मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माओवादीले एक्लै संविधान घोषणा गर्ने

    जेठ १४ गतेसम्म संविधान घोषणा नहुने लगभग निश्चित भइसकेको छ। अहिले दलहरुबीच संविधान सभाको म्याद कति समयका लागि बढाउने जस्ता कुरामा छलफल हुन थालिसकेको छ। यस्तो अवस्थामा माओवादीले भने जेठ १४ गतेसम्म संविधान जारी नभए भोलिपल्ट आफू एक्लैले एकलौटी रुपमा आफैले बनाएको संविधान घोषणा गर्ने भएको छ। ‘जनताको संघीय लोकतान्त्रिक संविधान’ नाम राखिएको यो संविधान बाबुराम भट्टराईले बनाएका हुन्। यो बनाउनका लागि उनी कहिले जेठी सासुको घरमा त कहिले कहाँ पुगेका थिए। कहिले उनी लुक्लामा, कहिले नाम्चे बजारमा, कहिले काभ्रे फूलबारीमा त कहिले धुलिखेल रिसोर्टमा पुगेका थिए।

    माओवादीले अनिश्चित हड्ताल गर्नुअघि नै यो हड्ताललाई लम्ब्याएर विद्रोहको रुप दिने र सडक कब्जा जारी राखी जेठ १४ सम्म लम्ब्याएर स‌ंविधान सभा नै कब्जा गरी त्यसैबाट आफ्नो संविधान लागू गरेको घोषणा गर्ने जस्ता चर्चा बजारमा सुनिएका थिए। हड्ताल त फिर्ता भयो। तर एकलौटी संविधान जारी गर्ने घोषणा माओवादीले आजैको पोलिटब्युरो बैठकले गरेको हो।

    यो बैठकले यसअघि गरेका संघर्षका कार्यक्रम जस्तै प्रशिक्षण, ११ गतेको प्रदर्शनलाई समेत स्थगित गरेको छ। त्यसको साटो एउटा मात्र कार्यक्रम घोषणा गरेको छ। जेठ १५ गते गणतन्त्र दिवस मनाउने र त्यही दिन आफूले बनाएको संविधान घोषणा गर्ने।

    कस्तो असर पर्ला त यसले ?
    दलहरुबीच यसै त अविश्वास र अहसहमतिको खाडल गहिरिएको बेला जेठ १४ सम्म सहमति हुन नसके के होला भन्ने अन्यौल छाइरहेको छ।

    जेठ १४ अघि नै सहमति बनाउन यसले एक किसिमले दबाब दिन सक्ला ? अनिश्चितकालको हड्तालको दबाब सरकारले सजिलै पन्छाएको र प्रधानमन्त्री माधवकुमार नेपालको बोली झन् झन् कठोर हुँदै गएको बेला एकलौटी संविधान घोषणाले के नै दबाब दिन सक्ला र भन्नेहरु पनि छन्। एकलौटी हुने हुनाले यसले वैधानिक मान्यता पनि पाउने छैन। यसले मान्यता पाउने भनेको सत्ता कब्जा गरेको अवस्थामा मात्र हो, तर त्यो गर्न माओवादीलाई गाह्रै पर्छ। अन्ततः यसको नतिजा माओवादीले घोषणा गरेको राज्य घोषणा जस्तो मात्रै हुनसक्छ।

    यद्यपि, संविधान सभाको म्याद पनि नथपिने, संविधान सभा भंग भएको हो कि के हो भन्ने स्थिति पनि नरहने, संविधान पनि जारी नहुने अवस्था आयो भने देश मै एक किसिमको रिक्तता र अन्यौलको स्थिति हुन्छ, त्यस्तो बेला माओवादीको यस्तो घोषणाले झन् अनिश्चितता र अन्यौल मात्रै बढाउने छ।

    संविधान सभा भंग हुने र राष्ट्रपति शासन लाग्ने भन्ने तर्क गर्नेहरुलाई माओवादीको संविधान घोषणाले वैधानिक मान्यता नपाए पनि चुनौति भने दिनेछ। यस्तो अवस्थामा द्वैध शासन, द्वैध विधान, द्वैध सेना र द्वैध संघर्षको खतरा बढ्नेछ। वास्तव मै के हुनेछ त्यतिबेला, त्यो थाहा पाउन भने अनिश्चित कालको हड्तालको नतिजा थाहा पाउन छैटौँ दिनसम्म कुर्नुपरे जस्तै त्यही बेला कुर्नुपर्नेछ। अहिले त हामीले अनुमान मात्रै लगाउने हो।

    No related posts.

    77 comments to माओवादीले एक्लै संविधान घोषणा गर्ने

    • santosh poudyal

      da. बाबु राम भट्टराई एक बुद्दी जीबी नेता हुन्. उनले बनेको संबिधान पक्कै पनि विचार गर्न लायक हुनु पर्छ | उनले लेखेको संबिधान कस्तो छ भन्ने कुरा विचार गरे पछि को कुरा हो हुनु पर्छ| लेख बाबु राम जी ले लेखेको संबिधान कस्तो हुन सक्छ भन्ने कुरा भन्दा कल्से कहाँ बसेर लेख्यो मा बादी केन्द्रित छ| अलि unbiased हुनु पर्यो सालोक्य जी |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • prakash Bhattarai

      यो माओबादी र unity life भनेका एकै हुन् . दुबैले जनता लाई ठुल्ठुला सपना बढेका. त्यसैले ति दुवै को भबिस्य उस्तै उस्तै हो.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • ganga ram bhandari

      सत्ता कब्जा नगरी जनासंबिधन सडकबाट जरी गर्नुको कुनै तुक छैन । सक्छौभने आँट गर जनता सथमा छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • Suraj Shrestha

      मेरो गोरु को बारै टक्का को उखान हुदै छ नेपालमा

      नेपालीको लगाम समातेका राजनीति गर्ने हरु ! के फरक छ अब २४० बर्षको राजतन्त्र संग ?

      नेपाललाई यौटा सम्भिधन दिन न सक्ने ६०१ को किर्तिमान भएको यी राजनीति गर्नेहरु बाट नेपाली हरुको आशा निरासा मा बदल्न थाल्नु एकदम लाज मर्नु कुरा भन्दा के हुन सक्छ !

      सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 4

      • Raju lama, Panchthar

        को गुण्डा -
        राजु श्रेष्ठ

        सुन्दर, शान्त यो भूमिमा १० वर्षहत्या, अपहरण र विध्वंसको शृङ्खला चल्यो । हजारौं टुहुरा, विधवा र विदुर भए, आफ्नै देशमा शरणार्थी बने । हजारौंले क्रूर यातना र अङ्गभङ्ग भोगे । देशले चाहेर पनि बिर्सन नसक्ने तीतो यथार्थ बन्यो( यो कालखण्ड ।

        बाह्रबुँदे सहमति र शान्तिसम्झौताको एउटा पक्षका रूपमा रहेका र संविधानसभा निर्वाचनपछि मुलुकको प्रधानमन्त्री बनेका मावादी अध्यक्ष पुष्पकमल दाहाल तैपनि शान्ति र नयाँ संविधानको पक्षमा देखिएनन्, बरु जनतालाई आधारभूत अधिकारबाट वञ्चित पार्दै सडकमा नाचगान र गालीगलौज गर्दैछन् । विधि बाहिरको उनको आमहडताल सत्ताप्राप्तिमा केन्द्रित थियो, जसलाई जनताले मञ्जुर गरेनन् । किनकि, जनता कुनै पनि खाले अतिवाद विरुद्ध छन् ।

        बाध्य भएर हडताल फिर्ताको घोषणा गर्ने क्रममा उनले नागरिक शान्तिसभाका सहभागीलाई भिजिलान्ते भने, काठमाडौंका जनता र स्वतन्त्र पे्रसमाथि तुच्छ शब्द खर्चिए । ज्यादतीको विरोध गर्ने बूढानीलकण्ठवासीलाई खुकुरी हान्ने, पेस्तोल बोक्ने गुण्डा भने । नेवार समुदाय मावादी पार्टर्ीीे आमहडतालमा नउत्रेको झोंकमा दाहाल र्समर्थक झुण्डले स्वर्गीय नेता गणेशमानजीको घरमा समेत तोडफोड गरे । कुनै एउटा पार्टर्ीीे स्वार्थपर्ूर्तिका लागि सडकमा आएनन् भनेर काठमाडौंका जनतालाई यस्तो धम्की दिन मिल्छ – नेपाली जनतालाई गाउँ र शहरका भन्दै विभाजित गर्न पाइन्छ – जनताले हिसाब राख्नेछन् भनेर दागा धर्न मिल्छ -

