मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चश्मा

    -सगुन बानिया-
    कोही आएर तपाईं त बूढो हुनुभयो नि भन्नुभयो भने तपाईंलाई मनपर्ला? मन पर्दैन कोही पनि मानिस बूढो हुन चाहँदैन। मलाई पनि कसैले बूढो भन्यो भने झनक्क रिस उठ्छ। तर मन नपरेर के गर्ने, उमेरले ६० त नाघिसक्यो नि। पहिलेको तन्नेरी देवानन्द नभए पनि अहिलेको एभरग्रिन देवानन्दको उमेर त मेरो पनि भैसक्यो नि।

    तर जवानीको बैँस सकेर बुढ्यौलीले छोए पनि त्यति समस्या त छैन ममा। तगडा नै छु तर आँखा भने अलि कमजोर भएको छ टाढाका दृश्यहरू हेर्न अलि समस्या भएको छ। त्यसैले घर–परिवारको करले भनौँ वा आफ्नै मजबुरीले भनौँ मैले पनि चस्मा लगाउने नै विचार गरेँ। समस्या नभएको भए त मलाई चस्मा भनेको कहिल्यै पनि लगाउने इच्छा नै भएन। कसैले चस्मा लगाउँदा पनि कस्तो–कस्तो महसुस हुन्छ। मलाई बेस्सरी केही चीजले नाकमा समातेर सास नै अड्काउलाजस्तो लाग्छ। जस्तो भए पनि अब लगाउनु नै पर्ने भएपछि एक चोटि डाक्टरलाई जँचाएर मात्रै लगाउनु पर्ला नि? त्यो माइनस भन्ने हो कि प्लस भन्ने लगाउनुपर्ने हो?

    एक दिन डाक्टरकहाँ जँचाउन पुगेँ। डाक्टरले पहिला त मेरो आँखा नै बाहिर ल्याउलाजस्तो गरेर परेली उघारेर हेरेँ। अनि भित्तातिर चोर औँला तेर्स्याउँदै अक्षरै अक्षर भएको क्यालेन्डर देखाउँदै सोध्न थाले“— यो के अक्षर हो, त्यो के अक्षर हो? अब ती बुद्धिमान् डाक्टरलाई म कसरी भनूँ कि उसले देखाएको वस्तु के हो भनेर। बाँदरलाई देखाएको नरिवल हो कि? लाटालाई देखाएको केरा? मजस्तो कालो अक्षर भैँसीबराबरको मान्छेलाई के पो आउँछ र? म चुप लागेर बुझेजस्तो गरेर आफ्नो टाउको मात्र हल्लाइरहेँ। त्यसपछि ती डाक्टरले एउटा मोटो चस्मा मेरो कानमा झुन्ड्याएर आफ्नो क्लिनिकबाट विदाबारी गरे।

    चस्मा लगाएर अलि–अलि फरक त भएको छ मेरो नजरमा। धमिलो–धमिलो वस्तु सफा देखिन थालेको छ। टाढाका दृश्यहरू आफ्नै आँखाअगाडि उभिन आएजस्तो भएको छ। तर मेरो मनमा एउटा प्रश्न भने अझ पनि खेलिरहेको छ। यो चस्माले के राति पनि त्यति नै राम्रोसँग काम गर्ला? चन्द्रमाको प्रकाशमा छुट्टयाउन नसकिने वस्तुहरू के चस्मा लगाएपछि राम्रोसँग देख्न सकुँला?

