शीर्षक पढ्दा अचम्म लाग्न सक्छ, आखिर चारैतिर निराशा, मुठभेड र द्वन्द्व हुन लागेको समाचार आइरहेको बेला के खान आशा जगायो यसलाई यसपालिको वैशाख ११ ले? हो, यो पटकको वैशाख ११ मा पनि लोकतन्त्र दिवसका नाममा नेताहरुका भाषणबाजीका समाचार लेखेर जागिर खानु परेको भए पक्कै पनि निराशा जगाउने थियो होला यो वैशाख ११ ले। तर हैन, यो वर्षको वैशाख ११ ले मलाई सम्झना दिलायो त्यही २०६३ को वैशाख ११ को, जुन दिन राजाले जनताको नासो जनतालाई फर्काएका थिए। ठूलो आशा जगाएको थियो त्यो दिनले। यसपालिको वैशाख ११ ले भने नेपालका त्यस्ता निस्वार्थ भावनाले समाजलाई बाटो देखाइरहेका महान व्यक्तित्वहरुको परिचय दिलाइदियो।
‘नेता’ शब्दले हामीलाई त्यही फोहोरी राजनीति गर्ने स्वार्थी व्यक्ति सम्झाइदिन्छ। ‘नायक’ शब्दले हाम्रो आँखा अगाडि ल्याइदिन्छ फिल्मको पर्दामा मात्र ठूल्ठूला काम गर्न सक्ने व्यक्ति। वास्तवमा ‘नेता’ र ‘नायक’ त ती थिए। कतिसम्म निस्वार्थी भने यिनीहरु आफ्नो कामको प्रचार होस् भन्ने पटक्कै चाहन्नन्। मैले गरेको काम कुनै ठूलो हैन भन्ने यिनीहरु ठान्छन्। म आफू कार्यरत नेपाल रिपब्लिक मिडियाले आफ्नो दोस्रो वर्ष प्रवेशको अवसरमा ‘नागरिक नायक’ शीर्षकमा १९ जना त्यस्ता लुकेर रहेका नायकहरुको परिचय नागरिक दैनिकमा छापेको थियो। अपराह्न ‘रिपब्लिका नागरिक समिट’ मा ती मध्ये पाँच जना नायकले आफ्नो भावना सुनाए। गज्जबको कार्यक्रम थियो त्यो। नेताहरु बसेका थिए दर्शकदीर्घामा। कुनै प्रमुख अतिथि थिएन, कुनै भाषणबाजी थिएन। डा. गोविन्द केसी, महावीर पुन, इन्दिरा सापकोटा, सन्दूक रुइत र खैरुन निशाका विचार सुन्दा लाग्यो- किन बन्दैन हाम्रो देश? गर्व गर्न लायक छ मेरो नेपाल। मेरो नेपालमा राम्रा मान्छे प्रशस्त छन्। राम्रा मान्छेले आफ्नो प्रचार नचाहेकोले उनीहरु ओझेलमा मात्रै परेका हुन्।

उनीहरुमध्ये केहीले मैले गरेको काम प्रचारका लागि हैन भन्दै समिटको पूर्वसन्ध्यासम्म पनि कार्यक्रममा बस्न मानेका थिएनन्- नेपाल रिपब्लिक मिडियाका कर्पोरेट एडभाइजर सोहन श्रेष्ठले पछि हामीसितको अनौपचारिक कुराकानीमा खुलाए-हामीले तपाईँलाई आफ्नो फाइदाका लागि प्रचार गर्न चाहेका हैनौँ। तपाईँहरुको कथाबाट प्रभावित भएर तपाईँजस्ता एक जना मान्छे मात्र जन्मिए त्यो नेपालका लागि अहोभाग्य हुनेछ भन्ने हाम्रो उद्देश्य हो भनेर भनेपछि बल्ल उनीहरु कार्यक्रममा सहभागी हुन राजी भए।
समिटका एक वक्ता डा.गोविन्द केसीले त कार्यक्रममै चिन्ता व्यक्त गरेका थिए- यस्तो कार्यक्रममा सहभागी भएर, आफ्नो कार्यको प्रचार खोजेर कतै मैले आफ्नो कार्यको आफै अवमूल्यन त गरिरहेको छैन? १७ वर्षदेखि दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारमा संलग्न डाक्टर हुन् यिनी। तर तपाईँ मध्ये कसैले उनको नामै सुन्नुभएको छैन होला। कारण उही- प्रचार नचाहने। गाडीमा भन्सार सुविधाको माग राखी आन्दोलन गर्न तम्सने डाक्टरहरुकाबीच उनी साइकल किन्ने तयारीमा छन्। अलिकति पैसा जम्मा गर्छन्, अनि कुदिहाल्छन् गाउँमा उपचार खर्च जुटाउन नसक्नेको सहयोगका लागि।
कार्यक्रममा कुनै सभापति थिएन, अझ सहभागीहरुलाई त कसलाई सम्बोधन गर्ने भन्ने अन्यौल समेत परेको रहेछ। पाँच जना नायकले कार्यक्रमको संयुक्त उद्घाटन गरे अनि प्रत्येक नायकले आफ्नो प्रस्तुति दिए। त्यसपछि अन्तर्क्रिया भयो जसमा सहजकर्ताको रुपमा रहे नागरिक दैनिकका सम्पादक नारायण वाग्ले र रिपब्लिकाका सम्पादक अमित ढकाल।
कार्यक्रममा आएका नेता सूर्यबहादुर थापा, सभामुख सुवास नेम्वाङ अरु बेला भाषण गर्थे, यो कार्यक्रममा भने भाषण सुन्दै थिए। युवा नेता गगन थापाले राजनीतिकरण भएर देश बिग्रियो भन्ने भावना डा. सन्दूक रुइतले व्यक्त गरेपछि लोकतन्त्र बिना सन्दुक रुइत जन्मिन सक्थ्यो भन्ने प्रश्न गरे अन्तक्रियामा। तर रुइतले मुखभरीको जवाफ दिए- हाम्रो तिलगंगा आँखा अस्पताल प्रजातन्त्रभन्दा सात वर्ष जेठो छ।

डा. सन्दुक रुइत।
कार्यक्रममा आमन्त्रित प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेता बाबुराम भट्टराईहरुलाई भने ‘जनता’को भाषण सुन्न फूर्सद भएन। उनीहरु कार्यक्रमपछिको डिनरमा मात्र अनुहार देखाउन आए।
समिटमा नआएका तर मलाई ज्यादै प्रभाव परेको अरु नायक
ओमकृष्ण श्रेष्ठ
यिनी दुर्गम गाउँका ती युवालाई फुटबल प्रशिक्षण दिन्छन्, जोसँग सपनामात्र छ– गोल गर्ने सीप छैन। मोजाको बल बनाएर खेल्ने डोल्पाका युवाको गोडामा नयाँ फुटबल यिनैले पुर्याइदिन्छन्। त्यसैले जीवनको ग्राउन्डमा यिनले असंख्य गोल गरेका छन्। यिनी प्रहार गर्दैनन्, बल फुत्त नेटमा छिर्छप्रेमदेव गिरी
यिनले एकैदिन काठमाडौं र सांस्कृतिक संस्थानको जागिर छाड्ने निर्णय गरे। सुर्खेत फर्किए, र बटुले कैयौं लोकगीत। अहिले उनीसँगै लोक–संस्कृतिको एउटा युग हिँड्छ। सुर्खेतमा देउती बज्यै र काँक्रेबिहारमात्र होइन, प्रेमदेव गिरी पनि छन्शारदा बस्नेत
यिनीसित १४ जना सन्तान छन्, जसलाई ‘आमा र बाबु’हरूले शिशु अवस्थामै छाडेका थिए। यिनको स्नेह पाएर हुर्किरहेका नानी ‘टुहुरा’ छैनन्। तिनीहरूसित मुस्कान र सपना छ। आमा हुन ‘सजिलो’ छैन, तर यिनलाई हेर्दा लाग्छ– त्यति गाह्रो पनि छैनडा. अरुण बूढा
चीनमा आफ्नो नामको अगाडि ‘डा.’ थपिएपछि, यिनी जन्मथलो डडेल्धुरा फर्किए। कुष्ठरोगीको उपचार गरे। गाउँलेहरू अहिले यिनलाई जिउँदा देउता मान्छन्। कुष्ठरोगले गर्दा यिनका पिताका हातका केही औंला थिएनन्, तर अहिले उनलाई चिन्ता छैन– किनभने, छोराका दस औंला उनलाई लाख छ, जसले कुष्ठरोगीका घाउ सुमसुम्याउँछन्डा. शंकर उप्रेती
यिनले ५० वर्षसम्म बिरामी जाँचे, तर शुल्क लिएनन्। लिँदैनन्। क्लिनिकमा साइनबोर्ड छैन, र पनि सबभन्दा बढी भीड उनकैमा हुन्छ। उपचार नपाएर आत्महत्या गर्नेहरूले बेलैमा यिनको नाम सुनेको भए, सायद त्यसो गर्ने थिएनन्।भदै थारु
यिनले आक्रमण गर्न आएको बाघसित घम्साघम्सी गरे। आँखा गुमाए, तर हारेनन्। अहिले उनी बाघकै संरक्षणमा लागेका छन्। विश्व वन्यजन्तु कोषबाट अब्राहम कन्जरभेसन पुरस्कार पनि पाएका छन्।डा. भगवान कोइराला
