नेपालमा अहिले भइरहेको आन्दोलनप्रति अन्तर्राष्ट्रिय मिडियाले पनि चासो देखाएको छ। अन्तर्राष्ट्रिय मिडियाहरुमा विशेष गरी नेपालको शान्ति प्रक्रियाको, राजनीतिक घटनाक्रम अनि हाल माओवादीले गरिरहेको आन्दोलन शान्तिपूर्ण भइरहेको सम्बन्धी जानकारी दिने गरिन्छ। अन्तर्राष्ट्रिय मिडियामा आन्दोलनका फोटोहरु खिच्न केही विदेशी पत्रकारहरु पनि आएका छन्। यहीँका पत्रकारले पनि विदेशी एजेन्सीका लागि फोटो खिचिरहेका छन्। आउनुस् हेरौँ अन्तर्राष्ट्रिय मिडियामा छापिएका केही फोटोहरु

जोसिलो नारा। अमेरिकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका लागि अल्ताफ काद्रीले खिचेका हुन् यो फोटो।

मोर्चामा डट्दैः अमेरिकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका लागि अल्ताफ काद्रीले खिचेका हुन् यो फोटो।

बुढी आमैको जोसः यो पनि उनैले खिचेको फोटो।

झण्डा फरर। यो पनि उनकै फोटो।

उठेका हात। उनकै फोटो।

यो चाहिँ एपीका नेपाली फोटोग्राफर विनोद जोशीले खिचेको फोटो।
No related posts.









कृष्ण जी क्रान्ति मा यस्तै जनतालाई ढुख हुन्छ २०४६ मा र १९ दिन को आम हड्ताल मा पनि यस्तै ढुख पाए जनता ले तेतिबेला तपाई को बाबु थियो सत्ता मा कि के हो आफ्नो जिउ मा भैसी नदेख्ने अरु को मा जुम्रा
मन परे हरियो, नपरे रातो
1
4
हैन यो लडाई जनता को लागि हो vane किन जनता लै नै अप्ठेरो मा पारेको यो माओवादी ले, बाटो मा निर्घात हुने गरि जनता लै कुट्ने अर्काको सम्पति लै छति गर्ने,उसले जनता को लागि गरेको हो vane त राम्रो तरिका ले सम्जको वाए हुन्थियो नि तर हैन यो गर्नु सक्दैन किन वने यो कुकुर हो माओवादी त्ये vaayera अर्काको लुटेरा खानु पल्केको छ.अब त बज्यो होला नि मुर्ख जनता हो ज गर्नु पर्छआफै गर्नु पर्छ वनेर.
मन परे हरियो, नपरे रातो
2
0
साथी हो धेरै पल्ट भयो मैले भनेको >यो गीत छपाएर जनतालाई सतर्क गराउनु होस् भनेर | तर तपाइँ हरुले टेर पुछार लगाउनु भएन | त्यसैको फलस्वरूप आज नेपालको यो गति भएको म सम्झन्छु | तै अझै एक फेर छपाई हेर्नु होला | कतै पार लाग्ला कि |मलाई लाग्छ यसले सबै पक्ष को आँखा खुल्ने आशा राखेको छु |ओम साइराम >>>>>
बचाऊ बचाऊ बचाऊ
नेपाललाई बचाऊ
गौरब हाम्रो देशको शान
दौरा सुरुवाल टोपी बचाऊ,
रगत हाम्रो बीरहरुको,
खुकुरिलाई बचाऊ,
बचाऊ ………….
राष्ट्र अनि राष्ट्रीयतालाई प्राण दिएर बचाऊ
भष्ट्रचार उन्मूलन गरि, श्रष्टाहरू बचाऊ
बचाऊ .. ….. ……………………………..
(देशको पूर्ब, पश्चिम,उत्तर दक्छिनलाई बचाऊ )२
सिमानालाई बचाऊ ,
(सगरमाथा, डांफे र गुरास, चिन्हहरुलाई बचाऊ बचाऊ.)2
राष्ट्रीयता बचाऊ,
बचाऊ ……. ………………………
(स्वयम्भू ,पशुपति,र गुहेस्वरी मंदिरहरुलाई बचाऊ )२
धरोहरलाई बचाऊ ,
(मेची, महाकाली ,गण्डकी नदिहरुलाई बचाऊ)२
सम्पदालाई बचाऊ ,
बचाऊ …………………………………….
(पंचे, नौमती,बाजाहरू अनि मारुनी नांच बचाऊ )२
संक्रितिलाई बचाऊ,
(गुन्यु, अनि चौबंदी,चोली हेम्बरी लाई बचाऊ)2
पहिरनलाई बचाऊ,
स्वर +सङ्गीत= डम्बर कुमार प्रधान
जयपुर बुधबारे (झापा- नेपाल ) हाल=अमेरिका
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
शान्ति-रयाली वा ‘पन्चभेला’!!
१. तानाशाही पंचायती ब्यबस्था बिरोधी ३६ साल र ४६ सालमा जन-आन्दोलन हुदा पन्चहरु पनि येस्तई तथा-कथित् शान्ति रयाली, प्रतिकार रयाली, पन्च रयाली गरेर जन-उभार दबाउन खोज्थे; जनताबाट लखेटिए/
२. ६३ सालमा पनि ज्ञानेले देसभर, हिमाल-पहाडमा समेत येस्तई रयाली गरेर भागेको भर्खरको इतिहास ताजा छ/ किन बिर्सेको….!!
