अमेरिकामा हुनुहुन्छ भने गएको हप्ता तपाईको घरको मेलवक्समा अमेरिकी जनगणना २०१० को फारम आएको हुनुपर्दछ । किनकी अमेरिकी केन्द्रिय जनगणना विभागले अमेरिका भरका १ सय २० मिलियन मेलवक्सहरुमा उक्त जनगणना फारम गत हप्ता नै पठाएको वताएको छ । त्यस फारमलाई भरेर अप्रिल एकभित्रमा उल्लेखित ठेगानामा पठाइसक्नु पर्नेछ, जसको हुलाक खर्च तथ्याङ्क विभागले अगि्रम तिरिसकेको हुनाले र्फम भर्ने व्यक्तिले शुल्क तिर्नु पर्दैन । फारममा अमेरिकी इतिहासकै कम, अर्थात मात्रै दशवटा प्रश्नहरु हुनेछन्, जसलाई भर्नका लागि सालाखाला १० मिनेटको समयमात्रै लाग्नेछ । यदि फारम भर्न भुलवस छुटेमा पनि आगामी मेदेखि जुलाईसम्ममा जनसंख्या गणक प्रतिनिधिहरु तपाईका घरघरमा आएर तथ्याङ्क लिनेछन् । यो जनगणनामा भाग लिनु अमेरिकामा वसोवास गर्ने सबैको साझा कर्तव्य मात्रै होइन, यसले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई पनि धेरै फाइदा हुनेछ ।
कति छ अमेरिकाको जनसंख्या ?
अहिले अमेरिकाको अनुमानित जनसंख्या करिब ३० करोड ८८ लाख छ । अमेरिकामा सालाखाला प्रत्येक ७ सेकेण्डमा एक जना मान्छे जन्मन्छ भने प्रत्येक ११ सेकेण्डमा एकजना मान्छे मर्दछ । आप्रवासीको मुलुक भनिने अमेरिकामा प्रत्येक ३७ सेकेण्डमा एकजना आप्रवासी आउँदछ । त्यसकारण अमेरिकाको जनसंख्यामा सरदर प्रति १३ सेकेण्ड एक जना मान्छे थप हुन्छ । अमेरिकाको कुल जनसंख्याको ७५ प्रतिशत गोरा, १५.४ ल्याटिनो १२.४ काला र ४.४ प्रतिशत एशियन मूलका मानिसहरु छन् । अमेरिकी जनसंख्या विभागका अनुसार, सन् २००० को जनसंख्या तथ्याङ्कमा नेपालीहरुको संख्या मात्र ११ हजार ७ सय १५ थियो, जुन वास्तविक नेपालीहरुको संख्या भन्दा निकै कम हो ।
कति छन् नेपाली अमेरिकामा ?
विगत सन् २००० पछि गत एक दशकमा करिव ५३ हजार नेपाली विद्यार्थी अमेरिका आएको न्युर्योकस्थित गैह्र सरकारी संस्था ओपन डोर्सको तथ्याङ्कमा जनाइएको छ । त्यस्तै डीभी कार्यक्रमअन्र्तगत विगत नौ वर्षमा १६ हजार ५ सय नेपालीहरु अमेरिका आएको अमेरिकी सरकारको डाइभर्सिटी भिसा प्रदान गर्ने निकाय युएसएफिसले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । शरणार्थीसम्वन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (युएनएचसीआर) को शरणार्थीसम्वन्धी रिर्पोटअनुसार करिब ४ हजार नेपालीले अमेरिकामा सरणार्थी आवेदन दिएका छन् । यसरी हेर्दा पनि करिव ७३ हजार नेपालीहरु अमेरिकामा विधिवत रुपमा आएको देखिन्छ । यहाँ आएर भिसा सकिएर वस्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रुपमा नै छ । यसरी हिसाव गर्दा अमेरिकामा नेपालीहरुको अनुमानित जनसंख्या करिव डेढ लाखसम्म रहेको छ । तर तथ्याङ्कमा देखिने नेपालीहरुको संख्या भने त्यसको दश प्रतिशत मात्रै छ ।
नेपाली समुदायलाई के फाइदा ?
अमेरिकाको केन्द्रीय सरकारले वाषिर्क ४ सय करोड अमेरिकी डलर बराबरको बजेट विभिन्न समुदायको सामुदायिक हितका लागि खर्च गर्दछ । त्यो रकम जाति र समयुदायको संख्याको आधारमा समानुपातिक हिसावले वितरण गर्ने गरिन्छ । त्यस्ता सुविधा नेपाली समुदायले प्राप्त गर्नका लागि पनि नेपाली समुदाय यहाँको अल्पसंख्यक जातिमा पर्न आवश्यक हुन्छ । त्यसका लागि जनगणनामा भाग लिनु नै सबैभन्दा सजिलो उपाय हो । त्यसका साथै यहाँको तल्लो संसदको सीट पनि जनसंख्याको आधारमा तय गरिने भएकोल जनसंख्याले यसमा पनि निकै महत्व राख्दछ । यदि यहाँ बसोबास गर्ने सबै नेपाली समुदायले उक्त जनगणनामा भाग लिने हो भने नेपालीको संख्या करिब डेढदेखि दुइलाखसम्म पुग्नेछ । यदि त्यसो गर्न सकिएको खण्डमा नेपाली समुदाय र विभिन्न नेपाली संघसंस्थाले अमेरिकाको केन्द्रीय सरकारले सामुदायिक हितमा खर्च गर्ने रकम प्राप्त गर्न सक्नेछन् । साथै नेपाली जनसंख्या आधिकारिकरुपमा सरकारी तथ्याङ्कमा उल्लेख्य भएको हुनेछ । त्यसले नेपालीको पहिचान र शक्ति पनि प्रदर्शित हुनेछ । त्यसबाहेक यो तथ्याङ्कको आधारमा भाषिक अधिकार र अन्य कानुनी लडाइँहरु पनि सहज हुनेछ ।
जनगणनामा भाग लिएर स्टाटसमा असर पर्छ ?
जनगणना अमेरिकाका तथ्याङ्क विभागले प्रत्येक एक दशकमा लिने गर्दछ । यो विवरणमात्रै जनगणनाका लागि र विभिन्न तथ्याङ्कहरु बनाउनका लागि प्रयोग हुने गर्दछ । अमेरिकी कानुनको धारा २१४ उपधारा १३ अनुसार, यसमा दिइएका विवरणहरु नाम, ठेगाना, टेलिफोन आदि तथ्याङ्क विभागले सार्वजनिक गर्न पाउने छैन । त्यसो गरेमा गोप्यतासम्वन्धी कानुनले तथ्याङ्क विभागलाई ठूलो जरिवाना तिराउने प्रावधान भएकाले त्यो तथ्याङ्कमा उल्लेखित व्यक्तिगत विवरणहरु सार्वजनिक गर्न संभव हुँदैन । नागरिक गोप्यताको कानुनी प्रकृयाअनुसार, जनगणनामा उल्लेखित विवरणहरु तथ्याङ्क विभागले डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, आप्रवास विभाग, सर्वोच्व अदालत, आन्तरिक राजस्व विभाग (आइआरएस), खुफिया एजेन्सी (सिआइए), एफविआई, पुलिस, सेना लगायतका कुनै पनि निकायलाई उपलब्ध गराउन पाउने छैन ।
त्यस्तै जनगणनामा आउने कर्मचारीहरुलाई गोप्यता भंग नगर्ने भनेर नियुक्ति प्रकृयासँगै सपथ खुवाइएको हुन्छ । उनीहरुले यदि त्यो सपथ तोडेर गोप्यता सार्वजनिक गरेको खण्डमा २ लाख ५० हजार डलर जरिवाना वा पाँच वर्ष कैद वा दुबै सजाय हुन सक्नेछ । त्यसकारण गणकहरुबाट पनि व्यक्तिगत विवरणहरु सार्वजनिक हुने संभावना न्यून रहन्छ । यद्यपि जनसंख्या फारम सिधै भरेर हुलाक मार्फत पठाउने सबैभन्दा उपयुक्त विधि हुनसक्छ । त्यसकारण यसले यहाँ गैह्र कानुनीरुपमा बसोबास गरेका नेपालीहरुलाई जनगणनामा भाग लिँदा केही फरक पर्दैन बरु उनीहरुको आप्रवाससम्बन्धी हकलाई बुलन्द गर्न सहयोग नै पुग्न सक्ला ।
सबैभन्दा खर्चालु जनगणना
अमेरिकाको पहिलो जनगणना सन् १७९० मा लिइएको थियो । उक्त जनगणनाका अनुसार, अमेरिकाको त्यतिबेलाको जनसंख्या ३९ लाख थियो । उक्त जनगणनामा मात्र ४४ हजार अमेरिकी डलर खर्च भएको थियो । त्यतिबेला सोधिएको प्रश्नमा घरमुलीको नाम, सेतो वर्णको लोग्ने र स्वास्नी मान्छेको संख्या, रेड इण्डियन आदिवासीवाहेक अन्य व्यक्तिको संख्या, दासहरुको संख्या आदि सोधिएको थियो । सन् १८६५ मा दास प्रथा उन्मुलन भएपछि यहाँ दासहरुलाई पनि जनगणनामा सामेल गर्न थालियो । सन् १९०० सम्ममा यहाँका आदिवासी अमेरिकी समुदायले कर नतिर्ने भएकाले जनसंख्यामा सामेल गराइएको थिएन । त्यसपछि मात्रै यहाँको अमेरिकी आदिवासी समुदायलगायत अन्य समुदायलाई जनगणनामा सामेल गराउन थालिएको हो । हवाइ राज्यको जनसंख्या पनि त्यसै बेलाबाट मात्रै गणना गर्न थालिएको हो । यसपालिको जनगणना इतिहासकै सबैभन्दा महंगो सावित हुनेछ । यसको अनुमानित खर्च १५ विलियन डलर हुनेछ । प्रतिव्यक्ति खर्च ४८ डलर लाग्ने अनुमान छ । तर, सन् २००० मा प्रतिव्यक्ति १६ डलरमात्रै लागेको थियो जसमा १ सय ६७ मिलियन डलरको त विज्ञापनमात्रै गरिएको थियो । तर सन् १७९० को पहिलो जनगणनामा प्रतिव्यक्ति एक पैसा खर्च लागेको थियो । यसपालिको जनगणनामा लाखौं मान्छेहरुलाई गणकको रुपमा काम दिने अनुमान गरिएको छ । जसमा दुई भाषा वोल्न जान्नेलाई विशेष प्राथमिकता दिने बताइएको छ ।
No related posts.









