छ दिनअघि जुन जोस थियो माओवादी कार्यकर्ताहरुमा, त्यस्तो जोस थिएन। अनिश्चितकालीन हड्ताल सुरु हुनु एक दिनअघि मे दिवसका दिन जुन प्रदर्शन गरेको थियो माओवादीले, त्यतिबेला खुलामञ्चमात्र हैन, त्यहाँ नअटाएर बाहिरका सडकमा पनि मान्छे बसेका थिए। तर हिजोको सभामा वीर अस्पताल नजिकैको आकाशे पुलबाट हेर्दा मञ्चको बायाँ छेउ अस्तिको तुलनामा खाली थियो। खुलामञ्च वरपरको सडक खुलै थियो। हात्ती शिकार गर्ने महत्त्वाकांक्षाका साथ गएको मान्छे लामखुट्टे मारेर फर्कनु पर्दाको जस्तो स्थिति थियो सभा।

एक दिनअघि नै अनिश्चित हड्ताल स्थगित गर्ने घोषणा सुनाउँदै गरेका बेला टिभीमा प्रचण्ड र अरु नेताहरुको अनुहार मलीन देखेको थिएँ। आज उनीहरुको अनुहार कस्तो देखिन्छ, त्यो नजिकबाट खिच्न म गएको थिएँ सभा हुँदै गर्दा। हेरौँ, सभामा देखिएका नेता र जनताका फोटो अनि भिडियो-
कार्यक्रम सुरु हुँदै गर्दा कार्यकर्तामा कुनै उत्साह थिएन। मे १ को सभामा जस्तो जोशिलो ताली पडकिरहेको थिएन। सुरुदेखि नै मञ्चका उद्घोषकले विचलित नहुन आग्रह गरिरहेका थिए। कार्यक्रम हुँदै गर्दा, अझ प्रचण्डले बोल्दै गर्दा समेत मानिसहरु टुँडिखेलको बीचबाट फर्कँदै गरेको देखियो। भिडियो हेर्नुस्- (लिङ्क राख्न बाँकी छ)
नेताहरुको अनुहार यस्तो थियो-












प्रचण्डपत्नी र नातिनी।
कार्यक्रममा प्रस्तुत गरिएका गीत र जोशिलो बनाउने भाषणले केही कार्यकर्ता उत्साहित भएको देखियो।





‘सुकिलामुकिला’हरु पनि रेलिङ चढीचढी कार्यक्रम हेरिरहेका थिए।

No related posts.









६दिन् नेपाल बन्द हुदा ६ अर्ब को घाटा,उपचार समयमा नापयारा धेरै मरेहोलन, अनि साना नानी हरुले पढ्न पयानन जसको बाबा आमाले दुख गरि भर्खर फी बुझायाका थिय, कसैको त कतै सापटी खोज्दै छन् होला, कसैको फी बुझाउन नसकी सस्तो इस्कुल मा झार्दै होलान, यो नेपाल बन्द गर्ने पार्टी को नेता लै समर्थन गर्ने जनता लाई के नाम दिने , जनता हो नेपाल बन्द गर्ने भन्न साथ हामी सबै बिरोध मा उठ्योउ, चाहे आफ्नो बाउ नै किन नेता नहोश,
मन परे हरियो, नपरे रातो
7
1
कहिले कहिँ त थकाई पनि लाग्छ नि यस्तो गर्मि मा आन्दोलन गर्नु छ ! तपाई पत्रकार हरु चाही जे लाई पनि समाचार बनाइदिने ? नेताहरु को मर्म पनि विचार गर्नु पर्यो नि ! जनता भनेका तेस्तै हुन् , दुख पाउदा पाउदा बानी परि सक्यो अब त ! कि कसो ?एक हुल फुलन देभी नेपाल भित्र पसो !
मन परे हरियो, नपरे रातो
4
4
आखिर मा कहाँ के चै बनायो त तेही त गरिब सोझा जनतालाई काठमाडौँ घुमायो मान्नै पर्छा प्रचण्ड लै काठमाडौँ को अनुहार देख्न नपाएको बिचरा जनतालाई काठमाडौँ त हेर्न पायो धर्मात्मी हुन्हुन्छा हाम्रा प्रचण्ड बिचरा अब के नै गरुन त इंडिया बाट्टा धम्कि आयो होलानी अब माकुने को पछ्यामा तेसैले त भिजेको स्याल जस्तो भयो त प्रचण्ड र भटराई हाहाहा इन्डियन त भगवान्नै हो नि नेपालको धन्य छ माकुने जी
मन परे हरियो, नपरे रातो
7
1
“लुना” जी कम्मेन्ट पढौ र मन परे हरियो, नपरे रातोः को संख्या हेरौ कम्मेन्ट गर्ने हरुको र रातो थिच्ने कति बुद्धिमान रहेछन ? नेपाली आमा को कपुत सन्तान मा गनिन आउनछ कि औंदैन ?
May 9th, 2010 at 10:01 PM · मुख फर्काउनुस्
abhyankar जी !
तपाइको कमेन्टले हिर्दय छोयो . नेपालमा मेरो बा आमा को कोठामा राजारानीको
फोटो छ , परिबार का अन्य सदस्य कोहि कांग्रेस कोहि एमाले सपोर्ट गर्छन . म अहिले माबोबादिले केहि समय मुलुक हाकोस भनेर कामना गर्छु .अभ्यंकर जी ! “”तपाइको प्रतिक्रिया ले लाखौ लाख जनताको हिर्दय को आवाजकोप्रतिनिधित्व गर्छा . कामना गरौ हाम्रो मुलुक इमान्दार रास्ट्र भक्त – जनप्रेमी नेतामार्फत हाकियोस . मुलुकले सकारात्मक गति लेओस . सबै नेपालीको आगनमा लोकतान्त्रिक राज्यको घाम उदाओस”" .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? १९ ४०
साथी हरु यस कारण पहिले का बुढा बूढी ले सराप्न को लागि भने जस्तै माई संसार मा पनि कांग्रेस नामक भाइरस पसिरहेका छन् रातो मा थिच्न लाई भए पनि, कम्मेन्ट लेख्ने त कुरै छाडौ. लुना जी को कामना लाई पनि सफल नहोश भन्ने हरु .अनि मैले विश्लेषण गरे कि माओबादी को राम्रो कुरा को समर्थन गर्नै नहुने रहेछ आन्दोंकारी,जंगली,माओबादी को चम्चा,आतंकबादी इत्यादी नाउँ ले विभूषित गरिदिने रहेछ .
अनी लुना जी को कामना लाई किन मन नपराएको होला त ? भनि गणतीय मुल्यांकन गर्दा माओबादी को बिरोध मा लागेका हरु थुप्रै देखे माई संसार मा .हुन त आफ्नो स्वतन्त्र विचार राख्ने त नेपाल को सबिधान ले दिएकै छ तर पनि देश लाई राम्रो दिशा तिर लैजानु पर्छ भन्ने स्वतन्त्र विचार लाई पनि गलत कुरा हो भनि रातो थिच् दिने गर्छन गजब भएछ बा.
देश मा घुशखोरी,कम्मिसंतंत्र भए पनि केहि मतलब छैन ,पासपोर्ट बनाउन नपाए पनि केहि छैन भाइरस हरु लाई,बिदेशी नागरिक भएपछी के लाई चाहियो नेपाली पासपोर्ट?
खाली माओबादी जंगल पसोस्,हड्ताल गरोस्,लुतपित र धम्कि को आवाज माओबादी बाट आइरहोस् यस्ता कामना गर्ने हरुको पनि आआफ्नो बाध्यता नै रहेछ .गहीयर विचार गर्दा त बिदेशी सरकार का आँखामा त धुलो छ्यापी सके रहेछन -”"नेपाल मा मेरो सौतनी आमा का सन्तान ले बसनै दिन्दैन,हामी नेपाल फर्केर गयो भनि मार्छन,पित्छ्न,सम्पति लुटी सके”" इत्यादी.
