मन्त्री र अन्य सरकारी कर्मचारीहरुले विदेश घुमघाममा मात्रै पुस महिनाभर झण्डै ४५ लाख रुपैयाँ सकाएका छन् अर्थात् दिनमा झण्डै साढे एक लाख रुपैयाँ! घण्टामा ६ हजार रुपैयाँभन्दा बढी। अर्थ मन्त्रालयले प्रतिनिधि भ्रमणका लागि भन्दै पुस महिनामा ४४ लाख ६१ हजार २ सय ६९ रुपैयाँ निकासा गरेको सार्वजनिक भएको छ। यति धेरै रकम मन्त्री, सचिवहरुको हवाई टिकट, दैनिक भ्रमण भत्ता र भैपरी खर्चको नाममा जनताको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटीबाट असुलिएको हो।
पुस महिनामा गृहमन्त्री भीम रावल सुरक्षा निकायका तीनै प्रमुखलाई साथ लिएर भारत भ्रमणमा गएका थिए। उनको त्यो कदमलाई ‘बेकारको’ भनी आलोचना पनि गरिएको थियो। भ्रमणबाट केही उपलब्धि भयो/भएन- त्यो आफ्नो ठाउँमा होला, तर नेपाली जनताको ढाड भने बेस्कन सेकियो। कारण ? छिमेकी देश भारत जानका लागि गृहमन्त्री, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर निकायका तीन प्रमुख, एक सहसचिव र एक उपसचिव तथा मन्त्रीको निजी सचिवालयका एक जना अधिकृत गरी सात जनाको भ्रमण टोलीले कूल ७ लाख १२ हजार ५ सय ६५ रुपैयाँ सकाएको थियो। यस अन्तर्गत गृहमन्त्रीले दैनिक भ्रमण भत्ता भनेर मात्रै एक लाख पाँच हजार रुपैयाँ खल्तीमा हाले। उनको हवाई टिकटका लागि ४६ हजार रुपैयाँ सरकारले तिर्यो। जबकी अन्य ६ जनाको टिकट ३० हजार रुपैयाँ थियो।
तीन सुरक्षा निकाय प्रमुखले दैनिक भ्रमण भत्ताका रुपमा प्रत्येकले ७२ हजार १ सय ८८ रुपैयाँ खल्तीमा हाले। सहसचिवको भ्रमण भत्ता ६१ हजार ८७५ थियो भने उपसचिव र मन्त्रीको निजी सचिवालयका अधिकृत दुवैले प्रत्येकले ५१ हजार ५६३ रुपैयाँ पाए।
भ्रष्टाचार छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बु बैङ्कक र हङकङ भ्रमणमा जाँदा हवाई टिकट वापत् एक लाख चानचुन र दैनिक भ्रमण भत्ता वापत् साढे एक लाख चानचुन रकम हाम्रै करको पैसाको राष्ट्रिय ढुकुटीबाटै खर्चिनु पर्यो।
अझ रमाइलो सुन्नुस्, पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी नेतृत्वको प्रतिनिधिमण्डल भियतनाम भ्रमणमा जाँदा उनको हवाई टिकट वापतको ७८ हजार चानचुन र दैनिक भ्रमण भत्ता वापत् १ लाख ३० हजार चानचुन रकम त सरकारले बेहोर्यो नै, रायमाझी पत्नी शक्ति रायमाझीको हवाई टिकट वापतको ७८ हजार चानचुन र दैनिक भ्रमण भत्ता ६७ हजार चानचुन रकम पनि जनताको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटीबाटै खर्च भयो। साथमा उनका निजी सचिव सूर्यप्रसाद पराजुलीको हवाई टिकट खर्च ६३ हजार चानचुन र दैनिक भ्रमण भत्ता ७५ हजार चानचुन पनि त्यसैमा जोडियो।
पुस महिनामा सबभन्दा महँगो हवाई टिकट वापतको रकम कानुनमन्त्री प्रेमबहादुर सिंहको नाममा थियो। उनको पेरिस यात्राको हवाई टिकट वापत् अर्थ मन्त्रालयले २ लाख ७० हजार ७७९ रुपैयाँ भुक्तान गरेको छ।
पुस महिनामा घुमघाम खर्चको नाममा अर्थ मन्त्रालयले निकासा गरेको रकमको बारेमा एक एक पैसाको पूर्ण जानकारी तल छ-
ठूलो पारी हेर्न Full Screen मा क्लिक गर्नुहोला। पेज बदल्न रकम भएको ठाउँमा क्लिक गर्नुहोला।
poush
No related posts.







मलाई त दिक्क लाग्यो ………अब भन्नु …………….
मन परे हरियो, नपरे रातो
1
0
नेपालीहरुलाई दिनको दुइ छाक खान पनि गारो भएको देसको अवस्था छ अनि तेही जनताले देस र जनताको विकास गर्न चुनेर गृह मन्त्रि बनाए / अनि मन्त्रि को चै यो ताल छ / येस्ता भ्रस्ट नेताको राजिनामा को माग गर्नु पर्छ/ तेसले जसरि भए पनि राजिनामा दिनु पर्छ / नत्र जनता ले अर्को आन्दोलन गर्न बढ्य हुन्छन /
मन परे हरियो, नपरे रातो
4
0
गगनजी,
तपाइको कमेन्ट पढेर मलाई शाह्रै खुसि लाग्यो / तपाई नेपाली कांग्रेसको एउटा युवा जुझारु नेता हुनुहुन्छ/ तपाइको आदर्स र स्वस्थ चम्किलो बेयक्तितोले गर्दा देश र जनतामा ठुलो विश्वास छ,तपाई निश्पक्क्ष,निडर भएर अगाढी बधनुस जनता तपाईको पछी छन / देसको सुन्दर भाविसेको लागि तपाई जस्तो नेताको खाँचो छ /
– जय नेपाल,लाल सलाम
मन परे हरियो, नपरे रातो
3
3
”अबको नया संबिधान अनुशार मन्त्रि नेताहरुको भागमा पैसा खाएर डकार्ने,आची गर्ने ,चम्चेहरुको भागमा डकार शुन्घने र आचिलाई धाग छोप गर्ने, जनताको भागमा चाही जसरी हुन्छ रास्त्रिये ढुकुटीमा पैसाको अभाब पूर्ति गर्न कर, टेक्स तिरी राख्ने,नतिर्ने जनतालाइ कानुन अनुशार जन्तु बनाइ जेल भित्र कोचिने छ…सबैलाई चितना भया /” — माधब कुमार नेपाल (प्रधानमन्त्री)
बर्तमान सम्बिधानमा के कमजोरीहरु छन जसले गर्दा मन्त्री नेताहरु(देसद्रोही) ले दिनलाई रात,कालोलाई सेतो भन्दै देश र जनताहरुलाई बर्बाद गर्दा पनि हामी जनताहरुले भाग्येको लेखा भन्दै बस्नु परेको छ / अबको नया संविधानको लागि देश भित्र र विदेशमा रहेका नेपालीहरु बिच एउटा ठुलो जनबहसको खाचो छ / नया संबिधान जनताको लागि हुनु पर्छ,राम्रो गर्नेलाई स्याबासी र पुरस्कार, भ्रस्टचारीलाइ कोर्रा र जेल हुनु पर्छ/
मन परे हरियो, नपरे रातो
1
0
भक्तेको बाउको श्राद्ध खावो खावो ……. बिचार जनता
मन परे हरियो, नपरे रातो
1
2
के भन्छन यी मान्छे हरु??
