
आज चैत्र कृष्ण औँसी अर्थात् घोडाजात्रा। यो दिन उपत्यकाका सरकारी कार्यालयमा विदा हुने गर्छ। एक किसिमले सेनाको खेल दिवस पनि हो आजको दिन। बसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई घोडामा राखेर टुँडिखेल ल्याइन्छ आजैको दिन र सैनिकले २१ तोपको सलामी दिन्छन्। राष्ट्रप्रमुखको पनि उपस्थिति आजको दिन हुन्छ। आज सेनाले टुँडिखेलमा घोडा दौडको पनि आयोजना गर्ने गर्छ, जुन नेपालमा हुने एक मात्र हर्स रेसिङ खेल हो। तर, विशिष्ट व्यक्तिका लागि मात्रै यो हर्स रेसिङ सुविधाका साथ ‘नजर’ गर्ने सुविधा छ। सर्वसाधारण त टुँडिखेलको बारबाहिर घाममा उभिएर, रुखमा चढेर घोडाजात्रा हेर्न बाध्य छन्। टुँडिखेलको त्यो साँघुरो ठाउँमा भन्दा बरु दशरथ रंगशालामा घोडा कुदाएर प्यारापिट भरी दर्शकलाई हेर्न दिए हुन्न र भन्ने प्रश्न उठ्न सक्छ। परम्परागत मान्यताका कारण यसो गर्न अप्ठेरो छ। किन त ?
एउटा किंवदन्ती छ। गुरुमापा नामको राक्षसले काठमाडौँमा उपद्रै गरेको थियो रे। मान्छे मारेर खान्थ्यो रे त्यसले। एक दिन उसको अत्याचार सहन नसकी काठमाडौँवासी भेला भएर त्यो राक्षसलाई पक्रेर जिउँदै खाल्डो खनेर गाडिदिएछ। त्यही राक्षस गाडिएको ठाउँ अहिलेको टुँडिखेल हो रे। यहाँका बासिन्दाहरु त्यो राक्षस अझै नमरेको विश्वास गर्छन्। माटोमुनि ऊ अझै जिउँदै छ र पूरै सहरलाई ध्वस्त पारी बदला लिन ऊ तम्सिएको छ रे। त्यसैले त्यसलाई तर्साउन र जमिन माथि आउन नदिन टुँडिखेलमा घोडा दौडाउने गरेको रे।
पहिले पहिले एउटा घोडा मात्रै दौडाउने गरे पनि पछि जुद्ध शमशेरले बाहिर हर्स रेसिङ गरेको देखेपछि यहाँ पनि त्यही चलन चलाउन लगाएको रे भन्ने पनि सुनिन्छ।
घोडा चढ्दाको रमाइलो

घोडाजात्रा कै दिन पहिलो पटक घोडा चढ्दाको अनुभव पनि बाँडिहालौँ। घोडाजात्राको दिन त सैनिकले मात्रै घोडा चढ्छन्। तर त्यही सेनाको घोडा केही दिनअघि सेनाको मेलामा सर्वसाधारणलाई चढ्ने सुविधा दिइएको थियो। २५ रुपैयाँको टिकटमा एक फन्को लगाउन पाइने भएकोले चार दिने मेलाको सुरुदेखि अन्त्यसम्म काठमाडौँवासी धेरैको आकर्षण बनेको थियो त्यो ठाउँ। त्यहीँ चढेको थिएँ मैले पहिलो पटक घोडा।
घोडा चढ्नुअघि नै ‘घोडा चढ्ने लड्छ’भन्ने उखान दिमागमा घुमिरहेको थियो। लड्यो भने के होला भन्ने लागिरहेको थियो। घोडाको बायाँपट्टीको खुट्टा राख्ने ठाउँमा टेकेर घोडामाथि बसेर खुट्टा राख्ने ठाउँमा दुवै खुट्टा त राखियो, तर अझै लडिएला कि भन्ने डर भयो। त्यहाँ घोडा चढाउन सहयोग गर्ने सैनिकहरुले ‘खस्दैन, खस्न लागेमा यो समात्नु न’ भनेर घोडाको रौँ पो देखाउँछ। दिमाग फेरि कल्पनालोकमा पुग्यो- जेम्स क्यामरुनको ‘अवतार’ फिल्ममा घोडाको रौँ र घोडा चढ्नेको रौँलाई जोडेपछि भावनात्मक रुपमा चढ्ने र चढाउनेको मिलन हुन्थ्यो। फोटोसप चलाएर ‘अवतार’को रुप आफ्नो अनुहारलाई दिन सजिलो भए पनि यस्तो कल्पनालाई यथार्थमा ल्याउन संभव हुन्न। यो लोकमा त लगाम कै भरमा घोडालाई नियन्त्रणमा लिनुपर्ने हुन्छ। घोडाको लगाम हातमा लिएँ। घोडा हिँड्यो।

