मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चुङ, तिमी वास्तविक हिरो!

    संसारको रित नै होला जीवनको वास्तविकता बुझ्न मान्छेलाई ठूलो दुःखबाट गुज्रनै पर्छ। अर्थात् संसारका सुखले जीवनको वास्तविकता सधैँ छोपेर राख्छ। २८ वर्षीय वाइने एच चुङको जीवन हेर्दा लाग्छ- मान्छे मृत्युको वास्तविकता बुझेपछि संसारका सुखलाई त्याग्छ र अरुको भलाइमा लाग्छ। चुङ हङकङ मूलका अमेरिकी हुन्। २००३ मा भएको कार दुर्घटनामा उनी अचेत बने। तर त्यो बेहोसीले उनीभित्र वास्तविक ‘होस’ ल्याइदियो। त्यो जागरण चानचुने थिएन। विश्ल लोभिने गुगल र माइक्रोसफ्टजस्ता बहुराष्ट्रिय कम्पनीको नजिक रहेका चुङ आइटी म्यानेजरको पद छाडेर २००८ अगस्टमा नेपाल आइपुगे। अरुको भलाइका लागि केही गर्ने स्पष्ट सोच र सपना उनीसँग थिए। अहिले चुङ नेपालका दुर्गम गाउँका केटाकेटीलाई लेख्न र बोल्न सिकाउँछन। ब्लक र ढुङ्गा बोकेर विद्यालय निर्माणमा सघाउँछन्।


    चुङ त्यतिबेला सान-फ्रान्सिस्को (अमेरिका) स्थित स्ट्रक्चरल इन्जिनियरिङको कार्यालयमा आइटी म्यानेजरको जिम्मेवारीमा थिए। ३ जुनको त्यो रात क्रिश ब्राउनको हिपहप सुन्दै ‘वन वे’ मा उनको कार हुइँकिरहेको थियो। विपरीत दिशाबाट तीब्र गतिमा आएको ल्याण्डक्रुजरले उनको कारमा ठक्कर दियो। वान वेमा स्पिडमा गुडिरहेको चुङको कार १०० मिटर पर पुग्यो र उनको टाउको एक्सिलेटरमा जोतियो। लुगा रगतले भिजे। अत्यधिक रक्तश्राव र पीडाले चुङ अचेत भए।

    उनलाई तत्काल अस्पतालको आइसीयूमा पुर्‍याइयो। तर चिकित्सकले चुङका बाबुलाई बाँच्ने संभावना निकै क्षीण रहेको बताए। दुर्घटनाहरु थाहा दियर कहिले आँउदैनन् नत्र तिनलाई घटनामात्र भनिँदो हो। पुलिसले पत्ता लगायो, मदिरा सेवन गरेको चालकले चलाएको ल्याण्डक्रुजरले चुङलाई जीवन-मरणको दोसाँधमा पुर्‍याएको रहेछ। सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीबाट म्यानेजमेन्ट इन्फरमेसन सिस्टममा ब्याचलर गरेका चुङलाई चार महिना लामो उपचारपछि बचाउन सके। उनी बाँचे। तर कम्मरमुनिको भाग नचल्ने भयो। व्हिलचियरमा राखेर उनलाई घर फर्का‌इयो।

    चुङका बाबुआमा सन १९८२ मा हङकङबाट अमेरिका बसाइ सरेका थिए। त्यतिबेला चुङ सात वर्षका थिए। उनको शिक्षादीक्षा अमेरिकामै भयो। परिवारमा युनिभर्सिटीसम्मको शिक्षा लिने चुङ पहिलो थिए। उनका बाबु र हजुरबुबाले चाहेर पनि उच्च शिक्षा हासिल गर्न सकेका थिएनन्- कमजोर आर्थिक हैसियतका कारण। जुन ३ को दुर्घटनाभन्दा अघि चुङ कम्प्युटरको क्षेत्रमा राम्रो भविष्य भएका कर्पोरेट युवा थिए। उनको शिक्षाले उनलाई राम्रो आर्थिक हैसियत दिलाउन सक्थ्यो। अपरिचित जँड्याहा चालकको गल्तीका कारण चुङको जीवन यति असहज बन्यो कि त्यो उनले कहिले कल्पना गरेका थिएनन्।

