मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि अर्को चड्कन काण्ड

    माधवकुमार नेपाल नेतृत्वको सरकारका मन्त्रीले फेरि चड्कन काण्ड मच्चाएका छन्। तर यसपालि चाहिँ समावेशीकरणको नमूना देखिएको छ। ४४ जनाको जम्बो मन्त्रिमण्डलमा करिमा बेगम, चन्दा चौधरी र कलावती पासवान तीन तीन जनाले हात चलाएर काण्ड मच्चाइसक्दा पनि पुरुष मन्त्रीहरु भने चुप बसिरहेका थिए। आज भने पालो पुरुष मन्त्रीको आएको रहेछ। यी बहादुर तथा पुरुष जातिको ‘नाम राख्‍ने’ मन्त्री हुन् पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी।

    करिमा र कलावतीले सीडीओको र चन्दाले गाडीको सिसा चर्काएका थिए तर शत्रुधनज्युले त एलडीओका भान्सेलाई पो हातपात गरेछन्। कारण ? उही क्या त हाम्रा मन्त्रीहरुको सदाबहार बहाना- गाडी। हाम्रा मन्त्रीहरु गाडी भनेपछि हुरुक्कै हुन्छन् नि, उनलाई पनि त्यही भएको त रहेछ। कुरा के परेछ भने….



    कुरा के परेछ भने शनिवार बिहान उनी सिरहामा थिए। राज्यमन्त्री जस्तो मान्छे यार ख्यालख्यालको हो र। मन्त्रालयमा कुनै काम मन्त्रीले दिँदैनन् अनि अलि रवाफ पनि देखाउन नपाए त यत्रोको राज्यमन्त्री बनिटोपल्नु ! म त्यहाँ हुन्छु गाडी पठाइदेऊ त भनी उनले आदेश दिए। सीडीओ वीरेन्द्र यादवले गाडी त पठाइदिए, तर त्यो पिकअप भ्यानले उनको चित्त बुझेन। जिविसमा एउटा विलासी गाडी थियो, त्यही लेऊ भनी उनले एलडीओ लालमणि ओझासित मागे।

    तर ओझाले फिल्डमा पठाएको छ गाडी भनी छुच्चो भइटोपले। जिविसको ग्यारेजमा पुग्दा त गाडी त्यहीँ छ। अनि त यी सिरहा क्षेत्र नं ४ बाट फोरमबाट निर्वाचित सभासदलाई कम्ता रिस उठेन। आफ्ना सहयोगीसहित उनी पुगे एलडीओ निवासमा। तर एलडीओ त्यहाँ थिएनन्। चिच्चाए- खोई एलडीओ। बिचरा भान्से बिरिराम दाहालले ‘थाहा छैन मलाई हजुर’ के भनेका थिए, रिसले चुर राज्यमन्त्री ज्युको हात चलिहाल्यो। बिचरा रुँदै कराउँदै भागेर ज्यान जोगाए।

    कारबाही ? सीडीओलाई कुट्दा त केही गर्न नसकेको देशमा जाबो भान्सेलाई कुट्दा केही हुन्छ भन्ठान्ने कत्रो आँट हँ तपाईँको ? घटनापछि सीडीओ, एलडीओलगायत राज्यमन्त्रीसहितको बैठक बस्दा मन्त्रीज्युले गल्ती महसूस गरे रे। त्यही भएर कारबाही नगर्ने सहमति भो रे। वाह, क्या गज्जब।

    चड्कन काण्ड भाग पाँच चाहिँ कहिले आउने हो कुन्नि ?

    No related posts.

    69 comments to फेरि अर्को चड्कन काण्ड

    • suman

      जाबो ५०० मा नागरिकता किनेर मन्त्रि भयकाहरु यति नाथे काम पनि नगरे के कामत? नत्र चुईक बोल्न नसक्ने धोति हरु यसरि हात हाल्न कहाँ सक्ने ठेय?
      हेर्नुस त साब काण्ड गर्ने मन्त्रिहरु धोति हरु मात्र छ.
      हुन त प्रजातेंत्र आय पछि नेपाल मा नेता हरु भोट पाउन को लागि साब जनाको नाम मतदाता नमवोली मा समावेश गरि दीय अनि धोति हरु बिहार र उत्टर प्रदेश बाट गाउ नै साब खाली गरेर नेपाल छेरे नेपाली मतदाता नमवोली मा नाम लेखौना .
      मतदाता नमवोली मा नाम भय पछि त नेपाली नागरिकता पैएयो के रे?
      पैला पैला असम सिक्किम बाट नेपाली धपौदा नेपाल बाट धोति हरु भगा भाग हुन्ठेओ आइले नेपाल बाट नै नेपाली हरु भाग्नु परेको छ. साब ५०० को कमाल हो नेताहरु १भोट पाउन १ नागरिकता दीने सस्थी भोग्नु पर्ने नेपाली जनता.
      हाम्रा नेता को जय hos
      जय देश जय धोति

