Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

झगडा मिलाउन आउने नै झगडाको कारण

एउटा घरमा परिवारका सदस्यहरुबीच मतभेद भयो। एक भाइले हतियारै उठाएर अर्को भाइका परिवारका सदस्यलाई पिट्न थाल्यो। अर्को भाइले पनि छानी छानी अर्को भाइको परिवारलाई आक्रमण गर्‍यो। दुवै पक्षका कति सदस्यको ज्यान गयो, कति अपांग भए। घर पूरै अशान्त बन्यो। यसरी झगडा गरेर हुन्न भन्ने परेपछि दुई भाइले झगडा मिलाउने समाधान खोजे। झगडा मिलाउन गाउँको मुखियाको प्रतिनिधि हाम्रो घरमा आएर बसेर अनुगमन गर्नुपर्छ भनेर एउटा भाइले शर्त राख्‍यो। साँध जोडिएको छिमेकी मुखिया नै किन आउनु पर्‍यो र हामी बसेर मिलाए पनि हुन्छ भन्न थाल्यो। त्यो घरमा हुने रडाकोले आफ्नो घरमा समेत प्रभाव पर्छ भनेर साँध जोडिएको छिमेकी मुखियाको प्रतिनिधिलाई त्यहाँ बस्न दिन राजी भयो।

झगडा मिलाउन आएका मुखियाका प्रतिनिधि बिस्तारै झगडाको कारण हुन थाल्यो। उसले एक जनाको मात्रै पक्ष लिएको भन्दै अर्को भाइ रिसाउन थाल्यो। अर्को भाइले भने छिमेकीले हालिमुहाली गर्न नपाएकोले भाइलाई उचालेर मुखियाको प्रतिनिधिको विरोध गर्न लगाएको आरोप लगायो। झगडा मिलाउन आएको प्रतिनिधिलाई केही निश्चित सीमित अधिकार दिइएको थियो। उसलाई ल्याउँदा दुवै भाइले केही सम्झौता पनि गरेका रहेछन्। घर चलाइरहेका भाइले अर्को भाइको हतियार भएका परिवारको संख्या कति छ भन न भनेर मुखियाको प्रतिनिधिलाई सोध्दा उनले पहिले सम्झौता गरेकोमा त्यस्तो विवरण गोप्य राख्‍ने सहमति भएकोले दिन मिल्दैन भनेछन्। त्यसपछि घर चलाइरहेका भाइ रिसाएर छुट्टी। अनि त्यो भाइको परिवारले मुखियालाई र उसको प्रतिनिधिलाई गाली गर्न थाल्यो। मुखियाले अर्का एक प्रतिनिधि त्यो घरमा पठाए। त्यो प्रतिनिधिले आज प्रष्टैसँग खरो भाषामा भने, मुला तिमीहरु, आफू भनेका कुरा गर्दैनौँ, आफ्नो जिम्मेवारी पूरा गर्दैनौ, अनि हामी मुखियालाई दोष दिन्छौ? वाहियात, यस्तो काम तुरुन्त बन्द गर।

यति लामो कथा र त्यसले गर्न खोजेको संकेत स्पष्ट छ। घर नेपाल हो। एक भाइ दलहरु हुन्। अर्को हतियार उठाउने भाइ माओवादी हो। छिमेकी भारत हो अनि मुखिया संयुक्त राष्ट्रसंघ। मुखियाको प्रतिनिधि अनमिन हो। नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोले आज काठमाडौँको एउटा कार्यक्रममा गरेको भाषण सुन्दा छक्क परेँ। सामान्यतया राष्ट्रसंघ र अनमिनका प्रतिनिधिहरुले बोल्दा निकै नापतौल गरेर सन्तुलित कुरा बोल्छन्, कसैलाई आक्षेप लगाउँदैनन्। तर आज त्यो छविभन्दा बिल्कुल भिन्न रुपमा प्रस्तुत भए पास्को। जसरी सरकारका प्रवक्ताले अनमिन प्रमुखले शान्ति सम्झौता नै नपढेको, उपप्रधानमन्त्री गच्छदारले अब अनमिनको म्याद थपिन्न, बिजुक्छेले अनमिन झगडा गराउन आएको हो, सुशील कोइरालाले माओवादीको भ्रातृ संगठन हो अनमिन भनेर आक्रामक रुपमा भाषण गर्छन्, त्यसरी नै पास्कोले आक्रामक भाषामा यहाँका दलहरुको आलोचना गरे।

उनले भने-

we are dismayed that some commentators try to hold the mission responsible for situations and shortcomings that by the very insistence of the parties themselves, the mission has little or no capacity to control. This is absurd and should come to an end.

