मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब अपराध नियन्त्रणमा प्रहरीको मात्र आश गरेर हुन्न

    अपराधका घटनाहरुको लाम वढ्दै जाँदा सवैका आँखा अब प्रहरी प्रशासनको छडीतिर सोझिएका छन्। अब प्रहरीबाटमात्रै अपराध नियन्त्रणको आशा गर्नु भनेको स्वास्थ्यको जिम्मा जति सबै डाक्टरले लिनु पर्छ भनेर आशा गरे जस्तै हो। डाक्टरको भूमिका अवश्य छ तर डाक्टरको सेवा भनेको हाम्रो स्वास्थ्यको धेरै पाटामध्ये एउटा पाटो मात्र हो। अपराधको सवालमा पनि प्रहरी प्रशासन भनेको धेरैपाटाहरु मध्येको एउटा पाटो मात्र हो। अपराध फष्टाउन लागि हाम्रो समाजमा उपयुक्त खाद भएर मात्र यो फस्टाएको छ। अपराधका मुख्य खादहरु बढ्दो वेरोजगारी, बढ्दो जातीय दुरी, दण्डहीनता, कमजोर राज्य र बलिया राज्य संचालकहरु अनि हाम्रो एक्ले मनोवृत्तिको संस्कृति हुन्।

    बेरोजगारीले अपराध फष्टाउनका लागस विरुवामा युरिया मलले जस्तै काम गरेको छ। युवा बेरोजगारीले उनीहरुको जीन्दगीको भविष्य प्रति आशा जाग्न सकेको छैन। जब कानुनसम्मत बाटोबाट जीविका चलाउन गाह्रो हुन्छ, तव मान्छेले गति छोड्छ र अपराधको सहारा लिन्छ।

    युवा बेरोजगारीको असर अपराधसँग मात्र सीमित छैन। पार्टी नै पिच्छेका वाइसीएल खालका अर्ध सैन्य दस्ताहरुको उपस्थिति, दैनिकै जसो हुने बन्द र हडताल देखिने युवा रिस, विभिन्न क्षेत्र, वर्ग, लिंग, जातीवाट उठाइएका आरक्षणका मागहरु, जोखिमपूर्ण रोजगारीका लागी हजारौंको मुग्लान प्रस्थान, सरकारी ठेक्का पट्टाहरुको वितरणलाई प्रभाव पार्नलाई देखाइने दलबल जस्ता कुराहरुले के देखाउँछन् भने युवाहरुलाइ रोजगारी चाहिएको छ। सरकारले यो कुरा बुझ्नु पर्छ। सरकारले नयाँ संविधान निर्माणलाई देखाएर अत्यावश्यक कुराहरुलाई भोलि भोलि भन्नु देशका लागि घातक हुन्छ। युवालाई वृहत रोजगारीको तत्काल व्यवस्था नभएसम्म कुनै पनि सरकारले देशमा सुसासन दिन सक्दैन। अपराध मौलाउनका पछाडिको प्रमुख कारण कानुनसम्मत् रोजगारीका बाटोमा काँडेतार लागेर नै हो भन्दा हुन्छ।

    अपराधको अर्को घनिष्ट मित्र हो हामी जातिजातिभित्रको बढ्दो वैरभाव। जातीय संघीयताको विवादले पिछडिएको भनिएका जातिहरुको न्यायपूर्ण आवाजलाई केही हदसम्म उजागर गरेको त छ तर यसले जातजातिभित्रको सदभावलाई धेरै नै घटाएको छ। जानेर वा नजानेर माओवादीको युद्धमा पनि यो जातीय दूरीको प्रयोग गरेर भाटे कारवाही र सफाया अभियानलाई अगाडि बढाइएको थियो। पहिलेदेखि नै आँतमा रहेको जातीय घृणाको आगो थोरै घिउमै ह्वात्तै वढ्नु स्वभाविकै थियो। अहिलेका अपराधका घटनामा पनि जातीय दूरीले केही हदसम्म काम गरेको छ। यस्ले घट्ना भइसकेपछि पनि समाजलाई बहिरो वनाएको छ। किनकि मर्ने व्यक्ति हामी भन्दा अर्कै हो भन्ने महसूस त्यसमा हुन्छ। हामी एउटै नाउमा छौं र नाउको जहाँबाट प्वाल परे पनि अन्त्यमा हामी सवै डुव्छौं भन्ने कुरा हामीले बुझ्नु पर्छ। एउटालाइ पर्दा अर्कोलाइ नदुखेको हुनाले हामी अपराध नियन्त्रणमा कमजोर छौं। जातजातिभित्रको दुरी कम गर्न नसक्नु हाम्रो शिक्षा, साहित्य र कलाको कमजोरीका रुपमा लिन सकिन्छ। हामीले बहुभाषिक साहित्यक गोष्टी, खेलकुद, विभिन्न जातिका स्थानीय सँस्कृति र चालचलनमा सहभागिताले केही मल्हम लाग्थ्यो कि।

