डा.डोलेश्वर भण्डारी
पढ पढ नानी हो पंडित हौला
पढ्न नसके हलो जोतौला।
यस्ता खालका भनाइ म केटाकेटी हुँदा खुबै चल्थे तेह्रथुमको पुरानो गाउँमा जहाँबाट मैले १० कक्षासम्मको पढाइ पूरा गरेको थिएँ। पढ्यो भने सुख पाइन्छ भन्ने थियो मलाई। पढ्ने किन भन्ने कुराको सोझो जवाफ थियो मसँग त्यो बेला। पढ्यो भने हलो जोत्न पर्दैन। पढ्यो भने असारमा पनि हिलामा खुट्टा नहालीकन जुत्ता लगाएर हिड्न पाइन्छ। पढ्यो भने जागीर खान पाइन्छ र गाइभैंसीको गोबर सोर्ने कामबाट मुक्ति मिल्छ। पढ्यो भने काम नगरी, नोकर चाकर राखेर, हाकीम भएर, खुट्टा हल्लाएर खान पाइन्छ। पढ्यो भने मान सम्मान इज्जत सवै मिल्छन्। मैले यी कुराहरु वास्तिविक जिन्दगीमा पनि देखेको थिंए। मैले मेरा स्कुलका साथीहरुसँग लाइनमा बसेर म्याङलुङवाट आएका सिडिओ साब लाइ पुष्प गुच्चा चढाएको थिएँ। मैले सिडिओको नाम त सम्म्कन्न तर वहाँको अनुहारको कान्ति, वहाँले पाएको सम्मान, वहाँका कोमल हात, वहाँसँग आएका प्रहरी र अरु मान्छेको लस्कर, र तिनका घोडा हरुको धमिलो सम्म्कना अम्कै पनि छ।
हामी धान खेतमा आली लगाउँने र वाउसे गर्ने वेलामा सरकारी कर्मचारीहरु विभिन्न खाले नुहाउने सावुनका वास्ना छर्दै मेरा घर छेउको मुलवाटोवाट उकालो ओरालो गर्दा ममा यस्तो ठुलो मान्छे हुन सकिन्छ भन्ने विश्वास पटक्कै थिएन। उनीहरुले वच्चालाई गर्ने व्यावहार पनि मलाइ आलै छ। नहप्काइकन, नम्र भएर ठुला भनाउँदा मान्छेले वोलेको त मैले सुनेकै थिएन। मेरा कान्छा काकाको परिवार सगोलबाट छुट्टिएर मतानमा बस्नुभएको थियो। वहाँको लागी एउटा दुइतलाको खरको छानो भएको घर बनाइसकेको केहि दिनमा एकजना वनको कर्मचारीले थाहा पाएर मेरो अर्कोकाकाको पछि लागे पछि वहाँले घुस दिएको मैले देखेको थिंए। जग्गा नापी भएका वेलामा नापीका हाकिमहरुको सान, उनले खाएको खसी–कुखुरा–घुस, उनका दलबल, घोडा आदि मेरा वाल्यकालका लोभलाग्दा दृष्यहरु हुन्। यस्तै यस्तै कारणले गर्दा मलाइ राम्रो सँग थाहा थियो पढ्ने किन भन्ने कुरा।
मलाई पढेन भने के हुन्छ भन्ने पनि थाहा थियो। पढेन भने हलो जोत्न र गोबर सोर्नु त परिहाल्छ। पढेन भने सवैले हेप्छन्। सानो भइन्छ। मेरा गाउँमा मान्छेहरुले हली गोठालालाई र “तल्लो जाती”लाइ गर्ने व्यावहार पनि मैले राम्रो सँग देखेको थिएँ। हली गोठालाहरुका श्रीमति, छोरा छोरीलाइ अरुले गर्ने व्यवहारलाइ पनि देखेको थिंए। उनीहरुको कुनै मुल्य थिएन। उनीहरुको पिडाको कुनै मुल्य थिएन। पढेन भने उनीहरुकै जस्तो अवस्थामा पनि वाँच्नुपर्ने हुन सक्छ भनेर थाहा थियो। स्कुल नगएर अर्काको घरमा गोठालो बस्ने त होला नी भनेर केटा केटिलाइ वावुआमाले भन्ने चलन थियो। यी कारणहरुले गर्दा पढ्नु जरुरी थियो।
जातीय रुपमा वाहुन सवै भन्दा माथीका, अलि तल क्षेत्री, अनि पानी चल मतवालीहरु र पानी अचल भन्ने चलन थियो। आफ्नो जात भन्दा तलकालाई घृणाको दृष्टिले हेरिन्थ्यो। त्यसै अनुसारले मेरा घरमा विभिन्न जातिलाई उनीहरुको श्रेणी अनुसारको गुन्द्री–पिरा–राडी दिने चलन थियो। खाने कुरामा पनि यस्तै थियो। कसलाइ मिसाएको भात ( मकैको च्याख्ला र धानको चामल), दाल र मोहि दिने अनि कस्लाई धानको भातसीत दुध–घिउ दिने भन्ने कुराहरु मलाइ थाहा थियो। आर्थिक रुपमा पनि गरिब र जातिय हिसाबले पनि गरिब मान्छेहरु दीनहिन ठहराइन्थे। तर जातीय श्रेणीमा तल देखि माथी सम्म नै गर्व गर्ने ठाउँ थियो। मेरो एकजना कामी साथीवाट मैले के थाहा पाएको थिएँ भने दमैलाइ कामीको घर भित्र पस्न दिइदैन रहेछ। त्यसैले दमै भन्दा हामी माथीका हौं भन्ने भावना मेरो कामी साथीमा थियो। यसै गरि मेरो गाउँमा भुजेलहरु आर्थीक रुपमा धेरै नै कमजोर थिए र धेरै जसो गोठाला गोठाली हुन्थे। तर जातिय श्रेणीमा उनी हरुले गर्व गर्ने प्रसस्त ठाउँ थियो किनक उनीहरु दमै कामी सार्की र कहिले कहिले लिम्वु भन्दा माथी ठानिन्थे। क्षेत्रीहरुमा पनि जातिय हिसाबले गर्व गर्ने प्रसस्त आधार थिए किनकी उनीहरु वाहुन वाहेक अरु सवै भन्दा माथी थिए। अनि महाभारत, रामायण, गिता जस्ता किताबमा क्षेत्रीहरुको वर्णन हुने हुनाले उनीहरुको श्रेणी कमजोर थिएन। वाहुन त वाहुन भै हाले। उनीहरुले अरु सवै जातिलाई श्रेणी अनुसारको तल देख्थे।
यसरी एउटाले अर्कोलाई विभिन्न रुपमा तल देख्ने चलन थियो। म अली ठुलो भए पछि तल–माथी/सानो–ठुलो भन्ने कुरा जागिरमा पनि देखें। पियन भन्दा माथी वैदार, वैदार भन्दा माथी मुखीया, मुखीया भन्दा माथी खरदार, अनि खरदार भन्दा माथी शुव्वा, शुव्वा भन्दा माथी अधिकृत, अनि हाकीम। अनि काम पनि त्यहि अनुसारले गर्नु पर्ने। हाकीम भै सके पछि खाली सहि गरे पुग्ने र अरु काम सवै अरु तलकाले गर्ने भएकाले हाकीम हुने भनेको ठुलो सानको विषय रहेछ। जति माथी सम्म पढ्यो उती माथील्लो तहमा पुग्न पाइने र अरुलाई कजाएर खान पाइने। त्यसैले अहिलेका आधुनिक पेण्ट लाउने पुस्तामा पनि पढ्ने किन भन्ने कुराको उत्तर सोम्कै छ – ठुलो र गतिलो मान्छे हुनलाई पढ्ने।
गरिब परिवारका मान्छेले पनि आफ्नो औकात भन्दा धेरै खर्चेर आफ्ना केटाकेटिलाइ वोर्डिङ स्कुलमा, टाढाको राम्रो स्कुलमा राख्ने चलन अहिले बढेको छ। मेरो एक दुइ अभिभावक सँगको कुरा कानीमा वहाँहरुले के भन्नु भयो भने “आफु त अन्धो भइयो भइयो तर यी छोरा छोरीले हाम्रो जस्तो दुःख भोग्नु नपरोस भनेर आफुले अलि दुःखै खपेर पनि वोर्डिङमा पढाएको”। मेरो एउटा भाइले केहि वर्ष अगाडि मोरङको मधुमल्ल्ााको छेउछाउमा वोर्डिङ स्कुल चलाउँथ्यो। कुराकानीको सिलसीलामा उस्ले मान्छे गरिबनै भए पनि अरुका छोरा छोरीले टाइ लगाएर हिंडेपछि आफ्नालाइ पनि टाइ लगाइदिन रहर जाग्ने आषयको कुरा गरेको थियो। मैले अहिले आएर यो कुरामा केहि सत्यता भएको पाएँ। हाम्रो समाजमा पढ्नै भनेकै ठुलो मान्छे हुनलाई हो र ठुलो मान्छे भए पछि शुख पाइन्छ भन्ने विचारले सवैका भित्र राम्रो सँग जरा गाढेको छ।