सुरुमा त खस्ला कि भन्ने डर भयो। लगाम बेसरी समात्यो भने घोडा अडिने पो रहेछ। लगाम खुकुलो बनाएर खुट्टाले पेटमा बिस्तारै हिर्काएर हिँड भन्ने संकेत गरेपछि घोडा कुद्ने रहेछ। अचानक सँगै अर्को घोडा कुद्यो, त्यसपछि त म चढेको घोडा पनि कुद्न थाल्यो। सुरुमा कुद्दा त डर लाग्यो। पछि भने मजा भयो। घोडाको उफ्राइसँगै जिउको तादात्म्य मिलाउन सकियो भने बल्ल मजा आउने रहेछ घुडसवारीको। लगाम हातमा र दुवै खुट्टा सही ठाउँमा रहेर जिउ हलुका बनायो भने खस्ने डर नहुने रहेछ। पहिलो दिन २५ रुपैयाँ कै टिकटमा दुई फन्को लगाउन पाइएको थियो। त्यो चढाइपछि चार दिने मेलामा सँधै जसो पुग्यौँ हामी साथीहरु घोडा चढ्न। थुप्रैले घोडा चढ्ने रहर पूरा गरे त्यो मेलामा। डराउनेहरुका लागि डोर्याइदिने व्यवस्था पनि थियो।
नेपालमा घोडा

नेपाल पहाडी मुलुक हो र जब हवाइजहाज, सडकको सुविधा थिएन तब घोडा नै यातायातको साधन थियो। अहिलेका मन्त्रीहरु गाडी भनेपछि हुरुक्कै गर्छन् नि, हो त्यसैगरी उतिबेला राणा प्रधानमन्त्रीहरु घोडा भनेपछि हुरुक्कै गर्थे। राजा, राणाहरु महँगा घोडा फेरी फेरी चढ्थे, पाल्थे। उनीहरुको शालिकै हेर्नुस् न, घोडा चढेकै हुन्थ्यो। घोडा हिँड्ने बाटोलाई घोडेटो भनिन्छ, नेपालका पहाडी जिल्लाहरुमा अझै पनि यस्ता घोडेटोको अस्तित्व छ।
घोडालाई घरपालुवा जनावर बनाउन थालेको मध्य एसियामा नै हो करिब ३ हजारदेखि ४ हजार बीसीको बीचमा। सुरुमा मासु र दूधको लागि यसलाई पाल्ने गरिन्थ्यो। पछि मात्रै सवारीको साधनका रुपमा यसको प्रयोग हुन थालेको हो। युद्धमा पनि घोडाको प्रयोग हुन थाल्यो पछि।

अहिले पनि जुम्ला, डोल्पा, मुस्ताङ, मनाङ जिल्लाका बासिन्दाहरु घोडाको धेरै प्रयोग गर्ने गर्छन्। काठमाडौँमा आज हुने घोडाजात्राभन्दा भिन्न घोडा जात्रा मुस्ताङ र मनाङमा हुने गर्छ जसलाई यार्थुङ भनिन्छ।
तराईतिर बिहेमा दुलाहाले घोडा चढ्ने चलन छ। काठमाडौँमा पनि ट्राफिक व्यवस्थापनका लागि घोडामा सवार ट्राफिकको प्रयोग अझै गरिन्छ।

No related posts.









