मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    युनिटीलाई दश प्रश्न

    ‘पूर्वाञ्चलका पीडित तर्फबाट’ भन्दै प्राप्‍त इमेलमा नेटवर्क मार्केटिङ गरिरहेको युनिटी लाइफ इन्टरनेशनल लिमिटेड नेपाल र यसका शाखाहरुका सम्बन्धमा सोधिएका दश प्रश्न-

    १. नेपालको कम्पनी ऐन बमोजिम दर्ता भई सञ्चालित भनिएको युनिटी लाइफ इन्टरनेशनल लिमिटेड नेपालले हाल १३ देखि १५ हजार सम्म रकम संकलन गरी सदस्यले सदस्य बनाउँदै लैजाने (बाइनरी प्रणाली) व्यवसाय नेटवर्किङ मार्केटिङ हो कि हैन? युनिटीका सञ्चालकहरुले सार्वजनिक सञ्चार माध्यमहरुमा (२०६७ वैशाख २२ गते नेपाल टेलिभिजनमा) यसलाई नेटवर्किङ मार्केटिङ भनिसकेका छन्।

    यदि यी कारोबार तथा व्यवसायहरु नेटवर्किङ मार्केटिङ हुन् भने नेपालको कुन कानुनले मुलुकमा यस्तो व्यवसाय गर्ने छुट दिएको छ? यदि छैन भने उसको गैरकानुनी कारोबार र व्यवसायले आम जनतालाई भ्रमित मात्र पारेको छैन ठगिने र लुटिने सम्भावना पनि रहेको छ।

    विगतमा गोल्ड क्वेष्ट, हर्वो, मोलिकेयर अवला लगायतका यस्तै कारोबार गरी अहिले प्रतिबन्धित हुदा यसका सदस्यहरु ठगिएका थिए। यसको आवश्यक जाँचबुझ र कारबाही कसले गर्ने?


    २. कम्पनी ऐन अनुसार दर्ता भएको कम्पनीले बैंकिङ प्लान भन्दै सदस्यबाट एस्योरेन्स भनी रकम उठाएर ५ वर्षपछि फिर्ता गर्ने भनेका छन्। यस्तो कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक छ कि छैन, ऐन कानुनले के भन्छ? अहिलेसम्म प्राप्त जानकारी अनुसार यस्तो स्वीकृति सो कम्पनीले लिएको देखिँदैन। कानुन नै नभएको अवस्थामा नेपाल सरकारले कसरी यस्ता कारोबारहरु सञ्चालन गर्न दिएको छ? अन्य नेटवर्किङ मार्केटिङ व्यवसायको अवस्था पनि त्यही हो।

    ३. युनिटीका मुख्य सञ्चालकहरुको विगतको पृष्ठभूमि के हो? हाल प्रतिबन्धित भइसकेका गोल्ड क्वेष्ट, मोदिकेयर आदि जस्ता नेटवर्किङ मार्केटिङ व्यवसायमा उनीहरुकै संलग्नता रहेको चर्चा आम जनतामा रहेको छ। यसको वास्तविकता थाहा दिनु र पाउनु नेपाल सरकारको कर्तव्य होइन र?

    ४. बाइनरी प्रणालीमा सदस्य बनाउदै जाने र सदस्य बनाए पछि कमिशन पाउने देखिन्छ। यस्तो व्यवसायलाई कसरी बैकिङ प्लान भन्न सकिन्छ? लाखौ सदस्य डुबेर सीमित संख्यामा माथिल्ला तहका सदस्यले अत्याधिक लाभ लिने व्यवसाय आर्थिक कानुनभित्र पर्छ कि पर्दैन?

    ५. एउटा उद्देश्य राखी कम्पनी दर्ता गर्ने अनि अनेकौं कारोबार गर्दा पनि सम्बन्धित निकाय नेपाल राष्ट वैंक, वाणिज्य विभाग, विमा संस्थान, आदिबाट कारोबारको स्वीकृति लिनु पर्छ कि पर्दैन? के कम्पनी बनाएपछि सदस्यको हक नरहने गरी अर्कै सहकारी वा संस्थामा कम्पनीका नाममा सदस्यको हक नदेखिने गरी रकम जम्मा गर्न पाइन्छ? कारोबार दर्ताका प्रमाणपत्र सदस्यलाई देखाउनु पर्छ कि पर्दैन? युनिटीसँग के यस्ता प्रमाणपत्रहरु छन्? युनिटीको सदस्य बनेर पिना वर्ल्ड सहकारीमा रकम जम्मा हुँदा सदस्यको हकदावी कहाँ सुरक्षित हुन्छ?

    ६. अहिले युनिटीले आफूसँग साढे ६ लाख सदस्य रहेको बताएकोछ। यसैका आधारमा हेर्ने हो भने जनही कम्तिमा १३ हजार रुपैया असुलउपर गर्दा पनि साढे आठ अर्व रकम संकलन भएको छ। युनिटिको सम्पत्ति र वैक व्यालेन्समा यति रकम अहिले छ कि छैन? यसको खोजविन कसले गर्ने? युनिटी सञ्चालकहरुले संस्था सञ्चालन गर्ने रकम कहाँबाट जुटाएका छन्? पिरामिड शैलीले सदस्य बढाउदै जाँदा तलका अधिक सदस्यहरु डुबेर माथिकालाई कमिन आएपछि त्यहि पैसाले युनिटि सञ्चालन भइरहेको तर्फ तपाईको सञ्चारमाध्यमलाई ध्यानाकर्षण भएको छ कि छैन?

    ८. कतिपय सदस्यहरुलाई १५ हजार रकम लिई १३ हजारको मात्रै विल दिइएको पाइन्छ। विल नदिई भ्याट उठाएको भनेर रकम संकलन गरी बाँकी पैसा कहा र कसले राखेको छ?

    ९. सदस्यबाट उठाएको पैसाले कार्यालय सञ्चालन, व्यवस्थापन, कर्मचारी तलव कमिसन, बोनस, आदि बाँडिएको भन्ने सुनिन्छ। एस्योरेन्स भनेर उठाएपछि यसो गर्न पाइन्छ? इन्स्युरेन्स र एस्योरेन्स पर्यायवाची शब्द हुन् किन एस्योरेन्स भनेर भ्रममा पार्न खोजिएको हो?

    १०. समग्रमा युनिटी लाइफ इन्टरनेशनल लिमिटेड नेपाल र यसका शाखा र यसका कुन कुन कारोबार वैधानिक हुन्, कुन-कुन हैनन्? आम नागरिकको सूचना पाउने हकलाई कसले हेर्ने? पब्लिक लिमिटेड कम्पनी भने पनि यसमा अध्यक्ष काशीराम गुरुङ, उनकै भाइ, विष्णु क्षेत्री र उनकै भाइ, अरु २ जना बाहेक कम्पनीमा सदस्य भनिएकाहरुको हक दावी कानुनी रुपमा छ कि छैन?

    No related posts.

