मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एक दिन तिमी पनि जानुपर्छ

    श्रद्धाञ्जलिः गिरिजाप्रसाद कोइराला

    बाँचुञ्जेल उनका जति पुत्ला कसैका जलेनन्, उनी धेरैका घृणाका पात्र पनि बने। तर यो सत्य हो कि उनको मृत्युमा देश शोकमा डुबेको छ। एउटा अभिभावक गुमाएको महसूस भइरहेको छ नेपालका अधिकांशलाई। भलै यो कुनै असामयिक निधन थिएन, र उनको मृत्यु प्राकृतिक नै थियो। रेडियोहरुमा शोकधुनहरु बजिरहेका छन्। राष्ट्रले तीन दिन शोक मनाउने घोषणा गरिसकेको छ। यो ऐतिहासिक क्षणको साक्षी भने म हुन पाइरहेको छैन। किनभने काठमाडौँबाट निकै टाढा, रामेछापको दोरम्बामा छु। यहाँ न बिजुली छ, न इन्टरनेट। यति शब्द टाइप गरी माइस‍ंसारमा हाल्नका लागि सीडीएमए कार्ड र ल्यापटप बोकेर म कम्ता डाँडाहरुमाथि पुगिनँ। तेस्रो डाँडामा पुगेपछि बल्ल मधुरो इन्टरनेटको सिग्नल टिप्यो र म गिरिजाप्रसाद कोइरालाप्रति यो शब्द श्रद्धाञ्जलि टाइप गर्दैछु।


    त्यसो त शुक्रबार राति नै संकेतहरु देखिइसकेका थिए। तर सीधै लेख्‍न नमिल्ने। त्यसैले शनिबार बिहान ५ बजे अचेत भइसकेका कोइरालाको बारेमा शनिबार बिहानै म यता हिँड्नु अघि ‘गले गिरिजा’ शीर्षकमा अप्रत्यक्ष संकेत हुने गरी एउटा ब्लग लेखेर हिँडेको थिएँ। सात बजेको बस चढेर दोरम्बाका लागि हिँडेपछि कसैसँग सम्पर्क भएन। दोरम्बामा बसबाट झर्ने बित्तिकै यहाँ बल्ल बल्ल टिपेको मोबाइलको जीपीआरएस प्रयोग गरी उनको बारेमा समाचार खोजेँ। कुनै साइट खुलिरहेको थिएन, त्यसै पनि यहाँको सिग्नल मधुरो। त्यसमाथि संभवतः साइटहरुमा भएको अत्यधिक चाप। बल्ल बल्ल गुगल न्युजमा सर्च गर्दा भेटियो- नेपाल पिस ब्रोकर गिरिजा डाइज! नरमाइलो लाग्यो। हप्तादिन जति त बच्लान् जस्तो लागेको थियो। त्यसैले म हिँडेको थिएँ। तर त्यसो भएन। बिहान ५ बजे अचेत भएका उनको मध्याह्न १२१० मा निधन भएको रहेछ र घोषणा भने साढे एक बजे भएको रहेछ।

    पूर्व राष्ट्राध्यक्ष भएको नाताले उनको राजकीय सम्मानका साथ आज अन्त्येष्टी हुँदैछ। यहाँ काठमाडौँका केही एफएम सुनिने रहेछ। त्यसमा सुनेको जानकारी अनुसार आज चक्रपथभित्र सवारी साधन चलाउन रोक लगाइएको छ। बिहान १५ मिनेट जति कोइरालको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखेपछि दशरथ रंगशाला ल्याइएको छ। थुप्रै संख्यामा मानिसहरु अन्तिम श्रद्धाञ्जलीका लागि भेला भएका छन्। २ बजेसम्म त्यहाँ राखेपछि राजकीय सम्मानका साथ तोप पड्काएर सलामी दिई पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिनेछ।

    कोइरालाको जीवन विवादैविवादले घेरियो। दोस्रो जनआन्दोलनपछि उनी एक राजनेताका रुपमा सम्मानित पात्रका रुपमा बाँच्ने र सँधैका लागि अमर हुने एउटा सुनौलो मौका आएको थियो। तर पारिवारिक स्वार्थबाट प्रेरित भएर उनले त्यो मौका गुमाए। छोरीको मोहले राजनीतिमा उनलाई उनकै पार्टीका कनिष्ठ नेता खुमबहादुर खड्काले समेत गाली गरेर भाषण गर्ने स्थिति निम्तियो। तथापि दोस्रो जनआन्दोलनमा उनको योगदान अतुलनीय छन्। उनी तिनै गिरिजा थिए, जो रत्‍नपार्कमा बुढ्यौलीले छोएको शरीरको वास्ता नगरी सडकमा बसेका थिए। एमाले र देउवा काँग्रेसले प्रतिगमन आधा सच्चियो भन्दै राजाको सरकारमा सहभागी हुन जाँदा पनि प्रतिनिधि सभा पुनर्स्थापनाको एक मात्र मागमा अडिग भएर आन्दोलनमा डटेका थिए उनै गिरिजा। उनै गिरिजालाई एक पटक भूगोलपार्कमा निषेधित क्षेत्र तोड्दा प्रहरीले हस्तक्षेप गर्दा घाइते भएको क्षणको साक्षी थिएँ म। जनआन्दोलन २ पछि उनले अभिभावकका रुपमा देशलाई नेतृत्व दिएको भए उनको उचाइ बेग्लै हुन्थ्यो। तथापि उनको नेतृत्व नभएको भए संविधान सभाको चुनाव सबैलाई चित्त बुझ्ने हिसाबले हुन्थ्यो कि हुन्नथ्यो त्यो पनि विवादको विषय हुनसक्छ। संविधान सभाको चुनावपछि पनि उनी विवादमुक्त हुन सकेनन्। छोरीलाई पार्टीको नेतृत्व गरी सत्ता पठाउने बेलामा र उपप्रधानमन्त्री बनाउने बेलामा परिवार मोहको विषयलाई लिएर निकै आलोचना भयो।

    माफ गर्नुस्, सामान्यतया मृत्युपछि कसैको गुणलाई मात्र हाइलाइट गरिन्छ र दोषलाई लुकाइन्छ। सर्वगुणसम्पन्नको जस्तो छवि देखाउन खोजिन्छ। तर वास्तवमा त्यसो गर्नु अन्याय हुनजान्छ। कसैको मृत्युपछि उनको गुणलाई सम्झनु त छँदैछ, दोषलाई पनि स्मरण गरेर उनको जस्तो गल्ती अरुले नगरुन् भन्ने अभिप्राय राख्‍नु उचित हुन्छ। निश्चय पनि समकालीन राजनीतिमा उनको जति उचाइ बनाएका नेता अहिले कोही छैनन्। त्यसै कारण राष्ट्र शोकमा डुबेको हो। तर आज आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिन जाने बेलामा नेता र हामी आफैले पनि सोच्नुपर्छ-अन्ततः हाम्रो गन्तव्य, अन्तिम गन्तव्य यही चिता हो। छोरी सुजाता कोइराला, देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला, प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल सबै सबैले यो एउटा कुरा मात्र मनमा राखेर देशका लागि काम गरिदिए हामी सबैको कल्याण हुन्थ्यो कि -एक दिन तिमी पनि जानुपर्छ। के लानु छ र यहाँबाट ? हामी पनि यही सोचौँ। नकारात्मक भावनालाई त्यागौँ। मानवताविहीन कमेन्ट नगर्न हार्दिक अनुरोधका साथ दोरम्बाट स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई अन्तिम श्रद्धाञ्जलि।

    सबको मंगल होस्।

    No related posts.

