अहिले समाचारहरु हेर्ने हो भने खाली उत्तेजना फैलाउने खालका समाचार मात्रै छन्। घरी सेना परिचालन गर्ने भनिन्छ, घरी क्यान्टोन्मेन्टमा रहेका लडाकूलाई पनि सतर्क अवस्था राखियो रे भन्ने समाचार आउँछ। घरी विस्फोटक पदार्थ बोकेर काठमाडौँ आउन लागेका माओवादी गिरफ्तार भए भन्ने खबर आउँछ। एक किसिमको आतंक फैलाएको छ नेताका अभिव्यक्ति, त्यसको समाचारले।
यस्तो बेलामा ‘हिंसा अन्त्य अभियान’ नामको एक समूहका अगुवाहरुले आज माओवादी नेता बाबुराम भट्टराईलाई भेटेर आन्दोलन हिंसात्मक नबनाउन बिन्तीभाउ गरे। हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भने- जो मरे पनि नेपाली कै सन्तान मर्ने हो, हत्या हिंसा गरेर कसैलाई केही फाइदा हुँदैन।
फूलको आँखामा फूलै संसारकी गायिका आनी छोइङ डोल्माले हिंसाले कसैलाई पनि भलो गर्दैन भन्दै हिंसात्मक गतिविधि आँफैलाई घातक हुने भएकोले शान्तिपूर्ण तवरबाट राजनीतिक निकास खोज्न आग्रह गर्दागर्दै भावुक भएर आँसु बगेर गला अवरुद्ध भएपछि बोल्नै सकिनन् रे। उनीपछि नायक राजेश हमालले देशलाई उन्नत दिशामा अग्रसर गराउनको लागि दलहरुबीच सहमति र सम्झौता आवश्यक भएकोले जतिसक्दो चाँडो सहमति गरी राजनीतिक निकास दिन आग्रह गरे।
अर्का हास्य कलाकार हरिवंश आचार्यले बाबुराम भट्टराईलाई तपाईँ बस्ने ठाउँको नामै शान्तिनगर भएकोले आन्दोलन पनि शान्तिपूर्ण नै हुनुपर्ने भन्दै व्यङ्ग्य गरे। उनका जोडी मदनकृष्ण श्रेष्ठले मह जोडी बनेको आजै ३१ वर्ष पुगेको भन्दै आफूहरुबीचमा कति कुरामा असहमति भए पनि अहिलेसम्म मिलेर सम्झौता गरेरै सहमति गरेर एकतावद्ध भइ काम गरिरहेको सुनाए। अनि भने हामी जस्तै तपाईँहरु पनि मिलेर काम गर्नुपर्यो।
उनीहरुलाई जवाफ दिँदै माओवादीका उपाध्यक्ष डा. भट्टराईले मे १ को जनप्रदर्शन शान्तिपूर्ण हुने र आफ्ना कार्यकर्ताहरुबाट कुनै त्यस्तो हिंसात्मक गतिविध हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
अन्य संसदवादी दलहरुले आफूहरुलाई कमजोर ठानेको र गरिब जनताहरुको आवाजलाई बेवास्ता गरेकोले देशमा बहुसंख्यक तिनीहरु नै छन् भनी देखाउन उक्त दिन “शक्ति प्रदर्शन” गर्न लागेको उनले बताए।
शनिबारको मे दिवस भन्दा अगाडि नै राजतनीतिक सहमति हुनसक्ने र त्यसो भएमा त्यसपछि सबै कार्यक्रमहरु फिर्ता हुने पनि बताउँदै उनले सकभर मे १ पछि आमहड्ताल गर्न नपर्ने अवस्था आउने तर्फ संकेत गरे।
माओवादीले बहुदलीय प्रतिष्पर्धालाई २०६० सालमा रोल्पामा भएको बैठकबाटै आत्मसात गरिसकेकोले यसमा शंका नगर्न पनि उनले आग्रह गरे। संविधान लोकतान्त्रिक नै बन्ने र हल्ला भए जस्तो साम्यवादी संविधान नबन्ने आश्वासन उनले दिए।
No related posts.









यो माकुने सरकार सकछाम, unsuccess भयो / देसलाई यो इस्थिती मा लैजाने पनि येही सरकार हो /
अहिले देसमा आन्दोलनको खाचो छ / पुराना पार्टी र नेतालाई हटाई यौग्य नया पुस्त लाई देस चलाउने अधिकार दिनु पर्छ/ सबैले यो आन्दोलनमा साथ दिएर नया नेपाल निर्माणमा सहयोग पुर्याई हाम्रा सन्तानको भविस्य बनाउनु पर्छ /
माओबादीले school फी बढाएको कारण ले बिरोध गरि बंध गरेको ठिक हो/
जसले जे गरे पनि हुने , जति बढाए पनि हुने / जहिले जनता मार् मा पर्ने /
जय देस
मन परे हरियो, नपरे रातो
0
0
सबै लाई थाहा छ , माकुने को सरकारले आफ्नो कुर्सिको मात्र माया राख्यो / देस को इस्थीति एस्तो नाजुक पार्यो/ देस को पास्स्पोर्ट इंडियालाई बेच्ने लागेको थियो / यो नेपाल ए मा ले , कांग्रेस र राजाको मात्र खेलौना होइन / इनीहरु ले मात्र देस चलाउने भाग बंडा लगाउने ..? २ , २ ठाउँ बाट हारे पनि मन्त्रि , प्रधानमन्त्रि बन्ने ..! अब यो देसमा क्रान्तिको खाचो छ / र यो देस पुराना नेताले होइन , नया पुस्ताले हाक्नु पर्छ/ पुराना नेताहरुलाई ब्रिदा अस्रममा पठाउनु पर्छ र धर्म कर्म तिर लगाउनु पर्छ / तेसैले सबै जनताले एस आन्दोलनलाई साथ दिएर सफल पर्नु पर्छ / र सकछाम र योग्य नेतालाई देस चलाउन अधिकार दिनु पर्छ / जय देस
