Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

योभन्दा व्यङ्ग्य अरु के होला?

माग एउटाको राजीनामाको भइरहेको थियो, अर्कैको पो मागियो। गृहमन्त्री भीम रावल जतिसुकै अलोकप्रिय किन नहोउन्, उनलाई प्रधानमन्त्रीले हटाउन नसक्ने रहेछन्। बाध्यता रहेछ उनको। बरु गृहमन्त्रीको आलोचना गर्ने गृहराज्यमन्त्री रिजवन अन्सारीको राजीनामा मागियो। उनले हिजो राजीनामा पनि दिए। राजीनामा दिन्छु भन्दै हिँडेका मान्छेले राजीनामा दिनु ठूलो कुरा हैन। तर आज बिहान पत्रिकामा उनको अन्तर्वार्ता पढ्दा हाँसो उठ्यो। उनले एक ठाउँमा जे बताएका छन्, त्यो भन्दा ठूलो व्यङ्ग्य यो मन्त्रिमण्डललाई अरु के हुन सक्ला र! भित्तै पुग्ने गरी दिए उनले।

कान्तिपुरसँगको अन्तर्वार्तामा उनले भनेका छन्-

मन्त्रिमण्डल गठनकै बेला मेरो नाम मन्त्रीमा हल्ला हुँदा मलाई विश्वास भइरहेको थिएन । मेरो योग्यता नै पुगेको छैनजस्तो लागेको थियो, योग्यता पुग्नलाई त चुनाव जितेको हुनुभएन । चुनाव जित्नु नै मेरो अयोग्यता भयो कि के हो ?

वास्तवमा उनी एक मात्र एमालेका प्रत्यक्ष निर्वाचित मन्त्री थिए। मन्त्री बन्नलाई पनि चुनाव हारेको हुनुपर्ने जस्तो योग्यता यो मन्त्रिमण्डलले कायम गरेको देखियो। यस्तो आरोप लगाउने कुनै विपक्षी दल हैन, प्रधानमन्त्री कै पार्टीका सदस्य, उनकै नेतृत्वमा मन्त्री भएकाले भनेका। अहो, योभन्दा ठूलो मजाक लोकतन्त्रको अरु के हुनसक्छ र। तर, कसलाई वास्ता छ र भन्या यसको ?

भीम रावललाई किन हटाउन सकिँदैन ?
पार्टीभित्रैबाट र बाहिर पनि गृहमन्त्री भीम रावललाई हटाउनु पर्ने माग बढिरहेको भए पनि प्रधानमन्त्री उनलाई किन हटाउन सक्दैनन् ? किनभने-

-रावलले सुरु मै आफूलाई गृहमन्त्री नबनाए पार्टी फुटाइदिने धम्की दिएका थिए।
-मलाई हटाए प्रधानमन्त्री बन्न र सरकार टिकाउन गरेका एक-एक गलत कामको भण्डाफोर गरिदिन्छु भनी गृहमन्त्री रावलले प्रधानमन्त्रीलाई दिएको धम्की।
-सत्तारुढ दलको अवैध क्रियाकलापमा पर्दा हाल्ने काममा पनि गृहमन्त्री कै सहयोग भएकोले।

यी सब कारणले जसरी चड्कन हान्ने राज्यमन्त्रीसम्मलाई उनी हटाउन सक्दैनन्, त्यसैगरी आफ्नै पार्टीका गृहमन्त्रीलाई पनि हटाउन सक्ने क्षमता छैन प्रधानमन्त्रीको। उनी त्यतिबेला मात्रै हट्न सक्छन्, जतिबेला प्रधानमन्त्री आफै हट्न बाध्य हुन्छन्।

Related posts:

  1. के त्यो व्यङ्ग्य मात्रै थियो?
  2. अब के गर्दा ठीक होला?
  3. अब आज चाहिँ के होला त ?
  4. के कुरा भयो होला यो भेटमा ?
  5. अब के होला ?

44 comments to योभन्दा व्यङ्ग्य अरु के होला?