        प्रेसले यस्तो धम्कीको हिसाब राख्न नमिल्ला, नागरिकसभाका आयोजकले पनि नराख्लान् । तर, काठमाडौंका जनताले अवश्य राख्नेछन् । काठमाडौंवासीका तर्फाट म नै यो किन भनिरहेको छु भने म ती हजारौं पीडितमध्येे एक भाग्यशाली हुँ, जो मावादी यातना शिविरबाट जीवितै फर्किन पाएँ । कुरा २०६३ सालको हो । तिहारको बिहान घरमै पूजा गरिरहेको बेला अचानक प्रकट भएका पेस्तोलधारी मावादीले मलाई नाबालक छोरो र श्रीमतीकै सामुन्ने टेबुलमा लर्डाई हातखुट्टा बाँधेर लगे । मेरा तीन जेठान र घरमा काम गर्ने भाइलाई समेत बालाजु औद्योगिक क्षेत्रमा लगेर मोबाइल सेट, सिक्री, सुन र हीराको औंठी लुटे । त्यसपछि शुरु गरे शारीरिक यातनाको भयानक शृङ्खला । हत्कडी र आँखामा पट्टी बाँधेर जहाँ मन लाग्यो त्यहीँ निर्मम प्रहार गर्न थाले । छातीको दर्ुइवटा हड्डी र करङ भाँचिदिए । देब्रे हातको कान्छी औंलाको नङ उखेले । असह्य पीडाबीच एक दिन ठूलो जेठानलाई ल्याएर तेरो ज्वाइँलाई लात हान् भने, दाइले नमान्दा उहाँलाई नै पिटेर मरणासन्न बनाए । घरको कामदार भाइलाई पनि ल्याएर त्यसै गर्न लगाए, विस्तारै हान्दा उसैलाई पिटे ।

        बेहोस नहोस् भनेर घरी-घरी मेरो कम्मरमा समातेर उफार्थे । केहीबेरमा नयाँ मानिसहरू आएर फेरि बुट र पाइपले सक्दो पिट्थे । एकपटक त मैले सहन नसकी गोली हानेर मार्न अनुरोध गरें । “तँलाई यति सजिलै कहाँ मारौंला र !” भने । एक रात मुख धुन हिँड् भन्दै लगेर नङमा ड्रेसिङ गरिदिए, कपडा र केस पनि मिलाइदिए । त्यसपछि घचेट्दै हिँडाए । ठूलो पानी परिरहेको थियो । उनीहरूले मलाई एउटा घरमा लगे जहाँ मेरी बहिनी र श्रीमती पर्खिरहेका रहेछन् । कुरा बुझदा नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले मलाई रिहा नगरेसम्म मावादीसँग जारी वार्तामा नबस्ने अडान लिएछन् । परिवार, साथीभाइ, सञ्चारमाध्यम, पार्टर्ीीनेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले पनि रिहाइको दबाब दिएछन् । धन्न मेरो सास बाँकी थियो !

        रिहाइको बेला उनीहरू आफैंले लेखेको कागजमा सही गराए, भिडियो खिचे । पत्रकारलाई भेटेर कुरा गरे फेरि यस्तै घटना दोहोरिने धम्की दिए । मलाई श्रीमतीले बोकेर घर लगिन्, तर महिनौंसम्म सुत्न, उठ्न त परै जास् मुख आँ गर्न पनि सकिनँ । शरीरमा नीलडाम नभएको ठाउँ थिएन । मेरो अवस्था देखेर श्रीमती लुकी-लुकी रुन्थिन्, बच्चाहरूमा ठूलो आघात परेको थियो । परिवारको स्याहारबाट विस्तारै तङ्ग्रिँदै गएँ, तर अहिले पनि हातले खाना खान सक्तिनँ ।

        यातनापछि तङ्ग्रिँदै जाँदा पुष्पकमल दाहाल मेरै बा ५ च १८१७ नम्बरको गाडी चढेर कहिले भारतीय राजदूत शिवशङ्कर मुखर्जी त कहिले मानवअधिकार उच्च आयुक्तसँग भेट गर्न गएका दृश्य टिभीमा देख्थँे । मेरै पार्टर्ीी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न बालुवाटार जाँदा पनि उनी मेरै गाडी चढ्थे । पार्टर्ीीेतृ सुजाताको सहयोगमा एक दिन बालुवाटर गएर गिरिजाबाबुलाई लुटिएको गाडी फिर्ता गराइदिन अनुरोध गरें । उहाँले गृहमन्त्रीलाई खटाउनुुभयो । तर, केही समयपछि उनी फुङ्ग उडेको अनुहार लिएर आए । त्यस दिन मलाई व्यर्थै काङ्ग्रेस भएछु जस्तो लाग्यो ।

        एक दिन अचानक गाडी बागबजारको अशोक होटलमा छ भन्ने खबर पाएँ । मसँग भएको अतिरिक्त चाबी लिएर होटल पुगी गाडी स्र्टार्ट मात्र गरेको थिएँ, मावादीले घेरिहाले । एकछिन धक्का-मुक्की नै भयो । प्रहरी पनि आइपुग्यो । देवेन्द्र पौडेल नामका मावादी नेताले “गाडी राजुजीकै हो, उहाँलाई कार्यक्रम गरेर दिन भनेरै ल्याएका हौं, किन गुण्डागर्दी गरेर लैजान खोजेको -” भनेको सुनेँ । आमहडताल स्थगित गरेपछि २५ वैशाखमा खुलामञ्चको सभामा उनका अध्यक्ष पुष्पकमल दाहालले पनि हामी बूढानीलकण्ठवासीलाई गुण्डा नै भने । मेरो प्रश्न छ, अपहरण र लुटमा रमाउने ती पीडकहरू गुण्डा कि हामी जस्ता पीडित गुण्डा -

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • anjeet

      बाबुराम एक्लैले सम्भिधान लेख्न सक्ने रहेछन त किन ६०१ जनाको हुल खडा गरेर राष्ट्रको ढुकुटी रित्याको होला?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 5

    • Sushil Paudyal

      यी doctor भट्टराई त सुकिला मुकिला, मैला द्हैला सबै तह तप्काका नेपालीहरुकालागि देउतै रहेछन बा, येत्रा ६०० सभासदले बनाउन नसकेको संबिधान यीनी एक्लैले बनाएछन … दर्शन भेट गरे गोर्खाली बाजे…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 14

      • Raju lama, Panchthar

        माओको रातो किताबको कपि!!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 12

    • पुष्प

      जेठी सासुको घरमा गएको, त्यो पनि संविधान बनाउनकै लागि भन्ने कुरा पनि हाम्रा पत्रकार बन्धुहरूले चाल पाउने रहेछन् । सीआईएका एजेण्टभन्दा पनि ‘खतरा’ पो रहेछन् त बा !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 24

    • Cesar

      “म” भन्ने सब्द हटाएर “हामी” भन्ने सब्द व्यवहारम़ा ल्याऊ “नेपाल” आफै बन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 2

    • hem

      हा हा हा हा !!!!!!
      मान्ने पनि त एक्लैले होला नि !!!!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 40 Thumb down 29

    • Dev From Doha

      एउटा जिम्मेवार पार्टी ले एस्तो गर्नु भनेको जनता प्रति उत्तरदायी नहुनु हो यो त समस्या को समाधान गर्नु को साटो समस्या लाई अझ बल्झाउनु हो . ऐले को समस्या को समाधान भनेको माकुने ले राजीनामाँ दिनु हो त्यसकारण माकुने छिटो राजीनामा दिउ .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 23

    • kunal

      २०४७ साल मा समिधान बन्दा राजा ले एकलौटी गरेको थियो अब मावोबादी ले गर्छ. यो नेता हरु को कै उपाए छैन. यिनी हरु वनेको cancer रोग जस्तो हो मान्छे लै लागे पछि कि खत्तम नै पार्छ कि मान्छे ले यसलाई जरा देखि नै काटेर फयक्नु पर्छ.अब यंह जनता ले के गर्छ त्यो हेरु न ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 10

    • Sapan Singh Gurung

      I do not know why this Gorkhali Doctor wants to be ALL IN ONE… We guess we are inspiring him to be jack of all, master of none!! Example: Graduation in Architect Engg.; Ph D. in Comminist Politics; Minister : Finance..now wants to be a constitution writer…Copy and paste garna ta sabai le sakchhan ni ho dactor sahab…ma pani lekhidinchhu sambidhan yeta uta bata kat kut parera..ke chha ra..timi laee manya hunchha??