    77 comments to युनिटीलाई दश प्रश्न

    • Raj Chaudhary

      Dear Friends,

      Today we came to know that Unity LIfe International was really Bad Company and we really lost our time and money too…

      But now lets join hand together to ban Herbo International and BWBL. They are also cheating Nepalese People like Unity Life and collecting money. Pusparaj Paudel, who is the Director of Herbo Intl, is very bad man as we know about his personal character and he is using many people offering money to close Unity Life International….

      Tesaile Please start closing the offices of Herbo International nationwide.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Don Umesh

      नेपाल सरकार र यीनिहरु मिलेर येअस्ता बुसिनेस संचालन गरिरहीक छन . येसमा मेरो पनि १५ हजार दुबिओ .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • aarati rai

      उनित्य्ले ठगेर जन्न्त्ता हरु रुवाएको छ उनितिको मालिकहरुलाई जेलमा हल्नुपर्चा

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • prijam shahi tikathali lalitpur

      लु भयो तिमीले पनि दरो भेटे को जस्तो छ घुस दुर्गा जी UNITY बाट /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • ashiq

      मेरो संसारलाई धेरै धेरै धन्यबात, बिना पैसा युनिटीको बिज्ञापन गरेकोमा, युनिटीयानहरुलाई कम्जोर नशोच टाउको तेकेकोलाई खुट्टा टेकाएर हिडाउन, उल्टो पल्तो शब्दलाई सुल्ताएरा पदना, नकारात्मक शोच्लाई सकारात्मक बनाउन सक्ने निडर आर्थिक क्रिन्ति को योद्धा होउ, तेतिकै ४ बर्सको अबधिमा ६.५ लाख सदस्य बनाएका छैनो \ के सच्चाई युनिटी नराम्रो नियत ले स्थापना भाको भय यो सम्भब थियो…………?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 12

      • Bikram Shahi

        ho रैछ आशिक. कुत्तई देखेर पत्यायो. jawlakhel गयर हेरे त भैगयो नि. साला ठग हरु. बल्ल भिम गुरुङ नामको डाँकालाई पोलिचेले अर्रेस्ट गरेको छ. प्रतिकार गर्छु वन्ने बिस्नु नामको जन्तु कंह पुगेछा ?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Kumar

      म पनि उनिटी को मेम्बेर हो/ मैले पछु रुल पढे पछि बेक्कार मेम्बर बने जस्तो लागो/ कारण के भाने उनिटी ले ५ वर्ष पछि फिर्ता गर्ने भने को सवा र ब्याज १ महिना भित्र ले ये न भने फेरी अर्को ५ वर्ष निकाल्न मिल्दो रे न छ / फेरी येस्तै प्रकार ले प्रतेक ५ वर्षा मा १ मिहना भित्र निकाली सक्नु पर्ने रुल र६/ १ मैनामा १ दिन पनि बेसी भो भने फेरी ५ वर्ष राख्नु पर्ने बधैदिया ठग कम न भैया क होत/ उनिटी क साथी हो सजग हुनुस/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

    • Nabraj Ghimire

      उनिटी पबित्र छ एस्लाई दोष लगाउन हुँदैन नेपालका मन्त्रि संसद ले काम नगरे पनि भत्ता पाएकै छन् अनि के त्यो बैधानिक छ कि छैन नि ? छोड्नुस यो देश मा पहिला सतिले शराप दिएको हो रे तेसैले होला एती बिधि दोष खेप्न परेको .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 24

    • ramesh babu shrestha

      unity ले ढिला चाडो ठग्नेनै छ भन्ने लागेको थियो भयो नै.
      किन कि सन्सार को कुनै पनि देसमा लिगल नभएको आइडिया नेपाल मा कसरि बैधानिक छ र unity ले नेपाल सरकार बाट कुन प्रक्रिया अन्तर्गत सुइक्रिटी लिएको छ भन्ने लागेको थियो आखिर स्पस्थ कानुन को आभाव मा साथी हरुले लुट्नु सम्म लुटी सकेछन नि, अब ढिला चाडो एसका सन्चालाक हरु फरार भन्ने सुन्न पायीने निश्चीत छ| ३ वर्ष आघि कतार मा फिदिम तिरको गोपाल बाँस्कोटा भन्ने ले कर गरि गरि मलाई पनि १३००. मा सदस्य बनाई दिएको थियो खै अहिले सम्म कहिँ कतै केहि नि छैन|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    • mahendra k. shahi doha qatar

      किन तपाई हरु lee कसै को उन्नति देखन सक्नु हुदैन नेपाली को खुट्टा तान्ने बनि त गयना हो कसिरम गुरुङ gol कोयस्त को मेम्बेर थिया तेसै बाट वहा हरु ली सिकेर आफ्नै desh मा company को स्थापना गरेका थिया gole कोयस्त विदेश संस्था थियो तेस्मा त लाखो लख मान्छे ली करोडौ रेपय jamma गरेर मेमबेर बनेका थिया उनिटी त हाम्रै देश को संस्था हो साथी हो बिगार्ने dherai हुन्न्छान उनिटी को आज ४ साल भन्दा pani बढी samaya बित्त्दा सम्म पनि यन कानुन किन न खोजेको ra उनिटी को कम्पनी दर्ता number हेर्नु हुन्छा भनि विभिन्न स्मारिका पुस्तक हरु मा पाउनु हुने छ please nepal को राजनीति dal हरु ली जस्तो घिनलाग्दो public लाई उचाल्नी र पछार्ने काम ना गर्नु होला यहि मेरो अनुरोध छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 18

    • bishnu sapkota

      सबै साथीहरुलाई मेरो एउटा सुझाब के भने दुनियामा सजिलै पैसा कमौना सकिन्छा भनेर एदी कसैले तपाईलाई बोलायो भने सोच्नुस कि मा ठगिदै छु ! हामीमा सिक्ष्याको अभाव छ अनि रोजगार छैन ! एस्तो संक्रमानाकालीन आवस्थामा छिट्टो पैसा कमाउने सुर मा मान्छे हरु दिन प्रति दिन ठगिदै जानेछन एक पछी अर्को networking ब्यबसायको मध्यम बाट ! सरकारको त कुरै नगरौ येस्तई सस्थाहरुलाई स्वीकृति दिएर दलालीपन को परिचय दिनु बाहेक अर्को काम छैन ! तपाइहरुलाई थाहा नै होला कि नेपाल मै अफिम को खेति हुदै छ त्यो पनि सरकारी मान्छे को निगरानी मा आब एस्तो दण्डहीनता भएको देश मा येस्ता हग दलाल हरुलाई कसले तह लगाउने? हेरौ वाई सी यल ले के गर्छा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 12

    • युनिटी लाइफ का संचालक हरु सबै पहिला गोल्द्कोइन्स का राम्रा खेलाडी हरु हुन् कसिराम गुरुङ ,प्रसाद गुरुङ honkong का खेलाडी बिस्नु छेत्री ,भिम गुरुङ ,रिम थापामगर U A E का खेलाडी हुन् यिनी हरु को बिगत के थाहा छ ? तपाई हरु पैसा भयका बुद्धि मा बिर्को लागेका हरु लाई लुटी रहेका छन् अझ लुट्ने छन् लोभ ले लाभ, लाभ ले बिलाप मा डुब्नु हुनेछ तेसकारण राम्रो संग विचार पुराउनु होला /धन्यवाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 11

