lumbini, Nepal. (http://whc.unesco.org/en/list/666
). This PBS show will be telecasted on April 7th, dont let them relay false information. Write a …short comment about the truth and also add the unesco links folks.
(http://www.pbs.org/aboutsite/aboutsite_emailform.html)
मन परे हरियो, नपरे रातोः
2
1
चेली बेटी बेच्ने दलाल देखी देश बेच्ने दलालहरु पहिले देखिने सक्रिय छन् हाम्रो देशमा तेसैले इनिहरुलाई कडा कानून बनाएर खोजी खोजी सखाप नपरे सम्म हाम्रो देशको भलो हुने कतै देख्दैन म त / हुन पनि कतिसम्म नीच हुन्छ नेपालीहरु पैसाको लागि आफ्ना चेलीबेटी हरु भारतमा लगेर बेचिदिन्छ/ आफ्ना देश को गोप्य कुराहरु विदेशीलाई बेच्छ / यो भन्दा दुखको कुरा के हुन सक्ला र /
मन परे हरियो, नपरे रातोः
4
0
ठुलो कुरो हुनिनै भयो नि कालभैरव जी, अब हामी जनता ले यो सूचना बेचे को मात्री थाहा पाउछु देश बेचेको के थाहा पाउनी, जनता ले हाम्रो सीमा मिच्यो भनेर करौदा “छैन – छैन” भने यो सरकार अरु के नै गर्न सक्छ र? कि कसो साथी हो?
मन परे हरियो, नपरे रातोः
3
1
असली चरित्र अनि गोप्य कुराहरु जनता सामू बिस्तारै खुलासा हुदैछन्…हेरौं अब अरु के-के कुराहरु खुलासा हुँदै जान्छ…? यो कठपुतली सरकार र नेताहरुको वास्तविक रुप र व्यवहार हरु जनताको बिचमा पर्दाफास गर्नु पर्छ…// यी लाज नभएका नकचराहरु कति सम्म नांगिन सक्ने रहेछन्….???
मन परे हरियो, नपरे रातोः
8
1
एस्तो संघ संस्थाहरुमा त् कुनै दल सिट आबद्ध नभएका मात्रै हुनु पर्ने थियो/ अब यिनीहरु आबद्ध भएका दलका सरकार हरुनै देश बेचुवा छन् त् यिनीहरुले सुचना बेचेकोमा आश्चर्य मान्नु पर्ने देखिएन/
मन परे हरियो, नपरे रातोः
4
0
२०४७ सालमा त्रि-चन्द्र क्याम्पसमा आई. यससी. पढ्न गार्हो भएर पढाई को लाइन परिबर्तन गरेका साथि शोभाकर लाई आज अधिकारकर्मी, त्यसमा पनि बदनामी (यन. जी. ओ. भ्रस्टाचारी ?) को रुपमा देख्नु पर्दा मलाई लाज लागेर आयो/ हुन त देखिएका अनुहार हरु सबै लाटा, सोझा जनतालाई बेबकुफ बनाएर मोज गर्ने दलालकै त हुन् नि/ अचम्म मानुपर्ने कारण मा देख्दिन/ नया नेपालका सारथी हरु..धन्य नया नेपाल/
शिव शर्मा
लण्डन
मन परे हरियो, नपरे रातोः
9
2
होसियार ! सूचना मात्र हैन यिनीहरुले देश पनि बेच्न सक्छन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
64
6
कुरा गर्दा कुराकै खाँचो,पैसाको लोभमा राष्ट्र र राष्ट्रियता बेच्ने साँचो कि राष्ट्र राष्ट्रियता र नागरिक अधिकारको आवाज निकाल्ने साँचो यस बारे फुटेको आँखा र कुहिएको दिमागले एक पटक हेरी सोची बोल्ने गरेमा के आपात्ति होला!
१)आफगानीलाइ पासपोर्ट बेच्नेले देश बेच्न सकिंदैन भनेर भन्न सकिंदैन,
२)पाकिस्तानी र बंगालीलाई नागरिक प्रमाण पत्र बेच्ने ले राष्ट र राष्ट्रियता बेच्न सकिन्दै भनेर भन्न सकिंदैन,
३)दात्री राष्ट्रहरुले दिएको अनुदान देशमा लगानी नगरेर बिदेशी बैंकमा जम्म गर्नेलाई देश भक्त नागरिक भन्न सकिंदैन,
४)यी माथिका कुराहरुलाई मध्य नजर गरेर छातीमा हात राखेर भन् ,राष्ट्र
राष्ट्रियता र सच्चा देश भक्त नेपालीलाई बिखन्डनकारी भन्नेहरु अराष्ट्रबादी कि राष्ट्र राष्ट्रियता र देशका नागरिक ले नागरिकको नैसर्गिक अधिकार सुनिचित गरेर राष्ट्र राष्ट्रियतालाई एक सुत्रमा बाधिएर लानु पर्छ भन्नेहरु अराष्ट्रबादी?