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 20

    • tula

      होइन लेखेर मात्रै के हुने हो र भन्या ?कार्यन्वयनको पो कुरा छ यहाँ.भन्ने र लेख्ने त माओवादीले के भनेन र ? के लेखेन र ? व्यवहारमा लागु नगरेर पो यो हालत भएको त.खोइ म त बाबुरामको मिहेनत खेरै जाने देख्छु.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 13

    • Saban

      मेरो मनमा आएको एउटा कुरा मैले नाबुजे को हो कि अलि ताहा बयेना. येधि तोकिएको समय र म्याद मा नया सम्बिदन नभए क हुन्छ त ? २०४७ साला को संबिधान लै नै पुनर्वहाली गरिन्छ त ? संबिधान बिना त मुलुक २ वर्ष चल्यो आब निकास के त ? यदि २०४७ को संबिधान आएमा त राज्य ससाना पुन राजा मा जान्छ होइन र . किन कि २०४७ को संबिधान मा त राजा सत्ताप्रमुख मानिन्छ. लौ क हो त कुरा . घुमी फिरी रुम्झातार त होइन ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • nares

      आफ्नो मनपरी जनता भनेकै माओबादी मात्रै हुन् अरु सबै भिजिलान्ते …माओबादीले गर्न चाहेकै यहि हो सदन बाट होस् वा सडक बाट बाबुरामको त अलिकति बुद्दी होलाकी भनेको त झन् खतम पो रैछ जंगल बाट घोसणा गर्या भए अझै राम्रो हुने …

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 48 Thumb down 35

    • dipak

      संबिधान ,कानुन भनेको बास्तबमा एक किसिम को दाबि हो/ अब एक समूह ले गरेको दाबि लाई अर्को समूह ले नमान्न सक्छ/ माओ बादी को दाबि लाई कांगेस , एमाले को समूह ले नमान्ने र संबिधान सभा को समय सकिएको अबस्थामा अन्तरिम संबिधान मार्फत गरिएको कांग्रेस एमाले को दाबि लाई माओबादी र स्वतन्त्र रहेका बहु सन्ख्यक जनता ले नमान्ने अवस्था आउन सक्छ/ तेसैले अब आउने दिन हरु डर लाग्दा छन्/ सब भन्दा राम्रो बाटो भनेको माधब नेपाल को राजिनामा र संबिधान सभा को म्याद थप हो , नत्र अर्को संबिधान सभा को चुनाब तुरुन्त घोसणा गर्नु पर्छ/ माधब नेपाल नै प्रधान मन्त्रि भएको अवस्था मा संबिधान सभा को म्याद थप्ने हो भने माधब नेपाल लाई हटाउन अरु कुनै बैधानिक बाटो रहदैन , क्रान्ति बाहेक/ साएद माधब नेपाल पनि येही चाहन्छन होला, तर एउटा अलोकप्रिय नेता लाइ हटाउन क्रान्ति गर्नु पर्ने भनेको देश को लागि चै ठुलो घाटा हो/
      दिपक अमेरिका

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 9

    • बिहुँकोटे

      हो माओबादीले जे गर्दै छ ठिक गर्दै छ देश र जनताको पक्ष्यमा उभिएर आफ्नो कर्त्यब्यको पालना गर्दै छ किनकि हिजो नेपालि जनताले यहि पार्टीको बिश्वास मा आफ्ना सपना र भविष्य मतदान बाट माओबादीलाई सुम्पिसकेका छन् अनि यसले नगरे कसले गर्ने ? त्यसमाथि पनि नेपालको एक मात्र निर्बिरोध ,कालो दाग नलागेको ,इमान्दार बौद्धिक नेताबाट परिस्कृत संबिधान पक्कै पनि उत्कृस्ट नै हुनेछ जेष्ठ १४ मा संबिधान बनाउछु भनेर सबै पार्टीहरुले हिजो जनतालाई बाचा गरेकै हुन् यदि (सदन बाट)सरकार बाट संबिधान जारी हुन सक्दैन भने माओबादीले जहाँ बाट भए पनि जेष्ठ १४ मा संबिधान जारी गर्ने पर्छ जनताको मत को कदर गर्ने पर्छ आफ्नो कर्त्यब्य र अधिकारको ख्याल गर्नु पर्छ पुरातन पार्टीहरुले जस्तो जनतालाई ढाट्ने ,छल्ने काम हुनुहुदैन किनकि नया नेपालको सपना बाडेको पनि माओबादीले नै हो र यसको जिम्मा दिएर जनताले पठाएको पनि माओबादीलाई नै हो ….सबैलाई चेतना भया… अस्तु |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 54 Thumb down 47

    • MAHESWOR

      संबिधान बनाउनेहरुको लागि मेरो सुझाब

      १. सांसद हुन कम्तिमा १० कक्षा उतिर्ण भएको हुनु पर्छ
      २.कुनै पनि किसिमको फौजदारी मुद्धा लागेको हुनु हुँदैन
      ३.सरकारी कार्यालयमा बाहालवालाले चुनाबमा उठ्न नपाउने
      ४.सरकारबाट कुनै पनि किसिमको घटुवा वा नसियत(घुस खाएको भ्रस्टाचार गरेको) दिएको व्यक्ति चुनाब मा उठ्न नपाउने
      ५.हारेको व्यक्तिलाई सांसद बनाउन नपाइने
      ६.सांसदको संख्या बढीमा २५१ जना सम्म मात्र हुनु पर्ने
      ७.मन्त्रि परिषद(प्रधान मन्त्रि सहित) बढीमा २१ जना सम्मको मात्र बनाउन पाउने
      ८.एक पटक चुनाब हारेको व्यक्तिलाई कुनै पनि सरकारी निकायमा नियुक्ति गर्न नपाउने (फेरी अर्को चुनाब नभए सम्मलाई)
      ९.मन्त्रि परिषद्को सदस्यहरुले आफ्नो साख्यै नातेदारहरुलाई( बुबा,आमा,दाजुभाई,दिदीबहिनी,छोराछोरी) कुनै पनि नया निउक्ति दिन नपाउने
      १०.कुनै पनि सांसदले गल्ति गरेको ठहरिएमा नैतिकताको आधारमा १ हप्ता भित्र राजिनामा दिनु पर्ने अन्यथा संसद द्वारा सांसदको सदश्यता खारेज गरिनु पर्ने

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 7

    • Anil Dhungana

      यदि बाबुराम भट्टराई ले लेखको संबिधान लागु भएमा नेपालको ७५% जनता हरु खुशी हुने छन् . किन कि त्यो संबिधान गरिब / सुकुम्बासी / दलित / आदिबाशी / देशभक्त नेपाली हरु को लागि हुने छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 60 Thumb down 67

    • भुक्ने कुकुर ले टोक्दैन, टोक्ने कुकुर ले भुक्दैन |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 40 Thumb down 36

    • SHANTA KUMAR

      सम्पूर्ण नेपालीहरु
      जय नेपाल

      मेरो देश कसले गर्दा के भइ राखेको छ भन्ने उत्सुकता ममा हुनु मेरो शरीरमा बगेको नेपाली रगतको कारणले नै हो तर पनि मैले धेरै बुझ्ने कोशिस गर्दा पनि नबुझेको कुरा जो नेता भनाउंदाहरु छन् उनीहरुले गर्ने प्रत्येक कार्य बिशुद्ध नेपालीहरुको भलाइको लागि भनेर गरिन्छ तर त्यही कार्यले गर्दा हामी नेपालीहरुले दिन प्रति दिन दुख पाई राखेकाछौ देश दरिद्र बन्दै गएको छ

      पहिला देशमा राजपरिवारले देशको अमुल्य सम्पति बेचेर देशलाइ दरिद्र बनायो,आन्दोलन हुँदा एमालेले भौतिक सामग्री नस्ट गरेर देशलाई दरिद्र बनायो, कांग्रेशले देशमा सासन गरेर देशलाई दरिद्र बनायो, अहिले माओबादीले पनि देशमा आन्दोलन गरेर सत्ता कब्जा गरेर दरिद्र बनाउन खोज्दै छ

      माओबादी त्यत्रो दश वर्ष सम्म संघर्ष गरेर जीवनको आहुति दिएको पार्टीले दुइ वर्ष कुर्न सकेनन सत्ता कब्जा गर्नलाई, यदि माओबादीले चुनाब जिते अनुसार सत्ता कब्जा गर्ने सोच नराखी(कटुवाललाई हटाउने) संबिधान बनाउने तर्फ ध्यान दिएको भए आज सम्ममा संबिधान बनि सक्ने थियो अनि भोलिको चुनाबमा बहुमत ल्याएर एकलौटी सरकार बनाउन सक्ने थिए तर माओबादीलाई त्यो कुराम़ा आफैलाई बिस्वास छैन त्यसैले अहिले नै गर्नु पर्छ अहिले नै कमाउनु पर्छ भन्ने मनस्थिति बनाएको देखिन्छ
      अहिलेको संसदमा भएको कुनै पनि पार्टीले यो संसद संबिधान बनाउनको लागि चुनिएको हो भन्ने महशुस नै गरेको देखिएन
      अहिलेको सरकारले गर्ने कुनै पनि सन्धि सम्झौता मान्य हुँदैन त्यसैले जनताले दिएको मतको कदर गरेर संबिधान बनाउनुनै मात्र यो संसद को विकल्प छ

