- दीपक अर्याल
गिरिजाप्रसादको निधनपछि धेरैको प्रश्न छ, “अब के हुन्छ? अनि धेरैको उत्तर छ, “यो देशमा केही हुँदैन।“ यी प्रश्न-उत्तरले भविष्यप्रति आश्वस्त हुन नसकेका आम नेपालीहरूले नेताहरूप्रति देखाएको अविश्वासलाई प्रतिविम्बित गर्छ। यो देशमा जे सुकै भए पनि नयाँ केही हुँदैन भन्ने मान्यताले जरो गाडेको छ र यो केही हदसम्म सत्य पनि देखिन्छ। कतिपयले देश “पशुपतिनाथको कृपाले चलेको” भन्छन्। यसमा पूर्ण सत्यता त हुने कुरा भएन तर देश के ले चलेको छ र के ले चल्नेछ भन्नेच कुराको कुनै उत्तर नभएकाले देश जसरी चलिरहेको छ त्यो पक्कै कुनै दैवी शक्तिको भरोसामा चलिरहेको छ भन्दा फरक नहोला।
देश कानूनले चलेको छैन, विधी-विधानले चलेको छैन, कुनै पद्धतीले चलेको छैन। देशका नागरिकहरू न्याय पाउने कुरामा, आर्थिक प्रगतिका कुरामा अनि सामाजिक सुरक्षा, प्रहरी-प्रशासन, सरकार, नेता तथा कर्मचारीतन्त्र वा सामाजिक सम्बन्धहरूसँग विश्वस्त हुन सकेको छैनन्। सबैलाई सबैमाथि शंका लाग्छ। आफुले बाहेक अन्य सबैले देश विगारेको वा काम नगरेको महशुस हुन्छ। कसैले कसैको हितमा कुरा गरिरहेको छ भने पनि त्यहाँ कुनै स्वार्थ रहेको हुनसक्ने अनुमान गरिन्छ र उक्त कुरामा विश्वास गरिंदैन।
यो देशका नागरिकले बसको छतमा बस्दा दुर्घटना हुन सक्छ भनेर सम्झाउने बस चालकको मानवीयतामाथि विश्वास गर्दैन र उसलाई छतबाट धकेलेर मारिदिन्छ। यो देशका बस-चालकहरूले १० रूपैयाँका लागि सडक किनारामा हिडिरहेको मान्छेलाई मार्छ र त्यसमाथि गर्व गर्छ अनि कुनै संघ-संगठन वा एसोसिएसनले उक्त ज्यानमाराका पक्षमा आन्दोलन गरिदिन्छ। साँच्चै यो देश केले, कसका लागि, कसरी चलिरहेको छ?
यो देश त्यस्तो देश बनेको छ, जहाँका डाक्टरहरू आफ्नो स्वार्थका लागि हड्ताल गर्न र विरामी मार्न अभ्यस्त हुन्छन् अनि उनीहरूलाई कुनै कानून लाग्दैन। उनीहरूलाई यस बापत कुनै घीन लाग्दैन, कुनै पश्चाताप छैन र ग्लानी छैन तैपनि दु:खी नेपाली जनताहरूले उनीहरूकै मुख ताक्नर वाध्य छन् र उनीहरूलाई नै देवता मान्नन वाध्य छन्।
यो देशमा जनताको करबाट पालिएको राज्यको सेनाले असहाय, उत्पिडित र गरिब समुदायको प्रतिनिधित्व गर्ने जनताको सामूहिक हत्या गर्छ अनि उक्त हत्याको वचावट गर्दै “कम्युनिष्ट पार्टीको प्रतिनिधित्व” गर्ने रक्षामन्त्रीले चोरी शिकारीको हत्या गरेकोमा सेनालाई स्यावासी दिन्छिन् र उसको पक्षपोषण गर्छिन्। यो देश त्यहीँ हो, जहाँ जनताको जीउ र धनको सुरक्षा गर्ने जिम्मा लिएका सुरक्षाकर्मीहरूबाट आफ्नै सहकर्मीको बलत्कार हुँदा गृहमन्त्रीले बलात्कार गर्नेलाई दण्ड होइन प्रोत्साहन दिन्छन्। यो त्यहीँ देश हो जहाँ उद्योगपति, सञ्चारकर्मीको हत्या प्रहरी प्रशासनकै मिलेमतो हुने गर्छ तर खोजविन र कारवाही हुँदैन। सायद हत्यामा संलग्न प्रहरी –प्रशासनलाई पुरस्कृत गरिन्छ।
तैपनि देश चलिरहेको छ। प्रगति, उन्नती र विकासको कुरा गरिरहेको छ। कसले गरिदिने हो, प्रगति, कसले गरिदिने हो विकास अनि केलाई मान्नेु हो उन्नती र प्रगति? अचम्म लाग्छ! साँच्चै यो देश कसले चलाइरहेको छ, कसरी चलिरहेको छ? शायद, यो कसैले चलाएर, कसैले चाहेर चलेको देश होइन। त्यसैले त मान्छेहरू “यो देश पशुपतिनाथको कृपाले” चलेको छ भन्छन्।
स्कुले विद्यार्थी विहान सात बजेदेखि कलेज वा विद्यालय होइन डान्स वार र बङ्कर पार्टी धाउँछन् अनि त्यसका विषयमा बोल्दा व्यक्तिगत स्वतन्त्रता हनन भएको मान्छन् भने त्यो देशको भविष्य के हुनेवाला छ धेरै विश्लेषण गर्नु पर्दैन र सकारात्मक भविष्यको मात्र आशा गर्नु त्यति उपयुक्त लाग्दैन। जुन देशका स्कुले वा कलेज पढ्ने युवा-युवतीको ध्याउन्न् पढ्ने भन्दा लड्ने, काट्ने, मार्ने वा ड्रग्स र मदिरामा हुन्छ त्यस्ता भविष्यका कर्णधारहरूबाट देशले कति आश गर्न सक्छ भन्नन गाह्रो छ। यसको अर्थ सबैलाई एउटै घानमा हाल्नु कदापी होइन तर समाज वा राष्ट्रमा बस्नेह प्रत्येक नागरिकका आफ्ना–आफ्ना कर्तव्य र भूमिका हुन्छन् र त्यो पुरा गर्नै पर्छ। पढ्नु पर्ने विद्यार्थीले नपढ्ने, पढाउनु पर्ने शिक्षकले नपढाउने, सोच्नु पर्ने र देश तथा समाजलाई मार्गनिर्देश गर्नु पर्ने वौद्धिक वर्गले सो नगर्ने, राष्ट्रलाई सही बाटोमा लग्नुम पर्ने नेताहरूले सो नगर्नु, शान्ति सुरक्षाको जिम्मेवारी लिएकाहरूले त्यो कर्तव्य पुरा नगर्न, अनि ज्यान बचाउने जिम्मा पाएका डाक्टरहरूले मानवाधिकारका नाममा वा आफ्ना फाइदा र राजनीतिक स्वार्थले हडताल गरेर मान्छे मार्नुलाई व्यक्तिगत स्वतन्त्रताका रूपमा बुझ्न सकिंदैन र मान्नर मिल्दैन। सबै स्वतन्त्रताहरूका सीमा हुन्छन् र स्वतन्त्रताका नाममा आफ्नो कर्तव्य तथा जिम्मेवारीबाट पन्छन मिल्दैन र पाईँदैन।
देशमा केही हुनका लागि आधार चाहिन्छ, त्यो आधार नै नभएपछि के का आधारमा देश प्रगति वा दुर्गतीतिर बढ्ने? त्यसैले गिरिजाप्रसादको निधनले देशलाई कुनै असर पार्दैन। उनको निधनले न त कसैलाई भविष्यप्रति चिन्तित बनाउनेछ न त उनीबाट वर्तमान नेताहरूले कुनै कुरा सिकेका र प्रेरणा लिएका छन् जसका आधारमा भविष्यको सुखद कल्पना नै गर्न सकियोस्।
२-४ दिन रूने र शोक मनाउने अनि विर्सने नेपाली बानीलाई गिरिजाप्रसादको निधनले पनि फरक बनाउने छैन। उनको निधनले उनीप्रति साँच्चै आदर गर्नेहरूलाई बाहेक अन्यको जीवनमा, विचारमा, काम-कार्यवाही र सोचाइमा कुनै परिवर्तन आउने छैन। हिजो जो जहाँ थियो, जस्तो सोचेको थियो, जे गरेको थियो त्यो नै गर्नेछ त्यो नै सोच्नेछ र त्यसरी नै अगाडि बढ्नेछ। समग्र मुलुकको मानसिकता वा ऐतिहासिक पृष्ठभूमि यस्तै थियो र हुनेछ। जतिसुकै एकताका कुरा गरे पनि, जतिसुकै मेलमिलापका कुरा गरे पनि र जतिसुकै गिरिजाप्रसादको नाम भजे पनि हाम्रो मानसिकतामा परिवर्तन हुनेछैन। हाम्रो कार्यसूचीहरू प्रभावित हुनेछैनन्।
हाम्रो काम, कारवाही, हाम्रो चिन्तन र हामीले अबलम्बन गर्ने कार्यप्रणालीहरूमा परिवर्तन हुनेछैन। यस्ता खोक्रा वाचा र प्रतिवद्धताहरू हामीले प्रत्येक मान्छेहरू मर्दा गर्ने गर्छौ र प्रतिवद्धता गरेको तेस्रो दिनमा विर्सनेछौं। हामी हाम्रो दिमागले, हाम्रो मनले, हाम्रो विचार र हाम्रो प्रतिवद्धताले चल्दैनौ। यो देश पनि चल्दैन। त्यसैले जे हुन्छ, त्यो पशुपतिनाथको कृपाले मात्र हुन्छ र हुनेछ। हाम्रो सोच, बुद्धि, विवेक वा योजनाले हुनेछैन।
deepakaryal@gmail.com
No related posts.