पढ्ने त पढ्ने तर कुन विषय पढ्ने भन्ने कुरा पनि अहिलेको जल्दोबल्दो मुद्दा हो। पेशाका श्रेणीका हिसाबले डाक्टर, इन्जिनियर, कम्प्युटर साइन्टीस्ट, चार्टर्ड एकाउन्टेन्ट अव्वल दर्जाका मानिएलान किनकी यीनलाइ पैसा र इज्जतका हिसाबले समाजले माथी देख्छ। समाजका टाठावाठा पैसावालहरुले कि त डाक्टर कित इन्जीनयर बनाउने सपना देख्छन्। यो सपना यी पेशाका उपयोगीताले भन्दा पनि ठुलो मान्छे बन्ने मनसायले देखिएका हुन्छन्। होटलका भाँडा माम्क्ने, सडक सफा गर्ने, रिक्सा चलाउने, ठेला चलाउने, खाली वोतल भेलापार्ने खालका पेशाहरु पैसा र इज्जतका हिसाबले सवै भन्दा तलका ठहर्छन्। समाजले अव्वल दर्जामा राखेका पेशामा लाग्ने चाहाना राख्नु स्वभाविक हो तर कामलाइ माथीको र तलको ठान्ने प्रवृत्तिले एउटा पेशाको मान्छेलाइ अर्को पेशाको मान्छेले हेप्नु चाहिँ हाम्रो सरिरको एउटा अंगले अर्को अंगलाई घृणा गरे जस्तै हो।
हाम्रा सवै काम र पेशाहरु सामाजिक आवस्यकताले जन्माएका हुन्। भाँडामाम्क्ने कामलाइ हामीले तल किन देख्ने किनकी भाँडा माम्केर पनि कोहि मान्छेले आफ्नो श्रीमति छोराछोरीलाइ माया दिएर र माया पाएर हाँसी खुशी बसेको हुन सक्छ। अर्को कुरा के हामीलाइ सफाइको महत्व छैन र? जहिले सम्म हामी हाम्रो मुख लिएर जन्मिन्छौं तहिले सम्म हामीलाइ खानु पर्छ र हामीलाइ सफा भाँडाको आवस्यकता हुन्छ। कल्पना गरौं कि हामी सवैले भाँडा माम्क्ने कामलाइ तलको ठान्यौं र एक दिन मात्र पनि हाम्रा घरका, होटलका भाँडा मामि्कएनन् भने यस्को परिणाम के होला? एक हप्ता सम्म हाम्रा भाँडा मामि्कएन् भने म्कन् के होला? के भाँडा माम्क्ने पेशाले हाम्रो स्वास्थलाइ र हाम्रो आम जीवनमा योगदान दिएको छैन त? यदि छ भने किन हामीले सानु मान्ने? ठीक छ यस पेशाका लागी धेरै सीपको आवस्यकता छैन र पैसा पनि कम्ति मिल्ला। तर पैसा कम मिल्दैमा हामीले त्यो पेशा र त्यो पेशामा लाग्ने मान्छेलाइ हेप्नै पर्छ र? आवस्यकताका हिसावले आँखा र हात कुन महत्वपुर्ण भन्ने प्रश्न आफैमा खोटो छ। आआफ्ना ठाउँमा दुवै महत्व पुर्ण छन् , हातले जति नै घमण्ड गरे पनि देख्न सक्दैन र आँखाले जति नै घमण्ड गरे पनि लेख्न, खन्न, चिजवीज वोक्न सक्दैन। यसैगरी डाक्टरी पेशा र भाँडा माम्क्ने पेशा कुन महत्व पुर्ण भन्दा दुवै आआफ्ना ठाउँमा महत्व पुर्ण हुन्छन् किनकी डाक्टर भएनन् भने पनि विरमीको उपचार हुदैन र भाँडामाम्क्ने मान्छे भएनन् भने पनि हामी फोहोरले पुरीन्छौं।
यसरी हेर्दा ठुला भनाउँदा राष्ट्रपति देखि लिएर सानो भनीदो सडक सफागर्ने मान्छेका आआफ्ना भुमीका हुन्छन्। कुनै एउटा पेशाको अभावमा मात्र पनि हाम्रो समाज लङ्गडो हुन्छ र यो राम्ररी चल्न सक्दैन। तर कुनै पेशााको सीप सिक्न अर्को पेशाको भन्दा वढि समय लाग्न सक्छ। जुन पेशालाइ सिक्न लामो समय चाहिन्छ वा खर्चिलो हुन्छ। त्यो पेशा समात्ने मान्छले वढि ज्याला पाउनु स्वभाविक छ। त्यसैले यहाँ सवै पेशा एकै हुन र सवैले एउटै ज्याला पाउनु पर्छ भन्ने खालको अर्थ लगायो भने फेरी अनर्थ हुन्छ। विभिन्न पेशाले दिने आम्दानी फरक भए पनि हरेक पेशा सामाजिक आवस्यकता भित्रको हो भन्ने कुरा वुम्के पछि हामीले कुनै पनि पेशालाइ घिन मान्न छोडौंला। त्यसैले भाँडा माम्क्ने मान्छेको हिनतावोध र डाक्टरको वडप्पन खाली भ्रमका उपज हुन् र यीनै हाम्रा समाजका घातक सरुवा रोग पनि हुन्।
यदि सवै पेशामा लाग्नेमान्छेहरु उत्तीकै महत्वपुर्ण र ठुला हुन भने किन हामीले यत्रो दुःख गरेर पढि राख्नु पर्यो त भन्ने प्रश्न उठ्छ। पढेर ठुलो मान्छे हुँइदैन भने किन पढ्ने त भन्ने प्रश्न पनि आउला? पढ्ने किन भन्ने कुरा जटिल भए पनि म यो प्रश्नलाइ वुदागत रुपमा अलिकति दकल्च्याउन चाहान्छु।
१. पढ्ने भनेको हाम्रो प्रकृति, हाम्रो समाज, व्यक्तिका नियमहरु थाहा पाउने हो। कुनै पनि चीजको नियम थाहा पाएर के फाइदा हुन्छ त? यदि नियम थाहा पायो भने त्यो चिजलाइ नियस्त्रण गरे मानविय पक्षमा उपयो गर्न सकिन्छ। उदाहरणको लागी आगो लाई लिन सकिन्छ। हामीले आगोको नियम थाहा पाएर सलाई, लाइटर वनाएर आगोलाइ गोजीमा वोकेर हिड्ने भएका छौं। विजुलीको नियमा थाहा पाएर हामीले यस्को विभिन्न प्रयोग गर्न सक्ने भएका छौ। यसै गरि हामीलाइ लाग्ने रोगहरुको नियमका वारेमा हामी जाति धेरै जान्ने हुन्छौं त्यति नै धेरै हामी रोग नियन्त्रण र रोकथाम गर्न सकिन्छ। हरेक विधाहरुको आआफ्नै खाले नियमहरु हुन्छन्। कृषि, भौतिक शास्त्र, रषायन शास्त्र, अर्थ शास्त्र, राजनैतिक शास्त्र जस्ता विषयका नियमहरु जानेर ने हामीले अहिलेको आधुनीक जीवनलाइ सरल वनाउन सकेका छौं। जुनसुकै समस्यालाइ समस्या नमानेर हामीले अध्ययनको विषय वनायौं भने त्यो समस्याको निकासमा पुग्न सकिन्छ। म अर्थशास्त्रको विद्यार्थी भएको हुनाले केहि अर्थशास्त्र भित्रका प्रश्नहरुलाइ राख्न चाहान्छु। जस्तै, मुल्य वृद्धि किन र कसरी हुन्छ? किन कोहि मान्छेलाइ काममा जाँगर छ र कसैलाइ छैन? कसरी मान्छे धनी वा गरिव वन्छन्? किन मान्छे वसाइ हिड्छन्? किन मान्छे अपराध गर्छन्? किन कोहि चीज विज र सेवा सरकारले दिनु पर्छ र कोहि निजि स्तरवाट? किन कोहि कामलाइ दैनिक ज्यालामा भन्दा ठेक्कामा दिन मान्छेहरुले रुचाउँछन्? किन दहेजको चलन नहराएको? यस्ता प्रश्नहरु धेरै हुन्छन्। अर्थशास्त्रका नियमहरु थाहा पाएर हामी यी प्रश्नका उत्तर खोज्न सक्छौं।