मन परे हरियो, नपरे रातो
0
0
सबै लाई थाहा छ , माकुने को सरकारले आफ्नो कुर्सिको मात्र माया राख्यो / देस को इस्थीति एस्तो नाजुक पार्यो/ देस को पास्स्पोर्ट इंडियालाई बेच्ने लागेको थियो / यो नेपाल ए मा ले , कांग्रेस र राजाको मात्र खेलौना होइन / इनीहरु ले मात्र देस चलाउने भाग बंडा लगाउने ..? २ , २ ठाउँ बाट हारे पनि मन्त्रि , प्रधानमन्त्रि बन्ने ..! अब यो देसमा क्रान्तिको खाचो छ / र यो देस पुराना नेताले होइन , नया पुस्ताले हाक्नु पर्छ/ पुराना नेताहरुलाई ब्रिदा अस्रममा पठाउनु पर्छ र धर्म कर्म तिर लगाउनु पर्छ / तेसैले सबै जनताले एस आन्दोलनलाई साथ दिएर सफल पर्नु पर्छ / र सकछाम र योग्य नेतालाई देस चलाउन अधिकार दिनु पर्छ / जय देस
मन परे हरियो, नपरे रातो
0
0
विदेश मा बस्ने देश को चिन्ता नेपाल मा बस्ने लाइ विदेश जाने चिन्ता यस्तै हो नेपाल!! नया आन्दोलन सुरु हुने भयो घर बस्ने टिवी हेर्ने आन्दोलन को live हेर्ने
मन परे हरियो, नपरे रातो
6
0
आन्दोलन हिंशात्मक हुनु नहुने हैन , अब आन्दोलन नै हुनु हुन्न/
यी बेकारका आन्दोलन ले सास्ती पाउने त जनता नै हुन्/ येदी आन्दोलन हुनेनै भयो भने चाही आन्दोलनकारी र सरकारका टाउके सबै नेताहरुको एउतै चिहान होस्, ठुला टाउके नेताहरुको बिनास होस् तर सर्बसाधारण जनता सकुसल होउन/
मन परे हरियो, नपरे रातो
5
0
मलाई लाग्छा नेपालमा गिर युठ हुने संम्भावना छ. सबै मा जनचेतना हुनु जरुरि छ. नत्र भने नेपाली को छोरा छोरि ले दुख पौने छ.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली पुलिश र सैनिक हरु हो, सकेसम्म गोलि चलाउनु नपरोस / यदि चलाउनु परे, सबै भन्दा पहिले प्रचण्ड अनि अरु बाकी नेताहरुलाई गोलि हान्नु / यो एउटा साधारण नेपालीको निवेदन हो, अब अति नै भयो / तिनीहरुलाई मरेको पाप, म लिनेछु /
मन परे हरियो, नपरे रातो
7
3
सबै नेताहरुलाई पिट्नु पर्ने
मन परे हरियो, नपरे रातो
8
2
आन्दोलन होइन मलाई अन्न देउ
सदयंत्र होइन मलाई सम्भिदन देउ
धम्कि होइन मलाई धप्धपैदेउ
सहिद होइन मलाई संस्कार देउ
आन्दोलन होइन मलाई अन्न देउ
सदयंत्र होइन मलाई सम्भिदन देउ
बन्दुक होइन मलाई विचार देउ
सदयंत्र होइन मलाई सहमति देउ
मन परे हरियो, नपरे रातो
14
2
जसका कुरा सुन्यो उसैका कुरा मिठा लाग्छन के भनौ र खै ?
मन परे हरियो, नपरे रातो
7
2
मुर्ख मनुस्से, मान्छे को सिकार नगरी देश बनाउन सक्दैनौ ?
मन परे हरियो, नपरे रातो
12
3
हे भगवान नेपाल र नेपाली को रछया गर\पर्भु रछया गर/
यी नेता भनाउदा हरु लाइ सद्बुदी देउ/ यी सत्तामा बस्सने हरु/ देसको लागि त आब छोडी देउ तिओ सत्ता/ भोलि तिमीलाई तिम्रेई सन्तानले धेक्कारने छन्/ तिओबेला कुन मुख देकौचौ आफ्ना सन्तानलाइ/
मन परे हरियो, नपरे रातो
8
2
हैन यो माओबादी को के राम्रो छ र साथी हरु हो यो माओबादी र अल कायदा मा केहि फरक छैन दुबैले कार्य कर्ताको ब्रेन वाश गर्छन अनि युद्दमा पठाउँ छन एउटा धर्मको नाम मा र अर्को दर्शन को नाम मा मर्ने बिचरा निर्दोस व्यक्ति त्यसकारण अब हुने भनेको कथित् जान बिद्रोह मा यी सबै ब्रेन वाश गर्ने टाउके हरु मरून म यहि कामना गर्दै पशुपति नाथ संग प्राथना गर्दछु. जय होस्.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
8
जनतामा त्रास गराउन सत्ता पक्ष र प्रति पक्ष दुबैले खाली उत्तेजना फैलाउने समाचार प्रसारण गरेका छन् ! यस्ता समाचारले गर्दा नै देशमा अशान्ति बढ्दै जान्छ ! नेता त एशि रुममा बसेर निर्देश दिने हुन् यो गर उ गर भनेर मर्ने त जनता नै हुन् नेता हुन् र ???
मन परे हरियो, नपरे रातो
6
4
हुन् त हो जो मरेनी नेपाली नै हो आखिर के गर्नु नेताका नाममा कलंक हरुले यो देश खत्तम बनाउन लागि सके तिनीहरु को कुर्सि मोह लाइ हत्यौन्को लागि पनि माओबादीले आन्दोलन गर्न पर्छ.माकुने को सेखी झार्न नै पर्छ..
