मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बलिदानलाई सराप्ने दिन नआओस्

    -उत्तम बाबु श्रेष्ठ-

    दोश्रो जनआन्दोलनमा शहिद भएका पर्वतका गोविन्दनाथ शर्माको सालिकमा माल्यार्पण गर्ने आफन्त वाहेक अन्य कोहि नआएको खबर आइरहँदा टिभीले तामझाम सहित सैनिकमन्चमा लोकतन्त्र दिवस मनाइरहेको दृष्य देखायो । दृष्यमा उही चिरपरिचित अनुहारहरु थिए । ती अनुहारहरु सात सालमा ल्याइएको भनिएको प्रजातन्त्र दिवस पनि त्यसरी नै मनाउँथे । त्यहि मान्छेहरुले पछि ४६ सालपछि वहुदलिय प्रजातन्त्र दिवस पनि त्यसरी नै मनाउन थाले । फरक समयहरुमा उही अनुहारहरु विभिन्न भेषमा, विभिन्न आसनमा बसेर उस्तै तामझामसाथ यसरी नै दिवसहरु मनाउने गर्छन् । जनताले ल्याएको परिवर्तनको सुखभोग गर्दै तीनीहरुले ताली बजाएको त्यस्ता दृष्यहरु अरुचीकर लाग्दै हेर्नु हाम्रो नियती बनिसकेको छ । वलिदान गर्ने शर्माहरुका हालत हिजो पनि उस्तै थियो आजपनि उस्तै छ भुईफुट्टाहरु प्रत्येकपल्ट त्यसरी नै ताली बजाइरहेकाछन्, स्यालुट खाइरहेकाछन् ।

    चारवर्ष अघि जनआन्दोलन भाग दुई इतिहासको त्यस्तो अभुतपुर्व घटना थियो जसमा सबै वर्गका सवै तप्काका सबै पेशाका के वृद्व के वालक, के महिला के पुरुष, शहर गाँउ सबै ठाँउका मानिसहरुले भाग लिएका थिए । न त त्यो माओवादीले विष्लेषण गरेजस्तो विल्कुल बर्गिय लडाई थियो । न त त्यो संसदियदलहरुले भने जस्तो संसदिय व्यवस्थाको पुन निरन्तरको लागि नै थियो । दार्शनिक र राजनैतिक हिसावले त्यो एक्काइसौं शताब्दीको नयाँ परिघटना थियो जसले माग गरेको थियो – नयाँ परिवर्तनको नयाँ विचार र नयाँ नेतृत्वको । दार्शनिक हिसावले त्यो दुई विपरित वस्तुहरुको एकता थियो संसदवादी र माओवादी विचको एकता जसले नयाँ शक्ति विर्निमाणको माग गर्दथ्यो । हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तो दुई शक्तिहरुको आत्मिक गुण सम्पूर्ण नष्ट भएर नयाँ वस्तुको निमार्ण हुनपर्दथ्यो । राजनैतिक हिसाबले त्यसमा माओवादीले उठाएको सामाजिक न्याय, समानता, समावेशीकरण र संसदवादीदलले भन्ने गरेको वहुलवाद, व्यक्तिगत स्वतन्त्रता, अध्यावधिक चुनाव आदीको समिश्रण हुन पर्दथ्यो । संविधान लेखन बास्तव मै त्यहि नयाँ दार्शनिक र राजनैतिक मान्यतालाई लिपिबद्व गरिने प्रकृयाको प्रस्थानविन्दु थियो ।

    तर विगत चारवर्षको यो राजनैतिक प्रकृया हेर्दा नयाँ परिवर्तनको छाँटकाट कतै देखिएन । शान्ति संविधान र लोकतन्त्रप्रतिको जनताको चाहना आज पनि अधुरै छ । यतिखेर मुलुक शान्तितिर होइन मुठभेड उन्मुख छ । तोकिएको समयमा संविधान नबन्ने पक्का भइसकेको छ । लोकतन्त्रमा हुनुपर्ने आधारभुत कुराहरु शान्तिसुरक्षा, सुशासन, कानुनीराज, पारदर्शीता जस्ता कुराहरु एकादेशको कथा जस्तै छ । हाइड्रोजन र अक्सिजन पानी बन्ने रासायनिक प्रतिकृया हुँदा एकआपसमा खैलावैला भएजस्तै देशमा भद्रगोलको स्थिती वनिरहेको छ । प्रश्न उठेको छ यो प्रतिकृया कहिलेसम्म कायम हुन्छ ? स्पष्ट छ जहिलेसम्म राजनैतिक दलहरुले आफुलाई बदल्ने इच्छाशक्ति देखाउँदैनन् । त्यो देखाएको भोलिपल्ट वास्तवमा भन्ने हो भने नयाँ संविधान पनि वन्दछ । शान्तिप्रकिया पनि टुंगोमा पुग्दछ । सबै भिनामसिना कुराहरु स्वत हल भएर जान्छन् । जसरी हिजो राजाको बिरुद्व लडनेक्रममा सबै घटना एकाएक भएका थिए । आजपनि त्यस्तो सहमतिको मिलनविन्दु खोज्ने हो भने ती सब संभव हुनेछन् । संविधानसभाको बैठकहरु सधंै शिर्षथ नेताको मुख ताकेर ऐजेण्डाविहिन हुनु त्यस्तो मिलनविन्दु फेला नपर्नु होइन र ? जबसम्म परिवर्तनको त्यस्तो इच्छाशक्ति देखापर्दैन जनताले चाहेको जस्तो संविधान बन्दैन् । अहिले म्याद थपे पनि नयाँ चुनाव गरेपनि कुरा त्यहि हो । त्यसकारण दलहरु र त्यसको नेतृत्वको रुपान्तरण आजको आवश्यकता हो जसले नयाँ मिलनविन्दुसम्म सबैलाई ल्याउन मद्त गर्दछ ।

    माथि भनिए जस्तो राजनैतिक व्यवस्था नेपालजस्तो आफ्नै विशेषता र विविधता भएको देशमा वर्तमान अवस्थामा कसरी लागु गर्न सकिन्छ ? खोजी त्यसको हुनपर्ने हो, चिन्तन त्यसको हुन पर्ने हो । त्यस्तो खालको विचार र त्यस्तो खालको व्यक्तिगत वा सामुहिक नेतृत्व जबसम्म हुँदैन तबसम्म त्यो गडवडी भद्रगोल कायम रहनेछ । विडम्वना हामी परिवर्तनको लागि सधै लड्न तयार हुने तर परिवर्तनपछि नयाँ विचार र कार्यक्रम दिन नसक्ने प्रकृयाको प्रत्येक पटक शिकार भएका छौं । धेरै जसो देशहरुमा राजनैतिक परिवर्तनपछि नयाँ विचार र नयाँ नेतृत्व जन्मिएको कुरा हामी पाँउछौं । त्यहि विचारको जगमा त्यहि नेतृत्वले बसालेको धरातलमा देशहरुले आर्थिक र सामाजिक रुपमा कोल्टे फेर्ने गरेका छन् । तर विडम्वना नेपालमा जतिपल्ट परिवर्तन भएपनि न त नयाँ विचार जन्मन सकेको छ न त त्यस्तो नेतृत्व नै न त पुरानोको रुपान्तरण नै । सधै उही भुइभुट्टाहरु प्रत्येक परिवर्तनको व्याज खाँदै टुडिँखेलमा बसेर थपडी लगाइरहेका छन् ।

    अन्त्यमा, भनिन्छ सन्तान राम्रो भएमा आमाहरुले आफुले भोगेको प्रसबको सम्पूर्ण वेदनाहरु भुल्छन् र आफ्नो सन्तानको पौरखमा गर्व गर्छन् । तर सन्तान गतिला भएनन् भने आमाहरुले आफ्नो गर्भलाई सराप्दै पश्चाताप गर्छन् । हामीले लामो वलिदानीबाट जन्माएको लोकतन्त्रको यो बच्चाको रुप यतिखेर पटक्कै सन्तोषजनक छैन् । लोकतन्त्रको यो वच्चालाई हुर्काउन हामीले नजानेर यस्तो भइरहेको छ । यसलाई सुसंस्कृत गर्ने घाईआमा दिन नसकेर यस्तो भइरहेको छ । यस्तो नहोस् भोलीका दिन हामीले लोकतन्त्रको यो वच्चाको रुपलाई हेर्दै यसलाई जन्माउने त्यो प्रसव वेदनारुपी जनताको वलिदानलाई सराप्ने दिन नआओस् ।

    No related posts.

    47 comments to बलिदानलाई सराप्ने दिन नआओस्

    • HARI KAFLE

      उत्तमजी धन्यवाद् समसामयिक लेखका लागि तर कसैले केही नगर्ने भए देशको निम्ति सबैले आफ्नै निम्ति मात्र गर्दैछन, लेखले मात्र पनि केही नहुने भो , मनमा कुराले घम्साघम्सी गरेपछि केही त लेखनै पर्यो , आन्दोलन र सड़कबंदले त जनता थाकिसकेकाछन, शान्ति र रोजगारीका निम्ति चाहिने ठोस कुरा लेखेर नेताहरुको घर दैलामा पुर्याउनु पर्यो बाकी बिकास आफै हुन्छ . शहीदको आत्मलाई कुल्चिनेहरुलाई पनि पालैसंग समयले कुल्चेको देखन पाइनछ , फरक पर्दैन !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradeshi purna

      जस्तै नेता आए भने पनि जनताले पठाएको हो. नेताले भासन छाट्द जहिले पनि जनताको नाम जप्छा. त्यो नेताले नाम जपेको जनता को हो? कुन जनताको नाम जपेको र कसको भलाई चाहन्छ यी नेताहरुले? सबै जनताको कि आदा जनताको?कि विभाजित जनताको? अबिस्मरनिया रहोस, नेता परिपक्क बनाउन जनताको हात् हुन्छ. तर विभाजित जनताको होइन. नेताले जनता बिभाजन गरेर खाने मेलो गर्दैमा जनता तेतै लागेर दादा गिरि जस्ता लै पनि नेता बनाएर पठाउदा संबिधान बनौछा? आउदा दिनहरुमा विचार पुर्याएर भोट दिने हमिसबैको कर्तब्य हो .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nares