  • bihunkote

    लुट मा. कु. ने. लुट मौका आउछ पर्खिरहदैन थुइक्क नकच्चरो लाज सरम भन्ने चिज त मा एक थोपा पनि छैन है |अन्सारी यदि तिमीलाई सच्चि नै जनताले जिताएर त्यहाँ पुर्याएका हुन् भने अनि साच्ची जनताको नेता हौ भने यो हरुवाहरुको को पर्दाफास तिमीले गर्ने पर्छ ए. मा. ले. पार्टी भित्रको फोहोर मैला तिमीले बडार्ने पर्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • लाज सरम घीन आदि इत्यादि केही नहुनेलाइ के भनिन्छ ?भनेर कसैले सोध्छ भने त्यो हो माधव कुमार नेपाल . यो एउटा सामान्य ज्ञानको प्रश्न भएको छ. general knowledge’s question…

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

  • magardilip

    साथीहरु हामीले येहा कमेन्ट दिएर केहि हुनेवाला छैन खै येतिका समय भैसक्यो साथीहरुले कमेन्ट दियेरहेको केहि कुरा बदलेको होइन बरु मेरो संसार त एयूता ले अर्को माथि रिस पोख्ने थलो भैराको जस्तो लाग्छ मलाई ! साथीहरु सक्छौ bhaney येहा होइन dindinaii देश को विभिन्न स्थान ma gayera नागरिक चेतना कार्यक्रम चलाए बरु केहि हुन्छ कि ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

  • Rain

    के गर्नु हजुरबुबा हरुको जिन्दगि २००७ साल भन्दै बित्यो , बुबाको जिन्दगि ४६ साल र ६३ साल को आन्दोलन भन्दै बित्दै छ, हाम्रो जिन्दगी पनि यस्तै कति साल भन्दै बित्ने हो, केहि गर्न नसकिने भैयो, एकबारको जिबन पनि मजाक मै बित्ने भो …………..

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 1

  • Kamal Paneru (sydney Australia)

    इज्जतको चिन्ता त्यलाई हुन्छ जसको इज्जत छ, इज्जत नै नभएका बिचरा प्रम लाइ केको पिर, गनाएर सत्ता मा बस्नु भन्दा, राजनीति बाट सन्यास लिएको भए उनको मरण कमसेकम मनमोहन अधिकारी जत्तिको त हुन्त्यो, अब हेर्दै जानुस मित्रहरु भट्टराई, गिरिजा र माकुनेको अनतेष्ठिमा उनीहरुको परिवार बाहेक कसैले आशु चुहौदैनन , मातृभुमिले लामो सास फेर्ला बरु

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

  • पुष्प

    हाहाहा । व्यंग्यमाथि के प्रतिक्रिया लेख्नु !

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 3

  • devendra singh

    छि छि छि छि ……………कस्तो गन्याएको सरकार! बरु बागमती तेती सारो गन्यौन्दैना !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 3

  • यो त ये मा ले को नौलो जनबाद हो नि त ,नौलो जनबाद भनेको येही हो नि हलुर! तर जे भए पनि अन्सारी लै धेरै-धेरै धन्नेबाद!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

  • sudip kandel (sydney australia)

    ये साथीहरु तपाई एमाले पार्टी लाई अरु जे सुकै भन्नुस त्यो तपाइको स्वोतन्त्रता हो तर कमुनिस्ट पार्टी नै हैन भन्ने तपाई को बिस्लेसन चै मानसिक रोग वा देमंटिया को बिमारीले भन्ने कुरा जस्तै लग्यो, तपाइलाई मानसिक रोग लगाउने किटाडु चै पकै पनि कथित् कम्निस्ट वा अरु कुनै होलान, समय अनुसार उत्पति अनि बिकसित हुदै जाने एच फयेव एन ओवन (बर्ड फ्लु भाइरस ) जस्तै कथित् कम्निस्टरुपी भाइरसहरुले tapailai लाई गरस्त परेको हुनु पर्छ, तेसै कारण तपाई को मानसिक सन्तुलन गुमेको हुनु पर्छ, सधै बिकसित र कैले पनि नस्ट गर्न नसकिने भएकोले येस्ता भाइरस बाट बच्न समयेमै बौदिक खोप लगाउनु उचित हुनेछ, नत्र सधै गोला बारुद बन्दुक बोकेर लडेर मात्रै समुनत अनि सान्त संसारको उपलब्धि हुन्छ भनेर बिज्ञानलाई नै गलत परिभासा गर्ने मुर्खहरु को जमात लाई तपैले कसरी सच्चा कम्निस्ट भन्नु भएको, तपाइलाई थाहानै छ नि हावा बाट पनि सर्ने रोगले पनि त छोटो समयेमै ठुलै प्रभाब जमाएको हुन्छ, के तपाई एस्लाई सहि हो भनेर पुस्टि गर्न सक्नुहुन्छ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 31

