विदाको दिन शनिबार। बिहान एउटा गन्तव्यविहीन यात्रामा निस्कन मन लाग्यो। केही पाए खिचिहाल्छु भन्ने सोचेर ब्यागभित्र क्यामेरा हुलेँ र लागेँ पश्चिमतिर लखरलखर हिँड्दै। हातमा गह्रुँगो ब्यागको भारी नबोके पनि कलंकी पुग्नेबित्तिकै ‘पोखरा हो?’, ‘चितवन हो?’, ‘कहाँसम्म दाइ’ भन्दै माइक्रो र बसका एजेन्टहरु हातै तान्न आइपुगे। कलंकीको बाटो हिँड्ने सबै थानकोट कट्ने उद्देश्यले हिँडेका हुन्छन् भन्ने ठान्दा रैछन् कि के हो यिनीहरु! उनीहरुलाई पन्छाउँदै एक किलोमिटर हिँड्दा पनि उल्लेखनीय केही नदेखिएपछि फनक्क फर्किएँ।
कलंकी चोकबाट दायाँतिर मोडिएँ- बल्खुतिर चक्रपथको बाटो हुँदै। एक जमानामा यो चक्रपथको बाटोमा मानिसहरु एक घण्टामा कति गाडी गुड्छ भन्दै गन्दै बस्थे रे। अहिले त एक मिनेटमा कति गाडी गुड्छ पनि गन्न गाह्रो भइसक्यो। त्यसैले बाहिरी चक्रपथ बनाउने कुरा भइरहेका छन्। यो चक्रपथमा विद्युतीय बस चलाउने कुरा पनि गफै भइसक्यो। अहिले फेरि फ्लाइ ओभर बनाउने अध्ययन भइरहेको छ रे।

पानी नै बग्न छाडेको बल्खुको खोलामाथि बनेको पुलतरेर केही बेर हिँडेपछि सामूहिक स्वरमा सुमधुर गीतको आवाज कानमा पर्यो। यसो हेरेँ- एउटा टहराजस्तो घरमा क्रसको चिह्न रहेछ। अर्थात् क्रिश्चियनहरुको चर्च रहेछ त्यो। आवाजले तान्यो मलाई। कसरी प्रार्थना गर्दारैछन् उनीहरु हेर्न मन लाग्यो। म त्यतैतिर तानिएँ।
त्यो रहेछ बल्खुको सलोम चर्च। बाहिर गेटमा तीन युवकहरु आगन्तुकलाई नमस्ते गर्दै स्वागत गर्दै थिए।
‘भित्र गएर हेर्न र फोटो खिच्न पाइन्छ?’ मैले एक जनासँग सोधेँ।
‘पाइन्छ, पाइन्छ, किन नपाउनु’ क्याप लगाएका एक जनाले हँसिलो स्वरमा भने। उनको हातमा ‘मेटल डिटेक्टर’ थियो। केही अघि केही पापीहरुले चर्चमा गरेको आक्रमणको फलस्वरुप सतर्कता अपनाउन त्यसो गरिएको होला।
‘पहिलो पटक आउनु भएको हो?’अर्कोले सोध्यो।
‘विश्वासी त हो नि,’ क्यापवालाले सोध्यो। मतलब क्रिश्चियन धर्म मान्ने हो कि हैन भनेर सोधेको होला।
मैले सीधै ‘होइन’ भनेँ।
मेरो आशाविपरीत उनले मेरो हात अझ हार्दिकतापूर्वक समाते र भने जानुस् जानुस् पाइहालिन्छ नि।
मेरो उद्देश्य त्यहाँको प्रार्थनामय वातावरणको महसूस गर्नु, ‘विश्वासी’हरुको उनीहरुको प्रभुप्रतिको विश्वासलाई अझ नजिकबाट हेर्नु र केही फोटोहरु खिच्नु थियो। मैले फेरि सोधेँ- ‘फोटो त खिच्न मिल्छ हैन?’
‘मिल्छ, मिल्छ’, अब त त्यहाँ भएका तीनै जनाले जवाफ दिए।
क्रिश्चियन हैन भनेर भन्दाभन्दै पनि मलाई त्यहाँ उनीहरुले जुन हार्दिकता देखाए, त्यसबाट म प्रभावित भएँ। म लागेँ हलतिर। के गाइरहेका थिए, मैले बुझिरहेको थिइनँ। तर त्यो सुमधुर थियो। शायद वातावरणले पनि होला कि।
केही महिनाअघि काठमाडौँ कै चर्चमा पापीहरुले गरेको बम आक्रमणको घटना सम्झिएँ। दशैँताका धरानको एउटा चर्च परिसरमा पाल भत्किएर कति धेरैको ज्यान गुमेको सम्झिएँ। ती सब घटनामा हाम्रा क्रिश्चियन दाजुभाइसँगै हामी सबै मानव पनि रोएका थियौँ। भदौ १९ काण्डमा भीडले मस्जिदहरुमा आक्रमण गरी उनीहरुको पवित्र कुरानलाई च्यातेर अपमान गरेको सम्झँदा अझै पनि मन दुख्छ सबै मानव धर्म मान्नेहरुको। कुनै पनि धर्म आफैमा खराब हुन्न। तर सबै धर्ममा खराब मान्छेहरु हुन्छन्। विश्वास जुन धर्ममा भए पनि माया, प्रेम, आपसी विश्वास, अहिंसा र सद्भाव मानव धर्म हुन्। म विपश्यना ध्यानको अभ्यास गर्छु तर बाटोमा हिँड्दा आइपडमा ॐ भुर्भुवस्वः देखिका विभिन्न वैदिक मन्त्रहरु सुन्न रुचाउँछु। मुस्लिमहरुले अल्लाह….भनेको रिदम एकदमै मनपर्छ। कमाएको निश्चित रकम दान गर्नुपर्ने उनीहरुको नियम र विपश्यनामा सिकाइने अहं भाव त्याग्न गृहस्थहरुले दान गर्न गरिने प्रोत्साहनको उद्देश्य लगभग एकै हो। अरुका लागि सामूहिक प्रार्थना गरिदिने क्रिश्चियनहरुको प्रवृत्ति ध्यानबाट प्राप्त आत्मिक सुख मानवलाई मात्र हैन पृथ्वीलोकका सबै प्राणीले पनि पाउन् भनी विपश्यनाको अन्त्यमा गरिने मंगल मैत्रीको उद्देश्य एकै हो।

जुत्ता फुकाल्नुपर्ने रहेछ हलभित्र पस्न। फुकालेर भित्र पसेँ। महिला र पुरुषको छुट्टाछुट्टै लहर रहेछ। टिनको छानो छाएको झण्डै २ सय जना अट्ने हल पूरै भरिएको थियो। सबै प्रार्थनामग्न थिए। अगाडि मञ्च जस्तो थियो, त्यहाँ ६ पुरुष र २ महिला माइकमा केही गाउँदै थिए।
बाहिर गेटबाट हार्दिकतापूर्वक अनुमति पाइसकेको हुनाले म अघिल्लो लहरतिर पुगेँ र क्यामेरा निकालेर फोटोयोग्य दृश्य खोज्न थालेँ। प्रार्थनामग्नहरुको ध्यान बिग्रिएला भनेर फ्लास राख्न चाहिनँ, त्यसैले क्यामेराको सेटिङमा आइएसओ बढाएँ। एउटा क्लिक मञ्चमा अर्को क्लिक हलमा भएका मान्छेहरुतिर। अर्को क्लिक गर्न भ्याएको थिइनँ, मञ्चको बायाँतिर बसेका एक जना हर्ताकर्ता जस्ता देखिने मान्छे हुर्रिँदै आएर सोध्यो- ओए के खिचेको? किन खिचेको? कहाँबाट हो?
बाफ् रे, एउटा प्रश्नको जवाफ दिन नपाउँदै कति धेरै प्रश्न।
मैले आफू कार्यरत संस्थाको नाम बताएँ। उनले बुझेनन्।
अनुमति लिएको हो?
हो।
कहाँ?
गेटमा
त्यति सवालजवाफमा नै उनी मदेखि असन्तुष्ट भएको प्रष्ट भइसकेको थियो। उनको मनमा म प्रति क्रोध जागिसकेको थियो। मैले ‘खिच्न मिल्दैन हो? सरी, त्यसो भए जान्छु नि त’ भनेँ र तत्काल अर्को ढोकाबाट बाहिरिएँ। उनी फर्किए आफ्नै स्थानमा। त्यो हलमा दुई वटा प्रवेशद्वार रहेछन्। म अघिल्लो प्रवेश द्वारमा फर्किएँ र अघि फुकालेको जुत्ता लगाएँ र त्यहाँबाट बाहिरिएँ। मलाई थाहा पनि थिएन के हो, कस्तो हो- पहिलो पटक चर्च छिरेको थिएँ।
गेटमा अघि मलाई हार्दिकताका साथ स्वागत गर्ने दाइहरुलाई ‘बेकारमा गाली खाइयो नि’ भनेर भनेँ। उनीहरुले ‘कसले गाली गर्यो र आउनुस् म सँगै लैजान्छु तपाईँलाई’ भन्न थाले। अब फेरि त्यहाँ जानु भनेको त्यो अघिको मान्छेको असन्तुष्टि झन् बढाउनु मात्र हुन्थ्यो। सानै भए पनि हल्लाले त्यहाँको प्रार्थनामग्न वातावरणमा केही सानै मात्र बाधा पारे पनि त्यो म जस्तो उनीहरुको नजरमा ‘अविश्वासी’को कारणले होस् भन्ने म चाहन्न थिएँ। बरु म बित्थैमा त्यो व्यक्तिको असन्तुष्टिको कारण बनेकोमा पछुतो लागिरहेको थियो। म त्यहाँ नभएको भए कम्तिमा उनी एक जना त असन्तुष्ट हुने थिएनन् नि। मैले आफू कार्यरत संस्थाको भिजिटिङ कार्ड ती दाइलाई दिएँ र ‘होस् अब म लाग्छु है’ भनेर हिँडेँ। उनीहरु ‘सुन्नुस् न हाम्रो कुरा’ भन्दै जोड दिँदै थिए। मैले फर्केर हेरिनँ। फर्कँदा मैले ती प्रार्थनाका आवाजहरु प्रष्टसँग सुनिनँ।
सबको मंगल होस्!