    हेलम्बुमा बिद्यार्थिहरुसँग चुङ

    चार वर्षसम्म वाटर थेरापी लगायतका प्राचीन चिनियाँ उपचार पद्दतिपछि उनी २००७ मा पहिलेकै शारीरिक अवस्थामा फर्किए। तर बितेका चार वर्षहरुले चुङमा ब्यापक मानसिक परिवर्तन ल्याइदिएको थियो। जीवन के हो ? मान्छे जन्मनुको अन्तिम लक्ष्य पैसा कमाउनु मात्रै हो त ? यदि हैन भने ठूला बहुराष्ट्रिय कम्पनीमा जागिर खानुको के अर्थ छ ? उनले आफैँलाई प्रश्न गरेका थिए। त्यसपछि अमेरिकी कम्पनीले सुख सुविधा त्यागेर उनी संसारलाई राम्रो बनाउन केही गर्नैपर्छ भन्ने निष्कर्षमा पुगेका थिए। चुङले आफ्नो सोच जापानी साथीलाई सुनाए। ती जापानीले नेपालको हेलम्बु (सिन्धुपाल्चोक) मा विद्यालय बनाउन जुटेका युवा युवा जिम्मी लामासँग चुङको भेट गराइदिइन्। जिम्मी बेलायतको बसाइ त्यागेर हेलम्बुमा स्कूल बनाउँदै थिए त्यतिबेला। हेलम्बुको प्राथमिक विद्यालय पहिरोले बगाएको थियो र त्यसको पुनर्निमाणको निम्ति अहोरात्र खटिरहेका थिए। विद्यालय, पुस्तकालय लगायतका विषयमा जिम्मी र चुङबीच एक वर्षसम्म फोन र इमेलमा छलफल भैरह्यो। चुङले हेलम्बुमा थप विद्यालय बनाउन अमेरिकामा कहिले डिनर त कहिले ‘फन रन’ को आयोजना गरेर श्रोत जुटाइरहे।

    २००८ को अगष्टमा पहिलोपल्ट चुङ नेपाल आए र पाँच महिनासम्म हेलम्बुको शैक्षिक विकासका निम्ति हेलम्बुमै बसेर खटिरहे। विद्यालय निर्माणक्रममा उनले नेपालमा भवन बनाउँदा भूकम्प प्रतिरोधका उपायहरु नअपनाइने देखेपछि हेलम्बुमा जिम्मीसँग मिलेर ‘लो बेरिङ’ सिष्टमबाट भवन निर्माणको थालनी गरे, यो तरिकाले भवन बनाउँदा भूकम्प प्रतिरोध क्षमता बढ्छ ।


    पढाउँदै चुङ।

    चुङले नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा लगातार सहयोग गर्न 2008 मा Nepal Education Initiative Organization(www.neio.org) शुरु गरेका छन्। २००८ देखि चुङको बढी समय नेपालमै बित्दैछ। उनी दुर्गमका केटाकेटीहरुलाइ लेख्न र बोल्न सिकाउँछन। ब्लक र ढुङ्गा बोकेर बिद्यालय निर्माणमा सघाउँछन् र यहाँ शिक्षाको स्तर कसरी उकास्न सकियला भन्नेमा सँधै चिन्तनशील छन्।

    म उनलाई भेटन ६ बिहान बजे बौद्ध पुग्दा उनी कम्प्युटरमा केही तयार गरिरहेका थिए। हङकङ युनिभर्सिटीबाट स्वयंसेवी नेपाल ल्याउन उनले तयारी गरिरहेका रहेछन्। मध्य अप्रिलमा नेपाल छाडेपछि उनी हङकङ, चाइना र अमेरिकी युनिभर्सिटीबाट नेपाली गाँउहरुमा ‘Short Term Educational Volunteer’ लियर आउने सम्भाब्यता अध्ययन गर्नेछन्।


    बन्दै गरेको विद्यालय।

    चुङ र जिम्मीले हेलम्बुमा एउटा विद्यालयको निर्माण सकिसकेका छन् र यो वर्षभित्र थप तीनवटा निर्माण गर्ने योजना छ। चुङले ‘Community Partnership’ सिद्वान्त अनुसार शैक्षिक कामहरु गरिरहेका छन्। समुदायलाई उत्तरदायी नबनाई गरिएका कामहरु सफल हुँदैनन भन्ने उनको मान्यता छ। चुङले अमेरिकाको सुबिधासम्पन्न जीवन छाडेर नेपाली गाँउहरुमा गरिरहेको काम साँच्चै सराहनीय छ।

    शिक्षाको पहुँच नेपाली केटाकेटीहरुसम्म पुर्‍याउन लागिपरेका चुङलाई सलाम छ ।

    उनको कामको बारेमा थप बुझ्नुपरेमा: www.neio.org अथवा उनलाई सम्पर्क गर्नुपरेमा: wayne@neio.org

    सबैको मंगल होस्।

    Satelite1983@gmail.com

    भिडियो हेर्नुस्

    No related posts.

    81 comments to चुङ, तिमी वास्तविक हिरो!

    • carmen

      Wayne,

      Congrats on the completion of the first school, it is such an accomplishment, not to mention a great work for the community. Keep up the great work and your friends and family will continue to support you no matter what.

      Take good care of yourself as well.

