मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सेनाको सक्कली र नक्कली वक्तव्य

    फेसबुक र इमेलहरुमा सेनाका विभिन्न वाहिनीबाट प्रधानसेनापतिलाई ज्ञापन पत्र भन्दै प्रचार भएपछि सेनाले वक्तव्य नै निकालेर त्यसको खण्डन गरेको छ। कस्तो छ त सेनाको सक्कली र नक्कली वक्तव्य, हेर्न भित्र आउनुस्-

    सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

    बिज्ञप्ति नं : ९२

    मिति : २०६७ बैशाख २२ गते

    समय : १५४० बजे

    ध्यानाकर्षण

    १. आज मिति २०६७ बैशाख २२ गते ईमेल तथा विभिन्न संचारमाध्यममार्फत नेपाली सेनाका बाहिनी अड्डाका नामबाट प्रेषित ज्ञापन पत्र भनी प्रचार प्रसार गरिएको तथ्यहीन सूचनावारे नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ।

    २. ज्ञापन पत्र भनि दुष्प्रचार गरिएको उक्त इमेल कुनै पनि व्यक्ति वा संस्थाबाट आधिकारीक रुपमा प्रेषित गरिएको नभै बेनामी पत्रको रुपमा तयार गरिएको देखिएकोले त्यस्ता कागजपत्रको कुनै पनि विश्वसनियता नहुने व्यहोरा सर्वविद्धितै छ। त्यस्तै उक्त पत्रमा उल्लेख गरिएको ५ बाहिनी अड्डा दिपायलमा नै नरहेको, ९ बाहिनी अड्डा भकुण्डे वेशीमा नै नरहेको, १३ बाहिनी अड्डा र १७ बाहिनी अड्डा नेपाली सेनाको सांगठनिक संरचनामा नै नरहेकोले त्यस्ता समाचार पूर्णतया भ्रामक रहेको समेत पुष्टि हुन्छ।

    ३. त्यसप्रकारका दुष्प्रचारबाट नेपाली सेनाका कुनै पनि व्यक्ति भ्रममा नपर्ने भएतापनि आम नेपाली जनसमुदायलाई भने भ्रममा पार्ने दुष्प्रयास भएको स्पष्ट देखिन्छ। तसर्थ, त्यस्ता कपोलकल्पित, तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति रत्तिभर विश्वास नगर्न आम नेपाली जनसमुदायलाई नेपाली सेना हार्दिक अपिल गर्दछ।

    ४. साथै, नेपाली सेनाका प्रत्येक सदस्यलाई आफ्नो कर्तव्यबोध हुनुको साथै त्यसप्रति कटिबद्ध समेत रहेको र संस्थाको नेतृत्व एवं चेन अफ कमाण्डमा आवद्ध रहि रहने कुरामा समेत आम जनसमुदायलाई पुनः आश्वस्त पार्न चाहन्छ।