  • RAJU

    i think makune is saving our country….coz if he leaves either prachanda or girija will be the PM…if prachanda is given the power he ll do lot of things eg..combining all PLA in NA…..he ll break all the relations with foreign country….he ll finish all of us…about Gk we ll know that how stupid he is..so before giving negative comment for makune….please think about the other part of the coin also.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 26

    • Garib Kumar

      लौ राजु जी – अब तपाई ले पनि माकुने को मन्त्रि मण्डल मा यौता पोर्ट फोलिओ पाउने भयो. Badhai छ. हरुवा मन्त्रि मण्डल को समर्थन गरेर अर्को नया नेपाल को लागि पन्ना थप्नु भयो.
      तपाई को योग्यता मा कुनै संका गर्ने ठाउँ छैन.

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • Gyan

    यो सबै ६०१ जना सभासदहरुको नामार्दिपन हो /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

  • Dharma

    चुनाव हारेका हरुको जिम्मेवारी जनता प्रति छैन, यो साबित गरिदिएका छन् माकुने सरकारले|
    तर कुरो बुझ्नुस है साथीहरु!
    यो सरकारलाई टिकाउने गिरिजा हुन् –छोरीलाइ पद दिएकोले उनी खुसी छन् र बेलाबेलामा माकुनेले गिरिजाको दर्शन पनि लिने गरेका छन्|
    परमानन्दलाइ उपराष्ट्रपति बनाउने गिरिजा हुन् एमाले संग मिलेर| त्यतिको
    हङ्गामा मचाउने परमानन्दलाइ फेरी स्थापन गर्नु पर्ने वाध्यता गिरिजा र
    माकुनेको हो| उनीहरु जनताको आवाज सुन्न तयार छैनन्|
    प्रभुको अघाडी नतमस्तक बनाउने पनि गिरिजा नै हुन्|
    जबसम्म गिरिजा रहन्छ, सुजाताले फायदा उठाईरहन्छे| कंहा
    हराएकी थिइ सुजाता आन्दोलन ताका र अहिले बाबुको नाममा
    पद ओगट्न आएकी?
    यो नेपाली जनताको बिडम्बना हो कि गिरिजा-सुजाता प्रकरणले
    माकुने सरकारको आयु लम्ब्याई रहेको छ| खोइ नेपाली कांग्रेसको
    समाजवादी नीति? खाली परिवारवादी नीति लिएका छन्| एमालेको
    कम्युनिस्टमा ऐले कम्युनिस्टको “क” पनि रहेको छैन| ओली माकुनेको
    डोली बोक्न लागेका छन् जबसम्म विद्या भण्डारी मन्त्रि रहन्छन|
    गिरिजा चाँही सुजाताको मन्त्रि जागिर थमाउँन जे पनि गर्न तयार
    छन, झलनाथ प्रधान मन्त्रि हुने सपनामा माओवादीको चाकरी
    गर्न पनि पछी पर्दैनन्| माओवादीको हौंउ देखाएर कति सम्म मोज
    गर्ने हो यो सरकारले?
    यस्ता ब्यूह चक्रमा फंसेर माकुने निरीह बनेका छन्|
    गिरिजा अरु लोभ प्रलोभन र पुत्री मोह त्यागेर राजनेता बन्न सक्थे,
    तर उनका क्रियाकलापहरुले सो मौका उनले धेरै अघि नै गुमाई
    सकेका छन्| भोलि गिरिजा जाँदा ठुला ठुला भाषण छाटेर उनलाई
    प्रसंशा गर्नेहरुले अहिले नै सुधार हरुको चर्को आवाज उठाउन पर्छ|
    माकुनेलाइ गिरिजाले तटस्थ भएर देशको हितमा सल्लाह दिन सक्थे,
    तर उनलाई पुत्रीलाई उपप्रधान मन्त्रि बनाउने जस्तो कुरामा माकुने
    संग माग्न पर्यो, माओवादी सरकार हुँदा घर भाडा हात पसारेर
    लिए| रिसको झोकमा रामबरणलाइ राष्ट्रपति बनाए|
    गिरिजा र माकुनेले यो देश खत्तम पार्यो, सत्तालोभी माओवादी पनि त्यही ड्यांगको
    मुला हो| देश राम्रो होस् भन्ने चिताउन छैन, पुर्ब राजा र आसेपासे
    राजाबादीहरु देश नालामा जावोस र फेरी आउने मौका हेरेर राल
    चुहाएर बसेका छन्| देउबा कुन बेला बुढा जाला र सभापति पद हात
    पारु भनेर दाउमा बसेका छन् तर यो फल पाउन उनी लायक नभएको
    नेपाली जनतालाई उनले पटक पटक साबित गरिसकेका छन्|
    यस्तो स्थितीमा कसले हेर्ला हाम्रो देशलाई? आफै त् हरुवा भए,
    नेपाली जनतालाई पनि हरुवा बनाए? हे नाराण, कसले देला
    बुद्धि हाम्रा नेताहरुलाई?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