३. तेतिखेर तेस्ता प्रतिकार रयालीहरुको बिरोधमा यिनै कांग्रेस, एमाले र communist हरुले जनतासंग मिलेर ‘ठिक’ पारेका थिए / तेसैले यो “प्रतिकार रयाली” वा तथाकथित शान्ति र्याली पनि नेपालको सन्दर्भमा असफल भै सकेको प्रति -क्रान्तिको प्रयोग हो /
४. ‘शान्ति र्याली’ को नाम भजाये पनि यो प्रो-एमाले-कांग्रेस-इंडिया रयाली भएको कुरा सहभागी परिचित व्यक्तिबाट प्रस्ट पनि भो!
५. अहिले येही असफल प्रगोग कांग्रेस र एमालेले शान्ति र्यालीका नाममा विभिन्न संगठन र व्यक्तिहरुको मुकूँदो भित्र लुकेर गर्दैछन/ यो जे नाम दिए पनि येस्मा नेतृत्व गर्नेहरु उही कांग्रेस-एमाले-राजाबादी छन्/ जस्तै: भास्कर राजकर्णिकार तथा सुरेन्द्र बिर मालाकार (दुवै कुख्यात् राजाबादी), कनक दीक्षित (CIA agent), ड़ा. केदार नर्शिघ KC (अर्जुन नर्शिंगको भाई (खुंखार कांग्रेसी), कुश कुमार जोशी (दलाल पुजीपति), प्रेम बहादुर BAR को सभापति (कालो कांग्रेस ), शम्भु थापा (उदयपुर बाट चुनाब हारेको एमाले वकिल ), ऋषि धमला (प्रो-indian पत्रकार, सुजाताको पुछार ), केहि out-dated कलाकारहरु र माओबादी बिरोदी संचार -गृहहरु उपस्थित मान्छे चाही उही पूराना कांग्रेसी-एमाले कार्यकर्ताहरु …ने बि संघका गुण्डाहरु आदि ….
६. प्रख्यात नागरिक समाजका अग्रजहरु, जस्तै: ड़ा. देवेन्द्र राज पाण्डे , कृष्ण पहाडी, ड़ा. सुन्दर मणि दीक्षित, खगेन्द्र संग्रौला, सहया श्रेष्ठ, मध्ये एकजना पनि त्यो प्रतिकारमा सामेल भएको देखिएन……..
7. गृह मन्त्रि भिम रावलको निर्देसनमा पुलिस उनीहरुको सुरक्षामा लाग्यो र माओबादीलाइ अश्रु ग्यास र लाठि हान्यो, जसरि कालो पंचायती काल खण्ड र संसदीय कालमा हुन्त्थ्यो, अहिले पनि उही मण्डले दीपक बोहरा र सरत शिंग भण्डारी त मन्त्रि छन् नि ……..
7. let us be hopeful and participate either way!
कांग्रेस-एमाले-India गठबन्दन, वा
माओबादी समेतको रास्त्रबादी जन-गठबन्दन
लौ छानौ है ….दुइमा एक !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
17
लौ न काठमाडौं उपत्यका का बासिन्दाहरु उठनु पर्यो ,फाइनल गर्न । कि आन्दोलन मा, कि शान्ती को लागि । अब त अती भो । नेताहरु ले त हामी लाई लाछी नै बनाये । लौ न केही गर्नु पर्यो ।
मन परे हरियो, नपरे रातो
9
2
Praksah jee:
कि शान्तिका लागि, कि प्रतिक्रान्ति का लागि उठ्न भन्नुस न, किन कुरो चपाउनु!! अनि सबै काठमान्डूका मान्छे प्रतिक्रान्ति वा प्रतिगमनका लागि मात्र उठ्छन भन्ठान्नु गल्ति होला है/ जसरी काठमान्डूमा माओबादीले चुनाबमा एक शीट पनि ल्याउदैन 4th /5th पोजिसनमा हो भन्ने भ्रम पालेका थिए…. नतिजा के भो? प्रतिक्रियाबादिको बिस्लेशन येस्तई हावा खाने हुन्छ, एस्तो बिस्लेशन त NGO लाइ मात्र काम लाग्छ!
मन परे हरियो, नपरे रातो
8
8
Prem Gurung (London) said,
Wrote on May 7, 2010 @ 6:12 AM
प्रा.डा. अभि सुवेदी
आन्दोलन सपनाधारीहरूले अनुशासनमा रहेर आफ्नो निश्चित उद्देश्यप्राप्तिका लागि सहरी क्षेत्रमा सञ्चालन गर्ने दबाबमूलक गतिविधि हो । तर, आन्दोलन दिशाहीन र हिंसापूर्ण गतिविधि भने होइन । मूलतः आन्दोलन सहर र सकडमै हुन्छ । आन्दोलनको पनि विभिन्न रूप हुन्छन् र यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । एउटा मान्छेभित्रै पनि आन्दोलन भइरहेको हुन्छ । एउटा मान्छेले आफ्नै जीवन भोगाइमा घटित कुनै घटना या दुर्घटनाको कारण असहमति महसुस गर्छ । ऊभित्रका चेतनाबीच अन्तरविरोध पैदा हुन्छ । सामूहिक रूपमा आन्दोलित हुनुका धेरै कारण हुन सक्छन् । तर, समग्रमा कुनै समूहले जब आफ्नो समाज या देशमा आफ्नो समूह दमित र सीमान्तकृत भएको बोध गर्छ, त्यस देशको सत्ता या सरकारसँग असहमति उत्पन्न हुन्छ । त्यसवेला त्यो दमित समूह आन्दोलित हुन पुग्छ ।