UNMIN is here to help. It should not take the blame for those who fail to shoulder their responsibilities to make the peace process work.

अर्थात् दलहरु आफ्नो अक्षमताका कारण सिर्जित स्थितिको जिम्मेवारी हामीलाई दिन खोजेका छन्। हामीसँग त्यो स्थिति नियन्त्रणका लागि सीमित वा कुनै अधिकार छैन। तै पनि हामीलाई दोष लगाउने काम भइरहेको छ। यो वाहियात हो। यो तुरुन्त अन्त्य हुनुपर्छ। शान्ति प्रक्रिया सुचारु गर्न आफ्नो जिम्मेवारी वहन गर्न नसक्नेहरुको दोष अनमिनले लिन सक्दैन।

उनले अनमिनलाई अहिले विश्वमा भएका कुनै पनि अरु राष्ट्रसंघीय मिसनको तुलनामा एकदमै कम र सीमित अधिकार दिइएको बताए। हामीलाई अनुभव धेरै थियो र इच्छुक हुँदाहुँदै पनि हामीलाई नेपालले जस्तो जिम्मेवारी दियो त्यसकै परिधिमा बसेर काम गरेका हौँ भनी उनले भने।

In contrast to almost every other current missions, UNMIN has a notably limited mandate, concentrated essentially in two areas (of which one has been completed): assisting in the holding of the Constituent Assembly election, and arms monitoring.

As per our mandate we have a small mission concentrating on arms monitors. There is a senior representative of the Secretary-General on the ground, but with only a tacit “good offices” role of fostering consensus and reconciliation, in contrast to the explicit political mandates common in UN missions elsewhere in the world.

Even within its arms monitoring function, UNMIN, contrary to popular misconception, has been given no mandate or capacity to police the cantonments. Its access to information about the status of the two armies or their numbers depends entirely on their voluntary cooperation. And, as both parties well know, the information UNMIN holds as a result of the registration process in the cantonments is subject to confidentiality agreements that were accepted by both sides in the peace process. Honoring that commitment is essential to our impartiality. Honoring one’s commitments is the essence of being an honest, reliable actor in the peace process.

This light UN footprint was designed at Nepal’s request and insistence, and the United Nations has scrupulously respected these limitations – even when we have felt we have more to offer to Nepal, based on UN experience in dozens of conflicts around the world.

उनी भन्छन् अनमिनलाई संविधान सभाको चुनाव गर्न हतियार अनुगमन गर्न सहयोग गर्न मात्र म्यान्डेट दिइएको हो। हतियार अनुगमनमा पनि अनमिन प्रमुखलाई सहमति र मेलमिलाप बढाउने गुड अफिसेजको भूमिका मात्र दिइएको र अरु राष्ट्रसंघीय मिसनमा जस्तो राजनीतिक म्यान्डेट दिइएको छैन। हतियार अनुगमनमा पनि मान्छेहरुले सोच्ने गरेकोभन्दा विपरीत अनमिनलाई शिविरमा निगरानी गर्न कुनै म्यान्डेट दिइएको छैन त्यस्तो क्षमता छैन। शिविरमा लडाकु दर्ता गर्दा नै गोप्यताको विषयलाई शान्ति प्रक्रियाका दुवै पक्षले सहमति गरेका हुन्। त्यो प्रतिवद्धतालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो।

शिविरको लडाकुको गोप्य तथ्यांक नदिएको भन्दै प्रधानमन्त्री र सरकारको नेतृत्व गरेका दलहरुले अनमिनप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