मन परे हरियो, नपरे रातो
5
7
माओबादी पनि मुर्ख अरु नेता हरु पनि मुर्ख , जनता को लागि कसैले गर्दैनन् , हे भगवान नेपाल र नेपाली लाई रक्षा गर , इंडिया को कालो नजर हटोस् नेपाल माथि . शान्ति शान्ति शान्ति
मन परे हरियो, नपरे रातो
12
2
जनयुद्द आवस्यक छ ………………..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
34
एकीकृत नेकपा माओवादीद्वारा ‘तेस्रो जनआन्दोलन’को उद्घोषणसँगै मुलुक द्वन्द्वको निणर्ायक चरणतिर उन्मुख भएको छ । भिडन्त, अराजकता र उथलपुथलले अनिष्ट निम्त्याउने आशंका सघन हुँदैछ । माओवादीले ‘अन्तिम युद्ध’ भन्दै गरिरहेको तयारी र सरकार तथा सत्तारुढ पक्षले त्यसलाई निष्फल पार्न खोजिरहेको उपाय हेर्दा मुलुक मुठभेडको दलदलमा फँस्न लागेजस्तो देखिन्छ । सम्भावित अनिष्ट टर्ने कुनै सम्भावना पनि देखिन्न, किनभने द्वन्द्वरत दुवै पक्षले आफ्ना अडानहरूबाट पछाडि हट्ने वस्तुगत अवस्था नै बनेको छैन । बरु एकले अर्कामाथि ‘पि्रभेल’ गर्नैपर्ने अवस्था आइसकेको छ । विशेषगरी संविधानसभाको निर्वाचनपछि उत्पन्न तिक्तता र सत्ता-संघर्षको ‘शीत’रूपले विस्फोटनको अनिवार्य अवस्थाबाट गुज्रनुपर्ने भएकैले अब मुलुक निणर्ायक मोडतिर लागेको देखिन्छ । जोखिमहरूका बीचमा पनि सम्भावना छ । मुलुकलाई अन्त्यहीन गञ्जागोलबाट उम्काउन ‘अन्तिम युद्ध’मात्रै विकल्प बाँकी रहेकाले पनि हुनसक्छ, वैशाख १८ को तयारी ।
वैशाख १८ संविधानसभा निर्वाचनपछि चर्केको ‘शीतयुद्ध’को मात्रै नभई १२ बुँदे समझदारीपछि रचित परिघटनाको स्वाभाविक उपज पनि हो । बितेका पाँच वर्षको अवधि दुई विरोधी मत, नियत र गन्तव्यको अस्वाभाविक समन्वयको अर्थहीन प्रयासमा बितेको सत्य हो । इतिहासको एउटा विशिष्ट बाध्यताका कारण एक ठाउँमा आएका तत्कालीन सात दल र माओवादीबीच स्वार्थ संघर्षको उत्कर्षका रूपमा पनि अबको अवस्थालाई बुझ्न सकिन्छ । माओवादीको एकाधिकारपूर्ण सत्ताको चाहना र सत्तारुढ दलहरूको आत्मरक्षाको चिन्ताले गुजुल्टिँदै गएको समस्याको निरूपण संवाद र सहकार्यबाट हुन नसक्ने लक्षण पनि हो, वैशाख १८ ।
को कति पछि हट्ने वा को कति अगाडि जाने अहिलेको मूल प्रश्न होइन । १२ बुँदे समझदारीदेखि अहिलेसम्म तत्कालीन सात दल आफ्ना परम्परागत मूल्य र मान्यताहरूलाई छोडेर संविधानसभा, लोकतान्त्रिक गणतन्त्र र राज्य पुनःसंरचनासम्म आइपुगे । माओवादीका सबै मुद्दाहरूलाई अँगाल्न उनीहरू बाध्य हुनु समयको माग त थियो नै, प्रजातान्त्रिक सोच र चरित्रमा निहित लचकताको प्रतिफल
पनि । ती दलहरूसँग अब त्याग्नुपर्ने कुनै कुरा बाँकी छैन, बरु मर्नुपरे पनि छोड्न नहुने धेरै कुरा छन् । नेपाली कांग्रेस, नेकपा एमाले र अरू दलहरूले लोकतन्त्रका आधारभूत मान्यताहरूको बलिदान गर्न सक्दैनन्, हिंसाजनित राजनीतिका अगाडि घुँडा टेक्न सक्दैनन् र देशलाई अधिनायकवादी मनसुवाको हवाला गर्न सक्दैनन् । ती दलले वैधानिक बाटाहरू छाडेर धम्की, त्रास र दबाबका हत्कण्डाका भरमा सत्तारोहण गर्ने आन्दोलनहरूलाई वैधानिकतासम्म पुर्याउने गल्ती पनि गर्दैनन् ।
माओवादी जनवादी गणतन्त्रको अभीष्टबाट पछाडि हटेर लोकतान्त्रिक गणतन्त्रमा झरेको होइन रहेछ । न उसले एउटा सभ्य राजनीतिक दलमा रूपान्तरित हुन चाहेको रहेछ । अरू सबैले घुँडा टेक्नुपर्छ, आफूचाहिँ तिनका घोडा चढ्नुपर्छ भन्ने आग्रहका साथ माओवादी यहाँसम्म आइपुगेको रहेछ भन्ने सत्य अब सजिलै बुझ्न सकिने भएको छ । बहुदलीय लोकतन्त्रप्रतिको उसको प्रतिबद्धता खोक्रो रहेछ र बहुलवादको निजी अर्थ बोकेर ऊ हिंसालाई सत्तासँग जोड्ने खतरनाक संस्कृतिको पक्षपाती रहेछ भन्ने कुरा लुकाउनै नसकिने भइसकेको छ । वास्तवमा १२ बँुदेको भावनाअनुसार माओवादी बदलिएकै छैन । उसको अड्डी, जडता र धुर्त राजनीतिकै परिणाम अहिलेको गञ्जागोल हो । संविधान लेखन र शान्ति प्रक्रियालाई ‘ट्याक्टिकल’ तरिकाले उपयोग गर्दै सत्ता अँठ्याउने उसका तमाम प्रयास असफल भएपछि भने उसले ‘तेस्रो जनआन्दोलन’को उद्घोष गरेको छ ।
सत्तारुढ पक्ष र माओवादीबीच दिगो सहमति हुनसक्ने कुनै ठाउँ देखिन्न । माओवादीलाई चाहिएको कुरा दिने हो भने लोकतन्त्र नै रहँदैन । लचकताको जति सुगारटाइ गरे पनि माओवादी अधिनायकत्वको स्वप्नमोहबाट ग्रस्त छ । नयाँ संविधान लेख्ने, शान्ति प्रक्रिया टुंग्याउने र अर्को चुनावबाट सत्तामा पुगेर देशको कायाकल्प गर्ने कुरामा न उसलाई इच्छा छ, नत विश्वास । माओवादी जसरी भए पनि सत्ता चाहन्छ र अनेक तिकडम गरेर त्यसलाई हडप्न चाहन्छ । तर जनमत उसको त्यो चाहनाका अगाडि नतमस्तक हुन सक्दैन, किनभने जमाना लोकतन्त्रको पक्षमा छ ।