    दण्डहिनता अपराधको अर्को एउटा राम्रै हर्लिक्स हो। अपराधीले अपराध गरेवापत दण्ड नपाउने हो भने अपराधवाट अपराधीलाई फाइदा हुन्छ। अपराध पनि व्यवसाय जस्तै हो। यस्मा अपराधिले लाभ र हानीलाई राम्ररी तौलेको हुन्छ। यदि लाभले जित्ने भए अपराध गर्छ र हानीले जित्ने भए इमान्दार हुन्छ। यो पनि नभुलौंकि हामी धेरैलाइ भोटे ताल्चाले इमान्दार वनाएको हुन्छ, मौका नपाएर मात्र हो। हाम्रो समाजमा अपराधीहरु नसमातिने, समातिइहाले पनि दण्ड विना नै छुट्ने भएकाले अपराध फाइदा जनक व्यावसाय भएको छ। यो फाइदाको गणितलाई कानुनी र अन्य तरिकाले वेफाइदामा ल्याउनु जरुरी छ।

    कमजोर राज्य र वलवान राज्य संचालकहरुले गर्दा अपराध फष्टाएको छ। राज्यको उपस्थितिलाइ कमजोर पार्ने श्रेय चाँही सवै माओवादीलाइ नै जान्छ। अरु समुहहरु त उनीहरुके ठीमाहा सन्तान मात्र हुन्। अहिले सुरक्षा निकायका मान्छेहरु खुलारुपमा जनता सम्म जाने र उनीहरुसँग घुलमिल गर्ने वातावरण छैन। सुरक्षा निकायसँग विश्वास हराएको हुनाले जनता पनि भएको सूचना सुरक्षा निकायमा दिन आवस्यक ठान्दैनन्। प्रहरीलाइ अपराधी समातेर वुम्काउँदा त उनीहरुले छोडिदिन्छन् भने जनताको सुचनाको काम नै के हुन्छर भन्ने भान छ जनतामा। एकातिर जनता सुरक्षा निकाय सँग टाढिएको अवस्था छ भने अर्को तिर सरकारमा रहनेहरु चाँही आजको भोली नै हुकुमी सैलीमा केहि गरेर देखाउनमा व्यस्त छन्। यस्ले गर्दा प्रहरिले धेरै जसो निरपराधलाई समाएर आफ्नो जिम्मेदारी पुरा गरेजस्तो गर्नु परेको छ। अव जनताको सहयोग विना प्रहरीले मात्र अपराध नियन्त्रण गर्ला भनेर आषा गर्नु विरवलको खिचडी जस्तै हो किनकी उनीहरु जनता भन्दा धेरै टाढा भएका छन्। प्रहरी प्रशासनले जनतासँग रहेका अपराधीका सुचनाहरु थाहा पाउने संयन्त्र वनाउनु जरुरी छ।

