मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हाम्रो औकात

    - दीपक अर्याल

    आमहडताल फिर्ता लिने निर्णयले माओवादीको दम्भ वा अहंलाई जरूर ठेस पुगेको छ; माओवादी कार्यकर्तालाई पनि निराश नै पारेको होला। आमहड्ताल फिर्ता भएपछि मुढेबलका भरमा हुन लागेको आन्दोलनले हार्यो वा आन्दोलनको प्रतिकारमा उत्रेको सरकारले हार्यो अथवा त्यो भन्दा पर गएर समग्रमा लोकतन्त्रवादीहरूले हारे त्यसको विश्लेषण गर्ने बेला भइसकेको छैन। त्यसको विश्लेषण र विवेचना पनि हुँदै जाला अनि समयले कसले हारेको थियो र कसले जितेको थियो भन्ने कुरा पनि प्रष्ट पार्दै लग्ला। मेरो निजी विचारमा आमहड्तालको फिर्ताले माओवादी र सरकार दुवै पक्षले एकैपटक जिते अनि दुवैले हारे तर वास्तविक लोकतन्त्रवादीहरूले भने पक्कै हारे वा अहिले नहारे पनि भविष्यमा हार्नेछन्।

    जनता आफ्ना पछाडि मात्र छन् भन्ने माओवादी मानसिकतालाई हालको प्रतिकारले झापड त हानेको छ तर लोकतन्त्रवादी र अंहिसात्मक भनाउँदाहरूले पनि आमहड्तालको प्रतिकारका लागि ‘महेश बस्नेत’ तथा हिन्दू युवासंघको सहयोग नै चाहिने रहेछ र आमहडताल पनि शान्तिपूर्वक भयो भने सफल नहुने रहेछ भनेर सन्देश दिएका छन्। भोलिका दिनमा हुने आन्दोलन र प्रतिकारका लागि यसले पाठ सिकाएको छ र चुनौति पनि थपिदिएको छ। वर्तमान आमहड्तालले हिंसाको भरमा हड्ताल हुन सक्दैन भनेर माओवादीलाई पाठ सिकाए जस्तै लोकतन्त्रवादीहरू पनि कति कमजोर, कति असहाय र निर्बलीया रहेछन् जसले आफ्ना भनाइहरू राख्‍न, आफ्ना कुराहरू जनतालाई बुझाउनका लागि पनि हतियार नै बोक्न पर्दोरहेछ भन्ने सन्देश दिएको छ। यसको अर्थ लोकतान्त्रिक विधिबाट आमहड्ताल चल्न र त्यसको व्यवस्थापन हुन नसक्ने रहेछ भन्ने नै हो।

    शुरूका केही दिनसम्म माओवादी आन्दोलन शान्तिपूर्वक नै थियो। सरकारी धारणा जे सुकै भएपनि र माओवादीले सत्ता कब्जा गर्न खोजेको भनेर जति नै प्रचार गरे पनि त्यो प्रचार पत्रपत्रिका पढ्नेहरूका माझमा मात्र सिमीत रह्यो। गाउँबाट काठमाडौं आएका वा गाउँमा रहेका आम मानिसहरूका लागि सत्ता कब्जा कसले गरेको छ र कसले गर्दैछ भन्ने कुराले ठूलो महत्त्व राख्दैन थियो र राख्दैन पनि। उनीहरूका लागि आफ्ना दैनिक आवश्यकता पुरा गर्ने र यसका लागि पाउनु पर्ने दु:ख नै ठूलो त्रासदी हो। त्यसैले लोकतन्त्र हामीलाई मात्र चाहिएको हो, खासगरी काठमाडौं बस्ने वा शहरमा बस्ने र पत्रपत्रिकाहरू हेर्नेलाई। कम्युनिष्ट एकदलीय शासन सत्ता आउँदा के दु:ख हुन सक्छ वा हाम्रा स्वतन्त्रताहरू कुन हदसम्म खोसिन सक्छन् भन्ने कुराले हामीलाई मात्र पिरोल्छ। यस्ता स्वतन्त्रताको पिरलो ती गाउँका आम मानिसका लागि लागू हुँदैन, त्यसैले उनीहरू र हामीहरू माझ आकाश-जमिनको फरक छ र त्यसैको फाइदा माओवादीहरूले उठाइरहेका छन्।

    भारतमा इन्दिरा गान्धीले ‘इमर्जेन्सी’ लगाउँदाको क्षण बजारमा बस्ने, पढैया, जाने-बुझेकाहरूका लागि सबैभन्दा दु:खद र त्रासदीपूर्ण क्षण थियो तर हालै NDTV मा चलाइएको एउटा बहसका क्रममा सो समयमा दलीतहरू सबैभन्दा सुखी रहेको कुरा उल्लेख भएको थियो। दलीतहरूका लागि दिइएको आवासले त्यहाँका खास क्षेत्रका दलीतहरूलाई हालसम्म पनि सबैभन्दा सुखद क्षण, पार्टी, मान्छे र समय सोध्यो भने उनीहरूले इन्दिरा गान्धीको त्यो संकटकाललाई सम्झन्छन्। त्यसैले कसका लागि के महत्त्वको कुरा छ त्यसले नै सबै कुराको निर्धारण गर्छ। वास्तवमा प्रजातन्त्रको हत्या भए पनि, लोकतन्त्रको घाँटी निमोठिए पनि ती दलीत गरिबहरूका लागि उनीहरूले पालेको, साँचेको सपना पुरा भएको त्यो क्षण स्वर्णिम समय थियो। यदि इन्दिरा गान्धीको उक्त योजना सबै राज्य वा क्षेत्रमा लागू हुन सकेको भए चुनावको परिणाम अर्कै हुन सक्थ्यो र इन्दिरा गान्धीले अझ केही वर्ष शासन गर्न सक्थिन् भनेर विश्लेषण गर्नेहरू प्रशस्तै देखिन्छन्।

    प्रजातन्त्र, लोकतन्त्र अपरिहार्य छ र त्यसमा सम्झौता गर्न हुँदैन तर प्रजातन्त्रका नाममा गाउँले, दलीत, आदिवासी जनजाति, मधेशी, ‘पाखे’, ‘गवाँर’, नपढेका अवुझ भनेर जनताको त्यो समूहलाई किनारा लाउन खोजियो भने त्यसको परिणाम गृहयुद्ध मात्र हो। नेपालका सन्दर्भमा यो समूहको प्रतिनिधित्व अहिले माओवादीले गरे पनि भोलिका दिनमा अन्य कुनै समूहले यसको प्रतिनिधित्व गर्ने नै छ। त्यसैले माओवादी वा प्रचण्ड पूर्णरूपमा सिद्धिए भने त्यो ठाउँमा मातृका यादव वा अन्य कोही आउने नै छन्। जबसम्म त्यो क्षेत्र, वर्गका लागि प्रजातन्त्रवादीहरूले ध्यान दिंदैनन् वा उनीहरूका आकांक्षा र चाहनालाई ध्यान दिंदैनन् तबसम्म प्रजातन्त्र वा लोकतन्त्र र विधिका शासनका कुरा गर्नु व्यर्थ छ। ९९ प्रतिशत शिक्षित, सबैलाई रोजगारी वा वेरोजगारी भत्ता, सामाजिक-आर्थिक-राजनैतिक-प्रशासनिक सुरक्षा पाएका विकसीत देशका नागरिकहरूका लागि लोकतन्त्र वा विधीको शासन राम्रोसँग पच्छ र उनीहरूले यसको महत्त्वपनि राम्रोसँग बुझ्छन् तर नेपाल जस्तो मुलुकमा यस्ता आवश्यक्तालाई एकातिर पन्छाएर लोकतन्त्र र विधिका शासनको कुरा मात्र गर्नु र माओवादीले साम्यवादको सपना देखाउनु उस्तै-उस्तै हो। यस्ता सपना र नाराले कुनै समाधान दिंदैन।

    एउटा जातले अर्को जातलाई हेर्ने दृष्टिकोणमा समस्या छ। एउटा क्षेत्रले अर्को क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समस्या छ अनि अहिलेको माओवादी आन्दोलनमा देखिएको गाउँका मान्छेलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा पनि समस्या छ। बजारका वा खास विकसित भनिएका क्षेत्रका मान्छेहरूले हिजोसम्म मधेशीलाई ‘मदिशे’ देख्थे, जनजातिहरूलाई ‘नपढेका’, ‘नजानेका’, ‘नबुझेका’ देख्थे अनि बजार भन्दा बाहिरका मान्छेलाई पिछडिएको, नजान्ने, नबुझ्ने, गाउँले र पाखे नै देख्थे। विडम्बना आज पनि त्यो प्रवृत्ति कायम नै छ।

    आदरणीय मदनकृष्ण श्रेष्ठज्यूले बोलेको भाषामा त्यहीँ अहं झल्किन्छ, त्यहीँ ‘मपाईत्व’ झल्किन्छ र त्यही हेपाहा, मिचाहा, अभिमानी बोली भेटिन्छ। शान्ति जुलुसमा निस्किएका इन्जिनियर, डाक्टर, मिडियाका मान्छे वा नागरिक समाजकाले मात्र समस्याको समाधान गर्न सक्ने भए देशको यो हालत नै हुने थिएन। उनीहरू त सधै त्यहीँ देश बनाउने ठाउँमा थिए र छन् त्यसैले त्यो भनाइ माओवादीले आफ्ना कार्यकर्ता बाहेक अरूलाई जनता नदेखे जस्तै आदरणीय मदनकृष्ण श्रेष्ठज्यूले पनि पढेका-लेखेका-बुझेका-जानेका-शिक्षितले मात्र देश बनाउन सक्ने, बनाउने र उनीहरूले मात्र वास्तविक देश निर्माता भन्ने भ्रम पाल्नुभएको छ। यसले नेपालका ८० प्रतिशत जनतालाई अशिक्षित, गतिछाडा, पाखे, गाउँले, नबुझेको र नजानेको भन्ने नै देखाउँछ।

    शायद हामीहरूलाई चप्पल लगाउनेहरूले कसरी देश हाँक्छन्? उनीहरूको हैसियत नै छैन भन्ने लाग्ला। शायद भाँडा माझ्नेले कसरी संविधान बनाउँछन्? उनीहरूको काम त भाँडा माझ्नु पो हो त भन्ने पनि लागेको होला। शायद पढ्न-लेख्न नआउनेले हामी जस्ता पढे-लेखेका, जान्ने बुझ्ने मान्छेहरूलाई गनेनन्, मानेनन् भन्नेँ रीस पनि होला। शायद पढैया, जाने-बुझेका, शिक्षित मान्छेहरूको कुनै स्वार्थ हुँदैन, उनीहरू निष्पक्ष हुन्छन्, उनीहरू मात्र देशप्रति चिन्तित छन् भन्ने् भ्रम पनि होला। शायद हामीलाई चप्पल नलगाएर नाङ्गो खुट्टा आउनेहरू चप्पल पाउने आशमा काठमाडौं आए होलान्, रातो र नीलो टिशर्ट पाउने आशमा काठमाडौंका गल्लीहरू चाहारे होलान्, खान नपाएकाहरू खान पाउने आशले काठमाडौं आए होलान् अनि काठमाडौं नदेखेकाहरू काठमाडौं हेर्न भनेर आए होलान् भन्ने लागेको होला।

    हाम्रो मनको कुनै कुनामा “आखिर चोरीको काम पनि गाउँलेले गर्छ, ठगीको काम पनि गाउँको गरीबले गर्छ, ढाट्ने-लुट्ने काम पनि त्यहीँ गाउँलेले गर्छ, लोभी-पापी पनि उनीहरू नै छन्, हत्याराहरू पनि उनीहरू नै हुन्, देश विगार्ने पनि त्यहीँ नबुझेर पार्टीमा लाग्नेहरू नै हुन्” भन्ने कुराले जरो गाडेको छ।

    हाम्रा अभिव्यक्तिहरूले, हाम्रा मिडिया रिपोर्टिंङहरूले, हाम्रा लेख तथा विश्लेषण र भाषणहरूले हामी पहिलो दर्जाको नागरिक र गाउँका गरीबहरू दोस्रो दर्जाका नागरिक हुन् भन्ने कुरालाई पुष्टि गरेको छ। शायद यो नै “असफल आन्दोलन”को सबैभन्दा ठूलो सफलता जसले हाम्रो, काठमाडौंको, पढैयाको, बुझैयाहरूको मानसिकतालाई फेरि एकपटक प्रष्ट पारेको छ र हाम्रो औकातलाई गाउँले जनताहरूका माझ छरपष्ट पारेको छ। माओवादी नेताहरूले जति निकृष्ट शब्दमा गाली गलौज गरे त्यो भन्दा निकृष्ट रूपमा हाम्रा पत्रपत्रिकाहरूले सम्पादकीय लेखे र त्यसमा रिपोर्टिंङहरू गरे। भोलिका दिनमा मिडिया कतिसम्म ‘बायस’ हुन सक्छ? भनेर कुनै विदेशीले अनुसन्धान गर्यो भने नेपाली मिडियाहरूको सक्कली रूपका बारेमा गरिएको सो अनुसन्धान कुनै अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्न पाइने नै छ। जे होस्, हामी सबैले देशको दुर्गतिका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान गरेका छौं र सहयोग पुर्याइरहेका छौं। त्यसैले आत्ममूल्याङ्कन गर्नु अनि फेरि सोही गल्ति दोहोर्याउनु बाहेक हामीसँग अर्को विकल्प छैन र त्यो बाहेक अरू केही गर्ने औकात पनि हामीसँग छैन।

    deepakaryal@gmail.com

    No related posts.