अहिले एकीकृत नेकपा माओवादीले सडकमा जे गरिरहेको छ, यो पनि आन्दोलन हो । किनभने, उनीहरू निश्चित अनुशासनभित्र रहेर आफ्नो उद्देश्यप्राप्तिका लागि लडिरहेका छन् । यो दिशाहीन र ध्वंसपूर्ण पनि छैन । किन आन्दोलन गरिरहेका छन् ? यसमा उनीहरूले प्रस्ट विचार अगाडि सारेका छन् । कसैलाई उनीहरूको तर्क सही लाग्ला, कसैलाई गलत । तर, हामीले नागरिक भएर हेर्दा उनीहरूसँग आन्दोलनका केही बलिया आधार छन् भन्ने लाग्छ । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेका कदमपछि बनेको सरकार जनताप्रति अनुत्तरदायी भएकै हो । सरकारले शान्तिप्रक्रिया र संविधान बनाउनुभन्दा पनि सत्तालाई बढी ध्यान दियो । जिम्मेवार मन्त्रीहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडे । विदेशी शक्तिको हस्तक्षेप बढेर गयो । यस अवस्थामा माओवादीले ‘नागरिक सर्वोच्चता’ र ‘राष्ट्रिय स्वाधीनता’को विषयमा उठाएका मुद्दाको आधार त्यति कमजोर देखिँदैन । यी कुराको समीक्षा गर्दा उनीहरूसँग आन्दोलन गर्ने आधार देखिन्छ । तर, आन्दोलनको जुन विधि माओवादीले अपनाए, त्योचाहिँ ठीक भएन । आन्दोलनका सजिला अन्य विकल्प पनि थिए । त्यसलाई प्रयोग गरेको भए देश, जनता र स्वयं माओवादीकै लागि पनि राम्रो हुन सक्थ्यो । आन्दोलनको आधार बलियो भए पनि विधि सही भएन भने त्यसको परिणाम गलत आउन सक्छ । अहिलको विधि प्रयोग गरेर आन्दोलन गर्नु निकै हतारो भयो
मे १ देखि सुरु आन्दोलनमा प्रत्येक दिन म सडकतिर गइरहेको छु । कुनै राजनीतिक उद्देश्यसाथ आन्दोलनकारी भएर होइन, आन्दोलनको विषयमा जानकारी लिन गएको हुँ । आन्दोलन कसरी भइरहेको छ ? सहभागी कहाँ/कहाँबाट छन् ? तिनका सपना कस्ता छन् ? यिनै जिज्ञासा बोकेर ठमेल, सुन्धारा, कलंकी क्षेत्रको आन्दोलनमा हेर्न गएँ । धेरै सहभागीसँग कुराकानी गरेँ । अहिले म एउटा निष्कर्षमा पुगेको छु- यो आमहडतालले आन्दोलनको नयाँ मानक स्थापना गरेको छ । आन्दोलनका पुराना मान्यता भत्काइदिएको छ । यो आन्दोलन सहर र सडककेन्दि्रत छ । तर, यी सबै गाउँबाट आएका मान्छे छन् । सुकिलो सडकमा गाउँले जमात उर्लिएको छ । धेरै अनुहार उदास छन् । बाहिरबाट यस्सो हेर्दा ती अनुहार थकित र निर्दोष देखिन्छन् । तर, विचारले प्रतिबद्ध छन् । उनीहरूको अठोट भयानक छ । आफ्नो कुरा नहिच्किचाई अरूसामु राख्न सक्छन् । यस्तो आन्दोलन युरोप र भारतमै पनि नभएको होइन । तर, त्यहाँ गाउँदेखि आन्दोलनकारी सहर पस्दा गाउँकै समस्या लिएर जान्थे । भारतमा गाउँले किसान आन्दोलन गर्न दिल्ली पुगे । तर, गाउँकै समस्या राखे । युरोपतिर पनि गाउँबाट आन्दोलन गर्न आन्दोलनकारी सहर गए । तर, उनीहरूले पनि गाउँकै समस्या बोले । गाउँबाट यता पसेका उनीहरूले गाउँको समस्या या मागबारे बोलेका छैनन् । अहिलेको देशको राजनीतिक माग नै गाउँलेको पनि माग बनेको छ । देशको चिन्ता छ, तिनलाई । मैलै कुराकानी गरेका धेरै सहभागी काभ्रे, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लाको ग्रामीण भेगबाट आएका थिए ।
सिन्धुलीबाट आएका एकजना युवालाई सोधे, ‘भाइ, तिमी किन आ’को ? उनले बडो गर्वका साथ भने, ‘जनताको अधिकार स्थापित गर्न आएको दाइ । माधव नेपालले राजीनामा नदिएसम्म हामी घर फर्किंदैनाँै ।’ उनको बुझाइमा माधवकुमार नेपालले राजीनामा दिएपछि माओवादीको नेतृत्वमा सरकार बन्छ । माओवादीको नेतृत्वमा सरकार बन्नु जनताको अधिकार स्थापित हुनु हो भन्छन् उनी । यसपछि गरिब जनताको सबै दुःख बढारिनेछ । काभ्रेबाट आएका अर्का वृद्धले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म घर नफर्किने बताए । वास्तवमा उनीहरू निकै दुःखी देखिन्थे । तर, आफ्नो दुःखभन्दा प्रधानमन्त्रीको राजीनामा महत्त्वपूर्ण
