मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    १२ वर्षकी बालिकाले सेनालाई गोली हानेछन्

    १२ वर्षकी बालिका चन्द्रकला विकले गस्तीमा रहेका नेपाली सेनाको सशस्त्र टोलीलाई गोली हानेर आक्रमण गरेछन्। सेनाको टोलीले चेतावनी दिएको थियो रे। तर चेतावनीलाई पनि बेवास्ता गर्दै ती बालिकासहित ३३ बर्षिया अमृता विक र ३५ बर्षिया देवीसरा विकले सशस्त्र टोलीमाथि गोली हानेछन्।

    एक बालिकासहित तीन महिला हिजो बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी इलाकामा सेनाको गोलीबाट मारिएका थिए। किन मारियो भन्ने कारणका रुपमा आज सेनाले निकालेको वक्तव्यमा यस्तो दावी गरिएको छ। सुन्दा अचम्म लाग्छ, १२ वर्षकी बालिकासहितका महिला, जसलाई सेनाको वक्तव्यमा शिकारीहरु भनिएको छ, ले सशस्त्र सेनालाई गोली हान्न सक्यो होला र? अझ सेनाको चेतावनीलाई बेवास्ता गरी सेनालाई गोली हान्यो होला र?

    त्यसमाथि बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानीय सैनिक अधिकारीहरुले कुनै जानकारी नदिई निकुञ्जका सबै अधिकारीको फोन र मोबाइल स्विच अफ गरिएकोले श‍ंका बढाउँछ।

    सुन्दा अपत्यारिलो लाग्छ। तर सेनाले भनेपछि त पत्याउनै पर्ने त होला नि। हेरौँ सेनाको वक्तव्य जस्ताको तस्तै-

    सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ती

    बिज्ञप्ति नं.– ७६
    मिति – २०६६ फाल्गुन २७ गते
    समय – बेलुकी ९ बजे

    नेपाली सेनाको गस्तीसँगको मुडभेडमा तीन शिकारीहरुको मृत्यु

    १. हिजो मिति २०६६ फाल्गुन २६ गते राती करिब ८ः३० बजे बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी ईलाकामा नेपाली सेना र वार्डेन कार्यालयको गेम स्काउट सहितको संयुक्त गस्ती टोली र शिकारी बिच भएको मुडभेडमा तीन शिकारीहरुको मृत्यु भएको छ भने एक जना पक्राउ परेको छ।

    २. बाँसपानी ईलाकामा शिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खट्टिएको गस्ती टोली उक्त बाँसपानी ईलाकामा पुगेपछि शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत उनीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न अन्य चार जना भाग्न सफल भएका थिए भने एक जनालाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएको थियो।

    ३. गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुई बट्टा, खुकुरी एक वटा, बञ्चरो दुई वटा, पासो एक वटा, नाम्लो छ वटा, छाला काड्न प्रयोग गरिने बासुलो एक वटा समेत बरामद गरेको छ। निज शिकारीहरु बिगत चार दिनदेखी उक्त ईलाकामा क्याम्प खडा गरी बसेको भन्ने जानकारी पक्राउ परेका व्यक्तिको प्रारम्भिक छानबिनबाट जानकारी प्राप्त भएको छ।

    ४. मृत्यु हुने सबै सुर्खेत जिल्ला हरिहरपुर गा.बि.स., वडा नं. २ का देवीसरा बि.क., अमृता बि.क. र चन्द्रकला बि.क. रहेका छन्। यसै गरी ऐ. निवासी कृष्ण बि.क.लाई पक्राउ गरिएको छ भने ऐ. निवासी रत्न बहादुर बि.क., गिरी उपनाम गरेका व्यक्ति र निजको एक छोरा र एक छोरी रहेका छन्।

    ५. उक्त घटना सम्वन्धी सरजमिन तथा मुचुल्काको लागि प्रहरीले प्रकृया शुरु गरिसकेको र सो घटना सम्वन्धीमा थप खबरहरु प्राप्त हुनासाथ जानकारी गराइने छ।

    No related posts.

    84 comments to १२ वर्षकी बालिकाले सेनालाई गोली हानेछन्

    • Bimal

      सम्पूर्ण देस प्रेमी मित्रहरुलाइ मेरो धन्यबाद छ,
      मैले यो घटनामा भएको सबै प्रतिक्रिया दैनिक हेर्ने गर्छु/

      धेरैको मन रोएको छ/ तर केहि अपराधि सोच भएका तथा कथित् बिदेसी नेपाली पाउनाहरु लाई भने खुबै मजा लागेको छ/ सायद उनीहरु नेपाल फर्कने सोचमा छैनन् किन कि नेपालमा भाडा मोलेर महिना मा USD २००० कमौना निकै गारो हुन्छ/ उनीहरुले जीन्दगी तेही ठानेका छन्/

      उनीहरुलाई सुभ-कामना छ/

      तर आम नेपाली भावना बोकेका प्रिय मित्रहरुलाई धेरै धेरै धन्यबाद जसले नेपाली आत्मा लाई चिन्नु भयो/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Bimal

      तपाई रिसीराम को हुनुहुन्छ मलाई थाहा हुन सकेन/ तपाइको आक्रोस प्रति म कृतज्ञ छु/

      तर एउटा कुरा तपैले बुझ्न के जरुरि छ भने म अमेरिका जानुको अर्थ आफ्नै देस भित्रको वास्तबिकतालाई भुल्न गएको हैन न त आफुलाई मैले तल्लो जातिको भनेर जाहेरी नै गरेको छु/

      छ्यमाता र बिबेको हिसाबले सायद तपाई लगायत संसारका धेरै मान्छेहरुले म संग तुलना गर्न नमिल्ला/ यसो बन्दा फेरी घमण्ड गरेको हुन सक्छ/ मैले खाली तपाइलाई अलि ठण्डा भएर आफ्नो धरातल छाम्नुहोस मात्र भन्न खोजेको/ सायद तपाइलाई आफ्नो अवस्था प्रति निकै गौरब लाग्न सक्छ तर तपाइको इस्ट मित्र, साथि भै नेपाल मै होलान जसले तपैले जस्तो फुर्ति लगाउन सक्दैनन्, उनीहरुको लागि एकै छिन् भए पनि नेपाली भएर सोचिदिनु भए राम्रो हुने थियो/ यो तपाइको निर्णय हो/

      मैले उठाउन खोजेको कुरा हाम्रो देसमा सामाजिक अन्याय भित्र रहेर दैनिक सास्ती भोगी रहेका आम नेपाली जनताको समस्याको यथार्थ चित्रण गर्न खोजेको हो/ यो घटनालाई तपाई आफ्नो परिवार मा भएको घटना सम्झेर हेर्नुहोस त/ कतै तपाइको सोचमा उज्यालो घाम लाग्छ कि/

      धन्यवाद/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • डाक्टर सुर्य बहादुर हमाल पनि मिलेका छन् यो घाटमा भन्ने पुस्टि भयो किन भने अरु मान्छे लाई भित्र जान नदिए नै थाहा पाउनु पर्यो यो साले हमालको पनि छोरी त होलानी तेस्को छोरी माथि पनि यस्तै घटना घट्यो भने एसले थाहा पौने थियो यो हमाल डाक्टर होइन कति पेशा कुम्ल्याको किन कि बलात्कार गरेको लासलाई हेर्न नदिए पछी १क् अपराधी यो पनि हो र त्यहाका जनासमुदाये एस्लाई डाक्टर मा राख्नु भनेको भोलि फेरी अर्को बलात्कारी लाई बचाउने एसले सबै ले एस्लाई चिन्नु जरुरि छ किनकी फेरी अर्को जिल्लामा गए र अप्राद गर्न नापावोश अनि त्यो गण पति भनौदो प्रकाश देउजा ले नै सायेत त्यहा गए र केटा जति लाई पक्री अनि १२ बर्षको छोरी मान्छे लाई पनि बलात्कार गर अनि मारी दे भन्ने आदेश दिए को जस्तो किन की उसले पनि अप्राद बोल्दै छन् अब येस्तई हो भने सबै जनताले आफ्नो सुरछ्या को लागि हत्यार बोक्न बाद्ये परेका छन् र बोक्नु पर्यो भने यस्ता सैतान हरु लाई पनि तड्पाई, तड्पाई मार्नु पछी पर्नु हुन्न अब चोर नेता हरु चोर पोलिश र बलात्कारी सेनालाई पनि हत्यार उठाउन पछी हट्नु हुन्न !!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • neerose

      http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=१२७९०
      आज कान्तिपुरमा दियको यो समाचार पढेमा त्यहाको घटना स्पस्ट द्रिस्यपटल हुनेछ!
      सबैले देखेका,भोगेका,सुनेका र बिचार गरेका कुराहरुहुन नेपालि सेना कति सम्म को तल गिर्न सक्छ र कसको सेवा गर्छा भनेर,
      यो यतिसम्मको घटिया निच कार्यहो कि ति कुकार्यमा संलग्न लगायत तमाम् कमाण्ड लिने,निर्देशित गर्ने हरुलाई सामुहिक रुपमा जलायामा पनि कुनै दुख पिडा र पछुतो लाग्दैन!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • यहाँ जसले जे भने पानी मरने हरु मरी सके / आब ४-५- दिन मीडिया ले हो यता उती गर्छन पछि भने सबै ले भूली हाल्छान. कुनै पनी तरीका ले हेर्दा पनी लाग्दैन की १२ बरस की बालिका ले गोली चालों सकी होलीं .यो एउटा सेतो झुटा कुरो हो