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 15

      • Akashdeep

        कति साम्प्रदायिक कमेन्ट लेख्या साथी? तराईमा बस्ने सबै भारतीय हो र? तेस्तो थर हुदैमा भारतीय हुन्छ र? ५०० तिरेर नेपाली नागरिकता लियो रे ल, तर दिनेहरु त नेपाली नै होलान नि हैन? त्यै भएर बरु नेपाली भनौदालाइ गाली गर मित्र!!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 17

        • suman

          सत्य तितो हुन्छ साथी तिमीलई पनि तितो लाग्यो होला, तिमी लाई तेस्तो लग्नु सामान्यनै हो.
          दोष हाम्रा नेता हरुको नै हो येश मा २ मत छईन , तराई तिर जानु पर्छा लाग्छ इंडिया को कुनै प्रान्त मा भयको महसुस हुन्छ, रह्यो सम्प्रदाईक को कुरा तराई मा बस्ने ७५ प्रतिशत तेही ५०० को कमाल हो अर्थात् धोति हो आरु बाकी २५ प्रतिशत मात्र मदेशी नेपाली ,यो कुरा मा पनि तिमी लाई संका लाग्छ भने मेरो भन्नु केहि छैन

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

        • madan bajracharya

          अकशदिप जी
          तेतिसारो साम्प्रदायिक छन् सुमंजीको भनाई/ नागरिकता धेरै गलत व्यक्तिहरुले गलत तरिकाले लिएका छन् भनि सरकार चलाएर बसेका नेताहरु बाटै सुनी रहेका छौं/ सुमंजी ले झापड चड्कन दिंदै गर्ने मन्त्रि महोदय मनमा मधेसी र पहाडी भन्ने नेपाली नेपालीमा विभेद गर्ने मानाशिकता पारेर बसेको कुरा असत्य होयिनन/ उहिले सिक्किम बात नेपाली लाखेतिन्दा लखेटिएका हरु नेपालको अन्य भागमा बाहेक राजधानीको रत्नपार्कमै पाल टाँगेर बस्न बाध्य भएको सबैले देखेकै हो/ राज्य तथा भू भाग लिने तर त्याहाँ बसेका नेपालीलाई लखेट्ने भारतले उहिले देखिने गर्दै आएको हो/ भुटानी शरणार्थी पछिल्लो उदाहरण हो र दार्जलिंग्मा अझै कयौं नेपालीले मात्र राशन कार्ड पाएको छ भारतीय नागरिकता पाएको छैन र तिनीहरुलाई कयौं कुरामा बन्देज लगाएको छ जुन कुरा १९५०को सन्धि को बिपरित समेत छन्/ भारतले भारत बस्दै आएको अन्य नेपालीलाई पनि १९५०को सन्धि अनुशार उनीहरुले पाउनु पर्ने धेरै अधिकारहरुमा बन्देज लगाउंदै आए बाट नै मरिचमानले भारतियेहरुलाई नेपालमा वोर्क परमिट लगाएको थियो/ १९५०को सन्धि नेपालले मात्रै पालना गर्नु पर्ने सन्धि थिएनन् र होयिन तर यस्तै भई रहेको छ/ तापनि भारत परास्त नेताहरु र सरकार बोल्दैनन/ उहिले भारतीय आप्रबाशिहरु नेपालमा ठुलो स्वोर्ले समेत बोल्न सक्दैन थिए अहिले उनीहरुको सम्पूर्ण नेपालीको मान मर्दन गर्दै आएको छ/ अहिले आफुलाई मधेश बादी नेता भन्ने मन्त्रीहरुले उनीहरुको भाषामा पहाडी भन्नेहरुलाई मात्रै थप्पड लात चड्कन हान्दै आएको कुराले केहि गलत सन्देस त् दियिरहेको छ/

          तपाईंको अन्तिम हरफ बडो गम्भीर छ ” ५०० तिरेर नेपाली नागरिकता लिए रे तर दिने त् नेपालीनै होलानी तेसो भए नेपाली भानाउन्दालाई गालि गर” यी कुरामा नेपाली पन छैन/ एस्तो नेपाली पन नभएको भनाई नेपाली कै त् हो?