पशुपतिको कृपाले त होइन तर पशु हरुको ‘बुद्धि’ ले चलेको हो कि जस्तो लग्यो यो देश / पशुपतिनाथ भनेका त सदा शिब शंकर हुन् जसको मूल मन्त्र नै ‘ सत्यम शिबम सुन्दरम ‘ छ / यहाँ न सत्य छ, न शिब छ, न सुन्दरता छ/
मन परे हरियो, नपरे रातो
7
0
पशुपतिनाथको कृपाले चलेको देश, बौधनाथको कृपाले अहिले सम्म नेपाल भन्न पाईरछा ,कसो ?
मन परे हरियो, नपरे रातो
2
0
हिज सम्म विष्णु अवतार भनेर पूजेको व्यक्ति कति जाली र धोकेवाज शोषक रहेछ भनेर बुझ्न नेपालीलाई शताब्दी लाग्यो| एकातिर विष्णु अवतार भनेर फायदा उठाउनेहरु को हुन् भन्ने नेपाली जनतालाई थाहा नभएको हैन| यही व्यक्तिगत फायदाले प्रेरित भएर फेरी हिन्दु धर्मको नाममा भ्रष्ट राजतन्त्र ब्युताउँन कोही क्रियाशील छन्| यी साँचो र सनातनी हिन्दुलाइ बद्नाम गराउने संयन्त्र मात्र हुन| हिन्दुराज्य भनेर अलाप्नेले आफ्नो होटेलमा गाईको मासु वेच्ने राजालाई किन पहिले चेतावनी दिइएन? पशुपतिको पवित्र मन्दिर अहिले वाग्मतीको पानी सरह फोहोर र दुषित बनाएका छन्| देश पशुपतिनाथको कृपाले चलेको छैन, न कहिले चलेको थियो| देश त् खाडी मुलुक, जापान, कोरिया आदि देशमा गएका मेहनती कामदारहरुका रेमितान्सले चलेको छ| कहिले सतिले सरापेको र कहिले पशुपतिनाथको कृपा भन्ने वहाना मात्र हो| सके बरु “प्रभु” को कृपा र निर्देशनले चलेको छ भने हुन्छ| प्रभुले चाहे भोलि सरकार ढाल्न पनि वेर छैन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
15
नेपालको राजनीतिक दल भाषण मा तगडा
नेपालको राजनीतिक दल छलछाममा तगडा
देश बिकासमा होइन कुर्शीका लागि संधै गर्छन झगडा
नेता सेडा जनता भेडा त्यसैले लड़छन् दिनमा सय फेरा
देशका नागरिक मलिन नेता कर्मचारी भ्रष्टचारमा तल्लिन
नपत्याए यु.के.को राजदुत मुरारी राज शर्मलाइ हेर
राष्ट्रको सम्पत्ति कसरी लुटदो रहेछ ,
भ्रष्टचार गर्न नपाए नागरिक लाइ कसरी कुटदो र भुटदो रहेछ
माकुने ले जाल बुने,सुजाताले माछा पारे गच्छेदारले तराइ मारे
जन निर्वचित पाखा लाए हरुवाले देश खाए नागरिक ले के पाए
चोर डाँका र रण्डीबाजी गर्नेलाइ लाज हुँदैन,
बेइजत हुन्छ भनि तिनीहरुलाई कसैले छुंदैन,
चोर डाँका अधिकारको दुरुपयोग गर्दै बन्दुक र पिस्तोलको भरमा लुटछन्,
रण्डीहरु भारत् बाट सक्रामक रोग लिएर देश भित्र छिर छन्
यिनै प्राण घातक रोगले नेपालीहरुलाई जुगौ जुग सम्म पिर्छन
त्यसैले त भन्ने गर्छु,
यी बौद्दिक भनाउदा डिग्रीको सर्टिफिकेट बोक्नेहरुको
दिमागमा कहिले सदबुद्दी फिर्ने
मन परे हरियो, नपरे रातो
2
1
जुन देशमा गिरिजा जस्तो मान्छे रास्ट्रीय सर्बोच्च स्तरमा नेता बन्दछ!
जुन देशमा माधब कुमार जस्तो मान्छे प्रधान मन्त्रि, सुजाता(अर्थान बर्थको), गच्छेदार(रंग न ढंगको) मान्छे उप-प्रधानमन्त्रि र पररास्ट्र मन्त्रि(सुजाता), बिध्या भण्डारी(ताइ न तुइ को) रक्षा मन्त्रि, अनिकेरे नाम, रावल(ठेग न ठेगाना को) जस्ता गृहमन्त्रि बन्छन, अनि केरेजोनाम सुरेन्द्र पाण्डे (टिन न तेह्रको) मान्छे अर्थमन्त्री बन्छ!
जुन देशमा प्रत्यक्ष जन निर्वाचनको बिजेताहरुलाई पाखा लगायर जनमत को खिल्ली उदाइंछ.
जुन देशमा बाबुराम भट्टराइ जस्ता मान्छे फेकिंछन र बदलामा केरेजोनाम,सुरेन्द्र पाण्डे जसले अर्थशास्त्रको माने भर्रखार पढ्दै छ) जस्ता मान्छे अर्थमन्त्री हुन्छन!
जुनदेशमा तपाही र म जस्ता नागरिक हुनुको अर्थ छैन!
जुनदेशमा सर्वथा बिजयी र जनमत ले ठुलो भयको पार्टी पाखा लगाइन्छ,
जुनदेशमा दुइ ठाउ बाट जितेकालाई दुइ ठाउ बाट हारेकाले बिस्थापित गर्नसक्छ!
जुनदेशमा राजनीतिमा नैतिक मूल्य भेट्टाउनु भनेको असम्भब प्राय छ!
जुनदेशमा आफ्नो सरकारको सहि कारबाहीलाइ, उछित्तो काढेर असंबैधानिक कदम चालेको बिरोध स्वोरुप नैतिक राजिनामा दिने व्यक्तिको उछित्तो काधिन्छ र खिल्ली उदाइंछ अनि तर असफल र चरित्रहीन,भ्रस्ट,नालायक भयर सर्बत्र आलोचित व्यक्तिहरु नांगै भयारानी दुइहातले कट्टी भन्दा पनि आफ्नै आँखा छोपेर हुंकार गर्दै हकारी रहन्छन र उनीहरुकै बोलबाला र जयगानमा छोराहरु मच्चिन्छान!
त्यो देश पशुपतिले चलायको भन्न मिल्ला र? पशुपतिले चलायको भयत कम्तिमा पनि नैतिक मूल्य र नैतिकता त हुन्थ्यो होलानी!
पशुपतिले होइन बरु पशुहरुले चलायको चाहि होला या पशुको गोठालोले!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
98
16
दीपक जी को लेख उत्क्रिस्ट छ
अनि गगने जी को कमेन्ट माँ १००% सहमत छू. धन्यबाद गगने जी. जून देश को सर्बोच्छ स्थान माँ रहेको रास्त्रपति नै स्वं असम्बैधानिक काम गर्छ, जून देश को जन निर्बचित मंत्रिपरिषद ले एउटा बिदेशी पुजारी फेर्दा प्रमुख प्रतिपक्ष कोहोलो मच्चाउछ की मानू देश माँ १० रेक्टोस्केल को भुइचालो गयो, जून देश माँ जनता ले थूकेको ब्याक्ति प्रधानमत्री लगाएत महत्वपूर्ण मंत्रालय माँ मंत्री हुन्छ, जून देश माँ अदालत स्वयम सार्बजनिक सौचालय जत्तिकै दुर्खान्तित छ, जून देश माँ धमाला को मुद्दा रंगेहात समातिएको भए पनी फिरता लिईन्छ अनि जून देश माँ जनमत प्राप्त सड़क माँ र जन अस्वीकृत हरू सत्ता माँ रहन्छां भने त्यों देश माँ एस्तो नभए कुन देश माँ हुन्छ त?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
8
गगने, जी नमस्कार,
तपाइले सार्है राम्रो लेख्नु भयो..
