मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भारतीय मन्त्री खबरै नगरी हतियारसहित नेपाल पस्न थाले

    नेपाल भारतको एउटा प्रान्त हैन, सार्वभौम राष्ट्र हो भन्ने बिर्सिएछन् कि क्या हो यी भारतीय मन्त्रीले। नत्र नेपाली सुरक्षाकर्मीलाई थाहै नदिई हतियारसहित कपिलवस्तुको चन्द्रौटा घुम्न आउँदैन थिइन् होलिन् विद्या चौधरी।

    बहुजन समाज पार्टीबाट निर्वाचित उत्तर प्रदेशकी महिला राज्यमन्त्री विद्या चौधरी र उनका तीनजना सुरक्षाकर्मी आधुनिक हतियार लिएर कपिलवस्तुको चन्द्रौटा बजार घुम्न आएका रहेछन्। तीनजना सुरक्षाकर्मीले सर्ट मेसिनगन, लङ्ग मेसिनगन, पेस्तोल (एसएमजी, एलएमजी) सहितका आधुनिक हतियार लिएर चन्द्रौटा बजार आएका थिए।

    उनीहरू युपी ५० पी ८४००, युपी ५० एन ०९९० र युपी ३२ बि जी ३१२० नम्बरको गाडीमा आएका रहेछन्।

    ती भारतीय मन्त्रीसहित चारजना भारतीय सुरक्षाकर्मीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले झण्डै दुई घण्टा नियन्त्रणमा लिई भारत फर्काइ दियो।

    कृष्णनगर, बहादुरगञ्ज र चन्द्रौटासम्म आएका भारतीय अधिकारीलाई आइन्दा बिना जानकारी हतियार लिएर नेपाल नआउने गरी हस्ताक्षर गराएर छाडिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक यज्ञप्रसाद भट्टराईले बताएका थिए।

    हतियारसहित चन्द्रौटा आउँदासमेत थाहा नपाउने भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईजना अधिकारी निलम्बनमा परेका छन्।

    सशस्त्र प्रहरी सीमासुरक्षा बल कृष्णनगरका प्रमुख रणबहादुर कुँवर र इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक योगेन्द्र थापालाई चारदिनका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    No related posts.

    69 comments to भारतीय मन्त्री खबरै नगरी हतियारसहित नेपाल पस्न थाले

    • lok

      म नेपाली सैनिक या प्रहरी भएको भए सिधै गोलि हन्न्थे

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • यी सब देश भक्तिहरुको कुरा पनि पढियो.. हेर केटा केटि हो… तिमीहरु पहिले आफुलाई हेर.. आफु बन, देश आफै बन्छ | जनता बलियो = देश बलियो | अमेरिका बलियो होइन, अमेरिकानेहरु बलियो हो | हामि गरिब छौ तेही भएर जसले पनि हामीलाई हेप्छन | टन्न पैसा कमाऊ, जसरि हुन्छा कमाऊ | मान्छे मार, चोर, लुट, डाका डाल तर पैसा कमाऊ | हाम्रो प्रति व्यक्ति आम्दानी जम्मा $२५० यार.. अरुको जस्तो $६०००००००००० हुनु पर्यो | then nobody dominate us… 1$=nRs. 72 hoina, aba nrs1 = $120 hunu paryo..

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • devendra

      खै कुरा बुझेको नेपाल उनको माइती घर हो कि सोध्नु भयो कसैले गाली मात्र नगरु है | घर परिवार ले थपाये भने सरो पर्छ है |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • janak

      नेपाल इंडिया को कोलोनी हो तेसैले इंडिया को जोसुकै लिएर नेपाल आउन सक्छ ,,,,,,,,,,,,,,,,,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 1 Thumb down 46

    • त्यस्तै हो भने त नेपाल को बेहाल नै बनाउने भो नि त इंडिया ……………..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 11

    • shantdil

      माकुने बाँदर मात्र हो डमरू बजाउंदै नचाउने हरु मा नेपाली कांग्रेस र शुद हरु नै हुन्।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 4

    • shova gurung

      हजुर अब एउटा कुरा भन्ने पर्ने हुन्छ के गरुन त उसले पनि अब झुक्के को हैन औछुनै भनेर आएको हो किन भने उहालाई अरु नेतता हरुले भन्न भुलेको होला नेपाल भन्ने प्रान्त मा जानु अगाडी केहि नियेम हरु जरुरि छ भनेर तेह जानु भन्दा अगाडी तेहाको(सी.दि.ओ)लै खबर गर्नु पर्छ भनेर / किन भने भारतको नक्सा मा त नेपाल त एउटा प्रान्त नै हो भनेर बनाएको पनि हुनसक्छ तेसैले उहाले अब पक्कै पनि नियम पुराएर माफी माग्नु हुन्छ होला /अनि अब नेपालको हिमालको चिसो हावा आउने ठाउँ हरु राम्रो ठाउँ हरुमा अब भारतको सरकारी भवन हरु हुनेछ सरकारी रिसोर्ट हरु हुनेछ (एउटा कुरा नेपालमा बिधुत निकाल्छ ६०%भारतमा ४०%नेपालमा तेही बिधुत भारत पसेर नेपाल औछ सस्तो मा जान्छ महंगोमा पश्चा वाह वाह हाम्रा नेत्त हरु धन्य छ संसारको दोस्रो hydroelectrecity को देस नेपालको जनतालाई क छ तनी अब candle बाल्ने बत्ति आए पनि आधा रातमा आउने २४ घण्टा मा ४ घण्टा आउने बत्ति पनि आधा रातमा हहह्हा अब माकुने sir लै अधेरो मन्त्रि भन्ने पनि उपनाम दिदा केहि फरक नपर्ला किनकि उहा आउनु भए देखि नेपालको जनताले हरेक दिन रात सबै अधेरैमा बिताएको छन् हहहहहहहाह धन्य छ हामी