      “बेरोजगारीको विकल्प राजनीति” ..हो यहि हो हाम्रो समस्या भनेको .
      त्यसैले हरेक नेपाली जनताको व्यक्तित्वको विकास हुनु जरुरि छ शिछित हुनु जरुरि छ देश विकास हुनु जरुरि छ तर लोकतान्त्रिक नेताहरु नै नैतिक रुपमा अशिछित भए पछी बिकाश होइन बन्द धेरै हुन थाले जनता गरिब हुदै गए अयोर्जनका बाटा हरु बन्द संगै बन्द हुदै गए
      अब केवल मिठो आश्वासनको भरमा जनता हरु पछि लग्न थाले आज एक जना नेताको लागि मिनेट भरमै लाखौं जनता भेला भै दिन्छन..लाखौं युवा बिबस भै विदेश गइ दिन्छन, लुट्ने लुटेकै छ लुटिने पिटिने लुटिएकै छ पितियेकै छ, शान्ति सुरक्षा सब्द नै बिरानो भै सक्यो
      संका लाग्छ अब त के त्यो परिबर्तन आवस्यक थियो ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • madan bajracharya

      “हो नेपालमा रास्त्रबादिहरुको बलिदान बेकार बनाएकै हो”

      १९९७ सालमा राणाहरुको बिरुद्ध लडेर प्रण दण्डको सजाए पाउँदै गरेको बेला नेपाली कांग्रेस पार्टीको नेताहरु नेता बनेकै थिएँन/ बि पी ले त् तेतिबेला नेपाल भारत को एक प्रदेश हुनु पर्छ भन्दै थिए/ तेतिबेला नेपाली कांग्रेस पार्टी मात्र भारतमा दर्ता मात्रै गराईएको थियो/

      राना हटाएर देसमा परिबर्तनको लागि लड्ने गंगालाल हरुको प्रजापरिषद पार्टीले नै आन्दोलनको जस पाएको भए के १९५०को सन्धि हुने थियो? के कोशी गण्डकी सम्झौता हुने थियो? तर भारत सरकारको बुई चढेर २००७ सालको परिबर्तनको जस बोकेर सरकारमा पुगेका नेपाली कांग्रेसका नेताहरुले नेपाललाई १९५०को सन्धिमा सहि गराए/ के यस्तै गर्न गराउन गंगालाल दशरथ चन्द धर्म भक्त सुक्र राज शास्त्रीहरुले प्राणको आहुति दिएको थियो? साँच्चै भनु भने ती प्राणको आहुति दिनेले जस्तो नेपाल चाहेर प्राणको बलिदान दिएको थियो त्यो बेकार गएको छ/

      २०४६साल् मा नेपालमा नेपालको सबै दलहरुलाई मिलाएर पंचायत ढाल्ने आन्दोलन गर्न सफल सफल नेत्रित्वो दिने गणेशमान लाई तनकपुरे संस्कार बोकेका गिरिजादिले प्रजापरिषद्ले सिकाएको रास्ट्रबाद बोकेको गणेशमानलाई कसरि छातीमा लात हानेर पार्टी बात निक्लन बाध्य गरे भनि सबैलाई थाह छ/ नेपाल भित्रको सबै पार्टीहरु रास्त्र्बाद्को संदर्व्मा एक हुन् भनि नचाहने यो कस्तो कहाँको तनक पुरे संस्कार हो कसले किन नेपालमा लाद्न खोज्दै छ? २०४६ सालमा पंचायेत फाल्न ज्यान दिने सपुतहरुको प्राणको बलिदान पनि गणेशमानको त्याग जतिकै तेसै खेर गएको छ/

      जनमत पाए देसको गद्दारी गर्ने/ जनमत नपाए गठबन्धन गर्ने/ आफुले मनपरी गर्न नपाए, संबिधान मिचेर मनपरी सन्धि गर्न नपाए चुनावमा भोट पाउन सकिने नदेखे आफैले संसारमा सर्ब श्रेष्ठ भन्दै गरेको संबिधान नराम्रो भन्ने/ लोकतन्त्रको नाम लिंदै लोकतन्त्र बहाली गर्छु भन्दै जनताले लात हानेको जमातले मनपरी शासन लाद्ने/ के यस्तै गर्न गराउन, नेपाललाई पहाड र मधेश भनि दुई टुक्रा गर्न गराउन, नेपाली हरुमा जात जातको बिखन्डन बाद हाबी गर्न गराउन २० सौं ३० सौं हज्जार जनताले प्राण दिएको थियो?

      अस्ति नेपालीले लोकतन्त्रको लागि लडेको बेला अहिले कुर्सीमा मेरो पालो मेरो पालो लो भन्दै गर्ने लड्दै गर्ने गठबन्धन गर्ने कुनै नेता किन कहीं कतै मरेनन/ समातेर जेल पठाए क श्रेणीको जेल खुराक चाहिने/ जेलको नाम दिएर बङ्गला मा बस्ने/ अनि सरकार सिट सम्झौता गरेर फेरी कुर्सीमै बस्ने बा भागेर बिहार जाने दिल्ली जाने/ तेतिले भएन भने भारतमा गएर लौन फेरी नेपालमा नाका बन्दि गर्नु पर्यो भनि भन्न जाने सुजाता अहिले पनि कुर्सीमै छन्/ कुर्सि पाए पन्चे पनि बन्न तयार/ कुर्सि पाउने भए राजा सिट सम्झौता गर्न तयार/ कुर्सीमा बसुन्जेल संसदिय राजा बादी/ चुनाव जित्ने भए लोकतन्त्र बादी चुनाव हारे गठबन्धन बादी/ यिनीहरु त् मात्र कुर्सिबादी हुन्/

      नेपाल सबै नेपालीको साझा हुन् भन्नु कता हो कता जात जातको राज्य बनाउंदै गर्ने/ नेपाली नेपालीमा पहाडी मधिसे भन्दै विभाजन गर्ने/ नेपालको नागरिकता बोकेर नेपालको नेता हौँ भन्दै नेपाल सिट होयिन भारत सिट रगतको नाता छ भन्दै गर्ने/ यिनीहरुले के चाहेको हो? तराईमा पहादिजातकाले बस्न नपाउने संबिधान चाहिने भन्दै गर्ने पनि कहीं नेपलबादी हुन् सक्ला?

      आज देसमा संबिधान छैन/ संबिधान बनाउन जनताले संबिधान सभा गठन गरेको छ/ तर दलहरुले संबिधान बनाउन दियिरहेको छैन/ आफै संबिधान बनाउन सहमति नगर्ने अनि आफै संबिधान नबने देस टुक्रा गर्ने भन्दै गर्ने/ यिनीहरुले के चाहेको हो? देसको अखण्डता त् चाहेको हो बा भारत मा बस्ने ससुरा मामाको सरकारलाई देस सुम्पिन खोजेको हो?

      संसार माथि आफ्नो बादशाही लाद्ने, भारतीय उप महाद्वीपलाई नै उपनिवेश बनाउने ब्रिटिश सरकार सिट ज्यान दिएर लडेको भक्ति थापाहरुको समेत यिनीहरुले मानमर्दन गरे/ चीन जस्तो तिब्बत जस्तो आफु भन्दा ठुलो शक्तिशाली देस सिट लडेर जोगाएको देसको सिमाना आज जताततै मिच्दै लागिएको छ/ सिमा मिचेको हो भनि सरकारी दलबाटै प्रतिबेदन दिएको छ तापनि सिमा मिचेको छैन भनि भने/ देसको सिमा बचाउन ज्यान दिने बिर नेपालीको देस भित्र आज भारतको एउटा हवल्दार आएर नेपालीलाई मारेर गए/ तैपनि सरकार त्यो भारतीय हवल्दारलाई नेपालमा सपुर्दगी गर भन्न सक्दैन उल्टै आफ्नै ग्रिह मंत्रालायेलाई दोष दिएर बस्छ/ कति नक्कचरो भएको हो?

      गोर्खाली सेनाले संसार भरि बिस्तारबादी हरु सिट लडेर नाम कमाए/ उति बेला संसार लाई तर्साउने जेमंको बादशाह समेत बिर गोर्खालीको नाम मात्रै लिए पनि मुटु थर्किने बनाए/ आज तिनै गोर्खालीको घर जग्गा मात्रै होयिन आफ्नै र आफ्ना छोरी बुहारी अस्मिता समेत दुई कौडीको भारतीय सिमा सेना बात लुतिन्दै छन्/

      कुर्सीमा बस्ने तर देसको नागरिक को हिफयिजात गर्न नसक्ने/ घरि घरि भारत गएर भारतीय निर्देशिका बोकेर सुदलाई सलाम ठोक्दै कुर्सीमा बस्दै गर्ने/ येस्ताले न देस चलाउन सक्छ न संबिधान लेख्ने सक्छ/ संबिधान पनि उतै भारत बात लेखाएर ल्याउन खोजेको स्पस्ट आभाष मिल्दै छ/

      देसको सिमा मिचायेर रास्त्रिये सम्पदा दिल्लीको प्रभुहरुलाई सुम्पेर रास्ट्रको ढुकुटी लुटेर घर बङ्गला ठड्याए/ आफु चड्ने गाडी समेत कहीं कहीं बात लुटेर थुतेर चलौन्दै आएको छ/ कतिन्जेल झेल्ने यिनीहरुलाई?

      कोहि छैन देशमा रास्ट्र्बादी नेता? छन् भने कहाँ मरेर बसेको छ तिनीहरु? देशलाई चाहिएको बेला नेत्रित्वो दिन सक्दैन भने के खान नेता भनाउन चाहेको हो तिनीहरुले? अहिलेत दुला बात निसक्नु नि/ जनताले फेरी पनि प्राण दिने छ तर यस पटक उहिले जस्तो खेर जाने गरि प्रण दिने छैन/ बरु प्रण लिन सक्ने छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

    • madan bajracharya

      लोकले चाहेको लोकतान्त्री संबिधान कि गठबन्धनले चाहेको संबिधान? बा संबिधान नबनेको निहुँ मा देस टुक्राउने योजना हो यो?