    अपराध मौलाउनका पछाडिको अर्को कारण हो अपराधको सामुहिक समाधान भन्दा एक्लो समाधानको रोजाइ। उद्योग व्यावसायी लाई एउटा प्याकेज, तस्करी नियन्त्रणलाइ अर्को प्याकेज, संचार जगतका मान्छेलाइ अर्को प्याकेज, अस्पताल लाई अर्को प्याकेज, गर्दा गर्दा प्याकेज नपाउनेहरु भनेका चाँहि असंगठीत जनता मात्र हुनेछन। अपराधीले जस्लाइ पनि सताउन सक्छन् त्यसैले “म मात्र सुरक्षीत भए हुन्छ” भन्ने ठान्नु भएन र अपराधका घटना जस्लाइ परे पनि जहाँ परेपनि सामुहिक समाधानकालागी प्रयत्न गर्नु आजको आवस्यकता हो। सर्वसाधारण जनताले शान्तिको महसुस गरेपछि मात्र हाम्रा समग्र व्यावसायहरु फस्टाएर जान्छन्।

    अन्त्यमा अपराधलाई हाम्रो समाजको यथार्थसँग जोडेर हेर्नु पर्छ। हाम्रो समाज अपराधकोलागी उर्वर कोठेवारी हुनुका कारणहरुलाई नवुम्कीकनै हामी प्रहरीमात्र थपेर अपराध नियन्त्रण गर्न आँट्यौं भने सफल त हुँइदैन नी तर यस्ले हाम्रो प्रजातन्त्रलाइनै धरापमा पार्न सक्छ। बेरोजगारी घटाउनमा हामीले अलिकति पनि कामगर्ने हो भने हाम्रो युवा सक्तिको सकारात्मक प्रभाव देशमा पर्ने छ। यस्ले अरु जनजीवनमा पनि खुशीका लहर भित्र्याउने छ। अनि हामी थोरै सुरक्षाकर्मीबाट पनि धेरै सुरक्षा पाउन सकिन्छ। अपराध नियन्त्रणको तत्कालीन उपायको रुपमा प्रशासनले जनताको सहभागितालाई उच्चतम प्राथमिकतामा राख्नु पर्छ।

    No related posts.

    24 comments to अब अपराध नियन्त्रणमा प्रहरीको मात्र आश गरेर हुन्न

    • suresh pantha

      अनि तपाइको लेख नि डा. डोलेश्वोर, चाहिने भन्दा वाहियात कुराहरु फत फताएको हुन्छ / के को ताई न तुइको तर्क दीराख्य? राज्येको उपस्थिति माओबादीले गर्दा नभएको हो ? के काम] ति ज्यानमारा पुलिसहरुलाई गाउँ गाँउ पठएर उल्टै चोरेर लुटेर
      हिद्देला भन्ने डर/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh pantha

      डा. डोलेश्वोर जी , “अपराध नियेन्त्रनको लागि प्रहरीको मात्र भर पर्नु हुन्न ” होइन कि अब त “अपराध नियेंत्रणको लागि प्रहरीको भर पर्नै हुन्न भन्नु पर्छ”,आफै नियेंत्रण गर्नु पर्छ जनताले अपराध,प्रहरी आउनु दिनु हुन्न किनकि प्रहरीले त अपराधी भगाउने , जोगाउने, ताल पर्यो भनें आफै अपराध गर्ने काम गर्छन\, तपाइलाई थाहा छैन ? नेपाल नै बस्नु हुन्छा कि बाहिर?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Appeal
      BOYCOTT PG ENTRANCE
      This is to make aware that the PG seat you are fighting for is not on your merit basis of your performance in the entrance examination. It is one and only based on the MONEY. The PG entrance examination scheduled to be held on 2066-11-29, Saturday and 2066-12-1st, Sunday by Dean’s Office, Institute of Medicine (IOM) is under the circumstances of full corruption. You might have come across this fact. So we students of IOM (both undergraduate and PG students) are now united to fight till we get environment to see Dean’s Office conducting free and fair entrance examination. Prof Dr Ram Prasad Uprety, Campus chief of Maharajgunj Campus, IOM has publicly claimed that Dean, Arun Sayami has earned more than 1 crore during this entrance examination from corruption. He also claimed that Assistant Dean, Dr. Ratindra N Shrestha is also earning the same amount publicly. So he has given written application to address this situation to Dean’s Office. He also has publicly announced that he will not entertain the students who get their name through this corrupt entrance exam into Maharajgunj Campus, IOM for admission. On 2066-11-28th Campus chief and Assistant Dean met and finalized money to be shared among them and now campus chief is out of the campaign to make this entrance examination free and fair. What a coward and corrupt campus chief!!!
      So you all aspirants of PG studies in IOM- what will you do now? Sit in the corrupted exam? and support the corrupt personnel of Dean Office and Campus or help fight for right of sincere and hard working students?
      Free Students’ Union (FSU) of IOM has already padlocked Dean’s Office, though later opened by police by brutal force and FSU has announced to boycott the entrance examination on 2066-11-29 and 2066-12-1 and strictly not agree with the results in this condition. Also Teachers’ Union of Campus has posted similar view officially. And Faculty Doctor’s Association of Teaching Hospital has also suggested stopping entrance exam now, set up investigation committee for this corruption and conduct free and fair entrance examination. Despite this, Dean’s Office is going to conduct the examination. What a shame!!! Assistant Dean, Dr Ratindra had said that he will conduct the exam by cutting the throat and shedding the blood. We can clearly view the motive of these corrupt officials now. Despite objection of almost all IOMites including students and teachers they are conducting this entrance examination. The students who are trying to speak and fight against this have been barred by using brutal police force that entered the hostel without any permission to terrorize the students on the eve of the exam-day. Few of the IOM students are already injured during this incident.
      So we humbly request you all aspirants to boycott this corrupt entrance and help IOM be a better place again. And also give justice to your hard workings and sincerity.
      Lets unite now and fight for the cause of quality medical education and quality medical manpower production in the country.
      Thank you.
      -Well wishers of IOM