त्यस कारण म साथीहरु लाई बिनम्र अनुरोध गर्दछु भाइरस रुप धारण गरे तापनि नरिसाइकन माफ गरि दिनु होला. ऑहा हरु को बाध्यता लाई सम्मान गरौ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
17
माओवादी लाई सच्चा नेपाली हरु जो राष्ट्र को उन्नति , बिकाश , शान्ति, प्रगति, र सम्ब्रिधि चाहन्चन उनीहरुले गाला मा नराम्रो चड्कन हानेका छन्. यो कुरा मावोवादी ले बुझ्नु पर्छ. सधै धम्कि, दर त्राश देखाएर , मान्छे मारेर, बन्दुक को भरमा राजनीति चल्दैन भनेर उनीहरुले बुझ्नु पर्छ. माओवादी को एस्तो दुस्प्रयाश प्रति धिक्कार छ , नेपाल आमा ले सधै एस्तो कार्य गर्ने नेपाली जनता को प्रयोग गर्ने, अशान्ति फैलाउने, नेपाली नागरिक को बच्न पौने, काम गर्न पाउने, ब्येक्तिगत स्वोतान्त्रता, लिबेर्टी मा आच पुर्याउने कार्य गर्ने ब्येक्ति वा पार्टी लाई सधै सधै धिक्कार्चिन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
11
को हो सुकिला मुकिला भनेको एक पटक मिस्टर ले आफुलाई र आफ्ना नेता लाइनै हेर्दा हुन्छ आफ्कर्यकर्ता ले लायेजस्तो र खाए जस्तो गरेर हिड्न अनि मात्त्र अरुलाई आरोप लगाउ मिस्टर सुकिलामुकिला क. भनौदा प्रचण्ड जनता ले सुख खोजेको सास्ती होइन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
5
ज्ञानी जी त्यो रातो लगाउने चै टेरोरिस्ट हो मैले ठोकुवा गरे
मन परे हरियो, नपरे रातो
11
6
माओबादी एकलै सगरमाथा चढ़न खोज्दै छ कामरेड हरु सगरमाथा चढ़न तापाइहरूले सोचे जस्तो सजिलो छैन चुचुरोमा पुग्न समाउने र टेक्ने सामान नभई कन आफ्नो बल र बुद्दिले त्यहा पुग्न सकिदैन त्येसैले बेलैमा सहमति गर्नुस टेक्ने र समाउने साधन मिल्नसक्छ हैन भने चुचुरोमा पुग्ने सपनामाँ नै सिमित होला हाम्रो घर माथिको डाडो माँ पुग्नत टेक्ने र समाउने प्रयोग गरिन्छ भने त्योत काहो काहा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
5
मुख मा राम राम , बगलीमा छुरा राखेसी येस्तई हुन्छ माओबादी चोर हरु….येस्तई हो भने रोल्पा रुकुम pani छिर्न नदेला है ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
13
कृष् जी क्य मन लाग्दो प्रतिक्रिया दिनु भयो सोरोएई आना छ हो जुन बिसयमा माओबादीहरुको दुबिदा छ यसमा तपाईका सब्द सापटी लिने हो भने अब अबपनि बास्तबमा उनीहरुको अबस्था त्यही नहोला भनेर आकलन गर्नना मुस्किल छेना अब आमहड्ताल धोसंना गरे यसको प्रतिकारमा जनताहरु सडकमा निस्के यसलाई सतारुद पाटीको भिजिलान्तेको सज्ञा माओबादी लागि रहेयो यो उसको पराजित मानसिकताको उपज हो अर्थात् उसको बुझाइमा नेपाली काग्रेस वा ने.क.पा.एमालेमा जनता छैन भनेर खस्रो आकलन थियो अर्थात् जो सान्ति रेलिमा निस्केका सान्तिकामी जुलुसलाई माओबादीको बिरुदमा मात्र उसका नकली चस्माले देखायो तो माहभुल थियो यसरी बास्तबमा आज आफ्ने कार्यकर्ताबाट पनि बहिस्कृत बाताबरको अबस्थामा गोज्रिरहेका छन् यसकारण रोल्पा,रुकुम मात्र होइन १४ अंचल ७५ जिल्लाबाट बहिस्कृत हुने अवस्था नआउला भन्न सकिन्न यसले गर्दा माओबादीहरुले समयमा बुद्धिको बिर्को खुलोस हुनत उसको जन्म जाह भयो यस्ताको बिब्यक उही छ र माओबादीबाट अरु आसा के गर्न सकिन्छ उसको काम भनेको गरिब जनतालाई धम्कायर खाने हिजो उसले आफ्ना कार्यकर्तालाई इनाइ कुरा प्रसिक्चित गरेको छ जसले गर्दा आज पनि यहि मानसिकताबाट माओबादी माथि उठन नसकेको अथर्थ हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
5
क्रिस जी सही कुरा लेखनु भो/ माओबादी सताकोको लागि जे पनि गर्दा रहेछन /बेकारमा सोझा जनतालाई सडकमा उतारेर आफ्नो दुनु सोझाउन खोजेका थिए तर आफ्नो जाल मा आफै फसे >>? सताको मोह ! जनताको प्रतिकार र राजदुत जी को आस्वासन ….लोवले मानिस laaee कति गाल्दो रहेछ हिहिहिहिही…..
मन परे हरियो, नपरे रातो
10
4
मुख देखाउन कती लाजलागेको माओबादीहरु लाई मुख त आमसभामा देखाउनै पर्यो नि …………………????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
8
म पनि दुबै आमसभामा गएको थिए। मे १ को आमसभामा जनता बस्ने दिर्घामा बसें र मे ८ को आमसभामा पत्रकार दिर्घामा गएर बसें। दुबै आमसभा म आधा आधि हुँदा पुगेको हुँ। तिमीले लेखजस्तो कार्यक्रमको सुरुमा म थिइन र कति उत्साह थियो त्यो थाहा भएन। तर तिम्रो तलको लाइनका बारेमा म केही भन्न चाहन्छु।
‘कार्यक्रम सुरु हुँदै गर्दा कार्यकर्तामा कुनै उत्साह थिएन। मे १ को सभामा जस्तो जोशिलो ताली पडकिरहेको थिएन। सुरुदेखि नै मञ्चका उद्घोषकले विचलित नहुन आग्रह गरिरहेका थिए। कार्यक्रम हुँदै गर्दा, अझ प्रचण्डले बोल्दै गर्दा समेत मानिसहरु टुँडिखेलको बीचबाट फर्कँदै गरेको देखियो।’
मे १ का दिन म घर बसुन्धाराबाट आउँदै गर्दा पनि मानिसहरु लर्को लाएर फर्किरहेका थिए। ती मध्ये कतिपयको हातमा कम्युनिस्ट पार्टीको झण्डा र केहीकोमा डण्डा पनि थियो। मैले लाजिम्पाट देखि नै मानिसहरु फर्केको देखेको थिएँ। तर आमसभामा म आएको करिब ४५ मिनेटपछि मात्र प्रचण्डको भाषण सुन्न पाएको थिए।
त्यो दिनको प्भारचण्डको भाषणमा मलाई तीन ठाउँमा मात्रै श्रोताले ताली पिटेको सम्झना छ। प्रचण्डको भाषणमा किन जनताले ताली पिटेनन् भन्ने लागिरह्यो। मे ८ को भाषणमा भने उनले धेरै पल्ट ताली पाएका थिए। उनले सञ्चार जगत, काठमाडौका वुद्धिजिवी भनिएकाहरुलाई गाली गर्दा र छ दिन आमहडताल ट्रेलर मात्रै भएको र पुरै फिल्म पछि देखाइदिन्छु भन्दा धेरै कार्यकर्ताले ताली पिटेका थिए।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
15
मैले फोटोमा के देखे भने :
१. बाबुराम प्रचंडे संग रिसाएर म तेरो मुख हेर्दै हेर्दिन भनेर कसम गरे जस्तो छ |
२. नारायणकाजीले बैद्यको काखी गनायेरा नाख छोपेको छ |
३. बादललाई अर्काले लेखिदिएको डाएलोग दिमाग मै छिरेको छैन |
४. हिसिला र टोपिवालाको सपनामै लव परे जस्तो छ| बिपनामा त बाबुरामले मार्ला |
५. बाकी फोटो हेर्दा त आन्दोलन भन्दा नाचगानले धेरै मान्छे झुम्मे जस्तो छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
90
10
गिरिजाले आफु भन्दा तुच्छ जन्तुलाई उभ्याएर, आफु राज नेतामा उक्लिने प्रयासको ग्राण्ड डिजायन हो यो| केहि हद सम्म माकुनेले गिरिजाको सपना साकार पार्यो|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
23
पहिले भारतमा गएर एस आराम लेर बसेका लाउके र टाउके संग कुराकानी गरेर जंगलमा बस्ने माओबादी घिसारेर १२ बुदे सहमति गर्दा एमाले र कांग्रेश ले ल्याएको जस्तो लाग्छा होइनर कि पुच्छर भाको बादरले ल्याको थियो अहिले एमाले र कांग्रेस को खोइरो खनेको देख्दात यी दुवै पार्टीले ल्याएको होइन क्यार संकापो लाग्न थाल्यो त्योदिन लाको गुण बिर्सियो गुनले गुण खान्छा तलाई मा खान्छु भन्ने उखान साच्चिनै बिस्वाश लाग्न थाल्यो होइन भने सुर्य जस्तो चम्किलो
अनुहार ग्रहण लागेको जुन जस्तो मलिन किन देखिन्छा सबै फोटोहरुमा हेर्नुसता
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
6
अनिश्चितकालीन आमहडताल माओवादी स्वयम्ले फिर्ता लिएपछि आमनागरिकले सन्तोषको सास फेरेका छन् । माओवादीले ‘जनता’ नठानेका नेपाली नागरिकहरूले आमहडतालको अवज्ञा गरे, शान्ति जुलुुस र सभाहरूको आयोजना गरे । अन्ततः जनताले विजय प्राप्त गरे । माओवादीको सत्ताकब्जा गर्ने सपना चकनाचुर भयो । आशा गरौं, अब उनीहरूले परिभाषा परिवर्तन गरेर भन्नेछन्- विगतमा हामीले गल्ती गरेका थियौं, नेपाली नागरिकहरू नै नेपाली जनता हुन् ।