No related posts.









christain धर्मले कसैलाई पनि लोभ देखायर आफ्नो धर्मको प्रचार गरेको होइन बरु दुखि असहाये हरुलाई सहयोग गरेर परमेश्वोरको प्रेम बाडेको हो /
नेपालमा अहिले येसरी सहयोग गर्ने मान्छेहरुको धेरै नै खाचो छ त्येसैले सबै मिलेर प्राथना गरौ कि यस्ता मिस्सेनारीहरु अझै बढ्दै जाउँन /
हामी सबै परमेश्वोरका सृष्टि हो आपसमा प्रेम बदौदै जाऊ .
मन परे हरियो, नपरे रातो
0
1
म रोम पनि घुमी सके, तेहा का धेरै चर्च मा पनि गए, धेरै तस्बिर पनि लिएको छु | पहिला पहिला कसरि धर्म प्रचार गर्दा रहेछन भनेर थाहा (तस्बिर बाट) भयो | हत्या र आतंक बाट जबरजस्ती, गाउँ का गाउ मानिस हरु लाइ सखाप ( जधन्य हत्या ) गरि तर्साएर गरेका रहेछन, यो धर्म त मुस्लिम धर्म भन्दा पनि आतंकित धर्म रहेछा,
हुन त जिसस ले नै भनेका रहेछन
” यो नसोच्नु कि म संसार मा शान्ति को लागि आएको हु, बदला अशान्ति फैलाउन आएको हु” | – ( बाइबल – King James बाइबल)
मलाइ एउटा साथि (धेरै सिनियर) ले बाइबल को बारेमा धेरै कुरा को ज्ञान दिनु भयो र
म रोम पनि घुमी सके, तेहा का धेरै चर्च मा पनि गए, धेरै तस्बिर पनि लिएको छु | पहिला पहिला कसरि धर्म प्रचार गर्दा रहेछन भनेर थाहा (तस्बिर बाट) भयो | हत्या र आतंक बाट जबरजस्ती, गाउँ का गाउ मानिस हरु लाइ सखाप ( जधन्य हत्या ) गरि तर्साएर गरेका रहेछन, यो धर्म त मुस्लिम धर्म भन्दा पनि आतंकित धर्म रहेछा,
हुन त जिसस ले नै भनेका रहेछन
” यो नसोच्नु कि म संसार मा शान्ति को लागि आएको हु, बदला अशान्ति फैलाउन आएको हु” | – ( बाइबल – King James बाइबल)
“Don’t think that I came to bring peace to earth. I didn’t come to bring peace but conflict.”
King James Bible
मलाइ एउटा साथि (धेरै सिनियर) ले बाइबल को बारेमा धेरै कुरा स्पस्ट भन्नु भएको थियो, मैले उहा लाइ हावा को कुरा गर्ने भने तर पड्दै जादा त, उहा त धेरै अनु भावी हुनु हुदो रहेछा” पड्दै जादा त बल्ल थाहा भयो कि, बाइबल र त्यो धर्म को बारेमा | मैले Dr. Tilak Shrestha ले लेखेको कुरा लाइ पनि हावा जस्तो लागेको थियो, तर उहाले सत्य र तथ्य कुरा गर्नु भएको रहेछा | अरु लाइ दर र त्रास देखाएर, नर्क मा जान्छौ भनेर अझै पनि त्यो धर्म प्रचार गर्दै छन् | लोभी र बुद्दी बिग्रेका नेपालि दाजु भाई लाइ खोइ के भनौ !!!???
मन परे हरियो, नपरे रातो
5
5
म रोम पनि घुमी सके, तेहा का धेरै चर्च मा पनि गए, धेरै तस्बिर पनि लिएको छु | पहिला पहिला कसरि धर्म प्रचार गर्दा रहेछन भनेर थाहा (तस्बिर बाट) भयो | हत्या र आतंक बाट जबरजस्ती, गाउँ का गाउ मानिस हरु लाइ सखाप ( जधन्य हत्या ) गरि तर्साएर गरेका रहेछन, यो धर्म त मुस्लिम धर्म भन्दा पनि आतंकित धर्म रहेछा,
हुन त जिसस ले नै भनेका रहेछन
” यो नसोच्नु कि म संसार मा शान्ति को लागि आएको हु, बदला अशान्ति फैलाउन आएको हु” | – ( बाइबल – King James बाइबल)
“Don’t think that I came to bring peace to earth. I didn’t come to bring peace but conflict.”
King James Bible
मलाइ एउटा साथि (धेरै सिनियर) ले बाइबल को बारेमा धेरै कुरा स्पस्ट भन्नु भएको थियो, मैले उहा लाइ हावा को कुरा गर्ने भने तर पड्दै जादा त, उहा त धेरै अनु भावी हुनु हुदो रहेछा” पड्दै जादा त बल्ल थाहा भयो कि, बाइबल र त्यो धर्म को बारेमा | मैले Dr. Tilak Shrestha ले लेखेको कुरा लाइ पनि हावा जस्तो लागेको थियो, तर उहाले सत्य र तथ्य कुरा गर्नु भएको रहेछा | अरु लाइ दर र त्रास देखाएर, नर्क मा जान्छौ भनेर अझै पनि त्यो धर्म प्रचार गर्दै छन् | लोभी र बुद्दी बिग्रेका नेपालि दाजु भाई लाइ खोइ के भनौ !!!??? किरण(देशभक्त)
मन परे हरियो, नपरे रातो
3
4
एउटै धर्म मानबबाद ,अरु सबै वादविबाद ,,,,,
मन परे हरियो, नपरे रातो
10
1
it’s not bad way of ur journey it is necessary in our life. we must know abt many more culture,riligion,socity in our life because our life is a period of taking experience althoug that one day when we go for far we do not get anythings with us. i m sorry n worry abt this happening of church……..
मन परे हरियो, नपरे रातो
0
0
मानवता नै सबै भन्दा ठुलो धर्म हो / जुन धर्म मा आस्था राखेपनि मानवता कहिले बिर्सिनु हुदैन / सबै धर्म समान हुन् / बिकृति हरेक धर्ममा छन् / धर्म गलत हुनै सक्दैन तर धर्मात्मा भनिन चाहने हरु गलत हुनसक्छन / तिम्रो धर्म तिम्रो आत्मामा श्रीजना हुने ‘ मानवता ‘ले निर्धारण गर्दछ कि तिमि कत्तिको धर्मात्मा छौ न कि तिम्रो आश्थाको दर्शनले / तिम्रो पाप र तिम्रो धर्म तिम्रै आत्माले तौलने छ कुनै चित्रगुप्त र परमेश्वर ले होइन / तिम्रो पाप र धर्म को सजाय र प्रतिफल येही पाउने छौ कुनै स्वर्ग र जन्नत कुर्नु पर्दैन /
मन परे हरियो, नपरे रातो
2
0
धर्मले गर्दानै यो संसारमा येत्रो लदाइ भै राखेको छ अब् एसको धेरै कुरा नगरौ साथिहरु हो/ इंडियामा हिन्दु, मुस्लिमको लडाई, इराकमा क्रिस्चियन मुस्लिमको लडाई ,अझ हिदु धर्म भित्र पनि ब्राहमण (ठुलो जाति ) तल्लो(सुद्र होकी के हो? ) जाति छन् / येसरी मानिसहरुलाइ श्रेणी बिभाजन गर्दै लडाउने संगठन(धर्म)को कुरा गरेर समय फाल्नु बेकार छ / यो मेरो व्यक्तिगत सोचाई हो साथीहरु हो र तपाईहरुको धारणालाइ पनि म स्वागत(कदर) गर्दछु /
मन परे हरियो, नपरे रातो
3
0
शालोक्याजी को लेखको लागि धन्यवाद. क्रिस्चियन भन्ने सब्द बाइबल मा केवल ३ ठाउमा मात्र उल्लेख गरियको छ. बास्तबमा क्रिस्चियन भन्ने शब्द पहिलो सताब्दिमा येशु माथि बिश्वास गर्ने हरुलाई अरु मानिसहरुले हेपेर बोलेको नाम हो. True Christianity आफैमा धर्म होइन. एस्लाई धर्म को नाम दिने काम येस्का तत्कालिन अगुवा हरुले गरे.
The foundation of Christianity is based upon the following two simple teaching:
1. Love your God with all your heart, with all your soul and with all your mind and
2. Love your neighbor as you love yourself.
मन परे हरियो, नपरे रातो
11
0
ओहो मित्र हरु मलाई एउटा कुरा भन्न दिनुहुन्छ भने भनौ कि त्यो के भने पोइला जाने … भंछन्नी गाउतिर तिनी हरु पोइला गएर कुनै धर्म लै केहि फरक पर्दैन बरु त्यो धर्ममा रहेका लोभी हरु घट्छन जान दिनुस चिन्ता नगर्नुस . धर्म ले कसैलाइ बाधेर रखादैन कोइ पोइला जान्छ भने जान दिनु पर्छ . तर एउटा कुरा नबिर्सनु गोराले हरेक तिर बाट आफुलाई बलियो बनाउदै लागेको छ . धर्म प्रचार त एउटा जाल मात्र हो . अरुत मलाई भन्दा तापैहरुलाई नै थाहा रहेछा लौ त जो आज्ञा. नारायण .