यिनले गंगालाल हृदय केन्द्रको सुधार गरेर सरकारी अस्पतालको छवि फेरिदिए। यसका लागि ठूलै मुटु चाहिन्छ। संयोगवश यिनी मुटुकै डाक्टर हुन्। यिनी धनीको होस् या गरिबको, सबैको मुटु उस्तै ठान्छन्। जसरी भगवानको मन्दिरमा सबै समान छन्, त्यसरी भगवानको अस्पतालमा कुनै भेदभाव छैन
सुवर्ण वैद्य
यिनले कैयौंपल्ट घाटमै पुगेका बिरामीलाई उपचार गरी घर फर्काएका छन्। जमानामा फोहोर फाल्ने ठाउँ रूपान्तरण गरेर यिनले आयुर्वेदिक अस्पताल बनाएका छन्। शाखाहरू फैलिँदै छन्। यिनको अस्पतालमात्र यस्तो अस्पताल हो, जहाँ बिरामी मर्न जान्छन्, तर केही बाँचेर फर्किन्छन्। ती सबैको ‘सुवर्ण’ आशीर्वाद यिनमाथि छ।श्यामसुन्दर धौभडेल
जब दुर्घटनामा नाबालक छोरा घाइते भए, नजिक कुनै अस्पताल भेटिएन। वीर अस्पताल आइपुग्दा छोरा बिते। उनले निर्णय लिए, म अस्पताल खोल्छु। अहिले यिनको अस्पतालमा एक सय रुपैयाँमा एउटा शैया पाइन्छ। बालबालिकका लागि सबै सुविधा छन्, सर्जरीबाहेक। किनभने, सबै बालबालिका उनलाई आफ्नै छोराजस्तै लाग्छन्।
२०६३ को वैशाख ११ मा पनि म दिनभर र रातभर आन्दोलनको १९ औँ दिनको लाइभ ब्लगिङ गर्दै थिएँ यही मेरो संसारका लागि। यस पटक पनि नागरिक र रिपब्लिकाका लागि भिडियो वेबकास्ट र लाइभ ब्लगिङ गर्यौँ। मूलधारको मिडियाले लाइभ ब्लगिङ र भिडियो वेबकास्ट गरेको यो पहिलो अवसर थियो। बोल्दै गरेका कुरालाई फटाफट टाइप गरी ब्लग गर्ने अनि फोटो तत्काल अपलोड गरिहाल्ने अनुभव रोमाञ्चक रह्यो। पहिलो पटक भएकोले प्राविधिक कमीकमजोरीबाट पाठ सिक्दै अर्को पटकका लागि अझ उत्साहका साथ काम गर्ने जाँगर थपियो। एक्लो प्रयासमा गरिने ब्लग र वेबकास्ट अनि मूलधारको मिडियामा स्रोत साधन सम्पन्न भएर गरिने ब्लगको अन्तर पनि प्रष्टै थाहा भयो।

लाइभ ब्लगिङ, भिडियो वेबकास्टको समूह।
अलि बिसन्चो महसूस गरिरहेकोले यसबारे विस्तृत ब्लग पछि गर्नेछु।
थप जानकारीका लागि लिङ्क। नेपालमा केही हुन सक्दैन, नेपाल असफल भयो भन्नेहरुले हेर्न, सुन्न र पढ्नै पर्ने सामाग्री।
कार्यक्रमको लाइभ वेबकास्टको रेकर्डिङ (अडियो सानो भएकोले हेडफोनमा सुन्दा उपयुक्त हुन्छ)
No related posts.









म बिदेशमा भए पनि अनलाइन हेर्न पाए, नेपाल आमाका सच्चा सपुत यी नै हुन् र यस्तै अन्य कति गुमनाम पनि होलान उहाहरुलाई सश्रद्दा हार्दिक नमस्कार|
दर. रुइतले मुखभरीको जवाफ दिए- हाम्रो तिलगंगा आँखा अस्पताल प्रजातन्त्रभन्दा सात वर्ष जेठो छ। हर्षले मेरा आँखाहरु रसाए !!!
मन परे हरियो, नपरे रातो
5
0
मित्रहरु हामी नेपालीहरूले यी नेता/पार्टीहरुका बारेमा जे-जस्ता कुराहरु गरेता पनि आखिरिमा हुने वाला भने केही देखिन्न | बिशेस गरी नेपाली कांग्रेस र एमालेको,अब नेपाली जनाताहरूले कति पनि बिस्वास गर्न सकिन्न | किनकी, बिगतका दिनहरुमा थुप्रै चोटी देश हाँकने मौका नेपाली जनताहरूले यिनिहरुलाई दिएकै हुन | जसमा पनि नेपाली कांग्रेस पार्टीलाई | खई यी पार्टी/नेताहरूले देश र जनताहरुका पिर,मार्का,इच्छा,आकांछा अदि कुराहरु बुझेका | यी (कांग्रेस र एमाले ) नेता/पार्टीहरु देश र जनता प्रति भन्दा ब्यक्तिगत स्वार्थ र पार्टी स्वार्थमा बढी लागी परेकाले आफ्नो पार्टी/सरकार टिकाउन बिदेशिहरुको मुख ताग्दै हिड्नू र नेपालका नदी नाला राता-रात बिदेशी (भारत) लाई सुम्पिनुले यिनीहरु माहा राष्ट्र घाती र धोकेबास नेता/पार्टीहरु हुन भनी सत्य साबित गरी सकेका छन नेपाली जनाताहरूले र यी सब सडयन्त्रहरु पनि बुझी सकेका छन |
मित्रहरु, गत केही हप्ता अगाडी बिबिसी नेपाली साझा सवालमा हालको जल स्रोत मन्त्रीको केही कुराहरु सुन्दा म स्वयम अति आक्रोसीत भएँ | किनकी त्यसको भनाई, देश र जनताहरुका लागी अति घातक थिए | सायद,त्यति खेर ति नेता मेरो सामू भएको भए त्यसको टाउको हराउने थियो होला|
त्यो नेताको भनाई यस्तो थियो, नेपालको नदी दक्षिण (भारत)तिर बगेर जानेनै हो त्यो नदी माथी/उभो फर्काएर लग्न सकिन्न त्यसैले भारतले त्यो नदी चलाउदैमा हामीले किन आपति जनाउने भनी भनेका थिए | मित्रहरु,के यी कुरा जाहेज हुन त ??????????? एक पटक दोहोर्याएर,गहिरिएर सोच्नुहोस त !, धेरै युग/पछिका हाम्रा भावी सन्ततीहरुका उज्जवल भविष्यलाई सम्झेर बुझेर |
मित्रहरु, म सानै हुँदा सुनेको थियो पानीलाई अमृत | यो कुरा वास्तबमा सत्य रहेछ | तर नेपाली नेताहरूले(कांग्रेस र एमाले पार्टी)यसको महत्व बुझेनन वा बुझ पचाए | मित्रहरु पानी किन र केका लागी अति महत्व छ सम्पूर्ण मानव जगतमा? बिषेस गरी नेपाली नदिनालाहरु भारतलाई किन अति आवश्यक छ भन्ने बारेमा |
बिगत केही महीना अगी सिंगापुर स्ट्रेट टाईम्सले यस्तै नदिनाला बारे एउटा लेख लेखेका थिए | जुन नदिलाई ब्रम्हापुत्र नदी भनी भारतमा चिनिन्छ | त्यो नदी नेपालको उत्तरी भाग तिब्बतबाट पूर्व हानिदै दक्षिण तिर भारतीय भूभाग हुदै बग्दछ | त्यो ( ब्रम्हापुत्र ) नदिलाई चाईना सरकारले सन २०१५/१८ भित्र सम्म ८० बिलियन अमेरिकी डलरको लागतमा चईनाको उत्तर-पूर्वी सहर संघाई पुर्याउने भएको छ | यसमा भारत सरकारले असमर्थन/बिरोध जनाई सकेका छन | किनकी, यो ब्रम्हापुत्र नदी चाईना सरकारले बाँध बाँधेमा भारतमा २५० मिलियन भन्दा बढी जनताहरु प्रभाबित हुने छन भनी सिंगापुरको स्ट्रेट टाईम्समा लेखिएको छ |