संविधानसभा निर्वाचनकै परिणामलाई आधार मान्ने हो भने पनि दुई तिहाइ नेपाली जनता माओवादीका विरोधी छन् । यसबीच माओवादीले जनमतको त्यो अवस्थितिमा फरक पार्ने कुनै चमत्कार पनि गरेको छैन । बरु आफ्नै जनाधार भत्काउने काम गरेको
छ । जेठ १४ भित्र संविधान लेख्न नसकिने वातावरण बनाउने को हो ? शान्ति प्रक्रियालाई बेवारिसे बनाइराख्ने को हो ? सत्ता-सत्ता भनेर बुरुक-बुरुक उपि|mरहने को हो ? जनताले सबैभन्दा धेरै पत्याएको पार्टीले के लछारपाटो लायो त ? जनताले माओवादीबाट यस्ता धेरै प्रश्नको उत्तर चाहेका छन् । अरूको टाउकोमा दोष थुपारेर आफू चोखो भइन्छ भन्ने भ्रम उसमा छ । जनताको सुपरीवेक्षण र त्यसबाट निर्मित जनमतको ख्यालै नगरी कार्यकर्ताहरूको बलमा गर्न लागिएको आन्दोलनलाई ‘जनआन्दोलन’को उपमा दिएर
माओवादीले शतप्रतिशत असफल हुने प्रयोग गर्न खोजेको छ ।
जनताको व्यापक सहभागिताविना जनआन्दोलन हुनै सक्दैन । माओवादीले अबको आन्दोलनमा प्रशिक्षण दिइएका र चन्दाले भरणपोषण गरिने ‘जनता’को प्रयोग गर्दैछ । काठमाडौंमा बीसौं लाख जनता बस्छन् भन्ने बिर्सेर उसले अर्बौं खर्च गरी जिल्ला-जिल्लाका कार्यकर्ता राजधानी भित्र्याउँदैछ । सहर केन्दि्रत आन्दोलनमा सहरका जनता उत्रिँदैनन् भने त्यो कसरी जनआन्दोलन हुनसक्छ ?
माओवादीले महिनौंसम्म काठमाडौंमात्रै होइन, सिंगो मुलुकलाई नै अस्तव्यस्त बनाउन सक्छ । उसले चाह्यो भने केही समयका लागि सिंहदरबार नै पनि कब्जा गर्न सक्ला । तर उसले मुलुकलाई अहिलेको दुर्दशाबाट त्राण दिने सामथ्र्य राख्दैन । ठूला दलका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने हैसियत पनि ऊसँग छैन, किनभने उसको अर्जुनदृष्टि एकाधिकारपूर्ण सत्तामा मात्रै केन्दि्रत छ । सकारात्मक, सिर्जनात्मक सोच र व्यवहारसहित लोकतन्त्रप्रति सच्चा प्रतिबद्धताका साथ माओवादीले भूमिका गरेको भए सारा संसारले उसबाट बिच्किनुपर्ने थिएन । धम्की, जबर्जस्ती र हिंसाको आडमा क्रियाशील शक्तिले विपक्षीहरूबाट माया, सम्मान र विश्वासको आशा कसरी गर्न सक्छ ? वितण्डा मच्चाएर सत्तामा पुग्ने तरिकाको उत्तर स्वाभाविक रूपमा त्यस्तो वितण्डालाई विफल पार्ने नै हुन्छ । अहिले राज्य, सत्तारुढ दल र ती दलका युवा संगठनले गरिरहेको तयारीलाई त्यही अर्थमा बुझ्न सकिन्न र ?
अब धेरै दिन पिलो गुम्साइरहनु राष्ट्रको सुदूर भविष्यका लागि पनि घातक हुनेछ । त्यसैले जुनसुकै मूल्य चुकाएर भए पनि मुलुकले यो गञ्जागोलबाट मुक्ति पाउनुपर्छ । संविधानसभाको निर्वाचनले कसैलाई जिताउन नसक्दा अनिर्णयको बन्दी बनेको देशमा बहुमत जुटाएर सत्तामा पुग्ने मान्यतालाई अस्वीकार गरिएपछि भौतिक द्वन्द्वबाहेक अरू उपाय बाँकी रहँदैन । सबै शान्तिपूर्ण उपायहरू काम नलाग्ने भइसकेका छन् । यस्तो अवस्थामा वैशाख १८ बाट सुरु हुने माओवादी आन्दोलनलाई स्वाभाविक उत्कर्षमा पुग्न दिनुबाहेक अरू विकल्प रहेन । यदि माओवादी वितण्डावादी राजनीति छोडेर लोकतन्त्रप्रति इमानदार हुन्छ भनेमात्र संवादको अर्थ हुन्छ । उसलाई किन सरकारको नेतृत्व चाहिएको हो र त्यो पाएपछि उसले के चमत्कार गर्न सक्छ भन्ने सार्वजनिक प्रस्टीकरण नदिएसम्म सत्तामा माओवादी आरोहण संवादको विषय पनि हुन सक्दैन ।
सडकबाट सरकार हुत्याउने भनेको के हो भन्ने कुरा पनि माओवादीले प्रस्ट पार्नुपर्छ । माधवकुमार नेपालले राजिनामा दिएपछि सिंहदरबारको त्यो कुर्सीसम्म प्रचण्ड कसरी पुग्ने हुन् ? संसदको बाटो भएर जाने हुन् कि आन्दोलनकारीले भत्काएको पर्खाल नाघेर पस्ने हुन् ? संसदको बाटो भएर जाने हुन् भने उनलाई चाहिने ३०१ मत कहाँबाट ल्याउने हुन् ? होइन, पर्खाल भत्काएर पस्ने हुन् भने राज्यले गर्ने प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिलाई कसरी नियन्त्रण गर्ने हुन् ? यी प्रश्नको उत्तर नदिएर माओवादी आन्दोलन सुरु गरियो भने मुलुकले भयावह अवस्थाको सामना गर्नुपर्ने निश्चित छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
7
!!!!!