मन परे हरियो, नपरे रातो
1
6
I think the folks here are getting misinformed about ” Dharma aafai ma kharab hudaina tara sabai dharma ma kharab manchheharu hunchhan” as there are good reasons to believe that quite opposite of that statement is true. I dont think that anybody here seems to be concerned about how do we know a certain religion “X” is true. First we have to check the claims made by different religions along with their credibility. Most of them and especially Abrahamic religions(Judaism, Christianity and Islam ) are all about only our god is a true god and whoever doesnt believe our god after knowing or after having the chance of knowing it, they are subjected to burn in hell for eternity. I think being good just because to avoid being sent to hell or a certain being (lets call it a god) orders so is a bad reason for being good. As far as I am concerned, I am not impressed by any of the religious moral theory, and in the contrary there are lots of other plausible godless moral theory that are far more convincing about the origin of the morality.
मन परे हरियो, नपरे रातो
1
1
I think the folks here are getting misinformed about ” Dharma aafai ma kharab hudaina tara sabai dharma ma kharab manchheharu hunchhan” as there are good reasons to believe that quite opposite of that statement is true. I dont think that anybody here seems to be concerned about how do we know a certain religion “X” is true. First we have to check the claims made by different religions along with their credibility. I think being good just because to avoid being sent to hell or a certain being (lets call it a god) orders so is a bad reason for being good. As far as I am concerned, I am not impressed by any of the religious moral theory, and in the contrary there are lots of other plausible godless moral theory that are far more convincing about the origin of the morality.
मन परे हरियो, नपरे रातो
0
3
एकपटक आइन्स्टाइनले सुकरातलाई धर्म र विज्ञानबीचको भिन्नताका बारेमा जिज्ञासा राखेछन् । सुकरातले यस्तै केही भनेका थिए रे, “विज्ञानमा सधैं नयाँ-नयाँ सिद्धान्तहरू प्रतिपादन भइरहन्छ । नयाँ सिद्धान्तले पुरानो सिद्धान्तलाई सदैव माथ खुलाइरहेको हुन्छ । विज्ञान परिवर्तनशील छ, अर्थात् विज्ञान सदैव झुटो नै रहन्छ, विज्ञान कहिल्यै साँचो हुन सक्दैन । तर धर्म, धर्म सदैव साँचो रहेको थियो, छ र रहिरहन्छ । तर धर्मका केही ठेकेदारहरूले धर्मलाई सही देखाउन यति धेरै झुटको सहारा लिइरहेका छन् कि धर्मबाट मानिसहरूमा वितृष्णासमेत उत्पन्न भइरहेको अवस्था छ । तर धर्म तटस्थ र अपरिवर्तनीय छ ।”
“कुनै पनि धर्म आफैमा खराब हुन्न, सबै धर्ममा खराब मान्छेहरु पनि हुन्छन् ।” उमेशजीको यो भनाइ अनि उहाँको भोगाइ र सुकरातको विचार एकदमै सही छ ।
नेपालमा मात्र होइन विश्वभर क्रिश्चियन मिशन ‘छाएको’ छ । जुनसुकै धर्म भएपनि धर्मको पाठ पढाउनु जस्तो राम्रो अरु के हुन सक्छ । तर अरुले मान्दै आएको ‘धर्म’लाई नराम्रो रूपमा प्रस्तुत गर्दै गरेर आफ्नो ‘धर्म’ राम्रो देखाउन खोज्नु उचित होइन । भर्खर बुझ्ने भएको उमेरमा एकजना विश्वासीले “हतियारहरू बोकेको ९ वटा हात, डरलाग्दो कालो अनुहार, जिब्रो निकालेको उग्र रूप, मानवखप्परहरूको माला लगाएको पनि भगवान हुन्छ” जस्तो कुरा गरेर रिझाउन खोजेको सम्झना अझ ताजै छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
पुष्प जी
आइन्स्टाइन ले सपना मा राखेको थिए भन्न खोज्नु भएको हो ?सुकरात येरिस्तोटल का पनि गुरु थिए , आइन्स्टाइन त् भर्खर १९ सताब्दी का न थिए |
अलि टाइम कन्फ्लिक्ट भए जस्तो छ |
मन परे हरियो, नपरे रातो
11
3
माफ गर्नुहोला, ‘एकजना दार्शनिक’ भन्न खोजेको सुकरातको नाउँ पो आएछ ।
धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
13
“कुनै पनि धर्म आफैमा खराब हुन्न, सबै धर्ममा खराब मान्छेहरु पनि हुन्छन् ।” उमेशजीको यो भनाइ …………….
पुष्प जी म अलि कनफ्युज भए … सालोक्यजी र उमेशजी एकै व्यक्ति हुन्?
मन परे हरियो, नपरे रातो
1
1
स्थिति ‘गरिब’ भए पछी बिस्तारै ‘मन’ पनि गरिब हुदो रहेछा – - –
यहि गरिबीको परिणाम हो यो च्याउ उम्रे सरि चर्च निर्माण ले प्रथामिकता पाउन
मद्दत पाएको – - –
धर्मको आडमा क्रिस्टियन मिसनले घाउ बनाउदै गएको छ नेपालीहरुको सस्कृति मा —-
क्रिस्टियन धर्म मिसन ले हिन्दू – बौद्ध दुवै धर्मका अस्थाबान हरु प्रति लोभ को जग
बसाल्न सफल भएको छ – - –
सत्य तथ्य ” थाहा ” पाउन शहर भन्दा पनि दुर्गम छेत्र – बिकट छेत्र तिर गएर बुझ्दा
हुन्छा – -
सदियौ देखि आफ्नै सस्कृति मा भिज्दै आएको आफ्नै आगन नजिकको बौद्ध स्तुपा ” ठाडो ” ( काम नलाग्ने बस्तु ) को रुपमा ठडिन पुगेको छ भने त्यहिँ बौद्ध स्तुपा नजिकै अत्यन्तै शुन्दर जग्गा ओगटेर त्यहा चर्च बनाएको छ !
अनि गाउले हरु केहि प्राप्त हुने लोभमा चर्च हल भित्र ” हाल्यू हुइया ” ( हो कि के हो एक किसिमको भजन गित ) गाइरहेका हुन्छन – -
आफ्ना सन्तान लाइ पढाइ देलान , बिरामी हुदा औसधि देलान – - यो चै बिपन्न बर्गको आशा हुन्छा क्रिस्टियन धर्म मा लाग्नुको कारण – -
सम्पन्न बर्गको आशा चै धर्म प्रचार प्रसार को क्रम मा विदेश जाउला – - डलर कुम्ल्याउला भन्ने नै हुन्छा – -
उनीहरु हरियो घास ( डलर ) छार्चन – - हामीहरु भोकमा चपाउछौ – -
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
12
Luna Jee, I salute you. You are 100% right. Thanks.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
6
लुनाजी ! तपाइंले हिन्दु र बौद्वको आँखाबाट चर्चलाई हेर्नु भयो नी | एकतन्त्रीय शासनमा हामीलाई कुनैपनि आस्था रोज्ने अधिकार थिएन| अब हामी धर्म निरिपेक्षमा गैसकेपछि संसारमा भएको जुनसुकै धर्म रोज्न पाउनु हाम्रो लोकतान्त्रिक अधिकार हो| यदि कसैले हाम्रो सदियौंदेखि चलिआएको धर्मका विरुद्व कुनै खोट देखाउंछ भने त्यसको प्रतिवाद गर्नुपर्यो , आफ्नो धर्म सबल देखाउनु पर्यो| अबका मानिसहरु असल खराब छुट्याउने भैसकेका छन् , परम्परामा टाँसिनेवाला छैन | चर्चलाइ गाली गर्नुभन्दा हाम्रो मन्दिर र गुम्बाहरुलाई समय अनुसार परिमार्जन गर्दै लाने कि ? हाम्रो नेपालमा एकथरी मानिसहरु ठुला ठुला प्रगतिशील गफ हाँक्न सिपाला छन्, जब धर्मको कुरो आउँछ, अनि हिन्दुत्वकै समर्थनमा जुटेको पाइन्छ र बेला बेलामा हिन्दुराज्यको वकालत नजानिँदो प्रकारले गरिएको हुन्छ | कुनै धर्म बिशेषको राज्य भन्नु कतिको दुस्साहस हो ? कि इस्लामिक राज्यको अनुशरण गरेको हो? लुनाजी ! तपाइंलाई तोकेर भनेको होइन है | मैले generalize गरेको हुँ| साहित्यको बिधार्थीको हैसियतले मा तपाइंको कवितात्मक कमेन्टको जबर्जस्त fan हुँ | एकचोटी http://www.sherpaworld.com मा गएर “न्युयोर्कमा सोलुखुम्बु ” पढ्नु भयो भने मेरो धार्मिक आस्थाबारे राम्ररी थाह पाउनु हुनेछ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
16
शसांक जी !
मैले हिन्दू र बौद्दको आखाबाट चर्च लाइ हेरेको होइन कत्ति पनि .
हिन्दू र बौद्द को आखाले चर्च लाइ मात्रै होइन मस्जिदलाई अनि संसारमा अबस्थित
सबै रचानात्मक्तालाई सम्मानको आखाले हेर्छा , यो मलाइ था छ कम्तिमा पनि र म
पनि उसै गरि सम्मान को आखाले हेर्छु .