      Carmen

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sunil kumar shrestha

      ठंक्स चुंग इट्स अ ग्रेअत जोब..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • gunjan

      KUDOS CHUNG !! INDEED YOU ARE THE HERO.
      MAY GOD ALWAYS BE GRACIOUS TO YOU AND YOUR TEAM.
      HATS OFF.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mr.Morrison

      Chung,
      Good Luck and May God bless you!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Bijaya

      माइक्रोसफ्ट त्यागेर नेपालमा पुस्तकालय बनाउदै हिडेका जोन वुड जस्तै चुंग ले पनि आफ्नो देश अमेरिका को म्यनेजेर पद त्यागेर नेपाली गाउँ हरुमा स्कुल हरु बनाउदै हिडेको देख्दा हामी अमेरिकामा पढ्दै गरेका नेपाली युवा हरु पनि प्रण गरौ – हामी पनि आफ्नो देशलाइ केहि दिन नेपाल फर्किने छौ र आफुले कमाएको समाज सेवा र देश को समस्या निर्मूल गर्ने काम मा लगाउने छौ |

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • sachin

      धन्यवाद चुंग लाई , नेपाली युवा हरुको आखा खोलेदेएको मा I हाम्रो नेताहरु को भर नपरी कन हामीले पनि आफ्नो आफ्नो तरफ बाट केहि गरै I

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Karam Gurung

      Its a very much heart touchable job. I salute your work. Well done Chung.
      Karam

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • krishna kandel

      Its a great, you are leading own your god.One day you will go go beyond the lufe.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Drona KC

      Congratulation ! Mr. Chung. I am highly impressed to your contribution and thought. This is a real true humanity and great inspiraion to all mankind. Keep it up such good deeds. You are the real Hero and Angel of the God.

      Dear blogger pls keep updationg and posting his nobel work. Also discover such news and bring to the public. Good luck.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • Dipendra (United States)

      thank you so much (Chung) for your contribution. It is a great lesson and inspiration for youths like us who are in or out of the country……..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Deepak

      Such a Great work . Keep it up Chung …….

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • madan bajracharya

      चुंग तपाईं लाई मेरो अभिबादन छ/ यो जन्म मा गुण तिर्न नसके पनि जुनी जुनी सम्म तपाईंको गुण सम्झंदै गर्ने छुन/

      बिदेसिले माया गरेको नेपाल/ नामको नेपालीले लुटेको नेपाल/ माई संसारले जस्तै अरु मिडिया ले पनि चुंग को देन को बारेमा केहि लेखि दिउन/ नेपाली जनताको तरफ बात उहाँलाई अभिबादन गरि देउन/

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • roshan

      thank you very much for doing that to our country .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Bhola

      राम्रो कामको सबैले प्रसंसा गर्नै पर्छ । नेपालमा निस्वार्थभावले काम गर्ने पनि छन भने नेपाललाई माया गर्ने विदेशी पनि धेरै छन । ति मध्ये एक चुङ हुन । उनलाई स्याटलाईटले नेपाली बीच परिचय गराई दिए । यसको लागी स्याटलाईट पहिलो धन्यवादका पात्र हुन भने जिमिलामा पनि अर्का धन्वादका पात्र हुन । चुङसंग स्यटलाईटको भेट जिमको कारणबाटै भएको हो ।युवा पुस्ताका अगुवा धेरैका प्ररणाका शोत हुन सकेका छन् जिमि र स्याटलाईट । यो समुहका अर्का युव हुन कृष्ण ढुण्गाना । स्याटलाईटका प्रेतेक काममा उनको पछाडि लुकेको सहयोगको पनि एक दिन खोज विन हुनेनै छ । आफु जलेर अरुलाई उज्यालो दिने मैन बत्तिको बनेकाहरु.को पनि ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Mahesh Bhattarai

      It is a really a great work that our mighty mr.chung planning to do in our country.I really appreciate his contribution and effort n want to say u are a angel for nepali kids., Thank you…………………!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Bikash

      Hello Umesh sir Namaste
      what is your personal email address ? can u send me please.
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • barsha Kunwar

      बौद्धिक खडेरी परेका कुबुद्धि नेताहरुको इशारामा मान्छे मार्दै हिड्‍ने, कुटपिट, लुटपिट गर्दै हिड्‍ने, बन्द हड्‍ताल, चक्का जाम जस्ता अराजक त्रिmयाकलाप गर्दै हिड्‍ने, हाम्रा युवाहरुलार्इ यस्तो सद्‍बुद्धि कहिले आउँला ? संसारमा बाँच र बाँचन देउ भन्ने भावना सबैमा हुन पने हो तर खै के खै के ? फुल तोडनुमा होइन, गोडनुमा आनन्द छ । अरुलार्इ कुटेर, लुटेर, मारेर होइन बाँच्न सिकाउनुमा जिवनको सार्थकता छ जस्तो लाग्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • shikchhyapremi

      यो कमेन्ट मा ५२ जना को सुजाब भन्दा हेलम्बु स्चूल को लागि १० रुपिया ओर $ जो संग जति छ तेस्को जरुरि देखिन्छा यो नेपाल प्रेमी चुंग लाई धन्य बाद को खाचो छैन स्चूल पुरा गर्ने रकम को खाचो र नेपाल का स्चूल र कलेज का भुलेनतेर्स ले सहयोग गरौँ न देशप्रेमीहरु हो………..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Chandra