      राष्ट्र रहे राष्ट्रियता रहन्छ
      नेपाल रहे नेपाली रहन्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 19

    • jogi

      साएद बाबुरामलाइ पनि प्रचंडेले जस्तै माफी माग्ने रहर बढे जस्तो छ पछि संबिधान फिर्ता लिएर | गर्दा गर्दै पछि पार्टीको नाम नै माओबादीबाट माफिबदिमा बदलिएला है |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 89 Thumb down 60

    • Mahesh Gautam, spain

      माधव नेपाल जस्तो कलंकित मान्छे नेपाल को इतिहाश मा फेरी आउने छैन्न होला , एस्तो नैतिक हीन मान्छे, छाय यो समझदा पनि दिक्क लगेर आउछ बा , राजिनामा दिए भए हाल्यो नि , बा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 99 Thumb down 39

      • mahesh

        आज कहीलेई चुनाव नाजितने, केपी ओली को हनुमान शंकर पोखरेल ले भने अनुसार जेष्ठ १४ गाते पछि पनी येही सरकार बैधानिक हुन्छ रे? कठपुतली का लठैत हरु आ आफु अर्थ लगाउदैछं अंतरिम संबिधान को. चुनाव हारेका भीड़ हरु सरकार माँ छन र त्यों सरकार संबिधान सभा नरहे पनी बैधानिक हुन्छ रे. माकुने को नेतृत्व माँ कांग्रेस एमाले तुलसी गिरी भन्दा पनी तल गिरिसके. मदन जी ले भने झै अब माओबादी ले सहमती को प्रयास गर्न आबश्यक छैन
        जहा सम्म संबिधान को कुरा छ, सबै पार्टी ले आफ्नी संबिधान को मस्यौदा पेश गर्ने र सबै मस्यौदा छलफल गरेर साझा बुदा लाइ संबिधान माँ सूचीकृत गर्ने भन्ने हो संबिधान सभा को रोद्म्याप अनुसार. माओबादी ले संबिधान बनाउन बाधा गर्यो बन्ने कांग्रेस एमाले ले संबिधान को मस्यौदा पेश गर्न सकेका छैनन. तर जीवन का सबै पक्ष माँ आफु लाइ सर्ब्श्रेस्ठ सावित गरेका डॉ. बाबुराम भट्टराई को नेतृत्व माँ संबिधान बनेको छ भने यो अबश्य राम्रो हुनेछ. राकेश सूद ले बनाएको ड्राफ्ट लाइ नेपाली माँ उल्था गर्ने भन्दा डॉ. बाबुराम को नेतृत्व माँ बनेको संबिधान धेरै राम्रो हुनेछ.तेस्कारण जेष्ठ १४ पछि माओबादी ले रास्त्र्बादी हरु को संयुक्त मोर्चा बनाएर सरकार को घोषणा गर्न पर्दछ. किनभने अर्को जनमत नाइंजेल सम्म माओबादी ले नै जनमत पाएको हुनेछ. अब संघर्ष को बाटो छैन. लात को भुत बात ले मानदें भने जस्तै कठपुतली हरु लाइ संघर्ष ले नै फाल्नु पर्दछ. आम्हाड्ताल फ़िर्ता लिएको माँ माओबादी को हार मानने कठपुतली का लठैत हरु ले १८,३१ साल को सशस्त्र संघर्ष, ४२ साल को सत्याग्रह को असफलता र २८ साल को झापा आन्दोलन, ३६ साल को जनमत संग्रह को असफलता सको पाठ किन सिक्देनन.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 26

      • sabi

        मित्र फ्रम स्पेन,
        तेत्रा दलहरु ले राजिनामा दे भनेका छैनन् माओबादी का कार्यकर्ता बाहेक सबै जनता माओबादी का बिपक्ष्य मा छन्. अब माओबादी लै सत्ता चहियो भन्दैमा र माओबादी ले मात्रै राजिनामा को माग गरेर घुर्काउदै मा कुन चै मान्छे ले यति सजिलै राजिनामा दिन्छा होला. यो त मलाई नया जुत्ता चहियो नत्र भने मा आज भात खान्न भनेर सानो बच्चा ले आमा बाबु लै घुर्काएको जस्तो भएन र. माओबादी ले बच्चा को जस्तो बनि बेहौरा छोडन सिक्नु पर्छा.बार्ता मा आएर, कुरा मिलाएर, जनता लै सास्ती दिने काम छाडेर, जनता को मन जित्ने काम गरेर,सबै जनता मा समानुपातिक सैली अपनाएर अनि राजिनामा को माग गरे चै पहियेला कि???????

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 35 Thumb down 31

    • Ajay Gurung

      म त यहि भन्छु तेत्रा दलहरु मिलेर अहिले सम्म बनाउन नसकेको संबिधान बाबुराम एक्लैले जेठी सासुको घरमा अनि कहिले काहा बसेर २/४ दिन मै तयार पार्ने भए , यो संबिधान मान्य होस् या नहोस तर यसले ति सुताहा प्रबितिका नपुंसक मन्त्रि मण्डल हरुलाई अनि मै हु भन्ने ति भातमारा दलहरुलाई गतिलाई झाप्पड हुने छ !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 102 Thumb down 24

    • dilip

      कम्युनिष्ट को संभिदान पनि देख्न पाइने भो / सोविएत सन्ग, cuba , northkorea , china जानु पर्ने भएन///

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 27

    • मलाई मावोबादी जे निर्णय गर्यो ठिक गर्यो, कस्तो संबिधान लेख्ने विचार छ मावोबादी त्यो सबैले देख्ने छन् , अरु संबिधान बनाउन साथ नदिने दल लाई जनताले जरै देखि उखेलेर फ्याक्ने छन्, गूद लक्क मावोबादी, जनताको हितमा संबिधान लेखेर देखाऊ र जनता मन जित , सुभकामना…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 98 Thumb down 45

    • Bishal Chandra Nepal

      नेपाली जनताले आफ्नो बहुमुल्य भोटहरु आ-आफ्नो आस्था,विस्वास र आकांक्षा अनुसार विभिन्न राजनैतिक दलहरुलाई प्रदान गरि संविधान सभालाई अधिकार सम्पन्न बनाएको कारण निश्चित अवधि भित्र संविधान बनाएर देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान हो ! तसर्थ यसरि आ-आफ्नो डम्फु बजाउन छोडेर जनताको लागि आ-आफ्नो दलहरुको व्यक्तिगत एजेन्डा छोडेर जनचाहना पुरा गर्न तर्फ लाग्ने राजनैतिक दलहरुलाई नै जनताले सत्ता संचालन गर्न आफ्नो अभिमत र अमुल्य मत दिने कुरा राजनैतिक दलहरुले बुझ्न जरुरि भैसकेको छ ! दलको मात्र नेता बन्न छोडेर नेपाली जनताको नेता वा राजनेता बन्ने समय आएको छ ! जसले यो बुझेर नेपाली जनताले सुम्पेको गृहकार्य पुरा गर्न आफ्नो उतरदायित्व र जवाफदेहिता प्रदर्शन गर्छ, उसले नै भविष्यमा नेपाली जनताको साथ पाउनेछ ! अन्य सबै ऐरे गैरे नेताहरु नेपाली जनताको मनको सट्टा सस्तो पत्रिकाको पानामा छापियर दुइ दिन पछी रद्दीको टोकरीमा फ्याकिनेछन् ! जनता भेडा होइन बरु राष्ट्रको गोठालो हुन भन्ने तथ्य नेताहरुलाई चेतना भया !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

    • सालोक्य जी यो तपाइको कस्तो पत्रकारिता हो ? तपाइले खस् सम्प्रेषण गर्नु पर्ने बिषयलाइ भन्दा माउबदिको नेतालाई तल्लो स्तरको स्तरको शब्द प्रयोग गरि माओबादी पार्टीलाई होच्याउने लेख लेख्नु भयो जस्तो छ | अनि यहाँ माओबादीले घोसणा गर्न लागेको संबिधान चाही बाबुराम भट्टराइले जेठी ससुकोमा बसी लेखेको भन्नु भयो, अनि तपाइले पनि यो लेख गरिब जनताको रगत र पसिना चुस्ने भ्रस्ट सरकारले (मकुनेले) आयोजना गरेको चिया चमेनामा चियाको चुस्की लगाउदै लेखेको जस्तो छ नि ? सालोक्य जी तपाई पत्रकार हरु स्वतन्त्र पत्रकारिताको कुरा लिएर पत्रकार माथि हात पात भयो,र कुटियो भनि आन्दोलन गर्नु हुन्छा तर तपाई पत्रकार हरुको चाही गल्ति हुन्न भन्नु हुन्छा तर हेर्नुस त यो एक लाइन तपाईकै सब्दमा ”यो संविधान बाबुराम भट्टराईले बनाएका कहिले जेठी सासुको घरमा अनि कहिले कहाँ बसेर तयार पारेका हुन्। ” ल हेर्नुस सालोक्य जी यो तपाइको सब्द कतिको स्वतन्त्र छ नि तपाई नै भन्नुस तपाइको पर्चाकर साथीहरु ये माफ पाऊ पत्रकार साथी हरु किन कुटिनछन् भनि? सालोक्य जी तपाई कुनै पनि समाचार सम्प्रेषण गर्दै हुनुहुन्छा भने मूल बिषयलाई समेट्ने कोशिस गर्नुस ल यो मेरो तपाइलाई सुझाब छ अन्यथा नलिनुस ल |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 38