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Sushil Paudyal

      मन्त्रिजी पक्का पनि झुक्किनु भएको हुनु पर्छ ? विभिन्न किसिमका स्याटलायीत संचार माद्यमबाट परमानन्द, उपेन्द्र, महन्थ, र्हिदयेश जस्ता नेताहरुको सपथ ग्रहण, संबिधान सभाको बैठक, व्यबस्थापिका संसदमा सगर्व हिन्दी भाषा बोलेको आदि इत्यादी देखेर नेपाललाइ पनि भारतको एक प्रान्त भन्ठानेको हुनु पर्छ ??? यस्तो हुनुमा दोष कसको ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 1

      • shyam

        पौडेल यस्तो हुनु मा दोस त जस्तो चोर गद्दार पहरिया हरु को हो.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • shyam

          यौटा पहरिया ले जहिले पनि मदेसी को आत्मसम्मान को बिरुद्द मा लेख्दा कहिल्यै सेन्सर नहुने . जहिले पनि मदेसी लै इन्डियन संग तुलना गरेर लेख्ने पहरिया हरु को कमेन्ट आउने. के यो म्य्संसर पहरिया हरु को लागि मात्रै हो?हो भने जानकारी गराउनु हामी आफ्नो अमुल्य समय खेर फल्दैनौ .

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipendra chaudhary

      नेपाल को राजनीति त एउता व्यापार हो रुपिया को लागि सबै सत्ता मा जान्छन अनि देश लै चलाउने कसले, आफु आफुमा झगडा गर्नु बाहेक अरु नै के जानेका छन् नेपाली नेताले देशको सिमामा के भइरहेको छ कसैलाई थाहा छैन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • nepalidevil

      यो त नेपाल र नेपालीको अस्मितामाथि बलात्कार गरेको जस्तै भयो धोतिहरुले तर येस्ता कुराहरुलाई नेपाली नेताहरुले झिनामसिना कुरा भनेर वास्ता गर्ने छैनन् भारत बिरोधि भन्ने माओबादी र हुत्तिहारा मा.कु.ने. को २२ दलको जम्बो सरकारले. येस्ता कुराले त सिर्फ देशभक्त नेपालीलाई मात्र चोट पर्छ. नेताहरु भनेका त भारतले नचाउने बाँदर जस्तै हुन् भन्दा पनि भारतले नचाउने बाँदर नै हुन्. आन्दोलन रोक भने रोक्ने नगर भन्दा नगर्ने माओबादी र भारतको करले m r p भारतलाई दिने मा.कु.ने. सरकार तर जे भने पनि जय होश नेपाल र नेपालीको
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Uddav Bhandari

      This very small matter . The big matter is The indain ebessy of Nepal and Rakesh Suddh…..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • Cesar

      येही त हो हामीले रोजेको नया नेपाल |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • lalita

      very good

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 6

    • पुष्प

      खै हाम्रा ‘सुकिला-मुकिला, बुद्धिजीवी, नेताहरू’ ? उहाँहरूको ‘महावाणी’ पढ्न-सुन्न पाइएन नि !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 17

      • madan bajracharya

        पुष्प जी
        लेख्ने निर्देशन पाएको छैन होला नि!!!! फेरी मधिसे फोरम ले प्रहरी सुट समेत भिड्न सकिने मधेसी लडाकु दस्ता बनाएको छ तिनीहरुको नेपाली सिट लड्ने कला प्रदर्शन गर्दै छ/ तेती तिर व्यस्त छन् कि/ अर्को कारण अब कुनै लेख्न पाल्नु भएमा भारतले कडा सिट दवाव दिएर सहमत गराउन खोजेको बुंदाहरु के हो भनि सोध्लान भनेर केहि नलेखी बसेको पनि हुन् सक्छ/ पुष्प जी भारतले कडा दवाव दिएर सहमत गराउने भनेको बुंदाहरु के के हुन्? अरु दलहरु सहमत छन् रे मावोबादिले मात्रै सहमति नदिएकोले संबिधान बनेन भन्छन/ अब भारतले कडा दवाव दिएर समर्थन गराउने भन्छन/ कहीं नेपालको झंदानै फेर्ने कुरा हो कि त्यो?

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • तेज प्रसाद अधिकारी

      मैले नबुझेको कुराहरु…
      (क) त्यहाँ कृष्ण नगर मा सिमा सुरक्ष्या यस्तो कडाइका साथ् हुन्छ कि कुनै नेपालि ले पैदल एक चोटीमा पांच किलो भन्दा बढी चिनी नेपाल भित्रयाइयो भने तुरुन्त समातेर या त त्यो समान जफत गरिन्छ या त केहि रकम ( भन्सार छली) लिएर छोडिन्छ / अझ भारतीय नम्बर प्लेट का गाडीहरुको (चलानी लिएका मालबाहक गाडी बाहेकका) कागज पत्रहरु हेरेर अनुमति पत्र मिलाएर कत्ति दिन नेपाल बस्नेहो सो को जानकारी लिएर मात्र छोडिन्छ तेस्तो मा तेत्रो हतियार सहित को मन्त्रीको गाडी कसरि नेपाल छिर्यो?
      (ख) कृष्ण नगर बाट बाहिरिने प्रमुख नाकामा पहिले जनपद प्रहरी को चेक जांच चौकी छ जहाँ बाट हरेक रिक्सा, साइकल, र अरु सवारी ( बोरा बोरि बोकेका) लाइ राम्रो संग निगरानी गरेर छोडिन्छ / त्यो चेक पोस्ट को एक कि.मि. मा सशश्त्र प्रहरीको चेक पोइन्ट छ जहाँ हरेक नेपाली तथा भारतीय नम्बर प्लेट का गाडीको अनिवार्य रुपमा ‘इन्ट्री’ गरिन्छ र त्यहाँ पनि दुइ तीन जना जवान गाडीको तल माथि हेरेर मात्र जान दिने गरिन्छ / के तिनी हरुले पनि त्यो मन्त्रि र उसका सशश्त्र सुरक्ष्य गार्ड लाइ देखेनन् कि अदृश्य थिए र ?
      (ग) कृष्ण नगर बात ८ कि.मि. भित्र नेपाल को बहादुर गंज भन्ने ठाउमा पनि जनपद प्रहरी को चेक पोइन्ट छ जुन चोर बाटो बाट नेपाल भित्रिने गाडी र समान को रेख देख गर्ने गर्दछ, तिनी हरु पनि के आँखामा जुके मलम लगाएर सुतेका थिए ?
      (घ) सिमा बाट २२ कि.मि. भित्र महेन्द्र राजमार्ग मा पर्ने चन्द्रौटा का प्रहरीको नजरमा पर्नु भनेको आफ्नै खुट्टा बाट सर्प आफ्नो शरीरको छातीमा चढेर फन फुलाए पछी देख्नु जस्तो भएन र ? येस्तई हो भने भोलि कुनै पनि व्यक्ति सिमाना बाट छिरेर नेपालको राजधानी मै गएर कुनै ठुलै आपराधिक गतिबिधि गर्यो भने अचम्म न माने पनि हुने नै हो त ? येही हो बिशेष सुरक्ष्या ? त्यो सिमाना मा तेत्रो कडाई नेपाली लाइ तेल चिनी ल्याउन बाट बन्चित गर्ने तर भन्सार छल्ने संग मिलेमतो गरेर रकम कुम्ल्याउने को निम्ति मात्र हो…..??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 1