      सलाम छ चुङ्ग लाई!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • dawa sherpa hyolmo

      chung thank you for helping our comunity in helambu god bless you

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • dawa sherpa hyolmo

      chung ,thank you so much for your work and god bless you

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • MAHESWOR

      देश भक्तिभाबले भरिपूर्ण समाचार विश्व भरि छरिएर रहेका नेपालीहरु माझ ल्याएर नेपाल र नेपालीको प्रगतिको लागि सेवा र समर्पण गर्ने देशी तथा बिदेशी नायकहरुलाई चिनापर्ची गरि दिने मेरो सन्सारका प्रस्तोताहरुलाई धन्यबाद, मेरो देश नेपाल र हामी नेपालीहरुलाई माया गर्ने श्री चुंग ज्युलाई हृदय देखिको अभिबादन अनि तपाइको समाज सेवा कार्यको सफलताको कामना गर्दछु

      साथै
      मेरो हृदय देखिको अभिबादन
      जिम्मी लामा ज्यु
      स्याटे लाइट ज्यु
      चुंग ज्यु को जापानी साथी
      उमेश ज्यु
      र प्रतक्ष्य अप्रतक्ष्य नेपाल र नेपालीलाई सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुलाई

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Bishwo

      I would like to thank you Mr. Chung for serving rural Nepal. Wish you all the best. Thanx again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sudhir

      चुंग तिमीलाई हामी नेपालीहरुको सलाम छ/ भगवानले तिम्रो रछाया गरुन/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Kudos to Wayne for his humanitarian deeds . His story reminded us of venerable Mahabir Pun. Thanks for unconditional love for all Nepalese people.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • rani

      सबै जना ले आफु ले सक्दो देन गर्नी कि धन्यवाद मात्र दिने हो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • rani

      सब जना ध्यान्याबाद मात्र दिने कि पैसा पनि अलि अलि दिने हो? मलाई पीपल मा फी तिरी तिरी पैसा दिनु भन्दा नेपाल मा कुन बैंक मा खाता छ यो ओर्गनिज़शन को तेही सिधा पैसा दिन्छु मा . मेरो छोरि लै पनि मा आज सम्म ऊसले जम्मा गरेको पैसा पनि एस्तो ओर्गनिज़शन लाइ दिन सिकौनेचु.मलाई लाग्छ हामी सबै जना बाबु आमा ले छोरा छोरि लाइ पनि एस्तो पाठ सानै देखि सिकौना पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Lily

      Dear Chung,

      Thank you very much for you dedication and love towards the Nepalese(us). Really, words are not enough to thank you. We all nepalese wish you all the best for your each and every steps.

      Best regards to you

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradeep

      ए नेताहो तिमर्को टाउको मा चै कैले यस्तो सत्बुद्धि आउने हो, सिक् यस्ता चुंग हरु बाट /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

      • Raj Kapoor Jung Thapa

        सर्बप्रथम त …..गिदीको सट्टा दिमागमा बिस्टी भरियेका हाम्रा अदुरदर्शी,नालायक,अलछिना , मेच र पैसा भक्ति ,भारत् को छाता ओडेर सोझा र निर्दोष नेपालीहरुको टाउको मा राजनैतिक गर्दै देशलाई कङ्गाल बनाउन लागिपरेका गल्लीको कुकुर जतिको पनि इज्जत नभएका देशद्रोही नेताहरु, यो चुंग भन्ने बेक्तिलाई हेर र बुझ अनि मनुशे जीवन को बास्तबिकता केहो भनेर अलिकति भएपनि बुझछौ कि ??एदी तिमीनेताहरु सबैलाइ चेतना भया !!!!
        जय देश नेताहरु सबै मरेश !!

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • Raj Kapoor Jung Thapa

        Salute and big HONOR to Mr.Chung for your greatest JOB to our country Nepal to promote the good education back in remote village.I do hope the education who would you give will become as a best person in Nepal and do great JOB
        for upcoming future of the country.What have you been doing here in our country is really really admirable and we do hope it will help to provide at least a bit of education and some extra activities to our dis-manner LEADERS to do something for the Nation and its people who are willing to be done since a bunch of decades.I would apologize for uncivilized written but there is no exceptions then this . All our wishes are with Mr. Chung to do the best of the best to our little kids .Thanks a lot from all non political Nepalese for your significant job and keep it up we peoples are here for essential support.
        Salute once again to Mr. Chung
        Jaya desh

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lal Prasad Adhikari

      Dear Chung You are Great man
      Thanks lot for your hard work keep it up thanks and dhnyabad.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Thank u very much for your support and contribution Mr. Chung I really appreciated it… you have done great job…all the best for your success….

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • द्रोण

      चुंग र लामा को समर्पण भाब लाइ मान्ने पर्छ | धेरै खुसि लाग्यो ,अब हामीले पनि उनीहरु बात प्रेरणा लेयेर येस्तई केहि गर्न सक्यो भने सार्थक हुन्छ \

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

      • samita

        everyone lets go to the website http://www.neio.org and donate whatever we can….n this is the least we can do to thank/support him….coz saying “thanx” or jst appreciating in words are not going to help those kids… a foreigner is devoting his entire life for our brothers n sisters…n shame on us, we would be scared by jst realising how remote the plcae is……..