रहेछ, उनीहरूलाई । गाउँबाट आएका ती मान्छेका साँच्चै ज्यूँदा सपना रहेछन् । फेरि उत्तिकै प्रतिबद्ध पनि । ती आन्दोलनकारी माओवादीको एजेन्डाप्रति प्रतिबद्ध मात्रै छैनन् । त्यो एजेन्डाभित्र गह्रुंगो सपना पनि देखेका छन् । माओवादीका ती एजेन्डा पूरा हँुदा, हाम्रा यी-यी समस्या समाधान होलान् भन्ने सपना तिनले देखेका छन् । आन्दोलनकारीको तत्कालीन राजनीतिक सपना माओवादीले भनेजस्तै अहिलेको सरकार ढाल्ने र माओवादीको नेतृत्वमा सरकार बनाउने नै हो । उनीहरूले देखेको सामाजिक सपना ‘वर्गहीन समाजको निर्माण’ नै हो । धनी, गरिब र साना, ठूला केही नभएको समाज निर्माण हुन्छ भन्नेमा उनीहरू विश्वस्त छन् । आन्दोलनकारीले आँखामा सजाएको अर्को ठूलो सपना आर्थिक पक्षसँग गाँसिएको छ । उनीहरूलाई लागेको छ, ‘माओवादीको हातमा सत्ता सञ्चालनको चाबी पुग्यो भने रातारात समृद्ध भइन्छ र, सबैखाले दुःख ढलेर जान्छ ।’ वास्तवमा यी सपना उनीहरू आफँैले देखेका होइनन्, माओवादीले देखाएका हुन् । र, उनीहरू त्यसकै पछाडि कुदिरहेछन् ।
आन्दोलनसँग उनीहरूको सपना जोडिएकाले त्यो सफल भए पनि, असफल भए पनि सपना प्रभावित हुन्छ नै । आन्दोलनको सफलता वा असफलताले बढी प्रभावित पर्ने सपनाचाहिँ राजनीतिक सपना हो । यीबाहेक आन्दोलनको सफलतासँग अन्य सपना त्यति प्रभावित बन्छजस्तो लाग्दैन । किनभने, उनीहरूको बुझाइ प्रधानमन्त्रीले राजीनामाचाहिँ तुरुन्तै दिनुपर्छ भन्ने हो । पार्टीले पनि यसरी नै प्रशिक्षित गरेर ल्याएको हुनुपर्छ, उनीहरूलाई ।
गाउँले राजनीतिक माग बोकेर आन्दोलन गर्न सहर छिर्नु यो आन्दोलनको खास विशेषता रहेको छ । यहाँनिर आन्दोलनको विनिर्माण भएको छ । उनीहरूको आन्दोलनमा सहरजस्तै रंगिन सपना जोडिएको छ । बन्दुकबाटै सत्ता पाइन्छ भनेर त्यत्तिका वर्ष सशस्त्र युद्ध गरी केही वर्षअघि मात्रै शान्तिप्रक्रियामा आएको पार्टीले त्यति अनुशासित भएर आन्दोलन गरेको छ, यसलाई महत्त्वपूर्ण पक्ष मान्नुपर्छ । अर्को कुरा, मैले धेरै आन्दोलनकारीमा भारतविरोधी मनोविज्ञान पाएँ । अहिलेको सरकारसँग जति आक्रोश छ, त्योभन्दा बढी भारतप्रति रहेछ । माओवादीले उनका कार्यकर्तामा भारतविरोधी मनोविज्ञानलाई विकसित गराएका रहेछन् । कार्यकर्तालाई यसरी भारतविरोधी गतिविधिमा उकास्दै गए वा सबैमा यस खालको मनोविज्ञान विकसित हँुदै गयो भने यसको गलत परिणाम पनि आउन सक्छ । यी कारणले दुई देशबीच युद्ध नै हुन्छ भन्ने होइन । हजारौँ नेपाली आफ्नो भविष्य खोज्दै भारत पुगेर त्यहाँ काम गरिरहेका छन्, भारतीय पनि यहाँ आएर काम गरिरहेका छन् । यस्तो खालको मनोविज्ञान विकसित हुँदै जाँदा नेपालमा भारतीय नागरिकलाई निषेध र नेपालीलाई भारतमा निषेध गर्ने वातावरण निर्माण हँुदै छ र दुई देशका नागरिकबीचको भ्रातृत्व खल्बलिन सक्छ । भारतबाट नेपाली खेदिने र नेपालबाट भारतीय खेदिने अवस्था आउन सक्छ ।
म ०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएको थिएँ । त्यसवेलाका आन्दोलनमा सहभागीलाई नजिकैबाट हेरेको थिएँ । त्यसवेलाको आन्दोलन र अहिलेको आन्दोलनलाई तुलना गरेर हेर्दा धेरै भिन्नता पाइन्छ । त्यो सपनाको आन्दोलन थियो । यो एजेन्डाको आन्दोलन हो । यसमा सपना छैन भन्ने होइन, तर सपनाभन्दा बढी एजेन्डा छन् । त्यसवेलाका सहभागीले आन्दोलन सफल भएपछि सामन्ती युगको अन्त्य भएर नयाँ युगको सुरुवात हुन्छ र त्यो युग एकदमै स्वणिर्म हुन्छ भन्ने सपना देखेका थिए । तर, अहिलेको आन्दोलन एजेन्डाको मात्रै आन्दोलन हो । सरकार ढल्छ, अनि माओवादीको नेतृत्वमा सरकार बन्छ भन्ने आन्दोलनकारीको सपना ।