      गठबन्धनको सरकारले “संबिधान बन्न नसक्ने घोसना” गरेर गठबन्धनको सरकारले नचाहे सम्म संबिधान सभाले लोकतान्त्रिक संबिधान बनाउन नसक्ने तुल्याए बाटै यिनीहरु लोकतान्त्रिक संबिधान बनाउन आएको होयिन भनि प्रमाणित भएको छ/

      सरकार र संबिधान सभा दुई अलग निकायेहरु हुन्/ सरकार र दलहरुले के चाहेको हो त्यो कुरामा संबिधान सभामा मात्र छलफल हुन् सक्छ/ तर उनीहरुले चाहेकै अनुशार संबिधान कोर्न बाध्य हुनु नपर्ने थियो/ तर भई गए किन?

      सरकार बदलिए पनि संबिधान सभामा कुनै असर नहुनु पर्ने थियो/ संबिधान सभाले संविधानको मस्यौदाहरू बनाउंदै तेस्मा छलफल गर्दै निर्णय गर्दै जानु पर्ने थियो/ तर लोकतान्त्रिक संबिधान बनाउन गठन गरिएको संबिधान सभाले लोकतन्त्रको व्याख्या समेत गठन गर्न सकेको छैन/किन ?

      संबिधान सभामा सरकार र दलहरु कसरि हाबी भए? नेताहरु कसरि हाबी भए? संबिधान सभाको सभापति आफैले आफैले दलहरु एकमत भए संबिधान सभा आजै लेख्न सकिन्छ भन्दै हुनु हुन्छ/ किन तेसो भन्नु भयो?

      जनताले लोकतान्त्रिक संबिधान लेख्न भोट दिएर अधिकार सुम्पेर संबिधान सभाको गठन गरेको थियो/ संबिधान लेख्ने अधिकार सम्पन्न पाएको संबिधान सभाले आज संबिधान लेख्न नसक्ने कुरा गर्दैछ/किन?

      संबिधान सभाको सभापतिले दलहरु मिले मात्रै संबिधान बन्ने कुरा भने बात जनताले गठन गरेको संबिधान सभालाई के कसै बात अपांग बनाईएको छ? पंगु बनाईएको छ?
      संबिधान सभाको कार्य निर्देशिकामा दलहरु र सरकारको निर्णय अनुशार मात्रै संबिधान लेख्न सकिने भनि लेखिएको छ? छैन/ त् किन संबिधान सभाको सभासदहरु संबिधान को कुनै मस्यौदामा आज सम्म छलफल समेत गर्न सकिरहेको छैन? कसले रोकेको छ तिनीहरुलाई? को हुन् लोकले चुनेर गठन गरेको संबिधान सभालाई यसरि पंगु बनाउने?

      आज दलहरु एकमत भए मात्रै संबिधान बन्न सकिने भनेर संबिधान सभाको सभापतिले संबिधान सभाको औचुटी लाई नै निमिट्यान् पारेको छ/ के दलहरुले बनाएको संबिधान चाहेको हो? फेरी कुनै दल राजा फर्कियुं भनि चाहने कुनै दल फलाना ढिस्का जातको राज्य चाहिने, कुनै दल आधा नेपालमा मात्र मधेसी बस्न सकिने राज्य चाहिने/ के यिनीहरु एक मत कहिले हुन् पनि सक्ला? एक मत भए पनि के त्यो अखण्ड नेपाल चाहिने लोकतन्त्र चाहिने नेपालीले चाहेको जस्तो हुन् सक्ला?

      लोकतन्त्र चाहेको जनताले भोट दिएर गठन गरेको संबिधान सभा आज लोकको चाहना अनुशार होयिन दलको निर्देशन अनुशार संबिधान बनाउन दलहरुको निर्देशन कुरेर बस्दै छ/ लोकतान्त्रिक संबिधान बनाउन पठाएको सभासदहरुले नै लोकतन्त्रको मजाक उदाउन्दैछ/

      अहिलेको सरकारले कुन संबैधानिक अधिकार प्रयोग गरेर संबिधान बन्न सकिंदैन भने यो कुरामा संबिधानविदहरुको ध्यान जानु जरुरि छ/ सरकार चलाउन अन्तरिम संबिधान छँदैछ/ लोकले चुनेर गठन गरेको सरकार र दलहरुले संबिधान सभा गठन भईसके पछी संबिधान सभाको काम कार्येमा बाधा पुग्ने काम गर्ने नपाउनु पर्ने थियो/ तर आज जनताले चुनेर गठन गरेको संबिधान सभा नेता को दलको र सरकारको इसारामा मात्रै कलम नचाउँन सक्ने नौटंकी मण्डल बनाए/ किन एस्तो हुन् गए? संबिधान सभाले संबिधान दलहरुको इसारा र निर्देशन बिना लेख्न नसकिने कसरि भए? येस्मा कहा कसको षड्येंत्र हाबी भएको छ? यो कुरा आज नेपाली जनताले कोट्याउँ जरुरि छ/

      ६०१ जना सभासद् हुने संबिधान सभामा मात्र २४० जना जनताले नियुक्ति गर्ने बाकि ३४१ जना दलहरुले समानुपातिक कोटा बात नियुक्ति गर्ने भने बाटै जनमत कुल्चिन सक्ने बातावरण उहिलेनै बनाएको कुरा आज हामीले बुझ्नु पर्छ/ सबै भन्दा पहिला संबिधान सभा मा यसरि दलहाबी गर्ने यी समानुपातिक कोटाको सभासदहरुलाई नै निकाल्नु पर्छ बा यिनीहरुलाई मात्रै सलाह्कार्को हैसियेत्मा राख्नु पर्छ/ तव जनताको अधिकार पाएको सभासदहरुले संबिधान लेख्न सक्छ/

      बिशेष गरि एक मधेश बादी हरु ले उनीहरुले चाहेको जस्तो संघियेता नपाएको संबिधान उनीहरुलाई स्वीकार्य नहुने भन्दै आएको छ/ तेस्तै कुरा जाति बादी नेताहरुले जात जातको अग्राधिकार चाहिने राज्य माग्दै आएको छ/ फेरी राजानै हुनु पर्ने दलहरु पनि छन्/ अब यिनीहरु कहिले एक मत हुने हो? यिनीहरुको कुनै कुरानै लोकतान्त्रिक मान्यता अनुशार छैन/ अब येस्ता दलहरुले दिएको निर्देशिका अनुशार नै संबिधान बन्ने हो भने संबिधान सभाको नौटंकी किन? सर्व दलिए संबिधान सभा गठन गरे पुगी हाल्थ्यो/

      भर्खरै सद्भावनाको कोटा बात आपूर्ति मन्त्रि भएको मन्त्रीले उनीहरुले चाहेको जस्तो संघिय अधिकार नपाएको संबिधान लेखियेमा एक मधेश लाई स्वोतन्त्र देस घोसना गर्ने भने/ अब तिनीहरुले चाहेको जस्तो संबिधान लेख्ने नभए सम्म समानुपातिक कोटा बात सभासद् बनेका त्यो पार्टीको सभासदहरुले संबिधान सभाले संबिधान लेख्न पनि दिंदैन/ अब यस्तै कुरा अरु दलको समानुपातिक कोटामा गएका सभासदहरुले पनि गर्दै छन्/ तिनिहरुनै बहुमतमा छन्/ चुनेको सभासदहरु अल्पमतमा छन्/ तव कसले संबिधान कहिले लेख्न सक्छ?

      बास्तवमा यी दलहरुको बिकेका झुकेका नेताहरु हाबी भएको दलहरुले नेपालमा लोकतान्त्रिक संबिधान बन्ने नसक्ने गरि समानुपातिक कोताकोले चुनेको सभासदहरुलाई अल्पमतमा पारेर संबिधान सभालाई पंगु बनाएर संबिधान बन्न उनीहरुले नै बाधा तेर्सौन्दै आएको हो/ उनीहरु संबिधान लेख्ने कुरा लम्ब्यौन्दै कुर्सीमा टिकिरहन चाहन्छ र फेरी संबिधान बन्न नसकेको बहाना गरेर आफु राजा बन्न सक्ने राज्यहरु आफैले घोसना गर्न सक्ने निहुँ खोजिरहेको छ/

      जव सम्म समानुपातिक कोटा को सभासदहरुको बहुमत संबिधान सभामा हुन्छ संबिधान बन्नै सक्दैन/ फेरी दलहरुमा भएका रास्ट्र्बादी नेता हरु अहिले पनि यसरीनै लुकेर बस्ने हो भने नेपालमा रास्ट्रबाद नै लुक्न बाध्य हुने छ/ तेस्तै भई रहे कुनै दिन नेपालको आकार हराउने सक्ने गरि खुम्चिन सक्ने छ/ खुम्चाउन खोजिरहेको कुरा अस्ति सद्भावनाको कोटा बात आपूर्ति मन्त्रि बनेकाले सम्पूर्ण तराई लाई एक मधेश नामको स्वोतन्त्र देस बनाउने कुरा गरे बाटै देखौन्छ/ तेस्तै घोसना भोलि अर्कोले पनि गर्ने छ अर्को ले पनि गर्ने छ/

      के हामीले समानुपातिक कोटा बाट गएका सभासदहरुको मोल अनि रास्ट्रको अखण्ड ता मितायेर चुकाउने?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

      • mahesh

        great कमेन्ट मदन र गगने जी को. धन्यबाद, येस्तई उच्च स्तर को कमेन्ट अझ भनौ लेख लेख्दै जानू होला.