२. पढ्ने भनेको कार्यकारण सिध्दान्त पत्ता लगाउने हो। यो पहिलो संग मिल्दो जुल्दो छ। हामीले अध्ययन अनुसन्धानवाट एउटा कुराको ९खबचष्बदभि० प्रभाव अर्को कुरामा कसरी पर्छ भनेर थाहा पाउन सकिन्छ। यस्मा के ले के हुन्छ भनेर जान्ने हो। गरिवीका कारण के हुन? क्यान्सर रोगका कारणहरु के हुन्? भ्रष्टाचारका कारणहरु के हुन्? वाढीका कारणहरु के हुन्? कसैले प्रगति गर्ने वा अधोगति तिर लाग्ने कारण के हुन्? मान्छे वसाईं सर्ने वा विदेशिने कारणहरु के हुन्? यस्मा हामीले कुनै पनि चिजको कारण पत्ता लगाउन प्रयत्न गर्छौं र त्यो कारण अनुसारको समस्याको समाधान खोज्छौं। समान्यतया वास्तवीक संसार हामीले सोचे भन्दा धेरै नै जटिल छ र ति कारणहरु खोज्न पनि त्यतिकै गाह्रो पनि छ। पखालाको कारण खोज्नेहो भने किटाणु, पानी, सरसफाइ, गरिवी, चेतना सवै जोडिन्छन् र ठाउँ र अवस्था अनुसार मुख्य र सहायक कारणहरु पनि छुट्याउनु पर्ने हुन्छ।
३. पढ्ने भनेको कला सिक्ने र कलालाई रुचाउन सिक्ने पनि हो। धेरै जसो कलामा प्रकृतिको र समाजको नक्कल गर्ने काम हुन्छ। संगीत, साहित्य, कला, खेलकुद जस्ता कुराहरुलाइ हामी जन्मिदै रुचाउने भएर आएका भएता पनि उपयुक्त वातावरण नपाउँदा हामीले ती चीजहरुलाई मन पराउन छाड्छौं र फेरी पराउनलाइ करेलो खान सिके जस्तै गरि हामीले सिक्नु जरुरी हुन्छ। यी चीजहरुले हामीलाइ ठुलो सन्तुष्टि दिन्छ र मान्छे उमेरले वुढो भए पनि दिमागमा भने सँधै सिर्जनात्मक भै रहन्छ। जस्ले चित्रवनाउनु, मूर्ति वनाउन, गीत गाउन, वाजा वजाउन, वा कथा उपन्यास लेख्न जानेको छ त्यस्ता मान्छेहरुको जीवन अलि रसिलो हुन्छ। आइन्स्टाइनले भनेका थिए “मान्छे खुशी हुन के चाहिन्छ र, एउटा टेवल, एउटा कुर्सी, अलिकति फलफुल र एउटा भोइलिन भए पुग्छ।
४. पढ्ने भनेको जीवनको लक्ष खोज्ने पनि हो। हामी धेरै जसो अवस्थामा सवै कुरा भएर पनि केहि कुराको कमि भएको महसुस गर्छौं। म यो पृथ्वीमा किन आएँ? मैले यहाँ के गर्नु पर्छ? मलाई के ले सन्तुष्टि दिन्छ? मैले के खोज्दै छु अनि किन खोज्दै छु? यी प्रश्नहरुको जवाफ खोज्न प्रयास गर्नु आफैंमा एउटा पढाई हो।
जव हामी यस्ता पढाइ तिर हाम्रो ध्यान लगाउँछौं, हामी कोहि ठुलो हुन पनि पर्दैन र कोहि सानु हुन पनि पर्दैन। हामीलाइ जस्ता कामले पनि सन्तुष्टि मिल्छ। हामीलाई तुलना गरेर अरु सँगसँगै हिड्ने आवस्यकता रहदैन। खेति किसान गर्नु, पाइलोट भएर हवाइजहाज चलाउनु, हाकीम हुनु, पियन हुनु सवैमा मजा छ। म सानो छँदा गाई भैंसी चराउँदाको, खेतीपाति गर्दाको, धानको दाईं गर्दाको मजा सम्मँ्कदा मलाई त्यो जिन्दगी अहिलेको मेरो जिन्दगी भन्दा कुनै कम थिएन भन्ने लाग्छ। हामीले प्रशंसाको भोकमा ज्यानकै वाजी लगाएर हिमाल चढ्ने साहाशिला मुर्ख मान्छेलाइ त दोसल्ला ओडाएका छौं, भाटाले हानेर लावरको गोल अलिपर पुर्याउने मान्छेलाइ (कृकेट खेलाडि) पनि मनग्गे सम्मान दिएका छौं, आफ्ना व्यावसाय चलाउन नसकेका वा जागिरमा अयोग्य भएर नेता हुन पुगेका मान्छेलाई त रिवन काट्न निम्त्याएका छौ, भने हाम्रा सामाजिक आवस्यकता भित्रका काममा लाग्ने मान्छेहरुलाइ त्यो सम्मान दिन हामीलाइ के को आपत्ति। हामीले ठुलो मान्छे हुने ध्येय नराखी पढ्नेहो भने हामी सवै नै ठुलो मान्छे हुनेछौं। त्यसैले पढ्ने किन र पढाउने किन भन्ने प्रश्नको जवाफ हामी सवैले फेरि एक पटक खोज्नु पर्ने भएको छ ।
No related posts.









लेख सार्है राम्रो लग्यो, thanks
मन परे हरियो, नपरे रातो
3
5
मार्साब, ” बाहुन” ठूलो भनेर तपाइलाई कसले भन्यो ? बाहुन ठुलो बा- हुन् बा-नहून तपाईनै जान्नुस तर सबैलाई थाहा भएकै कुरा मानिस सबै ठूला हुन् , सृस्तिका सुन्दर प्राणी हुन् I असल, गुणी, परोपकारी, मिहेनती र कर्मठ मानिस सबै ठूला हुन् I उनीहरुको दिल ठूलो अनि काम ठूलो I रगत सबैको रातै हुन्छ I दुइवटा टाउका कसैका छैनन् अनि छैनन् चार हातपनि I अब त्यो भ्रम पालि राखनु पर्दैन I बरु उठ्नुस आफु पनि र उठाउनुस अरु सबैलाई पनि I मन तटोलेर सकारात्मक सोचको विकास गरौ I
मन परे हरियो, नपरे रातो
8
4
राम्रो लेख!
मान्छेले खोजेको आनन्द हो /
आनन्दित हुनको लागि सफलता प्राप्त गर्नु पर्छ /
सफल कर्म ज्ञानको समुचित प्रयोगबाट मात्रै सम्भव छ /
ज्ञान (शिप) आर्जनको लागि एकचित्त (भक्ति) हुनु पर्छ /
भक्तिभाव प्रवल इच्छा सक्तिबाट मात्रै जाग्दछ /
इच्छा शक्ति जागरणको लागि कारण र प्रयोजन बारे थाहा हुनु जरुरि छ /
थाहा पाउन अध्ययन आबश्यक छ /
त्यसैले राज्यले सबैको लागि लेख्न पढ्न पाउने अबसरको ग्यारेन्टी दिनु पर्छ /
समाजका हरेक काम कसैनकसैले सम्पादन गर्नेपर्छ र त्यो बिषयगत शिपयुक्त्त व्यक्तिले गर्नुपर्छ भन्ने हो / त्यसैले कोहि पनि कामको हिसाबले सानो छैन / यी कुरा बुझ्न सके साँचै नै सकारात्मक परिवर्तन हुने थियो /
मन परे हरियो, नपरे रातो
7
2
धान्ने बाद भण्डारी sir
हजुरका हरेक लेखमा समाज परिवर्तन नि मुख्य लक्ष्य पायं|
हजुर को २– ३ मैना पहिले को लेख ” नेतालाई गाली गर्नु भन्दा ” राजनीति बिषय बस्तुलाई
बिशुद सामाजिक , र मार्मिक लेख मैले पढेको थिया र अज्जई सम्जिंछु |
हजुरको लेख खबरी कागजमा पनि चपिएय् धररै उपगोगी हुनेथियो |
फेरी पनि धन्नेबाद सर
मन परे हरियो, नपरे रातो
6
2
सार्है राम्रो लेख! म पनि गाउमा जन्मेर हुर्केर आएको हु. मेरो मनमा पनि पढेर ठुलो मान्छे हुनु पर्छ भन्ने थियो. पढ्दै आउदा खेरि पढेको मान्छे मात्र हैन, नपढेको तर सिप भएको मान्छेले पनि त्यति नै मान-सम्मान पाउदो रहेछ भन्ने महसुस गरेको छु. यो लेखले धेरै कुराको महसुस गरायो. धन्यबाद डा. डोलेश्वर भण्डारीजी.
