
माओवादीले साङले जुलुसबाट रिङरोड घेर्ने खबर मंगलबार बिहानै आएको थियो। २७ किलोमिटर लामो रिङरोड कसरी घेर्ने होलान् भन्ने चासो लागेको थियो। भन्नलाई त सुरुमा एकै लुगा लगाएकाहरुले घेर्ने भनिएको थियो। चासो त थियो तर कार्यालयमा व्यस्त भइयो भने फिल्डमा जान पाइँदैन भन्ने थाहा पनि थियो। त्यसो भयो भने टेलिभिजनमा लाइभ हेरेर चित्त बुझाउनु पर्ला भनी सोचेको थिएँ। आजभोलि यति धेरै न्युज च्यानल छन् र उनीहरुबीच यति चर्को प्रतिस्पर्धा छ कि घरै बसेर सबै लाइभ हेर्न पाइन्छ। तर पनि फिल्डमा गएर आफ्नै आँखाले त्यहाँको वातावरण हेर्नु र टेलिभिजनले देखाएका दृश्य हेर्नुमा फरक हुन्छ। टेलिभिजन हेर्दा उसले देखाएका दृश्यमात्रै हेर्न हामी बाध्य हुन्छौँ, तर आफै जाँदा त्यसबाहेकका दृश्य पनि हेर्न पाइन्छ।

कलंकीमा मानव चेन बनाउँदै।
साथी भोजराज भाटले निमन्त्रणा गरेपछि म क्यामेरा बोकेर जान तयार भएँ। हामी रिङरोड घुमेर शक्ति प्रदर्शन गर्न खोजेको माओवादीको शक्ति वास्तवमा कति रहेछ भनी जान्न चाहन्थ्यौँ। माओवादी अध्यक्षसहितको नेतृत्व बालाजुमा आउँदैछन् भन्ने खबर आएको थियो। त्यसैले हामी लाग्यौँ बालाजुतिर। बालाजु पुग्नुअघि शिक्षा मन्त्रालय, केशरमहल अगाडि आन्दोलनकारीहरु जम्मा भएका रहेछन्, त्यहाँ बसेर केही दृश्य हेर्यौँ। सुदूरपश्चिमबाट आएका आन्दोलनकारीहरु त्यहाँ रहेछन्। तीन दिनदेखि काठमाडौँका १८ ठाउँमा भेला भएर नाचगान गरिरहेका मध्ये यो एउटा ठाउँ थियो।
माओवादी नेताले चक्रपथ घेर्न जाने कार्यक्रमका लागि त्यहाँ जान आग्रह गरेपछि एक हुल आन्दोलनकारी चक्रपथतिर लागे। केही भने त्यही मोर्चामा डटी रहे। एकै छिनमा आन्दोलनका नारा समेटिएको देउडा सुरु भयो- लाल सलाम, लाल सलाम- माधवले देश बेचिखायो लाल सलाम। काँधमा काँध हालेर गोलो घेरामा खुट्टा एकै चालले हल्लाउँदै नाचिरहेको फोटो क्लिक गर्दैथियो सुदूरपश्चिमका पत्रकार भोजराज। म भने केही भिडियो खिच्दै थिएँ।

त्यहाँबाट हामी लाग्यौँ सोह्लखुट्टे हुँदै बालाजु चोकमा। यो अर्को ‘मोर्चा’ रहेछ आन्दोलनकारीहरुको। माइक साइक राखेर स्पिकर राखेर राता झण्डा गाडेर यहाँको मोर्चा डटेको रहेछ। प्रचण्ड निवास नयाँ बजारबाट यो ठाउँ नजिकै थियो र साङले जुलुसको नेतृत्व गर्न उनी आउँदैछन् भन्ने खबरका कारण सञ्चारकर्मीहरु त्यहाँ बिस्तारै भेला हुँदै थिए। स्थानीय बासिन्दाहरु उत्सुकतापूर्वक छेउ लागेर हेर्दै थिए। कोही भने रहरैले पनि होला हातमा हात बाँधेर साङ्ले जुलुसमा बाँधिदै थिए। मोर्डन ड्रेस लगाएकी केटी समेत साङलो बाँध्न आएको देखियो।
साढे तीन बजे प्रचण्ड आउँछन् भन्ने खबर भए पनि निर्धारित समयमा भने उनीहरु आइपुगेनन्। साङलो बाँध्न बाँकी थियो। वाइसीएल र स्वयंसेवकहरु खटिँदै थिए साङलो बाँध्न। गोंगबुतिरबाट बाँधिएको मानव साङ्लो बालाजुतिर आइरहेको थियो। केही समयपछि स्वयम्भूतिरबाट बाँधिएको साङ्लो पनि तन्कँदै आइपुग्यो। माइकबाट अनुरोध गरिँदै थियो- हाम्रो पार्टीलाई समर्थन गर्नेहरु अगाडि आएर बसिदिनुस्। ‘नेपाली क्रान्तिका महानायक…..’ खै के के हो के के प्रशंसाका पुलहरु बाँधेर यहाँ आउँदैछन् भनी निरन्तर माइकबाट फुकिँदै थियो।

एकछिनपछि उनीहरुले हँसिया हथौडा अंकित रातो कागज बाँध्न थाले। हेर्दाहेर्दे राताम्मे भयो त्यो ठाउँ। हामीले ठानेका थियौँ प्रचण्ड त्यहाँ आएर केही भाषणसासन गर्लान्। तर प्रधानमन्त्री, राष्ट्रपतिको ‘सवारी’ चलाइएको जस्तो गरी अगाडि वाइसीएलका सागर बाटो क्लियर गर्दै अगाडिपछाडि पत्रकार, मानवअधिकारवादीहरुको मोटरसाइकलको ‘एस्कर्टिङ’ सहित आएर हुँइकिहाले। प्रचण्ड, बाबुराम, मोहन वैद्य, नारायणकाजी श्रेष्ठहरु मिनी टाटा ट्रकमाथि बसेका थिए अनि हात हल्लाउँदै थिए। वरपर साङलो बाँधेर बसेकाहरु भने उनीहरुको स्वागत गर्दै कराउँदै चिच्याउँदै थिए। म अचम्ममा परेँ, हैन यो आन्दोलन हो कि विजय जुलुस? त्यो ट्रकमा बसेका कसैको अनुहारमा त अबिरसमेत देखिएको थियो।
संविधान सभाको चुनाव जितेपछि नयाँ बानेश्वरमा संविधान सभा भवनअगाडि निर्वाचित भएको प्रमाण पत्र बुझ्न प्रचण्ड लगायतका नेता आउँदा यस्तै भीड र जुलुस पारीको एउटा
रुफटप रेस्टुरेन्टबाट हेरेका थियौँ कृष्ण र मैले। अहिले त्यस्तो खुसी मनाउनु पर्ने कुनै कारण थिएन। न आन्दोलनले जितेको छ न अरु केही भएको छ। किन यो विजय उल्लास? केही बुझ्न सकिनँ मैले।

कलंकीमा फोटो खिच्ने क्रममा।
नेताहरु चढेको गाडी बालाजुबाट गोंगबुतर्फ लाग्यो, हामी भने लाग्यौँ विपरीत दिशातर्फ अर्थात् स्वयम्भूतिर। नेताको गाडी गुड्ने बित्तिकै साङ्ले जुलुस टुक्रिन्थ्यो। हामी जुलुस अवलोकन गर्न चाहन्थ्यौँ। त्यसैले त्यो गाडी नआउँदा उनीहरु कसरी जुलुसमा बसिरहेका थिए, त्यो हेर्न चाहन्थ्यौँ। त्यसैले हामीले विपरीत दिशा रोजेका थियौँ।
हाम्रो बायाँतिर साङ्ले जुलुस थियो। हातमा हात बाँधेर मान्छेहरु थिए। कति ठाउँमा सडकमा बसिरहेका थिए, कति ठाउँमा उभिरहेका थिए। सुरुमा सडकको एकातिर मात्र देखियो। स्वयम्भूतिर आइपुगेपछि सडकका दुवै ठाउँतिर देखियो। कुदिरहेको गाडीबीच हामी फोटो, भिडियो खिचिरहेका थियौँ। सब अनुहारलाई नियालेर हेर्न संभव थिएन। तर सबै खालका मान्छे देखिए- युवा, वृद्ध, बच्चा। महिला- पुरुष दुवै। भोजराज भन्दै थिए- ल विश्लेषण गर्नुस्, कहाँबाट आए/ल्याए यत्रा मान्छे, किन आए यत्रा मान्छे? कोठे विश्लेषण गरेर भएन। कलंकीमा सडकको दुवैतिर दुई लाइन मात्र होइन मानव चेनमाथि अर्को चेन बाँधिएको देखिन्थ्यो। चेनमा बाँधिनेहरु बाहेक स्थानीय बासिन्दाहरु परबाट उत्सुकताका साथ उभिएर हेरिरहेका थिए।

बल्खुमा दलित मुक्ति मोर्चाको ब्यानरमुनि बसेकाहरु।
बल्खुमा दलितहरुको ब्यानरसहित परम्परागत पहिरनमा बाजा बजाउँदै गरेको देखियो। जुन ठाउँमा एक लाइनमा मात्र मान्छे उभिएका देखिन्थे, त्यहाँनिर माओवादी कमजोर रहेछन् भन्दै ठट्टा गरिरहेका थिए भोजराज। बल्खु कटेर जाँदा एक ठाउँमा गीतारसहित र्याप गाउँदै आन्दोलनमा रहेकाहरु पनि देखिए। काठमाडौँबाहिरहरुको अधिकांश अनुहार देखिन्थ्यो। यतैका पनि नभएका हैनन्। के हुँदैछ भन्ने उत्सुकताका कारणले पनि होला सबै वर्गका मान्छे सबैतिरका मान्छे त्यहाँ उभिएका।