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

      • vatsapriyas

        झापड हान्यो त के गलत गर्यो, कार्यपालिका को सदस्यलाई एल.डी.ओ. ले नि त झुठो कुरा बोल्नु हुन्थेन नि, बुझाउन सकिन्थ्यो होला कि, खासै भन्ने हो भने त नेपाल को उभो न लागेको कारण पनि यै हो, आदर त गर्नै जान्दैन |

        मदन बज्राचार्य जी ले उठाको कुरा इतिहास भै सक्यो यो कुरा लै खिचातानी जति गरे नि फायदा छैन| आकाशदीप ले नि ठाडो कुरा गर्नु हुन्थेन.. नागरिक र मूल छुट्टयाउन सक्नु पर्यो… दुवै अलग कुरा हो….
        जय होस्!!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

    • Abinash

      सभासद वादशाह कुर्मीले पनि त यो भन्दा पहिला निर्मला कुर्मीलाई कुटीसक्यो नि नेपालगन्जमा । बिर्सनुभो यहाँहरुले । उसले त निर्मलाको सम्पत्ती खान उनलाई कुटेको नि । कारबाही भएन के रे ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Sanukaji Pant

      अब सबै नेपालीहरु चम्चाभर पानीमा डुबुल्की लगाएर मरे हुन्छ! सात हजार माओबादी हल्लाले ३५ हजार भयो| १३ हजार ले ज्यान गुमाए| माओबादीले हरुवा लै उप प्रधान मन्त्रि बनायो हेरेको हेरेइ| माओबादी सरकार हट्यो तर सुइ थौबता हरेको निकम्मा प्रधानमन्त्री को उदय भयो| त्येस पछि त के अब झमाले मा हरुवा प्रधानमन्त्री भए जितुआ द मंत्रिमंदलमा जाने कुरै भएन| श्री ६ कोइराला ज्यु पनि के कम कुहिएको कांग्रेस बाट हरुआ छोरी लाई उपप्रधान बने छोडे |
      नेपाली जनता हड्ताल र बन्द गरेर आफु जस्तै लाई दुख दिरहेको छ| कसले अवाज उठाउने?????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • hem

      दण्डहिनता कुनै पनि अर्थमा राम्रो होइन. यसको अर्थ यो पनि होइन कि तल्लो तहमा ओर्लेर मधेशीलाई गालि गर्नु राम्रो हो.
      किवाहंग र शान्तिप्रेमी दुइतैको प्रतिक्रियालाइ जसरि सबैले मन पराएकाछन , यसले के देखाउंछ भने हामि कति साम्प्रदायिक मोहले ग्रषित छौ. यस्ता प्रवृतिले समग्र नेपालको कुरा गर्नु बिरबलले खिचडी पकाएको जस्तै हो . सम्पूर्ण नेपालीहरुलाई पाहाडी र मधेसीमा बर्गिकरण गरेर मुखको तितो फलदा बिदेशमा बस्ने तथाकथित बुज्रुगहरुलाई त केहि असर नपर्ला तर यस्तो बिष बमनले नेपाली नेपालीमा फाटो अबश्य बधाउदैजाने छ भन्ने कुराको हेक्का राख्दा सबैको कल्याण हुन्थ्यो कि ???
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

    • raju

      किन हो नेपाली हरु चुप लगेर बसको येत्रो अन्याय सहेर / प्रधान मन्त्रि ले कारवाई गर्न नसके राजिनामा दिनु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

    • तेज प्रसाद अधिकारी

      म त्यो भान्छे भएको भए उल्टै चडकन दिन्थ्ये, चाहे कारबाही होस् मतलब छैन तर अन्याय सहनु भन्दा कारबाही बेहोर्नु जाति /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 3

    • Rohit Rana

      नागरिक समाज को अन्धो बहिरो भयो किन चुप लागी बसेको अनि नागरिक समाज के को लागी ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • Rohit Rana

      माकुने सक्छ भने राम्रो काम गरेर देखाऊ नसक्ने भये कु संस्कार न निम्त्याऊ अनि , अनि अब बन्ने संबिधान मा प्रतेक सभासद का उम्मेदवार को न्यूनतम शैछिक योग्यता अबधरना तोकिनुपर्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • अब भाग ५ त नआउला.तर अबको सरकारले संबिधान नबनाएर जनता लाई चड्कन हन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • कालभैरव

      जब भनाउदा ठुला नेताहरुले “मन्त्री” पद को अर्थ र अस्तित्व बुझ्दैनन, यस्ता राज्यमन्त्रीहरुले अफ्नो कार्य र अस्तिव बुझ्लान भन्ने आशा किन गर्छौ?