शान्ति अभियानका लागि वसन्तपुरमा शान्तिसभाका वक्ता कलाकार मदनकृष्ण श्रेष्ठले घोषणा गरे- भोको पेटको आक्रोशले कसैलाई बाँकी राख्दैन । हाम्रो बाँच्न पाउने हकलाई नखोस, नत्र भोको पेटको आक्रोशले खाना खोस्नेहरूलाई सिध्याउनेछ, त्यसैले आमहडताल तुरुन्त फिर्ता गर । उपस्थित सभाले मुठ्ठी उठाएर घोषणा गर्यो- आमहडताल फिर्ता लेऊ र राजनितिक सहमति गर, नत्र हामी देखाइदिन्छौं । यसपटक माओवादीले आफ्नो टाउकोमाथि मडारिँदै गरेको खतराको कालो बादललाई नजिकबाट नियाल्न सक्यो, प्रतिकूलतालाई चिन्न सक्यो र गम्भीर पराजयको आसन्न खतराबाट बच्न उसले चौबीस घन्टा अगाडिको “आइलाग्ने माथिको जाइलाग्ने” दम्भ फिर्ता लियो र आमहडताल स्थगित गर्यो । कलाकार हरिवंश आचार्यले शान्तिसभामा भनेको थिए- हामी जनता -देशका मालिक) लाई तिमी नेता -हामीले खटाएको काम गर्ने सेवक) ले हेप्यौ, हामी तिमीलाई तल झार्छौं । नभन्दै यसै गरे जनताले । २४० सिटको दम्भ पालेको माओवादीलाई शक्ति उन्मादको नशाले एकछिन भए पनि छोड्यो । यसले नेपालका सबै राजनीतिक दलहरूलाई गम्भीर चेतावनी दिएको छ- आर्थिक रूपले जर्जर बनेको देशलाई बन्दहडतालद्वारा अझ जर्जर बनाउनेहरू देशभक्त हुन सक्दैनन्, अब उप्रान्त जसले यो दुःसाहस गर्छ, त्यसको दुर्दशा आजको माओवादीको जस्तै हुनेछ ।
सम्भवतः माओवादीको राजनीतिक इतिहासमा उसलाई सबैभन्दा ठूलो धक्का लागेको यसैपटक हो । जनताको बदलिँदो चेतना र अन्यायको विरुद्धमा प्रतिवाद गर्ने क्षमतामा गुणात्मक विकास भएको उनीहरूले बुझ्न सकेनन् । हिजो संविधानसभाको निर्वाचन र पुष्पकमलको प्रधानमन्त्रीत्वको कालसम्म आइपुग्दा बारुदको धूवाँभित्र हराएको मानिसको स्वाभिमान, चेतना र स्वतन्त्रताको आकांक्षा प्रचण्डको सरकार ढलेपछि क्रमशः उन्मुक्त हुँदै जानथाल्यो, डर हराउँदै जानथाल्यो । यसभन्दा अगाडि सानो संख्यामा राजनीतिक दलका नेता र कार्यकर्ताहरू प्रतिवाद गर्दै थिए भने नेपाल नेतृत्वको सरकार बनेपछि आम जनतासमेत माओवादीको गलत क्रियाकलापको विरोध गर्न अग्रसर बन्दै गए । यसका लागि ती सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद दिनैपर्छ, जसले अनेकौं प्रतिकूलताका बाबजुद आफ्नो एकतालाई अक्ष्क्षुण राखे र जनतालाई भयमुक्त बन्ने वातावरण निर्माण गरे । नेपाल नेतृत्वको सरकारका धेरैवटा सीमा र कमजोरीहरू छन् । तर यसको सबैभन्दा राम्रो एउटा पक्षलाई जनताले सधैंभरि सम्भिmरहनेछन् कि अब नेपालमा एमाओवादीले जे चाह्यो त्यहीमात्र हुन सक्दैन । वाईसीएलको उपद्रो र क्यान्टोनमेन्टका लडाकुको हतियार तथा शक्ति देखाएर अब जनतामाथि फासिवाद लाद्न सम्भव छैन । माओवादीको ‘चक्रवर्ती सम्राट’ बन्ने आकांक्षालाई भुइँमा थेचारेर जनताको शैलीमा राजनीतिक मूलधारमा ल्याउने प्रतीकात्मक उपस्थिति दिनु नै यो सरकारको सबैभन्दा विशिष्ट पक्ष हो । राजनीतिक सहमति विनाको एकल सपना देख्ने अवसर सबैलाई प्राप्त छ, तर आफैंले हस्ताक्षर गरेको अन्तरिम संविधानलाई मिचेर सडकबाट सत्ताकब्जा गर्ने हक कसैलाई प्राप्त छैन भन्ने स्पष्ट दिशाबोध गराउन सक्नु यो सरकारको अर्को महत्त्वपूर्ण विशेषता हो ।
राजनीतिक दलहरूको बीचमा निर्माण भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको अधिकतम लचकता र सबै सहमतिहरूलाई कानुनी तथा संवैधानिक प्रक्रियाबाटै सम्पादन गर्नुपर्छ भन्ने कानुनको शासनको प्रबर्द्धन गर्ने दृढतामात्र होइन, सबै सरकार र दलहरूसँग हुनु अनिवार्य छ । सायद यसो भएको भए आजको राजनीतिक संकट मुलुकले व्यहोर्नुपर्ने थिएन ।
माओवादीको निर्णयले ‘सहमतिको राजनीति’ भन्ने पदावलीलाई केही कर्णपि्रय बनाउन बल पुर्याएकै छ । तर उसको नेतृत्व पंक्तिमा रहेको सुपरइगो र उग्रवादी चिन्तनका कारण उनीहरूले आमहडताल स्थगनबाट राजनीतिक लाभ लिने अवसरको रूपमा प्रयोग गर्न नसकेको देखिन्छ । प्याकेजमा राजनीतिक सहमति कायम गर्नुपर्ने अन्य दलहरू र माओवादीसमेतको प्रस्तावमा धेरै दिनसम्म छलफल भएका थिए । त्यसको निरन्तरता दिँदै सहमतिको लागि आन्दोलन फिर्ता गरेको भए यो कदमको उच्च राजनीतिक महत्त्व हुने थियोे । तर उसले सहमतिको राजनीतिका लागि आमहडताल रोकेको देखिएन, नत मित्रताको हात बढाउने राजनीतिक शब्द तथा पदावली नै प्रयोग गर्यो । भोक-प्यास-थकाइ नभनी अहोरात्र मेसिनझैं परिचालित कार्यकर्तालाई चित्त बुझाउने ठाउँ पनि बाँकी रहेन भने आमजनताको सद्भाव र सहानुभूति पनि प्राप्त गर्न सकेन । “जनताका विरुद्ध जनतालाई भिडाउने षडयन्त्रलाई असफल पार्न” आमहडताल फिर्ता गरेको उसको तर्क हास्यास्पद देखिन्छ । के प्रतिष्ठित उद्योगपति, व्यापारी, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, शिक्षक, बुद्धिजीवी, कलाकारसहित आमजनता षडयन्त्रमा लागेर शान्तिको कामना गर्दै आमहडताल फिर्ता गर भनेका हुन् ? आफ्ना हीन अहम्हरूलाई छोप्नका लागि गरिएका कुतर्कहरूले माओवादीलाई अझ बढी आलोचित बनाएको छ ।
जनताले सम्भिmरहेका छन्- पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजिनामा दिँदा भनेका थिए- मुलुकमा रक्तपात मच्चाउने षडयन्त्र भइरहेकोले त्यसलाई रोक्न मैले राजिनामा गरेको हुँ । उनले यसपटक फेरि भने- जनता विरुद्ध जनता भिडाउने षडयन्त्रलाई असफल पार्न मैले आमहडताल फिर्ता गरेको हुँ । उस्तै प्रकारका भाषा, शब्द र कुतर्क प्रस्तुत गर्ने माओवादी शैलीको निरन्तरतामात्र हो यो । यसबाट ऊ आज पनि आफ्ना कमजोरी स्वीकार गर्न तयार नरहेको प्रस्ट हुन्छ, जसले राजनीतिक सहमतिको प्याकेजमा सहमति जुटाउने कुरा थप अन्योलमा पर्नगएको छ ।
जे होस्, नेपाली जनताको एउटा कष्टकर र भयावह सप्ताहको सामना गरेका छन् । सायद यसबेला माओवादी कार्यकर्ताहरूलाई आफ्ना नेताहरूको आधारभूत कमजोरी र आफ्नो पार्टीको गल्ती नै नदेख्ने आफैंभित्रका कमजोरीहरूको समीक्षा गर्ने मौका मिलेको छ । पार्टीको आह्वान गलत नै किन नहोस्, त्यसका लागि मरिमेट्ने कार्यकर्ताहरू भने सधैं धन्यवादका पात्र छन् । तर माओवादी नेतृत्वले कार्यकर्तालाई हतियार बोक्न सिकाएर कहिल्यै क्षमा दिन नसकिने सामाजिक अपराध गरेका छन् । तिनलाई यथाशक्य हिंसा र हतियारबाट टाढा राख्न नसक्ने हो भने यसको गम्भीर परिणाम आउनेतर्फ माओवादी नेतृत्वको ध्यान जानुपर्छ । हत्या-हिंसाको दलदलबाट देशलाई मुक्त गराउने किञ्चित चेतना माओवादीसँग छ भने उसले सबभन्दा पहिले माओवादी युवाहरूको राजनीतिक रूपान्तरण गर्न जरुरी छ ।
देशव्यापी रूपमा जनसमुदायले प्रतिवाद नगरेको भए आमहडताल फिर्ता हुने थिएन । तर आमहडताल सफल बनाउनका निम्ति माओवादीले एक घातक अस्त्र प्रयोग गर्ने दुःप्रयास गरेको थियो र आह्वान गरेको थियो, काठमाडौंका नेवारहरू उठ Û ताम्सालिङका तामाङहरू उठ Û र आमहडताललाई सफल पार । आन्दोलनका लागि कुनै जातिविशेष र समाजविशेषलाई उत्तेजित गर्ने उसको उद्देश्य जातीय तथा सामाजिक सद्भावका विरुद्धमा थियो । सम्भवतः यसैकारणले अपिल गरिएको समुदाय आमहडतालमा उत्रेन, बरु शान्तिसभामा सहभागी बन्यो । संविधानसभा निर्वाचनको विजयले उपत्यकाका जनता आफ्नो पोल्टामा रहेको देख्ने माओवादी गणित पनि फेल खायो । उनीहरूले अपेक्षा गरेभन्दा धेरै कममात्र उपस्थिति देखियो । यसले काठमाडौं उपत्यकावासी जनता विवेकसम्मत, व्यावहारिक तथा तर्कपूर्ण राजनीतिको पक्षमा रहन्छन् भन्ने प्रमाणित गरिदियो । निश्चय नै यो घटनाक्रमले माओवादीलाई नेपालको राजनीतिमा जुत्ताको साइजअनुसार खुट्टाको आकार-प्रकार बनाउन होइन, खुट्टाको आकारअनुसार जुत्ताको साइज मिलाउन सिकाएको छ । सत्ताकब्जा गर्नेतिर होइन, सत्ता साझेदारीको संस्कृति निर्माण गर्न झक्झक्याएको छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