पानी परिरहेको बेला नाच्दै आन्दोलनकारीहरु।
हाम्रो गाडी गुड्दा र फोटो खिचिरहेको देख्दा वरपर उभिएकाहरु चिच्याउँदै हात हल्लाउँदै उफ्रन्थे- ‘नागरिक’ दैनिक भन्दै। बल्खुपारीको भिडियो खासै खिच्न सकिएन ब्याट्री सकिएकोले। फोटोहरु भने खिच्यौँ। तीनकुनेमा कलंकीको जस्तै धेरै मान्छे थिए। तीनकुने कटेर जाँदा नेताहरु चढेको गाडी भेटियो। उनीहरु अघि बालाजुमा जस्तै हात हल्लाउँदे थिए। गाडी आउँदै गर्दा पानी परेको थियो। पानी पर्दा पनि चेन बनाएर बसेकाहरु हटेका थिएनन्। गाडी गइसकेपछि भने उनीहरु विजयी मुद्रामा नाच्दै, उफ्रँदै थिए।
गाडी गुडिसकेपछि चेन भंग भइसकेको हुनाले हामीले गौशालाबाट उता जान उचित ठानेनौँ। दिनभरको कामको कारण थकान पनि भइसकेको थियो। त्यसैले मैतिदेवी हुँदै कार्यालय सुन्धारातिर लाग्यौँ। यतिञ्जेल हड्ताल किनमेलका लागि खुला हुने निर्धारित समय अर्थात् साँझ ६ बजिसकेको थियो। तरकारी किन्दै गरेको केही फोटो खिचेर हामी फर्क्यौँ। त्रिपुरेश्वरमा भित्री भागमा खुलेको पसलमा खाजा खाएर हामी फर्क्यौँ। र, खिचेका सम्पादन नगरिएका यी दृश्यहरु राखेँ। भिडियो हेर्न क्लिक गर्नुस्।

बालाजुमा बाँडिएको रातो कागज बोक्दै।


No related posts.









दलित मुक्ति मोर्चा का साथी हरुलाई किन हो फेरी दमाहा पिट्न लगाएको ! तिमि हरुको कम र हसियत नै यहि हो भनेर लगाएको हो कि. किन माओबादी का बाहुन मित्र हरु ले उक्त दमाहा लिएर बस्न सक्दैनन् ! किन आदरणीय प्रकाश दाहाल उक्त दमाहा बजाएर आन्दोलन मा भाग लिदैनन .
यसरि कसरि हुन्छा तेस्त सोझा र सदियौ देखि दलित पिडित को उन्नति र प्रगति. म लठेब्रो ले नबुझेको हो कि. हाम्रा मुक्ति कमि नेता हरुलाई कुरीकुरी नलागेको हो ! जवाफ चाहियो…
मन परे हरियो, नपरे रातो
4
1
जब जब देशमा शंकट वा राजनीतिक आन्दोलन हुन्छ तब प्रतिपक्षका नेताहरु कुनै न कुनै बहाना बनाएर दिल्ली दौडनु पर्ने नेपाली नेताहरुको नियति नै भै सकियो . तै पनि प्रतिपक्ष अर्थात सरकारबाट बहिरिना साथै त्यहि भारतलाई सत्तोसराप गरेर भएपनि जनताको अगाडी तथाकथित देशभक्ति देखाउन भने कहिल्यै छुताउदैन यी लाजसरम नभएका नेताहरुले . अब हेर्नुस न देशमा यत्रो आन्दोलन हुँदैछ तरपनि भारतीय कम्युनिस्ट पार्टीको निमंत्रनामा भन्दै माओवादी सभासद् “राम कार्की” भारत हानिहाल्यो सायद उनको फिरतिपछी मात्र देशले केहि निकास पाउने छ किन कि राजनीति औषधि नै आइपुगेको छैन, जनताले मात्र भुत्रो गरोस त्यस्तै केपी ओली पनि पुगेर आइसकियो तर उनले सहि औषधि ल्याउन सकेन नत्र यो आन्दोलन त्यहि बेला नै टुंगि सक्थ्यो होला कि कसो ??? स्मरण रहोस “दिल्ली एउटा नेपाली नेताहरुको मक्का-मदिना” हो भनेर !!! जुन तीतो सत्य नभनी हुँदैन .
मन परे हरियो, नपरे रातो
6
1
हैन ए मावो बादी हो किन हो भन्या आफु पनि नगर्ने अरुलाई पनि गर्न नदिने के हो बाँदरको चाल…… माधवले के नै तेस्तो गरेको छ र किन सत्ता छोडाउनको लागि आन्दोलन गरेको ह….यो सब नाटक हो कुर्शीको लगीहो पर्चान्ड़े आएपनी तेहि हो उ पानी ता उही ड्यंगको मुलात होनी देश बिकाशको लागी हैनक्यारे उही भूडी बिकाश गर्नलाई त हो/ डाहा भयोनि लाऊ येले मात्रै खानी भो भनेर अबा के गरेर हुन्छ म पनि त जानु पर्यो भनेर यो आन्दोलन गरेको जस्तो लाग्यो मलाई त / अनी यो जति पनि आन्दोलनमा गएको छनि सबै कामगरेर खानुको दुखले जोगी भएकोहरु हो / किनकी मावोंबादी भन्यो भनी जनता डरौछ अनि मागेको खाना पाइन्छ तेस्तो मान्छे हरु हो त्यों अन्दोलानमा अनि कोही होला मावोबदीको डरले पनि गएकोहोला / हे आन्दोलन कारी मुर्ख…….. कुरा बुझ्नु अनि घरतिर कुद्नु है ……………….
मन परे हरियो, नपरे रातो
9
1
मलाई आजकल नेपाली हुँ भनेर बिदेसी का सामु भन्न लाज लाग्छ तर मा नेपाली नै हो ..नेपाल को माया छ नेपाली को माया छ खै के गर्ने ..चाहेर पनि नेपाली होइन भन्न सक्दिन ..तर भन्न खोज्छु बाधेता ले तर बोलि आउदैना ..किन कि मा नेपाली हो अनि माया छ नेपाल को …… मेरो मतलब म कहिले सिर उचालेर म बिदेसी का सामु गर्व गरौ कि म नेपाली हो मेरो देश नेपाल हो नेपाल एती राम्रो छ , एती बिकसित छ ..नेपाली येतिसुखी छन् भनेर … हे भगवान कहिले आउला त्यो दिन ………………………….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
नेपाल का फटाहा नेता लाई जनता माथि खेल्ने अधिकार कसले दियो ? तिमीहरु लाई देश को चिन्ता छैन कहिले हुन्छ ? फटाहा भासन गर्न त तिमीहरु को जति संसार का कुनै पनि नेता ले जानेका छैनन् . अरु देश का नेता लाई आफ्नो देश बनौ न को चिन्ता छ .तिमीहरु बिदेस किन जान्छौ? बिदेसी नेता ले येही गर्नु भनेर सिकाएका हुन् तिमीहरु लाई ? फटाहा हो देश र जनता को चिन्ता कहिले हुने हो नि तिमीहरु लाई ? अरु देश को विकास हेर्दा हामी लाई लाज लाग्छ . थुक्क घीन लाग्दा नेता भनाउदा हो अनि तिनका पछि लाग्ने नेपाली हो . तिमीहरु लाई देश ले सरापोस येही छ मेरो सुभकामना …………………….
मन परे हरियो, नपरे रातो
3
1
हैन हो मावोबादिले त कसैलाई पो नछाड्ने भयो त हेर हेर त्यो बच्चाको हालत कमसेकम बच्चा र बुढालाई त छोड्नु ओठ तालु सुकेको छ ! बिचारहरुको अज्जा धम्कि दिने रे कि पैसा कि घरको एक जना भनेर येसरी हुदैन हो प्रचण्ड जी आफ्नो मनखुसीले आएको पो राम्रो हुन्छा त धम्काएर ल्याएको त हुन्न त त्येसैले सबै घर फर्कदै छ होइन त ? अबो त्येत्रो पाच छ दिनको बाटो हिडेर जादा त्योजन्तलाई दुख लाग्दैन होला होइन अनि सबै मवोबदिमा औलन धम्कको भरमा सरकार चलाउन खोज्छन हाम्रा नेताहरु अनि के ………!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
सम्पूर्ण राजनैतिक सक्तिहरुलाई एकै नेपाली झंडा मुनि एकिकृत गरि संयुक्त सरकारको निर्माण मतदान अनुसार गर्नु नै प्रजातान्त्रिक ( डेमोक्रेटिक) हुनेछ.