मैले यहाँ ( नेपाल का ) चर्च लाइ चर्च निर्माण गर्ने मनस्थितिहरुको आखाबाट हेर्ने
प्रयास गरेकी हु ( समाज भित्रको तिक्ततालाई देखेर नै यो प्रतिक्रिया लेखे ) .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
लुना जी
तिरस्कृत भएर कुकुर पनि घरमा बस्दैनन्/ हाम्रा धर्म गुरुनामका ब्यक्तित्वो शोसक हरुले म ठुलो जातको तिमि छुनै नहुने शुद्र भनेर शुद्र भनिएकाको समाज लाई समाजमा अछुत दर्जा दिएर फालेको उब्रेको पाउन खान पनि कमारा बनाईएको कारणले बिरक्त भए यिनीहरु/ हात खुट्टा ढोकाउन्दा छुवाउन हुने अरु बेला मन्दिर पस्न नपाउने, देबी देवता छुन नपाउने, कुवा छुन नपाउने भन्नेको माझ कतिन्जेल आफुलाई मार्दै बाच्न सक्छ कोहि लुना जी/
योग्य भए पनि आफ्नो योग्यता ठुलाकै सेवामा चढाउनु पर्ने अन्त् यिनीहरु बिक्दै नबिक्ने/ लुनाजी ले सुन्नु भएको छ संस्कृत पुजा पाठमा पोख्त भएर कुनै सुद्र्ले पुजारी बन्न पाएको? अरु त् अरु लोक तन्त्र आई सक्यो रास्त्रनै धर्म निर्पेक्छ्य रास्ट्र भएको घोसना भई सके तर पशुपतिको मूल द्वारमा “मात्र हिन्दु लाई प्रवेश” भनि अरुलाई प्रवेश निषेधाज्ञा गरिएको किन हातायियेंन? तेस्तै निषेधाज्ञा कयौं मन्दिरहरुमा अझै छन्/ यो संसार र समस्त प्राणी ब्रम्हाले श्रीस्ती गरेको भनि दावी गर्नेले देबी देवताको मन्दिरमा यसले प्रवेश पाउने उसले नपाउने भनि भन्न पनि कसरि सके?
अरुको लुटेर थुतेर सम्पन्न भएका हरु ले आफुले पुर्ब जन्म मा तपस्या गरेको फल भन्दै गर्ने अनि अरुलाई आफैले शोसन गरेर गरिब र बेसहारा बनाउंदै गर्ने अनि उसैलाई उसको कर्मको दोष देखाउने हरु भन्ने हरुले मानेको आस्थामा कोहि कतिन्जेल बिस्वास गरिरहन सक्छ?
यी कुराहरु गरेर न मैले हिन्दु धर्मको आलोचना गरेको हो न हिन्दु धर्ममा आस्था गर्नेहरुको मन मा चोट पुराउन खोजेको हो/ तर कसैले मात्र होयिन धेरैले हिन्दु धर्मको मर्म बिगारेको त् पक्कै हो/ अब येस्मा बिरोध गरे फेरी नास्तिक भनि गालि खायिनु पर्ने/ त् व्यक्तिले धर्म परिबर्तन गरे/ तर येस्मा कोहि किन बिचलित हुनु पर्यो/
सबै धर्ममा भगवानले एउतै कुरा गरेको छ ” मलाई तिमीहरुले जुनसुकै नाम दिए पनि रुप दिए पनि म त् उही हो जुन तिम्रो मनमा छ;” के यो गलत हो? होयिन भने जुनसुकै नाम दिएको भगवान पनि आखिर एउतै हुन् नि, हामीले नाम दिएकै नाम बात भगवान को भजन गाउनु पर्छ भन्ने के छ र?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
15
लुना आन्टी,
धर्म भनेको परोपकार हो, हिन्दु, बुदिस्ट, मुस्लिम, क्रिस्टियन, यो सबै सस्थाको नाम हो, सस्थामा धेरै राम्रा काम पनि हुन्छन र नराम्रा पनि, मन्दिर जानु, पूजा गर्न, चर्च जानु प्राथना गर्नु भनेको आस्था हो विश्वास हो, यो आस्था र बिस्वाश लाइ पैसा ले किनेर अनि बन्दुक को डरले स्थैत्य हुदैन. तपाइले बुझ्दै नबुझी कमेन्ट लेखे जस्तो लाग्यो मलाई मेरो विचारमा तपाई नपढेको विद्वान जस्तो लाग्यो. राम्रै सबै सस्थाको पुस्तक पढ्नुस अनि कमेन्ट लेख्ने कोसिस गर्नुस.
धन्यबाद
प्रकाश
मन परे हरियो, नपरे रातो
2
7
प्रकाश जी ! ( बाबु )
तपाइले मिठो यथार्थ लेख्नु भो , मैले तितो यथार्थ लेखे .
( तपाइको भावनाको म सम्मान गर्छु हिर्दय देखि नै , मेरो सोचाई पनि तपाइको जस्तै छ धर्म को मामलामा , हामीले सबै धर्म र आस्थाबान लाइ सम्मान गर्नु पर्छा .
यो भन्दा अघिको प्रतिक्रिया चै क्रिस्टियन धर्म फैल्याउने ” मिसन ” प्रति हो , फेरी पनि दोहोर्याएर लेख्दै छु मैले . )
धन्यबाद .
मन परे हरियो, नपरे रातो
7
3
लुना आन्टी
धन्यवाद. मैले त आज सम्म क्रिस्टियन धर्म फैलाउने मिसन देखेको छुइन, होइन कस्तो हुन्छ यो मिसन? कसलाई फाइदा हुन्छ क्रिस्टियन बनाएर? कसको डलर सस्तो छ र ? डलर कमाउन कति गारो हुन्छ? हाम्रो देशमा जस्तो लुटेर भ्रस्टचार गरेर कमाउन सक्दैन, मिहिनेतको पसिना हो डलर.
ह कोइ गोरा अनि गोरा जाति ओर काला जतिहरु दयालु हुन्छन गरिबलाई दुख पर्दा हेल्प गर्छन, नेपाली क्रिस्टियन हरुको दुख देखेर प्राथना गर्ने घर बनाउन सहयोग गर्छन. अरु के भनौ नक्रिस्टियन हरुलई पनि सहयोग गर्छन विविन्न सस्थाको मार्फत. उनीहरुलाई सिकाउछां लिनु भन्दा दिनु उत्तम. तर हामी नेपाली लिनु भने पछि मरिमेत्छौ. यो सबै तपाइको भ्रम हो आन्टी, सबैलाई आदर गरौ तुच्छ मानिस भएर नाबचौ, अरुलाई बाच्न सिकाउ.
माफ गर्नुस एदी कडा सब्दमा उत्तर दियो भनेर.
प्रकाश
मन परे हरियो, नपरे रातो
6
6
हे प्रकाश बाबु !
तपाइँको उपरोक्त प्रश्न
# मैले त आज सम्म क्रिस्टियन धर्म फैलाउने मिसन देखेको छुइन, होइन कस्तो हुन्छ यो मिसन? #
को जवाफ यसबाट मिल्छ कि ।
क्रिश्चियनहरुले गाउँघर र सहर जताततै धर्म परिवर्तन गर्दै गराउँदै हिँड्नु नै उनीहरुको एउटा मिसन हैन र ? यदि उनीहरुको मिसन देख्नुभएको छैनभने ती चर्चहरुमा गएर सर्म्पर्क गरे हुन्छ । साथै बाइबल अध्ययन गरे पनि हुन्छ ।
मन परे हरियो, नपरे रातो
3
2
हैकम badi अध्यात्मिक चिन्ता नै कुनै पनि धर्मको बिस हो , मै हु भन्ने बाबा ले पनि वास्तविक धर्म अंगालेको chaina . सिर्प उ आफ्नो धर्म हैकम jamaunu bestya छ हैन भने कलि बाबा लै हेनु , नेपाली bajhaune काम गरि रहेको . यो एउटा udaharan मात्र हो . मानिसको पहिचान किनुलाई धर्म भनिदैन , tyo चोर हो .
मन परे हरियो, नपरे रातो
3
2
आर्काको मन नदुखाउनु संसारको सबै भन्दा ठुलो धर्म हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
लिबुजी
उसलाई जसले जे नाम दिए पनि उ त् उही नै हो जो हाम्रो भित्र छन्, उसका बचन कानले फरक फरक सुनिने जस्तै बोलीमा लेखिए पनि मनले बुझ्ने त् यकै हुन्/ संसार उसको हामि उसको अनि किन उसलाई एसको तेस्को भन्ने?
मन परे हरियो, नपरे रातो
0
0
It is ironical that the scholars like Henry David Thoreau, Albert Einstien, Robert Openheimmer, Nikola Tesla, Carl Sagan etc. were influenced by the philosophical background written in Vedas, Upanishads and Gita. These people from west studied our book and understood, and became respectful for what our ancestors have left to us. But, “us” … we don’t care about the philosophies. How many of us have read Vedas, Upanishads, Gita, etc, so that they can judge under what umbrella our culture and traditions have fostered?
I am in a Christian college, and I have studied the bible. Ask Christians (by which I mean not the resent converts like in Nepal), majority of Christians read their bible, and despite the flaws in the stories in the Bible (which I know because we have a class, Understanding of Christianity) they can make Christianity look nice and all.
But, how about us? Do, we read our scriptures? How many people who visit this blog know that speed of light (very precise) was written in Rigveda way before any westerner “discovered” the speed of light. How many of the people who read this blog know that only in vedas are the only religious text that explain the universe most accurately then scriptures of any other religion (http://www.nautis.com/2007/08/carl-sagan-on-hinduism/). We don’t know our own heritage but the scholars mentioned above stuided them and they have/had huge respect for the knowledge prevailed behind our (Hindu) tradition. And us, we comment on the things we’ve never read on, thinking what we think is right. Sometimes I think had the westerns not taken our Vedas and other books to their university, we would have killed our own immenseness of knowledge, and simply turn Christians forgetting what we actually lost.
Let it be known that I am not saying Christianity is bad. I am saying converting without identifying yourself, neither reading Veda nor the Bible is just insane.
KY, USA
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
सर्वे भवन्तु सुखिना:सर्वे शन्तु निरमायी;सर्वे भद्रानी पश्येन्तु:मा कश्चिदा,दु:ख
भाग्जन.
मन परे हरियो, नपरे रातो
10
2
सबै धर्मको गन्तव्यस्थान एकै हो;प्रवेश स्थान मात्र अलग अलग /
मन परे हरियो, नपरे रातो
5
3
मेरो बिचारमा भगवान यौटै छन् , सबैको गंत्यब्य यौटै हो, केवल बाटा मात्रै फरक हुन्,
धर्म हरु सबै बाटा हुन् , मानिसहरु फरक फरक बाटा अपनाएर एकै ठाउमा जान खोजेका हुन् तर दुख को कुरा यिनीहरु बाटामै अल्झिएका छन् , लड़छन् , गन्तब्य मा पुग्नु त के आधी बाटामै बिलाउ छन् !!!