8
राकेश जी
मदन कृष्ण ले भोको जनताको गाँस नखोस भनेको कुराले बन आन्दोलन को बिरोध मात्रै गरेको छैन गलत सन्धि सम्झौता गरेर कालो धन कमाउने अनि देस र जनतालाई कङ्गाल बनाउने अहिलेको गठबन्धनका नाईके महानाईकेहरुको पनि बिरोध गर्दै छ/
तेस्तै हरिबंसले जनता मालिक हो भनेर गठबन्धन गरेर घरि घरि दील गएर दिल्लीको निर्देशन लादेर नेपाली जनताको दिएको मतको अपमान गर्दै गर्ने यो २२ दलहरुको अलोकतान्त्रिक गठबन्धनको पनि बिरोध गरेको छ/
जनता मालिक हो भनेर हरिबंशले चुनावमा हारेको नेता मन्त्रि हुन् सक्दैन भनेको पनि हो/ दलहरु को सहमतिले जनमत लत्याऊंन पाउंदैन भनेको पनि हो/
जनतालाई मालिक बनाउन जनमत बढी पाएको दलको नेत्रित्वोमा रास्त्रिये सरकार बन्नु पर्छ/ संबिधान सभामा बहुमत बात संबिधान बन्न दिनु पर्छ/ चुनावमा नउठेको हारेको दलको माग समेत समेटेर संबिधान बनाउन सर्व दलिए सहमतिमा संबिधान बनेमा नेपाली जनता बास्तविक रुपमा नोकर मात्रै होयिन “पहाडी” बन्ने छ र बास्तविक मालिक मधिसे बन्ने छ/
कांग्रेस र एमाले नामको नव कांग्रेस आफ्नो नेत्रित्वोको सरकार टिकाउन र आफ्ना प्रभुलाई खुसि गर्न मावोबादी समेतलाई बाकि बचेको नेपालीलाई पहाडी बनाउन सर्व दलिए सहमति गर्न भन्दै छ/
मदन कृष्ण र हरिबंश लगाएतको चेतन शिल नेपाली जनताले बास्तविक लोकतन्त्र चाहेको हो/ बहुमतको शासन चाहेको हो/ मिलोमतोको शासन चाहेको होयिन/ राकेश जी तपाईं उहाँहरुको भनाई को गलत अर्थ लगाउंदै हुनु हुन्छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
18
मेरो बिचारमा आफ्नो देशमा सबै नागरिकहरुले निर्धक्क संग आफ्नो आफ्नो पेशा रोजगारी, व्यापार गर्न सक्ने बाताबरण हुनु पर्छ उद्योग धन्दा कहिले रोकिन हुन्न, पर्येतक उधोग को विस्तार गरिनु पर्छ, बल बालिका को अध्येन अह्यापन कहिले रोकिन हुन्न,
अब हामीलाई राजनीतिक चेतना भन्दा आफ्नो उधोग धन्दा, काम, रोजगारी, अर्थतन्त्र, आदि कुरा मा केन्द्रित भै सबै राजनीति गर्ने तिर नलागी मिलि जुली राष्ट्र निर्माण तिर लग्नु पर्छ, राजनीति धेरै भो अब.. कृपया देश मा शान्ति र सिस्टम बसाल्नु नै ठिक हुन्छ होला,
हाम्रो देश मा धेरै नेता भए, धेरै नेता हरु छन् , सबै सत्ता को लागि नै जनता लै प्रयोग गर्ने गर्छन, एस्तो उदेस्ये राखी देसका जनतालाई भड्काउने, रास्ट्रको हित नहुने कार्य गर्ने जस्ता जो सुकैलाई पनि कानुनी कारवाही गरिनु पर्छ..कानुन मा स्पस्ट ब्याख्या गरेर तेस्त नेता, कर्येकर्ता वा पार्टी लै रास्ट्रको कानुन अनुसहर कडा भन्दा कडा सजाए को पर्योजन गरिनु पर्छ, हो हामी नेपाली एस्तो कानुन एस्तो सिस्टम को देवेलोप गर्न तिर पहल गरौ,
संबिधान भनेको एउटा रास्ट्रको ठुलो कानुनी स्रोत र सिस्टम हो, तेही अनुसार हामीले चल्नु पर्छ, तर अहिले Maoists ले तेही सम्भिधन लाई नमानेर देश मा येत्रो ठुलो दर र त्राश को सिर्जना गर्यो..सरकार परिवर्तन को परिक्रिया सम्भिधन मा उल्लेख हुदा हुदै सडक बाट आन्दोलन को गैर्जिम्मेबरी पुर्वक राष्ट्र र जनतालाई हित नहुने कार्य तिर लग्यो….एउटा सोतंत्र, आफ्नो ब्येवासये गर्ने नेपाली जनता को लागि एसले नकारात्मक असर पर्छ र देशको आर्थिक, सामाजिक, राजनैतिक, तथा सामाजिक वातावरण नै तहस नहस पर्छ र देशमा अशान्ति हुन्छ,
तेसैले हामीले प्रजातान्त्रिक, फ्रीड़ोम, लिबेर्टी, अनुसाशन, र राष्ट्रियेता लाई सर्बोपरी ठानेर….प्रतेक नागरिक को स्वोतान्त्रता, फ्रीड़ोम र लिबेर्टी लाई respect garnu पर्छ,
afule भनेको jasto bhayena वा afulai support garena वा maile bhane अनुसार नै bhayena, वा merai nirnaye mannuparcha, वा mailenai bhanejasto challnu पर्छ bhanne bhawana kunai कसैले rakhna हुन्न …yo ta tanasha वा nirankush sashan pranali bhayena र??? तेसैले aruko birodh pai sunna saknu पर्छ, baicharik bahash garinuparcha, डर र त्राश को राजनीति गरिनु हुन्न, yedi कसैले testo garcha bhane testalai कडा भन्दा कडा सजाए dinai पर्छ…
banda, hadtal, talabandi, adi 1 second पनि गर्न dina हुन्न…testo गर्ने जो सुकैलाई पनि rastrale सजाए dinai पर्छ…
sojha sajha जनतालाई bandi banai राजनीति गर्ने phohari khel गर्ने dusprayash कसैले nagarosh………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
5
माथि कमेन्ट पढे एउटा कुरा भन्न मन लग्यो! विदेश जाने हरु एक चोटी नेपाल आयर यहाँको इस्थिती हेरौ, यहाँको गाऊ ठाउँ गुमौ! के भुजौ भने काठमाडौँमात्र नेपाल होइन! यहाँ को जनता मात्र नेपाली जनता होइन! ग्रामिण क्षेत्र का ति जनता हरु पनि जनता नै हुन् ति जनताहरु चाही माओबादी कार्यकर्ता मात्र हुन सक्दैनन्!
बिगतमा काँग्रेस, आफुलाई कम्युनिष्ट भन्ने यमालेहरु जहिले पनि ति जनता हरु प्रति आफ्नो कर्तब्य बिर्से उनीहरुलाई जनता नै ठानेनन! माओबादी तेस्तो एउटा पार्टी निस्को जसले ति जनता हरुलाई आफ्नो हक को लागि लड्न सिकाय! र आज बिसेस गरि सहर का जनता हरु जो काठमाडौँ लाई मात्र नेपाल थानचन यो कुरालाई मान्न तयार छैनन् उनिहरु बाट एउटा मात्र सुनिन्छ शान्ति शान्ति तर जब सम्म उनीहरुको अधिकार सुनिस्चित हुदैन कसरि शान्ति सम्भब छ! माओबादीहरु हारेको जस्तो देखिन्छ किनकि electronic media मा धेरै जसो negative comment नै सुनिन्छ तर के भुज्नु पर्छ भने ग्रामिण बेग का जनताहरु, गरिबहरुको आवाज तेस्मा सुनिदैन उनीहरुलाई न त computer थाहा छ न त facebook कहिलेइ सुनेका होलान! उनीहरुको आवाज सडक मा सुनियो जसलाई माओबादी कार्यकर्ता मात्र भनियो नेपाली जनता भनेर आज सम्म मैले सुनेको छैन!
र मा.कु.ने मा अलिकति पनि नैतिकता छ भने उसले उहिलेई जब MRP काण्ड भयो तेही बेला राजीनामा दिनु पर्ने हो( देश द्रोही)! म पनि एउटा सर्बसाधारण जनता नै हु जसको कुनै source force छैन र तेती पैसा पनि छैन कि विदेश जान सकु र म येही देशमा खुसि छु, कुनै पार्टी को कार्यकर्ता होइन!
हेरौ यो कमेन्ट पोस्ट हुन लाई source force त चाहिदैन होला!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
44
78
तपाइको बिश्लेसन धेरै जसो सहि छ | मावोबादी हरु प्रयोग गरि रहेछन | उनीहरुले यो नया प्रयोग गरेका थिए |गाउ जिते बाट सहर घेर्ने कम्निस्ट सिद्दान्त अनुसार |
तर नेपाल मा धेरै कुराको निर्धारण भारतीय हस्तछेप बाट हुनेहुनाले यहा फेल खाए जस्तो छ | प्रचण्ड लाइ सुद ले भेटेर के भने त्यो बाहिर आएन|
तेसै पनि बर्तमान सरकार लाइ कठपुतली मानिरहेको मावोबादी हरु बिकल्प समानान्तर सरकार दिने कार्य क्रम ल्याउन सक्थ्यो ,तर उक्त कार्यक्रम ल्याउनु पहिले हावाले नै कसिंगर बधार्छ भने ,कुचो किन लगाउनु भन्नेतिर सायद गयो |
आन्दोलन किन रोकियो ??
यो कुरा त् मावोबादिहरुलाई (नेताहरु )नै थाह होला तैपनि
१) आन्दोलन गर्नु पहिले बिदेसी ,इन्डियन आदि को बिरोध आउछ भनेर त् मावोबादी नेताले बुझेरै गरेका थिए होला ,तर सायद चिन ले पनि चाहेन?