      नेपाल को कानून दैब ले जनून
      पशुपतिनाथ ले हामी गरीब को रक्ष्या गरुन,

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Rajendra

      निकुञ्जभित्र ‘बलात्कार पछि हत्या’ भएको दावी/सेनाद्वारा अस्वीकार
      मोती पौडेल/कमल पन्थी

      कप्सेरा (सुर्खेत), फाल्गुन २८ – हरिहरपुरका स्थानीय र मृतकका परिवारले बालिकासहित तीन महिलालाई गस्तीका सैनिकले बलत्कार पछि हत्या गरेको दावी गरेका छन् ।

      उनीहरुले बाँसपानी जंगलमा बास बसेका बेला पुरुष जतिलाई लखेटेर महिलालाई भने बलत्कार पछि हत्या गरेको दावी गरेका हुन् । घट्नामा बचेकाहरुले सेनाले नियन्त्रणमा लिएको करिव दुई घण्टा पछिमात्र हत्या गरेको दावी गरेको छ ।

      बुधबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी जंगलमा गस्तीको सैनिकले चलाएको गोलीबाट बालिकासहित तीन महिलाको मृत्यु भएको थियो । सेनाले भने कारवाहीमा तीन चोरी शिकारी मारिएको दावी गरेको छ । मारिनेमा १२ बषिर्या चन्द्रकला बिक, उनकी आमा देवीसरा र कान्छी आमा अमृता रहेका छन् ।

      गस्तीको सैनिकले पक्राउ गरेका कृष्ण विकसँगै वाँसपानीमा रहेका ८ जना मध्येका कृष्णका भाई दुर्गाबहादुर विकले महिलाहरुलाई वलात्कार गरेर पक्राउ भएको दुई घण्टा पछि मात्र गोली हानी हत्या गरिएको दावी गरे ।

      ‘वुधबार रातीको ९ वजेको थियो, हामी सुत्न लागेका थियौं, त्यसैवेला पहिला सेनाले मुढा फाले अनि नजिकैबाट गोली चलाउन थाले, हामी भाग्यौं’ घटना विवरण सुनाउँदै उनले भने, ‘दुई घण्टापछिसम्म यैया भन्ने आवाज आएको थियो, म त्यहाँ जान सकिन र दाजु पनि छोरी रोएको सुनेर गएका थिए, उनलाई पक्राउ गरियो, सेनाले पाँच राउण्ड गोली चलाउँदासमेत कोही मरेको थिएन ।’

      घटनास्थलमा लुकेर हेरेका अर्का प्रत्यक्षदर्शी वलदेव गिरीले पनि पुरुषलाई भगाएर महिलालाई वलात्कार गरेको दावी गरे । अपाङ्ग हात देखाउँदै उनले भने, ‘म जस्तो अपाङ बचेर आउने, महिलाहरु मारिने यस्तो पनि भिडन्त हुन्छ ।’

      आफुहरुबाट बन्दुक बरामद भएको भन्ने कुरा गल्ती लुकाउने प्रचार मात्रै भएको पनि उनले बताए । ‘म जस्तो अपाङ्गले बन्दुक चलाउने कुरै भएन, हामी तीन दिन देखि काउलो काट्न गएका थियौं, कुनै चोरी सिकार गर्न होइन्’ उनले भने ।

      आफुहरु निकुञ्ज भित्र जानु गल्ती भएपनि खानेपानी नजिक पाउने भएको हुनले वाँसपानीमा बास बस्ने गरेको उनले बताए । ‘काउलोको बोक्रा काटेर पेट पाल्नु नै हाम्रो गल्ती भयो’ उनले भने ।

      अहिलेेसम्म महिलालाई निकुञ्जको गस्तीमा आएको सेनाले गोली हानी हत्या गरेको पहिलो घटना भएको स्थानीय वासिन्दा जयराज गिरी बताउँछन् । सेनाले भने जस्तो प्रतिकारमा नभई वलात्कारपछि हत्या गरेको उनको पनि आरोप रहेको छ ।

      कक्षा-३ मा पढ्ने चन्द्रकलासँगै काउलो लिन गएकी भूमिसार गिरी र काउलो काट्न गएका भक्त गिरी, वलदेव गिरी र दुर्गबहादुर सेनाको गस्तीले गोली चलाउन थालेपछि भागेर थिए ।

      पुरुषलाई पक्राउ गर्ने महिलालाई मार्ने घटनाले नै वालात्कारपछि हत्या गरेको भन्ने पुष्टि भएको मृतकका छिमेकी चन्द्रबहादुर विक बताउँछन् । मृतक देवीसराको घर देखाउँदै उनी भन्छन्, ‘घरमा एक छाक खाने अन्न छैन्, रुखको बोक्रा काटेर पेट पाल्न गएका थिए, के यो घर हतियार राख्ने जस्तो देखिन्छ ।’

      यसअघिका दिनमा सेनाले निकुञ्ज भित्र चोरी शिकार गर्न जानेलाई समेत पक्राउ गरी मुद्धा चलाउने गरेको थियो भने यो पटक तीन जना महिलालाई पक्राउ गर्न सक्ने अवस्थामा पनि हत्या गरेको स्थानीय वासिन्दाले बताए ।

      एक वर्ष अघि मात्रै एक जना महिला र पुरुषलाई निकुञ्जको सेनाले पक्राउ गरी मुद्धा चलाएका घटना सम्झंदै स्थानीय वासिन्दा तुला भारती भन्छन्- ‘पहिला त आरक्षमा जानेलाई समातिन्थ्यो, तर अहिले हत्या गरियो ।’

      मृतक दलित परिवारको घरमा अहिले ४ वर्षे छोरा धन, १० वर्षे हर्क, ६ वर्षिया छोरी डिलसरा र छोरा बुहारी देवीसरा रुंदै बसेका छन्भने घरमा साँझ खाने अन्न समेत छैन । दुई दिनदेखि वाँधिएका गाई बाख्राको स्याहार सुसार गर्ने त झन कोही छैन् ।

      निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भ्यालीमा गोलीको आवाज सुनेपछि गस्तीमा खटिएका निकुञ्ज, प्राईभेट सेक्टरबाट खटिएका युवा र सैनिकको टोली बाँसपानी पुग्दा एक्कासी फायर भएपछि गोली चालाएको बताए ।

      उनले ४/५ जना चोरी सिकारी भाग्न सफल भएको दावी गरे । कति राउण्ड चल्यो भन्ने सम्बन्धमा विकट भएकोले गस्ति टोलीसंग सम्पर्क हुन नसकेको हुंदा यकिन नभएको बताएको छ ।

      घटनास्थलमा अस्थायी टहरा, बन्दोबस्तीका सामान, तीन थान भरुवा बन्दुक, गोली ४ थान र बारुद फेला परेको दावी निकुञ्जले गरेको छ । पक्राउ परेका सर्खेत हरहिरपुर-२ का कृष्ण विकका श्रीमती , बुहारी र छोरीको मत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । सहायक संरक्षण अधिकृत भण्डरीले उनीहरु दोहोरो फायरिङमा मारिएको हुन सक्ने बताए ।

      तीनै जनाको शव परीक्षण बर्दिया जिल्ला अस्पतालमा राखिएको छ । अस्पतालका चिकित्सक सुर्य बहादुर हमालले सन्चारकर्मीलाई लासको अबस्था हेर्न समेत दिएका छैनन् । चिकित्सक हमालले गोली कति लाग्यो ? कसरी लाग्यो ? यस्ता प्रतिक्रिया पत्रकारले सोधेर नपाउने बताए ।

      ज्वालादल गणका गणपति प्रकास देउजाले बलात्कारको अरोप आधारहीन भएको बताए । ‘यो सरासर गलत आरोप हो’ गणपति देउजाले भने, ‘सेनाको टोली, निकुञ्जका कर्मचारी र प्राईभेट सेक्टरबाट खटिएका युवासमेतको टोली माझ यस्ता अपराधिक क्रियाकलाप कसरी हुन सक्छ ?’