    76 comments to एक दिन तिमी पनि जानुपर्छ

    • Swabhiman (Dinesh)

      हार्दिक श्रर्दान्जली गिरिजा प्रसाद कोइराला लाई तर उहाँको नासो कुपुत्री सुजाता कोइराला लाइ पनि संगै लियर जानुभएको भय झन् राम्रो हुने थियो /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • promod woli

      फरक देख्दै छु आज

      मुत्यु उस्तै उस्तै तर !
      मुत्यु पछीको मलामीको जमात
      फरक देख्दै छु आज

      ठाउँ उस्तै उस्तै तर !
      ठाउँमा उभिएका मान्छेको भिड
      फरक देख्दै छु आज

      मान्छे उस्तै उस्तै तर !
      मान्छे भित्रको विचारको
      फरक देख्दै छु आज

      दाउरा उस्तै उस्तै तर !
      दाउरा भित्र पर्ने रक्तचन्दन
      फरक देख्दै छु आज

      शव उस्तै उस्तै तर !
      शव जलेर बनेको खरानीको
      फरक देख्दै छु आज

      सर्दंजली उस्तै उस्तै तर !
      सर्दंजलीमा पनि फूलमाला को वर्षा
      फरक देख्दै छु आज

      नेता उस्तै उस्तै तर !
      नेतूत्व शैलीको
      फरक देख्दै छु आज

      युग उस्तै उस्तै तर !
      युगको शुरुवात र अन्त्य
      फरक देख्दै छु आज

      स्वर्गीय :गिरिजा प्रसाद कोइरालाको आत्मले शान्ति पाओस

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • SP

      Very well-written blog. We should refrain from delivering comments lacking in hunanity in this hour of remorse. Yet we should not forget the inadequacies and shortcomings that prevented GPK from attaining greatness towards which he was headed after the second peoples’ movement.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • cRIS

      व्यक्तिगत रुपमा, श्रदान्जली मृत आत्मा प्रति!

      ओइलियेर पात झर्छान, अनि अरु हजारौ नयाँ पातहरुले रुख फेरी हरियो हुनेछ…आशा छ नया चिजहरुले नयाँ सकारात्मक कुराहरु ल्याएर आउनेछन|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • सूर्जे

      नेपाली राजनीतिका युग पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई भावपूर्ण श्रदान्जली / बाचुन्जेल राम्रा नराम्रा जे जस्ता कामहरु गरेपनि आज गिरिजाबाबु तपाई हामी माझ छैनन् त्यसैले अब बाचुन्जेल जे गरे गरे तर उनको आत्माले चिर शान्ति पवोस उनको बास स्वर्गमा नै होस् अर्को जुनी पनि नेपालमै जन्म लियर यो जुनीमा गरेका नराम्रा कामहरुलाई सुधर्गारने गरि जन्म लिउन

      शरद्दा सुमन गिरिजा प्रसाद कोइराला प्रति

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • sangeeta dhital

      फरक देख्दै छु आज

      मुत्यु उस्तै उस्तै तर !
      मुत्यु पछीको मलामीको जमात
      फरक देख्दै छु आज

      ठाउँ उस्तै उस्तै तर !
      ठाउँमा उभिएका मान्छेको भिड
      फरक देख्दै छु आज

      मान्छे उस्तै उस्तै तर !
      मान्छे भित्रको विचारको
      फरक देख्दै छु आज

      दाउरा उस्तै उस्तै तर !
      दाउरा भित्र पर्ने रक्तचन्दन
      फरक देख्दै छु आज

      शव उस्तै उस्तै तर !
      शव जलेर बनेको खरानीको
      फरक देख्दै छु आज

      सर्दंजली उस्तै उस्तै तर !
      सर्दंजलीमा पनि फूलमाला को वर्षा
      फरक देख्दै छु आज

      नेता उस्तै उस्तै तर !
      नेतूत्व शैलीको
      फरक देख्दै छु आज

      युग उस्तै उस्तै तर !
      युगको शुरुवात र अन्त्य
      फरक देख्दै छु आज

      स्वर्गीय :गिरिजा प्रसाद कोइरालाको आत्मले शान्ति पाओस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

      • Nabaraj

        संगीता जी,
        राम्रो आर्टिकलको सिर्जना गर्नु भए छ….धन्यबत है..यसरि नै तपाइको लेखाइमा प्रगति होस् शुभकामना !!

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • buddhi lal tamang

      मेरो पनि भावपूर्ण श्रद्दान्जली स्व. गिरिजा बाबुलाई

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • saroj

      specially for santi:
      गुअनासो त गर्नु पर्छ सबै कुराहरु मा तर गुनासो गरेको ठाऊ एक चोटी फर्केर हेर्नु र आफुले आफैलाई समल्ह्नु .
      अब आफ्नो नाम जस्तै सान्त भै यो सब्द हरु लाइ मनन गर्न सिक.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • ktm

      Hi Everybody
      Finally i got big relief from So called Grija Koirala who is famous for scandals like Tanakpur,Dhamija etc and he tried to bring only Koiraly family in power.He loves Indian more than Nepal.Nepali history never forgive him and he brought his daughter Sujata who made scandal recently printing napali passport to India?????Sujata ,Shame on you.
      KTM

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 11

    • P4R££N1T4~

      आउनु र जानु त छँदै थियो | बाचुन्जेल जतिले गाली गरे पनि सरापे पनि वहाको मृत्युले पश्चात कतै न कतै त देश र जनतालाई वहाको कमि अवश्य खड्किने छ |

      अतृप आत्माले चिर शान्ति पावोस !! स्वोर्गिय कोइरालाई मेरो भावपूर्ण हार्दिक श्रधांजलि !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 9

    • shawn

      बल्ल मोर्यो गिरिजे, अब प्रचंडे को पालो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 26

    • Wow ..Salokya Ji …did you really reach that far all the way to Doramba? It’s a freaking far from Kathmandu? Originally I am also from Gagal Bhadaure-3 Majuwa Ramechhap which is located near by Doramba..it’s really hard to get internet access out there in fact.. though you have the access with the CDMA but it costs kinda expensive like 1000 rupees is for 20 Minutes. Two years back I had gone to my province with the laptop and in order for me to stay in touch with my friends I had used CDMA internet access though that was expensive but once my Laptop battery was over then I couldn’t recharge any more though we had Solar power..

