मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मधु कोडाहरुका माझमा डिगेन्द्रको आत्महत्या

    मणि दाहाल

    गुगलमा ‘मधु कोडा’ नाम टाइप गर्दा ७ लाख ५ हजार पेजहरु स्क्रिनमा देखिन्छ। मधु कोडा, भारतको झारखण्ड राज्यका पूर्व मुख्यमन्त्री हुन्। एउटा खानी मजदुर आदिवासीका छोरा। उनी झारखण्डको चार सय दिन मुख्यमन्त्री बनेका थिए। स्वतन्त्र सांसद भएर पनि भारतका मुख्यमन्त्री हुन पाउने भारतका तीन भाग्यमानी मध्ये एक हुन्। कलेजको रकम तिर्न नसक्ने भएपछि बाबु रसिका कोडाले मधुलाई पढाइ छाडेर घर खर्च जुटाउन आदेश दिएका थिए। नब्बेको दशकको शुरुसम्म उनी खानीमा काम गर्दथे। सन् १९९४ मा भारतीय जनता पार्टीसँग आवद्ध भए। सन् २००० मा बिहार विधान सभामा निर्वाचित हुन सफल भए। त्यसै वर्ष बिहारबाट झारखण्ड टुक्रिएर छुट्टै राज्य बन्यो। मधु कोडा मन्त्री भए। त्यसपछि उनको गोरख धन्दा शुरु भयो।

    खनिज सम्पदाले भरिपूर्ण झारखण्डमा शुरुमा उनी पञ्चायत राज र अर्को पटक खानी तथा भूगर्भ मन्त्री भए। खानी सञ्चालनको लाइसेन्स उपलब्ध गराउन उनले कति भ्रष्टाचार गरे भनेर अझै पत्ता लागेको छैन। उनी अहिले जेलमा छन् भ्रष्टाचारको अभियोगमा। अहिले उनका नाममा करिब ४० अर्ब भारतीय रुपैया बराबरको सम्पति रहेको अनुमान गरिन्छ। उनका सम्पतिको स्रोत बारेमा सीबीआईले जाँच गरिरहेको छ। दुनियाँले मात्रै होइन मधुका ६२ वर्षीय बाबुलाई समेत आफ्नो छोराले राम्रो काम गरेर पैसा कमाएको लाग्दैन।

    हुन त डिगेन्द्र राजवंशी भनेर गुगलमा खोज्दा पनि ७० वटा पेज भेटिन्छ। तर ती सबै आत्महत्याको खबर मात्रै। डिगेन्द्र पनि मधु जस्तै आदिवासीकै छोरा हुन्। तर दुवैले राजनीति जीवन र उद्देश्यमा भने आकास जमिनको फरक छ। उनले राजनीतिक जीवनलाई कहिले पनि कमाउका माध्यम बनाएनन्। उमेरको गणना गर्ने हो भने उनी मधु कोडा बाबु भन्दा पनि जेठा हुन्। डिगेन्द्रले २०२८ सालको वर्ग शत्रु सखाप पर्ने नाममा शुरु भएको व्यक्ति हत्यामा उनी पनि सामेल भएका थिए। जमिन्दारको टाउको काट्ने अभियानमा उनी सिपी, केपी, आरके, मोहनचन्द्र सँगसँगै थिए। त्यस वापत उनले चन्द्रगढी, वीरगञ्ज र नख्खुमा गरी ८ वर्ष जेलनेल भोगे। उनीसँग जेल बस्नेहरु अहिले एमालेको ठूलो पदमै छन्। उनलाई त्यसमा कुनै गुनासो थिएन। उनले कहिले पद खोजेनन्। उनी पार्टीको एउटा प्रतिबद्ध कार्यकर्ताको रुपमा काम गर्दै रहे।

    २०६२ सालको जनआन्दोलनको समयमा उनको खुट्टामा गोली लाग्यो। सम्पत्तिको नाममा एक चपरी पनि जग्गा नभएका डिगेन्द्रको जेठो छोरा साउदी अरबमा छ। उता पनि राम्रो कमाइ भएन। जीवन चलाउन नसक्ने भएपछि उनी कान्छा छोरालाई जागिर लगाउन काठमाडौं आए। तीन महिनादेखि छोरालाई जागिर लाउने चक्करमा पार्टी कार्यालयमा काटे। गेष्ट हाउसमा डेरा जमाएर बसे। मधु कोडा बनी सकेका एमालेका नव धनाढ्यहरुका लागि एउटा सहयोद्धाका जीवन चलाउन सक्ने भएपनि छोरालाई जागिर लगाउने गरेको याचनाले छोएन। ‘हुन्छ’ ‘हुन्छ’ भन्ने बानी परेकाहरुलाई के थाहा एउटा भोकाएका व्यक्तिको डाँडा वारी खाने चाहाना।

    सरकार जोगाउने र गिराउने फुर्सद नभएकाहरुलाई डिगेन्द्रको तुच्छ कुरा पुरा गर्ने समय नै थिएन।

    विचारले शुन्य देखिने एमाले विकेकले शुन्य र बहिरो बनेको छ भन्ने लागेको थिएन। जोगी बन्नका लागि राजनीति गरेको होइन भन्ने सिद्धान्तबाट प्रेरित भएका नेपाली मधु कोडाहरुले एउटा सहयोद्धाको मृत्युको साक्षी बनेका छन्। गएको शनिबार बल्खुको एमाले मुख्यालयको भव्य महलबाहिर रहेको आरुबखडाको रुखमा झुण्डिएर उनले आत्महत्या गरे।

    No related posts.