      निकुञ्जको मुख्यालयको हिरासतमा रहेका विक माथि चोरी सिकारको मुद्दा दायर गरिएको छ । यस घटना पछि नेपालगंजबाट थप प्रहरी बल गुलरिया ल्याईएको छ । शव आफन्तलाई बुझाउने भन्दै अस्पतालको शव गृहमा राखिएको छ । शव बुझ्न कोही आएका छैनन्
      कान्तिपुरबाट

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • बिजय

      होइन, कृस्णजीलार्इ पनि माथि जाने इच्छा भएर जस्तो छ । माथि सिट छ कि छैन भनेर सोध्दा छैन भन्ने जवाफ पाउनु भो क्यार अनि यस्तो गुनासो यहाँ राख्नुभो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 9

    • Kalekrishna

      नेपाली समाज मा बन्यजन्तु को बचाऊ र जगेर्ना को चेतना को कमि र त्रिग्गेर मा रहेका हात हरु ले गर्दा एस्तो दुख लाग्दो खाताना भयो. तध्य, सत्य पुरा आउनु पर्छ नत्र नेपाली सेना को इज्ज़त र इमेज रहने वाला छैन, र अर्को प्रभु ले नालेयोस जतेया दंगा ले नेपाल लै समाप्त पर्ने छ/

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • गोरख

      कुरा अलि नपतौने खाल को पर्न गयो . मर्ने सबै आइमाई केटाकेटी पक्रने सबै पुरुस कि सेना ले नै जानोस कि भगवान्ले जानुन गल्ति सेना को देखिन्छा यहाँ मओबादीकाल को जस्तो भूत सेनालाई अजै पनि जयूदै छ आज कल त सेना लै गोलि हान्ने जंगली त निस्केका छैनन् नि गाठे बिचरा ति आइमाई अनि बालिकाको के दोस . बिद्धया जयूदो लास हैन भने आफ्नो छोरि लै तेस्थौमा राखेर हेरोस् निस्पक्ष्य छानबीन गरोस

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

      • mahesh

        एडी आज सम्म जन्युद्द चलिरहेको अबस्था हुन्थ्यो भने सेना ले येसलाइ दोहोरो भिडंत माँ मारिएको आतंककारी भन्ने थियो. एस्ले के स्पस्ट प्रमाणित गरेको छ भने हिजो सेना ले दावी गरे अनुसार को भिडंत नभई ९०% येस्तौ झुटा र नक्कली भिडंत माँ निर्दोष र निह्त्या मारिएका थिए. सेना को नाम मात्र फेरिएको हो काम र मनस्थिति हिजो कै जस्तो छ भन्ने सबै भन्दा ठुलो प्रमाण हो यो.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • Sukra Raj Rai

      प्रिय मित्रहरु !
      सेनाको विज्ञप्ति पढदा हामी सबैलाई थाहा भई सक्यो ! जो मारिए त्यी निर्दोष थिए ! वलात्कार पछी मारिएको हो या उनीहरुलाई त्येतिकै गोली हानि हत्या गरियो विज्ञप्तिमा केहि उल्लेख गरेको छैन ! नेपालीसेनाहरु जो जुन पदमा भए पनि यहाँ उनीहरुको बदनाम चरित्र माथि शंका गर्ने प्रसस्त ठाउहरु पाइन्छ ! अहिलेसम्म सेनाको हातबाट जतिपनि महिला तथा वालिकाहरु मारिए सबै नै वलात्कृत पछि हत्या गरिएको पायिएकोछ, त्यसैले यो पनि एउटा यस्तै ठुलो षडयन्त्रमूल हत्या हुनु पर्छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

    • Shyam

      हिजो माओवादीको एके – ४७ देखी नडराउने नेपाली सेना, आज निर्दोश १२ बर्षिय अबोध बालिकाको हातको भरुवा बन्दुक देखी डराउने भएछ।

      जसले गर्दा,

      प्रतिकार गरेर गोली नै चलाउनु पर्ने भएछ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 3

    • बीर

      सरासर यो काण्डको एउटा पाटोलाई हेर्दा सेनाले नै बदमाशी गरे जस्तो बलियो सम्भावना देखिन्छ | त्यसकारण सेनाले आफ्नो छविमा दाग लाग्न नदिन पूर्ण पारदर्शिता देखाएर यो काण्डको उचित छानबिन गरि (आबश्यक परे डि एन ए टेस्ट समेत गरि) दुधको दुध पानीको पानी छुत्याओस र यदि सेनाका जवानहरु यसमा दोषी ठहरिएमा हदै सम्मको सजाए दियोस अनि मात्रै सेना बढी अनुसासित हुनेछ र सेना माथि जनताको बिश्वास पनि बिश्वास बढ्ने छ होइन भने यसले सेनामाथि थप बितृष्णा जगाउने छ | जुनै पनि समुहमा केहि पथभ्रस्ट र मतिभ्रस्तहरु हुन्छन भन्ने कुरा जनताले पनि बुझ्दछन, त्यसकारण यदि यो अपराध सेनाकै जवानहरुले गरेका रहेछन भने पनि यदि सेनाले अपराधीलाई नजोगाइ उचित कारबाही गर्छ भने सेनाको छबी धुमिलिने होइन झन् राम्रै हुनेछ | किनकि गलत कार्य गर्नेलाई सेनाले पनि कारबाही गर्दो रहेछ भन्ने सकारात्मक छाप जनतामा पर्ने छ |
      अर्को पाटोलाई हेर्दा चोरी सिकारीको केश नहोला भन्न पनि सकिन्न, भलै त्यो कुराको सम्भावना कम किन नदेखियोस | यदि यो कुरा सत्य हो भने सेनाले पनि बिना कारण एउटा समूह माथि गोलि चलाएन होला भन्न सकिन्छ, त्यसकारण ति समूहसंग पक्कै बन्दुक (अरु खुकुरी सुकुरी होइन) जस्ता शिकार गर्ने हतियार रहेछन भने तिनीहरुलाई चोर शिकारी होइन भन्न पनि सकिन्न, त्यसकारण ति हतियार माथि मृतकहरुको फिंगर प्रिन्ट, बन्दुकबाट पक्कै गोलि चलेको नचलेको जस्ता कुराको बैज्ञानिक परिक्षण पनि हुनु पर्यो | १२ बर्षीय बालिकाले सेना माथि गोलि चलाउने भन्ने कुरा एकदमै हास्यास्पद कुरा हो | तर माथिको प्रतिबेदनमा कतै पनि सो कुराको उल्लेख गरिएको छैन, त्यसकारण ति बालिका पक्कै पनि कि त मुठभेडका दौरानमा हुलमुलमा गोलि लागि मारिएकी हुनु पर्छ या सेनाले बदमाशी गरेर मारेको हुनु पर्छ | तर १२ बर्षीय बालिकाले सेनालाई गोलि हान्यो भनि यस्तो नभएको कुरालाई बधाई चड़ाई बिग हेडलाइन बनाएर समाचार बिकाउने पत्रकारहरु पनि कम्ताका रहेनछन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4

    • राजन् उप्रेती

      यो सबै दण्डहीनताको प्रमाण हो। बिद्या ओलीले मैना हत्याकाण्डमा कारबाही गरेको भए यो स्थिती आउंदैनथ्यो। त्यही प्रोत्साहनको फल हो यो। बलात्कार गरेको प्रमाण कसरी जुटाउने? त्यो शरीरलाई निश्पक्ष पोष्टमार्टम हुनु दिनु पर्‍यो नि? तपाईको बिचारमा त्यो शरीर को पोष्टमार्टम होला? हरे शिब…. के हुंदै छ नेपालमा। बिद्या ओली लाई सोधेर पनि काम भैन, उन्लाई उच्च सैनिक अधिकृतको .. चुस्दै फुर्सद छैन होला? म चाहीं १००% बिश्वस्त छु बलात्कार भएको कुरामा।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 4

      • mahesh

        जीवन शर्मा को गीत बात एक हरफ
        ” देश का सिपाही, ति चाध मारी देश का गरीब लाइ
        मार्दाछन तर ती दुष्ट सामू बोल्देनन कहिले
        के हेरी बस्छौ देश का युवा बिशालू नशा माँ
        मजदुर किसान, संग संगै उठ यो देश बचाउन”.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • नेपाली सेना को जनता लै मार्ने भनेर कुनै नियम कानुन त पक्कै छैन , कहिले कहिँ , छिटफुट तर सारै अमानबिय घटना पनि हुन्छ , हजार का हजार सेना मा कहिँ न कहिँ फटाहा र चरित्रहीन मान्छे त भै हाल्छन् नि , हिजो मात्र अफ्रीकामा नेपाली सेनाले राम्रो काम को खबर अको थियो , मतलब , राम्रा र नराम्रा दुवै छन् , १, २ ओटा घटना हेरेर पुरै सेना नै हत्यारा र बलात्कारी भन्न मिल्दैन
      तर भन्नई पर्ने कुरा अर्को के भने , घटना भएय पछि यो यो आर्मी ले यो यो फटाहा गरेर गोलि हनेछन , छानबिन हुदै छ , र दोषी लै यसरि कारबाही हुन्छ , र तत्काल को लागि सैनिक सहायता कोष बाट एती रुपया सहयोग गरियो भनेर बिज्ञप्ति निकन्नु पर्ने हो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

    • GPG

      सेना को लिडर नै अर्काको बुढो को ……….. भए पछी सर्भासाधरण को क चिन्ता हैन र जिउदो लास विधा ?

