मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कथाः भाउजु

    -अनिता तुलाधर-

    दिनभरि दिनभरि ओछ्यानमा लम्पसार भएर सुतेको लोग्नेको तस्बिर भाउजूको आँखाअगाडि बारम्बार दोहोरिन्छ। यसरी बारम्बार आँखाअगाडि आएको लोग्नेको तस्बिर उसलाई पटक्कै मनपर्दैन। बिर्सन चाहेर पनि नसकेका उसका आफ्ना क्षणहरू देखेर लाचार हुनुसिवाय उससँग अरू उपाय नै थिएन। मैलो लुगाको थुप्रो लिएर हतार–हतार लुगा धोइरहेकी भाउजूका हातहरू मिसिनजस्तै छरितो देखिन्थ्यो। लुगाको मैलो गयो गएन, त्यो पनि उसलाई थाहा छैन। नाम त उसको गोमा हो तर भाउजू भनेपछि टोलभरि, छिमेकभरि, घर–घरमा उसलाई नचिन्ने कोही छैन। बच्चादेखि बूढोसम्मको भाउजूका शारीरिक बनौट राम्रो छ, नराम्रो भन्न सकिन्न। बाटुलो गोरो निधारमा ठूलो रातो टीका र सधैँ–सधैँ नै हाँसिरहने उसको ओठ नै भाउजूको विशेषता हो।

    अरू पहिरनको कुरा नगरौँ– जसले दिएको पनि लगाइदिने, जसको लुगा पनि मलाई ठिक्क हुन्छ भन्दै लामो समयसम्म हाँसिरहने उसको अर्को विशेषता हो। भोको बसेर पनि हाँसिरहन सक्ने भाउजूको चरित्र एक किसिमले सबैलाई मनपर्छ। जसले जे काम अह्राए पनि म गर्दिनँ नभन्ने उसको अर्को बानी देखेर सबैलाई आश्चर्य लाग्थ्यो। पच्चीस–छबीस वर्षको उमेरमा लोग्नेले सौता ल्याउँदा भाउजूले आधा दर्जन सन्तान जन्माउन भ्याइसकेको थियो। छोराछोरी सबै छन्, लोग्नेलाई खाटमा सुताएर खुवाउन सक्ने जाँगर भाउजूमा छ।

    तैपनि भाउजूभन्दा नराम्रो– स्वमत नभएकी, हिस्सी नभएकी, जाँगर नभएकी, फुर्ती नभएकी अर्थात् एउटी युवतीमा हुनुपर्ने गुण केही पनि नभएकी सौता घरभित्र हुलेर, घर हैन डेरामा हुलेर, भाउजूलाई आकस्मिक दुःख दिएर, जुङ्गे दाइ पहिलेको भन्दा झन् निस्पि्कक्री र स्वतन्त्र भइदिएको थियो। अर्की स्वास्नी ल्याएपछि जुङ्गे दाइको आर्थिक अवस्था झन् मारमा पर्न थाल्यो। दुवै स्वास्नी जेठी–कान्छी मारवाडीको घरमा बिहानदेखि साँझसम्म काम गर्छन् र डेरामा आएर फेरि उस्तै काम। बच्चाहरू छ्याल र ब्याल रूवाबासी गरिरहेका हुन्छन्। खाएका थाल–भाँडा–बर्तनहरू लथालिङ्ग भएका हुन्छन्। एकातिर कुनामा जुङ्गे दाइ मातिएर आधाभन्दा बढी जीउ खाटबाट तल लर्काएर सुतिरहेको हुन्छ। यी सब देखेर कामबाट फर्केका भाउजू दैलोको ठेलोमा नै ठिङ्ग उभिएर सुस्ताउँछिन्।

    घरि–घरि दोहर्‍याई–दोहोर्‍याई सुस्ताउँछिन्। अलिकति पर कान्छी मर्नै लागेको अनुहार लिएर बिस्तारै आइरहेकी हुन्छे। उसको चालगतिमा कुनै उत्सुकता हुँदैन। एकछिनपछि दुवै जेठी–कान्छी विपरीत दिशातिर मुख फर्काएर एकछिनसम्म अर्थात्् हल्का–हल्का अँध्यारो नभएसम्म चालचुल आवाज ननिकाली नै बस्छन्। बाटाका बटुवाहरूलाई एकपछि अर्कोलाई पालैपालो हेर्दै बस्छन्।