    72 comments to मधु कोडाहरुका माझमा डिगेन्द्रको आत्महत्या

    • kushum

      मैले सबेजसो टिप्पणी पढें । विषयमाथि देखिएको चासोकालागि सबैलाइ धन्यवाद छ । तर्कहरुमा दम छ । मुख्यतया यो घटनाले दुइकुरालाइ उजागर गरेको छ । पहिलो गरिवीको पराकाकास्टा र दोश्रो भनसुन र मनसुनको सस्कृति हावी हुनु । जवसम्म देशमा नेताले भनेर मात्र जागिर पाउने अवस्था रहन्छ तव सम्म डिकेन्द्रहरु झुन्डिरहनेछन् । अव्र्यवस्थाको अन्त्य हुनु पर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Krishna Har Baral

      सच्चा देशभक्त त हुन्छन तर सच्चा कमरेड कहिलै हुदैनन् किनकि हुन कोज्ने को हालत एस्तो हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • bishwa

      Wow, One of the best nepali article I have read lately. Thank u very much Umesh and Mani Ji. eventhough, I am supporter of CPN (UML). This is real things happening in nepal. Not only UML corrupted , all parties specially Maoist as well.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • तेज प्रसाद अधिकारी

      स्व. डीगेंद्रको आत्मा ले शान्ति पाओस / तर हामीले भन्दै मा पाउला र?
      एमाले जस्तो भ्रस्ट हरुवा हरुको जमात लाइ जनकारबाही गरि नेपालको ढुकुटी बाट कुम्ल्याएको धन सरकारीकरण गर्न सक्यो भने शान्ति पाउला कि,
      नेपालि युवाहरु ले बिना सोर्स फोर्स आफ्नो योग्यता अनुरुप नेपाल मै जागिर पाउने ग्यारेन्टी भएमा र आफ्नो परिवार छोडेर बिदेसिनु नपर्ने स्थिति आएमा शान्ति पाउला कि,
      जनता ले रुचाएका जनप्रतिनिधि ले जनचाहना अनुरुप काम गरे सायद आत्मा ले शान्ति पाउथ्यो कि,
      चुनाब अगाडी जनता मोटा नेता दुब्ला हुने तर चुनाब पछी जनता सुकेर दाउरा हुने नेता फुकेर भकारी हुने प्रचलन हटेमा केहि शान्ति पाउने थियो कि……

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • कोड। मात्र होइन लगाम न भय को घोडा हुन् नेता भनेको कसरि आरु लै मारेर
      आफु आगाडी बढने मात्र शोच हुन्छ / देश र जनता संग के मतलब नत्र देश को यो हाल हुने थियोर खावो नेता हो जनता विदेश मा मर्ने तिमि हरु देश लुट्ने सबै पार्टी देश जित मरे पछि लानु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • norkindolmo

      गरिबीले गरेको हत्या.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Narayani

      Neptism ra favorism ले ग्रस्थ पारेको यो देशमा दिगेंद्र पनि कहाँ बन्चित रहन बाकि रहन्थे र? सोचे होलान उनको यो चुराले आफ्नो राजनैतिक सक्रियेता बाट केहि पाउलान तर क गर्नु सोझा र भद्र ले केहि पाइदैन…यो देश मा परिबर्तन आफै बाट मात्र सुरु गर्न सकिन६ तर क गर्नु सत्ता मा पुगे पछि कोइ परिबर्तन हुन चाहदैनन् तेस्मथी पनि आस गर्ने हरु आस गर्न छोडदैनन् अनि निरास भै दिगेंद्रको बाटो रोज्छन…क गर्ने र खोइ..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • दुर्गा खनाल रियाद

      मेरो विचार मा पार्टीको सिद्धान्त गलत हुदैन तर कार्यान्वेन् गर्ने गर्ने ले गलत गर्छन . त्यो चाइ १६ x २ = ८ भएको हो . बाकी .. मृत आत्मा ले सान्ति पवोस

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 23

      • Ram Chandra Thapa

        दुर्गा जी सिद्दान्त त पंचायत को पनि नराम्रो थियन ! फेरी किन पंचायत को बिरुद्द लड्नु परेको मात्र लागु गर्ने बय्क्ति हरु खराब भयर हो! गरिब र आफ्ना पुराना गरिब कार्य कर्ता लाई सम्हाल्न सक्दैनन् भने एमाले माले लाई पनि पनि परिबर्तन गर्नु पर्छ ! आफ्ना मान्छे को लागि हर नाजायज काम ( देस बेच्न देखि छोरी बुहारी को इज्जत सम्म खेलबाड) गर्न सक्ने ले के डेकेन्द्र जस्ता पिडित को लागि हेर्न सक्ने थियनन ! एमाले मात्र नभयर यो हाल नेपाल का सबै पार्टी भित्र रहेको छ! तेसैले निमुखा जनताहरु यी चोरहरुको बहकाब मा लागेर सडक लगायत अन्य आन्दोलन को नाम मा देस बर्बाद गर्न नलागौ ! जति देस बर्बाद हुन्छ यी डाँका हरु लाई फाइदा हुन्छ !

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Ram P. Sapkota

      डिगेन्द्र बा को आत्मा ले शान्ति पाओस | ए मा ले लाइ कम्युनिष्ट भन्नु “बाघ को छाला ओढेको स्याललाइ ” बाघ भन्नु जस्तै हो | जय नेपाल |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 9

    • hari pathak

      एमाले मण्डले हरुको पार्टी हो| भ्रस्टाचार यसको धर्म हो, दोधारे पन यसोको बिसेषता हो, trademark पार्टी हो एमाले| यसमा कुनै संका छैन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 9

    • एलिना

      मैले एउटा कुरा बुझिन ।

      डिगेन्द्रजीले आत्महत्या गर्नु भयो यो आफैंमा दुखदायी घटना हो । मृतकको परिवारप्रति मेरोपनि हार्दिक सम्वेदना छ । तर एउटा पार्टीको कार्यकर्ताको छोराको लागि मेरो देशले किन जागिर मिलाइदिने ? के जागिर भनेको वहाँको पार्टीको पेवा हो र ? जुन जागिर खानको निम्ति मैले नङ्ग्रा खोटेर मेहनत गर्नु पर्ने, त्यो जागिर सजिलै पाइन्छ भनेर वहाँ मंत्रीसम्म कहाँ तागेता गर्न पुग्ने ? यो कुरा ठिक लागेन डिगेन्द्रजी को ।

      मृतकको आत्माले शान्ति पाओस् ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 17

      • Ram Chandra Thapa

        एलिना जी सायद तपाई सम्पन्न हुनु हुन्छ होला, त्यो कुरा अलग हो ! आत्मा- हत्या हुनु आफैमा नराम्रो हो ! डेकेन्द्र को हालत मा तपाई पनि आर्थिक सहारा को लागि आफन्तको जागिर को लागि चिने जानेका सम्म अनुरोध गर्न पुग्नु हुन्छ होला ! पार्टी को कार्य कर्ता भनेको बिदेसी त होइन नि उ पनि त नेपाल आमा को छोरा नै हो जति तपाई को अधिकार छ तेत्ति उसको पनि छ ! रह्यो कुरा हातका नंग्रा खियायर जागीर खोज्ने, नेपाल को कुनै पनि ठाउमा नोकरी गर्न को लागि तपाई को योग्यता हैन मन्त्रि,नेता, र ठुला ठालु को सिफारिस चाहिन्छ (अपबाद छडेर),हो तेही अनुसरण गर्नु भय को असिक्षित देकेद्र जी ले पनि ! डेकेन्द्र जी को आत्माले शान्ति पाओस !