मन परे हरियो, नपरे रातो
6
2
सारै राम्रो लाग्यो भण्डारी सर, तपाइको लेख |
मन परे हरियो, नपरे रातो
6
3
साचो आर्थामा परिवर्तन हुनु पर्ने बिषय|
ड़ोलेस्वोर जी आझ सार्वजनिक गर्ने कोसिस गर्नु हुन बिनम्र आनुरोध गर्दछु |समाज परिवर्तन को सृन्खालामा खरो र सटिक बिस्लेसन छन्| कमि कमजोरी प्रति सजग हुन पनि बिसेस अनुरोध सहित कलम को
धार र नबिन बिचार पस्किरहनु होला धन्यबाद |
मन परे हरियो, नपरे रातो
3
1
वास्तमा हाम्रो नेपाली समाजको शिक्षा परापुर्ब काल देखि अझै पनि यस्तै चलन र व्यवहार छ… // धनी, पहुच र सम्पन्न परिवारमा त खासै यस्ता कुराहरुले असर परेको देखिन्न तर गरिब जनता अनि समाजमा दबिएर बस्नु परेका हरुलाई यसको ठुलो चोट पुरयाई रहेको छ…//
गरिब, दुखिका छोरा छोरीहरुका जत्ति नै राम्रो पढ्ने लेख्ने इच्छा शक्ति भएता पनि समाजका विभिन्न बाधा अबरोधहरुका कारणले हाम्रो जस्तो समाजमा आधुनिक शिक्षा फस्टाएको छैन साथै कहिँ कतै राम्रो शिक्षा हासिल गरी हालेता पनि स्वदेश मा गर्न सकिने त्यस्तो ठोस वाताबरण,स्कोप केहि छैन र आज सम्म पनि धेरै जसो युवा युबतीहरु विदेश पलायन भएका छन् // जति नेपालमा नै बसेर केहि गरिरहेका छन् त अधिकांश पहुच भएका धनी सम्पन्न परिवारको व्यक्तिहरुले गरेका पाइन्छ //
मन परे हरियो, नपरे रातो
7
2
लेखको लागि धन्यवाद।
लेखकले उपर्युक्त लेखमार्फत एक निस्सीम प्रश्न “पढ्ने किन” को जवाफमा आफ्नो जीवनका प्रारम्भिक चरणहरूमा देखेभोगेका घट्नाहरूद्वारा पढेपछि ठूलो मान्छे भइन्छ भन्ने आममानिसमा विद्यमान सोचलाई पुष्टि गरेका छन्। पछि गएर पढाइ र भोगाइका कारण विस्तृत बन्न पुगेको विचार एवं धारणा अनुसार लेखकले पढाइ र ठूलो मान्छे बीचको साँघुरो सम्बन्धलाई फराकिलो बनाउन अन्य कारणहरू पेश गरेका छन् – पढाइबाट जीवनलाई सुन्दर र सन्तुष्ट बनाउन सकिन्छ; प्रकृति र समाज बुझ्न सकिन्छ; भएका, आइपरेका र आइपर्ने विभिन्न जटिल समस्याहरूको विश्लेषण र यथाशक्य समाधान गर्न सकिन्छ।
लेखकको मनमा उब्जेको “पढ्ने किन” को उत्तर उमेर र बुझाइसँगै क्रमशः बद्लिंदै अरू विस्तृत हुँदै गएको कालक्रमानुसारका अनुच्छेदहरूद्वारा संकेत गरिएको छ जुन स्वाभाविक छ। लेखक आफू बालक छँदा आफ्ना मान्यजनहरूले पढेपछि ठूलो मान्छे भइन्छ भन्ने गरेको कथन सिडिओको शानदार सवारीको घट्नाले पुष्टि गरेको छ। सरकारी कर्मचारीहरूको मीठो बोली र उनीहरूको शरीरबाट निस्कने साबुनको सुगन्धले पढेर ठूलो मान्छे कस्तो हुँदोरहेछ भन्ने कुनै पनि बालमस्तिष्कको कौतूहललाई जवाफ दिएको छ भने तिनै कर्मचारीमध्ये केही कर्मचारीले आफ्नो ठूलोपनको “राम्रो” फाइदा घूस खाएर उठाएको देख्ता मीठो बोलेर कलम घुमाउँदै कसरी अनपढलाई कजाउन सकिन्छ भन्ने उदाहरण पनि बालमस्तिष्कलाई लोभ्याउन सक्ने अर्को पाटो लेखकले प्रकाशमा ल्याएका छन्। घूसको मामलामा म यति मात्र भन्न सक्छु प्राय बालकले घूसलाई सामान्य रूपले बुझ्छ र छिःछिः दूरदूर गर्दैन किनभने उसको दैनिकीमा घूस भोग्न पर्दैन भने घूसको नजिक कर्म “फकाउनु” मनग्गै भोगेको हुन्छ जुन हामी नराम्रो मान्दैनौं । त्यस्तै किसानी परिवेशको दिनचर्या हलो जोताइ, गोबर सोहोराइ, गोठालो कर्म जस्ता शारीरिक श्रम बढी, शानभन्दा पनि हेपाइ बढी हुने कर्महरूबाट छुट्कारा पाउन पढ्नु पर्छ भन्ने निचोड बालक डोलेश्वरले निकालेको बुझ्न सकिन्छ। पछि गएर गाउँमा देखेभोगेको तहगत सामाजिक संरचना जस्तै रोजगारी संसारमा पनि तहगत रहेको र माथिल्लो पदमा पढेका व्यक्तिहरू देखिनुले पढाइ र गतिलो जागिरको सम्बन्ध गाढा रहेको ठहर उबेलाको लेखकको मनले गरेको हामी भेउ पाउँछौं।
आजकल विकास र सञ्चारको प्रभावले फैलाएको बोर्डिङ स्कूलको महिमा संक्षेपमा उल्लेख गरी हाम्रो समाजमा पढ्नु पर्छ भन्ने भावना बढेको दृष्टान्त दिएका छन् लेखकले । लेखको अन्त्यतिर पढाइले के के गर्न सकिन्छ भन्ने उदाहरणहरू पेश गर्दै पढाइबाट विभिन्न पेशा अपनाउन सकिन्छ, प्रत्येक पेशाको आफ्नै महत्व हुन्छ भनेर लामो व्याख्या दिइएको छ। पढाइलाई ठूलो मान्छे हुने साधनको रूपमा मात्र सीमित नराखेर जीवनको सर्वाङ्ग पक्षलाई उजिल्याउनेतर्फ सबै उन्मुख हुनुपर्ने विचार लेखकले व्यक्त गरेका छन्।
लेखको मूल मर्मलाई एक क्षण छोडी नेपालका गाउँघरहरूमा उबेलाको सामाजिक बनोट र तहगत संरचनाले विभिन्न तहमा रहेका मानिसहरू बीच भएका विभेदी व्यवहारहरूको वर्णन चौथो अनुच्छेदमा लेखकले राम्ररी गरेका छन्। समाजमा ती विभेदी व्यवहारहरू शिक्षा, विकास र आमसञ्चारका कारण शनैः कम हुँदै गएको छ तर निर्मूल भइनसकेको तीतो वास्तविकता हामी सामु छ। यो अनुच्छेदमा लेखको लक्ष्य र समाजमा भएको तहगत संरचना बीच प्रष्ट सम्बन्ध मैले देखिनँ। यस हिसाबले यो अनुच्छेद आवश्यकभन्दा बढी हुन गएको मलाई लागेको छ।
लेखकले लेखको आशय पढ्नु पर्छ भन्ने सकारात्मक सोचलाई अंगिकार गरेको देखिन्छ। ठूलो मान्छेको विभिन्न रूप उल्लेख गरे तापनि ठूलो मान्छे के हो त्यसको विस्तारमा व्याख्या गरिएको छैन। शायद हामी बीच ठूलोको अर्थ एउटै भए तापनि ठूलो मान्छेलाई फरकफरक तरिकाले व्याख्या गर्छैं, बुझ्छौं भन्ने तथ्यको हेक्का लेखकले राखेर पो हो कि? ठूलो मान्छे कुनै त्यस्तो वस्तु हो जो सबैका लागि अति नै आकर्षक छ, सबै त्यो बन्न चाहन्छन् भन्ने आधारलाई लेखको मेरुदण्ड बनाइएको जस्तो मलाई लागेको छ। पढेर अन्ततः कुनै पेशा; पढाइ अनुसार नहुन पनि सक्छ; अँगाली जागिरे पाटोको मनग्गै चर्चा गरिएको छ तर बन्दबेपारको पाटो छोइएको छैन। त्यस्तै पेशागत सफलता वा असफलताले ठूलो मान्छे हुनुमा पार्न सक्ने असर बारे कुनै संकेत गरिएको छैन। हिमाल आरोहणको सवालमा “हिमाल चढ्ने साहसिला मुर्ख मान्छे” भनेर जानअन्जान लेखक हिमाल आरोहीप्रति दुराग्रही देखापरेका छन् ।