वास्तवमा हेर्ने हो भने अनमिनलाई खासै कुनै जिम्मेवारी दिइएकै छैन। अनमिनलाई तत्कालीन सात दल र माओवादीले आ-आफ्नै स्वार्थका लागि भित्र्याएको हो। माओवादीले शान्ति प्रक्रियाका लागि भरपर्दो अन्तर्राष्ट्रिय मध्यस्थकर्ताका रुपमा राष्ट्रसंघलाई निम्त्याने जिद्दी गर्दा नेपालको आन्तरिम मामिलामा भारतको बढ्यो प्रभावलाई चेक एन्ड ब्यालेन्स गर्ने स्वार्थ थियो। राष्ट्रसंघको मान्यता पाएपछि माओवादीलाई कुटनीतिक फाइदा पनि हुन्थ्यो। सुरुमा राष्ट्रसंघको उपस्थितिलाई भारतले मानेको थिएन। तर पछि भारतले नो अब्जेक्सन दिएपछि राष्ट्रसंघ नेपाल पसेको हो।

तर राष्ट्रसंघका मिसनहरु दूधमा नुहाएको छैन। कतिपय मिसनहरुमा विद्रोही पक्षलाई च्यापेर द्वन्द्व समाधान गर्नुको साटो बढाएको आरोप लागेका छन्। किनभने त्यसो गर्दा अर्थात् द्वन्द्व बढ्दा उनीहरुको जागिर जोगिन्छ। द्वन्द्व सकिएपछि त उनीहरुकै जागिरै सकिन्छ। यद्यपि, कतिपय मिसनले भने द्वन्द्व समाधानमा अन्तर्राष्ट्रिय अनुभवको आधारमा सफलता पाएका पनि छन्। नेपालको स्थिति ठ्याक्कै अहिले कसो हो भन्न सकिन्न। तर नेपालमा अरु मिसनहरुमा जस्तो अनमिनलाई खासै कुनै अधिकार दिइएको छैन। अधिकारै नभएको जिम्मेवारी लिन (अधिकार छैन भनेर त पास्कोले आजै भनेका छन् नि) कति देशका हतियार अनुगमनकर्ताहरु नेपाल पसेका छन्। उनीहरुको काम बसेर डलरमा राष्ट्रसंघको तलब खानु बाहेक अरु केही हुन्न। के उनीहरु अहिले कहाँ छन् र के गरिरहेका छन् भन्ने कुरा अनमिन बताउन सक्छ? अहँ, कसैलाई पनि थाहा छैन के गर्छन् उनीहरु। एउटा कुरा जरुर हो, अनमिन आएपछि अनमिनको कार्यालय वरपर नयाँ बानेश्वर क्षेत्रमा विदेशी स्वादका रेस्टुरेन्टहरुको व्यापार बढेको छ। ठमेलको बारमा गएर यसका प्रतिनिधिहरुले नाङ्गो नाच हेरेको विवादमा समेत तानियो अनमिन। थप जानकारी हेर्न यहाँ क्लिक गर्नुस्।

अहिले सत्तारुढ दलहरुले आरोप लगाए जस्तै माओवादीले पनि आरोप लगाउन पछि परेको थिएन अनमिनलाई। लडाकु प्रमाणिकरणको बेला अनमिनले सीआईएको जासुसी गरेको आरोप लगाएको थियो माओवादीले। पछि यो विवाद सल्टियो। अहिले फेरि विवाद आएको छ। आउँदो जेठ १ गते अनमिनको म्याद सकिँदैछ। के अब अनमिन फर्किन्छ त ? अनमिन आफै फर्किने हैन, नेपाल सरकारले म्याद थप्न सिफारिस नगरेमा अनमिन स्वतः यहाँबाट फर्कन बाध्य हुनेछ। जेठ १ सम्म सेना समायोजन भइसक्ने छैन र नयाँ संविधान बन्नेवाला छैन। कम भूमिका मै भए पनि एउटा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको खाँचो शान्ति प्रक्रियाको एक पक्षले माग्दासम्म जरुरी हुन्छ। हुनत घरभित्रको कुरो घरभित्र कै मान्छेहरुले सल्टाए उत्तम हुने हो। तर माओवादीले अनमिनको उपस्थिति जरुरी छ भनिरहँदासम्म त्यो संभव हुन्न। सरकार र सत्तारुढ नेताहरुले पनि बाहिर जतिसुकै चर्का कुरा गरे पनि भित्र सुरक्षापरिषद्का स्थायी सदस्य राष्ट्रका राजदूतसँग कुरा गर्दा अनमिन आवश्यक रहेको बताउने गरेका रहेछन्।