कोहि भन्छन नेपाल आमा को सराप लाग्छ ,
के गर्न सक्चोउ सीवाए टुलुटुलु हेर्न?? ,
पशुपति नाथ रछ्या गर,
नेपाल आमाको आशुले यिनी हरुलाई एकदिन अबस्य पोल्छ/
etc etc
येस्ता सोचका मान्छे लाई जसले जय गरे पनि आप क जाय न बाप का भने जस्तै हो!
मन परे हरियो, नपरे रातो
0
0
यो त नियम पुरयाएर खाएको त कसैको केहि लाग्दैन / टेबुल मुनिबाट घुस खाने त कति कति लेखाजोखा कस्ले गर्न सक्छ ? त्यही गृहमन्त्रि भएर गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरन्जिबी वाग्ले जस्ताले कति कमाए छर्लग छ / यो रोग राणा शासनदेखि गणतन्त्र आइसक्दा पनि जस्ताको त्यस्तै छ / यी राजनीति गर्नेहरु र उच्च पदस्थ कर्मचारीहरु देश र जनताको सेवा गर्न आएका पक्कै होइन / यिनीहरु व्यापार गर्न आएका हुन् सकेसम्म देशलाई डुबाएर लुटी रहेका छन् / यी राजनीति गर्नेहरु र उच्च पदस्थ कर्मचारीहरुको Living Standard हेरे थाहा पाउछ / राम्रो स्कूल, कलेज, बिदेशमा पढ्ने बस्ने प्राय; यिनीहरुकै छोरा छोरीहरु हुन् / सुखा तलबले त दशैमा परिवारले एकजोर लुगा लाउन पनि धौ धौ हुन्छ / यो एउटा सुख्खा तलबमा बाँचेको सानो कर्मचारीको अनुभब बाड्न खोजेको हो /
मन परे हरियो, नपरे रातो
5
1
चपा भैरे चपा …………….
मन परे हरियो, नपरे रातो
3
4
ह्यात्तेरी यस्तो के भैरहेको होला देशमा ,,,,हामी जनताको पैसामा एस्तो सत्यनास ,,तपाइको ,उहाको ,हाम्रो पैसामा यस्तो कुकार्य -असहिय छ …अब हामीले यस्तो सरकारलाई कर हरु नतिर्दा पनि हुन्छ.
मन परे हरियो, नपरे रातो
11
2
पशुपति नाथ ,जनताको रच्य गर !!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
4
8
हैन यति सारो हुँदा नि बिपक्षी हरु क हेरेर बसेको छन्,जति खानु छ खऊँन ,अनि हाम्ले खण्ड छैन कोइ न बोलुं भनेर बसेका छन् कि क्या हो.हैन माइ संसार क पाठक आफै विचार गरम सबै रिस लै टाढा राखेर,क एसके लागि हो हाम्ले जनता को छोरा ले सासन गर्न पाउनु पर्चा भनेको ,अब फेरी राजा लै नै सक्रिय बनाउनु पर्चा लागेन.
मन परे हरियो, नपरे रातो
10
1
ब्रम्हलुट को स्यानो नमुना,एमाले ले देश डुबायो वारी पनि जान्न पारि पनि जान्न सच्है नापुसक पार्टी नै भो,नापुशक लाइ के को लाज, अब पनि कांग्रेस ले एमाले लाइ बोकेर हिड्नु आफु झन् गनाउनु हो, अब कांग्रेस को नेतृत्व मा राष्ट्रिय सरकार को आबस्यकता छ, माओबादी को हुति र काइदा नै छैन बिचरा राजनीति मा बच्चा नै छ.
कांग्रेस को आबस्यकता फेरी देखियको छ देश लाइ | २००७ साल,२०३६ साल,२०४६ साल र २०६२/२०६३ साल मा सफल नेतृत्व गरेको कांग्रेस ले मात्र अब देश लाइ सहि दिशा दिन सक्छ, तर कांग्रेस भित्रै भ्रस्त्र र जनताको माझ मा गनायाका लाइ चाही पहिला ढेगान लगाउन जरुरि पनि छ.
ल अब जाग सच्चा कांग्रेस हरु देश लाइ सम्हाल्न को लागि.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
27
केसुजी
केसुजे लाई रोचक लाग्ने शैलजाको गुरु र कोयिराला परिवारको सन्निकट डाक्टर तारानाथ शर्माजी बि पी सिट ८ महिना नाम दिएर लेख्नु भएको लेख नया पत्रिका मा छपिएको छ/ नेपालजापन.कम हेर्नुस/ उहाँले २००४/५ सालमा बि पी ले नेपाल भारतको एक प्रदेश हुनु पर्ने भनि भनिएकोमा बि पी सिट प्रश्न हरु पनि गरेका थिए/ केसुजी ले सो लेख पढ्नु भएर केहि मत व्यक्त गर्नु हुनेनै छ/
मन परे हरियो, नपरे रातो
2
1
सारै बिग्रिया छन् हाम्रा नेता हरु …अचम्म लाग्छ जनता को पैसा तेतिकै खानु त हुदैन नि होउ….कस्ता लाज नभए का हरु…….जति लाग्छ तेती खर्च गर्नु ……बढी लिदा त लाज पो लाग्नु पर्ने….होइन जम्मै खाते मात्रै छन् कि क्या हो मन्त्रि सचिब हरु पनि..????????.
