मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भारतले कडा दबाब दिने रे अब

    भारतले नेपाललाई अब कडा दबाब दिने रे। नेपाल भनेको फेरि प्रधानमन्त्री माधवकुमार नेपाललाई हैन नि, हाम्रो देशलाई पो त। नाम उल्लेख नगरिएका स्रोतैस्रोतलाई उद्‍धृत गर्दै अन्नपूर्ण पोस्टमा नयाँ दिल्ली डेटलाइनबाट प्रकाशित निलोवा राय चौधरीको समाचारमा सबै दलका नेतालाई एकै स्थानमा बसेर समस्या समाधानको उपाय खोज्न दबाब दिने रे। चौधरी भारतीय दैनिक हिन्दुस्तान टाइम्सकी डेपुटी फरेन एडिटर हुन्।

    हे भगवान्, कस्तो समय आयो यो अब। यी नेपालका नेता भनाउँदाहरु मिल्नलाई पनि अब बाहिरबाट निर्देशन आउनु पर्‍यो, घरको झगडा घरैमा मिलाएर खान नसक्ने भए अब।

    समाचारमा कसैलाई राजीनामा देऊ भनी सुझाव भारतले दिएको छैन भनिएको छ जसको अर्थ माधव नेपालको सरकारलाई समर्थन हो। वाईसीएलको अर्ध सैनिक संरचना अन्त्य, माओवादी लडाकुको समायोजन र सम्पत्ति फिर्ताका कुरामा भने अब भारतले दबाब दिने भएको छ।

    समाचारमा प्रधानमन्त्री माधव नेपाल र राष्ट्रपतिमा रामवरण यादवलाई भारतले समर्थन जारी राख्‍ने भनिएको छ। मतलब भारतको दबाब मुख्यगरी माओवादीलाई पर्ने भयो। प्रभुसित सीधै वार्ता गर्छु भन्ने माओवादीले अब यो दबाबको सामना कसरी गर्ने हो, हेर्न बाँकी छ।

    अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार हेर्नुस्-


    No related posts.

    47 comments to भारतले कडा दबाब दिने रे अब

    • binu

      बादर को हातमा नरिबल भने जस्तै भयको छ.[ हाम्रो देस ,भाई भुटे गबार लुटेभने जस्तै [सबैको आखा हाम्रो देस मा पर्नु त सोभाबीकै हो ] एक आपसमा मिलेर सयोग को भाबना त आभुमा पो हुनुपर्छ ] फुताऊँ हैन मिलाओं सबै एक जुटभयर देस को बिकास गरे हुन् [आरुलाई दोस दिनु भन्दा आभुमा कमजोरी हेर ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rabika

      नेताहरु नेपाल मा अलिकति हावा हुरी चल्यो भने भारतमा गैर कति चाकडी र चाप्लुसी गर्छन? यो कुरा सब बिदितै हो / अनि यस्ता लुते नेता हरु लाइ न हेप्ने त कुरै भएन/ त्यसैले इनिहरुले नेपाल लाई हेप्ने आट गरेका हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • २२ वता कठपुतली हरु को गठबंधन : लोकतंत्र भनेको जनता बाट अस्वीकृत हरु ले बिदेशी को इशारा र स्वार्थ माँ नेपाली जनता माथी परेड खेलने ब्यबस्था हो.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Dinesh Swabhiman

      what a frustrating statement of Indian politics!! Bloody blood sucker!!
      भारत बिस्तारबाद मुर्दाबाद /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

      • इश्वर

        mysansar मा कमेन्ट लेख्ने पाठक हरु पनि सब्बै भारत समर्थक रहेछन किनकी माओबादी को बिरुद्द मा केहि समचार प्रकासित भयको भय कति कमेन्ट हरु हुन्थ्यो तर आज नेपाल आमा माथि कसैले हस्तछेप गर्न खोजेको छ भने सब्बै जना चुप किन?१ ओटा सामन्य लेखमा २००,३०० कमेन्ट हुन्थ्यो कोहि आज ?तपाई हाम्रो सानो आवाजले नि कुनै ठाउँ मा काम गर्दछ हाम्रो घर भित्रको मामला मा हात हाल्न खोज्ने बिरुद्द उठौ साथी हो उठौ …