भता भुङ्ग देश को, लाठा लुङ्ग चाला !
जस जस ले लुत्ला, उस उस ले खाला !
पार्टी को नेता हरु र बादर हरु, तेसकारण लुट मार् काट अनि आफु पनि मर्, तेस पछि मात्र नया नेपाल को सृजना हुन्छ ! तिमि हरु पार्टी बाला मात्र नेपाल को जनता हैनौ है, धेरै रिस न उठाउ जनता लाइ नत्र तोड फोड गर्ने तिमि हरु असीचित बादर हरु, कलेज मा पढाइ भन्दा राजनीति गुण्डा गर्दी गर्ने तिमि हरु सबै लाइ सच्चा नेपालि जनता हरु ले गाउ गाउ बाट टोल टोल बाट अनि सहर सहर बाट भक्कुरेर कहिले न फर्किने गरि डाडा कटाउने दिन पनि आउनेछ.
मन परे हरियो, नपरे रातो
0
0
नेपालीले नेपालीलाई नै शोषण दमन अन्याय अत्याचार गरि राख्या छन् त को संग लड्ने मदन कृष्ण दाइ अनि लडाई भन्ने बित्तिकै मानिस मरी हाल्छननि ! नेपालि होस् या गैर नेपालि ! ! या तपाइँ , मेरो या कसैको सन्तान परिबार किन नहोस !!!
मन परे हरियो, नपरे रातो
2
8
होइने यो माओबादीले के गर्ने खोजेका, गरिब जनता ठग्ने काम गर्दै के गर्ने खोजेको?
गरिब लै झन् गरिब बनाउदै अनि तिनलाई ब्रैन्वाशेद गरि काठमाडौँ मा घर काम दिन्चहू भन्दै बिचार हरु लै के भन्ने……खत्तम बनाउने भए यी नरपिचास ले हाम्रो देश राम्रो गर्लान भनेर चुनाब मा जितयियो तर यी पनि उही रहिचन यिनलाई खाल्डो मा पुर्नु पर्चे अब…अनि अरु पार्टी का नेता लै लिने मा राखेर………..सवे ओउर देश मात्री भुमि नेपाल……………………….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
4
There are a lot of examples in the world which solved the crisis of a nation, the very best example is Ruwanda. Go there and you will find peaceful environment there at this time. Everyone is aggresively involved in the developement of the nation. Every leader is away of the pajero car, entertainment, and other things that will raise the expenditure of nation.
Why do not we accept this type of concept from them. See, they were also involved in the communal clash, murder, attacks at each other but now they live as a whole family. Now it is the high time to do the same at least for the nation, for the next generation, for the freedom of ourselves, and for the whole peace in this region.
I expect the responsible side will think at this time and do the better work to make a good nation and prove them as a good politician. Otherwise, every politician should be hanged in public place and this is the demand of a public, every citizen of this nation.
Lets hope for the best.
मन परे हरियो, नपरे रातो
4
1
अब सहमति र सम्झौता गर्ने चाहि होइन नि। अव निर्णायक लडाइ लड्ने हो। त्यो जे पनि हुनसक्छ अवस्था हेरेर। फ्रान्स को क्रान्तिमा मान्छे मरेका थिएनन कि अमेरिकि स्वतन्त्रता संग्राममा मान्छे मरेका थियनन कि। हो सकेसम्म शान्तिपुर्णरुमा आन्दोलन हुनु राम्रो हो। तर आन्दोलन एउटा निश्चत उदेश्यको लागि हुन्छ जो त्यो उदेश्यको बिचमा आउछ त्यसलाइ त छोडने कुरो हुदैन अनि त्यसपछि के हुन्छ उहि बिचमा आउने ले जानोस।
जय क्रान्ति
जय विद्रोह
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
24
बहिरोहरु लै एस्तो कुरा सुनाउनु अन्धोharu लै अकस को तर देखाउनु जस्तै हो.ज गरेर हुन्छ सबैलाई कमाउनु छ. क गर्ने nepal को durbhagya
मन परे हरियो, नपरे रातो
7
0
यदि आन्दोलन हिंसात्मक भयो भने माकुने लगायत धेरै दल का नेता हरुले बलिदान बेहुर्नु पर्ने हुन्छ | येस्मा मावोबादी नेताहरु पनि पर्न सक्छन र आर्मी अफिसरहरु पनि हुन सक्छन |
कृपया सबै मिलेर देशलाई बचाउन पर्यो |
मन परे हरियो, नपरे रातो
7
1
स्वर्गीय गनेश्मानले नेपाली जनताहरू भेडा हुन भनेको त्यसै होइन रहेछ .हामी नेपाली जनताहरू किन ती दुष्ट नेताहरुको पछि लाग्छौ ?तिनका वंद,हट्ताल र जुलुसमा किन सहभागी हुन्छौ ?अनि पत्रकारहरू पनि हात धोएर तिनै फटाहा नेताहरु बोलेको,हिदेको,खोकेको मात्रै किन लेख्छ्न ?के नेपालमा राम्रा काम गर्नेहरु पनि छैनन र ?किन लेखिदैन तिनका बारेमा ?यी दुष्ट,संवेदनहीन,शोषक,रक्त पिपासु नेताहरुको बारेमा धेरै कलम नचलाउदा राम्रो होला.र हामी जनताहरू पनि तिनका फोस्रा भुकाइमा नफस्दा हाम्रै कल्याण होला.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
नेपाल लाइ 2 वटा रोग ले सताको थीयो राजा भन्ने क्यान्सर र काँग्रेस र एमाले भन्ने छय्रोग ले अब झन् यो माओबादी भन्ने एड्स पनी लाग्यो. गयो देश खेर गयो छैन यसको कुनै ओखती
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
नेपाली जनता लाई एउटा दिगो सान्ति,सैछिक,सामाजिक आर्थिक विकास ज्यान धन को सुरख्छा विचार र अबिब्यक्ति को स्वतन्त्रता चाहियको छ त्यो व्यवस्था गर्ने कर्तब्य हरेक देसको सरकारको हुन्छा र हाम्रो देसको सरकार पनि तेस प्रति सजग रहोस र प्रतिपछा पनि सदन बाट बहस र छलफल बाट दबाब दिनु पर्यो ताकी सडक आन्दोलन सार्बजनिक सम्पति को हिनाबिना गर्ने ,दिउसै खुलेआम खुकुरी पराहर गरेर गुन्डागर्दी गर्ने र तेस्तालाई बचौना को लागि आन्दोलन गर्ने कस्तो परम्परा भयो यो देसको?? बुद्दिमानी नेपाली हरु मा अलिकति सहनशीलता किन नभयको ????