      मन्त्रीहरु, सक्छौ त आफ्नै मन्त्रालयको आम्दानी बढाउ, अनि जस्तो गाडी चढ्न मन लाग्यो त्यहि गाडी आफ्नै मन्त्रालय बाट किन!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Nitisha

      सबै बिहारी संस्क्रीती को उपज हो \ हेर्नुस त चड्कन हान्ने जति सबै बिहारी जस्ता छैनन् र ? मदिशे मुला लै मंत्री कसरि पच्छा हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4

      • Abinash

        यसो नभन मुस्लिम देशका सरकारहरले मुसलमानहरुलाई सँरक्षण दिरहेका छन् । करिमालाई कारबाही नहुनुको पछाडि साउदी अरबको हात छ भन्ने कुरा साथीहरुले बुझ्नुहोस ।

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • Shiva

      माकुने को हति छ भने कारबाही गरोस यी भ्रस्ट, बिबेक हीन, खाते मन्त्रि हरुलाई! होइन भने तुरुन्त राजिनामा दिया हुन्छ/ फोस्रो गृह मन्त्रीलाई केहि गर्न नसक्ने , सोझो राज्य मन्त्रि लाई राजिनामा गंरना लगाउने, उसले बिचरा कुरा मरे गरेको थियो तर भिमे रावल ले गुण्ड गर्दी र हत्यामा रेकर्ड नै राख्यो, यस्ता चोरहरु लाई पो कारबाही गर्नु नि/ अनि यिक दुइ कौडी का हिजो सम्म झुपडीमा बसेका र गाडी त के साइकल सम्म चढ्न नसकेका खाते हरुलाई कारबाही गर्न नसक्ने, थुक्क पाजी माकुने, तँ त दरुमा पनि ततायर डुबेर मरे हुन्छ ! अब खाते हरुलाई चुनाबमा भोट माग्न होस् या अरु काममा जिल्ला, गाउँ गएका बेला जनताले चड्कन लाएर खेद्नु पर्छ / अब तेस्को लागि लबिंग गर्ने समय आयो /
      शिव

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

      • siava जी कति सरो भनेको हो ? हुन त मलाई पनि भन्न man लाग्छ उनीहरुको कार्य देख्दा उधो मुण्टो क्रेन्न्मा झुन्दयेरा काथ्मंदुको फोहरमा गाड्नु parne ,

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakre

      यी बुक्याचाहरुको मस्ती , जनता को सास्ती ! संसारकै सबभन्दा नालाएक, भ्रस्ट र हरुवाहरुको माकुने मण्डलको चर्तिकला अब चाडै बन्द हुनुपर्छ ! सहने पनि हद हुन्छ ! अब त माकुने मण्डलको भुस्याहाहरुलाई जँहा देखेपनि ढुंगाले हान्ने कार्यक्रम ल्याउनु पर्यो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • ram prashad

      अब येस्मा नेपाली जनता लै दोष दिन मिल्दिना,उनीहरु ले जिताको मान्छे कोइ छैनन् सत्ता मा,दोष सबै माओबादी को हो,सरकार चलाउन सक्दिन देश चलाउन गारो छ भन्ने थाहुँदा हुँदै,किन यो पाली हाम्लाई भनेको यो सबै माओबादी को नापुक्सकता को परिणाम हो,तिनी हरु ले बिचल्ली परेर देश छोडे अनि यीनी हरु ले सत्ता पाए .बरु राजा भा कै बेला ठिक थियो,जसले ज सोचून राजा हुँदा योबिदी सरकारी सम्पति हिना मिना त भा थिएन.यौता संस्था त थियो.
      ये अहिले क नेता हरु त मन्त्रि हुन साथ “बपू मन्त्रि बंगैली ,बढिया गाडी मिलेला बाबु,हम गाडी ले के एम्,भनेर गाउले लै आफ्नो रवाफ देखौना मात्र मन्त्रि भा हुन्.
      सबै चड्कन लगाउने मदिसे नेता हरु हुन्,अब आफै नै विचार गरम ये मधिसे हरु लै सोहोमत छ कि छैन अनि किन दिने एनि हरु लै कुनै हक, एनि हरु लै सत्ता दिए नपाउने ले केरा पायो बोक्रा सहित चपायो जस्तो बनौन्चन.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

    • Dev From Doha

      यी चोर मंत्री हरु हिजो साइकल माँ हिडेका दिन हरु बिर्सेर आफ्नो घमंड प्रदर्सन गरिहाले नि . यिनी हरु लाई कारबाही गर्ने त कुनै निकाय नै छैन अब जनता नै उठ्नु पर्छ यी गद्दारी को बिरुद्द . हिजो पागल जस्ति आइमाई त्यों करीमा लाई कारबाही नगरेको परिणाम हो यो घटना . माधब कुमार नेपाल लाई किन अझै पनी सरकार माँ बस्न लाज लागेन किन की उसलाई जनताले त्यहा पठायका नै होइनन त्यसकरण उसलाई नेपाली जनताको सुख दुख संग कुनै मतलब नै छैन .

