-प्रवेश सुवेदी-
सिंगापुरमा हामीलाई गाँस र बास दिने कोही नेपाली पूर्वनिश्चित थिएनन्। एक दुई जना साथीहरु सामान्य सम्पर्कमा भए पनि भेट हुनेमा पक्का थिएन। सिंगापुर प्रस्थानको अघिल्लो साँझ एक परिचितसँग च्याटमा कुरो भो, जो पहिले थुप्रै पटक सिंगापुर आउने-बस्ने गर्थे। उनले ‘सस्तो (५० डलर)को’ इन्डियन होटल सुझाए। हिसाबले हप्ताभर सुतेको मात्रै २२-२३ हजार नेपाली रुपैयाँ नाघ्ने भो। हामी ‘बैरागी’लाई यो पनि महंगै पो लाग्यो त! आ…जे पर्ला त्यही टर्ला। मलेसियाको जोहोर सहरमा केही क्षण नेपाली साथीभाइसँग भुलेर पांग्रे झोला कुदाउँदै लागियो-’एसियाभित्रको युरोपतिर’।
त्यसो त मलेसियामै रिन्गेट तिरेर नेपालीमा कन्भर्ट गर्यो कि मुटु ढक्क फुलेर आउँथ्यो। आफूले खासै गोजीमा हात नहाले पनि साथीहरुले गरेकै खर्च देखेर मलाई ‘डोज’ पुगेको थियो। नेपालको महिनौँको जोरजाडीको भरमा घुम्न निस्केका दुई लुखरे आउँदो हप्ता दिन जति सिंगापुरमा बिताउने सुरमा थियौं। केही समय पहिल्यै दुई दिन सिंगापुर घुमेका मित्र धर्मराज भुसालको अनुभव सुन्दा सिंगापुर बसाईले ‘बुँकीटाट’ हुनेमा शंका थिएन। ‘रेल स्टेसनमा निश्चित समय भन्दा बढी बसे प्रति मिनेटको जरिवाना लाग्छ।’ मित्र धर्म भुसालले अनुभव सुनाए। उफ् १ सिंग डलरको ५२ नेपाली रुपैयाँ।
काठमाडौमा माउस घोटेर महिनाको ३-४ हजार जोगाउन मुस्किल पर्ने हाम्रा लागि सानो खर्च पनि ठूलै थियो। निकाल्न मन नभए पनि भैपरीलाई भनेर अलिकति गुटमुटाएका चाहिँ थियौं है।
सिंगापुरमा हजारौं हिन्दु बस्छन्। देशको नाम नै ‘सिंगा’को मतलब सिंह र ‘पुर’को मतलब सहर। संस्कृत शब्दबाट बनेका छन्। थुप्रै हिन्दु मन्दिर पनि छन्। यस्तो ठाउँमा कस्तो एउटा पनि धर्मशाला नबनाएका?! उता हाम्रो नेपाल घुम्न आउने भारतीय र अरु विदेशी पशुपति धर्मशालामा सस्तोमा कस्तो मोजले बसेका छन्। ठट्यौली गर्दै मित्रलाई सुनाएँ। मित्र पनि फिस्स हाँसे।
सिंगापुर भ्रमणमा उप-प्रधानमन्त्री सुजाता कोइरालाको खर्चले चर्चा पाएको थियो। उनको खर्च राज्यले बेहोर्थ्यो, नभए व्यक्तिगत रुपमा तिर्न पनि उनलाई मुस्किल थिएन। सुजाता सरकारको मात्र के कुरा, पारस सरकारको पनि बसाई यतै छ। बराजुका पालादेखिको हिसाब किताब छ नि पारस सरकारसँग। त्यही हिसाब अलिकति कटाएर ‘ल केटा हो, एक दुई-दिन बस खाऊ’ भने नि हुन्थ्यो नि पारस दाइले!