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

      • जगत अधिकारी

        एलिना जि तपाईको कुरो मलाई सबैको भन्दा मन पर्‍‍यो, आत्महत्या दु:खद हो तर जागिर नै नेताको खल्तीमा हुने र कार्यकर्ता र आसेपासेले मात्र पाउने २०४७ शाल पछिको चलनले यो स्थिती सम्म पनि पुग्दो रहेछ,भन्ने कुरो यहाँ प्रमाणित भयो, नेताले यो चलन नचलाएको भए, कसैले यो दिन भोग्नु पर्ने थिएन।
        मृतकको आत्माले शान्ती पाओस ।

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhawani koirala doha

      लेख मा तितो सत्य छ.. हाम्रा मधु केडा हरु ले अचानक हिजो लाइ बिर्सिदिन्छन,, चप्पल मा हिडेर जनता को आगन मा गएर बाडेको सपना सबै बिर्सिएपछी मधुकेड़ा बन्न स्वाभाविक हो यिनीहरुलाई.. मलाइ एउटा कुरा याद आयो…. के पी ओली ले २०४७ साल मा भनेको कुरा.. मेरो सम्पत्ति भनेको यिनै लगाएको चप्पल र तपाइँ हरु हो भन्दा त्यहाँ उपस्थित सबैले भगवान देखेका थिए के पी को अनुहारमा चारपाने ३ मा राति आफ्ना सुबचिन्तक हरुलाई प्रसिक्ष्ण दिदै थिए मलाइपनि जाउहौ मान्छे खुंखार छ भनेर १ जना साथीले पुर्याएका थिए तर त्यति इच्छुक थिन म किनकि म भरखरै मात्र नेपाल आएको थिए.,, तर आज यसो भन्दा पत्याउने ठाउनै छैन.. मधुकेड़ा भैसकेछन,,, यिनै मधुकेड़ा को सिकार भए डिगेन्द्र राजबंसी ,,, उनको आत्माको चिर शान्तिको कामना गर्दछु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • कृष्णजी ,
      पहिला त म बढी जान्ने भएको साबित गर्ने कोशिश गरेको छैन | यति मात्र चाहना थियो कि प्रसारित भएको सूचना यथासम्भव सत्य होस् | जहाँ सम विधायक र सांसद को फरक छ त्यो बुझ्नलाई मस्तिष्कको ढोका खोलेर तर्क गर्नु पर्छ , इनारको भयागुतो बन्ने चाहना छ भने मलाई केहि भन्नु छैन | सांसद भनेको भारतीय प्रणालीम़ा लोकसभा (CENTRE ) का प्रतिनिधि हुन् भने विधायक चाही राज्य स्तरिय विधानसभाका प्रतिनिधि हुन् | कुनै जानकारी न हुनु दोष होइन तर आफूले न जानेका कुराम़ा बढी फुर्ति लाउने बानी राम्रो होइन |
      राजु सिंहजी आफ्नै मनले कुनै निस्कर्ष निकालेर मख़ पर्ने बानी सक्तो न अपनाउनुस , गल्ति हुने डर हुन्छ |
      सुर्यजी
      शायद तपाईले खोज्नु भएको प्रश्नको उत्तर पाउनु भएछ | धेरै फरक छ सांसद र विधायक म़ा , एउटा सांसद को छेत्र म़ा औसतन ४-५ वटा विधायक हुन्छन !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 8

    • pritam

      मणिजि तपाईको लेख सह्रानिय छ, बास्तवमा सच्चा र देशभक्त कमरेडहरु यसरी नै मारिन्छन, सत्ता र कुर्सिका भरौटेहरु एउटा बेसाहारा गरिब कार्यकर्ता सम्मलाई दुरव्यवहार गर्नु कहाँसम्म नैतिकता गिर्नु हो । यहाँ त हरुवा र छेरुवा हरुको मात्र भलो हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • आफ्नो काम फत्ते गराउन मरिमेटेर नेता को पछी लाग्ने अनि पुरा नाभायापछी आत्मा हत्या गर्नु लाइ कायरपन भन्छु मा.
      मलाई पक्का विश्वास छ तल कमेन्ट मा एमाले लाइ कम्युनिस्ट होइन भन्ने मध्ये ८०% हरु बिगत मा एमाले नै थिया र एमाले संसार को सबैभन्दा राम्रो कम्युनिस्ट भन्दै बखान गाउथे, बिस्तारै माओबादी तिर धल्कियर आजकल माओबादी मात्र सच्चा कम्युनिस्ट हो भन्दै गीत गाउदै हिडेका छन्,अब १/२ वर्षा पछि अहिलेको माओबादी को सच्चा रुप देख्छन र यही माओबादी लाइ अहिले एमाले लाइ गाली गरे झैँ सराप्दै हिदनेछान यो पक्का हो| किन कि कम्युनिस्ट भनौदा हरु को राजनीतिक भबिस्य ५/७ वर्षा मा सकिन्छा अन्तिम मा कायल भयर लोकतान्त्रिक विचार मा जानुको विकल्प छैन, कि त दिगेंद्र ले झैँ कायर भयर आत्महत्या गर्नु पर्यो होइन भने लोकतान्त्रिक धार मा प्रवेश नगरी सुख नै छैन.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 23

    • प्रकाश पौड्याल_AB_Canada

      ए माले , बि माले, सी माले , क माले, ख माले, झ माले, माओ बादी, – यी सबै खाओ बादी हुन् | एक नम्बर का हेपोक्रेट हुन् | बरु प्रजातन्त्र बादी हरु दौरा सुरुवाल टोपी, धोति, कुर्ता लागौचन तर यिनिहरु बिदेशी सुट टाई लागौचन | यीनिहरुकै घर मा ७ – ८ वर्ष को बालक ले भाडा माजछ | रात दिन युद्ध , मार काट बाहेक केहि दिमाग हुदैन | झन्डा मा समेत आतंकबादी झल्किने हसिये हतौडा बाहेक केहि हुदैन | चन्द्र मा मा बस्ति बसाउने युग मा आठ मा पदने बालक लै बन्दुक दिएर आज को सीछ्या यहि हो भन्दछन् | बालक लै बन्दुक बोकाएर सत्ता मा पुगे पछि भुडी पल्टाएर पजेरो बाट ओर्लदा गार्ड ले दोका खोले पछि झर्चन | पहिले आफु आफु मिल छन् जब सत्ता मा पुग्छन एक अर्का लाइ काट्न सुरु गर्छन | धनि लाइ सामन्त बादी भंचन त्यहिँ सामन्त बादी बाट जबर्जस्ति पैसा असुलेर घिछन | हामी कहेले यस्ता नाटक बादी, खाओ बादी, माले, झाले, हरुवा, चरुवा, बिहारी बाट मुक्त हुने होला प्रभु ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 22

      • Rayan, Ab, Edmonton, jasper Ave

        I dont have any idea who is this guy? He always barks like this. Once he wrote all comunists are crazy, illiterate and bla..bla..bla. He never writes good and loggical comments. I do not care whether he is communist or Congress or rajabadi. But, I believe that theere should be fair criticism (for congress or communist or rajabadi).