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • suresh pantha

        सान्दर्भिक ठाउमा कमेन्ट गर, यो ठाउमा तिमि जति नै मारमा परेको भए पनि तिम्रो भनाइले केहि अर्थ राख्दैन
        जाऊ जो हो त्येसैको घटी समाउ यहाँ तिम्रो sentiment को कसैलाई वास्ता छैन /just the sentiment takes u nowhere, u’ve got to do something..go

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • द्रोण

      खै !सैनिक सासन ले अनुसासन ल्याउछ कि भनौ भने नेपाल को सैनिक को हबिगत देखिसकियो | राजा ले दिक्तेटर सिप चलाऊन खोजे सकेनन ,उनकै पत्ता साफ भयो
      ,सबै नेपालि लाइ येक एक प्रति अनुसासन को किताब पढ्न दिएर पनि कुरो बन्दैन |
      अब एउतै उपाय चुप छाप बस |हेर ,र ,पर्ख !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Nabaraj

      खै हजुर यो गृह मन्त्रि अनि पुलिस प्रशान को के बिश्वस गर्नु नि….? भिमे यौटा कुरा भुकिरहेको हुन्छ….उ मुनिको सुरक्छ्या निकायहरु अर्को गरि रहेका छन्…./ मेरो ज्यान खतरामा छ हजुर भनेर रिपोर्ट गर्दा समेत कानमा तेल हालेर, जनताको पैसा खाएर बस्छ…./ हामी निर्दोस जनताहरु भने दिन-दिनै मारी रहेका छौं…./ अब आफ्नो सुरक्छ्या आफैं ले गर्नुको अर्को विकल्प छैन…///

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Omkumar Rai

      आशा गर्ने त ठाउँ नै रहेन नि प्रहरी आफै अपराधमा संग्लग्न भए पछि त बरु उपाय पो सोंच्नु पर्ने अबस्था छ यहाँ त I प्रहरीलाई कसरि सहि बाटोमा ल्याउने भनेर ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • basant

      Good articles. Generating employment is single most solution to this problem. I agree with writer but Who is going to think on that line ? Hope government look to these options.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • http://docs.google.com/View?id=dcrg5536_381gmgnnhgg
      हामीले के पनि सोचन सक्नु परछ भने -हो हाम्रो पनि दाइत्व हो – सुरच्छ्या भनेको ! छिमेकीको घरमा हामीले कुरुवा दियोउ भने – हाम्रो घर सल्कीदा साथीहरुले सहयोग गर्छन! केवल प्रहरीलाई मात्र दोष दिनु हुन्न !
      http://docs.google.com/View?id=dcrg5536_381gmgnnhgg