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • dipak joshi

      हाम्रो नेतालाई पनि चड्कन हनु पर्छा अनि मात्र लाइनमा आउछ |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Allen

      चड्कन हान्ने मन्त्री मा पुरुषमध्ये पहिलो नै परेको जस्तो छ यो शत्रुघन। सभासदहरु पनि गन्ने हो भने पहिले अरुले नै हानिसके। जस्तै ओमप्रकास गुल्जारी भन्नेले यौटा पुलिसलाई हान्याथ्यो चड्कन, स्यालुट गरेन भनेर।
      जे होस, अब जनता नउठी नहुने भो। अब अति नै हुन थाल्यो। येस्ता चोर डाँका सबै पार्टीमा छन्, कांग्रेस होसकी माओबादी। मेरो यो पार्टी, तेरो त्यो पार्टी नभनी चाहे जुन पक्षको होस यस्ता हुतिहारा चोर, सबलाई जनताले कारवाही गर्नु पर्‍यो। यो शत्रुघन भन्ने सडकछाप पागललाई मन्त्रीको कुर्सीमा बस्नै नसक्ने बनाइदिउँ न, अरुले पनि चाल पाउँछन। यस्तालाई गाली गर्ने, कालोमोसो दल्ने, ढुंगा हान्ने, गोली नै हान्ने, वा बम नै हान्ने सम्मको कारवाही गर्दा हुन्छ। जे पायक पर्छ तेहि गरे हुन्छ, जसले गर्न सक्छ उसले गरे हुन्छ। माधव नेपालले येल्लाई कारवाही गर्दैन त्यो त पहिले देखि नै थाहा छ। देश बचाउन छ भने यस्ता नरपशुहरुले यहाँ राजनिती गर्न पाउनु हुन्न। त्यत्ति हो।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • jeevan

      बधाई छ माधब नेपाललाइ / भनाइ छ नि ‘हुने बिरुवाको चिल्लो पात’ / बर्तमान सरकारका मन्त्रि पछी अब प्रधानमन्त्री को नै पालो आउने त होलानि / आशा गरौ अब प्रधानमन्त्रीले पनि कुनै सी दि ओ को गालामा चडकन हानेको समाचार छिट्टै पढ्न पाइन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • माकुने ले आफ्नै पार्टी क मन्त्रि लै मात्र कारबाही गर्न सक्छ किनकि तेस्बता उसको पर्धन्मंत्री पद जादैन तर अरु पार्टी को लाइ कर्भई गर्दा उसको सरकार जान्छ

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • Senseless political leaders. Let’s denounce them.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Immatured and senseless ministers do the things whatever comes from their minds. Such kind of leaders are infectious virus to our country.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • samyok

      जब सम्म यो (माकुने) हिजडा नापुन्ग्सको मन्त्रि मण्डल हुन्छ तब सम्म यो थप्पड काण्ड कहिले सकिन्न र अब येस्तो कुरा सुन्दा पनि अचम्म लाग्दैन किनकि नापुन्ग्सक माकुने को मन्त्रीमंडल छ

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • kabin

      पिचासे सरकार

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • RAJU

      देस मा खेलकुद को राम्रो सम्भावना छ है साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • Sabin Malla

      हाहा …. दामी खबर रैछ …. अब जिन्दगि भर अरु को हेपाई खको, कहिले केहि नदेखेको मान्छे हरु ले पावोर पाए पछि येस्तई हुन्छ नि, कसैले तेस्को मुक मा थुकेर गल्ति महसुस गरे हुन्तियो नि…..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Krishna Thapa Magar

      साला भतुवा मन्त्रिहरु
      जनता मार्ने र जनताका खुन चुस्ने हरु
      यस्तै गर्दै हिड्छौ भने जनता राजतन्त्र फिर्ता गर्न बाध्य हुनेछ
      माहिला मन्त्रीहरु त पुरुष देख्ने बित्तिकै …. चिलाएर पिट्न थाल्थे
      तर पुरुष मन्त्रिहरुले किन पुरुषलाई नै पिटेका हुन ?
      यि मन्त्रिहरु आपसमै ….. सम्बन्ध राखेत जनताले कुटाई खान पर्दैनथ्यो त

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • spion

      साला कुकुर हरु नि मन्त्रि भयपछी के हुन्थ्यो त. यस्ता खाते गवार हरु लै त तुरुन्तै मन्त्रि पद बाट निकाल्न पर्ने हो तर के गर्ने नेपालको दुर्भाग्य सारा मन्त्रि मण्डल नै तेस्तै छ .अशिक्षित,अनपढ अनि खान नपाका हरु मन्त्रि भयपछी के होस् त!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • काँही नभएको सरकार हाम्रो देशमा बनेको छ .प्रभु हरुको कृपाले !! अनि कहिँ नभाको पुरुस्वार्थ
      त् देखाउने भै हालेने सरकश का जोकर हरुले !!!! खोइ के आशा राख्ने हामी जनताले ????
      येस्तै नौटंकी बाहेक अरु केहि आशा नराखे नै राम्रो !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Anjan