क्वालालम्पुरमा जितमान लिम्बु दाइले एउटा नम्बर थमाएका थिए। ‘अरु ठाउँ नपाए यसमा फोन गर्नू, बस्नलाई अप्ठेरो पर्दैन।’ मलेसियाबाट सिंगापुर बसले नै पुर्यायो। बसपार्कबाट ट्याक्सी समात्यौं। आम्मै, ट्याक्सी त नेपालका मन्त्रीले चढ्ने जस्तै दामी! अनि मिटरमा पनि मन्त्रीले लिने भत्ता भन्दा कम उठेन नि! सुनेको एक मात्रै ठाउँ ‘लिटिल इन्डिया’ पुगियो । आइतबारको छुट्टीको दिन, भारतीयहरुको भीडले बाटोमा खुट्टा सार्न पनि मुस्किल। एकछिन त भारतको बिहारतिर पुगे जस्तो पो लाग्यो।
मेरा मित्रले जितमान दाइले दिएको नम्बरमा फोन गरे। ‘दिदी हामी नेपालबाट आ’को, एक रात बसेको कति पर्छ?’ जवाफ आयो ‘रातको २० डलर’। कुदेर लजमा पुगियो। २० वर्ष पहिले मनाङबाट सिंगापुर आएकी टासी दिदीको लज रहेछ। ५१ वर्षीया टासी दिदी हँसिली, रसिली, दिल खोलेर हाँस्ने, हाँस्दा सुनले बाँधेका दाँत टिलिक्कै टल्कने।
कोठाभित्र झोला राख्ने बेला दिदीले भनिन्- भाइहरुलाई मात्र १५ डलर, अरुलाई नभन्नू है। काठमाडौं कै मोलमा मिलेको एसी भएको कोठामा पसिना सुकाउँदै मैले मित्रलाई भने- ‘यही त हो नि मैले खोजेको धर्मशाला।’
१७-१८ वर्षे उमेरमा मनाङ छाडेकी दिदी ब्यापारका लागि कहाँ पो पुगिनछन् र, दिल्ली, हङकङदेखि बैंककसम्म। र, उनले रोजेको अन्तिम ठाउँ चाहिँ सिंगापुर। गाउँका उनका समकक्षीले अझै रेल र जहाजको ढोका टेकेका छैनन्। त्यो बेला आइमाई मान्छेको के कुरा, नेपाली लोग्नेमान्छेहरू पनि विदेशमा ब्यापार गर्ने कमै थिए। टासी दिदीको आँटलाई मेरो मनले स्यालुट गर्यो। टन्न पैसा हुनेदेखि अलपत्र पर्ने नेपाली र भारतीयसम्म उनका ग्राहक रैछन्। कहिलेकाँही त सुत्ने बिस्तरा नपुगेर भूईँ मै पनि पल्टिँदा रैछन् । मनाङे लवजमा नेपाली बोल्ने टासी दिदीले गीत गाउँदा बीमाकुमारी दुराको झल्को मिल्यो। छ्याङले मस्त लम्जुङे दुई ठिटाले टेबुल ठोकेर मादलको ताल निकाले । दिदीले सुरु गरिन् ‘सरर हावा चल्यो लाकुरीको बोट…।’
खान-बस्नलाई टासी दिदी, बिरामी परे हाम्रो नेपालका बडे-बडे मान्छेले उपचार गर्ने अस्पताल, मौसुफ सरकारको अभिभावकत्व । सिंगापुरमा अब हाम्लाई के को चिन्ता ?

No related posts.