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • Khum Raj Sharma

      राजन जी सबै लेख पढिसके पछी पनि कस्तो तातो न छारो को कमेन्ट गर्नु भयको.
      यो राम्रो संग पढ्नु होला र तपाइको माथिको कमेन्ट १ पटक फेरी पढ्नु होला.
      सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ती हुदा हुदै पनि माओबादी ले सेनालाई बिबाद मा पर्न यस्तो घटना घटाएको भनेर भनिदिनु हुन्छ .
      सयाद तपाइँको सेना संग कुनै रिलेशन छ र अपराधीलाई पनि अपराधि मान्नु हुन्न. फेरी अर्को मैना हत्याकाण्ड सेनाले घटाएर आफ्नो छविमा कालो दाग थप्यो.

      बिज्ञप्ति नं.– ७६
      मिति – २०६६ फाल्गुन २७ गते
      समय – बेलुकी ९ बजे

      नेपाली सेनाको गस्तीसँगको मुडभेडमा तीन शिकारीहरुको मृत्यु

      १. हिजो मिति २०६६ फाल्गुन २६ गते राती करिब ८ः३० बजे बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी ईलाकामा नेपाली सेना र वार्डेन कार्यालयको गेम स्काउट सहितको संयुक्त गस्ती टोली र शिकारी बिच भएको मुडभेडमा तीन शिकारीहरुको मृत्यु भएको छ भने एक जना पक्राउ परेको छ।

      २. बाँसपानी ईलाकामा शिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खट्टिएको गस्ती टोली उक्त बाँसपानी ईलाकामा पुगेपछि शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत उनीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न अन्य चार जना भाग्न सफल भएका थिए भने एक जनालाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएको थियो।

      ३. गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुई बट्टा, खुकुरी एक वटा, बञ्चरो दुई वटा, पासो एक वटा, नाम्लो छ वटा, छाला काड्न प्रयोग गरिने बासुलो एक वटा समेत बरामद गरेको छ। निज शिकारीहरु बिगत चार दिनदेखी उक्त ईलाकामा क्याम्प खडा गरी बसेको भन्ने जानकारी पक्राउ परेका व्यक्तिको प्रारम्भिक छानबिनबाट जानकारी प्राप्त भएको छ।

      ४. मृत्यु हुने सबै सुर्खेत जिल्ला हरिहरपुर गा.बि.स., वडा नं. २ का देवीसरा बि.क., अमृता बि.क. र चन्द्रकला बि.क. रहेका छन्। यसै गरी ऐ. निवासी कृष्ण बि.क.लाई पक्राउ गरिएको छ भने ऐ. निवासी रत्न बहादुर बि.क., गिरी उपनाम गरेका व्यक्ति र निजको एक छोरा र एक छोरी रहेका छन्।

      ५. उक्त घटना सम्वन्धी सरजमिन तथा मुचुल्काको लागि प्रहरीले प्रकृया शुरु गरिसकेको र सो घटना सम्वन्धीमा थप खबरहरु प्राप्त हुनासाथ जानकारी गराइने छ।

      सरकार ले अपराधि हरु लाइ संरक्षण गरेको हुनाले ज गरे पनि र जे बोले पनि हुन्छ भनेर बलात्कार पछी हत्या भएको हुन सक्छ.

      हरुवा हरुको सरकारले अपराधीहरुलाई कारबाही होइन बढुवा दिने छ र हामीहरु टुलुटुलु हेरेर बस्नु पर्ने हुनेछ.

      अर्कालाई पर्दा आफुलाई परेको छैन भनेर पन्छिने र आफुलाई पर्दा धुरु-धुरु रुने परम्परा नहटे सम्म यस्ता धेरै घटना अझै घटी रहने छन्.
      सबै नजागे सम्म देशमा केहि हुने वाला छैन , सबै लै चेतना भए .

      खुम राज शर्मा
      हाल, इराक

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • तेज प्रसाद अधिकारी

      उ फेरी अर्को कालो दाग नेपाली सेनाको इतिहासमा….., अनि कसरि मान्ने यो सेना नेपालको गौरब हो भनेर ??? नरपिपासु हरु……, बलात्कार पछी हत्याको गन्ध आइरहेको छ l निष्पक्ष्य छानबिन र सत्य तथ्य को आशा छ कसैलाई ??? मलाई त रत्तिभर छैन l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 7

    • kantiprabha

      यो त खोला ले बन्दुक बगाएको जस्तो भो त !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 8

    • binod

      येस्तई हालत हो भने के नै पो भन्न सकिन्छ र| दोस्रो मैना सुनुवार कांड |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 5

    • deepsagar

      राति साढे नौ बजे के खोज्न गएका थिए तिनीहरु जंगल मा??

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 9

      • राजन् उप्रेती

        गएको हो की लगेको हो भन्ने थाहा भएन। अपहरण गरेर लगेको हुन सक्छ। नभए १२ बर्षको बालक लिएर किन त्यति राति जंगल जान्थे होलान्?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 6

    • Bhagya

      यो बलात्कार पछि हत्या हो …… केसुजी केहि भन्नु छ तपाई को देश भक्ति र राष्ट्र भक्ति राष्ट्रिय सेना को बारे मा ? खोई कुन दुलो मा हुनु हुन्छ ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 9

    • hadish khuddar

      जसले जे bhaने पनि यसमा कुनै न कुनै राज रहेको देखिन् छ . १२ बर्सिय बालिकाले किन चेताबनी दिन्थिन होला ?सोच्नु पर्ने हो . सेनाले मिर्तक माथि लगाएको आरोप गलत पनि हुन सक्छ . कारण माओबादी जनयुद्ध को समय लाई लिनसकिन्छ . अकों कुरा मिर्तक तिनै जना महिला नै रहेकिन छिन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 5

    • devendra singh

      पशुको जत्तिको पनि बिबेक नभएका मान्छेको रुपमा बाँचेका नरपिचासहरु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 7

    • Navin Dahal

      राजन जी
      तपाईं को बाउ कुन ब्रिगेड को मेजर परे?तपाईं सेना मा हुनु हुन्थियो भने के १२ वर्ष को बच्चा लै गोलि हान्नु हुन्थियो?तपाईं जस्ता मान्छे ले बरु सेना मा भर्ति भएकै ठिक होला ,कमसे कम मुर्ख बस्ने ठाउँ मा त पुग्नु हुन्छ .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 12

    • Bimal

      आदरणीय नेपाली दाजू भाई तथा दीदी बहिनी,
      ब्राम्हणबादी सामाजिक संरचना अनि सामंती चिंतनले बनेको हाम्रो नेपाली समाजमाँ दलित लगायत अन्य अल्प संख्यक समुदाय माथी राज्य र नेपाली समाजले मच्चाएको आतंक नया भने हैन/ हजारौ बर्सको थिचो मिचो अनि सोसणबाट मुक्तिको लागि दलित एबम अल्प संख्यक समुदयाले गरेको आन्दोलन पनि कम महत्वको छैन / २००७ साल हुदै २०६६ साल सम्मको आन्दोलनमा बिभिन्न राजनितिक दलहरुले दलित, महिला र अल्प संख्यकहरुको मुद्दालाई लिएर गणतन्त्रको घोसणा समेत गरे जहा दलित, महिला र अल्प संख्यकको मुद्दा नया संबिधान मार्फ़त संबोधन गरिनेछ भनेर गतिलो सगले अस्वासन पनि दिदै हिडे/ हजारौ दलित, महिला अनि अल्पसंख्यकहरुले आफ्नो ज्यान पनि बलिदान दिए/ आखिर समस्या जाहिको ताहि, उलटो उनीहरुलाई खुले आम मारिन्च्छ, बलात्कार गरिन्छ, भगवानको नाममा घाटी रेटेर बलि लगाइंछ, श्रम सोसण जस्ताको तस्तै, जातीय छुवाछूतलाई निरंतरता दीइन्छ, स्रोत साधन को पहुच र नियंत्रणमा समन्तिहरुको हालीमुहाली कायम राखिंछ/ अनि केको गणतंत्र, के को लोकतंत्र, के को प्रजातंत्र आयो र दलित, महिला, अनि अल्प संख्यक समुदायको लागि/ गणतंत्र/लोकतंत्र/प्रजातंत्र त केवल औपचारिक रुपमा एउटा नामूद डकैती गर्ने लाइसेंस मात्र भयो/

      राज्य त्यों हो जहा नागरिकको सुरकछ्या हुन्छ, राज्य तो हो जहा नगरिक्ले आफ्नो अधिकार हक़ भोग गर्न पाएको हुन्छ/ तर बिडम्बना अर्कै छ/ यहाँ त अधिकारको हक़ भोग हैन, जनताको भोग लगाइनछ/ राज्यको सबै संरचना प्रयोग गरेर इनै निमुखा जनता माथि गोली थोकिनछ/ अनि बाहिर भन्दा हामी गणत्रंत्र बादी अनि जनता प्रति बफदारी भएको घोसणा गरिन्छ, धिक्कार!