मन परे हरियो, नपरे रातो
7
3
के गर्नु माकुनेलाई २ ठाउंबाट हरेर प् .मन्त्रि हुन लाज छैन अनि सुजातालाई दाइजोमा लाज हुने कुरै भयान | जंगली नर भक्छी प्रचण्डको त कुरै छोडौ, अज्जई कति मार्नु छ |जनता जयजयकार गर्छन | लाज सरम इज्जत धर्म नभयकाहरु नांगै हिडे भयो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
4
यो कसरि जनान्दोलन भयो? एउटा पार्टी को मान्छे लै प्रधानमन्त्रि बनाउने भनेर पनि कहिँ आन्दोलन हुन्छ? बरु गर्नु नै थीयो भने संबिधान बनाउ भनेर गर्नु नि? यो आन्दोलन कति अलोकप्रिय हुदै छ भन्ने कुरा त ठाउँ-ठाउँ मा भएको प्रतिकार ले पनि थाहा हुन्छ नि?
तेही भएर प्रचण्डजी, समय मा नै सम्हालिएर यो गतिरोध हटाएर संबिधान बनाउन को लागि बाताबरण तयार गरिदिने हो कि?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
मुर्ख जनता जिन्दाबाद , के को लागि यसरि पछि पछि कुदै छोउ तह छ ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
यी सबै आन्दोलनकारि हरु ले काठमाडौँ, भक्तपुर र ललितपुर सफा गरे कसो होला ????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
0
Madhav lachi rajinama de
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
18
Madhav कुकुर राजिनामा दे.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
21
माकुने ले देश मा शान्ति र सुरछ्या को लागि राजिनामा दिनै पर्छ..एउटा सचा देश भक्त ले देश को लागि शिर को बलिदान पनि दिन तयार हुन्छ वने पद को राजिनामा के होर …जुन जोगी आए पनि कान नै चिरेको जस्तो चै नहोस कैले पनि आब आउने सरकार माथि सबै जनता धेरी आपक्च्या राखेको छन् एदी फेरी kosai यो गर्न नसक्ने हो वने यो देश जनता ले चलौ छ .
मन परे हरियो, नपरे रातो
6
8
साथी हो यो नयाँ नेपालमा जंगली हरुले सोझा जनताहरुलाई गरिखान नदिनेभय । जङली लाई घरपालुवा बनाउन खोजेर ठुलो भुल गरेको रैछन् हाम्रा नेताहरुले । यो बौलायको स्याल उपचार् गर्ने हैन मार्नु पर्छ। यो जङली स्याल हरु बौलयर शहर पसेका हुन बेलाइमा मार्नु पर्छ नत्र धेरै लाई तोकेर बौलौन्छन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
31
जसरि सारा नेपाली आज हातमा हात मिलाई जुलुस गर्न रोड मा निस्केका छन् तेसरी नै हातमा हात मिलाएर आपना दक्छ अनुसार काम गरे अबस्य पनि देस विकास हुन्छ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
7
भर्खर जन्मेको बच्चा लाई आन्दोलन मा लिएर संख्या धेरै देखाउन
खोजेको हो नेताहरु हो तर केहि पनि जित्दैनौ दुख नगर !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
20
आज सबै सग आफ्नु आफ्नु काम रोजगार भयको भय ,तिमिहरु को पछाडी पशुपति का बादर मात्र साथ हुन्थे ,नेता हो कुरा बुझ्न हो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
79
7
हैन्न्ना यी नेता भनौदा हरुले आझै कति दिन सम्म जनता लै दुखः दिनु हुन् बा बा, आफु हरु चै सधै पाच तारे होटेल मा बसेर सहमति खोजे जस्तो गरे , अनि दारु पनि खाएर साधारण नेपाली जनता लै यो दुखः दिने हे भंग्वान यो देश मा के हुने लागेको हो. खुरुक एउटा ले राजिनामा दिने अर्को ले आन्दोलन फिर्ता लिए लै भए हाल्यो नि, देश र जनता माया भए पो साले जुन सुकै पार्टी भएपनि कम से कम १० बर्ष को लागि मिलेय्रा जान सक्दैन्न डाका हरु , नेपाली जनता ले चाहेको मेलमिलाप अनि शानति हो ,” नेपाली जनता के भन्छ सबै मिलेय्रा जानु भन्छ “
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
8
आन्दोलन देश र जनताको लागि हुनुपर्ने तर जनताका आधारभुत आबश्यकता लाई नै तहसनहस परेर कस्तो शासन गर्न खोजेको हो माओबादी ले बुझ्ने गारो भो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
18
यो कठपुतली सरकारको आयु जति लम्बिदै जान्छ, संबिधान निर्माण र शान्ति प्रक्रिया धरापमा पर्ने त्यतिकै प्रबल सम्भावना रहने हुन्छ | यो आन्दोलन लाइ छिटै परिणाममुखी बनाउनेहो भने जन सहभागिता अझै बढाउनु पर्ने हुन्छ,यो आन्दोलन लाइ अधिकांस काठमाण्डौवासीको समर्थन भए पनि उनीहरु सडकमा ओर्लिहालेका चाही छैनन् कारण के भने यो माओवादी पार्टीले आव्हान गरेको आन्दोलन भएकोले दलको छाप लाग्ने वा मान्छेले वाई सी एल भन्ने पो हुनकी भन्ने परेको हुन् सक्छ |
मोही माग्ने ढुङ्ग्रो लुकाउने भन्ने नेपाली उखान झैँ हाम्रो यो प्रवृत्तिले कही राजनैतिक उपलब्धी गुमाउने जस्तो ठुलो मूल्य त चुकाउनु पर्ने होइन?? त्यसैले भोलि देखि आन्दोलनमा सहभागी बनौ, संबिधान निर्माण र शान्ति सुनिश्चित गरौ ,राष्ट्र निर्माणमा आफ्नो अमूल्य योगदान दिउ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
45
आर्को कठ पुतली बन्ने महान उद्धेश्य सहित विदेशी प्रभुसंग नझुक्ने प्रचण्डले आफ्ना दुत माओबादी विदेश विभागका सदस्य राम कार्की न्यु दिल्ली तर्फ पत्हैसके. यहाँ त् को बढी कठ पुतली बन्ने होड नै छ अघोरी प्रचण्डको पछी लगेर आफ्नो समय बर्बाद नगर.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
18
बल बहादुर
थुक्क अन्धो र बहिरो
राम कार्की भारतीय कम्युनिस्ट पार्टी को निमंत्रना माँ पर्य्बेक्षक को रूप माँ गएको हो. अब तिमी लाइ भन्न नापर्ला नि भारतीय कम्युनिस्ट पार्टी सत्तारूढ़ हो की सत्ता बाहिर को भनेर.बरु तिम्रो केपी ओली हो गत बुध बार दिल्ली गएर बिहीबार फर्केको.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
11
ने . क . पा . ए. माओबाधि मुर्धाबाद ! ! ! शान्ति प्रेमी नेपाली जनता जिन्दाबाद…. ………जिन्दाबाद………जिन्दाबाद…….
मन परे हरियो, नपरे रातो
10
5
धान्ने बाद छ ति नेता र जनता हरु लाइ जो सगरमाथा को काखा मा बसी नेपाल आमा को मुटु चीरी रुवाउने हरु लाइ /आती भो तीमीहरुको नाटक / अब ती नेता र नेपाल आमा लाइ रुवाउने भनूँदा सबैको दसा चांडैनै नाइँ हेरन पाउन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
9
साथी हो यो नयाँ नेपालमा जंगली हरुले सोझा जनताहरुलाई गरिखान नदिनेभय । जङली लाई घरपालुवा बनाउन खोजेर ठुलो भुल गरेको रैछन् हाम्रा नेताहरुले । यो बौलायको स्याल उपचार् गर्ने हैन मार्नु पर्छ। यो जङली स्याल हरु बौलयर शहर पसेका हुन बेलाइमा मार्नु पर्छ नत्र धेरै लाई तोकेर बौलौन्छन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
11
समग्र जनमतलाई सडक आन्दोलन र बन्दले लत्याउनु कस्तो प्रजातन्त्र वा गणतन्त्र हो??? देस र राजनीति बुझ्नेले जवाफ दिने हो कि??????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
12
if you believe in democracy, whatever you do , do the democractic way not like the way of your party,political and your own interest. if you ignore this believe , you will be responsible for future. better learn from the past but not repeat what you used to do.