    67 comments to हाम्रो औकात

    • Hillman, Myagdi

      यो आन्दोलनले यथार्थमा सिमित शहरिया, पढेलेखेका, बुद्दिजीवी र धनाढ्य हरुको संकुचित मनोभावना र हैकवादी प्रव्रिती छताछुल्ल हुने गरी उजागर गरी दियको छ!

      शहरमा बस्ने सम्भ्रान्त र बुद्दिजीवी भनिने यि शहरियाहरु घुष खाएर, कलाबाजरी गरेर, दलाली गरेर, मानव तस्करी गरेर, सरकारी कर छलेर, ठमेलको गल्ली गल्लीमा आफ्नै चेली हरुको नुमईस गरेर, सरकारी खर्चमा विदेश भ्रमण जाने/पढ्ने अनि उतै पलायन भएर, गरिब निमुखा को श्रम शोषण गर्ने, विकासे योजनाको नाउँमा अर्बौ कमिशन हसुर्ने, गरिब निमुखाको नाउँमा गै स स खोली विदेशी दाता हरु र नेपाली गरिब निमुखा दुवै लाई झुक्कयाउने, आदी आदी क्रियाकलाप वाट आएको लूटको मालले नै बुद्दिजीवी, सम्भ्रान्त र धनाढय भएका हुन्!

      अतित र वर्तमान यस्ता भएका यि शहरिया सम्भ्रान्त, बुद्दिजीवी र धनी वर्गले गाउँका गाउँले गरिब निमुखा र असह्य लाई हेर्ने सामन्ती र हैकमवादी आचरण र संकीर्ण मानसिकता नै नेपालको प्रगति र बिकाशको बाधक हो!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • krish

      माओबादी ले के गर्यो, गरेन भनेर नहेर्ने र अधिकांस नेपाली जनता को जीवन शैली अनी आबस्यकता हेर्ने हो भने, यो लेख १००% साचो छ…..एस मा कुनै दुइमत छैन….मात्र खोट छ त माओबादी नेता हरु मा ….uniharu कुरा मात्र ठुलो गरे, सपना मात्र देखाए, तर ति गरिब, जनजाती , दलित र पिछडिएका सपना लै पुरा गर्न सकेनन..मात्र गरे त क भने, tini हरु लै use गरे ..use गरे जसतै काम पनि गरेर देखाए त कसले मान्दैन र हो ??????..मोर bhatmara हरु गरिब जनता को आड र भरोसा मा सत्ता लिन खोजेर मात्र हुन्न नि?? तिनी हरुको जिवनिस्तर उकास्ने काम गरे त sabai जनताले साथ dihalcha नि..

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Peace Formula:

      Eternal Peace = Spiritual Repentance + Spiritual Forgiveness

      Spiritual Repentance = Love

      Love = God
      God= Love

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Hari Prasad Lamichhane

      दीपक जी छोटकरी मा भन्दा हजुर ले मेरो एउटा सानो कुरा को उत्तर दिनुहोला भन्ने आस छ| कुरा के भने प्रचण्डजी प्रधानमन्त्री भएपछी किन होला नेपाल लाई switzerland र singapore बनाउने कुरा गरेको?
      किन नोर्थ कोरिया र cuba बनाउने न भनेको ?
      कृपया प्रचण्ड लाई गएर सोदनुस नभन्नु होला है ?
      कम्युनिष्ट का कुरा अब किताब मा मात्रै सिमित हुने तर वास्तविक जीवन मा उपयोगी न हुने कुरा सारा संसार बाट प्रमाणित भए जस्तो लाग्छ नत्र रसिया लगायत पूर्व कम्युनिष्ट देश हरु को यो हाल हुने थिएन|

      अर्को कुरा कम्युनिष्ट सासन प्रणाली एउटा झन् खतरनाक तानाशाहा को रुप मा आउने कुरा त तपैले कोरिया र cuba को उदहारण ले नै देख्न सक्नु हुन्छ |
      नत्र किम इल सुंग पछी उसको छोरो मात्रै रास्ट्रपति हुन पर्ने? फेरी तेस्रो पिढी पनि उसैको ? त्यो र राजतन्त्र मा क फरक छ र ?

      Cuba मा हेर्नुस त Fiedel Castro पछी उसको भै मात्रै रास्ट्रपति हुन लायक मान्छे?

      यी केवल दुइटा उधाहरण लाई एसो प्रकाश पारिदिनु भए कृतज्ञ हुने थिए|

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

    • Ananta

      Mr. Darbigya,
      I dont know what you want to prove writing communism is falier in every place where last financial crisis in the world has given a better example that you might have not known. If you dont know about communist country then it is better you to shut your mouth. For your kind information, only the China was willing to get out of crisis in last credit crunch and financial crisis, and is moreover has dumped worlds largest sum of money in china. when world’s impired so-called democratic countries or whatso ever… they are called were in bad hit. This is just an example of your cheep mentality… moreover you talked about MadanKrishna or HariBamsha… they are still in the state of comedy and is better remain same to gain the popularity. What do they know about Poor People? I dont think, those people with clean white shirt, mercedes benz or Toyota car and big building can represents 90% of nepalese poor people.
      I am not sure about Prachanda and Babu Ram, but what i have seen those people with Chappal and Gold Star on the street does represent the real nepalese people in our understanding and world’s understanding. If we speak out our country out of nepal, entire world understands tiny Himalaya with poor people… unlike big businessmen with BMW or big Villa.

      yes we are poor and if we dont represent our country, then obviously people like you or those from business sector organized Santi Julus in Kathmandu cant represent even 5% of real nepal. These are businessman and everybody know their intension, thier ethics and moralities. I dont believe those are the voices of Nepal.

      Additional one more, you might have not known and me as well, in the case of real nationalist, who is hit or who is fit. But i know those people with Jutta and Chappal on the street having dream that one day they will be able to lead their life in little more comfort and they can educated their children in better school and university in future. They are just fighting with current situation and current government which they are unsatisfied. If your family is having more comfort life currently is not your foult , but i dont think people in the street, they are commiting crime as well. They are trying to catch their dreams….
      You need to know, we are not satisfied with our proverty, situation and the responsibilities must takeover our government… no matter who is on the postion… Madhav at present or Prachanda in future… as long as they are not willing to provide us better future.. we will keep on fighting with the different faces… in different times against of different rulers….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

      • sheela

        Ananta jee,
        what a woderful piece of analysis! Pls keep writing.
        sheela

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

      • Hari Prasad Lamichhane

        Dear अनन्त चीन १९७६ देखि नै CAPITALIST देश भै सकेको छ|

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

      • Durbigya

        Ananta jee,
        If you think that CHINA is the communist country in terms of economy then you are in fool’s paradise. Den Xiaping has already dismissed Maoism (Ultimately the communism) from China. And successive leaders are embarking towards capitalism. China is the youngest capitalism in the world. So better study the things before making the points.

        Politically Chinese Communism is like Panchayat system of Nepal. That was what I wanted to say. If you are dreaming the communist state in Nepal with similar nature of Panchayat and you think that it survives then you seriously need some help.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 10

        • देवराज जोशी, कैलाली

          चीन capitalist रे? What a joke!!
          Being a capitalist country is different than having a policy to build up national capital.
          It seems united maoist party of nepal is also willing to follow that policy.

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

          • Hari Prasad Lamichhane

            देव राज जी, चिन १९७६ देखि नै ओपन economy मा शिफ्ट भैसकेको छ जुन इंडिया ले १९९१ देखि सुरु गरेको हो |
            माओ को कॉम्मुनिस्म छैन चिन मा

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

            • देवराज जोशी, कैलाली

              हरि जी , निश्चयनै Mao Tse Tung को सांस्कृतिक क्रान्तिपछि कृषिमा आधारित अर्थतन्त्र लाइ एकै चोटी औधोगीकरणमा लैजादा चीनमा आर्थिक समस्या देखा परे पछि Deng Xiaoping ले economic reform को नीतिहरु ल्याएका हुन् तर चीनले पूरै Capitalism अगाल्यो भन्नु हास्यास्पद नै होला |

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

      • bal bahadur

        Dear Ananta
        If you don’t know then better to shut your mouth up. China is no more communist country after Deng Xiaoping Chinese economic reformation called socialist market economy. You can definitely claim that North Korea is the real communism and you know their condition…..

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 9

    • madan bajracharya

      आफुलाई पढेलेखेको मान्ने दिपाक अर्यालजीले त् नेपाली औकात को अबमुल्ययन गर्छ भने नेपाली नेपालीमा जात थर धर्म र कुर्सीमा बस्ने र कुर्सीमा बस्न नपाउने भनि विभेद गर्दै नागरिक अधिकार लुत्त्दै आएकाले नेपालीको औकात कम देखेकोमा के भन्ने/

      धन र बल र हुल पछाडी राखी कुर्नन सकेको आडमा औकात नापिन्दैन/ औकात जनताको मन जित्न त्याग गर्न सके बात हुन्छ/ दीलिको प्रभुको आशिर्वादले पनि औकात देखौन्दैन तेस्ले त् झन् कमारो प्रबिती देखाउंछ/

      चीन तिब्बात सिट भिड्ने, ब्रिटिश सरकारको टोप सिट हातमा खुकुरी लिएर लड्ने,
      राना जस्तो मुखमा कानुन र संबिधान भएको हातमा बन्दुक भएको सिट भिड्ने औकात कसै बात पैंचो लिएको थिएन/ ती नेपालीहरुको त्यो आँट दिल्लीको भरमा गरेको पनि थिएनन्/ परम् सेनापति राजा सिट राजतन्त्र चाहिंदैन भन्ने औकात, उहिले जस्तै भए पनि मावोबादी समेत लाई यदि देसमा लोकतन्त्र ल्याउँछ भने माफ गरेर समर्थन समेत दिने, अनि अनेक अप्रजातान्त्रिक र रास्त्रघाती सम्झौताहरु गर्दै देस लुताउन्दै मै ठुलो भन्ने नेता र पार्टीहरुलाई आज मुसा बनाउन सक्ने नेपालीको औकात सायद दिपक जी ले बुझ नचाहेको देखियो/

      अहिले मावोबादीको आन्दोलनमा जति भिड थियो तेतिकै भिड जमा भएर आन्दोलन बन्द आदि बन्द गर शान्ति र संबिधान बनाउन सहमति गर भनि अहमले फुलेको नेताहरुलाई निर्देशन दिन सक्ने नेपालीहरुको औकात के सामान्य औकात हो?

      कार्येकर्ता र कर्मचारीको नमस्कार मै आफु ठुलो भएको मान्ने नेताहरुलाई जनताले कसरि तिरस्कार गर्दै छ भनि गएको चुनावले देखाउंछ र अहिले गुन्जेको नागरिक आवाजले भन्दै छ/

      हो एउटा कुरामा नेपाली जनता असामान्य नै छ/ त्यो हो सहन सक्ने हद सम्म कसैले भेडा भने पनि कसैले रैती भने पनि सहेर बस्नु र तिनै नेताहरुलाई बारम्बार सुध्रिन मोका दिनु/ तर यो कुराले नेपाली जनताको औकात कम भएको देखाउन्दैन/

      अब यदि कुनै नेता र दलले नेपाली जनताको औकात नै हेर्नु छ भने जेष्ठ १४ गते भित्र समस्या समाधान नगरी बस्नु त् तव तिनीहरुले देख्ने छ, नेपाली औकात र आँट/ हेर्न नपरुन तिनीहरुले नेपालीले तेतिबेला देखाउन सक्ने औकात/ बस यहि कामना गर्छु/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Shyamal

      दीपकजी को लेख प्रति मेरो केहि कमेन्ट छैन. उहाले आफुले जेदेख्नु भयो लेख्नु भयो. म सहमत हुन पनि सक्छु, नहुन पनि सक्छु, यो मेरो आफ्नो कुरा. तर Maoists आन्दोलन को कुनै उदेश्यनै थिएन. It was merely for changing the government. Some did understand that some did not (knowingly or unkowning).

      Maoists can win next election if it ever happens . But they cannot survive longer if they do not opt to change themselves. There is no otherway than to become UML.

      Struggle can survice but flexible can flourish. The situation is not like 50 years ago. The business is global. They have to maintain good and cordial relationship with foreign countries. It is not as easy as shouting in Khula manch.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 8

    • Shyamal

      दीपकजी को लेख प्रति मेरो केहि कमेन्ट छैन. उहाले आफुले जेदेख्नु भयो लेख्नु भयो. म सहमत हुन पनि सक्छु, नहुन पनि सक्छु, यो मेरो आफ्नो कुरा. तर Maoists आन्दोलन को कुनै उदेश्यनै थिएन. It was merely for changing the government .