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

        • Ajay Gurung

          ईश्वर जी खै कुरा कसरि बुझ्नु यहा लाइ थाहा नै होला यी भारतीय भन्ने छिमेकी भनौदाहरु कहिले नै हाम्रो नेपाललाई छिमेकीको रुपमा हेरेका छन् र ? यिनीहरु त रक्तपिपाशुहरु हुन् यिनीहरुको लाई अहिले एकछिन पर राखेर हाम्रै आफ्नै मुलुक भित्रको परिस्थिति लाई नियालौ हो ठिक भन्नु भयो मावोबादीको कुरा आउदा धेरै कमेन्टहरु आउछ किन भने यिनीहरु हाम्रै आफ्नै दाजुभाइ दिदि बहिनि हुन् यिनीहरुको राम्रो नराम्रोमा सबैलाई चाख हुन्छ,पहिला त हाम्रै देश भित्र नेपालिको रुपमा कुर्सिमा जरा गाडेको माकुनेको बारेमा सोच्नोस,यस्ता धमिराहरुको बारेमा सोच्नोस जसले देशलाई झन् झन् अराजकतातिर डोर्याउदै लैजादै छ !! यी भारतीयहरु त भुक्ने काम हो भुक्दै गर्छन,यहि माईसंसारमा माकुनेको जय जयकार गरिएको थियो सबैजना मक्ख बनेर भारतीय दलालिलाई पुज्दै गरेको मेरो यी आखाले नै देखेको हु कतिपय यस्ता पाठकहरु छन् यहाँ जोर शोर ले माकुनेको स्वागतमा लिप्त थिए , माकुनेको हासो उठ्दो गफमा रमिरहेका थिए ” नेपाली जनता ले सैनिक तालिम लिनु पर्ने रे ” यहाँसम्म कि सबैले सैनिक तालिम लिएर भारतीयहरु संग भिड्ने रे !! सार्है सोझा छन् नेपालीहरु ….थर नेपाल राख्दैमा नेपालि हुदैन !! ईश्वर जी पहिले यी पाजीहरुलाई कसरि हटाउने बारेमा सोचौ हाम्रो नेताहरु दरो भए यस्ता धोति भनाउदाहरुलाई Thik parnu kunai garo kaam Haina ..!!

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

        • madan bajracharya

          इस्वोर जी
          तपाईं को प्रतिक्रिया पढ्न पाएर खुसि लाग्यो/ हामीले बिरोध गर्ने पर्छ/ अब भारतमा गएर बा भारतियेहरुको रोहबरमा गरिने कुनै कुरा हामीले मान्नु हुँदैन/ अब हामीले भारतलाई प्रभु मान्नेहरुलाई सामाजिक बहिस्कार गर्नु पर्छ/ माधव नेपाललाई लिट्टे नेपाल भन्नु पर्छ/ अर्को संबिधान सभाको चुनाव होस् भन्दै त्यो चुनावमा भारतको दास हरुलाई सबै तिर बात हराउनु पर्छ/

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Dinesh Swabhiman

      आँखा नहुनेको नाम नेत्र बहादुर,
      बुद्धि नहुने को नाम ज्ञान बहादुर
      भिखारी को नाम धन बहादुर
      माधब कुमार को पछाडी भारत नभएर नेपाल र यो कठपुतली सरकार उस्तै हो….दुध को साच्छी बिरालो भने झैँ …. सबैले बुझेको कुरा …. नया नेपाल मा

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 8

    • नारायण कुमार दाहाल,गाईघाट,उदयपुर

      लाटा ले पनि बुझ्छ माधब नेपाल भारतको दलाल हो.
      मलाई केहि भन्नु छैन एसको गति ज्ञानेन्द्र को भन्दा
      नराम्रो हुन्छ हेर्नुहोला.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 10

    • बीर

      एउटा असल छिमेकीको नाताले झगडा नगर, मिलेर बस, कुनै निकास निकाल भन्नु त राम्रै कुरा हो तर यो गर, उ गर वा यसलाई पाखा लगाऊ, उसलाई पाखा लगाउ भन्नु चाही आन्तरिक मामलामा हस्तछेप गर्नु हो | यस्तो कुराबाट चाही बेलैमा सबै सजग हुनु पर्छ होइन भने फेरी टू लेट हुन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • kranti

      सम्पूर्ण देशप्रेमी साथीहरु !
      आउनुहोस अब सबैले भारतीय हस्तक्षेपको बिरोध गरौ |
      भारत बाट संचालित सबै रास्त्रघातिहरुको भण्डाफोर गरौ |
      जनमतको कदर नगर्ने हरुवाहरुको बिरोध गरौ |
      देशमा सैन्य शाशन लगाउन चाहनेहरुको बिरोध गरौ |
      संबिधान सभा नचाहने तत्वहरुको भण्डाफोर गरौ |
      रास्ट्रीय सहमतिमा नगई ३०१ को खेलमा रमौना चाहने हरु जनता मारा, रास्त्रघाती, र संबिधान बिरोधि हरु अहिले भारतको आडमा निकै चलखेल गरिरहेका छन् | यीनीहरुलाई खबरदारी गरौ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 7

    • नेपालका राजनितिक नेताहरु किन जहिले पनि दोषादोष गरिरहन्छ भन्या, यिनीहरुका बुद्धि अब कहिले पनि नफिर्ने भयो त ? अनि छिमेकी त भारत मात्र हो र ? चाइना पनि त हो l भारत हाम्रो आंतरिक मामिलामा किन भुत्ते कुकुर झैं भूक भूक गरिरहन्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Harke

      “भाइ फुटे गवार लुटे…!”
      गवार (१० पास सम्म गरेका युनिटिका निर्देसकहरु जस्ता) ले त लुट्न सक्ने स्थितीमा पुगेका हामी नेपाली र नेपाललाइ…दक्षिण एसिया कै महासक्ति राष्ट्रले लुट्न नसक्ने वा दवाब दिन नसक्ने त कुरै भएन नी !