एक ब्राम्हणको बच्चाले कसरी पढाइलाई मनभित्र लिन्छ र आफूलाई अगाडि बढाउँछ भन्ने पक्षमाथि यो लेखले प्रकाश पार्न सफल भएको छ भने गैर ब्राम्हण विशेष गरिकन उत्पीडित जातिको सवालमा लेखकले देखेका घटनाहरू, सँगालेका अनुभवहरू सामेल गरी पेशाको उपयोगिता र पेशाप्रति समाजमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण सोच बारे लामो व्याख्या छोट्याएको भए सो लेख अरू छरितो एवं गहकिलो हुने थियो। लेखको आद्योपान्त नेपाली परिवेश र नेपाली समाज वरिपरि रहेर “पढ्ने किन” को उत्तर खोजिएको छ। नेपाली इतर समाजमा केले पढ्न उत्प्रेरणा जगाउँछ यो लेख मौन छ।
दुई शब्दको प्रश्न तर जति नै लामो उत्तर दिएर पनि पूर्ण न्याय दिन कठिन हुँदाहुँदै लेखकले आफ्नो जीवनको भोगाइसँग उत्तरको तादात्म्यता देखाउँदै सरल भाषा, सजिलै बुझिने उदाहरण र तर्कद्वारा भरमग्दुर जमर्को गरेका छन्। प्राविधिक जटिलताको कारणले होला; मेरो भोगाइ र अनुमान; “झ” हुनुपर्नेमा “म्क” टंकन गरिएको छ, एक ठाउँ गैर नेपाली शब्द (variable) देवनागरी फन्टमा देखापरेको छ। हिज्जेको कुरा त ह्रस्वदीर्घको सम्झनै गाह्रो नियमहरू अनि त्यसमाथि अपवादहरूको चाङले तपाईं हामी पीडित नै छौं भने युनिकोड नेपालीमा स्पेल-चेकरको अभाव (कसैलाई जानकारी भएमा जानकारी पाऊँ) पनि हो।
धन्यवाद।
मन परे हरियो, नपरे रातो
14
1
माथि कमेन्ट गर्ने मित्रहरु स्तरीय भएन उ भएन यो भएन भन्नु भन्दापनि हामी नेपालीहरुको खराब सोचलाई भनिएको हो ,तेसैले लेख एकदमै सहि छ ! असल सोचको विकास गरौ ज्यादा जान्ने नहौ ! सोचभने तुच्छ राख्ने ,अनि अरुलाई सिकाउने ?
मन परे हरियो, नपरे रातो
10
1
लेखक डाकसापले किन पढने भन्ने उठाएको ४ प्रश्नहरु आजको मान्छेको सभ्येतामा परिभाषित हुन आएको परिधिमा देखिने symtoms हरु मात्र हुन जुन symptoms हरुलाइ निर्देशित गर्ने मूल nucleus दार्शनिक दृष्ट्रीकोणमा वा existensial दृष्टिकोणमाँ खोज्नु पर्ने हुन्छ अथवा भनम big picture मा खोज्नु पर्ने हुन्छ !
त्यों ४ प्रश्नको मान्छेलाइ “बोध” हुने मूल catalyst के हुन सक्छ जान्नकोलागी मान्छेको इतिहास र सभ्यताको प्रारंभ तीर फर्किन जरुरी जसको निम्ति हामीलाई मानव शास्त्रीहरुले (Anthropologist) केही सहयोग गर्न सक्छ ! मान्छेले किन पढने भन्ने कुरा “ज्ञानको इतिहास” के हो भन्ने संग one_to_one map हुन आउछ !
मान्छेले “मृत्युको भयको” कारण ज्ञानको उत्पति वा explore गर्न थालेको इतिहासले भन्छ ! अफ्रिकामा आज भन्दा २ मिलियेंन बर्ष अघि जंगली beast हरुको आक्रमणबाट बच्न मान्छेले औजार/हतियार निर्माणको ज्ञान explore गरेका थिए ! अफ्रिकामा नै आज भन्दा करीब १.९ मिलियेंन बर्ष अघि आगोको उत्पतिको ज्ञान चिसो killer स्यांथबाट बच्न र अन्य जीबन प्रदत प्रबिधि/बिधि/बस्तुको निर्माणको निम्ति भएको पाइन्छ ! जीसस क्राइस्ट भन्दा पांच सय हजार बर्ष अघि जापानमा मान्छेले प्रतिकूल weather बाट जीबनलाइ बचाउन घरको निर्माण गरेको पाइन्छ !
करीब आज भन्दा ८ हजार बर्ष अघि सुमेरियन पुरोहितहरु अग्लो मीनारमा बसेर २४ घंटा आकाशको अध्येंन गर्थे र गृह र नक्षेत्रको ज्ञान अथवा प्रारम्भिक ज्योतिषशास्त्रको ज्ञान सुरु भएको थियो – कारण त्यही थियो ठुलो-ठुलो प्राकृतिक उपद्रब्य र प्रलयबाट जीबनलाइ कसरी बचाउने ! सुमेरियनहरुको मान्यता थियो भूकंप, बाढ़ी-पहिरो र अन्य प्राकृतिक उपद्रब्यको कारण गृह-नक्षत्रको orientation ले गर्दा हुन्छ !
सभ्येताका प्रारंभमा मान्छेको ज्ञान खोजी(किन पढने) मृत्युको भयसंग सोझै सम्बन्ध राख्यो भने सभ्येताको बिकास क्रमसगै ज्ञानको खोजको (किन पढनेको) कारणको आयाम(demension)मात्र फेरिएको छ – मूल कारण मृत्युसंगको insecurity नै हो ! Frederick Nitze ले एक पुस्तक लेखेका छन: “Affirmation on Tragedy” ! उनको बुझाई के छ भने- सृजनाको (creation) जुन ज्ञानमा (किन पढनेमा) आधारित छ, एक मात्र कारण मृत्यको भय हो ! जस्तो:- मान्छेले सबै भन्दा पहिला “बाटो/सड़क” दुलाही भित्राउन बनाएको युद्धको बेलामा सेना परिचालन गर्न र(मृत्युको भये) शत्रुलाइ हमला गर्न बनाएको थियो ! मान्छेले अग्ला-अग्ला घरहरु बनाउने ज्ञान, प्रारंभमा शत्रुलाइ (मृत्युको भये) टाढा बाटै पत्ता लगाऊंन बनाएको थियो ! अरु त अरु, इन्टरनेटको आबिस्कार शीत युद्ध (मृत्युको भये) को चरम अवस्थामा US department of Defence ले अमेरिकाको केही research university हरुलाई electronic network मा जोडनको लागी भएको थियो ! Computer को आबिस्कार दोस्रो बिस्व युद्धमा (मृत्युको भये) हिटलरले आफ्नो जेनेरलहरुलाई पठाएको coded message लाइ अमेरिकन सेनाका गुप्तचरहरुले de-code गर्ने शिलशिलामा भएको थियो !
अत: ज्ञानको खोज वा किन पढने भन्ने कुराको nucleus खोताल्ने हो भने, इतिहासलाइ हेर्ने हो भने मान्छेको “मृत्युको भये” नै हो !
अर्को महत्वपूर्ण कुरो हामी ordinary मान्छेहरुले “किन पढने” भन्ने कुराले खासै माने राख्दैन (हामी रोजी-रोटीको लागीमात्र पढ्छौ) तर अल्बर्ट आइन्स्टाइन, फेडरिक निस्ते, एलान टर्निंग, स्टेफेन हाकिंग, नोम चोमोसकी, आदम स्मिथ, जोसेफ सुम्पिटर आदि मान्छेले “किन पढने” कुराले धेरै अर्थ राख्छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
4
typo:
जस्तो:- मान्छेले सबै भन्दा पहिला “बाटो/सड़क” दुलाही भित्राउन बनाएको “नभई” युद्धको बेलामा सेना परिचालन गर्न र(मृत्युको भये) शत्रुलाइ हमला गर्न बनाएको थियो !
मन परे हरियो, नपरे रातो
11
0
very analytical comment by sshakya…..anthropolgy and philosophy in action…..yeah the world is becoming multidiciplinary…
मन परे हरियो, नपरे रातो
7
0
लेख वास्तविक धरातलमा आधारित छ उहा अर्थशस्त्रको डा. भहेकोले नेपाली भाषाका ज्ञाताहरुको लागि भाषिक कमजोरी लाग्नु स्वभाबिक हो र जसले कहिले पनि लेखेको छैन उसले नकारात्मक टिप्पणी गर्नु पनि स्वाभाविक हो
मन परे हरियो, नपरे रातो
14
1
लेख राम्रो लग्यो, धन्यबाद.