मन परे हरियो, नपरे रातो
8
9
धिकार छ मलाई अनि लाज लाग्छ कि म नेपाली हु भनेर /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
22
मेरो सराप लाग्छ भने हे भगवान् नेपाल को सबै नेता मारी हालोस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
8
माओबादीले जति सुकै खोके पनि यो आन्दोलनले जनआन्दोलनको रुप लिनेवाला छैन ..होइन कुरा पनि कति बुझी नसक्नु प्रचण्ड नै प्रधानमन्त्री हुनु पर्ने रे तर उसले सत्ता खोजेको होइन रे ….यो आन्दोलनको बिरोध गर्ने जति नेपाली त हुन् रे तर नेपाली जनता होइन रे …. अहिलेको आवस्कता रास्ट्रिय सरकार नै हो … यो एक नम्बरको कुटिल,अन्तरघाती प्रचण्ड कुनै बेला को गिरिजा भन्दा एक कदम अगाडी(पार्टी भित्र आफु भन्दा अरु माथि गएको देखि नसहने)मोहन बैधे र बाबुराम लाई जुधाएर आफु लाई स्थापित गरिरहनेलाई प्रधानमन्त्री दिनु हुदैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
11
सत्ता परिबर्तन गाजा बाजा बजाएर र नाच गाना गाएर कहिँ भएको देखिएको छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
7
राजिनामा देउ नेपाल येहिनेई एउटा उपाए हो ,नत तपाई लाई जनता ले नेइ जिताएका थिए /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
17
९ महिनामा कुनै बिकाश गर्न न सके पनि धेरै बिकाशका कार्य को सुरुवात गर्न सक्नु पर्थियो .. होइन र ..
मन परे हरियो, नपरे रातो
8
9
नेपालको राजनीतिक भविष्य अन्योलपर्ूण्ा त छँदै थियो, दिन प्रतिदिन झन् त्रासपर्ूण्ा बन्दै गएको छ । ‘नयाँ नेपाल’ का सारथीहरू आपसी भिडन्तका लागि आमने सामने खडा भएका छन् । संविधानसभाबाट नयाँ संविधान बनाउने प्रमुख जिम्मेवारीलाई पन्छाइएको छ । ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने’ लक्ष्य बेवारिसे बनाइएको छ । येही बीच मा राष्ट्रिय सोव्धिनता को मुध्हा उठाएर अरुलाही बिदेशीको इसारामा सरकार बनाएको भनेर भन्ने माओबादी ले आफनो दुत लाही दिल्ली दरबार को चाकरीमा पठाएको छ, येश को परिणाम हेर्न त समय लाग्ला तर, माओबादी को भारत भक्ति भने खुल्दै गए को छ.
सत्तामा कसको हालीमुहाली हुने भन्ने विषय राजनीतिक शक्तिहरूबीच मुख्य मुद्दा बनेको छ, यसबेला । मुलुकलाई सही दिशा दिनुपर्नेहरू नै यसबेला मूल लक्ष्य छाडेर अन्यत्रै अल्मलिएका छन् । राजनीतिक शक्तिहरू क्रमैसँग आ-आफ्नै स्वभाविक कित्तातर्फ लागेका छन् । मतपत्रका माध्यमब्ााट प्रजातान्त्रिक प्रणालीका आधारमा सत्तामा पुग्ने बाटो अपनाउनेहरू एउटा कित्तामा उभिएका छन् भने बन्दुकको आधारमा सत्ता कब्जा गर्ने लक्ष्य लिने अर्को कित्तामा ।
मतपत्र र बन्दुकसँगै मिलेर नेपालमा युगान्तकारी परिवर्तन गर्ने उद्घोष गरिएको थियो, चार वर्षघि । एउटा निश्चित समयसम्म मतपत्रमा विश्वास गर्ने संसद्वादी र बन्दुकमा विश्वास गर्ने माओवादी सँगै हिँडे पनि । त्यसबेला, विश्वकै उत्कृष्ट भनिएको नेपाल अधिराज्यको संविधान, २०४७ फाल्ने विषयमा यी दुवै शक्ति एकजुट भए । राजतन्त्र फालेर गणतन्त्र ल्याउने मुद्दामा मतपत्र र बन्दुकबीच अभूतपर्ूव एकता भयो । हिन्दूराष्ट्र नेपाललाई धर्म निरपेक्ष तुल्याउने विषयमा यिनीहरूबीच मतभेद भएन । दसौं लाख विदेशीलाई नेपाली नागरिक बनाउने राष्ट्रघाती खेलमा परस्पर विरोधी यी शक्तिहरू आर्श्चर्यजनक ढँगले एक ढिक्का बने । र, राष्ट्रलाई दूरगामी असर पार्ने यस्ता महत्त्वपर्ूण्ा निर्ण्र्ाागरिँदा नेपाली नागरिकलाई केही सोधिएन । अँध्यारो कोठामा बसेर केही व्यक्तिहरूले यी विषयहरूमा निर्ण्र्ाागरे । अनि, रबर छापमा परिणत गरिएको ‘सभा’ मा लगेर ती निर्ण्र्ाारूलाई पारित गरियो । र्सार्वभौम जनताको आधारभूत अधिकारलाई निषेध गरियो । राष्ट्रलाई घात गर्ने विषयहरूमा प्रजातान्त्रिक मूल्यमान्यता र सिद्धान्तविपरीत ढंगले निर्ण्र्ाारू गरिसकेपछिका दिनमा क्रमशः मतपत्र र बन्दुकले आ-आफ्नो कित्ता छुट्याउँदै लगेका हुन् । र, अन्ततः यीसँगै हिँड्न नसक्ने तत्वहरू हुन्, भन्ने प्रस्ट भएको छ ।
विदेशीको निर्देशनमा गराइएको १२ बुँदे दिल्ली सम्झौता र्सार्वजनिक भएदेखि नै ‘यो बाटो गलत हो, यसले नेपाललाई सही ठाउँमा पुर्याउँदैन’ भनेका हुन्, ‘भिजन’ हुनेहरूले । तर, त्यस्तो दूरदर्शी सुझाव दिनेहरूलाई ‘प्रतिगामी’ को बिल्ला पहिर्याइयो । र, चमत्कार गर्र्छौं भन्दै जथाभाबी गरियो । त्यही जथाभाबी तथा सिद्धान्तहीन बाटोको हिँडाइले मुलुकलाई अहिलेको अन्योल र त्रासपर्ूण्ा अवस्थामा पुर्याएको हो ।
रहस्यहरू खुल्दै छन्
संसद्वादी राजनीतिक दल र माओवादी एकजुट हुँदा धेरै कुरा लुकाएका रहेछ, जनताबाट भन्ने तथ्य यसबेला खुल्दै गएको छ । दिल्लीमा बसेर १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्दादेखि पछिसम्म गरिएका लुकाइएका गलत कामहरूलाई कतिपय स्वदेशी र विदेशीहरूले त्यसैबेला बाहिर ल्याएका हुन् । तर, त्यसबेला सम्झौताकारी संसद्वादी र माओवादीले त्यसलाई स्वीकार गरेनन्, अनि सम्झौता गराइदिने भारतले पनि आफ्नो भूमिका अस्वीकार गर्यो ।
केही मानिसलाई सधैं मर्ूख बनाउन सकिएला । सबैलाई केहीबेर मर्ूख बनाउन सकिएला । तर, सबैलाई सधैं मर्ूख बनाएर राख्न सम्भव हुँदैन । यही शास्वत सिद्धान्त नेपालमा अहिले लागू हुँदैछ । ‘महान् नेपाली जनताले गरेका महान् परिवर्तन’ का पछाडि के-कस्ता जालझेल गरिएको रहेछ त्यसबेला, भन्ने कुरा विस्तारै बाहिर आउन थालेको छ । यद्यपि, कतिपय महत्त्वपर्ूण्ा पक्ष अझै लुकाइएकै छन् ।
‘हिन्दूस्तानले पैसा नपठाएको भए यो परिवर्तन सम्भव नै थिएन ।’ यो रहस्योद्घाटन भर्खरै गरेका छन्, नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान विजुक्छेले । -आजका कुरा, रेडियो सगरमाथा, वैशाख ८, २०६७) । १२ बुँदे दिल्ली सम्झौताका हस्ताक्षरकारीमध्ये एक, उसबेलाको सात दलीय गठबन्धनको एक घटकका नेता विजुक्छेको यो तथ्य उद्घाटनले धेरै कुरा प्रस्ट पार्छ । ‘चमत्कारपर्ूण्ा परिवर्तन’ का सारथीमध्ये एकसमेत रहेका यी नेताको यस भनाइले नेपालमा त्यो ‘चमत्कार’ कसले गराएको रहेछ र को-को त्यसका लागि प्रयोग भएका रहेछन् भन्ने प्रमाणित गर्छ ।