      • जेठी सासु भन्ने शब्द तल्लो स्तरको शब्द कहिलेदेखि भयो हँ अचम्म छ बा ? ब्लगमा अनौपचारिक शब्द प्रयोग हुन्छ। ब्लग भनेको समाचार साइट जस्तो हैन। उनले जेठी सासुकोमा बसेर संविधानको ड्राफ्ट बनाएका हुन् भन्ने कुरा मिडियामा पहिले नै आइसकेको हो। यति लेख्दैमा पर्चाकार हुने भए, स्वतन्त्र नहुने भए कुट्ने, टाउको मात्र किन फोर्ने हो, घाँटी नै रेट्न आउनुस्। म आत्मसमर्पण गर्छु।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 70 Thumb down 60

        • मैले त केहि नराम्रो लेखेको देखिन है माथि को लेख मा,हो उनि जेठी सासु को मा पनि पुगे होलान,रोल्पा पनि पुगे होलान,गरिब का झुपडी मा पनि पुगे होलान,जे भयपनी यो संबिधान बनाउन बाबुराम भट्टराई ले धेरै मेहनत गर्नु भयको छ यसले जनसमर्थन पाउन पनि सक्छा अन्योल को स्थिति यस्तै रह्यो भने.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 18

        • kancha

          सालोक्य जी भिड को नाम हुदैन भिड ले पत्रकार होइन बुद्ध को पनि टाउको फोर्छा र पत्रकार को एउटा झुकाव सधै हुन्छ एक तिर , तपाई लै था ह नै होला ग्रेविटी ,चोर भने को चोर हुन्छा चाहे पत्रकार ,कर्मचारी पुलिस यो त पेसा हो अपराध अपराध हो पेसा पेसा हो

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • mahesh

      यो अधिकान्स चोर डांका फटाहा झुते झाम्रे लुते किरा मकौदा फोहोर मएल, बुद्धी भस्त्र, पागल दिमाग, सम्मिलित ६०१ जाना ले बनाएको भन्दा त बाबुराम ले बनाएको ठिकै होल नि। बरु एक पटक नागरिक समाज लाई correction गर्न दिनु पर्ला।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 25

      • nimes shrestha

        correction गर्दा सबै सच्चाउन पर्ला नि साथि | कोठोमा लेखेको संबिधान कसरि “जन संबिधान’ हुन्छ ? अचम्म छ बा !!! तेतिकै लेखिने vision भएका डाक्टर साब ले पहिले भनेको/लेखेको भए येत्रो अरबौ बच्थ्यो कि ? अनि चन्दा माग्दा त्यो बचेको पैसो झर्थ्यो कि ??

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 20

        • kancha

          ये साछी कै खगेन्द्र संग्रौला जी कहाँ हुनुहुन्छ ?

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

      • Parasar

        महेश कमरेड एक चोटि आफुले लेखेको कमेन्ट पढ्ने पो होकि ?
        “अधिकान्स चोर डांका फटाहा झुते झाम्रे लुते किरा मकौदा फोहोर मएल, बुद्धी भस्त्र, पागल दिमाग, सम्मिलित ६०१ जाना ले बनाएको भन्दा त बाबुराम ले बनाएको ठिकै होल नि। बरु एक पटक नागरिक समाज लाई correction गर्न दिनु पर्ला।”
        अनी बाबुरामा चाँही कति मा परे नी ६०२ मा ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • mahesh

          सबै भन्दा ६०१ नै पर्छा होला , बाबु राम समेत / अधिकांस भन्दा सबै ६०१ पर्दैन जस्तो लाग्छ .

          टुडिखेल को बीच मा जनता लाइ वरिपरी राखेर लेख्दै मा त्यो जन – संबिधान हुँदैन. जनमानस मा भिजेको मान्छे वा समुहले कोठा मा नै बसेर लेख्ने हो संबिधान . फुर्सद मा बाबुराम को Ph D को सोधकार्य को येसो २ – ४ पाना पढ्नुस.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra

      माओबादी लोकत्रान्त्रिक , नागरिक पाटीको रुपमा आइपुगे को छैन किन भने उसग लाल सेना छ , तियो सेना लाई बेबस्थापन नगरेसम यो पाटी लोकतान्त्रिक पाटि भनेर हिड्नु बेकार छ, भनेर संसारले जानेको छ | एकलौटी रुपमा संबिधान जारी गरेको हेर्न पाइने भो, कमनिस्ट विचार को संबिधान ल है |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 43 Thumb down 33

    • Saban

      चम्क्यो बिजुली ….२ बर्ष सम्म माछा माछा आब पालो भ्यागुतो को…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 8

    • माओबादीको चुनाबी घोषणापत्र छदै छ नि के को नया नाटक हो फेरी ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 29

    • madan-bajracharya

      मावोबादी ले यक्लाई संबिधान जारि गरेको अबस्थामा अरु दलहरुले पनि आफ्नै आफ्नै संबिधान मात्र बनाउन्दैनन नेपाल बात तराई अलग्ग भएको समेत घोसना गर्ने छन्/ यस्तै गर्ने भनेर अस्ति मात्री पदमा रहेको नेता समेत ले भनिनै सके/संबिधान बन्न बाधक हुने कुरा बिहार बादी नेताहरुले नै गर्दै आएको हो/ संबिधान बन्न नदिने अनि संबिधान नबनेको निहुँ मा तराई लाई उनीहरुको आत्म निर्णय गर्ने अधिकार भएको राज्य घोसना गर्दै पछी सिक्किम झी भारतमा मिलाउने षड्यन्त्र गरिंदै छ/

      अब यस्तो अबस्थामा मावोबादीले यक्लै संबिधान बनाउने कुराले नेपाललाई बिहारीकरण गर्न खोज्ने मनमोहनको धर्म पुत्र नेताहरुलाई नै सघाउ पुग्न जाने छ/ तेसैले मावोबादीको यो कुरा ठिक छैन/

      जेष्ठ १४ गते संबिधान बन्ने नसक्ने र सहमतिको राजनीति गर्ने नसक्ने भएको अबस्थामा सदन त्याग गरेर स्वोतन्त्र राजनीति गर्नु नै जाति हुने छ/ यस्तो गरेको अबस्थामा सरकार र सदनको नाम मा नेपालको राजनीति र समाजलाई बिहारीकरण गर्दै आएको दोष समेत मावोबादिले लिनु पर्ने हुँदैन/ जेष्ठ १४ पछी सदन त्यागेर रास्ट्र बादी र सिङ्गो नेपाल सबै नेपालीको साझा नेपाली को भन्ने नागरिक हरुको साथमा बिहारीकरणको बिरुद्ध जे गर्नु पर्छ गर्न पनि सक्ने छ/

      माधव नेपालले जेष्ठ १४ पछी सङ्कट काल लगाएर २२ दलको सहमति अन्तरिम संबिधान आफु खुसि बदलेर उसैको नेत्रित्वोको सरकार चलायिनै रहने भनि नै सके/ अब मावोबादिले सहमति को भुमरीमा घुमी रहनु को केहि अर्थ छैन/ रास्ट्र बादी सक्तिहरु सिट मिलेर नेपाललाई बिहारीकरण गर्ने हरुको हाट बात मुक्त गर्न तम्सिनु पर्ने बेला याएको छ/ यति नगरेको खंदामा महाकाली प्याकेज बनाउने यो माकुने ओली र गिरिजाबदी- एक मधेश बादी समुहले नेपालको रास्त्रियेता नै प्याकेज मा भारतलाई सुम्पिने छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 21

    • Lila GC

      जे हुन्छ ठिकै हुन्छ! बाबु रामको संबिधान र उनि नै प्रधानमन्त्री जेठ १५ बाट ! हामी सबैले मान्नु मै देस र जनताको भलो हुन्छ! बास्तवमा जेठ १४ रातिको १२ बजे यो घोसना गर्नु पर्छ! हेर्दै जाउ, बन्देव सहित ६० जना एमाले सवासाद माओबादीमा प्रबेस हुन्छ र बहुमतले पारित हुन्छ! कस्तो लग्यो मेरो बिचार?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 52 Thumb down 51