    • kiran shah

      यो त अचम्म भयो नि भारत ले नेपाल लै के भन्ठानेको छ कुन्नि जहिले पनि यस्तै गर्छ भारत जस्तो देस को मन्त्रि नेपाल आउदा अन्तर राष्ट्रिय मान्यता लाई बुझेको रहेनछन भन्ने हामी ले बुझनु पर्छ यज्ञ प्रशाद भट्टराई जी लाई मेरो सलाम छ यस्तो पो पुलिस तपाई को उत्तरोत्तर प्रगति को कामना छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • mahendra shahi kathmandu

      यो त अति नै भयो क गर्न खोजेको हो भारतले के हेरेर बसेको हो माकुने सरकार यस्तो हुति नभयको हरुले त राजिनामा दिनुनी बरु

      अब जनता चुप लगेर बस्न हुदैन / यो सर्खर ले केहि गर्ने छैन तेसैले हामीले राष्ट्र प्रेमी नेता लाई देस चलाउन दिनु पर्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • kiran

      कम से कम पक्राउ त परयो,फेरी किन निलम्बन गरेको होला,थाहा नदिएर कति हतियार नेपाल आइसकेको छ त्येसको लागि कसलाई निलम्बन गर्नु पर्ने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • साथि हरु जुन बेला माधब कुमार नेपाल प्रधानमन्त्री भयो त्यति बेला भारत ले वधाई दिदा [ नेपाल का प्रधानमन्त्री भारतियामुल का हे ] भनेर शुभकामना दियको ले विधा चौधरी भारतीय मूल को प्रधानमन्त्री भयको देश मा किन खबर गर्ने तेत्तिकै जादा हुन्छा भनेर आयाकी होला !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Roshan , Australia

      हैन, प्रहरी ले राष्ट्रियता लाई तहानस बनाएको मुद्दा लागएर मा.कु.ने.(माधब गद्दार भारत ) लाई पनि थुन्न सक्नु पर्र्यो.ल
      त्यो पनि बिहारी न पर्र्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Solution

      राष्ट्र प्रेमी भनेका जसलाई देश र नेपाली को चासो छ. त्यो भनेको तपाईं हामी हौँ | तेसैले माकुने को होस् उधौनू जरुरि छ | नालायक माकुने र त्यसका भरौटे को जागिर खानु जरुरि छ|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Himalee

      यो भारतीय हैकमबादको उदांगो अनुहार र नेपाल सरकारको अकर्मन्यताको पराकाष्ठा हो / हतियार सहित नेपाल प्रवेश भनेको भारतीयहरुले नेपालको स्वतन्त्र अस्तित्व माथि खडा गरेको प्रश्न चिन्ह हो भनेर हामीले बुझ्नु जरुरि पर्छ / यस्ता बिषयहरुलाई अन्तरास्ट्रिय मंचहरुमा उठाइनु जरुरि छ /

      भारतीयहरुको लोकतान्त्रिक भएको ढोंगलाइ बिश्व सामु बेनाकाब गर्नु पर्छ र यो नै यसको रामबाण हो / पक्कै पनि हिजडा माकुने यस बिसयमा बोल्दै बोल्दैन बोलि हाले पनि झारो टार्ने खालको मात्र बोल्ने सबैको अनुमान सहि निस्किने निश्चित छ / तर त्यति भनेर आम नागरिक र अन्य रास्ट्र्बादी सस्थाहरुले सरकारलाई मात्र जिम्मेवार ठान्नु पनि उचित होइन सरकारले जे सुकै गरोस आफुले सकेकोसम्म चाही गर्नु आजको आवस्यकता हो तर कसरि ???????? मेरो संसारको पाठकहरुले केहि न केहि उपायहरु निकाल्ने आशाको साथमा….