      अहिले बर्खाको च्याऊ झै उम्रेका राजनितिक दलहरु अनि आफुलाई ठूला दल मान्नेहरुलाई आफ्नै देस भित्र अनि बहिर गणतंत्र नाम को शासक अनि दल भएर भासन थोक्दै हिडन लाज लाग्नु पर्ने हो/ देसको धुकुटी खरानी बनाएर देस बिदेस घुम्न सरम लाग्नु पर्ने हो/ तेरो यहाँ तेसो भएको छइन/ सुनुयोजित किसिमले जनतालाई सिध्यौने काम
      मात्रै भएको छ/

      तथाकथित नेपाली सेनाको ज्यादती यो सामान्य उदहारण मात्र हो/ खोतल्दै जादा राज्य अनि ब्राम्हण बादी चिंतन द्वारा प्रायोजित यस्ता घटना हरु हजारौ छन, हेर्दै जनुहोस/

      सनिक को ज्यादती बाट मृत्यु हुनु भएको मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दछु/

      अन्त्यमा:
      अब दलितहरुले “की मार की त मर” को सिद्धान्त अवलंबन नगरी सुखै छइन, हैन भने राज्यले तत्काल यस्ता किसिमका घटनाहरू प्रति जवाफ्देही भएर पुन नादोहोरियोस भनेर कडा भन्दा कडा संयंत्र को निर्माण गर्नु पर्ने हुन्छ/

      बिमल गदाल
      Graduate Student
      Brandeis University
      USA
      E-mail: bimalg@brandeis. edu

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 33

      • RISHIRAM

        बिमल,
        अमेरिका मा पुगेर पनि तिम्रो दिमाख बाट जातिवादी सोच हटेन है?आफु लाइ तल्लो स्तर को जात मा किन राख्छौ?
        ब्राम्हण बादी चिन्तन ले बिग्रियाको होइन तिमि जस्ता आफु ले आफैलाई तल्लो स्तर को जात देख्ने हरु ले गर्दा बिग्रियाको हो,म त तल्लो स्तर को हजुर,तल्लो जात को भन्दै पाउ पर्दै जान्छु अनि पेलाई नपाय के पाउने त?
        तिम्रो बुद्धि सप्रियोस.

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • D adhikari

      बिद्या भण्डारी ज्यु लाई धेरै बधाई छ I

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 10

    • Omkumar Rai

      यो मुलुकमा सेना र प्रहरी ले जनताको सुरक्ष्य गर्छन भनेर नसोचे पनि भो उल्टै जनतालाई सखाप
      पर्ने पो दर भो त कि कसो रक्ष्य मन्त्रि (श्रीमती ओली ) ज्यु ? अब रक्ष्य मन्त्रि र गृह मन्त्रीको
      बिरोध र राजिनामा माग्ने कसैले गर्लान र ? आफै राजिनामा दिनु पर्ने अवस्था आउने डर छ I

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 8

    • Ganesh(USA)

      संबिधान बन्न नदिकन राष्ट्रपति मार्फत सैनिक सासन लगाउने दुस्साहस को पूर्वअभ्यासको रुपमा सेनाको दक्ष्यता परिक्षण गरे जस्तो लाग्छ.. यो सेना नत कहिले नेपाली जनताको थियो नत हुनेनै छ … छ त केवल भारतीय टट्टू हरुको स्वार्थपूर्ति गर्ने हतियार अनि मतियार …

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

    • biku

      Bravo! Bravo! Bravo!
      They don’t regret by killing 12 years girl. What is the difference between wild flesh eating animal and nepal army?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 10

    • MER SING THAPA

      देशभक्ति सैनिकहरुले बिदेशमा कमाएको नामले भने नेपालीहरुको सिर उचो बनाएको छ, आफ्नै देश भित्रका चोर नेता मन्त्रीहरुले आफ्नो स्वार्थ पुरा गर्न नेपालको एक मात्र बिस्वासिलो सस्थालाई बदनाम(बिगार्दै ) छ / इनीहरुकै दबाबमा सैनिकहरुलाई एस्तो बक्तब्य निकाल बाध्य पारिन्छ हैन भने रक्षा मन्त्रीको जिम्मेवार के हो?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 8

    • MER SING THAPA

      लेखकले भने जस्तै १२ बरशको बच्चालाई पनि गोलि हानी मारिएको हो भने लिने, दिने हिसाब अझ भनौ रक्शिको नसा र आइमाईको सुगन्दले सैनिकको रुपमा राक्षेसहरुको गस्तीले तेस्तो क्रियाकलाप गरे जस्तो लाग्यो ?हेरौ नेपालको पहिलो महिला रक्षामन्त्रीले के गर्छिन/ चाधो कारबाही गर्छन कि सामान्य घटना भनेर ताली pitnchhan यदी मन्त्रीका दाजुभाइहरु पनि सगलन अथवा एमालेको भित्रि सिधान्त पनि यस्तै छ भने यो अनुसन्धान गोप्य रुपमा सकिने छ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • गाउलेको भनाइ अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्न निकुञ्ज गएको थियो। बर्दिया ठाकुरद्वारास्थित ज्वालादल गणबाट गस्तीमा निकुञ्ज आएको सेनाको टोलीले उनीहरूलाई भेटेपछि तीनलाई पक्राउ गरेको थियो। पक्राउ गरेको केही बेरमै उनीहरूको हत्या भएको भाग्न सफल स्थानीय गोपाल बिकले बताए। उनका अनुसार पक्राउ परेलगत्तै महिलाहरू चिच्याएका थिए। यो नेपाली सेना हैन…यो नर पिचाशु अनि राछ्यासी सेना हो…./ के ति निर्दोष बालिका र महिलाहरु ले सेना माथि धावा बोले होलातन्….? वाइयात कुरो…../

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 9

    • mahesh

      जन्युद्द काल माँ सेना को रेडीमेड बक्त्यब्य हुन्थ्यो की “गस्ती माँ रहेको सुरक्षा कर्मी माथी सकेट बम प्रहार गर्दा गरिएको जबाफी कारबाही माँ ……………जना आतंक कारी को मृत्य भयो” येसरी नै सेना ले मृत्यु पस्किदा माओबादी सखाप भए अब हाम्रो एकछत्र राज चलने भयो भनेर सेना लाइ धाप मारने मुर्ख राजनैतिक पार्टी पनी थिए यो देश माँ.सेना को नाम मात्रै फेरीएको भन्ने प्रमाण हो यो. अब बिद्या भंडारी (ओली) नाम की बुख्याचा को के प्रतिर्किया आउला?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 7

    • Nabaraj

      यहाँ यस्तो सेनाले दिएको झुटु बक्तव्यलाई पनि केहि मित्रहरुले कुरा बंग्याएका छन्….. अनि ति नर पिचाशु सेना भनौदाको पक्छ्य मा ओकालत गरेर सत्य- तथ्य कुरालाई ढाक- छोप गर्न खोजि राख्नु भा छ / मित्रहरु हो, यस्तो तपैहरुको प्रतिक्रिया प्रति मेरो आपत्ति अनि केहि शंका पनि छ…/

      के तपैहरु पनि उही ड्यान्को फोस्रो मूला त पर्नु भएन….? यदि तपाई अथवा तपैहरुको परिवार माथि यस्तो घटना गराएको भए के तपैहरु यसरि नै प्रतिक्रिया दिएर सेनालाई दोष लगाउन हुन्न भन्न सक्नु हुन्थ्यो…..? त्यसैले विचार पुरयाएर बोल्नोस….पायो भन्दैमा प्वाक्क बोल्न पैदैना…. जति बोल्न सजिलो छ , तर ब्यबहारमा उतार्न त्यो १० गुना कठिन छ……///

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

    • यो सेनाको दावी वाईयातीको परम् नमूना हो कदापि हुन नसक्ने कुरालाई दिउसै रात पार्ने कुराबाट सबै जना सतर्क होअउ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 6

    • Nabaraj

      यहाँ यस्तो सेनाले दिएको झुटु बक्तव्यलाई पनि केहि मित्रहरुले कुरा बंग्याएका छन्….. अनि ति नर पिचाशु सेना भनौदाको पक्छ्य मा ओकालत गरेर सत्य- तथ्य कुरालाई धक छोप गर्न खोजि राख्नु भा छ / मित्रहरु हो, यस्तो तपैहरुको प्रतिक्रिया प्रति मेरो आपत्ति अनि केहि शंका पनि छ…/

      के तपैहरु पनि उही ड्यान्को फोस्रो मूला त पर्नु भएन….? यदि तपाई अथवा तपैहरुको परिवार माथि यस्तो घटना गराएको भए के तपैहरु यसरि नै प्रतिक्रिया दिएर सेनालाई दोष लगाउन हुन्न भन्न सक्नु हुन्थ्यो…..? त्यसैले विचार पुरयाएर बोल्नोस….पायो भन्दैमा प्वाक्क बोल्न पैदैना…. जति बोल्न सजिलो छ , तर ब्यबहारमा उतार्न त्यो १० गुना कठिन छ……///