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • गगने

      सहि कुरा हो!
      यो क्षण जनता हारेको क्षण बनिरहेको छ देश हारेको पल बनिरहेछ किनकी हामिले बिगतका नपुंसक नेताहरुलाई चहेरपनी हटाउन नसकेका हौ, जनताले ती नपुंसक नेताहरुबाट प्रगतिशिल र नयाँ समुच्च नेपाल को निर्माण हुन नसक्ने ठम्याउदै पन्छायकै हो, तेतिबेला जनता जितेकाथीय तर बिडम्बना हाल यहाँ जनता हारेका छन् र ती जनताले राजनीति र देशको नेत्रित्वो बाट पन्छयकाहरु जितेका छन्! सत्य केहो भने भबिस्यमा कुनै महान पुरुष को जन्म हुनेछ र हाम्रो डुंगा पार लगाउनेछ भनेर कल्पना गर्न सकिन्छ तर कल्पना मा बाच्नु मील्दैन! हामीले तत्कालिन समयको र समकालिन नेत्रित्वोको सर्बथा उपयुक्त ब्यक्ति चुन्नु पर्नेहुन्छ जसले देशको बर्तमान् परिस्थिती बाट भबिस्यको निर्देशन र नेत्रित्वो गर्न सक्ने हैसियत र क्षमता राख्छ, हामीले त्यस्तो पार्टी छान्नु पर्छ जसले जनताले चाहेको परिवर्तनलाई निरन्तरता दिन सकोस, अनि हामीले यस्तो समुह रोज्नु पर्छ जसले देशको यथार्थ र जनताको आवश्यकताको अध्यायन गरेको होस् अनी परिपुर्तीको सम्भाबना को साथै प्रयोजनको योजना होस् लियर संघर्षमा उत्रेको होस्, जसले जनताको इक्छा र चाहना लाइ उच्च राकोको होस्! दोश्रो जनान्दोलन पस्चात भयको आम निर्वाचन द्वारा आखिर जनताले छनेको, चुनेको र रोजेको पनि त्यहि थियो तेसैले दोश्रो जनआन्दोलनमा जनता जिते पनि र तेसपछीको क्रमिक चुन्ने,छन्ने र रोज्ने कुरामा जनता जितेपनी हाल यथार्थतामा जनता हारेको छ,देश हारेको छ किनकी हार्नेहरु जितेको छ!
      तत्कालिन समयको र समकालिन परिस्थितीको अनी हालसम्म को पनि नेपालको सबैभन्दा उपयुक्त र पार्टी भने नेकपा माओबादिनै हो, यो कुरा भन्नको लागि मलाई कुनै धक र ग्लानी छैन! हालको परिस्थितिमा पनि हामी जनताले देश को राजनैतिक नेत्रित्वो दिनु उपयुक्त र लायकको पार्टी भने को माओबादिनै हो! परिवर्तनको सम्बाहक र प्रवाहक पनी यही पार्टी हो यो कुरा घाम जत्तिकै चम्किलो र छर्लङ छ! किनकी यो पार्टिमा, हामी नागरिक ले चुन्नु पर्ने र देशले छान्नुपर्ने ब्यक्ति हरु छन्, प्रचन्डको पर्सोनालिटी अनि कमान्डिङ, बाबुरामको अध्यायन,सोच,बिचार,दुर्द्रिस्टी,बिद्दत्वो,त्याग संघर्ष अनी अन्य सबै नेताहरुको बिचार,चाहना,त्याग र सङ्हर्श देश र जनताको लागि भयको हालको एक मात्र पार्टी हो यो! तर बिडम्बना देशले खोजेको जनताले रोजेको बर्तमान र भबिस्यले चाहेको यी नेताहरुलाई पछाडि धकेली हाल हामी जनता र देशले भोग्नु परेको छ माकुने,ओलि,शेर बहादुर्,रामचन्द्र,शुशिल्,झलनाथ,रावल आदि राजनीति र समाजको नपुंसक,पारालाइज क्रिटिकल एन्ड सेभर इल्ल्नेस हरुलाई! जबसम्म यो देश र समाज पारालाईज गर्ने नपुंसक र राजनीतिको क्रिटिकल रोगी देश समाज र राजनीतिको क्यान्सर हरुलाई हामीले हाम्रो द्रिस्ट्री बाट हटाउन सक्दैनौ देश समाज र जनताले परिवर्तन प्राप्तगर्नु त के परिवर्तनको अनुभब पनि नभयर आभास पनि गर्न पाउने र सक्ने छैनन्! तबसममलाई बिडम्बनानै भनेर यी कसिङर कचराहरुलाई भोगी रहनुनै हाम्रो नियती मान्नु पर्छ!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 15

    • Pushpa

      के गर्ने हामी हरु नै उस्तै होउ नि ….१-२ सय सिमित तस्कर हरुलाई माथि पुर्याउन हामी हरु गोलि खान तयार हुन्छौ….अनि उनीहरु हाम्रो लाश मा टेकेर भासन गर्छन …र हाम्रो सरिर खरानी हुन न पाउदै….रातो चिया को चुस्की लगाएर भोलि को गोटी कसरि चल्ने भनेर योजना बनाउछन….क गर्ने मैले सरापेर लाग्ने भए त …तिनीहरुको छोरा हरु को छाती मा गोलि लागोस अनि तिनी हरु को श्रीमती र छोरि हरु दिनहु बलात्कृत हुन् भन्छु नि ताकी तिनीहरुलाई पनि थाहा होस् न आम नेपाली जनता का बास्तविक पिडा हरु …..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

    • Basanta Thapa,Maryland,USA

      २०४६ साल पछी नेता हेर्ने रहर ! २०६६ साल पछी नेता चुट्ने रहर ! अझै पनि समय छ यी देश र जनमारा नेताहरु सच्चिने होइन भने आज मैले एउटा सपना देखे जनताहरु मौरी झैँ ओइरिएर पाखण्डी नेताहरुको घर घर पसी हामीलाई धोका दिने तै होइनस भन्दै चुट्नु चुटेको ! नेताहरुको घर खरानी पारेको ! ओ हो कति डरलाग्दो स्थिति नेताहरु यहि चाहिरहेको त होइनन ?

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • buddhi lal tamang

      अहिलेको मूल समस्या भनेको बिस्वासको सङ्कट हो| दलहरु बीच बिस्वासको सङ्कट गहिरोसंग छाएको छ| दलहरु माओबादीलाई एक्ल्याएर वा पाखा लगाएर ४७ सालको संबिधान बनाउने तयारीमा छन् वा फेरी देशलाई युद्धमा धकेलेर माओबादीलाई लिट्टे बनाउने धुनमा छ भन्ने माओबादीको बुझाइ रहेको छ| अर्को तर्फ दलहरु चाही माओबादी सत्ता कब्जाको रणनीतिमा लागेको छ भन्ने बुझछन| दुवैको यी बुझाई वास्तविक हो वा जनतालाई मुर्ख बनायर सत्तामा प्राप्त गर्ने भर्यांग मात्र हुन् त्यो भने बुझ्न गारो छ|
      अर्को कुरा देश यस्तो अबस्थामा आइपुग्नुमा कटुवाल लगायत सेनाका प्रमुखहरु पनि जिम्मेवार छन्| तिनीहरुले परिवर्तनलाई आत्मसाथ गर्न नै सकेनन| सेनाको काम त् सरकारको आदेशको पालना गर्नु हो| तर जहिले पनि सरकारको आदेश को अबज्ञा गरेर राजनीति गर्न खोजे|
      भारतको दादागिरी अर्को कारण हो| अरुको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार उसलाई कति पनि छैन| उसले एक अभिभावकीय भूमिका निभाउनुको सट्टा जहिले पनि नेपाल सरकारलाई उसको आदेश तामेली गर्ने कठपुतली संझी रहेको छ|
      साथै नागरिक समाजको भूमिका पनि आसप्रद रहेको छैन||

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • कुरा यस्तै हो, नेपालमा कुनै ठुलो पर्ब आए पछी मात्र परिबर्तन अलिकति हुन्छ , जस्तै कोत् पर्ब , नारायण हिटी पर्ब तर यी सब व्यक्तिगत स्वार्थका निम्ति थिए. ! के अब देश र जनताको स्वार्थको निम्ति अर्को एउटा सिंह दरबार पर्ब चाहिएकै हो त??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 4

      • sheela

        छेवांग जी
        त्यो पर्व पनि आउला-आउला जस्तो छ, आएन भने पनि ल्याउनु पर्छा…हेरौ १८ बैशाख को सेरो-फेरो मा के कस्तो हुन्छ …..
        के त्यो पर्वका लागि हामि तयार छौ कि रमिता मात्र हेर्ने हो ? वा खड्ग ओलीले दोस्रो जनान्दोलनमा गरे जस्तै छतमा बसेर काजु खादै आन्दोलनकारी लाइ जिस्क्याउने हो….हामी उही ‘काजु कान्छो’ बन्ने को बिद्रोही बन्ने? छनोट आ-आफ्नो…

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 4

      • सिंह दरबार पर्ब मात्र हैन नयाँ बानेश्वर स्थित संबिधान सभा भवन पर्ब पनि एक साथ चाहियो … जस्तो छ ..!!

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • shiva

      The artical is showing the situation of Nepal. I would like to request mother Nepal to birth a hero son, who can solve the all problems of Nepal.Now we don’t have any visinary leader. So we are suffering from them. Due to this cause the days to come will be more hardship in Nepal. The time has came to think seriously how to solve the situation. It is the duty of every citizen of Nepal. Only abusing to the other is not way to solve the problems.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Narendra Dai

      उत्तमजिको research पुगेन | गोबिन्‍द शर्मा आन्दोलनमा नभई घरको छतबाट खसेर मरेको हो | त्यो त संयोगले आन्दोलनको बेला पर्यो अनि उमेर पुगेर मरेकोलाई त शहिद घोसना गर्ने चलन थियो, उनि पनि त्यहिँ परे | उनको योगदान कस्तो थियो त्यो जान्न जरुरि छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 5

      • neerose

        होर?, साच्चिनै? उसोभय के यो शर्माले होलसेलमा या कागतालिमा पायको शहिद हो त? सम्मान गर्दा बास्तबिक शहिदको अपमान हुने सम्मान नगर्दा पनि बास्तबिक शहिदको अपमान हुनसक्ने बास्तबिकता बुझ्नै गाह्रो हुनपनि नेपालको थूप्रै शहिद हरु यस्तै होलसेल र कागतालिमा परेर शहिद को सम्मान पायका छन् जसले गर्दा बास्तबिक शहिद को अपमान भयको छ र शहिद सब्दनै सस्तो भयको छ!
        जसरि मन्त्रि, यो देशको मन्त्रि पनि होलसेल र कागतालिमा पायकाहरु को थुप्रो हु*दा मन्त्रि शब्दकै अपमान भयको छ!
        यस्तै सबै कुरा कागताली र होलसेल ले गर्दा नै देशको यो हालत भयको हो!
        सत्यतथ्य छिट्टो थाहा पाउनु प्या हुनेथियो!