    • ballav

      यो कम्पनी को नाम ले नै वास्तब मा एक अर्थ बोकेको छ – यो समूह सबै फठा र जाली हरु को एकता हो . हर्बो, efimax , गोल्ड quest जस्ता कम्पनी हरु बाट तिरस्कृत भएर खोलेको यो नया ठग्ने कम्पनी हो . सिधा साधा नेपाली हरु , गाउँ का सोझा जनता हरु को पैसा मा रजाई गर्ने ठग कम्पनी हो यो सबै नेटवर्क कम्पनी हरु, UNITY मात्रै होइन आरु सबै नेटवर्क कम्पनी हरु ले नेपाली हरुलाई ठगी आएका छन् ! होसियार !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 9

    • hari rai

      यदि यौनिटी राम्रो कम्पनि हो भने आफ्नै बैंक आफ्नै इन्सुरंस कम्पनि किन खोले न त ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 8

    • Rajkumar Dulal

      “”"”"”"”विभिन्न नेटवर्क कम्पनीको उत्थान र पतनमा मुख्य जिम्मेवारहरू नै युनिटीका खम्बा भएका छन्। एस्युरेन्स डाइरेक्टर वीएन गौतम र एयरलाइन्स डाइरेक्टर भूपेन्द्र मल्ल नोबल सफी, ट्रेनिङ टीमका रुपकुमार राई डि’सफ्ट र लाइफ भिजन, विके शर्मा र तिलक भुसाल डियोसफ्ट र नि’सफ्ट, जीवन भण्डारी इन्नोभेटिभ र सुरज यादव एमवाई र मोडिकेयर डुबाएपछि युनिटीमा पसेका खेलाडी हुन्। लाइफ भिजनका सञ्चालकमध्ये एक टुकबहादुर राना अहिले युनिटी छाडेर सुरेन्द्र महर्जन वित्त निर्देशक रहेको क्रिष्टल भिजनमा प्रबन्ध निर्देशक छन्।

      गुरुङ, शर्मा र राई हुन् या भुसाल र मल्ल यी सबैले यसअघि करोडौं कुम्ल्याउने क्रममा कम्पनी डुबाएको पीडित ग्राहकहरू बताउँछन्। प्रति सदस्य रु.११ हजार सङ्कलन गर्ने रुपकुमार राईहरूको लाइफ भिजनले अन्तिम समयतिर तल्लो तहका ग्राहकले बोनस पाएको चेक समेत नयाँ सदस्यहरूलाई देखाउनुपर्छ भनेर साट्न नदिएको तनहँुका पूर्ण राना बताउँछन्। बाल्यकालका दुई साथीलाई सदस्य बनाएका लाइफ भिजनका अर्का पीडित धनबहादुर पाटा भन्छन्, “नेटवर्क सदस्य बन्दा पैसा त डुब्यो नै पुरानो मित्रता समेत गुमाइयो।” लाइफ भिजनका लागि एक सय ग्राहक बनाएको बताउने काभ्रेका मिङ्मा घिसिङ भन्छन्, “मैले त्यति बेला आमाको ढुङ्ग्री बेचेर गरेको काम अहिले युनिटीको नाममा भइरहेको छ।””"”"

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 6

      • यहाँ कातर मा सबै भन्दा बड़ी ठगेको नेटवर्क (DXN) हो. यसमा स्यान्ग्जली फताहरुको ठुलो हात छ, ४०० QR salary हुनेले ३०० QR मा मेम्बर बनेर आफ्नो पसीना डुबाई रहेका छन, हैन नेटवर्क मा स्यान्ग्जली नै आगदी किना ह?

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • pragati

      सोझा साझा जनताको पैसा उठाएर फेना वोर्ल्ड मा जम्मा गर्ने ani पुब्लिक को कम्पनी हो भन्ने झुठ pani कति बोल्न सकेको होला हो यौ उनिटी ले plz को भनाइ त राम्रो cha तर गरे सरो छ यदि उनिटी ले गलत काम नगरेको भए उनिटी chalcha यदि गलत कम गरेको भए अब चितैनै उनिटी बन्द हुन्छ साथी हो तेसैले आफ्नो पैसा फिर्ता लिनु होला

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 8

    • bibash

      यो कुन व्यक्तिले पठाएको इमेल हजुर? इमेलमै पाएको भरमा कुनै कम्पनीको बैयक्तिक अधिकार खोज्ने कुन महान अधिकारी हुनुहुन्छ होला ? कस्ता सञ्चार माध्यम कुनै ब्यक्तिले पठाएको मेल नै आफ्नो सञ्चारमा छापिदिने? यस्ले मेरो सँसारको छवि पनि छर्लङ्ग्याएको छ । मेरो सँसारलाइ मैले अति उपल्लो दर्जाको वेवसाइटहरू ठानेर प्रायः प्रत्येक अपडेटहरू हेर्ने गर्थे । कति मेरा साथीहरु त यसैमा भुल्ने र रम्ने पनि गर्थे तर अब यस्ता हलुंगा कथाहरूलाइ इमेलका आधारमा छापिदिनेको के अस्तित्व होला ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 44

      • bishnu sapkota

        हैन मित्र तपाइको कुरा एक हद सम्म ठिक होला तर यी प्रश्न हरु कति सम्म जायज होलान? के युनिटी का सदस्यले येस्ता प्रश्न गर्न पाउने कि नपाउने? कुन कानुन को बल मा उनित्य्ले एस्तो गरेको छ? माथिका १० प्रश्न राम्ररी पढ्नुस अनि अन्धो नभैकन राम्ररी केलाएर हेर्नुस तपाइँ आफै बुझ्नु हुन्छा कि कति सम्म युनिटीले गुमराहमा राखेको रैछा भन्ने कुरा ! बिबश जी जहाँ सम्म पिरामिड बुसिनेस को कुरा छ तेह १०० मा २ जना मालामाल हुन्छ अरु सबै डुब्ने नै पक्का हो चाहे यी ठग दलाल जे सुकै भनेर जनताको आखामा छारो हाल्ने कोशिश गरुन ! अन्धो भएर उनित्य्को भक्त हुनु भन्दा पनि जायज कुरालाई जायज भन्न सिक्नुस ! धन्यबाद

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 5

      • Aashish Thapa

        बिबश जी
        सत्य असत्य त पाठकले पनि चिनिहल्छान नि. किन तेसरी रिसाउनु भाको ? माई संसार लाई गाली गर्ने पर्दैन. बरु येस्ले उठाको कुरा प्रस्ट पार्नुहुन्थ्यो कि ? ठग हरुका चालामाला लाई कतै तपैले पनि समर्थन त गर्नु भाको छैन ? तपाइको बोलीमा तेस्तै गन्ध औन्छा. मलाई त संका लाग्यो ; कतै तपाई पनि ठग मद्हे एक त होइन ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 6