माओवादीले भारतको इशारामा नेताहरुले अनमिनको विरोध गरेको आरोप लगाउने गर्छ। माओवादी विदेश विभागका कृष्णबहादुर महरा भन्छन्- अनमिन जाला र आफ्नो हालिमुहाली गर्न पाउँला भनी भारत कुरिबसेको छ। तर अनमिन हुँदैमा भारतले हस्तक्षेप कम गरेको देखिँदैन। दिल्लीको आशिर्वाद लिन र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिल्लीले कुनै पनि हिसाबले कम गरेको देखिँदैन। अनमिन नहुँदा भारतको हस्तक्षेपको स्तर अहिलेको तुलनामा केही बढ्ला, त्यो बेग्लै कुरा हो। जबसम्म घरको कुरा छिमेकीहरुलाई समेत बेवास्ता गरी आफै बसेर सल्टाइँदैन, यस्ता समस्या आइ नै रहन्छन्। सही समाधान घरभित्रैबाट खोज्नुपर्छ। यसो गर्दा घरपरिवारका सदस्य घरप्रति इमान्दार हुनुपर्छ। त्यो भएन भने घर बिग्रन्छ।

Related posts:

  1. प्रधानसेनापतिले प्रधानमन्त्रीलाई भेटे, वार्तामा प्रचण्ड नै आउने
  2. बालुवाटारमा पनि झगडा, सिंहदरबारमा पनि झगडा
  3. माओवादीको झगडा
  4. सार्कको 'श्राप' पाउन झगडा
  5. कुरो मिलाउन आइपुगे भारतीय दूत

16 comments to झगडा मिलाउन आउने नै झगडाको कारण

  • पुष्प

    जसले जेसुकै भने पनि, यो राष्ट्र संघ भनेको अमेरिकी नीति लाद्ने संस्था हो । त्यसैले नेपाल होस् वा अरु कुनै देश, यसले अमेरिकी स्वार्थलाई पृष्ठपोषण गरेकै हुन्छ । यो कुरा जानी-जानी साझा संस्था भन्दै उनीहरूलाई मध्यस्थताका लागि डाकिसकेपछि उल्टै उनीहरूमाथि आक्षेप लगाउनु गलत हो ।

    अँ, एउटा विदेशी प्रभुले बनेको सत्तापक्षकाहरूले अर्को ‘विदेशी प्रभु’को विरोध गरेको अचम्मको दृश्य देख्न पाइएको छ । अनि जसले माओवादीलाई आतंककारीको सूचीबाट हटाएको छैन (हटायो कि !), उसले माओवादीका पक्षमा वकालत गरेको भान हुन्छ । यसलाई अलौकिक दृश्य भन्दा पनि फरक नपर्ला ।

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

    • तेज प्रसाद अधिकारी

      भाइ फुटे गवार लुटे,
      आज अनमिन को पालो,
      भोलि भारत को पालो,
      नेपालीको आंग मा जहिले पनि फाटेको टालो…. :-(

      मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

  • rahul

    if a neighbour has helped us in making our houses than the neighbour is also a part of our family and has every right to interfere in every wrong thing going inside a family.Our great corrupted miniters forget that most of infrastructures in our country has been made by our neighbouring countries.It is USAID that is funding in our country not our repspected ministers.Infact if our ministers dont get access to money than they keep on blaming UNMIN and india.If they are to blame UNMIN and india than those ministers should return money