मन परे हरियो, नपरे रातो
8
0
अहिले गरेका छौ उल्फाको धन फुपुको श्रद्धे |
कहिले गर्न सकिएला तिमीहरुको आफ्नै श्रद्धे ?
खानाका काल,पृथ्वीका भारी जनताका सत्रुहरु ………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
Most ministers including PM and DPM are losers in CA election. They are throned to power by luck (bad lock for Nepalese people). So, they don’t feel responsibility towards people and the nation. Their intention is to earn money (any how paisa kamau). So, these people should be brought down in the road and seek justification against their monopoly while in power.
They are driving the country to the poorest position.
मन परे हरियो, नपरे रातो
7
1
खबर नराम्रो भए पनि यसरि खबरहरु बाहिर आउदै गर्नु चाही, सकारात्मक हो| यसरी पारदर्सिक हुदै गरोस सबै क्षेत्र…
मन परे हरियो, नपरे रातो
12
0
यहि फागुन २५ गतेमा नेपाल समाचारपत्रमा प्रकाशित समाचारलाई उधृत गर्दै, तपाईंको लोकप्रिय ब्लग “मेरो संसार” मा “विदेशी दुतावासमा सूचना बेच्ने एन.जी.ओ” शिर्षकमा छापिएको समाचार प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ। फागुन २५ गतेको समाचारपत्रमा निप्स संस्थामा म समेत सदस्य रहेको भनिएर छापिएको समाचारका सन्दर्भमा सोहि पत्रिकाको फागुन २६ गतेको अंकमा उक्त संस्थाले नै आफ्नो संस्थामा गगन थापा सदस्य नरहेको विज्ञप्ति निकाली स्पष्ट पारेको तथा संविधानसभा सदस्य भए पश्चात कुनै एक संस्थामा म संलग्न नरहेको स्पष्टिकरण समेत समाविष्ट गरिएको समाचार प्रकाशित भएको थियो। तपाईंको लोकप्रिय ब्लग “मेरो संसार” ले (फागुन २६) मा समाचारपत्रको मा प्रकाशित समाचार चाँहि उघृत गर्ने तर उक्त विषयमा त्यसै विषयको त्यहि पत्रिकामा प्रकाशित खण्डन भने उल्लेख नगर्ने? यसले म माथि त अन्याय गरेको छ नै, साथसाथै यो आग्रहले आम पाठकमा भ्रम उत्पन्न हुने हुँदा पाठकहरुलाई समेत अन्याय भएको छ।
संविधानसभाको सदस्यको हैसियतमा मात्र हैन, आम नेपालीले प्रकट गर्नुभएको म प्रतिको विश्वासका आधारमा पनि मेरो प्रत्येक क्रियाकलापका सम्बन्धमा प्रश्न उठाउन पाउने अधिकार प्रत्येक नेपाली नागरिकसँग छ। प्रत्येक पल मेरा निम्ति परिक्षा जस्तै हो। म मेरो विवेक र साम्र्थ्यको सम्पूर्ण प्रयोग गर्दै, जीवनको प्रत्येक मोडमा नैतिकताको कसीमा खरो उत्रने प्रयत्न गरिनै रहने छु। मैले अन्जानमा वा अज्ञानतावश कुनै कमजोरी गरेमा त्यसमा तपाईं मार्फत पाठकहरुले गर्ने आलोचना मेरो निम्ति आदेश हुनेछ, मैले कुनै खराब र अनैतिक काम नगर्न पाठकहरुको खबरदारी मेरा निम्ति मार्गनिर्देशन हुनेछ। तपाईंको ब्लग मार्फत पाठकहरुसँग मेरो एउटै अनुरोध ‘तपाईंहरुका यस्ता सुझाव र आलोचना कुनै भ्रामक समाचारमा आधारित नभइ सत्यतथ्यमा आधारित हुँदा, यि सुझाव र आलोचना मेरा निम्ति अमूल्य हुनेछन्।’
गगन थापा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
12
के गर्नु गगन जी, नेपाल आमाले तपाई लाई जन्माउनु त भो तर तपाइको कुल चाही अलि उल्टो परे जस्तो लागो/ तपाई त नेपाली कांग्रेस हैन होनहार कम्युनिस्ट को कुल मा जन्मनु पर्ने थियो यो देश लाई परिबर्तन गर्न/ तपाई जस्ता हजारौ युवा हरुको खाचो छ हाम्री नेपाल आमालाई/ तपाइलाई साधुबाद छ/ जय नेपाल गगन कमरेड/////
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
10
गगन जी,
किन यो झमेला निकाल्नु भएको फेरी यहाँ….? बगेको खोला फर्केर आउदैना कहिल्यै पनि…..तपाइलाई त्यो बिषयमा यत्तिको आपत्ति लाग्थ्यो भने किन पहिल्यै यो कुरामा सबाधनी बनेर जनताको सामु सार्बजनिक गर्नु भएन……?? ”धोति पनि खुस्कि सक्यो अनि दैला(डोर) पनि देख्यो” जस्तो कुरा भएन यो त….???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
12
गगन जी,
खरो उत्रिने कुरा त गर्नु भो तर तपाइँ एक जनाले मात्रै के नै गर्नु हुन्छ र ? तपाइँ बाहेक तपाइको पार्टीमा एक जना पनि गतिलो छैनन् आजको दिनमा / तपाइँ एक्लै के गर्नु हुन्छ? कागको बथानमा एउटा बकुल्लो जस्तो हुनुभएको छ / एउटैले इतिहास बनाउन सक्छ भन्ने हजुरको सोच छ र हिम्मत छ भने यो दिनदहाडै भै रहेको ब्रह्मलुट रोकेर देखाउनु त… अनि बल्ल मन्नेछौ हजुरलाई / होइन भने यो कागको बिचमा बकुल्ला जस्तो बनेर बस्न छोडीदिनोस / पलासको फूल मा काँडा पनि हुदैन हेर्दा राम्रो पनि देखिन्छ तर त्यो फूलको माला बन्दैन न त त्यो फूलको कुनै बास्ना नै हुन्छ / बरु गुलाबको फूल बन्नुहोस, जत्ति काँडा भएपनि सबैले ओठले चुम्ने नै छन् एक चोटी / धन्यबाद/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
भ्रस्टचारी आचरण ले भरिएका कांग्रेसी नेताहरुको भिडमा कागको बथानमा बकुल्ल्ला भने झैँ यी युबा नेता गगन थापा , अर्का नेता नरहरी आचार्य जस्ता व्यक्तिहरु प्रति
भने श्रद्द्दा भाब छ धेरै नेपालि जनताको .