      Well I was also once deeply saddened by the death of Girija Prashad Koirala even though I was against him when in school and college.. this must be very difficult for Nepalese..हार्दिक श्र्दान्जली

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • Robin

      जसले जे भने पनि उनि यक पृथक राष्ट्र सेवक थिय, र आज उनि हामी समू छैनन् |
      उनको आत्माले चिर शान्ति पाओस|

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

    • rupak

      जति नै नालायक लायक भय पनि मृत आत्मा लाई समबेदना छ , यो ८६ बर्सको बृद्ध सरिरको प्रकृतिक मृतु हो यसमा धेरै मर्माहत हुनु जरुरि छैन | यो बृद्ध दिमाग ले नया युग र नया सोच दीन लग-भग असम्भब नै छ सबैलाई थाहा नै छ, समय को माग होला यो | अब बाच्नेले अगाडिको बाटो उज्यालो बनाउनु सक्नु पर्छ बिगत १५ वरसे गिरिजा शासन मा भयका १५औ लख बेरोजगार हरु अब तेही अनुपात मा बढ्नु हुन्न अविकसित गाउ-समाज तेही झुलेर गिरिजा देश को प्रधान मन्त्रि रे भनेर आलि-कान्ला मा गफ मात्र नहोस, देशका योग्य कुशल युवाहरु भोक भोकै अनि म संग चाही कहिले होला भनेर सोच्दै बुढो हुन नपरोस

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई मेरो हार्दिक श्रदान्जली,

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

    • थुप्रै काण्डाहरु लउडा, धमिज, पार्टी फुटाउने आदी ईत्यादी आरोप भए पनि नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापनमा अमुल्य योगदान पु¥याउनु भएका स्व. गिरीजा प्रसाद कोइराला लाई हार्दीक श्रदाञ्जली अर्पण गर्दै । स्वर्गीय आत्माको चिर शान्तीको कामना गर्दछु ।

      सोनाम

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • Uddhab Kumar Budhathoki

      कस्तो कस्तो कमेन्ट हरु आउछन, वास्तवमा गिरिजा प्रसाद हिम्मतिलो र आटिलो, निडर र साहसी नेता थिए, आजकल दिउसै घर घरमा लुट्ने र डकैति गर्ने पनि येस्तई हुन्छन तर नेता हुँदैनन् बस गिरिजा प्रसादले बिकासका लागि केहि गरेका भए देसको लागि धेरै गुण लाग्ने थियो तर प्रजातन्त्र को नाममा मात्र राजनीति गरे आफु माथि पुगे देश जहाँ को तही रह्यो. अब त मैले उनि माथि गुनासो गरु कि श्रददा गरु खै के गरु ? जे होस् उनि हाम्रै नेता हुन् … आगे स्वर्गमा उनी ले बेहोर्लन. मेरो अन्तिम नमस्कार छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 8

      • Yes oneday everyone has to leave this world. Girja Parsda Koriala is a effecient( योग्य , निपुण) leader but not a great leader like Nelson Mandela, who served rest of his life for his country and for his country people.This was a natural death of G.P. Koirala .But when someone is big dignitaries or renowned person espcially belongs to political . He or she must surved their life for country not for own profits.The leaders who only enjoy for their bliss(परमानंद, परम सुख,आनंद)only. Their soul never get rest in peace even they died coz they have to suffer from Curse(श्राप ) given by the people who had suffered from their one minor decisions. So those dirty leaders who looks or do for their own profit and for their luxury only. They have to die with unnatural others hunderd and hundered people had to suffer.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

      • Raj Kapoor Jung Thapa

        हाम्रो देश नेपाल मा नेताहरुको कु राजनैतिकबाट बिछिप्त सोझा नेपालीहरु जो राजनैतिक मा कदापि आस्था राख्दैनन् या बिचलित भएर हरियो सिग्नलमा छन् अनि राजनैतिक मा कहिले आस्था राख्दै नराखेका या नराख्ने वालाहरुको जामात पनि तेतिकै छ ! अर्को कुरा पार्टीको मान्यता नराखी उचित कर्मगरेको आधारमा मात्र बेक्तिगत समर्थन गर्नेहरु पनि तेतिकै छन् !! आदि इत्यादी कुराहरु केलाउदा केहिले अभिभाबक मानेका होलान गिरिजालाइ जस्तै होनाहार्को अपराधी ऋषि धमला जसले गिरिजाको छाता मज्जासंग ओढ्न पाएर छेनभरमा माहाको अपराधि बाट निरपराधीमा परिनत हुने मौका पायो अरु तेस्ता कयेउन छन् यहाँ कुरा नगर्दा पनि बेसैहुन्छ !!
        मानवताको आधारमा दुख मान्नु र समबेदना प्रकट गर्नु आफै मा राम्रो कुरा छ ! तर उनकै कांग्रेसमै हजारौले धुप जलाई रहेका थिय पार्टीबाट उनको अवकाश या बहिर्गमनको लागि बिरोधि पार्टी हरुकालागी त झन् कुरै नगरौ !! एदी सबैलाइ चेतना भया !!
        जय देश

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • स्वगीय गिरिजा बाबु लै मेरो पनि श्रदान्जली छ | यो अवस्था मा उहाको मृतु ले पकै पनि केहि गुमाएको अनुभब गरेको होला नेपाल जस्तो देश ले | नेपाली राजनीतिको मोड अब कता जाने हो |यो नेपाली जनताको प्रस्न हो | यहि बाट थाहा हुन्छ कि उहा नेपाली राजनीतिमा कुन स्थान मा हुनुहुन्थियो भनेर | तेसै ले हिजो जे भए पनि आज उहालाई एक पल्ट सम्झनु हाम्रो मनबता हो | नेपाली हुनाले | राम

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • सार्थक, दोहा-कतार

      हार्दिक श्रद्दाञ्जलि |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 11

    • santi

      मान्छे मर्दा पनि खुसि मनाउने मानव रुपका राक्षस हरु रहेछन उनीहरुलाई गिरिजाको मासु मन पर्ने रहेछ तर जलाई सकियाकोले खरानिनै भए पनि उनि हरुलाई कसैले पठाई दिनु भए हुन्छ त्यो पन गरेर तृप्त हुन्छन रक्त पिपासु हरु