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

    • prabhat

      This is jut brutal and inhuman. Those who killed these innocent women must be brought to justice. Even if they were there to get invaluable stuff, they could shot them just below the knee. Nepali soldiers are still in the mentality of pre-panchayet era. Where do they get the authority to murder people. Do they want to see nepal become Ruwanda? If they mass murder innocent victims as such, people will, one day be forced to fight against these elements of the pre-panchayet and post-panchayet era represented by the Royal army. The army is still royal in its thinking and in its treatment of people. Those killers much be brought to justice. Otherwise, this incident will leave long and deep scars inside the psyche of people that may ultimately resurface into a form of violence.
      Shame you nepal army.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 6

    • saurav

      रगत उम्लिएर आउछ, आफु केहि गर्न सकिन्न. सक्ने हरु कान थुनेर बसेका छन्. सरासर झुट बिज्ञप्ति छापेर बलात्कारी हरुको समर्थन गर्ने यो कस्तो बिडम्बना हो? एस्तो भएपछि त कसलाई बन्दुक उठाउन मन लाग्दैन? लाग्छ कहिले काही, सारा नेपाली जनता मिलेर एउटा आतंककारी संगठन मार्फत सारा नेता, मन्त्रि भनौदा हरुको एउटी चिहान गर्नुपर्छ. कति नै होलान र १००/२०० , त्यति मारेर देश बन्छ भने बरु सहिद लेख्देयूला , कम्तिमा हाम्रा नानि हरु ले त सुख पाउचन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 8

    • kumar shrestha

      यो आर्मीहरुको काम छैन तेसकारण जनतालाई मर्न इछ्या गर्छन, जुन गोरु को सिंह छैन तेस्को नाम तिख्ये भने जस्तै हो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

    • Deepak

      फेरी आर्को मैना हत्याकाण्ड हो यो| कम्तिमा पत्याउन लायकको बिज्ञप्ति भएको भए पनि हो त नि भन्न सकिन्थ्यो| साला औठाछापे हरु को सस्था न पर्यो |
      आक्रमण नै गरेकै कुरा लाइ मानिलिने हो भने पनि , के प्रतिउत्तर मा घुडा मुनि प्रहार गर्न सकिदैनथ्यो , हत्या नै गर्नु पर्थ्यो ति अबला हरु लाइ? साला बेबकुफ हरु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 15

      • balak

        सिकारी हरु त सबै आइमाई र केटाकेटी पो परेछन | फेरी सेनाले सिकार गर्ने त सबै नै महिला र केटाकेटी हुन्छन | यिनको सिकार गर्न सजिलो हुन्छ र धित मरिन्जेल इच्छा पुराएर सिकार गर्न पाइन्छा | अझ येस्तई जंगल परेको ठाउँमा त ताकी ताकी निसाना लगाउन पाइन्छा | तेही भएर त १२ बर्सकी नाबालिका सेनाका सिकारमा परिन | यिनीहरुको पोस्तामर्तम हुनेछैना भयो भने त बलात्कार भएको प्रमाणित हुनेछा | तेसैले रातारात लास गाएब हुनेछा र आफन्तलाई समेत लास बुझ्न दिने छैनन् | एदी लास दिएइयो भने केश नचलाउने सर्तमा दिएइनेछ र चलाएमा मारिदिने धम्कि दीनेछा | प्रहरी जवान सुन्तली बलात्कार घटनामा अपराधी छुटाउने भिम रावोलले बिद्या भण्डारीको निर्देसनमा पुलिश केश हुन दिने छैनन् | अब सेनाका हाकिमहरु त बिद्याका लागि मदन भण्डारी पछिका भैहाले | अब केहि होलात ? केहि हुँदैन बरु ति सिकारी सेना सान्ति सेना मा र बढुवा हुनेछन | बिचरा भात पकाउने दाउराको लोभमा जिन्दगि बर्बाद भयो ति दलित परिवारको | देश लुट्नेहरुसंगा भाग्छन सालासेनाहरु महिलाहरु पाए येसरी लुट्छन र मारिनै दिन्छन | अब तिमीहरुको काल पनि निस्छित छ | खबरदार मुलुक लुट्ने लुटेराहरु !!!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 6

        • devendra singh

          यो लेखमा धेरै सत्यता छ, १२ बर्षकी बालिका र आधा बर्षे महिलाहरु कसरि सिकारी भए त? नेपाली सेनाको बक्तब्य तथाकथित, क्रुर तथा नेपालको बदनाम गर्ने खालको छ,

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • tanka

      सोजो जनतालाई मर्ने भयो यो सरकार ले…….हामी सोजो जनता लाई किन एस्तो हुन्छ .यो सरकारको पुरा दोस छ.रामरी छानबिन गर्नु पर्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 12

    • Hilman, Myagdi

      नेपाली सेनामा अझै पनी सामन्ती शाही धंगधंगी व्याप्त रहेको आभाष हुन्छ! राती होस् या दिनमा, सर्वसाधारण र नाबालक नानीको देशका सेनाहरु बाट गोली हानी हत्या हुनु भनेको सेनाको दछता र नियतमा खोट देखिन्छ!

      सेनाको अत्याधुनिक हथियार को अगाडी जाबो भरुवा बन्दुक को खेही चल्दैन भन्ने सबई लाई थाहा छ! त्यती हुदा हुदै पनी भरुवा बन्दुक सार्वजनिक गरेर, प्रतिकार गरेको भन्नु शाही सत्ता को समयममा जस्तई हत्या लाई ढाकछोप गर्ने नियत हो!

      नेपालको सेना साच्चै नै जनताको सेना हो भने यो घटनालाई इमान्दारी पुर्वक छन् बियन गरी दोषी लाई कारवाही गर्नु पर्छ! होइन भने जती नी जनताको सेना भने पनी जनताले पत्याउने छैनन्!

      मा कु ने को हरुवा सरकार र हरुवा रछामंत्री विद्या भण्डारीले पनी घटनाको नैतिक जिम्मेवारी लिएर छानबिना गर्छ वा फेरी पनी पहिला जसरी घमन्डी, शिखण्डी को औकात देखाएर अपराधी लाई जोगाउन खोज्छा हेर्न बाँकी छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 15

      • Luna

        जब ” शक्ति ” ( power ) ” को घेराले बुद्दिलाई बिर्को लगाउछा , तब यस्ता घटना हरु
        बारम्बार सुन्नु पर्ने दिन आउछा – - – ” शक्ति ” ले बुद्दी मात्र होइन मानबियतालाई नै
        खाल्डो मा पुरिदिन्छा — – -
        अहिले मुलुक ( नेपाल ) लोकतान्त्रिक मुलुक भए पनि , यो नाम मात्रको लोकतान्त्रिक
        मुलुक बनेको छ कारण कठपुतली सरकार – - –
        लोकतन्त्रको सहि अभ्यास हुन नपाउदै कोमल लोकतन्त्र लाइ निमोठ्ने कार्य हुदै
        गएको छ अलोकतान्त्रिक अभ्यास ले गर्दा – - -

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 13

    • Abinash

      बेलुका साढे आठ बजे । त्यो पनि निकुन्जको घनघोर जँगलमा । राती राती सेनाले जँगलको होइन बस्तीको गस्ती गरेर तीन महिलालाई लगेको र प्रतिकार गर्दा परिवारका सदस्य पक्रेको देखिन्छ । दालमे कुछ काला अबस्य हे । पक्रेका मान्छे सार्वजनिक गर ।
      सेनाकी मन्त्री बिद्या भन्डारी हाम्री मन्त्री नभएकीले उसले छानविन गर्न लाउँछे भनेर नपत्याउँ साथी हो । तँपाइ हाम्रो दबाब हुन जरुरी छ । घटनाको निष्पक्ष छानविन हुनुपर्छ । अर्को मैना कान्ड घटेको जस्तो देखिन्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 12

      • नारायण

        Abinash जी,

        बिद्या भन्डारी लाई जनता को के चीनता छ र उन लाई त के. पी. शर्मा ओली को चीनता छ मदन भन्डारी जी, को सेक पछी कसले विधा भन्डारी को मन को आगो नीभा छ त ? तसै ले विधा को चीनता भने को चाई के. पी. छ

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 19

        • Santosh

          नारायणजी ,
          सेनाको यस हत्या परक्रणमा सित्तैमा किन बिद्या भण्डारीजी को चरित्र माथि प्रहर गर्नु भाको. सभ्य भाषा सिक्नुस. अरुले पनि वहा माथि प्रहार गरेका छन् तर मन्त्रि को हैसियतले, तपाइँले त एक बिधवा, आमा समान नारी को चरित्र माथि प्रहर गर्नु भो..थुक्क… वहा कम्जोर मन्र्ति होला..भ्रत्स होला..जे होला त्यो आफ्नै ठाउँ मा छ..तर एक आइमाई माथि कसरि कुन प्रमाणको आधारमा त्यस्तो आरोप लगाउनु भो..? सबैले त्यसरी नै बोल्ने हो भने भोलि तपाईकै आमा-बैनी को बारेमा पनि बोल्लान नि मान्छेहरु…अनि के गर्ने ? सभ्य बन्नुस..