      Maoists चन विन् नेक्ष्त एलेच्शन इफ इत एवेर हप्पेंस. बुट थे चन नोट सत्य लोंगेर.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

    • madan bajracharya

      आजको अन्योल पूर्ण अबस्था भित्र लुकेको षड्यन्त्र/

      कसैले चाहेकै जस्तो मात्रै संबिधान बनाउन लोकतन्त्र चाहने दलहरु मान्नै नसकिने कुरा हो/ संबिधान सभा कुनै सर्ब दलिए समिति पनि होयिन/ यो लोकतन्त्र चाहने जनताले लोकतान्त्रिक संबिधान बनाउन मत दिएर गठन गरेको हो/ संबिधान कुनै सहमति बा सम्झौता मा होयिन मत को आधारमा बनाईने कुरा हो/ बहुमत पाएको संबैधानिक बुँदा पास हुने थियो बहुमत नपाएको बुँदा रद्दीको टोकरीमा फालिने थियो/

      अब रद्दीको टोकरीमा फालिनु पर्ने माग र नीति कुन कुन दल र तिनका नेताहरु उठाउँदै छ भनि याहाँ लेखि रहनु पर्दैन/ सबी जाने बुझेकै कुरा हो/

      संबिधान सभामा बहुमत बात निर्णय गरेर संबिधान बनाउन मात्र एमाले मावोबादी मिलेमा बा कांग्रेस मावोबादी सिट मिलेमा बा यी तिनै दलहरु मिलेमा संबिधान सभामा यी दलहरुको प्रस्तावमा बहुमत तेतिकै जुड्न जाने र संबिधान बन्ने हुने थियो/ कांग्रेस एमाले र मावोबादी सिट बिमति राख्ने र अलोकतान्त्रिक माग राख्ने दलहरु अल्प मतमा पर्न गएर तिनीहरुको मागहरु रद्दीको टोकरीमा जाने थियो/

      सायद यसै कारण मावोबादिले संबिधान सभामा एक मत हुन् आफ्नो जात-भाई एमालेलाई आफ्नो पार्टीको नजिक ल्याउन माधव नेपाललाई संबिधान सभामा प्रस्तावित गरेको थियो/ यदि मावोबादिले सोचेकै जस्तो व्यक्ति माधव नेपाल भई दिएको भए/ मावोबादी एमाले को सयुक्त मत नै बहुमत बन्न सक्ने थियो/ तर माधव नेपाल लाई १२ बर्स जंगलमा बसेको मावोबादिले राम्ररि चिन्न सकेन/ एमाले लाई उसको जात भाई मावोबादी सिट मिल्न दिन मा भन्दा भाड्न माधव नेपाल आफै पनि लागे के पी ओली जस्ता पनि लागे/ अनि उनीहरुका प्रभुहरु पनि लागे/ यो तिनीहरुको नेपालमा बहुमत बात लोकतान्त्रिक संबिधान बन्न नदिने षड्येंत्र थियो/

      माधव नेपाल ले प्रधान मन्त्रि बन्न बिगतमा धेरै थरिको नाटक हरु गरे/ रंग बदले/ कुरा बदले/ तर बन्न सकेन/ तर यसपाली माधव नेपाल एका एक भारतको प्रिये पत्र बने/ यो कुरा तेतिकै भएको गरिएको थिएन/ एमालेलाई मावोबादी सिट सन्निकट हुन् नदिन नै गरिएको थियो/

      भारत एमाले मावोबादीको सयुक्त मत बात संबिधान बनुन भनि चाहँदैन थियो/ तेस्तै मावोबादीको लोकतन्त्र बहाल गने माग मान्ने कांग्रेस पनि मावोबादी सिट नमिलूंन भनि चाहन्छ/ किनभने एमाले र मावोबादी को सयुक्त भोट बा कांग्रेस र मावोबादीको सयुक्त भोट बहुमत को स्तरमा पुग्ने भए बात संबिधान सभामा एक मधेश बादीको पहाडी मधिसे- बाद नसमेतेरै संबिधान बन्न सकिने थियो/

      माधव र ओली लगाएतको पछाडी बात भारतले नै नेपालको राजनीतिमा बहुमतको प्रभाव राख्ने एमाले कांग्रेस र मावोबादी मिल्न दिई राखेको छैन/ मावोबादी लाई सडकमा राखेर यी २२ दलको गठबन्धनको सयुक्त भोट बहुमत हुने सक्दैन/ तैपनि भारत यहि २२ दलको गठबन्धन कै सरकार तिकुन टिकाउन भन्दै छ र यी २२ दलसित सर्व सहमति गर्ने सर्त माने मात्रै मावोबादी लाई सरकारमा सामेल गर्ने भन्दै छ/ किन? उतर सिधा छ; मधेसीहरुको माग लाई सम्बोधन गरेको संबिधान मात्रै पास गर्न/ बहुमत बात संबिधान बन्ने भए मधेसीको माग समेटेर लोकतान्त्रिक संबिधान बन्नै सक्दैन/

      यसरि मधेसीको माग नसमेटिने संबिधान बन्न सक्ने भए संबिधान बन्दै नबनु र संबिधान नबनेको निहुँमा निहुँमा तराईलाई सिक्किम बनाउने आधार बनाउन खोज्न नै यो अन्योलको अबस्था सिर्जना गरेको गरयिएको हो/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 8

    • Durbigya

      Deepak jee,
      Your writing is very good but you have missed some basic things.
      1. Those people from the remote villages don’t care LOKTANTRA but they dont care your foolish dream of Peoples’ republic too. We have seen Loktantra and Panchayat too. Your peoples’ republic is just the new version of Panchayat. Things dont change more merely by replacing Surya Bahadur Thapa by Ram Bahadur Thapa.
      2. I dont have any question on the nationalist attitude and “quest for change” of those cadres. But, you know, your ambitious and selfish leaders are not the one who represent their attitude and feeling. They are just beeing brainwashed. People like Madan Krishna and Haribansha represent them more than does your thugs leaders. So bickering against Madan Krishina is just beyond dumb of you.
      3. And, finally, whatever worst it may be. Loktantra is the best system in the world. There is no alternative to adopt the system with suitable adjustment to the country’s need.We can’t afford to test the date-expired communist
      philosophy on new name of Prachandapath.
      4.Finally, maoists should have the gut to talk the truth. They cant speak one thing to the cadres in the closed-door and one thing to the public. Thats all.. Have fun, my friend.

      Communist will never succeed. Keep on Dreaming…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 12

      • sshakya

        It is a very nice portrait of the “bed-reality” articulated by Mr Deepak Aryal jee.

        २००७ सालको क्रान्तिपछी देखि नै दुर-दराजका नेपाली जनताहरुले काठमान्डूबाट केहि हुन्छ कि भन्ने आशाले अनवरत रुपमा काठमाडौँ तिर फर्किदै आइ-रहेको छ !

        सर्व-प्रथम बि पी कोइरालाले आफ्नो पहिलो जन निर्वाचित सरकारको माध्येमले दुर-दराजलाइ प्रभाव पार्न सक्ने केहि सामाजिक सुधारका कार्यक्रमहरु (जस्तो भुमि सुधार आदि) गर्न के आँटेका मात्र थिय – त्यसलाई रोक्नकोलागि राजा महेन्द्रले सैनिक कु गरेर सत्ता हत्याई हाले !

        २०४६ सालको राजनीतक परिवर्तन पछीको नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुलाई बि पीको प्रजातान्त्रिक समाजको नाम लिनु नै ठट्टामा परिणत भएको थियो ! एमालेसंग सत्तामा कसरि जाने र कांग्रेसको के गरि बिरोध गर्ने भन्ने बाहेक समाज परिवर्तनको कुनै एजेन्डा थिएँन ! त्यो पृष्ठभुमिबाट राजनीति गुज्रेर आज कुन अवस्थामा संसदिय दलहरु छन हामीले आखाले नै देखेको कुरा हो !

        काठमाडौँमा अखडा जमाएर बस्न अभ्यस्त भई सकेको हालका नाफा-मुखी पत्रकारहरु र मिडिया, बुद्धिजिबी, पेशावालाहरु र नेताहरुलाइ ज्ञानेन्द्रले टाउकोमा बाँसको लट्ठीले हान्दै थियो र रन्थन गर्दै ढल्नैलाग्ने बेलामा बचाव गर्न २०६३ को राज्तिनिक उथल-पुथलमा यी दुर-दराजका जनताहरु १९ दिन आए छोटो अवधिमा नै फर्की हाले – अब चाँही केहि हुन्छ कि भन्ने फेरी बिश्वास गरेर ! तर यिनीहरुले यी दुर-दराजका नेपालीहरुलाई फेरी बिर्से !

        यसपाली अलि ढिलो सम्म बस्ने गरि आएका छन – यी दुर-दराजका जनताहरु त्यसैले काठमांडूको नव-राजपुतहरु अलि बढी नै भयभित छन ! म त भन्छु अब छिनो-फानो नै गरेर मात्र फर्के हुन्छ !

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

      • दुर्बिग्य जी, तपाईले लेखेको कुरा पनि मलाई मन पर्यो तर तपाईले पनि केहि कुरा हरु छुटाउनुभयो |
        मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको भाषण मा आकाश जमिनको फरक थियो| कुनै पनि पार्टीको चस्मा नलगाई हेर्नुस, हरिबंश आचार्यको भाषणमा कतैपनि त्यो छि-छि को झल्को पाइदैन !
        सहरमा बस्ने “मै हु” प्रवृत्तिका मान्छेले गाउका गरिबहरुलाई कसरी हेर्छन त्यो मैले यहाँ लेख्नु पर्दैन !
        कालिमाटीमा तरकारी बेच्न भनेर बसमा चढेका हरुलाई अफिस/क्याम्पस जान हिडेकाहरुले कस्तो ब्यबहार गर्छन? मैले यहाँ लेख्नु पर्छ र?

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • Kaji

      येही हो तितो सत्य. दीपक जी keep it on to write this kind of Article.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • kranti

      दीपक जी,
      तपाइको यो लेखले मेरो मनको भावना बोलेको छ | मेरो मन जे जस्ता विचार हरु उद्द्वेलित भैरहेका थिए, तपाइले त टपक्कै राख्नुभएछ | यो मेरो मात्र नभई वास्तविक सर्बहारा बर्गका लागि नेपालमा अझै क्रान्ति आबस्यक छ भन्ने थुप्रै पाठक हरुको पनि बोलि हो |

      माइ सन्सार मा रातो र हरियो औला थिच्न वास्तविक रूपमा माओबादीले समेट्ने ती सर्बहारा वर्ग हरु कहिल्यै पनि आउदैनन त्यसैले यो र यस्ता लेख हरु प्रकाशित भएमा नकारात्मक कमेन्ट र तीनै कमेन्तहरुलाई नै हरियो प्रदान गरिने गरिएको देखिदै आएको छ | तर खुसीको कुरो यो हो कि उच्च तथा मध्यम बर्गमा मात्रै सिमित रहेको इन्टरनेटमा आधारित ब्लगमा पनि यस्ता लेखका समर्थनमा केहि औला हरु उठेका छन् |
      दीपक जी तपाइको यस्तै सटिक विश्लेषण युक्त लेख हरु फेरी पनि पढ्न पाइयोस |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 13

      • Kaji

        माइ सन्सार मा रातो र हरियो औला को बारेमा
        हिजो आज त मैले रातो र हरियो औला थिच्न मात्र होइन हेर्न पनि छोडी सके. उमेश जी मिल्छा भने यो सिस्टम हटाई दिनु भए नै उत्तम हुन्छा, जति पटक थिछे पनि हुने रहेछ तेसरी आयको परिणाम को के महतो भयो र?
        साथी हरु तपाइँ हरु पनि आफ्नो विचार रखिदिनु होला रातो र हरियो औला थिच्ने को बारेमा यसलाई निरन्तरता दिने कि हटाउने? कोहि साथी हरु त शिरदेखि पुछार सम्म आँखा चिम्लेर click गर्दै गए जस्तो लाग्यो.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 12

        • दयानिधि खरेल

          धेरै जसोको कमेन्ट हरु पनि biased नै देख्छु मैले त यो my sansar मा . अनि तपाइको प्रस्तावको पनि समर्थन गर्छु. उत्कृस्ट लेख को लागि दिपक जी लाई धन्यवाद. नेपाल का पत्रकार यो पेशा छोडेर राजनीति गर्दा राम्रो हुन्छ

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • shaubhagya

      दिपक जी को मन छुने लेखमा पनि खोट देखाउने, लाइ खै के भन्नु र /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 6