२) मावोबादी नेताहरु ले तत्काल मुठ भेट हुने देखे ? र मुठभेट र मानब संहार उनीहरुको लागि नौलो थिएन तर यो प्रत्युत्पादक हुने सोचे |
३) मावोबादी भित्र को अंतर्द्वान्द्द !! जस अनुसार सुरु देखि (प्रचण्ड पी यम हुदा ) प्रचण्ड लाइ गलत शल्लाह र उल्झन दिएर बेबकुफ बनाउने र आफु माथि आउने तत्त्व पनि सक्रिय भएको हुन् सक्छ |
४) मावोबादी ले उच्ह पुजीपति बर्ग र सर्बहारा को शक्ति को मात्र बिचार गर्यो,नेपाल मा बिकसित भएको मध्यम बर्गीय जनताको शक्ति को बिचार गरेन,जुन हरेक देश को राजनीतिमा अहम भूमिका खेलिरहेको हुन्छ | बाठा मावोबादी नेताहरु ले युद्द को दौरान यो कुरा बुझे र पछी हटे|
अब के हुन् सक्छ
१) यो सरकार ले आफ्नो दिग्विजय सम्झ्यो र कांग्रेस ले पनि जुधाउ र फाइदा लेउ तिर गयो भने मावोबादी ले समानान्तर सरकार बनाउछ र देश को अधिकांस जिल्ला मा बिद्रोह गर्छ | जुन लग बाग ग्रिह युद्द समान हुनेछ | मावोबादी को अन्तिम हतियार यो हुनेछ ,किनभने एसले उसको बिपक्षी लाइ ढाल्ने र अन्तिम लक्ष्य मा पुग्ने बाटो पहिल्याउन सक्छ (किनकी मावोबादी धेरै प्रयोग गर्छ ) |
मावोबादी पछी हट्न सक्दैन ,किन भने सत्ता मा बस्ने ,लुत र लुट्न देउ गर्ने भये प्रचन्ड ले पनि हिजो त्यही गर्थ्यो होला |
२)बार्ता र् शाहमती को कुरा उठ्दा काङ्रेस हामी मध्य् र्गी ,पी यम हामीलाई चाहिन्छ भन्ने होला , मावोबादी म् लाई भन्ने होला ,
माकुने गिरिजा पथ मा हिंडेकोले म् जत्तिको योग्य कोइ हुन सक्दैन ठान्ने होला अनी कुरो मिल्ने कुरै आएन |
पहिले को उथल पुथल मा ( राजा हटाउदा ) मधेसी हरु ले राष्ट्र पती र् उपरास्त्र पती पड्काये जस्तो एस्पाली प्रधानमन्त्री सुम्पने ग्रान्द डिजाइन्
पनि हुन सक्छ यो |
३ ) नेपाल मा जन्मेका यि बेमौसम का लेनिन, स्तलिन र् माओत्सेतुङ भन्दै इन्दिया ले कित नासक औषधी हाल्न पनि सक्छ र् केही नेताहरु लाई मदन भण्डारी र् बिरेन्द्र को बाटो पठाउन पनि सक्छ ( निस्क्रिएे रहे उन्कै कार्य कर्ता ले पनि बाँकी न् राख्न सक्छन )| मावोबादी नेताहरु तेसैले निस्क्रिएे रहने ,पराजित हुने र् हारेको मानसिकता मा जानु हुन्न |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
8
बशन्तमा सबै फुल फुल्न पर्छ भन्ने छैन।
जिन्दगीमा सबै बाजी जीत्नै पर्छ भन्ने छैन।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
सुन्नुस मेरो कुरा,
म नेपाल छोड्ने मुडमा थिइन तर मलाई माओबादी र आर्मी दुवैबाट खतरा महसुस हुदै गयो/ म निस्पक्ष काम गर्थे/
विदेश आएपछि दुवै जना आएका थियौ, छोरा पनि जन्मियो/ बाद्धेताले यता छोड्न नमिल्ने भयो/ आखिर प्रचण्डले के गर्नु भयो त ? म नचाहदा नचाहदै बिदेसिए/ धिक्कार छ मुर्ख नेपाली राज नेता हरु !!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
7
प्रचंडे बास्तब मा स्वार्थी नेता हो, आजकल यो रुकुम रोल्पा जान्छ की जादैन ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
95
17
माओबादीले जित्यो वा हार्यो भन्दापनि देसमा अर्को युद्द रोकिएको छ बन्दको बिरोधमा उर्लिएको जनसागरलाई माओबादी बिरुद्द भन्दा पनि बन्दको बिरुद्द भन्ने सरकारले बुझ्नु जरुरि छ . कुर्सिको लागि र दलगत स्वार्थको लागि गरिएको बन्द अब नेपाली जनतालाई स्वीकार्य छैन जसले बन्द गरेपनि बिरोध गर्नु हाम्रो बाधयता हो . तत्काल संबिधान बनाउनु र शान्ति स्थापित गराउनु नै आजको आबस्यकता र नेपाली जनताको चाहना हो . सबैलाई चेतना भया
दिपकराज पाण्डे
न्युयोर्क
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
7
माओबादीले बन्द फिर्ता किन लियो उसको आफ्नै नीती होला तर जनतालाई पक्कै पनि राहत भयको छ !हुन् पनि जे गर्नु सिधै नेताहरुलाई पो गर्ने हो त !
सिधै सिंहदरबार र बालुवाटार निशाना बनाए त भै गो नि !
बन्द फिर्ता गरेकोले माओबादिलाई राम्ररी धन्यबाद पनि भन्न नपाउदै यो प्रचण्ड को भासन सुन्नु पर्यो जसले गर्दा मेरो धन्यवाद भन्ने मुड हरायो !
हुन् त अन्तिम लडाई भनेर ल्याइएका अनि यसपछि त आफ्नो सरकार स्थापित भै हाल्छ भन्ने मानसिकता मा आएका कार्यकर्ता हरुमा निराशा नाछाओस भनेर जोशिलो भासन ठोकेको होला, तर खाली अरुलाई सराप्ने अनि पछी थाहा पाउलास भन्ने खालको भाषा प्रयोगले भासन जोशिलो भन्दा पनि हावादारी हुन् गएको छ !
के काठमाडौँ का सुकिला मुकिला चाहिं जनता हैनन् ?
कस्तो खालको हावा मान्छे रैछ यार ,यसले त सत्तामा आयो भने हिटलर को इतिहास दोहोराउन सक्छ !ए माओबादी साथी हो,छिटै आफ्नो नेता परिबर्तन गर ,यसले चाहिं डुबाउछ है !अझै धेरै गरिबका छोरा छोरीको रगत बगाउन्छ यसले ! कुरा बुझ साथी हो,प्रचन्ड ले ठोक्ने भनेको भासन मात्र हो,भोलि लड्ने बेलामा उ जाने हैन ,उसलाई केहि हुने हैन ,अनि जे जे भनेर भासन छाटे पनि भयो !उ भासन ठोक्छ ,मज्जाले तलमाथि पहरा भएको तीनतले घर मा गएर दालभात तरकारी अचार बजाउछ अनि ठाँट संग आराम्देह बिस्तारा मा गएर सुत्छ !कतै जान पर्यो,सुबिधा सम्पन्न गाडीमा हिंड्छ !मर्ने ,मार्ने आखिर सबै गरिब नै हुन् !
यो भासन सुनेपछि भने मलाई लग्यो ,माओबादीलाई अलि बौद्दिक नेता को आवस्यकता छ!प्रचण्ड को तालले देशको मुहार फेरिने वाला छैन !झन् बिग्रन्छ !अब बाबुराम भट्टराई ले नेतृत्व लिनु पर्छ ! प्रचण्ड लाइ रोल्पा रुकुम तिर तालिममा पठाईदिय हुन्छ !आखिर भुँडी ले पनि आफ्नो बर्गीय गुण गुमाउदै पुजीपति जस्तो देखिन् थालीसकेकै छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
15
माओबादीले अब के कुरा बुझ्नु पर्यो भने आफ्नो कुरा मात्रै अरुलाई जबर्जस्ति लादने र सुनाउने होइन कि अरुको कुरा, समस्या पनि सुन्ने, बुझ्ने र लिने गर्नु पर्यो | होइन भने जुनै पार्टीले आन्दोलन गरे पनि अन्तमा जनताले यसरि नै लात हान्ने छन् र तिनीहरुको पनि नियति यस्तै हुनेछ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
72
8
माओबादीले जित्यो वा हार्यो भन्दापनि देसमा अर्को युद्द हाललाई थामिएको छ . बन्दको बिरोधमा उर्लिएको जनतालाई सरकारले आफ्नो ठान्नु मुर्खता हुनेछ . जनता सचेत छन् जसले बन्द गरेपनी बन्दको बिरोध गर्नु नेपाली जनताको बाध्यता हो . कुर्सिको खेल बन्द गरि तत्काल संबिधान बनाउनु र शान्ति स्तापित गर्नुनै आम नेपाली जनताको माग र आजको आबस्यकता हो .
दिपकराज पाण्डे
न्युयोर्क
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
हे प्रचण्ड,
शक्ति छ भने बन्ध आव्हान गर्दा बन्द गर्न न चाहने हरु लै जबर्जस्ति नगर अनि मात्र थाहा हुन्छ तेरा समर्थक कति छन्/
प्रधानमन्त्री बन्न संसद बाट बहु मत लेरा सडक मा गुन्डा ल्यायर होइने /
सेना समायोजन गर ! नत्र पहिलेको जस्तो प्रचार प्रसार गर्न जना नदिने, भोट हाल्न जान लागेका हरुलाई आफ्नु पार्टी को समर्थक नभयको संका लागेमा दर त्रास देखायर बाटै बाट फर्कायुने गरेमा गुन्डा बाहक बुदिजीबी हरुलाई गाह्रो पर्छ/
नेपालको एउटा HEADMASTER ले ROLEX घडी लगायुना सक्दैन / कसको लुटेरा लगायको सम्झना छ ? तैंले त बिर्सी होलास तर तेस्ले बिर्सेको छैन मलाई सोध मा बतैदिन्चु/ तेस्ता सोझा साझा हरुलाई लुटेर बिदेसिन बाध्य गरिस /तेस्ता मानिस हरु अगाडी आय पनि येसो भन्छन ” त्यो घडी तेरै हो , बनायको पनि तैंले हो ,किनेको पनि तैंले हो , लगायको पनि तैंले हो , मैले त आज सम्म घडी भनेको के हो थाहै छैन , देखेको पनि छैन /” भन्छन /
तेस्ता कति छन् , बोलायर माफी मागेर सम्पूर्ण चिज फिर्ता गर /
बहुदलीय बेबस्ता मा जस्तो संसद बाट बहुमत कायम गरेर प्रधानमन्त्री बन्न खोज ! सडक बाट गुन्डागर्दी गरेर होइन /
नेपाली को मन जित्ने कोसिस गर दर र त्रास होइन /
धर्म , राजसंथा, संघियता जस्ता मुलभूत बिसय मा जनमत संग्रह गरेर देखाउने हिमत गर /
तब मात्र तँ सम्पूर्ण नेपाली को हृदय को प्रधान मन्त्रि बन्न सक्चास , नत्र प्रधान मुन्तिर मात्र बन्चास , अहिलेको जस्तै /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
16