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

      • द्रोण

        नरेन्द्र भाइ
        शर्मा गोलिलागेर मरेका थिए भनेर पत्रिका हरुले लेखिरहेका छन् , तपाइँ अर्कै कुरा लेखी रहनु भएको छ कतै व्यक्तिगत चिनाजानी नै थियो कि ?देश को लागि मरेर जानेहरु लाइ अलिकति सम्मान मा कन्जुस्याई किन ?

        उत्ताम जी ,
        जुन बाद र जुन ब्यबस्था आएपनि राजनीति गर्ने सेरबहादुर र सुर्य बहादुर हलो जोत्ने बीरबहादुर | अनि परिबर्तन त्यति सजिलो कहा हुन्छ ??

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

        • Narendra Dai

          द्रोण जी ,
          त्यहिँ भएर त दुख लाग्छ | पत्रिकाका त्यस्तै खबरहरु र सरकारको जसलाई पनि शहिद घोसना गर्ने गर्दा सच्चा देसभक्त भएर शाहिद हुने हरुमाथी पनि शंका लाग्छ |

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dipankar

      सतिले सरापेको देश भएर हो कि हामीले राम्रा नेता पाउन नसकेको

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

      • Subh

        dipankar जी,
        राम्रा नेताहरु हुँदै नभएका चाहिं होइनन् तर ती राम्रा नेताहरुलाई पार्टीका अरु फटाहा तथा धुर्त नेताहरुले अगाडी आउन दिदैनन्/

        मलाई माओवादीमा बाबुराम भट्टराई, कांग्रेसमा नरहरि आचार्य/प्रदीप गिरि, एमालेमा रबिन्द्र अधिकारी/प्रदीप ज्ञवाली, रा. प्रा. पा. मा पशुपति शमशेर जबरा/ प्रकाश चन्द्र लोहनी हरु सापेक्षमा स्वच्छ छवी भएका, कर्तब्यनिष्ठ, इमान्दार तथा तर्कसिल लाग्छन/ तर यिनीहरुलाई नेतृत्वको अग्र स्थानमा आउन दिइंदैन/

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • shreesh thapa

      गाडीले किचेर मारे पनि सहिद घोषणाको माग, झुन्डिएर मरे पनि सहिद घोषणा को माग, घरको छतमा बसेर आन्दोलनको रमिता हेर्ने लाइ गोलि लागेर मरे पनि सहिद घोषणा को माग सहिद को अर्थ नबुझ्ने मरनच्यासे हरुको के कुरा गर्नु आफ्नो देश र जनताको लागि मरेका हरुलाई सहिद घोषणा गर्न जानेको खोइ …?…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 6

      • संकर

        आफ्नो पार्टी र ,आफ्नो जातको छ भने मासु खादा हड्डी अड्केर मोरेको छ भने पनि सहिद भन्ने अरु पार्टी र जात को भए गोलि लाग्दा पनि सहिद न भन्ने लघु मानसिकता बोकेका हरुलाई के उपमा
        दिने ? सहिद को लागि निश्चित मापदण्ड तयार हुनु पर्यो ??तर जे भए पनि आन्दोलन र देस भनेर मर्ने हरुलाई सहिद भन्दा ठिक नै हुन्छ | कान्ति पुर् ,नागरिक न्युज मा लेखिए अनुसार सर्मा केहि संगठन संग आबद्द पनि थिए, आन्दोलन मा गोलि लागेर मरेका हुन् भनिएको छ | केहि साथीहरु (सायद आफ्नो व्यक्तिगत रिस इबी थियो कि ) अर्कै कुरा लेख्दै हुनुहुन्छ | बास्तबिकता जे भए पनि उत्ताम जी ले पनि सायद पत्रिका पढेर नै सर्मा लाइ सहिद भन्नु भयो |
        अब अरुले यो थापा ,नरेन्द्र ,रमेश को कुरा ठिक मान्ने कि कान्रिपुर ,नागरिक न्युज को ?

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • नारायण( NS)

      लेखक जी,
      तपाई को लेख चाही राम्रो छ जसरी जनता ले ल्याएको परिवर्तनको सुखभोग गर्दै फरक समयहरुमा उही अनुहारहरु विभिन्न भेषमा, विभिन्न आसनमा बसेर उस्तै तामझामसाथ यसरी नै दिवसहरु मनाउने गर्छन् । जनताले ल्याएको परिवर्तनको सुखभोग गर्दै तीनीहरुले ताली बजाएको त्यस्ता दृष्यहरु अरुचीकर लाग्दै हेर्नु हाम्रो नियती बनिसकेको छ । अब हामी ले तेस नियती लाई छोडेर ती सबै भेषमा, विभिन्न आसनमा बस्ने हरु लाई सदा को लागी निकाली दीय कसो होला ????

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • ramesh

      बास्तम मा पर्बत को सहिद भन्ने गोबिन्‍द शर्मा घर को छत् बाट रमिता हेर्दा गोलि लगेर मरेको हो.रमेस पर्बत कुस्मा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

    • ramesh

      बास्तम मा पर्बत को सहिद भन्ने गोबिन्‍द शर्मा घर को छत् बाट रमिता हेर्दा गोलि लगेर मरेको हो.रमेस पर्बत कुस्मा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

    • नेता को हुन् ?र किन गालि खान्छन ?नेता कसरि बन्छन ? के गर्न बन्छन औचित्य के हो ?गालि गर्ने सस्कार ले फाइदा वा नतिजा के हुन्छ ?गालि किन र के का लागि हुनु पर्छ?बिद्रोह र बिरोध को शृंखला को आन्त्य गर्ने जिम्मा नेता को मत्रई होकि होइन ?
      किन एक व्यक्ति सज्जन र सक्षम भए एक घर को स्थिति आलिक बलियो हुन्छ ?यी र एस्ता सुक्ष्म तर व्यक्ति व्यक्ति ले गर्न सकिने आत्मा समिक्षा मुलक कमेन्ट हरु बर्सियोस
      आलोचना ले आझा सिक्षित बनाओस देस को वद्रगोल सम्हाल्न नेता हरु लागिपरेकई छन् हामी व्यक्ति व्यक्ति सक्षम हुन तिर मेहनत गरौ घर सम्हालौ छिमेक वा टोल सुधराऊ सानातिना असल कामहरु काबारेमा आनी लेखक को लेख जस्तै सकारात्मक चिन्तन बाड्ने गरम!!गर्नु पर्ने थुप्रै काम छाडी गालि मात्र चाही ….विचार पुर्याएर गरम.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • उत्तम जी को लेख भन्दा फरक प्रतिक्रिया लेख्दैछु /

      २/दिन अगाडी कुनै पत्रिका मा माओबादी हरुको तालिम सतासी धाम झापा मा खिचेको फोटो देखेको थिए ति तालिमे हरु ले लागेको गन्जी मा लेखिएको ए आइ जी भनेको के हो हेर्नुस त अमेरिकन इन्सुरेन्स कम्पनि को लोगो जस्तो लग्यो ..अनि अचम्म मन्नुपरेना त ………..a

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shristi shah

      उत्तम जी लेख एकदम समय सापेच्ये छ तपाई हामी सोझा साझा जनतालाई देश र जनता को चिन्ता लाग्ने अनि तेही सोझा साझा जनता ले नेताको रुप लिएर देशलाई केहि गर्न सक्ने ठाउमा पुगे पछि चाहि देश र जनता को नाउ नै भुसुक्कै बिर्सने हैन यो के रोग होला???? साएद यो पनि नाउ खुल्न नसकेको एक प्रकारको उपचार हुन नसक्कने भयानक रोग हो एड्स जस्तो रोग को त उपचार हुने लगभग पक्का भैसक्यो भने यो रोग को पनि एकदिन अवस्ये उपचार हुने छ जब ३ करोड जनताले आफुलाई दल भित्त्रको कर्येकर्ता,नेताको भरौटे अनि पार्टी को सदस्य हु भन्ने बिर्सेर केवल केवल एक नेपाली हु मेरो पौरख ले म बाच्नु पर्छ मैले पौरख गरे मेरो परिवारले गर्ने छन् परिवारले गरे समाज ले गर्ने छन् समाजले गरे देश ले गर्ने छन् अनि सबै पौरखी भए मात्त्र हामीले बौदल आयो बहुलायो, लोक तन्त्र आयो लोप्र्यायो,गणतन्त्र आयो गनायो अरु केहि भएन भन्ने दिन जाने छन्

      श्री पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन
      पशुपतिको कल्याण कसले गर्नु??????

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Its common to Nepali politics nowadays. I even don’t think about these stuff in these days.

      God Bless Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • बितृष्णा

      आन्दोलन गर्दै, ढुंगा मुढा गर्दै, नारा बाजी गर्दै हिड्न सजिलो छ तर govern गर्न, देश चलाउन, productive काम गर्न, देशको अर्थतन्त्रलाई बृद्दी गर्दै लग्न, नेपाली को हातमा disposable income बढाउदै लग्न गारो छ. यसको लागि planning हुनुपर्छ, धैर्य हुनुपर्छ, vision हुनु पर्छ, समन्वय हुनुपर्छ. राजनीतिले मात्र नेपालीको जीवनस्थर उकास्दैन भन्ने कुरा कहिले बुझ्ने हो हामीले?

      आन्दोलनले केहि भएन अहिले सम्म, चाहे त्यो २००७, २०४६, २०६३ को होस्. र पछि पनि केहि हुने छैन. देश को नाम मात्रै परिवर्तन भएर देश भोलिनै राम्रो हुने हैन नि! नेपालको अगाडी या पछाडी अधिराज्य, गणतन्त्र, या जनगणतन्त्र जे लगाइदिएपनि देश को प्रति-ब्येक्ति आय त्यहिँ $४०० नै हुने हो, गरिबी को रेखा मुनि ४०% जनता हुने नै हुन्, literacy rate त्यहिँ ५०% नै हो. जुनसुकै राजनीतिक ब्येवस्था भएपनि नेपालको अर्थतन्त्र बढाउँदै जानु पर्यो. येस्ले मात्रै नेपालीको जीवन स्तरमा गुणात्मक रुपमा परिवर्तन आउछ.