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

        • Raj

          किन डोनेशन माग्नु परेको होला खुरुक्क microsfot माइ टन्न कमाएर लिएर आएको भई अनी कर्णाली रा जुम्ला तिरा गएर दुए चार वटा स्चूल खोलिदिएको भए कती राम्रो हुन्थ्यो होला जो पनि नाजिक काइ ठाउँ रोज्ने.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Dear Chung you have done such a tremendous job which will remain your name in the Nepalese history. Actually you have initiated a new history. Millions of thanks to you and we all are proud of you and your a Great..Great..Endeavors…

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • चुंग तिमि धेरै लामो समय संघ बाची राख/ तिमि ले धेरै काम गर्नु छ.बस/

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • नारायण(NS)

      नेता हरु ले त चुंगको महान काम देखेर नेपाल बन्द गर्न बेर लाउन्न होसियार है यी देश देशदोरै हरु संग ????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

    • चुङ लाइ धन्यबाद , अनि थप हौसला पनि मिलोस एस्तै कार्यको लागि

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • Enough Money and a standard living is not not enough to live but the main thing is to be happy. Even if one has no money at all but has a kind heart then he/she is really a GREAT person. Like Chun or like John Wood (Wood was also in Microsoft and now working for educating Nepalese students (www.roomtoread.org), who knew what is the meaning and value of life, if money was everything why should he come Nepal to help poor people. but only such great people know that the happiness of life is on making people happy but not by owning much money or position. Go on Chun you are the BEST CREATION OF THE GOD.
      We salute your great thinking Mr, Chun. May GOD Bless you.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • James Dean

      “भन्छन सबै सुख, सुख त्यो कहाँ छ?
      आफु मिटाइ अरुलाई दिनु जहाँ छ”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

    • Dear publisher and the readers,

      First thing first, thank you so much Satelite ji for your effort to bring our works in a village in Helambu region to wider public. I am “literally” taken aback that our modest effort of rebuilding a school has become a subject of interest to more than few readers.

      Wayne Cheung, who we have together entitled as a young hero of Nepal is currently at the School working his tail off to help the villagers. I returned back yesterday to Kathmandu to collect more materials needed for the building and to get to the school few technicians to install the roofing work. The school in building is called Shree Pema Chholing Lower Secondary School situated in the village of Nakote in Helambu, which currently has just over 100 students up by at least 20 students compared to last year.

      I write this feedback with great excitement to read the news and with much appreciation.

      By the way, I coordinated the link for Wayne to build his passion to support the school in Nakote village in Sindupalchowk district through our mutual friend in Japan. And now, Wayne, through his newly set up organization, NEIO, is planning for more schools. Every way of friendship do count and do help!

      More soon from Wayne when he returns back to KTM.

      Jimmy Lama

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

      • लारा

        प्रिय जिम्मीजी,
        वाय्नेसंगै प्रसंसाको हकदार बास्तवमा तपाई पनि हुनुहुन्छ। तपाईको जिम्मेवार लगानीको म उतिकै कदर गर्छु। धेरै शुभ कामना।

        लारा

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • balak

        धन्येबाद जिम्मी ,चुंग र स्याटेलाइट जी लाइ | सिकाउनु पर्छ नजान्नेहरुलाई पनि तपाइहरुले गरेजस्तै प्रकिरियाबाट |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Akash

      नेपालको प्रम को दिमागमा पनि चुंग को जस्तो सामाजिक सेवा को भावना भएको भए अहिले नेपालमा कति हजार बिध्यालय बनि सक्थियो, तर अझै पनि नेपालको धेरै गाउहरुमा बिध्यालय छैन ! कहिले बुझ्ने हो एस्तो कुराहरु यो सरकार ले ……. बिदेशीले आएर गरेर देखाईदिसक्यो !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Durga khanal (samundrapari Bata 0

      उमेश दाई साथै पाठक साथीहरु के yo लेख माधबकुमार नेपाल झलनाथ खनाल के पी ओली , उपेन्द्र यादब शेरबहादुर देउपा बाबुराम भट्टराई पुष्पकमल दाहाल ले पनि पढ़लान ???? यो त सिक्ष्या प्रद छ नि नेताको लागि … आसाछा यो म्यासेज उनीहरुको कान मा पुगोस . के अब ७० दिनमा संबिधान बन्ला त ???????????????????????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • सलाम छ चुङ्ग लाई , यसबाट सबैले पाठ सिकौ केहि गर्ने जमर्को गरौ , हेरौ के गर्न सकिन्छा समय आय पछी बताउला.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • pravin

      धेरै राम्रो काम गरेका रहेछन चुंग ले नेपाल जस्तो गरिब मुलुक मा आयर. मेरो पनि सलाम चुंग लाइ . सन्सार मा केहि गर्ने हो वने यस्तो कुराको प्रेरणा लिनुपर्छ सबैले.