      हैन येस्ता मन्त्रि नेता हरुलाई हामी आफै मिलेर ठिक गरौन साथी हरु हो .तिनी हरु जहाँ जान्छन डुंगा हान्दै लाखेतौना.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 103 Thumb down 2

      • ashok

        अन्जन जी, नेता हरु लाई ढुंगा होइन “चड्कन” नै चाहिए छ |

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

      • तेज प्रसाद अधिकारी

        होसियार है ‘ अन्जान ‘ जी,
        तपाइले ढुंगा हान्दा उताबाट गोलि आउलानी, हामीले तिरेको कर ले किनेको बन्दुक, हामी माथि नै पड्काउन हो रे / ल….पत्याउनु भएन ? अस्तिको घटना ले एही नै भन्दैन र ???

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • Kandelnabin

      कारबाई नहुने भए पछी जे गर्दा पिन हुन्छ भन्ने मनसिथती को उपज ……….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 3

    • Raj Kapoor Jung Thapa

      मलाई त कमेन्ट लेख्न पनि जाँगर हराएर गयो साथीहरु !! कस्तो अचम्म अचम्म का समाचारहरु सुन्नु परेको यो बाबर जत्रा कानहरुले, कस्ता मुर्ख मुर्खहरुको जमातले बनेको महामुर्ख मन्त्रीमंडल परेछ बा ???
      होइन त्यो भान्छेले कसको मुन्ग्रे केरो हेरेर बसेछ हँ ??? तेस कुकुर मन्त्रिलाइ छुरी झिकेर मुटुमा स्वाट्ट पार्देको भएत !!! सन्सारको लागि एउटा अनौठो रेकर्ड पनि हुन्थ्यो, तेस अपराधी प्रवृति को दिमाग भएको मन्त्रीको इहलिला पनि सदाको लागि राम राम हुन्थ्यो !! अनि भोलि फेरी तेस्तो किसिम को वाक्क,दिक्क अनि थुक्क हुने खालको घटना पनि नदोहोरिने थियो कि ?????
      नत्र के गर्ने त होइन साथिहरुहो आइलाग्ने लै कतिपटक सहने अन्तमा जाइत लाग्नै पर्यो त्यो पनि तेस्को एकबारको जुनी नै खत्तम हुने गरेर !
      एदी त्यो कुटाइ खानेको ठाउँमा म हो भने देखि फरक नै छैन छुरी खाइहाल्थ्यो तेस दिमाग रहित मन्त्रीले त्यो पनि मुटुमा !!
      जय देश .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 5

    • क्रमस…….
      अर्को भाग चाडै प्रकासित हुने छ प्रतीक्षा गर्नु होला……………,र अनुमान लगाउदै गर्नु होला who,s next????????????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 4

      • madan bajracharya

        आशीस जी
        अर्को भागमा तेस्ता चदकंन हान्ने मन्त्रि मंत्रिनिको ‘लोला र दुलो” फुट्ने गरि लात हानेको सुन्न पाउँ/ लुट्नेले चुट्ने पनि कुट्ने पनि!!! अनि हामीले मात्रै किन छोड्ने तिनीहरुलाई/ हाम्रो कुर्सि जान्दैनन् लात नहाने सम्म तिनीहरुको फुर्ति जान्दैन/ लात हानु अब/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • sankalpa

      खान नपाका खाते दरिद्रीहरु मन्त्रि भए पछी गाडी देखेर र्याल चुहाउने त स्वाभाविक नै होनी ……….किरा परेर मर्न नसकेका पापीहरु ……………..हे दैब कल्याण गर हामी नेपालीहरु लाई…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 3

    • sankalpa

      खान नपाका खातेहरु मन्त्रि भाछान अनि गाडी देखेर र्याल त चुहाउने भै हालेनी….
      हे दैब कल्याण गर हामी नेपाली हरु लाई………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

    • sankalpa

      खान नपाका खाते हरु मन्त्रि भएपछी येस्तई त हो नि चाला …दरिद्री बानी जन्मदै देखि को छ …कहाँ एती सजिलै जान्छ त …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • bhakta

      यस्ता नेताहरुलाई त झुन्दायर आगो लाउनु पर्ने हो / कि कसो……………………. ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 2

      • mahesh

        कठपुतली माकुने को सरकार बनैनु नै नेपाली जनता माथी चद्कन हो भने अग्रगामी परिबर्तन रोकन जबरजस्ती उभ्यैएका प्रतिगामी खाते मंत्री ले जनता लाइ चद्कन हान्नु के नया कुरा हो र?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 9