२०६२/६३ को शान्तिपर्ूण्ा भनिएको आन्दोलनमा हजारौं मान्छे कसरी काठमाडौंमा भेला पारिएको रहेछ भन्ने तथ्य त्यसबेला आन्दोलनमा सहभागी नभएको दाबी गरिएको माओवादी नेताबाटै आएको छ, अहिले । संसद्वादी कांग्रेस, एमालेका कार्यकर्ताको आवरणमा आफ्ना सशस्त्र लडाका काठमाडौंको आन्दोलनमा पठाएको कुरा माओवादीका नेता वर्षान पुन ‘अनन्त’ ले अहिले र्सार्वजनिक गरेका छन् । -कान्तिपुर दैनिक, वैशाख ११, २०६७) । ‘जनमुक्ति सेनाका ९१ जना साथीहरू हतियारसहित शान्तिपर्ूण्ा आन्दोलनमा सहभागी थिए,’ भनेर यी माओवादी नेताले सोही अखबारमा र्सगर्व बताएका छन् । शान्तिपर्ूण्ा आन्दोलनमा हतियारसहित माओवादी लडाकू परिचालन गराउने काम संसद्वादीहरूले गरेको तथ्य त्यसैबेला सरकारले र्सार्वजनिक गरेको थियो । आन्दोलनकारीहरूले कति खतरनाक खेल खेलेका रहेछन् भन्ने यथार्थ अहिले बाहिर आएको छ ।
१२ बुँदे सम्झौता भारतले गराइदिएको भन्नेहरूलाई ‘प्रतिगामी’ भनिएको थियो । तर, ‘१२ बुँदे सहमति भरतीयहरूले मस्यौंदा गरेर दिएको मैले देखेको छु । पेन्सिलले लेखेर पठाएका थिए,’ भनेर अहिले जिम्मेवार नेताबाटै आएको छ । -पर्ूवपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला, नागरिक दैनिक, चैत १९, २०६६) ।
२०६३ सालमा जारी गरिएको अन्तरिम संविधान भारतको चाहनाअनुरूप बनाइएको तथ्य त निकैअघि र्सार्वजनिक भइसकेको हो । ‘अन्तरिम संविधान हिन्दीमा लेखिएर आएको थियो, र त्यसलाई हामीले नेपालीमा अनुवाद गरेर जारी गरेका हौं,’ भनेर सात दलका तर्फबाट सो संविधानमा हस्ताक्षर गरेका नेता नारायणमान विजुक्छेले उसैबेला भनेका हुन् -आजका कुरा, रेडियो सगरमाथा, माघ २, २०६३) ।
नेपाललाई धर्म निरपेक्ष बनाउन निकै ठूलो धनराशीे लगानी गरिएको, नेपालमा २०६२/२०६३ को आन्दोलन गर्न १८ अर्ब भारु आएको जस्ता पक्ष पनि जानकारीमा आइसकेकै हुन् । यद्यपि, यी कुरा सम्बन्धित पक्षबाट १२ बुँदेको विषयमा जस्तै आधिकारिक रूपमा आउन बाँकी छ ।
सत्ताको लुछाचुँडीमा लागेका संसद्वादी र माओवादीहरू एक अर्कालाई दच्काउन र आफू चोखो बन्न विगतमा उनीहरूले गरेका कर्ुकर्महरू अहिले क्रमैसँग खोल्दै छन् । अझ कतिपय गम्भीर विषयमा गरिएका कामहरू रहस्यमै छन् । समयसँगै ती पनि आमनागरिकका जानकारीमा आउने छन,् नै ।
रहस्य खोल्ने पालो अब भारतको
दिल्लीमा गरिएको १२ बुँदै सम्झौतादेखि पछिसम्म गरिएका सम्पर्ूण्ा काम नेपालमा भारतको योजनाअनुसार भएका थिए भन्ने लगभग पुष्टि भइसक्यो । तर, त्यसबेला नेपालका आन्दोलनकारीका साथै भारतले समेत यो कुरालाई अस्वीकार गरेका थिए । भारतले अलि पछि १२ बुँदे सम्झौता आफूले गराइदिएको स्वीकारेको थियो, आफ्ना विदेश मन्त्री प्रणव मुखर्जीमार्फत -अल जजिरा टेलिभिजन, जनवरी २९, २००९) ।
भारतकै निर्देशन र सहयोगमा नेपालमा आन्दोलन भयो । त्यो आन्दोलनमा भारतले आफ्नो भूमिका थियो भनेर आजसम्म स्वीकारेको छैन । धेरै कुरा र पक्षहरू बाहिर आउन बाँकी छ । कतिपय सहमतिहरू गोप्य राखिएको छ । आन्दोलनको अन्त्यतिर नेपाल आएका भारतीय प्रधानमन्त्रीका विशेष दूत करण सिंहले के-कस्तो भूमिका निर्वाह गरे – त्यसबेला के सहमति वा सम्झौता भएका थिए भन्ने कुरा आधिकारिक ठाउँबाट र्सार्वजनिक हुनु आवश्यक छ, अब । र, त्यो जानकारी नेपाली आन्दोलनकारी वा अन्य पक्षबाट होइन, भारतीय पक्षबाटै आउनु जरुरी छ ।
२०५२ सालदेखि नेपालमा सशस्त्र क्रान्ति गरेको माओवादीका शर्ीष्ा नेताहरूले १० वर्षध्ये साढे आठ वर्षम्म भारतीय राजधानीको विशिष्ट व्यक्तिहरूको बसोबास क्षेत्रमा सुरक्षित बसेर नेपालमा क्रान्ति सञ्चालन गर्न कसरी सके – भारतको जानकारीमा यो कुरा थिएन भन्न सकिने आधार छैन ।
१२ बुँदे सम्झौता र आन्दोलनको समाप्तिसम्म उच्चारणसमेत नभएका गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता विषय पछि उठाइयो र नेपाल राष्ट्रलाई त्यस दिशामा घिसारेर लगियो, नेपाली जनताको चाहना के हो भन्ने बुझ्ने प्रयाससम्म नगरिकन । अप्रत्याशित ढंगले नियोजित रूपमा यी कदम किन र कसका इच्छाअनुसार चालिएको थियो – आफ्नो योजना र निर्देशनअनुरूप चल्ने नेपालका संसद्वादी तथा माओवादीहरू वार कि पारको भिडन्तमा लागेका अहिलेको बेला भारतले यथार्थ बताउनु अब जरुरी भइसक्यो । त्यसो गरिएन भने भारतमाथि आशंकाका औंला ठडिनेछन्, जसले अन्ततः भारतकै प्रतिष्ठा र स्वार्थमा असर पार्नेछ
मन परे हरियो, नपरे रातो
9
8
राकेश जी
तपाइको कम्मेन्ट साराम्स मा भन्दा नेपाल मा भैरहेका भाडभैलो मा भारतीय जिम्बेबार छन्, नेपालि नेताहरु अधिकांस बिकाउ छन् | अन्तरिम संबिधान इन्डिया मा लखिएको थियो , र धेरै सहमति साठगाठ भित्र भित्रै गरिए |
जुन १०० प्रतिसत सत्य लेख्नु भएको छ तपाइले |
इन्डिया आफै बेला बेलामा पाकिस्तान देखिआयेर ,खुलेआम पाकिस्तान बाट कन्ट्रोल (सी यन यन ले देखाएको) आतंक कारीले तेत्रो आक्रामण गर्दा केहि गर्न न सक्ने ,
उनीहरु को देश ठुलो छ र सन्सार का धनि पनि त्यहिँ छन् भन्नु मात्र , कङ्गाल ,हरिकंगाल र धेरै बिकृति बाट आफै ग्रसित छ | चिन लाइ ध्वास दिन त्यहा को सिमित प्रगति को कुरालाई पश्चिमी देश र स्वयम इन्डिया घाटी फुल्ने गरि कराउछ | तैपनि नेपाल लाइ आफ्नो जालोमा राख्न दिलोज्यान ले लागेको छ |
सायाद यहा को प्राकृतिक स्रोत माथि को उसको गिद्दे नजर होला र धेरै धेरै इन्डियन लाइ नेपालि बनाउन पाए नेपाल स्वयं इन्डिया हुन्छ भन्ने ग्रयाण्ड डिजाइन होला | सकभर इन्डियन र न पाए इन्डियन सग नाता गोता भएका लाइ सत्तामा राख्ने उसको चाहना मा उ धेरै सफल भयो |
आजको मितिमा इन्डिया नेपालि मावोबादी लाइ मात्र मुख्य तगारो को रुप मा देख्छ | किनकि उसको देश मा पनि केहि हद सम्म मावोबादी को गति बिधि छ |
यहानेर सोच्नु पर्ने कुरा के छ भने ,हो बाबुराम ,प्रचण्ड ले मावोबादी आन्दोलन
मा इन्डिया को सहयोग लिएका छन् ,किनकि यिनीहरु दुवै को स्वार्थ थियो राजतन्त्र हटाउनु ,दुवै राजा नेपाल बाट हाते आफु शक्तिसाली हुने कुरामा बिस्वस्त थिए | तर राजा हट्ना साथ् प्रचण्ड को फेरी १९५० को सन्धि को कुरा,,चिन सग साथ् गाठ बाट झस्केको हुदा यहा को सबै दल को सहायोग मा इन्डिया मावोबादिलाई चुनाब जितेकै भएपनि सट्टा बाहिर राख्न सफल भयो |
बाबुराम लाइ पी यम को प्रलोभन देखायो , पहिले इन्डिया ले देखायो पछी मा कु ने ले पनि त्यहिँ कुरा ( बाबुराम पी यम हुने भए उ छोड्ने रे ) भन्यो ,सायद यो आन्दोलन पनि या बाबुराम या नारायन काजि पी यम हुने सर्त मा टुंगिने होला कि ?