      कोरिया मा सन् १९८० सम्म आर्मीले राज गर्थ्यो. ताइवानमापनि सन् १९८० को दशक सम्म आर्मीकै राज थियो. singapore मा अहिले सम्म एउटा पार्टीलेमात्र देश चलाउने गर्छ. चीनमा तियानमेनको १९८९ को प्रजातान्त्रिक आन्दोलनलाई बर्बरता पुर्वक दमन गरे चीन सरकारले. त्यैपनि मैले नाम लिएका देशहरु अहिले बिकशित देशको सुचीमा छन् या आउदै छन्. यिनी हरुले के बुझे भने जस्तोसुकै राजनैतिक व्यवस्था भएपनि देशमा आर्थिक क्रान्ति हुनुपर्छ, खोक्रो राजनैतिक क्रान्ति मात्र हैन.

      नेपालमा भने फुस्रोरुप मा जनताको लागि कथित् जनआन्दोलन गर्ने, तर जनताको जीवनस्तर उकास्न र देशको आर्थिक रुपान्तरणको लागि केहि काम नगर्ने, कस्तो आन्दोलन हो यो? अहिले सम्म भएका कुनैपनि कथित् आन्दोलन सहि मानेमा आन्दोलन हैनन्. चीन मा भईरहेको आर्थिक रुपान्तरण र भारतमा भैरहेको बिकाशनै असली आन्दोलन हो. तसर्थ नेपाल मा अहिले सम्म आन्दोलन भएकै छैन. खाली “कु” मात्रै भएकोछ, एक शiशकवर्ग ले अर्को शiशकवर्गलाई हटाएको मात्रै हो: पाखण्डी राजतन्त्र को नाममा, खोक्रो प्रजातन्त्रको नाममा, बोक्रे गणतन्त्रको नाममा र अब फुस्रो जनागनतंत्रको नाममा.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 3

    • Rakesh

      नेपालमा तलब-भत्ता पड्काएर, मलिलो माटोमा पनि हलो अड्काएर, गर्नैपर्ने काम नगरेर अनि गर्नै नहुने काम गरेर जनताको नमस्कार खोज्दै हिँड्ने ‘माननीय’ सभासद्हरू ! दुई वर्ष भनेको सात सय तीस दिन हो । सात सय तीस दिनमा नयाँ संविधान लेख्ने काममा संविधानसभाका सभासद्ले कति दिन काम गरे ? नागरिकले यो प्रश्न उठाउलान् अकर्मण्य र गैरजिम्मेवार सभासद्को उछित्तो काढ्लान् भनेर हतारहतार सभासद्हरू सरकारका नाउँमा धारेहात लगाउँदै सराप्न थाले— यो सरकारले समयमै संविधान बनाउन सक्दैन ।

      सरकारले नै संविधान बनाउनु थियो भने बेकारमा ६०१ जनाको दालभात, तरकारी, अचार तथा हवाईजहाज यात्राको जिम्मा किन लिनुपरेको थियो करदाताले ! सरकारले संविधान बनाउने भए संसद्को मात्र चुनाव गरेको भए भइहाल्थ्यो । संसद् २०५ जनाको छँदै थियो । तिनैले मिलेर एउटा सरकार बनाउँथे । त्यही सरकारले टाकनटुकन टिपोट बनाएर दुई वर्षमा संविधान दिइहाल्थ्यो ।

      तर, नेपाली नागरिकले सरकारलाई नयाँ संविधान बनाउने जिम्मा दिएनन् । त्यसका लागि उनीहरूले नयाँ संस्था निर्माण गर्ने र संविधान बनाउने सम्पूर्ण काम त्यसैलाई सुम्पिने निर्णय गरे ०६२/६३ को दोस्रो जनआन्दोलनमा ।

      त्यसैले संविधान बनाउने काम सरकारको होइन । त्यो काम हो संविधानसभाका सदस्यहरूको । सरकारमा पार्टी हुनु र नहुनुसँग संविधानसभाको कुनै साइनो हुँदैन । सरकार एकीकृत माओवादी पार्टीको नेतृत्वमा बनोस् कि नेपाली कांग्रेसको नेतृत्वमा । सरकार नेकपा एमालेको नेतृत्वमा बनोस् कि फोरमको नेतृत्वमा । संविधान बनाउने दायित्व त्यो सरकारको टाउकामा हाल्नै मिल्दैन । संविधानसभाको उपस्थिति रहेको हाम्रो मुलुकमा सरकारको काम भनेको स्थायी सरकारको आनुष्ठानिक प्रमुख हुनु मात्रै हो । सरकार एक दिन पनि संविधानसभाको बैठकमा उपस्थित भएन भने पनि सरकारको आलोचना गरिँदैन संविधानसभाको कालमा ।

      संविधानसभाको निर्वाचन यसकारण पनि गर्नुपरेको थियो कि— सबै जनताको प्रतिनिधित्व गर्नसक्ने समावेशी सदस्यहरूले आफूलाई माननीय बनाउने नागरिकको अनुहार सम्भिmँदै एउटा यस्तो संविधान बनाऊन्, जसले नेपालका शोषितपीडित, सीमान्तीकृत जनताको मुहार हँसिलो बनाउन सकोस्, जसले हामीले जान्दादेखि दुनियाँभरि भीख मागेर आफ्नो ज्यान धानिरहेको नेपाललाई कर्मको आर्थिक क्रान्ति गरेर स्वाभिमानी नेपाल बनाउन बाटो देखाउन सक्ने नयाँ संविधान निर्माण गर्न सकोस् ।

      तर, कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै नयाँ संविधान बनाउन जनताद्वारा छानिएर पठाइएका संविधान निर्माताहरू बन्द, चक्काजाम, पार्टीको जनसभा, नेपाल बन्द, अंग्रेजी भाषामा कार्यक्रम सञ्चालन गरिने राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा आयोजना गरिने बेकामे काममा दिन बिताउन थाले । -यसो भनेर मैले अंग्रेजी नजान्ने सभासद्हरूको अपमान गर्न खोजेको होइन, आफूसमेत सहभागी भएको त्यस्ता कार्यक्रममा उल्टै मैले वक्ताहरूलाई नेपालीमा बोल्न अनुरोध गरेको छु ।) निर्धारित काम छोडेर चारचौरास दौडिने सभासद्, नेता र कार्यकर्तालाई सोधेजसरी कविताको तेस्रो हरफ जन्मियो यसरी— संविधान बनाउने खोइ’र छेकछन्द ?

      हाँसहरूको बथानमा बकुल्लो हराउन सक्छ, तर केही बेरका लागि मात्र, भन्ने यो उखानको अर्थ हो । हाँस चकचके हुन्छ, तर बकुल्लो सिकार ताकेपछि गोली नछुटुन्जेलको बन्दुकजसरी अडिग उभिइरहन सक्छ । बकुल्लाको ध्यान भनेर त्यसैले चर्चा हुने गरेको होला । लक्षित वस्तुमा ध्यान दिएपछि दायाँ-बायाँ कतै नहेर्ने ! र माओवादी पार्टीका नेताहरूको ध्यान यतिवेला सत्तामा घोप्टिएको छ ।

      संविधानसभा र सरकारबीचको सम्बन्धका बारेमा प्रस्ट पारिसकेपछि अहिले एकीकृत माओवादीका नेताहरूले पाठ गरेको ‘नयाँ संविधान बनाउन आफूहरूको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने’ हठका बारेमा पनि थोरै शब्द खर्चिहालौँ ।

      नेपाली राजनीतिमा एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बकुल्लाको प्रतिनिधित्व गर्नुहुन्छ । हाँस पालिन्छ घरमा, तर बकुल्लो सिमसारमै रमाउँछ । राजनीतिमा पनि एकीकृत माओवादीबाहेकका सबै राजनीतिक दलका लागि जनताको निर्णय नै सार्वभौम हुन्छ । गएको संविधानसभाको चुनावअघिसम्म माओवादीलाई सरकार बनाउने दिन आउला भन्ने कल्पनासमेत नगरेका कांग्रेस र एमालेले जनताले मतपत्रमार्फत आफूलाई दिएको सजायलाई सहज रूपमा स्वीकार गरे र बहुमतप्राप्त नगरेको भए पनि प्रतिनिधित्वका हिसाबले मुलुकको सबैभन्दा ठूलो भएको माओवादी पार्टीलाई सरकार सुम्पिए । सत्ताचासोभन्दा बाहिर र नागरिक सर्वोच्चतालाई भाषणमा बुझेजसरी मान्ने भए एकीकृत माओवादी पार्टीले आफूले सरकारको नेतृत्व सम्हालेको ६ महिनाभित्र सेना समायोजन र पुनस्र्थापनाको काम गरिसक्नुपर्ने थियो । सन्धिपत्रहरूमा गरेको हस्ताक्षर सम्भिmँदै तोकिएको समयमा तोकिएको काम गरेको भए संविधान निर्माणको काम अवरोधबाट मुक्त भएर अघि बढ्ने थियो र सायद समयमै नयाँ संविधान पनि बन्ने थियो ।

      तर, सत्ताबाहेक धर्तीमा कुनै टेकोको कल्पनै गर्न नसक्ने चेतना भएका एकीकृत माओवादी पार्टीका नेताहरूले सरकारलाई मात्र सत्ता बनाएनन् । तिनले त सिंगै संविधानसभालाई नै सत्ताको पुजारी बनाइदिए । संविधानसभाको सदस्य हुनु भनेको संविधान बनाउने जिम्मेवारी लिनु होइन, कुनै निश्चित पार्टीको गोठालोका रूपमा काम गर्ने मन्त्रिपरिषद्को सदस्य हुनु हो भन्ने मालिक र दासको चेतना जन्माउने काम गरेर नेपालको संविधानसभालाई नृसिंह अवतार पो बनाइदियो । पाठकलाई थाहै छ, नृसिंह अवतार सत्ताको त्यस्तो क्रूर पात्र हो, जो विद्यमान सत्तालाई समाप्त पार्न मान्छेको छाती चिरेर तनतनी रगत पिउँदै आफू गौरवान्वित हुन्छ ।