तपाइले भनेको कुरो साचो छ.. मैले तिन पटक पढे /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
सहि कुरा गर्नु भयो गगने जी |
महान जन युध गरेर जनताको रगत पसिनाले बनेको पार्टीका महा नायेक नै भैसी पुजामा लिप्त हुन थाले पछि अब अरु बाट त के आशा गर्न सकिन्छ र ?
मन परे हरियो, नपरे रातो
9
6
गगने जी क्या बात,क्या बात,क्या बात,अन्तमा स्याबास,सहि कुरा गर्नु भो,तर के गर्नु,यो चोर साधु,र साधु चोर हुने देशमा यस्ता कुरा पच्न धेरै गाह्रो छ!चेतनशील शिल प्राणीको पति ले चलाएको देश भएको भए यो एकाइसौं सताब्दिमा देश र नागरिक ले यो गति भोग्नु पर्ने थिएन होला,तर के गर्नु पशुको पति ले देश चलाएको हुनाले सारा देश नै गोभार र दल दल हिलो भित्र नै डुवेर चली राखेको छ!
मन परे हरियो, नपरे रातो
5
1
लेख सार्है राम्रो लग्यो | सत् प्रतिसत सहमति छ तपाइका बिचारहरु संग | धन्यबाद !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
दिपक जीको लेख समय सपेछ उतम छ! तर मेरो विचारमा एउटा घर जाहाँ घरको मुलीले नई आफ्नो जिम्मेवारी, इमान्दारीका साथ् निभाउदैना त्यो घरमा सधै कलह, विवाद, झैझगडा मात्र न भई अन्तमा घर नै बराद हुनु कुनै आश्चार्य होइन! अनुशासन, शिष्टाचार, मेलमिलाप र मित्त्व्यीता एउटा शुखी घरको पहिचान हो! सो कायम गरी शुखी र समृद्द घर बनाउनु घरमुलीको जिम्मेवारी हो!
तर नेपाल र हामी नेपालीको विडम्बना के भने, नेपाल एकीकरण हुदा देखी नै नेपालले राष्ट्र र राष्ट्रियता प्रती ईमान्दार र जिम्मेवार शाशक न पाउनु हो! हाल सम्म का नेपालको ईतिहास पढने हो भने यही नै प्रमाणित हुन्छ! शाहवंश देखी राणाहरुको शाशनकाल सम्म भाई भारदारहरुमा सत्ताका निमित्त सत्ता हत्याउने नियतवश एक आपसमा काटमार थियो भने राणाहरु पछिका समयमा प्रजातन्त्रका नाउँमा नयाँ नयाँ छोटे राजा हरुको आगमन भयो! जो राष्ट्र र राष्ट्रियता लाई धरापमा पारेर भएपनी सत्तामा टिकी रहेका छन्!
यी छोटे राजा हरुमा न राष्ट्रलाई समुन्नती र सम्रिद्दी तिर लाने भिजन नै थियो/छ न इरादा नै! केही थियो/छ भने लागे पुगे सम्म सत्तामा टिकी रहने र राष्ट्रको ढुकुटी बाट आफ्नो सात पुस्ता लाई पुग्ने सम्पती चोर्ने! यदी यी छोटे राजा हरुमा राष्ट्र र राष्ट्रियता प्रती अलिकती पनी भिजन भएको भए २००७ सालमा आएको प्रजातन्त्र पछीको ६ दशकमा नेपालको अवस्था विकाश र सम्रिद्दी तिरा लम्किदई हुन पर्नेमा संसारकै गरिब र भरष्ट राष्ट्रको सूचीमा न आउने थिएन!
यथार्थमा यी छोटे राजा हरुले “काले काले मिलेर खाउँभाले” शैलीमा नेपालको कार्यकारी अधिकार लिएर सत्तामा हालीमुहाली त गरे नै यस बाहेक राज्य लाई टाउको उठाउन नै न मिल्ने गरी भ्रष्टाचार कमिशनखोरीमा डुबाए!
अहिले को नेपाल को अवस्था हेर्नोस र भन्नोस्, सरकारको राष्ट्रिय सेना, पुलिस र निजामत्ती कर्मचारी (अझ भन्दा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका) कुन चाहीं निकायको कुन सतरमा भ्रष्टाचार र कमिशनखोरी छैन? सरकारका यी निकाय हरुमा अपवाद बाहेक सतप्रतिशत निकायमा भ्रष्टाचार व्याप्त छ! यी भ्रष्टहरुका जमातले नेपाल, काठे किराले भित्र भित्रै खाएर ढोड पारेको काठ जस्तो अवस्थामा पुर्याएका छन्! भने देश विकाश उन्नती कसरी हुन्छ?
त्यसकारण पशुपतीको आशिर्वादले चलेको राष्ट्रभनी हिनताबोध गरेर बस्नु भन्दा, यी भ्रष्ट र कमिशनखोर राष्ट्र लुट्ने परजीवी हरुको सफायाको पहल जरुरी हो!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
Exellent Article, how simply you describe the present sitituation of country…….Very good Thanks for youe article
मन परे हरियो, नपरे रातो
12
1
तपाई को लेख एकदम राम्रो लाग्यो . देश माँ बिधि को सासन छैन जनता बाट पराजित हरु बाट देश हाकिंछ मंत्री बाट निर्दोष जनता पिटीन्छन मंत्री मंडल को बैठक माँ मंत्री हरु एक आपसमा लड़ाई चलाइन्छ अनी असय्भ्य भाषाहरु बोलिंछ . सरकार चलाई रहेका हरु समस्या सुल्झाऊन भन्दा बल्झाऊन माहिर देखींछन . देश संघियता माँ गए त बिकास त गर्नै पर्दैना यो त आफै बिकास हुन्छ भनी सीधा जनतालाई बेवकूफ बनाईन्छ तर जातीय आधारमा देश लाई टुक्राउदा भोली के हुन्छ सोचिदैन . के गर्ने बिजोग छ देस को हाल तर देश बिकास माँ नागरिक हरु पनी उतिकै जिम्मेवार हुनुपर्छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
राणाहरु बिना देश कसरि चल्ला भन्थे, देश त चलेकै थियो!
पंचायत बिना देश कसरि चल्ला भन्थे, देश त बहुदल मा पनि चलेकै थियो!
Grand-design मा राजा विरेन्द्र मारिदा, अब देश कसरि चल्ला भन्थे, देश त चलेकै थियो!
राजतन्त्र फाले, गणतन्त्र आयो, “देश चल्ला र?”, भद्रगोल नै सहि, देश चलेकै छ!
गिरिजा बुढा मरे, अब बर्बाद भो भन्ने हरु, उनकी छोरी सुजाता छिन, गिरिजा को जत्तिकै बुद्धि-बिबेक र हठ भएकी| देश मा अरु अरु पनि छन्! बिरेन्द्र मरे, ज्ञानेन्द्र आउछन, गिरिजा मरे उठिजा आउछन, प्रचण्ड मरे मुस्तण्ड आउछन, पशुपति नाथ ले नहेरे, गणपति नाथ आउछन| कसैले नहेरे पनि देश जसरि पनि चल्छ ! देश जनता को हो! जनता कहिले काही बहकियेला, तर देश मा जनता भए सम्म देश जसरि पनि चल्छ, जनताले चलाउछान देश, काला गए गोरा ल्याउछान जनताले देश चलाउनलाई!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
0
One of the best article from Deepak Aryal, Keep it up…
मन परे हरियो, नपरे रातो
9
1
यो देशमा गिरिजा हुँदा पनि केहि भएन र नहुँदा पनि केहिहुनेवाला छैन |अब गिरिजा मरे पछी आकाशनै खस्छ भन्नु एउटा भ्रम मात्र हो |गिरिजा हुँदा के भयो देशमा ?के गरिबी ,बेरोजगार ,भ्रष्टाचार ,नातावाद कृपावाद ,गुण्डागर्दी घटेको छ ?अहँ केहि भएको छैन |बरु गिरिजा पहिले नै नभएको भए बहुदल पश्चात नेपालमा केहि न केहि बिकास पक्कै हुने थियो |अझ गिरिजाले राम्रो काम भन्दा नराम्रा काम हरु बढी गरेका छन् |२०४८ सालको महानिर्वाचनमा ११३ सिट जितेर आफ्नो नेतृत्वमा बनेको दुइतिहाई बहुमतको सरकार आफैंले गिराएर असफल गिरिजा बनेका थिए |आज माओवादीलाई शान्ति प्रक्रिया मार्फत राजनीतिको मुलधारमा ल्याउने भनेर खुबै प्रशंशा गरिन्छ तर शुरुमा उनीहरुको ४० सुत्रिय माग को सम्बोधन नगरेर मारेरनैसिध्याउने नीति लिई युद्ध मा धकेल्ने पनि उनीनै हुन् |५२ ,५४ साल तिर तराइको राजविराजमा मैथिली भाषा र काठमाण्डौ मा नेवारी भाषा लाइ सरकारी कामकाजको भाषा को मान्यता पाउनु पर्छ भन्ने आवाज ब्यापक उठेको थियो यदि गिरिजाले त्यस मुद्दा लाइ सम्बोधन गर्नसकेको भए पक्कै आज एक मधेस एक प्रदेस र हिन्दी भाषाको माग हुदैनथ्यो |गिरिजा ले नेपालि कांग्रेसको नेतृत्व परिवारमा मात्र सिमित पार्न नखोजेको भए संविधान सभाको चुनावमा लज्जाजनक परिणाम भोग्नुपर्ने थिएन |मर्ने बेलामा दुदुई ठाउँ बाट जनताले लखेटेको माकुनेलाई प्रधानमन्त्री बनाएर नेपाल र नेपालि जनताकै अपमान गरेका छन् |अर्को कुरा नेपालको इतिहासमा सबै भन्दा धेरै पटक प्रधानमन्त्री हुने व्यत्ति भनेर चर्चामा ल्याउन खोजिएको छ तर १६ बर्षको अवधिमा १२ ,१३ जना प्रधानमन्त्री र त्यसमा गिरिजा आफै ५ चोटी प्रधानमन्त्री हुनु भनेको विश्वमा नेपाल लाइ असफल राष्ट्र सावित गर्नु मात्र हो त्यसैले |समग्रमा भन्नुपर्दा गिरिजाले राम्रा काम भन्दा नराम्रा काम नै बढी गरेका छन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
5
द्रोण पौडेल
दीपक जी लेख राम्रो लाग्यो नेपाल मा जसले जे गरे पनि देश को नियम र कानून लागू नभयर एस्तो भयको होला नेता ले जे गरे पनि हुने जे बोले पनि हुने गरीब जनता लाई शिकारी भनिन्छ राज्य नै ठीक नभय पछि देश कसरी ठीक हुन्छ र देश कानूनले चलेको छैन, विधी-विधानले चलेको छैन, कुनै पद्धतीले चलेको छैन। देशका नागरिकहरू न्याय पाउने कुरामा, आर्थिक प्रगतिका कुरामा अनि सामाजिक सुरक्षा, प्रहरी-प्रशासन, सरकार, नेता तथा कर्मचारीतन्त्र सबै को लागी देश मा राज्य सञ्चालन नै राम्रो हुनु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
1
यो देशमा बिचार्बाद ;प्रखर राजनीतिज्ञ ; भिजन्बादी भन्दापनि पशुपति र प्रभु को कृपाले प्रधानमन्त्री बन्छन/त्येसैले नेपालमा प्रधान-मन्त्रि बन्न छ्यामतावान भन्दापनि भग्यमानी हुनु जरुरि छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
0
यो लेख देखेर मलाइ भूपी शेरचन को कविताको याद आयो; यो हल्लेइ हल्लाको ……………यो झ्ल्लाई झल्ला को देश हो / त्येसैले यो देश पशुपतिको कृपाले भन्दा पनि बिदेशी प्रभुको इशारामा चलेको देश हो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
हाम्रो देस एकदिन सुन्दर ,सान्त, र सम्पन्न हुनेछ
८३००० मेगा वाट बिदूत उत्पादन हुनेछ ,सगरमाथा
मा केबलकार पुग्नेछ ,जडिबुटी उत्पादनको केन्द्रबिन्दु
बन्नेछ ,बिश्वो का पर्येटकहरु को प्रमुख गन्तब्येस्थल हुनेछ
,,,,,,अनि अमेरिका ,अस्ट्रेलिया ,बेलायेत बाट बिधार्थिहरु
नेपाल मा पडन अनि काम गर्न औनेछान!
,,,,,,,हरेक नेपाली को घर मा इन्टरनेट हुनेछ ,कार हुनेछ
हरेक गाऊ गाउमा ब्यबस्थित बस्ति हुनेछ ! र पनि हामीले आफ्नो
पन ,परम्परा लाई बिर्सनेछैनौ !
,,,,,,,,,,र हाम्रो देस बिश्वो मा सबैभन्दा धनि ,सबैभन्दा सुन्दर ,र सबैभन्दा
सान्त हुनेछ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
8
“हाम्रो देस बिश्वो मा सबैभन्दा धनि ,सबैभन्दा सुन्दर ,र सबैभन्दा
सान्त हुनेछ” !श्याबास सन्दीप ! यस्तै सकारात्मक संदेश प्रत्येक कमेन्टदाताले प्रसारण गर्नुपर्दछ | अनि दीपक अर्यालजी ! निराशा त छँदै छ , त्यो सबैलाई थाहा छ, अनि त्यो निराशालाई बढाई चढाई लेखेर के चाहिं लछारपाटो लाग्छ ? अहिलेको अवस्थामा हामीले एकार्कामा मिठा सपनाहरु बाँड्नु पर्दछ, कीनकी देश संक्रमणमा छ | पुरानियांहरुले जालझेल गरिराखेको र नयाँले जग बसाउन नसकेको अवस्था छ | हामी सबै मिलेर यी जाली झेलीहरुलाई नांगेझार पार्नु परेको छ|
मन परे हरियो, नपरे रातो
9
2
बिदेशी “प्रभु” ले केहि गर्न दिनेवाला छैन . त्यसैले केहि हुनेवाला पनि छैन . बिदेशी प्रभुको तलुवा चाट्ने नेताहरुलाई धुलो चतौनु पर्छा . बिदेशी प्रभुको हस्तछेप र नोकरशाही विरुद्ध स्वाधिनताको आन्दोलन गर्नुपर्छा . यो देश कहिले स्वतन्त्र हुने हो खै?
मन परे हरियो, नपरे रातो
2
1
लेखक महासय को केहि कुरा मा मेरो सहमति छ तर जुन वहा भन्दै हुनु हुन्छ स्कूल बंक गरेर पार्टी जाने कुरा छ मा तेस्मा लेखक संग सहमत छुइन . प्रतेक मान्छे ले आफुले गर्न चाहेको कुरा गर्न पाउनु पर्चा यदि यसले समाज र कानुन लै कुनै अशर पर्दैन भने . ३६५ दिनै स्कूल जानु पर्छ भन्ने पनि छैन . पदाई गरेर मात्र जीवन मा सफल होइन्च भन्ने लेखक मोहदयाको धारणा हो भने यो १८ सताप्दिको धारणा हो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
61
जान त पाइन्छ साथी तर स्कूल ड्रेस मा हैन नौटंकी ड्रेस मा…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
सुसिल जी ,
जानुस न जानुस डिस्को जानुस क्याबिन जानुस, डेट जानुस , जे जे मन लाग्छ त्यहिँ त्यहिँ गर्नुस, हाम्रो (मेरो खास मा ) बिरोध छैन | तर हामीले त बिद्यार्थी हरु जो school & college छोडेर पो नजाउन भन्ने हो | अहिले को केटा केटि बुद्धि ले भोलि तपाइलाई पछुताउनु नपरोस भन्ने मात्रै हो | तर तपाई जस्तो बिद्यार्थी भनौदा हरु जसलाई बिद्यार्थी को अर्थ नै थाहा छैन हरु जहाँ गया पनि हामीलाई कुनै चासो छैन | तपाई जस्ता बकम्फुसे हरुले गर्दा समाज मा अरु राम्रा बिद्यार्थी हरुलाई बिगार्न सक्ने सम्भावना छ हो तेस्को बिरोध छ | मेरो अनुरोध तपाई हरुलाई कृपया school/college ड्रेस मा नागैदिनु होला |
मन परे हरियो, नपरे रातो
5
2
साथी मा तपाइको भावना को कदर गर्छु तर मान्छेलाई जति बन्धक मा रखेयो तेती झन् समाज खराब हुन्छ .
मन परे हरियो, नपरे रातो
0
0
नेपालीहरु ले प्रजातन्त्र के हो त्यो बुज्न न सकेको र सर नेता हरु ले छाडातन्त्र नै लोकतन्त्र हो भन्ने बुजएको ले एस्तो भा हो.बेला बेला मा कुकुर तिहार,काग तिहार ,अनि गइ पुञ्ज जस्तो गरेर एस्तो भा हो भनेको सत्ता मा बसुन्जेल टन्न आफु घुस खाए अनि चुनाब आउने बेला मा मात्र कुल लै चार दे को जस्तो गरेर ,जनता लै २ -४ वोटा राम्रो भासन देको अनि जनता मख्हा क चियो
मन परे हरियो, नपरे रातो
6
2
तपाइको लेखले हाम्रो देशको बास्ताबिक्तालाई जरुर औल्याएको छ तर तपाइको लेखको भाव आनुसार नेपाल आज सम्म गिरिजाले चलाएको थियो भन्नु चै तपाइको सोचको पखंदिपन हो /गिरिजाले साएद कांग्रेस पार्टी चलाएको थियो होला, तर देशको यो दुर्दशा बनाउनुमा चै प्रमुख हात गिरिजाको थियो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
11
खै मलाई त के भन्नु के भन्नु भयो बा !! देशमा जति सुकै अनिकाल परे पनि नेता हरुको घर मा चुलो बलेकै छ, जबकी साधारण जनता को भाग्य मा दाउरा पर्न पनि मुस्किल भै सक्यो….देशभरी अध्यारो छ…तर उनीहरका महल मा झलमल्ल छन…लाखौ गरिब जनता का छोरा छोरि हरु भोकै बाटोमा सुत्न बाध्य छन् भने नेताका कुकुर हरुले भागमा दिनहु मासु भात पर्छ….साथीहरु हो यी सबै कुरा हरु सम्झिदा कहाली लागेर आउछ …..लेखनु पर्ने कुरा त धरै छन् ..तर यो भन्दा बढी लेख्न सकिन …माफ गर्नु होला….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
2
सारै सबैको मनको कुरा गरिदिनु भयो लेखकले तर किन यस्तो भयो त? हामी सबै आफ्नो ठाउं मा गलत छौं नेपाली हाम्रो देश नेपाल हो र नेपाल बनाउने जिम्मा हामी सबैको हो.हामी सबै देश बिगार्ने जिम्मेवारी हौं हामी एक जना बोलेको पनि नेपाल बोलेको हुन्छा नेपाल को हरेक कुरा सुधार्नु पर्छा त्येसको लागि नागरिक नै सचेत हुनुपर्छ हामी देश को लागि सबैले केहि सकारात्मक काम गर्नु पर्छा मेरो देश म आँफै बाट बनौन्छु भन्ने भावना आउनु पर्यो देश बनाउने हो भने सानो सानो कुराहरुमा पनि हामीले हाम्रो कुरामा नै गर्व गर्नु पर्छ अनि सुधार्दै लानु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
खै मलाई त के लेखुम के लेखुम भयो बा !! जस्तो सुकै अवस्था मा पनि नेता हरु को घर मा चुलो बलेकै छ….उनीहरु को महल मा बत्ति बलेकै छ….जनताको भाग मा चै एक छाक टार्न दाउरा पनि पर्न मुस्किल भै सक्यो…उनीहरु को घरका कुकुर हरु ले बरु दिनहु बासमती चामल को भात र खसी को मासु खान्छन भने जनता का छोरा छोरि हरु भोकै बाटा मा सुत्न बाद्य छन् ….यस्तो कुरा सोच्दा कहाली लाग्छ साथी हरु हो….लेख्नु पर्ने कुरा धेरै छ तर मैले चै सकिन…….तेसैले यो भन्दा अगाडी लेखन सकिन माफ गर्नु होला….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
म को हुँ र मेरो कर्तब्य के हो वन्ने बिर्से पछि बौरेठा हरुले देश को मुल्य तोक्न थाले पछि हिजो आज त मलाई लागिरहेछ म बेचिएको घरमा बसिरहेछु अब छिट्टै यो घर मेरो अधिकार बाट बन्चित हुदै छ!!!
मन परे हरियो, नपरे रातो
13
1
हो केही हुँदैन माईसन्सार ले मेरो आँखा खोलि दियो यो ब्लग को बाँया तिर तेसै ले ग्रीन कार्ड लटरि को बिज्ञापन राखेको होला …धन्यबाद छ है ! म त अमेरिका जाँदै छु लटरि जितेर .
मन परे हरियो, नपरे रातो
11
3
binaye जी
लटरी जितेर अमेरिका आउंदै हुनु हुन्छ/ अब तपाईं कति योग्य छ कति सम्म दुख झेल्न सक्नु हुन्छ यो त् जानकारी भएन/ भावनामा ठेश पुराउने मेरो आशय होयिन/ मात्र नेपाली नेपाली भएको नाताले केहि जानकारी दिन्छु;
०१. नेपालमा पाएको कुनै डिग्री काम लाग्दैन यहि अमेरिका मा पढेको हुनु पर्छ/ याहाँ नेपालमा डाक्टर ईन्जिनियर भएका हरु उही घन्टाको ७ देखि ८ डलर ज्यालादारीमा काम गर्नु पर्ने हुन्छ/
०२. १८ बर्ष नपुगेकाले निशुल्क पढ्न पाउँछ/ कलेजमा लटरी जितेर आएकाहरुले अलि कति कम तिरे पुग्छ/ अब तपाईं यहि पढ्न चाहनु हुन्छ भने घर खर्च नेपाल बाटै ल्याउनु पर्ने हुन्छ/
०३. नाबालक छोरा छोरीलाई घरमा छोडेर काममा जान पाउनु हुन्न/ ठुलै कानुन लाग्छ/
०४. कुन स्टेट जान चाहनु हुन्छ/ अलिकति हेर्नुश बुझ्नुस/
०५. कहीं पनि अपार्टमेन्ट को भाडा ६०० डलर भन्दा कम छैन/ बती पानि आदि गरेर कम से कम ८०० डलर चाहिन्छ/ खान लगभग ३०० डलर/ मेडिकल बिमा कम से कम १०० डलर/ गाडी को पेट्रोल बा यातायात को लागि हप्ताको २० देखि ३० डलर/ गाडीको बिमा कमसेकम ४० डलर महिना/ अरु भई परि आउने १०० डलर महिना/
०६. तपयिन ले बिशेष योग्यता भएकोले राम्रै काम पाएमा बाहेक अरु अबस्थामा घन्टाको ७ देखि ८ डलरको हिसाबले हप्तामा ४० घण्टा बा सो भन्दा कम काम पाउने छ/ यो हिसाबले तपाईं महिनाको लगभग १२०० डलर भन्दा कम कमाउनु हुन्छ/ १२०० डलर मात्रै कमाउनु हुन्छ भने मुस्किलले मात्रै घर चल्छ/ तेसैले कति जना काम गर्न सक्ने छन् त्यो बिचार र हिसाब गर्नुष/ काम नपाएको बा काम बात हटाएको अबस्थामा कति धान्न सक्नु हुन्छ त्यो पनि सोच्नुष/
०७. काम कहीं कतै स्थायी छैन/ स्थायी काम पाएको पनि कम्पनीको आबस्यकता भएको अबधि सम्म मात्रै हो/ घण्टा को ज्याला पाउन घण्टा घन्टामा आफुले कति काम गरे त्यो कम्पनीको आबस्यकता अनुशार छ छैन हेरिन्छ/ नभए तुरन्तै निकालिन्छ/ तपाईंको कुरा राख्ने थाहुँ कतै छैन/ अमेरिकामा श्रमिक को हैसियेत मेसिनको पुर्जा जतिकै मात्र छ/ मानवको हिसाबले होयिन/
०८. स्पानिश भाषा र गाडी राम्रै चलाउन सिक्नुस/ याहा सानो तिनो काम गर्न स्पानिश भासा जान्नै पर्ने अबस्था छ/ कम्पुटर मा राम्रै हुने पर्छ र अरु कुनै शिप सिक्न सकिन्छ भने सिकेर आउनुस/
०९. कसैको घरमा पाहुना बनेर जाँदै हुनु हुन्छ भने अलि बिचार गर्नुष कहीं दुई छाक कसैले ख्वाएको बदला आफ्नो आत्म सम्मान लत्याउनु पर्ने पनि हुन् सक्छ/ मैले यसको राम्रै अनुभव गरेको छुन/ अमेरिकामा लामो समय सम्म बसेको र अलिकति सम्पन्न भएका आफन्त नेपालकै जस्तो ठान्ने भुल नगर्नुस/
१० अमेरिकामा नेपाली संघ संगठन हरु भारतिये र पाकिस्तानीहरुको जस्तो छैन/ भारतीय संघ संगठन हरुले तपाईं को निशुल्क उपचार र कानुनि झन्झट बात मुक्ति पाउने र ब्यबसाए रोज्ने खोज्ने देखि हरएक कुरामा सहयोग गर्ने गर्छ/ हाम्रो तेस्तो छैन/ राम्रै जानकारी गरेर आउनुस/
अरु थप जान चाहे इमेल उल्लेख गर्नुष जानेको भोगेको कुरा लेख्ने छुन/ अहिले अमेरिकामा काम पाउन अलि गारो छ यो कुराको लागि तयार भएर पाल्नुस/ शुभकामना छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
3
धन्यबाद मदन जी ..तपाईं को अमुल्य सुझाब को लागि / तर मदन जी मेरो आसय अमेरिका जाने होइन र छैन यद्धपी हुँदैन पनि / मैले माथि लिखित लेख प्रति सानो ब्यङ्ग मात्र गरेको हूँ/
तेसो त मैले हाल सम्म डीवी लटरी पनि भरेको छैन तर माथि लिखित लेख ले के संदेश दिन्छ त ? के नेपालि हरु पशुपति नाथ को भरोसा मा नेपाल छोडेर जाने क्रम लाई एस्तो लेख हरु ले प्रेरीत नगर्ला भन्न सकिन्न तेसैले नकारात्माक आवस्था लाई चिन्तन मात्र किन गर्छौ / किन हुन सक्दैन नेपाल पुन एकपटक सान्त र सम्पन्न ..अवस्य हुन सक्छ हामी जस्तै नागरीक ले बनाउने छौं र म हर सम्भव लाग्नेछु / आहिले पनि कति व्यक्ति हरु लागिपरिरहेका छन् कति ले दुर्गम स्थान मा सीछ्या सेवा दिई रहनु भंएको छ भने कति व्यक्ति ले स्वास्थ तेस्तै प्रबिधि सेवा , समाज सेवा मा नेपालि नागरिक हरु लागि परेका छन् साथै अबका नया पिंढी मा समेत यो भावना पलौन थालेको महसुस गर्दै छु/ hamile केवल sakaratma सोच jagaunu छ khojera heraun कति manche sakaratmak कुरा मा lageko छन् tesai ले किन नकारात्मक chintan / मेरो उमेर मदन जी तपाईं को भन्दा कम नै छ मैले हालै मात्र स्नातक गरेको हूँ र उमेर र सोच मा निक्कै काँचो छु जस्तो लाग्छ जब म एस्तो लेख पढ्ने गर्छु निरास प्रकार को चिन्ता हुन्छ के एस्तो नकारात्मक कुरा ले बिदेशिन प्रेरित गर्दैन त अनि म आफै नेपाल मा भए पनि निक्कै कमी महसुस हुन्छ / तर जे भए पनि तपाईं ले लेख्नु भएको कुरा मा तिक्तता छ सत्य छ यो कुरा यो कुरा सबै ले बुझ्नु जरुरी छ /
मन परे हरियो, नपरे रातो
2
0
बिनयेजी/
देशमै बस्ने र देसको सेवा गर्ने भावना को सम्मान गर्छुं/ म पनि मात्र हालत र बिबसताले मात्रै बसी रहेको छुन/ सोच्दा बस्दा सुत्त्दा उत्थ्दा नेपालकै याद आउँछ/ ठुलो ठुलो कुरा गर्ने हैसियत नभए पनि आफ्नो हैसियत अनुशार केहि गर्दै गर्ने मौका हालतले छिन्यो/
के गर्ने कलेज स्कुल जहिले पनि हड्ताल छोरा छोरीको पढाई को सवाल थियो/ छोरीले आई एस सि मा राम्रो नतिजा ल्याएको पनि थियो/ तर ५२% ल्याउने दमन नाथको नातेदारले छात्रवृति पाए छोरीले पाएन/ पाउन खोज्दा किन्नु पर्ने भए/ भारतिय दुताबाशको छात्रवृतिको कोटा नाम मात्र को रहेछ/ केहि सिट छोडेर सबै नेताहरुको कोटामा बाँडिएको चाल पाए/ उनीहरुको सिफारिशमा सितैमा पाउने रहेनछ/ किन्न सक्ने भए म आफ्नै लगानीमा पढाउने थिएँ/
भारतीय दुताबास ले दिने छात्रवृति पनि नेपालले उहिले कोलम्बो प्लान अन्तर्गत नेपालीले पाउने तेस्रो मुलुकको छात्रवृति भारतलाई बुझाएर भारतको युनिभार्सितिमा नेपालीलाई नेताहरुको सिफारिश मा पाउने गरि लिएको रहेछ/ यो कुरा थाह पाएर धेरै चित दुख्यो/
आफु पर्यो ३० बर्स नोकरी इमान सिट आत्म संतुस्ती मात्रै कमाएको हातमा केहि नभएको व्यक्ति/ तेतिनै बेला दि भी पर्यो/ मलाई माथि लेखिएको कुरा उतिनै बेला थाह थियो तैपनि बच्चाहरु भनेर आयियो/ अहिले पछुताएर पनि फर्किन सक्ने अबस्था छैन/ छोरा छोरीको पढाईमा सगाउँन बुढा बुढीले काम गर्दै गर्नु पर्छ/
अरु नेपालमा आबिभाहक बसेर याहाँ पढ्न पठाएको छोरा छोरीलाई कमैले मात्र पढ्नमा मात्रै लगाउन सक्छ/ उनीहरु काम गर्दै पढ्न बाध्य छन् र उनीहरुले कहिले पढाई सकाउने हो ठेगान नै छैन/ तेसमाथी याहांको बेलगाम संस्कृति/ कमैले बाउ आमाको सपना पुरा गर्ने छ/ उनीहरुले याहाँ पधायिनै सकाए पनि जसरि नेपालको पढाई र डिग्री अमेरिकामा बिक्दैन तेसरिनै याहांको पढाई र डिग्री पनि नेपालमा बिक्ने खालको छैन/ उनीहरु अमेरिका बात नेपाल फर्केमा काम पाउने खालको छैन/ उनीहरु यहि रहने छ/ यो मुलुकमा छोरा छोरी पठाउन दिनु भनेको नेपालको प्रतिभा याहांको कचारामा फाल्नु जतिकै हो/ यो कुरामा कसैको बिमति हुन् सक्ला मैले सबैलाई भनेको होयिन तर अधिकांस तेस्तै छन्/ अमेरिकामा पढाई को लागि गएको धेरै छन् तर फर्केर आई नेपालमा बसी राम्रो भएको कति जना छन्? बस यो प्रस्नको उतार खोजे मलाई बिस्वाश छ कोहि औन्दैनन याहा/
याहाँ हराएक बिशयेमा अलग अलग पढ्ने पर्ने र डिग्री पनि अलग अलग लिनै पर्ने/ याहाँ को नीति भनेको एउटा बिशयेमा डिग्री लेउ अनि अमेरिकामै काम गर, कर तिर र काम गर्न सकुन्जेल फर्केर नजाउ बस यहाँ को नीति यहि हो/ अमेरिकामा आई सकेको कुनै पनि फर्केर घर फर्केर आउन चाहे पनि आउन नसकिने अबस्था मा कमै मात्र छन्/
अरु मुलुकमा पढ्न गएका हरु पढाई सके पछी नेपाल फर्किन्छ/ याहाँ त् १० सौं बर्स पधायिनै सकाउन सकिन्न तेसमाथी कार गाडी उधारोमा किनिन्छ त्यो तिर्न पनि बस्ने पर्ने हुन्छ/ अब फेरी ३५ बर्स पुगेका पढाई सकाएका नेपालीले नेपाल फर्केर आए पनि नेपालमा कानुन अनुशार सरकारी र सरकारी लगानी भएको कम्पनीमा काम गर्न पाउंदैन/ यिनीहरु तेसैले अमेरिका बात फर्केर आउन चाहे पनि नेपालको कानुन ले गर्दा पनि फर्कन सक्दैन/ तेसैले उनीहरु कसै गरि ६५ बर्स बा १० बर्स नोकरी गरेर सोसिएल सेकुरिटी को पेन्सन भत्ता पाउन सबै यहाँ मर्दै बाच्दै छन्/
त्यो भत्ता पाउन पनि यात अमेरिकामै बस्नु पर्छ र नेपाल फर्केर पाउन चाहे याहांको नागरिक बन्नु पर्छ/ अब त्यो पाउने भत्ताले मात्र बुढेशकालमा खान बस्न पुग्दैन/ तेसैले सके पनि नसके पनि बुढा बुधिहरु जस्तै कस्तै काम गर्दै बस्छन/ फेरी याहाँ कमैले बुढा भएको बुबा मुमाको झन्झट कसैले उथाउन्छन्/ बस फादर्स र मदर्स दे मा हाई दाद हाई मम भन्न मात्रै आउने हो/ अरु बेला वृद्धाश्रममा काल कुर्ने मात्रै हो/
नेपालमा परिबार चलाउन पुग्ने आए मात्रै भएको कुनै नेपाली सिट पनि याहांको मध्यम नागरिको जिबन दाज्नै सकिंदैन/ यिनीहरु भन्दा ती नेपालीको जिबन स्तर उच्च श्रेणीको छ/ नेपाल अलिकति राम्रो नेताको हातमा परेको भए हाम्रो देश बिस्वोको नमुना मुलुक बन्ने थियो/
कसैलाई तितो लागे अग्रिम माफी माग्छु/
मन परे हरियो, नपरे रातो
10
1
यो देशमा माकुने जस्ता भ्रष्ट्र लाज शरम घीन इत्यादि केही पनि नहुने लाचार मान्छेहरु सत्तामा छउन्जेल यस्तै हो साथीहरु…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
11
कुनै लाज शरम र धरम भएको नेता फेला पार्नु भए कृपया माईसंसारमा पोष्ट गरिदिनुहोला ।
मन परे हरियो, नपरे रातो
8
4
साथी- जनताद्वारा निर्वाचित धेरै नेताहरु देश बनाउन लायक छन् . यदि नाम नै लिनुपर्ने हो भने डा बाबुराम भट्टराईको नाम म सगर्व लिन चाहन्छु . डा भट्टराई जस्ता ४-५ नेता भए हाम्रो देश बनाउन काफी छ. तर माकुने जस्ता नेताको नाममा कलंकहरु नहुनु नै अति उत्तम.
साथी बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीड भंछन् . अब त बुझ्नु भो होला!!
मन परे हरियो, नपरे रातो
3
4
स्थान टुँडिखेलको आँगन, निन्द्राकालिन अवस्था!!! त्यस आँगनको माझमा एउटा राज्य सत्तारुपी हड्डी त्यो पनि खोक्रो र जर्जर आज कुहिने हो कि भोलि थाहा छैन, तर अचम्म !!! त्यस्तो हड्डीको लागि त्यो आँगन भरि गोलाकार रुपमा तछाड र मछाड गर्दै लुछाचुढ़ीमा ब्यस्त र त्यसको लागि एकले अर्कोलाई सिध्याउने सम्मको कुनिती गर्दै नेताहरुको भिडभाड कोहि मोटो, कोहि पातलो, कोहि अग्लो त कोहि होचो तर सिरमा चाँही बिडम्बना !!! सबैको सिर चाही एकैनासे कान ठाडो ठाडो, आँखा रातो रातो, जिब्रो सम्पूर्ण बाहिर एबम र्याल तरतर चुहि रहेको !!! अब झम्त्यो कि अब झम्त्यो !!! हेर्दा मानव जस्तो तर कर्म ???
झल्यास बिउझे एक ग्लास पनि पिए … सपना पो रहेछ, एकछिन घोत्लिए के यो सपनामा मैले केहि गलत देखे ??? अ ह होइन, यो त मैले भोलिको नेपालको वास्तविक तस्बिर देखे क्यार ? मेरो मनले यस्तै भन्यो … तपाई माई संसारको पाठकहरुको मनले के भन्छ ? विश्वास गर्ने कुनै आधार देख्नु भएको छ भोलि भनेको समयमा सर्बमान्य संबिधान बन्छ र यो देश विधिको शासनबाट संचालित भई अमन चयनको वातावरणमा आफ्नु देशलाई सम्बृदिको पथमा लम्काउदै हामी नेपाली आम नागरिकले सास फेर्न सक्नेछौ अनि गर्वको साथ् सारा बिश्वोलाई आफ्नो सिर ठाडो गरि भन्न सक्नेछौ यो देश “नेपाल” मेरो हो ??? नेपाल मेरो हो ….
जय नेपाल
मन परे हरियो, नपरे रातो
6
1
मैले सुनेको त नेपाल तन्त्र मन्त्र ले चलेको हो. हामी हाम्रो संस्कृतिमा धनी छौ.
मन परे हरियो, नपरे रातो
9
0
मलाई त दिक्क लागिसक्यो , जहिले पनि उही गिरिजा को मात्र प्रसंसा गरेको देखेर , होइन हाम्रा मित्रहरु जसले यो ब्लग मा समाचार लेख्छन , उनीहरु सबै गिरिजाको भक्त हुन् कि क्याहो ./ हमिसबैलाई थाहा छ , यो देशलाई आजको बिग्रदो स्थिति मा ल्याउन सबै भन्दा धेरै हात उनी गिरिजा को नै छ भनेर , फेरी पनि हामी जानी जानी बुझ पच्यारा किन बोल्छौ ? के तपैहरु जो एस एल सी पास , ८७ बर्से रोगि हजुरबा भन्दा बुद्धिमानी अरुकसैलाई देख्नुहुन्न ? कलियुग का आन्धा पत्रकार भनौदा हरु , सोच्दखेरी पनि लाज लागेर आउछा …..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
यो नया नेपाल मा सबै पार्टीगत कुरा मात्र गर्न जानेका दुइ जना व्यक्ति र यिनका धुपौरे हरुले निस्वार्थ काम गर्न सके पो नेता हरुले गरेका छन् भनेर विश्वास गर्नु अनि पशुपतिनाथको भर नपरे कसको पर्नु हो /जे छ उनी एक छन् उसैको इच्छामा छ जय पशुपतिनाथ यी भ्रष्टनेता हरुलाई सुबुद्धि दिनु होस् ताकी हाम्रो नेपाल सदैब शान्तिक्षेत्र नेपाल कहालियोस बिश्व भर सुख समृद्धि होस्
मन परे हरियो, नपरे रातो
7
0
आयो फेरी ……को भूत, आफु जिउदो छदा त देशलाई दामादोलं बनायो आफु नभएपछी आकाश नै खस्ला जस्तो सोच्नु बुद्धिमानी हैन . पशुपतिनाथ त दिल्लीको आशिर्वादमा छ भने देश पनि उसैको निगाहमा चलिरहेछ भन्दा अत्युक्ति नहोला कि??? देशको सिमा मिच्दा पनि मिचेको छैन भनेर कुद्ने नेत्रुहरु रहेको देश, रास्ट्रीय, अंतर्रास्त्रिया नियम कानून मिचेर अर्थात रास्ट्रीय सुरक्स्यालाई नै तिलान्जली गरेर महंगोमा MRP पासपोर्ट छिमेकी रास्ट्रमा छाप्न दिने कुलंगार नेताहरु रहेसम्म, दिन्दाहादै आतंकको नाममा नेपाली मारेको खबर क्षण भरमा भारतीय मिडियाले प्रसारण हुँदा पनि चू सम्म पनि बोल्न नसक्ने नामर्द नेताहरु भएको देश, अरु कसले चलौदैछ होला र ??? दिल्ली तीर्थयात्रा गर्ना साथै नामर्द नेताहरुको पाप पखालिन्छ र नया केहि सिकेर आएछ भन्ने मानसिकता रहेसम्म यस्तै चाला रहन्छ देशको . अब सिङ्गो देशलै नै दिल्लीलाई उपहार दिनुमात्र बाकि छ .
मन परे हरियो, नपरे रातो
8
5
deepak ji,
no comment but excellent post. keep it up……….
thanks
मन परे हरियो, नपरे रातो
3
0
अँध्यारो को खाडल तिर लम्कदै छ मेरो देश एउटा फोटो हेरेथे उही अथिथका नेपाली अभिभावक बिरेन्द्रको जहाँ उनि टोलौदै माथि हेरी भन्दै थिए के हुदै छ मेरो देशमा …..!
५/६ बर्षमा देशले निकै कोल्टे फेरेछ त्यति बेला तेही ४ दल हुदा त नेपाली जनतालाई को राम्रो को नराम्रो chutyauna गारो हुन्थ्यो र ति चार दल लाई केहि हद सम्म दर लाग्थ्यो त राजा बिर को तर बन कुखुरा जब गाउमा छिर्यो तेहाबाट एती नराम्रो अन्दा कोराल्यो कि हाम्रो गाउमा अहिलीय त ४ बाट एक्कै पटक २० भन्दा बादी दलीय कुखुरा हुर्कियीए जसलाई एक अर्का मा थुन्क्दै अनि त्यो गाउको भित्ता हरूउ प्वाल पर्दै फुर्सद नै छैन ….! एती मात्रा होइना केहि समय अगाडी ठुलो भ्रमको सृजना भो अनि मैला दाइ लाई २० जंगली ले लुचेय्र आफ्नो गाउ बाट बनबास गरिदिए….!
अब अहिलेको स्थिथि मा जहाँ एक ले अर्का लाई दोष अनि बिस्व कै अत्यन्त फस्टाएको राजनीति नामक business नेपाल मा बन्न पुगेको छ जहाँ एदुचशन को लागि मात्र नभई देश को हरेक संबेदनसिल कार्य हरु मा ठुलो आर्थिक जन्जालको खेल खेल्ने खेलाडी यी २० बन्कुखुरा हुन् जसलाई देश बनौचु र बनौनुपर्चा भन्ने वाषण दिन मात्र aucha तर बास्तविकता भने नेपाली जनता सब अँध्यारो को अँध्यारोमै ……! अब नि यी २० बन कुखुरा लाई नग्न पारि जनता ले सेकुवा बनाएनन भनी देशमा यिनीहरु को गनाउने सुली भन्दा केहि बाकी रहदैन…!
सति ले सरापेको देश भन्थे यो सब जनता हरु चुप लागेर नेता हरुले बिगारेको सुन्दर देश हो ….!
its a time to change our nepali world नेपाली जनतानै सुप्रिम power हुन् अब नि चोर हरुले लोअद्शेद्दिन्ग गरेको निहुमा चुपलागेर बस्यो भनी जहिले अँध्यारो मै परिन्छ है दाजुभाई दिदिबहिनि…..!