मित्रहरु,नेता/पार्टीहरु र अन्य बुद्दी जिबी वर्गहरु अब तपाईहरु आफै गहिरिएर सोचेर अनी भन्नुहोस त ! नेपालको नदिनालाहरू माथी भारतियहरूले कति हद सम्म हाली मुहाली गरिरहेका छन र नेता पार्टीहरुले विषेस गरी कांग्रेस र एमालेले किन यस्तो राष्ट्र घाती निर्णय गरिरहेका छन त ? अब हरेक नेपालीहरूले सोच्नु पर्ने बेला आएको छ मित्रहरु | आजको आधुनिक युगमा नदी नालाहरूबाट धेरै लाभ लिन सकिन्छ | यी कुराहरु त संसारका केही राष्ट्रहरूले गरेर देखाईदीई सकेका पनि छन | आजको दिन सकिएन भनी हार हामी नेपालीहरूले कदापि हार खानु हुँदैन | हार खानु भनेको, बिदेशिहरुलाई गुहार्नु हो | बिदेशिहरुलाई गुहार्नु भनेको,तिनीहरुको घुंडा ढोग्नु वा सरणमा पर्नु हो | तर म प्रश्न गर्न चहान्छु यी नोकर,चार,बिदेशी दलाली,चोर डांकाहरुलाई, हामी नेपालीहरु किन बिदेशिहरूको सरणमा पर्ने वा झुक्ने ? बिषेस गरी भारत संग | वास्तबमा, भारतियहरू नेपालीहरुको सरणमा पर्नु आर्को बिकाल्पनै छैन | केही चेतना नभएका नेता र त्यसका गुलामी भाई भरदारहरुले भन्ने गरेको सुनेको छु | नेपालीहरु भारतीय नून/मट्टी तेल बिना एक दिन पनि बाँच्न सकिन्न | तर म प्रश्न गर्न चहान्छु, हामी नेपालीहरु भारतीय नून/मट्टी तेल बिना एक दिन बाँच्न सक्दैनन भन्नेहरुलाई, भारतियहरू हाम्रो नदिनालाको पानी बिना एक मिनेट पनि बाँच्न सकिन्न यो कुरा ठोकुवा साथमा भन्न सकिन्छ | नेपालका नदी नालाबाट भारतियहरूले के-के बिकाशका कामहरु गरी रहेकाछन ति कुराहरु सम्बन्धी मित्रहरुलाई पनि धेरै थोरै ज्ञान हुन सक्छ |जस्तै गूगल अर्थ डाउन लोड गरेर हेर्नु भएमा पनि केही ज्ञान प्राप्त गर्न सकिन्छ |
मन परे हरियो, नपरे रातो
1
2
म नतमस्तक भएर हार्दिक हार्दिक श्रद्धा अर्पण गर्दछु नेपाल आमाका यी सपुतहरुलाई । युग युग बाच्नुस् अनी हामी हरेक नेपालीको मन मस्तिस्कमा तपाईंहरुकै जस्तो भावना र विचार भरी दिनुस् । तपाईंहरुकै पेरणा र प्रभावले लाखौं नेपाली छोरा-छोरी जन्मिउन र तपाईंहरूले हिंडेको बाटो हिडुन
मन परे हरियो, नपरे रातो
10
0
या महानायक हरुलाई सलाम!
डा सन्दुक यो देश अनि मानवियताको अमुल्य सम्पतीले भरिपूर्ण सन्दुक हुन्!
डा सन्दुक, महाबिर पुन, डा ओबिन्दा के सी हरु यो देश, समाज, नागरिक र मानवियताको आँखाहरु हुन्!
यी गगने (माइसंसारको गगनेचाही होइनाहै फेरी) माकुने आदिहरु तेही आखाको कसिंगर र कचारा हरु हुन्, कुनै साना कुनै ठुला मोतिबिन्दु बन्नेवालामा छन्! अप्रेसन गरि हटाउनुको विकल्प छैन!
मन परे हरियो, नपरे रातो
8
0
नागरिक अनि रिपब्लिकाको सर्हानिय कार्य, साधुवाद।
तर खै त उत्तम संजेलको चर्चा यहाँ। किन छुटाएका होलान उनलाई के उनको योगदान पनि कम छ र?
मन परे हरियो, नपरे रातो
6
1
Great work by Nagarik and Republica…keep it up!…
मन परे हरियो, नपरे रातो
3
0
म नेपाल बाट टाढा बसेर पनि लाइभ हेर्ने मौका पाउने मानिस मध्येको एक हुला। हुन त मलाइ सबै उपस्थित नायाकहरु नायक मात्र थिएनन त्यिनिहरु प्रेरणाका स्रोत पानि थिय अझ ७१ बर्षिया इन्दिरा सापकोटा का कुरा सुन्दा लाग्थ्यो नेपाल बानाउन साजिलो छ केबल नेपाली एकजुट हुनु पर्छ, नेपाली ले नै नेपालि सामान को उपयोग गरिदिनु पर्छ।
सुर्य बाहादुर हुन वा गगन थापा यि नेताहरुले हाम्रा माथिका नायक जसै गरेर देश र जनता का लागि लडनेहो भने देश प्रगति को गोरेटामा हिडाउन साल वा दशक वा पुस्ता कुर्नु पर्दैन ।
मन परे हरियो, नपरे रातो
3
0
के गर्ने यस्तै महान व्यक्तित्वहरुको जमातले देश हाक्ने भए आज हामी कहा पुगथ्यौ होला?
मन परे हरियो, नपरे रातो
4
0
४२। ४३ साल तिरको कुरो हो। चितवन पर्साको चिया पसल, महाबिर सरसँग नन्द किशोर(खैरहनी स्कूलको कृषि मजदूर)ले टि-सर्ट किन्न को लागि पैसा माग्यो। शायद सरसँग पैसा थिएन होला। सरले आफुले लगाएको टि-सर्ट खोलेर दिनु भयो, चस्मा लगाउनु भयो अनी साइकलमा चडेर स्कूल। हामी साथीहरु फ्ल्याट।।।।। लु ब्रुस ली गयो स्कूल, जाउ हामी पनि।। धेरै गर्व लाग्छ सर तपाईंको विद्यार्थी भएकोमा ..
मन परे हरियो, नपरे रातो
12
0
गोविन्द केसीको कथन मन पर्यो । सरकारीस्तरबाट सम्मान दिइनुपर्नेहरूलाई एउटा समाचार संस्थाले सम्मान गर्दा कतै यी महानायकहरूको साँच्चिकै अवमूल्यन भएको त होइन ? हुन त देश धान्नेहरूलाई जसले, जति वा जस्तोसुकै सम्मान गरे पनि कमै हुनेछ । तर सम्मान गर्ने निहुँमा गगन थापाहरूजस्ताको कटुवचन सुनाउने कामचाहिँ नहोस् । सम्मान कार्यक्रम राम्रो भएपनि अन्तर्क्रिया कार्यक्रम नराखे हुने हो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
माफ गर्नुहोला, डा. गोविन्द केसी हुनुपर्नेमा अन्यथा भएछ ।
मन परे हरियो, नपरे रातो
3
3
बरु तलको कुराहरु एक चोटि समाधानको बहशमा लगि हर्ने हो कि (?)
(क)सवैको पहिलो प्राथमिकता आफ्नो क्षेत्रलाई अनिमात्र राजनैतिक सचेतता । (हेक्का रहोश सचेतता भनेको चासो होईन ।) यसो भए नेता जागीर खाने र जागीरे राजनिति गर्ने परम्परा हटछ । हामीलाई राजनैतिक विश्लेषणमा भित्रदेखि लगाव भए सिकेलालले गर्न नसक्ने विश्लेषण गर्छु भनेर लागौ । होइन भने यो देशलाई फितलो राजनैतिक विश्लेशकको खाचो छ जस्तो लाग्दैन ।
(ख)आलोचनाभन्दा नवीन सोचको प्रोत्साहन । यसबाट वौद्धिकता प्रखरता आलोचकमा मात्र हुन्छ भन्ने मान्यतालाई झापड लाग्छ ।
(ग)मीडियाले वोल्नेलाई भन्दा गर्नेलाई हिरो वनाइदिनु पर्यो । आकर्षक व्यक्तित्व राजनैतिक गफाडिमात्र हुन भन्ने धारणा निराकरण हुन्छ ।
(घ)नतिजा उन्मूख राजनैतिक वहश ।
(ङ)नेपालीको विद्रोहि जुझारुपन स्वभावलाई सहि प्रयोग । कति टायर वालेर आन्दोलन गर्ने यार । वरु दिनको एक घन्टा गुणात्मक आफ्नो काम गरेर जन आन्दोलन गरौ न ।
अहिलेलाई जड आवश्यकता भनेको लडाकु समायोजन, मुलुकलाई संघीयता, दण्डहिनता अन्त्य, र सर्वमान्य संविधान-वश् यति हुन । यदि ढिलो चाडो यो आवश्यकताको उचीत सम्वोधन भइहालेछ रे, हेक्का राख्नुहोस साथी त्यसको भोली पल्टनै नेपाल स्वर्ग हुँदैन् । (नेताले यो देशलाइ विकशीत मुलुक त कति चोटि वनाए–वनाए । दुनियाको हरेक विकसित मुलुक गफमा उहिले भएको हो । त्यहि भएर स्वर्ग भनेको ।)
# हामीले पुग्नुपर्ने धेरै टाढा छ । गतिरोध हटाएर अघि वढनै पर्छ । तपाईलाई थाहा छ तपाईको भूमीका के हुन सक्ला ?
Note: –
1. मेरो कमेन्ट नेता गाली गरेर राजावादिलाई ‘तँ ठिक थिइस वरु’ भन्ने खालको अभिप्रायवाट ग्रस्रित छैन् । त्यो पुरानो व्यवस्थाको विषयले उहिले डाँडा काटि सक्यो । मतलव त्यो व्यवस्थाले मबाट प्रसंसा छाड्नुस गाली पनि पाउँदैन ।
2. यो कमेन्ट डिठ्ठा हरकतले मेरो सोचाईमात्र सहि हो भन्ने खालको लेखिएछ जस्तो छ । बरु गाली गर्नुहोश यार शुरुमानै माफि माग्छु । कमेन्टलाई इडिट गर्न जाँगर नै छैन । यसैमा सारा समय खर्चने हो भने मेरो परिक्षा तयारी चाहि कस्ले गरिदिन्छ । मेरो वाऊले ?