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • madan bajracharya

      “नेपाललाई सिक्किम भुटान नठान” अब भारतलाई खवर दार गर्ने पालो हाम्रो हो/

      इयु ले नेपालको बारेमा बोले भनेर लिट्टे कुमार नेपालले ‘नेपालके मामिलेमा तुम लोग मत बोलो हमे तुमारा उपनिवेश नही बनाना है” भनेको त् हामीले सुने/ अब नेपालो मामिलामा बोलेको मा लिट्टे कुमारको बोल्ने पालो सिध्हियो/ अब भारतले नेपालको सबै दलहरुलाई एकै थाहुन मा राखेर सहमति(एक मधेश मुद्दामा मधेसी मागमा सहमति हुन्) गर्न कडा दवाव दिएकोमा अब बिरोध गर्ने पालो हाम्रो हो/

      नेपालको मामिलामा भारतले चासो लिन बन्द गर/ नेपाल लाई सिक्किम बन्नु छैन/ भुटान बन्नु छैन/ हामीलाई लेंग्दुप दोर्जे जस्तो प्रधान मन्त्रि पनि चाहिंदैन/ लोकतन्त्रको नाम मा लोकतन्त्रको लोभ देखाएर नेपाललाई सिक्किम बनाउने, जाफ्ना बनाउने लिट्टे बाद स्वीकार्य छैन/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 7

    • tula

      आफ्नो देशमा आफै सरकार बनाउन नसक्नेहरु कसरी जितुवा हुन्छ ? जनताको साथ छ भन्ने हरु किन सडक ढुकेर बस्छ ? अरुलाई विदेशीको दलाल भन्नेहरु घरि घरि किन त्यहि विदेशीको आशिष थाप्न जान्छ ? कसैले जनतालाई भ्रममा नपरे हुन्छ l आज क्रान्तिकारी कुरा गर्नेहरु सत्तामा गयो भने उही ललिपोपमा मख्खै पर्छ l त्यसैले कसैको पुच्छर बनेर नहल्लिए हुन्छ l

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

    • anil

      आफु गति छाडा भए पछी अरुले जिस्काई हाल्छन नि.छिमेकी को घर झगडा ज्यादै ठुलो भयो भने अरु छिमेकी ले आफ्नो पनि हानि हुने डरले त्यसलाई मिलनको लागि भनि हाल्छन नि.यहाँ पनि भएको यहि हो.येस्मा भारत्को पनि गल्ति देख्दिन म त.उसकै देसमा माओवादी,मुस्लिम आदि आतंक्वादिले त्रसित बनाएर पनि होला सायद भारतले कम से कम नेपालको स्थिरता खोजेको ता कि एता तिर बात कुनै समस्या न होस्.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Akash

      मैले त भनेकै थिए… यदी सत्ता माओबादीको हातमा गएन भने चाडैनै त्यो सत्ता भारतको हातमा जानेछ ! अहिलेको सरकारमा भारतीयेहरु भरिसक्यो अब देश एउटा प्रान्त बन्न मात्र बाकी छ ! सरकारले खोजेको पनि येही हो ! माओबादीले मात्र नेपाललाइ भारत को हस्तछेपबाट बचाऊन कोसिस गर्दै छ … तर जनताले साथ् दिए पो…….बन्दुक बोकेर आन्दोलन गर्दा आतंककारी भन्ने, अनि बन्दुक फालेर सान्ति संग आन्दोलन गर्दा आन्दोलन बन्द गर्न लाउने….. जनतालै मतलब नै छैन एसको बारे … आखा खुल्नुस, एदी नेपाललाइ भारत हुनु बाट बचाउनु छ भने ….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 39 Thumb down 26

    • NABARAJ

      हरेक कुरामा यो इंडियाले नेपाल र नेपनिहरु माथि एकलौटी रुपमा अधिपत्य जमाउदै आइ रहेको छ…// हामी एक स्वतन्त्र नेपालीहरुलाई यो सह्य हुन सक्दैन…त्यसको ठाडो प्रतिकार गर्नु पर्छ तर यो माकुने हरुवाको कठपुतली सरकारलाई भने सत्ता टिकौनको लागि अबश्य पनि सह्य हुन्छ…//

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 5

    • Tek Bahadur

      You shit Indians!!! Mind your business. Stop interfering in others matter and go to hell!!! Don’t try to suffocate us…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 6

    • द्रोण

      नेपाल मा धान इन्डिया बाट आउछ ,तेस्तै अब संबिधान पनि आउने भो | नेपाल का नेताहरु गरिब नेपालीको पसिनाको कमाइ खाने जुका हुन्,र नेत्त्रित्त्व को अभिनय गर्ने फ्लप कलाकार मात्र हुन् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 1

    • MAHESWOR

      हामी देश प्रेमी नेपालीलाई यो भन्दा असह्य समाचार के हुन सक्छ?
      अब नेपालमा पनि आतंककारी जत्थाको जन्म हुनु जरुरि भयो किन कि माओबादीले पनि त्यस्तो कुनै नेता वा देश द्रोहिको हत्या गरेनन जसले भाते ( भारतीय ) दलालहरुको गोडा मिचेर सत्ता कब्जा गरि बसे
      माओबादिले सामन्तीको नाम दिएर गाउका केहि ठुला बडाहरुको हत्या गरेर सत्ता कब्जा गर्न लागि परे त्यसैले अब कुनै पार्टी मा विश्वास गर्नु भन्दा पनि आफ्नो देश कसले बचाउन सक्छ भन्ने तर्फ ध्यान दिनु पर्ने बेला भएको छ
      हामीलाई अब
      बिन लादेन चाहिएको छ
      जंग बहादुर चाहिएको छ
      सद्दाम हुसेन चाहिएको छ

