मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सेनाले झुटो बोल्योः आयोग प्रतिवेदन

    बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा गएको फागुन २६ गते एक बालिका र दुई महिला सेनाको गोली लागी मरेको घटनासम्बन्धमा छानबिन गर्न गठित राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेनाले झुटो बोलेको प्रतिवेदन दिएको छ। सेनाले शिकारीहरुले आफूमाथि गोली हानेपछि प्रतिकारस्वरुप गोली हानेको बताएको थियो। प्रतिवेदनमा लेखिएको छ- निजहरू हातहतियार सहित चोरीशिकारी कार्यमा संलग्न रहेको भन्ने कुनै आधार देखिएन। सेनाले प्रतिरक्षाका लागि गोली चलाएको भनी झुटो विवरण सार्वजनिक गरेको त्यसमा लेखिएको छ। मारिएका तीनै जनालाई पछाडिबाट गोली लागेको पनि प्रतिवेदनमा छ। प्रतिवेदनमा उनीहरुको बलात्कार भएको पुष्टि हुने कुनै प्रमाण फेला नपरे पनि गुप्ताङको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बुझिएकोमा त्यसको प्रतिवेदन हालसम्म उपलब्ध हुन सकेको, प्रमाणहरु नष्ट पारिएको उल्लेख छ। प्रतिवेदनमा दोषीलाई नियमित अदालतमा फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ। होला त यस्तो सिफारिस कार्यान्वयन? हेर्नुस् प्रतिवेदनको पूर्ण विवरण-


    राष्ट्रिय मानवअधिकार आयोग
    हरिहरभवन, ललितपुर

    बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा २०६६ फागुन २६ गते एक बालिका र दुई महिलालाई नेपाली सेनाको ज्वालादल गणबाट खटिएको गस्ती टोलीद्वारा मारिएको घटनाको सङ्क्षिप्त अनुसन्धान प्रतिवेदन

    मिति २०६६/१२/१९

    १. पृष्ठभूमि

    नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिई गएको गस्ती टोलीले चलाएको गोली लागी मिति २०६६ फागुन २६ गते राती करिब ८.३० बजे सुर्खेत जिल्ला हरिहरपुर गाविस वडा नं.– २ कप्सेरा गाउँ निवासी देवीसरा विक, अमृता विक र बालिका चन्द्रकला विक समेत तीन महिलाको बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी इलाकामा मृत्यु भएकोे घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार विवरण प्रकाशित भएको थियो। सो घटनाको गम्भिरताको आधारमा आयोगको स्वविवेकमा उजुरी ग्रहण गरी आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मिति २०६६ फागुन २८ देखि २०६६ चैत ६ गतेसम्म अनुसन्धान गरेको थियो।

    आयोगको टोलीले अनुसन्धानको सिलसिलामा घटनास्थलको स्थलगत अवलोकन, बर्दिया राष्टिय निकुञ्जका कर्मचारीहरू, गस्ती टोलीमा संलग्न व्यक्तिहरू, नेपाली सेना ज्वालादल गण ठाकुरद्वाराका प्रमुखलगायत गणका उच्च अधिकारीहरू, घटनाका प्रत्यक्षदर्शी एवम् मृतकहरूका आफन्तहरू, सुर्खेत जिल्लाको हरिहरपुरका स्थानियबासी, जिल्ला अस्पताल बर्दियाका चिकित्सकलगायतका व्यक्तिहरूसँग घटनाका बारेमा बुझ्ने कार्य गरेको थियो। आयोगको टोलीले घटनास्थल र लाशजाँच मुचुल्का तयार गर्ने प्रहरी कर्मचारीहरू, नागरिक समाजका प्रतिनिधिहरू, लगायत घटनासँग सरोकार राख्ने व्यक्तिहरूबाट समेत घटनाको तथ्य सङ्कलन एवम् तथ्यहरूको विश्वसनियता जाँच गर्ने कार्य गरेको छ। आयोगद्वारा काठमाडौबाट पठाइएका त्रि.वि. शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञबाट मृतकहरूको शवको थप अवलोकन तथा पोस्टमर्टम गरिएको छ।

    अनुसन्धानका क्रममा बर्दिया जिल्ला अस्पतालका चिकित्सकद्वारा गरिएको पोस्टमर्टम प्रतिवेदन, फरेन्सिक विशेषज्ञद्वारा गरिएको थप पोस्टमर्टमको प्रतिवेदन एवम् प्रहरीद्वारा गरिएको घटनास्थल एवम् लाश जाँच मुचुल्का समेतको अध्ययन गरिएको छ। यसक्रममा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज समेतमा पत्राचार गरी घटनाका सम्बन्धमा जानकारी माग गरिएको थियो।

    २. घटनास्थलको विवरण

    पूर्वपश्चिम महेन्द्र राजमार्गको आम्वासा अम्रेनीदेखि झन्डै ३०–३५ किलोमिटर उत्तरपूर्व सुर्खेत जिल्लाको हरिहरपुर गाविसकोे सिमानामा रहेको बर्दिया जिल्लाको नेउलापुर गाविस अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको बाँसपानी भन्ने स्थानमा घटना भएको पाइयो। घटनास्थलमा एउटा टहरा, सो टहराभित्र एउटा चुल्हो, टहरा माथि अमृसोका कुच्चाहरू, नाङला बनाउने काममा आउने बाँसको चोयाका ५ वटा मुठ्ठाहरू, प्लास्टिकका ७ वटा बोरीहरू, प्लाष्टिकका चप्पलहरू ३ वटा, कलेजी रङको सल १ वटा, गुलावी रङका सुरुवाल–१, सुरुवालमा दिसा रहेको, निलो पटुका–१, पटुकामा रगत लागेको, पटुकामा बाँधिएको थैलीमा रु ५ को नोट, तामाको पैसा, टाँक, धागो, जडीबुटी, राना प्याथोलोजी सुर्खेतमा देवीसरा बिकको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन, घटनास्थलको दक्षिण पश्चिममा अर्को चुल्हो, पुरानो छिर्विरे रङको कम्बल, बोक्रा झिकेका रुखका हाँगाहरू, घटनास्थलको पश्चिमतर्फ माथिल्लो भागमा पानी खाने प्लास्टिकको बोतलमा आधा पानी रहेको, गुलावी रङको सल थान १, गोल्डेन सुर्तिको खाली पाकेट, पूर्व दक्षिणतर्फ करिब १५/२० मिटर तल कालो रङको कुकुर गोली लागी मृत अवस्थामा रहेको थियो। त्यसको नजिक खानेपानीको मूल रहेको, घटनास्थल पश्चिम, उत्तर र दक्षिणतर्फ डाँडा तथा ठूला ढुङ्गाले घेरेको ओडारजस्तो भएको, पूर्वतर्फ खुला रहेको अवस्थामा रहेको। घटनास्थलको वरिपरि करिब १०० मिटरको दूरीभित्र गाइगोरुहरू चरीरहेका र सो स्थानबाट झण्डै आधा घण्टाको दूरीमा गाउँ रहेको हुँदा उक्त क्षेत्र निकुञ्ज संरक्षित क्षेत्र हो वा मध्यवर्ति क्षेत्र वा पूर्णरूपमा निषेधित क्षेत्र भन्ने यकिन गर्न नसकिने अवस्था रहेको।

    ३. अनुसन्धानबाट प्राप्त तथ्यहरू

    सुर्खेत जिल्ला हरिहरपुर गाविस वडा नं.२, कप्सेरा निवासी कृष्णबहादुर बिक, दुर्गाबहादुर बिक, बलदेव गिरी र भूपराज गिरीसमेत ४ जना पुरुषहरू काउलोको रुखको बोक्रा काट्न भनी घटना हुनुभन्दा ४ दिन अगाडि (२०६६/११/२२ गते) बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाँसपानी इलाकामा गएको र यस क्रममा निजहरूले उक्त स्थानमा पानीको मूल नजिक पर्ने स्थान छानेर अस्थायी टहरामा बसेको बुझियो।

    निजहरूमध्ये कृष्णबहादुर विककी श्रीमती देवीसरा बिक र छोरी चन्द्रकला बिक तथा भाइबुहारी अमृता बिक, भूमिसरा गिरीसमेत ४ जना पहिले आएका व्यक्तिहरूले काटेर राखेको काउलोको रुखको बोक्रा लिनका लागि भनी मिति २०६६/११/२६ गते घटना हुनुभन्दा २–३ घण्टाअघि मात्र घटनास्थलमा पुगेको बुझियो।

    मिति २०६६/११/२६ गते राती ८.०० बजे घटनास्थलको पश्चिम दक्षिणतर्फबाट नेपाली सेनाको ज्वाला दल गण ठाकुरद्वाराबाट खटिएको उपसेनानी सुवोध कुवँरको नेतृत्वमा १५ जनाको सङ्ख्यामा रहेका नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जका ४ जना गरी जम्मा १९ जनाको टोली घटनास्थलमा पुगेको बुझियो।

    सुरक्षाकर्मीहरूले टहरोमा रहेका मानिसहरूलाई ‘भागिस् भने मर्लास्’ भनेको तर त्यसको लगतै एक्कासी गोली चलाएको बुझियो। त्यसबाट देवीसरा बिक, अमृता बिक र चन्द्रकला बिकलाई पछाडिबाट गोली लागेको, देवीसरा बिक र चन्द्रकला बिकको गोली लाग्नसाथ तत्काल मृत्यु भएको र अमृता बिकको गोली लागेको केही समयपछि मृत्यु भएको बुझियो। दुर्गाबहादुर बिक, बलदेव गिरी, भूमिसरा गिरी र भूपराज गिरी गोली चल्नासाथ घटनास्थलबाट भाग्न सफल भएको र मृतक देवीसरा बिकका श्रीमान् तथा चन्द्रकला बिकका बाबु कृष्णबहादुर बिक घटनास्थलमा नै पक्राउ परी निकुञ्जको हिरासतमा राखिएकोमा मिति २०६६/१२/४ मा निजलाई रिहा गरिएको पाइयो।

    घटनामा नेपाली सेनाको तर्फबाट १३ राउन्ड गोली चलाइएको भन्ने नेपाली सेना ज्वालादल गणको भनाई रहेको पाइयो।

    मृतकहरूको लाशको प्रकृति हेर्दा मृतक देवीसरा बिकलाई पछाडिबाट एक गोली लागेको अत्यधिक रक्तश्रावको कारण मृत्यु हुन गएको, मृतक अमृता बिकलाई पछाडि ढाडबाट मुटुमा एक गोली लागी अत्याधिक रक्तश्रावका कारण मृत्यु हुन गएको र मृतक चन्द्रकला बिकको टाउकोको पछाडि भागमा गोली लागी दाहिने आँखाबाट निस्केको र बाँया हातको कुहिनोको जोर्नीमा गोली लागेकोमा अत्याधिक रक्तश्रावका कारण मृत्यु हुन गएको भन्ने पोस्टमर्टम रिर्पोट समेतको अध्ययनबाट स्पष्ट हुन आएको छ।

    सो घटनाका बारेमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६६/११/२८ गते जारी प्रेस विज्ञप्तिमा बाँसपानी ईलाकामा मिति २०६६/११/२६ गते ठाकुरद्वाराबाट खटिई गएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ ज्वालादल गण ठाकुरद्वारा ब्यारेकको संयुक्त टोलीले गस्ती गर्दै जाँदा अपरान्ह करिब ५ बजेको समयमा पुरनपुर खोलामा बन्दुक फायर भएको र साँझ करिब ६ः३० बजेको समयमा बसाहा क्षेत्रमा फायर भएकोले निकुञ्ज भित्र बन्यजन्तुको चोरी शिकारी नियन्त्रणको लागी चोरीशिकारीको खोजतलास र निगरानी गर्दै जाँदा साँझ करिब ८.०० बजेको समयमा बाँसपानी क्षेत्रमा ५/६ जना हतियारसहित देखापरेकाले निजहरूलाई हतियार फाल्ने चेतावनी दिँदा उल्टै गस्ती टोलीले आत्मरक्षाको लागि बाध्य भई गोली चलाउँदा केही मानिसहरू रोईकराई गरेको र केही मानिस भागेकोले तत्काल फायर स्थगित गरी घटनास्थल जाने क्रममा शिकारीहरूले ल्याएको शिकारी कुकुरले गस्ती टोलीलाई आक्रमण गर्न आएकाले सो कुकुर समेत मारी घटनास्थल गई हेर्दा दुई महिलाको दुःखद मृत्यु भएको एक महिला घाइते अवस्थामा फेला पारेकाले तत्काल प्राथमिक उपचार गर्ने क्रममा निजको पनि मृत्यु भएको साथै सोही स्थानमा एकजना पुरुष फेला पारी नियन्त्रणमा लिएको, सो स्थानमा तीन थान भरुवा बन्दूक, केही गोली, बारुद लगायतका बन्दोबस्ती सामान फेला परेको भन्ने समेत व्यहोरा उल्लेख भएकोमा कुनै सबुत प्रमाणबाट पुष्टी हुन सकेन।

    हालसम्मको अध्ययनबाट उक्त घटनामा परेका महिलाहरूमाथि बलात्कार भएको भन्ने सम्बन्धमा विश्वासनीय प्रमाण फेला नपरेको र भेजाइनल स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बुझिएकोमा त्यसको प्रतिवेदन हालसम्म उपलब्ध हुन सकेको छैन।

    आयोगको अनुसन्धान टोलीले घटनास्थलको अवलोकन गर्दा घटनास्थलमा केही काउलोका बोक्राहरू सङ्कलन गरेको पाइयो।

    बर्दिया राष्ट्रिय निकुञ्जबाट घटनास्थलको स्थितिबारे सङ्कलन गरी आयोगलाई प्राप्त भएका तस्बिरहरूमा ३ वटा बन्दुकहरू यत्रतत्र फरक फरक स्थानमा फरक फरक अवस्थामा छरिएर रहेको अवस्थामा रहेको, खुकुरी समेत रहेको, लाशहरू घटनास्थलमा अस्वाभाविक रुपमा मिलाएर राखिएको देखिनु र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्राप्त बरामदी भएका भनिएका सामाग्रीहरू आयोगलाई देखाउँदा खुकुरी नपाइएको, प्रहरीले खिचिएको फोटोमा बन्दुकहरू एकै स्थानमा अस्वभाविक रुपमा राखिएको अवस्थामा रहेको पाइयो।
    अम्रेनीदेखि बाँसपानीसम्म झण्डै ७ घण्टाको पैदल अनुगमनको क्रममा चोरीशिकारीहरू बस्ने टहरा खाना पकाउने चुल्हा तथा मासु सुकाउने भाँटाको टँाडहरू ४/५ स्थानमा रहेको तथ्यहरू पाइयो।

    पक्राउ परेका कृष्णबहादुर बिक चोरीशिकारी र हातहतियारसम्बन्धी मुद्दामा संलग्न नरहेको सर्वसाधारण व्यक्ति रहेको भनी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख, राष्ट्रिय दलित आयोगका सदस्य तथा विभिन्न राजनीतिक दल र नागरिक समाजका प्रतिनीधिहरू समेतको उपस्थितिमा मिति २०६६/१२/४ मा भएको सहमतिको कागजमा उल्लेख भएको पाइयो।

    अनुसन्धानको क्रममा तत्काल घटनास्थलमा पुग्ने प्रत्यक्षदर्शीबाट समेत घटनस्थलमा बन्दुक नदेखेको भन्ने भनाई रहेको पाइयो।

    मृतकहरूमध्ये देवीसरा बिक कृष्णबहादुर बिककी श्रीमती र चन्द्रकला बिक कृष्णबहादुर बिककी छोरी तथा देवीसरा बिक कृष्णबहादुर बिककी भाइबुहारी नाता पर्ने व्यक्तिहरू रहेको पाइयो। मृतकहरू दलित समुदायका व्यक्तिहरू रहेका आर्थिक अवस्था निकै कमजोर रहेको, न्युन आयस्रोत भएको, जग्गा जमिन ५ कठ्ठा जति रहेको, उब्जनीबाट बर्षभरि खान नपुग्ने, कृष्णबहादुर बिकले फलामका आँसी कोदाला बनाउने काम गर्दै आएका, जीविकोपार्जनका लागि प्रायजसो सो क्षेत्रमा गई काउलोको रुखको बोक्राहरू काट्दै सो बिक्री गरी त्यसबाट आएको रकमले खर्च चलाउँदै आएको बुझियो।

    प्रहरीले घटनास्थलमा गई अनुसन्धान गर्नुपूर्व नै मृतक व्यक्तिहरूको शव मिलाएर राख्ने, प्रमाणहरू हेरफेर गर्ने लगायतका कार्यहरू गस्तिटोलीद्वारा गरिएको बुझियो।

    ४. विश्लेषण तथा निष्कर्ष

    अनुसन्धानको क्रममा बुझिएका प्रत्यक्षदर्शीहरूको भनाई, मृतकका गाउँका बासिन्दाहरूको भनाई एवम् जिल्ला प्रशासन कार्यालय बर्दियामा मिति २०६६/१२/४ मा भएको सहमतिको कागजसमेत प्राप्त तथ्य प्रमाणहरूको अध्ययनबाट घटनामा मारिएका देवीसरा बिक, अमृता बिक र चन्द्रकला बिकसमेतका व्यक्तिहरू काउलोको बोक्रा सङ्कलन गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानी क्षेत्रमा गएको देखिन्छ। निजहरू हातहतियार सहित चोरीशिकारी कार्यमा संलग्न रहेको भन्ने कुनै आधार देखिएन। सोही दिन नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट उपसेनानी सुबोध कुवँरको नेेतृत्वमा १५ जनाको सङ्ख्यामा रहेका सुक्षाकर्मीहरू र बर्दिया राष्ट्रिय निकुञ्जका ४ जना गरी जम्मा १९ जनाको टोली राती करीब ८ बजेको समयमा पश्चिम दक्षिणतर्फबाट घटनास्थलमा पुगेको देखिन्छ। बर्दिया राष्टिय निकुञ्जका कर्मचारीहरू माथितिरको पहाडतर्फ गएका र नेपाली सेनाको टोलीबाट गोली चलाउँदा एक बालिका र दुई महिलाको मृत्यु हुन गएको देखिन्छ।

    घटनास्थलको अवलोकन, घटनाका प्रत्यक्षदर्शी एवम् पीडितहरूको अवस्था, एटप्सी रिर्पोट र मृतकहरूको शवको अवलोकन गर्दा घटनामा मारिएका, पक्राउ परेका तथा भाग्न सफल भएका व्यक्तिहरूबाट गोली चलाइएको भन्ने तथ्यको पुष्टि हुन सकेन। पोष्टमर्टम प्रतिवेदन, घटनासँग सम्बन्धित फोटोहरू एवम् मृतकहरूको शवको अवलोकन गर्दा सबै मृतकहरूलाई पछाडिबाट गोली लागेको देखिन्छ।

    उपरोक्त तथ्य प्रमाणहरूको अध्ययन तथा घटनास्थल तीन दिशातर्फबाट पहाडले घेरिएको अवस्थामा रहेको पाईएकाले नेपाली सेनाको गस्ती टोलीले घटनामा निज मृतकहरूलाई नियन्त्रणमा लिन सकिने पर्याप्त अवस्था रहँदारहँदै त्यसतर्फ कुनै प्रयास नगरी, गोली चलाउनुभन्दा पहिले अवलम्बन गरिनुपर्ने प्रकृयाको पालनासमेत नगरेको देखिन्छ। आयोगको अनुसन्धानमा अत्यधिक बल प्रयोग गरी बालिकासहित तीनजनालाई मारेको देखिन्छ। प्रत्यक्षदर्शी तथा बुझिएका प्रमाणहरूको आधारमा घटनाभन्दा पहिले सुरक्षाकर्मीहरूले मृतकहरूलाई नियन्त्रणमा लिएको पाइएन। एटप्सी रिपोर्ट समेतको अध्ययनबाट मृतकहरूलाई केही दूरी टाढाबाट गोली लागेको देखिन्छ। घटनापछि

    घटनास्थललाई दुरुस्त राखी प्रहरीद्वारा मुचुल्कासमेत गरी प्रमाण सङ्कलन गर्नु पर्नेमा प्रहरीले सो कार्य गर्नुभन्दा पहिले नै सेनाले शवहरूलाई मिलाउने लगायतका काम गरेको पाइएकाले घटनासम्बन्धी प्रमाणहरू नष्ट गरी घटनालाई प्रतिरक्षाका लागि गोली चलाएको भन्ने झूट्ठा विवरण सार्जजनिक गरेको देखिन्छ।

    घटनामा महिलाहरूलाई बलत्कार भएको भन्ने सम्बन्धमा यस तथ्यलाई पुष्टि गर्ने प्रमाण पाइएको छैन।

    घटनामा सुरक्षाकर्मीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण ऐन, २०२९ को दफा २३ र २४ मा भएको कानुनी प्रावधानअनुरूप तोकिएबमोजिमको प्रक्रिया अवलम्बन नगरिएको र अत्यधिक बल प्रयोग गरेको देखिन आएको छ।

    यस घटनामा एक बालिका समेत तीनजना महिलालाई सुृरक्षाकर्मीले चलाएको गोली लागि मृत्यु भएको देखिन आएकोले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ रहेको बाँच्न पाउने हक, नागरिक अधिकार ऐन २०१२ को दफा १२ मा उल्लेखित व्यक्तिको ज्यान वा वैयक्तिक स्वतन्त्रतासम्बन्धी हक समेतको हनन् भएको देखिन्छ। यसबाट मानवअधिकारसम्बन्धी बिश्वव्यापी घोषणापत्र १९४८ को धारा ३ तथा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ को धारा ६ मा उल्लेखित जीवनको अधिकार, त्यसैगरी, बालअधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ३७ मा भएको व्यवस्था समेतको हनन् भएको देखिन्छ।

    ५. सिफारिस

    प्राप्त तथ्यहरूको विश्लेषणको आधारमा नेपाल सरकारलाई निम्न सिफारिस गरिएको छ :

    घटनामा एकजना बालिका र दुईजना महिलाहरू मारिएका र निजहरूलाई नियन्त्रणमा लिन सकिने पर्याप्त सम्भावना रहँदारहँदै अत्यधिक बल प्रयोग गरी गोली चलाउन आदेश दिने नेपाली सेना ज्वालादल गण, ठाकुरद्वारा बर्दियाबाट खटिइगएका उपसेनानी सुबोध कुवँरलगायत अन्य संलग्न व्यक्तिहरूको पहिचान गरी नियमित अदालतमा फौजदारी मुद्दा चलाउन, साथै घटनासँग सम्बन्धित सबुत प्रमाणहरू हेरफेर गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न।

    मृतकहरूका कानुनबमोजिमका हकवालाहरूलाई क्षतिपूर्ति स्वरूप राष्ट्रिय मानवअधिकार आयोग उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ बमोजिम जनही रु. तीन लाख उपलब्ध गराउन।

    मृतकका बालबालिकाहरूलाई राज्यको तर्फबाट निःशुल्क शिक्षाको व्यवस्था गर्न।

    मृतकहरूका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जीविकोपार्जनका लागि काउलोको रुखको बोक्रा काट्न गएको अवस्थामा मृत्यु भएको देखिँदा त्यस क्षेत्रका स्थानीयवासीहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन नेपाल सरकारबाट सरोकारवाला निकायहरूसँग समन्वय गरी उपयुक्त कार्यक्रमहरू सञ्चालन गर्र्न।

    राष्ट्रिय निकुञ्जको क्षेत्रमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन सम्पूर्ण राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्न।

    समाप्त

    No related posts.

    52 comments to सेनाले झुटो बोल्योः आयोग प्रतिवेदन

    • हृषिकेश अधिकारी

      पढ्दा सेनाले गल्ति गरि मान्छे मरेको देखिन गयो i ति हत्यारा लाई सजाय दिनै पर्छ
      I मानब अधिकार आयोगले पनि आँखा नाचिम्लियोस I तर कुनै पनि घटनालाई राजनीतिक रुप दिनु र राजनैतिक हिसाबले हेर्न भन्दा पनि सत्यतथ्य लाई विश्लेषण गर्नु जरुरि हुन्छ I अपराधी लाई सजायहोस्, उचित न्याय देखायियोस I अपराधिक घटनालाई राजनैतिक फाइदा बेफाइदासंग नदाजियोस I

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • घटनाको बारेमा अचम्म मान्नु पर्ने कुनै कारण छैन, नेपाली सेनाले कहिले त सत्य बोलेको थियो र ? सत्य बोलिरहने मान्छे वा समुदायले कहिलेकाही असत्य बोले पो अचम्म मान्नु !!

      सरकारले पनि कसरी सेनालाई कार्बाही गर्न सकोस ? आफ्नो कुकुरले अरुलाई टोक्दा त कस्ले पो आफ्नो कुकुर्लाई पिट्छ र ? पिट्यो भने भोली आफुलाई नै टोक्ला भन्ने डर छ माकुनेको हरुवा सरकारलाई ।

      Narayan Rana

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • गगने

      बास्तबिक नेपालि सेना छदै छैन, हालसम्म बनेको छैन यो त शाही नेपालि सेना लाइ जबर्जस्ति शाही प्रत्याय हटायर जनतालाई छकाउनको लाइ नेपालि सेना जस्तो बनायको मात्र हो! यो सेनाले झुठ बोल्यो भनेर बल्ल आयोग ले भन्यो, यसको झुठ सुन्दा सुन्दा देशको कान बहिरो भै सक्यो भने पचाउदा पचाउदा जनताको भुढ़ी कुहिसक्यो!
      यो हालको कथित् नेपालि सेनाको बास्तबिकता र इतिहाश घाम भन्दापनि छर्लंग छ!
      यो सेना नेपालि जनताको बिरुद्दमा राजसस्था,राजा,अनि सामन्तीहरुको सेवा र सुरक्षाकोलागि स्थापना गरियको हो, सत्य यहि हो यो भन्दा अर्को सत्य भ्रम मात्र हो!
      यो सेनाको प्रमुख काम गुलामी,मलामी र सलामी हो! अनि तेसपछी जनतालाई थर्काउने,लुट्ने,बलात्कार गर्ने मार्ने हो! आफु भन्दा माथिको लाइ झुकेर सलाम हान्ने अनि तलको लाइ तन्केर लात्तिहाने, आफ्नो बिरुद्दमा आयको आफुले भनेको नमान्ने, मालिक को बिरुद्दमा बोल्ने या बिरोधि कार्य गर्ने जोकोही(जनतामात्र)लाइ पिट्ने बलात्कार गर्ने मार्ने कार्यको लागि शिद्दाहस्त शिक्ष्यैयकोहो, यसले गर्ने र गर्न सक्ने भनेको सिर्फ निरिह जनतालाई हो अन्यथा नत बिद्रोही लाइ सक्छ न बैदेशिक विरोधीलाई, न आफु भन्दा माथिल्लो स्तरको मालिक र सामन्ती ठालुहरुलाई!
      यसले न देशको शिमाना रक्षा गर्न सक्छ न बिदेशी सेना संग लड्न सक्ने कुनै तुक छ! एउटा पागलले मात्र सोच्नासक्छ र भन्नेछ यो सेनाले इन्डिया र चाइना को सेना बात देशलाई जोगायर सुरक्षा दियको छ भनेर! बास्तबमा यो सेना नभयपनी केहि फरक पर्दैन, देशको अर्थतन्त्र लाइ नै असर पर्नेगरी ठुलो धन राशि यो सेनालाई पालनमा खर्च गर्नुको कुनै तुक छैन!
      यो जनताको पसिनामा मालिकले दियको चामल भिजायर उसिनी खाने र जनताको पसिनामा नुन कम भयो भनेर जनतालाई पिट्ने बलात्कार गर्ने र मार्ने यसको संगठानिक धर्म हो!
      बन्यजन्तुको शुरक्षा गर्ने नाममा यो सेना हरिण र चित्तल मारी मालिकलाई सहरै पुर्याउदछ (तलको जवान निम्छरो सेनालाई पुच्छर अनि सिंग र खुर भाग पनि पर्दैन) अनि आफ्नो पेट पाल्न काउलो काट्न गयको निरिह निमुखा जनतालाई शिकारीको आरोप पोतेर मार्दछ!
      वास्तविकता र सत्य आरक्षित बन्यजन्तु माथि अरुसँग भन्दा यही सेना सँग बढी खतरा छ! आफुले कथित सुरक्षा दियको भन्ने बन्यजन्तुको शिकारी मुख्यत यही सेना हो र निमुखा निरिह जनताको शिकारी पनि यही सेना हो तेसैले यसलाई सेना भन्दा शिकारी दल भन्नु अन्यथा हुनेछैन!
      देशलाई भन्दा सेनाको वास्तविक र यथार्थ पुनर्सम्रचना हुनु जरुरी छ! त्यो भन्दा पनि सत्य त नेपालमा सेनाको आबस्यकतै छैन! सेना भनेर अनाहकको अथाह सम्पत्ति खर्च गर्नुको साटो त्यो सम्पत्ति देशको जनतालाई सक्षम,स्वोस्थ र द्रिण बनाउन लगानी गर्नु अतित्युम हुनेछ!
      कथित नेपाली सेना बिघटन गरिनु उचित हुनेछ! यो सेना नभएए देखि देशमा अरको कुनै सेना बनाउने जरुरत र जमरको पनि कसैले गर्ने छैन!
      जनतालाई कहिल्याइ सम्मान र शान्ति नदिने देशको सबै ठुलो बखेडा नै यही सेना हो!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • Lok Bahadur Gharti Magar

      रक्षामन्त्री बिध्यादेवी (राक्षी?)ले उनीहरु पनि सर्वप्रथम मानवहरु हुन र नेपाली नागरिक हुन् भन्ने किन नबुझेकि नि?नेपाली सेनालाई माओवादीहरुले मात्र होइन सारा ८० प्रतिशत जनताले नरुचाउनुको कारण यस्तै नराम्रा कामहरु खुलेआम गर्नाले हो।यो सुबोध कुंवर भन्ने जन्तुलाई नेपाली सेनाका प्रधान सेनापति छत्रमान गुरुंगले किन टुंडिखेलमा लगेर झुण्डाउन्न् हं?१५ जना सशस्त्र सेनाले ४/५ जना निहत्थालाई गोली हान्नु पर्ने कारण के?म्यानुअल कम्ब्याट गरेर पनि सजिलै जित्न सक्नेलाई किन जनताको पैसाले किनेको गोली?के ती नालापानी कब्जा गर्न आका अंग्रेजहरु हुन? कि कालापानी कब्जा गरेर बसेका भारतीयहरु?सुस्ता मिच्नेहरुलाई गोली हान्न नसकेर थुक्क माचिक्ने नेपाली सेनाका खराब धमिराहरु हो!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Hilman, Myagdi

      What a joke comment Mr. Diwaker.

      Four human being especially women and children are murdered by the army in cold blood. The Nepalese army is well aware of the “RULES OF ENGAGEMENT” as it has worked under the UN mission for long time and Nepal has ratified the United Nations charter for human right. There for the Nepalese Army must be able to protect, defend and preserve the human right. But in this incident the use of force is very excessive even if the victims were armed. The use of excessive force and unlawful killing is a punishable crime in a democratic and civilised nation.

      As the victims are shot from behind at a very close range, it is not ROCKET SCIENCE to understand that the victims were either arrested then executed or they were shot while running away from the scene. If they were armed and were firing towards the security forces then the bullet wound they have must be in the front not at the back. It is a common sense. Isn’t it Mr. Diwaker,

      The primary role of the security force is deterrence, rather then termination and execution. There was no need to shoot them from behind in cold blood, if they were leaving or running away from the restricted area. There would have been plenty of other opportunities in future to arrest them if they were doing something illegal. There for it is a cynical crime and the culprits must be investigated and punished very harshly.

      “SO ALL OTHER INNOCENT MEMBER OF THE NEPALESE ARMY MUST HAVE THEIR HEAD HIGH AND PROUD OF THEM SELF”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • तेज प्रसाद अधिकारी

      यी रक्षा मन्त्रि भानाउदी विद्या भण्डारीले भोलि ‘ यो आयोगले माओबादीको दबाबमा एस्तो वाहियात प्रतिबेदन तयार परेको हो / यसमा कुनै सत्यता छैन / सेनाले गल्ति गरेकै छैन ‘ भनेर फेरी कुर्लने छिन / लाज सरम पचेका हरुले गर्ने भनेको यत्ति न हो / आफ्नो श्रीमानको हत्याको त यिनलाई मतलब भएन जाबो गरिब मरेको यिनलाई बालै हुदैन नि / सेना बाट न्यायको आशा गर्नु भनेको ढुंगा टुसौला भन्नु जस्तै भो नेपालमा / नेपालको सेना नेपालीको कहिले होला ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 1

    • बलात्कार गरेर हत्या गर्ने ले कही साचो बोल्छ l झुन्डाएर १० कोर्रा लगाए पछि मात्र साचो ओकल्छ l तर कसले कारबाई गर्ने मानब रुपी दानाब लाई,………….
      हे भगवान ति अबोध बालिका र मिर्तक को आत्मा लाई सान्ति देउ l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • Zeenat

      सेनाले साचो बोल्यो भनेको भए पो अचम्म मान्नु, अब सेना ले झुठो बोल्यो, नेताले जनता ठग्यो झुठो आस्वासन दियो भन्नु त चोर ले चोरि गर्यो, हत्यारा ले हत्या गर्यो भने जस्तो होइन र? खोइ मलाई त त्यस्तै लाग्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

      • mahesh

        नेपाल माँ सत्य बोलने र साचो सोचने को दोहोलो काटिंछ. मात्रिका ले “सेना ले नै दुर्लभ बन्य्जन्तु को शिकार गर्दछ र शिवपुरी ब्यारेक माँ थुनिएको बेला माँ मलाई समेत प्रतिबंधित जनवार को मासु खान दिएको थियो” भनेर साचो बोलदा गिरिजा ले उनलाई क्याबिनेट को मीटिंग बात बाहिर जान भनेर सेना को चाकरी गारे. प्रचंड ले नेपाली सेना ले “नेपाली चेली लाइ बलात्कार र ह्त्या गर्दै आइरहेको छ” भन्दा केपी ओली मार्का का पदुवा हरु ले “सेना जस्तो सम्मानित सस्था” लाइ बेइज्जत गरियो भनेर सेना को बुट माँ छद हाले. रामबरन देखि २२ हरुवा दल ले कटुवाल को बूट कसरी पालिस गारे भन्ने त हिजो को कुरा हो. बस्ताब माँ बिक्रम संवत १८७१-72 पछि सेना ले गरेको सकारात्मक काम भनेको खम्पा बिद्रोही लाइ दबाउनु हो, अन्यथा यो सस्था एउटा परिवार को लागी ३ करोड़ जनता को अधिकार खोसन मात्र प्रयोग भयो. ज्ञानेंद्र को काल माँ सेना ले आफु लाइ कानूनी दायरा भन्दा माथी राखी सकेको थियो. हुन ता अहिले पनी सेना कानूनी दायरा र अदालत भन्दा माथी नै छ. प्रमाण तोरण बहादुर सिंह र निरंजन बस्नेत को कुरा काफी छ. अहिले छात्रमन पछि सेनापति हुने लाइन माँ रहेको दिलीप शमशेर नै चितवन रास्ट्रीय निकुंज माँ प्रतिबंधित रतुवा को शिकार गर्दारंगे हात समातिएको हो र उसलाई समाटने बन का कर्मचारी लाइ हात्पात पनी गरेको हो. उसलाई अझै पनी रतुवा जर्नल भनेर चिनिन्छ.
        अब उसलाई कारबाही गर्ने हो भने सेना को “चेन अफ कमांड बिग्रिन्छ” भनेर करौने बिद्या ओली नै अगाडी औछे.तेस्कारण राणा तेस्पछि शाह को मलामी सलामी र गुलामी गर्दै बिजुली गारत को रूप माँ रहेको सेना को नाम मात्रै फेरिएको हो, अन्यथा यो सेना, र यो सरकार का बुख्याचा हरु सबै हिजो कै बासी सडे गलेका बिचार बोकेका हून. नेपाल को सबै भन्दा ठुलो समस्या नै नया परिबेश माँ पुरानो खोटो मोहोर हरु को हालिमुहाली चाल्नु हो. के गर्ने जनता ले ता सही निर्णय गरेका हूँ, जनता को जनमत को कुनै अर्थ नहुने भए पछि…………………

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • को छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • श्याम श्रेष्ठ

      निर्दोष र निमुखालाई बन्दुक भिराई आतंककारीको नाम दिएर हत्या गर्ने जुन जनयुद्धकालिन शैली नेपाली सेनाले यहाँ पनि प्रस्तुत गरेको छ, यो बाट पनि स्पष्ट हुन्छ कि अब निर्दोष मृतकले न्याय पाउने छैन र नेपाली सेना अहिले पनि युद्धकलिन आतंकको ह्यङ ओभरबाट मुक्त हुन सकेको छैन।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

    • पुष्प

      आयोगको‌ सिफारिश कार्यान्वयन होला नहोला, तर आयोगको प्रतिवेदन र हामीजस्तो आमनागरिकले गरेको अनुमान लगभग मिल्न गएको देखिन्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • Binod Regmi

      नेपाली सेना लै दिएको जिम्बेवारी, कन्गर्वेसन को सम्बेदनासिलाता, नेपाल मा तस्कर हरु को बिगबिगी र संरचन कर्मी हरुको मनोबल गिरहुनी किसिम ले यो पर्तिबेदन तयार गरिएको छ. मर्नि मह्चे हरु तस्कर थियनन भनी पर्मनित हुन सकेको छैन. खाली पुब्लिक सेन्टिमेन्ट जित्न को लागि रिपोर्ट बनाएको हो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 37

      • देवराज जोशी, कैलाली

        बिनोद रेग्मी जी को तर्क हास्यास्पद लाग्यो, पब्लिक सेन्टिमेन्ट लिएर के चुनाव जित्नु छ र आयोग लाइ? अनि मानव अधिकार आयोग लाइ किन सम्रक्षण् कर्मीको मनोबल गिराउन आवश्यक छ र केही त कारण हुन् पर्यो नि त्यस्तो गर्न लाइ कि कसो?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 3

    • ikshrestha

      यस्तै हो, सर नेपाल मा हतियार को आड्मा जसले जे गरे पनी भयको छ . सर्ब साधारण जनता लाई पनी हतियार राखना पाउने कानून बनायोस कम से कम प्रतिकार त गर्न पाउछन, की बिना अर्थ प्रयोग गरियको प्रतेक गोली को मोल तोकि त्यस बराबरको रकम जरिबानाको नीयम लायी ओस तस्पछि सोचेर मात्र आबस्यक पर्दा गोली को उपयोग गर्थेकी.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • tulsi

      मान्छेको जीवन नै नष्ट गर्नेहरुले प्रमाण नष्ट गर्नु कुनै आश्चर्य भएन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • sasang Lama

      सक्रिय राजतन्त्र हुँदा हजारौं नेपालीहरु यसरी नै बेपत्ता भएका थिए। भुत्राको बन्य जन्तु संरक्षण! त्यही संरक्षणभित्र रहेको म्रिग, हरिण,बंदेल आदिका मासु दरवार र जर्नेलहरुका घरघरमा पुग्थे। बिचरा बि क परिवारले काउलोको रुखको बोक्रो बटुल्न जाँदा गोली खाएर मर्नुपर्‍यो। कोही काठमाडौमा बसी बसी संरक्षणमा रहेका दुर्लभ जन्तुहरुको सुकुटी खाएर मोज गर्ने, कोहीले चाँहीं नाथे रुखको बोक्रो पनि बटुल्न नपाउने? नेपालको त्यो कुनोमा अझै लोकतन्त्र पुगेको रहेन रहेछ। संरक्षण भनाउँदो त्यो जंगलमा चोर शिकारी नै पसेको रहेछ भनेपनी त्यसरी गोली हान्न पाइन्न क्या! आफुलाई राष्ट्रिय सेना भन्छौ भने असल राष्ट्रिय चरित्र देखाउनु पर्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 5

    • कहिले सम्म सहने हो सेना को अत्त्याचार? उनीहरु ले जे पनि गर्छन|
      अस्ति दशरथ रंगशाला मा एउटा आर्मी टिकेट नै नकाटी म्याच हेर्न गएको थियो, परिवार लिएर | नेपाल को कुन चै ठाउमा लेखेको छ सेना ले टिकट काट्न पर्दैन भनेर? मनोरंजन को बेलामा (आफ्नो बर्दी नलगाएको बेलामा) सेना पनि नागरिक जस्तै बन्न सिक्ने कहिले होला ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • pradhan sydney

      राष्ट्रिय निकुन्ज हरु मा सेना का जवान हरु ले यस्तो किसिम को ज्यादती गरिब र निमुखा जनता बिसेष आइमाई हरु मा धेरै पहिले देखि गर्दै आएको अहिले पाप करायो. सम्पूर्ण कुन्ज हरु बाट सेना लाई हटाउनु पर्छ. कुन्ज को अर्कै संस्था बाट सुरछ्या होश. दोषी लाई कारबाही होश. नेपाली सेना मुर्दाबाद.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • दुर्गा खनाल रियाद बाट

      सेना लाई कारबाई कसले गर्ने ??? अस्ति कान्तिपुर टि भी को फाएर साइड मा पूर्व सेनापति कसरि कुर्लदै थे ! सुन्नु भएन बिद्या भण्डारी कसरि सफाई दिदै हिद्छिन ! सबै लाई बासमा झुन्ड्याउनु पर्ने अनि जिउदै जलाउनु पर्ने !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 6

    • Diwakar

      I think what military have said earlier is absolutely true. Lots of biased so called Human right organisation prematurely provide information that they are the victim of rape and torture. The new report shows not such case. Its illegal to enter inside protective reserve. I think there might be firing exchange between these people and military and some male persons may have been fled from the spot.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 25

      • jeev

        now i have a doubt abt it too Mr. Diwakar …that male person who fled the spot must b u ….moron!!

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

      • hari_bahadur

        I think you did not go through the report thoroughly, the spot was half an hour away from the village, there was no clear markings as to identify whether it was protected zone or restricted zone. Also, there is not any proof to show that they were poachers. NHRC could not prove whether it was rape or not because all the proofs were destroyed.

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Nik

      समाचार धेरैनै खलबली पूर्ण मान्नै पर्छ|जहाँ सेना, पुलिस, ग्यांग,अनि हथियार धारी समूह (माओ-बादी) हुन्छन त्यहाँ यस्ता घटना हुनु भनेको आश्चर्य मानेर कमेन्ट लेखेर एकले अर्को लाइ गाली, त्यो पनि पार्टीगत खेमा मा बांडीएर, गरेर लेखिने कमेन्टहरु पढनै लाई पनि निरर्थक कुरा हो|दोषीलाई संजाय त्यो पनि त्यो देशको कानून भित्र बसेर दिने पर्छ अनि दोषीले पाउने पर्छ, यसमा दुइ मत हुने सक्दैन|तर के नेपालमा त्यो सम्भव छ?सम्भव हुँदो हो त, माओ-बादी भनाउदाहरु आफु भन्दा ठुलो लट्ठी बोकेर, सडक बन्द, राँके जुलुस, चन्दा संकलन, अर्काको घर जग्गामा पार्टीको झन्डा गाडेर खुले आम सरकार, कानून र शान्तिलाई जिस्क्याउन सक्थे त?आफ्नै पार्टीका लाई मारेर अनि त्यै पार्टीको संरक्छित क्याम्प मा सुरक्छित बस्न, खान र लाउन अनि प्रमोसन पुन सक्थे त?करिब करिब २०००० नेपालीले ज्यान गुमाउन परेको कारण भएको माओ-बादी पार्टी आज देशको सबै भन्दा ठुलो राजनैतिक पार्टी हुन कदापि सक्ने थिएन यदि हामि नेपालीमा राज्यको कानून, नीति नियम र सामाजिक रिति रिवाज मान्ने बिबेक भएको भए|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 33

      • पुष्प

        निकजी,

        ‘सलाम’ छ तपाईंको ‘दूरगामी’ सोचलाई । यहाँ पनि माओवादीलाई तान्ने कोशिस गर्नुभएछ । अनि आजसम्म ‘अज्ञात’ रहेको माओवादीले २० हजार मार्यो भन्ने प्रतिवेदन शायद कुनै भारतीय एजेन्सीबाट पाउनुभो कि कसो ? हैन भने महेशजीले त्यत्रोपटक यस्तै कुराको जवाफ दिइसकेको अवस्थामा अझ संख्या बढाएर भ्रम छर्नु भनेको ‘… भन्दा हेर्नेलाई लाज’ भने जस्तै हो । हैन माओवादीले यो गर्यो त्यो गर्यो भन्नुअघि माओवादी किन जन्मियो भनेर पनि विचार गर्नुस् निकजी ।

        अनि के माओवादीलाई भोट नदिनेहरूमात्र विवेकशील प्राणी रहेछन् है ! वाह ! फेरि पनि ‘सलाम’ छ है ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 11

        • kesu

          पुष्प जी,
          माओबादी किन जन्मियो भन्दा :-
          जनता मार्न,
          जनता को हात खुट्टा भाचना,
          भयका संरचना भात्कौना,
          देश का युवा लाइ वाई-श्यल मा भर्ति गरेर उनीहरुको भबिस्य बिगार्न,
          mobile टावोर भात्कौना,
          एम्बुस थाप्न ,
          सर्ब साधारण को जग्गा कब्जा गर्न,
          नक्कली सुकुम्बासी सिर्जना गर्न
          काजोल ,रामहरी,बिरेन्द्र,दिकेन्द्र, लगायत को हत्या गर्न,
          भित्र प्रभु मान्ने बाहिर गाली गर्न (भारत लाइ),
          गिरिजा लाइ बाचुन्जेल सराप्ने मरेपछि अभिभाबक देख्न,
          लिम्बुवान सेना,थारुवान सेना, तराइ जनात्रन्त्रिक सेना, तराइ कोब्रा को जन्म दिन.
          जातियता मा देश बिखन्डन गर्न.
          अरु राजनीतिक आस्था राख्ने को विचार लाइ जबर्जस्ति मार्न.
          चुनाव मा बुथ कब्जा गर्न.
          रगत मा होलि खेल्न (प्रचंडे ले दशौ हजार को बलि दिने कुरो गरेकै छ )
          bla bla bla …
          अरु चाहियामा भन्नुस लेखौला.
          जय नेपाल.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 34

          • पुष्प

            ठीक भन्नु भो । तपाईंका कुराहरू ब्लाब्ला नै हुन् । हाहाहा ।

            वागमतीमा फोहोरमात्र देख्ने तर फोहोर कसरी भयो भनेर नदेख्ने चाला गर्नुभएन नि केशुजी । अनि के वागमती फोहोर बनाइयो भन्दैमा वागमतीलाई नै गाली गर्ने ? फोहोर गर्नेहरूचाहिँ चोखो, शुद्ध भए ? केशुजी वागमती जतिसुकै फोहोर बनाइए पनि उसको महिमामा कहिल्यै कमि आउनेछैन । तर ढललाई जतिसुकै सफा गरे पनि त्यहाँबाट आउने भनेको गन्ध नै हो ।

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 8

            • mahesh

              केसू र निक लाइ जबाफ लेखु भनेर बसेको, पहिला उनी हरु को कमेन्ट पढ़े, माई संसार का पाठक हरु ले उनी हरु लाइ गरेको भोटिंग हेरे. दुबे को कमेन्ट अहिले को कठपुतली सर्कार जस्तो आम रूप माँ जनता ले नकारेको जस्तै कमेन्ट पनी पाठक बात अस्वीकृत देखिन्छ. अनि तेस्तो पत्रू, दुई पैसे,बर्बराहटयुक्त प्रलाप को पनी के जबाफ लेख्ने भनेर लेखिन. हुन त पुष्प जी ले जबाफ लेख्नु भएको रहेछ, तर पुष्प जी अली सुहाउदो कमेन्ट लाइ जबाफ लेखन अनुरोध गर्दछु. आफु लाइ त्यों स्तर माँ नझारनुस.

              मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

        • Nik

          यस्ताकुरा हरु यस्तो नै हुन्छन पुष्पजी|जब हामि एक अर्काको आँखामा राजनैतिक बिचारले गर्दा हेर्न सक्दैनौ, मैले जे भने पनि र तपाइले जे भने पनि हामी एक अर्काको लागि त्यो मान्य हुन्न| जस्तै तपाइँ माओ-बादीले गरेका सबैनै कुकृत्यलाई आँखा चिम्लेर त्यसको बचावात्मा ब्याख्या र लेख द्वारा हामीलाई सम्झुना थाल्नु हुन्छा भने हामि यो नरभक्छी रक्छ्यासको रुपमा चिन्छौं|तपाई ऐलेको नेपाल लै संक्रमण काल को अवस्था भनेर औंल्यौना थाक्नु हुन्न हामी यस्ता संक्रमण काल भन्दै नेताहरुले हामी माथि गरेका राज बारे ध्यान दिन्छौं र माओ-बादी अरु केहि होइन त्यै द्यंग मा आएको अरो साढे गलेको मुली हो भन्छौं|अझै भन्ने हो भने त माओ-बादी हामी संग भएका ति पुराना मुलाहरु मध्ये पनि साढे गलेको, आफनै देशका दाजु भाइ, दिदि बहिनि बीच जातीय र भाषीय रुपमा अलग्याउने रक्छ्यासको रुप मा लिन्छौं|हामी “Emperor’s new cloth” पढेर सिक्छ्या लिन्छौ, तर तपाईहरु त्यसको हुइयाँ मा हुइयाँ मिलाउनु हुन्छ|फरक हामी हाम्रो मौलिक हक अधिकार र आफुले रोजेको बाटो अमुल्य हो भंच्चौं, तर तपाइँहरु त्यसलाई समानता बाद, साम्राज्य बाद, पुंजी बाद देख्नु हुन्छ|हामी तपैंका ति हुल्याहा वाइस्याललाइ समाजको slug देख्छौं तपाई मसिहा देख्नु हुन्छ|तपाई एउटा भुस्याहा कुक्कुर ले पनि पुन सक्ने “गाँस बास र कपासको लागि आफ्नो नैसर्गिक अधिकारी सुम्पन तयार हुनुहुन्छ भने हामि त्यसको बिरोध गर्छौं|अन्त्यमा तपाई र तपाइँ जस्ता माओ-बादी हरुलाई आँखा देखाउनु र त्यसमा लागि पर्नु हामि प्रजातन्त्र प्रेमीहरुको कर्तब्य हो, किनकि बिजय आखिरमा हाम्रै हुन्छा, हार यहाँ हरुको नै हो, अबश्यम्भाबी|पुष्प जी यदि यस्तो नहुँदो हो त बर्लिको पर्खाल फोरिने थिएन, पुर्बी युरोप बाट कम्युनिस्टहरु पलायन हुने थिएनन्, चीनले माओ-बाद त्यागेर, देंग पथ अपनाउने थिएन, फिडेल ओझेल मा पर्नु पर्ने थिएन, पोलपोटको सत्यानाश हुने थिएन, दक्छिन अमेरिकाको साइनिंग पाथ अस्ताउने थिएन|मार्क्स को बिछार अध्यन गरेर कोहि मित्रहरु एक नम्बरको पुन्जिबादी देशमा आफ्नो जीवन चक्र चलाउनु हुने थिएन|अझै पनि “माओ – बादी पिडित” भन्दै उनै माओ बादी साथीहरु पुजीबादी देशहरुमा शरणार्थी हुनुहुने थिएन|यस्ताकुरको बिस्लेशन गर्नुस अनि आँखा खोलेर आफ्नो नासो नदिनुस्, मेरो यहाँ लाई हार्दिक सल्लाह|

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 5

    • neerose

      सबै भन्दा पहिले,
      मदन भण्डारीको इतिहाशमा धब्बा बनेर दुस्सहास सहित लाजै नमानी देश र राजनीतिलाई नै दुर्गन्धित बनाइ कुर्चीमा टासी रहेको कथित् रक्षामन्त्री रास्ट्रीय नकाच्चरी बिद्या भण्डारीले आफ्नो रास्ट्रीय राजनीतिमा स्थापित मृतक पतिको इज्जतको लागि पनि राजिनामा दिनु वा हट्नु नितान्त जरुरि छ!
      अनि,
      नेपालि सेनाको नाममा रहेको जनतामारा सेनाको कलंकित हरुलाइ सेना बाट निकालेर फाशिमा झुन्ड्याउनु जरुरि छ!
      They most received Capital punish. “hang till the DEATH” so called उपसेनानी सुवोध कुवँरको & followers.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 7

    • Hilman, Myagdi

      नेपाली सेना बाट, गरिबीले थिचिएका, निर्दोष निमुखाहरुको केही गरेर खान पाउने, बाँच्न पाउने र मानव अधिकारको हनन भएको मा सम्पुर्ब नेपालीको आत्मा रोएको छ! आफ्नो रक्छक नै भक्छक भई गरेको यस्तो जघन्य अपराध बाट कसै ले पनी छुटकारा पाउनु हुदैन! नागरिक भनेको राष्ट्रको सम्पत्ति हो! नागरिक रहे न राष्ट्र रहन्छ! राष्ट्रको नागरिक जो जे जस्तो अवस्थामा भए पनी बच्न पाउने, गरेर खाने र उसको नैसर्गिक र मानवीय अधिकार हुन्! यी हक अधिकार हरु खोस्ने अधिकार कसै लाई छैन!

      सयुक्ता राष्ट्र संघ जस्तो मान्यता प्राप्त संस्थामा आबद्द भई वर्षौ वर्ष सेवा गरेको सेनाको यो आचरण कुनै हालतमा छाम्य छैन! किन भने यस प्रव्रितीको अपराध भनेको विश्व सामु नेपाल राष्ट्र र नेपालीलाई नै अती घृणित र लज्जा को विषय हो! यस बाहेक नेतृतवमा बसेर यस्तो जघन्य अपराध लुकाउने प्रपन्च मिलाउने नैतिकता गुमाएको विध्या भण्डारी जस्ता, पोइको नामले राजनितीमा ठाउं पाएको रक्षामन्त्री, सैनिक आधिकारीहरु र बुद्दिजीवी सहयोगी हरु पनि अपराधी हुन्!

      यसरी निर्दोष, गरिब र निमुखा नागरिक को बाच्ने र गरी खाने अधिकार खोस्ने अपराधीहरु लाई तुरुन्त पक्राउ गरी सर्वस्व हरण गरी जन्म कैद गर्नु पर्छ! र घटना लाई लुकाउने छिपाउने परपंचकारी हरु लाई पनी अनुसन्धान को दायरामा ल्यायी दोषी लाई कारवाही गरेर पिडितलाई उचित क्षती पुर्तीको (रु. तिन लाख मात्र होईन) व्यवस्था गर्नु मा कु ने सरकार को प्रथामिक एजेन्डा हुन पर्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 3

    • Raj,virginia

      भुत्रो कारबाही हुने हो नेपालमा…..नेपालमा कारबाही हुने भएको भए के आज नेपालमा यी चोर फटाहा नेताहरु आज बाटामा हुन्थे ??
      चोरनै चोर भएको देशमा चोरले चोरलाई कसरि समातने ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 0

    • saurav

      बलात्कार गर्ने सेनाहरुलाइ भारत तिर भागिसके होलान, के धाक लगाउछौ? सुरु मा नै जेल मा हालेर अनुसन्धान गर्नु पर्थ्यो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 9

    • प्रतिवेदन त निष्पक्ष भयो, कारबाही पनि निष्पक्ष भए त हुने!

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • jeev

      can someone please think of those lil kids too…they need help…enough cursing on those B*******…they ll never learn a lesson until their own sister or mother gets raped n killed like how they did…such a shame!! But please fellow readers lets find a way to these childrens.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 5

      • hari_bahadur

        You are right, if we can do more than sitting in front of our computer and make comments, let’s do something to help those kids.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • badakaa

      अब बिद्या दीदी ले त्यों सेना लाइ प्रमोशन गर्ने त होला नि ? लहै बिद्या दीदी पछि न हटनु केपी बाजे तपाईको पछि छदैछन नि की कसो ?
      बड़का

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 8

    • देवराज जोशी, कैलाली

      शाही सेनाको उहील्यै नानी देखि लागेको बलात्कार गर्ने बानी के छोडुन यति छिटै ! नाम मात्रै नेपाली सेना राखेर के गर्नु चरित्र त उही छ | शाही सेना लाइ “बलात्कारी सेना” भन्ने माओवादीको भनाइ ठीकै रहेछ , नेपाली सेनाको लोकतान्त्रीकरण गर्नु पर्ने भन्ने उसको भनाइ सत् प्रतिशत ठीक छ |

      अहिले कांग्रेस, एमाले र अरु दल ले सेना लाइ उचालेर सरकार भन्दा छुट्टै समानान्तर शक्ति केन्द्र बनाएका छन् अनि नेपाल सरकारको रक्षा मंत्री नाम गरेकी महिला लाइ आफ्नो प्रवक्ता नियुक्त गरेका छन् , हरुवा हरुको सरकारले आफ्नो सरकार लाइ संसारकै सबै भन्दा लोकतान्त्रिक दावी गर्छन तर आफु भने रिमोट बाट संचालित हुन्छन, विचित्र छ यहाँ को स्थिति!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 14

      • MAHARJAN bimal

        शाही सेना राष्ट्रको सेना हो, मुखमा जे आयो प्वाक्क बोल्ने माओबादीको पुछ्रेहरुको नानी देखि लागेको बानीको कुरा सुन्दा लाग्छ, लुट्नु, ठुत्नु, चुदु, पड्काउनु, भद्काउनु, खिसी गर्नु, खुट्टा तान्नु , धम्क्याउनु , तर्साउनु उसको धर्म हो | येसलाई आँखा चिम्लेर घन्टी बजाउदै पुजा गर्नु पर्छ | नानाभाती कुरा गरेर शाही सेनालाई लान्छना लगाउने काम बन्द गर कमरेड | आफु सेनामा रहदा जे जे गर्यो, शाही सेना ले नि तेही तेही गर्छ भनेर कल्पना गर्नु त्यो त पानीको फोका जस्तै हो | आज तेही शाही सेनाले गर्दा तिमीहरुको तानासाह बाट नेपाली जनता र नेपाली आमा बाची राखेका छन् |

        जय देश, जय नरेश |||

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 75

        • Nabaraj

          Maharjan ji, THIS IS NON SENCE AND SO RIDICULES COMMENT…..

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 12

        • mahesh

          यी बिमल महर्जन को बिचार हेर्दा यिनी पशुपति भक्त महर्जन को नातेदार परे की क्या हो?

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 6

        • pawan

          Mr. Maharjan can u tell me what mailitary did for u and what they did for nepalese. Actually nepalese army n police r big burden to our society. The most rape n crime r caused by them. Apart ktm army were the hatred organisation all over nepal. They dont have any work beside spoiling girls and women.
          The people livin border to sanctury have right to use forest byproduct and so called buffer zone.

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

        • neerose

          शाही सेना रे?
          हाहा यो मान्छेलाई शाही सेना को शाही हटायर सेना बनायको पत्तै पायनछ! राजाजो ह्याङ अझै सक्याछैन की क्याहो?शाही सेना होईन बरु भन्नेनै हो भने कशाही सेना भन्दा फरक पर्दैन!

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • “निष्पक्ष आयोगको प्रतिबेदन” राष्ट्रिय मानवअधिकार आयोगलाइ मुरी मुरी धन्यबाद !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 6

    • jeevan

      घटनालाई ढाकछोप गर्ने नियतले निमुखा महिला हरुलाई शिकारी भन्ने (कु)-बिद्या भण्डारी लाइ समेत कारबाही हुनु पर्ने हो / तर त्यो दिन त कहिले आउला र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 7

    • kesu

      आयोग ले दोषी देखाय पछी पनी कारबाही नगर्ने हो भने सरकार नालायक र हत्या हिंसा लाइ प्रसय दिने सरकार भनि दर्जा दिय हुन्छा ठुलो संगठन मा जस्ता सुकै मानिस पनि छिरेका हुन् सक्छन तर तिनीहरु लाइ ठिक ठाउमा ल्याउने काम तही संगठन को नै हो,गल्ति गरेपछि कारबाही नगर्दा संगठन कै बदनाम हुनेकुरा नेपाल सरकार र सेना ले बुझ्नु जरुरि छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 5

      • neerose

        साथीले धन्न यो आयोगलाइ माओबादीको भाडाको आयोग भनेन, कहिले काहित अचम्म लाग्नेगरी सहि कुरा गर्छानी त हो!
        एउटा हरियो थमस-अप दिय है!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 8

    • Deepak

      घटनाको बारेमा अचम्म मान्नु पर्ने कुनै कारण छैन, नेपाली सेनाले कहिले त सत्य बोलेको थियो र ? सत्य बोलिरहने मान्छे वा समुदायले कहिलेकाही असत्य बोले पो अचम्म मान्नु !!

      सरकारले पनि कसरी सेनालाई कार्बाही गर्न सकोस ? आफ्नो कुकुरले अरुलाई टोक्दा त कस्ले पो आफ्नो कुकुर्लाई पिट्छ र ? पिट्यो भने भोली आफुलाई नै टोक्ला भन्ने डर छ माकुनेको हरुवा सरकारलाई ।

      दिपक अधिकारि
      जर्मनि

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 9

    • nirmal

      दोषी लाइ हदै सम्मको कारबाही गर्नु पर्छा ताकी त्यो कारबाही देखेर अरुले तेस्ता घटना नदोहोराउन भगवान ले पनि येस्ता अपराधीलाई कहिले छाड्ने छैनन्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 4

    • Nabaraj

      ज्ञानेको कुकुरहरुलाई विद्या र माकुनेले बचाउने त्यो एक दुष प्रयाशको झुटो बक्तब्य थियो…..? “सत्य डग्दैन…झुटो तिक्तैन……” दोषी कुकुरहरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ र पिडित परिवारलाई छ्यातिपूर्ति दिनु पर्छ, यो आम सर्बसाधारण गरिब दुखि निमुखा नेपाली जनताहरुको आवाज माकुनेको सरकारलाई हो //

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 13

    • बीर

      यस्ता अपराधीहरुलाई निष्पक्ष कारबाही नगरी घटनालाई ढाकछोप गरि संलग्न आफ्ना जवानहरुको बचाव गर्नु भनेको सेनाले आफ्नो छविलाई अझै धुमिल्याउनु र जनता देखि झनै घृणित हुनु हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 84 Thumb down 4

    eXTReMe Tracker