अर्को महत्त्वपूर्ण पक्ष, त्यसवेलाको जनआन्दोलनमा विभिन्न पृष्ठभूमिबाट आएका मान्छेको अभूतपूर्व मिलन थियो । धेरै पृष्ठभूमिबाट आएका मान्छेको राजतन्त्र ढाल्ने एउटै साझा उद्देश्य थियो । तर, तिनीहरूले देख्ने सपनाचाहिँ भिन्न-भिन्न थियो । त्यसवेला मैले र एउटा विद्यार्थीले देख्ने सपना फरक थियो । नेता र कार्यकर्ताले देख्ने सपना थियो । राजतन्त्रपछि यस्तो हुन्छ भन्नेमा सबैको अनुमान एउटै थिएन । यो आन्दोलनमा त्यस्तो छैन । एउटै पार्टीप्रति आस्था राख्ने समूहका धेरै मान्छेको मात्रै सहभागिता छ । र, उनीहरूको सपना पनि एउटै छ । जुन पार्टीले देखाएको हो । जनआन्दोलनमा सबै स्वतःस्फूर्त सडकमा ओर्लिएका थिए । त्यसवेला सबैमा ‘हाम्रो आन्दोलन’ भन्ने लागेको थियो । यो आन्दोलनमा आफँै आएका र ‘जानैपर्छ’ भनेर आएका दुवै छन् । आफँै आएका र जानैपर्छ भनेर आएकामा फरक हुन्छ ।
यो आन्दोलनमा गरिब, किसान तथा मजदुरको उल्लेख्य सहभागिता छ । नेपालमा जनसंख्याको ठूलो हिस्सा विपन्न र शोषितले ओगटेको छ । यो वर्गमा राम्रो प्रभाव हुनु सवल पाटो हो । अर्को सवल पाटोमा, पार्टीप्रति प्रतिबद्ध युवा जमात छ । शिक्षाबाट वञ्चित र बेरोजगार युवालाई संगठित गरेर पार्टीको काममा लगाउन सफल भएको छ, माओवादी । तर, भोलि सही समायोजन गर्दै नलैजाने हो भने ती युवा स्वयं माओवादीका लागि पनि प्रत्युत्पादक बन्ने सम्भावना रहन्छ । अर्को कुरा गाउँका अशिक्षित सामान्य नागरिकलाई पनि माओवादीले राजनीतिक चेतना भरिदिएको रहेछ । दूरदराजबाट आएका अशिक्षित नागरिक पनि राजनीतिक रूपमा सचेत भेटेँ । राजनीतिक चेतना भएपछि मात्रै सपना बाँड्ने हो । उनीहरूले सचेत बनाएर सपना बाँड्न भ्याएका रहेछन् । आन्दोलनमा सहरिया र शिक्षित अनुहारको उपस्थिति निकै कम देखिन्छ । यसमा चाहिँ उनीहरू कमजोर देखिन्छन् । सहरिया शिक्षित अनुहारको उपस्थितिले आन्दोलनमा छुट्टै महत्त्व राख्छ ।
०००
०६२/६३ को ऐतिहासिक आन्दोलनको सफलतापछि नेपाली जनताले धेरै आपेक्षा गरेका थिए । तर, नेपाली जनताको बलिदानीबाट प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्ने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पाएका राजनीतिक दलहरूले बाटो भुले । गणतन्त्रलाई कसरी पूर्णरूपले संस्थागत गर्ने ? शान्तिप्रक्रियालाई कसरी निष्कर्षमा पुर्याउने ? यी समस्यालाई भन्दा कसरी सरकार बनाउने र ढाल्ने भन्ने खेलतिर लागेर मुलुक यो स्थितिमा आइपुगेको हो । सबै राजनीतिक दल यसमा जिम्मेवार छन् । यस्तो अवस्थामा सहमतीय बाटो छाडेर बहुमतीय खेलतिर लाग्नु देश र जनताका लागि ठूलो दुर्भाग्य थियो । तर, अहिले पनि निराश भइहाल्नुपर्ने अवस्था छैन । प्रमुख राजनीतिक दल र उनका नेताले दलगत र व्यक्तिगत स्वार्थलाई त्यागेर, देश र जनतालाई केन्द्रबिन्दुमा राखोर काम गर्नुपर्छ । तत्काल मुलुकलाई निकास दिन प्रधानमन्त्रीले पनि उदार भएर राजीनामा दिनुपर्छ । र, माओवादीले पनि सबै आन्दोलनका कार्यक्रम स्थगित गर्नुपर्छ । कसले जित्ने, कसले हार्ने ? यसो गरियो भने सबैले जित्नेछन् ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
नेपालका चोर भ्रस्ट करी नेता हरुले देह्स र जनताका लागि केसोचेका छन् र
आफ्नो दुनो सोजौना बाहेक अरु केहि पनि जन्य छैन !तेसैले इ भ्रस्ट चरी हरुलाई
फासिको सजाएको कानुन सम्भिधान मा उल्लेख गरेर त्यो कानुन लाई बेबहारमा
उतार्नु पर६ अनि मात्र देश बिकाश हुन६ र जनताले सुख को अनुभब पौने छन् !
मन परे हरियो, नपरे रातो
14
1
Solution of Band……….Please Ma.Ku.Ney mama give your chair to prachanda tomorrow early morning and purchase new Chair for u from Newroad. Its old mama….bhaneko manna mama…..So that ur PM post is as usual and Prachanda will get the PM chair.
kati sano kura ma jhagada gareko hola, mama le pani.