मलाई र हामी हरेक बिदेसमा बस्ने नेपाली हरुलाई आफ्नो देस छाडेर अर्काको देसमा आफ्नो परिवार छाडेर अर्काको परिबारमा बस्न मन छैन..हामी नेपाली हरु बिदेसमा बसेर रमाइलो गरेजस्तो देखिय पनि हरेक पल नेपाल लाई मुटुमा लियर हिडेका हुन्छु .पिर गर्छु चिन्ता गर्छु अबत राम्रो होलाकी देसमा भन्छु तर कहिले पनि खुसीको र राम्रो समचार पदना र देख्न पौदैनौ…देसमा फर्कन चाहेर पनि पिंजडा मा बसेको सुगा जस्तो भयर बसेका छौ…नेपाल क हरेक राजनीतिक पार्टीहरु लै मा सम्पूर्ण नेपाली हरुको तर्फ बाट यो निबेदन गर्छु कि हामीलाई पनि तेही देसमा फर्कने बाताबरण बनिदेउ राम्रो काम गरेर धेखौ सदै जनता ले साथ दिनेछन हत्या हिंशा मात्र नगर सदै जनता ले घिर्न्हा गर्नेछन,
अमुल परिबर्तन हरेक नेपाली ले चाहेको छ तर हत्या र हिंशा बाट होइन विचार र बिबेक को आदान प्रदान बाट होस् ,राजनीति बाट होस् द्वन्द बाट नहोस ,अब द्वन्द गर्ने हामीलाई चाहना छैन जति गर्ने गरिसकेउ अब दिगो सान्ति को आशा छ हामीलाई ,,जनता ले गर्ने आशा हो नेता ले गर्ने काम हो तो हामीलाई चाहियको छ अनि मात्र इतिहासको काल अन्तरल सम्म नेतालाई छातीमा राख्ने छौ हामीले……………हामीलाई हाम्रो देसको अतिनै माया छ यो देशलाई बचौना सबै नेपाली को साथ चाहिन्छा त्यो हामी गर्ने छौ तर अन्तरिक राजनीति सरकार को तानातानी नगरिकन जनता को
विश्वास जित नेता हो …..मिलेर सरकार banauda kasko k bigranchha र किन pranchanda hunna, babu ram हुन्छा??? ,किन madap नेपाल hunna jhalanath khanal हुन्छा ??? किन ser bahadur hunna ramchandra paudel हुन्छा????? jo bane पनि जनता को pradhan mantri किन huna sakdaina??? jo sukai aau तर जनता को मन jitne aau? bahudaliya परम्परा manya hunna bhane किन sambidan lekhnu पर्यो ??? kanun ले chhut nadiyako काम आन्दोलन क bharma chhut dinchha bhane किन kanun chahiyo? जनता को mandate को mulyankan hudaina bhane किन arabau rupiya kharchha गरेर chunab garnu पर्यो? bhayako sarkari gadi jalayar dhosta banaunu छ bhane किन sarkari gadi chahiyo? tamam sabal हरु chhan नेपाली जनता samachha uttar dine सरकार khoi ???? jaha je bhayako छ तो नेपाल र नेपाली को hit को लागि bhayako छैन teskaran अब हामीलाई आन्दोलन bhanda पनि दिगो सान्ति चाहियको छ तो milaune dharma नेता को हो yedai sakdainau bhane अब नेपाली jantale साथ dine छैन विचार gara………………
मन परे हरियो, नपरे रातो
1
0
हो, मर्न नेपाली कै सन्तान मर्छ, तर यो देशमा नेता धेरै भएकोछ , नेतानै मरोस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
The nation is in need of a leader who puts nothing before the nation. We see hope in Dr. Baburam but is he ready to step up as nations leader and not vice of a party he is linked to. If Dr.Baburam would muster a little courage he has the potential to lead the country towards prosperity. Knowing is not enough doing is all that matters. I think most of us would not have any problem with Dr.Baburam if he can make his own decision and refuse to become a puppet. I wish well for Dr.Baburam, let us hope he can be remembered as BABU of Nepal as M.gandhi is remembered as bapu in India. I suggest we start writing open letter to babu and hope for the best.
मन परे हरियो, नपरे रातो
2
2
वार या पार होस् तर हिंशा बिना होस् . सबै जिम्मेबार पक्ष जिम्मेबार बनिदियुन .