      जय नेपाल
      हिमाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0

      • SHAILESH

        जाबो एउटा मान्छे आउदा यत्रो समाचार? देश नै इन्डियाले खर्लप्प खाइ सकेको छ, अरुको के कुरा? नेपाल सार्भभौम राष्ट्र हो भन्ने आधार कसैले मलाई दिन सक्नु हुन्छा? जब प्रधानमन्त्री र राष्ट्रपति इन्डिया ले तोकेको व्यक्ति हुन्छा, नेपाल को नदि नाला मा इंडिया को हक अधिकार छ भने के यति जाबो कुरामा टाउको दुखी रहेको होला साथीहरुले!!!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

    • kiran

      Nepal Police,
      Really good job. This has given a good lesson to blady indian uneducated high profile politicians. well done

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 1

    • Ranjan_USA

      माकुने राजिनामा दे | बार्ताको वाताबरण तयार गर् | अन्यथा जनताले घोक्र्याएर निकाल्लान् | समयमै बुद्धि अपनाएको राम्रो | जदो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 11

    • surya

      कुरी कुरी लागो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • जो होचो उसैको मुखमा घोचो ! बिचरा प्रहरी जवानहरु !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • बिहुँकोटे

      प्रहरी प्रशासनलाई धन्यबाद नदिई बस्न मन लागेन ..धन्यबाद ति प्रहरी दाजुभाई जसले यो महान काम गर्नुभयो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • rakesh

      मा नेपाल पुलिसलै उहाँहरुको काम को लागि धेरै धेरै धन्यबाद दिन चाहन्छु|कृपया आफ्नो duty को अगाडी यी चोर नेताहरुको गलत कार्यमा कहिल्येई नझुक्नुस|जे गणेश rakesh

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

      • Pradeep Shrestha, Kapilvastu

        मित्रहरु लाई के थाहा छैएन् कि चन्द्रौटा पुग्न को लागि तपाईं ले ४ ठाउँ मा चेकिंग हुन्छ तर हाम्रा नेपाली पुलिसहरु ले नेपाली जनता लाई दुख दिन पल्कियाका बीर र बहादुर पुलिस प्रसासन भानाउन्दाहरु ले के चेकिंग पोस्ट बनायर बसेका हुन् यी निकम्मा सरकार का निकम्मा पुलिस प्रसासन भानाउन्दाहरु ले आम जनता लाई मात्रै दुख दिने हो सुकिला मुकिला लाई केहि पनि भनिदैएन् .

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Bhupendra Shrestha

      रास्ट्रपति भारत निर्मिएत सिङ्गो सरकारको रिमोट भारतको इच्छानुसार चल्ने भए पछी नाथे एउटा मन्त्रि नेपाल छिर्दा आपति आसैर्ये मान्नु पर्ने छैन किनकि आफ्नी आमा बलात्कार भयकोमा माकुनेलाइ केहि मत्ल्लब छैन एकदिन मात्रीभुमि भारतलाइ सुम्पन मात्रबाकी छ मधिसेहरुले तराईमाग्नु भारतमुखी संकेत मात्र हो बाँकि काम मधिसेहरुले तराईपाए पछि हुन्छा नेपालको राजनीति उत्तर चाडव भारतले नेपाल निल्ने रणनीति हो सबैलाइ चेतना भया l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • madan bajracharya

      भारतीय मन्त्रीको सकली लुम्बिनी भ्रमण सकलि लुम्बिनी लाई कसरि नकली लुम्बिनी बनाउने सकिन्छ भनि बुझ्न मात्रै हो/

      भारतले बुद्ध भारतमा जन्मेको भन्दै नकली लुम्बिनी समेत निर्माण गर्दै गरेको सबैलाई थाह छ नै / थाह नभएको त् भारतले सिमा मिचेको समेत मिचेको छैन भन्ने जमातलाई मात्र हो/ सन् २०१२ सम्म मा भारतले नकली लुम्बिनी निम्र्मान पुरा गरि सक्ने भनेको छ/ भारतमा नकली लुम्बिनीको निर्माण भारतको सरकार बायै भए बात नेपालको सरकारले बिरोध जनाउनु पर्ने थियो/ तर बिरोध गर्ने त् के सायद त्यो नकली लुम्बिनी उद्घाटन समेत यहि माधव नेपालले नै गर्ने पो हो कि?

      अहिले भारतीय मन्त्रि हतियार सहित नेपालको सकली लुम्बिनी आएको मात्र सकली लुम्बिनी र उनीहरुले बनाउंदै गरेको नकली लुम्बिनीमा के फरक रहन गयो सकली लाई नकली बनाउन कसरि सकिन्छ भनि अध्ययन गर्न मात्रै आएको हो/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