    माथिको सेनाको सक्कली वक्तव्यले खण्डन गरेको नक्कली वक्तव्य भने यस्तो थियो-

    सम्माननिय प्रधानसेनापति ज्यू

    प्रधानसेनापतिको कार्यालय,

    जंगी अडडा काठमाडौ।

    ज्ञापन पत्र

    उपरोक्त सम्बन्धमा हामी यो देश नेपालका अभिन्न अंगकोरुपमा रहेका नेपाली सेना हौ। त्यही हैसियतले देशमा हामी कति सचेत अबस्थामा रहने र देश प्रतिको भाबना, देश प्रति सेवा कुन कुन तरिकाले गर्ने भन्ने बिषयमा यहांहरुलाई सर्बबिदितै छ। हाल नेपालमा देखिएको अबस्था र बिगतमा नेपाली सेनाले आन्तरीक बिद्रोह दमनमा भोगेका कुराहरु हामीले पटक पटक बाहिनी ,पृतना सम्मेलन मार्फत दर्शाएकै हो। हामीले देशमा अहिले कुन भुमिका निर्वाह गर्ने भन्ने कुराहरुको बिषयमा नेपाली सेनाका तल्लोतह गूल्म , से.मु. , पत्ति तथा व्यक्तिगत रुपमा समेत राय बुझनु पर्ने हुन्छ। यसको अभाव तल्लो तहमा सधै भइरहयो। किनकि विगतमा नेपाली सेनाले आन्तरीक बिद्रोहदमन कार्य जसरी सफलतापूर्बक गर्न सकिएन त्यसको कमजोरी पनि हामी सबैलाई थाहा छ। नेपाली सेनामा कतिपय आन्तरीक बिद्रोह वा गृह यूद्धको अबस्थामा लोभ लालच गरी अकुत सम्पत्ति कमाउने देखि आफनो व्यक्तिगत स्वार्थ तर्फ लागेका प्रशस्त कार्यहरु भए। जसले गर्दा उद्देश्य पुरा नभई सेनाको बफादारी इमान्दारी तथा सेवाप्रति र पेशा नै भुल्ने अबस्थाको सृजना हुन पुगेको जस्तो देखिएको थियो भन्ने कुरा नकार्न मिल्दैन। अबका दिनमा सर्बप्रथम यस्तो हुन नदिनका लागी पहल कदम लिन अनिवार्य छ।

    हाल नेपालमा विगतको जस्तो स्थिती लाई जसरी राजनितिकदलहरुले सहजै रुपमा लिएका छन त्यो पटक्कै हुन नसक्ला। अब नेपाली सेनामा आफनै देशका दाजूभाई संगै लडेर भिडेर के उपलव्धी हुने रहेछ भन्ने विषयमा समिक्षा गर्नुपनि आवश्यक छ। हामी नेपाली सेनामा रहेका छौ हाम्रो नेत्तृत्व पंडत्ति चेन अफ कमाण्ड अझै दरिलो भरिलो चुस्त र र्स्फुत रहोस तर सबैको भावाना बुभेर मात्र। यदी हामी आमर्ीै तहदेखि पृतना बाहिनी गण गुल्म सेनामुख. पत्ति लेबल सम्म तथा व्यक्तिगत तहसम्म हामीले भावाना बुझन नसकि माथिल्लो तहले मात्र निर्णय गरी सेना परिचालन गर्ने निर्णयमा सरकार तथा राजनितिक दलहरु संग सहमत भएमा हामी प्रत्यक्ष रुपमा फिल्डमा रहेका कमाण्डरहरु तथा सकल दर्जाहरुले आफनो विवेक प्रयोग गर्ने अवस्था आउन सक्छ।

    हामी देशमा जुनसुकै पार्टीको सरकार आवस हामी त्यसमा सरोकार नराखी सच्चा देशभक्ती पूर्ण राष्टि्र्रय नितिको अनुसरण गरौ। आपसी समझदारीका साथ राय सुझाब र सल्लाहका साथ अगाडी बढौ अन्यथा आफनो व्यक्तिगत स्वार्थसिद्ध का लागी कूनै राजनितिक पार्टीको आड नलागौ यदि हामी कुनै पार्टीको आड लागी गलत प्रकृया अपनाएमा देशले ठुलो दुर्घटनाको सामना गर्नूपर्ने त छदैछ नेपाली सेनामा पनी ठुलो घटना घटन सक्ने अनुमान गर्न सकिन्छ। तसर्थ हामी अहिलेको परिबेश सम्म आईपुग्दा सम्म पनि नेपाली सेनामा आफना कुराहरु स्वतन्त्र पूर्वक बोल्न लेख्न तथा भन्न नपाउने अबस्थामा छौ। हामी सम्पूर्ण सकल दर्जाहरुले के भन्छौ भने देशका राजनितिक पार्टीहरुले आफनो स्वार्थसिद्धिका लागी सेनाका उच्च पदमारहेका व्यक्तिहरु संग मात्र सम्झौता गरी आफनै देशका जनताबिरुद्ध दमनमा उतार्ने काम नगरुन त्यसको प्रतिफल राजनितिक पार्टी र सेनाका सहमत हुने उच्च पदस्थ कमाण्डर हरुले अबश्य भोग्नु पर्नेछ। राजनितिक पार्टीहरु सेनालाई त्यति सहज अबस्थाको नेपाली सेना नठानुन अब नेपाली सेनाका सबै तहमा सत्रै क्षेत्र, बर्ग जाती को उपस्थिती छ। र केही न केहि देशप्रतिको भावना बुझ्ने अबस्थापनि रहेेको छ। नेपाली सेनालाई यदि जबरजस्ती तरिका बाट आफनै देशका जनता बिरुद्ध दमन गर्न लगाएमा वा आदेश दिएमा हामी नेपाली जनता बिरुद्ध हतियार तेर्साउने अवस्थामा छैनौ। त्यो अवस्था आएमा भबिष्यले नै बताउने छ। हामी नेपाली सेना भित्र लिखित तथा मौखिक रुपमा पटक पटक राय सुझाब दिदा पनि सुनुवाई नभएको ले हामी बाध्य भएर देशको अखण्डता शान्ति र बिकासको लागी यो लिखित ज्ञापनपत्र नेपाली सेनाका प्रधानसेनापति मार्फत नेपाल सरकार ,रक्षा मन्त्रालय , बिभिन्न मानवअधिकारवादी संघ संस्था, पत्रकार बुद्धिजिवि लगायत आम नेपाली जनताहरुमा मिडिया मार्फत हाम्रो आवाज जनस्तरमा पुरयाउनको लागी अपिल गर्दछौं।