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 42

      • Ram Nepal

        हे, दलाल, गिरिजा आफै राक्षेश हो, थाहा छ तलाई.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 9

    • लौन के अचम्म भयो नेपालमा आकाश खसिएछ, धर्ती भासिएछ | अब सम्पूर्ण नेपालीहरु नै नरहने होकी क्या हो………….??????????????????
      मित्रहरु, अचम्म लागिरहेको छ मलाई, गिरिजा प्रसादको मृतुले नेपाली मिडिया,संचार कर्मिहरू र भेडा जनताहरु द्वुरा गरिरहेका नाटक देखि | गिरिजा बुढो भई सकेको थियो, एक दिन मर्नु पर्ने नै थियो दिन आयो र बाटो पनि लाग्यो | बाँकी जिबित मानिसहरु किन गिरिजा प्रसादको सोक चिन्ता गर्ने ? गर्छन त सोक चिन्ता उनकै आफन्तहरु र नोकर, चाकर, गुलामिहरूले | मेरो भनाईको मतलव के हो भने, राजा बिना राज्य हराउदैन,काजी बिना काम/काज हराउदैन | त्यसैले गर्दा नेता बिना कुनै पार्टीहरु हराउदैन वा अड़किन्न | गिरिजाको प्रसंगमा कुरा गर्नु पर्दा उनले राष्ट्र र जनताहरुका पकक्षमा असल काम/नितिहरू भन्दा राष्ट्र घाती निति/कामहरु धेरै गरे | ति कुराहरु नेपाली जनता माझ कसैले पनि लुकाउन सकिन्न र ईतिहासले पनि प्रमाणित गर्ने छन कि गिरिजा एक राष्ट्रबादी भन्दा राष्ट्र घाती नेता थिए भन्ने कुरा |
      जे होस, काम कुरोहरुको तुलना गर्ने हो भने नेपालमा पार्टी नेताहरु राष्ट्र र जनता प्रेमी भएको देखिन्न मात्रै भाषण छाड्दै हिड्ने र अरुले तपाई नभनेता पनि आफैले आफैलाई मपाई भन्न पछि पर्दैनन वा रूचाऊछन | यस्तै मपाई भन्ने नेताहरुका पछि-पछि लागी पर्ने भेंडा जनताहरूले गर्दा नै देश र नेपाली जनताहरूका परिस्थिति यस्तो हुन गएको हो | मित्रहरु,म कुनै पार्टी नेताहरुका समर्थक होइन | मात्रै चहान्छु नेपाल र नेपाली सुसंपन्न भएको | जय …………………..नेपाल …………………..,लाल……………………………. सलाम………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

      • vijay

        जंगल बाट ल्याएर तिमीहरुलाई राजधानी मा मासु भात खुलाउने को ?
        girija ले बाह्र बर्षे insurgency लाइ खत्तम नगरेको भए जंगल को कुन कुना मा कुकुर को मौत मर्ने थियेउ थाहा छैन, साला नमक हराम !

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • apil sharma

      किन सम्झिने त गिरिजा बाबुलाई?
      मानिस सर्बगुण सम्पन्न त हुदैन तर उसमा सम्मान योग्य गुण हुदैन भन्ने पनि छैन/ गिरिजा लाइ सम्झिने मुख्य तत्व भनेको तेही सम्मान योग्य गुणहरु हो/ तिनले राष्ट्रलाई चाहिएको बेलामा गुन लगाएका छन्/ अरु रगत बग्न सक्ने सम्भावनालाई तह लगाएका छन्/ एकताको कडी बनेका थिए, र अन्तिम भरोसाका पात्र पनि ! अब प्रचण्ड ले घुर्काऊने पात्र छैनन्, शेर बहादुर देउबाले प्रतिश्प्रधि मान्ने पात्र छैनन् अनि हामीले बेला बेलामा गाली गरिरहने पात्र पनि रहेनन्/ हामी किन गाली गर्थेउ त? हामीलाई पनि जानेर या नजानेर गिरिजाले गर्न सक्छन भन्ने लाग्थ्यो तेसैले त गाली गर्थेम! पुत्री मोह उनका कमजोरी हुन् , दुध दिने गाइ को लात सहे जस्तो गिरिजा को यो अबगुण उनका अमुल्य त्याग हरुले छोपिदिम, अनि उही सहन्सिल र कर्म बिर नेपाली बनेर उनलाई हार्दिक श्रदान्जली दिम /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

    • NL Pradhan

      नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक परम् आदरणीय गिरिजा बाबु प्रति हार्दिक श्रद्दान्जली ! !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 12

    • Babu Raja

      Nepali people will miss you. May his soul rest in peace.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 16

    • Hearty condolance..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Naresh lal Pradhan

      नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजा बाबु प्रति मेरो हार्दिक श्रद्धाञ्जलिः

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 14

    • Naresh lal Pradhan

      नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक , आदरणीय गिरिजा बाबु प्रति मेरो हार्दिक श्रद्धाञ्जलिः

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 16

    • जे जस्तो भए पनि आखिर गिरिजा गिरिजा नै थिए

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • Shiva(USA)

      एसियाकै लोकप्रिया नेता गिरिजा प्रसाद कोइराला लाई भाबपुर्ण श्रद्दाञ्जलि //////

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 37 Thumb down 28

      • Bijaya

        म पनि सात समुन्द्र पारी छु नत्र फुल लिएर जान्थे गिरिजाको शबमा चडाउन. सब्द सर्दंजली छ ।

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

      • शशांक लामा NY

        नेपालमा भएका नेताहरु कसैलाई पनि एशियाको नेता, महामानव, एकताको प्रतीक जस्ता पगरी गुथाउन मिल्दैन र त्यस्तो राजनेताको छवि हालसम्म कसैले पनि हासिल गरेको छैन | मृत्यु पश्चात पनि व्यक्तिको गुण अवगुण केलाइनु पर्छ र गिरिजा प्रसाद कोइरालामा पनि मानवीय कमजोरीहरु प्रशस्त थिए| तर सबल पक्ष हेर्ने हो भने उनले ८६ बर्षको उमेरसम्म निरन्तर कांग्रेस र देशको सक्रिय नेतृत्व गरे जबकी उनका समकालीनहरुले राजनीतिलाई हाफेर स्त्रीलम्पट र मदिरापानमा लीन भए| देशले भोगेका कठिन अवस्थाहरुमा उनले सक्रिय अभिभावकको भूमिका निभाएका थिए| बि पी को चिन्तन कार्यन्वयनमा आएको हामीले देखेनौं, तर जी पी को जुझारुपनाले नेपालमा आएको ठुला उथल पुथलका हामी साछी छौं| जी पी को आस्थासँग सहमति, बिमति हुनु त्यो आफ्नो ठाउँमा छंदैछ, तर नेपाली राजनीतिमा उनले गरेको अथक प्रयास र योगदानलाइ प्रसंशा गर्नुपर्दछ, कदर गर्नु पर्दछ र जश दिन जान्नु पर्दछ| नेपाली राजनीतिको इतिहासमा जी पी बारे मननयोग्य बर्णन गरिनु पर्दछ| स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई मेरो हार्दिक श्रदान्जली छ|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