प्रवेश जी मा त्यही लम्जुंगे थिठो जसले त्यहाँ तपाईं संग को भेटघाट लाई एउटा mitho सम्झना बनाउन लाई मात्र एकछिन table ठटाएर गीत गएको…तपाइंले त छ्यांग ले मस्त भनि छापिदिनु भएछ लेख लेख्नु भन्दा अघि कति कुरा प्रकाशित योग्य छ र छैन भनि एकचोटी पुनर्विचार गर्ने गर्दा पछि पर्न सक्ने असर बाट सजग हुन सकिन्छ..अनि अर्को कुरा लेख मा उल्लेखित कतिपय हरफ हरुले गर्दा टाशी दिदी लाई पनि चित्त दुखेको छ..त्यो ठाउँ त हामी नेपाली को लागि साथी भै भेटघाट गर्ने ठाउँ र दुख सुख को भरि बिसाउने साझा चौतारी थियो.र तपाईं लाई समेत हामीले भनेका थियौं नि त्यो तपाइंको
१५ minute जति को यात्रा संस्मरण पनि dacumentary कै रुप मा नेपाली society माझ प्रदर्शन गर्न लाई सहयोग गरौंला भनेर तर अब त तपाईं को असली रुप को पर्दाफास तपाईं आफैंले गर्नु भो अब आइन्दा सिंगापुरमा फेरी फेरी पनि आउँदा हामी जस्तो साथी हरु बाट केही कुरा को सहयोगको अपेछ्या नगरे हुन्छ अनि कामना गरौँ अब कोही प्रवेश हरुको टाशी दिदी कहाँ प्रवेश नहोस पनि ………
मन परे हरियो, नपरे रातो
1
1
प्रवेश सर को यात्रा स्मरण ले मा पुग्नु अघि नै टासी दिदि को लजमा माईसंसार र फेसबुक को कुरो पुगिसकेको रहेछ | तर सर ले राम्रो लेखेको हो कि ? नराम्रो त्यो कुरो मैले पनि बुझिन | गोप्यता लाइ त्यसरी पर्दाफास गर्दा त अलिक कस्तो कस्तो लग्यो | त्यो प्रतिक्रिया पछि को पहिलो नेपाली ग्राहक मा नै पुगेको ले असर त मलाई पो पर्यो | पत्रकार को विश्वास गर्न नहुने रहेछ भन्दा |
मन परे हरियो, नपरे रातो
1
0
हुँदै जाहोस् टासी दिदिको जस्तो सफलता ।
देसभित्र पनि होस् हामी बिच समानता ।।
सहयोगी बनौ बिरानो देसको नेपाली जनता ।।।
मन परे हरियो, नपरे रातो
7
0
Jhapali Kanchha Ji,
Yo $12 jati ma aaune Backpackers Hotel (or Youth Hostel) ko address (email, phone number or website) pauna sakinchha?
मन परे हरियो, नपरे रातो
7
0
फोन नम्बर पाउन साथी …..हामीलाई पनि सजिलो हुन्छ हो त्यहाँ जाँदा
मन परे हरियो, नपरे रातो
4
0
साथी, झापाली बिहोरा त झहा गएपनी झापाली नै!!! अरु ले गारी खाको मा अरिश लागेको?? any visitor can stay as a guest because that flat is rented by her (tasi didi) so why pls don,t make big noise ! man, better u watchout…acutually room fare is up to ur condition $15-$20 hw many days u stayin wat propose etc then u can bargain.. she is obviously kind women she already helped alot type of neplese people. wat i know 1 of the guys साइकल यात्री देखि लिएर बिजोग भएका नेपाली हरु अनि तेहा कहिले झगडा हुदैना. दिदि नभएको बेला हुनसक्छ . if she is not in singapore no body allow to stay for nite just for drink n eat morning10 to 8 pm she will always control u not to drink .she doesn’t want to grab ur money.so vissa is her own busness.any visitor doesn’t effected
मन परे हरियो, नपरे रातो
5
2
प्रबेश जी जुन थालमा खायो तेही थालमा हगने ? कसैलाई न भन्नु है भन्दा पनि येत्रो सारा बिधि लाई सुनाउने होश गर्नु अबको पलट ताशी दिदी को मा जादा ख्याल गर्नु पुलिस लगाएर भित्र हाली देला | अनि माई संसार को यो पेज के हो यहाँ त होटल को बिग्यापन पो छ त ? २० डालर बाट १५ डालर अनि तेसपछि १० डालर अनि अरु कोही छ ५ डालर मा एसी रूम दिने ???
मन परे हरियो, नपरे रातो
2
8
टाशी देदी हजुर ले जति पनि नेपाली हरुलाई गास बस देनु भयो थोलो दया गर्नु बायो हेर्दय बाट नै हजुर लेइ सलोट छ माथि भगवती देदी ले र झापाली जी ले पनि गलत लेखेको जस्तो लाग्छ सिन्गपोरे मा मेरो बसुबस झन्नै सत्र वर्ष पुगी सक्यो देदी ले चलाउनु बयाको होटेल ले सबै नेपाली हरुलाई राम्रो सुबेसथा पुरको जस्तो लाग्छ कति प्या नेपाली इन्डियन जातीय महेला पुरुस अल्ल्पत्रमा पर्चन वहा हरुलाई झन् धेरै माया र सहयोग गर्नु हजुर lae मरो धन्यबाद छ
कान्छा गुरुङ
मन परे हरियो, नपरे रातो
2
0
प्रवेशजी धन्यवाद लेखको लागि .टासी दिदीलाई नमस्कार अनि धेरै खुशी लाग्यो तपाइको बारेमा सुनेर . अनि दिदीको फोन न र इमेल ठेगाना दिनु भए इस्चुक नेपाली हरु आफ्नो भ्रमंनको बेला गयर बस्न अनि टासी दिदिलाइ भेट्न पाउथे जसले गर्दा दिदीको व्यापार हुने अरु घुम्न जानेको केहि बचत हुने दुवै पक्छे लाइ फाइदा हैन र ?