    सहभागिहरु

    श्री नं. ४ बाहिनी अड्डा ,

    नेपालगञ्ज। अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

    श्री नं. ५ बाहिनी अड्डा

    दिपायल अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

    श्री नं. १७ बाहिनी अड्डा

    काठमाण्डौ अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

    श्री नं. ९ बाहिनी अड्डा

    भकुण्डेबेसि अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

    श्री नं. १३ बाहिनी अड्डा अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

    श्री पूर्वी पृतना हे. क्वा.. अन्तरगतका यूनिट तथा सकल दर्जाहरु

    नेपाली सेना

    जंगी अड्डा काठमाण्डौ

    अन्तरगतका सम्पूर्ण परिवार

    No related posts.

    41 comments to सेनाको सक्कली र नक्कली वक्तव्य

    • binod shah

      नेपाली दाजु भाई माथि नै हतियार उठाउनु पर्ने स्तिथि नआओस यो नितान्त कुर्शीको लडाई हो यो प्रचण्ड को आर्को खेल हो किन भने सेना लै कम्जोर बनाया
      आफ्नो आन्दोलन सफल हुने भय को ले यो सबै गरे को हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gemmi

      खण्डन गरेर मात्रै भएन | त्यो इमेल को ओरिजिन पत्ता लगाएर पक्रनु पर्यो त्यसलाई | वाहियात प्रोपोगान्डा फैलाउने mentality लाई समयमै ठीक पार्नु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • ध्हेरै राम्रो हुनुलागे छ बल्ल नेपाली सेना मा रस्ताबदी सेना देखिने लागे छ नेपाली जनता ले जे होस् सेना मा पनि नेपाल आमा को माया वाए क रैछन खुसिलागेउ जय रास्ता बादी सेना ,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • सेनामा पनि मावोबादी हरु हुन सक्छ नि, उनीहरुको कम पनि त हुन सक्छ नि/
      नेपाली सेना मा पनि देश भक्त हरु छन्/ खुशी लग्यो/

      जय जय नेपाल

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

    • Binod Poudel .Damak .jhapa Now Toronto ,Canada

      एक दुइ वटा बाहिनी का नाम नक्कली नै भय पनि यसमा लेखियका अधिकाम्स कुरा हरु यथार्थ प्रक छन् | अखिरमा जसको आदेस मा लडे पनि नेपाली कै छोरा मर्ने हुन् | एक आपस मा लडाई गर्नु हुदैन भन्ने कुरो नेपाली सेना का जवान हरु ले राम्ररी बुझेका छन् होइन भने काठमाडौँ स्थित नेपाली सेना को भद्रकाली गण बाट संबिधान सभाको चुनाब मा सबै भन्दा बढी भोट किन मावोबादी पार्टी लाई आउथ्यो ? यो कुरा सबैलाई चेतना भया !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 11