    • sarun thapa

      दिलिप मगर जि

      बिलकुल ठिक !!!!!!!!!!!!!!!
      धन्यबाद।
      गिरिजाले कुनै रामरो काम गरेनेन, १ वटा बाहेक।
      १ – मर्नु
      मर्दा समेत राम्रो काम गरेनन, देशमा जाम र कम काम गर्ने नेपालि का लागि बिदा थपेर गए। बिदा पनि , माकुने लाई परधानमनतरी बनाएको ले माकुने ले बिदा दिएको हो – कति घृणित !!!!!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 41 Thumb down 103

    • Basanta Thapa,Maryland,USA

      मर्ने पर्छ एकदिन सबैले हामि पनि मर्छौ
      हामि मर्दा जनताको शिर उठाई मर्छौ !

      सालोक्यजी,
      तपाइको लेखबाट धेरै पहिले सुनेको र गाएको गित याद आयो \
      तपाइको भावना र ब्यबहारले निरास मनलाई हौसलाको तिर लाग्यो \
      दुखित,पिडित,बिछोडित मलाइ केहि गरौ भन्ने भाब आयो \

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • One day everyone should die that is why we should do our best. Girija Babu was one of the best person.That is why we are full debt from him.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 28

    • magardilip

      बल्ल देशको सत्रुहरु नास हुँदैछन अझै १०/१२ जना २/३ महिना भित्र गए झनै राम्रो हुनेथियो सेरे, माकुने ,कुजाता आदि को पालो कैले अउनी हो कुन्नि ? मन परे हरियो नभए रातो दबाउनु hola

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 73 Thumb down 84

    • Nabaraj

      ”राजा मरेर गए ता पनि कदापि उस्को देश र रैती मर्दैनन्”…. यो कुरालाई हामीले मनन गरी देश विकास र निर्माण कार्यको लागि निस्वार्थ भावनाले एकजुट हुनु पर्दछ //

      जो सुकै नेताहरु अनि जनताहरुले स्व. गिरिजा बाबुको मृत्यु पछिको आ-आफ्नो अभिव्यक्ति दिएका छन्, ति सबै मानिसलाई यसरी दुख्खको घडीमा दिने यौटा हौसला ,सहानुभूति मात्र हो…// यसको अलाबा तिनीहरुको ती मृदुभाषी शब्दहरुले यो देश र जनतालाई हित हुने र परिबर्तन गराउने त्यस्तो कुनै नौलो कुरा केहि पनि छैन…//

      हेर्नुहोस न, आज यो संसारमा केवल नाम चलेका….पावरमा भएका….धनी व्यक्तिहरुका मात्र यसरी चर्चा- परिचर्चा हुने र मरे पछि पनि यत्रो सम्मान सत्कार पाउने रहेछ……// ति गरिब-दुखि, नेमुखा, सोझा, अशक्त अनि ओझेलमा परेका मानिसहरुको आखिर कसले पो यसरी चर्चा-परिचर्चा र सम्मान-सत्कार दिने रहेछ र……?? ”सबैले बलेकै आगो मात्र ताप्ने रहेछन” यो पापी संसारमा……//

      अस्ति भर्खर मात्र दैलेखको सडक दुर्घटनामा परि ३३ जना सर्ब-साधारणको ज्यान गयो…चितवनमा सेनाले तीन दलित महिला हरुको बलात्कार गरी हत्या गर्यो…..// त्यस दुखत घटनामा कसैले पनि गम्भीरता को साथमा अभिव्यक्ति र सहयोग दिए होलान…. ?? हाम्रा अति बरिष्ट प्रधान मन्त्रि भनौदा माधब जी ले समेत कुनै पनि मिडिया मार्फत आफ्नो शोक पोखेनन् // यी हाम्रा प्रधान मन्त्रि कति निर्दयी रहेछन त…?? तर हिजो गिरिजा बाबुको मृत्युमा भने उहा अत्ति मर्माहित हुनुभएको बक्तब्य सुन्न पाइयो // त्यस पछि आकस्मिक बसेको मन्त्रि मण्डलको बैठकले राजकीय सम्मान स्वरुको आज दाहासंस्कार गर्ने, देश भरी छुटी दिने र ३ दिन सम्म शोक मनाउने निर्णय गर्यो / के अब यसको मतलब गिरिजा बाबुको मृत्यु पछि माकुनेको सरकार गिर्छ भनेर नै यस्तो बन्दो बस्तको आयोजना त गरिएको हैन…..?
      धिक्कार छ यो सरकारलाई…….!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 15

    • Anjin Chhetri

      यो स्वभाबिक निधन हो. गिरिजा कुशल नेता थिए असल होइन…

      -अन्जिन छेत्री

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 80 Thumb down 6

    • bharat/ mt kailash resort pokhara

      मुलुकले एक जना युग पुरुष गुमाएको छ । उनको जीवनको पर्याय नै संघर्षमय थियो । उनले जीवनभर संघर्ष गरे, तालि खाए र गाली खाए । सबैभन्दा लामोसमय प्रजातान्त्रिक सरकारको नेतृत्व गरे र त्यसबापत गाली पनि खाए । तर, उनले हरेश खाएनन् । उनी निरन्तर आफ्नो बाटोमा हिंडिरहे /
      इतिहास पुरुष स्वर्गीग गिरिजाप्रसादलाई mero पनि भावपूर्ण श्रद्धाञ्जली