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • neerose

      आफ्नो भाइ लाइ हुदै नभयको महा बाणिज्य दुत पद उमारेर बनाउन सक्ने अनि कुर्ची अदाउने टेका स्वोरुप जति पनि मन्त्रालय थप्दै मन्त्रि बनाउने, राज्यको सम्पति फुपुको श्राद्दमा जसरि उदाउन सक्ने, जम्बो टोलि लियर यूरोप,अम्रेरिका हनिमुन मनाउन जानसक्ने, मंत्रालायानै सगरमाथामा भय जसरि बिस्वोलाई केकेनै सुचना दिउला र बिस्वोलाई नै चिस्याउने गरि सगरमाथामा हिउ थपिदिने झ्यै गरि बटालियन सहित गोरक्षमा श्राद्दा गर्न जाने यस्ता नेपालको कुपुत हरु ले केहि नाभायापानी कतै केहि मिलैदिना नसके पनि आफ्नै मन्त्रालय छेउछाउ वा पार्तिकार्यालायामा हालको लागि केहि समय भोक तार्ने गरि सानो तिनो कार्यमा लागैदियर थाम थम्यायाको भय पनि त् हुनेथियो, कोहि आफुलाई कुर्चीमा पुर्याउन ज्यान लगायर साथ् दियको मान्छे जीवन र परिस्थिति देखि अनि आफ्नो र आफन्तको तुच्चाई अनि स्वार्थि पाना देखि हरेस खायर आत्महत्यात गर्ने थियन!
      आफु संगसंगै लठ्ठी लियर आन्दोलन गर्न हिडेको र राजनीतिमा होमियाको मान्छेहरु देशको प्रधानमन्त्री सम्म बनेको र आफ्नो पेटमा अनि परिवार बच्चा पालना धौ धौ हुदा जो पनि आशामा जान्छन नै!
      कि कसैलाई पनि सोर्स र फोर्स को जागिर नदिने बाचा गरुन, किन सुद्द बनि टोपल्नु यी सुद का धुपौरे हरु,
      राजबंसिको आत्माको श्राप लाग्ने छ यिनीहरुलाई!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

    • bishwash

      सयौ प्रतिगामी कदम चलदा पनि एमाले एक कम्युनिस्ट हो भनी ज्यान दिएका थियौ, अब अति भो, म जस्ता एमाले कर्यसर्ताले समाजमा मुख देखाउन गारो भो / अब म एमालेमा बसेर अर्को डिगेन्द्र बन्न चाहन्ना / डिगेन्द्रको आत्माले शान्ति मिलोस

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 9

    • Sulov Pradhan

      दुइ आना र चारआनामा देश चलिराछ,
      कुर्सी पुग्ने गन्तव्यको रेश चलिराछ ।
      कञ्चञ्जङ्घा तल झर्यो, सुस्ता भित्र सर्यो,
      नक्सा बिग्रिएर अवशेष चलिराछ ।
      ईट्टा जत्रो देश थियो गुच्चा जत्रो भाछ,
      तास्दा मास्दा पनि भन्छन् देश चलिराछ ।
      बुद्धको जन्मथलोमा नै प्रश्न चिन्ह उठ्यो,
      नेपाल बेच्ने हो कि राख्ने टुङ्गो लाग्या छैन,
      अदालतमा विचाराधीन केस चलिराछ ।
      घोडा ढल्यो, हात्ती लड्यो…फुच्चा फुच्ची भागे,
      उँट झर्यो मन्त्री मर्यो चेस चलिराछ !!….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

    • Dev

      बान्तवा , तिमी त एमाले का नोकर को कि के हो? मदन भण्डारी र मनमोहन पछि को एमाले पार्टी बस्ताब मै भुत, पिशाच को जमाज भन्दा नै राम्रो होला |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

      • bantawa

        देव तिमिचाही माओबादीको धोति बोक्ने होला हगी

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 12

    • १.० कम्युनिस्ट का नेता हरु संसार कै कलंक हुन, नेता भय पछि करेकर्ता र जनता को रगत चुसेर मस्ती गर्ने यिनीहरु को पुरानो चलन नै हो. माकुने,ओली,भिमे मात्र होइन नेपाल मा अझै क्रान्तिकारी भन्ने कम्युनिस्ते हरु झन् रक्तपिपासु नै छन्. तेसैले यी कम्युनिस्ट भन्ने लाइ जरै देखि निर्मुल नगरेसम्म जनता ले सुख कहिलेइ पौने छैनन्.
      २.० जनता को लागि राजनीति गरेका भन्ने ले छोरा लाइ बिना qualification कुनै जागिर मा घुसैदेउ भन्नु पनि कन्युनिस्ट चरित्र भित्रै पर्ने कुरो हो. बरु राजनीतिक पिडित को रुपमा राज्य बाट पौने सुबिधा दिगेन्द्र आफै ले लियर परिवार को पालन पोषण गर्ने तिर लाग्नु राम्रो हुने थियो.
      ३.० अब ४/५ महिना मा प्रचंडे ले पनि सत्ता नपायको झोक मा आत्महत्या गर्यो भन्ने खबर आयो भने आचाम्म नमाने हुन्छा.
      ४.० राधाकृष्ण मैनाली पनि टाउको काटेर नेता भयकै हो अनि पछि राजाको पुछार तेस्तै अहिलेका क्रान्तिकारी भन्ने कम्युनिस्ते को पनि कुनै ठेगान छैन भोलि राजा आउ देश बचाऊ भन्दै जुलुस निकाल्दैनन भन्ने.
      ५.० अन्तिम मा दिगेंद्र प्रति स्रंदंजली.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 27