      • yuvraj rijal

        जन युद्ध या गृह युद्ध को भ्रुण भयो आन्दोलन ::::::::::::::::::::::::::::::::::::::::::::
        यो हार माओबादी को पटक्कै होइन यो हार भनेको गाला मा मुजा परेका जिन्दगि
        भरि एक पेट राम्रो संग खान नपाएका, खाली खुट्टा अनि आधा नाङ्गो जिउ भएका
        ति गरिब हरुको हार हो, राजनीति को कुरा गर्ने हो भने माओबादी ले धेरै कुरा जितेको छ
        पार्टी को आन्तरिक क्रान्ति कारी हरु लाइ तह लगाएको छ, क्यान टोनमेन्ट मा रहेका सेना हरुलाई पनि उनीहरु कै समायोजन को लागि लडेको देखाएको छ, बाहिरी बिस्व जगत लाइ
        माओबादी शान्ति प्रिय पार्टी हो भन्ने देखाएको छ र सम्पूर्ण बिस्व ले पनि बधाई र धन्यबाद
        दिएको अवस्था छ, देश का सम्भ्रान्त र नव सम्भ्रान्त पार्टी लाइ पनि नैतिक हार को सामना गराएको छ तर रणनितिक रुप मा भने यो माओबादी को भयङ्कर ठुलो पराजय भएको छ माओबादी को यो रणनितिक घाटा को पूर्ति काठमाडौँ मा बस्ने मध्यम वर्ग अनि सम्पूर्ण देश का क्रान्तिकारी सोच अनि ब्यबहार सामन्ती पाराका वर्ग लाइ आकर्सित गरेर पूर्ति त गर्ला तर समस्या को
        पारो १०० डिग्री मा त्येतिबेला सम्म पुगिसक्ने छ, अहिले को आन्दोलन ले फेरी यौटा जन युद्ध या त्येस्तै खाले गृह युद्ध को सम्भावना लाइ मजबुत गराउएको छ जसरि काठमाडौँ मा बस्ने खाइ पाई आएको वर्ग र तिनै गरिब दुखि को अभिनय गर्दै चार पैसा कमाएर काठमाडौँ मा यौटा घर जोडेका मुखिया स्तर का वर्ग, हिजो का खाटी क्रान्तिकारी र समय चक्र मा नैतिक पतन को पीध मा पुगेको वर्ग, बिदेसी दुताबास बाट तलब लिएर पत्रकारिता को नाटक गर्ने वर्ग, गरिब ले खुन पसिना र आसु चुहाएर कमाएको सम्पति ले तिरेको राजस्व झ्वाम पर्ने वर्ग, गरिब र निम्न वर्ग को पहुच बाट टाढा रहेका ति लाइसेन्स वाला हत्यारा हरु ले जसरि यो आन्दोलन को अपमान गरेका छन् त्येश को जवाफ कुनै न कुनै दिन ति मुजा परेका अनुहार ले दिने छन्, सम्भ्रान्त वर्ग र नव सम्भ्रान्त वर्ग अनि विदेश गएर जुठो भाडा मस्काउदै आन्दोलन को बदख्वाइ गर्ने हरुले अब फेरी आर्को जन युद्ध या गृह युद्ध को स्वागत मा तयार भएर बस्दा हुन्छ जुन माओबादी या अन्य जुनै कुनै को अबरण मा …..
        जसले अहिले का सत्ता धारी को त बंस बिनास त गर्ने नै छ अनि ति गरिब पछीय नाटक देखाएर अकुत सम्पत्ति आर्जन गरि सम्भ्रान्त कित्ता मा छद्म साथ् दिने हरु पनि देसै बाट पलायन आधार तयार गर्ने छ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 6

        • Hari Prasad Lamichhane

          के आन्दोलन आन्दोलन ? माओबादी संसद ले resign गर्ने अनि आउने नि आन्दोलन गर्न ?
          प्रचण्ड प्रधानमन्त्री बनेर समस्या खतम हुन्छा ? जनता को पैसा त माओबादी संसद ले पनि त खाएकै छन् नि ?

          माधव नेपाल न भै न हुने कुरा गर्ने प्रचण्ड हो एसो पहिला को दिनहरु पनि सम्झिनुस| संसदीय प्रणाली मा तोडफोड र बन्द हड्ताल ले प्रधानमन्त्री परिबर्तन गर्न खोज्नु अलि पच्ने कुरा हैन|
          कम्युनिष्ट हरु को मुख्य समस्या के हो भने आफ्नो असफलता को जिमेवार अर्को लै बनाउने|
          सबै गरिब हरु गरिब हुन मा सबै पैसा भएका हरु जिम्मेवार छन् भन्ने सोचाई एकदम गलत हो |

          पैसा भएका हरु सबै गरिबको पैसा लुटेरा नै पैसावाल भएको भन्ने ठहर पनि uttikai गलत हो |
          आफ्नो mehnat र khun pasina ले पैसा kamayeka पनि छन् | सबै पैसा भएका chor badmas hun भन्ने माओबादी shikshama alikati ferbadal को jarurat chha|

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • देवराज जोशी, कैलाली

      कसै कसैलाई अलि चसक्क बिझेपनि यो नेपालको वास्तविकता हो, सबै त नभनौ यहाँका अधिकांस शिक्षित र सम्भ्रान्त वर्गमा अलि हेपाहा प्रवृत्ति पक्कै छ, यहाँको शिक्षाको गुणस्तर त्यस्तै भएर होकी किन हो अलि पढे लेखे पछि अहंकार पलाएर बुद्धिको विर्को ढ्याप्प लागि हाल्दो रहेछ त्यस पछि त तिनले अरुलाई मान्छे गन्न छाडछन् र दुर्भाग्यवस तिनको चेतनाको स्तर एउटा घेरा भन्दा माथि उठ्न सकदैन किनभने तिनलाई भ्रम छ कि जान्नुपर्ने कुरा मैले सबै जानिसके ती नितान्त एकांकी र आत्म केन्द्रित हुन्छन |
      त्यस्तालाई Albert Einstein को यो भनाइ मनन गर्न पर्ला,
      “A person starts to live when he can live outside himself.”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

    • sandip sharma

      आमहडताल पनि शान्तिपूर्वक भयो भने सफल नहुने रहेछ भनेर सन्देश दिएका छन्। yes this is very true. पूर्ण अहिंसात्मक आन्दोलन आज सम्म कहाँ सफल भयको छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • sanu

      विजय कुमार
      ‘सत्यको खोजी’ हामीजस्ता अधिकांश पत्रकार र नेपाली समाजका कथित विश्लेषकहरूको मूल विषय प्रायः रहेन। विरोधका नाममा असभ्य गालीगलौज अथवा समन्वय/समझदारी गर्ने गराउने आवरणमा सत्यसँग सानो-ठूलो सम्झौता गरेर आ-आफ्नो दालभात उद्योगको निरन्तरता हाम्रो चारित्रिक विशेषता बनेको छ। कुनै-कुनै अगुवा बुद्धिजीवी वा विश्लेषकलाई यो ‘दालभात उद्योग’ को प्रयोग अन्यायपूर्ण पनि लाग्न सक्दछ, त्यस्ताका निम्ति ‘नाम प्रतिष्ठाको धन्दा अहंकारको’ शब्दावली प्रयोग गर्न सकिन्छ। यति गर्दा पनि एउटा वास्तविकता परिवर्तन हुँदैन। हामी यस्तो समाजमा बस्छौँ जुन समाजमा सत्य र स्वाभिमानको सानो-ठूलो मूल्य तिरेर भए पनि आ-आफ्नो दालभात वा खोक्रो अहंकार सुरक्षित राख्ने परम्परा छ।

      बिपी कोइरालाले उहिल्यै भनेका थिए, ‘नेपाल साँचो अर्थमा एउटा राष्ट्र बनिसकेको छैन।’ उनले यसो भन्दा वर्षौंसम्म यो देशमा मुर्खहरूले बबाल मच्चाए। सत्य के भने आज पनि साँचो अर्थमा नेपाल एउटा राष्ट्र बनिसकेको छैन। पृथ्वीनारायण शाहले यो देशको भौगोलिक एकीकरणमात्र गरेका हुन्। तर ‘भूगोल’ मात्रले देश कदापि बन्न सक्दैन। साँचो अर्थको राष्ट्रमा – त्यस्तालाई नेता भनिँदैन जस्तालाई नेपालमा भनिन्छ। उनीहरूलाई मात्र दोष किन दिने? हामी आफू पो कस्ता छौं र? हामीजस्ता ‘ग’ श्रेणीको राजनीतिक कार्यकर्ताको काम गर्ने तर पगरीचाहिँ पत्रकार, उद्योगी, बुद्धिजीवी, मानवअधिकारवादी, सहजकर्ता आदिको भिर्ने, समाजको गति योभन्दा भिन्न के पो हुन सक्दथ्यो र? के त्यस्तालाई क्रान्तिकारी भन्न सकिन्छ जस्तालाई यहाँ भनिन्छ?

      म फेरि दोहोर्‍याएर भन्छु -सत्यको खोजी हाम्रो मूल विषय कहिल्यै रहेन। कतिपय अवस्थामा चाहिँ ‘लोभ’ होइन ‘अज्ञानता र अहंकार’ त्यसो हुनाको कारण बनेको छ। भारतका पूर्व विदेश सचिव श्याम शरणले एक पटक मलाई क्याजुअली भनेका थिए- नेपाली पोलिटिक्स अन म्यानी ओकेजन्स इज नथिङ बट अ सम टोटल अफ सम पर्सनल इगोज् (नेपाली राजनीति धेरैजसो अवस्थाहरूमा केही व्यक्तिहरूको अहंकारको समजोडबाहेक केही होइन)। सुनेर म लाजले टाउको लुकाउनेबाहेक केही गर्न सकिनँ। गोलमटोल उत्तर दिएर विषयवस्तुलाई अन्तै मोडेँ।

      नेपाल आज जहाँ पुगेको छ, जुन साधनहरूको प्रयोग गरेर पुगेको छ, त्यो एकै दिन एक रातमा एकै छाकमा पुगेको होइन। छ दिन बन्द के भएको थियो आज देशमा सहमति चाइयो, सहमति चाइयो भन्ने चण्डीपाठ चलेको छ। विशेषतः हामी जस्ता सहरियाहरूको चण्डीपाठ। कसरी बसेका होलान् त्यतिका वर्ष हाम्रा ग्रामीण भेगका जनता वर्षौंसम्म चलेको राज्य र माओवादीको अघोषित बन्दका दिनहरूमा? हामीले अब बुझ्ने बेला आइसक्यो सहमतिको चण्डीपाठले हामीलाई भद्र महिला वा सज्जन जस्तो त देखाउला तर जीवनका कठोर यथार्थहरूमा त्यो सुग्रटाइले एउटा नपुसंकको स्वप्न सम्भोगबाहेक केही हुनेछैन।

      आज देशमा उद्योगधन्दा, कलकारखाना बन्द छन् भन्दैमा खासै आत्तिहाल्नुपर्ने अवस्था छैन। किनभने देशको सबैभन्दा ठूलो उद्योग पूर्णत चालु अवस्थामा छ। ‘राजनीति’ नेपालको सबैभन्दा ठूलो उद्योग थियो र अझै छ। यो उद्योग कहिले राणाहरूले चलाए, कहिले शाहहरूले, कहिले तिनका भारदारहरूले, कहिले कांग्रेसी र कहिले एमालेहरूले चलाए।

      र, आजभोलि माओवादीले पनि यो उद्योग चलाउँदैछन् भने यसमा ठूलो आश्चर्य र दुःख मान्नुपर्ने कुनै कारण छैन। राजनीतिलाई आ-आफ्नो समूहगत स्वार्थपूर्तिको उद्योगका रूपमा चलाउने ठाउँ नभएको भए विगत ६ दसकमा आधा दर्जन संविधान, कैयौं आन्दोलन र गन्नै नसकिने सरकारहरूको देश, संसारका सबैभन्दा गरिब मानिस बस्ने देशका रूपमा नेपाल स्थापित हुने थिएन।

      जीवनमा मैले पत्रकारिताबाहेक केही गरिनँ। आफ्नो विवेक र आत्मसम्मानको आवाजलाई दबाएर टेलिभिजनमा मुहार देखाउने वा कुनै पत्रिकाको सम्पादक बनिरहने रहर मलाई कहिल्यै भएन। पछिल्लो कालमा आफ्नो चढ्दो उमेर, अध्यात्ममा बढ्दो रुचि र राजनीतिज्ञहरूप्रति एक प्रकारको वितृष्णाले गर्दा राजनीतिक पत्रकारिताबाट अलि परै बसेको छु। तर आज बडा दुःखका साथ यो लेख्दैछु – हाम्रो मातृभूमि संसारमा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिने अवस्थामात्र अब रहेन। वर्तमान युगमा यसको थप पहिचान बनेको छ – मसिक १ सय डलरका निम्ति मरुभूमिहरूको प्रचण्ड गर्मीमा हाड घोट्न बाध्य मानिसको देश, परिवार पाल्न कोठीहरूमा बेचिन बाध्य विवशहरूको देश, प्रत्येक सानाठूला पार्टीको बन्दमा ‘शान्तिपूर्वक बन्धक’ बनाइने मानिसहरूको देश। वाहा, क्या थप परिचय पाएको छ हाम्रो देशले! जोसँग बल छैन, लाठी छैन, संगठन छैन, जो वाइसिएल, युथफोर्स, तरुणदल वा हिन्दु परिषद्को रक्षाकवचमा बस्न सक्दैन त्यस्ता नागरिकले पटक-पटक प्रत्येक पाइलामा अपमानित हुनुपरेको छ, त्रसित हुनुपरेको छ।

      जुल्पि्ककर अलि भुट्टोको एउटा भनाइ सम्झन्छु – वर्षौंसम्म पाकिस्तानी नेताहरूले पाकिस्तानी जनतालाई अपमानित नगरेको भए विदेशीसमक्ष आज पाकिस्तान राष्ट्रले अपमानित हुनुपर्ने थिएन। जुन राष्ट्रमा प्रत्येक नागरिकले बिना डर-त्रास आत्मसम्मानको जीवन बाँच्न सक्दैन त्यो राष्ट्र कहिल्यै सम्मानित हुन सक्दैन, कहिल्यै उँभो लाग्न सक्दैन।