      जय मातृभूमि नेपाल

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 9

    • buddha

      नेपालको इतिहासमा माओवादीले प्राप्त गरेका सफलता देखेर बिश्वको हरेक कुना आस्चर्यमा छ। यो २१ औ सताब्दिमा पनि कम्युनिस्टले यती धेरै प्रभाब पार्न सक्छ भनेर कसैले विश्वाश गर्नै कठिन छ। यसको असर भारतमा पनि तिब्र भएको छ। भारतक केही प्रान्तहरुमा माओवादी(भारती)हरुले आफ्नो राम्रो प्रभाब पारी सकेका छन। भारतको बिकास र अन्य समस्याहरुमा माओवादीका सिधान्त सफल देखिएका छन। जसको फल स्वरुप भारतले आफ्नो प्रती ब्यक्ती आय बढाएको छ भने बेरोजगारी पनि निकै अंकले झरेको छ। तर देश र जनताको बिकास गर्न कुर्सी जरुरी छैन भन्ने मान्यताले ‘काम गर्ने हनुमान जस पाउने ढेडु’ माओवादी पछाडि परेको छ। ज्वलन्त उधाहरण बिहारलाई लिन सकिन्छ। यही कुरा बुझेरै प्रचन्ड कुर्सी कुर्सी भनेर कुर्लिन्छन। जसरी श्री ५ को सरकारले माओवादीलाई रेड कर्नर नोटिस गरेको थियो त्यसरी नै भारत सरकारले पनि भारती माओवादीलाई आतंककारी घोषणा गरेको छ। तर भारती माओवादीहरुको लागि नेपाली माओवादी एउटा उधाहरण अनी उत्प्रेरणा सिद्द भएका छन। उनिहरुले नेपाली माओवादी सँग सिक्नु पर्ने धेरै कुरा छन। आजकल भारतमा आतंककारी हमला हुन सक्ने चेतावनी पश्चिमी मुलुकहरुले दिई रहदा अनी समाचारमा यती आर्मी मरे, यती पुलिस मरे भनेको सुन्दा भारतले मुख्य सत्रु नेपाली माओवादीनै त देख्ने भए। तसर्थ माओवादीलाई हराउनु उसको मुख्य एजेन्डा बनेको छ। प्रचन्ड जस्तो नेत्रित्तो गर्न सक्ने नेता युगले कम नै पाउछ होला। जसले ससस्त्र युद्दबाट समय सुहाउदो गरी आफ्नो पार्टीलाई जनताको विश्वाश जित्न सक्ने बनायो। नत्र प्रचन्डको पनि लिट्टेको जस्तो हबिगत हुन के बेर थियो र।
      तर भारतले सोचेको होला कि नेपाली माओवादीलाई घुडा टेकाउन पाए भारत शान्त हुन्छ तर त्यो गलत हो। भारतको सामन्ती स्वभाबलाई परिवर्तन गरिएन भने निकट भबिस्यमा भारत भन्ने नाम कुनै देशको कथा मात्र सिमित हुने पक्का छ। भारतले नेपाललाई दबाब दिने हैन बरु म भारतलाई सल्लाह दिन्छु कि तामिलहरुको कुरा पनि सुनिदेवो,गोर्खाल्यान्डको माग बुझीदेवो माओवादीहरु सँग बार्ता गर। हैन भने म यो भारतीय सरकारलाई १ महिना मै ढालाई दिन्छु। नेपाल यो बिषयमा गम्भिर आपत्ति प्रकट गर्छ।
      ईश्वर जि खै कता हुनुन्छ? यसो आफ्नो बिचार पनि राख्ने हो कि? तपाईंको जवाफ हेर्न आतुर छु ल।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 7

      • ईश्वर

        बुद्ध जि तपाईं को ठीक यब्म साचो हो पनि किनकी भारत आहिले को इस्थ्ती मा आफ्नी देश को माओवादी सँग निक्कै तेर्सेको छ दिन दिनै आफ्नो गर्ब भन्ने पुलिस को माओवादीको आक्र्मड् मा मृत्‍यु भै राखेको छ ।अनी उस्को आसंक छ कि हाम्रो देश को माओवादी पनी नेपालको अोबदिको सिको गरेर सबै भन्दा ठुलो दल बन्ने त हैन ? तै कारण ले गर्द उु आज नेपाल को माओवादी को आन्त्य चाहन्छ र आफ्नो बाउको बिर्ता जस्तो सम्ज्ने नेपाल लाई उस्ले सहमति को लागि दबाब दिनी रे कस्तो लज्मर्दो कुर हो यो आखिर योमाकुने को सरकार ले पनी चाहेको नै यही हो । आझै यो लाज नभय्को मकुने ले आर्कै तरिक बाट संबिधान बनाउनी रे यस्लाई के को मत्लब देश जे जस्तो भय

        नि आफ्नो दाजु भाई भतिजा सब्बै लाई सरकारी काम मा घुसायो आफ्नआ नाता लाई सरकारी दुकुटी बाडी हाल्यो ।।हे भगवान के होला यो देश?

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • binod

      अब मा कु ने ले भारत लाई पनि mind your business भन्ने हो कि ha ha ha…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

      • Akash

        माकुने ले भारतलाइ mind your business होइन mind our business चाही पक्कै भन्ने छ !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • raju europa

      यो भारत को हो र तेसले नेपाललाई दबाब दिने ? नेपाल भारतको प्रान्त हो र दबाब दिनु ? नत्र कुनै स्वत्रन्ता राष्ट्र नेपाललाई छिमेकि राष्ट्रले किन येसरी हेपेको हो ? यो सब हाम्रा भारत मुखी नेताहरुको कारणले यो इस्थिती आएको हो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

      • akash

        के गर्नुहुन्छ सर बिहार भन्दा पनी असान्त र अती भए पछी .