    • कसैले केगरे र खाका छन् त कसैले के
      नेताहरुले देश बेचदत टुलु टुलु हेरी राकैछु
      नेपाल मा कत्र कत्र नेपाल राष्ट्र बैंकको स्वीकृति प्रपता फैनाल्सकोत ठेगाना हुदैन आब युनिटीलाई

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 13

    • Yash

      अब इसंचालक हरु भाग्ने छन् किनकि आन्दोलनमा मानिस्मारियामा कानुनालाग्दैना तेसैले ६ हजर्मानिस ले जुलुसनिकलेरा सायद यस्तैगारने छन् र अबदेखिकसैलेपानी यस्तो bijineshagarer जनतालाई थाग्नेछैना तर के भन्नुरा सरकारले ८ अरबमा ५ अरब खायाकोजस्तोछा नात्रभय यस्तो व्यापार गोल्द्क़ुइस्त लाइ अबैधानिक भन्ने तर इनिहरुलैचाहिनी सम्रछान्गरने किन ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 11

    • पुष्प

      यो पत्र सदस्यहरूलाई डुब्न मानसिकरूपमा तयार रहन यूनिटीबाटै प्रेषित भएको हुनुपर्छ । अब यूनिटीले डुबायो भन्ने थाहा पाए भो । कहिले माओवादी कार्यकर्ताले पठाएको भनेर बल्खु दरबारबाट इमेल आउँछ, कहिले पीडित भनेर पीडककै इमेल आउँछ, गज्जबै रहेछ हाम्रो संसार, अझ भनुँ ‘मेरो संसार’ ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 20

    • नेटवर्किंग व्यावसाय भनेको गरिबी बाट माथि उक्सिने बाटो होइन यो त माथि बाट झन् तल खुस्किने बाटो मात्र हो |मैले पनि छोटो समयमै धेरै धन कमाउने सपना देखेर अवला उपकार समिति,मनि सर्कुलेशन प्रोग्राम जस्ता दलालहरु को झोलामा थुप्रै पैसा फसाई सकेको छु |अझ दु:खको कुरा त के भने म मात्र नभएर मेरा धेरै नातागोता लाइ समेत त्यस्तो सपना देखाई अरु रकम फसाउन लगाएँ |दुइ चार महिना सम्म त ति मेरा नातागोताले पैसा कहिले आउँछ भन्दै सोधे |मलाइ त्यसको स्पष्ट जवाफ थिएन |र उनीहरुलाई ढाँटन बाहेक अरु उपाय थिएनर पैसा बुझाएको बिल भर्पाइ पनि म संग थिएन |अन्तमा त्यो पैसा त गयो गयो आफ्नै नातागोता बाट पनि बिश्वास गुम्यो |त्यस्तै होला है साथि हो युनिटी लाइफमा ,बेलैमा होस् पुर्याई आफ्नो परिश्रम मा रमाउने बानि बसालौं |धन्यबाद जय युनिटी |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 11

    • bhuwan

      युनिटीलाई भन्दा पहिले आफुलाई प्रस्न सोधोउ, के तपाई आफ्नो जिबन मा आमुल परिबर्तन चाहनुहुन्छ …? यदि चाहनुहुन्छ भने.. के तपाइले अहिले गरिराख्नु भएको आम्दानीले त्यो सम्भब छ,..? यदि छैन भने… त्यो मात्र एउटा विकल्प नेटवर्क ब्यबसाय हो, त्यो युनिटीनै हुनुपर्छ भन्ने छैन, तपाई आजै राम्रोसंग बुझेर कुनै एउटा नेटवर्क कम्पनि मा आबध हुनुहोस, होइन भने उही भाडाको जिन्दकी धायो पायो, धयेना पाएना, गदाहा र गाजरको कथा हुनेछ तपाइको जिन्दगि \ सबैलाई चेतना भया…\

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 27

    • चोर भय को दस मा इमान दरे जन्ता र मानेस बेचारा को के गल्टे

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Bishnu

      वोर्क हार्ड एंड मके मोनी. नो मोनी चन बे मदे विथ ओउट एफ्फोर्ट!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • सबैलाई नमस्ते ल अब सत्य कुरा बाहिर audaicha thateko को कुरा फाटेको लुगा कति दिन होर तमासा हुने वायो तमासा network नाम मा ठग्न लै jel lanuparcha …

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 8

      • biplav

        दियर क्षेत्र जी,
        हजुरको तर्क सान्दर्भिक छ. तर हजुरले पनि साबधान हुन आवस्यक छ किनकि हर्बो ले पनि तरिका त्यहिँ अपनाएको छ. अस्तिनै दि सी नेपाल डट कम मा आएको खबर पछाडी अलि सुधार गरेको छ किट्स र अस्सुरंस हटाएर. तर ४ रिंगेट को ग्रीन चिया मात्र लै ५० रिंगेट मा बेच्दै छ अनि हरित चियाको त गुणात्मक प्रमाण छ तर अरु बाकी उत्पादनको कहाँ छ ? मलेशिया मा त झन् ठाडो अबैधानिक काम गरेको छ हर्बो ले. एक दिन देक्छा एसले…. समयमै सुधार गर्नुस है .

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Bharat Rimal

      चाहिने नचाहिने बिषयमा मुद्दा मामिला गर्ने नागरिक समाज, वकिल, उपभोक्ता र अन्य समाज सेवी भनिने हरु कहाँ गए यतिका सोझा सिधा मानिस ठगिदै गर्दा पनि कान म तेल हालेर बस्ने. अनि नेपाल राष्ट्र बैंक यात्रा आठ अर्ब को कारोबार गर्ने कम्पनीको बैधानिकता को बारेमा किन चुप छ?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

      • bibash

        ठगिएका भए पो आउछन त हजुर ! देशको बिकाश गरेको देख्दा देख्दै कुनै अर्को नेटवर्क कम्पनीले दिएको पैसा खाएर युनिटीलाइ बिरोध गरेर पनि हुन्छा त हजुर! अब केहि दिनमै सबै कुरा छर्लंग हुनेछ, नआत्तिएर बस्नुस राम्रो काम गर्ने युनिटी कसैको होहल्ला ले बिग्रदैन हजुर.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 24

        • bishnu sapkota

          बिबश जी सायद तपाइले युनित्य्को नामे सुन्नु भाको थिएन होला मा युनित्य्को सदस्य बन्दाखेरि , भनेपछि आब तपाइले मलाइ युनित्य्को बारेमा धेरै बोलेको राम्रो लागेन ! हुन त हिजो गोल्ड कोष्ट मा लाग्ने साथीहरुले पनि मलाइ तेसै भन्थे ! हुदैन साथि हो एस्तो business राम्रो हुदैन है भन्दा ल आब हाम्रो उन्नति भएको हेर्न नसकेर बिरोध गरेको भन्थे तर पछी चुर्लुम्मै डुबेर निलो अनुहार लिएर मेरै सामुन्ने आएर हो रैछा तेरो कुरा ठिकै रैछा तेती बेला बुद्धि पुगेन भनेर दुख मान्नु भन्दा अर्को उपाय भएन युनिटीमा पनि तिनै मान्छे हुन् ! यो networking business मा लाग्ने मान्छेको बोलि एती मिठो हुन्छ कि सामान्य मान्छे ले सजिलै बिश्वाश गरिहल्छा ! तस्तै असर परेको रैछा बिबस जी लाइ तर होसियार हुनुस है तपाइँ लगायत सबै दाजुभाई हरु!