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 29

    • बितोस है जीवन सधैं जीवनै बनेर उत्सह फुलेर उमंगको बङैचा झुलेर काहानी कथा कविता अनी गीत सुनेर उन्नती अनी प्रगती, सफलता को दीप बलेर आकाश पातल समुद्र अनी धर्ती को गौरव गाथा सुनौछु mata प्रकृतिको के भो र आज हुनेछ तिम्रो भोलीको सक्दैन जीवन अगाडि झुक्न कुनै पनि गोलीको सहिद बनोस बलिदन को राजनीति उपहस्स बनोस द्र्व्यदन को कुत् निति बिकासको सम्रचना चेतनामा फुलाउ बिनासको बहानामै भ येपनी शदबूध्ही जुत्ताउ बित्नु पर्ने समय बिती जान्छ ब्यर्थैइ हैन बहस हरुले निचोद दीन्छ जीवन का चक्रपथ हरु यौवन्का मोद हरुमा धेरैइ बेर रोकिनु हुन्न जहाँ समयको चुनौती हुन्न त्यहा बुझ्नुपर्छ चुनौती हरुको बिम्बले कलिला कोपिला हरु समेत अनिर्नय को बन्दी बन्छन् र प्रतिघात्का बानहरु आफन्त तिरैइ सोझियेर एउटा चक्रपथ आवरुध्ह वाईसक्छ र फेरी जीबनका चक्रपथ हरु बजेतको अवावमा दत्रीहरुको खोजीमा धेरैइबेर रोकिनु हुन्न जहाँ विश्वाशको मुल्य हुन्न त्यहा बुझ्नुपर्छ रास्त्रबैन्क हरु को दम्भले साना किसान समेत पुजरिका घन्ती बन्छन र सहिस्नुताका धरहरु आस्थामा रोपियेर अरको चक्रपथ अभरुध्ह वएएसक्छ वन्दा वन्दैइ आबेला वएएसक्छ
      बितोस है जीवन सधैं जीवनै बनेर उत्सह फुलेर उमंगको बङैचा झुलेर काहानी कथा कविता अनी गीत सुनेर उन्नती अनी प्रगती, सफलता को दीप बलेर आकाश पातल समुद्र अनी धर्ती को गौरव गाथा सुनौछु mata प्रकृतिको के भो र आज हुनेछ तिम्रो भोलीको सक्दैन जीवन अगाडि झुक्न कुनै पनि गोलीको सहिद बनोस बलिदन को राजनीति उपहस्स बनोस द्र्व्यदन को कुत् निति बिकासको सम्रचना चेतनामा फुलाउ बिनासको बहानामै भ येपनी शदबूध्ही जुत्ताउ बित्नु पर्ने समय बिती जान्छ ब्यर्थैइ हैन बहस हरुले निचोद दिन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • bharat/ mt kailash resort pokhara

      नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व जसले ऐतिहासिक शान्ति र संविधान निर्माणमा महत्वपुर्ण भुमिका निर्वाहा गर्दै नेपाली जनताका लागि निरन्तर अतुलनिय योगदान पुर्याउदै अगाडी बढ्नु भएका ऐतिहासिक व्यक्तित्व पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन प्रति हार्दिक श्रद्वान्जली एवं शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 14

    • मदनबहादुर

      कोइराला एउटा सक्षम नेता थिए त्यसमा दुई मत छैन । राजनीतिलाई नै आफ्नो करियर बनाइसकेपछि आफ्ना प्रतिद्वन्दीहरुलाई पाखा लगाउँदै माथी चड्नुलाई स्वभाविकै मान्नुपर्छ । यत्रो बर्ष टुप्पोमा दर्‍होसँग टिके, कसैले हल्लाउन समेत सकेन । उनको पुतलामात्र जलाउन सकियो, वेभसाइटहरुमा गाली गर्दै उनको मृत्युको कामना समेत गर्न सकियो, त्यो भन्दा बाहेक हामीले अरु केहीपनि ख्याँस्न सकेनौ । ज्ञाने सरलाई हटाउन सक्ने हामीले एउटा बृद्धलाई राजनीतिबाट पर फाल्न सकेनौ । त्यसको जस् स्वर्गिय कोइरालाले पाउनु नै पर्छ ।

      पदमा छँदा उनलाई आफ्ना मान्छेले बिगारे । गलत मान्छेहरुसँग सल्लाह लिए । उनको लिंडेढिप्पीका कारणले देशले सुजाता जस्तालाई अपनाउनु पर्‍यो, यसको लागि उनलाई कुनै हालतमा पनि इतिहासले माफि दिने छैन । तर भोलि जे सुकै होस् , आज भने नेपालले एउटा सक्षम नेता गुमाएको छ । हार्दिक श्रद्धान्जलि !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 8

    • kailash shrestha

      आखिर koshis ta गरे देश banauna

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 30

    • Ganesh Gurung

      गिरिजा को पालम माउबादी को जनाम भाको हो ,र नेपाललाई युद्धको भुमरीमा लाने पनि वहाको हात छ .नेपालमा थुप्रै पल्ट सरकार काग्रेशले शासन गर्यो तर उसले कहिले पनि राम्रो काम गरेन सबै छेत्रमा राजनीति गरे ,मानिलिउ मेरै गाउको विद्यालयको हेअद मास्टर लै दुर्गम ठाउमा सरुवा गरि ,एउटा अस्थाई शिछाक पठायो ताकी उसको मान्छे कांग्रेस जिल्ला सबपति थियो.बि पी को समाजबाद आफु र आफ्नु अनुकुल पर्योग गरे .समाजवादमा गाश बश र कपश अति आबसेक कुरा हो तर बिडम्बना कहिलेपनि तेस्तो जनमुखी काम गरेन .मलाई राजनीति मन पर्दैन किनकि राजनीतिले भगवानलाइ पनि धोका दिन्छ
      हुनत नेपालमा सबै पार्टीको भनाइ र गराईमा फरक छ. खैर गिरिजा स्वोर्गामा जानु या नोर्गामा उता गएर आनन्दले जिन्दगि बितुं .धन्यवाद

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 8

    • उनको पार्थिव शरीरमाथी यही कमेन्टमार्फत “पुष्प गुच्छा” अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दछु ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 18

    • ठुलो रुख ढल्यो । नयाँ राम्रा बोटहरु अब बढ्छन् कि !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 18

    • nimesh, BKK

      “शरीरले त छोडेर गइ गयो गइ गयो
      सम्झना चाहि डालीमा रैरह्यो रैरह्यो …”
      हुन त ५ चोटी देशको प्रधानमन्त्री भईयो तर देशलाइ उभो लान सकेन, धेरै कान्दै काण्डमा मात्रै सिमित रहेर आफ्ना जीवन समाप्त भैगयो . उनकै पद्छापमा कुजाता पनि हिन्दै छिन देश अनि नेपाली जनताको मन रुवाउदै . देशलाई भडखालोमा जाक्दै छिन ति कुजाताले MRP पासपोर्ट भारतमा छाप्न दिएर . सायद यसलाई मात्र रोक्न पाएपनि दिवंगत कोइरालालाई केहि सहानुभूति हुन्थ्यो कि ????
      जे होस् राम्रो या नराम्रो जे जस्तो गरेर गएपनि हमिसरा नेपालीहरुले चुकाउनु पर्ने छ . ति दिवंगत भएका कोइरालाको पार्थिव शरिर न रहे पनि उनले गरेका राम्रा नराम्रा कुरालाई सम्झेर हास्नु र रुनु हामि सारा नेपालिहरुको पुर् पुरोमा लेखेर गएछ . अन्तमा दिवंगत आत्माले शान्ति पाओस .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 5