मन परे हरियो, नपरे रातो
5
7
प्रचण्ड ले नेपाल बन्द आफु प्रधानमन्त्री बन्नका लागि बन्द गरेको हो ,भन्ने कुरा बिस्श्व सामु लुकेको छैन ,यो कुरा सामान्य मानिसले मनन गर्नु पर्छ. | बिस्श्व को सारा मिडिया ले नहेर्ने कुरा नै भयन ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
21
अन्तरास्ट्रिय जनसमुदाय वा मिडियाका सामु नाचगान तथा सान्ति जुलुस प्रदसनी गर्नुको अर्थ मुखमा राम राम बगलीमा छुरा जस्ता जस्तै हो, लाटो…मुर्ख जनता जिन्दाबाद
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
19
राम्रो लाग्यो ।
मन परे हरियो, नपरे रातो
4
9
Krishna jee
यो देस राजा-कांग्रेस-एमालेको मात्र बिर्ता हो भन्नु भा को कि ? उनीहरुको खाई-पाई आ’को बिर्तामा पहिला जस्तै जनता चुप-चाप हली-गोठाला भएर बसी रहनु पर्छ, आखा लगाउन पाइदैन भन्नु भा’को ? लौ ल बुझिएन……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
15
माओबादी को आन्दोलन धेरै कुरा ले ठिक्क छ मेरो विचार मा त देशमा शान्ति लेयोंन नसक्ने को के काम हो र देश लाइ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
23
जनता लडाएर रमौनेहरु होसियार…… आफैलाई घात साबित होला …….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
8
माओ बदिले जनता को नाममा जनतालाई नै बोका बनायो जनता माओ बादीको डरर धम्कि ले आयको हुन् बुझेर र खुसि ले होइन माओबादी को यो तरिका राम्रो होइन अरुपनि तरिका छन् के गर्ने अबत बानी बिग्र्यो क्यारे भत्ता खनेरचिल्ला गाडी चड्ने जनता लै आसा बोकेका थिय माओ बादी आय केहि गर्ला आयो अनि आफै गयो भन्छ फेरी चहियो यस्तो त हुदैन नीत कमरेड अबत आफुले खनेको खाडलमा आफै पर्दै छौ आफै नपरे पनि अब जनताले हाल्छन बोल्न र गर्नमा फरक पर्छ मजदुर गरेर खानेलाई जुलुस मा किन गैनस भनेर पिटे जस्तो होइन अबत तिमि हरुकै जुलुस का जुलुस ले टुडिखेल मा नेता भनौदा का छाला कद्छां तर होसियार ६०१ लाई कि संबिधान देउ र सान्ति बहाली गर होइन भने सबै भत्ता अपस गरेर नेपाली जनता संग माफी माग नत्र खबरदार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
14
के यो देश माओबादी को बाबु को बिर्ता हो? नागरिक सर्बोच्चता को नाम मा नागरिक स्वतन्त्रता को धज्जी उदाउने सिद्धान्त २१ औं शताब्दी मा मान्य छ? के माओबादी नेता र कार्यकर्ता मात्र यस देश क नागरिक हुन्? बिद्यार्थी ले पढ्न पाएनन्, किशन ले उत्पादन को मूल्य पाएनन्, ब्यापारी ले व्यापार गर्न पाएनन्, बिरामी ले औषधि उपचार पाएनन्, मजदुर ले मजदुरी गर्न पाएनन्. के येही हो तथा कथित् नागरिक सर्बोच्चता? के लाठो बोकेर सडक मा कराएर मात्र देश को अर्थतन्त्र, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासन चल्छ? एसको उत्तर के नागरिक को नाम मा देश र देश बासि लाई बन्दि बनाउने खाओबादी नेता लाइ थाहा छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
22
फोटा त राम्रै खिचेंछन्,
Salokya यसको शीर्षक चाही नेपालको आन्दोलन होइन नेपालमा नेपाली माओबादीको आन्दोलन राख्नु उपयुक्त हुन्छ जस्तो लाग्यो.
१. अन्तराष्ट्रिय मिडियाले यी आन्दोलनमा आएका ति सोझासाझा जनताले यो आन्दोलन केको लागि आएका र कसरि यिनलाई ल्याएका हुन् भनि बुझेका छन् त?
२. यो आन्दोलन के अहिलेको परिपक्षमा कत्तिको साधर्भिक छ त? अहिले यो आन्दोलन केवल सरकार परिबर्तन र माओबादीको नेतृत्वमा सरकार गठन हो मात्र भन्ने बुझिन्छ, अहिलेको सन्धर्भमा सरकारको नेतृत्व सहमतिमा बनाउने कि बलजफ्ती मान्छे थुपारेर गर्ने?
३. कुनै पनि बलजफ्ती गरि सत्ता कब्जा गर्न खोज्नु भनेको आफ्नो सिद्धान्त नमान्ने प्रति बदनियत पूर्ण नियत छ भन्ने कुरो यी बिदेशीहरुले बुझेका छन् त्? अति बादी कम्न्युष्ठहरुले अहिले सम्म संसारमा यस्तै गर्दै आएका छन् र राष्ट्रलाई बिस्व समुदायमा एकल रुपमा निरङ्कुश शासन चलाएका छन् र अहिले माओबादीको विभिन्न अभिव्यक्ति र क्रियाकलापले पनि यो कुरोको स्पष्ठ बुझ्न सकिन्छ र अहिले यो बिषय प्रति सजक हुनु अत्यन्तै जरुरि छ.