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • Ajay Gurung

      विश्वास गर्छन याहाका मानिसहरु कर्ममा हैन धर्ममा , बिकाशको मुल फुटाउनु छ शहरमा हैन गाउमा गाउ गाउमा…अत्ति मर्मस्पर्शी यो गीत कहिले काही सम्झिदा कस्तो कस्तो लाग्छ साचिकै कर्म मै बिस्वाश राख्छन यहाका मानिषहरु,आकाशे फल झर्ला र खाउला भन्दै आकाश तिर मुख ताकेर बस्छन यहाका मानिषहरु, केहि गरौ नया नौलो भन्ने त पटक्कै छैन यहाका मनिषहरुमा आगो ताप्नु मुडाको कुरो सुन्नु बुढाको भन्दै बस्छन,एउटा बुढोले देश खत्तम पारेर ओरालो झरे,फेरी पनि अझै बुढाहरु कै पछी पछी अब त यसले केहि गर्ला कि भन्दै, संसार काहा देखि काहा पुगी सक्यो यहाका मनिषहरु अझै झिना मसिना कुराहरुमा भिडन्त गरि रहेका छन् , देशलाई एउटा नया जोश र जागर बोकेको युवा नेता चाहिएको छ नया क्रान्ति चाहिएको छ तर अफसोच यो कहिले सोचेनन यहाका मनिषहरु ले !!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • bhagirath

      को ठग को सज्जन ?साम डाम दण्ड वेद युनिटी ले प्रयोग गरेर सफल हुन नहुनु उसको पेर्फेर्मंस मा भर पर्छ|म एसको कुनै सम्बन्धित होइन तर यो र येस्ता धेरै सस्था हरु को बारे सुने को छु |डुबेका आफन्त र केहि कमाएका आफन्त छन् मेरा पनि | हाम्रो बानि कान होइन काग को पछी लाग्ने छ …स्वो बिचार मा भर परेर जीवन घर अनि देश लाइ सक्षम बनौनु सट्टा हामी हरु आरुको प्रगति को कथा लाइ आफ्नो जीवन संग जोडेर हेरछौ|गलैचा कारखान ,कार्पेट कारखाना ,फिनान्स अनि सहकारी,पस्मिना,विदेश जाने चक्कर,घर जग्गा दलाली,नेत्वोर्किंग, ई टि सी जसले इमान्दारी मेहेनत लगन परिसरम अनि बुद्धिमानी भएर आफ्नो क्षेमता अनुसार को कर्म गर्छा उसले त्यस्ती फल पाउछा जस्तो लाग्छा हई मलाई त |
      |गलत भए आफ्ना कर्म अगाडी नदोहोरौ आरोप प्रत्यारोप अनि झगडामा रुमल्लिरहादा आज हामी नेपाली को जुन हालत छ त्यो त त्यस्ती रहन्छा तर समाधान को सुरुवात पनि नहोला त्यसैले उनिटी अथवा अरु कोहीलाई दोस दिनु मत्रई होइन त्यसको बिकल्पमा सचेत र शिक्षित हुनु आज हाम्रो देसको आवस्यकता हो जस्तो लाग्छा बिगीबिगी को त कुरई नगरौ |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • गणेश पौडेल

      सक्नेले जे जसरी कमाए पनि छुट पाउदे जाने हो भने निर्धाको हित यो देशमा हुन गाह्रो छ । कानुन मिचेर पैसा कमाउन हिड्नेहरुको यो देशमा डाको ठुलो छ । फेरि को कसको सपना चकनाचुर हुने हो यो नेटवर्कको चक्करले

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • devendra singh

      मेहेनतको फल थोरै भए पनि मिठो हुन्छ तर सपनाको संसारमा रमौना रमाइलो हुन्छ आखिर तड्पिनु पर्ला है, राजनीतिकरण भए पछि तै चुप मै चुप त् होलानी

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Manoj

      अब केहि दिनमै युनिटि बन्द भएको खबर सुन्न मात्र बाकी छ. कारण यसका संचालक हरु लाई चिन्न नजाने पछी यस्तै हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 9

    • devdas subedi , tokyo

      teaching hostital को भर्ना case मा राम्रो कम गरेर नाम कमाएको ycl ले जतिसक्दो चाडै UNITY को बोस हरुलाई कारबाही गर्नु पर्यो कमरेड !!!!!!!!!
      नत्र भने लास्टमा उही हो के ………!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 9

    • prabha

      युनिटीको कारोबार ठगी नै हो /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

    • Suntali

      यता कोरिया मा पनि यस्तै member बन्नु पर्छ भनेर हिजो मात्र मलाई एकजना साथीले भनेको थियो. मैले अस्ति mysansar को समाचार पढ़ेनौ भनेको उ त सनकका संक्यो. उसले भन्दै थियो जुन पक्षको पनि बिरोध गर्ने सैली त भै हल्छा नि. मैले त वास्ता नगरी जुरुक्क उठेर हिंडे.

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • Abinash

      group of cheatters,plz not believe.Their real character reveales by their own behab.They are running now through medea,giving big-big add@ attempting to show their good function which only cover-background.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Abinash

      Unity Life is group of cheatters,not believe plz.What is their real characters,reveal by their own behab.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • UNITY मा म अस्ति गको AUTA साथीले लगेर –
      त्यो कति सम्म PATYAUNA गारो भने त्यो त सरकारी कम्पनि भै सको रे, कति बिरोध गर्नु भनेर फर्के.
      ४०००० हजार दिनको कमाउने मान्छे रे १८ बर्सकी ठिटी …….. कस्तो राम्रो business
      समग्रमा ठगहरुको BUSINESS हो यो .