    • buddhi lal tamang

      एमाले कम्युनिस्टको नाममा कलंक नै हो| सर्बहाराको राजनीति गर्ने तर अरबपति र खराब पतिको सपना बुन्ने ??!! कार्यकर्ता जोगी नेता भोगी| बिचरा कार्यकर्ताहरु पार्टीको लागि ज्यान सम्म दिन तयार छन् तर नेताहरु कार्यकर्ता रोजीरोटीको सम्म वास्त गर्दैनन् र ज्यान लिन उद्द्यत छन्| वाहवाह एमालेका सर्वहारा नेताहरु??!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 12

    • bantawa

      यसमा लेखमा पर्तिकिरिया लेख्ने मित्रहरु आन्धोपगल तरिकाले पर्तिकिरियाको झटारो हान्नु भयको र यसो भन्दा दुइ मत नहोला किन कि एसको सवालरूप येही मित्रहरुले दिनु भयको पर्तिकिरियाले परस्त हुन्छ ? मलाई लाग्छ तपैहरुको चस्मा माओबादी लेपन लागेको छ किन भने पर्तिकिरियाले येस्ते बताउछ मित्रहरु म लामो बहस गरन चाहन्न सायद लामो बहस होला जसले पर्तिरोधको पर्तिकिरिया दिनु भयको छ तेस्ले नई पुरक बनाउछ मित्रहरुलाई अनुरोध छ तो जनमारा माओबादीको लेपन चस्मा फुकालेर पर राख्नु होस् येस्माने तपैहरुको भलाई छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 60

      • mahesh maharjan

        बान्तवा ji,
        तपाईले भने अनुसार देशभक्त र रास्त्रवादी नेपालीहरु सबै मावोवादी भयो हैन त/ कस्तो तुच्छ विचार तपाई को/ कुनै पार्टी को नभैकन पनि देशभक्त बन्न सक्छ वन्ने तपाई जस्तो तुच्छ विचार को मान्छे ल क थहा/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 26

      • mahesh maharjan

        बान्तवा जी,
        तपाई को आनुसार त देशभक्त र रास्ट्रवादी सबै नेपालीहरु मावोवादी भयो हैन? कस्तो तुच्छ विचार तपाइको/ देशभक्त र रास्ट्रवादी हुन कुनै पार्टी को हुनै पर्छा वन्ने छैन/ तपाई जस्तो तुच्छ विचार को मान्छे ले एस्तो भावना कसरी बुजोस/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 19

        • bantawa

          महेश जी तपाइको पर्तिक्रियाको निम्ति धन्बाद एस्लाई सलाम छ तर तपाई जस्त बुजक्ले मेरो भनाइ बुज्नु भयान जस्तो लागेयो किन कि मैले सबैलाई बह्न्य होइन जसले प्रतिरोद्को पर्तिकिया दिनु भयको छ जसलाई मात्र हो मित्र तपाई जस्तो सोच्छा विचार बोक्न मित्रको नबुज्य देखादा तपाई प्रति दयालागेर आयो

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 8

    • नविन आर्यमन

      वास्तविकता के छ भने, Politicians are the same all over. They promise to build a bridge even where there is no river अनि हामिहरु, देसभक्त र साचो कामरेड डिगेन्द्र झै आसै-आसमा मर्न बाध्य छौ। कागजि रुपमा मात्र सिमित राहने Agenda र पार्टी commitment वास्तविकतामा परिणत हुन्न, जबसम्म कर्तब्यनिष्ठ उदारवादी स्वबिबेकी धारणा आफैमा हुन्न।

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • NARAYAN adhikari

      म नेपाली हू ! मलाई आफु नेपाली भएको मा गर्ब लाग्छ ! हामी सारा नेपाली को एक मात्रै कामना नेपाल र नेपाली को उनत्ति प्रगत्ति !!!!!!!!! तर मजस्ता धेरै नेपाली ले ठुलो आशा गरेका नेता भनौदा को नेपाल मा कुनै कम भएन !देस बनाउने काम नत गिरिजा ले गरे नत सेर बहादुर ले नै नत सुर्य बहादुर ले नत लोकेन्द्र ले नत कृष्ण जी ले नत कै गरे प्रचण्ड कमरेड ले अब के आशा गर्नु बिचरा माधब जी को ? नेता भनौदा हरु लाई विदेश भर्मन अनि उद्घाटन गर्दा नै उनीहरु लाई ठिक्क छ !तेत्रो मन्त्रि मण्डल तेती सवासद दुइ वर्ष को लुछा चुडी आखिर किन ?????????जनता ले कत्रो आशा राखे का थी ए ?तिमि हरु बाट .जनता लाई नाटक जस्तै एउटा कमेडी जस्तै देखाई दिए औ है ? सबै मीलेर नेता भनौदा हरु हो ? कुनै सभा सम्बेलन हुन्छ तिमि हरु आन्दोलन गर्नु पर्छ भन्छौ सोझा जनता लाई सडक मा उतारछौ .जनता सडक मा खाली खुट्टा हिड छन् . तिम्रा अगी पोछि पुलिस आर्मी हुन्छन .यदि देस को लागि राम्रो काम गर्छौ भंने तेत्रो सेकुरिटी को खाचो पर्दैन्न जनता ले नै तिमे हरु को खयाल गर्छन .आन्दोलन मा सोझा जनता लाई उतार्चौ अनी जनता लाई मार्छौ अनि सहिद घोसडा गर्छौ ? के नेता हरु हो यहि नै हो तिमी हरु को नैतीकता के यहि हो तिमे हरु को देस पेरेम ? आफु भंने मोज मस्ती गर्दै भर्मन उद्घाटन के के हो के के ? जनता को लागि कुनै राम्रो काम गर्छु भन्ने कुनै दिन कुनै पल तिम्रो त्यो गोबेर भरीएको दिमाग मा आयो नाई आयन ! jay नेपाल jay नेपाली narayan from japan

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • सुदन रेग्मी

      एमाले कम्युनिष्टपार्टी को नाममा कलङ्क हो————-

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 16

    • लेखकको शब्द सापटी लिएर ”विचारले शुन्य देखिने एमाले” विकेकले पनि हुनसम्मको शून्य भैसकेको छ . नव धनाड्य हरु के.पी . माकुने हरु जस्ता को हालीमुहाली छ त्यो नामधारी पार्टीमा .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 10

    • raju singh

      सुजिता ठाकुर बिहार बाट बशाई सरे जस्तो छ ,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 1 Thumb down 18