    एकछिनपछि भाउजू नै अघि सर्छिन् र सबै छरिएका अस्तव्यस्त भएका सामानहरू मिलाउनतिर लाग्छिन्। वरिपरि फैलिएका झाम्रेझुम्रे लुगाहरू एक–एक गरेर सकेसम्म मिलाएर पट्याउँछिन्। केही नमिलेजस्तो कतै पनि नमिलेजस्तो लागेर आउँदो हो जुरूक्क उठेर भाँडा–बर्तनहरू म्ाँाझ्न थाल्छिन् तर पखाल्नलाई पानी नै नभएको थाहै हुँदैन। हात धोएर इनारबाट बाल्टिनमा पानी ल्याउँछिन। यति गरिसक्दा पनि कान्छी एक तमासले बसिरहेकी हुन्छे। भाउजूलाई झडङ्ग रिस उठ्छ। भित्र पकाउने केही छैन।

    बिहानको दुई–तीन गेडा आलुबाहेक सबै भाँडो खाली छ। कान्छीलाई केही वास्तै छैन। भाउजूलाई आफूले पखालिरहेको भाँडाबर्तन देखेर रिस उठेर आउँछ र त्यसमाथि रिस पोख्दै भाँडाहरू बजारी–बजारी थन्को लगाउँछिन्। तैपनि कान्छी केही थाहा नपाएको जस्तो गरी आफ्नो ठाउँबाट हल न चल गरी बसिरहन्छिन्। न त जुङ्गे दाइलाई छोराछोरीको चिन्ता छ न त कान्छीलाई छ। चिन्ता आफूले पनि नलिने भाउजूले अठोट गर्छिन्, बारम्बार अठोट गर्छिन् तर सफल हुँदिनन्। छोराहरू गाँजा खानेको संगतमा परेर गाँजा खाएर पो बस्ने हुन् कि? केही सीप नलागेर त्यस्ताहरूले गाँजा बेच्न पो लगाउने हो कि? पैसा चोरेर अथवा कसैसँग सापटी मागेर अथवा घरको सामान बेचेर हलमा सिनेमा हेर्न जाने हो कि? यी प्रश्नहरूको मतलब कसैलाई छैन। मात्र भाउजूलाई यस्ता प्रश्नहरूले पिरोल्छ।

    कोठामा केही नदेखिने गरी अन्धकार पोखिसकेको थियो। हिजैदेखि कोठामा बत्ती थिएन। हिजो दिउँसैबाट लाइन काटेको थियो। घरबेटीलाई पैसा तिर्न नसकेर यसरी कति चोटि लाइन काटिसक्यो तर कसैलाई मतलब हुँदैन। त्यो अन्धकार देखेर भाउजूलाई झनै कोठामा बस्न मन लाग्दैन। स्टोभमा अलिकति मट्टितेल होला, टुकीमा थोरै मट्टितेल खन्याउनु पर्ला भन्दै छामछाम–छुमछुम गरेर टुकी भेटाउँछ र मट्टितेल खन्याउँछ। यतिकैमा मैनबत्तीको सानो टुक्रा लिएर कान्छो छोरा कोठाभित्र पस्छ। कोठा एकछिन मुसुक्क हाँस्छ। भाउजूले मनमनै अठोट गर्छिन। आज म भात पकाउँदिनँ। भोकभोकै
    सुतून्, कराउन मतलब छैन मलाई। पातलो तन्नामा बेरेर आफूलाई एउटा कुनामा फालिदिन्छिन् र केही नबोली चुपचाप भएर बस्छिन्। किन हो आज बत्ती निकै बेरसम्म पनि आउँदैन। टोलभरि चारैतिर धेरै बेरसम्म अँध्यारो छाइरहन्छ। भाउजू नउठीकन बसेको देखेर सबै जना आश्चर्यचकित हुन्छन्। सबै जना भाउजू उठ्ने प्रतिक्षामा बस्छन्। भाउजू भने परिस्थिति केही पनि थाहा नपाएकोजस्तो गरेर बुझ पचाएर पल्टेर बस्छिन्। कान्छो छोरा नजिकै बसेर हात सुमसुम्याउँछ तर केही बोल्दैन।