  • shuvit basnet

    हा हा हा हा हा हा हा …… कस्तो कमेडी

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • Doti

    हो यो सरकार पहले को सरकार हरु वन्दा कुनै फरक छैन, तर विकल्प ke छ त? प्रचण्ड विकल्प हो के गिरिजा? Hami नेपालीहरु लाइ धेरै गुनासो गर्न औंचा तर राम्रो सुजब सल्ला दिन्न आउदैन. येसरे देशको बिकाश होइन बिनाश हुन्छ.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 10

  • samir owa

    communists murdabad….janta ko lagi ladchu bhanchan, tara ultai janta marne kaam garchan……so we hate communists “the hidden corrupts”

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

  • गगने

    अब यो सरकार भनेर इतिहाशमै कलंकित,पतित,कुसंतान, कलुषित,दलित कलंकित सरकारको कुरोपो के गराई भयोर!
    तेसोत यो सरकार आफैमा एउटा ठुलो व्यंग्य हो! नेपालि जनतालाई दियको च्यालेन्ज हो यो!
    जब यो सरकार भनाउदा,नेपालि जनताको बिरुद्दमा खडा गरियका बुख्याचा हरुको फोटो देख्छु अनि यिनीहरुको हर्कत सुन्दछु तेतिबेला मा आफुलाई घृणा गर्नु बाहेक केहि पाउदिन, असह्य हुन्छ!
    धिक्कार छ तिनीहरुलाई जसले माकुने,बिध्या,सुजाता,भिमे,गच्द्दार जस्ता बथानलाई महान देख्दै देश सुम्पियर भबिस्यको सपना देखेका छन् अभिसाप तिनीहरुको मुर्ख्याई र दरिद्र मानाशिकता वा स्वार्थि बापति,हरामिपनाको सिकार देश र तेस्को भागि हामि जनता हुनुपरेको छ !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 4

  • Tej Pun

    एमाले भनेको “कम्निस्ट” पार्टी नै होइन यो त “कमाउनिस्ट” पार्टी पो त त्यसैले टन्न कमाउन ब्यस्त हरुवाहरुको मन्त्रिमण्डल मा एउटा चुनाव जितेर जनताको mandate अनुसार बनेको मन्त्रि रिजवन अन्सारी कागको हुलमा एउटा बकुल्ला जस्तो भएका थिए l
    अब उनलाई हटाए पछी त सबै कागहरुको जमात मिल्ने भयो नि मित्रजनहरु !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 6

  • Lal Prasad Adhikari

    महासय माकुने प्रम ज्यु ,तपाई जस्तो नेता लाई २/२ ठाउं बाट हराउने जनता त बेबकुफ नै हुन् तिनीहरु का कुराले तपाइलाई के नै असर पर्छ र तर बिहान
    चिरीच्यात परेर रिबन काट्न जान अगाडी यसो ऐना मा आफुलाई हेर्दा हैन म कति लाज पचेको निरिह मानब हुम भन्ने लाग्दैन ? देस र जनता को अगाडी अलिकति पनि
    नैतिकता छैन तपाईको ?
    लाल प्रसाद अधिकारी
    चितवन/कतार

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 7

  • gunjan

    थोत्रे मा कु ने अब आफै हट्दैछ मेरोको स्याललाई के भन्नु ???!!!!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

  • Hilman, Myagdi

    हा हा हा!