      अन्तर आत्मा बाटै सलाम चुंग लाई.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • neerose

      मेरो हृदय देखिकै अभिबादन छ यी महान मानब हरुलाई!!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Sanjiv Lamsal

      Donation Details
      Confirmation number: 3D076291G5947371P
      Donation amount: $10.00 USD
      Total: $10.00 USD
      Purpose: Nepal Education Initiative Organization
      Contributor: संजिव लम्साल

      I

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • q c jackey

      हृदयदेखिनी सलाम त्यो पवित्र सेवाको लागि/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Luna

      नेपाल लाइ यति धेरै गुन लगाउने ” चुङ ” को नाम कहिल्यै सुनिएन !
      साच्चै बास्तबिक ‘ हिरो ‘ त यस्तै व्यक्तिहरु हुन् जो आफ्नो सुखसयल – स्वार्थ लाइ भन्दा ‘ लोक हित ‘ लाइ प्राथमिकता दिन्छन .
      शिक्षाको पहुँच नेपाली केटाकेटीहरुसम्म पुर्‍याउन लागिपरेका चुङलाई सलाम छ ।
      स्याटेलाइट जी र माइसंसार लाइ धन्यबाद .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 1

      • शशांक लामा, न्युयोर्क

        प्रत्येक चोटी स्याटलाइट आउँदा जोश, जाँगर, हुंकार र नौलो संदेश लिएर आएको देखें| अनिश, बाघबीर, जुली हुँदै अब हामी सामु चुङ्ग लिएर आएका छन्| चिनियाँ मुलका अमेरिकिली नागरिक चुंगले नेपाली गाउँमा गरेको निस्वार्थ कार्यले बिदेशमा बस्ने हेलाम्बुलीहरुलाई ठुलो हाँक दिएको छ, समस्त नेपालीलाई गतिलो संदेश दिएको छ| स्याटलाइटको देशप्रेम फेरी एकचोटी माइसंसारको घमाइलो चौतारोमा उजागार भएको छ|

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

        • hridaya

          मेरो समर्थन छ लामा जी , तपाइको यो प्रतिक्रिया को लागि | २ बुढी औलाको हरियो |

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • सार्थक, दोहा-कतार

      सिक्न र अनुकरण गर्न योग्य काम गरेका छन् चुङले | मेरो पनि हार्दिक सलाम चुङ अनि स्याटेलाइटलाइ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

      • नमस्कार माई संसारका सम्पूर्ण मित्रहरु, यहाँ विषय बस्तु अरुनै भएता पनि तिन चार दिन आगी नेपालमा हाम्रै आमा, चेली/बेटिहरुलाई नेपाली आर्मीले निर्मम पूवर्क मारियो भन्ने खबर संचार माध्यमहरुबाट आई रहेका छन | प्राय गरेर सम्पूर्ण मित्रहरूले चाल पाई सक्नु भयो होला | मित्रहरु यी हत्यरा, नेताहरुका नोकर/चाकरी आर्मीहरुलाई कुन खालको सजाय दिनु उपयुक्त हुन्छ तपाईहरुको बिचारमा? मेरो तर्क चहीं यस्तो छ, ज्यान माराहरू जो सुकै होस कसैलाई कानूनी छुट नदिई कन राम्रो संग छानबीन गरी ति हत्यराहरुलाई फाँसी सजाय दिईनु पर्दछ | अनि मात्र हत्यराहरुको अन्त्य वा कमी हुने र कसैको ज्यु- ज्यान लिने मनसाय भएका ब्यक्तिहरु पनि केही पछि हट्ने छन | जुन ब्याक्तिहरू मर्न वा घर परिवारको मायाँमा, समाजमा बांधिएका छन भने | जसले गर्दा नेपालमा ह्त्या हिंसा न्युन भएर जाने छन | तर मलाई राम्ररी थाहा छ, नेपालमा यस्तै ज्यान मारा नेता/पार्टीहरु र नेताहरु द्वारा पालन पोषण गरी राखिएका ग्यांग/माफियाका मानिसहरु ज्यान सजाय/फाँसी दिईनु पर्छ भन्ने वा नयाँ कानून संसोधन गरी हत्यरालाई कुनै हालतमा फाँसी दिनु पर्छ भन्ने पक्छ्यमा छैनन | किनकी, यि हत्यारा नेता/पार्टी र ग्यांगका मानिसहरु आफैले थापेको पासोमा आफै पर्ने डरले यस्ता खालका निती नियम नेपालमा बनाउन/ल्याउन कुनै हालतमा दिईन्न | मित्रहरु, हाम्रो जस्तो गरिबी र असिक्षित मुलुकमा केही समय भए पनि कडा भन्दा,कडा निती नियमहरु ल्याईनु पर्दछ जब सम्म नेता/जनताहरु ठिक दिसा/ बाटोमा आउदैन | जुन बेला ठिक बाटोमा आई सकेको अवस्थामा बिस्तारै कडा निती/नियमहरुलाई बिस्तारै खारिज गर्दै लान सकिन्छ | जस्तै चीनको नितिहरूलाइ हेरेर पनि राम्ररी बुझ्न सकिन्छ | माओको पालामा जत्ती कडा निती नियम लागू गरिएका थिए, त्यो बेलाको अवस्था हाल छैनन |किनिकी, समय परिबर्तन र देश/जनताहरु बिकाशको दिसा तिर लम्केको हुनाले चिनिया सरकारले ति कडा निती नियमहरु बिस्तारै फुकाउदै लगीरहेका छन |