      काठमाडौंका विभिन्न स्थानहरू बिहान १० बजे वा साँझ पाँच बजे एकैछिन उभिएर हेर्नुस् त! हजारौं मानिस टाउको निहुराएर बन्दको उर्दी मानेर लुरुलुरु हिँडिरहेका हुन्छन्। हामीहरू लुरुलुरु हिँड्नको साटो कुनै दिन पा”च मिनेट एकै ठाउ”मा उभिदियौं भने खेलको नक्सा बदलिनेछ। तर खेलको नक्सा बदलिए पनि त्यसले समाधानचाहिँ आउने छैन। किनभने द्वन्द्वभित्र समाधान छैन तर समाधान दादागिरीमा पनि छैन। ज्ञानेन्द्रको दादागिरी नमान्ने समाजले अझ कसैको दादागिरी धेरै समय मान्ला भन्ने भ्रममा नबस्नुमा नै सबैको कल्याण छ। नेपाली जनताले माओवादीलाई सुशासन र परिवर्तनको विश्वासमा मत दिएका थिए न कि आफूमाथि कुनै एकाधिकारवादी दण्डाधिकारवादी नियुक्त गर्न। हारेका मानिसलाई प्रधानमन्त्री र मन्त्री बनाउन पनि जनताले मत दिएका थिएनन्।

      ‘कारोबार’ आर्थिक दैनिकले एउटा रोचक तथ्यांक प्रस्तुत गरेको छ। जसअनुुसार अहिले माओवादी आन्दोलनको यातायात, खानापिना, गानाबजानाको खर्च बीसौं करोड रुपैयाँ देखाइएको छ। सत्य हो आज माओवादी प्रदर्शनहरूमा भीड छ। तर कति छ? रत्नपार्क खुल्लामञ्च सबै भरियो भने त्यसमा कति मानिस अटाउने क्षमता छ? वाइड एंगल लेन्सबाट खिचिएका तस्बिर छाड्नुस्, वैज्ञानिक यथार्थमा आउनुस्।

      रत्नपार्क खुल्लामञ्च कुनै हावामहल होइन, त्यसको एउटा निश्चित लम्बाइ र चौडाइ छ। त्यस क्षेत्रफलमा कुनै पनि हालतमा ३५ देखि ४० हजारभन्दा बढी मानिस अट्न सक्दैनन्। सहिदगेटदेखि न्युरोडसम्म जुलुस हिँड्यो भन्दैमा त्यो लाखौंलाखको जुलुस हुनै सक्दैन। शब्दमा ‘लाखौं लाख’ लेख्न चार थान अक्षर भए पुग्छ तर जीवनमा एक लाख संख्या पुर्‍याउन एकको पछाडि पा”च वटा सुन्य चाहिन्छ। जुलुस चाहे माओवादीको होस् वा गिरिजाबाबुको शवयात्राको होस् या शुक्रबार वसन्तपुरमा आएको होस् अब हाम्रो सञ्चार माध्यमहरूलाई ‘क्राउड इस्टिमेटि साइन्सको’ प्रारम्भिक पाठहरूको नितान्त आवश्यकता भैसकेको छ।

      विगतमा आएका र भोलि-पर्सि आउने प्रत्येक शान्तिपूर्ण जुलुसको भावनाप्रति हामीले पूर्ण आदर भाव राख्नुपर्छ। तर यो पनि बिर्सनु हुँदैन कि तीन करोड मानिसको देशमा कति खर्च गरेर कति मानिस सडकमा ओरालियो भने कसले के-के दिँदै जाने हो? भोलिका दिनमा मधेसवादी दलले काठमाडौंमा एक लाख मानिस ओरालिदिए उसले एक मधेस एक प्रदेश पाउने कि नपाउने? विश्व हिन्दु परिषद्ले ४०-५० हजार मानिस दस दिनसम्म सडकमा ओरालिदिए ‘हिन्दु राष्ट्र’ पाउने कि नपाउने? पूर्वराजा ज्ञानेन्द्रले कति मानिस उतारिदिए राजतन्त्र फिर्ता पाउने?

      यी सब वाहियात तर्क हुन्। सत्य के भने नेपालको संविधानसभा र त्यसका सदस्य करोडौं-करोडौं रुपैयाँ खर्च गराएर वर्षौंसम्म जनतालाई फाल्तु कुरा सुनाएर अब पूर्णतः असफल हुने दिनको संघारमा आइसकेका छन्। संविधान बनाउने मूल प्रश्नबाट सोझा जनताको ध्यान अन्तै सार्न कोही सडकमा अनि कोही सिंहदरबारमा भित्र बसेर जनतालाई नौटंकी देखाउँदैछन्। र, हामी सर्वसाधारणचाहिँ टेलिभिजनमा सडक र सिंहदरबारभित्र देखाइएको नाच हेरेर संविधानको मूल प्रश्नबाट जनताका ध्यान हटाउने षडयन्त्रमा जानीनजानी सहभागी हुँदैछौं। यसरी बन्छ संविधान? यसरी आउँछ शान्ति?

      आजको दिनमा माओवादी नेपालको सबभन्दा ठूलो दलमात्र होइन, सबभन्दा ठूलो उद्योग पनि हो। यसको आम्दानी, लगानी, खर्च, रोजगारी, परोपकार आदिको बजेट करोडौं होइन अर्ब हुन्छ होला। यसको नाम सुनेरमात्र डराउने सामान्य जन पनि धेरै होलान्। तर यति शक्तिशाली, धनशाली र बलशाली भइकन पनि यो वा अन्य कुनै पनि पार्टी आमजनताभन्दा ठूलो हुन सक्दैन। कहिल्यै सक्दैन। भलै त्यसका कतिपय कार्यकर्तालाई त्यस्तो भ्रम हुन सक्दछ। माओवादी पार्टीको नामले र यसका नेता कार्यकर्ताको आचरणले आममानिसका मनमा त्रास होइन आदर उत्पन्न भएको दिन नेपालको भविष्य बदलिने सम्भावना पनि त्यत्तिकै छ। ऊर्जा छ यो दलमा, त्यसलाई सिर्जनात्मकतामा बदल्ने साहसी निर्णयको खाँचो छ।

      हो, माओवादी पार्टीलाई केही विषयमा अन्याय भएको छ। जनताको सबभन्दा धेरै भोट पाएर पनि उसलाई घेराबन्दी गरेर सरकार नेतृत्व गर्ने उसको अग्राधिकारबाट वञ्चित गरिएको छ। म आज पनि ठान्छु, सरकारको नेतृत्वको असली हकदार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुहुन्छ। ‘तपाईंले सरकार छाड्नै हुन्नथ्यो, सरकार छाडेर तपाईंले देशमा समस्या बढाउनुभयो’ भन्ने कुरा मैले उहाँलाई पद छाडेको केही महिनापछि निजी भेटमा भनेको थिएँ।
      आज फेरि प्रचण्डजीलाई भन्न चाहन्छु – तमाम राष्ट्रिय र अन्तर्राष्ट्रिय चेतावनीका बावजुद, तत्कालीन प्रधानसेनापति कटवाल (जो ३ महिनापछि स्वतः रिटायर हुँदै थिए) लाई हटाउने रिस्की खेलमा तपाईंलाई सुर्‍याउने तपाईंको पार्टीभित्र-बाहिर को-को थिए एकपटक ठन्डा दिमागले सोच्नुहोस् र चिन्नुहोस्।

      प्रधानमन्त्री छँदा नेपालभित्र आफूले २८ प्रतिशतमात्र मत लिएर जे गरे पनि हुन्छ र त्यतिमात्र होइन, दक्षिण एसियाको सामरिक नक्सा बदल्ने कोसिस गरे पनि हुन्छ भन्ने सोच सही थियो वा गलत, प्रचण्डजीलाई बढ्ता थाहा होला। पोहोर साल उहाँले पद त्याग गरेपछि डा. तुलसी गिरी भन्नुहुन्थ्यो, ‘हेर्नुस् विजयबाबु, अब नेपालको राजनीतिको आगामी केही समय भारत र माओवादीको आपसी सम्बन्धको स्थितिबाट फैसला हुनेछ।’ उच्च कुटनीतिक स्रोतहरू बताउँछन् – प्रधानमन्त्रीका रूपमा प्रचण्डजी आफ्नो पुष्पकमल रूप लिएर भारत जाँदै त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग नेपाली सेना, त्यसमा हुने समायोजन संख्या र शान्तिप्रक्रियाका चरणबारे केही बचनबद्ध भएका थिए।

      कुरा के थियो/थिएन, प्रचण्डजी जान्नुस् या मनमोहन सिंह जान्नुहोला। दक्षिण एसियाको राजनीतिका महान विद्वान मेरा प्रोफेसर स्व. लियो रोज भन्नुहुन्थ्यो, ‘भारत कुनै ठूलो मन भएको राष्ट्र होइन। उसका स्वार्थहरू मात्र स्थायी हुन्छन्, मित्रहरू होइनन्।’ माओवादी नेतृत्व र भारतको सम्बन्ध कहिल्यै पारदर्शी रहेन, आज पनि छैन। फरक-फरक कालखण्डमा नेपाली माओवादी नेताहरूलाई भारतका फरक-फरक एजेन्सीहरूले फरक-फरक स्थानमा फरक-फरक ढंगले ‘डिल’ गरेका छन्। अहिलेको अवस्थामा माओवादीविरुद्ध तानाबाना बुन्न भनौं या पुराना प्रतिबद्धता सम्झाउन, भारत खुलेआम लागेको देखिन्छ। नेकपा माओवादीको एउटा हिस्सा भारतको यो कामबाट वाक्कदिक्क र क्रोधित भएको छ भने त्यो स्वाभाविकै हो। कमरेड प्रचण्डले यो कुरा राम्ररी बुझ्नुभएको छ कि आजभोलि जुन उल्टो गंगा बग्दैछ त्यसको गंगोत्री कहाँ छ भनेर।

      यस अर्थमा ‘वार्ता नोकरसँग होइन मालिकसँग गर्छौं’ भन्ने कमरेड प्रचण्डको भनाइमा ठूलो दम छ। तर के ‘मालिक’ का नजरमा कमरेडको मूल्य कुनै अर्को कथित ‘नोकर’ भन्दा खासै बढी छ त? यो प्रश्नको उत्तर जुल्पि्ककर अलि भुट्टोले दिइसक्नुभएको छ, एकचोटि दोहोर्‍याइदिन्छु – वर्षौंसम्म पाकिस्तानी नेताहरूले पाकिस्तानी जनतालाई अपमानित नगरेको भए आज विदेशीसामु पाकिस्तान राष्ट्रले अपमानित हुनुपर्ने थिएन। जुन राष्ट्रमा प्रत्येक नागरिक बिनाडर-त्रास, आत्मसम्मानको जीवन बा”च्न सक्दैन, त्यो राष्ट्र कहिल्यै सम्मानित हुन सक्दैन, उँभो लाग्न सक्दैन।’

      कति आश लिएर नेपाली जनताले जेठ १४ को प्रतीक्षा गरेका थिए। नयाँ संविधानको सुनौलो बिहानी ल्याउने दिन भनेर। अब जनतालाई डर लाग्न थालेको छ कतै त्यो दिनले गृहयुद्ध त ल्याउने होइन कि भनेर! त्यो भयानक सम्भावनालाई कम गर्ने क्षमता भने अहिले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा नै छ। त्यसका लागि नयाँ कुरा केही दिनुपर्ने छैन, सिर्फ १२ बुँदे समझदारीका बेला गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेछ। माओवादीलाई सिभिलियन पार्टीका रूपमा रूपान्तरण गर्नुपर्नेछ। यसपटक यो प्रतिबद्धता उधारो होइन, नगदीमा गर्नुपर्नेछ।

      तत्पश्चात सरकारको मात्र होइन देशकै नेतृत्व नेकपा माओवादीले गर्दा पनि सबै नेपाली खुसी नै हुनेछन्। माओवादी बीसौं लाख भोट पाएको पार्टी हो, भोलिका दिनमा अझ धेरै मत पाउने क्षमता राख्दछ। यस्तो पार्टीले आफ्नो क्षमता र सम्भावना प्रमाणित गर्न करोडौं रुपैयाँ जबर्जस्ती उठाएर हजारौं मानिसलाई दसौं दिनसम्म सडकमा प्रदर्शित गरिराख्न पर्दैन। माओवादीले विगतका कठिन वर्षमा आफ्नो सौर्यले नेपाली जनताको चेतना अघि बढाउन, सदियौंदेखि शोषित निमुखा जनतालाई आवाज दिन ऐतिहासिक र महान योगदानहरू पनि गरेको छ। प्रदीप गिरीका शब्दमा भन्ने हो भने ‘माओवादीले नेपाली समाजमा अभूतपूर्व राप र ताप उत्पन्न गरेको छ तर प्रकाश उत्पन्न गर्न सकेको छैन।’

      अब बेला आएको छ प्रचण्डजी अघि बढ्नुहोस् राप र तापमात्र होइन नेपालमा प्रकाश पनि उत्पन्न गर्नुहोस्। त्यस कार्यमा चाहिँ हामीजस्ता असंख्य सर्वसाधारण पनि तपाईंसँग काँधमा काँध मिलाएर हिँड्न हमेसा तयार हुनेछौं।

      विजय कुमार

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 8

      • पुष्प

        विजयकुमारजी,

        माओवादीको विजय र राजतन्त्रको समाप्तिपछि शायद तपाईंमा राजनीतिक वितृष्णा उत्पन्न भएको होला । तर यो युगान्तकारी परिवर्तन प्रचण्डहरूको एकल चाहनामा भएको होइन । पहिले यो सत्यलाई मनन गर्नुस्, अनि फेरि लेख्नुस् ।