३० वर्ष पन्च्यात, राजतन्त्र,र पछिका समयमा काँग्रेस एमाले र अन्य को सरकारले के गरे? नेपाल गरीब राष्ट्र भनेर विश्वले चिन्छां बेदेसी तव मा HUNGRY & POOR पोपले भनेर सधै नेपाल को चिनारी हुन्छ. देस भित्र पनि एती धेरै भ्रस्त्रचार छ सबैलाई थाहा छ, सरकारी ओफ्फिस मा कुनै कामले गयोउ भने १५ मिनुत मा हुने काम पुरै दिन वा ३-४ दिन लाग्छा र तेस्पछी पनि सिध्ही घुस मगीन्छा खुल्लम खुल्ला, प्रहरी प्रसासन मा कामले गयो चिनेको मान्छेको सौर्चे फौर्स नभए खल्तीमा पैसा नहाल्दी काम्ने गर्दैनन्, अड्डा अदालतको हालत तेस्तै छ पैसामा सबै बिकेका छन्, काठमाडौँ बाहिर ४-५ सहर छाडी आन्या ठाउमा न बिजुले छ न पनि छ न प्रससान छ सबैतेरा केवल सोझा सिधा जनताले हन्टर, पिडा,हिनता बोध ले गर्दा आफु र आफ्नै देस देखि बैराग लगेर आत्महत्या गर्न मन लाग्छा. के गर्नेत? कहाँ जाने कसलाई भन्ने सोझा पैसा र पहुछ नभएका व्यक्तिहरुले? सहरहरु र अन्य ठाउमा पनि बल्ल तल्ल चोल्लेगे सम्म को पदी सकेका युवाहरु ले जागिर पाउदैनन त्यहाँ पनि सौर्चे फोर्चे र घुस मात्र छलछा यो सबै नेपाली लै थाहा छ के गर्ने ति युवा हरुले कसरि घर परिवार पाल्ने? के यो ५० वर्ष भन्दा आघिको सिस्टम मा कतै केहि सुधार आएको कसैले महसुस गरेको छ? पहिला काँग्रेस लै भोट हालियो पछी एमालेलाई र पछ माओबादी को समर्थन गर्ने पुग्य छु केहि राहत वा केहि नव गरेर देखौछंकी भन्ने आसमा मात्र. केहि गर्छन कि चान्स त दिनु पर्यो भन्छु. हैन काँग्रेस ले मात्र गर्छा वा एमाले ले मात्र गर्छा भन्ने संकीर्ण दिमाग भाका हरु धेरै छन् यो देसमा नया लै देयो भने उनीहरुको पहुछ र आफन्त ले फेरी पावर गुमौलन भनेर होला. मेरो कोहीपनि मावोबादी मा छैनन् काँग्रेस र एमालेको केहि नेता हरु संघ बरु अलिकति पहुछ छ त्येपानी यो नेताहरुको हेरिसकियो नया लै हेरौ भन्ने मेरो छाहना छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
19
नया जन युद्ध या गृह युद्ध को भ्रुण भयो आन्दोलन ::::::::::::::::::::::::::::::::::::::::::::
यो हार माओबादी को पटक्कै होइन यो हार भनेको गाला मा मुजा परेका जिन्दगि
भरि एक पेट राम्रो संग खान नपाएका, खाली खुट्टा अनि आधा नाङ्गो जिउ भएका
ति गरिब हरुको हार हो, राजनीति को कुरा गर्ने हो भने माओबादी ले धेरै कुरा जितेको छ
पार्टी को आन्तरिक क्रान्ति कारी हरु लाइ तह लगाएको छ, क्यान टोनमेन्ट मा रहेका सेना हरुलाई पनि उनीहरु कै समायोजन को लागि लडेको देखाएको छ, बाहिरी बिस्व जगत लाइ
माओबादी शान्ति प्रिय पार्टी हो भन्ने देखाएको छ र सम्पूर्ण बिस्व ले पनि बधाई र धन्यबाद
दिएको अवस्था छ, देश का सम्भ्रान्त र नव सम्भ्रान्त पार्टी लाइ पनि नैतिक हार को सामना गराएको छ तर रणनितिक रुप मा भने यो माओबादी को भयङ्कर ठुलो पराजय भएको छ माओबादी को यो रणनितिक घाटा को पूर्ति काठमाडौँ मा बस्ने मध्यम वर्ग अनि सम्पूर्ण देश का क्रान्तिकारी सोच अनि ब्यबहार सामन्ती पाराका वर्ग लाइ आकर्सित गरेर पूर्ति त गर्ला तर समस्या को
पारो १०० डिग्री मा त्येतिबेला सम्म पुगिसक्ने छ, अहिले को आन्दोलन ले फेरी यौटा जन युद्ध या त्येस्तै खाले गृह युद्ध को सम्भावना लाइ मजबुत गराउएको छ जसरि काठमाडौँ मा बस्ने खाइ पाई आएको वर्ग र तिनै गरिब दुखि को अभिनय गर्दै चार पैसा कमाएर काठमाडौँ मा यौटा घर जोडेका मुखिया स्तर का वर्ग, हिजो का खाटी क्रान्तिकारी र समय चक्र मा नैतिक पतन को पीध मा पुगेको वर्ग, बिदेसी दुताबास बाट तलब लिएर पत्रकारिता को नाटक गर्ने वर्ग, गरिब ले खुन पसिना र आसु चुहाएर कमाएको सम्पति ले तिरेको राजस्व झ्वाम पर्ने वर्ग, गरिब र निम्न वर्ग को पहुच बाट टाढा रहेका ति लाइसेन्स वाला हत्यारा हरु ले जसरि यो आन्दोलन को अपमान गरेका छन् त्येश को जवाफ कुनै न कुनै दिन ति मुजा परेका अनुहार ले दिने छन्, सम्भ्रान्त वर्ग र नव सम्भ्रान्त वर्ग अनि विदेश गएर जुठो भाडा मस्काउदै आन्दोलन को बदख्वाइ गर्ने हरुले अब फेरी आर्को जन युद्ध या गृह युद्ध को स्वागत मा तयार भएर बस्दा हुन्छ जुन माओबादी या अन्य जुनै कुनै को अबरण मा …..
जसले अहिले का सत्ता धारी को त बंस बिनास त गर्ने नै छ अनि ति गरिब पछीय नाटक देखाएर अकुत सम्पत्ति आर्जन गरि सम्भ्रान्त कित्ता मा छद्म साथ् दिने हरु पनि देसै बाट पलायन को आधार तयार गर्ने छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
41
abhyankar जी !
तपाइको कमेन्टले हिर्दय छोयो . नेपालमा मेरो बा आमा को कोठामा राजारानीको
फोटो छ , परिबार का अन्य सदस्य कोहि कांग्रेस कोहि एमाले सपोर्ट गर्छन . म
अहिले माबोबादिले केहि समय मुलुक हाकोस भनेर कामना गर्छु .
अभ्यंकर जी ! तपाइको प्रतिक्रिया ले लाखौ लाख जनताको हिर्दय को आवाजको
प्रतिनिधित्व गर्छा . कामना गरौ हाम्रो मुलुक इमान्दार रास्ट्र भक्त – जनप्रेमी नेता
मार्फत हाकियोस . मुलुकले सकारात्मक गति लेओस . सबै नेपालीको आगन मा
लोकतान्त्रिक राज्यको घाम उदाओस .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
51
चिन्ता को बिषय भयो माओबादी लाइ …जितेर पनि हारुवा उपाधि पायो….माकुने सरकार लाइ अहम बडो हारेर पनि जिते भन्ने भन् भयो ….यो परिस्थितिमा माओबादी ले सहि निर्णय गरेर ठुलो दुर्घटना हुन बात बचायो….६दिन्को आन्दोलनमा सरकार जनता प्रति उत्तर दाई हुने छनक पनि देखाएना…सान्ति र्याली सरकार को समर्थन मा निकालेको भन्ने गलत भ्रम नपाले हुन्छ मकुनेले सरकारले …जनता स्वत स्फुर्त उठ्न बाध्य भए तिमीहरुको लिचड देखेर… भत्ता खाओ…जनता रुवाव…,,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
12
हत्याराहरुको हार हा हा हा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
11
अनि भारतीय दलाल, सुदको पहेरेदार अनि हरुवाहरुको जित हो बधाई छ अब जानु नी सुदको अगाडी धनुस्तान्कार टकर्याउन
मन परे हरियो, नपरे रातो
4
13
पोलपोट/लिथ्ठे हरु को हाल सधै यस्तै हुन्छ इतिहास साछी छ. बन्दुक /बारुद को खेल बन्द गरेर जनता संग हातेमालो गर्ने हिम्मत गर ..हत्या को राजनीति तास को घर हो .. ६ दिन ले चेतना भया .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
6
धन्यवाद माइससारका टिम किन कि तपाइहरुले त फोटो खिचेर प्रकाशित गर्नु भयो तर तपाइजस्तै पत्रकार त हस्पिटलमा मा टाउकामा टाका लगाएर बसेका रछन नि ! के अब फेरी पत्रकार र संचार जगतमा हमला गर्न थालेको हो ? साढेको जुदाई बाछाको मिचाई भएन र ? के अब फेरी नागरिक समाज प्रति पनि हमला हुने त होइन ? माओवादीको आँखामा सबै सामन्ती मात्र देखिन्छ कि क्या हो ? शान्ति जुलुसमा जाने अन्यलाई पनि कुटपिट गर्ने भन्दै धम्क्याएको छ भनेर समाचार आएको छ यो त मानसिक सन्तुलन गुमाएको ले मात्र गर्छ , बाकि बुझाईमा भर पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
10
चोर hoo माओबादी हरु …सडक बाट केहि गर्न शकेना अब जनता को घर घर बाट चन्दा वन्दै पैसा उठाउदै हिनेको छ.तेरो बाउ ले राख्न देको थिओ पैसा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
13
साथी सके आफै कुरा बुज्नु हैन भने अरुले भनेको सुन्नु लाखौ जनता सभागी हुनु भनेको के काम नभयर हो कुनै यस्तो सब्द लेख्नु होस् जसले तपाइको कमेन्टको परस्नसा गरुन यसो बुज्दा खेरि तपाई को काम नभय जस्तो लाग्यो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
54
मान्छेहरु कत्ति बुझक्कड बन्छन भने राष्ट्रिय स्वाधिनता र नागरिक सर्बोच्चातालाई माओबादीले केवल सरकारमा चड्ने भरयांग बनाएको बिभ्रम मच्चाएर जो नांगै उत्रिन्छ , उसैले सभ्यताको शिक्षा दिईरहेको हुन्छ उसको बिरुद्ध केहि बोल्न सक्दैन जबकी एउटा संबिधान सभाको मुद्धमा राजि नभएका संसदबादी दलहरु कै कारण दुईपतकसम्म शान्ति बार्ता भंग भयो , उनैबाट देशमा संबिधान बन्ला र शान्ति आउला भनेर मृतशान्तिको कामना गर्दै बस्छौ भने हामि नेपालीको गौरब , स्वाभिमान र रास्ट्रको स्वाधिनता अरुकै पोल्टामा पर्नेछ छिट्टै तब हामि नालायक मान्छे भएर जीइरहेका हुनेछौ। त्यसैले कसैको स्वार्थि भ्रममा हामि नपरौ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
7
साथी हरु सके आफै कुरा बुज्नु हैन भने अरुले भनेको सुन्नु लाखौ जनता सभागी हुनु भनेको के काम नभयर हो कुनै यस्तो सब्द लेख्नु होस् जसले तपाइको कमेन्टको परस्नसा गरुन यसो बुज्दा खेरि तपाई को काम नभय जस्तो लाग्यो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
27
माओबादी साथीहरू कुरा भन्दा काम गर्नु पर्छ /मेहनत गरेर कमाऊन सिकौ,जबर जस्ती चन्दा मागेर र लुटेरा हैन/किनेर सम्पति जोड्न सिकौ आरू को हडपेर हैन /पढेर डाक्टर ,इन्गीनियर ,पाईलोत ,हुन सिकौ आन्दोलन गरेर हैन /आफु पनि केहि गर्न नसक्ने र आरुलाई पनि केहि गर्न नदिने बानि नगरुन /जस्तै पदन खोज्ने लाई पदना दिउन,स्क्कूल बन्द गर्ने हैन /power house सन्चालक लाई बिजुली निकाल्न सहयोग गरुन लुंटने हैन /pls maoist साथि हरू अरू देश लाई धोस्त नपरुन /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
11
कहाँ गए लुना र पुष्प जस्ता माओबादी प्रबक्ताहरु , कमेन्ट गर्न हो एसो यस्ता राम्रा फोटोहरुको बारेमा .