      • तपाइँ पनि “माओ-बादी पिडित” शरणार्थी पर्नु भो कि कसो? टोरोन्टो मा पुन्जिपतिको सेवा र साम्राज्य बादीको मस्तीमा अल्मलिन पेकिंग नभई टोरोन्टो पुग्नु भएछ|हवाना भएको भए पनि “ए” भन्नु हुन्थ्यो तर क्यानाडा नै परेछ नि त साथि को रोजाई चै|

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 7

    • sheela

      यो पत्र सक्कली-नक्कली के हो भन्नु भन्दा पनि नेपाली सेनामा रास्ट्र-भक्तिको भावना छ भन्ने कुरा चाहि साचो हो! तेसैले, बिध्याले दमन गर्न भने पनि, india ले भने पनि देस द्रोह गर्ने छैनन्, यो चै सत्य हो…!! हेर्दै जाउ…!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 10

    • jack daniel

      नेपाली सेना लै अझै पैसाको कमि भयर पिस खाने झल् झेल मात्रै हो …

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 24

    • बीर

      यदि यो कुरा साँचो हो र सेनाले यस्तो इमेल नै पाएको हो भने यस्तो कुरा पनि कही पब्लिकमा यसरी खुल्ला रुपले आउछ ? यस्तो कुरालाइ त सेनाले आफ्नो सेनाको मनोबल नगिरोस र नभड्कियुन भनेर टप सेक्रेटको रुपमा राख्छ | त्यसकारण मलाई पनि अन्य धेरै साथीहरुले भने झैँ यो माओबादीको सेनामा फाटो ल्याउने प्रोपोगान्डा हो र सबैलाई थाहा छ माओबादी प्रोपोगान्डाको लडाईमा खप्पिस छ भनेर | अहिले सरकारले आई परेको खण्डमा आफु पनि पछी नहट्ने संकेत गरे पछी कतै सेना परिचालन गरि दमन गर्ला भन्ने डरले सेनाका दोधारे मनस्थितिका व्यक्तिहरुलाई हतियार बनाउन यस्तो प्रोपोगान्डा चालेको हो | होइन भने यस्तो खाले कुरा पहिले किन आएन र अहिले आन्दोलनकै बेलामा त्यो पनि मुठभेडको परिस्थिति श्रीजना हुने अवस्थामा किन आयो त ? धन्य छ माओबादीको चालबाजीलाई |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 38 Thumb down 25

    • shaubhagya

      मुर्ख हो, किन एक अर्कामा दोष दिने, नक्कली वा असल्ली जे भए पनि कुरा सहि हो सेना र प्रहरीलाई राजनैतिक मा मुछेकै छ, उनिहरु शिर्फ देश को लागि होइन कि नेता को नोकर जस्तो छ,अनि नेताले जे आदेश दिन्छा तेही गर्न तयार जस्तो ३/४ दिन अगाडी संकर पोख्रेल ले सेना परिचालान हुन्छ भनेको कति घटिया कुरा हो,सेनाको पनि आफ्नो स्तर छ भन्ने कुरा नबुझने कुकुर नेता र स्वार्थी उपल्लो दर्जाको भानौदाको लागि त्यो बग्ताग्ब्या गतिलो झापड हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 14

    • Trsharma

      माओबादीले सिधा साधा जनतालाई फकाएर वोते ताने जस्तो नेपाली सेनालाई पनि फकाएर सैनिक बिद्रोह गराउने दाउमा छन्. तर बिस्वमानै नेपाली सेना इमान्दारिता कोलागी ख्याती कमैसकेकछां. तिनीहरुको सेनामा fatolyauna कुनै दल्गल्नेछैना भन्नेकुरामा नेपालीजनता बिस्वस्ताछां.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