नेपाल र नेपालि जनतालाई कत्तिको माया गर्छन नेताहरुले यो परिक्ष्या को घडी हो —-
हेरौ कसले डिप्लोम्याटिक नीति अपनाएर जनताको भलाइ को लागि पहल गर्न सक्ष्याम हुन्छा – -
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
18
लुनाजी,
नमस्कार ! वार कि पार हुनु भनेको आन्दोलनबादी र आन्दोलन बिरोधि मध्य एक शक्ति निमिटान्न हुनु हो \ के यो सम्भब छ ? मात्र सरकार बनाउन यो आन्दोलन कि आज सम्म आन्दोलन ,क्रान्ति सफल भए पछी गर्न नसकेका आमुल परिबर्तन शोषित पिडित गरिब अन्याय श्रमजीबीको साचो रुपमा हित र परिबर्तन बिरोधि जनतामारा देशमारा कहिले पनि आजको जस्तो हालीमुहाली बन्ने आधार सधैको लागि समाप्त पार्न ? यदि यसो हो भने के हिजो देखि आज सम्म देश र जनता मारेर,चुसेर सधै शक्तिशाली र बैभबशालि बनेका सामन्ती,नब सामन्ती राजा,भाइ भार दार,प्रशाशक,कर्मचारी,नेता,ओकिल,न्यायाधिश, लगायत सबै खाले जनविरोधी शक्ति पाखा लगाइन्छ त ? यदि यो सत्य हो भने ज्ञानेन्द्र,सुर्य बहादुर,कमल थापा,पशुपति समशेर,प्रकाश चन्द्र लोहनी,रामचन्द्र,शेर बहादुर , विजय गच्छेदार,केपी ओली,झलनाथ,माधब नेपाल,बामदेब गौतम,कटुवाल,गुरुङ लगायत सबै यथास्थितिबादीलाइ कहिले पनि माथि नउठ्ने गरि समाप्त गरिन्छ त ? सम्पूर्ण शोषक वर्गका हनुमानहरुलाई समाप्त गरि शोषित बर्गको राज्य स्थापाना गरिन्छ त ? देश र राजनीतिलाई बिदेशी प्रभाब र चलखेल बाट पीडामुक्त गरिन्छ त ? वार कि पार हुनु भनेको यस्तो स्थिति बन्नु हो के यो सम्भब छ त ? के सरकार पाउने बित्तिकै पानीको फोका झैँ माओबादी आन्दोलन बिलाउने हो ! अनि फेरी कुनै दिन फेरी अन्तिम बिद्रोहको घोषणा गर्ने होला हैन ? त्यति बेला सम्म आजका धेरै माओबादी नेता कार्यकर्ता नब सामन्ती र बैभवशालि व्यक्तिमा परिबर्तन भैसकेका हुनेछन \अनि सतिले सरापेको देश भनेर जनतालाई चित्त बुझाउने बाटो मात्र बिकल्प बाकि रहने त होइन ? गरे पछी हड्डी छुने गरि गरौ न यार ! अनि पो मजा हुन्छ ! ! लौ जा …..आ………यस्तो पो संघर्ष कि कसो साथि हो ?
मन परे हरियो, नपरे रातो
3
10
म पनि लुना जी लाइ समर्थन गर्छु, वार या पार त यसपाली हुनै पर्छ तर हिँसा बिना हुनुपर्छ | माओवादी पक्षले भन्दा राज्य पक्ष र अरु दक्षिण्पन्थि प्रतिगामी शक्तिले हिँसा फैलाउन घुसपैठ गर्ने सम्भावना हुने भएकोले माओवादीले सचेत हुनु पर्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
16
दिन प्रतिदिन बड्दो छ अराजक्ताको भुमरी, दाजु भाईमा पनि किन यस्तो काटामारी ? आखिर हामी मान्छे हौ सबै बराबरि, किन बनाउन खोज्दैछौ हामी जात जातिको छुटै नगरि ? किन मेटाउन खोज्दैछौ हामी आफ्नै चिनारी ? आखिर किन जलाई रहेछौ हामी आफ्नै घर बारी ? के जन्मेको हामी नेपाली बन्नलाई मात्र आन्दोलनकारी ?
मन परे हरियो, नपरे रातो
8
1
यो आन्दोलनमा जे पनि हुन सक्ने सम्भावना देखिन्छ…..// तर हामी गरिबी जनताको चाहना चाही आन्दोलन शान्ति पूर्वक तवरले अगाडी बढोस…// माकुनेको सरकारले राम्ररी सुनोस…बुझोस् र सहि निर्णय गर्न सकोस….// सेना लाई परिचालन गरेर आन्दोलन लाई उत्तेजित पारी देशलाई पुन मुठ भेटको अवस्थामा नलगोस….//
शुभकामना!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
15
कला कार हरु लाई चिन्ता भय र के गर्न्नु चिन्ता हुनु पर्नी मान्छे लाई न भय पशी कसला चाहान्छ र आतंक हामी लाई त एकदिन बन्द भयो भने पनि घाटा छ होइन र साथी हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
जति आन्दोलन भए पनि मर्ने सर्बसाधारण नै हुन्./आज सम्म नेता हरुलाई केहि भएको पनि छैन/उनीहरु या त जेलमा सुरछित हुन्छन या त कुर्सीमा /ठुला नेता हरु बिसेस सुरछित भै हाल्छन /जनता मारेर नेता लै के नै फरक पार्छ र/यदि जनताको र रास्ट्रको पिर हुन्थ्यो भने किन युद्ध को भाषा बोल्छन/संबिधान बनाउने बेलामा सरकार बनाउने र भत्काउने खेलमा लाग्छन/जबकी सरकार र संबिधान बनाउनुमा कुनै सम्बन्ध छैन/जसको सरकार बने पनि सहमति बिना संबिधान बन्दैन भने/आखिर जसले संबिधान बनाया पनि सहमति बिना पुरा त हुदै न /यो कुरा पनि नेताले नाबुजेका पनि हैनन्/तर पनि न सरकार ले नै जनता को कुरा बुज्यो न माओबादीले नै/माओबादी को नियत त सक्तिखोर भिडियो काण्ड बाट नै प्रस्ट भयो उनीहरुको नियत संबिधान सभा बाट के प्राप्ति गर्ने भनेर /उनीहरु बहुदलीय व्यवस्था प्रति विश्वास नै गर्दैन /उनि हरु लै डरछ कि पार्टी ए मा ले जस्तो हुन्छ भनेर/उनीहरु को उदेस्य नै एक दलीय सासन स्थापना गर्नु हो/जुन कुरा अरु पार्टी लगायत अन्तरास्ट्रिय जगत लाई मान्य छैन /