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

    • sharad shrestha

      बास्तव मा चुंग ले एकदम
      राम्रो काम गर्नु भएको छ
      उहाको
      यो काम भगवान ले पुरा गरिदिउन र हाम्रो देश लै उहा
      जस्तो देश प्रेमी को खाचो छ
      तपाई जस्तो सुपुत्र पाएर नेपाल आमा खुशी छन्
      धन्य प्रभु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

    • Nabaraj

      श्री “चुङ” को जिबनिलाई माई संसारमा पढ्न पाउँदा केहि खुशी अनि दुख्ख पनि लग्यो….// त्यत्रो सडक दुर्घटना परेर पनि नेपालीहरुकै लागि भनेर भगवानले उनलाई बचाई दिनु भएको जस्तो लाग्यो / चुङको कति निश्छल अनि उदार भाबना हामी नेपालीहरु प्रति…? यस्तो उनको महान भावना अनुरुपको सहयोग लाई हामी बुझ्ने जति नेपालीहरुले प्रसंशा गर्नु पर्छ जस्तो लाग्छ मलाई / चुङको यो महान विचार लाई मेरो पनि हृदय देखि नै सलाम छ…//

      आज “जीवन र मृत्यु” के हो भनेर बुझ्ने संसारका सबै मानिसहरुले यसरीनै चुङ जस्तै महान विचार लिएर यो संसारमा अगाडी बढ्ने हो भने, कति शान्त, सुन्दर र समृद्धि संसार बन्न सक्थ्यो होला…??? ”सुन माथि सु-गन्ध” हुन्थ्यो होला…./ तर हामी पापी मानिस उठेको देखि लिएर सुत्न जाँदा सम्म पनि उही पाप, लोभ, क्रोध,इर्ष्या र मनारंजनका बस्तुहरु लाई नै पिछा रहेका हुन्छौं…//

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • mahesh

      हामि पनि चुंग बात् सिकौ र उनि लाइ अनुकरण गर्न सिकौ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

    • aprajita

      thank u very much for yr support n contribution mr. chung i really appriciated it… u have done great job…all the best for yr success….!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • kesu

      धन्य ति युवा लाइ अनि स्याटलाइट र माइ संसार लाइ.
      नेपाली को दिमाख मा केहि घुसोस यो पढेर.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

      • kesu ji,
        तपाईलाई पनि धन्यबाद !
        तर नेपालीको दिमागमा केहि घुसोस भन्नु भन्दा पनि आफनो दिमाग मा केहि घुसाउनुस

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • तेज प्रसाद अधिकारी

      I salute you Mr. Chung, You are the real hero.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • rekha

      ठूलो मन भयको मान्छे हो उहा……हम्म्रा नेताहरुले पनि अनुसरण गर्ने होकी यस्तो कदम ?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • prasan

      नेपालको शैक्षिक क्षेत्र सुधार र विकास गर्ने जिम्मा लिएका नेपाली राजनीतिकर्मी र कर्मचारी वर्ग ले यस्ता समाचार पढेपछि के सोच्छन होला है ? आफुहरुले गर्नुपर्ने काम अरुले नै गरिदिएको देखेर अब त्यस ठाउँमा लैजाने योजना वापतको पैसा जति झ्वाम पर्न पाइने भयो भनेर दंग त पर्दा हुन् | अरबौको राष्ट्रिय ढुकुटी र बैदेशिक सहयोग प्राप्त हुदा पनि हाम्रो शैक्षिक अवस्था सुधार्न नसकेकोमा लज्जित त पक्कै हुदैनन होला |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • dilip

      Dear Satelite,
      I highly appreciate dissminating real life of Chung. I also did not know about Chung who worked in our rural village. I read your article three times and I told to my wife and friend. First I did not believe because yesterday I read one Manoj Gajurel false article (dream).

      Dear Chung,
      You are hero of Nepalese people. We will remember to your work for long time. Well done Chung. You are god for rural area of Nepal. You will be remembered. I salute your work.

      Dear educated Doctor/engineer who are living abroad (left country after getting education in Nepal),

      You all have to learn from Chung. He did not get any education from nepal and he did not use nepalese tax payer money to get education. He grew in abroad and studied abroad and helping poor nepali……. but You doctor , engineer, scientist , who studied in Nepali school, university (government spend 5-6 lakh) to become BSC eng, MBBS doctor etc and left country and became another country green card, citizen holder……you all have to learn…from Chung…

      at last Chung is hero… Chung is a hero of Nepali people….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • मेरो पनि सलाम छ है यी कर्मठ युवालाई |
      उनले हासिल गरेका शैक्षिक ज्ञान पनि नेपालको ग्रामिण क्षेत्रमा बिजारोपण गर्न पाए अझ सुनमा सुगन्ध हुनेथियो |