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 20

          • नारायण( NS)

            Santosh, जी
            नेपाल मा कहाँ निर कुन प्रमाण र आधार खोजिन्छ र मन्त्रि हरु कुनै प्रमाण को आधार मा अहिले सम्म मा कसै लाई कारबाही गरे को छ ? तपाई ले ३ पत्रकार ऋषी धमल हरु को केश त थाई पाउनु भय को होला क्यार
            रयो विधा भण्डारी एक बिधवा को कुरा,,,,, नेपाल मा अहिले रक्षा मन्त्रि नै विधा भण्डारी छ किन आफ्नो सुहाग, र आफ्नो दुश्मन को खोजी हुदैन तपाई लाई थाहा छ एक आमा एक श्रीमती जो संग पाओर हुदैन तिनी हरु ले त सक्ति बनाय त दुश्मन लाई सजाय दिन्छन भने विधा त खुदै सक्ति शाली छ ? तेसै ले बिद्या लाई तो पोजीसोन मा लानी नै के. पी. वोली हो तेसै ले मैले तेस्तो कुरा भने को हु <<<< रयो कुरा दिदी,बहिनी र आमा, मेरो घर मा तेही घटना भयर मेरो दिदी,बहिनी र आमा कोही पनि तेही पोस्ट मा भय र विद्या को जस्तो गरे को भय मैले नाता सम्बन्द पुरा तोडथे र विद्या को नै उप नाम दिन्थे ,,,,,,,, तपाई ले क गर्न्नु हुन्थ्यो माहासय संतोष जी ??????????

            मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

            • santosh

              नारायणजी,
              सायद मैले तपाई को कमेन्टको गलत अर्थ लगाए कि ? बिद्या भण्डारी रक्षा मन्त्रिको रुपमा असफल भएको कुनै संका छैन. साथै वाहा भ्रस्ट नि होला रे (मानौ)..तर एस ब्लगमा कतिपय साथीहरुले बिद्या भण्डारी लाई बिद्या ओली ..कति ले ओली को रखौटी आदि भन्ने गरेको पाएको छु ….तपाईले पनि “मदन भन्डारी जी, को सेक पछी कसले विधा भन्डारी को मन को आगो नीभा छ त ?” भन्दा त्यसै अर्थमा भनेको जस्तो भान भो..त्यसैले प्रस्ट संग बिरोध गरेको हु. कसैको व्यतिगत जीवन र चरित्र सम्बन्द मा त्यस्तो हल्ला फिजाउनु असभ्यता हो भन्ने मेरो मान्यता छ…बिद्या जी हाम्रो मन्त्रि हो..त्यसैले वाहा लाई भर्स्त भन्न पाउनु..कामचोर भन्न पाउनु आदि ठिकै हो….यो प्रजातन्त्रले दिएको बिसेस्ता हो…जनता को मतले चुनेको मान्छेलाई एस्तो आरोप जनातेले लगाउन pauchan tara yo bhandai ma kasaiko naitik charitra hanan garne aadhikar kasailai hunna…chahe tyo sujata hos..bidhya…makune wa prachanda. Prachanda bhast bho…prachanda ghusyaha ho etc bhannu paincha..tara prachanda aafani shivir ma yaun lila garcha bhannu aanaitik huncha..mero manyata ma…..baki tapai ko aafno bichar…

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

          • Abinash

            सन्तोष जी
            तँपाइँको कमेन्ट पढेँ । एउटा कुरा ज्ञात होस सबै बिधुवा अबला र असक्षम हुँदैनन । सबै बिधुवा चोखा पनि हुन्नन । नारायण जि को कुरा मा म शतप्रतिशत बिश्वस्त छु कि बिद्या भन्डारी केपी र सेनाको मन्त्री हो तँपाइँ र मेरो होइन ।

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • The title of this news is quite false. We know: Truth can’t shake, falsity can’t stand.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 29

    • madan bajracharya

      अनाधिकृत तवरले निषेधित जनावरहरु मार्न जानेहरु १२ बर्सकी बालिका साथ् लिएर जान्दैनन्/ भाग्ने भिड्ने लाई सेनाले गोलि हान्न सक्छन तर त्यो १२ बालिका सेना बात न भाग्न सक्छ न सेना सिट भिड्न सक्छ/ सेनाले चाहेको भए उनीलाई सम्मत्न सक्ने कुरा हो, तर मारे!!!!???/ येसैबात घटना भित्र अपराध लुकेको देखाउंछ/.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 7

    • rajan

      आर्मी ले किन मारे होलान त ति आइमाइहरु लाइ?

      पैसा लुट्न? मर्नेहरु धनि जस्ता पनि देखिदैनन
      बलात्कार गर्न? बलात्कार गरेको भए त्यो पनि प्रमाण आउनु पर्ने हो
      राजनीति गर्न? ति गरिब लाइ मारेर उल्टै आफ्नै बेईज्जत हुने हो, झन् सेना प्रति मानिस को नकारात्मक धारणा जाने सम्भावना छ

      तेशो भए किन मारे होलान त? कसैले ध्यान दिउ न

      जंगल मा शिकार गरेर तस्करी गर्ने मानिस आउदै नआएको पनि त होइन नि ! त्यसरी कैयौ गैडा, बाघ को तस्करी भएको थाहै छ

      किन ति साच्चै शिकारी हुने सक्दैनन्?

      कि यो माओबादी को चाल हो, जसले गर्दा आर्मी अहिलेको समयमा बिबाद मा मुछियोस

      त्यसैले आर्मी लाइ मात्र दोष नदिउ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 42 Thumb down 116

      • Deepak Shrestha

        हाहा अचम्म अचमको सोच बिचार भाको मान्छे देखिन्छ मेरोसंसार मा पनि समाचार कता तिर छ कमेन्ट कता तिर ……..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 14

      • homraj bik

        राजन ! यो कुनै आर्मी को लागि नौलो कुरा हैन | कामबासना हुन् साथ नजिक जो छ त्यस लाइ बिसाई हाल्ने | बिचरा त्यो बाह्र बर्स को चेली लाइ !!!!

        तपाई को बहिनी लाइ ले आर्मी ले त्यसो गरेको भए थाहा हुन्थ्यो |

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

      • राजन् उप्रेती

        बलात्कार गरेको हुने सम्भाबना छ। बलात्कार गरेको प्रमाण कसरी जुटाउने? त्यो शरीरलाई निश्पक्ष पोष्टमार्टम हुनु पर्‍यो नि? तपाईको बिचारमा त्यो शरीर सेना भन्दा बाहीर आउंछ होला? हरे शिब…. के हुंदै छ नेपालमा। बिद्या ओली लाई सोध्नु पर्ने। सैनिकको .. चुस्दै हिंड्ने ति महीलाले के हेर्लीन् यस्तो। म चाहीं १००% बिश्वस्त छु बलात्कार भएको कुरामा।

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

        • Bhimsen Limbu

          (म चाहीं १००% बिश्वस्त छु बलात्कार भएको कुरामा।)

          म पनि ।

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Laghu Yadav

      सेनाले भने पछि त पत्याउनै पर्यो | पहिला पनि सेनाको बरैक भित्र हात पछाडी बाधेको यौटा मान्छेले जुत्ताको ताना घटीमा बाधेर झयालको रेलिंगमा घुडाले भुइँ छुने गरि झुनदीयर आत्माहत्या गरेको थियो | हामी सबैले पत्याकै हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 8

      • madan bajracharya

        यादव जी
        सटिक झापड हान्नु भयो यस्ता निरह जनता मार्ने सेनाको कुरामा बिस्वास गर्नेलाई लात पनि हान्नुस, एक लात होयिन लाखौँ लाख लात हान्नुस र फेरी फेरी हान्नुस समर्थन मात्रै होयिन हार्दिक समर्थन छ/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Lal Prasad Adhikari

      नया नेपालकी नया माहारानी बिद्या भण्डारी ज्यु, समाचार त थाहा पाइसक्नु भय होला ,रातको समयमा त्यो पनि १२ बर्सकी केटिले बिचार सेना माथिनै गोलि बर्साउने गल्ति गरिछ,तेसैले मारी दियछन् अब यस्ता बाहादुर सैनिक लाई पर्मोसन गरिहाल्ने हो कि ? कि कसो माहारानी ज्यु ?
      लाल प्रसाद अधिकारी
      चितवन/कतार

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 80 Thumb down 12

    • prakriti

      संरक्षित जनावर को सिकार गर्ने जो कोहीलाई पनि कारबाही गर्नु पर्छ,
      the protected forests and animals should be highly monitered.
      बाह्र बर्सको भन्दा बिस्वाश नलाग्न सक्छ तर बिगेप्ति पढ्दा उनले आफ्नो सिकारी परिवार लै साथ दिया जस्तो छ .तर म गलत पनि हुन सक्छु,we must protect our national parks and wildlife reserves,it is the national treasures.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 61

      • Jeevan

        National Parks and Wildlife reserves should be protected , but before that human life should be protected.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 8

      • homraj bik

        नाम प्रकृति भएर प्रकृति लाई ज्यादा ध्यान दिए जस्तो छ | मानव जीवन कति अमुल्य हुन्छ भन्ने कुरा एउटा मानव भएर बुज्नु त पर्ने हो | सायद भुस तिग्रे अन्धा बाम नेपाल सिकारी सेना को फेला नपरेको होला | बाह्र को बच्चा ले के सिकार गर्छ ?