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • पाँच वर्षपछि व्याजसहित फिर्ता दिने भनिएको झ्ण्डै ४ लाख सदस्यहरूबाट अहिलेसम्म उठाइसकिएको रु.६ अर्बमा युनिटी लाइफ सञ्चालकको मात्रै हक लाग्नेछ। त्यसमध्ये पनि हालसम्म रु.१३ करोड मात्रै डिपोजिट राखिएको र बाँकी रकम मन्त्रीदेखि विभागीय कर्मचारीको खातिरदारीमा, डुबेका कम्पनीहरूको फर्निचर खरिद, विज्ञापन र अन्य तामझ्ाममा खर्च गरेको स्रोतको दाबी छ। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “यसमा पैसाका खास मालिकले कानुनी उपचारसमेत पाउँदैनन्।”
      विभिन्न नेटवर्क कम्पनीको उत्थान र पतनमा मुख्य जिम्मेवारहरू नै युनिटीका खम्बा भएका छन्। एस्युरेन्स डाइरेक्टर वीएन गौतम र एयरलाइन्स डाइरेक्टर भूपेन्द्र मल्ल नोबल सफी, ट्रेनिङ टीमका रुपकुमार राई डि’सफ्ट र लाइफ भिजन, विके शर्मा र तिलक भुसाल डियोसफ्ट र नि’सफ्ट, जीवन भण्डारी इन्नोभेटिभ र सुरज यादव एमवाई र मोडिकेयर डुबाएपछि युनिटीमा पसेका खेलाडी हुन्। लाइफ भिजनका सञ्चालकमध्ये एक टुकबहादुर राना अहिले युनिटी छाडेर सुरेन्द्र महर्जन वित्त निर्देशक रहेको क्रिष्टल भिजनमा प्रबन्ध निर्देशक छन्।

      गुरुङ, शर्मा र राई हुन् या भुसाल र मल्ल यी सबैले यसअघि करोडौं कुम्ल्याउने क्रममा कम्पनी डुबाएको पीडित ग्राहकहरू बताउँछन्। प्रति सदस्य रु.११ हजार सङ्कलन गर्ने रुपकुमार राईहरूको लाइफ भिजनले अन्तिम समयतिर तल्लो तहका ग्राहकले बोनस पाएको चेक समेत नयाँ सदस्यहरूलाई देखाउनुपर्छ भनेर साट्न नदिएको तनहँुका पूर्ण राना बताउँछन्। बाल्यकालका दुई साथीलाई सदस्य बनाएका लाइफ भिजनका अर्का पीडित धनबहादुर पाटा भन्छन्, “नेटवर्क सदस्य बन्दा पैसा त डुब्यो नै पुरानो मित्रता समेत गुमाइयो।” लाइफ भिजनका लागि एक सय ग्राहक बनाएको बताउने काभ्रेका मिङ्मा घिसिङ भन्छन्, “मैले त्यति बेला आमाको ढुङ्ग्री बेचेर गरेको काम अहिले युनिटीको नाममा भइरहेको छ।”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 15

    • kiran

      मेरो पनि १५ हजार ठयाम्मै खैद्यो , येत्रो ठुलो रकम जम्मा गर्न सक्ने बैधानिक चै हुन न सक्ने , आत्तिनु पर्दैन झुट को खेति धेरै टिक्दैन बैशक महिना मा धान कहिले पनि पाक्दैना . उनिटी ले ३५ % काटेर पैसा दिन्छ रे त्यो पैतिस % भनेको तेस्को ज्यान को मूल्य हो नि त त्यो चै भोलि को दिन ले dekhaucha

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • Kaushal K Joshi

      यूनिटीको बारेमा नेगेटिभ होहल्ला गर्नुभन्दा यसको सत्य तथ्य बुझी लेखेमा उचित हुन्छ नि, नेपालमा सरकारले गर्नु पर्ने काम यूनिटीले गर्दैरहेको कुरामा कसैको दुई मत हुँदैन होला नि, राम्रो कामलाई राम्रो भन्ने हिम्मत हुनुपर्यो नि, नमिलेको भये सुझाब दिनु पर्यो नि, की कसो साथी हो,,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 21

      • Bishnu Shunya

        तपाईहरु जानाजान गल्ती गर्दै जानुस अनि ‘गल्ती भए माफ पाउं ‘ पनि भन्दै जानुस , पतनको बाटो आफ्नै रोजाईको…………..शुभ कामना ……….

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • नमस्कार है साथीहरु सबैलाई तपैहरुले बुज्ने पर्ने कुइरोक हो भने जुन किसिम कू पिरामिड सैली बाट उनिटी ले सोझा साझा जन्ताल्लाई झुक्येको ६अ नि त्यो बिल्कुल ठगि हो नेटवोर्किंग कम्पनी भएर त प्रोदुच्त हुनु पर्योनी
      ख्होई सामना हावा क तालमा हवाकै कुरागरेरा सोझा जनतालाई दुबौने
      सरकारले एसको कानुनी कारबाही अगी नाबदक्ये अब्ब सब जना जनता हरु थौबतानै अगी बढ्न बध्यहुन्छां उनिटी लै कर्बहिहुनै पर६अ
      ]

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • निकायका मान्छेका अनुहार भयकाहरुले पनि भाग पाउँछ होला नि त अनि केको कारबाही नि, लास्टमा भाग्यो भनेर समाचार त आउनला नि

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 8

    • bigyan

      काम गरेर खाने बानी गरौ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 2

      • Narayan

        एकदम ठिक काम गरेर खाने बानि गरे यस्तो कहिल्यै हुदैन . सारै चित्त बुझ्यो काम गरेर खाने बानी गरौ

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

      • पुरन

        सातौं नं को प्रश्न पनि पढ्न पाए हुन्थ्यो ।

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • binod stha

      उनिटी को नेता भयेर संचालन गर्ने हरु आजकल थाइलेडं, मलेशिया, सिन्गपोरे, कोरिया घुम्न जना थाले, सोझा जनता लीई मुर्गा बनाउन थाले, बल्ल घिता मा घाम लगेओ होइन त.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 10

    • manjit sapkota

      युनिटी लाईफ ईन्टरनेश्नल लिमिटेडले ठगी गरेको आरोप लगाउदै सदस्यहरुले हिजो जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा रकम फिर्ता गराईदिन माग गर्दै निबेदन दर्ता गराएका छन् । सदस्य बनेका रुपन्देहीका पांच सदस्यहरुले आफुलाई ठगि गरेको आरोप लगाउदै छानबिनका लागि माग गरेका हुन । जिल्लामा युनिटी लाईफसंग आबद्ध उनीहरुले सस्थाको बैधानिकता खोज्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा छानबिनको माग गर्दै निबेदन दर्ता गराएका हुन् ।
      यता युनिटी लाईफ ईन्टरनेश्नलका लुम्बिनी अाचल अध्यक्ष रोमलाल गिरीले कुनै पनि सदस्यले रकम फिर्ता गर्नु परेमा प्रहरी प्रशाशन नगई युनिटी कार्यालयमा आउनु पर्ने बताउनु भएको छ । सस्थामा रकम फिर्ता गर्न आए सस्थाको निती र नियम अनुसार ट्याक्स काटेर बाकि रहेको रकमको सदस्य बनेको ५ बर्ष नपुगेकाको ३५ प्रतिशत चार्ज काटेर फिर्ता गरिने बताउनु भयो ।
      यता सदस्यहरुले भने पुरै रकम फिर्ता पाउनु पर्ने माग गरेका छन्र ।प्रशाशन र प्रहरी कार्यालयमा निबेदन दर्ता भएपछि छानबिनका लागि काम अगाडि बढाईएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताउनु भयो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 7