    • aabaj

      मर्ने पनि jhundiyear कायेर जनता राजनीति जन्ताकोलागी हुनुपर्ने होइन र? छोरालाइ जागिर खुवाउन लाजमर्दो एमालेको ढङ्ग कम्युनिष्ट हरु सबै तेस्तै हुनु हरुवा हरु तेइवयेर संसार बाट पाखा लगेकोया चोर हरु

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 20

    • durbasa

      धीकर माकुने, के पी ओली, झाला खनाल. गौतम ध्हिक्कर छ तिमीहरुलाई…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 15

    • raju

      चुनाब हुदा कति खर्च हुन्छ राष्ट्रको सम्पति , थाह छ , चोर नेताहरु ! नेपाली जनताले खुन , पसिना बगाएर तिरेको कर को दुरुपयोग गर्छस चोरहरु ! लाज लाग्दैन फेरी जनता समू भोट माग्दै हिड्न , फेरी के मुख लिएर जान्छौ जनता समू / जनताले तिमीहरुलाई कालो मसो लगाएर जुताको माला लगाईदिनछन् / चुनाब गर्ने हो भने अब नेताहरुले आफ्नै सम्पति खर्च गरेर गर्ने / देसको ढुकुटी बाट होइन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 8

    • ए मा ले , कम्निस्ट पार्टी को नाममा कलङ्क हो./ यो पार्टीका सबै जसो नेताहरु आफ्नो , र परिवारको पेट भर्नु ,र आफ्नो पद कसरि जोगाउनु कार्यमा लागिरहनछन् , पहिले देखि नै / येनिहरुले देस र जनताको लागि कहिले राम्रो सोचेनन तेसैले अब यो पार्टी र नेता को कुनै नेपालीले भरोसा , विश्वास गर्दैनन् / यो पार्टी , नेताबाट जनताको विश्वास गुमिसको /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 11

    • ramu

      दिगेंद्र को छोरा ले त प्रतिस्पर्दा गरे र पो जागिर खानु पर्छ.कहिँ बाबु ले भनसुन गरेर जागिर लैदिने हो त
      मेरो बाबु ले कोहि नेता चिनेको छैन नेपालमा तेस्यो भए मैले जगिर कहिले खानु ?.येस्तई भयेरे त नेपाल कहिले उबो लागेन .दिगेंद्र ले आफ्नो छोरालाई भनसुन गरेर हैन प्रतिस्पर्दा गराएर पो जगिर मा लाउनु पर्थ्यो त .एस्तो खालको भनसुन को भर मा जागिर खाने चलेन कहिले हराउने हो नेपालमा .पशुपति नाथ साद बुद्धि देउ हामी नेपाली लाई

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 14

    • mahesh maharjan

      एमाले पार्टीलाई कम्युनिष्ट पार्टीनै वन्न मिल्दीन जस्तो लाग्छ/ एमालेका सबै नेताहरु त के.पी .मा कुने .भिमे, जस्तो पुंजी बादी देशद्रोही हैन होला, त्यहा पनि थोरै नेताहरु क्रान्तिकारी छन् जस्तो लाग्छ/ तर एमाले भित्र बहुसंखायेक कार्यकर्ताहरु आजै पनि क्रान्तिकारी छन्/ एमालेका नेताहरुलाई मधु कोडाहरु भनेर सम्बोधन १००% सहि छ/
      यी नेताहरुले नेपाल लै नै डिगेन्द्र राजवंशी को जस्तो आवस्था मा पुरै सक्यो/ अब एमाले भित्र रहेका देशप्रेमी नेता-कार्यकर्ताले/ आब क गर्ने वनेर सोच्न पर्छ/
      long live nepal

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 16

    • Cesar

      कार्यकर्ताको त काम नगर्ने ले सारा नेपालीको के काम गर्लान ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 10

    • एमाले नत कम्युनिष्ट हो नत डेमोक्रेटिक , कुन लिंग हो भन्न नेइ गारो भयो जनतालाई / अर्को चुनाब मा २,४ सिट आउन पनि गाह्रो छ l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 11

    • ए माले कम्निस्ट हो के ? कम्निस्ट मा गरिब प्रति आदर सम्मान हुन्छा कि हुदैन ? यो ए माले गरिब वर्ग सहयात्री को लागि चै होइन .यो ए माले के.पी .मा कुने .भिमे, जस्तो पुंजी बादी भुड़ेहरुको लागि पार्टी मात्र हों.aru गरिब जनताको लागि हुदै होइन !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 13

    • kamal

      चोरई चोर नेता भयको देश मा शक्कली नेता हरु को येस्ती हुँदो रहेछ यो धुखद कुरा हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 5

    • SANTRAS

      This is what the example of political parties of Nepal and their way to behave their countrymen. It’s just focused because it happened in the ruling party but the fact is all the political parties are same. The bloody F****** blood suckers….all the politicians in Nepal must be Hanged Till Death…..If countrymen can’t live properly then political leaders should not be given a chance to live…..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • मधु कोडालाइ मुख्यमन्त्री बनाउनमा भारतीय कांग्रेश कि सोनिया गान्धी र राष्ट्रिय र जनता दलका लालु प्रसाद यादवको मुख्य हात थियो | जब बादरको हातमा नरिवल भए के हुन्छ ???? “भारतका मुख्यमन्त्री हुन पाउने भारतका तीन भाग्यमानी मध्ये एक हुन्।” भाग्यमानीको हाल अहिले के छ ??? त्यसैलाई भाग्यमानी भन्ने कि ???? मणि दाहाल जी ! डिगेन्द्र राजवंशीले गरेको आत्महत्या दुखद घटना हो | मेरो हार्दिक श्रधंजलि छ | इश्वरले डिगेन्द्रजी को आत्मालाई शान्ति प्रदान गरून |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 9

    • shyam (black)

      यो साला एमाले पाटी दोगला हो यिनीहरुको येस्तई दोगला बानीले गर्दानै एसको कयेकर्ता सबैजसो माओबादीमा पसी सके अबयेसको नेताहरु मात्रै बाँकिछन् तिनीहरु
      पनि केहि माओबादी को चम्चा केहि कांग्रेसीको चम्चा तेहिभायेरा मैले पनि यो
      चोर एमालेलाई धेरै पहिलेनै त्यागिसके एदी कोहि साथीहरुपनि यो पार्टीमाथि आशा
      गरिबस्नु भकोछाभने होसियार यो यमालेको दोगलाहरुले दिकेन्द्र को हालतमा
      पुरायी देला /अब नेपालमा जम्मा दुई ओटा पार्टी मात्रहुनु पर्छा /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 9

    • sushil

      प्रभु? यो संसार के लोभी पापी को लागि मात्रै हो ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 9