    • prakash

      बदाई ६ नेपाली सेनालाई नेपाली सेना कसैको पेवा हैन यो त सारा नेपाली जनताको साजा सस्ता हो तर यशलाई जनता बाट फालियाका माकुने विद्या र बिबेखिन सेनाका उचा बनौदाहरुले नेपाली जनता बिरुद पर्योग गर्न कोज्दै छन् तर सेनाका तल्हो तहका सबै ले बोजेका छन् उनीहरुले अब नेपाली जनता बिरुद हैन ति देश बेचने र सदै सेनालाई दासको रुपमा हेर्ने बिरुद हतियार उताव्नो पर्छ बदाई ६ नेपाली सेनालाई

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 11

    • Prabin

      यदि माओबादीले गरेको भए रक्षा मंत्री भयको बेलामा सेनाको नुम्बेर बाहिनी तथा पृतना थाहा नहुने भन्ने कुरा हुन्छा र .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 26

    • Ram Chaudhari

      यो माओबादी ले कति जालझेल जानेको . तर बुद्दि जंगली भएर भाषा र ठेगाना मिलौना सकेन छ . लाज मर्दो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 76 Thumb down 33

      • पुष्प

        यो माओवादीको होइन; सत्तासीनहरूको चाल हो ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 49

    • rai

      अब बिद्या, माकुने अनि सुजाता जस्ता देश द्रोही हरु बेलैमा नेपाल छाडे बेस हुन्छा तिमीहरुलाई अब नेपाली जनताले छाड्ने छैनन् तिमी हरुकों बिहार तिर सरनार्थी भएर बस्नलाई पाल तग्दै गरे हुन्छा जय मेरो देश नेपाल

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 38 Thumb down 43

    • rai

      हुन पनि हो बिचरा शेनाक जवान हरुले एक पैसा बेगर लड्नु पर्छा त्यो पनि आफ्नै दाजु भै तथा दिदि बहिनि हरु संग माथिका तोके हरुले चाही आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नलाई विभिन्न पार्टी हरुका नेता संग सहमति गर्छन त्यो पनि नेपाली जनतालाई गोलि हान्न तर अब त्यो असम्भब छ तपाई हामीले यो एउटा बक्तब्यलाइ पनि कसरि नक्कली भन्ने यो साचो पनि त हुन सक्छा ताकी अब सच्चा देश भक्त नेपाली सेनाले पनि बुजिसकेका छन् कि आफ्नै दाजु भै संग लडेर केहि हुनेवाला छैन यो त खाली कुनै पार्टीका नेता हरु त सेनाको तोके भनौदा हरुको स्वार्थ को लागि हो भनेर मात्र हामीलाई लादौदै गरेको भनेर सचेई अहिले यो नक्कली बक्तब्य भनिएको जस्तो गरि नेपाली सेनाको कम र कारबाही हुन जरुरि छ यो नै असली लोकतन्त्रको सैनिक लोकतन्त्र हो न त हरुवा हरुको सेना न त रुक्मांगत कटुवालको सेना यो त हामी नेपाली जनताको सेना हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 10

    • Gyanendra Niraula

      Dirty politics and politicians…shame on you.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    • हिमाली

      ” नेपाली सेना” लाई राजनीतिमा जबर्जस्ति तान्ने घृणित चालको पर्दाफास गर्ने नेपाली सेनाको सहि कार्यलाई मेरो सलाम /

      जो कोहि भए पनि यस्ता प्रपन्च रचयिताहरु अपराधी नै हुन् जानी-जानी वा नजनिकन नै / आफ्नो दलीय स्वार्थको लागि सेना जस्तो गैरसैनिक सस्थालाई राजनीतिको निम्ति उक्स्याउनु भनेको केवल स्वार्थ हो /जसले जे भने पनि सेनाले हरेक बैधानिक तवरबाट आएको आदेशको पालना गनु पर्छ चाहे त्यो “असल” होस् या “खराब” / यदि सेनाले त्येस्तो आदेश पालना गर्दैन भने That’s mutiny, thats coup . त्यो बिद्रोह हो /