    • Koitsmuru

      “कसैको मृत्युपछि उनको गुणलाई सम्झनु त छँदैछ, दोषलाई पनि स्मरण गरेर उनको जस्तो गल्ती अरुले नगरुन् भन्ने अभिप्राय राख्‍नु उचित हुन्छ।” Heartfelt condolence!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

    • abhishek

      गिरिजा प्रसाद लै नेपाल को राष्ट्रिय पिता बनाउनु पर्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 62

    • Narayan

      गिरिजा पर्साद कोइराला को आत्मा ले चिर सान्ति पवोस् !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 18

    • Kabibar adhikari

      सालोक्यजी धेरै घत्लादो लेख लेख्नुभयो//मुरी-मुरी धन्यवाद!!! हो गिरिजा कोइराला पक्कै बिबादित थिए/उनमा दुर्गुण पनि थिए/दुर्गुण कसमा हुदैन र?तर कतिपय मान्छेले भनेजस्तो उनि ‘नरकमा नै जानुपर्ने’ खालको दुस्ट चै पक्कै होइनन/ उनलाई बिशेस गरि बामपन्थी विचारधारा क साथीहरुले अति नै अस्लिल ,निक्रिस्ट र मानबिय सम्बेदनाहिन गाली गरेको देखियो हिजो र आज//तर १५-२० वर्ष पहिला “माले मसाले मण्डले भनेका एकै हुन्/” भनेर कम्निस्ट को सत्तोसराप गरेपनि बितेका ३-४ वर्षमा त उनले आफ्नो पार्टीलाई भन्दा पनि कत म्निस्ट हरुलाई नै(त्यसमा पनि बिसेस्गारी माओबादी लाई ) हर सहयोग गरेकै हो//एमाले को केसमा पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेकै हो//त्यसैले केहि बामपन्थी मित्र हरु अलिकति त अतिनै घटिया गाली त नगर्नुस न हो मरिसकेको मान्छेलाई //मर्नु त सबैलाई पर्छ साथी हो..तपाइलाई पनि पर्छ मलाई पनि पर्छ//कोहि मारेर वा कसैलाई मारेर मात्र समस्याको समाधान हुदैन//त्यसैले ‘जमानामा मर्नु पर्ने गिरिजा बल्ल मर्यो …अब देश विकास हुने भो “भन्ने जस्ता बकम्फुसे कुरा नलेखौ साथी हो//कोहि मर्दा खुसीले पागल नबनाऊ..हामी पनि मर्नु छ//अरुलाई ‘मरोस’भन्ने कामना पनि नगरम //हामीले मरोस भने पनि नभने पनि त्यो व्यक्ति मरेरै छाड्स/
      बरु एक-आपसमा ‘सहमति-एकता-सौहाद्रता “कायम गरम साथी हो//जे भए पनि गिरिजा भनेको एक निडर ,,,बिर नेता हो//८४ वर्ष को उमेरमा पनि लोकतन्त्र को लागि लड्ने र राजालाई खुलेआम च्यालेन्ज dine नेता हो//Salam girijababu

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • Shankar

      नेपाली राजनीतिका माहान हस्थी ……… स्व. गिरिजाप्रसाद कोइराला प्रति हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दछु . आत्मा ले चिर शान्ति पाओस ,,, Bye bye !!!! see you later in HEAVEN!!!!!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 25

    • Sujan Neupane

      गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रद्धान्जली !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 17

    • Sujan Neupane

      गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रद्धान्जली

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 12

    • pawan

      गिरिजा बाबु लाई हार्दिक स्रदान्जली | अब तपाईharu ko पालो कसरि देश लाई गति इनु हुनेछ नेता महोदय हरु ……

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 15

      • ओ पवन्जी के सोध्नुभाको तेस्तो देस्चालाउने कुरा ? देसमा त स्वर्गीय गिरिजाले देस्नचालाउने हरुवाहरुलाई नियुक्ति गरिराखेको छनि !! केको देस चलाउनु छनि !
        तेस्कैनाम लिदै भ्रस्टाचार गर्न तँछाड मछाड गर्दै देशलाई भताभुंग गर्दापनि टुलु टुलु हेर्दै मारेर जाने बेलासम्म मा पनि देशलाई एउटा निकासा नदिएर ति निकम्मा र हरुवा हरुको ग्यांग्लाई सुम्पेर आफ्नो जिबनभरि राजनीति दौपेच्गरी नाम कमाउने भाँडो (देस) लै भता भुङ्ग र लथालिङ्ग अबस्थामै छाडेर लुसुक्क जान सक्नु कुनस्वार्थले बाध्यतापारे तैपनि अब वहाले भौतिक सरीरलाई परिबर्तन गरिसक्नुभएको छ बाँचुन्जेल वहाको आफ्नै कारणले सान्ति पाउनु भएन अब भएपनि आत्माले सान्ति पाउन .

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • shanker

      I THINK GIRIJA WOULD NOT HAVE DIED SO EARLY. THIS IS DUE TO MAOIST PROBLEM HE DIED. AFTER SAMBIDHAN SABHA NIRwachan he wanted to become first rastrapati of nepa but maoist oppose that also he wantet to remain primeminister that also maoist denied. tyaspachhi marmahat bhayera pirai pirle chhittai marnu pareko bhanne maile bujheko chhu. MAOIST RESPONSIBLE FOR THAT

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • bimal

      गिरिजा पर्साद कोइराला को आत्मा ले चिर सान्ति पवोस् !!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 14

    • Gautam Rijal

      अब देश लाई कुन बाटो मा लैजाने भन्ने कुरा प्रचण्ड , माधव , झलनाथ अनि अरु पार्टी का नेता को हातमा छ . तेसैले गिरिजा बाबुको इछया पुरा गर्ने हो भने छिटो भन्दा छिटो देशलाई शान्ति को बाटो मा लैजानुपर्छ र संबिधान निर्माण गर्नुपर्छा अनि मात्र गिरिजाको आत्मा ले शान्ति पाउछ. अब देशमा सबैको मङ्गल होस् र गिरिजाको आत्माले शान्ति पाओस,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • ज्ञानेन्द्र खतिवडा

      नेपाली राजनीतिका शिखर पुरुषको निधन ले सम्पूर्ण नेपाली लाई मर्माहत बनेको छ यस समयमा सम्पूर्ण सोकाकुल नेपाली मा धैर्यधारण गरि सोकलाई सक्तिमा परिणत गर्ने क्षमता मिलोस भनि भाबपुर्ण श्रध्दान्जली अर्पण गर्दछु.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 9