    • Bikki

      This is fake business. please dont believe it. I never found any guy who earned more money by doing this networking business. Be careful.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 7

    • Syangjali

      यो नेटओर्किंग ब्यबसायको पछाडि नलागौ है साथी हो, धेरै देशमा झमेला भइ सकेको छ. धेरै जसोमा बस्ने ठाउमा भारतीय मुलुकका साथीहरुले सपिंग मलहरुमा ड्वाकेर बसिराखेका हुन्छन. एस्सो एजियन अनुहार देख्ने बित्तिकै परिचय गरेर फोन नम्बर माग्छन, अनि दुइ चार दिनमा पैसा कमाउन मन छ भनेर फोन गर्छन. छैन भन्यो भने पनि लम्ब्याई तम्ब्याई कुरा गरेर आधा घण्टा बिस्वाश दिलाउन कोसिश गर्छन, अनि केहि नलागे पछि ल ठिक छ भनेर छोडछन् . फेरि शपिंग मलमा देखे भने टाढैबाट तर्किन्छन. मैले सुने र पढे अनुसार यो ब्यबसायमा लाभान्वित हुने भन्दा ठगिनेहरु धेरै रहेछन.
      होशियार! दुखले आर्जन गरेको धन त्यत्तिकै खेर नफालौ !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 10

    • sanubhai marahatta

      कासी प्रसाद गुरुङ र बिस्नु छेत्री सर हरु ले माथि को १० वोटा प्रस्न को जबाफ दिनु पर्छ जस्तो लग्यो मलाई पनि .किन कि धेरै मान्छे हरु ले अझै पनि नबुझे को अबस्ता हुदा एस कुरा हरु लाई सरल भाषा मा बताई दिनु हुन अनुरोद गर्दछु

      सानु भाई मरहट्टा
      हाल जर्मन बाट

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 5

    • SHANTA KUMAR

      आजकाल गोले दाइ कहाँ हराउनु भयो?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 13

    • Gautamraj rai,FDR Germany

      यो कम्पनि अबैधानिक देखिन्छ तेसैले ले नेपाल सरकार मे तुरुन्त कारबाई गरेर उनितियन हरु को सवा र बेयज उनिटी कम्पनी बाट असुल हुनु पर्दछ साथै अबैदानिक कम गरेर लाखौ नेपाली जनता लाई ठग्ने बिचार्दारा बोक्ने यू कम्पनी को संचालक लाई राज्यी ले कानुनी कारबाई गर्नु पर्दछ,राज्य ले तेयू कदम लिदैन भने हामी जनता ले साथै मेडिया ले आवाज उतयेरा तेसो गर्न गरुन राज्य लाई दबाब दिनु पर्दछ,

      बान्तवा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 10

      • buds

        समाचार हेर्न नभुल यार

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • दलाल सरकारको दलाली चाल / सरकार नै दलाल भएको देशमा के गतिला ठग होलान/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 10

    • धन भएका र कमाउनेको कुरो भएकोले मैले यस्तोमा पहिले विचार पुर्याएर हेरेको छु / मलाई धन कमाउने लोभ छैन .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 9

    • Krishna ( Maryland, USA)

      ठग्ने ले त ठग्छ, ठगिने ले रातारात धनि हुने लोभमा आफन्त , साथीभाई समेत लाइ सदस्य बनाउने हुँदा पैसा को साथ् साथै सम्बन्ध पनि चिस्याउछ / फसेका त डुबे डुबे , अब अरु डुब्नु हुन्न / सरकारी निकाय लाइ घुष र राजनीतिक पार्टीलाई चन्दा उपहार चढाएकै होला युनिटीले ! आगो लाउनु पर्ने यिनेर्लाई त / लौ न / बिद्यार्थी संगठन कता गए हँ ? कि पाए चन्दा तिनेर्ले पनि ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 9

    • Aashish Thapa

      जो जो को पैसा फस्यो माग्न जानोस । मलाइ त ठगीजस्तो लाग्यो । पैसा फसाउनेहरुको जय होस । जे काम गर्ने हो छि टै गर्नोस ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 8

    • Pradin

      Really i also feel that this Unity org. is only selling dream and making full to every one. They are selling that kind of product that don’t benefit their member. The member who pay the Rs.15000/- has no legal right to claim their money. If you read the company plan its like insurance company and like investment company but they are not registered in Nepal Rastra Bank that means they are not authorize to do any banking and invest plan. Unity Hospital is like only showing teeth of elephant have u ever check the service. So please don’t go in their colorful dream plan other wise you will lose your money and time beside this u will lose ur faith in your relatives and friends.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 9

    • mamata

      खोई कस्लाई के भन्ने ?? हामी पछउटेहरु पनि उस्तै हौ नि, पैसा भने पछि महादेव को नि तिन नेत्र बल्छ भन्थे हो क्यारे ,एउटा बानेश्वर कृष्ण टावोरमाँ पनि थियो पछि सबै सबै भागे पैसा खाएर माथी माथीकाहरु टन्नै भए पछि मुनि मुनिकाहरु ले आफंता घर परिवारको सदस्य लाइ फसाउन सकनले प्रगति गरे नत्र सबै हेरेको हेरेकै भए,मान्छेको कैले पनि बुद्दी आऊदैन कहिले गोल्ड कोएस्ट, कहिले यूनिटी लाइफ, कहिले ग्रीन टी कहिले के कहिले के नाम लिएर दिनका दिन कति जना ठगियेका छन, तेती हुदा पनि उत्तिकै झुत्तिना छोड़ने होइन कहिले आउछ हो नेपाली को बुद्दी??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 6

    • Durga BK

      किन तपाई हरु lee कसै को उन्नति देखन सक्नु हुदैन नेपाली को खुट्टा तान्ने बनि त गयना हो कसिरम गुरुङ gol कोयस्त को मेम्बेर थिया तेसै बाट वहा हरु ली सिकेर आफ्नै desh मा company को स्थापना गरेका थिया gole कोयस्त विदेश संस्था थियो तेस्मा त लाखो लख मान्छे ली करोडौ रेपय jamma गरेर मेमबेर बनेका थिया उनिटी त हाम्रै देश को संस्था हो साथी हो बिगार्ने dherai हुन्न्छान उनिटी को आज ४ साल भन्दा pani बढी samaya बित्त्दा सम्म पनि यन कानुन किन न खोजेको ra उनिटी को कम्पनी दर्ता number हेर्नु हुन्छा भनि विभिन्न स्मारिका पुस्तक हरु मा पाउनु हुने छ please nepal को राजनीति dal हरु ली जस्तो घिनलाग्दो public लाई उचाल्नी र पछार्ने काम ना गर्नु होला यहि मेरो अनुरोध छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 68

      • raaj

        लु भयो तिमीले पनि दरो भेटे को जस्तो छ घुस दुर्गा जी UNITY बाट /

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 12

        • समर

          भने पछी बिदेशी गोल्ड कोएस्ट ले त नेपाली लै लुट्यो भने स्वदेशी ले नेपाली लाइ किन लुट्न नहुने?? तपाई को भनाइ को अर्थ मैले यहि बुझे दुर्गा जी तपाई को कमेन्ट बाट कि कसो साथी हरु हो ???