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • राजन् उप्रेती

    राम् जी,
    अनमिन नेपालको मात्रै मिशन हो, यो कुनै अरु देशमा छैन मित्र, अलि राम्ररी पढौं।
    तपाईले युएन भन्न खोजेको हो भने, तपाईले भनेको चाही उल्टो पर्‍योहोला बरु, जहां जहां खत्तम भएको छ त्यहां त्यहां युएन को मिशन गएको छ। नेपाली आफैले आफ्नो (चा..) धुन नसकेर युएनलाई बोलाउने। लोभ र पाप भएका नेताहरुले उस्ले Neutral काम गर्दा पनि कहीले सरकार संग र कहीले माओबादी संग मिल्यो भनेर दोष लगाउने अनि.. कसरी हुन्छ त शान्ति? पार्टीहरु बिच एक अर्काको रत्ति विश्वास नहुने र सधैं कलह गर्ने्। पार्टी-पार्टी मात्र हैन पार्टीभित्रै एक अर्काको विश्वास नहुने। होईन भने अझै पनि समय छ, सबै पार्टीहरु एक अर्का संग मिलेर शान्ति प्रकृया टुंगो लगाउंदा, कस्ले छेकेको छ? वहां ज्ञानेन्द्र आफ्नो सारा परीवार लिएर नेपाल पसी सक्यो फेरी सत्ता हथियाउन षड्यन्त्रमा लागेको होला तर नेताहरुको घैंटोमा अझै घाम लाग्दैन।

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • Ram singh

    यो अनमिन लाई ल्याउनु नै हुदैनाथियो ..
    जहा जहा अनमिन गएको छ त्यहा खत्तम भएको छ .eg Iraq, Afganisthan, african countries.
    Where ever british have ruled, they look better, eg, India, Australia, S Africa etc

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 6

  • Luna

    साथि हुन आउने नै सत्रुताको कारण !!!
    कस्तो बिसमता ——–

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • Hilman, Myagdi

    भनिन्छनी ” आफ्नो थैलो को मुख राम्ररी बाँधनु, आर्का लाई दोष न दिनु”! नेपालका नेताहरुमा अलीकती पनी नैतिकता, देश र जनता प्रति जिम्मेवारी बोध भएको भए, न त नेपाल मा अनमिन को नै आवश्यकता थियो न विदेशी प्रभु र राकेश शुद् को!

    नेपाल का नेता हरुले आफ्नो भने जस्तो हुदा अनमिन चाहिन्छ भन्ने र आफ्नो भनाइ विपरित हुदा कुटनैतिक मर्यादाको सिमा नाघी विरोध गर्नु भनेको बुद्दिमा बिर्को लागे जस्तो हो!

    आफ्नै स्वीकृतीमा नेपाल भित्रिएको अनमिन लाई नेपाल का नेता हरुले विभिन्न आरोप लगाएर, अन्तरराष्ट्रिय जगतमा आफ्नो राजनैतिक खुबी र कुटनैतिक मक्करी को झलक देखाउनु भन्दा, सबै मिलेर संविधान समयमा नै बनाउने तिर लागे राम्रो होला!

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 2

  • RISHIRAM

    एनामिन किन आयको हो? आफ्नो उत्तरदायित्व बहन गर्न नसक्ने ले किन नेपाल मा बसेर जनतालाई बेकुफ बनाउने,माओबादी लाइ सपोर्ट गर्न आयको जस्तो छ,सेना को संख्या भन्न पनि नभन्ने,जेहोस माओबादी बाठो नै हो प्रयोग गरेकै छ एनामिन अनि लाटा गाडा केटा हरुलाई,तलब मा पनि १००० काटेर दिने रे अनि सिबिर मा नभयका को तलब पनि पार्टी मा जाने त्यो सब एन्मिन ले गर्दा नै सम्भव भयको हो.
    अब भागे हुन्छा नेपाल बाट.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 22

  • Shiva

    अनमिन नामधारी संस्था भाई माओबादी हो/ उसले किन मद्दत गर्थ्यो छिट्टै समस्या समाधान खातिर / उसले दुहुनो गाई भेटेको छ अनि आफ्ना कर्मचारीलाई जागिर ख्वाउन पाएको छ / हाम्रा आफ्नै नेताहरु, दलहरुले (आ…. ?) खाए पछी कसको के लाग्छ !