      त्यसैले संविधानसभाको कालमा मारिए पत्रकार वीरन्द्र साहहरू, युवाउद्यमी रामहरि श्रेष्ठहरू र प्रचण्ड थैबजस्ता युवा राजनीतिकर्मीहरू । यी सबैका हत्यामा माओवादी पार्टीका नेता कार्यकर्ताको प्रत्यक्ष संलग्नता थियो । तर, सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादी पार्टीले एकजना हत्यारालाई पनि कारबाहीको दायरामा आउन दिएन । माओवादीको नौ महिना यस्तैथरीका हत्यारा लुकाउने, चन्दा-आतंक मच्चाउने, प्रतिपक्षी दलका कार्यकर्ताको खुट्टा काट्ने, हात भाँच्ने अपराधीलाई जोगाउने काममै बित्यो । बाँकिरहेको थोरै समयमा ठेक्कापट्टा कब्जा गर्ने, आफ्नो नाउँमा जग्गा, अस्पताल र साइबर क्याफे खरिद गर्ने, सरकारी रकमको दुरुपयोग गर्दै देशभरि ‘जनविद्रोहको गीत गाउने’ एफएम रेडियोहरू स्थापना गर्ने, जस्तै अपराधी अथवा निरपराधी भए पनि गैरसरकारी काममा लागे । जसोजसो नेता उसोउसो कार्यकर्ता भन्ने उखानै छ । ठूला नेता मन्त्री भए । साना नेता सभासद् भए । मन्त्रीलाई सरकार चलाउने चासो भएन भने सभासद्लाई संविधान बनाउने चासो भएन ।

      सत्ताको चक्रव्यूहमा फन्फनिँदा संविधानसभाको सबैभन्दा ठूलो पार्टीले मलाई मतदाताले मूलतः नयाँ संविधान बनाउन पठाएका हुन् भन्ने सत्य जान्नै पाएन । सत्ताप्रतिको बकुल्लो-ध्यानका कारण अहिले पनि एमाओवादी पार्टी संविधान बनाउनुपर्ने आफ्नो जिम्मेवारीबोध गर्न सकिरहेको छैन ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 23

      • sheela

        Rakesh jee
        धन्य राकेश जी, तपाइको कमेन्ट ले बडो गोल-मटोल परेर छक्यायो…….कमेन्टको चौथो प्याराग्राफ मार्फत तपाई संकेत गर्नु हुन्छ: सरकारले संबिधान बनाउने होइन, किन बेकारमा यो सरकारलाई फत्तुर लगाको! पढ्दै गयो उता नवौ प्याराग्राफको निस्कर्ष एस्तो छ: माओबादी सरकारमा हुदा संबिधान बनाउने काममा ध्यान नदिएर समय कटायो!
        गजब छ बा तपाइको तर्क, माओबादीले चाहि सरकारमा बसेर संबिधान बनाउनु पर्ने, अरुले चाहि तेसो गर्नु नपर्ने….वा क्या मज्जा (वाहियात!) तर्क!!!
        अनि अर्को कुरा….तपैले लेखको एक ठाउमा बडो अनौठो लेख्नु भाको छ….”बहुमतप्राप्त नगरेको भए पनि प्रतिनिधित्वका हिसाबले मुलुकको सबैभन्दा ठूलो भएको माओवादी पार्टीलाई कांग्रेस र एमालेले सरकार सुम्पिए ।”
        के सरकार भनेको कांग्रेस र एमालेको बपौती हो र उनीहरुले सुम्पिय पछी निगाहामा मात्र माओबादीले पाउने नत्र नपाउने? माओबादीलाइ संबिधानसभाको single largest party बनाएर जनताले चाहि के सुम्पिएका त? अझ प्रत्यक्ष पटिको चुनाब मा त प्रस्ट बहुमत पनि दिए/
        के येसरी लोकतन्त्रमा जनताले मात्र दिएर नपुग्ने- कांग्रेस र एमालेको निगाहा पनि बक्सनु पर्ने भन्नु भा’को हो कि? २४० seat ल्याउने पार्टी लाइ 113 ल्याउने कांग्रेस वा 105 ल्याउने एमाले ले बक्सिस दिनु पर्यो! कि वहाहरुलाई जस्तै छिमेकी देशको निगाहा प्राप्त गर्नु पर्ने हो, जुन आशिर्बाद वहाहरुलाई मात्र प्राप्त हुन्छ ? क्या गजब छ बा !!! कि एक्काइसौ सदीको कंग्रेस-एमालेको लोकतन्त्रमा जीतनेले हारनेबाट निगाहा प्राप्त गर्नुपर्ने !!!!
        तपाइको अर्को कु-तर्कको (६०१ मा बहुमत त माओबादीको छैन नि) प्रतिक्षामा …..
        शीला

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 8

        • Rakesh

          शीला जी , ६०१ मा बहुमत छैन भन्ने कु तर्क भन्नु भयो, तपाही एदी नेपाल को संबिधान र कानून को आधारमा गरिने बहस लाही मान्नु हुन्न भने तपाही संग बौद्धिक बहस गर्नु बेकार छ , किन भने कानून अनुसारको बहस गर्न नसके हरु ,मुदेबल मा उत्रिन्छन , अहिले माओबादी हरु तेही भएर होला फेरी खुकुरी र लौर बोकेर तालिम लिन थालेका छन्.

          मैले सरकार एकली ले संबिधान बनाउने भनेर भएको छैन, संबिधान नबनु मा माओबादी बादी जिवेबार छ भनेको हो, प्रचण्ड ले नेत्रितोव गरेको सरकार हैन, एक चोटी १२ बुदे र बृस्तृत शान्ति
          सम्झौता पढेर हेर्नुस , माओबादी ले कति wotaa सम्झौता हरु पालना गरेन भनेर.

          आम सहमति को कुरा गर्ने अनि आफै ले तोके का सहरत हरु पुरा हुनु पर्दछा भन्ने माओबादी को हात का कारण ले आम सहमति नाबहने को हो, दोस्रो कुरा मैले भने को माओबादी ले संबिधान सभा लाही सत्ता प्राप्ति को खेल खेल्ने थलो मात्रै बनायो भने हो, भनुस सारक परिबर्तन गर्न भनेर कमल थापा देखि उपेन्द्र याबाद, राकेश सूद देखि अमेरिकी राजदूत को धूका चाहार्ने प्रचण्ड ले संबिधान बनाउन को लागि कहिले कुन पार्टी संग छफल गरे.

          नेपाल को सत्ता नेपाली जनता को हो, नाता काँग्रेस , एमाले वा माओबादी को नही हो, नेपाली जनता ले छुने क प्रतिनिधि हरु को बहुमत ले सत्ता संचालन गर्ने हो, जो संग बहुमत छ उसले सकार बनाउने हो, आफ्नो पछा मा बहुमत नभए पछि सडक मा कराउनु को कुनाही तुक छैन.

          गएको चुनाब मा माओबादी लाही नेपाली जनता ले लगभग ३०% भोट दिए क हुन्, अरु पार्टी संग लग भग ७०% भोट छ, तिनीहरु लाही भोट हाल्ने नेपाली हैनन्?, अन्तरिम संबिधान मा janu bhanda agaadi नही संबिधान सभा कसरि गठन हुने भन्ने बिसय मा सबै को आम सहमति भए को हो, माओबादी ले पनि मानेको हो, तेशाई अनुरुप ६०१ जना चुनिए क हुन्, अब यिनी हरुलाही को कसरि आहिस भन्नु को कुनाही तुक छैन,.

          माओबादी ले पनि ३०१ को खेल खेल्न खोजेकै हो, तर आफनो पछा मा बहुमत नपुग्ने निश्चित भए पछि अहिले सडक मा नाटक देखाउने कोशिश गर्दै छ, सरकार बनाउने हो भने संबिधान को अक्षेर अनुसार ३०१ पुरुनाही पर्दछा .

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

          • Sheela

            Rakesh jee,
            मेरा तर्कहरुको बुदागत जवाफ नदिएर तपैले अन्त्-सन्त लेख्नु भो, तेसैले म अरु कुराको पछाडी नलागी तपाइलाई सोध्न/सच्याउन सक्छु:??
            १. माओबादी को २४० seat छ र के त्यो भनेको तपैले भनेको जस्तो ६०१ सदस्य को केवल ३०% मात्र हो र? हिसाब गर्ने formula सिक्नुस: (२४०/601X100) = ४०%
            यो सच्यानुस है/ (३०% होइन)
            २. दोस्रो, “अरु पार्टी संग लगभग ७०% भोट छ” भनेर ढाट्नु भाको छ/ त्यो पनि केवल ६०% मात्र हो, माथिकै फोर्मुला लगाएर हेर्नुहोला/
            ३. त्यो ६०% पनि बाकि २४ वटा खुत्रुके दलहरु सबैको जोडदा पुग्ने कूल प्रतिशत मात्र हो, एउटैको होइन, हेक्का रहोस / कुनै पार्टी को १६% कुनैको १७% र कुनै पाटीको २% गर्दै-गर्दै यो ६०% पुगेको हो/ सबै फेल भएकाहरुको कुल योग-फल हो/
            ४. के येसरी सबै फेल हुनेहरुको प्रतिशत जोडदै गएर ६०% पुर्याएर first division आएको जस्तो दाबि गर्ने र ‘माओबादीको त खाली ४०% मात्र हो, ल हेर कसको धेरै भन्ने जस्तो काइते कुरा गर्नु भाको?
            ५. सामन्तीहरुले गरिबको तमसुकमा श्यून्य थपे जस्तो काइदा भएन र यो त?

            धन्यबाद ! अरु थप कू-तर्कको प्रतिक्षामा,
            शीला

            मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

            • Rakesh

              शीला जी आफनो बाहेक अरुको विचार लाही कुतर्क भन्ने गलत सोचा बाट माथि उठ्नुस, दुनियामा बएको सबै बिध्ही तपाही संग मात्रै छ भन्ठान्नु भए को भए त्यो गलत छ.

              तपाही ले मेरो हिसाब गलत छ भन्नु भयो, हुनत मा गणित को बिधर्ती हैन तर पनि कहिले कहिँ बिधयाला जाने मौका मिलेकाले अलि अलि हिसाब जाँदा छु. मैले संबिधान सभा मा पाएको भोट को कुरा गरे को हो, एकपल्ट फेरी समानुपातिक मा पाएको भोट लाही हेर्नुस , माओबादी ले लगभग ३०% वोते पाए को हो, . २४० प्रतक्ष, समानुपातिक ra मनोनोत गरि पुगेको हो.