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

        • biplav

          यो राज भनेको हेर्बो को मलेशिया को नाइके को त्यसैले एसले उनिटी को बारेमा एस्तो खबर पाएर नाक को फोरा फुरौदै बसेको छ. तर उसको ४ रिंगेट यकि रुपिया ८० को हरित चिया लै १००० मा बेचेको तथ्य बाहिर आएपछि एसको पनि बाबुको बिहे देखिन्छा.

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

        • ओहो राज सर तपाइले कति घुस खानु भो अरुबाट ???

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • Harihar

        A pyramid scheme is a non-sustainable business model that involves the exchange of money primarily for enrolling other people into the scheme, without any product or service being delivered. Pyramid schemes are a form of fraud[1]
        Pyramid schemes are illegal in many countries including Albania, Australia,[2] Brazil, Bulgaria, Canada, China,[3] Colombia,[4] France, Germany, Hungary, Iceland[citation needed], Iran[5], Italy,[6] Japan,[7] Malaysia, Mexico, Nepal[citation needed], The Netherlands,[8] New Zealand,[9] Norway[10], the Philippines,[11] Poland, Portugal, Romania,[12] South Africa,[13] Sri Lanka,[14] Switzerland, Taiwan, Thailand,[15] the United Kingdom, and the United States.[16]
        These types of schemes have existed for at least a century some with variations to hide their true nature and there are people who hold that multilevel marketing, even if it is legal, is nothing more than a pyramid scheme.[17][18][19][20] There have even been charges by people like economist Thomas Sowell that the United States Social Security program itself is nothing more than a legalized pyramid scheme[21]

        Source : Wikipedia

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • madan_bajracharya

      २००२/३ तिर म नेपालगंजमा कार्यरत हुँदा येस्तै नेट वोकिन मार्केटिंग गर्ने गराउने भनि प्रत्यक सिट कम से कम हज्जार रुपयै उठाएको देखेको थिएँ/ पछी बुझ्दै जाँदा त्यो कारोबार चलाउने नै पहिलो सदस्य बनाउने भएको र अरु जति जना सदस्य बन्छ तेस्को प्रथम र अत्याधिक प्रतिफल तिनीहरुले नै लिने र अरु सदस्यले अर्को प्रति सदस्य बनाउन नसकेमा त्यो उठाएको रकम जफत हुने रहेछ/

      यो त् सारासर ठगि नै भएकोले मैले पिडित सदस्यको नाममा जिल्ला कार्यालायेमा उजुरी दिएँ/ तपाईं ले जस्तै कुन कानुन अन्तर्गत त्यो ब्यबशाये संचालन गर्न दियिएको हो र आज सम्म कति सदस्यहरु कति रकम उठायियो र कति रकम जफत गरियो र त्यो जफत गरिएको रकमको माकिक को हुने भनि प्रश्न हरु उठाएर उनीहरुको कारोबार रकमको विवरण सार्वजनिक गर्न माग गरे/ उजुरी दर्ता गर्न जिल्ला अधिकृत ले मानेन तर उजुरी लियो/ म सिट तेही दिनको बेलुकानै काठमान्डू बाट कसैले टेलिफोन सम्पर्क गर्यो/पहिला त् मलाई अलि धम्क्यायो/ त्यो व्यक्ति त् नेपालको ठुलै प्रहरीको घरमा बस्ने पो रहेछ/ तर मैले उसलाई टेरेन/ पहिला बाङ्गो कुरा गर्दै पछी ‘ये तपाईंको साथीहरु को रकम परेछ” भनेर जफत गरेको रकम फिर्ता दिने कुरा गर्यो/

      जायज कारोबार भए यस्तो हुने नै थिएँन/ साथीहरुले पैसा फिर्ता तुरन्तै पाए/ तर अरु धेरैको तेतिकै जफत गरे/ सबै भन्दा पहिला त् तेस्तो कारोबार जिल्ला कार्यालायेमा दर्ता नै गरिनु हुन् थियो/ तर जिल्ला कार्यालायेमा दर्ता गरि चलाएको रहे छ/ सायद तेसै कारण मेरो उजुरी दर्ता नगरेको थियो/ नाम सायद गोल्ड कोस्ट यस्तै थियो तेती याद भएँन/ रकम फिर्ता गरिएको व्यक्तिहरु शा ने बा नि को नेपालगंज कार्यालाएको निम्न कर्मचारीहरु थिए/ कसैले चाहे बुझ्न सक्नु हुन्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

    • pramod

      हो, कुरोको चुरै थाहै नभई मान्छेहरु पछि लाग्दै छन्, सम्पुर्ण सदस्यले यस बारेमा जानकारी पाउनु पर्छ र समन्धित निकायको पनि तुरुन्तै ध्यान जानु जरुरी छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 8

    • sudip kumar

      बिना बिज्ञापन बिजनेश गर्छु भन्ने युनिटिले अहिले एक करोड रुपैया बराबर मिडियामा लगानी गरेको छ । चितवनमा मात्र महिनामा ५४ हजार पर्ने गरि ६ वटा रेडियोमा बिज्ञापन गरि रहेको छ ।sाठमाण्डौको भिजन बिनाको नेपाल टेलिभिजन लगायत टेलिभिजनमा देखाएको समाचार अन्तर्वार्ता र कार्यक्रम बजेटकै उत्पादन हो ।उज्यालो नाईन्टी नेटवर्क लगायतका रेडियोमा पनि पर्याप्त बिज्ञापन गरेको छ।
      बिमा बाट लाखौ रकम बिदेशीने गरेको दाबी गर्ने युनिटिले भारतकै ओरेन्टल बिमा कम्पनिबाट आफ्ना सदश्यको दुर्घटना बिमा गर्न शुरु गरेको छ ।आफै बताउछन् ।नेटवर्क मार्केटिड्डको अनुमति पाएको झुटो कुरा जिल्ल्ाा जिल्लाका युनिटियन हरुले बोलि रहेका छन् ड्डबैकल्पिक उर्जाको गफ हाँके पनि चितवनमा गर्ने भनेको संजिवनी खेती कृषकले चासो नदिएपनि हराएको छ ।
      शुरु देखिनै पत्रकारलाई एस्योरेन्समा छुटको नियत
      युनिटि तासको घर हो अब ढल्ने बेलामा पुगेकै हो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 16

    • sushil

      लाचार प्रसाशनको भरपुर फाइदा उठाएको जस्तो लाग्यो……
      अनि सबैलाई एउटा सल्लाहा…..
      Work Hard and Honestly Everyone……There is no shortcut to make money and do not believe anyone who says u can make easy money…..never ever believe it…..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 6

    • Dilip gurung

      सरकार पार्टी सब चोरै चोर| अनि यस्ता चोरहरुको बिगबिगी हुन्न त?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 10

    eXTReMe Tracker