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • मैले बुझ्दा चाहिं कुरो एस्तो जस्तो लाग्यो…..अब सबै नेताहरुले एकै चोटी चाक पुस्छु भनेपछि भारतलाई पनि पीर परेको होला नि सबैले एकै चोटी आफ्नो चाक पुसे भने के हाल होला आफ्नो भनेर…..त्यही भएर अब दबाब दिएर यो नेताले बिहान पुस्ने यो मन्त्रिले राति पुस्नी भन्न लागेको होला….!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • V Naran

      तितो यथार्थ ,हाम्रा ब्वासा हरु मतलब (नेताहरु ) आखिर उसैका सन्तान न परे !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • पुष्प

      निर्लज्जताको पराकाष्ठा !!! हरुवाहरू संवैधानिक रे ! दबाब दिने रे ! माकुनेहरू काइँकाइँ गर्न थालिसक्यो होला । खबरदार प्रचण्डहरू, यो ‘दबाब’लाई माकुनेहरूले जसरी लिन्छन्, त्यसरी नै लियौ भने तिमीहरू पनि माकुने-सुजाताहरूकै कित्तामा उभिन गए हुन्छ ।

      अँ, हाम्रा ‘सुकिला-मुकिला’ अनि ‘बुद्धिजीवि’हरू कता हराए साँच्चै !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 13

      • Basanta Thapa,Maryland,USA

        पुस्पजी,
        हरुवा हरु कसरि असैबधानिक भए ? चुनाबमा हारेका तर आन्दोलनमा जितेका (जसको नेतृत्वमा जनान्दोलन भए) व्यक्तिहरु प्राटिको तर्फ बाट बिधायिका हुदै प्रधान मन्त्रि ,मन्त्रि भएका हुन भने कसरि अबैधानिक भए ? त्यसो हो भने माओबादी पार्टी बाट मनोनित सभासद् पनि असैबधानिक भए नि होइन त पुस्पजी ? हारेका व्यक्ति प्रधान मन्त्रि,मन्त्रि,सभासद् हुनु दुर्भाग्य हो अनि नैतिक हिनता हो तर नियम र बिधि जसले बनाए (जसमा माओबादी पनि संग्लग्न छ ) त्यहिँ प्रकिया अनुरुप बनेको सभासद्,प्रधान मन्त्रि,मन्त्रि कसरि असैबधानिक ? यस्ता नियम बनाउने पार्टीहरु लाइ के भन्ने नि ? हो यो सरकार नालायक छ,बिदेशी दाश हरुको जमात हो,आफ्नो लाइ पेलेर अर्कोलाई खुसि पार्ने यो जमात रास्ट्र र जनताको लागि अभिसाभ हो तर यस्तो स्थिति बनाउनमा माओबादी जितुवा पार्टी पनि त जिम्मेबार छ नि सबैलाई पेलेरै लान्छु,एकलौटी राज्य गर्छु भनि गरेको कामको प्रतिफल होइन र यो ?अनि सधै भरि धम्कि र बल ले मात्र लक्ष्य हासिल नहुने रैछ कुटनीति पनि जान्नु पर्दो रहेछ भन्ने हेक्का त पक्कै पनि तपाइहरुलाई लागेको होला अनि हस्तक्षेप त नभनौ बिदेशीको सदभाब र सहयोग बिना राजनीति,राज्य,सत्ता चलाउन कति गार्यो हुदोरहेछ भन्ने कुराको पनि अनुभब र पश्चाताप त भएकै होला नि ! बैरी लाइ बलले मात्र होइन बुद्धि ले पनि जित्न सक्नु पर्छ पुस्पजी यो त झन् राजनीति पर्यो त्यो पनि फोहरी कि कसो ? अनि नालायक पी.एमले म यो संबिधान सभाको पक्ष्यमा थिइन् भनि सत्य बोलेका हुन कांग्रेश र एमाले लगायत अन्य पार्टी रहरले होइन बाध्यताले संबिधान सभाको पक्षमा आएका तितो सत्य हो \ आज माओबादी जसको अभिभाबक हो उ नै यसको औचित्य समाप्त पार्न खोजिरहेछ भने अन्यलाई त खुसि कै कुरा भयो नि ! सरकार ठुलो कि संबिधान ? के को लागि थियो संबिधान सभा ? माओबादीलाई मात्र यो संबिधान सभा त आबस्यक थिएन यदि उसले पूर्ण रुपमा जितेको भए जनतन्त्रको घोषणा गरि सक्थ्यो \ संबिधान सभा सम्म अन्य पार्टीलाई घचेटेर ल्याउन सफल भए पछी त्यहिँ भित्र बाट निस्कने संबिधान र अटल शान्तिको पक्षमा कुनै पनि निरंकुसता र यथास्थिति बादी आउन नसक्ने आधार बनाउन सके माओबादी लाइ राम्रै हुने थियो नि ! आज तानाशाही जन्माउने बाताबारण कसले बनायो माओबादी ले होइन ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 23