    • Basanta Thapa,Maryland,USA

      ग्रैह राजनैतिक ब्यबहार ! सायद अन्तिम धम्कि ! संबिधान सभाको औचित्य माथि बलत्कार ! ६०१ किन ? अरबौ पैसाको ब्रम्हलुट !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 48 Thumb down 45

      • Lila GC

        संबिधान नबनाउने खेल चाँही राजनीतिक, संबिधान जसले लेखिसक्यो र घोसना गर्छु भन्छ त्यो कसरि गैर राजनीतिक हुन्छ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 25

        • Basanta Thapa,Maryland,USA

          संबिधान नबनाउने खेल अराजनैतिक,ग्रैह राजनैतिक खेल हो चाहे जो सुकै ले यो खेल खेलुन \ लिलाजी संबिधान संभासद बाबुराम भट्टराईले बनाउने कि संबैधानिक समिति ले ? संबिधान माओबादी पार्टी लाइ मात्र मान्य हुने गरि बनाउने कि सबै दललाइ मान्य हुने गरि बनाउने ? संबिधान संबिधान सभा बाट घोषणा गर्ने कि सडक बाट ? यदि बाबुराम र माओबादीले मात्र बनाएको संबिधान सडकबाट घोषणा गरि देशमा लागु गर्न मिल्छ भने अन्य व्यक्ति र पार्टीले घोषणा गरे तपाई लाइ मान्य हुन्छ ?

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 12

    • chitr raj, dhankuta

      जे गर्ला माओवादिले गर्ला जस्तो छ, किना कि नयाँ बनाउने भनेको नै खालिठाउ छैन भने पुरानो भत्काएर फेर्दा मात्र बन्छ वा खालिठाउमा बनाउदा मात्र हुन्छ, पहिला जे छ तै लै राखेर नयाँ भन्नु अन्धा लाई मात्र हो किना कि उस्ले देख्दैन अब नेपली कांग्रेस र एमाले ले जनतालाई नागरिक को रट लगाएर अब जनतालाई झुक्काउन सक्दैन, किना कि सबै अन्धा छैनन्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 23

    • उद्धब पौडेल/अमेरिका

      माओबादी पनि संबिधानको पक्छेमा भन्दा सत्ताको मोह बढी भाको पार्टी ठहरिओ | उशै अन्तर्गतको निरकुंश संबिधान लागु गर्न मात्रै उ लागिपरेको प्रस्ट देखिएको छ | यो पार्टीले
      पनि जनता भन्दा कुर्सि ठुलो भन्ने धारणा त्याग्न सकेन र उस्को काम गराई हेर्दा उ आफै
      कठपुतली पार्टी भय जस्तो लाग्दै छ | उ आफै कठपुतलीको जस्तो कैले के कैले के गर्दै नाची
      रहेकोछ, त्यो पनि सत्ताको प्राप्ति को उदेशयले | उद्धब पौडेल/अमेरिका

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 51 Thumb down 49

    • sheela

      Salokya जी:
      अभिबादन!

      १. हजुरले सार्है लेख्नु भो कि:
      Quote ‘……जनताको संघीय लोकतान्त्रिक संविधान’ नाम राखिएको यो संविधान बाबुराम भट्टराईले बनाएका कहिले जेठी सासुको घरमा अनि कहिले कहाँ बसेर तयार पारेका हुन्।…..” Unquote

      २. तपाई यो संविधानको अन्तर बस्तु मा के छ, तेस माथि चाही केहि नलेख्ने तर यो ड़ा. ‘बाबुराम भट्टराईले जेठी सासुको घरमा बसेर बनाको’ जस्ता अति तल्ल स्तरका कुरा हालेर लेखको सुरुवात गर्नुको भित्र उदेस्य चाही के रे छ बुझ्न समय लाग्ला./ हुन त आजकल mysansar मा येस्तई ‘चिप्पी-चिप्पी’ कुराको टिप्पणीकर्ता ज्यादा हुने हुनाले उहाहरुलाई टार्गेट गरेर लेख्नु भाको हुन सक्छ/ निक, बिराज, बिर, राजेश जस्ता साथीहरु त खुब खुशी भै हाले होलान, अब वहाहरुको टिप्पणी येस्मा नै खनिन्छ होला../ म जस्तो खुसि हुन नसके पनि कोहि त खुसि हुने छन् नि/

      ३. बिषय-बस्तु को गम्बिर्यता भन्दा ‘जेठी सासु’ लाइ ल्याउनु कतिको सान्दिर्भिकता हो? मलाइ छाही ठ्याम्मै पचेन / तपाइँसंग यसको प्रसस्त औचित्यता होला, म जस्ता अचिंकन जिज्ञासु को जिज्ञासा पूरा गरि दिनु होला भन्ने आशामा छु/ बिषय-बस्तु थाहा नपाएर त होइन होला/ बाबुरामले ‘जेठी सासु’ को घरमा बसेर लेखेको थाहा पाउन सक्ने तपाइको खुफियाले यसको अन्तरबस्तु कसरि थाहा भएन होला र!

      ४. यो संबिधानको बैधानिकता, प्रक्रिया, समय, आदिमा त बहस हुने नै भो, गर्दै जाउला./ अरुको जस्तै मेरो पनि आफ्नो opinion तेस्मा राखुँला/ तपाइँ जस्तो विद्वानको आफ्नै ब्लग र आफ्नै लेखमा यो ‘जेठी सासु’ को उपस्थितिले मलाई कस्तो कस्तो लागि रा’ छ सालोक्य जी!! ड़ा. बाबुरामले कहाँ बसेर लेख्नु पर्ने हो? संबिधान सभामा त बसेर लेख्न दिएको भे एस्तो अवस्था आउदैन थियो…

      ५. Sorry सालोक्य जी, आजकल मैले तपाइसंग निकै जोरी खेल्न थालेको छु, एकदमै चित्त बुझेन अघिल्लो “प्रायोजीत माफ” प्रकरणमा पनि येस्तई भो….कृपया अन्यथा नालिदिनु होला…

      उही,
      शीला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 40

    • AAKASH

      माओबादी हरुको भारत बिरुद्ध को लडाई हो यो. माओबादी को लागि नेपाल का नेता हरु केहि पनि होइनन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 26

    • prakash

      यो एउटा महान बिचार (घुर्की)मात्र हो तेस्रो जन आन्दोलन सफल (देख्नुभयो नि होइनर)भएर अग्रसर भएहोला नि माओबादी

      प्रकाश पुन “इराक”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 35 Thumb down 41

    • Futile exerise…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 13

    • द्रोण

      अब त्यो बेला मावोबादिले आफ्नो संबिधान दियो भने फोरम ले आफ्नो संबिधान देला , तेस्तै त् म लो पा को संबिधान, कांग्रेस एमाले सभासद् चै समयावधि थपेर
      देस चुस्न पाए सम्म चुस्ने तिर नै जाला | मावोबादी हरु येसरी राजनैतिक पराजय भोगिसकेपछी अलि बुद्दी पुर्याएर काम गर्नु नै उपयुक्त हुन्छ जस्तो लाग्छ |
      नागरिक न्युज मा मा कु ने को लेख पढेर र उनको फुर्ति देखेर ,अब प्रचण्ड ले साचै सिरियस हुनुपर्ने महसुस भयो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 16

      • kranti

        द्रोण जी,
        मेरो बिचारमा माओबादीले एक्लै भएपनि संबिधान घोषणा गर्छु भन्नु सायद अरु पार्टीहरुलाई नैतिक दवाब दिन र तथाकथित बौद्धिक वर्गहरुलाई समेत सोच्न बाध्य पार्न हो जस्तो लाग्छ | अहिले संबिधान बनाउन माओबादीले अबरोध गरेको भन्ने प्रचार प्रसार लाइ चुनौती दिन र कांग्रेस एमाले ले अहिले सम्म के कति गरे त भनेर सबै जनताहरुले मुल्यांकन गरुन भनेर पनि उसले यो रणनीति लिएको जस्तो देखिन्छ | अहिले हामीले यसरि जारी हुने संबिधानले मान्याता पाउछ कि पाउदैन भनेर बहस गर्ने होइन कि यसलाई नैतिक कडीको रूपमा लिएर अरु दलहरुलाई खबरदारी गर्दै राष्ट्रिय सहमतिका लागि बाध्य तुल्याउनु पर्दछ | यदि हामि यो संविधानको बैधता तिर बहस चलायौ भने प्रतिक्रियाबादिहरुलाई नै फाइदा पुग्ने हो |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

    • yubak

      जब सम्म सोझा सीधा जनता भेडा झैँ यिनीहरुको मतियार भएर सडकमा उत्री रहन्छन तब सम्म यी पाखण्डीहरुको व्यापार चली रहन्छ ! कहीले प्रदेश घोसणा को व्यापार , कहीले आन्दोलन को नाममा सोझा सीधा जनता लाई काठमाडौँ ल्याई चन्दा को व्यापार , अब सडक बाट नया संबिधान घोसणा गर्ने व्यापार कति दीन चल्ने हो हेर्दै जाउ !