      • नेपाली दाजू भाई तथा दिदी बहिनीहरु हाम्रो देश नेपालमा भारतीय सुरकक्ष कर्मिहरू खुले आम हतियार सहित पस्नु कुनै नौलो बिषय बस्तु होइन | ति भारतीय बिस्तारबात निति भएकाहरु, नेपाललाई भारतीय एक प्रान्त सम्झिने गर्दछ र यिनिहरुका बिभिन्न धर्म ग्रन्थहरुमा पनि जनाएका छन यस बारेमा | यसै गरी हाम्रा नागरिक पार्टी/नेता भन्नेहरु पनि कति पय, नेपाललाई भारत संग बिलीन (भारतीय उपनेबेस/प्रान्त) गराउन चहान्छन | यी कुराहरु सब नागरिक पार्टी/नेता भान्नेहारुका हरेक क्रिया कलापबाट पनि स्पस्ट नै हामीहरूले बुझ्न सकिन्छ र बेला बखतमा बिभिन्न लेखहरुमा केही बुद्दी जिबी बर्गहरू द्वुरा लेखिएका लेखहरु हामीहरूले पढेका वा सुन्दै आएका पनि छौं |
        मित्रहरु, हाम्रो देश नेपाललाई निस्वार्थी भावना भएका नेता/पार्टी, बुद्दी जिबीवर्ग,सरकारी/निजी कर्मचारी, ब्यबहारी र नागरिक समाजहरु एक भई बिदेसिहरुका ईसारामा नचली कन आफ्नै निर्णय द्वुरा अगी बढेमा देश र जनताहरूले छिट्टै परिवर्तनको आभास (अनुभव ) गर्न पाईने थियो | मेरो भानाईको मतलव जसरी सिंगापुर,जापान,ताइवान,कोरिया आदि राष्ट्रहरूले जुन खालका नितिहरू अपनाई देश बिकास गरेका छन त्यसरी नै हाम्रो देशले पनि गर्न सकिने स्थिति छ | कसरी………………. ? (१) हाम्रो देश नेपाल यस्तो ठाउँमा अवस्थित छ की जुन देशले कोल्टो फेरेको अवस्थामा यसको असर संसार भरी नै राजनिक बिषय,शक्ति (आर्मी क्षमाता ) र ब्यबहार खल्बलिने अवस्था आउने छ | जसलाई बिभिन्न समय कालमा भनिने गरिन्थियो कसैले दुई ढुंगा बिचको तरुल,कसैले ग्लोबल स्ट्र्याटेजिक र कसैले डाईनामाईट | यसको मतलब हो, नेपाल संसारका लागी पनि अति महत्व छ भन्ने बिझिन्छ | यती महत्व बोकेका देशलाई सही तरिकाको तिनीहरू माथी उल्लेख गरिएका देशहरुले जस्तै अपनाएमा नेपाल यती गईतालको हुने छैन | (२) नेपाल अपार जल सम्पादा भएको देश हो र यसलाई सही तरिका मुताबीक सदुपयोग गर्ने | (3) कृषी क्षेत्रलाई आधुनिकी करण र परेटकिय क्षेत्रमा लगानी/बिकाश साथै सान्ती/सुरकक्षको कडा निति अपनाउने र ग्यारेन्टी गर्ने |
        अन्त्यमा यसै कुराहरु सम्बंधित बिषयमा सिंगापुरका बरिष्ट ली कूवान यु नेता द्वुरा आज २३ मे २०१० मा लोकल टाइम सांझ ९ बजे नेपाली समय पाउने ७ सात बजे च्यानल निउज एसीयामा ब्रोडकास्ट गर्दैछ हेर्नु होला | धन्य्बात |||||||

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

        • मित्रहरु, यी सब भेडाहरु ति पूर्व राजा ज्ञानेन्द्रका भत्तुवा कुकुरहरुका जमात हुन | जता तिर खान पायो त्यतै ढल्किन्छन/लम्किन्छन | यही हो हामी नेपालिहरुका सबै भन्दा ठुलो कमी कमजोरी | यस्ताहरुका बारेमा के प्रतिक्रया लेख्नु र !
          मित्रहरु, हामी सबैले थाहा भएकै कुरो दुःख/कास्ट,मिहीनेत बिना त सु:ख मिल्दैन | तर हाम्रो देश नेपालमा दु:ख/कास्ट र मिहीनेत नै नगरी राता रात धनि र मोज मस्त गर्न चहाने परजिबिहरु प्रसस्त भेटाईन्छ | यहिनै सब भन्दा ठुलो समस्य छ हाम्रो देश नेपालमा |
          अन्त्यमा हिजो २३ मे २०१० मा च्यानल निउज एसीयामा, (टिभी) सिंगापुरका बरिष्ट नेता ली कुवान युले नेपाली समय अनुसार पाउने ९ बजे तिर ग्लोबल पावर, इकोनोमिक आदि सम्बंधित बिषयलाई लिएर तिभीमा ब्रोटकास्ट गर्ने वाला छ भनेर मैले लेखिएको थियो तर पहिलो दिनमा नै ब्रोटकास्ट गरे छन की क्याहो मैले पनि चाल पाईन | माफी चाहान्छु ल मित्रहरु !!!!!!!|

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Sheela

        Madan जी:
        १. पहिला त नेपाली पुलिस र खास गरी तेहाको पुलिसको कमाण्ड समाल्ने नेतृत्वलाई साधुबाद!
        २. अब भिम रावल र माकुनेले तेहाको पुलिसको कमाण्ड समाल्ने नेतृत्वलाई केहि दिनमा नै बिकट ठाउमा सरुवा गरेको सुन्नु पर्छ/ जसरि सुन्तली धामीको केशमा DIG पार्वती थापालाइ गरे/
        ३. भारतीय शासक बर्गको दृष्टिमा नेपालको माकुने सरकार भनेको उनीहरुको मूख्य मन्त्रि जस्तै हो, उसको राज्यमा जादा किन अनुमति लिनु पर्ने र? के माकुने ले EU र नर्बेजियन राजदूत हरुलाई भने जस्तो “mind your work ” भनेर इन्डियन हरुलाई भन्न सक्छ?
        ४. टोपी लगाउने भारतीयहरु को नेपाली मन्त्रीमंडलमा र केहि पार्टीहरुको नेतृत्वमा बिगबिगी भ’को बेलामा एउटा जाबो भारतीय मन्त्रि नेपाल छिर्नु कुन ठुलो कुरा हो/ दक्षिण बाट छिर्ने भारतीय मन्त्रिहरुलाई त रास्त्रबादी पुलिसले फर्काउन सक्लान, तर प्रधानमन्त्री भएर सिंगदरबार छिर्ने प्रधान मन्त्रीलाई कसले फर्काउने? जनताले भोटबाट फर्काएर फर्किने रहेन छ त कांग्रेस-एमालेको लोकतन्त्रमा!! लौ है अब कुन जुक्ति निकाल्ने हो?
        ५. फेरी भारतीय हैकमबादको बिरोध गर्यो भने ‘माओबादी बिल्ला’ लगाउने ‘mysansar ‘ का केहि ऋषि धमला आइपुगी हाल्छन , तेसैले अहिलेलाइ यो भन्दा केहि नबोलौ …

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

        • madan bajracharya

          शीला जी
          तपाईं सिट पनि एउटा जानकारी माग्छु ल/ बडा खुल्दुली लागिरहेको छ मलाई/ संबिधान बनाउन मावोबादिले असहमति गरेको कारण संबिधान बन्न नसकेको हो भन्छन माधव नेपालको गठबन्धन ले/ अब बन्ने संविधानको कुन प्रस्तावित बुंदामा मावोबादिले माधव नेपालको गठबन्धन सिट सहमत नागरिकको हो? त्यो कुरा थाह भए कृपया लेखि दिनुस/