    • होइन हौ ! यो मधेसी मन्त्रिहरु सबै यस्तै हुन् कि क्या हो ? गुन्डा गुन्डी हरु !
      चिरिप परेर झिरिप पर्नु जस्तो | अनि त्यो माकुने को सरकार ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 3

    • शान्त्तिप्रेमी

      के हो मधेशीहरूमा नैतिकता, इज्जत, अनुशासन भन्ने कुरा हुँदैन कि क्या हो ? अहिलेसम्मका सबै चारजना महापुरूष/महिला मधेशी मूलका परेछन् । यो सङ्योग मात्र हो कि वास्तवमै उनीहरूको चरित्र यस्तै हुन्छ ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 77 Thumb down 5

      • धेरै जान्ने बुझ्नेहरु हुन्, तेसैले हो / उपेंद्रे जादवले नै के जानेको बुझेको छ र ? माओबादीले पनि उसलाई तेही सिकायो, तेसपछी उसले गर्ने तेस्तै हो नि साथी / प्रचण्डले गुरिल्लालाई सिकाउने कुरा र उपेन्द्रेले कार्यकर्तालाई सिकाउने कुरा के फरक होला र खोइ ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 13

      • Bikaral

        बिरालो लाई भान्छामा बस्न दियो भने पहिला दुधको भादो धोप्ट्याउछ।।।।।। जानी राखे राम्रो ।।।।।

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • घाशकाटनी घाशीको ठउ म भनसे देखेर गोरुको सिंग चिलायेछा क्यर
      भान्छे दाई आबा खाना बनौना छोडनुस हसिया लिएर बस्नुस बन्मारा फाड़ेरा औनी बितिकै हल्दिनुस

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • शत्रुधन जियु नमस्कार म जितेन्द्र यो समाचार पढेर म दुखि छु किन भने हाम्रो जिल्ला मा बिकाश को जरुरछ किन बने दङ्ग फषद चाहदैन औता राज्य मन्त्रि छौ तपाई जिल्ला मा सान्ति सुरक्षा को बेवास्ता मिलाई दिनु पर्थियो यानी सबै जनता खुशी हुन्थियो तर हेर्नुश तपाइलाई जुन क्षेत्र बाट विजय बनु वैछ तियो क्षेत्र लै dhiyan मा रखानुष किन वने tapaiko क्षेत्र बाट जिल्ला मा yaun बाटो chhain तेही vaner बिकाश को तर्फ मा lag दाग फषद चाहदैन

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • mra

      सबै भन्दा छोटो समय मा सबै भन्दा धेरै कर्मचारी हरु लाइ हातपात गर्ने मन्त्रि भएको देश का हो ?
      नेपाल

      नेपाल मा मन्त्रि ले भनेको नमाने र मन्त्रि ले भनेको गाडी नदिए के हुन्छ ?
      नमान्ने मान्छे ले झापड खान्छ

      बिचरा नेपालका कर्मचारी ..
      बिचरा नेपालका मन्त्रि ..
      बिचरा नेपालका जनता … (याने तपैहमी … ) आफै माथि दया लगेर आऊछ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • Nabaraj

      हरे! हरे!! फेरी पनि के सुन्नु परेको यो च्याउ जस्तो कानले…? माकुनेको अर्को मन्त्रीले भान्सेलाई चड्काए रे….?? माकुनेको मन्त्रि मण्डलमा त सबै दिमाग खुस्केका पागलहरू मात्र पो छन् क्याहो…? एक जना सज्जन थियो, उसलाई भने राजिनामा दिन लागे हाल्यो क्यारे….//

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

    • liverpool

      कस्तो कस्तो खबर सुन्न परेको गाडी को डिब्बा मा हालेर बागमती मा जलाउने नेता हरु हरे हाम्रो देश मुट्टूको रगत उम्मलेर आउछ !!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • punam

      रौतहट, फाल्गुन २९ – आफ्नो बारेमा समाचार लेखेको भन्दै रौतहटका सभासद बबन सिंहले पत्रकार महासंघ रौतहटका सचिव राजेन्द्र क्षेत्रीलाई शनिबार साँझ ज्यान मार्ने धम्कि दिएका छन् ।

      रौतहटबाट प्रकाशित क्राईम एक्सप्रेस दैनिकको शनिबारको अंकमा ‘सभासद बबन सिंहको गाडि प्रहरीको कब्जामा’ शिर्षक समाचार प्रकाशित भएपछि पत्रिकाका प्रकाशकसमेत रहेका क्षेत्रीलाई सभासद सिंहले धम्की दिएको शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताए । सभासद सिहले सार्बजनिक रुपमा माफी नमागे चरण बद्ध रुपमा आन्दोलन गर्ने अध्यक्ष झाले बताए