४. नेपालमा पुर्व राजा तथा प्रमुख प्राय सबै पार्टीहरुले पनि चाहेमा यत्तिको मान्छे सजिलै ल्याउन सक्छन भन्ने कुरो बुझेका छन् त?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
12
बिदेशी हरुले त मज्जाले बुझेका छन् कि यी सबै जनता भारत द्वारा संचालित कठपुतली सरकार र भारत् लाइ भगवान ठान्ने पुरानो राज्य सत्ता पन्छाएर नया नेपाल को सुनिस्चितताका लागि माकुने लाइ घुडा टेकाउन देश भरि बाट जम्मा भएका हुन् भनेर सबै बिदेशी लाइ थाहा छ | थाहा भए पनि थाहा नपाएको जस्तो गर्ने त नेपालि भनाउदा ये कठपुतली हरुका मतियार हरु मात्रै हुन् |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
12
हो ठिक गरेका छन् माओबादीले अहिले अब पनि चुपलागेर बस्ने हो भने त एस्त कठपुतली सरकारले देस दुबौछान आर्मी हरु पनि अब कुरो बुजा है तिमीहरुले खुन बगाएर के गर्छौ माकुने र बिद्या भण्डारी जस्तालाई सरकारमा तिकौनको लागि आफ्ना जयन दिनातारा नहोउ है आर्मी हरु हो तिमिहारु पनि गरिब जनताका छोरा हौ खोइ तिमीहरुको लागि के कुराको राम्रो बेबस्था गरेका छन् र यी नेताहरुले त्यसैले आर्मी हरुले पनि सोच्ने बेला आएको छ अब अनि सबै राजनीतिज्ञ हरुले बजे हुन्छा जनताको अगाडी कसैको केहि लाग्ने वकाल छैन अब्ब
अब पालो जनताको हो
नछोड माओबादी हो एस्त छुट्या हरुलाई देश निकाला गर्नु पर्छा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
32
56
यो माओबादी को अहिले को माग को कुनै तुक छैन , कहिले सेनापति प्रकरण , कहिले राष्ट्रपति प्रकरण, हुने नहुने माग राखी आन्दोलन गरे अहिले चाही Smoothly चलिरहेको सरकार को राजिनामा मागी आन्दोलन गर्नुको कुनै तुक छैन , यो खाली प्रचण्ड लै कुर्सि मा राख्ने खेल मात्र हो, यो अन्तरिम संबिधान को बिपरित छ, संसदीय प्रक्रिया वा कानुन बिरुध्ह छ,
यो माओबादी हरु ले ६०१ जना सभाषद अलि लामो समय सम्म पाल्ने जुक्ति हो, खुरुखुरु संबिधान बनाउने शोच मा जोड नगारेर खाली कुर्ची को लागि लड्ने हरु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
18
के को राम्रो हो वन्दै छन् हाम्रो साथी हरु ले ! मैले त bhujna नै सकेन.. .. माथि कमेन्ट गर्ने हरु सबै जना मौबदी हुन् के क्या हो .. देश को दुर्गति भै राको छ कसै ले देखेको छैन!जे होस् देश राम्रो बाट तर्फा लागोस येहे मेरो र देश बसी नेपाली को चाहना हो.. देश लै कत्पुतली को बाटो मा चै न धकेलून!
जे नेपाल!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
5
नेपाल जस्तो पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकले यस प्रकारको चर्चा पाउनु हाम्रो लागि कत्तिको हितकार हुन्छ, त्यो सम्पूर्ण राजनैतिक दलहरुले सोचिदिएको भए कस्तो हुन्थ्यो होला ?
जय नेपाल
हिमाली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
मेरा बुबा आज टि.भी.मा आउछन हेर है साथी भन्ने अनुरोधमा किन आउने र भन्दा चोरीको काण्डमा प्रहरीले पक्रेर सार्वजनिक गर्दै छ भन्या जस्तो समचार लाग्यो मलाई त |
आफ्नै देशको बिचल्नी देखाएको अन्तरास्ट्रिय संचार माध्यम को उदगार नेपाली मेडियाले दिने |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
1
गजबको प्रतिक्रिया !!!!!
मन पर्यो, एक हरियो प्रदान
मन परे हरियो, नपरे रातो
8
1
तिलक सर आज सम्म यो लिंक हेर्दा आयको सबै भन्दा मिठो पत्रिक्रिया को लागि धन्यबाद….गजबको पत्रिक्रिया..
मन परे हरियो, नपरे रातो
2
0
माकुने= प्रचण्ड :मलाई प्रधानमन्त्रिको कुर्ची सार्है मन पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
सत्ता प्राप्ति को आन्दोलन लाई media ले यति सारो highlight गरेको संसार मै पहिलो होला| जनता ले पाको दुख लाई पनि cover गर्न सकेको भय अलि बढी निस्पकच्छ हुन्थो होला|
मन परे हरियो, नपरे रातो
6
2
सित जी, पित पत्रकार भनेको इन्लाई हो नि!
मन परे हरियो, नपरे रातो
1
1
धेरै धेरै बधाई छ नेपाली जनता र माओबादी लै यो आन्दोलन शान्तिपुर्बक बनाउनु भएकोमा.. हामीहरुको समर्थन छ एस्मा..जय नेपाल..जय देश..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
29
मेरो पनि समर्थन छ र धेरै बधाई छ / नेपाल को यो आन्दोलन ले संसारलाई नै एउटा आन्दोलनको राम्रो उदाहरण दियकोछ //
मन परे हरियो, नपरे रातो
5
12
अब कसै ले कै पनि देश को लागि कै पनि गर्दैनन् भन्ने prove भै सकेको छ so अब मजबूर भएर भन्नै पर्छ “राजा अउ देश बचाऊ”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
14
साथीहरुलाई त राम्रै लाग्छा नि किनकि उन्हाहरुपानी मोबदिकै पुच्छर त हो नि नत्र आन्दोलन के का लागि र किन भन्ने पनि त बुझछन होलानि अरुले . केवल सत्ताका लागि गरिने आन्दोलन आन्दोलन होइन फेरी अर्को कुरा एदी आन्दोलन सन्चै जनताकै लागि भएको भए किन लोकल जनताको उपश्थिति छैन त ? तेही भएर निश्चित उदेश्य जो सर्ब हितको लागि हुन्छा त्यो मात्र जनताको आन्दोलन हो . यो त फगत् माकुनेलाई हटाएर प्रचण्डले राज गर्ने आन्दोलन हो जसको कुनै माने छैन नेपाली जनतालाई, किनकि दुबैले केहि गर्दैनन् जुन कुरा देखियिसक्यो. तेसैले यो आन्दोलनले उचाई लियोस या नलियोस जनताका लागि मलाइ लाग्छ केहि मतलब छैन केवल मतलब छ त YCL र अन्य भाडाका आन्दोलान्करिहरुलाई किनकि केहि दिनको लागि तिनीहरुको रोजी रोटि चलेको छ. तसर्थ साथीहरु दङ्ग नपर्दा हुन्छा जस्तो लाग्छा. सबैको चेतना भय.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
3
यो नबराज ले पनि हँसायो …..फोकट मा मासु र भात खान पाए पछि त धेरै जनता किन्न पैंचा नेअप्ल जस्तो गरिब देश मा…….
