१६ वर्षमुनिका एसियाली खेलाडीहरुको क्रिकेट प्रतियोगितामा आज नेपाल मलेसियालाई हराउँदै फाइनलमा पुग्न सफल भएको छ। राम्रो खबर के पनि हो भने यो जितमा दर्शकको हुलदंगाको कुनै हात थिएन। नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शनलाई कायमै राख्दै एउटा पनि खेलमा पराजित नभई फाइनलको यात्रा तय गरेका हुन्। नत्र त आजभोलि हाम्रा दर्शकलाई के भा’को हो कुन्नि। खाली हुलदंगा गरेरै जितौँला भन्ने ठान्या रैछन् कि के हो! आइसीसी डिभिजन ५ लिगमा पनि कीर्तिपुरमा भएको अमेरिकाविरुद्ध खेलमा ढुंगामुढा गरेर फाइनलमा पुर्याइदिए। हुँदाहुँदा रेस्लिङ जस्तो पहिले नै तय हुने ‘नाटक’ खेल पनि दर्शकले नबुझेर हिजो भृकुटी मण्डपमा अमेरिकी रेस्लर बीग भिटोविरुद्ध कुर्सी र पानीका बोतलले आक्रमण गरे। बिचरा रेस्लर र आयोजकहरुलाई पाहुना रेस्लरहरु जोगाउँदैको बेफुर्सद। नेपाल भन्ने देशका दर्शकहरु जंगली पाराका असभ्य हुन्छन् भन्ने पर्दैन र विश्वमा यस्तो भएपछि ? किन नबुझेका होलान् है!
अब एउटा रमाइलो पनि हेर्नुस् है। अहिले भइरहेको एसीसी यु १६ Elite cup लाई नेपालका टेलिभिजनहरुले के भनी उच्चारण गर्दा रहेछन्। आजको खेलपछि उनीहरुले स्क्रिनमा रोल गरेका ब्रेकिङ र फ्ल्यास न्युजहरु हेर्नुस्-

इमेज च्यानलले लेख्यो- एलिट।

कान्तिपुरले लेख्यो- इलाइट।

सगरमाथा टिभीले पनि उस्तै लेख्यो- इलाइट।

तराई टिभीले बीचको इमा टुप्पी थपेर लेख्यो- इलाईट।

भारतीय नेपाली भाषाको टिभी नेपाल वनले त झन् दुवै इमा टुप्पी थपेर लेख्यो- ईलाईट।

एबीसी टिभीले लेख्यो- एलाइट।
खासमा अंग्रेजीमा उच्चारण भने यस्तो हुने रहेछ अनि यस्तो पनि।
No related posts.