कडा मेहनत गर्ने इमान्दार ले डिग्री र अलि अलि सम्मान पाउछ. अलि अलि काम गर्ने र चोरि गर्ने चाही नेता हुन्छा, थुप्रो पैसा कमाउछ , थुप्रो सम्मान पाउछ, तेसैले ठग थाग गर्ने, चोरी गर्ने चै ठुलो मान्छे हुन्छ. नेपाल को नेता हरु लाई हेरौं /
मन परे हरियो, नपरे रातो
8
2
डाक्टर भागुतो यो जमाना मा प्राय सबै ले पढे लेखे
का छन् भागुता को संसार मा त्यो कुवा नै सब ठोक हो यक पटक समुन्द्र को व्हले हुने की
मन परे हरियो, नपरे रातो
3
13
बडो उपयोगी बिषय, “पढ्ने किन?” भन्ने बारेमा समय खर्चेर डाडसाबले
आफ्ने बिचार मन्थन पस्किनु भएकोमा धेरै धन्यबाद! स्कूले विद्यार्थीहरु, उच्च शिक्षा लिदै गरेका र लिएर काम गर्दै गरेकाहरु, र औपचारिक शिक्षा नलिइकनै जीबन यापन गरि रहेका हरु सबैलाई यो लेखले अलिक बृहद रुपमा सोच्न सहयोग गर्नेछ भन्ने लाग्यो मलाई!
चौथो ( अन्तिम) बुँदा मात्रैमा घोत्लिन सक्यो भने पनि त्यसले अरु बुदाहरुलाई आफै तानेर ल्याउन सक्ने लाग्यो मलाई!
Bottom line–
~ पढ्ने भनेको स्कूलको प्रमाण पत्र लिने मात्र होइन! आइन्स्टाइनले पनि धेरै कुरा घरमै बसेर पढेका, गरेका थिए!
~ विद्या ददाति विनयं – अर्थात् फलेको हाँगो निहुरंछ! यदि कसैले कागजी प्रमाणपत्रलाई नै उपलब्धि सम्झदै धाक लागाउछ भने बुझ्नु पर्दछ कि त्यो कागज भित्र धेरै रस, फल छैन!
अर्थात, अधभर गगरी छलकत जाए!
~ पढ्ने भनेको भविष्यमा काम नगर्न र खुट्टा हल्लाएर बस्नको लागि होइन!
~ सच्चा चिन्तक र ठूलो मान्छे त्यो हो जसले जित-हार मा होइन जित-जित मा
बिश्वास राख्छ! नेपालको संबिधान किन बनिरहेको छैन – जित-जित को सोचाइ बिकाश न भएर!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
2
काम ठुलो सानो हुदैन भन्न खोज्नु तपाइको लेखको तात्पर्य होला डाक्टर साब ! तर कता कता तपाई आफै गिर्नु भाको जस्तो लाग्यो के मुर्ख भएरै सबैले हिमाल चढेकै हुन् त? उनीहरुको बाध्यता होइन होला र? के सबै तिर असफल भएको मान्छेले मात्रै राजनीति गर्ने हुन् त?? कामको आ आफ्नो महत्व हुन्छ भनेर आफै भन्नु हुन्छ तर यी काम हरुलाई चाही किन हेला ?? मलाई त हासो पनि लाग्यो ज्यानको बाजी लगाएर हिमाल चढ्नु प्रसंशाको भोकले नै हो भने किन ज्यालाको लागि खैरे कुट्थ्यो र?? kriket खेल्ने हिमाल चड्ने राजनीति गर्ने हरु प्रति तपाइको हल्ल्का हेला देखिएको छ डाक्टर जस्तो मान्छेको लेखमा यस्ता हल्का गल्तिहारु नहुनु पर्ने! तपाई पक्कै डाक्टर नै हो त????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
52
अनि त्यो जमाना मा त हाम्रा पुर्खालाई त पदना दिएपो पद्नु हुन्थियो त मतावालिको छोरा छोरीले पद्नु हुन्न छेत्री बाहुनको छोरा छोरीले हो पदने त भनेर ज्ञानको ज्योत्ति फैलाउने को होला त्यो जमाना मा अनि मत्वलिको छोरा छोरीले पदला भनेर अलि भाइको खेत बारी अनि अन्न बलि पनि हडप्ने १ वर्ष खेति गर्यो २ महिना खान नपुग्ने अन्न बलि ४ भाग लगाएर १ भाग कमुने ले ३ भाग छेत्री बाहुनले अनि मतवाली को छोरा छोरा कमैया बसाइ पर्ने अनि नेपालको बिकाश कसरि उच्चा हुन्थियो र धन्य छ अहिले येत्ति सम्म ई पुगेको मा सतिले सरापेको मेरो देश नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
18
किन भने नि मन जी अहिले के भै राछ भने हाम्रो मतावाली हरु अब पहिला त पदना दिएन पदेन भनेर अबसर पाइन तर अहिले चै पढेर पनि अबसर दिदैन किनकि ठाउमा जसको मान्छे उनी नै पौने भए राम्रा जागिर अब तेसैले मतेअली त तेत्ति साह्रै कोइ पनि छैन ठाउमा अनि मतवालिको मनमा के छ भने पढेर राम्रो कमै पौदैना आफ्नो qualification को महत्वानै हुदैन भनेर अब हाम्रा बाऊ बाजेले नि छोरा नत्तिलाई जन्मने बित्तिकै अलि अलि पढेर लाहुरेनी हुनु पर्छ भन्ने भावना लिन्छ अनि पढ़ैमा तेत्ति फ़ोर्स गर्दैन तेसैले अलि अलि पढे देखिनै लाहुरे हुन लै भनि हिन्छ अनि विभिन्न किसिमको ठाउमा हिन्छ तेसैले लत बिग्रन्छ( तर छेत्री बाहुन को छोरा छोरि पदाई नसक्दा सम्म कहिँ कतै हिन्दैना अनि औता कुरा क हुन्छ भने छेत्री बाहुन सथिओहरु ले आफु संग पढेको साथी हरु अब खेल्न जौ भन्छ मतवालिको छोरा छोरि सोझा है उ सिदै खेल्ने ठाउमा हुन्छ तर बाहुन को छोरा अघिनै घर फर्केर ऐर पडिरहेको हुन्छ हहह्हा तेस्तै हो हामी धेरै सोझा भिरा पनि हो
मन परे हरियो, नपरे रातो
7
1
डाक साब प्रति आभार प्रकट गर्न चाहन्छु / लेख अलि लामो लग्यो तर जीवनलाइ उर्जा भर्ने काम गरेको छ यो लेखले, सबैमा यो चेतना आवोस / श्रमको कदर होस् नेपालमा र देशबाशीहरु एकले अर्कालाई माया, सम्मान गरुन तब मात्र देश प्रगति को पथमा लम्कने छ/
मन परे हरियो, नपरे रातो
12
0
लेखक जी को भनाइ बिल्कुलै सहि छ ठाउमा तर मान्छे ठुलो र सानो हैन कि राम्रो मान्छे र नराम्रो मान्छे चै पक्कै पनि हुन्छ राम्रो कम गर्नेलाई राम्रो नराम्रो कम गर्नेलाई नराम्रो भन्नु मिल्छ किन भने सबै जना काटे रगत रत्ति औछ तेसैले सानो र ठुलो त काम मात्रै हुन्छ तर काम पनि आफ्नो ठाउमा उतिकै महत्व हुन्छ आफ्नो ठाउँ मा आफै ठुलो हुन्छ संसार मा मान्छे दुइ किसिमको अनि दुइ जात्तिको मात्र हुन्छ त्यो हो राम्रो काम गर्ने (जस्तै समाजलाई फाइदा हुने काम बुद्दिमानी काम कसैलाई नराम्रो नहुने सबैको रच्याको लागि काम गर्ने लै राम्रो भनिन्छ वने जो कसैले छोरि डाका घुस pataita अरुलाई समाजि दुख दिने काम गर्छ वने तेस्लाई नराम्रो वन्नु पर्चा अनि रह्यो जत्ति स्त्री वा पुरुस )धन्य बाद
मन परे हरियो, नपरे रातो
6
2
आदरणीय दाई नमस्कार!