मन परे हरियो, नपरे रातो
1
0
- महान भनिएको फ्रान्सेली क्रान्ति, अन्य युरोपको क्रान्ति, रुसी क्रान्ति, दक्षिण एसिया,अफ्रिकि मुलुक देखि अमेरिकाको गृहयुद्ध चर्चा ।
यति नै होइन हाम्रो प्रायः राजनैतिक वहश ।
अव फेरि सोचौ ।
यस्ता कुराको चर्चाले तपाई हाम्रो भात पाक्छ ? विभिन्न महशूल मिनाहा हुन्छ ? वच्चाको पढाई सुल्क शुन्य हुन्छ ? महङ्गी घटछ ? …यत्रा केहि पनि हुँदैन । तर यी हाम्रा दैनिक संघर्ष हुन । जसले सिमीत वर्गलाई फरक नपारे पनि हामी सवैलाई फरक पार्छ ।
हाम्रो राजनैतिक वुझाई हामीलाई मूलतः कस्ले पढायो ? विद्धान नेताले । आखीर हामी नेताकै घुमाउरो तरिकाले गुलामी रहेछौ हगी । हामीलाई नेताहरु उचाल्छन् । थेचार्छन् । खुट्टा वोकाउँछन् । भुँडि कन्या भन्छन् । हामीचाहिँ रोवट वन्दै वसौ । त्यसो भए यो देशलाई कालीवावा त होईन कैलाश वाट महादेव आएर भाङ्ग खादै वनाऊँछ ।
# हत्तेरी समाधान छैन?
धत समाधान विनाको समस्या कतै देख्नु भएको छ ?
हामी राजनितीलाई प्राथमिकतामा नराखौ होइन भयङकर प्राथमीकतामा राखौ । तर हद क्षेत्र निर्धारण गरौ । खासमा नि साथी हामीले आफ्नो क्षेत्रबाट आफ्नै तवरले राजनिती नवुझेर नेतालाई पनि असहयोग गरि राखेका छौ ।
एउटा प्रयोग गर्नु हुन्छ ?
मानीलिऊँ वावुराम भट्टराई,गगन थापा,प्रदिप गिरी,सुवास नेम्वाङ्ग खालका केहि नेताहरुलाई यो देश चलाउँन दिऊ । तपाई हामी चाहिँ आज जस्तै सोच लिएर अघि वढौ । निश्चीत समयपछि यो देश जस्ताको त्यस्तै हुन्छ । अझ अचम्म त्यो समयमा हामी चिन्न पनि सक्दैनौ को गगन थापा र को खुमवहादुर थियो भनेर ? राजनैतिक परिवर्तन थोडा कागजमा प्रदिविम्वित हुने नक्सा हो । राजनैतिक भीजन मात्रैले केहि हुँदैन । त्यसको लागी उपयुक्क्त वातावरण चाहियो नि । आखीर जति सडकमा उत्रियो, जति शाषक फेर्यो नतिजा एउटै आऊँछ । भयो यार यो बन्द हडतालको राजनिति ।
बरु तलको कुराहरु एक चोटि समाधानको बहशमा लगि हर्ने हो कि (?)
(क)सवैको पहिलो प्राथमिकता आफ्नो क्षेत्रलाई अनिमात्र राजनैतिक सचेतता । (हेक्का रहोश सचेतता भनेको चासो होईन ।) यसो भए नेता जागीर खाने र जागीरे राजनिति गर्ने परम्परा हटछ । हामीलाई राजनैतिक विश्लेषणमा भित्रदेखि लगाव भए सिकेलालले गर्न नसक्ने विश्लेषण गर्छु भनेर लागौ । होइन भने यो देशलाई फितलो राजनैतिक विश्लेशकको खाचो छ जस्तो लाग्दैन ।
(ख)आलोचनाभन्दा नवीन सोचको प्रोत्साहन । यसबाट वौद्धिकता प्रखरता आलोचकमा मात्र हुन्छ भन्ने मान्यतालाई झापड लाग्छ ।
(ग)मीडियाले वोल्नेलाई भन्दा गर्नेलाई हिरो वनाइदिनु पर्यो । आकर्षक व्यक्तित्व राजनैतिक गफाडिमात्र हुन भन्ने धारणा निराकरण हुन्छ ।
(घ)नतिजा उन्मूख राजनैतिक वहश ।
(ङ)नेपालीको विद्रोहि जुझारुपन स्वभावलाई सहि प्रयोग । कति टायर वालेर आन्दोलन गर्ने यार । वरु दिनको एक घन्टा गुणात्मक आफ्नो काम गरेर जन आन्दोलन गरौ न ।
अहिलेलाई जड आवश्यकता भनेको लडाकु समायोजन, मुलुकलाई संघीयता, दण्डहिनता अन्त्य, र सर्वमान्य संविधान-वश् यति हुन । यदि ढिलो चाडो यो आवश्यकताको उचीत सम्वोधन भइहालेछ रे, हेक्का राख्नुहोस साथी त्यसको भोली पल्टनै नेपाल स्वर्ग हुँदैन् । (नेताले यो देशलाइ विकशीत मुलुक त कति चोटि वनाए–वनाए । दुनियाको हरेक विकसित मुलुक गफमा उहिले भएको हो । त्यहि भएर स्वर्ग भनेको ।)
# हामीले पुग्नुपर्ने धेरै टाढा छ । गतिरोध हटाएर अघि वढनै पर्छ । तपाईलाई थाहा छ तपाईको भूमीका के हुन सक्ला ?
Note: –
1. मेरो कमेन्ट नेता गाली गरेर राजावादिलाई ‘तँ ठिक थिइस वरु’ भन्ने खालको अभिप्रायवाट ग्रस्रित छैन् । त्यो पुरानो व्यवस्थाको विषयले उहिले डाँडा काटि सक्यो । मतलव त्यो व्यवस्थाले मबाट प्रसंसा छाड्नुस गाली पनि पाउँदैन ।
2. यो कमेन्ट डिठ्ठा हरकतले मेरो सोचाईमात्र सहि हो भन्ने खालको लेखिएछ जस्तो छ । बरु गाली गर्नुहोश यार शुरुमानै माफि माग्छु । कमेन्टलाई इडिट गर्न जाँगर नै छैन । यसैमा सारा समय खर्चने हो भने मेरो परिक्षा तयारी चाहि कस्ले गरिदिन्छ । मेरो वाऊले ?
मन परे हरियो, नपरे रातो
2
1
भनेपछि यो देशमा सवैभन्दा काम नगर्ने भातमारा नेताहरुमात्र देखियो । उनीहरुले राजनैतिक रुपमा वरको सिन्का परपनि सारेनन । ज्ञानेन्द्रलाई हटाएको कुरा नखोके हुन्छ । त्यो जनताले नै सडकबाट निक्र्योल गरिसकेका थियौ । खाली उसलाई ल है अलिदिन यसो सरसामान वाध्नू भनेर नारायणहिटि छाडिएको थियो । हाम्रो जनादेश यस्तै थियो । अहिले हामी देख्दै छौ कि संविधान तोकिएको मिति भित्र नबन्ने निश्चित छ । यसपालिको लोकतन्त्र दिवश हातमा लाग्यो शून्य भएर मनाइयो । शायद हामीले यस्तो कल्पना गरेका थिएनै ।
# के भनेपछि देशको समस्या नेता हो ?
होइन ।
१ लिटर भाँडोमा १० लिटर हाल्न खोज्दा हाल्नेको दोश हुन्छ । विचरा ववुरालाई कति गाली गर्नु ? के दोश दिनुर खै । दोषी हामी सवै हौ, हामी सवै भन्नाले जो नेता होइनन् । समस्याको धेरै जड हामीमा छन (हाम्रो स्थिर एकनासे राजनैतिक चासो र वुझाइ) । हामी चाहिने भन्दा वढि राजनैतिक चासो राख्छौ । जसरी राख्नु पर्ने हो फेरि त्यसरी राख्दैनौ । मलाई मेरो वाजेको स्वास्थ्यको चिन्ता हुन्छ भने ८० वर्ष पुगेको उहाँलाई नेताविशेषको दिनचर्यासँग चिन्ता हुन्छ । अब मलाई कहाँ थाहा हुन्छ ? कुन नेताले के खाँदैछ र कुन नेताले के हक्दैछ ? यी सव कुरा थाहा भएर पनि उपलव्धी के नै हुन्छ र ? वरु उहाँको स्वास्थ्य स्थिती, हाम्रो जीवनको अन्य पक्षहरु एकअर्काले थाहा पाए वकाइदा हुन्थ्यो । खैर यो हाम्रो सामाजिक जिवनको सुक्ष्म पाटो हो
भन्न खोजेको कुरालाई सविस्तारमा लान्छु ल….