      माओबादी नेताहरुलाई मेरो एउटा सुझाब के छ भने अब एक एक ओटा साइकलमा टोकरी राखेर ये नया प्रदेस, नया संबिधान, नया नेपाल ……… भन्दै गल्ली गल्ली मा गएर बेच्न थाले कम्तीमा जनताले दुख त नपाउने थिए होला !! तर नेपालका राजनैतीक दलका प्रमुख भनाउदा नेताहरु को दिमाग मा यस्तो बुद्दी कहीले आउने होला ???? आशा गरौ कमसेकम यी बेबकुफ नेताहरु को खोपडीमा अलिकति बुद्दी पलओस र सम्पूर्ण जनताले शान्ती संग नेपाल मै जीबन बीताउन पाइयोस !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 30

    • It’s Impossible !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 26

      • milan lama

        साथी हो नेपाल मा impossible भनेको के पनि छेन/कसले सोचेको छ दुइ दुइ टाउ बाट हरेको मान्छेले PM हुन्छा भनेर/विकास सिद देशहरुमा त हरेको मान्छे parliment house को नजिकतिर पनि जना पौदैना तर नेपालमा त PM नै भयो/जोसंग पैसा र India को अशिबाद छ तेस्ले जे गरे पनि हुने देश नेपाल/संसार कहिँ नहुने कुरा न त USA मा हुन्छा न त नेपालमा ????????????

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 16

    • Sushil

      “मरिच किन चाउरियो?
      आफ्नै पिरोले…..”
      उखान तेसै बनेको हैन….कैले बुज्ने माओबादीले?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 24

    • SANKALPA PAUDEL

      नेताहरु मन्त्रिहरु कुर्सि र पद पाउनासाथ खुसपैठ, आफ्ना मान्छेलाई काम लगाउन र पैसा कमाउन बेस्थ भए , संबिधान बनाउनु छ है भनेर सबैले बिर्से ,
      कमसे कम माओबादीले जेस्ठ चौध भित्र संबिधान बनाउनु पर्छ भनेर आफ्नै भएपनि एक्लै भएपनि संबिधान त बनाएछन नि .
      राजा हटाउने संघर्षमा, लोकतन्त्रको संघर्षमा आफ्नो ज्यान गुमाएका नेपाली सहीदहरुलाई माओबादी बाहेक अन्यदलहरु कसैले पनि इज्जत नगरेको र आफ्नो स्वार्थ पूर्तिको लागि प्रयोग गरेको भन्ने कुराको यहाँ बाट प्रुस्ती हुन्छ.
      एमाले ले बनाको संबिधान कांग्रेश ले बनाको सबैले मिलेर बनाको संबिधान कुर्दा कुर्दा हाम्रो देश अर्कै छिमेकी देश को कब्जा मा परि सक्छ, त्यसैले मेरो बिचारमा एकपटक माओबादीले बनाको संबिधान पढौं हेरौ बुझौ एदी हामीहरु ( नेपाली जनता ) लाई ठिक लाग्छ भने त्यसैलाई लाई पारित गरौ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 18

      • nimes shrestha

        ल तपाईलाई मान्य हुन्छ एस्तो संबिधान
        १. राजाबादी , राष्ट्रघाती(defined by Maoist) र फरक बिचार राख्ने पार्टी खोल्न नपाइने | फलत माओबादीले घोसना गरेको बर्गीय सत्रु काग्रेश राजाबादी राप्रपा नरहने …..अन्तेमा मात्र माओबादी मात्रै रहने .
        २. धन कमाउन छुट नदिने | धन सम्पतिमा हदबन्दी रहने | धनीलाई त अरु कमाउन पटकै छुट नरहने
        ३. न्यायपालिका सरकारको under मा रहने .
        ४. जातिय आधारमा राज्य बनाइने (१६-१८ कति हो )
        ५. …………..
        आदि

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 11

    • A.Shakya

      हो। अवश्य माओवादीले जेठ १५ गते एक्लै संविधान घोषणा गर्नेछ अनि सके भोलिपल्ट नत्र पर्सिपल्ट फेरि फिर्ता लिनेछ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 20

    • देशमा संकटकाल लागू हुन्छ र अन्तरिम संबिधान बमोजिम स्वत येस्को म्याद ६ महिना थपिन्छ / चिन्ता लिनु पर्दैन /यो काम सब हाम्रा प्रथम राष्ट्रपतिज्यु बाट सुसम्पन हुनेछ /सबैलाई चेतना भया!!!!!!!!!!!!!!!!!!!!!!!!!
      धन्यवाद !!!!!!!!!!!!
      हाल कुवैत !!!!!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 16

    • neerose

      माकुनेको सरकार अनि एमाले र नेपालि कांग्रेस का घुस्या र भुस्या तेस्तै यो सरकार लाइ समर्थन गरि देशको परिवर्तन लाइ रोकी भाँजो हाल्दै अस्थिरता निम्त्यायर मओबादि माथी दोष थुपार्दै प्रतिगमन गरि देशलाई फेरी पुरानै स्थितिमा पुर्याई आफ्नो रोजीरोटी बनाउने ब्यापार चलाउने उदेस्य राखेका जनघाती र जनविरोधी हरुले भन्दा त् राम्रै संबिधान ल्याउला हो!
      अब देशले तेही संबिधान पास गरि लागि गर्ने हो कि, बाबुरामले बनायको हो भनेत नराम्रो होला भन्न सकिंदैन! यदि बहुदल बाद, जनसर्बोच्चाता, स्वोधिनता, नागरिक अधिकार, मानाबाधिकार, अध्यावधिक निर्वाचन, प्रतिस्पर्धाको राजनीति,जनमतको सर्बोच्चता र कदर जस्ता बस्तुगत र नीतिगत अनि तात्विक कुराहरुको निश्चित प्रत्याभूत गरियको छ भनेता भैहाल्योनी, संबिधानमा हुनु पर्ने तेहित हो!
      नामसँग भन्दा काम संग मुख्य चासो हुनु पर्दछ! र हालसम्म माओबादीले आफु प्रति भयको सम्पूर्ण भ्रम हरुलाई चिर्न पूर्ण सफल भयको छ,
      माओबादी हरु प्रजातन्त्रलाई आफ्नो पेवा ठान्ने, देशलाई बाउको बिर्ता ठान्ने हरु भन्दा बढी लोकतान्त्रिक भयको कुरालाई प्रस्तुत गरि सकेको छ!
      यदि माओबादीले यसो गरि हाले पनि मलाइ चाहि मान्य नै छ है, किनकि माकुने, ओली, शेर देउवा,शुशील,रामचन्द्र,गच्छेदार,सुजाता जस्ताहरु भन्दा त नाम माओबादी भयपनी मलाइ त बाबुराम, प्रचण्ड, राम बहादुर आदि हरु प्रतिनि अत्याधिक बिस्वाश छ देशको सम्बन्धन मा! र यिनीहरु( बाबुराम हरु)लाई छोडेर तिनीहरु(माकुने हरु)लाई रोज्नु भनेको त मरो लागि त् या त् दलाल हो या पागल! र देशको लागि म आफ्नो स्वार्थ र दलाली गर्न सक्दिन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 19

    • Jeevan

      पार्टीको बिधान सरह हो जुन माओबादी पार्टीको ऐलेको भन्दा अलिक सभ्य र फरक होला तर अरुको लागि यो माओबादी पार्टीको बिधान भन्दा बढी केहि हुन्न/
      अनि अर्को कुरा भनेको केटाकेटीले बनायको ढिकी च्याउ जस्तै होला अरुको लागि यो संबिधान! अनि अर्को कुरा भनेको माओबादीको भित्रैदेखि गुम्सियको कुराको बिस्फोट हो/ आफ्नो कुरालाई कसै संग गर्दा पनि भित्रै देखिको उकुस मुकुसको अन्त्य हुन्छ र मान्छेमा मानसिक सान्ति मिल्छ / तेसै भयर पनि होला/
      जे हुन्छ राम्रैको लागि हुन्छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 15

    • Manoj

      ‘जनताको संघीय लोकतान्त्रिक संविधान’ नाम राखिएको यो संविधान त माओबादी पार्टी र त्यसमा आस्था राख्नेहरुको मात्रै हुने भयो, होइन र? के नेपाल को जनता सबै माओबादी र नेपाल का राजनीतिक दल भनेको माओबादी पार्टी मात्रै हो त? यही प्रकारले नै सबिधान जारी गर्नु थियो भने त किन अर्बौ खर्च गरेर संबिधान सभा को चुनाब गरियो. के नेपाल देश नेताहरु को मात्रै हो त? होइन भने किन…..?