तेसो भए पनि इन्डिया नेपालि मावोबादी paarti भित्र fut lyaaun सफल भए छ भन्ने bujhine छ |
dron
मन परे हरियो, नपरे रातो
9
1
द्रोंजी
सहि भन्नु भयो/ सबै राजनैतिक बिकृति भारत बाटै मलजल गरिएको थियो र हो/ भारत मात्र नेपालमा कुनै पनि सरकार नटिकोस र जनमतको प्रतिनिधित्वो गर्ने नसकोस भनेर चाहन्छ/ नेपालमा राजनीति अस्थिर बनाएर आफ्नो स्वार्थ पुरा गर्न भारत नेपाल सरकारको बिरोध गर्ने जो कोहीलाई पनि आश्रय प्रशाये दिंदै आएको हो/ अहिलेको गठबन्धन को यो समुर्ण खेमा नै भारत बाट लेखिएको नाटकको पात्र हरु हुन्/ भारतले आश्रय प्रशाये लिएर नेता बनेका मन्त्रि बनेका हरु भारतको निर्देशनमा नाच्दै गुन्दै आएकै हो/ तर यो संदर्व्मा भारत मै आश्रय लिएर हुर्केको भए पनि मावोबादी भारतको ईसारामा नाच्न मानेन र भारतकै नुन खाएर हुर्केको मावोबादिले भारतकै बिरोध गर्न थाले/ भारत परास्त दल र नेताहरु र भारत मावोबादी सिट रुस्ट भएको कारण यिनै हुन्/
अहिले नेपालमा मावोबादीले थालेको जनयुद्धमा जतिकै नोक्सानी व्यहोर्नु परे पनि जनताले मावोबादीको समर्थन गर्दै गएको मूल कारण मावोबादी भारत बिरोध देखियेकोलेनै हो/ भारले नेपालमा अस्थिरता ल्याउँदै नेपाल लुत्त्दै लागेको कुरा जनताले राम्रै बुझेको छ/
द्रोणजी, आजकल बडो राम्रो तरिकाले तर्क प्रस्तुत गरेर मावोबादीको र अरु दलहरुको गल्ति देखाउने तर पहाडी-मधिसे बादी बिचारबादिको षड्येंत्र्को बारेमा एक सब्द नबोल्नेहरुको विचार बडो होसियारी सिट पढ्नु र बुझ्नु पर्छ/
अहिले रास्त्र्मा सङ्कट आएको मूल कारण तराईको राजनीति भित्र लुकेको भारतको षड्यंत्र्नै हो/ यो कुरा बात हाम्रो ध्यान हटाउन धेरै तार्किक कुरा र कथा सुनाउन सक्छ/ कांग्रेस एमाले आदि त् सहनायेकहरु मात्रै हुन्/ मूल नायेक एक मधेश बादी नै हुन्/ अहिले देखिएको सबै घटनाहरु प्रायोजित नै हुन्/ तर यो भारतले नेपालको को भूमिमा खेलाईएको नाटक को अन्त नेपाली जनताले चाहेको जस्तो नै हुनु पर्छ/
मन परे हरियो, नपरे रातो
0
3
आज जसरि आन्दोलन मा मान्छे को भिड देखाउना कम्मर कसेर लागेका छौ !मावोबादीहरु हो तेसैगरी आफ्न्यो हात मा सत्ता हुदा जनता को मन जितनी पर्यास गरेको भए साएद आज यो बाटो बाटो मा बसेर तमसा देखाउनु पर्नी थिएन, सोजा साजा जनताहरु ले आफ्नै देश मा सोतन्त्र भएर बाच्न पाउनु पर्ने अधिकार खोसी रहे६औ धिक्कार छ तिमीहरु जस्ता नेता भनाउदा देश क कलंक हरु लाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
11
एशोर्या जी
जनताले परिबर्तन ,बिकास,सुब्यबस्था चाहेर आन्दोलित हुदै निस्केकाछान|
अब नेताहरुले यहा फेरी गद्दारी गर्छन, आफ्नो सत्ता प्राप्तिको लागि मात्र जनतालाई युज गर्छन भने दण्ड पनि एक दिन जनताले दिन्छ |
रोजगारी छैन , पैसा छैन , देश मा कानुन सानालाई मात्र लाग्छ , पौने २ करोड को नेत्त्रित्त्व जर्मन पोइला गएर आफ्नो जवानी उतै लुटाउदै बुढेसकालमा रिटायर्ड लाइफ बिताउन आएकी जस्ती,गरिबी न देखेकी ,सुख सयल मा हुर्केकी सुजाताको हातमा , पी यम खान ज्ञानेन्द्र को पाउ समात्न गएका ,बिहारी टोन मा कुरा गर्ने, पी यम हुना साथ् तायाम्स अफ इन्डिया ले यो हाम्रो मान्छे भनेको ,दामोदर सम्सेर को चाकरी बाट राजनैतिक जिबन को सुरुवात गरेका तर आफुलाई सर्बहारा बताउने ,लुट र लुट्न देउ सिद्दान्त का प्रतिपादक माकुने को हातमा , कांग्रेस कलंकित , लोकतन्त्र आएपछि आफ्नै ग्यांग खोलेर बसेको चम्बल को घातीबाट घोडा चढेर सिंह दर्बार छिरेको जस्तो देखिने ,डाकु गब्बर सिह का सहोदर जस्ता लाग्ने विजय गच्छेदार , मुजफ्फर पुर् तिर का कोठीबाट उठाएर ल्याइएका एक दर्जन बाइ हरु ( सिडिओ , प्रहरी लाइ घुस्सा हान्ने ) जस्ता देखिने गवार आइमाई ले गर्ने भएपछी नेपालि जनता चुप चाप दैलो थुनेर ,भजन गाएर बसुन त् ??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
23
“माओवादी आन्दोलन सत्ता प्राप्तिकै लागि भएको
हो” – बाबुराम भट्टराई ….. “माओवादीले सत्ताका लागि आन्दोलन गरेको
भन्नेहरु फटाहा हुन” – प्रचन्ड. आफु आफु मै क बोल्दै छु भन्ने एनी हरु लै नै थाह छैन …….मा कु ने सरकार सत्ता न छोड्नु…यी पिपासु हरु लै
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
7
हो त नि है ! बरु सत्ता भारत लाइ सुम्पिनु तर कदापि पनि माओबादीलाई नदिनु | यसो पनि भन्ने कि राम प्रसाद पट्टु |
मन परे हरियो, नपरे रातो
2
8
मलाइ पनि यिनै प्रस्नाहरुले पिरोल्ने गर्छा साथि
आखिर जनता नै उल्लु हुन् यो परिस्थितिमा पुर्याउने
मन परे हरियो, नपरे रातो
13
4
कृपया सबै जनता हरु आब जाग्ने बेला आयो सडक मा हड्ताल गरेर होइन नेता हरु को घर घर मा गएर सबै लै एक ठाउँ मा जम्मा गरेर सजाए दिनु पर्छ अनि बल्ल नया नेपाल को कल्पना गर्न सकिन्छ होइन भने नेपाल मा केहि प्रगति हुने छात काट देखि दैन.
मन परे हरियो, नपरे रातो
6
2
तेही त आश्रयजी..मा पनि तेही भन्दै छु नि..तपाई को कुरा मा सय प्रतिशत सहमत छु म..अनि निलो मिन टाटा मा चक्रपथ परिक्रमा गर्न त सजिलै हुन्छ नि होइन?
मन परे हरियो, नपरे रातो
4
2
सारै राम्रो विचार राख्नु भयो आश्रय जी ले . यदि आज यो सत्य लै सबै नेपाली जनता हरु ले बुझिदिए को भए नेपाल को यो दशा हुने थिएन . नेता कुकुर हरु ले जे भन्यो तही गर्ने नेपाली जनता हरु हो आब त निन्द्रा बाट उठ कति ति कुकुर हरु को लहलहै मा लगेर आफ्नो जमिन बाझो बनाउछौ , ये सोझा निमुखा जनता हरु हो आफ्नो गाउँ फर्क ति मुर्ख कुकुर हरु को पछी लग्न छाडिदेउ ,हेरौ कति दिन सडक मा जुलुस गर्दो रहिछन अनि माकुने कुकुर कति दिन कुर्सि मा टासिएर बस्दो रहिछा . बरु आब एक दिन हामी सबै नेपाली जनता भएर यी सबै कुकुर हरु जुन सुकै पार्टी क भए पनि लाई तुन्दिखेल मा थुपारेर पेट्रोल हालेर आगो लगाउनु पर्चा अनि BBC & CNN बाट world wide live telecast गर्नु पर्छ.बल्ल सबै ले तह पौने छन् सोझा नेपाली जनता लाई गरि खान नदिएको दुख दिएको परिणाम के हुन्छ भनेर .