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

      • सरोज

        “संरक्षित जनावर को सिकार गर्ने जो कोहीलाई पनि कारबाही गर्नु पर्छ”

        प्रकृति जी
        तपाइको कमेन्ट सार्है मनपर्यो | सायद भबिस्यमा येस्तई घटना दोहोरियोस अनि तेस घटनाको पीडितमा तपाइको नाम देख्न पाऊ येही My Sansarma | म पनि तेस्तै कमेन्ट गर्ने छु | आशा छ मेरो यो इछ्या गौरबसली नेपाली सेनाले चाडै पुरा गर्नेछ |

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

      • बीर

        जिबन तथा होमराजजी, घटनामा एउटा १२ बर्षीय बालिका सहित ३ जनाको ज्यान जानु एकदमै दुखित घटना हो | यो घटनामा सेनाका जवानहरु दोषी ठहरिएमा उनीहरुलाई कडा से कडा सजाय हुनु पर्छ तर घटनामा मारिनेहरु साच्चिकै चोर शिकारी भएर मुठभेडमा मारिएका भए दोष कसलाई दिने त ? ति अबोध र चेतना नभएका निरिह प्राणीलाई कि, जो एउटा चेतनशील प्राणी भएर यस्तो कार्य गर्नु हुन्न भन्ने थाहा हुदा हुदै पनि व्यक्तिगत स्वार्थका लागि संसारबाटै लोप हुन् लागेका निरिह प्राणीको चोरी शिकारी गर्छन तिनलाई ? हो मानब जिबन पशुहरुको भन्दा अमुल्य र बढी महत्वपूर्ण छ, तर यो पनि नभुलौ कि संसारबाट लोप हुन् लागेका कुनै कुनै प्राणीको जिबन कुनै मानब जिबन भन्दा कम महत्वपुर्ण छैन | तिनीहरुको जिबन रक्षा गर्नु भनेको कुनै मानबको जिबन रक्षा गर्नु भन्दा कम हुदैन |

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

        • prakriti

          बिर जी लाई धन्यवाद प्रकृति र लोपोन्मुख जनावरहरुको महत्वो बुझिदिनुभयको मा जुन मानिस ले प्रकृति र अरु कुनै प्राणी लाई माया गर्दैन, तेसले मानिस लाई पनि माया गर्दैन,र एउटा कुरा पहिले प्रकृति अनि मान्छे किनकि यो बिना मान्छे को जीवन असम्भव छ,we won’t exist without nature’ अहिले मान्छे नै जनावर जस्ता छन् अनि कहाँ बाट एसको महत्वो बुझ्नु,मैले मेरो माथि को कमेन्ट मा भनेकै छु नि,म गलत पनि हुन सक्छु.

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

          • बीर

            प्रकृतिजी, यदि सबैको विचार र सोचाई मिल्ने भए यो संसारमा कलह नै किन हुन्थ्यो र ? अरुको विचार र सोचाईलाइ पनि बुझ्ने र सुन्ने कोसिस गर्यो भने मात्र यो समस्याको धेरै नभए पनि केहि हद सम्म समाधान हुन सक्छ |

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • gorkhabahadur darlami

      सधै सेना लाइ गालि गर्नु हुदैन | जब सम्म यो भएको होइन भन्ने विवरण आउदैन तब सम्म आएको समाचार मै बिस्वास गर्नु पर्छा | सेना को कुरा सहि पनि त हुन सक्छा नि | के रास्ट्रीय निकुन्ज मा तेस छेत्र का बासिन्दा हरु कहिले काही लोव ले गर्दा सिकार गर्न जानु असम्भव छ ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 43

    • jeevan

      बिद्या भण्डारीको नेतृत्वको नतिजा हो कि क्या हो?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 9

    • नारायण(NS)

      यो घटना मा आईमाई मात्र लाई मारीएकोछ तो पनि राती करिब ८ः३० बजे बर्दिया राष्ट्रिय निकुन्ज भित्र तेसैले यस घटना मा चाही कुनै रहस्य मय कुरा लुकेको छ होसीहार है यो आर्मी को चाही आईमाई को घटना मा भरोशा गर्न्नु हुदैन :-?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 10

    • arun

      कारण हरु धेरै हुनसक्ला | बलात्कार को मनसाय भएको थिएन भनेर कसरि भन्ने?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 4

    • gunjan

      फोन स्विच अफ गरि अनैतिक कार्य गरिसके पछी तीन महिला हरु लाइ मारिएको भन्ने कुरा मा कुनै शंका गर्ने ठाउँ छ र ? पापी नरभक्षी हरु / मुलुक को शासन व्यवस्था टाईरनि हरुको हातमा भए पछी निर्दोष हरु ले क नै पो गरुन र!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 7

    • Nabaraj

      यो सार-सर सेनाको झुटो ब्यक्ताब्य हो…../ एक निर्दोष १२ बर्षीय बालिका देखि लिएर अरु दुइ जना महिलाहरुलाई गोलि हानी मार्नु बढो शंकास्पद कुरो छ…./ यो नेपाली सेना हैन…यो नर पिचाशु अनि राछ्यासी सेना हो…./ के ति निर्दोष बालिका र महिलाहरु ले सेना माथि धावा बोले होलातन्….? वाइयात कुरो…../

      अनि सेनालाई यो मान्छे त्यहिँ माथि पनि निर्दोष नेपाली लाई मारी राख्ने लाइसेन्स कसले दियो…..? सायद मलाई लाग्छ- त्यो लाइसेन्स पंचायत काल बाट नै ति शाह बंश राजा-रजौटा हरुले दिएका होलान्…/ त्यसैले बेला-बेलामा सेनाले यसरि निर्दोष मानिसहरुलाई मार्दै आइरहेका छन्/ यो निरंकुस सेल लाई जरै देखि पुरै फालेर नया नेपाली सेनाको गठन गर्नु आजको आबश्यकता दखिन्छ….होइन भने यिनीहरुको चरित्र अनि ब्यबहारमा उही पहिलाकै राजत्रन्त्रको फोहोर रहीरहन्छ…/

      माकुने को लाचाहरी सरकारले जनता सामु बोल्न अनि जवाफ दिन सक्नु पर्यो….सत्य तथ्य के हो भनेर / होइन भने माकुने लगाएत सरकारमा बसेका सबै नलाएक बहुला कुकुरहरुलाई एक – एक गरेर गोलि हान्नु पर्छ…/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 7

    • पुष्प

      गल्ती सबैबाट हुन्छ, एउटाले गरेको गल्तीले समग्र संस्थामाथि आक्षेप लगाइनु जायज होइन । तर वक्तव्य निकाल्नुअघि पत्याउनलायक कारण त लेख्नु नि !

      अब पक्राउ परिएका भनिएकाहरूलाई जनयुद्धकालमा जस्तो बेपत्ता नपारी सार्वजनिक गर्नुपर्छ । उनीहरूलाई कानूनको दायरामा ल्याई निष्पक्ष छानबिन र कारबाही हुनुपर्छ । यत्ति न हो हामीले आशा गर्ने !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 5

    • द्रोण

      कुरा पत्याउन अलि गाह्रो खाल को छ | राम्ररि छन् बिन गर्नु पर्छ है |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 5

    • JONAM

      फेरी आर्को माओबादी छाहियाको हो कि यिनीहरुलाई?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 12

    • RISHIRAM

      के भयो नेपाल मा सेना को दिमाख मा माओबादी को त्रास अझै छ कि जस्तो छ,पहिला त सजिलो थियो माओबादी भन्दियो फल्दियो अब चाही गार्हो छ है,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 9

      • krishna shrestha

        अहिलेका मुलुकका हर्ताकर्ता जोसग बन्दुक छ त्यहिँ त हो नि ! अनि बन्दुकले भनेको नपत्याउने साहस गरेर किन छिट्टै माथिको टिकट काट्ने माथि पनि ठाउ छैन रे शहिदहरुले खचाखच छ रे !धर्म भक्क्त ,गङ्गालाल दशरथ ,सुक्रराजलाइ त मुन्टाएर हटाइ सके रे ! किनकि उनीहरुको मृत्यु पछी लाखौ रकम सरकारले नदिएकोले नक्कली शहिद भएछन उनिहरु !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 8

        • कृष्णजी! तपाईको को पुगेर आएछ? राम्रो रिपोर्ट ल्याउनु भएछ !धन्यबाद!

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    eXTReMe Tracker