पशुपतिनाथले रक्षा गरुन अनि मनकामना माईले नेपाली जनता को सुन्दर सपना पुरा गरुन देश फुलेको…..
जय नेपाल…..!
मन परे हरियो, नपरे रातो
3
1
वास्तविक कुरा झल्काउनु भएकोमा दिपक जी लाइ धन्न्यबत .
मन परे हरियो, नपरे रातो
4
0
”तेसै ले जे हुन्छ त्यो पशुपतिनाथ को कृपा ले हुनेछ” र पशुपतिनाथ इंडिया को कृपा ले चलेको छ /
मन परे हरियो, नपरे रातो
10
1
सारै राम्रो लेख. यो देश कसरी चली रया छ, अचम्म छ / अब के गर्दा राम्रो होला त ? त्यो पनि लेखि देएको भए राम्रो हुन्थ्यो / कुनै नेता, पुलिस, आर्मी, डाक्टर,ब्यापारी, चालक गतिलो छैनन्, केहि केहि लै छोडेर / ल भन्नुस अब हामी के गर्ने ? कसलाई विश्वास गर्ने कसलाई न गर्ने ???
मन परे हरियो, नपरे रातो
5
0
दिपक जी लेख अत्यन्तै राम्रो लग्यो. हो यो देशमा प्राय सबैको एकै सोचले ग्रसित मनास्तिथि को परिणाम हो/ हाम्रो देशमा भएका नेताहरु आफु केहि गर्न न सक्ने तर गर्ने लाई गर्न नदिने/ नकारात्मक सोच हाम्रो मनमा खादिखादी भरिएको छ त्यो भर्ने कम आरु कसै बाट भएको होइन हाम्रै नेता भनाउदाहरु को कम हो. हाम्रो देशमा भएका कमि र कमजोरी लाई चिनेर त्यसलाई निकास दिनु आजको आवस्यकता हो हाम्रो छिमेकि मुलुक चीन लाई हेरौ उसले आफ्नो सबै भन्दा ठुलो कमजोरी लाई सबै भन्दा ठुलो ताकतको रुपमा प्रयोग गर्यो. यो देशमा भएका कमि र कमजोरी लाई चिनौ र त्यसको निकासमा एकताबद्ध भएर साथ दिउ. हो परिवर्तन एकै साथ हुन सक्दैन त्यसको लागि समय चाहिन्छ. जुन नेताले नेपाल लाई सिंगापुर बनाउछु भन्छ त्यसको पछी नलागौ जसले नेपाल लाई एउटा सिङ्गो नेपाल बनाउछु भन्छ त्यसलाई चान्स दिनु पर्छ. किन भने नेपाल भन्ने मुलुक कुनै अरु मुलुकको पहिचान लिएर बन्न सक्दैन. नेपाल आफ्नो मौलिकता भएको देश हो. हामी हाम्रो मौलिकता लाई छाड्न सक्दैनौ.
मन परे हरियो, नपरे रातो
7
0
दीपकजी तपाइंले लेखेका कुराले अधिकांस ( नब्बे प्रतिसत भन्दा बढी ) नेपालीहरुको सोचको प्रतिबिम्बित गर्छ जस्तो लाग्छ मलाई पनि | सायद म पनि त्यहि प्रतिसत भित्रै पर्छु होला | हामी नेपलीहरुको वर्तमान सोच र अवस्थाको यथार्थ प्रस्तुतिको लागि धन्यबाद | लेखले निरन्तरता पाओस |
अनन्त
मन परे हरियो, नपरे रातो
7
0
के हाम्रो देश साच्चिकै असफल राष्ट्र भएकै हो त? अब घोषित हुन मात्रै बाँकी छ जस्तो लाग्छ |
मन परे हरियो, नपरे रातो
9
0
“स्कुले विद्यार्थी विहान सात बजेदेखि कलेज वा विद्यालय होइन डान्स वार र बङ्कर पार्टी धाउँछन् अनि त्यसका विषयमा बोल्दा व्यक्तिगत स्वतन्त्रता हनन भएको मान्छन् ”
व्यक्तिगत स्वतन्त्रता को पनि ठुलो अर्थ हुन्छा , नियम सरकारले बनाउने हो, पुलिसको मनलाग्दी नियम हुनुहुदैन. अनि समाज सुधार गर्ने भन्दै कलिला किशोरहरुको बेइज्जत गर्नु लोकतन्त्रमा पैदैना, कलिला किशोरहरुलाई डिस्को जना नदिन दिस्कोवालाहरुलाई नियममा राखे पुग्छा, सछाई पुलिसले चाहने हो तर वाबिस्य बिगार्ने नियतले बेइज्जत गर्नु पुलिसको बुद्दिमानी होइन र पुलिसको नियत पनि खराब हो . कसलाई थाहा छैन पुलिसले किन छापा मर्यो भनेर ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
28
69
हैन जानी जी, यो प्रहरी ले हैन नि सामाजिक रुप मा बेइजत गरेको, यो त काम नपाएका पत्रकार हरुको पो त/ ति पत्रकार भनौदाहरुले पत्रिका मा नलेखिदिएको भए यत्रो बेइजत कहाँ हुन्थ्यो र / मोराहरु बिचरी ति हाम्री कलिली बार धाउन रुचाउने इज्ज़तिली चेली को इज्ज़त को अलिकति पनि ख्याल नगरिकन पत्रिका मा पो छापेछान/ ति चेली पनि उस्तै हुन् नि त, आफुले मन परेको नाठो लाई लिएर किन बार तिर मुन्टेकी होलि एसो भिर पाखा तिर वा आफ्नै घर मा लागेको भए त खाली परिवार ले मात्र थाहा पाउने थिए तर बुद्दी बिगारेर हेर अहिले फसाद!
मन परे हरियो, नपरे रातो
10
2
यो एस्तो देश हो जहाँ आफुलाई समस्या पर्दा मात्र समस्या हुने र अरुलाई पर्दा काखी बजाउने गर्छा | तेसैले यो डान्स पार्टी जादा पुलिस ले समात्दा काखी बजाउने, जमिम शाह मर्दा बिबादास्पद पृष्टभूमि भनेर काखी बजाउने, एस्ता प्रवृति ले हामी आफुलाई हाम्रो देशलाई कमजोर बनौछा भनेर कसैले किन नबुझेको | मेरो बिचारमा यो देशमा कानुन जसरि चले पनि कानून ले निषेध गरेको कुरा गरेमा गलत र कानूनले छूट दिएको कुरा सहि हो | त्यति मात्र विचार गरेर कमेन्ट गरे कसो होला |
मन परे हरियो, नपरे रातो
4
3
दिपक जी
धेरै नै हरेस खानु भएको जस्तो छ ,एउटा कुरा थाहा छ होला तपाई लाई कि , चरेस खानु तर हरेस नखानु , हो जिन्दगि लामो छ र लामो यात्रा मा सधै सधै प्रतेक नागरिक ले ‘राम्रो काम त गरेनौ गर्रेनौ नराम्रो काम किन गर्ने’ भन्ने सानो formula थाहा पाए यो देस बन्न धेरै समय लाग्दैन, र always be positive येही मेरो एउटा सानो आनुरोध छ
मन परे हरियो, नपरे रातो
9
0
हो दीपक जी यो देश का नेताहरु देखि लियर सबै जनता यसको दोषी छन् . सबैले आफ्नो बाहेक अरुको नसोच्ने प्रबित्तिले गर्दा देशलाई पशुपतिनाथ को भरोसामा चल्नुपरेको छ . वाचा र कसम त कति गरे तर खोइ त तिनीहरुले पुरा गरेका ? हे पशुपतिनाथ हामी सबै नेपाली को बुद्धिमा अलिकति भएपनि अब त केहि गरौँ भन्ने इचछ्या जगाईदेउ . जय पशुपतिनाथ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
2
त्यसैले जे हुन्छ, त्यो पशुपतिनाथको कृपाले मात्र हुन्छ र हुनेछ। हाम्रो सोच, बुद्धि, विवेक वा योजनाले हुनेछैन।
लेखाजी, आशाबादी हुनुपर्छ निराशाले पनि चल्दैन नि कि कसो? एउटा यात्रा जुन हाम्रो देश ले गरेको छ यो त हाम्रै सोच, बुद्धि, विवेकले नै त हो नि होइन र…………सकारात्मक सोच नै उर्जा हो जस्तो लाग्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
जे भएको थियो त्यहिँ हुदैछ र त्यहिँ हुनेछ दिपक जी राम्रो लेखको लागि धन्यबाद …….
मन परे हरियो, नपरे रातो
7
0
तपाइको कुरामा १००% सत्य छ . नेपालको भद्रगोल अवस्थाले सबैलाई चिन्तित तुल्याएको छ.
मन परे हरियो, नपरे रातो
11
0