मन परे हरियो, नपरे रातोः
6
2
लाज नभएका पंगुहरु अनुहार पनि कसरी देखाएर हिंडछन् होला,जो चोर उसैको ठुलो स्वर,अराष्ट्रतत्व यी कुलांगारहरुले आफुहरु मात्र साँचो अरुलाई झुट्टो देख्ने
गर्छन,यी कुलांगार क सन्तानहरुले देश बिगार्ने नै भए,
मन परे हरियो, नपरे रातोः
6
1
म वामपन्थी पक्षधर भएपनि गगन थापाको क्षमता र सोचविचारलाइ सम्मान गर्दछु । उनीजस्ता जल्दाबल्दा, प्रभावशाली र तेजिलो व्यक्तित्वका धनी युवा नेताको नाम पनि “गोप्य सूचना बेच्ने काण्ड”मा मुछिएको पाउँदा चाहिँ दु:ख लागेको छ । पत्याउन गाह्रो परेको छ । कतिपयले त उनलाइ भविष्यको राष्ट्रपति भनी भविष्यवाणी पनि गर्ने गरेका छन् । एक बिराउने शाखा पिराउने भएको होला । गगन थापा प्रलोभनमा परेका छैनन् होला । गैरवामपन्थी नै सही, यो देशलाइ उनको क्षमताको खाँचो छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
46
45
भिम जी,
एक बिराउने शाखा पिराउने भएको होला पक्कै पनि,गगन उक्त सस्था मा भय पनि यो कम मा उनको पक्कै पनि सम्लान्गता नहोला पक्कैपनि.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
15
भीमसेनजी, गगन थापा समितिमा हुदैमा उनले सूचना चुहाए भनेर भन्न त सकिन्न नि | समितिमा अरु पनि छन्, यदि त्यो समितिमा गगन थापा मात्रै भएका भए एउटा कुरा हो | उनलाई राम्रै थाहा छ कि उनको करियर कति प्रभावशाली छ भनेर त्यसकारण उनले आफ्नो छबी बिगार्न गुन्द्रुकको झोलमा जात हाली हाल्दैनन होला | त्यसकारण म गगन थापालाई यो काण्डमा शंकाको घेरा भित्र राख्न सक्दैन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
14
यस्तो कुरा त बहाहरुलाई ‘ आछ्यू खाए बछ्हू खाए झुसे बारुलो ! – - ‘ भने जस्तै हुदो
हो – - -
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
5
यो त एक उदाहरण मात्र हो . येस्तई गरि मन्त्रालय क सूचना र हरेक महत्वपुर्ण निर्णय हरु दुताबाश पुरयौउना को लागि एजेन्ट हरु हरेक ठाउँ मा छरिएका छन् . एक पटक नेहरु ले भनेका थिए रे नेपाली लाई पैसा दियो भने ज पनि गर्छन . आफ्नो देश को बारेमा नराम्रो भन्दा रिस उठ्छ तर क गर्नु पैसा को लागि राष्ट्र र आफ्नो इमान बेच्ने हरु नेता त बुद्धिजिबी भनौदा हरु लाई देख्दा ठिकै भनेचन जस्तो लाग्छ . हामी जनता कति लाचार छौ .कैले कै त हिनताबोध हुन्छ . हाम्रै अगाडी हाम्रो जमिन खोसिन्छ, हाम्रै अगाडी इन्डियन सुरक्ष्य कर्मी को हाट बाट राजधानी मा एउटा नेपाली मरिन्छ , नया प्रधानमन्त्री को हुने भनेर काठमाडौँ मा होइन दिल्ली मा छलफल हुन्छ , इंडिया को बिर्रुध मा बोल्ने लाई चुप लाग भनेर प्रधानमन्त्री ले भानुपरने हुन्छ . ट्रक ले मान्छे हान्यो र पेट्रोल मा २ रुपया बढ्यो भनेर बन्द गरुन सक्ने हिम्मत (?) भाका ए नेपाली दाजुभाई कैले हो यस्ता देश बेचुआ एजेन्ट को बिरुद्ध मा आन्दोलन गर्ने .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
4
यो चै पक्कै पनि तेही समिती का सदस्य हरु ले नै गरे का हुन इनैलाई भन्छन देशका गाद्दार होइन त साथी हरु ?????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
3
यमाले बास्तव मै भन्ने हो भने NGO फेडेरेशन हो भन्दा फरक नपर्ला. एमालेमा प्रतेक नेता का NGO हुने गर्छन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
77
5
देशनै बेच्ने बेला सुचना बेच्ने के नै ठुलो कुरा हो र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
104
8
सुरु सुरुमा सूचना बेचेर अव्यास गर्छन ,त्येस पछी कुर्चीमा पुगेपछि देसै बेछानएस्तो सम्बेदनशील कुरालाई पनि ,के नै ठुलो कुरा हो र,भनेर भन्नु हुदैन !!!
मन परे हरियो, नपरे रातोः
4
0