मन परे हरियो, नपरे रातो
5
3
स्याबास बुहारी एय्सोर्ये , तिमि कति बुझ्ने भैसक्यो है हिजो सम्म तिमिलाई बच्चा सम्झंथिये , तर तिमि त धेरै बुद्दिमान निस्कियोउ , हामि तिमि भारतीय भंए पनि येस्ता सबै कुरा बुझ्छौ , तर खोइ नेपाली जनताले बुझेका,भेडा बाख्रा झैँ बथान मा लम्केको छ,कुन ठिक कुन बेठिक थाहा छैन यी नेपाली जनतालाई, जे जस्तो भए पनि नेपाल र नेपाली जनता लाइ श्री पशुपति नाथ ले रक्षा गरुन !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
22
मादव कुमार नेपाल ले राजिनामा दिनुपर्छ दुइ दुइ ठाउँ बाट चुनाबमा हारेर पनि कुर्सीमा बसिरहन लाज लाग्दैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
95
99
आन्दोलन मुर्दाबाद!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
129
86
मोबधि को आन्धोलन को कुनै औचित्य छे न संबिधान बनाउने बे लामा यो नाटक गरेको मात्र हो मयोबधि को हड्ताल वनेको उसको प्रिमिनिस्तर हुने सल्फिश विचार मात्र हो मैले जाने सम मा देस आब नेता ले हैन मा तर सेना ले बचौना सक्छा
मन परे हरियो, नपरे रातो
7
5
नेता ट्रकमा, जनता सडकमा ! क्या गजबको साम्यवाद ! वा ! नेता जी ! वा !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
आधादिन आफुलाई आधादिन पार्टी लाई दिने पोखराका ३० जना आफ्ना मजदुर साथीहरुलाई माओबादीले राम्रोसित रामधुलाई गर्नुभयो.
कार्यकर्तालाई यो भन्दा बढी के दिनु है?…….. नैतिक भय पो…..
त्यहिँ भएर नेताहरुले हारी सक्नुभयो,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
4
अब चाही लाग्न थालिसक्यो अरुलाई पनि सडक बाट सत्ता हत्याउने तरिका को पाठ सिकाउने परे माओवादी ले भन्ने… यो के गति हुन लाग्यो नेपालको????
मन परे हरियो, नपरे रातो
6
4
९ महिना प्रचण्ड ले सरकार चलाउँदा के गरेको थियो? अनि अहिले के के नै गर्छु जस्तो गरि, सत्ता मा नगए मरम्ला जस्तो गरि लागेको हो? गरिब जनता लै के थाहा तिनी हरु का गाउँ का खेत मा तिनले गएर नाजोते, तिनी हरु ले खान पौने हैन, प्रचण्ड अनि शेर बहादुर अनि झलनाथ हरु ५ star होटेल मा मस्ती गर्दै छन्, बिचरा जनता फोरी पानी खाएर बिरामी पर्दै छन्, अनि दिन भरि अलकत्रे पिच मा घाम खाएर भोकै पेट बसी रहेका छन्, अहिल माधव भए पानी, पहिला ९ महिना प्रचण्ड सरकार मा भए पानी, यी नेता सँधै फाइदा मा नै हो, मिलाई मिलाई खान्चन, तिनी हरु लै पद मा लान लै झाडा पखाला भएर नबस, आफ्नै गाउ गएर तिम्रो बाँजो खेत जोत………अनि खुब माओबादी को गीत गाउने हरु हो, तिम्रो खलनायक प्रचण्ड ले ९ महिना मा के जादु गर्यो? अनि अब के जादु देखाउना बाँकि छ, कृपा गरि मलाई बुझाई दिनु होला…….ज्यान मार हरु लूट को संसार मा लूट गर…तिमि हरु लाई लागोस झाडा पखाला…ती अबुझ जनता लाई कम से कम कम गरेर त खान देउ, exam को लागि पढेका लाई कम से कम exam त दिन देऊ….जय नेपाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
175
68
सयौ बर्स देखी राजनीति खिचातानी र अबिकासको भुमरिमा अल्झिएको नेपालमा बिकास भन्ने कुरा जदुगरले जादु गरेर कागजबाट पैसा बनाए जस्तो चुट्किमा हुँदैन नि। अनी बिकास प्रचन्ड त के विल ग्रेट आए पनि एक जनाले गरिने पनि हैन। जनता मुर्ख हुन तर ९ महिनामै बिकासको जादु हेर्न चाहने तपाईं झन मुर्ख हैन र?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
53
71
बुद्ध जिको कुरा ठिक हो आखिर माओबादी ले गर्न पनि त खोजको तर देशमा बिकाश देख्न नसक्ने अजिब हरुले केहि गर्न नै दियन्न.अब माओबादी को सरकार त अओउस अनि तह हुन्छ माओबादी कोखुबी ..तर पनि यो बन्दलाई धेरै नाबनोउ ..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
13
गर्न नसक्ने कुरा सक्तिन भनेर इमान्दार हुनु पर्यो नि. यो कथित् आन्दोलान्म केके आस्वासन दिएर सोझा नेपालीलाई ठगेर काठमाडौँ ल्याएको छ प्रचंदेले त्यो त् उनिहरुको भनाइ बाट नै थाहा भै सक्यो. प्रचण्ड आफ्नो स्वार्थ पूर्तिका लागि जे पनि बोल्न र गर्न सक्ने एक्कैसौ सताब्दीको सबै भन्दा अजिब नमुना हो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
8
बुद्ध, मुर्ख त तिमि हो, न प्रचण्ड ले गर्छ जादु न माधव ले गर्छ, तेही भएर यो प्रचंडे ले कहे गर्ने वाला छैन, तिमि चिउरा खाएर road मा बस्ने मुर्ख है, खुरु खुरु खेत जोतेर खाऊ, ktm को घाम मा चिउरा अनि हैजा लाग्ने पानी खाएर, प्रचण्ड लै कुर्ची मा पुर्युना को लागि दुख नपाउ…आफ्नो कम गर्न जाऊ…मुर्ख बनेर प्रचण्ड को कुरा मा huiyaa huiyaa गर्दै पछि नभाग…हुन त तिमि मुर्ख ले यो कुरा बुझ्दैनौ
मन परे हरियो, नपरे रातो
8
1
म नेपालमा नै छैन त किन मुर्ख हुने? यदी म त्यहा भएको भए आन्दोलनमा सहभागी हुन्थे होला। त्यो मुर्खपनलाई म आफ्नो भाग्य ठान्थे। ईतिहास बादल्न मेरो रगत र पसिना परेको छ भनेर म गर्बान्बित हुन्थे। हुन त म माओवादी समर्थक हैन तर हालको नेपालमा माओवादी र गैर माओवादी भन्ने २ मात्र भेट्न सकिन्छ। त्यसमा म माओवादीमा गनिन चाहन्छु। पार्टी कुनै नराम्रा छैनन होला तर नेता मात्र खराब भएकाले पुरै देशलाई दलदलमा फसाइरहेका छन। जुन सुकै पार्टीले देश चलाओस तर कम्तिमा १० बर्ष एकछत्र शासन चलाओस। जनताले चाहिदैन भनेर फालेको,झक्कु जुन नाम सुन्दै नसुनेको मान्छेले किन चुनाव जित्न सक्यो त ? हुन त झक्कुलाई जनताले चिनेका छैनन तर माकुने मन नपरेर त “नहुने मामा भन्दा त कानो मामा नै जाती” भनेर भोट हाले। जनताले यती तिरस्कार गरेको,अनी जनताको अधालतमा निर्णय भैसकेको ब्यक्ती राष्ट्रको ढुकुटिमा तान्डब नाच्छ,आफ्ना कार्यकर्ताहरु माथि दानबिर कर्ण बन्छ भने हामीले तिरेको राजास्वोको के मुल्य? हामीबाट उठाएको रेमिट्यान्सको कुन उदेश्य? यदि हारेको ब्यक्ती पनि त्यो ठाउँमा पुग्छ भने किन चुनावको नाटक रच्न पर्यो? आफ्नै मिलोमतोमा सरकार बनाए भैहाल्यो नि। अनी प्रजातन्त्र र लोकतन्त्रको भाषण छाट्नेहरुले खै त त्यसको लाज राखेको? एमाले न त कमुनिस्ट हो न त डेमोक्रेटिक। त्यो त दुई चुम्बक बिच झुन्डिएको फलामको टुक्रा हो। जसको सक्ती बढी देखिन्छ उतै टासिन जाने। हो आन्दोलनले लाखौं जनतालाई असर गरेको छ तर आफ्नो मतको(भोट)को सही कार्वानयन गर्न पनि यो आन्दोलन जरुरी छ। यदी माओवादी नभएर अरु कुनै पार्टीले यो मुद्दामा आन्दोलन गरेको भए पनि उत्तिकै समर्थन गर्थे जती आज माओवादीलाई गर्दै छु। छ त अरु कुनै पार्टी जसले जनताको आवाज सुनोस?