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • AnilK

      अपरधको मुख्य जरो काला ब्यापारी र महंगी हो | जागिर छ तर तलब कति हुन्छ? महिना दिन काम गर्यो पेट भरि खान मुसुरोको दाल, मोटा चामल, गलेको तरकारी सम्म पेट भरि खान पुग्ने पैसा हुदैन |

      सहि अनि सोझो दुनियामा त पटक्कै हुदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Uttam Khadka

      समय सान्दर्भिक लेखको लागि लेखकलाई धन्यबाद! देशमा अपराधिक गतिबिधि बढ्नुमा प्रमुख कारण माओबादी र यिनका ठिमाहा सन्तान नै हुन्! धेरै टाढा जानुपर्दैन माओबादीले जनयुद्द सुरुगर्नु भन्दा अगाडिको नेपाल र जनयुद्द पछिको नेपाल तुलना गरे पुग्छ!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 12

    • RAJU

      there is no power of NA …its useless…it even cant win war against PLA…

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • शंकर धमला, SA

      जसले लेखे पनि एस्तो गर्नु पर्छा . उस्तो गर्नु पर्छ, एस्तो भयान, सरकारले यो गरेन, हामी आफैle गर्नु पर्छ भनेर अरुलै भाषण देकोमात्रै पढ्न पाइन्छ. गर्ने भन्ने चाही कोइ पनि रहेनछन. अब त दिक्क लाग्न थालो एस्त कुराहरु सुनेर पढेर. बरु सकिन्छ भने केहि गर्न तिर पो लाग्ने हो की ??? होइन भने तपाई हरु को एस्त सोच हरु हाम्रा प्यारा नेता हरुको मिठो भाषण जस्तै हुने छ / ……………… शंकर धमला

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • Himalee

      प्रहरीलाई अपराध बढ्नुमा दोष दिनु भनेको,
      बिद्यार्थी फेल हुदा शिक्ष्यकलाई दोष दिनु जस्तै जस्तै मात्र हो/
      बिचरा प्रहरीहरु अनुशासनको नाममा जिब्रो निकालिएको निरिह प्राणी भएर मात्र हो/ गरुन पनि के गरुन त् तिनीहरुले, आफ्नो प्राथमिक कर्तब्य छोडेर

      १. कहिले फोहोर उठाउनु गएको छ

      २. सदाको बन्द र हड्तालमा रगडान त्येस्तै

      ३.अलि अलि चाकरी पनि गर्ने पर्यो नत्र आज मेची भोलि महाकाली

      ४. खट्नु पनि कति खट्नु सबैले १०-५ को जागिर खादा हुने, उनीहरु चाही ” पुलिसको डण्डा चौबिसै घण्टा ” /

      ५. बल्ल बल्ल अभियुक्तलाई समात्यो नेता र हाकिमको दबाब त्येस्तै

      ६. बल्ल बल्ल हाकिम / नेताबाट पार गरेर अदालात पुरयायो फेरी चरेसानद त त्येही नै /

      अनि भुत्रोको दोष ?

      यौटा मैले चिनेको प्रहरी भाइले (तराईबासी ) भन्थ्यो
      ,,,,,,,,,,,,करी नोकरी? बन्दुक बेची खाई हजुर

      लौ मन परे हरियो नत्र रातो
      जय नेपाल
      हिमाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 4

    • प्रहरिनै अपराधमा संलग्न छन् भने कसको के लाग्छ र |
      अपराधको कारणमा बेरोजगारलाई त समाबेस गरियो तर रोजगारवाला प्रहरीको अपराधमा संलग्नतालाई चाही के भन्ने ?
      बिदेशी संलग्न अपराधलाई के भन्ने ?
      साएद जातीय हिंसा नेपालमा भएको छ जस्तो लाग्दैन |
      राज्यको उपस्थिति नहुनु कुनै पार्टीबिसेस्लाई दोस दिने नभएर सरकारको कमजोरी हो | अपराध नियन्त्रण गर्न खडा भएको सस्थाबाट सुरक्षाको आशा नगरे कोबाट गर्ने र सो सस्थाको के काम ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biswas

      I agree with the author. We are delaying development in an excuse of constitution drafting. However, they are quite different processes. The truth is that our leadership seriously lacks vision and determination both for the country. The leaders spend all their efforts just in getting and retaining power. Keeping the historic task of constitution drafting aside, they have been busy in making and bringing down government. They are not responsible and accountable to people. We do not have options either. When we go out to vote, we have got to select one out of them and all of them are useless. This gives them luxury to do what they are doing now.