.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
8
आरुलाई नाम तोकी तोकी गाली गर्ने तपाई चै को नी ? आमाले कि काँग्रेस ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
33
देश लाई ठुलो दुर्घटना हुन बाट बचाएको मा धन्यबाद माओबादी लाई, अनि यम जी तपाइले कामछैन माओबादीको भन्नु भएको रहेछा हाम्रो देशको लागि को चाहि कामको होला प्रस्ट परि दिनु हुन्छ कि /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
24
बिजय जुलुसमा सहभागी भए झैँ गरि रातो घेराउ (चक्रपथ घेराउ )मा नेताहरु आमहड्तालको बेला सवारी साधन प्रयोग गरि राजा महाराजा झैँ हात हल्लाई हल्लाई हिड्दा जस्तो जोस र प्रकाश कहा हुन्छ र अनुहारमा ! यो मानबिय स्वभाब हो \ हार र जितमा,दुख र सुखमा अनुहारमा स्वभाबिक प्रतिक्रिया देखिनु स्वभाबिक हो \ सबै पार्टीका नेता कार्यकर्ता हरुले बुद्धिको बिर्को खोल्ने बेला हो यो \ समय र आम जनताको चेतना संगै आफुले बोकेका बिचार जो धेरै पहिले भिन्न परिस्थिति र चेतनाको बिचमा लेखिएको थियो आज ब्यबहारिक र समय सान्धर्बिक बनाउन सक्नु पर्यो \अब कुनै पनि बैचारिक सिदान्त अन्य बिचारलाई निर्मुल पारेर राज्य हाक्छु भनेर नचोच्दा हुन्छ नेताहरुले ! बन्दुकको राज्य गर्ने हो भने बेग्लै ! त्यो पनि कति दिन ? जसरि मानब समाज भिन्न रंग,जात,धर्म,क्षेत्र,सस्कार,सस्कृति बीच मिलेर बसेको छ त्यसै गरि भिन्न बिचारहरु पनि सहमति र सहकार्यका साथ् चल्नु पर्यो ! प्रतिस्प्रधा लाठि,खुकुरी,बन्दुक,जमात,बन्द,हड्ताल,हत्या,लुटपाट,धम्कि,चन्दा,भास्त्राचार,लाचारी,कठपुतली मा होइन इमान्दार,ब्यबहारिक,स्वाबिमानी,स्वच्छ,जनभक्त,देशभक्त,बिकाश,शान्ति, बिधि ,सदभाबमा हुनु पर्यो त्यस बेला कसैले पनि मलिन अनुहार बनाउनु पर्दैन \त्यस बेला कसैले हार्नु पर्दैन \सबैको जित हुन्छ \ राष्ट र जनता सधै सधै बिजयी हुन्छ \
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
4
nepal maoist is still terrorist, and prachanda is spreading terrorism all over nepal, using innocent people ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
9
Still this gathering is at the time when most of the the forced maoist supporters who were still in Ktm……today or yesterday it will be look like a small party gathering so called Bhrihat janalahar …..Ha ha …same on u maoist leader who say they are poor people representative….living in KTM banglow ….with car, driver, bhat pakaune manche and all those kind of luxury….like in North Korea people’s republic leader
मन परे हरियो, नपरे रातो
8
2
माओबादी is finished
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
11
@आशिष, माओ वादी मात्र हैन कुन पार्टी ले चाही राम्रो गरेको छ र? र रह्यो कुरा राम्रो गर्ने भन्ने देश बन्द गरेर बेरोज्गर्र, गरिब दुखि जनता लै उचालेर देश बन्दैन आशिष जी,, इंडिया ले बोर्देर मिचेको,, गरिबी बचेद्को?, लोअध शेद्दिंग मा जनताले खप्नु परेको पिरको कहिले कुरा गरेका छन् यी पार्टी हरुले? यिनी हरुको अगेंदा बन्द हड्ताल, कारवाही मात्र हुन्छ,, कहिले बेरोजगारी गरिबी असिक्चित घटाउने कुरा हुन्छ… सबै स्वार्थी हुन्,, र कसरि कुर्सि पौने जनता लै कसरि आफ्नो बस मा पर्ने मात्र कुरा छ… अब जनताकुनै पार्टीको पछि दौडिनु हुन्न, आफ्नो घरमा गएर आफ्नो कम गर्नु पर्चा.. अब बदना लै बन्द गर्नु पर्चा.. यस्ता वैयत पार्टी को नया नेपाल नया नेपाल भनेर दौडिनु हुन्न… जय रास्ट्रवादी नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
13
ओहोऊ, हेर यी नेता हरुलाई कति आनन्द ले बसेका छन्,, बिचार जनता हरु घाम पनि मा … चुक चुक …तर मा अब नेता लै गाली दिन्न दिन्छ त ति मुर्ख जनता लै, tyaha jane janata haru nai murkha hunn, mahangi badheko kahille birodh gareko cha,,, indai le border micheko kahille party le nara layeko cha,, euta Prime minister ko rajinama ko lagi yatro kina aatanka,, janata kina party party party bhanera kudeka hunn, party jati le kahile chahi janata ko bhalo gareka chan, khali bhasan sunera matra party ko pachi kudne,, nepal banda kina garnu paryo,, afno kam garnu ni ghar pariwar sanga basnu,, sabai begari bhayo party ko pachi kehi paisa paincha ki?? kehi khana paincha ki bhanera kuddaima ani naya nepal bancha bhandaima kehi hunna,, afano kam afai gara bhanne khaire haruko slogan banau ani tyahi anusaar kam gara afai desh bancha… jai nepal.. yo rastrawadi jai nepal ho kunai party sarty wadi haina mero jai nepal
मन परे हरियो, नपरे रातो
5
1
ha ha ha !!!!
हात्ती शिकार गर्ने महत्त्वाकांक्षाका साथ गएको मान्छे लामखुट्टे मारेर फर्कनु paryo. afno haisiyat ta dekhechhan ni ta.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
9
पत्रकार जी लाई सरकारी सहयोग मिले जस्तो लाग्यो.
हेर्ने dristhi कोण मा पनि धेरै कुरा फरक पर्छन .
यँहा पत्रकार महोदयलाई कबिसिरोमनी लेखनाथ का
केहि हरप बाट स्वागत गरौकी :
” कालो जल जल निधि को मोति को ज्योति कालो
कालो मन विच छ भने दम्भ दुर्भाब कालो ‘
पत्रकार र स्वतन्त्र भैकन समाचार लेख्नुहोला , तेसैमा तपाइको र जगत को भलो हुन्छ. मलाई अब देखिन् तपाईका समाचार ले सबै लाई तेती तान्न नसक्ना पनि सक्छ. ल है .. आजलाई येत्तिनै .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
23
के गर्ने हजुर, तेत्तिका मानिसहरुलाई सृजनात्मक काममा लगाएको भए १-२ महिनामा नै मेलम्ची आउने थियो होला, सडक अनि पुल बन्ने थिए होला/ बिचरा माओबादी कर्येकर्ताहरुलाई प्रचण्डको लागि सत्ता ल्याउनको लागि प्रयोग मात्रै गरियो / आज नेपाली जनता हारेका छन्, सरकार हारेको छ, माओबादी हारेको छ र बुद्ध भुमि केवल असक्षम राजनेताहरुको लुटतन्त्रको सिकार र विदेशीहरुको क्रिडास्थल बनेको छ / आउनुस सबै मिलेर शान्तिको कामना गरौ , बिकाशको कुरा गरौ, मिलनको कुरा गरौ … शान्ति, शान्ति, शान्ति /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
2
केहि छैन चिन्ता लिनु पर्ने कुनै कुरा छैन,देस लाइ मुठभेट मा जान बाट जोगायाको छ माओबादी ले.यो उसको सान्ति प्रति को प्रतिबद्दता नै हो.नत्र भने यहाँ त माओबादी ले कति बेला तोडफोद गर्न सुरु गर्ला र सेना लाइ त्यै निहु बनायर सडक मा निकालेर दमन गरौला भनेर मौका हेरेर बस्ने को जमात ठुलो थियो.जो होस् यो बुद्दिमति पूर्ण काम गरि देस र जनता को जिउ धन को लागि लचिलो भयको मा माओबादी लाइ धन्यबाद छ.
आसिस
स्विस
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
57
प्रचण्डलगायत माओवादिले भन्नेगरेका शान्ति चाहने नेपालि जनता सायद यति नै होला। माओवादि को लागि यो नेपालि जनताको गतिलो थप्पड हो।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
मदन कृष्ण दाई, जानेर वा नजानेर तपाई हरु कठपुतली को शिखंडी बन्नू भयो. तपाई हरु ले नेतृत्व गरेको जुलुस ले प्रचंड लाइ फासी दे भन्यो, तेसबारे माँ तपाई को धारणा के हो? तेस्लाई प्रस्ट नपारे सम्म कसरी तपाई लाइ तटस्थ भन्ने? तपाई ले बंद हड़ताल को बिरोध त गर्नुभयो तर एक बर्ष देखि माओबादी ले गरेको सहमति को प्रयास लाइ चाताक्कै भुलेर कठपुतली हरु को ढाल बन्ने काम गर्नु भयो. मदन कृष्ण दाई, तपाई ले धेरै चोटि जनता भनेर उच्चारण गर्नु भयो तर बैधानिक तवर ले प्राप्त गरेको जनादेश भन्ने कुरा किन उच्चारण गर्न सक्नु भएँ ?के जनमत को कुरा गर्दा अहिले को कठपुतली लाइ ब्यंग्य पुग्छ की भनेर हो? जनमत लाइ बलात्कार गरेर बनेको यो सरकार प्रति तपाई हरु को धारणा कहो? तपाई हरु लाइ जनमत को बलात्कार भएको र पास्स्पोर्ट काण्ड ले छुदेन?