    भाउजूलाई कता–कता असैह्यजस्तो भएर आउँछ। तैपनि नबोली बस्छिन्। यतिकैमा कान्छी आएर मट्टितेल नभएको स्टोभ बजार्दै खाना कति बेला पकाउने भन्दै फतफताउँछिन्। जसलाई जसलाई खानु छ, जुन बेला पकाए पनि हुन्छ। भाउजू मनमनै बोल्छिन्। एकदिन आफूले हेर्न नसकेपछि केही कुरै नहुने यो कस्तो न्याय? जे सुकै पनि आफैँले गर्नुपर्ने यो कस्तो

    अन्याय? मनमनै आफ्नो अतीत, आफ्नो जीवनलाई धिक्कार्दै बेस्सरी आँखा चिम्म गर्छिन्। केही नदेख्ने अन्धकारमा पनि लोग्नेको कालो अनुहार छयाङ्ग देखिन्छ र थकाइले चुर भएकी भाउजूलाई कुन बेला कसरी निदाइएछ, थाहै भएन। भाउबाट साभार

    [तपाईँ पनि आफ्ना कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा ]

    No related posts.

    17 comments to कथाः भाउजु

    • ramesh paudel

      हजुर यो कथा राम्रो छ अरु राम्रो राम्रो कथा हरु पनि राखनुस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • हो साच्चिकै दामी छ यार मलाई त तर भाउजु अलि सेक्सी हुनु पर्ने कि है ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 12

    • nimesh, BKK

      कथा एकदम मार्मिक अनि राम्रो लाग्यो .
      धन्यबाद राम्रो कथाको लागि यस्तै रचनाहरु फेरी फेरी पनि पढन पाओस .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • इ भाउजु अलछिना रहिछिन ईनको कथा आउने बितिकै गिरिगा बाबु मरे तेसैले मा पदना सकिन …………एकछिन सोख मना एर आउ६उ है …………

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 39

      • Ashish Rai

        सायद तपाई पनि होला

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • bikash

      राम्रो छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • ला मैले त कथा पढे त | राम्रै लाग्यो.. तर केटि मान्छेलाई ‘उस’ भनेर सम्भोधन गर्दा अलि कस्तो कस्तो लाग्यो.. उनी शब्द राम्रो हुन्थ्यो होला…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4

    • ravey/ north sydney

      आज पढ्न मन लागेन..आज को दिन राष्ट्र नायक को निम्ति समर्प्रित…. कथा भोलि पढ्ने छु ….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 17

    • bimal

      कथा धेरै राम्रो रहेछ, तर हाम्रो महान नेता को दुखत निधन ले
      मलाई धरै दुख लागेको छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 13

    • हो शाही हो

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

    • Mohan Bhandari(Scotland,UK)

      अली पहिलानै मरनु पर्ने हो यो बजिया, देस लाई डामाडोल बनायर मर्यो. तर के गर्ने कलंक(छोरी ) त छोडेर गयको छ नि ! बाबु भन्दा पनी दस गुना ख़राब, देस को माया नै छैन, नेपाली पासपोर्ट भारत माँ छ्पौनु पर्छ भन्ने भारत परस्त गिरिजा की कुपुत्री

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 7

    • लोवे को कोम्मेंट्स अनिता तुलाधर जी

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Bhimsen Limbu

      म खुशी छैन, पढ्ने मुड छैन । नेपाली राजनीतिका एक ठूला नेताको निधनले देश शोकाकुल भएको अवस्थामा कथा कसरी पढ्न सक्छु होला । मैले नपढीकन फरक विषयमा यो कमेन्ट राखेँ ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 27

      • भीमसेन लिम्बु

        यक दम राम्रो छ यसी गरि नेपाल क सबै नेता हरु मर्नु नै राम्रो हुन्थो साला कुकुर गिरिगा खा अब जनता हरु को रगत खुब खाइस हाम्रो नेपाल अब खा मोरदा अब के लगेर जनचस तो

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 13

      • Bhamir Thapa, swiss

        म पनि अहिले शोक मनाउदै छु ‘भाउजु’ लाई पछि पढ़ौला र ‘भाउजु’ को बारेमा पछी लेख्दै गरौंला |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 21

    • अनिता तुलाधर जी

      यो कथा हो कि साहित्य हो
      मलाई त कथा जस्तो लागो त जे होस् राम्रो छ तपाइको कथा ल……………………
      आज गिरिजा बाबु पनि जानुभयो त माथि

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • खैत गिरिजा को समाचार.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

    eXTReMe Tracker