        सत्य सहने साहसमात्र होइन माओवादीले सामन्ती राजतन्त्र, प्रजातन्त्रको खोल ओढेका भ्रष्ट र हैकमवादका पक्षधरहरू, भारतीय विस्तारवादजस्ता सत्यहरू उजागर गर्ने साहस राखेकै कारण आज देशको सबैभन्दा ठूलो दलमा गनिएको हो । २८ प्रतिशमात्र भन्ने कुरा गर्नुपहिले ७२ प्रतिशतलाई २२ भाग लगाउन नबिर्सुहोला ।

        संख्यात्मक आँकलनको भ्रम छर्ने काम त तपाईंबाट सिक्नुपर्ने रहेछ । जनताको सहभागिताको आँकलन टुँडिखेल र खुल्लामञ्चमात्र घुमेर पुग्दैन, मैतिदेवी, लैनचौर, पुतलीसडक, त्रिपुरेश्नवरसम्म पनि दृष्टिगोचर गर्नुपर्थ्यो । अर्को विडम्बना, देशव्यापीरूपमा भइरहेको आन्दोलनको आँकलन त कसैले पनि गरेन, यही तीतो यथार्थ हो हाम्रो मिडिया र हाम्रो राजनीति राजधानीभन्दा बाहिर जान सकिरहेको छैन ।

        प्रचण्डलाई कटवाल प्रकरणामा सुझाव दिनुपहिले कटवालको ३ महिने अवधिमा ध्यान केन्द्रित नगरेर उसले चालेको शान्तिप्रक्रिया विरुद्धको कदमका विषयमा पनि विचार गर्नुभए हुन्थ्यो । अहिले आएर एउटा भारतीय आतंककारीको कथन सुनाउँदै माओवादीलाई मात्र सत्य सहने मन्त्र सुनाउनुका साटो भारतीय विस्तारवादका मतियार र जनताद्वारा तिरस्कृतहरूलाई पनि केही मन्त्र सिकाउनुभएको भए तपाईंको कुरामा दम हुनेथियो । तपाईं अन्त्यामा आएर चुक्नुभयो, दु:ख लाग्यो ।

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • कालभैरव

      माओबादीको यसपालीको भनाउँदो “आन्दोलन” को मुख्य लक्ष के भन्ने कुरालाई बुझ पचाएर र एकातिर पन्छाएर कुरा पो गर्नु हुँदो रहेछ, किन नि? के तपाई जस्ताहरुले बुझ पचाउँदैमा सारा जनताले पनि बुझ्दैनन भन्ने ठान्नु हुन्छ कि के हो? ओहो, हामी त जनतानै हैनौ क्यारे तपाईको प्रभु दहालको अनुसार त!

      ३६ सालको आन्दोलन देखि जनान्दोलन-२ सबैमा काठमाडौँबासिहरुको संलगनतामात्रै होइन यहिँका बासिन्दाहरुले नै बिरेन्द्र र ज्ञानेन्द्रलाई तह लगाएका हुन्| यसपालिको “आन्दोलन” मा किन संग्लग्न भएनन, खुलस्त छ – तपाई जस्ताले नबुझेको हो कि बुझ पचाएको, थाहा भएन!

      कुवाँको भ्यागुता कसलाई भनिन्छ त्यो त आफैँ सोच्नुहोला!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 13

      • खरेल

        कुवाको भागुता तपाई अनि काठमाडौँ मा बसेर देश लुट्न पल्केका हरुलाई भनिन्छ

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • Sisir

      दीपक जी,

      Do not try to divide Nepali people with emotion… People with some good earning and living does not mean that they do not love the nation … It also does not mean they do not understand what poverty is ???

      तपाई देश भरिमा १ % पनि नभयका तेस्ता देश र जनतामारा को हवाला दिएर सारा स्वाभिमानी नेपालीको अपमान गर्दैहुनुहुन्छ . नेपाली नेपाली मा वर्ग बनायर तपाई कस्तो नया नेपालको परिकल्पनी गरिरहनु भयको छ बुज्न सकियाना … के धन सम्पति कमाउनु र हुनु आपराध हो ??? एस्तो साँघुरो विचार ले कसरि आर्थिक क्रान्ति हुन्छ ??

      तपाई को लेख पढ्दा माओबादी को मुख पत्र पढे जस्तो लग्यो ….
      communism is just good in theory not in practical life… No one is equal and same in practical world…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • pramod

      मानसिक हारको उपज, काईते लेख /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 10

    • Wishan

      दिपक को यो लेख केवल ”मौकामा चौका हान्ने मनसाय र काल्पनिक” हो….यसमा कुनै सत्यता छैन…/

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • pramod

      धन्यवाद सार्थक बिश्लेशण को लागि .
      के नेपाल काठमाडौं बासिको मात्र हो र तिनिहरुले जे भन्यो त्यो हुनुपर्ने। २०६२-६३ को परिवर्तन मोफसलको दबाब ले आएको हो न कि मदनक्रिश्न हरिबन्शे जस्ता काठमाडौं बादी घमन्डी जोकर र मल्विका हरुको क्याट वाक ले। अब राजधानी पनि सर्नुपर्छ अनी यि सच्चित सम्सेर का अघोसित उत्तरअधिकरी लाई पनि पाखा लगाउनु पर्छ अनी मात्र सबै नेपाली को भलो हुन्छ। जय देश

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • jeevan

      जे होस् दिपक्जिलाई पनि ठुलो पिर परेछ माओबादीको आन्दोलन फिर्ता हुन पुगेकोमा खोइ किन हो मलाई त तेस्तो लाग्दैनथ्यो कि दिपक्जिको लेख एस्तो हुन्छा भनेर साएद १८ गतेको विभिन्न जिल्लाबाट आका भिडलाई देखेर एस्तो लेख्नुभोहोला ठिक छ जता जता हावा चल्छ हलुका र सुकेका पत्ताहरु उतै तिर ठुप्रिन्छां यो प्रकृतिको नियम हो.तर एउटा दुखको कुरो चै के लग्यो भने मदन कृष्ण श्रेष्ठले खेत बारीमा काम गरेर हामीलाई दुइ छाक भात खुवाउने किसानहरु पनि आउनु भा छ भन्ने कुरो चै सायद त्यो सान्ति र्यालीको भिडमा हेर्दा हेर्दै दिपकजिको दिमागले काम गर्न नसकेर छुटेको जस्तो लग्यो यहाँ दिपकजिको लेखमा/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 18

      • Milan tamang

        पुष्प जी,
        अरु पत्रकार ले माओबादीको गलत कुराको बिरोध गरे भने पनि पीत पत्रकारिता हुने,अनि प्रचण्ड को भासन जस्ताको तस्तै बखान गर्ने दिपक, सुर्य जस्ता अवसरबादी पत्रकार चाही कसरि क्रान्तिकारी भए? दिपक जी ले आन्दोलन हिंसात्मक चाहनु भए जस्तो छ, तर उहालाई याद हुनुपर्ने हो १५००० नेपाली मारेर पनि त सफलता हात लागेको थिएननि, र अर्को कुरा दिपक जी ले बुझ्ने पर्ने कुरा चाही के हो भने प्रचण्डको लुगा कति सुकिलो छ र उहाले लगाउने देखि सुत्ने पलंग सम्म बिदेस बाट आयातित छन्, त्यो पनि बताउनु भए हुन्थ्यो.. १५००० नेपाली,त्यो पनि गाउका सोझा गरिब किसान, शिक्षक लाइ मार्दा त नेपाली जनता मओबदिसंगा डराएनन भने,अब लाठी र खुकुरी को भरमा जनता तर्सौचु भन्ने सोच दिपक र उहा जस्तै प्रचण्ड को स्तुति गान गाउने हरुले बुझे राम्रो होला

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

      • yuvraj rijal

        नया जन युद्ध या गृह युद्ध को भ्रुण भयो आन्दोलन ::::::::::::::::::::::::::::::::::::::::::::
        यो हार माओबादी को पटक्कै होइन यो हार भनेको गाला मा मुजा परेका जिन्दगि
        भरि एक पेट राम्रो संग खान नपाएका, खाली खुट्टा अनि आधा नाङ्गो जिउ भएका
        ति गरिब हरुको हार हो, राजनीति को कुरा गर्ने हो भने माओबादी ले धेरै कुरा जितेको छ
        पार्टी को आन्तरिक क्रान्ति कारी हरु लाइ तह लगाएको छ, क्यान टोनमेन्ट मा रहेका सेना हरुलाई पनि उनीहरु कै समायोजन को लागि लडेको देखाएको छ, बाहिरी बिस्व जगत लाइ
        माओबादी शान्ति प्रिय पार्टी हो भन्ने देखाएको छ र सम्पूर्ण बिस्व ले पनि बधाई र धन्यबाद
        दिएको अवस्था छ, देश का सम्भ्रान्त र नव सम्भ्रान्त पार्टी लाइ पनि नैतिक हार को सामना गराएको छ तर रणनितिक रुप मा भने यो माओबादी को भयङ्कर ठुलो पराजय भएको छ माओबादी को यो रणनितिक घाटा को पूर्ति काठमाडौँ मा बस्ने मध्यम वर्ग अनि सम्पूर्ण देश का क्रान्तिकारी सोच अनि ब्यबहार सामन्ती पाराका वर्ग लाइ आकर्सित गरेर पूर्ति त गर्ला तर समस्या को
        पारो १०० डिग्री मा त्येतिबेला सम्म पुगिसक्ने छ, अहिले को आन्दोलन ले फेरी यौटा जन युद्ध या त्येस्तै खाले गृह युद्ध को सम्भावना लाइ मजबुत गराउएको छ जसरि काठमाडौँ मा बस्ने खाइ पाई आएको वर्ग र तिनै गरिब दुखि को अभिनय गर्दै चार पैसा कमाएर काठमाडौँ मा यौटा घर जोडेका मुखिया स्तर का वर्ग, हिजो का खाटी क्रान्तिकारी र समय चक्र मा नैतिक पतन को पीध मा पुगेको वर्ग, बिदेसी दुताबास बाट तलब लिएर पत्रकारिता को नाटक गर्ने वर्ग, गरिब ले खुन पसिना र आसु चुहाएर कमाएको सम्पति ले तिरेको राजस्व झ्वाम पर्ने वर्ग, गरिब र निम्न वर्ग को पहुच बाट टाढा रहेका ति लाइसेन्स वाला हत्यारा हरु ले जसरि यो आन्दोलन को अपमान गरेका छन् त्येश को जवाफ कुनै न कुनै दिन ति मुजा परेका अनुहार ले दिने छन्, सम्भ्रान्त वर्ग र नव सम्भ्रान्त वर्ग अनि विदेश गएर जुठो भाडा मस्काउदै आन्दोलन को बदख्वाइ गर्ने हरुले अब फेरी आर्को जन युद्ध या गृह युद्ध को स्वागत मा तयार भएर बस्दा हुन्छ जुन माओबादी या अन्य जुनै कुनै को अबरण मा …..
        जसले अहिले का सत्ता धारी को त बंस बिनास त गर्ने नै छ अनि ति गरिब पछीय नाटक देखाएर अकुत सम्पत्ति आर्जन गरि सम्भ्रान्त कित्ता मा छद्म साथ् दिने हरु पनि देसै बाट पलायन को आधार तयार गर्ने छ

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • Barun Thapa

      आदरणीय मित्र हरु,
      माओबढी अन्दोंलन मा असफल भयकै हो तर यसको मतलब माओबाढी को औकात नै समाप्त भयो भन्नु अलि गलत हुन्छ होला / कुनै यौटा कम ले पार्टी नै विफल हुन सक्दैन तर यस्तै काम गर्दै गयो भने जरुर विफल हुन्छ / मलाई लाग्छ यसमा माओबाढी कार्यकता को कुनै दोष छैन / बास्तबमा माओबाढी नेता हरु को कारण ले गर्दा असफल भयको देखिन्छ / बिचार कार्यकता हरु त चिउरा र दालमोठ खायर ६, ६ दिन लागेको नै हो / बिचार हरु, मैले त समझदा पनि तिनीहरु को माया लाग्छ / तर फटाहा नेता हरु जनता लाई रिंग रोअद घेराउ गर्न लगायर आफु चै गाडी मा चरेर आउने / अनि को जनता ले साथ दिन्छ त भनुष त ??????? अनि हिजो मात्र प्रचन्द्रले काठमाडौँ बासी लाई दैलग हानेको हेर्नुश त ??? यसरि पनि राजनेता हुन्छ त ???? तर पनि मलाई के लाग्छ भने, अझै पनि केहि बितेको छैन , नेता हरु ले आफ्नो गल्ति, कमि कमजोरी सुधारे भने माओबाढी फेरी पनि अगाढी नै हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • zem

      यो अति मार्मिक लेख छ नेपालमा बर्गीय क्रान्ति नाभायासम्मा देसको विकास हुदैन यो सबैको लागि उत्तम हुने छ

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

    • Prem Lama

      केहि लेख्ने रहरले लेखिएको लेख…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 11

    • नेपालमा धनि(धनि दल, बर्ग) र गरिब बीचको युद्द हुने दिन आएजस्तो लाग्यो। यो दिननै अन्तिम बिद्रोहको दिन हुने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

    • samrat thapa

      not 2 bad dude

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Durbigya

      Deepak jee,
      Your writing is very good but you have missed some basic things.
      1. Those people from the remote villages don’t care LOKTANTRA but they dont care your foolish dream of Peoples’ republic too. We have seen Loktantra and Panchayat too. Your peoples’ republic is just the new version of Panchayat. Things dont change more merely by replacing Surya Bahadur Thapa by Ram Bahadur Thapa.
      2. I dont have any question on the nationalist attitude and “quest for change” of those cadres. But, you know, your ambitious and selfish leaders are not the one who represent their attitude and feeling. They are just beeing brainwashed. People like Madan Krishna and Haribansha represent them more than does your thugs leaders. So bickering against Madan Krishina is just beyond dumb of you.
      3. And, finally, whatever worst it may be. Loktantra is the best system in the world. There is no alternative to adopt the system with suitable adjustment to the country’s need.We can’t afford to test the date-expired communist
      philosophy on new name of Prachandapath.
      4.Finally, maoists should have the gut to talk the truth. They cant speak one thing to the cadres in the closed-door and one thing to the public. Thats all.. Have fun, my friend.