तपाई हरु को आग्रह लाइ मानेर माओबादी ले आम हड़ताल को स्थगन गर्यो, अब सहमति र जनादेश अनुसार को रास्ट्रीय सरकार गठान गर भनेर कहिले जुलुस निकाल्नु हुन्छ? बसंतपुर तेसैको प्रतीक्षा माँ छ. यो नगरिकन तपाई ले आफु लाइ कसरी तटस्थ भनेर प्रमाणित गर्नु हुन्छ. अझ एक कदम बढेर हरिबंश दाई ले ता “शांति पूर्ण बिरोध होस भनेर बाबुराम लाइ आग्रह गरेको तर आन्दोलन हिंसात्मक बनेको” भनेर माओबादी लाइ दोष लगाउनु भयो. हरिबंस दाई , आन्दोलन लाइ हिंसात्मक बनाउने को हो? त्यों कुरा तपाई ले थाहा पाउनु भएँ ? सम्पूर्ण नेपाली जनता को प्रिय कलाकार महदाई, तपाई हरु भाषा फरक बोले पनी केपी ओली कै एजेंडा उठाउदै हुनु हुन्छ, के महेश बस्नेत भन्ने (केपी ओली जस्तो रास्त्र्घाती र बिद्या भंडारी जास्ती चरित्र हिन् आइमाई को लठैत ) को जस्तै हो तपाई हरु को धारणा?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
42
वाह वाह वाह किशोरजी, धेरै राम्रो तर्कको लागि धेरै धेरै धन्यवाद, तर्क उत्क्रिस्ट छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
25
” तपाई हरु को आग्रह लाइ मानेर माओबादी ले आम हड़ताल को स्थगन गर्यो, अब सहमति र जनादेश अनुसार को रास्ट्रीय सरकार गठान गर भनेर कहिले जुलुस निकाल्नु हुन्छ? बसंतपुर तेसैको प्रतीक्षा माँ छ. यो नगरिकन तपाई ले आफु लाइ कसरी तटस्थ भनेर प्रमाणित गर्नु हुन्छ”
वाह! किशोर जी, great comment ! हो मह दाई, तपाई हरु को उदेश्य दल हरु लाइ सहमति माँ औ भन्नु हो र कुनै दल को शिखंडी बन्नू होइन भने, माओबादी ले तपाई हरु को आग्रह लाइ मान्यो. अब आर्को पक्ष लाइ के दवाब दिनु हुन्छ? तेसैले तपाई हरु को निस्पक्ष्य्ता को मापदंड नाप्दछ. किशोर जी को एस्तो उत्क्रिस्ट कमेन्ट म पनी रातो लगाउने कठपुतली को दलाल हरु हुदा रहेछन. शायद यो केसू निक जस्ता बिकृत मनस्थिति भएका मान्छे हरु हुन.
मन परे हरियो, नपरे रातो
8
9
यात्रा मनियाका नेताहरु लहडकै भरमा जनता लै दुख दिन्चन, गल्ति गरिएछ भनेर निरास भयका होला, या त स्थिथि अजि प्रतिकुल छन् भन्ने बुजेर दुकः मानेको होला…
प्रचण्ड र बाबुराम किन मुखमा पनि नहेर्को होला?
मन परे हरियो, नपरे रातो
3
3
क्रान्ति भनेको एक कदम पछाडी हट्दै दुइ कदम अगाडी बढ्ने हो | क्रान्ति सिङ्गै युग परिवर्तन गर्न गरिने एउटा लामो प्रक्रिया हो | क्रान्तिमा उतार चढाव हरु आइरहन्छन | त्यसैले त भनिन्छ क्रान्ति गर्न धेरै नै धैर्य चाहिन्छ |
देशमा विदेशीलाई हुल्न नदिन र एक खाले जनताका बिरुद्ध अर्को जनतालाई लडाउन हुँदैन भनेर माओबादीले एक कदम पछाडी हट्ने निर्णय गरेको छ | यो तत्काल लाइ हेर्दा केहि नमिलेको जस्तो देखिए पनि रास्ट्रको स्वाधिनताका लागि समेत टेवा पुग्ने यो निर्णय एकदम उचित छ | राज्यको सरकारमा बस्नेले त जनता मार्न जनतालाई नै खटाउने र अझ देशको अस्मिता लुट्न बिदेशीलाई स्वागत गरेरै बस्नुले यो सरकार कति सम्म रास्ट्रघाती रहेछ भन्ने स्पस्ट हुन्छ |
अहिलेको अवस्थामा नेपालका समग्र सर्बहारा बर्गको उत्थानका लागि माओबादी को बिकल्प छैन | जबसम्म सर्बहारा बर्गले यो देशको नागरिकको रुपमा आफ्नो हक र अधिकार प्राप्त गर्दैनन् त्यतिबेला सम्म यो क्रान्ति रोकिने छैन | क्रान्तिका रुप हरु भने बदलिन पनि सक्छन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
17
बाबुराम रोइसकेका रहेछन……बादल (Cloud) ले कहाँ बाट जोके सम्झेर सुनाए र बाबु राम हासे छन्……हैन प्रचण्ड लै कसैले नप्किन दिएनन् भनेको असू ले भासन गर्ने कागज नै भिजेको रहेछ …….hahahahahhahaha खुचिम पर्यो पैताला मैले खाए सुन्तला
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
5
खोइ के हो के हो कुरा बुझ्न शकियेना सालोक्य ब्रो, गर्न खोज्या के हो के | मनमोहन को फोन आएर हो कि बैंक खातामा अङ्क परिबर्तन भएर हो कुन्नि प्रचण्ड समय समय मा काचुली फेर्छा अनि सिधा साधा जनता लै थौनामा सुताउछा, हामी बिचार जनता हेरेको हेरै |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
4
हाहाहाहाहा… बधाई छ सम्पूर्ण कामरेडहरुलाई, बल्ल नेपाल आमा र नेपाली जनतालाई आरामको निन्द्रा मिल्ने भो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
यदि यो मलिनता र निन्याउरोपन जनता सामु जनताको पक्षमा हिजो गरेका वाचा र प्रतिज्ञा ( जस्ता प्रकार का हुन् ) पुरा गर्न असफल हुँदा अनुहारमा आएको हो भने यी नेता हरुले यसलाई वैचारिक दृढता, इमान्दारिता र लक्ष्य तर्फ उन्मुख हुने साहस मा बदल्न सक्नु पर्छ / हैन यो मलिनता केवल कुर्सी प्राप्त गर्न असफल भएर आएको हो भने GO-TO-HELL ! जनता को कित्ता मा उभिन सके त कुर्सी ले पछ्याउँछ नि ! कि कसो कमरेडहरु हो ? अन्य पार्टी का टाउके हरुको अनुहारमा सत्तालिप्सा को मलिनता यसै गरि हेर्न पाए हुन्थ्यो उमेश जी ! घर जलिरहेछ , मुलीहरु वार्ता को नाममा बार्बक्यु र रम मा रमाई रहेछन /
मन परे हरियो, नपरे रातो
12
1
माकुने ले राजिनामा दियर सहमतिको बाटो छोडी दिनु नै सबै भन्दा उचित र हालको आबस्यकता हो! अझै माकुने जस्तो व्यक्तिले त पुरै राजनीति बाटै सन्याश घोषणा गर्नु देश को लागि ज्यादैनै लाभदायक र अति आबस्यक छ!
यो हति न बुद्दिको लालची ले देशको प्रगति र परिवार्तानलाइ अड्कायको यस मानेमा यो देशको यो सताब्दिकै नालायक र घाडो हो माकुने अनि उसका मतियार र धुपौरे हरु!
राजनीतिको उदेस्य देश र जनताको, यथार्थता,आबस्यकता र सम्भाबना भंनेकुराहरुको अध्ययन त परको कुरा कुनै सोचाइ र बिचारमै नभयको मान्छे! सिर्फ पद र कुर्ची अनि शक्ति प्राप्त गर्ने ध्ययाका साथ् राजनीति गरेका यस्ता हरुलाई शक्ति र पद भाग लगाउदैमा देश को समय श्रोत र शक्ति क्षीण हुदै गयको हेरी रहनु साह्रै दुखदायी हुन्छ र तेही नियति भोग्नु परेको छ नेपालले! यत्रो बर्ष राजनीति गरियो एक पटक प्र म हुन पनि सकियन जसरि पनि एक पटक त हुने पर्छ, आफु मरे पछी डुमै राजा भन्ने दलित र विकृत मनस्थितिको उपज भयका यस्ता माकुने जस्ता व्यक्तिहरुले हाम्रो राजनीति दुषित भै रहुन्जेल देश सदैब प्रताडित भै रहेको छ र हुनु पर्ने छ! तेसैले एक पटक लाइ प्र म भै हाल्येउ अब पन्छियर देशको उचित सम्भावनाको लागि बाटो छोदिदेउ माधब कुमार! राजनीति बाटै सन्याश घोषणा गरि दिनु यहाको लागि पनि एइतिहाशिक् हुनेछ!
तर के गर्नु मैले खाइ हाले अब ओलीको पालो भन्ने होला र पो डार!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
18
पहिले भारतमा गएर एस आराम लेर बसेका लाउके र टाउके संग कुराकानी गरेर जंगलमा बस्ने माओबादी घिसारेर १२ बुदे सहमति गर्दा एमाले र कांग्रेश ले ल्याएको जस्तो लाग्छा होइनर कि पुच्छर भाको बादरले ल्याको थियो अहिले एमाले र कांग्रेस को खोइरो खनेको देख्दात यी दुवै पार्टीले ल्याएको होइन क्यार संकापो लाग्न थाल्यो त्योदिन लाको गुण बिर्सियो गुनले गुण खान्छा तलाई मा खान्छु भन्ने उखान साच्चिनै बिस्वाश लाग्न थाल्यो होइन भने सुर्य जस्तो चम्किलो
अनुहार ग्रहण लागेको जुन जस्तो मलिन किन देखिन्छा सबै फोटोहरुमा हेर्नुसता
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4