नेता मंगलग्रहबाट भ्रमण गर्न आउने टुरिष्ट पक्कै होइन । हामी मध्येकै कोहि हो, जो राष्ट्रलाई नेतृत्व दिन र दिशानिर्देश गर्न सधै आवश्यक हुन्छ । यसरी नेताको अस्थित्व स्वीकारेपछि ऊ उभीएको धरातल (पार्टि र पार्टिगत सिदान्त) स्वतः स्वीकार हुन्छ । एउटा राजनैतिक निर्णयले सारा मुलुक सदियौ प्रभावित हुन्छ । अनि म कसरि राजनैतिक चासो नलिऊँ ? भनेर सोचिरहनुभएको होला । अरे ठिक छ यो कुरा त म मान्छु नि । विद्धाननै नभएर के भो, वज्र स्वठ त छुइन।
तर,
एकपल्ट हामी हाम्रो राजनैतिक चासोलाई फर्किएर हेरौ त । हामी धेरै जसोले वुझेको राजनीति भनेको
- नेताको दैनिकी चर्चा
- माक्र्स दाजुको चिन्तन या कुनै पुजीपतिले दिएको विपरित विश्लेषण
- आजसम्म ०७,०१७,०३६,०४७,०६२/०६३ सालहरुमा भएको नेपालको राजनैतिक उत्कर्श
- कहिले काहिँ पार्टिको कार्यपत्र
- महान भनिएको फ्रान्सेली क्रान्ति, अन्य युरोपको क्रान्ति, रुसी क्रान्ति, दक्षिण एसिया,अफ्रिकि मुलुक देखि अमेरिकाको गृहयुद्ध चर्चा ।
यति नै होइन हाम्रो प्रायः राजनैतिक वहश ।
अव फेरि सोचौ ।
यस्ता कुराको चर्चाले तपाई हाम्रो भात पाक्छ ? विभिन्न महशूल मिनाहा हुन्छ ? वच्चाको पढाई सुल्क शुन्य हुन्छ ? महङ्गी घटछ ? …यत्रा केहि पनि हुँदैन । तर यी हाम्रा दैनिक संघर्ष हुन । जसले सिमीत वर्गलाई फरक नपारे पनि हामी सवैलाई फरक पार्छ ।
हाम्रो राजनैतिक वुझाई हामीलाई मूलतः कस्ले पढायो ? विद्धान नेताले । आखीर हामी नेताकै घुमाउरो तरिकाले गुलामी रहेछौ हगी । हामीलाई नेताहरु उचाल्छन् । थेचार्छन् । खुट्टा वोकाउँछन् । भुँडि कन्या भन्छन् । हामीचाहिँ रोवट वन्दै वसौ । त्यसो भए यो देशलाई कालीवावा त होईन कैलाश वाट महादेव आएर भाङ्ग खादै वनाऊँछ ।
मन परे हरियो, नपरे रातो
2
0
लोकतन्त्र दिवश । हेरियो सवै मुख्य आखवारका पानाहरु । १९ दिने जनआन्दोलन मुख्यतया सवैले सम्झिएको हुनुपर्छ । तपाईको जस्तै मेरोपनि व्यक्तिगत जीवनमा यो महान दिनले राजनैतिक दृष्टिकोणमा आमूल परिवर्तन ल्याएको थियो । सो दिन हामी सवै आन्दोलित भएका थियौ । त्यो माहोल नै अर्कै थियो । मुलुकले आजपनि खाशै परिवर्तन हासील गर्न नसकको स्थिती छ । मुलुक ठुलो मुठभेटमा नजाला भन्न सकिन्न । हुनतः म राजनैतिक प्राणी कदापी होइन । तैपनि आज केहि लेख्न मनलाग्यो । आँ कति भुमीका वाँध्नु, आउनुहोस मुल विषयमा प्रवेश गरुँ । तैपनि एउटा जानकारी:- भरसक नेताले प्रयोग गर्ने शव्दहरुलाई यहाँ प्रवेश नगरियोस भनेर कफ्यू लगाएको छु ।
विद्रोहि हुनलाई वन्दुकनै समात्नपर्छ भन्ने नै कहाँ छ र ?
सवैभन्दा पहिले आजको दिन ४ वर्षमा (कम्ति नसम्झनूस है चा+र व+र्ष) कसले के गर्यो ? मेञ्जो यसो लेखाजोखा गरौं न ।
१. किसानले करङ्ग वन्धकि राखेर भएपनि अन्नपात उव्जाएकै हो ।
२. विधार्थी कहिले शिक्षक मसो दल्दै त कहिले टायर वाल्दै भएपनि ‘भ्रम फ्याक्ट्रिमा’ पढिदिएकै हो ।
३. आदरणीय शिक्षकहरु ‘भ्रम फ्याक्ट्रिमा’ चक घोट्न गएकै हुन ।
४. डाक्टरसावहरुले आन्दोलनमा आपतकालीन सेवा रोक्दै भएपनि विरामी जाँचेकै हुन ।
५. पत्रकारहरुले धेरै रिसर्च गर्नु अल्छि गर्दै भएपनि समाचार सम्प्रेषण गरेकै हुन ।
६. राज्यमा भएको २ सेनाहरु पिटि खेल्दै त बाटो खन्दै कसरत गरेकै हुन ।
७. पुलिसले पनि डन्ठा हल्लाउँदै नुनको सोझो गरेकै हो ।
८. खाडि+विकशित मुलुक विदेशीएका नेपालीहरुले निरन्तर रेमिटेन्स र राष्ट्रप्रेम धकेलेकै हो ।
९. कलाकार तथा खेलाडिहरु अपवाद छोडेर आफ्नो क्षेत्रको ‘क/ख’ पढेकै हुन ।
१०. खासै महत्वाकाङक्षा नभएका कार्यकर्ताहरु भङगेरा उफ्राइ उफ्रेकै हुन ।
११. पुँजीपति कम्युनिष्टले सम्पति जफत गर्लान कि भन्दै भएपनि सानोतिनी लगानी गरेकै हो
१२. शरोकारवालाले कन्ना फर्काए वावजुतपनि राजनैतिक विश्लेशकहरुले विश्लेषण गरेकै हुन ।
१३. समाजसेवीले दाताहरुलाई हात फैलाएर भएपनि विकाशे कार्यक्रम गरेकै हो ।
मन परे हरियो, नपरे रातो
2
0
doctor सन्दुक , संसारमा नै प्रसिदा छन्. ऊनको बारेमा cnn,bbc,times साथै संसारका धरै मेडियाले interview र article लेखेका छन् .ऊनको eye operation ko प्रविधि संसारमा us,uk,africa ra asia देशको doctor हरु training लिन आउछन . ऊनले US Navy का doctors लै पनि training देयाका छन्. तेती मात्र नभएर ऊनी ले ३० वर्ष देखि संसारका धरै देश मा eye hospital हरु लै कसरि सफल तरिका ले चलाउने भनेर management training पनि दिन्चन. Till Ganga Eye Hospital asia कै औता नमुना हो. एसको श्रेय सबै dr. Ruit लै ज़न्छा. मलाई लाग्दैन गगन थापा को interview लिन cnn,bbc औछा. नत कसरि नेतागिरी गर्ने भनेर US,UK का नेता गगनसग training नै लिन आऊ छन्. Dr. Ruit को सामाजिक योगदान लोकतन्त्र हुदा नहुदा सधै रही रह्यो. तेसैले ऊनले Tilganga प्रजातन्त्र भन्दा ७ वर्ष जेठो हो भनेका हुन. जुन यथार्थ पनि हो. गगनले Dr. Ruit सग मुख लाग्न सुहौदैना.Dr. सन्दुक is a legend. He is my hero.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
0
गगन थापा जी तपाइले Dr रूइत लाई जे प्रतिप्रस्न गर्नु भयो नि , त्यो तपाइको औकात भन्दा बाहिर को हो! के तपाई हरु ले आफै लाई मात्र लोकतन्त्र को हिमायती सम्झनु हुन्छ ? तपाई हरु त देश द्रोही ,लुटेरा हरु हो , केवल जनता को पसिना चुसी रहनु भएको छ ,तपाइले हरु ले आफु हरु लाई मात्र लोकतन्त्र आएको आभाष गरिरहनु भएको छ , के पायो तपाई हरु जस्तो लुटेरा हरु बाट देश ले!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
1
Thank you so much for the Nagarik, Republica & Mysansar for giving this opportunity to know the real hero of the Nation. There is nothing to say to the political Leaders because politic is a game and these leaders are player for it. But these real Hero are not on that game. But these are the most respectable personality on Nation then any other. Another side
The bad thing is Players didn’t obey the good rule for to win but they use the worst and selfish technique therefor the game became dirty so people hate them. And even some player want to play fair game but they can’t because entire game is corrupted so they have to learn how to play for to win the game with such kind of competitive. It is not bad to be use same kind of technique to win the battle but once you won the game then please build the system for the fair game.
then new player also become respectable and the this game also respectable.