मन परे हरियो, नपरे रातो
6
5
ashraye जी
ल माने तपाईंको कुरा प्रचंद्र्को पछी पछी पनि नजाउँला/ अझै पुग्दैन भने प्रचंद्र मुर्दा बाद पनि भनुँला/ तर जिन्दाबाद कसलाई भन्ने हो त्यो त् भन्न सक्नु पर्यो नि/ कि कुनै दल लाई पनि नमान्ने कुनै नेतालाई पनि न मान्ने भएर निर्दल बादी पन्चे बन्नुस भन्नु भएको हो कि? राजा बादी बन्नुस भन्नु भएको हो कि?
बहुदलिए ब्यबस्था अंगाली सके पछी लोकतन्त्र चाहिन्छ भनि सके पछी कुनै न कुनै दलको समर्थन गर्नु त् परि गयो/ सरकारनै दलहरुले चलाई रहेको छ/ कुनै न कुनै दल्लायित समर्थन दिन करै लागेको छ/ कसलाई समर्थन दिने छ तपाईं सिट कुनै बिकल्प?
मावोबादीको बिरोध नै गर्ने हो भने अब हाम्रो सामु तिन थरिको दलहरु र टिन थरिकै नेताहरु बिकल्प को रुपमा छन्/ नेपाली कांग्रेस उहिले देखि नै आफुलाई भारत परास्त भन्दै आएको दल हो/ तिनीहरुको आफ्नै पार्टी भित्र गिरिजा बाचुन्जेल सभापतिको तानाशाही चलाएर प्रजातन्त्रको उपहास गर्दै गरेको पार्टी हो/ अहिले पनि त्यो पार्टी कुन नेता र कुन नीति अन्तर्गत चल्दै छ कसैले भन्न सक्दैन/कांग्रेस भित्र सुजाता चिरंगीवी गोबिन्दे र धमालावादको बोलबाला छ/ रास्ट्र्बादी कांग्रेस हरु कता छन् बा छ कि छैन पनि भन्न सक्ने कुनै आधार देखिंदैन/
अब एमाले मा कुनै बेला मदन भण्डारी र मनमोहन जस्तो नेता थए भन्नु पनि कथा भनेको जस्तो कुरा भई सक्यो/ अहिलेको एमाले कुन आधारमा यकिकृत मार्क्स बादी लेनिन बादी पार्टी भन्नेहो तेस्को कुनै आधार नै छैन/ झलनाथ त् नाम मात्रको भई गए/ पार्टीको नीति र कार्येक्रमको व्याख्या जनताले फालेको के पी ओली र माधव नेपालले गर्दै आएको छ/ तिनीहरु कति सम्म भारत परास्त थिए र छन् भन्नेकुरा अहिलेको घटना क्रम र महाकाली सन्धिले नै देखाउंछ/ कुर्सि नपाए सम्म कहिले शेर बहादुर त् कहिले राजा अनि गिरिजाको पछी पछी कुद्दने र ग्यानेंद्रकैं बिन्ति पत्र पनि हाल्न जाने, गिरिजा भ्रस्ट हुन् भनि भन्दै भारतीय बिस्तारबाद मुर्दाबाद पनि भन्दै गर्ने आज कुर्सीमा बस्न पाए पछी तिनै माधव नेपाल तेही गिरिजा र भारतको पाउ भक्त भई गए/ तेसैले त् जनताले यिनीहरुलाई चुनावमा लोप्पा ख्वाएको थियो/
अब अर्को एक मधेश बादी जस्ता जाति बादी भई गए/ तराईमा मधेसीजातकोले अग्राधिकार पाउनु पर्ने र अरु जातको नेपाली पहाडी भन्दै लखेट्ने अनि आफुहरु भारतीय मुलको भन्दै गर्ने दल भए/ आज त् तराईबाट तिनीहरुले पहाडी भन्दै लखेटिरहेको छ भने भोलि तिनीहरुले के गर्ने हुन् सबै बुझेको कुरा हो/ तेस्तै फेरी तराईमा मधेसी जातको अग्राधिकार भएको राज्य बन्न दिएमा अरु जातको राज्यहरुमा के गर्ने? ती राज्यहरुले पनि त् मधेसीकै नकल अरु जात को नेपालीलाई लखेट्न थालि हाल्छन/
अहिलेको गठबन्धनको सरकारमा यिनै कांग्रेस एमाले र मधेश बादीहरुको हाली मुहाली छ र यिनीहरुलाई भारतले समर्थन गर्दै आएको छ/
अब आश्रय जी तपाईं आफै भन्नुस यिनीहरुमा कम खराब कुन हो?र हामीले हामि कसको समर्थन गर्ने? अब भन्नुस मावोबादी, कांग्रेस, एमाले र एक मधेश बादी दलाहरुमा कुन दल हामीले रोजे रास्ट्र र रास्त्रिये एकता कायेम रहन्छ?
अब बाकी रहेको ने म कि पा र कमल थापाको दलहरु मात्र झन्डा बोकेर अरु दलको पछी कुद्ने दलहरु हुन् तिनीहरुको नेपालको राजनीतिमा कुन हैसियत छ भनि भनि रहनु पर्दैन/ उनीहरुले पाएको जनमतले ती दलहरुको हैसियेत देखायिरहेको छ/
मन परे हरियो, नपरे रातो
2
5
मदन जी.
प्रतिक्रिया अलि ढिला भयो, तपाई फेरी यो पेट हेर्न आउनु हुन्छ कि हुन्न…..तपाई को पार्टी को analysis मा सोरे आना गलत भन्न सक्दिन…..नेपाल का सबै पार्टी हरु ले बिगारेका छन्….तेस्मा यौटा न यौटा छान्नु पर्दा, जुन पार्टी, प्रजातान्त्रिक छ, जसले बेक्तिगत अधिकार का हनन गर्दैन, जसले यौटा मान्छे ले बचेर खाने अधिकार राष्ट्र ले दिने कुरा मा प्रत्याभूत गर्छ मा तेही पार्टी लाई समर्थन गर्छु, मान्छे भनेका खराब भए फेरिन्चन, गोविन्द, सुजाता हरु जस्ता पाटी को चुनाब मा आफै हरेरा जन्चन, पतन हुन्छन……सिधान्त भनेको रही रहन्छ…..माओबादी को बेक्तिगत अधिकार हनन गर्ने कुरा मा, जबर्जस्ति गर्ने कुरा को मा बिरोधि हो…जनान्दोलन भए त, काठमाडौँ को जनसंख्या तपाई लाई थाहा नै होला, १-२ लाख भए काफी थियो बिरोद गर्न, किन जिल्ला जिल्ला बाट जबर जस्ती ल्याए? मान्छे पुर्युना लाई, जबर्जस्ति गरिएको छ…..गाउ बाट सोझा जनता लाई धम्कि अनि त्रास मा ल्यायेएको छ , कसै लाई गलत सपना बाडिएको छ, मा तेस्को बिरोधि हो…..Thank you …. (तपाई को नेवारी टोन मा तीन लाई लेख्दा टिन हुन गएको मा सच्चाएको , गलत नलिनु होला, फेरी अर्को पटक तिन लाई टिन हुदैन भनी आशा लिएको छु )
मन परे हरियो, नपरे रातो
1
0
आश्रयेजी
तपाईंले भनेको जस्तो प्रजातान्त्रिक पार्टीको नाम भन्नुस न; छन् त् छ तेस्तो कुनै पार्टी नेपालमा?
अर्को कुरा म नेवार नै हो/ जसरि तपाईंहरु अंग्रेजी बा देस भित्रकै कुनै अर्को भाषा बोल्दा सुद्ध सिट बोल्न सक्नु हुन् तेसरिनै म नेपाली भाषा तपाईं हरुले जस्तै सुद्ध लेख्न र बोल्न सक्दिन/ यो मेरो नेपालमा जनजाती भएर जन्मेको जन्म दोष हो/ तेसैले मलाई मेरो नेपाली भाषामा सुद्ध नभएकोमा कसैले जे भने पनि कुनै फिल हुँदैन/
मन परे हरियो, नपरे रातो
0
0
येशोर्या
एस्तो ,बिचार यो घडीमा निस्केला ! मैले सोचेको सम्म पनि थि इ न | उफ !अब जे हुनु भैसक्यो , देश र जनताको भलाइको लागि सोचेकोमा धन्यबाद |
और , आन्दोलन जिन्दाबाद |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
17