मन परे हरियो, नपरे रातो
4
1
यो क्रिस्चियन भन्ने धर्म अजिब को रहेछा | म त धर्म रहित मानिस हु , हुन त जन्मँदा हिन्दु हु | आफ्नो धर्म राम्रो भन्नु सबैको कर्तब्य हो तर बास्तबिकता लाई पनि मान्नु त पर्छा नै |
पहिले कुरा गरम यो क्रिस्चियन को – मेरा एक अति मिलले मित्र हिन्दु बाट क्रिस्चन भय | क्रिस्चियन बन्ने बेला उनले अलि बढी नै दुख गरे रे , पछी मलाई भने उनले | तर के गर्नु यो क्रिस्चियन ले उनलाई अलि अलि पेट पलले bato गर्द रहेछा | अनि उनि हिन्दु को अरु चाड नमाने पनि दशैं भने पछी हुरुक्की हुन्थ्ये, बाबुको हात को टिका, ससुराली को मज मनि … तर यो क्रिस्चियन हरु ले दशैं को बेला म बिशेष कर्मक्रम बनाउदा रहेछन | अनि उनलाई त्यो कर्मक्रम बाट फुत्कन सारै गारो पर्दै रहेछा.. उनि पनि अति चलाख , तेसैले अरु हरु लाई चेकक गर्ने भनेर हिड्दा रहेछा, अनि आयो, बाबु को हात को टिका लगायो अनि घर बाट ससुराल जना भनेर हिँदो, अनि बाटाको पन्धरो म सबै टिका पखालो,.. श्रीमती हेरको हेरे त्यो देखारा , सुसुरल पुग्यो.. फेरी टिका लगायो अनि पखालो,….हे प्रभु.. अब कति बिश्वाशी हुनु …
माफ गर्नु होला है हिन्दु लगायत अरु पनि लेखना मन थियो.. तर यो ब्लग म एस्त कमेन्ट गरेर अलि मझा हुन्दाना भेट म गरुम्ला..मझा संग गफ …
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
ओम शान्ति शान्ति शान्ति
मन परे हरियो, नपरे रातो
5
4
देश अनुसार को भेस ,ठाउ अनुसार को धर्म ठिकै थ्यो | तर गोरा हरुले बिस्व मा आफ्नो प्रभुत्त्व जमाउन क्रिस्चियन धर्म लाइ पनि नेपाल मा हुलिहाले |
एसको नकारात्मक असर भनेको भबिस्य मा ‘धेरै मारकाट हुने हो ‘|
अब देखासिकी र फेसन मा माहिर नेपालि हरुलाई नया भनेपछि तेसैराम्रो हुने नै भयो | सहि अर्थ मा भन्दा तपाइले भनेअनुसार सबै धर्म राम्रा छन् |दुइ मत छैन |
किनकि सबै धर्म ले अनुसासन नै सिकाउने हो |मान्ने न माननी मानिस हरु हुन् |
धर्म फैलाउन अन्ध्बिस्वास को सहारा लिने चलन छ |सबै भन्दा ठुलो धर्म चै मनिसा कोइरालाले हासेर ,निर्बस्त्र हुदै सारीरिक सम्बन्ध को लाइ बोलाइन भने ”नो ” भनेर मन थाम्न सक्नुपर्यो |मेरो प्रसं छ ,त्यो बेलामा कुन धर्म ले रोक्छ ?
मन परे हरियो, नपरे रातो
3
6
हेर, धर्म भन्ने कुरा मानिस ले बनएको हो. यो राजनीति गर्न र पावर संकलन गर्न बनाएको ग्रुप मात्र हो. यदि धर्म मा भनेको जस्तो इश्वर भए त यो संसार मा भएको सर मानब अधिकार हनन कन्ट्रोल गर्ने थियो नि. किन यो मानद अधिकार हनन गर्नेहरु बादी धर्म मा लागेका मानिस हरु नै हुन्छन त. कार्ल मार्क्स ले भनेको जस्तो अफिम त मा भन्दिन तर धर्म भनेको नै नेपाल को जात सिस्टम जस्तो हो केवल मानिस लै लेबेल लगाउने. नत्र के को हिन्दु, के को मुस्लिम के को क्रिस्टियन, सबै जम्मा मान्छे. इतिहास मा भएका राम्रा कूरा लै लिने र नराम्रा कुरालाई सक्दै लानु नै सबै भन्दा राम्रो धर्म हो यो धर्म क नाम मा ब्रान्ड हाल्ने हरु मानबका दुस्मन हरु हुन्. जन्म क आधार मा मानिस लै यो र त्यो भनेर लेबल लगाएर आफ्नो नाम मा पवर संकलन गर्ने कम मात्र हो धर्म. दुर्भाग्य यो अनाबस्यक कुरा ले बिस्व क जनता लाइ येक आर्का प्रति गलत सोच मात्र कायम गर्छ. म कुनै धर्म लै मान्दिन सिबाय बुद्ध को वास्तविक सोच, त्यसैले कसै लै पनि परे नै देख्दिन. यसको मतलब म बुद्ध धर्म मान्ने मान्छे होइन. जिन्दगि लै खुसि र सुखी बनाउनु र आरुलाई दुख नदिनु नै मेरो धर्म हो. मैले गरेको गलत कम म आफैले बुज्न वा जाच्न सक्दछु. मलाई कोहि इश्वोर चैदैना. नैतिकता भयो भने मान्छे आफै सम्पन्न हुन्छ. तर बिडम्बना, हाम्रो धर्म भनेको बाचुन्जेल पाप गर्ने अनि मर्ने बेलामा नारायण बहाना स्वर्ग पुग्छु भन्ने छ अनि मैले धर्म बाट के सिक्ने. त्यसैले, नेपाल मा पनि हिन्दु, मुस्लिम, क्रिस्टियन, आदि क नाम म हुने रेसिस्ट र काटमार् बाट समय मा नै बचम. हामी लै हिन्दु र मुस्लिम को झडप हुने भारत पनि चैदैना, केटि जति लाई जनावर बनाउने, बम बनेर पड्किने इस्लाम पनि होइन, तलवार लिएर मान्छे मर्ने हिन्दु पनि होइन, समय को फाइदा लिदै, पैसा बगौदै मान्छे को मजबुरी किनेर पावर हात मा लिदै फाइदा लिने क्रिस्टियन पनि होइन, जम्मा औता मान्छे बन्नु छ जसले सबैको दुखमा आँसु झरोस अनि सुख मा रमाओस . अन्तिम मा हामी मान्छे हो, धर्म केहि पनि होइन. मात्र बिभाजन हो. जय manab
मन परे हरियो, नपरे रातो
4
5
हाम्रो गाऊमा तथाकथित चर्चमा लाग्ने फोस्रे भक्तहरु ले हरियो कागज पनि बनाएका छन्. उनि हरुलाइ हामि हिन्दु हरुले दुखः दियौ भनेर रे. उमेश जी पनि कता कता भौतारिएको नी. महात्मा गान्धी ले “बुरा मत देखो” भनेको मनन गर्नु पर्यो अब त !
मन परे हरियो, नपरे रातो
8
4
हिन्दु धर्म को सहिष्णुता र उदारता नै विलयको कारण त हुने हैन?
मानिस स्वभावले कोहि रिसाहा हुन्छन कोहि हसिला र दयालु भाषी हुन्छन, यो धर्म सग सम्बन्धित नहुन पनि सक्छ तर धर्म हरुको आ-आफ्नै मिशन हुन्छ, हालाकी सबै को उद्देश्य इश्वर प्राप्ति र शान्ति नै होला
मूल त धर्म दुइ प्रकार का हुन्छन,
१. अरु धर्म लाइ आफु मा धर्मपरिवार्तन गराउने
२. अरु धर्म लाइ यथास्थान मा मान्दै कुनै धर्म परिवार्तना नगर्ने, सबै ले सबै धर्म मान्ने छुट भएको
प्रथम खाला को धर्म हरु मुसलमान र क्रिस्चियाना धर्म हुन्; उनीहरुको उद्धेश्य आफ्नो मात्र साम्राज्य फैलाउनु हो; साम, दामा, दण्ड, भेद जे प्रयोग गरेर भएपनि अरु धर्मावलम्बी लाइ उसको धर्म गलत हो भन्दै उसको धर्म बाट च्युत गराई आफ्नो धर्म मा मिलाउनु हो; त्यो नै मिशन हो; त्यसैले तिनीहरु लाइ मिशानारी missionary पनि भन्दछन्
अहिले नेपाल को तरल स्थिति देखेर क्रिशियाना हरुले यहि मौका हो भन्दै पैसा को खोलो बगाएका छन्; सोझा साजा नेपालि हरु लाइ जात पाता को कुरा मा फुट गराएर चोक चोक मा यी चर्चा हरु खुलेका छन्
हेर्दा शान्ति को कुरा गरेपनि यिनीहरु को मकसद नेपालि हरु लाइ उनीहरु को मुल धर्म बाट च्युत गराउनु नै हो
मुसलमान धर्म को चै कुरा नगरौ, एक जाना साथि ले माथि लेख्नु भएको कुरा साचो हो; खाडी मा काम गर्न जाने कसैलाई सोधे यथार्थ थाहा हुन्छा मानिस माथि कस्तो पशुवत ब्यबहार हुन्छा
हिन्दु धर्म ले सबै धर्म लाइ मान्ने, कुनै धर्म लाइ आफु मा बिलय नगर्ने, धर्म परिवर्तन नगर्ने र सहिष्णु भएकाले अहिले नेपाल मा क्रिश्चियना हरु ले फैलने अवसर पाएका छन्;
हामि उदार छौ, माथि लेखक ले भने झैँ सबै धर्म लाइ समान दृस्टी ले हेर्दछौ तर कहिँ हाम्रो यहि उदारता हाम्रो आफ्नै बिलय को कारण त हुने हैन?