Once again thanks to the these known and unknown real Hero from the bottom of my heart.
मन परे हरियो, नपरे रातो
4
0
Very good news. they are really the heroes of Nepal and contributing Nepal by heart
मन परे हरियो, नपरे रातो
5
1
सादर धन्यबाद ती महान ब्यक्तित्वहरुलाई! र यो पोष्टका लागि माईसंसारलाई पनि धेरै-धेरै धन्यबाद!
मन परे हरियो, नपरे रातो
8
0
शब्द छैन म संग .यो पढदा त एती खुशी लाग्यो.गगन ले आब थाहा पाउन पर्छ गफ ले मात्र देश चल्दैन साथी .तिम्रो पनि धेरै कुरा बाहिर निस्कन बाकी छ गफाडी …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
0
this is most positive news i ever read …. wow wow wow …
मन परे हरियो, नपरे रातो
12
0
आदरणीय सम्माननीय पुज्यनीय देशभक्तहरु सम्मानित भएको खबरले मन हर्षित भएको छ सबै देशभक्तहरुमा मेरो हृदय देखिको अभिबादन
माथिको कार्यक्रममा उलेख नभए पनि मैले थाहा पाए सम्म धुलिखेल अस्पतालका डा. रामकण्ठ माकाजु ज्यु पनि आदर सम्मान गर्न योग्य व्यक्ति हुनुहुन्छ उहामा पनि मेरो हृदय देखिको अभिबादन
मन परे हरियो, नपरे रातो
12
1
द्रोण पौडेल
नेपाल मा महानपुरुष हरु पनी छन जसले नि: स्वार्थरुपले देश सेबा गर्छन तर देश का राजनैतिक महापुरुष प्रजातंत्र र लोकतंत्र को नारा लियर कमाई खाने भाड़ो भयको छ अहिले देश को अबस्था हेरौ कसरी हुन्छ मंत्री प्रधानमंत्री हुने सम्पति कमाउने भास्त्चार गर्ने महँगो गाड़ी चढने कुर्सी को फोरी खेल भई रहेको छ प्रजातंत्र पछि का दिन हरु हेर्दा नेपाल मा प्रगति भन्दा दुर्गति धेरै भयो नेपाल मा प्रजातंत्र लोकतंत्र गणतंत्र त आयो तर सिमित राजनेता लाई मात्र आयो
केही बर्ष अघि नेपाल मलेशिया लगायत केही देश हरु अबिकसित थिय तर आज नेपाल को अबस्था झंन बिग्रदो छ तर अरु देश नेपाल भन्दा सयौ गुना बिकसित भई सके हामी नेपाली हरु लाई आज पनी गास बास र कपास महँगी असुरक्षया को समस्या बिध्यामान छ
नागरिक न्यूज़ ले यी महापुरुष हरु को परिचय गरेको मा धन्यवाद यी महा पुरुष जस्ता नेपाल का नेता भय का भय नेपाल आज यो अबस्था हुनेथियाना होला यी महा पुरुष हरु लाई सम्मान गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
5
0
Congratulation those great person!! Nepali aamaka santan haru lai…..
मन परे हरियो, नपरे रातो
2
0
यिनै महान आत्माहरुको आस भरोसामा हाम्रो धुकधुकी नेपाल नेपाल भनि चली रहेछ/ उहाँहरुलाई धन्यबाद दिन म सिट सब्द छैन/ श्रद्धा गर्छु भनि किन भन्नु पर्यो उहाहरु हुन् नै श्रेद्धेय/ उहाँहरुकै जस्तो बिचार हाम्रो नेता भनाउँदाको भएको भए आज नेपाल बिस्वो को सपनाको देश बन्ने थियो/
नेपाल हाम्रो देश भएर मैले राम्रो भनेको होयिन/ नेपाल साँच्चैनै बिस्वोमा सुन्दर मुलुकहरुमा गनिन्छ/ हो पनि/ यस्तो सुन्दर भएरनै त् टोनी हेगन नेपाली बने/ बिदेसिहरु पटक पटक नेपालमा आएर प्रकृतिको मुहार हेरेर मुग्ध भएर जान्छन/
नेपाल हाम्रो सानो छ तर बिस्वोको दोश्रो ठुलो अपार जलश्रोत यहीं छ/ कोशी गण्डकी टनकपुर बा महाकाली मध्य एउटा मात्रै नदीमा मात्रै हाम्रो पूर्ण अधिकार भएको आयोजना भई दिएको भए तेस्को प्रतिफलले आज सम्ममा अनेकौं अरु ठुला नदीहरुमा तेस्तै आयोजनाहरु बनि सक्थ्यो/ तर कपुत् हरुले हाम्रै नदीमा आएको बाढीमा नेपाली डुबेर मर्नु पर्ने बनाए/ हाम्रै नदि बात निकालेको बती किन्नु पर्ने बनाएर हामीलाई टुकी युगमा पुर्याए/
माथि उल्लेखित महान आत्माहरु मद्ध्य बात कसैलाई जनताले प्रधान मन्त्रि उप प्रधान मन्त्रि विदेश मन्त्रि बनाउन सकिंदैन? सकिन्छ भने लौन यो यो कहिले नपाउने के के तन्त्र मा किन उल्झिरहने? जनताले फालेका हरु गठबन्धन गरेर प्रधान मन्त्रि बन्न सक्छ भने जनताले पनि गठबन्धन गरेर येस्ता महान आत्माहरुलाई देस चलाउन दिन किन नहुने?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
दुख न मान्नुस मदनजी
राम्रो काम गरेर गएकालाई इतिहास ले पनि सम्मान गर्छ ,बर्तमान मै पनि उहा हरुले इज्जत पाउनु हुन्छ | खराब काम गर्ने हरु लाइ इतिहास ले पनि सराप्छ | दुर्भाग्य त् अब यहा सहिद कुन जात को , कबि कुन जात को ,बिभुती कुन जात को हेरिन थालियो | एसको कुनै कारण होला ,जे भएपनि असल चित्त का र परोपकार गर्न चाहनेलाई कसैले रोक्न सक्दैन ,उनीहरु ले किर्ति को लोभमा परेर गरेका हैनन् |
देश भक्ति , दया माया ले ओत प्रोत भएर गरेका हुन्छन |
सुगौली सन्धि देखि नै नेपाल लुटिएको छ , टनक पुर्,सुस्ता र महाकाली त् देखेर लुटिएको न देखि लुटिएको त् कति कति ? होचा कि जोइ ,सबै कि भाउजु !!