      Communist will never succeed. Keep on Dreaming…

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • लेख राम्रो लाग्यो आशा छ अरु पनि यस्तै लेखहरु माइसंसार मा पढ्न पाइनेछ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 35

      • DINESH BK

        दीपकजी, के तेसो भए १५००० नेपाली मारेर आन्दोलन सफल भएको थियो?

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • binu

      यो त हिजो प्रचण्डले खुल्ला मंचमा उभिएर गरेको गालिको अलिक सभ्य रुप हो जस्तो लाग्यो । हिजो प्रचण्डले पनि जसरी सञ्चारकर्मी बुद्धिजीवी र मिडियालाइ धारे हात लगाएर सरापेका थिए दीपकजी ले आज अलि मिठो भाषा प्रयोग गर्नु मात्र भाको छ फरक त्यत्ति हो । कसको रिसले …… ‌……….. गर्नु भन्या जस्तो नगर्नु हो दीपकजी । अस्ति निर्णायक भनिएको बहसमा एक जना सहभागीले प्रचण्डलाई सोधेका थिए तपाईंको परिभाषामा जनता को हुन भनेर । र प्रचण्डको जवाफ तपांईलेपनि सु्न्नु भएकै होला । उनले घुमाउरो पाराले भनेका थिए कि माओवादीको एजेण्डा र सिद्धान्तमा समर्थन जनाउनेजति जनता हुन बाँकी सबै विदेशी दलाल प्रतिगामी हुन भनेर । अस्ति बन्द हड्ताल र ज्यादति विरुद्ध सडकमा उर्लिएकाहरु पक्कैपनि प्रचण्डको परिभाषा बाहिरका जनता थिए । माओवादीले ६ दिनसम्म गरेको आमहड्तालमा काठमाडौंका वासिन्दाको उपस्थिति फिटिक्क‍ै देखिएन । जति थिए सबै बाहिरी जिल्लाबाट आयातित तीमध्ये कतिपयलाई दैनिक भत्ता दिने कसैलाई चिडियाखाना देखाईदिने कसैलाई पशुपतिको तीर्थ गराईदिने भन्दै ल्याईएकै हो । यसलाई पनि तपाईंले नकार्न सक्नु हुन्न । यो वास्तविकतालाई उजागर गर्दा मिडिया कसरी पक्षपाति भए यो प्रश्न तपाईका लागि । फेरि मिडियाले बकाईदा आन्दोलनमा सहभागी भएकाहरुलाई नै उद्धृत गर्दै देखाउँदै र सुनाउँदै समाचार प्रकाशन प्रशारण गरेका थिए । त्यहाँ कुनै काल्पनिकता र मनगढन्ते मान्छे खोजेर ल्याएका थिएनन । तर तपाईंहरु जस्ताले हेर्ने आँखाले उनीहरुलाई सरकारी भाडाका टट्टु या भिजिलान्ते देख्लान जसलाई नियोजित रुपले माओवादीको आन्दोलन भाँड्न पठाईएको थियो । यस्तो सोचलाई म अस्वभाविक पनि मान्दिन ।
      अर्को कुरा आफ्नो आन्दोलनमा काठमाडौंवासीको सोचेजस्तो विशेषगरी अझ नेवार समुदायको उपस्थिति नदेखिएको झोंक जति हिजो खुल्लामञ्चमा ओकल्दै थिए प्रचण्ड सुकिला मुकिला लुगा लगाएका र खाएर अघाएर डकारेर बसेका भन्दै त्यो प्रचण्डको हतास र पराजित मानसिकताको उपज बाहेक केहि हैन । अर्को कुरा नेपाली मिडियाकै कुरा गर्ने हो भने मैले ४ दिनसम्म लगाएर टेलिभिजनमा माओवादी आन्दोलनको प्रत्यक्ष प्रशारण र एक्लुसिभ हेर्दा हेर्दै वाक्क भैसकेको थिएँ । पत्रिकामा उही तोडफोड र झडपका फोटो हेर्दा आजित भैसकेको थिएँ । यसरी एउटा दर्शक श्रोता र पाठकलाई वाक्कै पार्ने गरी एकतमाशको समाचार दिने मिडियाभन्दा एकाधले अलि फरक आमहड्तालले पारेको प्रभाव । आन्दोलनकारीको अवस्थाका बारेमा छिटपुट समाचार आईरहेका थिए । जुन अस्वभाविक थिएन । आमहड्तालले सिंगो देशनै अस्तव्यस्त बनेका बेला आमहड्तालले पारेको सकारात्मक प्रभावको समाचार त पक्कै हुँदैन्थ्यो होला त्यहि भएर अधिकांश मिडियाले हड्ताले पारेको नकारात्मक प्रभाव कष्टपूर्ण भैरहेको आमनागरिकको जनजीवन र दिनभर ज्यालामजदुरी गरी बिहान साँझको छाक टार्ने तिनै सर्वहारा गरिब मजदुरको पीडाले भरिएको अवस्थाका बारेमा वर्णन गरिएको थियो जसको अधिकार स्थापित गराउनका लागि भन्दै माओवादीले ६/६ दिनसम्म उनीहरुकै पेट मारिरहेको थियो । यस्तो अवस्थामा आफूविरुद्ध समाचार लेख्ने भन्ने भनेर विरोध गर्ने प्रचण्ड र प्रचण्डकै बोलीलाई कपि पेष्ट गरेर मिडिया बाएस भए भन्नु दीपकजी तपाईं आफैपनि कति वाएस्ड हुनुहुन्छ एकपल्ट आफ्नो आत्मालाई सोध्नुहोला । अन्त्यमा शान्तिका पक्षमा उर्लिएको जनसागरको लहरले भनौं या विदेश प्रभु राकेद शूदले बिहानभर हकार्नु हकारेपछि साँझ निन्याउरो मुख लगाएर आन्दोलन फिर्ता लिएको हैन भनेर कसरी भन्न सक्नुहुन्छ । जनतालाई परेको पिरमर्का बुझेर आन्दोलन फिर्ता लिएको ध्वाँस दिने माओवादीले आमहड्तालले गर्दा जनता त्यसमापनि गरिखाने वर्गलाई कति गार्हो हुन्छ भनेर आन्दोलन अगाडि किन सोच्न सकेन यो कुरा कृपया प्रष्टयाई दिनुहोला ।
      र अन्त्यमा महमध्येका मदनबहादुरले डाक्टर ईञ्जिनियर पत्रकार वकिललगायत यहाँ किसानहरु पनि आएका छन जसले हामीलाई दुईछाक खान दिने अन्न उब्जाउँछन पनि भनेका थिए । सायत तपाईंले त्यो सुन्नु भएन या सुनेर पनि नसुनेझैं गर्नुभो । एक त माओवादीको दबावमा छोटो अवधिको गर्नुपर्ने बाध्यता रहेको कार्यक्रममा गिट्टी कुट्ने कपडा सिउने बालुवा बोक्ने भन्दै सबैलाई सम्बोधन गर्नपनि सम्भव थिएन होला त्यसलाई मैले आयोजक र वक्ताको बाध्यता हो भनेर बुझे । तपाईंजस्तो महाज्ञानीका अगाडि मजस्तो अल्पज्ञानीको बुझाई गलतपनि हुनसक्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 82 Thumb down 23

      • shyam

        बिनु जी तपाई एकफेर सोच्नुस त जहाँ माओबादी छन् त्यहाँ सरकार पनि त छ नि. माओबादी ले सोझा सिधा गाउले हरु लाइ जसरि यहाँ लाएको छ सरकार ले तिनी हरु लाइ तेसरी नै रोक्न पनि त सक्थ्यो नि तेही ठाउँ मा. तेही भयर सबै कुरा को दोस माओबादी माथि मात्र राख्नु पनि त तपाई को पूर्वाग्रह हुन सक्दैन र. गाउ का मान्छे रहर ले गर्दा काठमाडौँ बस्ने होइन कि कर ले गर्दा हो. नत्र भारि बोकेर ३००० कमाउने भरिया यहाँ २००० भाडा तिरेर किन बस्थ्यो होला .

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

      • बिनु जी तपाई एकफेर सोच्नुस त जहाँ माओबादी छन् त्यहाँ सरकार पनि त छ नि. माओबादी ले सोझा सिधा गाउले हरु लाइ जसरि यहाँ लाएको छ सरकार ले तिनी हरु लाइ तेसरी नै रोक्न पनि त सक्थ्यो नि तेही ठाउँ मा. तेही भयर सबै कुरा को दोस माओबादी माथि मात्र राख्नु पनि त तपाई को पूर्वाग्रह हुन सक्दैन र. गाउ का मान्छे रहर ले गर्दा काठमाडौँ बस्ने होइन कि कर ले गर्दा हो. नत्र भारि बोकेर ३००० कमाउने भरिया यहाँ २००० भाडा तिरेर किन बस्थ्यो होला .

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

      • shyam

        बिनु जी तपाई एकफेर सोच्नुस त जहाँ माओबादी छन् त्यहाँ सरकार पनि त छ नि. माओबादी ले सोझा सिधा गाउले हरु लाइ जसरि यहाँ लाएको छ सरकार ले तिनी हरु लाइ तेसरी नै रोक्न पनि त सक्थ्यो नि तेही ठाउँ मा. तेही भयर सबै कुरा को दोस माओबादी माथि मात्र राख्नु पनि त तपाई को पूर्वाग्रह हुन सक्दैन र. गाउ का मान्छे रहर ले गर्दा काठमाडौँ बस्ने होइन कि कर ले गर्दा हो. नत्र भारि बोकेर ३००० कमाउने भरिया यहाँ २००० भाडा तिरेर किन बस्थ्यो होला .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

      • बिनु जीको सानो जबफ नदीइ मन मानेन मिदियाले कसरी bhedbhav गरे भन्ने कुरा बिरगुंज को yeutai घटना काफी छ त्यों घटना Maobadi को मंच माँ भएको लाठी चार्ज प्रहरी bata भएको भनेर कांतिपुर टीवी रेपोटर ठाकुर जी ले कांतिपुर समाचारको बीचमा भनेका थिए ..तर समाचार बाचक ले ( संपादन गर्दा) हिन्दू बादी युबा संगको झड़प माँ सभासद ghaite भएका भनेर तत्काले sum-up गरे.. यो के कस्त पत्रकारिता हो त ?

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • पुष्प

      नेपालको वर्तमान परिस्थितिमा तपाईंको विश्लेषण उच्चकोटीको छ । यसलाई माओवादी र ‘इतर’का हरूले मनन गर्नु जरुरी छ ।

      सबैले सबैको अस्तित्व स्वीकार गर्नैपर्छ । अझ ‘बुझेका’ भनेकाहरूले ‘अबुझ’हरूका विषयमा आफ्नो धारणामा सुधार ल्याउनैपर्छ । लोकतन्त्रमा सबैले आ-आफ्नो क्षमतानुसारको स्थान पाउँछ, तर यसो भन्दैमा कसैको पनि अधिकार कुण्ठित गरिनुहुँदैन; कसैलाई पनि सानो वा अबुझ भनेर हेप्ने प्रवृत्ति लोकतन्त्रमा हुनै सक्दैन । त्यो मात्र सामन्ती प्रवृत्ति हो । त्यसैले ती ‘अबुझ’हरूभन्दा बढी जिम्मेवार ‘बुझेका’हरू हुनुपर्छ । ‘अबुझ’लाई दया वा घृणाले मात्र हेर्ने होइन, उनीहरूको अधिकार स्थापित गराउने जिम्मा पनि तिनै ‘बुझेका’हरूको हो । केही ‘बुझेका’हरूले प्रचण्डहरूजस्ता बुझेकाहरूलाई धारेहात लगाउनु विडम्बनापूर्ण छ । प्रचण्डहरूको ‘जनता’को परिभाषा बुझ्न नचाहने, बुझेको भन्दै राष्ट्रियस्वार्थमा समेत मौन बस्नेहरू सबैभन्दा अबुझ हुन् । त्यस्तालाई बुझाउने जिम्मा पनि प्रचण्डहरूकै हो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 64

    • babu

      दिपकजीको लेखले शहर वा अन्य बिकसित मुलुकमा बसेर दिनमा दश पटक mysansar हेर्नेहरुलाई राम्रो झापड हानेकोछ / वास्तबमा mysansar का नियमित पाठक भनेका माओबादीले प्रतिनिधित्व गरेका वर्गहरु होइनन / त्यसैले mysansar को comments हेरेर नेपाली जनताको वास्तविक चाहना वा भावना बुझ्न सकिदैन / नेपालका गरिब , अशिक्षित , सोझा सिधा जनताको चाहना “भोको पेटको लोकतन्त्र” होइन , बरु गास, बास र कपासको ग्यारेन्टी भएको जे तन्त्र भए पनि उनिहरुलाई मान्यछ / माओबादीसंग त्यति गर्ने सामर्थ्य चाही छ, केहि समय बिना कुनै अबरोध राज्य संचालन गर्न पायो भने /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 58