मन परे हरियो, नपरे रातो
13
4
गोपालजी
अरुकुरामा केहि लेख्न चाहन्न तर हिन्दु धर्ममा हिन्दु जन्म ले हुन्छ भनिएको छ/ मुसलमान बा अरुक्नै हिन्दु बन्न चाहे पनि सक्दैन यो किन होला सत्य असत्य भनि दिनु हुन्छ कि?
मन परे हरियो, नपरे रातो
0
2
आज संसारमा हेर्ने हो भने धर्मको लडाई ले गर्दा जता ततै अशान्ति मच्चिरहेको छ…./ एक तिर धर्मको नाममा बिभिन्न व्यापारहरु भै रहेको छ भने अर्को तिर कति राम्रा कुराहरु पनि भै रहेको छ…/ त्यसैले धर्म एक मानिसहरुको लागि ”कन्ट्रोल मेजर” हो….//
अनि वास्तबमा यो धर्म भन्ने कुरा मानिस ले बनाएका हुन्……तर जो एक मात्र सच्चा अनि पबित्र भगवान हुनुहुन्छ….उहालाई मानिसले बनाएका कदापी होइन…// त्यसैले हामी सच्चा भगवान प्रति विश्वास गर्छौ भने देखि कुनै पनि धर्म लाई लिएर ओकालत गर्नु त्यति उचित नहोला…./ धर्ममा आ- आफ्नै किसिमको विभिन्न विश्वास र आस्था राख्ने मानिसहरु छन्…..त्यो उनीहरुको स्वतन्त्रता हो //
मन परे हरियो, नपरे रातो
5
3
Please don`t spread racism!!! All religion are path to god. बिकृति त सबै धर्ममा छन् | आँपको बोटमा औजेरु आयो भने तेस्लाई औजेरुको बोट त भन्न मिल्दैन नी |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
15
I completely disagree with you, Sheetal ji. The writer hasn’t encouraged any kind of racism. He has just described what happened in the church.
The article is more descriptive than it is interpretative. He has clearly written that he was obstructed only by a single person. Otherwise, the article appreciates those guys on the gate.
मन परे हरियो, नपरे रातो
7
0
संगठित धर्महरु डर र आत्मग्लानीको जगमा उभेको हुन्छ|
मन परे हरियो, नपरे रातो
2
7
सितल जी,
एकदम राम्रो प्रतिक्रिया.
उमेश जी, सारै खुसि लाग्यो तपाईले चर्चको बारेमा केहि त जान्नु भएछ. सबै कुरा जयेजी छन्. तपाइँ जानु भएको चर्च राम्रै चर्चको, तर त्यो चर्च को हार्ताकर्ता तेस्तो नहुनु पर्ने हो? एदी तपाईलाइ तेस्तो बेबाहार गरेको भए त्यो मान्छेको हिर्दायेमा प्रभु होइन बिदेशी प्रभु बसेको हुनुपर्छ. म पनि ख्रिस्तियन हु अनि नियमित चर्च जान्छु, तेस्तो अबेबाहर गरेको छैन अनि देखेको पनि छैन.
अर्को कुरा तपाईले भन्नु भो के प्राथना गरेको बुझिन, तिनीहरु नेपाली हुन् नेपालीमै प्राथना गर्छन, तपाईको कानलाई अलिक नसुन्ने अनि नबुझने हिर्दय बनाई दे छ कि क हो कुनै बिदेशी प्रभु ले .
धन्यबाद
प्रकाश मेघी
वाशिंगटन डि सी
मन परे हरियो, नपरे रातो
8
9
समग्र मा भन्नु पर्दा सहनसिलता अनि आत्मियता नै मानब को सार्थक अनि सलिन जिबन को मन्त्र हो. केहि वर्ष अगी एउटा क्रिस्टियन धर्ममा विश्वास गर्ने साथी लाई मैले बाटो मा भेटे कुरा हुँदै गयो , नया जोगीले धेरै खरानी दल्ने गर्दछ भन्ने भनाइ जस्तै त्यो मित्र पनि जहाँ भेटे पनि येसु येसु भन्न गर्दा रहिछन , मुशलमानले नमाज पढे भन्दा पनि बडी उनले प्राथना गर्दा रहिछन..जन्म जात क्रिस्टियन हुने गोरा भन्दा पनि ति मित्र अगाडी थिए .. अनि कुरा हुँदै जादा तिनले एउटा कुरा सारो रिस उठ्ने गरे .. उनले भने ” पाप बाट मुक्ति पाउनु छ अनि स्वर्ग जानु छ भने येसु को सरन मा जाऊ , येसु बाहेक अरु कसैले तिमीलाई मुक्ति प्रदान गर्न सक्दैन ”
पहिले को वाक्य त ठिकै हो , तर दोस्रो वाक्य चाई म नस्थिक लाई पनि चित्त बुजेन . म राम्रो मै दामी म भन्दा अरु सबै खत्तम चोर भन्नु त भएन नि ..मलाई पनि खुब रिस उठ्यो अनि मैले सोधे ” मित्र तेसो भए तिम्रा बा जो अहिले संसार म छैनन् अनि तिम्रा पुर्खा जो मरिसक्ये तिनी हरु सबै जना अहिले नर्क मा होलान होइन त , किन भने तिनी हरु त मर्ने बेला हिन्दु थिए … अनि संसारमा हिन्दु मुशलमान अनि अरु धर्म मान्ने सबै जना नर्क जाने भए होइन त ? ” भन्दा खरी उसले लाज पचाएर उल्टै मलाई आन्धो भन्यो …
आमा बा लाई राम्रो गर ,ठुलो लाई सम्मान गर अनि सानो लाई माया गर असल काम गरन नराम्रो काम नगर भनेर थाहा पाउना कसैलाई कासी, मक्का वा जेरुसलम जानु पर्दैन येही नेपाल म बसेर पनि थाहा हुनु पर्ने हो ..
सबै को शान्ति होस् .. .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
तपाईले भनेको सहि कुरा हो शीतल जी ! यहाँ आफ्नो आंगको भैसी नदेख्ने तर अर्काको जुम्रा पनि देख्ने हरुले गर्दा नै आजको स्तिथि भोग्नु परि रहेको छ / साल्योक्य जी ले लेखेको कुरामा तपाईले कमेन्ट गरे जस्तो लाग्यो साथि हरु लाई तर मलाई लागे अनुसार तपाईले समग्र भन्न खोज्नु भाको हो क्यार , त्यस अर्थमा तपाईको कमेन्ट अति जायज र सापेक्ष छ / मेरो संसारको जुन गरिमा छ यसलाई अझै गरिमामय र सारपूर्ण छलफल – मन्थन गर्ने थलो बनाउन तपाई हरु जस्तै स्वच्छ विचार राख्ने विचारक हरुको खाचो छ नकी गालि गलौज गर्ने समुहको /
मन परे हरियो, नपरे रातो
2
0
यदी सरल र अरुको बिरोध नगर्ने कुनै धर्म विश्वमा छ भने त्यो हिन्दू धर्म मात्र हो।
आज पनि क्रिस्चियन धर्म गुरुहरुले गाउ गाउमा हिन्दू धर्म बिरुद्ध नराम्रो बिचार मात्र सम्प्रेशण गरी राखेका छन । अहिलेका गाउ तिरका बालबलिकाहरु हिन्दूहरुको मन्दिर त पिचासको घर हो भन्दै मन्दिरको ढोकामा फोहोर ( पिसाब ) गरिराखेका हुन्छन।
यस्तो प्रशिक्षणले भोली कस्तो स्थिती आउने हो खोइ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
17
तपाईले बल्ल आज देख्नु भो तर एकोहोरो देख्नु भो जस्तो मलाई लाग्छा / ख्रिशियन धर्म नेपालमा अहिले होर, तपाई हामि जन्मिनु भन्दा पनि प्रार्दुभाव भएको थियो / जे जति संख्यामा भए तापनि अरु धर्म मान्ने हरु पनि यहाँ छन् भन्ने वास्तविकता लुकाएर, सयौं वर्ष देशलाई “हिन्दु” राज्य संविधानमा नै किटान गरियो / तपाईले विश्वास गर्नु हुन्छ २०४८ सालको प्रजातन्त्र पछी पासपोर्ट आदि आधिकारिक काम गर्दा जहाँ धर्म लेख्नु पर्ने कोलम हुन्थ्यो त्यहाँ बुद्ध धर्म मान्ने हरुले निसंकोच बुद्ध धर्म लेखाएका छन्, यधपी तिनी हिन्दु भनि लेखिन बाध्य थिए- कारण कर्मचारी हरु आफैले ति कोलम हरुमा धर्म आफै लेखि दिन्थे /
अनि उदार को कुरा गर्नु हुन्छ !!! त्यही गाई खाने हरु आराम संग कथित उपल्ला जातका हरुको चुला-चौका मा बिराज मान हुँदा केहि नहुने ! चाहे कथित उपल्ला हुन् यता कथित तल्ला जातका – सबै को गू खादै हिड्ने कुकुर भित्र गए बरु बेस तर मुर्ति कुद्ने , त्रिशुल बनाउने, डमरु ढोलक बनाउने , खैजडी बनाउने, अनि कुनै पनि पुजा आज गर्दा नभई नहुने चदारा सिलाउने हरु “अछूत” थिए र छन्, अनि यो स्तिथिले अझै कस्तो बिडम्बना हरु भोग्नु पर्ने हो त्यो त गर्भ मै छ / हिन्दु धर्म आफैमा अति महान छ भन्ने थाहा हुँदा हुँदै पनि हिन्दुत्व को श्रेष्ठता सदा रहने छ भनि धार्मिक तानाशाह “मनु” वादलाई मूल मन्त्र नबनाई गिता, वेद, उपनिषद् ( माथि रमेश अधिकारी जी ले भने झैं ) जस्ता अति नै गहन ग्रन्थ हरु अनुसार चल्दै गएको भए आज विश्वका धेरै भन्दा धेरै ले पढ्ने, पढाईने वाइवलको स्थानमा तिनै गिता, उपनिषद्, वेद हरु हुने थिए भन्दा कुनै अतियुक्ति नहोला / माथि रमेश अधिकारी जी ले पनि भनि जिकिर गरि सक्नु भएको छ , कि आइन्स्टाइन , हेनरी डेविड आदि – ईत्यादी हरु समेत माथि उल्लेखित धर्मग्रन्थहरुबाट प्रभावित हुने थिएनन् होला / यसको मतलब मैले यो पनि भन्न खोजेको होइन कि हिन्दु हरुले पनि ख्रिसटियन वा अरुले जस्तै धर्मको बारेमा सुसमाचार सुनाउदै हिडून तर एक पटक सोच्नुस त आत्मिक सन्तुष्टि जुन चिजले दिन्छ सबैले तेसैलाई अनुसरण या अङ्गीकार गर्ने होइन र ? कुनै चिजले मानव लाई मानव सरह बाँच्न र नैसर्गिक मानवीय अधिकारहरुको उपभोग गर्ने अवसर सबैलाई दिने प्रयास गर्छा भने स्वीकार गर्ने कि नगर्ने ? कि होइन दुनिया “भाडमे” जाए भन्नेलाई छोडी हामि कुसंस्कार र कुरीति हरुलाई त्याग्दै सबै अट्न सक्ने खालको समाज को सिर्जना तर्फ लाग्ने ?