धेरै धेरी बधाई नेपाली खेलाडी साथी हरु ! Coming Future मा पनि एस्तै प्रधर्सन देख्न पाउ !
मन परे हरियो, नपरे रातो
0
0
मौकामा चुक्ने नेपाली टिमको बानी बाँकि छ .
मन परे हरियो, नपरे रातो
0
1
धन्यवाद छ टोलीलाई जितेको मा , अनि धन्यवाद छ ढुंगा नहानेकोमा नेपाली दर्सक लै .
मन परे हरियो, नपरे रातो
2
0
मन परे हरियो, नपरे रातो
0
1
Well done Guys.
One more success and the gold is yours…
Do not be over exited as u have already won against HongKong ..
Best of Luck for tomorrows final.
JaYa Nepal
मन परे हरियो, नपरे रातो
0
1
नेपाल ले फाइनल मा पनि जितोस, मेरो यहि शुभकामना.
मन परे हरियो, नपरे रातो
6
2
well done guys,keep it up and best of luck for final game
मन परे हरियो, नपरे रातो
3
1
स्याबास नेपाली आमाका छोराहरु हो…..देशले गौरब गर्नु पर्छ / देशका भ्रष्ट मन्त्रि र नेताहरुले मुलुकको नाम बिगारे ता पनि तपैहरु जस्ता छोराहरुले नेपालीको नाम उच्च पर्नु भएको छ / आगामी दिन मा पनि तपैहरुको सफलताको लागि शुभकामना छ !!
मन परे हरियो, नपरे रातो
7
1
बधाई छ हाम्रा क्रिकेट खलाडी हरु लाई . फाइनलमा पनि बधाई दिन पाइयोस,तेही कामना गर्दछु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
साथि हो, हाम्रो खुशी अभिव्यक्त कमेन्टहरुमा पनि रातो टिक लगाउने को होला!
मन परे हरियो, नपरे रातो
5
3
तेही भन्या, कोइ कोइ साथी हरु ले रातो पनि हरियो देख्नु भयो जस्तो छ !
मन परे हरियो, नपरे रातो
0
0
मलेसिया लाई हरायर नीकै राम्रो गरे नेपाली खलाडी हरु ले मेरो चाही नाकै ठाडो भयो मैले काम गर्नी ओफीस मा किन की जहिले पनि मलेसियान हरु ले नेपाली हरु लाई के मा तिमि हरु पूर्णता छौ भन्थे आज त मैले पनि गजब ले भन्न पाए साथी हो हा हा हा हा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
नेपाल पनि केहि मा कम्ति त छैन नि ? ??? बधाई छ नेपाली खेलाडी हरु लाई जसका कारण सम्पूर्ण नेपाली हरु ले गर्ब गर्न पाएका छौं .
मन परे हरियो, नपरे रातो
9
5
राम्रो खेल प्रदर्शन गरि फाइनल मा प्रवेश गर्न बधाई छ नेपाली युवा टिमलाई/ फाइनल पनि जितनु पर्छ/best of luck/माई संसार मा फेरी अर्को राम्रो खबर मा फाइनल जितेको समाचार आओस /
मन परे हरियो, नपरे रातो
9
1
अशभ्य भन्ने थाहा नै छ नि संसार भरिनै, यसै अशभ्य उसै अशभ्य भनेर अशभ्यता को चरम रुप देखाउन थालेका होलान नि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
7
Congratulations to all players! Good iUcK for the fInAl Match!
मन परे हरियो, नपरे रातो
5
3
well done guys….cheersss !!!!!!
मन परे हरियो, नपरे रातो
3
2
एलिट होस् कि इलिट होस् तर यो कान र आँखाले धेरै राहत पायो / ल बधाई छ यु १६ एलिट कप का खेलाडी एबम दर्शक हरुलाई पनि / फेरी फाइनलमा पनि बधाई दिन पाइयोस, कामना गर्दछु….
मन परे हरियो, नपरे रातो
4
2
क्रिकेट मा नेपाल को भबिस्से राम्रो छ, खेलाडी हरु को सुबिधा मा अलि ध्यान दिन पर्छ
मन परे हरियो, नपरे रातो
4
1
एलिते ?
मन परे हरियो, नपरे रातो
1
11
Elite=एलिट
मन परे हरियो, नपरे रातो
4
7
Our pride!!!
मन परे हरियो, नपरे रातो
4
2
बधाई छ हाम्रा क्रिकेट खलाडी हरु लाई….
मन परे हरियो, नपरे रातो
5
3
आजको गेम हेर्न म पनि पुगेको थिए ,नेपाल ले खासै राम्रो प्रदशन त गरेको थिएन तेही पनि जित्यो बधाई छ ,अनि त्यो गेम मा दर्शक को उपस्थिति न्यून थियो ,न्यून हुनु को कारण कान्तिपुर दैनिक ,जसमा आजको सेमी फाइनल खेल नेपाल र मलेसिया बीच पुल्चोक को मैदान मा हुन्छ भनेर लेखेको थियो ,कान्तिपुर लाइ पुलिशले थर्कायो कि पुल्चोक रुटको यातायात समितिले घुस खुवायो
मन परे हरियो, नपरे रातो
11
3