          संबिधान सभाले पनि दलहरु सहमत भए अहिले पनि संबिधान बन्न सक्छ, ८०% मा त् सहमत सबै दलहरु सहमत भई सके भन्छन/ अब २० प्रतिशत कुरामा मावोबादी सहमत नभएर संबिधान बन्न नसकेको कुरा गर्दै छ/ त्यो २० प्रतिसत बुँदाहरुमा मावोबादी लगाएत बाकि दलहरु सहमत नभएमा भारतले समेत कडा दवाव दिएर सहमत गराउने भन्दै छ/ के कुराहो त्यो मावोबादी नमान्ने तर भारतले कडा दवाव दिएर भए पनि सहमत गराउने भन्ने कुरा?

          यो कुरामा पुष्प जी महेश जी ले पनि केहि जानकारी दिनु भएमा आभारी हुने छुँ/ यो मावोबादी सेना कित्नु पर्ने आदि कुरा फजुलको कुराहो/ यो मुद्दाले मात्रै यत्रो बखेडा निस्केको हुँदै होयिन/ यो सेनाको संख्याको कुरा सदनमा छलफल गरि निर्णय गर्न सकिने सानो कुराहो/ आखिर मावोबादी सेना सिबिर्मै त् छ जंगलमा त् छैन/

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

          • sheela

            मदन जी:
            यो बिषयमा महेश जी ले टिप्पणी गर्दा राम्रो हुन्छ, तेसैले म पनी वहालाई अनुरोध गर्छु/ महेश जी ले लेखेपछि म पनि थप-थाप गरुला है!
            धन्यबाद!

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

            • madan bajracharya

              शीलाजी
              धन्यबाद/ सहमति गराउन भारतले समेत कडा दावाव दिने भनेको कुरा के हो? यसरि रहस्यको पर्दा भित्र रहेकोले ठुलै षड्यन्त्र भएको संकेत गर्छ/ के कुराहो तेस्तो जनतालाई थाह नदियिकन दलहरु मात्रै सहमत असहमत भई रहेको कुरा? भारतलाई थाह छ र त्यो कुरामा सबै दलहरु सहमत हुने पर्छ भन्दै छ/ कांग्रेस एमाले लाई थाह छ उनीहरु पनि सहमत छन् र मावोबादिलाई सहमत हुने भए कुर्सि पाउने लोभ देखाई रहेको छ; तर मावोबादी कुर्सि पाउने भएर पनि मानि रहेको छैन/ संबिधान सभालाई थाह छ तेसैले ल तेही अनुशार संबिधान बनाउने भए दलहरुले सहमति गरुन त् भन्दै छ/ तर जनता लाई यो कुरा थाह दिन चाहंदैनन/ के हो यो? के कुरा लुकाएर गर्न खोज्दै छ? सानो कुरा त् पक्कै होयिन/

              शीला जी मैले तपाईं विद्वान साथीहरु बात जानकारी पाउन चाहेको थिएँ/

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • samrat~

      !!!!!!

      जिल्ला प्रहरी कार्यालय लाइ मेरो पनि स्याबासी ..तर सजाए तेती मात्रै ? अर्का को देश मा हथियार सहित आउने लाइ ? अलि दुइ चार दिन थुना मा राखेर अनि राजदुताबास बात माफी मगाएर मात्र छोड्न पर्ने थियो. माथि एउटा साथि ले भनेको जस्तै, त्यो बिहार भन्ने ठाउ पनि नेपाल को जस्तै पढ्न लेख्न न जानेको मन्त्रि हरु भएको ठाउ न हो. हाम्रो तल्लो लेवल को चड्कन हान्ने मंत्रानी जस्तै परेको पनि हुन् सक्छ. तर माथि को स्तर बात माफी चाइ मगाउन पर्ने थियो है.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • कृष्ण अर्याल

      प्रिय पाठक मित्रहरु,
      कपिलवस्तुको चन्द्रौटा भन्ने ठाऊ नेपाल – भारतको सीमा देखि करीब २०-२२ किमी दुरीमा पर्छ/ यति टाढासम्म अर्को देशमा हातहतियार सहित ३-४ वटा गाडीमा आउन भारतीय मन्त्रीलाई नेपाल सरकारको अनुमती नचाहिने रहेछ है ! सायद माकुने र सुकोलाई आफ्नै प्रान्तको मुख्य मंत्री र अन्तर प्रान्तीय मामिला
      सम्बन्धी हेर्ने मंत्री भनेर नै होला नेपाल सरकारलाई खबर गर्न आवश्यक नठानेको / मलाई अचम्म लाग्छ, सर्वसाधारण नेपालीले सीमापारीबाट १-२ किलो चीनी ल्याउदा झोला खोलेर हैरान गर्ने पुलीसले यिनिहरुलाई किन बोर्डर चेक गर्दा रोक्न सकेनछ, प्रश्न गंभीर छ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 0

    • मा. कु. भा. ले यस्तो कुरा कहाँ सुन्छन र कता आफ्नो करेकर्ता सुत्केरी भो पिट्यो भने तुरुन्त पुग्छा यस्तो बुज्दिनी भए २ ठाउँ बाटकिन हरनी थिएर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • बीर

      भारतीयहरुको ठाडो दादागिरी र नेपाल सरकारको लाचारी, यस्तो कुराको कुनै पनि पार्टीको सरकारले सत्तामा हुदा चु सम्म पनि बिरोध नगर्नु नेपाली जनताको दुर्भाग्य |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 2

    • dipak

      यो त अति नै भयो क गर्न खोजेको हो भारतले के हेरेर बसेको हो माकुने सरकार यस्तो हुति नभयको हरुले त राजिनामा दिनुनी बरु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