माथि ” दशैं ” को टिका को प्रसङ्ग मलाई सहज लाग्यो / कमसेकम ति मित्रको भित्रि आत्मामा टिका लगाई गल्ति गरि रहेको छु भन्ने कुरा ले त पिरोली रह्यो, तर हेर्नुस त हिजो कानमा जनै नहाली शौच गर्न नहुने , जनै छिन्यो भने बोल्ने नहुने, खसी को बाहेक अरु मासु खान नै नहुने अनि अरु आदि ईत्यादी व्यवहारिक कुरा हरू र आज सम्मको प्रयोग हेर्नुस त तिनी हरु जहीको त्यहिँ छन् होइन अब यिनीहरुको पनि जात खस्यो भनेर भन्ने कोइ छ ? हो अहिले राज्य व्यवस्थाले संबिधानमा नै किटान गर्यो कि जातिय व्यवस्थाको अन्त भयो तर कागजमा लेखिएर मात्र बसेका छन् भन्ने वास्तविकता सबैलाई छर्लंगै छ /
गाउँ गाउँमा भएका पवित्र धार्मिक आद्ध्यात्मिक स्थलहरुमा हुने-खाने हरुले पेवा बनाएर राखेका छन् अनि किन जानु पर्यो त गाउँ गाउँमा- धर्म प्रचार गर्न भन्नुस या जे सोच्नुस ? परमेश्वोर सु-समाचार सुनाउन जानु हुने हरुले कमसेकम ति दुखि , दुखित हरूको मन मा ढाडस मात्र किन नहोस दिन त गएका छन् नकी मन्दिर पस्यो भन्ने जस्ता अरु कुरीति – कुसंस्कार हरूको शिकार त हुनु परेको छैन ! धेरै मित्र हरुले भने झैं धर्म मानव निर्मित हो तर यो यस्तै हो भन्ने बुज्दा बुज्दै पनि किन हग्ने लाई भन्दा देख्ने लाई लाज भने झैं बुज पचाएर बसेका त हामि / भाग्य जे छ जस्तो छ त्यो आफ्नै ठाउँ मा छ तर ” कर्म ” गरि जोहो गर्ने अधिकार सबैलाई छ / इतिहासको किरातावंश, गोपालवंश आदि त्यसै पलायन भएका थिएनन् होला / हेरेकमा कुनै न कुनै कमजोरी स्वार्थ निहित नभएको भए आज इतिहासमा लुक्नु पर्ने थिएन होला र भोलि १ – २ जेनेरेसन लाग्ला आज जे छ त्यो अर्को इतिहास नबन्ला भन्ने कसलाई थाहा छ र ?! हामि आज को मात्र हेर्छौं भोलिको बारेमा धेरै कम सोच्छौं / जानुस गाउँ गाउँमा र हेर्नुस आफ्नै आँखाले ति कटु सत्य हरु / धर्मलाई धेरै ठूलो इश्यु बनाएर जाने बेला यो छैन मानवीय शंसाधानहरूको इज्जत गरि यसको मूल्य र मान्यताहरुको जगेर्ना र समरक्षण गरि जानु पर्ने बेला छ / कम्प्युटर अघि बसी कल्पनाको आधारमा लेख्न धेरै सजिलो छ /
अस्तु /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
14
जसले पनि आफ्नो आस्था र सोचाई प्रति राम्रो विचार राख्नेलाइ स्वागत गर्छन भने बिपरित विचार भएकालाई हेयको दृष्टिले हेर्छन, यो मानब स्वभाब नै हो | साथै जुनै धर्म आफैमा नराम्रो हुदैन र यसलाई नराम्रो मोड दिने पनि मानब नै हुन् | त्यसकारण यो धर्म भन्दा त्यो धर्म पो राम्रो, त्यो धर्म माने भने मेरो कायाकल्प हुनेछ भन्ने कुरामा म बिश्वास गर्दैन र आफ्ना पुर्खाहरुले शतब्दियौ देखि मानी आएको धर्मलाई छोडेर अर्को धर्म परिबर्तन गर्न म चाहन्न, किनकि यहि नै मेरो अस्तित्व हो र यहि नै मेरो चिनारी हो | यदि कसैले आफ्नो अस्तित्व र चिनारीलाई मेटायर अर्कोमा बिलिन हुन् चाहन्छ भने त्यो उनीहरुको विचार र अधिकारको कुरा हो त्यसमा मलाइ कुनै आपत्ति छैन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
5
उमेश जी, तपाइँ कसरि आफ्नो यात्रा लाइ ‘गन्तब्यबिहिन यात्रा’ भन्नु हुन्छ ??
* जब कोहि महान व्यक्ति निस्वार्थ भावना ले दीन दुखीको सेवामा दिन रात लागिरहेको हुन्छ तब तपाइको क्यामेरा र तपाइको सहयोगी भावना भरिएको मन त्यहाँ उपस्थित हुन्छ (सहयोगी भावना मतलब ” मानवता”)
* जब चर्च भत्किएर धेरैको ज्यान जान्छ, तब तपाइको मन पनि ‘ बिश्वासिको’ जत्तिकै रुन्छ, मुस्लिमहरुको पबित्र कुरान च्यातिदा मुस्लिम समुदाय संगै तपाइँ आफ्नो पनि अपमान अनुभब गर्नु हुन्छ, ॐ भुर्भुवस्वः लगाएत का बेदका श्लोक ले हजुरलाई तरंगित बनाउछ,’अल्लाह हो अकबर’ को रिदम ले हजुरको मन छुन्छ ( धार्मिक सहिष्णुता को भावना मतलब ” मानवता”)
* कुनै पनि धर्म आफैमा खराब हुन्न। तर सबै धर्ममा खराब मान्छेहरु हुन्छन्। विश्वास जुन धर्ममा भए पनि माया, प्रेम, आपसी विश्वास, अहिंसा र सद्भाव मानव धर्म हुन् (दार्शनिक भावना मतलब ” मानवता”)
* तपाइको लवाई खवाई मा तडक भडक छैन साधारण जिबन यापन गर्नुहुन्छ, तर सत्य तथ्य कुराहरु समाजमा स्पष्ट हुनुपर्दछ भन्ने मान्यता राख्नुहुन्छ र तेस्कै लागि मरीमेट्नुहुन्छ, ( सादा जिबन उच्च बिचारको भावना मतलब ” मानवता “)
मानवता नै हजुरको धर्म हो, मानवता नै हजुरको चिन्तन हो, मानवता को निम्ति नै हजुरको जीबन हो, समग्रमा भन्नु पर्दा हजुरको ‘गन्तब्य’ नै मानवता हो l
मन परे हरियो, नपरे रातो
1
3
कस्तो उल्लुहरु रहेछन्। यौटा त्यस्तो साधाण कुराको पनि निश्चित पोलीसि नभएकाहरु। एक अर्काको कुरा बांझ्ने। तपाईलाई त सभ्य भाषामा बाहीर जानुस्.. भनेछन्। मलाई यो भन्दा कति नराम्रो संग लज्जास्पद स्थिति बेहोर्नु परेको थियो एउटा यस्तै धार्मिक स्थानमा। भारतमा रहेको बहाईहरुको एक मन्दीर पर्यटकहरुकोलागि पनि रुचिकर ठाउं थियो (मन्दीरको नाउं चाहीं म अर्को पल्ट दिउंला)। उक्त मन्दीर ध्यान गर्ने थलो हो तर म त्यो मन्दीरमा जांदा अनायाश आवाज निस्किन गयो। तत्पस्चात् मलाई उक्त बहाई मन्दीरका पुजारीले हात समातेर तान्दै बाहीर निकाले अनि “किन आवाज निकालिस्? तंलाई यही पानिमा गड्दीउं?” भने। त्यो मन्दीर बाहीर पानिको फहारा थियो। यदी राम्रो मुखले कुरा गरेको भए म आफैलाई आफ्नो गल्ति महशुस हुन्थ्यो होला, म त्यो धर्मलाई अझ सम्मान गर्थें होला र आफैलाई धिक्कार्थें होला मन्दीर अशान्त बनाएकोमा। तर ज्यादातर धोतीहरु हामि जस्तो सभ्य हुंदैनन्। प्रायश कुनै तमिज नभएका दिउसै पाए डांका हाल्ने तवरका हुन्छन्। त्यो घटना पछी म झुक्किएर पनि त्यो आस्था भएको मन्दीरमा खुट्टा हालेको छैन। पुजारी पनि यस्तो अशिक्षित/अज्ञानी हुने कस्तो धर्म होला यो जस्तो लाग्यो। ईरानमा शुरुभएको यो धर्म ईरानमै तारो बनेको छ। बहाईका समर्थकहरुलाई ईरानको कट्टरपंथि मुसलमान सरकारले चुनि चुनि मार्दछन् भनेको सुन्दा पनि मलाई यो धर्म प्रति कुनै सहानुभुति जागेको छैन। मुसलमान आस्था अनुसार अरु सबै धर्मको बिनाश गर्नु पर्छ, त्यो कुरा कुरानमा लेखिएको छ। नपत्याए कुरान पढौं। त्यसैले ईरानमा बहाईको दोहोलो गरेको हो र ईतिहांसमा अफगानिस्तान बाट बुद्ध र हिन्दु धर्म बिनाश गरेको हो। संसारकै पहीलो तक्षशिलाको विश्वविद्यालय तहस नहस गरेका हुन्। हुंदा हुंदा २१सौं शताब्दीमा आएर पनि २५०० वर्ष पुराना बुद्धका प्रतिमा संसारले छेक्दा छेक्दै बम हानेर अफगानिस्तानमा उंडाएका हुन्।