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • tulsi

      सेश र जनताको सेवा गर्ने कसम खाएका बिलाशिहरु/महँगो गाडी छाड्नु पर्ने ;मिठो खानेकुरा खानु पर्ने;पाच तारे होटेलमा सुत्नु पर्ने/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • tulsi

      येसरी चड्कन हान्दा ठुलो होइन्छ; सम्मानित होइन्छ भन्ने घमण्ड छ अहिलेका मन्त्रीहरुमा/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • दुर्गा खनाल रियाद सुलाई एक्जिट १६

      आज त गरिब को गला मा चड्कन लगाउदै छौ तर जेष्ट १५ गते भने तिमीहरु आफ्नु आफ्नु गालामा तेल लगाएर बस्नु है जनताको चड्कन खानलाई
      पशुहरु मान्छेको जुनी जिउदै छन्
      मान्छेहरु पशुको जुनी जिउदै छन्
      जनावर नांगै हिड्छ प्रकृतिको नियम
      नेता नांगगिदैछन बिना नियम
      बोल्छन १०० गर्छन १
      जान्दैनन् कर्म को गति
      रिठाको बोटमा कहा फल्छ कागती

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

    • dilip

      Nepalese ministers does not have any qualification. I don’t think these politician change nepalese living standard. these are not leader who they want to enjoy and earn money. It is shame for nepalese people. These idiot always win election and becomes minister. If these idiot does not win election then becomes PM. they loose election and becomes PM. What a democracy?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Cesar

      हा हा हा हा हा हा हा हा हा हा हा हा!

      हाम्रो नया नेपाल!

      क्या गजब को!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • Hari Smit, London

      चड्कन हान्ने हाम्रा मन्त्रि जी हरु लै साधारण कुरा नै भयको छ …. उहाहरुलाई जनताले चड्कन हान्नलाई नै तेओ पद दियका होलान……कि कसो मन्त्रिजीहरु???? सुन्दै अचम्म लाग्ने कुरा ……..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • madan bajracharya

      यो गठबन्धन नै जनमत माथि चड्कन दिनेको भिड हो त् याहाँ चद्कनै चड्कन दिने बाहेक अरु को हुन् सक्ला र?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • तराई मुलका मन्त्रीहरु बढी उग्र देखिए |
      कर्मचारीले पनि मन्त्रीलाई र सरकारलाई चुनौती दिन थाले |
      ठुलालाई चैन सानालाई ऐन भनेको यही हो |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • यिनीहरुलाई खाल्डो खनेर एउटा गाडी सहित जिउदै गाडे बल्ल केहि हुन्थ्यो कि

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 3

    • नारायण(NS)

      मन्त्रीहरु ले नै यस्तो दादा गिरि गरे पछी जनता ले गर्दैनन् त ? हुन त कानुन नै न भय को देश मा जे गरे पनि क फरक पर्छ त ? माकुने सरकार ले किन कारबाही गर्छ त कारबाही गरे मा सरकार लाई दीए को समर्थन फिर्ता गर्छु भने को होला तेसै ले माकुने चुप चाप बसे को हो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0

      • peace shrestha

        नारायण(NS) जी, तपाई र मेरो नाम एउटी परेछ| विचार चाही कुनै कुनै कुरामा मिलेन (एसमा होइन है)| तेसैले नारायण(NS) मात्र नलेखी पुरा नाम लेख्दा हुन्थ्यो कि| जस्तै नारायण दाहाल (नेपाल) अथवा नारायण श्रेष्ठ (USA) अथवा नारायण भट्ट (BELGIUM)| यहाँ गरेका कमेन्टले गर्दा misunderstanding हुने क्या तेसैले| मित्र mind नगर्नु होला|

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

    • mahesh

      खान दिएनौ, बत्ति दिएनौ, सुरछ्या दिएनौ, पानि दिएनौ, संबिधान दिएनौ…… तिमीले केहि दिएका छैनौ….. केहि भनेनौ हामी जनताले…. बिन्ति चड्कन नदेउ…..चाहिदैन…. तेत्तिका लागि तिमिलाइ जितायेनौ हामीले………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 1

    • harihar

      चड्कन काण्ड भाग पाँच – नेपाली जनता द्वारा माकुने सरकारका सम्पूर्ण सदस्य लाई घाटीमा डोरी बाधेर टुडिखेल मा लहरै उभ्याएर दुवै गाला मा चड्कन लगाएर, घास खुवाएर अभिनन्दन गरियो. भनेको खबर सुन्न पाए …….!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 3

    eXTReMe Tracker