    अब मा कु ने को हरुवा सरकारमा, आफु प्रधानमन्त्री देखी उपप्रधानमन्त्री, रछामंत्री, गृहमन्त्री आदी ईत्यादी लगायत यिनीहरुका सल्लाहकार (आसेपासे ढोके) हरू सबई हरुवा हरुको को जमात न परो!

    “राजीनामा दिनु पर्ने लाई राजीनामा गराउन नसक्ने, राजीनामा नहुनु पर्ने को राजीनामा माग्ने” यस्तो जोक र मजाक त चोर बाटो बाट सरकारमा पुगेको मा कु ने लाई सामान्य नै भयो नि!

    किन भने यो सरकार वास्तवमा सरकारै होइन! यदी भएको भए ” काहाँ छ सरकार भनेर जनमानसले खोज्दा भेटिनु पर्ने होईना र?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 10

  • alokshree

    अन्सारी, अब कि तमलोपा या कांग्रेश मा प्रवेश गरे हुन्छ |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 17

    • Hilman, Myagdi

      अन्सारी ले तमलोपा या कांग्रेश मा प्रवेश गरे अन्सारी लाई व्याक्तीगत फाईदा त् होला! तर एउटा नेताले, आफ्नो सिद्दान्त र विचार विपरित पार्टी फेर्नु आफ्नो सिद्दान्त विपरित काम त् हुने नै छ! यस बाहेक, उन लाई मत दिएर त्याहाँ पुराउने जनमानस प्रति ठुलो विशावासघात र राजनैतिक बेइमानी पनी हुने छ!

      बरु पार्टी मै रहेर, मा कु ने गिरोहका यस्ता “फोहोरका थुप्रा र कुडा कर्कट” हरु लाई सधई को निमित्त ए मा ले बाट बढ़ारनुमा पार्टी लाई सघाउन उचित होला!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 6

  • अब नेपाल मा यो भन्दा अरु ठुलो नौटंकी के नै हुनु बाकी छ र ? जसले सिडिओ लै पद्कौछा उसलाई कारबाही हुदैन, जसले भ्रस्टाचार गर्छा उसलाई कारबाही हुदैन ….जो सोजo उसै को मुख घोचो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 4

  • ghising santa

    मकुने भनेको गुटबंदी को शातिर खेलाडी हुन! भीम रावल ले मकुने लाई पार्टी को प्रेसिडेंट हुनेबेला धेरै हेल्प गरेको thiyu नात्र भये येती धेरै लामो समय सम्म पार्टी को प्रेसिडेंट बनिराक्नु सक्दैना thiyu ? तेसैले गुदबंदी बनाउने साथी हरु लाई मत्रिमंडल बाट नानिकलेको हो !हामी सबै लाई थाहा भाको कुरा नै हो यो

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    • mahesh

      राकेश सूद ले थोपरेको कठपुतली सरकार माँ जन निर्बाचित को के काम?यो सरकार माँ त दिल्ली ले निर्बाचित गरेका मात्रै छन भने रिजवान परे नेपाली जनता ले निर्बाचित. फेरी मुस्लिम समुदाय को अग्रणी लाइ पाकिस्तानी एजेंट भन्दै गोली ठोकिदै आइरहेको अबश्था माँ रिजवान परे मुस्लिम समुदाय को, तेसैले पनी एस्ले पनी केहि काम गर्यो की? जेहोस माकुने सरकार र तेसका मंत्री हरुले निर्लज्जता को लागी इतिहास माँ रेकर्ड बनाए.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 9

      • madan bajracharya

        महेश जी
        एमालेको कट्टु एमाले ले नै फुकाले/ रिजवान को प्रश्न ‘ के चुनाव जित्नुनै नै मेरो अयोग्यता भयो कि के हो? ” रिजवान जस्तो एमालेको नेता बात उठाएको प्रश्नले अहिले देशमा लोक तन्त्रको नाममा लिट्टे तन्त्र चलाई रहनेहरुलाई नंग्यायियो/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