        • mahesh

          बसंत जी
          तपाई लाइ यो कठपुतली सरकार कुटनीतिक तवर ले बनेको भनेर भ्रम रहेछ. त्यों होइन, भारत ले माओबादी लाइ पनी एमाले जस्तै नया कम्युनिस्ट घोड़ा सोचेको र एमाले माथी जस्तै चढ़न सकिन्छ भनेको तर माओबादी ले भारतीय स्वार्थ माँ कांग्रेस एमाले ले झै त्व शरणम नगरेको ले लोकतंत्र को मूल्य मान्यत्ता लाइ नै बलात्कार गर्दै बनेको हो यो कठपुतली सरकारर यो घाम जत्ती कै छार्लंग छ. यो सरकार भनेको नेपाली जनता को निम्ति होइन, र नेपाली जनता ले बनाएको पनी होइन. यो ता भारतीय स्वार्थ को रक्षा गर्न को निम्ति भारत ले जबरजस्ती आफ्नो दलाल हरु को गठबंधन गराएको हो तेस्कारण माकुने लाइ नेपाली जनता भन्दा भारतीय को चिंता छ. येती हुडा हुदै पनी तपाई को एउता के कुरा सही छ भने ” सरकार टिकाउन लाइ नेपाली जनता लाइ खुसी पार्ने होइन, भारतीय शासक लाइ खुसी पार्न पर्दछ” भन्ने यी दलाल हरु लाइ राम्ररी थाहा छ, तेसे लाइ तपाई कुटनीतिक क्षमता भनिरहनु भएको छ. एडी भारतीयको दलाली गरेर मात्रै सत्ता पैने भए माओबादी आगामी १०० बर्ष सम्म माँ नै सत्ता माँ नगएको बेश,

          समानुपातिक को असल भावना लाइ दुरुपयोग गरिएको छ. संबिधान सभा माँ अनुभवी, बिशेसग्य, र सिमान्त्क्रित पिछादिएका समूह आदि जो चुनाव बात औं सक्देनन, तिनी हरु को प्रतिनिधित्व होस भनेर समानुपातिक को ब्यबस्था गरिएको हो. र ४७ साल को संबिधान बनाएको अनुभव र एमाले को नेता हो हैसिएत ले रास्ट्रीय स्टार को नेता भएको ले माओबादी ले उदार ह्रदय गरेर संबिधान सभा माँ औं अनुरोध गरेको हो. तर गणतांत्रिक नेपाल को कार्यकारी प्रधानमंत्री को निम्ति होइन. राजनीति माँ कानूनी कुरा भन्दा पनी नैतिकता को कुरा ठुलो हो. तपाई माओबादी लाइ उलटो दोष लगाउनु भन्दा एक छोटी सोच्नुस ता २ ठाम बात हारेको, जनता ले ठुकेको ब्याक्ति कहा हुन्छ प्रधानमंत्री/ के यो जनमत को बलात्कार होइन? कठपुतली हरु ले येसरी परिबर्तन गरेका छान प्रजातंत्र को मान्यता लाइ.

          अब्राम लिंकन: प्रजातंत्र भनेको जनता को लागी, जनता ले गर्ने जनता को शासन ब्यबस्था हो.

          २२ वता कठपुतली हरु को गठबंधन : लोकतंत्र भनेको जनता बाट अस्वीकृत हरु ले बिदेशी को इशारा र स्वार्थ माँ नेपाली जनता माथी परेड खेलने ब्यबस्था हो.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 9

          • Basanta Thapa,Maryland,USA

            पुस्पजी,
            लक्ष्य प्राप्ति गर्नको लागि कुटनीति गर्न जान्नु पर्दछ भन्ने कुरा अबगत माओबादीले गर्यो होलानी भन्ने प्रश्नले यो सरकार कुटनीति बाट बनेको हो भनेर कसरि मैले भने भनेर आरोप लगाउनु हुन्छ ? अलि राम्ररि कमेन्ट पढेर लेखनी गर्दा नै आफ्नो वेट ओजिलो हुन्छकी ? जथाभाभी बोल्दा,गर्दा माओबादी पार्टीले कस्तो सबक खान परि रहेको छ भन्ने कुरा भनि रहन पर्ला र ?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 14

          • Dinesh Swabhiman

            धन्यवाद महेश जी /
            यदी सत्ता माओबादीको हातमा गएन भने चाडैनै त्यो सत्ता भारतको हातमा जानेछ !

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

      • Harke

        पुष्प जी,
        माओबादी बनेर वा पुकदा को मुख ताकेर रास्ट्रीयता जोगिदैन….नेपाल जोगाउन तपाइँ जस्ता साथीहरु “नेपाली माओबादी” भन्दा माथि उक्लेर “मात्र नेपाली” बन्न सक्नु पर्छ !