उत्तम जी
राम्रो टिक्का टिप्पणी जना गणना सम्बंदः मा
किरण श्रेष्ठ
KPasa
मन परे हरियो, नपरे रातो
0
0
राम्रो तथा उपयोगी लेख!
लेखक लाई धन्यबाद र अमेरिकामा बस्ने सबै नेपाली दाजुभाइ दिदिबैनीहरुलाई (नागरिकता, ग्रीन कार्ड, भिसा होस् या न होस्) census को फर्म भरेर पठाउन अनुरोध|
मन परे हरियो, नपरे रातो
5
2
माइसंसार गैर कानुनी रुपमा बसेका हरुले फारम भर्दा फईदा हुन्छा कि बे फाइदा?
मन परे हरियो, नपरे रातो
1
1
I did not bother to read the entire content. I got census mail some time back. I was procastinating because I am an immigrant here and considered as alien. But I got another mail this week and it said its a law to provide info for to the census beureau. That means we have to partcipate too.
मन परे हरियो, नपरे रातो
2
2
उपयोगी जानकारीको लागि धन्यबाद उत्तम जी | म आफैं नि कन्फ्युज भै राख्या थें |
थप कुरा : यो बिषयमा यो हप्ताको टाईममा नि केहि प्रश्नोत्तर उल्लेख रहेछ | नियम अनुसार ७२ बर्ष भित्र हामीले दिएको जानकारी तथ्यांक बिभागले सरकारी निकाय सहित कसैलाई पनि सार्बजनिक गर्न नमिल्ने रहेछ |
मन परे हरियो, नपरे रातो
2
0
इन्फोर्मेशन को लागि उत्तम दाई लाई धेरै नै धन्नेबात. मेरो विचार मा हामी सबै अमेरिकन बसी हरु ले अप्रिल १ भित्र यो फोरम भर्नु नै पर्ने छ.
मन परे हरियो, नपरे रातो
1
1
सामान्य देखिय पनि निक्कै उपयोगी र अति आवस्यक जानकारी. आफ्नो लाभको लागि गर्ने पर्ने कुरा. आशा छ अमेरिका मा बस्ने सबै नेपाली हरुले यति गर्नु हुनेछ. लेखक लै निक्कै धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
But how is it gonna affect to those applying for Green Card or to the DV program? नेपालीहरुको लागि DV program नै बन्द हुने त होइन? खै के खै के ….
मन परे हरियो, नपरे रातो
5
2
Thanks Mysansar/Uttambabu,
I think, your information not informative. Did you forget some information? We wish, a complet information from Mysansar/Uttambabu. Like the web : http://2010.census.gov/2010census/language/nepali.php
and others..,
मन परे हरियो, नपरे रातो
5
1
म त यो गोरे हरु ले के नै गर्न लग्यो भने को त कुरा एस्तो पो रहेछ नि !!
अब मा नि भर्नु पर्यो नि यो फर्म ,,,धन्यबाद मेरो संसार पत्रिका लाई,,,!!
मन परे हरियो, नपरे रातो
5
2
घरमा उहिले आको…
भरेक्कै छैन….आज बेलुका भर्नु पर्यो…
मन परे हरियो, नपरे रातो
9
2
थप एउटा कुरा भन्न चाहन्छु |
आफुलाई नेपाली भनेर गणना मा सामेल हुन प्रश्न नं ९ को दोश्रो भागमा दिइएको खाली बक्स मा NEPALI भनेर उत्तर दिनु पर्छ |
यस गणनामा सहभागी भएर आफ्नो उपश्थिति जनाउनु होस् |
नेपालीमा थप विस्तृत जानकारीको लागि तलको लिंकमा जानु होला:
http://2010.census.gov/2010census/language/nepali.php
बासु श्रेष्ठ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
उत्तम जी
Thank you very much for the information. I was thinking not to fill up the census form but now you changed my mind.
मन परे हरियो, नपरे रातो
12
3
अमेरिकामा बस्नुहुने नेपाली साथीहरु फारम भरेर पठाउनु होला. एस बाट नेपालीहरुलाई फयिदा नै हुन्छ. यो सूचनाको लागि माईसंसारलाई धन्यवाद.
मन परे हरियो, नपरे रातो
10
3
सरल भाषामा लेखिएको उपयोगी लेख/
मन परे हरियो, नपरे रातो
11
3
अमेरिकाको जनगणना सम्बन्धि चासो राख्नेहरुकालागी जानकारी मुलक लेख/ जानकारीमुलक लेखको लागि उत्तम्जिलाई धेरै धेरै धन्यवाद/
मन परे हरियो, नपरे रातो
11
3