दूताबासमा सूचना बेच्नेहरूको नाममा गगन थापाको नाम पढ्नु पर्दा मन मर्माहित
भएको थियो . दिक्क लागेको थियो . ऐले यहाँ उक्क्त सस्थामा गगन थापा सदस्य
नरहेको भन्ने था पाउदा मन सन्तोस भयो .
गगन जी !
नेपालि युबा जमातले तपाइँ बाट मुलुकको हितको लागि इमान्दारिताको आश गरेको
छ सधै .
स- साना गल्ति सबै बाट हुने कुरालाई मनन् गरि हिजो का अल्ल्लारे दिनका धुमिल
गल्ति छाया मा परिसकेको अबस्थामा , आजको दिन मा तपाई जुन रुपमा प्रस्तुत हुनु भएको छ त्यसलाई नजर अन्दाज गर्दा तपाइँ बाट मुलुकको हितमा कार्य हुन सक्ने कुरामा आशाबादी छन् धेरै नेपालीहरु .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
होस गर्नुस गगन थापा जी ” किरा ले हीरा बिगार्ला” हामी तपाई लाइ कांग्रेस का खुमे, गोविंदे, सुजाता जस्तो बनेको कल्पना पनी गर्न सक्देनाऊ. रास्ट्रीय हित र प्रजातंत्र को मर्म बचाउने काम माँ कांग्रेस माँ मात्र सिमित नाबन्नु होला. बाबुराम भट्टराई जस्तै तपाई पनी एक इमानदार नेता हो भन्ने मलाई लागेको छ. दुख का साथ के भन्नु पर्छ भने तपाई समाहित भएको पार्टी नै मुलुक को दुर्दशा को लागी सबै भन्दा जिम्मेवार छ. यो सरकार माँ माकुने जस्तो जनता ले हराएको, भीमे जस्तो भ्रस्त र तिन थेच्चार महिला मंत्री बिद्या, सुजाता र करीमा जस्ता मानिस पनी छन. लोकतंत्र र जनमत को धज्जी उड़ौदै इतिहास को सबै भन्दा नालायक यो सरकार बनाउन तपाई को पनी मत परेको छ. गगन जी यो भ्रस्त सरकार लाइ काध हाल्दा तपाई को काध को पनी खालो गयो होला हेर्नुस त एक पल्ट.
गगन जी यो भ्रस्त र कठपुतली सरकार को सामीप्य माँ रहदा तपाई पनी गनाउनु होला? यो मेरो तपाई प्रति शुभकामना सहित को चेतावनी हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
क्याबात कमेन्ट महेश जी
” आगो तापने मूढा को, कुरा सुन्ने बूढ़ा को र कमेन्ट पढने महेश को”
मन परे हरियो, नपरे रातो
7
0
गगन जी,
लुना जी ले भने जस्तो नरहरी आचार्य, लगायत तपाई लाई अरु भष्ट कांग्रेसी भन्दा भिन्दई किसीमले हेर्ने गरिन्छ ! तर काण्डका सम्बन्धमा तपाईको प्रतिक्रिया “हगी सके पछी धोती स्याहार्ने” प्रयास जस्तो भयो!
गै. स. स. को आपत्तिजनक कर्तुत सार्वजनिक न हुदा सम्म त् तपाई तेस्मा संलग्न हुनु हुन्थ्यो नै! तपाईको आफ्नो प्रतिक्रियाले यसको पुष्टी गर्छ! यसमा विवाद छैन! त्यतीखेर तपाई बाट यस्ता कृयाकलाप हरुको विरोध भएको वा यस्ता कृयाकलाप लाई निरुत्साहित गर्न खोजेको कुनई समाचार हरु सार्वजनिक भएन!
तर “जब परो राती तब बुढी ताती” भने जस्तो, जब समाचार सार्वजनिक भयो, तपाई आफु संस्थामा आबद्द नभएको जानकारी गराउनु भयो!
के शान्ती प्रक्रियाका अती महतवपूर्ण दस्तावेज को काम तोकिएको समितीमा न भएर तपाई आबद्द भएको गै स स मा हुदै छ भन्ने कुरो तपाई लाई थाहा थिएन? थिएन भने तपाई र गै. स. स. का अरु सदस्यहरुका नाकई मुनी बाट दस्तावेज विदेशी नियोग मा पुर्याउने काम कसरी सम्भव भयो!
यस अर्थमा हेर्दा तपाईको प्रतिउत्तर कतई चित्त बुझ्दो छैन!
मन परे हरियो, नपरे रातो
7
7
गगन जी,
ठाउँ न ठहर बुढीको रहर भन्या जस्तो कुन सन्दर्भको कमेन्ट गर्ने ठाँउमा कुन सन्दर्भको कमेन्ट गर्दै हुनुहुन्छ |
कतै पानीमाथिको ओभानो त् बन्न खोज्दै हैन ?
मन परे हरियो, नपरे रातो
0
4
“म मेरो विवेक र साम्र्थ्यको सम्पूर्ण प्रयोग गर्दै, जीवनको प्रत्येक मोडमा नैतिकताको कसीमा खरो उत्रने प्रयत्न गरिनै रहने छु।” गगन थापा,
दुइ दुइ ठाउको प्रत्यक्ष चुनाबमा जनताद्वारा हरैयको व्यक्तिलाई देश सुम्पने अनि अत्याधिक जनतिरस्क्रित व्यक्तिहरुले मच्चायको ताण्डब र देशको हालको यो अबस्था लाइ निरन्तरता दिनेमा तपाहिको नैतिकता प्रयोग भयको छ छैन त्यो तपाहिकै मुख बात सुन्न र बुझ्न पाय तपाहिको नैतिकताको परिभाषा खेला पारिन्थ्यो, किनकि यहा नैतिकताको आफ आफ्नै खाले परिभाषा हुन्छ अनि आफ आफ्नै तरिकाले खरो पनि उत्रन्छ!