  • Nabaraj

    साथीहरु हो,
    नेपालमा यस्तै अचम्म-अचम्मका घटनाहरु इतिहास काल देखिनै घट्दै आईरहेको छ….यहाँ एक जनाको राजिनामा माग गरेको थियो तर अर्कोले दिनु पर्यो… खासै नौलो कुरा होइन / २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल, २०५० साल, २०५८ साल, अनि २०६३ साल हरुलाई सोच्नुस त कति-कति साल मा के-के भएको छ भनेर …..? यो २०६६ साल सकिएर २०६७ सालमा त नेपालमा झनै उत्पात नै मच्चियेला जस्तो छ…/

    कहिले पनि नेपालमा शान्ति ल्याउछु…देश विकास गर्छु…जनताहरुलाई सुख दिन्छु…इत्यादी-इत्यादी कुराहरु नेपालका शासक वर्ग अनि नेताहरु भनौदा ले भुकी राख्दा त्यसको ठिक उल्टो बनि दिन्छ…./ त्यसैले अब हामीहरुले देश मा शान्ति आवोस, देश विकास होस्, हामीले सुख पाइयोस भन्ने होइन ….देश दोन्द तिर जाओस…लडाई भएर काटा- काट….मारा- मार होस् , दुख्ख पाइयोस, देशको विकास नहोस भनेर यी भ्रष्ट मन्त्रि र नेता भनौदा हरुलाई भुक्नको लागि सल्लाह दिनु पर्छ कि…? त्यस पछी भने यी माथिका नराम्रो कुराको ठिक उल्टो भएर देश र हामी जनतालाई राम्रो हुने थियो कि…..??

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • हाहाहा माकुने सरकार

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • Kiran Sharma

      लाटो देश मा गाँदो तन्नेरी भनेको येही हो . कांग्रेस र एमाले मा सबै लाटा रहेछन र त गाँडअ ले chance ma dance गर्दै छन् ..

      लौ भाग्य भएका ले लुट्ने, भुट्ने बेला आएको छ .

      कति दिन चल्ने हो यासरी . हे प्रभु माथि बाट मात्र कति हेर्छु , येसो बुद्धि देउन हो, यो देश को मुहार फेर्नलाइ !!!

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 0

  • jeevan

    माधव नेपाल सरकारमा मन्त्रि हुने योग्यता : चुनाव हारेको हुनुपर्ने, जनताबाट तिरस्कृत हुने पर्ने/ अरु जे भए पनि अन्सारी ले यो कुरा भने एकदमै सत्य भनेका छन् /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 5

  • जनताहरुको मतको कदर नहुनु भन्दा ठुलो मजाक त होइन यो
    लोकतान्त्रिक देशमा
    अनि भेडाहरुको नाईके हुनु कुन ठुलो कुरा भयो त
    होइनाता नेपाली (ज) (भे)

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 3

  • kesu

    भिमे त पतित नै हो,यो अन्सारी भन्ने पनि खान नपाउने बेला सम्म मात्र ठिक हो भिमे ले भाग दियन अनि कुरो नमिलेर मात्र हो.
    माओबादी सरकार को बामे त झन् यो भिमे भन्दा नि गनायकै हो माओबादी का हरु ले नि नाक नाफुलाया हुन्छा, खुमे,गोबिन्दे को त कुरै नगरौ.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 32

  • RISHIRAM

    नेपाल को राजनीति
    कम्युनिस्ट को तमाशा .
    **

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 13

  • Bhamir Thapa, swiss

    अब आउने निर्बाचनमा जो कोहि पनि उम्मेदवारीमा पर्नु भयो भने प्रचार प्रसारमा मलाई भोट दिएर हैन नदिएर जिताउनु होस् भन्दै हिड्नु होला ! त्यसैमा फाइदा होला जस्तो छ अहिलेको नया नेपालमा ! धन्यवाद !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

  • nirmal

    अन्सारी जिउ लै बधाई छ कम से कम सत्य लाई त साथ् दिनु भयो अनि एस्तो हिलोमा ढुंगा हान्यो आफ्नै मुखमा छिटा भने जस्तो सरकार मा बसेर बदनामी हुनु भन्दा नबस्नु जाति हुन्छा है