      उनको दुखद अतितले मर्माहित भए | अमेरिकामा फ्रीवेमा सवारी चलाउन धेरै खतरा मानिन्छ |त्यसमा पनि सनफ्रान्सिस्को जस्तो पर्यटकीय बेस्त शहरमा धेरै जसो आगन्तुकहरुले सवारी चलाउने भएकोले बाटो भुल्ने र अत्तालिएर दुर्घटना हुने सम्भावना धेरै हुन्छ |अर्को कुरा Golden Gate Bridge मा दाहिनेतिरको एउटा लेन बाहेक सबै लेनमा drive गर्दा प्रतेक पटक $ ४ तिर्नु पर्ने हुन्छ र सो लेन परिबर्तन गर्न मनाही हुन्छ | तर पनि मानिसहरु $ जोगाउन जबर्जस्ति लेन परिवर्तन गर्न खोज्दा बढी दुर्घटना हुने सम्भावना हुन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 6

    • shristi shah

      हो मान्छे जन्मे पछी मर्नु पर्छ भन्ने बुज्न सके मात्त्र मान्छेमा सामाजिक सेवाको भावना जग्र्गित हुन्छ.आखिर मरेर के नै लगिन्छ र???१ तल्लाको घरमा बसे पनि मरेर ४ इन्च माटो मुनि दबिनु छ १०० तल्लाको भवनमा अत्याधुनिक सुभिधा संग बसे पनि त्यो ज्यान मरेर ४ इन्च माटो मुनि दबिने नै हो तेसैले मै लाउ मै खाउ सुख सयेल म गरु भन्ने भावना त्यागेर सानो भन्दा सानो सहयोग कसैलाई गर्न सके वा गरे पनि मर्ने बेलामा आत्मा संतुस्ती मिल्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 0

    • Durga

      सारै नै खुसि लग्यो वांह लाई (चुंग) धेरै …….धन्यबाद /
      हाम्रा दुइ पैसे नेताहरुको यस्तो बुद्धि कहिले आउने हो /फेरी कुन्चाई पार्टी नया नेपाल बनाउन जंगल पस्ने भो र यसरि दुख गरेर बनायको संरचना भत्काउने हुन् थाहा छैन /नया नेपाल बनाउने नहु मा यसरि दुख गरेर बनाएका संरचना न भत्किउन भन्ने कामना गरौ /
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Pukar

      किन मानिस कसैको सुख खोसी हिड्छन्?
      कसैले त फेरी आफ्नो सुख बाडी हिड्छन् |
      किन मानिस मानिसमा एस्तो भिन्नता भयो ???

      सायद यो प्रश्न को उत्तर पाउन सक्ने हो भने हामी पनि चुंग जस्तै मानब कल्याणमा लाग्न प्ररित हुन्थेउ होला…..

      बॉच अनि बाच्न देउ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • abinitgurung

      येस्ता महात्माहरु पनी संसारमा अझै छन् | देउता र राक्षस मानिस नै हुन् कर्म राम्रो गरे देउता होइन्छ कर्म नराम्रो गरे राक्षस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 1

    • अत्यन्त प्रेरणादाई लेख |
      चुंगको महान कामले सफलता पओशो !
      शुभकामना स्यटेलाइट लाई पनि धन्यवाद छ ; यो समाचार प्रकाशमा ल्याएकोमा !!!
      प्रवल
      अस्ट्रेलिया

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 1

    • I really appreciate

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 1

    • homraj bik

      Many many thanks to my sansar who brought such a nice article in its blog and billions of congratulation to Wayne H Chung and all the best for this selfless contribution to the needy children. Chung! we will be remembered forever!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

      • sumit

        को होला , एस्तो राम्रो कमेन्ट लै पनि रातो दिने … अचम्म छ..

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Sushil

      हो वास्तबमै चुङ साचिकै हीरो हो. this is what real achievement called. Hats off to him.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

    • Krishna Kadariya

      प्रिय स्याटेलाइट,
      तपाईंलाई धरै धरै धन्यबाद छ . नया नया खबर र जानकारीहरु दिनुभयकोमा . असल मानिसहरु बाकीनै छन् जस्तोछ .
      धन्यवाद .
      कृष्ण कडरिया .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 0

    • Narayan Prasai

      हृदयदेखिनी सलाम त्यो पवित्र सेवाको लागि/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

    • बिकाश देखेको मान्छे ले गर्नु पर्छ|
      खुसि लाग्यो, नेपाली ले येस्तो गरेको प्रचार मा औदैना अनि हामी बिदेशी मुखी हुनु हुदैन |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 28

      • sumit

        नेपाली ले येस्तो गरेको प्रचार मा औदैना: सहमत, केहि उदारण आएको पनि छ

        अनि हामी बिदेशी मुखी हुनु हुदैन: असहमत … मलाई त राम्रो भावनाले नेपाली को सहयोग गर्ने HONGKONG को युवा नै ठिक , त्यो tayar बालेर चक्का जाम अनि हुलदुन्गा गर्दै हिड्ने नेपाली भन्दा ..

        मन परे हरियो, मन नपरे रातो छ है.. गाली चै नगर्नु होला ब्रो हरु !!!

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    eXTReMe Tracker