अब आफ्नो नैतिकतालाई स्वोतन्त्र नराखी कांग्रेस संग बन्दकी राख्नु भयको छ भने पहिला काग्रेस बात आफ्नो नैतिकता बन्दकी छुताउनुस अनि मात्र नैतिकताको कुरा र खरो उत्रने नउत्रने भन्ने हुंकार सान्दर्भिक हुन आउछ!
जेहोस कांग्रेस भित्रको एउटा शशक्त र अलग्गै किअसिमको हुनुहुन्छ भन्ने कुरामा असहमत छैन कास्रेसी व्यक्तिहरुलाई केलायर छनौट गर्नु पर्दा मा तपाहिलाई पनि रोज्छु तेसैले,
अगाडिको नैतिक राजनीति को लागि शुभ-कामना!!!
मन परे हरियो, नपरे रातो
3
3
एमाले अर्थात हरुवाहरुले अगुवाई गर्ने संसारमा कहिँ नभएको न कम्युनिष्ट न डेमोक्रेटिक ( शिखण्डी ) पार्टीका समर्थकहरुको र यस्तोको अगुवाईलाई आत्मसाथ गर्ने नेपाली काँग्रेसका समर्थक साथीहरुको गम्भीर प्रतिक्रिया कस्तोहोला यो बिषयमा ?
सायद यसो भन्दै होलान:
स्नान गर जनताको पसिनाले नपुगे जनताको रगतले स्नान गरेपनि हुन्छ हाम्रो समर्थन कदापी टुट्ने छैन,
जनता मरुन बालै भएन – फेरी पनि तिन्निहरु भन्दैहोलन माकुने जिन्दाबाद, गिरिजा जिन्दाबाद, भिम रावल जिन्दाबाद,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
के गर्नु एकैसौ शताब्दीको हरुवा भ्रस्ट हिरोहरु भनि गिनिज बुकमा रेकोर्ड राख्ने भिजन बनाएका नेताहरुले देश चलाउन पाए पछि यो त नापेको मात्रै होला कटिंग त बाँकि नै होला हैन र !
मन परे हरियो, नपरे रातो
13
1
के गर्नु एकैसौ शताब्दीका भ्रस्ट हिरोहरुको गिनिज बुकमा रेकोर्ड राख्ने भिजन भएपछि यस्ता भ्रस्ट होडबाजी त चल्ने नै भयो नि /
मन परे हरियो, नपरे रातो
5
1
येस्तै हैन त हामीले रोजेको नया नेपाल |
मन परे हरियो, नपरे रातो
2
4
यसमा हामी जनताको के को दोष ??
भ्रष्टलाइ त चुनाबमा हराएकै हो | उल्टो गंगा बगेपछि कसको के लाग्छ र |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
1
जताको रगत पसिनामा होली!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
बहुत मोज गर्न पाइने, करोडौको बैंक ब्यालेन्स हुने, राजधानीमा ३/४ महल ८/१० रोपनी जग्गा बनाउने/जोड्ने , छोरा छोरीलाई बिदेसको महँगो स्कुल कम्पासमा अध्ययन गराउने, सके सम्मको भ्रष्टाचार गरी १० पुस्ते कुम्लाउने, यहि हो नेपालको नेता मन्त्रीहरुको मिसन भिजन, सपना बिपना यहि हो……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
1
१,. माकुने दाइले जब पैसा खान खोज्छ तेसबेला माकुने दाइको जुँगा समाउने गुण्डा चाहिएको छ अब हामीलाई
२. पुरानो दिमाग भएको हैन पढेको र बुझेको युवा नेता चाहिएको छ हामीलाई
३. हेर्दै भरिया र चोर स्याल जस्तो माकुने हैन राजा दिपेन्द्र जस्तो स्मार्ट नेता चाहिएको छ हामीलाई
४.देसको पैसा कसरि सिध्याउने भन्ने मनसाय भएको नेता हैन कसरि देसको पैसा बचाएर गरिब जनतालाई माथि उकास्न सकिन्छ भन्ने विचार भएको नेता चाहिएको छ हामीलाई ………to be continued
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
1
बार्षिक आय २५००० भन्दा कम भएको देश क नेताको दैनिक भ्रमण खर्च १५००००/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
यिनीहरुले जनताको आशु त पचाए पचाए;नेपाल आमाको आशुले यिनी हरुलाई एकदिन अबस्य पोल्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
गिरिजा घर पो फर्कियो नि!!मेरो बिचारमा छोरीले आएर भनिन कि जस्तो छ है साथि हो, “बा, मैले यो भ्रमण श्रमण को क्रिया गरेर थुप्रै पैसो जम्मा गरेकी छु, अब कुनै पनि आयोग ले पैले पैले को सम्पत्ति बारे छान बिन गर्न सक्दैन,बिरामीको नाटक अब नगरेनी भो,जौं अब आफ्नै घर”|
मन परे हरियो, नपरे रातो
15
2
गिरिजाको शेष पछी सुजाताको बेहाल हुने निश्चित छ त्येसैले उसको बिडो कसले थाम्ने होला भनेर सोच्दै थिए ” भिमे” रहेछ गतिलो उम्मेदवार होइन त ?
मन परे हरियो, नपरे रातो
13
1
एस्तो कुरा सुनेर कस्तो दिक्क लाग्ने. यिनीहरुले एक घण्टा मा सात हजार खर्च गर्छन जबकि कसै कसैको महिनाभरको आम्दानि पनि सात हजार को हुँदैन.
मन परे हरियो, नपरे रातो
6
0
एस्तो कुरा सुन्दा त कस्तो दिक्क लाग्ने. यिनीहरुले एक घण्टा मै सात हजार खर्च गरे तर कोसैको त महिनाभरीको आम्दानी पनि सात हजार को हुदैन.
मन परे हरियो, नपरे रातो
5
0
लुटको धनले फुपु को श्रद्धा .
मन परे हरियो, नपरे रातो
5
0
यी हरौटे नेताहरुले हामि नेपाली जनता संग बदला लिदै छन् कि न कि यिन लाई हामीले हरायौ भनेर . के गर्नु हराय पनि केहि लाग्दो रहेनाछा त् . जसरि पनि पदमै पुग्दा रहेछन . जंगली भयानी, हत्यारा भयानी माओबादी आतंकबादी भयानी जितेकै थियो केहि दिन अरु चलाउन दियको भय नि केहि हुने थियन तर के गर्ने भयो अर्कै … भन्छन नि हरुवा नामर्दको स्वास्नी हुनु भन्दा मर्दको जितेकाको नोकर्नी हुनु बेस भन्छन . खोइ के खोइ के .. अहिले नेपाली जनताहरु नामर्द हरुवा हरुको स्वास्नी हुन् पुग्य छन् … मज्जा आयन रे …देशलाई जन्गेकै आवस्यक छ है .
कोइ छ जंगे बन्न सक्ने ….हामित नामर्द माकुने हेर्दा हेर्दै रनभुल्लमा नमर्दै भयौ है .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
2
एती लाख उति लाख खर्च गर्यो भनेर हल्ला गर्नु बर्थ छ Salokya Bro.
मन्त्रि मात्र होइन जो कोहि पनि विदेश गयो भने त्यतिनै पैसा खर्च हुन्छ!!!
न हुन को लागि कि तिम्रो हजुरबुवा ले फूलमाला लेर यहाँ विदेश को सबै खर्च मा बेहुर्चु नाती भनेर बसेको हुनु पर्यो.
I only agree one thing: they should not be taking TA/DA (दैनिक भ्रमण भत्ता)
लाखौ लाख ( other than TA/DA is allowed by any company anywhere.)
Beside that,
Expenses will occur for anyone:
Plane ticket : – round trip will cost $1500-2000 except INDIA ( more to business class )
Accomodation – $ 500-1000 ( minium) staying at any cheap hotel.
Meals /Dinner/Breakfast/Lunch – $ 50-100 daily. etc etc etc etc……
( These are only estimated values).
Anyways i am not picking on you Salokya, I am just saying.. It’s useless to post article from a educated person like you to aggravate crowd.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
20
The numbers u have listed here are a bit too much, unless one is travelling to USA or European countries in all of those times. Anyways who are those people to be travelling in business class and to be staying in luxury 5 star rated hotels?? They are not some executives from G5′s.
I make a decent european standard salary and even I feel aggravated by their unnecessary spendings. When someone is invited by some foreign govt. or organizations, very often those charges are all covered by the hosts. And I dont see any need of carrying around all the unnecessary people just for heck of showing them “bidesh”. They dont deserve it.
मन परे हरियो, नपरे रातो
5
0
I do agree with you Bijay Ji! you are right.
Also the numbers i have shown is just a estimated cost. ( not actual).
But yes, these SOB take even take their wife, son nephew, daughter etc etc and give them TA/DA or their cost is also allowed by Government is unethical,
मन परे हरियो, नपरे रातो
2
0
$५००-१००० होटललाई min होइन. हामीलाई पनि थाहा छ. होइन सबैभन्दा महँगो होटेल कंहा पाईन्छ भनेर खोज्दै हिंड्ने हो भने त अझ महँगा पनि पाईन्छ.
मन परे हरियो, नपरे रातो
0
0
उल्फा को धन फुपू को श्राद्ध भनेको यहि त होला !
मन परे हरियो, नपरे रातो
5
1
mysansar लाई मेरो एउटा सुझाब: येस्मा प्रकासित हुने सबै जायेज कमेन्ट हरुलाई समेटेर एउटा तेस्तो पत्रिका निकाल्नु पर्यो, जुन सर्बसाधारण जनता (जसले इन्टरनेट हेर्दैनन् ) ले पनि पढ्न पाउन | के तेस्तो सम्भव होला नेपालमा ?
मन परे हरियो, नपरे रातो
8
1
खै के लेख्नु यो नेपालको वास्तविकतामा ? अब येदि सम्बन्धित निकाएहरुले पनि यो ब्लग पढ्ने र येस्मा झल्किएका अभिव्यक्तिहरु अलिकति पनि सुनिदिने भए साएद देश केहि माथि उठ्न सक्थ्यो कि ? अब खाने, छानबिन गर्ने, नियम बनाउने र नियमको पालना गराउने सबै चोरै चोर भएपछी कसको बाउको के लाग्यो र ?
मन परे हरियो, नपरे रातो
5
0
आफ्ना लागि सबथोक, विरोधीहरूका लागि केही न केही र जनताका लागि कानुन | यस्तै त रहेछ नि तथाकथित प्रजातन्त्रबादी भनाउदा छ्दम्भेसिहरुको बथान पनि |
हाम्रो देस ‘क्लिप्टोक्रेसी’ तिर गएजस्तो छ है साथी हो । यसले यस्तो शासनलाई बुझाउँछ, जहाँ शासक र उच्च पदाधिकारीहरूको पहिलो लक्ष्य पदीय शक्ति व्यक्तिगत धन आर्जनमा लगाउनु हुन्छ ।
खै अरु के भनौ तैपनि
लोभी पापिहरुको हरुवा झुण्डले अरु के नै गरोस त ! जनताले के नै गर्न सक्छन र |गर्ने भनेको चुनावमा हराउने हो हराएकै थिए |
सबै मिलेर एक कामना गरौ त्यो हो यो नै यिनीहरुको अन्तिम भोज होस् ता कि फेरी कहिल्यै यसरि लुटाहा पाराले जथाभाबी हसुर्न नपाउँन| यसको अर्थ मरिहालुन भन्ने चै हैन है|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
1
मन्त्रि हुदा सुभिधा लिनै पर्यो नी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
1
34
आज देशमा आमाहरु पहिले आफ्नबच्चाहरुलाई मारेर तेसपछी आँफै आत्महत्या गरेर मर्दै छन, तर यि नेताहरु एसरी नाङो नाच गर्दै छन। जय होस् यि फताह महारोगी नेताहरु को !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
हिजोसम्म भ्रष्ट्रशिरोमणि भनेर गोविन्द राज जोशी खुमबहादुर आदिलाई भनिदै आएको र आजसम्म भनिएको छ. अब यो लिष्टमा लाचार शरमहीन माकुने पनि थपिएकोमा हामी नेपाली धेरै खुशी छौ भन्नुपर्ने भो साथीहरु. हुनत यो माकुने लिच्चड देश लुट्न नै विदेशीको खेलौना बनेर रोबोटबाट चल्दै आइरहेको कुरा त घाम जत्तिकै स्पष्ट छ नै. यो माकुने सरकारबाट भ्रष्टचार भन्दा अरु के नै आश गर्न सकिन्छ र साथीहरु?
धिक्कार छ माकुने अनि उसका भ्रष्टचारी घुशखोरी जत्थालाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
1
जो बदमास छ उ पुजिने भए पछी राम्रो कसका लागि हुनु पर्यो र शिक्षक को रगत पिउने हरु बैंक लुट्नेहरु पत्रकारको घटी रेट्ने हरु समग्रमा भन्दा नया दिल्लीमा बसेर नेपाल र नेपालीलाई मन बचन र कर्मले सिध्याउन चाहने हरु देस भक्त र क्रान्तिकारी हुने देसका यी त बबुरा पिछलग्गु हुन खोजेछन…………….
मन परे हरियो, नपरे रातो
5
10
बाग को छाला मा स्याल को रजाइ
मोज गर मोज,जति गरे पनि अहिले नै हो,भोलि फेरी त्यो ठाउमा पुग्ने सम्भाबना छैन क्यारे.बधाई छ
मन परे हरियो, नपरे रातो
11
3
कमेन्ट पो के गर्नु र,
सच्चाई होर? भन्नु पर्यो अबत!
मन परे हरियो, नपरे रातो
7
0
नेताहरु कसरि हाम्रो भबिस्य ,देश को भबिस्य राम्रो हुन्छ भनेर अहोरात्र चिन्तन मा हुनु हुन्छ | छट पाटी छ उहा हरुलाई,तेसैले कहिले पेरिस,कहिले लन्डन कहिले हंगकंग पुग्नु हुन्छ |
हाम्रै लागि भनेर संकोच न मानिकन हामीले तिरेको कर को केहि अंस खर्च पनि गरि दिनुहुन्छ उहा हरु |
मन परे हरियो, नपरे रातो
7
0
लुटको धन फुपुको श्राद्ध भन्ने उखान किन भनेको भन्ने कुरा भिम रावल लाइ सोधे थाहा हुने भयो / धन्य रावल माह्तमय / माकुने राह छउन्जेल सबैले सकेको मोज गर /
मन परे हरियो, नपरे रातो
6
0
“आफ्ना लागि सबथोक, विरोधीहरूका लागि केही न केही र जनताका लागि कानुन” अहिलेको सरकारको चरित्र|
भ्रस्टाचार किन हुन्छ ?
“घूसलाई न्यून पारिश्रमिकको बोनसका रूपमा लिने कर्मचारी, व्यापारीका लागि लागत घटाउने उपाय, प्रतिस्पर्धर्ीका लागि बजार कब्जा गर्ने अस्त्र र आपराधिक तत्वका लागि अवैध काम गर्ने वातावरणको सुनिश्चितता । राजनीतिक दल र नेताका लागि ‘पार्टी कफर’ भर्ने बहाना । ”
“नैतिक मूल्यलाई कम महत्त्व दिने समाजको संस्कृति अनि
पदमा हुँदा राम्रो बन्दोबस्त गर्न नसक्नेलाई ‘हुतिहारा’ को संज्ञा दिने हाम्रा समाजका आफन्त ”
देस पुरै ‘क्लिप्टोक्रेसी’ तिर गएजस्तो छ है साथी हो जसले यस्तो शासनलाई बुझाउँछ, जहाँ शासक र उच्च पदाधिकारीहरूको पहिलो लक्ष्य पदीय शक्ति व्यक्तिगत धन आर्जनमा लगाउनु हुन्छ । सान्धर्भिक भएकाले माथिका केहि कुरा कान्तिपुरबाट लिएका हुन्|
खै के गर्नु त अब हामि जनताले ? जनताले त election haraune na हो |
मोज गर लोभी पापिहरुको हरुवा झुण्ड मोज गर timiharuko antim bhoj hos yo |
मन परे हरियो, नपरे रातो
5
0
हाम्रा देशका सबै नेताहरु चोर हुन्, बादर हुन् ,डाकाहरुहुन ,अनि यिनीहरुले किन जन्ताकोलागी कामगर्छंन
मन परे हरियो, नपरे रातो
8
0
कैले करिब आधा करोड पर्ने ( ४५ लाख हाराहारिको गाडी – युरोप का धनि बर्ग ले
समेत किन्न हम्मे हम्मे पर्छ यति महँगो मूल्य को गाडी ! )
कैले आधा करोड पर्ने गाडी सुबिधा को कुरा सुन्नु पर्या छ !
कैले एक दिनमै साढे लाख घुमघाम खर्च को कुरा सुन्नु पर्या छ !
उता नेपाल कै कम्पनि ले २ डलर ९९ सेन्ट मा मेसिनले पढ्न मिल्ने पासपोर्ट नेपाल सरकार लाइ उपलब्ध गराइदिन सक्छौ भनेर परारास्त्र मन्त्रि तथा उपप्रधान मन्त्रि
सुजाताले भारतीय सरकार को स्बामित्बमा रहेको कम्पनि ४ डलर मा पासपोर्ट
बनाउने प्रस्ताब लाइ न्वारन देखिको बल लगाएर सपोर्ट गर्न पुग्या कुरा पढ्नु पर्या छ !
मुलुकको ढुकुटी मा रजाइ गर्ने यी जुकाहरु बाट अब मुलुकले छुटकारा पाउनै पर्छा !
जब सम्म यस्ता जुकाहरु को हातमा मुलुक को राजनीति थामिन्छा तब सम्म यिनले
मुलुक लाइ निचोरिनै रहन्छन ——
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
यस्तै हो आफ्नो हातमा डाडु पनिउ भएपछी. अर्काले खटाएर दिने भएपो.
मन परे हरियो, नपरे रातो
2
4
हाम्रा देशका नागा नेताहरुले गर्दा देश पनि नांगै बनाउने भय के गर्ने र काट्न मिल्ने भय मत काट्त्यो! यी नागा नामर्द हरुको सत्य नासा नभय सम्म देशको बिकास कहिलै हुदैन त्यसैले पहिला यी नागहरुलाई मर्नु पर्ने जरुरि छ !
मन परे हरियो, नपरे रातो
4
1
सबै नागा नेताहारूले गर्दा देश बर्बाद हुनेभयो !
मन परे हरियो, नपरे रातो
6
1
अर्को चोटी कहिले पुग्ने सत्तामा …नछोड भैरे नछोड चपा भैरे चपा
मन परे हरियो, नपरे रातो
8
1
दीपक जी , अर्को पल्ट को सत्ता मा पनि यिनीहरु नै पुग्छन… अब त चुनाब मा हारे पनि जिते पनि केहि फरक नपर्ने भएको ले गर्दा यिनी हरु ले यसरि दिउसै लुटेका हुन्…!!!!
मन परे हरियो, नपरे रातो
2
0
नाथे खेतको कुलो को निहुमा चक्का जाम गर्ने, परिक्ष्यामा फेल हुदा शिक्षक पिट्न सक्ने पनि हामि नेपाली नै हैन? येत्रो भ्रस्टाचार गर्दा, नेता हरु ले देश लै कंगाल बनाउदा किन
कोहि बोल्न सक्दैन? किन चक्का जाम हुदैन? किन नेपाल बन्द हुदैन?..:(
मन परे हरियो, नपरे रातो
10
0
हिजोसम्म भ्रष्ट्रशिरोमणि भनेर गोविन्द राज जोशी खुमबहादुर आदिलाई भनिदै आएको र आजसम्म भनिएको छ. अब यो लिष्टमा लाचार शरमहीन माकुने पनि थपिएकोमा हामी नेपाली धेरै खुशी छौ भन्नुपर्ने भो साथीहरु. हुनत यो माकुने लिच्चड देश लुट्न नै विदेशीको खेलौना बनेर रोबोटबाट चल्दै आइरहेको कुरा त घाम जत्तिकै स्पष्ट छ नै. यो माकुने सरकारबाट भ्रष्टचार भन्दा अरु के नै आश गर्न सकिन्छ र साथीहरु?
धिक्कार छ माकुने अनि उसका भ्रष्टचारी घुशखोरी जत्थालाई.
मन परे हरियो, नपरे रातो
7
0
हामीले के नै गर्न सक्छौं र साथी, शिवाय टुलुटुलु हेरिरहन….हे भगवान मेरो देश नेपाललाइ बचाउ…
मन परे हरियो, नपरे रातो
13
3
नेता , मन्त्रि हरुले ब्रम्ह लूट मचाउने अनि भगवान ले नेपाल लाई बचाउने आशा गर्ने ????? फेरी धर्म सस्कृति लाई पनि यी फटाहा हरुले आफ्नो स्वार्थ मा प्रयोग गर्न काहा बाकी राखेका छन् र ????? तैपनि सहि मान्छे सक्तिमा आएर देश लाई केहि गर्छकी भन्ने आशा चाहि लाग्छ है !!!!!
मन परे हरियो, नपरे रातो
4
1
नेरु जी ! आशा गरे भने, आशा गरै-गरै हुन् छ | येत्ति सम्म आशा ले गर्दा देश कता बाट कता पुगी सकियो, फेरी पनि आशा गर्दै बस्ने ? तेसै ले अब आशा होइन, आफु ले गर्नु सक्ने योगदान देश लाई दिने समय हो |
मन परे हरियो, नपरे रातो
2
1
अर्को होनाहारको अलछिना गिरिजा को श्राद्ध हो यो, अनि मर्नु भन्दा अगाडीनै कटीयार का मुर्ख मुर्खहरुको जमात मिलेर बनेको पटमुर्खको नाइके मा कु ने को समलिंगी सरकारले नेपाल र नेपाली जनताहरुको टाउकोमा पलेटी कसेर बसी खाईरहेको श्राद्ध हो यो, खाओ कुकुर हो खाओ मुखबाट लादि निक्लने गरेर खाओ !!
जय देश !
मन परे हरियो, नपरे रातो
5
1
PASA
हामीले के नै गर्न सक्छौं र साथी, शिवाय टुलुटुलु हेरिरहन!!???
तिमीले चाहे जे पनि गर्न सक्चोउ!
You can get a gun and shoot some of these bastards, create a history.
Unless you only watch or sit like टुलुटुलु हेरिरहन
मन परे हरियो, नपरे रातो
0
0
यो त अति नै भयो. के अब यो देस यसरि लुटने लाई छोडी दिने हो त? किन हामि यति लाचार भै रहेका छूउ? यो हाम्रो कर को पैसा हाम्रो आफ्नो कमाई हो, please साथि हो अब देस ध्रोही हरु लाई केहि त गर्र्यो !
मन परे हरियो, नपरे रातो
13
2
नेताहरुले बाँकी जीवनमा राजनीति नगर्ने सोच बनाएका रहेछन् । सात पुस्तासम्म आरामले बाँच्नका लागि अकुत सम्पत्ति जोहो गर्दैरहेछन् । तर, बलियो र असल सरकार बनेमा यिनीहरुले आराम गर्न के पाउलान् र ?
एक एक हरहिसाब खोजिनेछन् ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
उल्फा को धन फुपू को श्राद्ध गुहयेहरु ले अरु के नै गर्न सक्ने हुन् र ????
मन परे हरियो, नपरे रातो
10
2
साथीहरु हो,
यो हाम्रो गृह मन्त्रि भनौदो भिम रावल हैन नेपाल कै एक खतरा “राहु” चाही हो….यो गृह मन्त्रि भएको देखि सबै छेत्रका निर्दोस मानिसहरुलाई खाई सक्यो अनि देशको ठुलो धन राशी पनि सकेर देशलाई कंगाल बनाई सक्यो….//
तर पनि यो चोर खोक्न छाडेको छैन….आफ्नो गल्ति नै देख्दैन….अरुको मात्र देखेर कडा आलोचना गर्छ… “जो चोर उसैको ठुलो स्वर” भनेको यहि पाजी हो //
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
2
यो पैसा हैन जनता को रगत चुसेको हो ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
2