शान्ति प्रतीको विश्वासको आधारमा आस्थालाई वर्गिकृत गर्दा म यसरी गर्छु। मैले नयां आएका धर्महरुलाई यहां समावेश गरेको छैन पुराना धर्महरुमात्रै;
सबैभन्दा शान्त धर्म देखी अशान्त सम्म क्रमै संग:
१. जैन धर्म, बुद्ध धर्म दुबै एकै हुन्
२. कृश्चियन धर्म, सनातन (हिन्दु) धर्म दुबै एकै हुन्
३. यहुदी धर्म
४ ईस्लाम धर्म
ईस्लाम धर्ममा हामिले ग्रहण गर्न सक्ने कुनै कुरा छैन। आईमाईले बुर्का लगाउनुपर्ने देखी लोग्नेले चार बिही गर्नु पर्ने सम्मका पतित कुराहरु छन् यस् धर्ममा। लोग्ने मान्छेले दाह्रि पाल्नुपर्ने देखि आईमाईलाई पिट्नै पर्ने सम्मका अनैतिक लाग्ने कुराहरु छन्। आईमाईलाई हेलां गर्ने हाम्रो संस्कृति हो तर धर्म हैन तर मुसलमानको चहीं धर्म नै हो। आईमाईले कदापि मस्जिद जान पाउंदैन। हज गर्न पाउंदैन। त्यो लोग्ने मान्छेले मात्रै गर्न पाउछ। जस्तोकी उनिहरुको अस्तित्वनै छैन। साउदी अरबमा आईमाई जन्मे देखि मोरे सम्म एक्लै हिंडन् पाउंदैन एकजना लोग्ने मान्छे साथमा हिंड्नु पर्छ। जन्मे पछी बाउको साथ, बैशमा लोग्नेको साथ, अधबैंसेमा छोराको साथ र बुढेसकालमा नातिको भए पनि साथ लगाई नहींडेमा तुरुन्तै कारबाही हुन्छ, कोर्रा लगाईन्छ। आईमाईले केही अपराध गरेमा ढुंगा हानि हानि मार्ने नियम पनि यही धर्ममा छ। चोरी गरे हात काट्ने र ठुलो अपराध गरे टाउको काट्ने अझै पनि गरीन्छ। त्यसैले अस्ति भर्खर नाईजेरीयामा एउटा आईमाईलाई त्यो सजाय सुनाईएको थियो भने अफगानिस्तानमा मुसलमान बाट कृश्चियनमा परीवर्तन भयो भनेर एक अर्को मान्छेलाई पनि (अमेरीकाले लीई सके पछी) मृत्युदण्ड सुनाईएको थियो। यि दुबैलाई पश्चिमि देशहरुले बचाएर मात्रै। ईरानमा पाउरोटी चोरी गरेको अभियोगमा १२ बर्षे बालकको हात काटीएको थियो जसलाई पश्चिमि देशले बचाउन सकेन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
8
शान्तिको अाधारमा धर्मको वर्गीकरण चित्त बु्झ्यो ।
मन परे हरियो, नपरे रातो
1
1
राजन जी
इस्लाम धर्म मा नारीमाथि गरिने भेदभावको बर्णन गर्दा हिन्दु धर्म मा बुढो लोग्ने मरे पनि तरुनी स्वास्नी सति जानु पर्ने कुरा उठाउनु भएँन नि/ सति प्रथालाई हिन्दु धर्मले होयिन कानुनले निषेधित गर्नु पर्ने किन भयो यो बारेमा केहि विद्वान मत जान्न पाए हुने/ कानुनले अपराधलाई मात्र निषेध गर्छ/ त् यो अपराध ठहरिने कार्येलाई हिन्दु धर्मले नारी धर्म भन्दै हज्जारौं साल सम्म नारीहरुलाई जिउंदै जल्नु पर्ने बनाएको थियो/
तपाईं ले तपाईं लाई कुनै प्राथना स्थल बात निकालेको कुरा उठाउनु भयो/ हामि कहा मन्दिर मा अरु धर्मको लाई प्रवेश निषेध भनि टांगिएको बोर्ड अझै छन्/
आफ्नो धर्म राम्रो भन्नु ठिकै हो तर अरुले मानेको धर्मलाई आलोचना गर्नु ठिक भएन/ भगवानको न्वारन मानिसले गरेको हो/ तपाईंले भगवान नाम दिए अरुले क्रायिस्ट भने अल्लाह भने तर जे भने पनि भगवान त् एकै हुन् नि/ तपयिन हामीले दिएकै नाम बात अरुले भगवान मान्नु पर्छ भन्ने कहाँ छ/
मन परे हरियो, नपरे रातो
2
0
तपार्इको अन्तिम वाक्य घत लाग्दो छ ‘फर्कँदा मैले ती प्रार्थनाका आवाजहरु प्रष्टसँग सुनिन’…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
4
oh! a very much bitter experience. To a reporter such things are normal salokya!! Take it easy. There are people who don’t understand that media plays a vital role in bringing forth any issue. Had you not gone there many around the world including me would not have known that there lies a Church called Salom in that area of the valley. Though your intention was positive but its their view and perception that has turned it negative.
मन परे हरियो, नपरे रातो
4
3
धर्म र राजनीत पाटी हरु कुनै पनि गलत हुदैनन् तर तेसलाई संचालन गर्ने धर्म गुरु र राजनीति नेता हरु चाही गलत हुन सक्छन! सबै धर्म गुरु र राजनीति नेता हरु पनि खराब हुदैनन् कुनै पनि धर्म आफै मा खराब पनि हुदैन…………
मन परे हरियो, नपरे रातो
5
3
जसले जे सुकै बकम्फुस्से अर्थ लायेपानी नेपालको नव अल्लारेहरुलाई झुटो आसमा
फसाउदै आफ्नो पनमा भन्दा पराइपनमा झुटोलोभको कुहिरोमा डोहोर्याएको पश्चिमी धर्ममा छ चै के ? धर्म गर्न के आर्काको घरदैलो चाहर्दै हिड्नु पर्छ र धर्म गर्ने निश्चल भाबना बोक्नेलाई हाम्रो आफ्नै धार्मिक पहिचानको भण्डार छनि किन पराइ दैलो चाहर्नु पर्यो जबसम्म आफुले आफ्लैनै चिन्नसकिन्न भने तेस्ता अन्धो व्यक्तिले कुनै जुनीमा पनि वास्तविक उज्यालो प्राप्त हुनेछैन अस्तु .
मन परे हरियो, नपरे रातो
3
1
“कुनै पनि धर्म आफैमा खराब हुन्न। तर सबै धर्ममा खराब मान्छेहरु हुन्छन्। विश्वास जुन धर्ममा भए पनि माया, प्रेम, आपसी विश्वास, अहिंसा र सद्भाव मानव धर्म हुन्।”
अति उत्तम तपाइको लेख + भावना अनि सहनसिलता !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
3
यो लेखको मर्म बुझ्ने हो भने यो कुरा थाहा हुन्छ कि, धर्म र जातिको नाममा नेपाल मा पनि अतिवादको खतरा देखिदैछ…..! यसलाई मलजल दिने राजनीतिक पार्टी बिशेषगरि माओबादी हो, आफ्नो राजनीतिक दाउपेचको नाउँमा धार्मिक, जातीय र सांस्कृतिक सद्भावलाई नै भत्काउने गरि आजभोली देशमा अराजक प्रवृति र व्यवहार बढाउनु मा यो पार्टी पहिलो जिम्मेवार हो ………! त्यसपछि अदुरदर्शिता र येथास्थिति बीच भ्रमित काँग्रेस र एमाले दोस्रो जिम्मेवार छन् तिनीहरुले कम्तिमा माओबादीलाई बेली मा सुबुद्धि दिन सकेनन / अब हेर्दै जानुस, नया संबिधानमा अहिले उचालिएका कथित् जातिबाद र छेत्रबाद लाई पूर्ण रुपमा समेट्न नसकेमा परिणाम राष्ट्र को बिखन्डन सम्मको दुस्प्रयास हुन बेर छैन……….सबैले यस बारेमा सोच्नुपर्छ किनकि देश पहिलो हो, हामी यो जात, उ जात वा यो भूभागको उ भूभागको भन्नु भन्दा पनि……..देश रहे सबै जात धर्म र संस्कृति रहने हो नत्र………….राजनीतिक पार्टी ले क भन्छ भनेर पर्खनु भन्दा पनि हामी सबै नेपाली जनता को एउटा आवाज हुनपर्दछ……पहिले राष्ट्र बचाऊ जहिलेसम्म हामी नेपाली हुन्छौं तहिलेसम्म हाम्रा जात, धर्म अनि संस्कृति हुन्छ, अन्यथा हाम्रो पहिचान अर्कैले खाईदीन सक्छ…होसियार…….!!!!!!
मन परे हरियो, नपरे रातो
1
0