लेख बाट प्रभावित मात्र नभएर हामी जन्मेको ठाउँ को याद दिलाउनु भएकोमा म धेरै खुसि छु. हजुर कै लेख भएर मात्र लामो लेख भए पनि पढ्ने जागर चलो, बधाई छ,
मन परे हरियो, नपरे रातो
4
2
बाहुनको छोरो ले विदेश मा भाडा मस्कौदा या चर्पी सफा गर्दा गुगुनाये जातो लायो स्तर चाही PhD Holder को जस्तो भएन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
38
डा. साप,
शब्द चयन र सम्प्रेषण मा त्रुटी लाग्यो / जातीय अपहेलनाका शब्दहरुले लेखको स्तरलाई तल झारेको छ / लेख समग्रमा सोध पत्र जस्तो लाग्यो / अनाबश्यक प्रसंगले समय र मिहिनेत खेर गरेको जस्तो लाग्यो /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
34
प्रसंसनीय लेख | धन्यबाद डाक्टर साब |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
4
nice article.thanks to author and mysansar.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
Seems good article. But give me a break !
मन परे हरियो, नपरे रातो
5
11
के यो लेख लेख्ने व्याक्ती विध्यावारीधी गरेका नै हुन् त? लेखको आशय आफ्नो ठाउँमा सही भए पनी लेख ले नेपाली बौदिक वर्ग लाई गिज्याए जस्तो भान हुन्छ!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
33
बौदिक वर्ग भनेर कसलाई भन्न खोज्नुवाको यहाँ ले कुन्नि, अलि-अलि पढे-लेखेर नपढेको गरिब हरुलाई हेपाहा प्रबिर्ती देखाउने र आफुलाई मथिल्लोस्तर को ठान्ने कथित् ठुलो मान्छे हरुलाई???
मन परे हरियो, नपरे रातो
10
5
यो लेख धेरैनै मार्गदर्शकीय छ
ऐलेको युगमा पनि हाम्रो
देश काल परिस्थिति र
८२.९५ प्रतिशत
नेपलि पात्र हरुले
बुझ्नु पर्ने
१ मष्तिक मा समझ्दारि
२ काधमा जिम्मेवारि
३ हृदयमा ईमान्दारि
लिएर बुझ्नु र बुझाऊनु
अति जरुरि छ ।
डाक्टर साहेबले लेख्नु भएको
लेख भनेको विद्याको ज्योति
जगाउन खोज्नु भएको रहेछ
यस्को लागि
कोटि कोटि धन्यवाद छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
4
धेरै राम्रो लाग्यो /
मन परे हरियो, नपरे रातो
9
1
लेख उत्तम छ! बुद्धि लाल तामांग जी ले भने जस्तै proof reading को अभाव ले अलिक गुणस्तर हिन लागे पनि, अति राम्रो संदेश बोकेको छ, यो लेखले| जसलाई यो लेख boring लाग्छ, त्यो मान्छे लाइ या त नाम नखुलेको राजनीतिक पदार्थ को नशा लागेको छ, या उस्ले अरुको criticise गर्न मात्रै जानेको छ!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
6
लेख राम्रै छ तर भाषागत कमजोरी धेरै देखिन्छ | अनि “यदि सवै पेशामा लाग्नेमान्छेहरु उत्तीकै महत्वपुर्ण र ठुला हुन भने …” भनेर लेखकले महिलाहरुलाई चाही हेप्न खोजेको हो वा बिर्सेको हो अलि बुझिएन | सबै पेशाकालाई समान देख्न सक्ने लेखकले यो भेदभाव गर्न नहुने हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
“यदि सवै पेशामा लाग्नेमान्छेहरु उत्तीकै महत्वपुर्ण र ठुला हुन भने …” यसमा लाग्ने मान्छे हुनुपर्नेमा अन्यथा भए जस्तो लाग्छ .
मन परे हरियो, नपरे रातो
10
0
हो रहेछ नारायण जी | जोडिएकोले गल्ति पढीएछ | धन्यबाद है |
मन परे हरियो, नपरे रातो
7
0
“यदि सवै पेशामा लाग्ने मान्छेहरु(लोग्ने मान्छे) उत्तीकै महत्वपुर्ण र ठुला हुन भने …” राम्रो संग पढने गर्नुहोस .
मन परे हरियो, नपरे रातो
2
2
हामीले प्रशंसाको भोकमा ज्यानकै वाजी लगाएर हिमाल चढ्ने साहाशिला मुर्ख मान्छेलाइ त दोसल्ला ओडाएका छौं, भाटाले हानेर लावरको गोल अलिपर पुर्याउने मान्छेलाइ (कृकेट खेलाडि) पनि मनग्गे सम्मान दिएका छौं, आफ्ना व्यावसाय चलाउन नसकेका वा जागिरमा अयोग्य भएर नेता हुन पुगेका मान्छेलाई त रिवन काट्न निम्त्याएका छौ, भने हाम्रा सामाजिक आवस्यकता भित्रका काममा लाग्ने मान्छेहरुलाइ त्यो सम्मान दिन हामीलाइ के को आपत्ति। हामीले ठुलो मान्छे हुने ध्येय नराखी पढ्नेहो भने हामी सवै नै ठुलो मान्छे हुनेछौं। त्यसैले पढ्ने किन र पढाउने किन भन्ने प्रश्नको जवाफ हामी सवैले फेरि एक पटक खोज्नु पर्ने भएको छ ।
मन परे हरियो, नपरे रातो
8
2
हिजो आज र भोली सधैं काम लागने पनि त यै हो ,रामरो हो बुधिमानि शिक्क्षा भित्र पर्छ
मन परे हरियो, नपरे रातो
2
2
डाक्टर साप ! लेखको चुरो त ठिकै हो/ तर लेखलाई नचाहिदो लम्बीयाको जस्तो लग्यो/
” सबै कामलाई सम्मान गरौ, सबै कामको महत्व समान हुन्छ ( आ आफ्नो ठाउँमा उतीकै ठुलो हुन्छ) तथा पेशाले र जात ले कोहि ठुलो र सानो हुनुहुदैन भन्ने कुरालाई यहाँ प्रस्तुत गरेको हो जस्तो लाग्छ/
लेखको मर्म त गहकिलो हो र शिक्षामुलक हो तर लेखाइको स्तर चाही PhD Holder को जस्तो भएन साथै लेखलै अनाबसेक लम्बौनु भन्दा केहि सटिक भयको भए पाठक लाई केहि हद सम्म पट्यार लाग्ने थिएन/ sorry for judging your writing. Please take it as complement & feedback. Hope to see u soon with another writing with lots of improvement .
sam
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
डा डोलेस्वोर जी!लेख र लेखाइ अती सरल छ र तपाहीको कुरा नितान्त जायज र ज्ञान बर्द्वक छ, जो कोही कखरा पढ्नेले पनि सहज बुझ्न सक्नेगरी मिठास र सरल तरिकाले लेख्नुभयो!यस्तै खोजमुलक शिक्षा र ज्ञान बर्द्वक साधारण सामाजिक चेतना जगाउने अनी जागरुकता दिलाउने लेख लेख्दै गर्नुहोला! कुनैपनी लेख अनी कुराहरु आफैमा सत प्रतिशत पुर्ण हुदैन तेसैलेनै त र लेखले खोज पस्किनु पर्छ किनकी खोजको अन्त कहिल्यै हुदैन किनकी खोज आफैमा एउटा खोजी हो तेसमा तपाहीको लेख सहि छ! अनी भन्छन् कुरा र कुलो जता लगेपनी हुन्छ वा सकिन्छ!
हाम्रो जस्तो मुलुकमा अधिक समस्याको अत्याधिक निर्मुलिकरण हुनेछ यदि हामि सबैले काम लाई कर्म भन्दा धर्म ढान्ने र आफ्नो भन्दापनी अरुको धर्मलाई सम्मान र सह्राननिय सोचले बिचारगरी द्रिस्ट्रिगत गर्नेहो भने!एउटा समाज अनी देश भित्र हरेक एउटाकुरा अरको सँग अन्तर्सन्बन्ध हुन्छनै तेसैले एउटाको दोश अर्कोमाथी थोपरिनु पनि एउटा कारण हो!बिग्रदो राजनीति को कारक गलत शिक्षा वा अशिक्षित,अशिक्षा को कारक गरीबी र गरिबीको कारक राजनीति यो कुरा एक को पछि अरको दउडीरहेको हुन्छ जसरी भ्यागुता बिच्छी र सर्प! यस मध्यमा एउटा मात्र बलियो भयो वा बन्यो भने अरको तेसै बन्दछ वा बन्ने र ब्याबस्थित हुने प्रबल सम्भाबना हुन्छ र सम्पुर्ण समस्याको समाधान छिट्टै निस्कने छ!हाम्रो देशको शिक्षा निति गलत छ भनेर म भन्छु, अझै शिक्षा निति भन्दानी सम्पुर्ण कुरानै गलत छ!हामी भित्र जुन परम्परागत धारणा हरु जरा गाडेर बसेको छ त्यो सहजै हट्दैन तापनि तेसलाई हटाउने र निराकरण गर्ने मुख्य उपाय् र बाटोनै शिक्षा हो त्यो प्रभाबकारी हुनु जत्ती जरुरी छ त्यो भन्दापनी पढ्ने शिक्षा र ज्ञान दिने खालको हुनु जरुरी छ र तेसैले पढ्ने ज्ञान र क्षिक्षाको लागि हो भन्छु म!