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

        • mahesh

          हरके
          यो वा त्यों निहु माँ भारतीय सैनिक हस्तक्षेप नै भयो भने त्यों बिरुद्द लड़ने शक्ति भनेको र प्रतिरोध को नेतृत्व गर्ने शक्ति भनेको माओबादी मात्र हो. कांग्रेस त एस्तो सेना बोलाउन अनुभवी छ(भिमदत्त पन्त घटना २००८). तेती खेर कांग्रेस को प्रतिक्रया “लोकतंत्र जोगाउन मित्र रास्त्र को सहयोग” हुनेछ भने भारत को नया दलाल एमाले को प्रतिक्रया “लोकतंत्र को स्थापना पछि भारतीय सैनिक फ़िर्ता जाने सर्त माँ भारतीय हस्तक्षेप लाइ समर्थन” वा “आलोचनात्मक समर्थन” वा “उच्च सतर्कता को साथ समर्थन” हुनेछ. मोहन्बिक्रम वा रोहित जस्ता कांग्रेस एमाले का हुक्के बैठाके को भने “भारतीय हस्तक्षेप को बिरोध गर्दै माओबादी बिरुद्द घनीभूत संघर्ष लाइ अघि बढ़ाऊ” भन्ने हुनेछ. तिमी जस्ता कठपुतली का लठैत भने भारतीय तलुवा चात्न कुलेलाम गर्दै दौडिसकेका हुनेछाऊ.

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

          • Harke

            महेश ब्रो,
            माओबादीको अतिबादको बिरोध गर्ने सबै नेपालीलाइ कांग्रेस वा एमाले नै देख्नुपर्छ भनेर कुन जनबादी स्कुलमा पढेको ?

            त्यो जनबादी स्कुलमा (चार किलास सम्ममा) “भाइ फुटे गवार लुटे” भन्ने पाठ चाइ नपढाउने रहेछ..!

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 8

            • mahesh

              हरके तिम्रो बुद्दी कहिले फरके?
              सबै मुद्दा माँ बहुआयामिक “option ” हुदेन. केही संगीन प्रश्न माँ मात्र दुई option हुन्छ. जस्तै हामी केटा केटी को खेल माँ गाई की त्रिशूल भन्थेउ, तेस्मा दुई option मात्र छ. आज देश अबस्था को संगीन प्रश्न माँ मात्र २ option छ. अग्रगमन र गणतंत्र को सस्थागत बिकास को निम्ति माओबादी वा यथास्थिति वा हिजो को अबश्था तीर
              को पुनरागमन वा टनकपुर, महाकाली काण्ड गर्न कांग्रेस एमाले. यो बिच माँ तिमी रहन सक्देनाऊ. अब भन तिम्रो स्थान कहा हो? हाम्रो देश को बिशिस्थ अबश्ता माँ तत्कालीन अमेरिकी रास्त्रपति को भनाई ” you are either us or against us भन्ने उक्ति हुबहू लागू हुन्छ. तिमी की त अग्रगामंकारी(माओबादी), की त यथास्थिति बादी प्रतिगामंकारी(कांग्रेस एमाले) कमल थापा र टंक ढकाल.
              अर्को कुरा तिमी ले स्कुल को कुरा उठाऊ . मैले प्रमानपत्रधारी शिक्षा आम नेपाली ले
              पढेको सस्था बात नै पढेको हो र सैदान्तिक र ब्याबारिक ज्ञान ” जनता बात सिक भन्ने मान्यता अनुसार जनता को बिश्व बिध्यालय बात सिकेको ”
              बरु तिम्रो स्कूलिंग भने खुमे गोविंदे, ओली, बिद्या माकुने ले पढेको “लैनचौर को गुरुकुल” पर्यो की जस्तो छ.

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bhim tuladhar

      जब भारत संघ भतुवा लाग्ने बानि हाम्रा नेताहरुको भएपछी भारतले जहिले पनि आफ्नो स्वार्थको लागि नेपालमा उनीहरुले भने जस्तो राजनीति चलाउन चाहन्छा/
      उदाहरणको लागि बि पी कोइराला देखि लागेको बनि अहिले सम्म पनि तेस्तै छ
      जसले नेपाल र नेपालीलाइ थोत्रो इतिहासमा नाम राखेर गए/

      अझसम्म पनि भारत नभए यिनीहरुको दिमाघ चल्दैन र सोच्न सकदैनन आफ्ना दिमाघले तेसैले हामी सोझा नेपाली लाइ अहिलेसम्म पनि धोतीले गुलाम बनाएको येहिनै गल्लीका दुइ पैसे नेता हरुले गर्दा हो/ येस्मा आम नेपालीलाइ दोष दिन मिल्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • raju europa

      हालको प्रधानमन्त्री माधव नेपाल नै भारतको दुत जसरि नेपाल मा भारत ले जे भन्यो तेही गर्दैछ / अनि कसरि नेपालमा नया संबिधान बन्छ त ..? भारतको आशिर्बाद लिएर मा कु ने नेपालमा संबिधान नबनाऊन जोर्ड गरेको छ / तेसै ले नेपालमा समस्या आएको हो ./ तर कांग्रेस र ए मा ले चै माओबादीलाई दोष लगाऊछन् / यो बाट प्रस्ट हुन्छ कि माओबादीहरु संबिधान बनाउन तयार छन् तर ए मा ले र कोंग्रेस ले बनाउन दिएको छैनन् / माकुने ले संबिधान नबनाउने रहेछ तर किन राजिनामा नदिएको ..? देसको सम्पतिमा चैन , भ्रस्टाचार , मोज मस्ती गर्न मात्र प्रधानमन्त्रि बनेको हो …? नेपाली जनताले तेस्ता भारतका कुकुरहरुलाई( भारतमुखी एमाले , कांग्रेसलाई ) जुत्ताको माला लगाएर भारत तिरै खेदाउनु पर्छ/ जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 5