    • समर्थन उमेश जी,
      ‘सामान्यतया मृत्युपछि कसैको गुणलाई मात्र हाइलाइट गरिन्छ र दोषलाई लुकाइन्छ। सर्वगुणसम्पन्नको जस्तो छवि देखाउन खोजिन्छ। तर वास्तवमा त्यसो गर्नु अन्याय हुनजान्छ। कसैको मृत्युपछि उनको गुणलाई सम्झनु त छँदैछ, दोषलाई पनि स्मरण गरेर उनको जस्तो गल्ती अरुले नगरुन् भन्ने अभिप्राय राख्‍नु उचित हुन्छ’

      तपाइका यी शब्द शब्द ले अब देश हाक्ने नेताहरुलाई सत्मार्ग देखाउने प्रयास गरिरहेका छन् / जन्म र मृत्यु नै जिबनको श्वासत सत्य हो बाँकि जीबन त रंगमंचमा गरिएको जिबन्त नाटक मात्र हो / त्येही रंगमंच गरिएको नाटक ले नै मृत्योपरांतको संसारमा उ चिनिने छ राम र रावण जस्तै / मानवता नै त्यो कडिहो जसले राम र रावण मा फरक छुट्याउछ / मानवता फूल हो भने बिबेक त्यो फूलको बास्ना हो / मानवता नभएको मानिस पलासको फूल जस्तै बस्नाहिन हुन्छन /

      जसले जे भने पनि शान्ति प्रक्रिया र संबिधान निर्माण को मियो स्वर्गीय जी.पी. कोइराला नै थिए / अब नेताहरुले जिम्मेबारी आफ्नो काँधमा आएको स्वीकारेर गम्हिरता पुर्बक यी अधुरा काम हरुलाई पूर्णता दिने जमर्को गर्नु पर्दछ / हामी पनि वहा जस्तै खाली हात येही घाटको बाटो जानु छ भन्ने भन्ने कुरा मनन गरेर राष्ट्रहित लाइ केन्द्रमा राखेर केहि गरेभने वहाहरुको नाम इतिहासमा स्वर्णिम अक्षरमा कोरिनेछ अन्यथा इतिहासले धिक्कार्ने छ सबैलाई / अब नेताहरुले देशलाई सहि निकास सहितको संबिधान, शान्ति र सुशासन दिन सके भने स्वर्गीय जी. पी. कोइरालाको सहि अर्थमा श्रदान्जली र सम्मान हुनेछ नत्र देश झन् खाडल मा जानेछ र एसको सुरुवात गर्ने स्व. जी. पी. कोइराला र मुर्त रुप दिने र अन्त्य गर्ने आजका बाकी नेता भनेर नया पिढीले काला नेता र कालो दिन भनेर सम्झिने छन् / इति…..

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • सबैले मिलेर काम गर्नु पर्छ । देशको भाग्य बनाउनु पर्छ । पार्टी भन्दा ठूलो देश नै हो । यो कुराको ज्ञान नेताहरूमा हुनु जरूरी छ । म मेरो भन्ने अहम छोडिदिएमा सब ठिक हुन्छ । म भन्दा पहिला माही भन्ने भावना जागृत भयो भने नँया नेपाल बन्छ । नँया नेपाल भनेको अहिलेको जस्तो बाटो पुल पलेसा गल्ली चोक पार्क हल आदिको नामाकरण नेताहरूको नामबाट राख्ने र यसैलाई नँया नेपाल भन्ने जस्तो नौटङ्की नगरीकन हाम्रो हामी सबैको मुलसकको जनताको राष्टको भन्ने भावनाबाट अगाडी । यहि नै सयौ शहिदहरू लगायत गिरिजा प्रसाद कोइराला प्रतिको सच्चा श्रध्दाञ्जलि हुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • priya

      heartly condolence !!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • prakash jha

      || भावपूर्ण हार्दिक श्रधान्जली ||

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • prem paudel prem gl

      गिरिजाबाबुप्रति   श्रद्धासुमन  श्रद्धाञ्जli

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • गिरिजा बाबु लाई श्रदंगाली
      …………………….उनको
      आत्मा ले
      सान्ति पहोस

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • Kandelnabin

      हो एदी गिरिजाले पारीबारीक सारथ ( छोरी लाई उपप्रधान मन्त्री बनाउने काम ) नलिएको भए गिरिजा को उचाई Aja माथी हुन्थियो जे भए पिन हामीले एक सबै ले पताएको नेता गुमायेउ /अब नेताहरुले गिरिजाका राम्रा लीई अगाडी बडन सके गिरिजा को आत्मले शनित पउने थीयो की . …..

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Devendra Basnet

      एक दिन सबै जानु पर्छ. अब सबैको हाईहाई हुने गरि प्रचण्ड र बाबुराम ले काम गर्छन भन्नेमा धेरै आशाबादी छु. अबको देश बनाउने पालो तिमीहरुकै हो. जिम्मेवार भएर काम गर्नेमा आशाबादी छु. गिरिजाको आत्माले शान्ति पाओस..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 88 Thumb down 19

      • prakash

        ज जस्तो भै पनि अब देश मा सान्ति हुनु प्राचा प्रचण्ड बाबुराम जो भैपानी देश राम्रो गर्नु हामी लै तै चैअको छ . खबरदार कोइ पनि धमिलो पनि मा माछा मर्न कोसिस नगर्ला .हामी लै कुनै पार्टी होइन सच्चा नेता को खाचो छ जो नेपाल को लागि राम्रो नेता होस् माओबादी काँग्रेस जो भैपानी फरक पर्दिन तर देश को लागि राम्रो कम गर तै नै हो सबै भन्दा ठुलो कुरा .जय नेपाल

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Sabin Sherpa

      श्रद्धाञ्जलिः गिरिजाप्रसाद कोइराला

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • i WOULD LIKE TO EXPRESS MY HEARTGFELT CONDOLENCE AT THE SAD AND SUDDEN DEMISE OF A GREAT HSTORICAL FIGURE OF NEPALI POLITICS, FORMER PM, GPK YESTERDAY.
      MAY HIS SOUL RESTS IN PEACE AND HARMONY IN HEAVEN.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • हार्दिक श्रद्दाञ्जलि गिरिजाप्रसादप्रति

      एकदिन जानु नै छ हामि सबै त्यहि बाटो, मृत्यु अवश्यंभावि छ । बाँचुञ्जेल त्यहि गरौ जसले अरुको कल्याण होस ।

      मृत्यु शास्वत सत्य हुँदाहँदैपनि बिचलित बनाउनु यसको नियति रहेछ ।

      भावपुर्ण श्रद्दाञ्जलि GPK तिमिप्रति !!

      स्याटेलाइट

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    eXTReMe Tracker