      • Aashish

        बाबु जी,
        त्यसो हो भने प्रचण्डको “राजधानीमा बसोबास गर्ने व्यक्तिहरु, तथा स्वतन्त्रपूर्वक लेख्ने र बोल्नेको बिरुद्ध हिसाबकिताब राख्ने र
        घेराबन्दी गराइ यिनीहरुलाई कारवाही गरिने” कुरालाइ चाहिं के भन्नुहुन्छ? हाम्रो ध्यान गरिबलाइ धनि बनाउने तिर हुनुपर्छ, धनिलाइ गरिब होइन।
        यहाँ विजयकुमारले भनेको कुरा राख्छु – “जुन राष्ट्रमा प्रत्येक नागरिकले बिना डर-त्रास आत्मसम्मानको जीवन बाँच्न
        सक्दैन त्यो राष्ट्र कहिल्यै सम्मानित हुन सक्दैन”

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • रूद्र शर्मा

      अान्दोलनको लक्ष नै गलत थियो । सँविधान निर्माण र मुलुकमा शान्ती स्थापना गर्ने मूल उद्देस्यबाट च्युत भएको यस अान्दोलनको पतन त निश्चित नै थियो ।
      प्रचण्डलाइ सिँहासनमा बिराजमान गराउनकै लागि मिडिया,शिक्षित समुदाय, हुनेखाने वर्ग तथा अाम जनसमुदायले साथ दिनै पर्ने दरकार के छ ? प्रचण्ड प्रधानमन्त्री भएकै त हुन् नि । उनको उटपटाँग शासनको कहर फेरि भोग्न नेपाली इच्छुक छैनन । न त यो अान्दोलन लोकतन्त्रलाइ बलियो बनाउनको लागि थियो न त स्तम्भकारले भनेजस्तो बहूसँख्यक अनपढ,गँवार र खाली खुट्टा हिँडनेको लागि ? छातीमा हात राखेर भन्ने हो भने मुलुक नवनिर्माणको डेढ दशक माअोबादीले नष्ट गरिदियो । नेपालमा हत्या,हिँसा र असभ्यताको सँस्कृति बसाल्यो । गरीब र पीछडिएकाहरूलाइ तिमी गरीव र पिछडिएका छोे भन्ने बुझाउनको लागि यत्रो त्रासदी मच्चाउनु पर्ने जरूरतै थिएन । एउटा गैरसरकारी सँस्थाले गर्न सक्ने काम यस प्रकार हिँसात्मक ढँगले गर्नुपर्ने अावस्यकता थिएन । शहरीया,मिडिया र बुद्धिजीविहरू यथार्थ बाँचिरहेका छन गाउँले जनतालाइ सपना बाँडिएको छ,भयँकर गुमराहमा राखिएको छ ।

      नेपालमा ठूल्ठूला परिवर्तनहरू शान्तीपू्र्ण अान्दोलनबाट नै सँभव भएका छन । यो अान्दोलनको पुष्ठभूमी,लक्ष र मनोबिज्ञान शान्तीपूर्ण थिएन । त्यसैले असफल भएको हो । हिँसात्मक नभएकोले सफलता मिलेन भन्ने स्तम्भकारको ठम्याइ गलत छ । अधिनायकबाद स्थापना गर्न जनताले साथ दिँदैनन । सत्ताकब्जा,डर,धाक,धम्कीले कोहि डराउँदा रहेनछन ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 18

    • राम्रो लेख छ. सबै लै चेतना होस्.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 32

    • shyam

      नेपालका बुद्धिजिवीहरु तथा नवधनाध्यहरु अधिकांश कि कांग्रेस वा एमालेहरु नै हुन्. गरिब,अनपढ तथा उत्पीडित वर्ग माओबादी होलान तर तिनीहरुको netritwo उनै गैर कांग्रेस वा एमालेहरुले गरिरहेका छन् Intelligentia and financial backing are essential for every kind of changes; politico-economical, revolution etc.

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

    • लेख एकदम ठिक छ साह्रै चित्ताबुझ्दोछा तेसैलेता maobadiharule गाउको मान्छेहरु लै बटुलेको अनि ति निमुखा जनताहरुलाई गुलेलीको matyangra बनाएर प्रयोग गरेको खै ति जनताले maobadilai हिंस्रक भनेर चिनेको . अब सबैजनता मिलेर तेस्को (माओबादीको)सत्येनस गरिदिनुपर्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 20

    • अृ्र्पण

      दीपकजी लेखको लागि धेरै धेरै धन्यवाद ! यथार्थ यही नै हो जो तपाईंले लेख्नु भएको छ । काठमाण्डौंले सारा नेपाललाई शोषण गरेको छ, आर्थिक, भौतिक, सामाजिक, राजनैतिक रूपले, त्यसैले काठमाण्डौंका गाउँलेलाई मान्छे नदेख्ने वर्गलाई ठेगान नलगाए सम्म यथार्थपरक रूपमा नेपालको आर्थिक सामाजिक र राजनैतिक परिवर्तन हुने वाला छैन , त्यस अभियानमा तपाईंको यो प्रयास सह्रानीय छ, निरन्तरता दिनु होला, शुभकामना ।।।।।।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 39

    • दीपक जी

      यहाँ हामी नेपालीको औकात भनेर भनियो धेरै खुशी लग्यो सायद केहि धनि वर्ग भनौदाहरु र गरिब वर्ग बीच जसरि फाटोको कुरा चलाउदै छन् .जुन कुरा सान्ति र्यालीमा देखियो हाम्रा बुदिजीबी बाट.यसकुरालाई यहाँ प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यवाद.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 22

    • sheela

      दीपक अर्यालजी का यी अभिव्यक्तिले, एउटा काठमाडौँ -बासीका नाताले मन नै छोयो !
      “….हाम्रा मिडिया रिपोर्टिंङहरूले, हाम्रा लेख तथा विश्लेषण र भाषणहरूले हामी पहिलो दर्जाको नागरिक र गाउँका गरीबहरू दोस्रो दर्जाका नागरिक हुन् भन्ने कुरालाई पुष्टि गरेको छ। शायद यो नै “असफल आन्दोलन”को सबैभन्दा ठूलो सफलता जसले हाम्रो, काठमाडौंको, पढैयाको, बुझैयाहरूको मानसिकतालाई फेरि एकपटक प्रष्ट पारेको छ र हाम्रो औकातलाई गाउँले जनताहरूका माझ छरपष्ट पारेको छ।”

      १. तर दीपक जी , यो Kathmandu का केहि सुकिला र स्राम्भ्रात मार्काका बुद्दिजीबीहरु वा तेस्तैमार्का का पत्रकारहरुको मात्र एस्तो बिचार होला, अरुको होइन भनेर बुझुनु हुनु अनुरोध छ! यिनीहरुले समग्र काठमाडौँ को प्रतिनिधि गर्न सक्दैनन्/

      २. काठमान्डू सबै नेपालिको साझा राजधानी हो, सुकिलाहरु को मात्र पेवा होइन, झुम्रे र गरिब हरुलाई २४० वर्ष सम्म पहुँच हुन नदिनेहरु अझै पनि हर्कत गर्दै छन्, येस्तई बन्चितिकरण गर्न….
      ३. काठमाडौँमा महेश बस्नेत, हात्ती-राजु (बुडानीलकण्ठ-हात्तिगौड़ा ), कनक मणि दीक्षित, दीपक मनान्ग्गे, चक्रे मिलन मात्र बस्दैनन्; अरु पनि थुप्रै सज्जन बसोबास गर्छन, यो बुझिदिनु होला!
      ४. Kathamandu उपत्यकाबाट गत CA को चुनाबमा सबैभन्दा बढी भोट र सिट जित्ने पनी माओबादी थिए , तेसैले बाहिरबात मान्छे ल्याए भनेर फतुर को आरोप लाउने ‘कान्तिपुरे-मार्का’ पत्रकारलाई के भन्नु र खोइ? एदी बाहिरबाट ल्याको भए, बाहिर त खाली हुनु पर्ने होइन र, बाहिरतिर पनि उत्तिकै ठूला रयाली भएका छन् / एती सरल कुरालाई यहाका कथित् स्राम्भ्रांत पत्रकारहरुले किन बंग्याउने ध्रिस्टता गरे होलान?!! अर्को पटकको तपैका गहन लेखमा यी कुरामा बिस्लेशन गरेको पढ्न पाउने आशामा,
      उही,
      शीला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 25

    • अति मार्मिक र पढ्न योग्य छ लेख छ दिपक जी . बास्तव मा सिक्षित भनिने वर्ग बाट हुने बिमति हरु नै बास्तव मा सामाजिक बिमेल बनिरहेका छन् जसले दिन प्रतिदिन अभय को बाताबरण सिर्जना गरिरहेको बर्तमान समय सबैको आखा मा लुक्न सक्दैन र राजनीतिक दल हरु बाट समय समय मा हुने गैरजिम्मेवारी काम हरु ले जनता लाइ झन् हतोत्साही बनाउने बाहेक केहि हुन सकिरहेको छैन इभन सपनाहरु जसले जे जति बाड्न सके पनि .
      अब समय कसैको क्यारिकेचर गर्ने भन्दा पनि जनता बास्तव मै सजक हुनु पर्ने बेला आएको छ किनकि हामि सर्ब साधारण बिसेस गरेर गाउलेहरु (दिपक जी ले भने जस्तै ) अति सतर्क हुनुपर्दछा आखा चिम्लेर कसैको झन्डा मुनि थुप्रिनु भन्दा .
      हामि सबै सब्दमा , भासणमा जति पूर्ण रुपमा समर्पित छौ त्यति नै ब्यबहारिक रुपमा उत्रिनु पर्ने आज को आबस्यकता .

      जय होस् सबै नेपालि एबम नेपाल को ( नो बन्द !! है !!)………..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 22

    • dev

      good one,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 14

    • BINOD

      दीपक जी लेख राम्रो लग्यो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 26

      • Jeevan dhakal

        दीपक दाई,

        मलाई तपाईं को यो लेखले भित्रै देखि छोयो.

        येस्तई मन छुने तितो सत्य लेख्दै जानु होला.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 29

      • माओबादीले आम हडताल स्थगन गरेकोमा असफल भयो भनि भ्रम फैलाउने र भ्रम परेका व्यक्तिहरु वास्तबमा यी सब(काँग्रेस,एमाले आदि) देशमा सान्ति,बिकाश नचाहने र आदिबासी जनजातिहरुलाई दमन,सोसन,अतिचार गर्ने चेस्टा राख्ने पार्टी नेताहरु र बाहुनबादी हुन् | यस्ता पार्टी नेताहरु नत राष्ट्रबादी, नत जनाताबादी नै हुन् सक्दछ | यी हिन्दुवादी बाहुन छेत्रीहरु अझै पनि नेपाललाई एक मात्रै जात,भात र हिन्दु धर्मको देश बनाउन विभिन्न किसिमका सडन्त्र, भ्रमहरु आदि फैलाउदै हिडिरहेका छन् |
        नेपालमा माओबादी पार्टीले मात्र अन्य जनजातीहरुलाई समेट्ने गरि नेपाललाई संघीय गणतन्त्र , धर्म निरपेछ आदि कुराहरुलाई सुनेका थिए र समर्थन गरेका छन् |तर कांग्रेस, एमाले ,राप्रपा, आदि पार्टीहरुले कहिले पनि यी मागहरुलाई उठाउने प्रयास सम्म गरिएन | किनकी यी पार्टी नेताहरु पार्टी-पार्टीमा फुटेर आफ्नो जातीय पाक्छको हितमा हुने काम गर्ने र अन्य जनजातिहरुलाई एक आपसमा जुदाउने सडयन्त्रका साथ् एक भएर जुटेका छन् | यी कुराहरु यिनीहरुका हरेक क्रिया कलापबाट प्रस्त्याई सकेका छन् | मेरो बिचारमा गर्छन भने यिनै माओबादीले केहि गर्छन | यदि होइन भने काँग्रेस, एमाले अन्य पार्टीहरुले केहि गर्ला जस्तो लाग्दैन | यी बिदेशी दलाल नेता पार्टीहरुका बारेमा माथिनै उल्लेख गरिसकेको छु |यिनीहरुले आफ्नो पार्टी संघ सस्था बलियो पार्नका लागि नेपाली जनताहरुलाई केटा-केटीहरुलाई जस्तै गरि लली पप दिएर फकाएर फसाउने कामहरु बारम्बार दोहोर्याई रहेका छन् | जस्तै देश बिकास योजनाका नाममा गाउँ घरका जनताहरुलाई केहि दिए जस्तो गरि रातारात देशका नदीनालाहरु विदेशीलाई सुम्पिदिनुले काँग्रेस,एमाले र अन्य पार्टीहरुको नियत छर्लंग पानी जस्तै स्पस्ट नै देखिन्छ | किन यिनीहरुले यस्ता रास्त्रघाती कामहरु गरिरहेका छन् त ! किनकी,यिनीहरु विदेशीहरुका सहयोग बिना नेपालमा केहि गर्न सक्ने वाला छैन | त्यसैले यिनीहरुले जानी बुझी पनि नदीनालाहरु बिदेशीहरुलाई सुम्पिदिएका हुन् |

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    eXTReMe Tracker