    • basnet

      एस्तो दबाब पहिले राजा ले दिन्थे अहिले भारतले नेता लाइ त फरक परेकै छैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

      • Saroj

        राष्ट्र र राष्ट्रियताको सवालमा गरिव देश भए पनि हाम्रो आफ्नै अस्तित्व छ!भारतले शक्तिसाली छुँ भनेर शक्ति प्रदर्शन गर्ने खेल खेलेमा देशभक्त्त स्वाभिमानी नेपालीहरु आफ्नो मातृ भूमिको निम्ति कुनै हालतमा हात बाँधेर बस्ने वाला छैन!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

    • prakash

      यो त के हो र संविधान पनि तयार पारेर दिने वाला छ भारत ! दबाब मात्र होइन संविधान पनि दिन्छ हेर्दै जानु……………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

    • Janardan Dahal

      जेठ १४ पछी १५ गते आउछ . यो गोपाल प्रसाद रिमालको एक दिन बनेर आउछ . आज त परधान मन्त्रि भारत् कुमार नेपालले प्रस्टै गरे, संबिधान सभा हाम्रो उदेस्य थियन . यिनले साँचो बोले. बोल्ने दिन आएछ . संबिधान सभा, राज्यको पुनर्संरचना, गणतन्त्र यिनीहरु (कांग्रेस एमाले) को एजेन्डा होइन . दामै चदाउन्दा पनि ज्ञानेन्द्रको चित्त नबुझेपछि माओबादीको हात समाउन पुगेका हुन् यिनीहरु . र यतिबेला १२ बुंदे सहमति काउछाको माला भएको छ यिनीहरुलाई . आज कमल थापालाइ बडो सम्मान पुर्बक सम्झ्दाहुन . जसले १२ बुंदे समझदारी तोडे सत्ता साझेदारी गर्ने प्रस्ताब राखेका थिए उन ताका .ओलीहरु त मान्ने बाला नै थिए तर तिनको कोरम पुगेंन .एउटा किसानको छोरो प्रचण्डको घुर्की भन्दा त ज्ञानेन्द्रको दरबारिया हप्की पो ठिक लागेको होला सायद आज . नभए क्यांतोंमेंनमा रहेका गणतन्त्रबादी सेनालाई माओबादी मात्र देख्ने थिएनन . संबिधान सभा, गणतन्त्र, संघियता नचाहिएकाहरुको नेतृत्वबाट (सुभास नेम्बंग, भारत् कुमार नेपाल र रामबरण यादव )कस्तो खाले गणतान्त्रिक संघात्मक संविधानको लागि पहल होला खै? संघियता चाहिने हरुले बिचार गर्ने कि ?
      जनार्दन दाहाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 10

    • shova gurung

      हैन अनि कहाको नया कुरानै पर्यो र लेखक जी योता यो त हाम्रो नेपालको अब चलन नै येस्तई छ त भारतले नेपाल अब सुत भने मात्र सुत्ने उता अब भने मात्र त उठ्च्छनी त्यो त अहिले देखि हैन नि नोर्मल हो हामी त संसारलाई पो भनेको छैन नेपाल एउटा भारतको प्रान्त हो भनेर तर हाम्रा नेत्त हरु र भारतका नेत्त हरुलाई त थाहानै छनी हामी पनि भारती नै हो भनेर तर संसारमा चै नेपाल एउटा सुद्द शान्ति को देस भनेर चिनिएको भएर मात्र भारतले हाम्रो प्रान्त हो भनेर बाहिर भनेको छैन नत्र किन माकुनेले. अब यूरोपियन देशलाई पो ध्वास दिन्छ हामीलाई कसैको सहानुभूति चाहिदैन हाम्रो देस बनाउनुलाई कसैले हस्तच्छेप गर्न पौदैना भनेर तेही कुरा सक्ने भए भारतलाई दिनु नि खै दिनु सक्छ?अह सक्दै सक्दैन कदापी सक्दैन……दार्जलिंग को जनता हामी नेपाली हो भनेर आफ्नो देस मा गब्बिने भनेर सयौ प्रयेतना गर्दै छ खै हाम्रा सरकार ले चू बोल्यो बोलेन अह कहिले पनि बोल्ने छैन र एस्तो दबाब भारत बत्त कत्ति औछ औच्छा केहि नौलो मान्नु पर्दैन हामीले (जय हिन्द ) सगरमाथा कहाँ पर्छ? भनेर quetion garnus ki jawaf औछ bharatma भनेर //// gautam budha कहाँ janme bharatma wah wahhhhhh ….नेपाल ke हो भारतको एउटा sano uttari प्रान्त हो wahhwahhhh

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4

      • शोभा तिमीलाई नेपाल को ७६औ जिल्ला को नाम के हो थाहा छ??…..हाहाहा…..भारत्….हाम्रो प्यारो तर सबै भन्दा पिछडिएको जिल्ला ……के गर्ने …आजकल फोहोर फाल्ने ठाउ नै सबै भन्दा प्यारो लाग्दो रहेछा…ल नपत्याएको??…..ही ही ही …..तेसो भए हाम्रो विष्णुमति यदी बग्यो भनि अन्त्यमा सिमा काटेर कता जान्छ??? ही ही ही :)

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • डाइरेक्शन नै दिन मन लागे फिलिम बनाए भैगो नि किन नेपाल लाई टेन्सन दिने भन्या…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    eXTReMe Tracker