      हो सेनाले प्राप्त गर्ने सबै आदेश असल नै नहोलान वा सबै खराब नै नहोलान त्येसको पनि लेखा-जोखा हुनु पर्छ र त्येस्तो गलत आदेश दिने हरु कठघरामा उभ्याईनु पर्छ / कसैले ढुंगो हान्नै लाग्यो भने ढुंगोलाई होइन ढुंगो हान्नेलाई ढुंगो नहान भन्नु पर्छ / कसैलाई ढुंगोले लागेर टाउको फुट्छ भने ढुंगो माथि कारबाही होइन ढुंगो हान्ने माथि कारबाही हुनु पछ /

      हिजो गिरिजाले नेपालको निजामती सेवालाई यति पत्रु बनायो कि आज त्येसको परिणाम हाम्रो सामु छ अनि प्रहरी सेवालाई कांग्रेस र बामदेवले कस्तो बनायो त्यो त जन-जनलाइ सर्बबिदितै छ / अनि आज सेनालाई ?

      जय नेपाल
      हिमाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 7

      • हिमाली

        ” गैर राजनैतिक ” को स्थानमा अन्यथा हुनु गएकोमा क्ष्यमा प्राथी

        हिमाली

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • नेपाली सेना र जनता बिचमा किन सधै दुरी बढाइन्छ ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

    • Raj "BIBASH"

      यो १०० प्रतिशत झुटको खेति हो . माओबादी ले फैलाएको .. जाबो नेताहरुको कुर्सिको लागि लडाईको परिणाम भोलि नेपाली सेनाले आफ्नै दाजुभाईलाइ गोलीले भूतना नपरोस ..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 24

    • raate kaila

      चोक चोक मा जनबादी गित घन्केको छ ……माओबादीको आन्दोलनको आगो दन्केको छ …….एस्तो बेला निकाश दिनको लागि राजीनामा दिन पर्ने हाम्रो प्रधानमन्त्री राजिनामा दिन्न भनेर सान्केको छ ……त्येश माथि हामि लाई बेकारमा राज्नितिकारण गारियो भनेर सेना बम्केको छ ……..अरु बकम्फुसे नेता हरु केहि गर्न नसके पछि कुना तिर थन्केको छ ……..तर सबै भन्दा महत्वपुर्ण हामि नेपाली जनता ४६ र ६३ को आन्दोलान ले देश मा केहि गर्न न सके पछि आन्दोलन भने पछि चम्केको छ ……… अन्तमा यो अमित पानि कलकत्ता को गल्लि मा गर्मिले रन्केको छ…….केहि काम न बन्दा रीशले फान्केको छ……. जय नेपाल लाल सलाम ………

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 16

    • trpahadi

      माओबादी को अर्को खेल रचेको झुटको खेति को प्रमाण हो यो . झुटको राजनीति त माओबादी ले जति कसैले गर्न सक्छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 14

    • xyz

      एस्तो अवस्थामा आफ्नै नाम राखी कसले ज्ञापनपत्र जारी गर्छा? नेपाली सेना मा धेरै मुर्खहरु छन् बरु ज्ञापनपत्र भन्दा तेस्को खंदंले ज्ञापनपत्रलाई पपुलर बनाउन मदत गर्ने भो.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 12

    • Bom

      मैले पनि भोगेको कुरा हो यो मलाई साचो जस्तो लाग्छ जहाँ सम्म

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 9

    • suba

      नेपाली मा उखान छ नि, आमा को दुध चुस्न न पुगे पछि बाबु को घुडा चुस्ने भनेर, हो त्यहिँ काम गर्दै छ माओबादी

      सिधा तरिका ले सासनको बागडोर हत्यौना न पाएपछि अब सेना मा बिद्रोह मचाउने सदयंत्र मा लागेको छ माओबादी. देश लाई गृह युद्द मा फसाएर राजनीति गर्ने माओबादी को कुटिल चाल सबै नेपाली ले समएमा नै बुज्न जरुरि छ . जनता हरु कति मर्ने यी कुकुर जस्ता नेताहरुको व्यक्तिगत स्वार्थ को लागि ?