    • deepak

      nothing will happen, They will cry like crocodile and there will be another victim. They are no more a human, they have become devils who just think about their survival . Please Let them read the ” Naitik shikchha” of Junior class. Man !! I am no proud of being a Nepali Today !!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

    • madanbajracharya

      लिकुने-ओली जस्तो किरा लागेको एमालेमा यस्तै घटना फेरी फेरी पनि घट्ने छ/ अब को चुनावमा के नारा लिएर एमाले जनताको माझ जाला खै? मैले पाएत गिरिजाको बिन बाजाको धुनमा सुजातार ऋषि धमलाको माझ बिहारको कुनै गल्लीमा नाच्दै सुद सिट भोट माग्दै गरेको माधब नेपालको व्यंग चित्र सडक चोकमा ताग्न लगाउँथे/

      पहिला म पनि एमाले सदस्य नभए पनि एमालेमा बिस्वाश गर्थें/ तर अहिले त्यो सम्झेर आफै माथि उदेक लाग्छ/ के गर्ने बितेको समय फर्काउन सक्ने भए दिएको दिन लगाएको भोट सबै फर्काएर पापको प्रायास्चित गर्थे/ हुन् त् उहिलेनै एक जना बरिस्ठ एमाले कार्यकर्ताले मलाई पहिलानै सचेत गरेको थियो/ एमालेमा ठुलै बिचलन भित्र भित्र आईरहेको छ र भारतको समर्थन पाउन कांग्रेस भन्दा ठुलो भारत परास्त देखाउने नीति लिंदै छ भनेर/ मैले त्यो कुरा पत्याएँन/ पत्याउनु पर्ने थियो त्यो कुरा/ तर होस् खुलेको अबस्थामा मैले मेरो देसको महाकाली गुमायिसकेको थियो/ मदन भण्डारीको मनमोहनको आदर्श तुखुचामा बगायिसकेको थियो/

      अहिले त् ….. म माधव नेपालको अनुहारमा मन मोहन देख्छु/ गठबन्धन मा प्रधान मन्त्रि बनेको केहि समाएको लागि हो तर केहि समय प्रधान मन्त्रि बान्नेले आजीवन भता घर गाडी बती पानि नोकर चाकर को ब्यबस्था राज्य कोष बाट गरेकोमा ठग सम्राट नै देख्छु/ यदि देसको सिमा मिचिएको ठहर भए पनि मिचेको छैन भन्ने माधव नेपाल नै मार्क्स बाद लेनिन बादी हो भने लेंग्दुप दोर्जी को हो भनि भन्न सकेन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 17

      • मदन जी,
        तपाई को लेख आती नै राम्रो छ/ मलाई त तपाई को कुराहरु सहि लग्यो/ एमाले मा त खाली भ्रस्ट, अवसरबादीमात्र बाकी छन् जस्तो लाग्छ/ यी अवसरबादीहरुले आफ्नो स्वार्थको लागि देश बेचेका (महाकाली सन्धि गरेको) पनि छन् र आज यीनीहरुले आफ्नो स्वार्थ पुरा गर्न देश बेच छ/ त्यसैले आब हामीले एमालेलाई किन समर्थन गर्ने/ wake up Nepal , wake up youth

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 12

      • देवराज जोशी, कैलाली

        ठीक भन्नु भयो मदनजी ले, तपाइले एमाले पार्टीको बारेमा गरेको विश्लेषण बिल्कुल सही हो, एमालेका अधिकांस नेताहरु निर्लज्ज, भ्रष्ट, अवशरवादी र आफ्नो स्वार्थको लागि देश बेच्न तयार हुने हरुको झुण्ड बाहेक अरु केही होइन त्यसैले एमालेका इमान्दार कार्यकर्ताहरुले तिनका पछी सती लागेर नर्कमा आफ्नो सीट सुरक्षित् गर्नु मात्र हो |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 6

      • LAXMAN

        सोरे आना ठिक कुरो गर्नुभयो मदन जी…
        तपाई त एमाले को सदस्यता लिन बाट बच्नु भयछ / तर आज मलाई मेरो बिगत को एमाले क्रेज देखेर अहिले पश्चाताप लाग्छ / तर पनि अहिले एमाले पार्टी को सदस्यता कार्ड लाई टुक्रा टुक्रा पारेर toilet मा हालेपछि बल्ल अलिकति शान्ति मिलेकोछ / अब हेरौ यो एमाले को झन्डा बोकेर मेरो एरियामा अर्को चुनाब मा को को आउदारहेछन …… ??? यदि टाउको फुटाउन सकिन भने मैले एमाले छोडेको कुनै अर्थ रहनेछैन >>>>>>> धोकेबाज लुटेरा हरु लाई मेरो यरिया मा आउने कुनै अधिकार छैन… खबरदार …

        मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • bishwa hamal

      वाहियात कुरा, काम कुरा एक तिर कुम्लो बोकी थिमी तिर,

      कस्तो कस्तो लेख हो यो.
      मन परेन मलाई.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 89

      • किन मन परोस त हजुर पनि त्येही माकुने र रावल कै सन्तान तो होला नि अनि किन मंपरोस त |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 81 Thumb down 18

    • Sristy

      नेपालमा लोकतन्त्र र गणतन्त्र आइसकेर पनि प्रशासनमा भने लुटप्रथा नै जारी छ र अझै लामै समयसम्म जारी रहने छाँट देखिन्छ ।

      Kathaputali Sarkar Murdabad

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 9

    • Amar Rai

      दिगेंद्र को आत्मा ले सान्ति पवोस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 7

    • lal

      विवेक हिन तुच्छा मानिस हरुको समुहबाट अरु के नै आस गर्न सकिन्छा र? सायद इमान्दार कार्यकर्ता हरुको अन्तिम नियति नै यस्तै हो कि? वा यो समाज मा बाँच्न मधु कोडा नै बन्नु पर्ने हो कि?
      हुन त हाम्रो समाज मा दिगेंद्र जस्ता थुप्रै पात्र हरु जताततै छन्, हाम्रो राजनीतिक, आर्थिक र सामाजिक कारणले बनेका/ आसा गरौँ आर्को दिगेंद्र कोहि नबनोस!!!! अहिले सम्म अदृश्य शक्तिले नेपालीहरुको रक्षा गर्दै आएको छ, भविष्य मा पनि उनैले रक्षा गरुन!!!! जय नेपाल.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 7