    यही विचार गरेर एक दिन आफ्नो निद्रालाई पनि विदाबारी गरेर आफ्नो कोठाको झ्याल खोलेर सडकतिर नजर दौडाएँ। राति सडक सुनसान नै थियो। तै पनि केहीबेरपछि नै सडकमा लामो कपाल पालेकी कोही महिला आफ्नो पाउजुको छिनछिनको मधुर धुनमा हिँडेको मैले आफ्नै आँखाले देखेँ। कपाल झङ्र्‍याङ्ग खोलिराखेकी, शरीरभरि कपडाले बेरेकी ती केटी देख्नेबितिकै मेरो त सातो जान थाल्यो। कहिले देखिने, केही बेरमा फेरि अलप हुने कस्तो दृश्य यो? म जुरूक्क उठेर आफ्नो कोठाको झ्याल बन्द गरेँ र पलंगमा आएर आँखा चिम्लेर सुत्ने कोसिस गरेँ तर सुतूँभन्दा पनि अब निद्रा पो कहाँबाट आओस्। मनमा अनेक प्रश्नहरू खेल्न थाले— कहीँ भूत, प्रेत या पिचास त परिन? कस्तो दृश्य हेर्न पुगेँ, आँखा मात्र बन्द गरेर रात बिते। अब कहिले पनि राति बाहिर नहेर्ने अठोट लिएँ। तर भोलि पनि जब–जब दिन ढल्दै गए र रातको अँध्यारो छाउन थाल्यो। मन फेरि डराउन थाल्यो। लोडसेडिङको बेला बत्ती पनि थिएन। झ्यालबाट नहेर्ने भने पनि मन मान्न सकेन। सानो प्वालबाट भए पनि एकचोटि चियाएर हेर्न पुगेँ। त्यही बाटोतिर हेरेँ। अलि बेरपछि हिजोको त्यही किचकन्या फेरि देखा पर्न थाल्यो। तर, आज ऊ एक्लै थिएन। उसको एउटा भूतजस्तो देखिने साथी पनि आएको थियो। लौ मार्‍यो अब… हिजो पक्का पनि त्यस किचकन्याले मलाई झ्यालमा देखरे होला आज मलाई लान आफ्नो साथी लिएर आएको होला, अब मेरो खैर छैन। ती किचकन्या र भूत अब सीधै मेरो घरको ढोकातिर पो बढ्न थाले। अब भने मेरो हंसले ठाउँ छोड्न थाल्यो। छिटोछिटो आफ्नो कोठा छाडेर सँगैको सानी छोरीको कोठामा लुक्न गएँ। तर ती किचकन्या र भूत त त्यही कोठामा पो सरासर आए। अब परेन आपत, हतारहतार पलङको मुनि लुक्न पुगेँ। दुवै जना बिस्तारै त्यही पलङमा आएर बस्न थाले र कुरा गर्न थाले म पनि कान ठाडो पारेर सुनिरहेँ। ती किचकन्या भन्न लागिन्, “हेर प्रिय, अब हामी यसरी लुकेर आफ्नो जीवन जिउन सकिन्न यस संसारमा। हामीले चाँडै नै विवाह गरेर वैवाहिक जीवन जिउन हतार भैसक्यो। यहाँ घरमा मेरो बिहेको कुरा चलिरहेको छ। अरूसँग विवाह गर्नु पर्‍यो भने त म बरू विष खाएर मर्छु।” यति भनेर ती किचकन्या सुँक्कसुँक्क गर्दै रून लागिन्। ठीक यही बेला बत्ती पनि आयो अनि नियालेर हेर्दा त त्यो किचकन्या भनेकी त मेरी आफ्नै सानी छोरी अनु पो रहिछ। अनि…अनि त्यो भूत……। दृश्यको त रंग नै फेरियो …

    मनमा रिसको यस्तो आगो उठ्यो कि रिसको बेगमा चस्मा निकालेर भुईंमा बजारिदिएँ। चस्मा तीन–चार टुक्रामा टुक्रिए। हे भगवान्, चस्माले गर्दा नै आज मैले यी दृश्यहरू हेर्न पुगेँ।

    –भउबाट साभार

    No related posts.

    7 comments to चश्मा

    • खोइ के कुरा कता गयर टुंगेको हो? बुझिएन..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Binod Resu

      यी रक्तपशुहरुलै के थाहा जनताको रगतको मुल्य , यी त भोका नेता का अभिजन्य मात्र हुन् तर एक बिहानी आउनेछ , तेह जनता बास्तबि मै जनता हुनेछ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 7

    • Shankar

      कुरा ठिक हो राजु पुन जी | नेपाली हरु लाई मासु र रक्सी पाय पछी अरु केहि खानै मन लाग्दैन र कोहि आफ्नो पराया पनि देख्दैनन अनि कहाँ को हरियो सागपात खाने महत्व बुझछन र! अनि बुढेस काल वा तन्नेरी मा नै पनि चस्मा को आबश्यकता र त्यसको दोष देख्छन| मासु छाडेर हरियो सागपात धेरै खानु पर्छा स्वस्थ को लागि भन्ने कुरा बुझ्न त ठुलो दिमाग चाहिन्छ नै |
      यो नेपाली हरु को राष्ट्रिय समस्या हो केवल यो माथि को कथा को मात्र कुरा होइन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 5

    • साहित्य राम्रो छ कता कता नुन न आय को जस्तो पनि छ ….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • tulsi

      आखामा लगाइएको चस्मा भन्दा ज्ञानको चस्मा महत्वपुर्ण हुन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • तेज प्रसाद अधिकारी

      हा हा हा Good joke dud, Keep it up… ;-)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • हरियो परियो खानु parchha नि aba नेपाली हरु को बानिनै यस्ते छ सबै थोक भयर नि खाना aaudaina aba ke गर्नु अहिले दोष चस्मा लाई गजब छ बा की कसो हो?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    eXTReMe Tracker