      I am not being a pessimistic here, but it is true that our future as Nepalese does not look bright. Our parties cannot change things around. When change happens from individual (people’s) level, it brings a strong stratification in the society. Gap between the rich and the poor deepens. This can be already seen in Kathmandu, at least.

      I presume, the best way to put some pressure on these parties is to so indifference to their programs. When they call a strike or a rally, there should be no public participation. Even not casting our votes can be a strong expression of people’s frustration. When we are able to do this, they will certainly have legitimacy crisis. Elections may not be valid. This is just my instantaneous thought but I do not think that we can do much.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 11

    • toron

      जब सम्म सबै कुरकुर नेताहरु मिलेर एक भयर अगाडी बढ्दैन तबसम्म नेपालमा जजसले जेजे गरेपनि देश अगाडी बढ्न सक्दैन र सधै यस्तै अपराध भैरछा

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • shristi shah

      अपराध बद्दनु को मुख्य कारण नै दण्डहीनता हो जसले गर्दा अपराधीको मनोबल दिन दिन बलियो हुदै गैरहेको छ अर्को कारण सिच्छित बेरोजगारी बाबु आमाले अनेकौ सपना बुनेर आफ्नो सन्तान लाइ जस्तै सुकै गाउघर मा जन्मिएको लाइ पनि कमसेकम उच्चसिक्च्या दिएकै छन् आजको परिपेक्च्येमा तर खोइ रोजगारी???नपढ़ेकै जनतालाई पनि औद्योगिक तालिम दिएर श्रम मा लगाउन सकिन्छ तर यी कुरा कसले बुज्ने??नेपाल मा त सबै राजनैतिक दल हरु को हान थाप चलेको छ जनता लाइ कसरि आफ्नो पार्टी मा लगाएर हल बल को निर्माण गर्ने र अर्को पार्टी लाइ आफ्नो बल को प्रदसन गरेर आफु ठुलो देखाउने भन्ने कुराको. ७५% अपराधी हरु रहर ले अपराध मा लागेका हुदैनन् बद्येताले लागेका हुन्छन पेट पाल्न वा अरु बाच्ने आधार को खोजीमा येस्ता जनसक्तिलाई सानो भन्दा सानो मात्त्र काम दिएर उनीहरुको श्रम को सदुपयोग गरे ७५% अपराध आफै नियेंत्रण हुनेछ जय होस्

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • Nabin

      एथार्थ परक लेख

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • deepak from australia

      देश मा अपराध ले यसरि जरा गाडिसकेको छ कि मानौ एड्स को भाईरसले उसमा पसिसके को छ.सबै राजनीतिक पार्टी हरु यसलाई नियन्त्रण गर्नु भन्दा मलजल हालिरहेछ. व्यक्तिगत स्वार्थ को लागि देश लाई अवनति तिर मात्रहैन सखापै पर्न लागे साले नेता चोर हरुले .अनि प्रहरी प्रसाशन पनि यस्तै नेता र गुन्डाहरु को चम्चे भैरहेछ. अब के गर्ने देश बिगार्ने मान्छे मात्र बढ्दै छ राम्रो गर्ने भन्दा

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

    • tulsi

      साँची नै मुलुकलाई अपराध मुक्त बनाउने हो भने गाउ गाउ बाट बस्ति बस्ति बाट युबाहरु परिचालित गरिनु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

    • tulsi

      अपराध नियन्त्रण को लागि जनसहभागिता सबै भन्दा गतिलो र भरपर्दो उपाय हुनासक्छा/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

    • Ram singh

      Need Army in the ground!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 17

      • ichiro

        Army cannot solve this problem. Nepales army is always loyal to Shahi family, even cannot win war with PLA how can notorious army solve this problem.
        Article is very appreciate and impressed.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 21

    eXTReMe Tracker