    • Swabhiman

      तदर्थवादी प्रशासनले प्रशासनिक मूल्य, संस्कृति, संस्कार, लक्ष्यचिन्तन र प्रगतिशील जीवनदृष्टिलाई सधँै नकार्छ । दीर्घकालीन सोचको त कुरै छाडौँ, यसको दृष्टि दुई पाइला परसमेत पुगेको हुँदैन ।

      भविष्यलाई अन्धकारमा धकेलेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 9

    • harihar

      २०४६ र २०६२-०६३ दुवै पटकका जनआन्दोलनमा सक्रिय थिए । दोस्रो आन्दोलनमा त चन्द्रगढीमा प्रदर्शन गर्ने क्रममा खुट्टामा गोलीसमेत लागेको थियो । उनले पार्टीका लागि भनेर आफ्नो ऊर्जाशील युवा उमेर र पूरै जीवन सुम्पे । तर, त्यही पार्टीले हेर्न नसकेर जीवनसमेत धान्न नसक्ने अवस्थामा पुगे । सँगैका टाठाबाठा साथी र अगुवाहरू निकै ँमाथि’ पुगे । कोही मन्त्री भए, कोही प्रधानमन्त्री । काठमाडौंमै घरबार जमाएर धेरैजसो नेता नवधनाढ्य वर्गमा रूपान्तरित भए । तर, दिगेन्द्र राजवंशीजस्ता ँनिरीह’ कार्यकर्ता ओझेलमा परे, सुकुम्बासीमा परिणत भए । त्यसैको परिणाम हो उनको आत्महत्या ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

    • हिमाली

      एमालेले आफ्नै कार्यकर्ताको हत्या गरेको खबर सुनेर हाम्रो राजनीति कता तिर जादै छ भन्ने कुरो छर्लंग भएको छ / जब सम्म माकुने, भिमे जस्ता स्वार्थका भकारिहरु राजनीतिमा हाबी भै रहन्छन तब सम्म के कार्यकर्ता के जनता सबैले राजबंशी कै जस्तो नियति भोगिराख्नु पर्ने निश्चीत छ /

      जय नेपाल
      हिमाली

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 10

    • cRIS

      यो हत्याको जिम्मेवारी माधव कुमार नेपाल र के. पी. ओलीले लिनु पर्छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 8

    • मनि दाहालजी,
      डिगेन्द्रजी को आत्म हत्या ले निश्चय पनि नेपालको वर्तमान अवस्थाको राम्रो परिचय दिन्छ! दुखद घटना हो , मेरो हार्दिक श्रधंजलि छ |
      तपाई को लेख मा पहिलो भूल मधु कोदा एउटा सांसद हैन विधायक थिए | तपाईको लेख बाट के भान हुन्छ भने तपाईले व्यक्तिबाद र नाताबाद को वकालत गर्न खोज्नु भएको छ | आफ्ना राजनैतिक सह्यात्रिसंग छोरा को जागिर मिलाई दिने अपेक्षा राख्नु नै गलत अवधारणा हो , अहिले नेपाल मा हामी नेताहरुसंग राख्ने अपेक्षा नै व्यक्तिक स्वार्थ हो , जसले गर्दा नेताहरु दिन प्रतिदिन भ्रस्टाचारको नया सिमाहरु नाघ्दै गएका छन्|
      मैले यस्ता कुरा भनेर पक्कै पनि एमालेका नेताहरु को बचाव गरेको होइन , दोषी त सबै छन् , आखिर कुन कमजोरी ले गर्दा रोजगार को सिर्जना हुन् सकेको छैन ? पक्कै हाम्रा नेताहरु दोषी छन् तर जनता को तर्फ बाट पनि जागिर , सरुवा, बढुवा जस्ता अभिलाषाहरु लिएर काठमाडौँ धाउने बानी लै कतै पनि उचित मान्न मिल्दैन |
      इश्वर डिगेन्द्रजी को आत्मालाई शान्ति प्रदान गरून|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 16

      • krishna

        तपाई को लेख मा पहिलो भूल मधु कोदा एउटा सांसद हैन विधायक थिए |
        हाहाहा बढी जान्ने भाको
        एउटै हो दुई वटै।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 21

      • surya

        लौ ठाकुर जी लेख्ने हिम्मत त गर्नु भएछ राम्रै छ तपाइको प्रतिक्रिया तर तपाइलाई एउटा प्रस्न छ– संसद र बिधायक मा के kasto फरक छ प्रस्ट पारिदिनु होला/ लेख्दा खेरि प्रस्ट हुने गरि लेखि दिए हामी पाठक लै बुज्न सजिलो हुन्थ्यो/ अस्तु /

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 10

    • Narayan Prasai

      नेपाली राजनीति सम्बेदानाहिन बन्दै गैरहेको दुखद प्रमाण हो , डिकेन्द्र को आत्महत्या .

      नारायण प्रसाई
      मायामी

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • Prakash Meghi (Washington DC)

      अब पूँजीवाद पक्षउने कम्युनिष्टहरुको अगाडि त्यो बिचरा डिगेन्द्रको के लाग्यो र। होइन त्यो भिम रावललाई किन काल नआएको, कती कान्ड मच्चएरमात्रै मर्ने हो ? साह्रै दु:ख लाग्छ यो गरीब मारा हरु लाई देखेर.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 9

    • rame

      मणि दाहाल जी, हजुर ले सार्है नै मन रुवाउने तरिकाले लेख्नु भयो/ आज , माकुने, केपी, विद्या ,झल्लु हरु नब धनाड्य हरु ले एउटा निस्वार्थ कार्यकर्ता माथि महा पाप गरेका छन् / यिनी हरुलाई येम्राज ले नर्क मा तेल को कराई तताएर राखेका छन् / यिन लाइ नर्क मा तेल मा फ्राई हुन्छ / सुद को पछि पछि लागेर नेपाल आमा लाइ रुवाएका छन् /

      जोगी बन्नका लागि राजनीति गरेको होइन भन्ने सिद्धान्तबाट प्रेरित भएका नेपाली मधु कोडाहरुले एउटा सहयोद्धाको मृत्युको साक्षी बनेका छन्।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 11

    • राजेश

      हाम्रो देशका सँयौं मधु कोडा हरू लइ कहिले झुण्ड्याउने हो
      माअोबादी र खाअोबादी को नागपाशमा बेरीएको छ देश
      कहिले मुक्त हुन्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 10

    • tika gurung

      धेरै दुखद समाचार , देसभक्त र साचो कामरेड को नेपाल मा येस्तई हालत हुन्छ ,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 8

    eXTReMe Tracker