      • madan bajracharya

        दिपक जी
        नोकर मात्रै भए राजिनामा दिन सक्छ तर दासले कसरि राजिनामा दिन सक्छ? लिट्टे कुमारहरु भारतको नोकर मात्रै होयिन दासहरु नै हो/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 4

        • तेज प्रसाद अधिकारी

          सहि भन्नु भो मदन जी, नोकर र दास मा धेरै फरक हुन्छ / नोकर ले नोकरी गर्छ तर दास ले मालिक लाइ प्रभु सम्झिन्छ / उदाहरण को लागि माकुने एण्ड कम्पनि नै हेरौ …./

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • Aaviskar

      शस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको यो कारबाहीलाई सम्मान गर्दछु. राष्ट्र र राष्ट्रियतामा कहिँ कतै पनि कुनै पनि हालतमा सम्झौता गर्नु हुन्न. राष्ट्र सेवकहरुले गरेको सम्मानजनक काम पछि, अब हेर्ने बेला भाको छ राष्ट्रिय सरकार को कदम. मा. कु. ने. सरकारले भारतीय राजूदताबाशबाट स्पस्टिकरण लिनु पर्छ, हेरौ सरकारमा कति को दम छ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

      • sheela

        Aaviskar जी:
        १. हा हा! हसाउनु भो आविस्कार जी ले पनि… “मा. कु. ने. सरकारले भारतीय राजूदताबाशबाट स्पस्टिकरण!!”
        २. अब माकुने र सुजाताले त हाम्रा पुलिसले समातेर फर्काएकोमा भारतीय सरकारसंग माफी माग्छन माफी! थिम्पु गएर MRP मा माफी मागेको बिर्सिनु भो? ल हेर्दै जानु होला…

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • jiblal bhusal arghakhanchi

      हैन, पासपोर्ट नचाहिने भन्दै मा किन आका होलान भनेर सोध्छु म…. कतै सुजाता ले पो अर्को पासपोर्ट दिम्ला आऊ, भनिन कि भनेर सोच्छु म… क्यारे उनको MRP छपाउने तृष्णा अझै मेटिएको छैन र भनेर सोध्छु मके गर्नु भारत को कठपुतली सरकार माधब नेपाल भारतकै एउटा प्रान्त को मुख्य मन्त्रि जस्तो भै भारत सरकार कै निर्देसेंन मा काम गर्न थाले पछि के गर्ने? तेसैले अन्य्ने मन्त्री समेत आफनै प्रान्त संजी आउन थाले नि

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • sobha

      थाहा नपाएर होला। भारतमा पनि तालतालका मन्त्रि छन नेपालको जस्तै ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • Hillman, Myagdi

      मा कु ने ले कही दिन अघी युरोपका राजदुत हरुलाई “माइन्ड योर ओअन बिजनेस” भनेर जवाफ दिएको थियो! उसको सरकारको रिमोट भारत संग न भएर २२ पार्टी संग भएको पनी खुलासा गरेको थियो!

      अब हेर्नु छ यसो भन्ने मा कु ने ले सवतंत्र मुलुकको भूमीमा बिना ईजाजत हात् हथियार संग प्रवेश गर्ने उसको प्रभुका दुत हरुका बारेमा मा कु ने ले के भन्छ? ओलीले कस्तो गोली हान्छ?

      मा कु ने ले “छिमेकी हो भान्सामा नुन सकिएकोले र नुन पैंचो माग्न आएको” भने अनौठो न माने हुन्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 2

    • अबोध

      हैन, यो के हो भनेर भन्छु म…. हैन, पासपोर्ट नचाहिने भन्दै मा किन आका होलान भनेर सोध्छु म…. कतै सुजाता ले पो अर्को पासपोर्ट दिम्ला आऊ, भनिन कि भनेर सोच्छु म… क्यारे उनको MRP छपाउने तृष्णा अझै मेटिएको छैन र भनेर सोध्छु म…. बिचरा ति सिधा साधा डंठे का ४ दिने जागिर किन खाका होलान भनेर सोध्छु म… त्यो डंठेको बिचरो, मन्त्रि देखेकी सलाम गर्नी बानि, गरेर पठाको होला… भन्ने अनुमान गर्छु म….. माकुने, पर्चे, बाबे, सेरे, बामे, सुशिले (सुलसुले), राम्चंद्रे, उपेंद्रे, परमे झा, गच्छे, नाराने, झले, भिमे र आउरे बाउरे हरु संबिधान बनाउन नसक्दा केहि गर्न नसक्नी, अनि येस्ता जाबो कुरा मा के हल्ला गर्नी होला भनेर भन्छु म…. ये बुढा हो, संबिधान बनाओ न हो भन्छु म… नत्र फेरी १४ गते पर्चे को पाली न-आइ ज्ञानबहादुर छोरो फर्केर आउलान है भनेर सतर्क गराउछु म…
      फेरी केहि नगर्दा त, सिंघदर्बार अगाडी बाट पिर्थिवी बाजे निक्ल्यालान र चै, “हामी एक हौ” भन्दै सिंघदर्बार मा बैठक बस्न्या हुन् कि भन्ने ठान्छु म…. र जंगे चै भद्रकाली बाट कालोघोडा निकालेर धरहरा बाट नेता जति सबलाई फाल्न्या हुन् कि भनेर भन्छु म…. भयूसिने पनि फर्किएर को लाई हो टुडिखेलमा खोटो हालेर जलाको जस्तै नेताहरु लाई खोटो खन्यौन्या पो हुन् कि भन्ने पो सोच्छु म…. ये बाSS हो के हुन्या होलान त है यो रास्ट्रको? भनेर कल्पना गर्छु म…..
      ल जै होस्… भन्दिन्छु म त अन्तिम मा…..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • MAHESWOR