मन परे हरियो, नपरे रातो
7
0
प्रबेशजीलाई धन्यवाद ! राम्रो यात्रा बर्णन पढ्न पाइयो / बरु टाशी दिदीको फोन नम्बर वा ठेगाना पनि यसो थाहा पाउन पाए सारै अनुगृहित हुने थिएँ / धन्यबाद !!!
मन परे हरियो, नपरे रातो
6
0
मा पनि मलेशिया तिर नै हो बस्दै सो उहा को वा अरु कुनै राम्रो सिंगापूर मा होटेल को सम्पर्क नम्बर पाउन हो साथी हरु हो . मा पनि केहि दिन पच्ची फेरी सोंगपूर घुम्न जाने प्रोग्राम छ क्या .
मन परे हरियो, नपरे रातो
0
2
टासी दिदि ले सिंगापुर मा सम्मान योग्य काम गर्नु भएको छ जस ले जे भने पनि! म पनि बेला बखत नेपाली खान खान त्यही जान्छु! राम्रो लेख को निम्ति धन्यबाद छ है!!
मन परे हरियो, नपरे रातो
4
1
हजारौ बालबालिका हरु लाइ सडक मा सुत्न बाध्य बनाइ आफु चै ठुला ठुला महल मा सुत्ने अनि लाखौ जनताहरु लाइ भासन मा मात्र अस्पताल को मुख देखाएर कालै नआई मृत्यु को मुख मा पुर्याएर आफु चै मेडिकल चेकअप को लागि बेन्ग्कक, सिंगापुर अनि अमेरिका जाने हाम्रा नेता जिउ हरु लाइ कडा चुनौती दिएकी छिन् टासी दिदि ले…..मेरो रिदय देखि नै न्यानो अभिबादन छ टासी दिदि लाइ …..
मन परे हरियो, नपरे रातो
7
2
टासी दिदि को बारेमा पढेर मपनि आनन्दित भए है.| सम्भव भए टासी दिदि को फोन हामीलाई पनि उपलब्ध गरे दिने हो कि सुबेदी जी ?????
मन परे हरियो, नपरे रातो
2
1
हजारौ बालबालिका हरु लाइ सडक मा सुत्न बाध्य बनाइ आफु चै ठुला ठुला महल मा सुत्ने अनि लाखौ जनताहरु लाइ भासन मा मात्र अस्पताल को मुख देखाएर कालै नआई मृत्यु को मुख मा पुर्याएर आफु चै मेडिकल चेकअप को लागि बेन्ग्कक, सिंगापुर अनि अमेरिका जाने हाम्रा नेता जिउ हरु लाइ कडा चुनौती दिएकी छिन् टासी दिदि ले…..मेरो रिदय देखि नै न्यानो अभिबादन छ टासी दिदि लाइ …..
मन परे हरियो, नपरे रातो
3
2
१६ बर्ष अगाडी को टासी दिदि र आजको टासी दिदि त जस्ता को तस्तै हुनु हुदो रहेछा इलेगल मान्छे बसे पछि त समत्छा लिगल मान्छे बसन सम्त्दैना हाम्रो नेपाली को जात खुट्टा तान्ने काम बाहेक अरु के नै जाने को छ र त्यो भगवती गुरुङ भन्ने मान्छे त झन् खतम मलाई पुरा थाहा छ को कस्तो भन्ने कुरा त्यो भगबती को ठाउँ मा त लाउरे हरु लाई भित्र रूम मा र अरु इलेगल केटा हरु लाई बाहीर राख्छ अनि झगडा गराउछ त्यो त झन् एक नम्बर को फौजदारी ठाउँ हो अर्को चोटी सिंगापुर आउदा टासी दिदि र भगबती अन्टी को मा आउनेछु र साथै gaylang को मैया संग पनि !!!!!!!!!
अनि सुबेदी जी भगबती अन्टी को पनि फोटो राख्नु पर्ने हो तपाइले तेस्मा अलि गल्ति गरेछ
मन परे हरियो, नपरे रातो
2
0
अधुरो यात्रा सस्मरण ;अस्पस्ट लेख/
मन परे हरियो, नपरे रातो
4
1
यो लेख पनि लज बिज्ञापन नै भयो. राम्रो छ. कृपया गरि लज को फोन पनि उपलब्ध गरिदिए हामी जस्ता भुक्का हरु कहिलेकाही सिंगापुर जादा बस्न हुन्थ्यो. ल तेती कस्ट गरिदिनु पर्यो लेखक ले.
मन परे हरियो, नपरे रातो
1
1
के ताइना न तुइको कुरा लेखेको होला यो माइ संसारले ,के हो यो लेख हो कि कथा हो कि यात्रा सस्मरण हो बुझ्नै गाह्रो भो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
12
यस्तो मिठो नेपालीमा लेख्ने प्रवेशको लेखलाई ताइँ न तुइँ भन्ने अन्जान नेपालमा कुवाको भ्यागुता बनेर टर्रर टरर गरेर बसेको साँच्चिकै अन्जान रहेछ। प्रवेशको प्रस्तुती अत्यन्तै रोचक र घोचक पनि छ। यो एउटा मिठो र रसिलो यात्रा संस्मरण हो। यती किलोमिटर , उती किलोमिटर, यस्तो अग्लो घर, रेल, हवाइजहाज,पानीजहाज, सुपरमार्केट आदिको बर्णन यात्रा संस्मरण होइन, मानवीय संवेदना र मानवीय मुल्यमाथि टेकेर गरिएको बयाननै वास्तविक यात्रा संस्मरण हो। प्रवेशले त्यसै गरेका छन। वास्तवमा भन्ने हो भने जन साहित्य भनेकै यही हो। श्याबास प्रवेश !!
मन परे हरियो, नपरे रातो
12
3
this is true story. i also been there. she is really good lady for nepalies.
मन परे हरियो, नपरे रातो
3
2
टासी दिदी नमस्ते मा मुखिया धने बेल्जियम बाट/ अनि सिंगापूर मा नेपाली दाजु दिदी हरु लाई सहयोग गरेको news सुन्दा धेरै धेरै खुशी लाग्यो /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
9
पक्का रीश उठे जस्तो छ , तपाई नै पुरानो हो ल त ! तर नेपाली हरु लै टाशी दिदि जस्तै अपनत्व को व्यवहार गर्नु होला !!! अर्को पल्ट तपाइको मा बस्न आउछु फोन नंबेर को लागि धन्य बाद !!!!
मन परे हरियो, नपरे रातो
2
2
सिंगापुर को पहिलो धर्मशाला हाम्रो हो र हामि ले ४५ बर्ष देखि यो सेवा दिदै आएका छौँ! टाशी लाइ पनि शुरु मा हामि ले नै स्थापित गरेका हौँ! हाम्रो मा ए.सी. रुम १ओ डोलर मा उपलब्ध छन! सम्पर्क को निम्ति फोन००६५-६२९१००२६, भगवती गुरुङ!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
21
सिंगापुर मा वास्तविक धर्मशाला हाम्रो हो र टाशी लाइ स्थापित गर्ने पनि हामि नै हौँ! ४५ बर्ष पहिले देखि हामि ले थुप्रै भारतीय र नेपाली हरु को सेवा गर्दै आएका छौँ! १० डलर मा ए.सी. रुम उपलब्ध छन! सम्पर्क को निम्ति फोन गर्नुस है! ००६५-६२९१००२६, भगवती गुरुङ, सिंगापुर!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
16
हामि सिंगापुर मा अझै सस्तो कोठा प्रदान गर्छौं र टासी लाइ स्थापित गर्ने पनि हामि नै हौँ! हामि ले ४५ बर्ष देखि ब्यापार गर्दैछौं! सायद त्यतिखेर कोहि पनि नेपाली सिंगापुर मा व्यपार गर्दैनथे! १० डलर मा ए. सी. कोठा उपलब्ध छन! सम्पर्क को लागि फोन गर्नु होला! ००६५-६२९१००२६, भगवती गुरुङ, सिंगापुर!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
16
भन्न खोजेको खै के खै के कुरै पो बुझिएन प्रकाश जी? कि यो तपाइको यात्रा संस्मरणको पहिलो भाग मात्रै हो ?
मन परे हरियो, नपरे रातो
7
3
जब जब राष्ट्रमा सङ्कट आउछ तब तब mysansar मा पनि संकट आउछ कि के हो ? पेज नै खुल्दैनथियो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
क्यालिफोर्निया तिर भाँडा माझेर बस्दैमा नेपालमा सङ्कट आएको सोच्यौ कि के हो तिलक काजी | जाबो गिरिजा “देशैको क्यान्सर” मरेर कुनै सङ्कट आउने वाला छैन नेपालमा | बरु तिम्रै अम्रिका मा आउला नि ओबामा Vs ओसामा को सङ्कट | MY Sansar नखुल्नु र तिम्रो गिरिजा मर्नु मा कुनै संयोग छैन | बरु आफ्नो PC लाई भाइरस मुक्त राख बाबु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
30
तंपाई को लेख पढेर केइ कुरा लेखना मन लाग्यो
१ टाशी दिदि को धर्मशाला होइन त्यो एउटा illigeal hotel ho सिंगापुर मा यस्तो होटेल खोलेको थपाये मा कडा भन्दा कडा कारबाही हुन्छ
२ तपाईं हिंया पाउने सस्तो खालको backpackers hostel मा बसेको भए राम्रो हुन्थ्यो
३ टाशी दिदि को illigeal hotel बाट धेरै नेपाली लाई पुलिस ले समात्यो तपाईं भाग्यमानी हुनुभयो पुलिस ले समातेन
४ नेपाली हरु हिंया धेरै जघडा गर्ने गर्छन पूर्व र पश्चिम को भनेर र यो एकदम खतरा जग्गा हो
५ हिंया लोकल जांड र रक्सि पनि हुन्छ यो एकदम गैर कानूनी हो थापयेमा कडा भन्दा कडा कारबाई हुन्छ
६ सत्य कुरा नाथापई लेखेको
i am not perfect in nepali typing so i write using google translator so now ill write the fact thing about tashi didi illigeal hotel
टाशी दिदि is operating illegeal hotel quiet long and so many nepalese know about it in singapore.I have been living in singapore since 4 years but i havent been there .In tashi didi hotel we can buy nepali food but it is an illegeal place.Tashi didi produced nepali style wine(जांड रक्सि ) and sell it to nepali .so many times this place was raided by police and immigration so better tourist not to go that side.So many nepalese guy quarrerl their and many are caught by police.TASHI DIDI HERSELF VISIT NEPAL AND OTHER PLACE FREQUENTLY BECAUSE SHE DONT HAVE LONG TERM STAYING VISA .NEXT TIME TOURIST CAN STAY IN BACKPACKERS HOSTEL WHICH ARE CHEAP AND LEGEAL AS WELL DON’T BREAK SINGAPORE LAWS FOR SAVING SOME MONEY BACKPACKERS HOSTEL ONLY CHARGE 12 DOLLORS AND JUST LET YOU GUYS KNOW SINGAPORE LAW ALLOWS PEOPLE TO CAN .
JHAPALI KANCHIO
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
15
हाहाहा हँसाउनुभयो । कत्ति न दामी अंग्रेजी लेख्लान भन्ठानेको त नेपालीभन्दा नि बिजोगको ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
10
बिजोक मात्र हरिबिजोक भन्नुस न
मन परे हरियो, नपरे रातो
8
6
झापाली कान्छो,
खुबै लेखेछौ अंग्रेजीमा तात्तो न छारोको अनि, तिमीलाई के को खस्स्खस र टाउको दुखी बिचारी ति दिदीले जे भए नि नेपालीलाई सहयोग गरेकी रहेछिन् राम्रो कुराको बर्णन गर्नु नि ! खुट्टा तान्ने किन? कि, तिम्रा पनि त्यस्तै होटेल छ र डाह लाग्या हो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
नेपाली, अंग्रेजी, जे जस्तो लेखे पनि कान्छो को कुरो चाही मनन योग्य छ है /
यस्ता अबैधानिक होटेलहरु त्येतिकै अबैधानिक मानिएको हुदैन वा यस्ता होटेल बैधानिक हुनु नसक्नुमा त्येसको कमि कमजोरीहरु हुन्छन, त्यो कमि कमजोरीहरु सेवाग्राही र संचालक दुबैलाई कहिले काहि निक्कै जोखिम पूर्ण पनि हुनु सक्छन/
जे होस् टाशी दिदीको होटेलले बैधानिक ढंगले नै भविष्यमा पनि सेवा दिई रहोस/
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
10
1
हरिबिजोग हैन कन्तबिजोग भन्नुस न
मन परे हरियो, नपरे रातो
2
4
झापाली कान्छोले साँच्चिकै……पो ब्यबहार देखाएउ । नेपालबाट विदेश जादा आवश्यक पर्ने वडा कार्यलयको सिफारिस, सटिफिकेट, एक्प्पेरियन्स लेटर, बेकं ब्यालेन्स, विदेशको होटल बुकिङ्ग, इन्भिटेसन लेटर जसता कुरा कति प्रतिशत नेपालीका जेनुन हुन्छन ? एउटै कोठामा ८-१० जनासम्म गुन्द्रुक खाँदिए झै बस्ने नेपाली कुन देशमा इलिगल छैनन ? पहिला आप्नै इतिहास हेरेर मात्र कुरा गर है कान्छा ।
मन परे हरियो, नपरे रातो
1
4
सबै जनाको यस्तै हाल छ भनेर भन्न मिल्दैन कोहि कोहि पढेर आएका अनि व्यापार गर्न आएका हरु पनि भेतिन्छन् तर टाशी दिदीले नेपालमै इलिगल मानिने घरपाला रक्शी बेच्नु त गर्ब को हुन सक्दै कि ? र सबै जना म जस्तै भाडा माझ्ने त छैन भन्न चाहन्छु सिंगापुरमा |
मन परे हरियो, नपरे रातो
1
0
नेपालीले विदेशमा गएर राम्रो गरेको सुन्दा त खुसि लाग्छा नि तर बदनाम कमौनेहरु पनि धेरै छन् र पो मारो त
मन परे हरियो, नपरे रातो
8
0
नेपालीले विदेश गएर राम्रोगरेको सुनदा त खुसी लाग्छ नि हो । बदनाम कमाउनेहरु पनि धेरै छन र पो मारो…
मन परे हरियो, नपरे रातो
1
0
नेपालीले देश छोडेर परदेशमा पनि रामरो गरेको सुन्दात खुसी लाग्छ नि हो । तर बदनाम कमाउने नेपाली पनि उत्तिकेइ छन के गर्ने ।
मन परे हरियो, नपरे रातो
0
0
Yea, what is the phone number?
I think I will go there soon too.
Thanks.
मन परे हरियो, नपरे रातो
0
0
प्रवेश जी फोन नो पनि दिए हुन्थ्यो हामी लाई पनि कहिले कहिँ काम लाग्थ्यो |
मन परे हरियो, नपरे रातो
0
0
टासी दिदी नमस्ते मा भाई बेल्जियम बाट मुखिया धने अनि सिंगापूर मा दिदी ले नेपाली दाजु भाई लाई सहयोग गर्नु भयको मा धेरै धेरै खुसि लाग्यो/ मेरो बेल्जियम को रेस्तुरांत को नाम edo-sushi.be n antwerpen Belgium हो
मन परे हरियो, नपरे रातो
1
0
प्रवेश जी, मिल्छ भने टासी दिदि को ठेगाना पनि पोस्ट गर्नु होला ..
मन परे हरियो, नपरे रातो
0
0
सुबेदीजी,
तपाईको कुरा काटन मन लग्यो है . तपाईको कुरा: “कोठाभित्र झोला राख्ने बेला दिदीले भनिन्- भाइहरुलाई मात्र १५ डलर, अरुलाई नभन्नू है।” .
यदी दिदीले त्यसो भन्नु भएको हो भने किन यी कुरा यसरी खुल्ला गर्नु भएको हो . यो त धेरै स्वार्थी कुरा भयो नि हैन र ? यो कुरा दिदीले थाहा पाउनु भयो भने अबस्ये पनि अब त्यहा जाने नेपालीहरुले अबदेखी २० डलर नै तिर्नु पर्ने छ .
मन परे हरियो, नपरे रातो
6
0
गुड जब प्रवेश कान्छा ! मोज गरिछस ! टाशी देलेक टाशी दिदि !
मन परे हरियो, नपरे रातो
3
0
नेपाल मा मात्र त् हो नि यो जात ,त्यो जात नेपाल बाहिर गएपछि सबै नेपालि ,अलि पर गएपछि सबै नेपालि ,बंगाली,पाकिस्थानी,इन्डियन उस्तै उस्तै अनुहार भएका लाइ इन्डियन नै भंदिन्छान | मुख ले ये हामि नेपालि हो भनेर कराए पनि ,ब्यबहार मा इन्डियन लाइ गरेजस्तो ब्यबहार नै देखाउछां |
इन्डियन हरु ले कम्पुटर छेत्र मा अलि नाम कमाए पनि पुरै बिस्व ले इन्डियन भन्ना साथ् ”ठग’ ,कानुन मिच्ने ,धादली गर्ने ,आफुले जाने भन्दा धेरै जाने जस्तो देखाउने
आदि को रुप मा लिन्छन |तेस्ले गर्दा छेउ छाउ को देश लंका ,बंगलादेस,नेपाल,बर्मा ,पाकिस्तान आदिको मानिस लाइ युरोप र अमेरिका मा उहाहरुको किर्ति ले असर गर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
7
ल ल मज्जाले बसेछौ अनि खायेउ पनि होला ! भाग्यमानि रहेछौ ! बधाई छ !!! गिरिजाको सरादे सिंगापुर् मा डकारेछौ !
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको येहीनै हो क्या ??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
14
“मानिस ठुलो दिलले हुन्छ…जातले हुदैन…ढिडो र सिस्नु खाएकै बेस आनन्दित मनले” आनन्दित मनले….!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
लेखक जी,
कहाँ हुन्छ नि …. सबै मानिसको यौटै बुद्दी र भाग्य….? सबैको यस्तै भए संसार यस्तो हुनेनै थिएन…..सबै जना बैज्ञानिक भएर चन्द्रमा पुगी हाल्थे नि कि कसो….?
अब हाम्री बिचारी परराष्ट्र मन्त्रि सुजाता दिदीको र पारसको के कुरा गर्नु….. उनीहरु त्यस्तै खानदानी र पहुच भएको परिवारमा जन्मे….देशको ढिकुटी रित्याएर बिदेशमा थुपारे…// उनीहरुको भाग्य नै ठुलो अनि बलियो भन्नु पर्छ….भगवान बाट पाएको भाग्य….हामीले खोस्न नमिल्ने….के गर्नु…..? आफ्नै भाग्यलाई धिक्कार्दै चित्त बुझाउनु परेको छ….// तर हरेस नखानुस….बाचुन्जेल सम्म मात्र हो यो दुइ दिनको सुख सयल, विलाशीताको जिन्दगि, स्वार्थ, लोभ, क्रोध, हिंसा, पहुच यस्ता यस्तै….// आखिर मरेर लानु के नै रहेछ…..?? अस्ति गिरिजा बाबु बित्नु भो…के लगेर जानु भो त्यस्तो खासै …..?? सास होइन्जेल कत्रो आश….?? उन्को कत्रो पहुच, नामकै कति सुबिधाहरु थियो तर ति सबै कुराहरुलाई थाती राखेर बुढा लागे….//
“मानिस ठुलो दिलले हुन्छ….जातले हुदैन….ढिडो र सिस्नु खाए कै बेस आनन्दित मनले”……आनन्दित मनले……!!!
अन्त्यमा लेखक जी, पारस अब पनि नेपाली जनताको सरकार होइन है….ख्याल गर्नु होला // यदि कदा-कदिचित तपाइको ब्यक्क्तिगत सरकार हो भने चाही हामी के जानौं…??
मन परे हरियो, नपरे रातो
10
3
फोन नम्बर पाउन साथी …..
मन परे हरियो, नपरे रातो
5
1
this is illegeal hotel better be careful
मन परे हरियो, नपरे रातो
5
4
कमै नेपाली हुन्छन दिल खोलेर नेपालीलाई सहयोग गर्ने, मेरो पनि टासी दिदी लाइ धरै धन्यबाद |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
टाशी दिदिलाइ नमस्कार /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2