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 5

  • Luna

    ” कुइएको फर्सी – - “

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 8

  • हा हा हा,हेर हेर यो बिदेसी प्रभु हरु को कृपा ले बनेको सरकार को बिजोग,बिचारा हरु न सरकार छोड्न सक्छन(अहिले छोडे जिन्दिगी भरि फेरी त्यो कुर्सि पाइदैन भन्ने डर)न राम्रो संग चलाउन नै सक्छन,माओबादी ले त पहिले नै भनेको थियो कठपुतली सरकार भनेर,बिचारा हरु,भत्केको घर को बिग्रेको चाल जता हेर्यो प्वालै प्वाल भनेको येही हो. जता पनि भद्रगोल नै भद्रगोल.जय(धन्य)लोकतन्त्र, यहा जसले जसरि सरकार चलाय पनि हुन्छ जसले जसलाई मारे पनि हुन्छ,जसले जहा डाका डाले पनि हुन्छ,यो नै अस्सली र नया मोडल को नेपालि लोकतन्त्र हो.र बिस्वो को इतिहास मा नौलो लोकतान्त्रिक मोडेल. धन्य छ हाम्रा हरौटे नेता हरु लाई.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 7

  • नेपाली राजनीति इतिहास को सबैभन्दा नालाएक .,खन्चुवा , लाज पचेको , सताको जुको , आहिलेको सरकार /// ….

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

  • Mohan Bhandari(Scotland,UK)

    तेसो भय गृह मन्त्रि ले जे गरे पनि भयो(जति घुस खाय पनि भयो,जति मान्छे मरे पनि भयो) प्रधान मन्त्रि ले त हटाउन सकेन तर एमाले पार्टी लाई त थाहा छ नि यो गृह मन्त्रि भ्रस्ट र शान्ति सुरक्षा दिन सकेन भनेर.

    पार्टी ले के मुख हेरेर बसेको छ ? खनाल जी राम्रो मान्छे होला भनेको थिय तर…………….? एमाले विचार धारा लाई मन बाट झिकेर गण्डकी मा मिल्काई दिन पर्ला जस्तो छ अब

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 3

  • Takicha

    हाहाहा माकुने सरकारलाई मुतोड़ जवाब दिएछ अन्तर्वार्तामा , अहिले को मन्त्रि मण्डललाई चुनाब हरेको हुनुपर्ने रे !!! नेपाली जनता जति सोझा कोहि छैनन् संसारमा . जसले जे गरे पनि हुन्छ हाम्रो देशमा !!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 3

  • taks

    थुक्क यी नेता भनौदाहरु, देस लै वास्ता नै छैन खुट्टा तानातान,आफ्नो कुर्सि टिकाउन गलत मान्छे को भंदर्फोर नगरी बस्छ, हे भिम रावल गलत कुरा लुकाउनु ,गलत गर्नु भन्दा पनि ठुलो पाप हो

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • ram prashad

    यो मन्त्रि मण्डल को कुरा गर्नु समय को सत्यानाश हो, अनि देश लै खेलौना जस्तो बनाएर खेल्दा नि नेपालीजनता के गरि रहेको छन् अचम्म छ बा.जितेको पार्टी ले को सत्ता चलाउ भनेको हरेक पो मोज अझ गाडी पथायेना गाडी को कुरा लै पो झगडा गर्छन ,हैन कुनै पनि ले न उचाली कन आफ्नै मन ले सोचेर बिरोध गर्ने चेतना नेपाली जनता मा कैले होला,नेपाली हरु अहिले पनि स्वतन्त्र भएको छैनन्,खाली नेता को भासन मा मात्र स्वतन्त्र भएका हुन्….गणतन्त्र येस्तई हो भने चिन्न बरु राज तन्त्र मै धेरै सन्त थियो .हक अधिकार धेरै पछि को कुरा हो पहिले बच्न पाउनु पर्यो,कमसे कम राजा क पल मा बच्न त पैन्थ्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 6

  • तेज प्रसाद अधिकारी

    हरुवा हरुको जमात नै नेपालको इतिहासमा ‘मजाक’ भैरहेको बेलामा यो भित्र अरु मजाक हुनु स्वाभाविक नै हो उमेश जी, एस्तो बिजोग त कहिँ कतै देख्नु सुन्नु परेको थिएन l

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 7

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes