‘समानता’को नारा महिलाहरुले चर्काउँदै गरेका भए पनि अब ‘समानता’ पुरुषका लागि पनि हुनुपर्यो भन्दै पुरुष पनि जुर्मुराउन थालेका छन् है। एउटा त्यस्तै अधिकार पुरुषहरुले मुद्दा लडेरै पाउने भएका छन्। यसअघि पारपाचुके अर्थात् डिभोर्स गर्नका लागि पुरुषहरुले सीधै अदालत जान पाउने व्यवस्था थिएन, महिलाहरु भने सीधै जान पाउँथे। यो कानुनी व्यवस्था भेदभावयुक्त भयो भन्दै परेको मुद्दाको फैसला गर्दै हिजो सर्वोच्चले त्यस्तो कानुन बनाउन सरकारका नाममा बिहीबार निर्देशनात्मक आदेश जारी गरेको छ।
नेपालमा बाहेक अन्य कुनै पनि देशमा नभएको भनिएको यस्तो भेदभावयुक्त कानुन खारेज गर्न वकिल केशवराज अर्यालले गएको मंसिरमा मुद्दा ठोकेका थिए। मुद्दामा न्यायधीशहरु बलराम केसी, प्रेम शर्मा र मोहनप्रकाश सिटौलाको विशेष इजलासले पत्नीले चाहे पतिलाई छाड्न सक्ने तर पतिले चाहे पत्नीलाई छाड्न नसक्ने विद्यमान कानुनले गरेको असमान व्यवस्थालाई हटाउन र समतामूलक कानुन बनाउन आदेश दिएको हो।
अहिले मुलुकी ऐन अनुसार स्वास्नीले सम्बन्ध विच्छेद गर्न चाहेमा सीधै अदालतमा नालेस गर्न पाउँछन्। तर लोग्नेले भने त्यसो गर्न पाउँदैनन्। लोग्नेका लागि प्रक्रिया अलि लामो छ। लोग्नेले सुरुमा त गाविस वा नगरपालिकामा गएर निवेदन दिनुपर्छ। अनि गाविस वा नगरपालिकाले पनि सकेसम्म दुवैलाई सम्झाई-बुझाई मेलमिलाप गराइदिनुपर्छ। त्यसो गर्दा पनि मेलमिलाप हुन नसकेमात्र निवेदन परेको एक वर्षभित्र आफ्नो रायसमेत संलग्न गरी जिल्ला अदालतमा पठाउनु पर्छ।
हाम्रो संस्कारमा बिहे भनेको एक जुनीका लागि मात्र नभई सात जुनीका लागि हुन्छ भन्ने परम्परागत मान्यता छ। पछि केटाहरुले केटीलाई पीडित बनाउन सक्छन् भन्ने मान्यताका आधारमा महिलालाई सजिलो सम्बन्ध विच्छेदको अधिकार दिइयो। अहिले केको केटाले मात्र केटीलाई पीडित बनाउनु नि, केटीले पनि केटालाई पीडित बनाउँछ नि भन्ने प्रमाणहरु नै देखिन थालेपछि केटालाई पनि अधिकार दिने भएको छ।
सम्बन्ध विच्छेदको दर यसै पनि बढिरहेको अहिलेको अवस्थामा यो फैसलाले सजिलोसित सम्बन्ध विच्छेद हुने भएकोले संख्या थप हुने निश्चित छ। यसले सामाजिक रुपमा पार्ने सकारात्मक तथा नकारात्मक पक्षको अध्ययन भने हुन बाँकी रहेको छ। अहिलेलाई समान अधिकार पुरुषले पाउने भएका छन्। यस उपलक्ष्यमा हिजो फैसला भएको दिन अप्रिल १ लाई पुरुष दिवसका रुपमा मनाउन प्रस्ताव गर्ने कि ![]()
No related posts.









i think one should strict abortion laws as well. Government must not promote killing of innocent babies.
मन परे हरियो, नपरे रातो
5
1
excellent decision
मन परे हरियो, नपरे रातो
5
0
बराबर अधिकार ठिकै त हो नि. ल अब चाही केहि होला जस्तो छ.
मन परे हरियो, नपरे रातो
6
0
कुरा ठिक हो किनकि मपनि श्रीमती पिडित हो मेरी श्रीमती ले पनि सम्बन्ध विच्छेदको मुद्दा हाली तर मेरो कुनै दोस थियन कुरा साचो हो भने मजस्तो अरु कुनै खुसि हुदैन होला .
मन परे हरियो, नपरे रातो
11
0
बिवाहित महिलाले पहिलो श्रीमान संग सम्बन्ध बिच्छेद नै नगरी अर्के कुनै दोस्रो संग बिबाह गरि बिदेशमा जान्छन भने त्यसता को लागि नेपालको कानुन ले के सजया दिन्छन?
मन परे हरियो, नपरे रातो
3
0
कति राम्रो कानुन हो नेपालको अरे वा, पहिलो श्रीमान संग सम्बन्ध बिच्छेदको प्रमाण बिना नै बिबाह दर्ता पनि गर्ना मिल्ने,? श्रीमान लाइ झुकाएरा बिदेशमा पढाइ गर्न भनि अर्को केटा संग बिवाह गरेरा जाने लाइ चाँही हाम्रो देशको कानुनमा कस्तो किसिमको सजया हुन्छन होला?
मन परे हरियो, नपरे रातो
2
0
यो पनि राम्रै हो,र हुनु पनि पर्छ | नारी र पूरसको अधिकार बराबर हुनुपर्छ |
मन परे हरियो, नपरे रातो
4
0
मलाई त यो नियम सारै मन पर्यो किनकि महिलाले अहिले मनपरी गर्न थालिसकेका छन् . पुरुस पनि यो नियम पयापछी अब चाही केहि होलाजस्तो छ
मन परे हरियो, नपरे रातो
7
1
जसले जे भने पनि नारी पुरुष भनेका एक रथका दुई पांग्रा हुन् ! सम्बन्ध सपार्ने बिगार्ने भन्ने कुरा नारी पुरुष दुबैमा भर पर्ने कुरा हो ! यदि दुवै जनामा राम्रो understanding बनाइ राख्न सक्यो र राख्ने कोसिस गर्यो भने अदालत सम्म गएर सम्बन्ध बिच्छेद गर्नुपर्ने अबस्थाको सिर्जना हुदैन जस्तो लाग्छ ! त भन्दा म के कम भन्ने भावना दुबैमा हुनुहुन्न त्यसो भएमा अबश्य पनि सम्बन्ध राम्रो रहने छ ! सानातिना गल्ति भुल क्षमा माग्ने क्षमा दिने गर्यो भने राम्रो होला ! अब बिबाह भनेको मोज मस्तीको लागि गर्ने भन्ने कुरा मनमा छ भने त्यो चाही पूर्ण रुपमा हटाऊ किनभने बिबाह एउटा पबित्र बन्धन हो यसले सही र उन्नत समाजको निर्माण गर्छ ! मोजमस्ती गर्ने सोचाई भए बिबाह नगरी बसे कसो होला ! मेरो आशय अबश्य पनि बुझ्नु भयो होला ! बिबाह गरेपछि रमाइलो जीवन हुन्न भनेको चाही होइन ! केहि पाउन केहि गुमाउन सिकौ ! एक अर्कामा दोष थुपार्ने र झैँ झगडा गर्ने भन्दा पनि भैसकेपछि त्यसलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने तिर सोचौ !
कसै कसैको जन्मेको बातावरण, रहन सहन आदि कुराहरुले उसलाई राम्रो मान्छे हुन दिदैन र सक्दैन पनि जस्तै सधै जाड धोक्ने, राजा बन्ने कोसिस गर्ने, आफ्नो भन्दा अरुको ख्याल नगर्ने, जुवा तासमा रमाउने र प्रगति भन्दा दुर्गतिको बाटो रोज्ने बानि भएका र झगडालु स्वभाब भएका लोग्ने मान्छे भएमा स्वास्नी मान्छेको लागि सह्य हुदैन र डिभोर्स गर्न पर्ने हुन सक्छ ! त्यस्तै स्वास्नी मान्छेमा पनि अनेकन त्यस्ता अबगुणहरु हुन्छन जस्तै परिवारको भन्दा पनि आफ्नो बढी ख्याल गर्ने, बाहिरको बाताबरणमा धेरै रमाउने, साना तिना कुराहरुमा धेरै रिसाउने र म जस्तो अरु कोहि छैन भन्ने सोचाई राख्ने आदि आदि ! यी यस्ता कुराहरुनै डिभोर्सका ढोकाहरु हुन् जुन चाहेर पनि रोक्न सकिदैन ! अन्यमा जालसाझी गरेर गरिएका बिबाह आदि भएमा पनि डिभोर्स जरुरि हुन्छ ! अरु पनि धेरै कारण हुन सक्छन जसले डिभोर्स गर्ने बाताबरण सृजना गर्छ !
जे भएता पनि नारी र पुरुष दुवै बराबरी भन्ने चाही हुनु पर्छ र भएकै राम्रो !
कानुन भन्यो भन्दैमा त्यसको दुरुपयोग गर्ने चाही नराम्रो कुरा हो ! कसैले डिभोर्स गर्न खोजेको छ भने त्यो आवश्यक छ या छैन भनेर न्याय दिनु पनि अदालतको मूल कर्तब्य हो जस्तो लाग्छ ! कानुन छ दिए के भो त भनेर निर्णय अबश्य पनि हाम्रा वकिल र न्यायाधिशहरुले गर्दैनन् होला र गर्नु पनि हुन्न होला !
मन परे हरियो, नपरे रातो
12
1
नारि र पुरुष मानावियेताको हकमा समान भएता पनि तिनीहरुको बिचमा अनेकौं भिन्नताहरु छन् जुन मितायेर मितिन्न/ तेस्तै सामाजिक ब्यबस्था पश्चिमेली मुलुकको भन्दा नेपाली समाजको अब धारणा हरु फरक भएको कारण नारि र पुरुषको बिचमा तुलनात्मक तवरले नारीहरु माथि केहि सामाजिक र धार्मिक बन्देजहरु थपिएको छन्/ परिबर्तनको संघारमा उभिएको नेपाल र नेपाली बिचारले अब कहाँ कति कुरामा मा कानुनन बिभेदहरु हटाउने हो तेस कुराको एउटा अध्यन यौटा बृहत छलफलको बिशाये बन्नु पर्ने भई सक्यो/ लोकतन्त्रको अनुभूति घर र सामाजमा पनि हुन् जरुरि छ/ लोकतन्त्र एउटा राजनैतिक बिशाये मात्रै होयिन/ नारिहक्को नाममा पुरुष सोसित हुनु बा पुरुष प्रधान समाज भनेर नारिहरु माथि सिशन गरिने कुराहरुको आँट हुनु जरुरि छ/ एस कुरामा नारीहरुले पनि माछा आए दुलु भित्र हात् नभए मेरा हातहरु कोमल छन् भन्दै पन्छिने प्रबितिको पनि अन्त हुनु पर्छ/ कोमलता देखाई फाईदा बटुल्न खोज्ने प्रबिती नारिहक बादिहरुमा नदेखिएको त् होयिन भनि बुझ्न पैत्रिक र ससुराली सम्पतिमा नारीको मात्रै दोहरो दाबि लाग्ने कुरा लाई लिन सकिन्छ/ मानावियेताको हकले दियेसम्मको को समानता नारि र पुरुषलाई दिनु पर्छ/
मन परे हरियो, नपरे रातो
3
1
अन्धकार घैटो रुपी नेपालको अन्यायपूर्ण कानूनमा बल्ल घाम लाग्न थालेछ / यस्तो महत्वोपूर्ण कार्यको थालनी गर्नुहुने वकील श्री केशव राज अर्याल ज्यु तथा न्यायधीशहरु बलराम केसी, प्रेम शर्मा र मोहनप्रकाश सिटौला ज्युलाई हार्दिक बधाई तथा धन्यवाद !
मन परे हरियो, नपरे रातो
10
0
its’ good but its’ not great because there is lots of other obstacles in our society which is most need to equal….
मन परे हरियो, नपरे रातो
1
5
‘केटा’ होइन हो !!! केटा भनेको boy हो . पुरुष भन उमेश
मन परे हरियो, नपरे रातो
2
1
वाह, अब औउछ असली मज्जा !!!
मन परे हरियो, नपरे रातो
4
2
कानून त धेरै छन् तर तिनले सामाजिक ब्यबहारमा उल्लेख्य अन्तर पार्न सकेका छैनन्| जस्तै: छुवाछुत, दाइजो को सीमा, नेता भएर कमाउन नसक्नेलाई आफन्तले हेर्ने दृष्टि, इत्यादि!
तर यो कानूनले सपार्ने तिर भन्दा भत्काउने तर्फ बढी हौस्याउछ कि भन्ने जोखिम चाहि छ! किन भने, जसरी एउटा बिरुवालाई मल जल गरेर हुर्काउनु पर्छ, त्यसरी नै बैबाहिक जीवनलाई पनि एक आपसका गुनासा, समस्याहरु सुनेर एक आपसको फाटो दूर गर्ने प्रयत्न गर्नु पर्छ! “मेरिज काउन्सेलिंग” भन्ने कुराले पनि बैवाहिक जीवन रुपी बिरुवालाई जीवन्त राख्ने प्रयत्न गर्दछ| नेपालको परिप्रेक्षमा, पुरुषको हातमा यो अधिकार दिंदा यसलाई अन्तिम
उपायको रुपमा प्रयोग गर्नुको साटो पहिलो उपाय कै रुपमा प्रयोग हुने जोखिम धेरै छ जस्तो लाग्छ!
मन परे हरियो, नपरे रातो
8
8
अन्धकार घैटो रुपी नेपालको अन्यायपूर्ण कानूनमा बल्ल घाम लागेछ ! घैटोमा घाम लगाउने केशव राज अर्याल ज्यु, न्यायधीशहरु बलराम केसी, प्रेम शर्मा र मोहनप्रकाश सिटौला ज्यु लाई हार्दिक धन्यवाद ! सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना !!!!
मन परे हरियो, नपरे रातो
12
5
नारि र पुरुसको अधिकार बराबर भए पछी स्बत: कानूनी रुपमा पनि समान समान अधिकार हुनु न्यायोचित हो .
सन्तान नजन्मिदै दाम्पत्य जिबन मा सधै झैँ – झगडा कटुता घृणा उत्पन्न भैरहेको छ भने यस्तो स्थितिमा सम्बन्ध बिच्छेद दुबैको हितमा हुने छ .
तर !
यदि सन्तान जन्मिसके पछिको अबस्थामा सम्बन्ध मा चिसोपन , कटुता , रिक्तता आदि आएको हो भने यस स्थितिमा सन्तान को मुख र तिनको भबिस्य सोचेर सहनशीलता – धैर्यता अपनाउनु नै बुद्दिमानी हुन्छ .
सम्बन्ध बिच्छेद को सबाल मा यता पश्चिमा हरु को चलन सार्है नै सस्तो छ .
केहि अपबाद लाइ छोडेर हेर्ने हो भने धेरैमा आफ्नो सन्तान भन्दा आफ्नै खुशी लाइ
प्रमुखता दिएको कारण ले सम्बन्ध बिच्छेद भएको पाइन्छ .
भएको पाइन्छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
पत्नी पिडितहरुलाई यो आसाधै खुशीको कुरो हो | घरेलु झैझगडामा संधै लोग्ने मानिसहरुलाई दोष दिइएको पाइएको छ, स्वास्नी मानिसहरु पनि त्यतिकै जिम्मेदार छन् | कानुन बन्यो भन्दैमा झगडापर्नासाथ पारपाचुके चाहिँ नगरुँ है| झगडा सकेपछी झ्यापझुप्पै मिल्ने कुरो पनि आएन, कारण झगडापछी रगडा शुरु हुन्छ| तर त्यो रगडा त्यति लामो समयसम्म लम्बिन्दैन| तर माथिको शिर्षक हेर्दा रिसभन्दा पनि हाँसो पो उठ्यो, नेपालको कानुनले अहिलेसम्म लोग्ने मानिसहरुलाई हेप्नु हेपेको रहेछ !
मन परे हरियो, नपरे रातो
12
4
अहिले चै नारि पुरुष बराबरी भन्ने नारा सांचिकै लागु भाको जस्तो छ
मन परे हरियो, नपरे रातो
5
3
मेरो विचारमा यो निर्णय समय सापेक्ष होइन, महिला र पुरुषमा भेदभावको निसन्देह अन्त हुनै पर्छ तर हाम्रो वर्तमान सामाजिक परिपेक्षमा महिलाहरु आर्थिक रूपले आत्म निर्भर भै नसकेको र अन्य कतिपय क्षेत्रमा महिला हालसम्म पनि उत्पीडित अवस्थामै भएको ले यो अधिकार अझै केही समय ( दुइ/तीन दशक?) महिला लाइ मात्र दिनु उचित हुन्छ | (यस बाट पुरुष वर्गमा पर्न जाने असुविधाको लागि क्षमा प्रार्थी छु )
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
अब चाडै नेपाल फर्कन्छु, आनन्दले सुतना पाउने बो,कुचोले बडार्ने कसिंगर हावाले उदै दियो, दन्याबाद,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
10
किन लामाजी लाइ श्रीमतीले आनन्दले सुत्न दिन्नन कि क्या हो? श्रीमती कै पिर ले बिदेसिएको हो? हे भगवान , कसैको जिन्दगीमा पनि यस्तो दिन न आवोस!!!
मन परे हरियो, नपरे रातो
8
6
लेख एकदम ठिक छ तर काठमाडौँ मा वकिल र पत्रकार को मात्रै संसार रहिछ तेसैले जे जुसेकै परिबर्तन भए पनि सबै यिनै माफिअको को ग्रान्ड प्लान हो.
मन परे हरियो, नपरे रातो
5
4
कुरो त ठिकै हो . तर पनि धिर्वोस सिवोर्स भन्दा पनि केटा केटी बीच राम्रो understanding भयर मात्र बिहे गर्ने सैली को विकास हुनु पर्र्यो राज्जमा …
मन परे हरियो, नपरे रातो
4
3
कस्तो बिडम्बना, निर्णय गर्ने सबै न्यायधिशहरु पुरुष। नेपालमा महीलाको स्थान छैन भन्ने त्यसैबाट प्रष्ट हुन्छ।
नेपालमा महीला पिडित हुने, सम्बन्ध बिच्छेद पछी अर्को बिवाहको लागि स्विकार्य नहुने हुनाले महीलाले साधारणतया अतिसयोक्ति नभए सम्म सम्बन्ध बिच्छेदको लागि पहल गर्दैनन्। पुरुष ७० बर्षको उमेरमा पनि १६ बर्षको ठान्ने, बिहे गर्न जुर्मुराउने कारणले अब यो कानुन बने पछी अर्को बिहा गर्नलाई सम्बन्ध बिच्छेद गर्ने स्वार्थि पुरुषहरुको संख्या बढ्ने छ र त्यसरी नै पुरुषले लत्याएर फालेपछी घर बस्ने महीलाको संख्या पनि बढ्ने छ। समाजमा “सम्बन्ध बिच्छेद” भाईरसको रुपमा सल्किने छ। नेपालको सामाजिक संरचना अनुरुप बिधमान कानुन अत्यन्त उपयुक्त थियो तर त्यसलाई अब बिकृत रुपमा ल्याउने भईयो, हामिलाई बधाई।
मन परे हरियो, नपरे रातो
6
5
तपाईको विचारसंग सहमतछु/ कहिँ नभयको यात्रा हाँडी गाउमा भनेको यहि हो/
संबिधान लेख्न कसैलाई मतलब छैन /पारपाचुके को प्रस्ताब पारित गर्नमा हतार./नया नेपाल भनेको यहि हो ?गणतन्त्रको उपलब्धि यहि हो नेताजीसरु.
मन परे हरियो, नपरे रातो
4
3
पुरुषले अधिकार पाउनु त राम्रो, तर एसको दुरुपयोग गरेर ,महिलाको सरलता र अज्ञानताको फाइदा उठाउदै महिलालाई अझै बढी शोषण गर्ने सम्म्भाबना प्रबल| घरमा एउटी श्रीमती हुदा हुदै अरुसंग हिड्ने वा अर्की ल्याउने पुरुषहरु त टन्नै छन् नि, महिलाको तुलनामा |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
13
सबै को विचार समय अनुरुप रहेको छ ठिकै पनि हो तर सात फेरो लिएर बाँधिने बन्धन जसलाई पश्चिमी संस्कृति ले समेत नमुनाको रुप मा लिन्थ्यो किनकि नारी पुरुस हाम्रो संस्कृति मा रथ का दुइ पांग्रा भै लामो समय साथ रहन्थ्ये सायद अब इतिहांस भएर जानेछ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
4
काम पाईनस् बुहारी पाडोको नाईटो कन्याउ। आवश्यक काम नगरेर यस्तै वाहीयात काम गर्छ सर्बोच्चले। सम्बन्ध बिच्छेदलाई प्रोत्साहन गर्न यसो गरेको हो? इजलास पनि बलराम केसी, प्रेम शर्मा र मोहनप्रकाश सिटौला जस्ता घुस्याहा पुरुषको नै परेछ।
मन परे हरियो, नपरे रातो
1
5
धेरै राम्रो निर्णय
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
14
कानुन सबैलाई समान हुनु पर्छ , कार्यन्वयन पक्ष राम्रो होस् पछि बिबादित नहोस .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
मित्र हरु ..जसरि बिबाह लै बनाउन पुरुष र महिला को बराबर जिम्मेवारी हुन्छ त्यस्तै बिबाह भत्काउने र दिवोर्स को स्थिति मा पुर्याउने दुवै को उत्तिनै जिम्मेवारी हुन्छ . यस कानूनले अरुकेही नभए पनि धेरै रगतको आँशु पिएर बसेका पुरुष हरुलाई राहत हुनेछ . डाक्टर फिल भन्ने एक जना टक शो होस्ट ले एक पल्ट भनेको कुरा सम्झन्छु – यदि तपाइंको बिबाह सुधार्ने स्तितिमा छ भने सबै प्रकारको जोर गरेर सुधार्नु पर्छ तर यदि कुनै कारणले त्यो बिबाह सुध्रिने स्तिथि मा छैन भने, त्यस्तो बिबाहको समिष्ठ रहनु भनेको आफ्नो पिडा लाइ लम्ब्याउनु मात्रै हुनेछ.
अहिले डिवोर्सको नालीबेली गर्ने हो भने ..यस प्रकार को मुद्दा खास गरेर विदेश गइ आफ्नो परिवारको लागि केहि गरौ भन्ने दाजु-भाई तथा उच्च धनाड्य समाज मा धेरै देखिएको हो.
शायद यस कानूनले केहि मात्रामा भए पनि विदेश गइ काम गर्ने दाजु-भाई का श्रीमती हरु र अहिलेका शहरिया र नारि शक्ति को नाम मा छाडा प्रदर्शन गर्ने केहि महिलाहरुलाई केहि डर पलाउने छ कि? यहि आशा गरौ.
शोफी
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
4
ऊधो मति हुनेलाई त के को डर ? बरु कानूनले महिलालाई एक पाइला अघि नै राख्या रैछन, के को समानता भन्दै उफ्रेका हुन यिनीहरु ? वाहियात महिला संघ !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
9
खुचिम पर्यो कटीहो खुब फुर्ति लौथ्योउ नि,अब भन समान अधिकार चहियो कि नाई ,नेपाल को महिला को भर पनि छैन महिला हरु ले मात्र किन बच्चा पाउने पुरुस ले नि पाउनु पर्चा भनेर मुद्धा ठोक्न. बेर छैन …..सोरी है ….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
20
मेरो बिचारमा महिला अधिकार र पुरुष अधिकार समान हुनु पर्दछ….तर नेपालमा पितृसतात्मक देश भएकोले धेरै त पुरुषहरुले नै महिलाहरुलाई दबाबमा राखेको पाइन्छ र देखिन्छ पनि…..// महिला होस् या पुरुष यदि उसमा छ्यमता र सक्छ्यम छ भने यो डीभोर्स को छेत्रमा मात्र होइन कि, हरेक छेत्रमा समान अधिकार हुनु पर्दछ र कानुनमा पनि त्यहिँ लेखिनु जरुरी देखिन्छ….//
डिभोर्स को सन्दर्भमा यदि एक महिला लाई आफ्नो पति संग जीवन बिताउन कठिन बनी रहेकोछ भने उसले कानुन बमोजिम डिभोर्स गर्नु पाउनु पर्छ, त्यसै गरी पुरुषले पनि………// भन्दैमा बिबाह गरेको केही समय वा बर्षमा नै आफ्नो पति या पत्नी लाई नराम्रो भएको देखि गिद्दे नजरले अर्कैलाई राम्रो देखेर डिभोर्स गर्छु भन्नु सरा सर गलत हो अनि केवल पापी विचार हो…..// त्यसैले बिहे गरौँ….तर सोच विचार पुर्याएर गरौँ…..// राम्रो देखियो…जोडी मिल्यो भनेर बुझ्दै नबुझी अध्यारोमा हाम नफालौं….// एक अर्का प्रति पूर्ण विश्वास लिएर जस्तो सुकै परिस्थितिमा पनि साथ दिन्छु, जीवन कटौछु भन्ने उदार बिचारले बिहे गरुन….// दुइ दिनको घाम-छायाले जिन्दगी भर नपिरलोस….//
तपैहरु सबैलाई शुभ कामना छ !!!
मन परे हरियो, नपरे रातो
12
2
यो त अप्रिल फुल कसरि हुन्छ सबै जशो पत्रिका ले लेखेको कुरा हो होइन र? मेरो संसार ले मात्र लेखेको भय मात्र यो चै अप्रिल फुल नै हुनी थियो नि की कशो ?
मन परे हरियो, नपरे रातो
10
3
By all means, marry. If you get a good wife, you’ll become happy; if you get a bad one, you’ll become a philosopher.
-Socrates
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
anyway,thikai chha kina ki manchhe aaphno chahana anusaar bachnu parchha.
मन परे हरियो, नपरे रातो
8
2
अप्रिल्फुल मनाको हो कि साँची नै हो ? कि पोहोरसाल जस्तै कता गुम्बामा यति भेटियो भन्या जस्तै हो ?
मन परे हरियो, नपरे रातो
9
5
यस्तो कानुनी प्राबधान गर्ने हरुलाई धेरै धेरै धन्यवाद !
आज कल का केटि हरु केटा हरु भन्दा धेरै sadyantrik दिमाग का हुने गरेका छन् . बिचरा श्रीमान विदेश गएर पैसा कमाउन्छ र पैसा पठौंच श्रीमती ले घरमा नाठा नचौंच. इज्यत के हो, सम्मान के हो, कति बोल्नु पर्ने हो कति नबोल्नु पर्ने हो त्यो कुरा त आज कल को अधिकतम केटि हरुलाई थाहै छैन.. आनी सिकौदा पनि मान्दैनन तेस्तो लाई सहेर पुरुस ले कसरि बस्न सक्छ. जेहोस धेरै ठिक भयो. यो कानुनी प्राबधान गर्ने लाई फेरी एक पटक जोर संग धन्यवाद भन्छु…धन्यवाद !!!!!!!!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
6
बल्ल आज राम्रो खबर छाप्यो है mysansarle , यो हुनु अति जरुरि थियो अनि बल्ल नारि पुरुस बराबरी को एउटा पातो साकार हुनेछ !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
डिभोर्स भन्ने सब्द यो सब्दलाई अंगाल्नु अगाडी एकपल्ट ह्र्यिदयेमा हात राखेर सोचौ श्रीमान र श्रीमती दुबैले/एस बाट हुने फाइदा र बेफाइदा/कानुन ले सजिलो बनायो भनेर यो सब्दलाई तेती सजिलो संग नान्गल्नुस ताकी तपाइको जिन्दगीको सबभन्दा ठुलो भुल नै डिभोर्स गर्नु होस्/अझै तपाइको बाल बच्चा पनि छन् भने त कुनै उपाए नलागे झुन्डिएर मर्नुस २ मा एकजना तर आफ्नो गल्तिको सजाए ति अबोध बाल बालिका लाइ दिदै नदिनुस्/कमसे कम टुरुरो भनेर आफन्तले त माया गर्छन/जीवन नै एक सम्झौता हो अझै बिहे भन्ने कुरो त ३ बुदे सम्झौतामा हस्ताच्येर गर्नु हो(संगै मर्ने बाच्ने,एक अर्का प्रति समर्प्रित,दुख सुख मा साथ दिन्छु भनेर)मरेर केहि लगिदैन दुइदिन बाचुन्जेल दुबैजना ले सम्झौता मा चल्नुस हतार मा डिभोर्स गर्दा फेरी हातैमा जे धुलो झरे पछि तेइ सुन को फुल हराएकै माया ठुलो खै कसको भुल खै कसको भुल होला फेरी………….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
9
डिभोर्स समाधान हो जस्तो त मलाइ पनि लाग्दैन. ” i strongly support to Shristi shah”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
डिभोर्स समाधान होइन तर यो कुरा सबै दाम्पत्य जीबन मा लागु हुन्छ भन्ने पनि छैन / कतिपय असमान बैबाहिक सम्बन्ध पति पत्नी दुबैको र सन्तानको प्रगतिको बाधक बनेको पनि समाजमा देखिएको छ / सबै जना समझदार नै हुन्छन भन्ने पनि केहि छैन / मा श्रीष्टि शाह संग पनि पूर्ण सहमत हुन सकिन / झुण्डीएर मर्नु समस्याको समाधान कदापी हुन सक्दैन / डिभोर्स पछी पनि त बाल बच्चा प्रति उनीहरुको जिम्मेबारी उत्तिकै हुन्छ चाहे उनीहरु ( पति पत्नी ) अलग रहुन तर कानुन ले न्यायसङ्गत तरिका ले बाल बच्चाको जिम्मेबारी बाडीदिएको हुन्छ / हो बुबा आमा संगै भए जस्तो त हुदैन तर भोलि पुनर्बिबाह को सम्भावना पनि त तेही सन्तान ले गर्दा हुन सक्छ /
मानिस हरुको अलग प्रवृति अलग विचार अलग आचरण नै डिभोर्सको कारण हो / सक्दा सम्म त हरेक ले सहने र सुधार्ने प्रयास गर्छ नै जब सकिदैन भने कि त अलग हुनु पर्यो कि त आफु मर्नु पर्यो कि त मार्नु पर्यो / यो मर्नु मार्नु दुवै अपराध हो तसर्थ घर भित्र हुने घरेलु हिंसाको समाधानको निम्ति पनि यो निर्णय स्वागत योग्य नै छ / कतिपय श्रीमान डिभोर्स चाहने तर लामो प्रोसेसको कारण ले गर्दा सहज डिभोर्स नपाउने हुनाले आफ्नो रिस त्यहिँ श्रीमती माथि पोख्ने सम्भावना पनि बलियो हुने हुदा श्रीमती माथि हुने अन्यायमा पनि कमि आउने देखिन्छ /
हरेक व्यक्तिले बिबाह पूर्व नै आफ्नो जिबनसाथीको छनौट मा ध्यान दिने हो भने यो स्थितिको कमि हुन सक्छ / हतार मा बिबाह गरेर फुर्सतमा पछुताउने हरु नै बढी डिभोर्स गर्छन / सके सम्म यो स्थिति नै न आओस जिबनमा तर आइ सकेपछी समान अधिकार सहित को एस्तो नियम कानुन ले समाजको समर्थन नै पाउने बिश्वास गर्न सकिन्छ /
मन परे हरियो, नपरे रातो
5
2
tej prashad जी/
बिबाह को बास्तबिक ब्यबहारिकता सामाजिक धारणामा आश्रित छ/ बिकसित भनु बा आधुनिक भनु तेस्तो संसारमा बिबाह अर्थ पारस्परिक संतुस्तिको लागि मात्रै गर्छ/ उनीहरु को पारस्परिक त्याग पनि कसैको आफ्नै संतुस्तिको लागि गरिएको हुन्छ/ तर हाम्रो समाज भिन्नै छ तापनि उताको संस्कृतिको प्रभाव हाम्रो समाजमा पर्दै गएको छ र नेपालमा नारि अधिकारको नाम मा पुरुष ले असमान कानुन झेल्दै आउनु परेकोमा यो अदालतको निर्नायेले अलि कति राहत त् दिने छ कि/
हामीमा अहिले पनि पुरुष प्रधान संस्कृति छ र छोरी बिबाह गरेर श्रीमानको घरमा जानुपर्ने संस्कार छ र बिबाह पस्चाद छोरी प्रतिको जिम्मेवारी बाबु आमाले होयिन उनको पतिले लिनु पर्ने सामाजिक र कानुनि ब्यबस्था छ/ यो कुरा गलत हुन् बा सहि हुन् तर नारीहरु आफै यो कुरा त्याग्न तयार छैनन् त् यसले पूर्ण नारि स्वोतान्त्रता को निमित नारिहरुनै तयार नभएको देखाउंछ/
नारीको बिबाह पछी उसको पतिको घर उनको ससुराली होयिन उनको आफ्नै घर मान्ने हो भने बिबाह गरिसकेको नारीले सम्पतिमा अधिकार उनको घर बात मात्रै पाउनु पर्ने हो/ तर नारि अधिकारबादीहरु नारीले पतिको घर र उसको बाउ आमाको घर दुवै बाट पैत्रिक सम्पति पाउने कानुन बनाए/ नारि अहिले दोहरो सम्पतिको मालिक बन्न सक्ने बनाएर नारि पुरुषको समान अधिकार हुनु पर्छ भन्ने कुरा नारीहरु आफैले मानेको छैन/ बास्तव मा भनु भने नेपाल मा नारि अधिकारको आवाज बास्तबिक सामाजिक न्याएको लागि भन्दा भोट र चुनावी राजनीति बात प्रभावित छ/
पतिको घर पत्नीको ससुराली हो त् श्रीमतीको घर पतिको ससुराली हो/ ससुरालीको सम्पति मा हक कसैको पनि नलाग्नु पर्ने थियो/ सम्पतिमा हक भनेको जो जसले आर्जन गरेको हो तेसैको मात्रै हक लाग्नु पर्ने थियो/ कसैले कसैलाई आफुले आर्जन गरेको सम्पति दिने बा नदिने भन्ने अधिकार सम्पति जसले कमाएको हो तेसैको अधिकारको कुरा हुनु पर्ने थियो/
उदाहरण दिने हो भने मानि लिउं कुनै पत्नीको पति सिट उसको पैत्रिक सम्पति बात पाएको दुयिता घर छ/ अहिलेको कानुन अनुशार एउटा घर उसको पत्नीको हुन् जान्छ/ अब पत्नी भएको नारीले नारि-अधिकारको नाम मा उनका पैत्रिक सम्पति बात पनि एउटा घर पाए रे/ अब पत्नी भएको नारीले दुयिता घरको मालिक बने/ उता पति भएको पुरुषले आफ्नो दुयिता घर मा एउटा पत्नीलाई दिनु परेर उसको हकमा एउटा मात्रै घर रहे/ यो असमान सम्पति विभाजन हो र यसले समाजमा विभाजन र असन्तुस्टी को कारण बन्दै आएको छ/
उपरोक्त कारणले बिबाह हुनु भन्दा पहिलानै सम्पति विभाजन गर्ने घर बात छुट्टिएर बस्ने दाईजो माग्ने चलन बढ्दै गएको छ र घरमा अवकाश पाएको कमाउन नसक्ने बाउ आमा बिचल्लीमा पर्दै गएको छ/ पैत्रिक सम्पति लिने तर बाउ-आमालाई कसले बिचार गर्नेमा कुरामा पन्छिने प्रबितिले घर भित्रै बृद्ध आमा र असक्त अरु परिबार शरणार्थी जस्तै भई गएको छ/
नारि र पुरुष को बीच कतिपय कुरामा समान अधिकारको कुरा अब्यबहारिक हुन् जान्छ/ अधिकार को सिमा रेखा जिम्मेवारीमा आधारित हुनु पर्ने थियो/ चाहे त्यो नारि हुन् बा पुरुष/ घर स्त्री र पुरुषको नाताको भोतिक स्वोरुप हो/ यस्तै घरहरु मिलेर समाज बन्छ भने दुवै जनामा कानुनन भेदभाव नहुनु पर्ने थियो, तर भई रहेको छ समान अधिकारको नाम मा असमान अधिकार खोज्दै गर्ने हरु सामाजिक भन्दा राजनैतिक स्वार्थले उत्प्रेरित छ/
मन परे हरियो, नपरे रातो
4
1
HAPPY पुरूष दिवस ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
10
कानुन मा समानता भनेको ठुलो उपलब्धि हो …….न्याय पाउनु हो….यो सबै पक्छ्यको अधिकार पनि हो…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
7
एक दम नै राम्रो !आजकल त केटीहरु नै साढे भाछान.भगवान्ले कम्जोर बनाको.एउटी आमाको कोखबाट लोग्ने र आइमाईको जन्म हुन्छ तर किन लोग्ने बलियो र आइमाई कोमल जन्मिन्छ ? इतिहास हेरुम … केटी केटा र केटा केटी हुनु हुन्न .आजकल त केटी हरु केटा हुन चाहन्छंछ !केटीहरुको हतियार नै कोमलता हो भन्ने बिर्सिसके.आजकल त केटीहरुले नाठो खेलौछां र मेहनती लोग्ने हरुको पैसा खाएर भाग्छन.ok नया नेपालको कानुन नया नै हुन पर्छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
14
कति राम्रो लग्यो कानुन त /बल्ल खाने भय पुरुषहरुले जसले आफ्नो सम्पतिलाई नचलाउने धनि भनौदा /श्रीमती र छोरा/छोरीलाई खान र १ सरो लुगा पनि नदिने /छोराछोरीको पढाई खर्च ओखती किन्न परे ससुरालीमा भेजी दिने/ श्रीमतीले रगत र पसिनाले कमायको धनमा रन्डीहरुसंग नाचेर सक्ने /यो महिनाको मेरो तलबले कुर्ता किन्छु भन्दा लात्ताले हानेर ढाडे भाचिदिने /आमा/दिदि बहिनीक़ा कुरा सुनेर स्वास्नी कुट्ने /ऋण जति तेरो धन जति मेरो भन्ने /आफु भने सधै रन्डी हरुको अघिपछी हिड्ने/श्रीमतीलाई चाही तैले रन्डी बाजी गरेर कमायको धन होला भनेर संका गर्ने / MA /Ph d गरेको पुरुष को त हालत यस्तो छ ??????????????????????
२१ औ सताब्दिमा श्रीमती कुट्ने श्रीमती किन कुटेको भनेर सबैले थुक्दा मेरी श्रीमतीले महिने पित्छे बच्चा फाल्छे भनेर बेईज्जेत गर्ने यस्तो छ हाम्रो समाजका कोहि पुरुषको हालत /नानी देखि लागेको बानी १० वटी स्वानी फेरे पनि बिचारम सकारात्मक परिबर्तन आउला त ????????????????
यस्ता श्रीमान भनौदा बाट छुटकारा पाउनु महिला को लागि ठुलो बिजय को दिन हुनेछ /
मन परे हरियो, नपरे रातो
1
2
बिगतक वर्ष हरु भन्दा आज भोलि डिभोर्सको केस बढेको थियो यो निर्णयले अझै बढ्ने छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
7
हुन त, जिंदगी संगसंगै विताउन विवाह गरेपछि केटा वा केटी कसैले यो डिभोर्स भन्ने नै नगरे हुने हो | तर आफ्नै श्रीमानलाइ श्रीमती वढी हुने, श्रीमतीलाइ श्रीमान वढी हुने भएपछि केको टनटन भयो त नि ! फेरी अव त कानूनले दुबैलाइ समानता दिए पछिभने राम्रै हुने भयो,” विहानै कुखुरी काँ र रात नपर्दै कुरकुर गरि कुर्कुराउन वानी परेका हरुलाई जूंगेमुठे हरुले पखुरा सुर्क्याउदै पाइन देखाउँदै भन्न पाउने भये::– धेरै नवाश! डिभोर्स गरि दिउंला |
मन परे हरियो, नपरे रातो
8
7
बराबरी हक पाएकोमा पुरुष वर्ग अर्थात जसले सम्बन्ध विच्छेद दिन चाहेको छ उसको लागि खुशीको खबर तर यस अधिकारले समाजमा यस सम्बन्ध विच्छेदको सिलसिला १००% ले अगाडी बढ्ने निश्चित छ। यसले समाजमा नकारात्मक असर धेरै पार्ने छ।
मन परे हरियो, नपरे रातो
10
6
हरेक कुरा मा सकारात्मक तथा नकारात्मक पछ हुने गर्छ, तेस्लाई बिबेक पुर्बक निर्णय लिनु जरुरी छ | समानता दुवै तिर हुनु पर्दछ, यो पनि यथार्थ हो | स्त्रीलाइ अन्याय मा नपरोस भनेर र पुरुष प्रधान समाज मा घृणित हुनु नपरोस भनेर स्त्रीलाई कानुनले अलि माथिल्लो दर्जामा राख्न कोशिश गरेको हो | तै पनि घृणित र अपमानित दुवै विभिन्न तरिकाले गर्ने गरिन्छ, यो दुखको कुरा हो | जब दुवै जना को मिलोमितो हुँदैन र घर र समाजले सम्झाउन खोजे पनि सम्झिदैन भने त्यो बेला पुरुष वा महिला जसले चाहे पनि दह्रो प्रमाण का साथ सजिलै छुट्टिनु दिनु पर्छ | अनुभव को कुरा, यहाँ मैले कुनै नारी लाइ अपमान गर्न खोजेको होइन, एउटा सन्दर्भ छोटकरीमा राख्न खोज्दैछु |
एक जना मैले चिन्ने केटाले मागी बिबाह गरे, आफ्नै जातको | बिहे गरेको दिनदेखि उनीहरु बीच राम्रो सम्बन्ध भएन, केटी ले प्रेमको त कुरा छोडौ, साथि जस्तो पनि व्यवहार गरेन | परिवारमा अरु सबै संग राम्रो सम्बन्ध राख्ने तर सोझो लोग्ने लाई साथी जत्ति पनि नहेर्ने | अति भए पछि कुरा केटा ले आफ्नो सम्बन्ध सुधार्नलाई लाइ केटीको घरतिर को एउटा मान्छेलाइ भनेर समस्या अगाडी राखेर अझैपनि सम्बन्ध राम्रो पार्न कोसिश गर्यो र पढ्नलाई केटा बाहिर गयो | तेस्पछी पनि केटाले फोनमा कुरा गर्दा खालि केटीले अनेक बहानामा निहु बनाएर झगडा गर्ने अनि आफ्नो माइतमा चाई लोग्ने संग सम्बन्ध छ भनि देखाउन खोज्ने साथै गरेको कुरा को अर्कै विश्लेषण गरी सबै तिर भनि दिने | यो क्रममा केटीले घर छोड्नु पर्यो, तै पनि आफुनै राम्रो भनि सबै तिर पर्न सफल भयो | यता केटाले अब केटीसंग बस्न नसक्ने, सम्बन्ध बिछेद्को कुरा अगाडी सार्दा अनेक कुरा हुन थाल्यो | कहिले एसले गरेर केटा लाई बिगारेको कहिले उसले गरेर केटालाई बिगारेको भन्ने हल्लाहरु धेरै फैलिन थाल्यो | यता केटालाई टेन्सन भएर पढाइलाई जिउतिउ मात्र अगाडी लान सकिरह्यो जसले गर्दा, उसको प्राध्यापक खुशी थिएन | पछि उसले तेतई बात केटीको अन्य कुरा सम्बन्धि कुराहरुको निगरानी राख्न थाल्यो | निस्पछ्यरूपमा हेर्ने हरुले सबैले अनुमान लगाइसकेको थियो कि, यो केटी को बाहिर अर्को केटा छ, तर प्रमाणको जरुरी थियो | केटाले पछिल्लो समयमा नेपालमा समय मिलाएर फर्की दुवै परिवार संगै बसेर कुरा गर्यो | केटीले नछोड्ने र गल्ती केटाको भएको मा केहि हद सम्म आफु ठीक भएको कुरा प्रमाणित गर्न खोज्यो | तेती बेला, केटा ले