सरकार को त झन् के कुरा गर्नु पास्स्पोर्ट प्रक्रया बाट नै प्रस्ट हुन्छ देस को हित का लागि कति खेलाची गर्न सक्छन भनेर/सारा जनता को आवाज लाई बेवास्ता गरेर भारत मा छाप्ने निर्णय गर्छ/सारा ले देखेको कुरा हो कि भारतको सहायो ले सरकार टिकेको हो/यति भन्दैमा देस को अहित हुने निर्णय लिनु सरकार बिरोधि स्वर लाई सहयोग गर्नु हैन र /अझ नया बन्ने शिक्षा नीतिमा भारतीय (जो नेपालमा शिक्षंन गर्छन) ले पनि नेपाली नागरिक सरह सुबिधा पाउनेव्यबस्था गर्ने कुरा गर्दै छ/थाछैन कति हद सम्म सरकार पुग्न सक्छ /
अनि यस्तो अवस्था मा कसको लागि सहयोग गर्न आन्दोलन गर्नु जनता ले/लाचार सरकारको अथवा एक दलीय सासन ब्यबस्था को/जे गरे पनि सुख नहुने भो/कतै बाट पनि आस गर्ने ठाउँ देखिदैन/कोहि लिसो जस्तो कुर्सीमा बसिरक्छां कोहि सैनिक तालिम दिदै गाउ गाउ हिड्छन् /
नसकिने भो कसै सग /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
5
साच्चइ भन्ने हो भने जति बेला राजा ले सत्ता हात मा लीय का थिए तेती बेला सबै दल हरु को लागी माओबादी सितल बस्नी पिपल को रुख र जाडो मा तापनि आगो नै भय का थिय अहिले जसले जति फुर्ती गरे पनि यो कुरा जसले बुजेको छ त्यो नेता माओबादी को बारे मा नराम्रो कुरा बोले को छइन त्यो नेता लाई मात्र थाहा छ की माओबादी ले के गर्न सक्छ भनेर यो कुरा हामी सबै लाई थाहानै भय को हो …….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
32
नारायण जी, दलका नेताहरुलाई तेसो पक्कै भएको थियो !
तर साधारण जनतालाइ राजा, कांग्रेस, एमाले वा माओ जसको साशन भए पनि गर्मिमा पिपल वा जाडोमा आगो को अनुभूति कहिल्येई भएको छैन !
मन परे हरियो, नपरे रातो
7
4
देशमा पत्रकार हरु को पनि देश लाइ जोगाउने काम मा ठुलो हात हुन्छा | पत्रकार हरु पनि ऋषि धमला जस्ता जन्म हुन्छन | यी चोर नेता हरुको समाचार अनि पत्रकार सम्येलन बहिस्कार गर न, अनि प्रचण्ड, माकुने, सुजाता जस्ता लाई बहिस्कार गर न | Broadcast only those news which encourage positive attitude to the society and encourage people doing their job rather than nonsense politics and मारकाट |
जय नेपाल |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
3
बाबुराम जी अब तपैनै हुनुहुन्छ के इ गर्न जस्तो कृपया नेपाली सब्द बचैदीनुस …………………………………………………………निबदन छ मा जस्तो र हामी जस्ता नपालीहरुको
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
8
कृष्ण जी,
बाबुराम अगाडी आउन, कि त प्रचन्ड जोगी हुनु पर्यो, कि त सफायामा पर्नु पर्यो !
ति मध्ये एक कुरा पुरा हुन हामि नेपाली को भाग्य दह्रो हुनुपर्यो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
i love this site.
मन परे हरियो, नपरे रातो
3
12
हाम्रा गोल्भ्ड़े नेताको मगजमा कहिले पनि सत्बुधि पलौदैन “जो मरे पनि नेपालीकै सन्तान मर्छ,” भने बुधि आएमा आज नेपालको यस्तो हालत हुने थियन | आफना सन्तान ,ससुराली ,तिरका लाई कई नभय भैगो नि ,अरु मुला मार्दै गर्छन भने, भाबना छ यी गोल्भिदे नेता मा |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
सबैलाई ज्ञात छ, १० वर्षसम्म एकले अर्कोलाई उन्मूलन गर्ने अभियानमा जुटेका तत्वहरु १० पटकसम्मको वार्ता पनि नगरीकन १२ बुँदे समझदारीमा पुगेका थिए। ‘देख्लास र पख्लास’को मनोविज्ञान बोकेर बाध्यतापूर्वक गरिएको उक्त समझदारी कति कृत्रिम, नाटकीय र विजातीय तत्वहरुका बीचको गठबन्धन थियो भन्ने तथ्य आजका घटनाहरुले प्रमाणित गरेका छन्।
संविधानसभाको नाटक मञ्चन गर्दै १२ बुँदेको एउटा कलाकार थियो बिसौं हजार गरि नेपालीको मुक्तिकामी रगतबाट प्राप्त ऊर्जाले उन्मत्त भएको माओवादी नामको बर्बर शिकारी। यो शिकारीले जनताको रगतबाट पैदा भएको उत्तेजनालाई भोगविलासमा सट्टाबाजी गरी आफू नवऔपनिवेशिक सत्ताको चक्रवर्ती शासक बन्न चाहन्थ्यो। अर्को कलाकार थियो संसदीय तत्व, जसले मेटिँदै गएको आफ्नो अस्तित्वलाई बचाउन र खोसिएको कुर्सी पुनः प्राप्त गर्न माओवादीको बुई चढ्न चाहन्थ्यो। दुवैको चरित्र विश्वासघाती थियो र नै विजातीय गठनबन्धन बन्न सम्भव भएको थियो। यो बद्नियतलाई राजनीतिक फरिया लगाइ दिन नारा चाहिएको थियो। कसैको वास्तविक एजेन्डा नहुँदा नहुँदै पनि त्यस्तो साझा नारा जुर्योत– संविधानसभा।
भरत दाहाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
7
let the protest be in peaceful way and of course fruitful to all of us.
मन परे हरियो, नपरे रातो
10
7