      माओबादी हो तिमि हरु साच्चै देस बनउने हो भने किन कहिले जाति त कहिले वर्ग को नाम मा बिभाजन लाउने र नेपाली नेपाली बीच काटमार को स्थीति युगौ सम्म रहने बिउ रोप्छौ ह ? देस मा बिभाजन होइन एकता लयाउने आन्दोलन गर . खाली म सत्ता मा पुगे पछि मात्र सब ठिक हुन्छ भन्ने हिटलर को सिधान्त बन्द गर .

      नेपाली जनताले १०४ वर्ष राना सासन सहे, ३० वर्ष पंचायत ले लुट्यो, अब फेरी क्युबा र नोर्थ कोरिया को जस्तो फेल कम्युनिष्ट सासन हटाउन नेपाली जनता अर्को पल्ट आन्दोलन गर्ने ?? कति गर्ने आन्दोलन ??

      संसद मा बहुमत प्रमाणित गरेर देस चलाउ होइन भने प्रजातन्त्र मा बहुमत को कदर गरेर मिलेर देस बनाउ . बन्द गर तिमीहरुको यो कुकुर लडाई \

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 11

    • kranti

      काउलो टिप्न गएका दलित महिलाहरुलाई गोलि हानेर चोर शिकारिहरुलाई मारेको हो भनेर झुट बक्तब्य निकाल्ने सेनाको निर्देशनालयको यो सक्कली भन्ने बक्तव्यमा लेखिएका कुराहरु सत्य नै हुन् भनेर भन्न सकिने कुनै आधार पनि त छैन नि |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 21

    • thapa

      माओबादी डाका हरुको काम हो साथीहरु येस्मा सैन्कै छैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 40

      • khojrai

        थापा जी तपाइको आँखा भादोउ मा फुतेकोहो ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 16

    • milan

      यो माओ ले गरेको हंगामा हो अब उसले कसरि हुन्छा नेपाली सेनामा हंगामा गर्ने भन्ने सोच्छा देश त उसले बर्बाद नै बने सक्यो अब खाली एउटा त्यो सस्थामा कसरि हुन्छा हात हाल्ने र रुवान्डा बनाउने उसको सोच्छा
      सबै लै चेतना भय

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

    • satyadoot

      सत्यदूत को तर्क छ – यस्तो झूट को खेति माओवादीले नै गरेको हो | उग्रबाम्पन्थहरु कि त आतंक को सहारा लिन्छन कि त झुठ को |
      सेना नै एउटा यस्तो अङ्ग हो जसको बिरुद्ध माओवादी को केहि सिप लागेन – न त आतंक को न त झूठको | हाम्रो सेना सचेत र ससुचित रहने गरेको यस माओवादी नौटंकी ले देखाउंछ | सत्यदूत लाई नेपाली सेना प्रति गर्व लागेको छ आज |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

    • devendra kumar malla

      सेनालाई भद्कौना खोजेका हुन् . यो अरुको काम हुन सक्तैन – माओबादी बाहेक. यो काल खण्डमा आफ्नो प्रभुत्त्वो देखाउन जे पनि गर्छन . तर के येसरी देश बांच्छा ? देशै न रहे कसले सम्झने?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • satish

      यो माओबादी को काम हो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 42

      • मुर्ख्य मनुस्य माओबादी माथि गरिए को अर्को नया छल हो भन्ने किन नबुजे को नि ? थुकककककअ गधा हरु बन भारत र अमेरिका को गुलाम अनि जिन्दगि भरि हैटी इथोपिया र वेयेतना भएर बस
        भारत भने को के हो थाहा छ ? भारत भने को त गुलाम हो उहिले बेलायेत को र आहिले अमेरिका को भारत त सरिर ले मात्र होइन दिमाग ले नै गुलाम भए को छ त्यस्तो गुलाम को पनि गुलाम हुन खोजे को हो नेपाली हरु ले ?
        माओबादी ले त नेपाल को सत्ता दिल्ली बाट नभएर काठमाडौँ बाट नै चलाउन खोजे को थियो तर गु खाने तिमि हरु को जस्तो बुद्धि भए को नेपाली हरु ले गर्दा नै धुरु धुरु रुनु परेको छ अरु सोजा साजा नेपाली हरु ले
        लौ त जिन्दगि भरि गु नै खाई राख