मलाई चाही खराब नेता हरुलाई आउदो वर्ष यो टुडिखेलमा घोडा बनाएर pared खेलौनुदा राम्रो होला देसको स्थिति बुझेर .
मन परे हरियो, नपरे रातो
5
0
गुरुमापा होस् या गैंदे जात्रा , जब सम्म ६०१ संसद ले संबिधान बनौदैनन र हामी जनता ले पुराना थोत्रा भ्रस्ट नेता लाइ फल्दैनौ , हरेक दिन हामी आफ्नै बाउ को जात्रा देखि रहन्छौ .
राजा,
मन परे हरियो, नपरे रातो
5
2
पक्का हो कि क्याहो….!!यो ”गुरुमापा” राछ्यासको सन्तानहरु नेपालमा अझै पनि बिग बिगी छन् जस्तो लाग्छ मलाई त….त्यसैले नै कयौ सताब्दी बिती सक्दा पनि देश मा शान्ति कायम हुन सकेन…./ बाँकि बचेका त्यो गुरुमापा भनौदो रछ्यासको यी सन्तानहरुलाई पनि अब दिउसै नेपाली जनता मिलेर टुँडिखेलमा लस्करै गाड्नु पर्छ अनि त्यस पछि यो मैदान मा घोडे जात्राको सट्टा हात्ती जात्राको सुरुवात गर्नु पर्छ जस्तो छ…..// त्यस पछी भने नेपालमा एक स्थिर शान्ति कायम हुने थियो कि…??
मन परे हरियो, नपरे रातो
2
0
एउटा इतिहास नेपालीको । तर यो घोडा चढ्ने मेरो रहर बैसाख तिर पुरा हुन्छ जस्तो छ।
मन परे हरियो, नपरे रातो
1
1
मैले त बिहे गर्दा खेरि एक चोटी चढे को थिएँ / अब कैले चढ्ने होला खै ??
मन परे हरियो, नपरे रातो
1
3
‘गुरुमापा’ त सायद अहिले पनि टुडिखेलमै माटो मुनि दबेको होला तर उसका सन्तान हरु चाहिँ विभिन्न रूपमा सिंहदरबार देखि बालुवाटार सम्म फैलिएर बसेका छन् | गुरुमापाले काठमान्डौ बासीलाई मात्रै खान्थ्यो रे तर उसका सन्तान हरुले त अहिले सारा नेपालीलाई नै खाइरहेका छन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
80
4
” गैड़े जात्रा”
तपाइलाई थाहा छ गैड़े जात्राको बारेमा ? यदि थाहा छैन भने किम्बदन्ती पढ्नुस जुन यस प्रकारको छ :
” उहिले उहिले नेपालाँ धेरैवटा राक्षसहरु बस्ने गर्थे रे / कति भनेर भनि साध्य, गनेर गनी साध्य नै थिएन रे / जता गए नि, जता हेरे नि, तिनीहरुको नै बिग बिगी थियो रे / भयानक पनि पनि यति भयनाक कि जे भेट्यो त्येही खाइ दिने रे / जीव, जन्तु, मानिश, रुख, बिरुवा, घर, बाटो, पुल गाडी, हवाइजहाज सबै नै /
अनि त जनताहरुलाई पनि अति नै भएछ अनि सबै मुख्य मुख्य ६०१ राक्षसलाइ नै जम्मा गरेर सिंह दरवार नजिकै एउटा खाल्डोमा पुरेछन अनि तिनीहरु खाल्डोबाट फेरी उठ्लान कि भनेर त्यहाँ गैडा दौडाउनु सुरु गरेछन / अनि बल्ल नेपालाँ दिगो शान्ति छायेछ र त्येस्पछी चाही नेपालमा दुर्त विकास हुदै हुदै आज संसारको सबै भन्दा सुन्दर, बिकसित र भ्रस्टाचारहिन मुलुक हुनु पुगेको छ /”
जय नेपाल
हिमाली
मिति: सन् २०२५,
तिथि : गैड़े जात्रा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
101
7
राम्रो छ………
मन परे हरियो, नपरे रातो
3
1
उमेश जी तपाई चड्नु भएको घोडाले त फोटो को लागि मज्जाले पोच दिएछ त । सारै रमाईलो लाग्यो चढ्न नपाए पनि तपाई को घोड सवार को रमाईला अनुभव पढ्न पाउदा – झन सानो करिब दश एघार बर्स को उमेरमा गाउमा घोडा चढेका दिनहरु नै पो याद गरायो धन्यवात उमेश जी तपाई र तपाई को ब्लगलाई-।
मन परे हरियो, नपरे रातो
1
0
horse racing in kathmandu is one of the most attractive festival but it has strated by the demon which lives the tudikhel and kill the whole inhibitant of kathmandu . it is the traditional view which follow without questioning. it is only myth. Not for any justification which we believe.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
15
आहा रमाइलो लाग्यो हो मलाई त . . . . . . . .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
19
मेरो पनि इच्छा थियो घोंडा चढ्ने… खै कहिले पुरा हुने हो….???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
21