नेपाल हाम्रो घनिष्ट मित्र भन्दै भित्र भित्र छुरी चलाउने लाइ के भन्नु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
मदन बज्राचार्य, जे मा पनि तपाइको त्यो नदि नाला, देशप्रेम अनि के के हो के के ठिक हुन्न हौ|कुरो एउटाको छ तपाई आफ्नै राग लिएर अलाप गरि रहनु हुन्छ|अब त यो मेरो संसारमा तपाइको तिप्पदी पदना पनि पर्दैन, तपैले के लेखेको छ भन्ने कुरो छर्लंग हुन्छ|बिषय बस्तुमा बसेर कुरो गर्नुसना हौ, कति तय नदि अनि पानि अनि हावा को कुरो लिएर बस्नु हुन्छ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
13
निक जी , तपाई देश द्रोही हो कि क्या हो
मन परे हरियो, नपरे रातो
7
4
निक जी
तपाई र म मा धेरैनै अन्तर छ/ म तपाईं जस्तो बन्न पनि सक्दिन लेख्न पनि सक्दिन/ किन कि तपाईंले आफै भन्नु हुन्छ तपाईं ज्ञाने बादी हुनु हुन्छ भनेर/ म ज्ञाने बादी होयिन/ यो भनेर मैले तपाईं को ज्ञानेलाई कुनै गालि गरेको होयिन/ मेरो बिचारमा राजतन्त्र असामयिक भएको ले म राजा बादी फेरी बन्न सक्दिन/ नभए उहिलेको राजाहरुको महान देनको म पनि कदर गर्छु/ तापनि समय अब लोकतन्त्रको हो राजतन्त्रको होयिन/ रास्ट्र र रास्त्रियेताको बाहेक कुनै पनि मोल चुकाएर नेपाल र नेपालीले लोकतन्त्र पाउनु पर्छ भन्ने धारणा राख्दछु/
तपाईं को प्रतिक्रियाहरुमा तपाईंले बारम्बार भारत ठुलो देश हो/ नेपाल सानो र कम्जोर छ/ नेपालले भारत बाटै नुन तेल किनी खानु पर्छ भन्नु हुँदै भारतको बिरोध गर्नु हुन्न भन्दै मैले भारतको नियेतको आलोचना गरेकोमा धेरै चोटी प्रतिबादको हद भन्दा मुनि गएर मलाई लेख्नु भएको थियो/ तापनि मैले तपाईंको प्रतिक्रिया हरु मात्र पढें तर जवाफ फर्काएँन/ मलाई कुनै पनि राजाबादी ज्ञाने बादी भारत परस्थारू सिट निरर्थक गन्थन गर्नु छैन/
तेस्तै तपाईंले बुद्ध भारतमा जन्मेको भनि भारतले भनेकोमा धेरै साथीहरुले प्रतिबद गरेकोमा बुद्ध नेपालमा जन्मेको भनि दावी गर्नु दरिद्र मानाशिकता भएको भन्नु भएको थियो/ ती कुराहरु अझै मई संसारको पुरानो पेजहरुमा जो कोहिले पढ्न सक्छ/
तपाईंको यी बिचाहर हरु सिट मेरो विचार कहिले पनि मिलन सक्दैन/ तपाईंले मलाई केहि उल्लेख गर्नु पनि उपयुक्त नभएको कुरा इन्टेन्स दिबेत मार्फत मलाई इमेल पनि गर्नु भएको थियो/ तत्पस्चाद मैले तपाईं लाई स्पस्ट लेखेको थिएँ कि म तपाईं सिट अल्झिन चाहन्न/
तपाईं मेरो प्रतिक्रिया पढ़नुष नापढ़नुष तपाईंको अधिकारको कुराहो/ तपाईं ले भन्नु नै भएको थियो कि तपाईं मेरो र अरु कुनै साथीहरुको प्रतिक्र्य्यामा रातो चिन्ह लगाएर बस्नु हुन्छ भनेर/ लगाउनुस त्यो पनि तपाईंको अधिकारको कुरा हो/
तापनि मैले तपाईंको यो प्रतिक्रियाको जवाफ दिन बाध्य नै भएँ/ तपाईं ले मलाई प्रतिक्रिया नलेख्नु भनि उर्दी दिनु भयो/ यो कुरा भन्ने तपाईंको अधिकार छैन/ तेसैले जवाफमा म मात्र यति भन्छु कि आफ्नो अधिकार भित्र बस्नुस/ तपाईंको निर्देशन हुकुम म मान्दिन/ तपाईं त् के तपयिंको ग्यानेलेनै भने पनि मान्दिन/तपाईंलाई नुन तेल दिएर देसको रास्त्रिये सम्पदा लुटेर तपाईंको घरको दाल मिठो पकाउन मदत गर्ने मनमोहनले भने पनि मान्दिन/
मन परे हरियो, नपरे रातो
6
3
आजको नेपाली समाजले मेरो मन यति विक्रित गराइसके छ की यस्तो राम्रो समाचार्मापनी एउटा नकारात्मक शँका गर्न पुगेछ। त्यो के भने नागरिक र myrepublica एउटा यस्तो समुह हो जसले माओवादी र यस सँग सम्बन्धित धारलाई सधैँ खेदो खनेर प्रस्तुत गर्छ। यिनीहरुको समाचार पर्दा यस्तो लाग्छ की यो देशको एउटा मात्र समस्या भनेको एकिक्रित माओवादी पार्टी हो र येन-केन-प्रकारेन यसलाई मास्न सक्यो भने देश उँभो लागिहल्छ। कत्तिन ५२ सालअघी नेपाल singapore या switzerland नै थियो र यिनीहरुले देशलाई यो अवस्थामा ल्याए जस्तोगरी अतिरन्जित तरिकाले प्रस्तुत हुन्छन्।
मलाई के लागेको हो भने यो राम्रो काम गरेको कारणले कहिँ जनताले यस media को सोर्हैआना गलत बिश्लेशण पत्याउने हुन्की भनेर।
तर यसो पक्कै हैन, यिनीहरुले गरेको यो काम साह्रैनै राम्रै हो तथापी यिनीहरुको पित्-पत्रकारिता भने निन्दनियनै रहिरहने छ, हामी जनतामा यति बिबेक त पक्कै पनि छ।
मन परे हरियो, नपरे रातो
4
9
सफल र सफलता को राम्रो परिभाषा एउटा जिउदो मान्छे को लागि!, जय महानायक
मन परे हरियो, नपरे रातो
2
0
गगने, तेरो अरु नेताहरु जस्तै मुख मात्रै चल्छ, हात र दिमाग चल्दैन | तेरो यहाँ बोलेको बाट तेरो हैसियत केहो भन्ने थाहा हुन्छ | तैले आफ्नो आम्दानी को कति प्रतिषत कहाँ दिने भनेर बोलेको पुरा गरिस?
बिबेकहिन कुहिएका सबै राजनीतिमा लाग्छन र देश को भलो कहिले हुने | आजकाल राजनीति भनेको यस्तो ब्यबसाय बनेको छ जसमा सुन्य लगानी बाट करोडौ फाइदा गर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
हाम्रो देशमा हिरो कम जिरो धेर भो . मैले सन्दुक रुइत संग नजिकै बाट काम गर्ने मौका पायको थिय . यिनी साचै हेरो हुन् . देश त गिरिजा माकुने लिकुने केपी सुजाता शेरे गगने प्रचंडे जस्ता बाहिर बाट हेर्दा टन्न तर भित्र खोक्रा नेता जबर्जस्ति हिरो बनेका छन् .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
0
अब एउटा अन्तिम लडाई लड्नु पर्छ , यो पुरानो भ्रस्टचारी हरु को निर्लज्ज राज को अन्त र गरिब जनताको राज को उदय हुनु पर्छ र नेपाल लाई झिलिमिली र बाटो-घाटो को जालो बन्नु पर्छ
मन परे हरियो, नपरे रातो
4
0
मिडियाको हाइलाइटले प्रायोजित हिरो बनाइयका गगन थापाहरु र यो समाजका बास्तविक हिरोहरुबिच केहि त भिन्नता हुने नै भयो । सन्दुक रुइत अनि महाबिर पुनहरु हाम्रा वास्तविक नायक हुन जो निस्वार्थ भावले सेवा गरिरहेका छन । अर्का हिरो गगन अनि सुर्यबहादुरहरुलाइ ‘लोकतन्त्र’ को रट लगाउनु सिवाय के आयो र ? इतिहासले देखायको छ । हिरो बन्नै छ भने- संविधान बनाउँछु भनेर लियको पारिश्रमिक र भत्ता फिर्ता गर र जनतासँग माफि माग सार्वजनिक रुपमा ।
कम्तिमा हप्ताको एकदिन ‘स्पिच’ नदियर जनताहरुमाथि कृपा गर !
हे महान वाकपटुकारहरु बर्तमानमा त भ्रमको खेति गरौला तर इतिहासले धिक्कारिसकेको छ तिमिहरुलाइ । तिम्रा हजारौ तुकहिन प्रश्नका मुखभरिको जवाफ सन्दुक रुइतहरु दिइरहनेछन ।
ति सन्दुकका अगाडि तिम्रो हैसियत पुरानो बन्दुकको भन्दा बढि छैन ।
गगन तिमिसँग प्रश्न अझै होलान, एउटाको उत्तर आम मान्छेबाट नै लेउ-
प्रश्न: सन्दुक, महाबिर र गगनहरुमा के फरक छ ?
उत्तर: सन्दुक र महाबिरहरु NGO को प्रायोजनमा कोपनहेगन घुम्न जान्नन । काम नगरि देश डुबाउनेहरुको भिडमा उनिहरु त काम गरेर समेत चर्चा र पैसा लिन्नन ।
बास्तविक नायकहरुप्रति श्रद्वा र प्रायोजित नायकहरुप्रति खेद छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
3
स्याटेलाइट, त्यो तपाहिको प्रश्न को सोझो र सरल उत्तर यस्तो होलाकी!
प्रश्न: सन्दुक, महाबिर र गगनहरुमा के फरक छ ?
उत्तर: डा सन्दुक र महाबिर पुन हरु यो देश, समाजका र नागरिक का आँखा हरु हुन्! गगनहरु तेही आखाका कसिंगर र कचारा हरु हुन्! भलाई गगन हाललाई सानो तर उभ्रदो कचारा हुन्!
मन परे हरियो, नपरे रातो
8
0
मैले भर्खर सबै विदेओ हेरे, गगन थापा को अझ नि अहम देखेर मलाई नेपाल को भविसवय अझै खतरा मा देखे…….सन्दुक रूहित ले अम्रो जवाब दिए….अझ दिन खोज्नु भएको पनि थियो अनि वहाँ झास्केएको जस्तो लग्यो….मा त बाँदर ल मुख फकौन्दै छु …..न आफ्नो घर banauncha न अरु को हेर्न सक्छ …..भनेर कन्ट्रोल गर्नु भो….
मन परे हरियो, नपरे रातो
14
2
नेपालमा थोरै प्रतिसत मात्र भयपनी एस्त निस्वार्थ व्यक्तिहरु भएकोले नै यो देश चलिरहेकोछा यो कुरालाई प्रकाशमा ल्याइदिएको मा धेरै धन्यवाद लेखकलाई .