      मनोज
      हाल, दोहा, कतार.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 47 Thumb down 35

      • kranti

        मनोज जी, यहि प्रश्न त अहिले सबैले सोध्ने बेला आएको छ | २ बर्ष सम्म संबिधान सभाले पटक पटक मिति सार्दै ताकेता गर्दा समेत आ-आफ्नो पार्टीको तर्फा बाट प्रारम्भिक मस्यौदा समेत नबुझाउने दलहरुले त संबिधान बनाउन सक्दैनन् भन्ने कुरो प्रस्ट नै भैसक्यो नि | उनीहरु गैर जिम्मेवार भएपछी माओबादी पनि उनीहरुकै पछी लाग्ने कि जनताले अर्ह्याएको काम गर्ने ? हामीले त उनीहरुलाई संबिधान बनाउन पठाएको हो नि भत्ता खान मात्रै त होइन नि | माओबादी प्रति असहमति होलान तर माओबादी को बिरोध गर्ने नाममा कांग्रेस एमाले को समर्थन गर्नु पर्ने कुनै आधार छन् र ?

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • kranti

      संबिधान सभाको गठन भएको २ बर्ष सम्म पनि आफ्नो पार्टिको तर्फबाट मस्यौदा समेत प्रस्तुत नगर्ने नेपाली काङ्रेस र एमाले नै अहिले संबिधान बनाउन नचाहने मुख्य तत्व हुन् भन्ने कुरो अब सबै सामु प्रस्ट भैसकेको छ | अहिले सम्म यी २ दल हरुले के गरेर बसे ? खाली माओबादीले प्रस्तुत गरेको खाकालाई यो भएन र उ भएन भनेर बिरोध गर्नु सिबाय यिनीहरुले आफ्नो तर्फ बाट कुनै पनि अबधारणा राख्न नसक्नुले नै यीनिहरुको हैसियत र क्षमता प्रस्ट हुन्छ | यी दुइ दललाई सत्ताको रन्को बाहेक अरु कुनै कुराको कहिल्यै चिन्ता भएन | खालि माओबादीले सत्ता कब्जा गर्दैछ भन्ने सुगा रटाइ गर्दै संबिधान सभाको सबै भन्दा ठुलो दललाई नै कुना तिर धकेल्नका लागि बिदेशी समेत को शरण परि सत्तामा सधै टिकिरहने यीनिहरुको नियत अब प्रस्ट भैसक्यो | यी २ दलले त अहिले संबिधान सभाको म्याद १ बर्ष थप्ने निर्णय समेत गर्दैछन रे, अर्थात अरु १ बर्ष सम्म भत्ता खाइरहने र सरकार मा बसेर देशलाई कङ्गाल बनाइरहने |
      अहिले सरकारमा समेत बसेका कांग्रेस र एमाले ले २ बर्ष सम्म पनि आ-आफ्नो पार्टीको तर्फबाट मस्यौदा समेत नबुझाएर जनता प्रति गैर जिम्मेवार प्रकट गरिरहेको अवस्थामा माओबादीले आफुले तयार पारेकै मस्यौदालाई “जन संबिधान” भनेर घोषणा किन नगर्ने ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 39

      • yubak

        जब सम्म माओबादीको सत्ताको भोक मेटिन्न तब सम्म माओबादीको कति खाले रुप र नाटक देख्न पाइने हो हेर्दै जाऊ ! अरु भारत जादा प्रभुको सरण पर्न गयो भन्ने अनी आफु चाही उही प्रभुको सरणमा परी आन्दोलन सम्म फीर्ता लिन सक्ने छक्का प्रवृतीले कहिले सम्म हामीजस्ता इमान्दार जनतालाई गुमराहमा राख्न सफल होलान र ? अनी तिनीहरुले लेखेको मस्यौदा कती जनता को पक्षमा होला ? यदी सडक बाट संबिधान घोसणा गरेर हुने भए … पहीला जंगलबाटै घोसणा गरी halthe नी , किन यत्रो नाटक manchan गरी rahanthe र …..?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 32

      • Kaji

        गर्ने, किन नगर्ने? गर्नैपर्छ / क्रान्ति को विचारमा १००% सहमत/ १ बर्से शासनकालमा माधव कुमार इंडिया team ले के नै राम्रो खेलेको थियो र? समय हुन्जेल उद्घाटन, रिबन काट्ने, विदेश सयर गरेकै हो केरे/ अहिले माओबादीलाई मात्रै दोष दिएर पन्छिन पाउछ र?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 21

    • Ramji

      हेर्नुस माओबादी साथीहरु एक्लै संबिधान बन्ने भए किन जनताले एती दुक्ख पाउनु पर्थ्यो र? किन हो त हामीहरु लाई मुर्ख बनाको? जे होस् माओबादी ले आफ्नो जिद्दीपाना त्यागेगो छैन अझ पनि केहि पाठ सिकेको छैन, अब त क हो क देश को हालत?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 48

      • bantawa

        रामजी जी तपाईका भनाइ प्रति आत्मादेखि म सहमत छु बास्तबमा आज यो दिन त हामीले देखनु थियो. किनकी मेरो बारम्बार भनाइ यहि छकी जब देसमा लोकत्रन्त्र ६२ /६३ को जनआन्दोलन को बल्देखी इस्थापित भयो वा १२ बुदे सहमति भयो यसरी माओबादीहरु सान्तिमा रुपातार्ण भय यसरी जब संबिधान सभाको निर्बाचन सम्पन्न भयो | तत् पस्च्यत प्रमुख तिन पाटीहरु क्रमस माओबादी.नेपाली काग्रेस.ने.क.पा.एमाले आदि पाटीलाई तिमीहरु मिल र अरु २२ पाटीलाई साथमा लियर अगाडी जाऊ भनेर जनादेस प्राप्त गरेका हुन् तर मलाइ लाग्छ तो जनादेस ठुलो पाटीको नाताले माओबादीले पुरा गर्न सकेन अर्थत उ चुकेको छ यसलाई बडी नुछ्लोउ तर भनै पर्ने हुन्छ जब माओबादीले सरकारको नेत्रेतो लिन चाहेयो ठिकै छ यसमा उसको अघिकार हो र दोस्रो पाटि काग्रेसलाई रास्त्पति उसको अधिकार थियो तर उसले सोर्गीय.गिरजा प्रसादलाई उपुक्त ठानेन यहि सवालमा एमालेलाई माधव नेपाललाई सुइकार गर्न चाहेन उसको नियतमा खोट थियो वा रहेछ यसरी तिन पाटीका अधिल्तिर विस्वासमा खाडल परि रहो अन्तत जनताको आदेस मुताबिक केहि कुरामा सहमत खालका जस्सो बातबरण तयार भयो पुन सरकार बनाउने सवालमा कांग्रेस सरकारमा बस्न चाहेन र पनि सरकार गठन भयो तर बिडम्बना फेरी पनि माओबादी सहमतिको खुड्किला chhder ekle hedne kam gareyo yasko sorup हो आज maaobadiko यो संबिधान dhosna garne उसको najayajh kam jantalai aando banuyako छ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 15

    • harithapa

      हाम्रो देशका नेताहरुलाई देख्दा अब त वाक्क लागेर आउन लाग्यो, खुट्टा ताना तान मात्र गर्न जानेका …..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 4

    • chandra bahadur B K

      जशरी भए पनि जन संबिधान लेखिनु पर्छ / चाहे सरकार ले लेखोस चाहे त्यो मावोबादी ले लेखोस तर जनता ले चाहेको संबिधान जेष्ठ १४ भित्रै हुनु पर्छ /
      धन्यबाद
      चन्द्र बि क
      साउदी अरब रियाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 53 Thumb down 51

    • Shirish Lamichhane

      ‘जनताको संघिय लोकतान्त्रिक संविधान’ किन भन्नु पर्यो र? माओवादीको एकदलीय, एकलौटी, निरङ्कुश अनि शोषक प्रक्रियाको उपज भने उपयुक्त हुन्थ्यो होला |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 69 Thumb down 57

      • Lila GC

        नेपाली हरु अलि छाडा भए अलिकति राम्रो नेताको dictatorship चाहिने भएको छ देसको लागि, नत्र कोहि ढलेको सिन्को उठाउने होइन देसमा चाहिं, खाडीमा छाही जे गर्न पनि तयार !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 10

    eXTReMe Tracker