              परिक्ष मा पनि एउटी प्रस्न को १०० नुम्बेर हुदैन, बिभिना प्रस्न मा नुम्बेर बिभाजीत हुन्छ, र तेशैले को आधार मा नुम्बेर दिहिंछा , यहाँ ल;अहि जान करी हिओस, यो सरकार मा भए क २२ दल;हरु मध्हाया माओबादी को सरकार मा २१ दल को समर्थन थियो (नेपाली काँग्रेस बाहेक). माओबादी लाही समर्थन गर्दा पास हुने अरुलाही समर्थन गर्दा फाइल, , गजब को तर्क गर्नु भयो, सम्बबत यो चाही , सु तर्क होला नि हैन???.

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

        • neerose

          तेहित, ल सुनौ न अर्को महाकुने को कुरा! प्रचण्डलाई प्र म दिन्न रे मान्दिन रे! हा हा! तेस्को ससुराले दाइजोमा दियको प्र म जस्तो!
          यी कांग्रेसी र यमाले देश लाइ बपौती नै ठान्दछ!

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • kishor Kumar

      यो देसमा पैला देखि नै सोझा जनता को आड लियर आफ्नो लागि राजनीति गर्नेहरुको मात्रै राज चलिरको छ ‘जुन जोगी आय पनि कानै चिरेको ‘ भन्ने उखानलाई चरितार्थ गर्न सफल छन् सबै राजनीतिक दलहरु ….आफ्नो ज्यानको बाजी राखेर लाखौ जनता देसमा परिबर्तनको खातिर सडकमा ओर्लिय अनि त्यसैको आडमा सत्तामा पुगेर जनताको सामु ब्यक्त गरेका प्रतिबद्दताहरुलाई कुल्चेर आफ्नो भुडी मात्र भर्न बाहेक देस अनि जनता को लागि एक पल पनि सोच्न समय छैन यी साला खाते भ्रष्त नेपाली नेताहरुलाई ….जनताले चाहेको नया नेत्रित्वो ले कैले मौका पायन..सदै स्वार्थी अनि भ्रस्ट हरुको पेवा भयो हाम्रो देस…जनतालाई अनेक थरि आस अनि प्रतिबद्दता देखायर जनालाई नै भेडो बनायर सत्तामा पुगेका माओबादी भनौदा हरुले पनि भ्रष्ट संस्कार लै निरन्तरता दिय..आब सबै भ्रष्ट हरुलाई पाखा लगायर नया नेत्रत्वो लै मौका नदिया सम्म देस अजै झन् झन् जटिलतामा जाने पक्का छ ….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Bishnu

      सति ले सरापेको देश हो साथीहरु, तेही सराप ले अझै छोडेको छैन |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • “१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेरि प्रधानमन्त्री स्वीकार्न नसकिने बताउनुभएको छ । नयाँ प्रधानमन्त्रीको रुपमा प्रचण्डको विकल्प खोजिए सहमति हुने उहाँले बताउनुभयो ।

      सुर्खेतका एमाले कार्यकर्ताको स्वास्थ्यस्थितिबारे जानकारी लिन काठमाडौंस्थित शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री नेपालले सन्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो सर्त राख्नुभएको हो । ‘प्रचण्डको विकल्प खोजे सहमति हुन्छ,’ प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘तर, प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको रुपमा स्वीकार्न सकिन्न ।’ अनलाइन खबर बाट साभार|

      यो हरुवा को कपट हेरत | हरुवा, डाका, फटाहा भ्रस्टाचारी पाखण्डी हरुको झुण्ड को नाइके लाज पचेको नैतिक हराम | दुइ दुइ ठाउबाट चुनाव जितेको मान्छेलाई बहिस्कार गर्ने , नामै किटेर | यस्ता तथाकथित लोकतन्त्रको खोल ओडेका हिप्पोक्राइट हरु जबसम्म बिदेसिको आडमा देसमा लूट मच्याई रहन्छन तबसम्म केहि हुने वाला छैन | यिनीहरुले देशलाई बिर्ता , कर्मचारीलाई कमैया र जनतालाई दास मात्र ठानेका छन् अनि अझै ठुलो स्वरले साँढे दुक्रिये झैँ प्रजातन्त्र बादी हौ भनि कुर्लिन्छ्न| अरुलाई अधिनायक बादी भन्ने आरोप लगाउन्छन् | प्रचण्ड त दाम राखेर ढोग्ने चलनको बिरोधि भएकोले उसकै नेतृत्वको पार्टीको बलले उनीहरुको ख्वामितको दुर्गति भयो | सायद दाम राखेर ढोग्ने मालिक को अभाबमा रिस पोखे जस्तो छ|
      यस्ताहरुले देशलाई बन्दि बनाएपछि कसरि जन आन्दोलनको उपलब्धिको रक्षा होला त जबकी यिनीहरु परिबर्तन नै चाहदैनन् ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 18

    • पुष्प

      उत्तमजी,

      राणाशासनलाई राजा र ‘प्रजा’तन्त्रवादीहरू मिलेर सिध्याए । राजतन्त्रलाई अग्रगमनका अगुवा, लोकतन्त्रवादी र राजाले तिरस्कृत गरेका ‘प्रजा’तन्त्रवादीहरूले सिध्याए । तर पनि जुनसुकै कालखण्डमा देश र जनताप्रति उत्तरदायी अनुहारहरू अगाडि आउन पाएनन् । कारण तपाईंले भन्नुभएझैं हरेक कालखण्डमा ‘उही चिरपरिचित अनुहारहरु’ । जबसम्म ती अनुहारहरू फेरि-फेरि टुँडिखेलमा विराजमान भएर थपडी बजाउँदै गरेको दृश्य देखिन्छन्, तबसम्म सकल लोकतन्त्र सम्भव छैन । हुन त ‘आन्दोलन, क्रान्ति’ आदि जस्ता शब्दहरूप्रति हामीमा एककिसिमको वितृष्णा नै पैदा भएको छ । तर हामीले बिर्सनुहुन्न यसका कारक पनि तिनै अनुहारहरू हुन् । त्यसैले अबको आन्दोलन भनेको तिनै अनुहारहरूविरुद्धको हुनुपर्छ । यो कालखण्डको माग यही नै हो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 16

      • munna

        …………………..तिनै अनुहारहरूविरुद्धको आन्दोलन गर्नेह्रुले तीनको मुकुन्दो लाएर त्यस्ले एक हात्ले लुट्यो मैले दुइ हात्ले लुत्छु भन्ने सोचाइ राख्ने हरुलाई के गर्ने ?

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • ARJUN

      देश को लागि र जनताको लागि लड्ने हरु त शहिद भै सके साथी ! बाकी सबै राजनीतिक ब्यापारी हुन् ! यो व्यापार मा घाटा छैन नि ! तेसैले इनिहरुको मसला नै जातियता, धर्म,तराई,पहाड,मदिसे,आदि बिसएलाई अगाडी ल्यायो सोजो जनतालाई उचाल्यो आफु हिरो भयो ……जस्तै अदक्ष्य, संयोजक,पदहरु हातमा लियो!कार्यकर्तालाई के थाहा…….
      माथि सबै ठुला नेता त व्यापार मा भुलेका छन् भनेर ….नेताहरु फाइदाको व्यापार मात्र गर्छन यो पनि तेस्तै भएको हो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 1

    • dinesh

      जुन जोगी आए पनि कानै चिरेको , हामी नेपाली हरुको भाग्य नै तेस्तो , सहिद हरु को सपना मा होलि खेल्ने हरुलाइ केभनु ..खै ..तिमि हाँस म रोइ बस !!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • BINOD

      उत्तम जी सारै राम्रो लेख्नु भयो यो देस मा को छ र देश को लागि सोचेने नेता सबै कमाउन आए क त हुन् सबै भन्दा राम्रो कहिले घाटा न पर्ने BUSINESS राजनीतिक नै भाको छ जसले आफ्नो ज्यान को माया मारेर आन्दोल न मा लागे ति सबै अहिले दुइ गास खान पनि धौ धौ मा छन् अनि अरु ले नै देश को सम्पति मा मोज गरेर कमैराका छन् सबै भन्दा पहिले त नेता को सम्पति ४६ साल भन्दा पहिले कति थियो अनि वर्ष को कमै कति हुन्छ त्यो भन्दा धेरै कमाउने लै जेल नै हाल्नु पर्छ अनि मात्र हुन्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • tulsi

      अहिले सम्म लोकतन्त्र दिवस नेता र नेतृत्व बर्गको स्वार्थको लागि मनाइदै आएको छ;अब देखि लोकतन्त्र दिवस देश र जनताको उत्तरोत्तर प्रगति को लागि मनाउने परिपाटी बसाउनु पर्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • tulsi

      मै खाउ मै लाउ सुख सयल वा मा मोज गरु…………………भन्ने हरुबाट द्देश र जनताले के आशा गर्न सक्छन र?हड्डीको टुक्रामा कुकुरहरुको लडाई बाहेक/

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • रविन

      यो देशमा कुन्चाही पार्टी र नेताहरुले राष्ट्र र जनताको भलोको लागि राम्रो गर्ने सोच बनाएका छन् र? यो त केवल सोझासाझा जनतालाई विभिन्न खोक्रो सिद्दान्तको भ्रममा पारी आन्दोलनमा होमी आफु सत्तामा जाने र देश लुट्ने दाउ मात्रै हो.
      ति मर्नेहरु प्रति उनीहरुको कुनै पनि सम्मानको भावना नै छैन.
      त्यो कहिले कहिँ देखाउने पनि गोहीको आँसु मात्र हो.

      माओबादीले तेत्रो नेपालीको हत्या गरि आएकापनि केवल सत्ता र देशमा अराजकता फैलाई लुट्ने अनि आ-आफु मोज मस्ति गर्नलाई नै त रहेछ भन्ने बुझियो नि होइन र ? अरु पार्टीहरुका त तेत्तिकै देशलाई लुट्दै अईरहेकै थिय तेसैले कसैको बलिदानको कुरो केवल खोक्रो भाषण मात्रै हो यसको अपेक्ष्यै नगरौ र सहिदको सम्मानको पनि!!

      बलिदानीको सम्मान भनेको राष्ट्र र सम्पूर्ण जनताको उत्थान गरेर मात्र हुन्छ खोक्रो भाषण गरेर हुँदैन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 8

    eXTReMe Tracker