मन परे हरियो, नपरे रातो
5
0
I salute DR.ARUN BUDHA.I saw(heard) his interview in “Disanirdesh”
with Vijay kumar pandey.hats of to you DR.
मन परे हरियो, नपरे रातो
5
0
ओहो बल्ल आज धेरैमा खुसीको खबर सुन्न पाइयो यी समाज सेवी हातहरुमा भगवानको माया र साथ रही रहोस , गरिबका दुखिरहेका घाउहरुमा सधैं मलम लगाई रहन सकुन ,लाग्छ साक्षात भगवान यिनै महान व्यक्ति हुन् ,
मन परे हरियो, नपरे रातो
6
0
१० वोटा वा १५ वोटा मत एस्त हेरो हरु छन् भन्न मिल्दिना धेरै जना नेपाली को छोरा मा एस्तो प्रतिभा cha .आज गगन थापा ले light मा आउने मौका येही हो भनेर चुरी फुरी लाउन खोजेको थियो होला मान्छे को फेला मात्र न परे को हो आज पर्यो …..खै एनी हरु संग कुर्सि छैन ,पावर छैन नेता हरु जस्तो , तेइ पनि ६०१ नेता बराबर एनी हरु एक्लै काफी छन् तर पनि खै कैले लामो भासन दिंदैनन ,लाज मर्दो हुन्छ भना बाबुराम पछि अका होलान……लाज मन एक नेता भानौन्दा हरु बन्द चकाजाम को आदेस दिने हरु काइते हरु
मन परे हरियो, नपरे रातो
5
0
सबै हिरो हरु लै मेरो अन्तरात्मा बाट सलाम ! उनि हरु सच्चाई कै औसी का रातमा पनि प्रकाश छर्ने चंदर्मा हुन् ! सबै आसल कम गर्ने उहा हरु लै हृदय बताई सलाम !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
डा रुइतको जवाफ कस्तो आँखामा “लेजर सर्जरी” गर्या जस्तो ठाऊमै !
चुनाब जित्या नेता एउतै छैन खूंखार प्रजातंत्रबादी गगन थापा जीको मंडलीले निर्माण गरेको मत्रिमंडलमा, अनि डा. रुइतलाइ किन चित बुझोस – यो प्रजातंत्र शब्दको नौटंकी ?
नेपालमा प्रजातंत्र भन्या भात खाने जागीर हो !
मन परे हरियो, नपरे रातो
11
1
हामीले लोकत्रन्त्र भन्दा धेरै पहिले देखि डाक्टर सन्दुक रुइत भन्ने नाम सुन्दै आएका थियौ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
0
यी महान पुरुष हरुलाइ. धेरै धेरै धन्यबाद तपाईहरुको कामबाटमा धेरै प्रभितछु
”ये युभा नेताहरुहो उठान आबत”
बोकको झर्ला र खाउला भन्नि एउता खुट्टा मसान घाटमा अर्को खुट्टा कुर्चीमा लानी बुडो हरुले देश ढुबैसक्यो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
i feel so glad and wish to thank you to all who is guiding the society like this
every body should feel own responsibility to get success of us. We have to give at least one hour in whole day for nations.
Now it’s time
its needed in this time
really very nice to see this and hearty thank you for social persons.
मन परे हरियो, नपरे रातो
9
0
तर रुइतले मुखभरीको जवाफ दिए- हाम्रो तिलगंगा आँखा अस्पताल प्रजातन्त्रभन्दा सात वर्ष जेठो छ।”
धेरै राम्रो जवाब…
राम्रो काम गर्न लोकतन्त्र चाहिदैन
राम्रो बिचार र आत हुनु पर्छ
लोकतन्त्र त नेता हरु को मागी खाने भाडा भएको छ
नेता लै पो आएको छ लोकतन्त्र, हामी नागरिक लै खै त लोकतन्त्र ?
लोकतन्त्रले तेही गगन थापा जन्मायो अरु के पो छ ..!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
1
नि : स्वार्थरुपले सामाजिक हितमा लागि परेका यी असल व्यक्तिहरुलाई सम्मान दिएर
समाजका नागरिकहरुलाई प्रेणाना दिने सर्हानिय कार्य गरेको छ ” नागरिक न्युज ” र
” रिपब्लिका ” ले .
राज्यको चौथो अङ्ग मिडिया बर्ग को यस्तो सकारात्मक कार्य आगामी दिनमा पनि
पढ्न पाइयोस , शुभ कामना .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
1
Salute to those heros. Very cool message that was unveiled.
मन परे हरियो, नपरे रातो
12
0
Heartly thanks for positive news.No words,very touchy n inspiring.
Thats what is a real Nepali culture,HELPING ATTITUDE.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
The best part on reading the story was ,other time suryabadhur ,and other politicians used to give the speech ,and other have to listen , Now the HEROS have given the speech and crap leaders are liesting to them, as been gagn talks about LOKTANTRA ,and DEMOCRACY ,is that where he means people have to suffer ,and die, on the name of ddemocracy ,these HEROES are real democrats,and great leaders who has inspire some more people to do better ,and to do something for the country rather than the corrupt minded leaders , we need more those HEROES rather than crap leaders again Salute for the HEROS THE REAL HEROES ……
मन परे हरियो, नपरे रातो
7
0
राम्रो कामको प्रसंशा garada अरुलाई पनि राम्रो हुने उत्प्रेरणा जfग्छ , नेपालमा धेरी राम्रा मfनिsaश्हरु छन् . नेपाल biगारेको त शासकहरुले हुन् . शाह, राना, शाह र अहिलेका सिखारू राजाहरुले नै यो देश बिगारेको र जनतालाई दुख दियका हुन् .
मन परे हरियो, नपरे रातो
4
3
v.good news when the cloud of pessimism is on the sky of nepal: keep it up brave hearts n hope it will be the source of inspiration for all of us who want see the nepal on the top of the world in every aspect
मन परे हरियो, नपरे रातो
4
0
आहा पत्रकारिताले पनि सहि दिसा समातेर प्रस्तुत हुनु बिल्कुलै साहसी सुरुवात ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
नेपाल आमाका सच्चा सपुत यी नै हुन् र यस्तै अन्यकति गुमनाम पनि होलान उहाहरुलाई सश्रद्दा हार्दिक नमस्कार| यिनीहरुको पबित्र समाजसेवाको उद्देस्यमा कहिल्यै कसैका खराब आँखा नपरुन , कहिँ कतैबाट घुनपुत्ली नलागोस यहि कामना | आफ्नो गच्छे अनुसारको समाजसेवा म आफु स्वयम ले पनि गर्न सकु यहि प्रार्थना भगवान संग | भनाइ नै छ नि ” भजन गर्ने ओठ भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छन “| कसरि ठुलो हुने भन्दा कसरि असल बन्ने सोचले काम गरौ|
मन परे हरियो, नपरे रातो
11
0
“युवा नेता गगन थापाले राजनीतिकरण भएर देश बिग्रियो भन्ने भावना डा. सन्दूक रुइतले व्यक्त गरेपछि लोकतन्त्र बिना सन्दुक रुइत जन्मिन सक्थ्यो भन्ने प्रश्न गरे अन्तक्रियामा। तर रुइतले मुखभरीको जवाफ दिए- हाम्रो तिलगंगा आँखा अस्पताल प्रजातन्त्रभन्दा सात वर्ष जेठो छ।”
धेरै राम्रो जवाब…
राम्रो काम गर्न लोकतन्त्र चाहिदैन
राम्रो बिचार र आत हुनु पर्छ
लोकतन्त्र त नेता हरु को मागी खाने भाडा भएको छ
नेता लै पो आएको छ लोकतन्त्र, हामी नागरिक लै खै त लोकतन्त्र ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
107
3
गगन थापा जस्ता युवा नेताहरु पनि अब कुहिएको नेताहरुको संगतले बिग्रिदै गएको देख्दा दुख्ख लगेर आउछा, तैपनि मा भन्छु जय नेपाल .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
2
मीडिया ले सकारात्मक काम लाइ प्रकाश ल्याउनु पर्छ ता कि समाजमा सहि परिपाटी बसोस. धन्य हुन् यी मानबसेवीहरु जसले आशाको दियो जलाए.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
0
सहि कुरा गर्नु भयो, यो सबै मेडिया हरुले पनि नेता हरुले गरेको कुनै पनि क्रियाकलाप लाइ वास्ता नगरिदिए कस्तो हुन्थ्यो होला !
मन परे हरियो, नपरे रातो
9
0
ओहो ! गर्बले छाती चौडीयो यार !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
0
Very Interesting! Wish them best for their unprecedented job!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
Excellent. यो समाचार पढदा मेरो मन हर्षले गदगद भयो. कोटी कोटी दण्डवत नमस्कार छ यी महान पुरुष हरुलाइ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
0
धेरै राम्रो कुरा गर्नु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद , येसबाता थोरैले भए पनि केहि पाठ सिक्ने मौका पाउनेछ I
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
0