तेसैले धेरै नातोपले हुन्छ को ठिक र को बेठिक भनेर…..जनताले चाहेको कुरा होइन यो….
हप्तौं दिन सम्म जनता को बाच्न पौने अधिकार खोस्ने अधिकार माओबादी लै कसले दियो……अनि तिमि जस्ता माओ क अन्ध भक्त….थुक्क तिम्रो बुद्धि…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
6
रामकुमार,
तिमि त काग्रेसीको धोति बोक्ने भतुवा पो रहे छौ…// यो देश बिगार्यो कसले…? तिमि जस्ता पुजीबादी कांग्रेसीले…// नेपालमा माओबादी कसले जन्मायो…..? तिमि जस्तो सोच बोकेको यथास्थितिबादी भातुवाहरुले….// तिमीले कहिल्यै तिम्रो कालो अनुहार यैनामा हेरेको छौ मुर्ख…? अब यैना हेर अनि आफ्नै मुखलाई थुक….// अझै पनि सोझा सिधा, गरिब जनतालाई दोष लगाउने चेस्टा नगर मुर्ख रामकुमार….// नत्र जनताले तिमीलाई सिल टिम्बुर ख्वाउने छन…//
मन परे हरियो, नपरे रातो
5
11
यो आन्दोलन लाई समर्थन नगर्ने हरु मा कानुन मिच्ने ,घुश्खोरी गर्ने गराउने ,कुनै काम लिनु पर्यो कि ठुला ठुला पद का ब्येक्ति हरु संग सोर्सफोर्स र शिफारिश लिने, पुलिश ले पक्राउ गरेता पनि विभिन्न उच्च पद का ब्येक्तिसंग सम्पर्क गरि छुटाउनु लगाउने .येस्ता मानसिक बोकेका ब्येक्ति हरु कांग्रेस र एमाले मा थुप्रै छन् जसलाई चैते कांग्रेस र कार्तिके एमाले भन्छन .१ येश मध्ये केहि माओबादी पिडित देखाएर भएर काल्पनिक शरणार्थी सुची मा परे तापनि माओबादी लाई गाली गर्न चुक्दैनन .कारण हो … नेपालमा माओबादी ले जति हड्ताल बन्द गरे शरणार्थी सुचिमा प्रवेश गर्ने हरु लाई सुबर्ण अबशर हो भने,शरणार्थी सुची परि सकेका हरु माओबादी लाई गाली गर्न रुचाउन्छन् ,आतंककारी को दर्जा नमेत्न बिदेशी अधिकारी कहाँ पुग्छन ,२ इंडिया ले जे सुकै गरे पनि केहि खोक्दैना,नेपाल जान नै नपाउने ,माओबादी संग कुनै किसिम सम्पर्क मा नै आउदैन तापनि किन माओबादी को मात्र बिरोध गर्छन .कारण हो ….. माओबादी ले देश मा शान्ति पूर्ण शाशन चलाए देश विकास गरे “” ल तिम्रो घरमा शान्ति भयो अब घर जौ “”भनि बिदेशी सरकार भन्यो के गर्ने धेरै पिर छ माओबादी पिडित हरुलाई ………………..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
15
visit nepal को खुब राम्रो प्रचार भएको छ…..क bhanee एस्ता लाइ…..अस्ति भर्खर प्रचंडे ले बन्द हड्ताल नगर्ने भनेर सहि गरेको थियो…..खुब राम्रो भै रहेको छ…..अन्तरास्ट्रिय रुप मा प्रचार गरेका छन् माओबादी ले………नेपाल घुम्न पर्येटक औउ भनेर……
(((
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
२०-३० बर्ष पछि कुनै दिन फेरी २५ -२६ जना आन्दोलन हुने होला…४६ to ६२ अनि ६७ अब सन्धी जना आन्दोलन…सब लै कुर्ची चाहिने…माओबादी, सबिधान राम्रो संग बनाउन लाग….क्रान्ति पुग्यो….अब शान्ति चाहिएको छ……यो माओबादी निमिट्यान्न नभए सम्म सँधै येस्तई बबाल मछौने भए……मोरा हरु……सबै हुल्या गुन्डा अनि भिड बादी को सत्य नास होस्…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
जनताको यो आन्दोलन लाई बिदेशी मिडियाहरुले त यस्तो चासो राख्दा रहेछन….// तर हामी नेपालीहरु चाही किन चासो नदिने….? जनता सहि छन्…जनता नै देशको शक्त्ती हो…जनताले चाहेमा माकुनेको सरकार गिर्ने मात्र होइन भोलि यो माकुनेको सरकारमा सामेल भएका सबै घटिया मन्त्रीहरु इंडिया तिर लखेट्न पनि सक्छन…//
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
75
81
माओबादीको यो शान्ति पुर्बक आन्दोलनलाई यसरी अन्तराष्ट्रिय मिडियाले पनि चासोको साथ तस्बिर लिनु भनेको संसारलाई नै एउटा आन्दोलनको राम्रो उदाहरण हो…// आन्दोलन यसरी नै शान्ति पुर्बक होस्…जिउ धनको छ्यति नहोस…माकुनेको दिमागमा नेपाली जनताको शान्तिको जनभावना घुसोस…//
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
93
87