“तर नेपालमा कुरा अर्कै छ किनकी यहाँको कुरै अरको छ!”
मन परे हरियो, नपरे रातो
10
2
लास्ट परग्रफ,इम्प्रेस्सिवे !थान्क यौ
मन परे हरियो, नपरे रातो
3
3
लेख्दा लेख्दै लेखक कता कता हराएको जस्तो पो देखिन्छ | लेखकले उठाएको बिषय बस्तु निर्बिबाद सोचनीय हो | तर सुरु को प्रसङ्ग रोचक र बास्तिविक दृष्य बाट सुरु गरिएपनि बिचमा पुग्दा लेखक मूल धार बाट अलि अन्तै भागे जस्तो छ अनि पुछारमा समेट्ने प्रयास त गर्नुभएछ तर त्यति दमदार भएन ? कथा भन्दा पटकथा बढी भएको जस्तो देखियो | यो लेखको शिर्षक मा सोधिएको प्रश्नको उचित जवाफ त मैले पाएन यो लेखमा | आशा गरौ – अर्को पटक अलि गहन लेख आउने छ |
मन परे हरियो, नपरे रातो
6
3
दुइ चार हरफ छोड्दै पढे! The subject of this article was good but it doesn’t make me interest to read more. I leaved to study at the mid of article. Sorry for this!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
14
आधा पढ्दा पढ्दै छोडे मैले त डासाब, सरि, अलि बोर लागो तपाइको लेख |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
10
अलि गहकिलो भएन डा.शाब को लेख
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
15
लेखा ठिकै हो …. तर अन्त्यमा हिमाल चड़ाने लाइ मुर्ख र क्रिकेट खेलाडीलाई भनिएको सब्द अलिक बौद्धिक भएन …. हिमाल मुर्ख भएर चढेका हुनत?? ?केहि नपाएर झुटो सम्मान को लागि क्रिकेट खेलेका हुन् त ??? यो पनि कला हो डाक्टर . भण्डारी ज्यु .. नत्र सबैले बासका भाटाले लाबर को गोल हानेर बिस्व किर्तिमान बनौठे होला ….
मन परे हरियो, नपरे रातो
8
2
एउटा कुरा सबैले बुझौ……
“ज्ञान कहिलेपनि किताबमा पाइदैन”….Books only have informations….
ज्ञान realised हुनु पर्छ…..
ज्ञान प्राप्तको लागि……ध्यान गर्नु पर्छा……..
पढ्ने भनेको आजको दुनियामा पैसा कमाएर जोहो गर्नको लागि मात्र हो र एस्लाई पूर्ण रुपमा नकार्न सकिन्न…किनकि बच्न त पर्यो नि यो पापी दुनिया मा ……किताबी ज्ञानको कुनै मुल्य छैन……किनकि….ज्ञान कहिलेपनि readymade किताबमा हुदैन….न वेद , न बाइबल, न कुरान…….केहि मा हुदैन……त्यहाँ खाली informations, उपाए हुन्छन……..तर बुद्धिमान मान्छे लै तिनको आध्यानले ज्ञान प्राप्तमा केहि सहयोग मिल्न सक्छ……
र मानिस सबै समान हुन्……पेसाको आधारमा बरिस्ठ र निक्रिस्ता भन्नु नै गलत हो…..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
0
Nice article. Thanks to Mysansar and the author. I agree that there is a lot more to studying than to simply become a doctor, engineer or pilot. The quote below describes it most: “पढ्ने भनेको जीवनको लक्ष खोज्ने पनि हो। हामी धेरै जसो अवस्थामा सवै कुरा भएर पनि केहि कुराको कमि भएको महसुस गर्छौं। म यो पृथ्वीमा किन आएँ? मैले यहाँ के गर्नु पर्छ? मलाई के ले सन्तुष्टि दिन्छ? मैले के खोज्दै छु अनि किन खोज्दै छु? यी प्रश्नहरुको जवाफ खोज्न प्रयास गर्नु आफैंमा एउटा पढाई हो।
जव हामी यस्ता पढाइ तिर हाम्रो ध्यान लगाउँछौं, हामी कोहि ठुलो हुन पनि पर्दैन र कोहि सानु हुन पनि पर्दैन। हामीलाइ जस्ता कामले पनि सन्तुष्टि मिल्छ। हामीलाई तुलना गरेर अरु सँगसँगै हिड्ने आवस्यकता रहदैन। ” …..well written, thank you again!
मन परे हरियो, नपरे रातो
8
1
मलाई लेख सार्है मन पर्यो ! यथार्थमा लेखिएको छ यो ! धेरै स्तरीय लेख पढ्न पाइएकोमा लेखाकज्यू लाई धेरै धेरै धन्यवाद……………..
मन परे हरियो, नपरे रातो
7
3
लेख माँ बिमती राख्ने ठाम त छैन तर डॉ. जस्तो मान्छे ले लेख्ने जस्तो त भएँ . यो कक्षा ४ को नेपाली वा स्वास्थ्य बिषय को पाठ्यक्रम माँ सुहाउछ यो लेख, वा मात्री शिशु कार्यकर्ता ले “खाना खान भन्दा पहिला हात धुनें बानी बसालौ ” को जस्तै छ यो लेख. डॉ. साब, तपाई को स्तर ले त अली गहकिलो कुरा उठाउनु पर्थ्यो अर्थात तपाई को क्षमता अनुसार को होइन यो लेख.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
41
महेश जीलाई ‘न्युनस्तर’को लागेको यो लेख ‘४ कक्षा’को पाठ्यक्रम भन्दाचाही ठूलाठालु भनाउदा हरुलाई नै बढी ज्ञानबर्द्धक होला जस्तो लाग्यो…
मन परे हरियो, नपरे रातो
9
3
If you wish to read his research papers, you can ask him for that. This is a general article to be read by general public, and there is no need of subjective complexity to be shown here. जहाँ पनि अफ्फै ठुलो हुन खोज्नी प्रवृति त्यागौ है महेश जी.
मन परे हरियो, नपरे रातो
9
3
मलाई लेख सारै ठिक लग्यो लेखकलाई धन्यवाद र बधाई पनि. यस्तै ब्यबहारिक लेख लेख्दै जानु होला. शुभकामना.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
डा. डोलेश्वर भण्डारी जी लाइ धेरै धेरै धन्यवाद छ /
अति बास्तबिक लेख पदन पाएको मा /मलाई लेख सार्है मन पर्यो ! यथार्थमा लेखिएको छ यो ! धेरै स्तरीय लेख पढ्न पाइएकोमा लेखाकज्यू लाई धेरै धेरै धन्यवाद……………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
मलाई लेख सार्है मन पर्यो ! यथार्थमा लेखिएको छ यो ! धेरै स्तरीय लेख पढ्न पाइएकोमा लेखाकज्यू लाई धेरै धेरै धन्यवाद……………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
6
धेरै राम्रो लेख, धन्यवाद लेखकक ज्यू,,
मन परे हरियो, नपरे रातो
4
4
अति लामो भो ।
मन परे हरियो, नपरे रातो
2
5
डा.डोलेश्वर भण्डारी जि यस्तो लेख को पिछाडि नेपालका नेताहरु लागेको भए त? आजा यो दिन त आउने थिऐना होला नी र! यदि नेता र मै हुँ भन्नेले 1% जति मात्र हो, ठिक छ भन्ने हो भने पनि Switzerland को सपना भोलिको सन्ततिले देख्न सक्थे होला तर के गर्ने लेख ले भुलाएको छ कि नेता ले भुलाएको मैले छुटाउन सकिना सायद नपढे र होला!!!!!!!
मन परे हरियो, नपरे रातो
2
5
राम्रो एकदम ठिक कुरा लेखनु भो डाक्टर भण्डारी जी ले. मन पर्यो लेखन सैली एकदम राम्रो छ !! उही हिन्दी सिनेमा हेर्नु भयको होला नि तेही के त 3 idiots हाम्रो समाज मा तेही त हो नि पढ़नी किन भनि ठुलो मान्छे हुन…….
मन परे हरियो, नपरे रातो
0
3
लेख ठिकै छ| तर प्रुफ रिडिंग साह्रै कमजोर भयो| प्रुफ रिडिंगले लेखको गुणस्तरीयलाई घटाउछ भन्ने कुरा लेखक ज्युले बुझ्नु जरुरि छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
6