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

    • लौना सेनाहो आबत केहि गरौ सबै तिम्रो हातमा छ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 7

    • neerose

      सक्कली नक्कली जे भय पनि होला तर के नेपालि सेना पनि नेपालि जनता कै छोराछोरी होइनन र के तिनीहरुले देश काल परिस्थिति नबुझेका छन् र? दश बर्ष अगाडिको जस्तो सोच्नु नितान्त गलत छ आजको सेनालाई, माओबादीको युद्द र आन्दोलनले नेपालि सेना भित्र पनि देश जनता र स्वोतान्त्रता प्रति एउटा गहन सोच पूर्ण संबन्धन संचार प्रबाह गरिदियको छ! तिनीहरु जस्तो देखिय पनि जस्तो जे भय पनि नेपालि जनता प्रति कसैले आदेश दियको भरमा राइफल तेसर्लान जस्तो मलाइ कदापि लाग्दैन बरु ज्यादा र ज्यादती भय आदेश दिने तिरै त्यो राइफल नफर्केला भन्न सकिन्न!
      मलाइ त लाग्छ एक हद बात अगाडी बढेमा नेपालि सेना भित्र ठुलो बिद्रोह पक्कै हुनेछ अनि ति तमाम् उपल्लो तहमा रहेर जबर्जस्ति आदेश दिनेको बिरुद्दमा आम जनतासंग सहमति हुदै राइफल को नाल तिनीहरु तिरै फर्कायर बिद्रोह गर्ने कुरा पक्का छ!
      नकार्न कदापि सकिन्न!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • NABARAJ

      यसको मतलब यो बुझिन्छ कि…सेनामा पनि बिभाजन आएर दुइ पछ्यमा विभाजित भएका छन्…./ हुन पनि किन नहोस…यो नेपाली सेना भनाउदो शा——सेनामा जस्तो कुख्यात व्यवहार भएका सेना सायद विश्व को कमै देशमा होला…/ त्यस्तो कुख्यात व्यवहार बाट अझै पनि बिशेष गरी तल्लो दर्जाका जवानहरुले मुक्त्ति पाई सकेका छैनन्…/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 39 Thumb down 83

    • chiran gautam

      झुट को खेति मौलाउने मेरो देशमा अर्को एउटा झुट रोपिएको थियो नेपाली सेना ले समएमा खण्डन गरेर ठिकै गरे जस्तो लाग्छा /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 90 Thumb down 24

    • Rohit Rana

      सेना को नक्कली बक्तब्य भए पनि एउटा कुरा सत्य हो कि सबै राजनीतिक पार्टीले आफ्नो राजनीतिक स्वार्थ को लागि नेपाली सेनाले आफ्नै नेपाली दाजु भाई माथि नै हतियार उठाउनु पर्ने स्तिथि नआओस यो नितान्त कुर्शीको लडाई हो र मात्र प्रचण्ड र माकुनेको जुँगा को लडाई हो नत्र त प्रचण्डले माकुने लाई फाली छाड्ने अनि माकुनेले प्रचण्ड बाहेकको सरकार भए राजिनामा दिने जस्ता हास्यास्पद रटान रटी राख्नु पर्ने थिएन तेसैले हे नेताहरु हो एक पल्ट छातीमा हात राखेर एउटा नेपाली भएर सोचौ, रात दिन सहमतिको कुरा गरेर तारे होटेल मा बैठक मात्र गरेर नेपाली जनतालाई बेओकुफ नबनाओ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 10

    • I have no clues about what thing might be right. The only thing i know political leader does not work for the country.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 7

    eXTReMe Tracker