केटी को बाहिर केटा भएको कुरा सबैको अगाडी राखेर प्रमाणित गरिदियो, लज्जास्पद ढंगले | सबैले थाहा पाएकी केटीले सबैलाई आँखामा छारो हालेको भनेर | एउटा पढेलेखेको केटीले बिहे पूर्व नै आफ्नो समस्या केटालाई भन्नुको साटो बिहे गरेर पनि आफ्नो बिहे भैसकेको पूर्व केटा संग प्रेम सम्बन्ध राख्ने अनि आफ्नो लोग्ने लाई पनि लोग्ने को त पर नै छोडौ साथी सम्मको पनि व्यवहार नगर्ने | केटीलाई उसको घर बाट प्रेसर भए केटा लाई आफ्नो केटा भएको र आफुलाई बिहे नगर्नलाई सहयोग गर्न लाई भन्न सक्नु पर्थ्यो | उल्टो बिहे गर्ने, अनि आफु बाहिर सम्बन्ध राख्ने, लोग्ने को दोष देखाउने, फेरी म लोग्ने संग सम्बन्ध बिच्छेद नगर्ने भनि भक्भकाउने | प्रमाणित भै सके पछि पनि केटी को परिवारले सुरु मा हुन्छ भन्ने पछि केटीले परिवार ले जे भन्छ तेही गर्ने भन्ने, अनि परिवार चाई वास्ता नगरिकन चुपलागेर बस्ने | एस्तो स्थितिमा पहिलाको कानुन अनुसार पुरुषले मुद्दा हाल्ने हो भने विभिन्न प्रक्रियामा जानुपर्ने | एस्तो अन्याय पुरुषहरुमा पनि पर्ने गरेको छ | तसर्थ, अहिलेको परिमार्जित कानुनले कमसेकम यो समस्या त भोग्नु नपर्ने हुन्छ | बाकि यहि आशा गर्छु, कसैको पनि सम्बन्ध बिच्छेद गर्नु पर्ने अथवा गलत आचरण हाबी हुने र समाजमा कलंक बन्नु पर्ने अवस्था नआवोस | यो परिमार्जित कानुन ले कमसेकम पुरुष र महिला लाई कानुनन समानता को दायरामा ल्याउनेछ | धन्यवाद |
सुमन मानन्धर
(जापान)
मन परे हरियो, नपरे रातो
7
4
अहिले चै नारि पुरुष बराबरी भन्ने नारा सांचिकै लागु भाको जस्तो छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
4
लाउन नि राम्रो कुरो पो सुनियो त नारी र पुरुस बराबरी भन्ने समाज मा यो त हुनु नै थियो नि कि कसो साथी हरु… ज होस् अब cha i pidit पुरुश हरु पनि जुर्मुराएर उठ्ने भए .
मन परे हरियो, नपरे रातो
4
3
अहिले को समय मा महिला मात्रै पिडित हुदैन पुरुष हरु पनि पिडित हुने गर्छ तेसैले यो कानुनले पुरुष मित्र हरुलाई न्याय मिल्छ भन्ने मैले ठानेको छु र यो कानुन कार्यन्वयन हुन जरुरि छ
मन परे हरियो, नपरे रातो
8
5
कुनै समय बिहे सामाजिक बिषय थियो जसको सकारात्मक र नकारात्मक पक्षहरु समाज सित जोडिएको हुन्थ्यो | तर अहिले बिहे व्यक्तिगत बिषय बन्दै गएको छ | मन मिल्यो भने न बिहे गरेर संगै जीवन बिताउने हो, होइन भने जबर्जस्ति आफ्नो जीवनलाई नै पिडा दिनेगरी सम्झौता गरेर मानसिक रूपमा विक्षिप्त भएर बस्नु त उचित होइन नि |
यस्तो कानुनि प्राबधान ले बैबाहिक सम्बन्ध बिच्छेदमा वृद्धि भएर समाजमा नराम्रो असर पर्छ जस्तो चाहि मलाई लाग्दैन | सुरुका केहि समय त्यस्तो पनि देखिन सक्छ किनकि अहिले सम्म कुण्ठित कैयौ जोडीहरुलाई यस्तो व्यवस्थाले बाहिर आउन मद्दत गर्छ नै | तर अन्ततगत्वा मानिसहरुमा बिबाहप्रति अरु बढी संबेदनशील हुन सिकाउछ | बिहे गरेको १ बर्ष नबित्दै सम्बन्ध बिच्छेद गर्नुपर्ने अवस्था नाओस भनेर सबै व्यक्तिहरुले बिहे गर्दा आफु अनुकुल बिचार मिल्ने साथि हो कि होइन भनेर बिस्लेषण गर्ने परिपाटी सुरु हुन्छ , जसले गर्दा बैबाहिक जीवन अझ बढी सुखी र सन्तोषप्रद हुनजान्छ |
मन परे हरियो, नपरे रातो
5
3
सुन्दा अचम्म लागे पनि समय सान्दर्भिक जस्तो लाग्यो / भरिसक्या जो कोहिले पनि सम्बन्ध बिच्छेद भोग्नु नपरोस /
मन परे हरियो, नपरे रातो
10
2
तन ,मन सबै मिलेपछि मात्र बिहे गर्दारहेछन युरोप ,अमेरिका मा नत्र तेसै ब्व्याय फ्रेन्ड गर्ल फ्रेन्ड भए बसे | बिहे नै नगरी बचा पाए ,कहिले काइ बाउ चिन्न गाह्रो हुदा
डी यन ये टेस्ट गरे | नेपाल मा पनि क्रमश त्याही कल्चर ले घर बनाउदैछ |
कुरा यो राम्रो र त्यो राम्रो गरेर हुन्न,समय ले आफ्नो बाटो बनैहाल्छ|
पारपाचुके,सुलभ गर्भ पतन, यौन को ब्याबसायिक करण धरम र नैतिकताको थुप्रो ले पुरेपानी टाउको देखाइहाल्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5