    शिव शर्मा

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 24

  • राजन् उप्रेती

    हामी आफु जस्तो छौं अरुलाई पनि त्यस्तै बनाउन खोज्छौं, अनैतिक| अनमिन हामी जस्तो भालु भुत्ते संस्था होईन, यौटा प्रतिष्ठित राष्ट्रसंघको निकाय हो। जब शान्ति प्रकृयाको सुरुमै सर्वमान्य शर्तमा लडाकु संख्या गोप्य राख्‍ने कुरामा सहमती भई सके पछी अहीले सरकारले त्यो तथ्यांक माग्नु सरासर सम्झौता मिचाउन खोज्ने गैर जिम्मेवारी काम गरेको होईन त? अनमिनले सरकारलाई लडाकुको बिबरण दिन हुन्न र कदापी हुन्न। नेपालको सरकारको कुनै Credibility छैन। हाम्रो जस्तो जथाभाबि चलेको सरकार सुडानमा मात्रै होला, सबै अयोग्य Incompetent ब्यक्तिहरुको जमघट। धिक्कार छ हामिलाई। सरकारलाई दुई चार मैना बसेर घुस खानु सिबाय दुरगामि शान्तिकोलागि कुनै काम गर्न ईच्छा छैन। त्यसैले शान्ति प्रकृया भन्दा यस्तै चाहीने नचाहीने कुरा गरेर हींडेको छ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 14

  • Michael

    ठिकै त भने नि आनमिन को प्रतिनिधि ले. यी काँग्रेस र एमाले का भ्रस्ट नेता ले धोति को हस्त्क्चेप को बिसयमा केहि बोल्न सक्छन? UNMIN has a proven record of peace establishment in many similar conflicts elsewhere. बल्ल बल्ल देसमा आउन लागेको शान्ति देखि नसक्ने दलाल नेताहरुलाई दक्षिण तिर खेद्नु पर्छा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 12

    • Pesal

      Lol….UNMIN is UN mission in Nepal. How come they have proven record of peace establishment elsewhere as they operate only in Nepal?

      Better check your knowledge before writing a comment….

      I work for UN and UN stands for “Unlimited Nonsense”.

      साह्रै हसायो बा !!!

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 10

      • राजन् उप्रेती

        मित्र, अनमिन होईन यु एन मिशन भन्न खोजिएको हो। भनाईको आशय बुझौं न, गल्ति कोट्याएर नहींडौं।

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

  • minti

    नेपालीहरुमा क्षमता छ, तर भ्रस्टाचार र आतंकमा यिनीहरु भुलेका छन् !! विदेशीलाई देश चलाउन दिए के होला त !! राम्रो पनि त हुन सक्छ!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 16

  • kesu

    राजनीतिक भासन गर्न नेपाल आयका हुन् जस्तो छ यिनी.सान्ति सम्झौता मा सहयोग पुग्दैन भने सेतो हात्ती अनमिन लाइ पाल्नु को अर्थ के? हुन त संसार का जति देश मा UN का मिसन छिरेका छन् ति देश लाइ झन् पत्तु बनायाकै हुन्,अब नेपाल लाइ मात्र के बाँकि रख्लन र?
    जनता को सेवा गर्न भनेर भर्ति भयका भनिएका ति कथित् सेना लाइ जनता कै पैसा ले कति बेला सम्म पाल्ने? अनि सरकार के दियको पैसा को १/१ हिसाब किताब जनता लाइ किन नदेखाउने ?
    जम्मा संख्या किन दिन नमिल्ने? जनता लाइ अधिकार छ हाम्रो कर के कसरि खर्च भयको छ जनसेना को नाम मा पैसा भटाभट माओबादी को खाता मा पठाउने?
    भन्ने बेला मा पारदर्शी भन्ने अनि सरकार ले कति छ एकिन संख्या भन्दा किन नभन्ने? येस्ता देश र जनतालाई सूचना नदिने एनामिन लाइ समय थप्नु बर्बादी मात्र हो.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 33

  • nirmal

    आफ्नो क्षमता हुदा हुदै बिदेशी कप इशारा मा चले पछी नतिजा त येस्तई औछा नि अझ हेर्दै जाउ के के हुने हो हे पशुपतिनाथ नेपाल र नेपाली को रक्षा गर

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes