मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बीबीसीका लागि ब्लगिङ

    अपडेटः यो कार्यक्रम सकियो। प्राविधिक कारणले समस्या धेरै निम्तियो। हुँदाहुँदा सहभागीहरुले कागजमा लेखेर वेबक्याममा देखाएर एकापसमा कुरा गरे। आफूले पनि एक दुई पटक त त्यस्तै गरियो। हुँदाहुँदा अन्तिमतिर त कार्यक्रम सञ्चालकले समेत सबै सहभागीलाई कागजमा लेखेको सन्देश देखाउन भनेका थिए। यसको प्रतिक्रियामा भेनेजुएलाका फ्रान्सिस्कोले ट्विट गरे- asking people to handscroll bits of text on paper to flash at a screen is the silliest use of net resources ever!
    ______________________
    बीबीसीले आज इन्टरनेट महोत्सवको आयोजना गर्दैछ। लन्डनको Shoreditch Town Hall मा SuperPower Nation कार्यक्रम हुँदैछ अहिले केही घण्टामा। बीबीसीको रेडियो, टिभी, अनलाइन र ३० भन्दा बढी विभिन्न भाषाका सेवाहरु यसमा सहभागी हुनेछन्। विश्वका विभिन्न कुनाबाट ब्लगरहरु यसमा सहभागी हुँदैछ। नेपालबाट म पनि यसमा सहभागी हुनका लागि तयारी गरिरहेको छु। यसमा सहभागी हुन तपाईँको विचार महत्त्वपूर्ण छ। तपाईँ कै विचारहरु म बीबीसीमार्फत् प्रवाह गर्ने प्रयास गर्नेछु। कृपया कमेन्टमा लेख्‍नुहोला, तपाईँ नेपालको कुन विषयमा आफ्नो विचार राख्‍न चाहनुहुन्छ ? आफ्नो विचार छोटकरीमा तल कमेन्टमा लेख्‍नुहोला। संभावित विषय यस्तो हुनसक्छ- इन्टरनेटले तपाईँको जीवनमा ल्याएको परिवर्तन, नेपालमा जारी शान्ति प्रक्रिया, नेपाल भ्रमण वर्ष २०११ आदि। अथवा तपाईँको मनमा लागेको त्यस्तो कुनै पनि विषय लेख्‍नुस्, जुन विश्वलाई तपाईँ सुनाउन चाहनु हुन्छ। तपाईँको आफ्नो शब्दमा तपाईँको विचार।


    फोटो साभारः बीबीसी

    No related posts.

    62 comments to बीबीसीका लागि ब्लगिङ

    • Dambar

      यसरी भागबण्डा गरेर देशलाई विभाजित गर्ने क्रम जारी छ| यसले देशको अन्तर मुटुलाई चिरेर बिस्तारै लामो समयका लागि भावान्त्मक रुपमा छिया छिया बनाउछ| खोइ कंहा गए संघीय व्यवस्था र जातीय रुपमा प्रान्त हुँदा देश टुक्रिन्छ भनेर धुरी बाट कराउनेहरु? आफुले खान पाए र चलिआएको सुबिधा पाई रहुन भनेर लड्नेहरुले यसबेला पनि आवाज उठाउन पर्ने हो, तर सुबिधा पाइरहे देश टुक्रिए पनि उनीहरुलाई के वास्ता र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Debendra paudel

      जब म मेरो गाउ खोटांग म थिए मलाई कम्प्युटर इन्टरनेट को बारेमा केहि थाहा थिएन . तर जब म आज पोखरा मा बस्दै आएको छु हिजो आज मैले सूचना र बिस्व को बारेमा यहि इन्टरनेट बाट जानकारी लिइरहेको छु मलाई इन्टरनेट ले बिस्व चिनायो र बिस्वको अध्यन गरेर नेपाल लाइ तुलना गर्न इन्टरनेट ले साथ् दिएरहेको छ ” बिस्व सूचना को गतिलो साथी मेरो इन्टरनेट “

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विन्डोज ओएस चलाएर सुपरपावर कहिल्यै प्राप्त गर्न सकिदैन।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • diwana

      बि बि सी ले यो मंचा राखेर र तपैले अवसर दिएकोमा साधुबाद / आज सम्म ब्रित्रिस गोर्खाली हरुले न्याय पाएका छैनन् / नेपाल र नेपाली हरुको के कुरा ? sugauli सन्धि गरिसकेपछि को नेपालको नक्सा माग्नु नेपालीहरुको अधिकार , नेपाल सरकारलै ब्रित्रिश सरकारले दियोस /

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Dammar

      Save our earth from climate change for the better world.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • devendra singh

      भुतपुर्ब ब्रिटिश गोर्खाहरुको दुख पिडालाइ पनि सम्बोधन गरिदिनु होला किनभने उनीहरु समान पेन्सनको लागि आशाबादी रहेकै छन्.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • DEEPAK TAMANG

      Discover new to fight the nature

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anil

      We have to talk about ‘Buddha’ birth place, Our never ending peace proceses & About our currupt leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • kush

      nepal is the big garden of the world so every body need to keep it clean …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudip kandel(sydney australia

      प्रतिक्रिया पथुना ढिलो भयो नै होला तर एस्तो सुनौलो मौका फेरी पनि नआउला भनेर छिटो छिटो औला हरु चलाउदै छु मलाई भन्न मन लागेको कुरा चै नेपाल भारत सिमा समस्या हो, सिम समस्यमा नेपाल बाट के कति मिचिए को छ त्योत मलाई थाहा छैन साएद नामिचियेरै होला नत्र तेत्रो सक्तिरास्त्र ले केहिना केहि गर्थियो होला तर भारत को तर्फ बाट सिमा मिचिएको कुरा सबैलाई सर्बबिधितै छ, कुरा यहाँ बाट पनि पुस्टि हुन्छ कि एक जना प्रयटक पाँच वर्ष अगाडी नेपाल मा रात बिताएको सिमा नजिकको ठाउँ अहिले फेरी आउदा इंडिया कहलिएको कुरा मैले बिदेस्मै सुन्न पाए, साएद हाम्रो देस ले केहि गर्न नसकेर नै होला बर्सौ सम्म पनि सत्य कुरा थाहा पाएर पनि चुप लगेर बसिरहेको छ, नेपाल सरकार बाट एसको समाधान पट्टि कुनै पहल होला भन्ने म हामीलाई कत्ति पनि आस लागेको छैन, तपाईहरुले केहि गर्न सक्नी हुन्छ कि तेत्रो ठुलो मंचम कुरा उठाएर, एती कुरा गर्दिए म र नेपाल आमा तपाइको धेरै आभारी हुने थियोउ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • maxim

      EVERYONE WHO LOVES NEPAL AND SUPPORTS THE TRUTH PLEASE SEARCH FOR THE BIRTHPLACE OF BUDDHA IN GOOGLE MAPS. YOU’LL SURPRISINGLY SEE ITS LISTED AS UTTAR PRADESH, INDIA AND NOT LUMBINI, NEPAL. THIS IS A BIG MISTSKE. LET’S MAKE GOOGLE KNOW ABOUT IT. REPORT THIS TO GOOGLE AND PLZ DO THE BEST YOU CAN. JAI NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • trishna

      कागजमा लेखेर कुरा गरे । हा…हा…हा… joke of the century!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

      • macau nepal

        trishna !! you must read the tiltle then comments.i think you mad zone people .all nepalese people need saftey and happy ,relax life.but …..?problem.

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Dashrath

      Nepal needs justice and fairness for peace and democracy. Peace for tourism and employment and employment and development for democracy as well.Thanks to the political parties of Nepal for their commitment to not organise strikes(Bhandha)during NTY 2011.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Kiran pradhan

      Nepal needs electricity and water. We spend our most of the valuable time to manage water and electricity in home.because I think this is one of the largest problem Nepal and other poor nation are facing and less valued by government and people.if we don’t have this basic things then we can’t expect big changes in nation. I am also affected positivly by this age of information and Internet So I have opened ‘nepal needs electricity and water’ group in facebook to raise awarness among people about the problem of electricity and water so please join and refer this group to all your friends and post your comment .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pemba Sherpa

      Indian ruling class is creating its own Kapilvastu on the Indian side of Indo-Nepal boarder. Despite clear evidence and UNESCO’s recognition of Kapilvastu in Nepal as the birthplace of Lord Buddha, history books in India boast that he was born in India and many western writers refer him as an Indian prince. Given tarnishing image of Nepal due to self-serving, corrupt and irresponsible political leadership, it would be easy for militarily and economically powerful India to systematically alter historical facts.

      The main argument that India is notoriously spreading is, Kapilvastu used to be part of ancient India thus Buddha is Indian prince and Lord Buddha got enlightenment in the Indian soil. They also argue that there used to be single India between Ocean and the Himalayas. If we clearly examine the facts, we find that current India was a group of several kingdoms called janapads. Chandra Guta Maurya also known as Sandrokyptos in Greek tried to consolidate the then existing kingdoms, but, failed to conquer territories belonging to current Nepal, Kashmir and most of the parts of southern India. As Lord Buddha was born approximately 200 years before Chandra Guta Maurya, the Indian argument that Buddha was Indian Prince does not hold any water even if they consider Gupta Empire, which disintegrated again, as ancient India. Hence, Lord Buddha was prince of Shakya dynasty of Kapilvastu, which happens to be part of modern Nepal.

      Though historic facts, archaeological findings and UNESCO recognition clearly demonstrate that the birthplace of Lord Buddha is our Lumbini situated in our Kapilvastu district, which used be Kapilvastu kingdom ruled by father and forefathers of Lord Buddha, this is not the time for us Nepalis to keep silent. Indian state is financially, militarily and intellectually able to manipulate the facts and so are dishonest ones of Indian intellectuals. Hence, Nepali people all over the world should systematically promote Kapilvastu to retain our sovereignty on it, to promote tourism in Lumbini. In turn, that should help Nepal economically, to make Nepal known to the world with Lord Buddha, and to preserve national pride that willl consolidate our now fragile national unity.
      It would be great if you can raise this issue.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 1

    • Dev Raj

      “राष्ट्र प्रेम”
      १. हामी नेपाली विश्वको जुन कुनामा बसे पनि हामी नेपाली, अनि नेपाली र मातृभूमिको अगाध माया हुन्छ . हामीलाई हाम्रो माटो प्राणभन्दा पनि प्यारो हुन्छ . त्यसैले, भारतीयहरुले बलापुर्बक मिचेको नेपालको भूभागको पिडा हाम्रो मुटुमा पर्दछ . त्यसैले, यदि हामी नेपाली हौ भने रास्त्रियाताको लागि एक धिक्का हुनु जरुरी छ.

      २. बुद्द र कपिलबस्तुको बारेमा भारतले नक्कली स्थान बनाएको कुरा त संचार माध्यममा आएको हो . यसको विरोधस्वरूप हामीले गत डिसेम्बरमा बिश्वब्यापीरुपमा कपिलबस्तु दिवस पनि मनायौ . यसको लागि हामी नेपालीहरुको एक आवाज हुनुपर्दछ . तर, हाम्रो सरकार यससम्बन्धी कुरामा मौन बसेकोले लाज लागेको छ .

      हामीले भारतले बलमिचाइ पुर्बक हडपेको भुमि फिर्ता र नक्कली कपिलाबस्तु निर्माण बन्द गर्न राष्ट्रिय तथा अन्तररष्ट्रियस्तरमा कुराहरु उठाई भारतलाई दबाब दिनु पर्दछ. त्यस्तैगरेर, सरकारको ध्यान पनि जानु पर्दछ. राष्ट्र सवालमा जबसम्म हामी एक हुन्नौ, तब हामीले धेरै कुरा गुमाउनु पर्दछ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • balak

      धन्नेबाद सालोक्य जी , अहिले हामीले अन्तरराष्ट्रिय मन्चमा उठाउने भनेको भारतले नेपाल माथि गरेको हस्तछेप नै हो | एस्लाई अन्तरराष्ट्रिय करण गरेर लैजानु पर्छ | हेर्नुहोस सिमा अतिक्रमण , भारतमा नक्कली लुम्बिनीको तयारी , हाम्रो सरकार गिराउने र भाट हरुलाई सत्तामा लैजाने तथा नेपालीहरु को हत्या भारतीय पेसेबर हत्याराहरु बाट गराउने जस्ता काम र हाम्रा मिडियाहरु लाई भारतको पछेमा प्रयोग गर्ने र नेपालको सम्पूर्ण राज्जे संरचना भत्काएर सिक्किमी करण गर्ने इन्डियाको चाललाई हामीले बेलैमा चीर्नु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • khusi

      भूकम्प कहा कहिले जान्छ भन्ने कुराको prediction अहिले पनि विज्ञानको लागि रहस्य नै छ | भर्खर गएको हेटि र चिलीका भूकम्पहरुले मानव जातिलाइ नै त्रस्त बनाइदिएको छ| भूकम्पको प्रभाव न्युन बनाउन सन्सार भरि के कस्ता कामहरु भई राखेका छन्?
      अव्यवस्थित घर निर्माण भइसकेका काठमाडौँ जस्ता ठाउँहरुमा अब के गर्न सकिएला?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0

    • sita

      नेपालमा जति सक्दो छिटो सान्ति सुरच्या को आगमन होस् र गरिब नेपाली जनता को कर बाट मोज मस्ती गर्नी नेताहरु लागि पत्तासाफ गर्नु पर्यो यो सामाचार लागि जानु पर्यो ब्रो

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • chandra

      नया नेपाल को नया संविधान को नया र मुलभूत कुरा हरु जस्तै संघियता र यसले अहिले नेपाल मा संचार गरेको देश बिकाशको आशा अनि अबलम्बन गर्नु पर्ने दुरगामी रणनीति हरु

      धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Rajesh

      बिकशित देश ले निम्त्येको आर्थिक मन्दी र अबिकशित देशले खाइ न पाई भोग्नु परेको समस्या……. चक चक गर्ने यौटा गाली खाने अर्को……

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • पुष्प

      अरु त त्यस्तै हो । के बेलायती सरकारको तानाशाही प्रवृत्ति अझै हटिसकेको छैन ? होइन भने भर्खरै बेलायती सरकारको निर्णयले नेपाली र अन्य देशका विद्यार्थीको फँसेको पैसा फिर्ता गर्छ कि गर्दैन ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 28

      • rasmi

        पैसा फिर्ता गर्छ गर्छ ढुक्क हुनुहोस. जसरि स्यालले कुखुरा पैचो लगेर फिर्ता फिर्ता गरे झैँ तरिकाले . घर खेत किन्न तयारी भए हुन्छ नदिए परेको म बेहोहुन्गला

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

        • नारायण(NS)

          पुष्प जी
          नेपाली बिधार्थी लै बेलायती सरकार ले जबीर जस्ती लगेको होइन होइन नी हो र अनि बेलायत गया पशी त नीकै ठुलो मान्छे भईनछ भने र तेसै हाम फालछन् अनि पैसा फिर्ता माउछन कसरि हुन्छ तेस्तो ह ?

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

      • neerose

        यस कुरालाई लियर बेलायति सरकार हकार्नु उचित हुदैन पुस्पा जी! तपाही जति आफ्नो देश को हुकार गर्नु हुन्छ उनीहरुले पनि त्यो भन्दा बढी गर्न नपाय पनि तेती सम्म चाहि गर्न पाउनुपर्छ! ति तमाम् बिद्यार्थी लाइ बेलायत सरकार ले पैसा फसा भनेको होइन यो कलेज र बिद्यार्थी बिचको मामला हो१ एउटा देशले आफ्नो अध्यागमन नियम आफ्न देशको आबस्यकता हेरी ब्यबस्था गर्न अंतर्रास्त्रिया मानब अधिकार उल्लङ्घन नहुने गरि बनाउन पाउदछ!
        यो बिद्यार्थी को बारेमा यति भन्नु पर्ने हुन्छ कि ” चौता खान आयाकी बुढी झोलमा डुबेर मर्री”
        अब बिद्यार्थी हरुले आफ्नो उपायले आफ्नो भबिस्यको जोहो र सम्झौता अनि बचाब गर्न सक्छन तर बेलायत सरकार लाइ दोष दिनु काम नपा बुढी पाडा नेटो कन्याई भन्दा अर्को केहि हुन सक्दैन!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

        • kesu

          पुष्प र निरोज जी,
          neerose ले भनेको कुरा सत् प्रतिसत ठिक छ,प्राइभेट कलेज मा बिधार्थी ले आफु खुसि भर्ना भयको पैसा कसरि फिर्ता मग्न मिल्छा सरकार संग पुष्प जी, यो बिषय मा पहिला नै धेरै कुरा भैसकेको पनि त छ नि माइ संसार मा नै.

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 7

          • Hilman, Myagdi

            नीरोस जी र केसू जी,

            बेलायतमा खुलेका यी कलेजहरु बेलायत सरकारले संचालन अनुमती दिएर नै खुलेका हुन्! संचालन खारेजी भएका र संचालनमा रहेका यी कलेजहरु बाट सरकारले कर लिन्थ्यो र लिन्छ! र विद्यार्थीको हक मा बेलायती भिसा सुल्क (नफर्कने) तिरेर नै विद्यार्थी हरुले बेलायत प्रवेश पाउछन!

            यसर्थ यी कलेजहरु बन्द गराउदा मर्कामा परेका विद्यार्थी र उनी हरुलाई पर्ने आर्थिक क्षती का बारेमा सोच्नु र सहयोग गर्नु बेलायत सरकारको पनी दायीतव हो!

            कलेज संचालन अनुमती दिने, विद्यार्थी हरु संग भिसा र कर को रकम पनी लिने तर उसकै अनुमती प्राप्त कलेजका संचालकहरुका लापरवाही का कारण विद्यार्थी हरु माथी भएको खेलबाड को जीम्मेवारी बेलायतले किन न लिने?

            कानुनी र नैतिक रुपमा लुनु पर्छ!

            सम्पूर्ण विद्यार्थी हरुको रकम भए सम्बन्धित कलेजहरु बाट नभए कलेजहरुका बिमा कम्पनी बाट रकम फिर्ता गराउन पहल गर्नु उसको नैतिक जिम्मेवारी हो!

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

        • trishna

          लौ क्या अचम्मको कुरा | हैन टायर फोर भिसा भन्दै जो पायो त्यहीलाई भिसा दिने अनि पछि आएर यो भएन त्यो भएन भनेर नियम बदल्दै बस्ने | यहाँ बेलायती सरकारको दोष नदेख्ने कस्तो दिमाग हुन् | यस्तो ठगी मनवअधिकार उल्लंघन भित्र पर्छ कि पर्दैन खै |

          अब अरु केही गर्न नसकेपनि प्रतिबन्ध लगाइएका कलेज सञ्चालकहरु बाट पैसा असुल गरेर पिडित बिद्यार्थीहरूलाई फिर्ता गर्न त सक्छ नि ! पुष्प जीले भन्न खोज्नुभएको पनि यही हुनुपर्छ ।

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

          • strawharis

            do not blame British Government, you have right to go to international court for those college there is nothing to do with british government. if it is fraud the court will punishment the college dean and you will get money back……

            but there must be some nepalese DALAL go and ask with them first through nepalese law…

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • शक्ति सम्पन्न राष्ट्रहरुले गरिव राष्ट्रहरुमाथि प्रजातन्त्र र आतंकवादको नाममा गरिरहेका अन्यायपूर्ण मानवसंगारको वारेमा कुरो उठाउने हि कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • देवराज जोशी, कैलाली

      इन्टरनेटमा ब्लगिंग, सूचना प्रवाहको एउटा शसक्त माध्यमको रूपमा देखा परेको छ | नेपाल जस्तो देश, जहा पब्लिक मीडियाले स्वतन्त्र रूपमा काम गर्न सकेका छैनन् र प्राइभेट मीडिया समेत कुनै न कुनै राजनैतिक पार्टी वा राजनैतिक दर्शन बाट प्रभावित भएका प्रतीत हुन्छन त्यस्तो अवस्थामा यो निकै लोकप्रिय र प्रभावकारी माध्यमको रूपमा उदाउनु स्वाभाविक हो | राजनैतिक अस्थिरता र दिशा विहिनताले जनता उदास, हतास र निरास भएको हालको स्थितिमा आफ्ना मनको भडास र भावना व्यक्त गर्ने माध्यम बनेका छन् ब्लग हरु |
      नेपालको सन्दर्भमा यो ससक्त र स्वतन्त्र मीडियालाइ यहाँको अन्धविश्वास लाइ चीर्न, विज्ञानलाई लोकप्रीय बनाउन, जनचेतना जगाउन , कृषि, स्वास्थ्य र दैनिक जीवनमा प्रयोगमा आउने खालको प्रविधि हस्तान्तरणको माध्यम बनाउन सकिएमा मेरो विचारमा फलदायी हुने देखिन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

    • Hilman, Myagdi

      बी बी सी को आयोजनामा लण्डनमा भैरहेको इन्टरनेट महोत्सव यस सम्बन्धी साधन, श्रोतमा पहुँच हुने लाई यो सुपरपावर हो! यसमा दुईमत छैन!

      तर नेपालका कुना कन्दरामा ज्यान पालना लाई काउलो खोज्न जादा ज्यान गुमाउने गरिब निमुखा! जंगलमा तरुल भयाकुर खनेर जिवीका चलाउने राउटे! जीवन भर साहुको भारी बोकी जिविका चालाउने गरिब जनताका लागी त् यो “कुन चराको नाउँ” हो!

      दुर्गम तथा विकट नेपाली गाँउहरुमा तार रहित इन्टरनेट सेवा पुर्याउनुमा मा महावीर दाई र उनका सहयोगीहरुको ठुलो देन छ! यस बारेमा वाहाँको प्रयास, उपलब्धी, वाहाँलाई परेका बाधा व्यवधान हरुको जानकारी यही बलग बाट पाएको थिए!

      यो महोत्सवले इन्टरनेट सेवाको प्रचारप्रसारमा मात्र सिमित नभई नेपालमा निस्वार्थ भावनाले सहयोग पुर्याउदई आएका महावीर दाई र उनका सहयोगी हरु लाई पनी सहयोगको हात बढाओस जसले गर्दा बढी भन्दा बढी नेपाली गाउँहरुमा उनी इन्टरनेट सेवा पुर्याउन सफल होउन!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • Puru Joshi

      भारतले हालै नक्कली लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मेको हो भनी प्रचार गर्दै हिंडेको भारतले नेपालमा राजनैतिक हस्तक्षेप गरेको र नेपालका थुप्रै ठाउँहरुमा सीमा मिचेको कुरालाई प्रष्ट्याइ दिए राम्रो होला ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 6

    • madan bajracharya

      सालोक्य जी/

      कालापानी लगाएत भारतले मिचेको नेपाली भूभाग को यथार्तता को प्रमाण बेलायित सरकार सिट छ/ त्यो कुरा मूल मुद्दाको रुपमा उठायिन सकुन यहि मेरो सुझाव हो/
      अरु खासै मेरो भन्नु छैन/ साथीहरु विद्वान छन् धेरै सुझाव हरु दिने नै छन्/ मेरो भन्नु यतिनै छ कि सदा स्वोतन्त्र रहेको नेपालको नेपालीहरुको चाहना माथि, नेपालको सार्वभौम सट्टा माथि नेपलिमात्रैको स्वामित्वो भएको नेपालको रास्त्रिये सम्पदा माथि संसारमै कहीं कतै स्थान नरहेको बिस्तारबादी र प्रभुत्वो बादी नियेत लिएर भारतले आज उपनिबेषबाद लाद्दै गरेको कुरा बिस्वो सामु छन्/

      नेपाली हरु आज आज खाए भोलि के खाने, आफुले खाए बाल बच्चा भोको हुने अबस्थामा रहेकोले बिस्वो समुदाएको सहयोग नपाएमा भारत सिट गतिलो प्रतिकार गर्न नसकेर बिस्वो समुदाये बिचमा रहेको यो प्रकृतिको सुन्दर फुल भारतीय गमला मा कैद हुन् जाने छ/

      बर्तमान बिस्वोमा प्रजात्रन्त्र र रास्ट्र रास्ट्रको आफ्नो सार्बभौम अधिकारको लागि आवाज उठाउँदै गरेको आधुनिक बेलायत जस्तो मुलिक ले नेपालको लागि न्यायिक समर्थन बुलन्द गरि दिउन/

      बेलायेत सरकारले चाहेमा उसको सानो येथार्टता को उद्गारले हाम्रो कालापानी भारतको पन्जा बात मुक्त हुन् सक्छ/ कालापानी नेपालको हो त्यो कुराको साछी बेलायेत सरकार नै हो/ बेलायेत सरकार सिट कालापानी नेपालको भएको नक्सा मात्रै होयिन ईतिहासिक प्रमाण हरु छन्/ बेलायेत सरकारले सत्य कुरा प्रकाशमा ल्याई दिए यसरि भारतले सिमा मिच्दै खुम्च्यायिएको नेपाल ले आफ्नो बास्तविक स्वोरुप पाउने छ/ सालोक्य जी हामीलाई अहिले डलर पाउँद युरो चाहिंदैन, सत्य तथ्य उजागर गर्न बिस्वोको साथ् चाहिन्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 7

      • ankit

        भारत संग को असमान सन्धि का कारण नेपाल माथि उठ्न सके को छैन मदन जी ले उठाउनु भए को बिसये लाई समर्थन

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • arun chitrakar

      As a Nepali Please pass this massage to the world.. Buddha was born in Nepal, Not in India and that place is Nepal Not India……………
      arun

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 3

    • Basanta Thapa,Maryland,USA

      इन्टरनेट मानब जिबनको एक महत्वपूर्ण अंग हुन गएको छ\ यसको माध्यमबाट बिस्वको हर कुनामा रहेका मानब बीच रहेको ब्यापार,राजनीति,धर्म,सस्कृति,जाति,भेष,भाषा,खाना ,साहित्य,गीत संगीत,प्रकिति,प्रकोप,सामाजिक कार्य लगायत बिस्व मानब जातिले भोगेको,देखेको बिबिध घटना क्षण भर मै थाहा पाउने ,सहभागी हुने साथै मानब मानब बीच भाइचारा,माया,सम्मान, सहयोग र शान्ति आदान प्रदान गर्ने माद्यम बनेको छ \ बिस्वलाई एक सिमित र सानो परिबार बनाउन सफल भैरहेको छ \

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Niju

      I feel very ashamed to be the citizen of the country governed by the person who was voted out by not giving the vote..Not from one place, but from TWO place. !! Oh god. !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

    • nimesh, BKK

      हालसालै कुनै कुनै नदीमा सानो पानीजहाज (Boat) को व्यवस्था गरेको यहि ब्लगमा पढेको थिए .
      - नेपालमा थुप्रै नदीनालाहरु छन् जसलाई हामीले सदुपयोग गर्न जानेन . अब ति नदिनालालाई ठाउ ठाउमा डयाम बनाएर माछा पालन तथा पानि जहाज (Boat) चलाउन सकिनेछ जस्तो कि Thailand सरकारले गरिराखेको छ जसले गर्दा नेपालको सागुरो बाटोको लागि केहि राहत हुनुका साथै सडक दुर्घटनामा पनि केहि कमि आउने छ .
      - Boat को लागि Thailand स्थित नेपाली दुतावास मारफत सस्तो दाममा Thailand को जस्तै Boat मगाउन सकिन्छ जुन नेपालको लागि यहाको Boat उचित्छ जस्तो मलाई लाग्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • Sheela

      Dear Salokya:
      Can you please pass on following message on behalf of Nepali people:
      We expect BBC to publicize the fact of border encroachment and sizer over Nepali river system by India. BBC can be instrumental in generating international opinion on this unjust. The India was once a colony of UK, against which she had a fight. Now after 60 years, India itself wants to colonize (in different terms)its neighbors. Look at India’s action and behaviors towards Sikkim, Bhutan, Bangladesh and Nepal. It is ridiculous!!

      BBC is supposed to make a research journalism into it! AND WE LOVE BBC.!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 2

    • Luna

      हिजो भन्दा आज , आज भन्दा , भोलि प्रिथिबिको बाताबरण प्रदुसन भयाबह हुदै
      गैरहेको अबस्था छ . बाताबरण प्रदुसन को बढोत्तरी सगै थरि थरि का क्यान्सर रोग हरुको उत्त्पत्ति भएको छ – -
      प्रिथिबिका ब्यैज्ञ्नानिक हरुले सौर्र्य उर्जा , बायु उर्जा , जल उर्जा जस्ता प्रदुसनरहित
      उर्जा मार्फत चल्ने इन्जिन हरुको आविस्कार गरिसक्दा पनि अझै सम्म पेट्रोल – डिजेल जस्ता बाताबरण प्रदुसन का तत्वहरु लाइ नै निरन्तर प्रयोग गराई रहनु भित्रको रहस्य के छ ???!!!
      प्रिथिबिको गर्भ मा रहेको पेट्रोल – डिजेल आदि तत्वहरु नासिद्दे सम्म हामीले पर्खिरहनु पर्ने हो ???!!!
      कैले सिद्दिन्छा प्रथिबिका पेट्रोल डिजेल हरु ???!!!
      बैकल्पिक उर्जाको आविस्कार भैसक्दा पनि प्रिथिबिलाई प्रदुसित गर्ने तत्वहरु नै प्रयोग
      मा ल्याइएको छ ! किन ???!!! :(
      सालोक्य जी !
      बिबिसी मार्फत संचालित यस कार्यक्रम मा यी कुराहरु राखिदिनु मिल्छा भने राखिदिनुस है , धन्यबाद .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

    • तेज प्रसाद अधिकारी

      रेमिट्यान्स ले नेपालको अर्थतन्त्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ / हरेक आर्थिक बर्षमा राज्य ले भित्रिएको रेमिट्यान्स को उन्नतिको तालिका बनाएर मख्ख परेको देखिन्छ / तर एसको अर्को पाटो सबैले बिर्सिएको हो कि सम्झिन न चाहेको हो तर त्यो तितो सत्यको रुपमा छ / पर्याप्त रेमिट्यान्स नेपाल भित्र्याउने होडबाजीमा नेपालका युवाशक्ति विदेश पलायन हुने क्रम नेपालको हितमा ‘ फाइदा भन्दा खतरनाक ‘ बढी भएको जस्तो लाग्दछ / कारण हरु,

      (१) जत्ति धेरै पढेपनि नेपालमा आकर्षक र आयमुलक जागिर न पाइने हुदा धेरै पढेर के काम भन्ने मनस्थितिको बिकाश भएको पाइन्छ कतिपय निम्न (आर्थिक रुपमा) स्तरका युवाहरु माझ / परिणाम स्वरूप शाक्षर जनशक्तिमा ह्रास आउने सम्भावना बढी छ /
      (२) नेपालको युवा जनशक्ति लाइ स्वदेशमै रोजगार दिनुको साटो श्रमिकको रुपमा तेस्रो मुलुक मानब ‘निर्यात’ गरेर राज्य पनि आफ्नो जिम्मेबारी बाट पन्छिदै गएको थियो, छ र हुनेछ किनकि यो नेपालको संस्कृति बनिसकेको छ /
      (३) आकर्षक आम्दानीको प्रलोभन देखाएर मानब बेचबिखन जस्तो जघन्य अपराधले जरो गड्नुको एउटा प्रमुख कारण पनि येही बन्दै आएको देख्न सुन्न पाइन्छ / अझ राज्य बाटै स्वीकृति लिएकाहरु पनि एस्त घृणित कार्य मा संलग्न भएका धेरै उदाहरण हरु छन् /
      (४) सक्ष्यम जनसक्ति लाइ विदेश पलायन हुन् बाध्य पारेर नेपालको बिकाश निर्माण मा बिदेशी लाइ लगाइनु भौतिक तथा आर्थिक हिसाबले पक्कै पनि नेपाल लाइ बेफाइदा भैरहेको छ /
      (५) राजनैतिक अस्थिरता युवाहरु विदेश पलायन हुनुको प्रमुख कारण हो / तर विदेशबाट भित्रिने रेमिट्यान्स लाइ नेपालीले घर जग्गा मै बढी लगानी गर्नेहुदा बढी भन्दा बढी राजश्व असुल हुने अनि त्यो राष्ट्रिय ढुकुटीमा मोज गर्न पाइने हुदा नियोजित रुपमै राजनैतिक अस्थिरता पैदा गरिएको भान हुन्छ / यस अर्थमा यो पनि एउटा खतरनाक बिकृति नै मान्न सकिन्छ /
      (६) ‘महलको नोकर हुनुभन्दा झुपडीको राजा हुनु बेस’ भन्ने भावना लाइ नेपालीले आत्मसात गर्न पाएका छैनन् / बिदेशमा बिदेशीको ‘गधा’, ‘कुकुर’, आदि इत्यादी अपमान जनक शब्द र अपमान जनक ब्यबहार सहनु पर्दा नेपाली स्वाभिमान र आत्मसम्मानको धज्जी उडाईदिएको जस्तो लागेपनि चुपचाप सहनु पर्दा एउटा नेपालीको मनस्थिति कस्तो होला ? के त्यो उसले भित्राउने रेमिट्यान्स भन्दा सामान्य हो र ? यो बारेमा कसले सोच्ने ?
      (७) नेपाल सम्भावनै सम्भावना बोकेको देश हो तर के यो सम्भावना मात्र सम्भावना मै सिमित हुने हो ? कार्वान्यन कहिले हुने ? कसले गर्ने ? के नेपाली ले नेपालमै सम्मान जनक र आकर्षक जागिर नपाउने नै हो त ? के येसरी नै सधै भरि राज्य ले नेपाली श्रम लाइ विदेश निर्यात गरिरहने हो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

      • kesu

        तेज जी र गगने जी,
        बास्तविक कुरा उजागर गर्नु भो, तेज जी ले अझै खुल्ला रुप मा, अनि माइ संसार लाइ येसरी नै हामी सबैले सदै येस्तई राम्रा राम्रा कुरा बाडन प्रयोग गर्ने हो भने पक्कै अलि कति भय नि सबै लाइ राम्रो हुने थियो.
        जतिखेर नि राजनीति अनि झगडा मात्र बल्ल आज रमाइलो भो माइ संसार मा.
        अब अरु भेटरन कमेन्टेटर हरु पुष्प जी, मदन जी, भिम जी,निक जी, …. हरु बाट पनि आफ्नो आफ्नो सुझव हरु येसरी नै दिनु भय अझै रमाइलो हुने थियो,
        मैले पनि समय मिलायर आफ्नो सानो कुरा एकदम छोटकरी मा तल राखेको छु,सबै साथी बाट राम्रा राम्रा कुरा को आशा गर्दछु.

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 8

      • बिराज

        तेजजी राम्रो विचार | एउटा हरियो है, तर तपाई आफै नै कतै विदेश तिर त हुनु हुन्न ? होइन भने पाल्पा हमला पछी जनार्दन शर्मा प्रभाकरलाइ पत्रकारहरुले “यस्तो ऐतिहासिक महत्व राख्ने भवनलाइ किन ध्वस्त पारेको?” भनेर सोध्दा खेरि त्यसबाट सामन्तबादको गन्ध आएर ध्वस्त पारेको भने जस्तै सामन्तबादको गन्ध चाही आयो भनेर कुर्लने तर आफै त्यही सामन्तबादको गन्ध आउने बेलायत अमेरिका जस्तो देशमा गएर बस्ने महेश, प्रेम, ससंग, गगने, मदनजीहरुको जस्तो कुरो होला फेरी |

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

        • Bhimsen Limbu

          वामपन्थीआलोचक भएपनि मलाई वीर र विराजजीका तर्कहरु सन्तुलित र सटिक लाग्छन् । धारिला र अकाट्य तर्कहरु पढ्न पाउँदा बडो मजा पनि लाग्छ । लोभ पनि लाग्छ । तपाइँहरुका विचारहरु निक्कै परिपक्व पनि हुन्छन् । यस्तै होस् है ।

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

        • तेज प्रसाद अधिकारी

          बिराज जी,
          म नेपालमै छु / यो कुरा पहिले पनि लेखेको थिए सायद हजुरले पढ्नु भएन जस्तो छ /

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • madan bajracharya

        तेज प्रशाद जी/

        किन नेपालीलाई नेपालमा कुनै काम पाउन्दैनन जब कि भारत बात आप्रबाशी हरु ले देस भरिंदै छ/ भारतीय आप्रबाशी हरु बस्दै नेपाली बन्दै गर्ने नेपाली बिदेशमा भाग्दै गर्नु पर्ने/ नेपालमा नेपालीले नै काम नापायिरहेको भए यी भारतीय आप्रबाशिहरु किन नेपाल आएर काम पाउन सकी रहेको छ? कहीं कतै येस्मा कुनै ग्राण्ड दिजायिन त् छैन?

        नेपाली माटो बिस्वोमै उब्जाउ माटो हो/ देस लाई कृषी प्रधान देस भनि आएको छ/ कृषीगर्न चाहिने पानि पनि प्रसस्त भएको देस हो/ सिंचाईको बन्दोबस्त गर्न बृहत योजनाहरु संचालन गर्न बिदेसी सहायेता नपाउने पनि होयिन र सानो सानो सिचाई योजना गर्न आन्तरिक श्रोत र सम्भंदित किसान र कृषी व्यवसायीले समेत लागनी गर्न गराउन नसकिने पनि होयिन/ तर ठुलो नदीहरु र तिनका सहायेक नदीहरुमा नेपालले कुनै सिचाई योजनागर भारत सिट गरिएको सम्झौताहरु बाधक छन्/ उदाहरणको निमित गण्डकी सम्झौताको कारण नेपाल ले नारायणी नदीमा पम्प राखेर पानि तान्न सक्छ तर कुलो खनेर पानि लिन पाउंदैन/ यस्तै कुरा धेरै थाहुन मा छ/ अब नदीको जलश्रोतमा नेपाल किताबमा मात्रै बिस्वोको दोस्रो स्थानमा छ/

        नेपालको पानि लगेर बिहार मा पानि बती को बन्दोबस्त गरेको छ/ हामि हाम्रै नदी बात निकालिएको बिजुली भारत बात किन्नु पर्छ/ पानि र बती किल किल कति सम्म छ भनेर अहिले १२ घण्टा लोड सेदिंग गर्नु परे बाटै थाह हुन्छ र यो लोड सेदिंग अझै बर्सौं सम्म चल्ने नै छ भनि सरकारले भन्दै छ/ अस्ति सम्म लोड सेदिंग गर्नु नपर्ने तर एक्कासी अहिले यो सरकारकै पालामा देसको सबै नदि सुकेको हो कि बाकि बचेको नदीहरु पनि बिदेसीलाई सुम्पन यो कुरा हुँदैछ; बिचार गर्नु पर्ने देखिन्छ/

        सन् २००४मा नै भारतले नेपाल भित्र लगभग ३६० मिटर अग्लो बाँध बनाएर जलाशाये बनाउने योजना बनाएको छ/ तेस्तै नेपालको सबै नदीहरुको पानि भारत भित्र एउटा रास्त्रिये नहर मा मिलाउने र तेस्बात भारत भरि पानीको ब्यबस्था गर्ने योजना पनि भारतले बनाउंदै गरेको छ/ यो कुरामा बंगलादेसले नेपाल लाई पटक पटक सचेत गरेर तेतो सन्धि नगर्न अपिल पनि गरेको छ/

        रोजगारको लाकी कृषि जन्य पेसा नेपालमा सुगम बनाईन सकिने हो तर गरिंदैन/ अब ब्यापार मुलुक अर्थ तन्त्र बनाउने हो भने तेस्मा पनि भारत सिट गरिएको सन्धि हरु नै बाधक छन्/ अनि उद्द्योग धन्दा नेपालले आफै बा बिदेसी कम्पनीहरुको मार्फत चलाउन खोजे पनि भारतले बजार नदिने/ नेपाली उद्द्योगले भारतमा बजार पाउन कच्चा प्रदार्थ कम से कम ४०% नेपाल तथा भारतकै हुनु पर्ने शर्त छन्/ नेपालमा कोदाक कम्पनीले चलाउन लागेको उद्द्योग चल्नु अघिनै बन्द गर्न बाध्य बनाईयो/ तेस्ता उदाहरण हरु असंख्य छन्/ भारत बात नेपालमा आई रहेको कुन सामान भारतको आफ्नै उत्पादन हो? दांत माझ्ने दाँत मन्जन औषधि र खाने बिस्कुट देखि गुड्ने गाडीहरु सम्म सबै अन्तारास्त्रियेकै कम्पनीकै उत्पादनहरु हुन्/ ती सामानहरुमा नेपालले बिशेष भन्सार सुबिधा समेत दिनु पर्ने/ तेस्तै पेट्रोलियम प्रदार्थ्कै कुरा गर्ने हो भने नेपाल ले डलर तिरेर कच्चा पेट्रोल विदेश बात ल्याएर भारत लाई बुझाउनु पर्ने अनि भारत मा बनेको पेट्रोल भारतको मुल्यमा नेपालले किन्नु पर्ने/ तेसी कारण अंतर्रास्त्रिये बजारमा पेट्रोलको मोल गते पनि नेपालमा घत्त्दैन/ चीन बात पेट्रोल लिन नसकिने होयिन/ चीन सरकार नेपालको सिमा सम्म पाईप बिछायेर नेपाललाई पेट्रोल वितरण गर्न धेरै चोटी प्रस्ताव गरेकै हो/ यसरि पेट्रोल लिएमा अनाबश्यक ढुवानी खर्च समेत कम भएर पेट्रोल सुलभ पनि हुने सस्तो पनि हुने थियो/

        यसरि कृषीमा बिकाश गर्न सकेन/ ब्यापार र उद्द्योग पनि फस्टाउँ पाएन/ अनि बद्धदै गएको जनसंख्या को अनुपातमा रोजगारी पनि उपलब्ध भएँन/ एउटा अर्को उपाए थियो तर आज सम्म नेपालको ठुला ठुला अर्थ बिग्य हरुले तेस्मा विचार सम्म पनि गरेनन/ नेपाल पर्यटन आएमा देस चलाई रहेको छ/ अब तेही हिमाल तेही बसन्तपुर भक्तपुर हेर्न घुमन कति आउने हो र? पर्येतन ब्यब्शायेलाई व्यवसायीकरण गर्नु पर्ने थियो/ पर्येतन ब्यबसायेलाई व्यवसायीकरण गरेर हंगकंग सिंगापुर दुबई आज धनि भएका छन्/ ती देशरुमा जस्तै नेपाललाई भन्सार मुक्त बजार मुखी अर्थ तन्त्र अंगालेको भए नेपाल घुम्न पनि पाईने सामान सस्तोमा किन्न पनि पाईने भनि ब्यापारी पर्येतक हरु आउने थियो/ अब हामि जस्तो त् हंगकंग सिंगापुर दुबईमा गएर तेस्रो मुलुक को सामान हरु किन्न जान्छौं/ हामीले किनेको सामानहरुमा ती देशरुले भन्सार लगाउन्दैनन् तर बिक्रि कर लगाउन्छन्/ ब्यापार फस्टाए जनताले उद्द्योग जन्य नभए पनि बजार ब्यबशाये जन्य रोजगारहरु पाए/ के हामीले अपनाउने नसक्ने नीति थिए त्यो?

        नेपालमा अब रोजगारी पाउन राजनीतिमा लाग्नु पर्ने बा राजनीति पिडित हुनु पर्ने स्थिति छ बा भारतियेनै हुनु पर्ने जस्तो भई सके/

        अब विदेश नै गए पनि कति कमाईको लागि जाने/ १०००० देखि २०००० नेपाली तलब दिने भनेर अरब तिर नेपाली पथायिन्दै छ/ नेपालको हिसाबले त्यो ठिकै देखिने तलब होला तर त्याहान्को बजार भाउ लाई हेर्ने हो भने त्यो तलबले बिहान खाए बेलुका खान सक्दैन/ सरकारले नेपाली श्रम मुल्य कति हुनु पर्ने सम्म पनि अध्ययन गरेको छैन/ तैपनि नेपालीहरु जान बाध्य छन्/ गएर फर्केकाहरु को के हाल छ सबैले देखेकै कुरा हो/

        साराम्स मा भन्ने हो भने नेपालमा नेपाली बस्न नसक्ने बानायिन्दै छ र भारतीय भर्ने कुनै योजना बनाउंदै छ/ आखिर नेपाल लाई भारतले उहिले देखि आफ्नो मिलाउन बाकि भूभाग भन्दै पनि आएको हो र देसको बि पी ज नेताले त् नेपाल भारतको एक प्रदेश बन्नु पर्छ भन्दै आए बात अब यी गिरिजा लिकुने आदिले को कस्तो नीति होला भनेर के कुरा गर्ने?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      बिस्तृत मा समयमा व्याख्या गरौला या योजना र बिचार र योजना प्रपोज गरौला तर अहिलेलाई हाम्रो जस्तो देश लाइ उभो लगाउने उपाय स्वोरुप,
      सामाजिक सोयम्सेवक को परिचालन स्वोरुप ब्लोगिंग गर्नुस, यो ठिक होला जस्तो लाग्छ!
      सरकारी स्तर बाट, सामाजिक सस्थाहरुको स्थानीय स्तर बाट हामीले सोयाम्सेवक हरु परिचालन गर्न सके सामाजिक र देश हित मा उत्तम हुने साथै भाइचारा र सहस्तित्वो र आत्मियता अनि सहयोगको साथै युवा हरुलाई देश र समाज अनि जीवन बुझ्न,अनुभब गर्न देश को लागि योगदान गर्न निकै उचित र उत्तम हुनेकुरा पक्का छ.
      हामीकहा यथेस्ट विदेश सोयाम्सेवक हरु आफ्नो सम्पूर्ण कुरा योगदान गरि रहेका छन् भने यो हाम्रो युवा हरुलाई नै आन्तरिक स्रोत परिचालन आन्तर्गत स्वोयाम्सेवी संचालन गर्नु सर्वथा उत्तम हुनेछ तेस्मा पनि हाम्रो जस्तो अशिक्षा र विकटता अनि धाराशायी अर्थाब्याबस्था र गरिबीले गाजेको रुढिबादी सामाजिक प्रबित्तिबर्दक देश!
      सामाजिक र युवा स्वोयाम्सेबी हरु के कहा कसरि कुन प्रयोजन अनि ब्यबस्था स्वोरुप प्रयोग गरिने भन्ने कुरा हरु को बृहत योजना हुनसक्छ त्यो आबस्यक परेमा उपलब्ध गराउन सकिन्छ वा तयार छ त्यो पछिको कुरा तर हालालाई,
      सालोक्य जीले तेसमा धेर थोर सकियको ब्लग गर्नु उचित लाग्छा मलाइ र यो नेपाल लगायत बिस्वोको अरु कुनैपनि मुलुक को लागि उपयुक्त हुने कुरा हो पनि!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • वाहिद अलि, Syangja

      बीबीसीले आज इन्टरनेट महोत्सवको आयोजना गर्दैछ। यो एकदम खुसि को कुरा हो बस्ताब मा म इन्टरनेट संग नाजिएको धेरै भए को छैन तर पनि म आफु लाई आफै ले धेरै परिबर्तन भाएको सोचेको छु अहिले म मनमा लागेको हरेक कुरा हरु कुनै मानब सहयोग बिना बुज्ने जान्ने भएको तर यो बीच मा म नेपाली समाचार हरु पढ्दा पढ्दा एकदम कम्जोर भाको छु जस्तो अनुभब गरेको छु किन कि हामी देश को बिकाश प्रगति खोज मुलक देश को राम्रो पक्ष को बारे मा जानकारी पाउन सकिराखे को छैनौ तर यहि ब्लग बाट मैले पुन दाई ले गरेको इन्टरनेट सम्बन्धि को खोज प्रयास लाई यहि ब्लग बाट पढ्दा एकदम आनन्दित महसुस गरेको थिए इन्टरनेट सम्बन्धि महोत्सब भएकाले तपाइले यस महोत्सब मा भागलिनु हुदै छ यो एकदम खुसि को कुरा हो र तपाई ले उनै महाबिर पुन दाई को काम हरु लाई महोत्सब मा थोरै भए पनि चर्चा गर्दिनु पर्छ जसले गर्दा देश को तेस्तो ठाउँ हरु मा इन्टरनेट सम्भब हुन सक्छ जहाँ सरकार या कुनै पनि स्वदेशी बिदेशी संघ सस्था को सहयोग नपुगेको छ. र त्यहाँ को युवा वर्ग हरु मा देश विदेश को बारे मा सजिलै जानकारी होस् जसरि मैले अहिले वास्तविक संसार देखे को छु. साथै तपाई ले आफ्नो बोल्ग लाई दिर्घकालिन रुपमा संचालन गर्न आबस्यक कुरा हरु पनि उक्त महोत्सब मा उठाउन जरुरि ठान्दछु किन कि नेपाल को एउटा नै यस्तो ब्लग छ जहाँ कुनै पनि समय २०० जना को हर हारी मा भ्युवर्स भइ रहे को हुन्छन.
      तपाई ले महोत्सब को बारे मा अरु पनि कुरा हरु अप डेट गर्दै गर्नु होला तपाई को सहभागिताले उल्लेखनीय काम होस् कामना गर्दछु.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • मानिस हरु खान पहेना भनेर हिडीराखेका छन् तर मानिस मानिस नै यक आपसमा बम, बारुद, गोलि बनाहेर मानिस मानिस लडी राखेका छन् यदि साचिकै मानिस हरु तेस्ता बम, बारुद, गोलि जस्ता बस्तुमा पसी नलागी बिस्व बिकाश मा लागनी हो भने कुनै पनि मानिस भोक भोकै बसनु पर्दैन र बिस्व देस नै सुन्दर हुन्छ खै मानिस हरुले बुझेका ओके धन्यबात.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • raaz

      Information Technology ले संसार यति साघुरिदा लाग्छ हाम्रो कर्णाली लगाएतका दुर्गम गाउहरु पृथ्वीको पहुँच भन्दा धेरै परका बस्तीहरु हुन्/ के लण्डनमा हुदै गरेको इन्टरनेट महोत्सबले त्यस्ता पिछडिएका बस्तीहरुको शैक्षिक स्तरोन्नतिको लागि केहि योगदान दिन सक्ला?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • uttam niraula

      Internet is incredible of course but I do not have single word to explain your blog. Even though it is a blog, I use it as a real news portal where I can see my feeling and voice. I do not know about others blog which might similar to you. But your blog is really a great meeting point of All Nepali language known people all around the world.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 9

    • Nabaraj

      यो राजनीतिक बिषयमा मात्र बढी केन्द्रित भएर बिबिसी नेपाली सेवाले समाचार सम्प्रेसन गरेको महिले पायं / त्यसैले हाम्रा गाउँ घरको बस्तु स्थितिलाई ध्यान दिदै, त्यहाको रहन-सहन र उपलब्धि मुलक कार्यहरु अनि बिज्ञान सम्बन्धि कुराहरु प्रशारण गरेमा धेरै राम्रो हुनेथ्यो कि…??

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Basant

      Positive thinking and appreciative approach to motivate each person to work hard for him and beloved country. No- more negative message. Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

    • tulsi

      इन्टरनेट मनीषको जीवनमा ठुलो परिबर्तन ल्याएको छ/संसारलाई अत्यन्त सानो बनाइदिएको छ/इन्तेर्नेत्को माद्यमबाट संसारको कुनै पनि कुनाको व्यक्ति को संसारको कुनै पनि कुना को भ्यति संग सम्पर्क सहज बनाइ दिएको छ/सबैले सजिलै संग आफ्नो भावना सत्सत गर्न सक्छन/इनेर्नेट २१सौ सताब्दिका मानव समुदाय को लागि बरदान साबित भएको छ/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 11

    • kesu

      सालोक्य ज्यु,
      मैले राम्रो संग बुझिन तैपनि मेरो केहि कुरा, sandarbhik छैन भने publish nagardinu hola.

      नेपाल को बिकाश को आधार लघु र साना जलबिधुत
      किनकि:
      १.० नेपाल मा अनगिन्ति सम्भावना छन् लघु र साना जलबिधुत आयोजना को लागि.
      २.० लगानी र निर्माण समय निक्कै छोटो हुने.
      ३.० समुदाय ले नै लगानी गर्न सक्ने र गराउनु पर्ने तेसो हुँदा जनता लाइ आफ्नै आयोजना भन्ने पर्न जनाले care राम्रो हुन जाने.
      ४.० बताबरनिय हिसाब ले अति उत्तम.
      ५.० ठुला आयोजना झैँ धेरै र अति सक्षेम manpower आबस्यक नपर्ने तेसो हुँदा परामर्श दाता र अरु कुनै बहाना मा देश को पैसा बाहिर नजाने.
      ६.० नेपाल मा river sediment volume अति नै धेरै छ तेस्को कारण ले गर्दा ठुला योजना मा एसको असर अति नै हुन्छा / ठाडा र बालुवा धेरै भयका मा पनि लघु योजना सजिलै बनाउन सकिने.
      ७.० तुरुन्त राष्ट्रिय प्रसारण लाइन को आबस्यकता नपर्ने.
      ८.० कार्बन व्यापार को राम्रो उपाय, देश लाइ आम्दानी.
      ९.० सिचाई,खानेपानी लगायत का भैरहेका आयोजना लाइ न्यून असर अनि water right को बिषय मा झमेला कम हुने.

      येस्ता कयौ कुरा हरु ले गर्दा नेपाल लाइ साना तथा लघु जलबिधुत को अति नै आबस्यक छ र एसले मात्र देश को मुहार छिट्टो फेर्न लाइ सहयोग पुग्दछ. बिदेशी को आगाडी हात पसारेर,नदि नाला को पनि बिदेशी लाइ बेचेर मात्र केहि हुनेवाला छैन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 10

    • raghav

      भ्रस्टाचार कसरि कम गर्ने, भ्रस्टचारी लाई कडा भन्दा कडा कानुन हुनु पर्यो अनि मात्र नेपाल बन्छ, नेपाल मा धेरै भोको अनि लुगा लगाउन नपाउने मान्छे छन्, खै के हो सरकार को काम

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

    • हरि, ताइपेई, ताइवान

      “राष्ट्र प्रेम”
      १. हामी नेपाली विश्वको जुन कुनामा बसे पनि हामी नेपाली, अनि नेपाली र मातृभूमिको अगाध माया हुन्छ . हामीलाई हाम्रो माटो प्राणभन्दा पनि प्यारो हुन्छ . त्यसैले, भारतीयहरुले बलापुर्बक मिचेको नेपालको भूभागको पिडा हाम्रो मुटुमा पर्दछ . त्यसैले, यदि हामी नेपाली हौ भने रास्त्रियाताको लागि एक धिक्का हुनु जरुरी छ.

      २. बुद्द र कपिलबस्तुको बारेमा भारतले नक्कली स्थान बनाएको कुरा त संचार माध्यममा आएको हो . यसको विरोधस्वरूप हामीले गत डिसेम्बरमा बिश्वब्यापीरुपमा कपिलबस्तु दिवस पनि मनायौ . यसको लागि हामी नेपालीहरुको एक आवाज हुनुपर्दछ . तर, हाम्रो सरकार यससम्बन्धी कुरामा मौन बसेकोले लाज लागेको छ .

      हामीले भारतले बलमिचाइ पुर्बक हडपेको भुमि फिर्ता र नक्कली कपिलाबस्तु निर्माण बन्द गर्न राष्ट्रिय तथा अन्तररष्ट्रियस्तरमा कुराहरु उठाई भारतलाई दबाब दिनु पर्दछ. त्यस्तैगरेर, सरकारको ध्यान पनि जानु पर्दछ. राष्ट्र सवालमा जबसम्म हामी एक हुन्नौ, तब हामीले धेरै कुरा गुमाउनु पर्दछ .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • surya

      इन्टरनेट ले हामी जस्ता पाठक को जिन्दगीमा एउटा रोमान्चकारी परिबर्तन ल्यैदिएको छ/ यो हामी जस्ता विदेशमा बस्ने नेपाल प्रति चासो राख्ने सम्पूर्ण पाठक हरुको लागि एउटा कडीको रुपमा रहेको छ/ इन्टरनेटले नै हामीलाई नेपाल समिप राखेको छ/ अस्तु /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

    • Krishol

      राजनितिक बिषय भन्दा पनि समसामयिक बिषयमा लेख्दा राम्रो होला।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 11

    eXTReMe Tracker