      स्याबास नेपाल प्रहरी

      आफ्नो देशको सुरक्षाको लागि तिमीहरुले गरेको कामको प्रसंसा नगरी बस्न सकिन
      कुनै पनि राजनैतिक दलको पछी नलागी देशको हितको लागि यसरि नै सदा काम गर्नेछौ भन्ने हामी नेपालीले विश्वास लिएका छौ
      विशेष गरेर त्यो माकुने भन्ने भारतीय दलाल को आदेशलाई मान्नु कर छैन
      जय नेपाल सम्पूर्ण नेपाल प्रहरीक जवानहरुमा
      आज मलाई नेपाल प्रहरीको कार्य प्रति गर्ब लागेको छ यस्तो बहादुरीको कम सदा भै रहोस हाम्रो शुभकामना नेपाल प्रहरीलाई
      नेपाल रहे नेपाली रहन्छ
      राष्ट्र रहे राष्ट्रियता रहनेछ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 0

      • MAHESWOR

        माफ गर्नुस
        लेखाईमा गल्ति भएछ
        १.प्रहरीका लेखेको थिए प्रहरीक हुन गएछ
        २.काम लेखेको थिए कम हुन गएछ सच्च्याएर पढ्नु होला
        धन्यवाद

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Roshani K

      इंडिया नेता ले त के कुनै पनी नेता ले नेपालको बिना अनुमति बिना हतियार लियर नेपालभीतर पस्नापौऊदैन l
      नेपाल येओता सोत्रांत रास्ट्रहो देशभित्रको समस्या भित्रनै सुल्छाउनु पर्छा अनिमात्र अरुलाई हस्तछेप गर्ने मोका पौऊ दैन l
      बिना काम माम पाउदैन भन्ने कुरा नेपालीले बिर्स्यो जस्तो छ छगदा र हलाले कुनै पनि कुनै समस्यiको समाधान हुँदैन l

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Great job by Nepal Police…. well done

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0

    • sanndip sharma

      के गर्नु भारत को कठपुतली सरकार माधब नेपाल भारतकै एउटा प्रान्त को मुख्य मन्त्रि जस्तो भै भारत सरकार कै निर्देसेंन मा काम गर्न थाले पछि के गर्ने? तेसैले अन्य्ने मन्त्री समेत आफनै प्रान्त संजी आउन थाले नि ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    • Rishi Ram Khawas

      जुन देशमा नियम कानुन र सरकारको कुनै आभास नै छैन त्यस्तो ठाउमा जो कोहिले पनि निशंकोच आउनुमा के नै फरक पर्ला र ?

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • Basanta Thapa,Maryland,USA

      यसको सबैले घोर बिरोध गर्नु पर्छ \ यस्ता कार्य सधै सधै रोक्न को लागि नेपाल सरकार र नेपालि राजनैतिक पार्टीहरुले एक बैदेशिक नीति बनाउनु पर्छ \

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 0

      • Rishi Ram Khawas

        ए हजुर नेपाल भन्ने देशमा पनि कुनै सरकार छ र त्यस्तो जसले जनता र देशको हितमा कम गरेको होस् ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 5

    • Manahari, Baltimore

      चोरहरुलाइ (केको मन्त्रि भन्नु) प्रहरीले समातेर कन्ट्रोलमा लिई फिर्तागरेको र ति आफ्नो जिम्मेवारी बहन नगरेका नेपाली प्रहरीलाई पनि निलम्बन गरेको सुन्दा खुस्सी लाग्यो. सानै भएपनि राम्रै काम भएछ/ ति चोरहरुलाई अझ दुइचार दिन जेल मा खादेर अलिअलि मानब मल/मुत्र चखाएको भए अझ राम्रो हुने थियो / हेप्नुको पनि सिमा हुन्छा / नेपालीहरुको बहादुरी पन् चोरहरुले बिर्सिसकेका छ कि क्या हो? अब फेरी देखाउने बेला आएको छ !

      गाऊ गाऊबाट उठ, बस्ति बस्ति बाट उठ, आफ्नो देशको मुहार फेर्नलाइ उठ !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 1

    • krishna chauhan

      अहिले चै भने पुलिस ले राम्रै काम गरेको हो है ???? जे होस् अजवोली पुलिस ले राम्रै काम गर्दै ६. पहिलेको तुलनामा !!!!!!!!! धन्यवाद !!!!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • Ajay Gurung

      नेपालमा फुलन देवीको समूह खडा भएको त्यसै माथि उत्तरप्रदेश को फुलनदेवीको हतियार सहित नेपालमा बिना ईजाजत आउनु कतै फुलनदेवी समुहको निमन्त्रणामा आएका त हैनन् ? कुरा बुझ्ने गारो बा ..!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • त्यहाको जिल्ला प्रहरी कार्यलयलाई चै मानेँ तर, डर पनि लागिराछ, कतै चारदिन निलम्बन गरेको सट्टा पुरै जागिर नै खाइदियो सरकारले भन्ने सुन्न नपरोस।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 0

      • पुष्प

        के भरोसा छ र माकुनेहरूको ! तर जे होस् सरकारमा टट्टुहरूको ताँती लागेपनि प्रहरी-प्रशासनमा देशभक्तहरूको कमि छैन भन्ने कुराको यो प्रमाण हो । भारतीय अचाक्लीलाई रोक्न यसरी नै सबै लाग्नुपर्छ । माकुनेहरू सर्वोच्च पदमा बसेर जे पनि गर्न सक्छु भन्ने कुरा नसोच्दा हुन्छ । अति भयो भने खति हुन्छ, त्यो दिनका लागि नेपाली जनता तयार छन् । हेक्का रहोस् ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 12

    • raju europa

      यो त अति नै भयो / अब जनता चुप लगेर बस्न हुदैन / यो सर्खर ले केहि गर्ने छैन तेसैले हामीले राष्ट्र प्रेमी नेता लाई देस चलाउन दिनु पर्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 7

      • marina larsan

        राष्ट्र प्रेमी नेता चाही को हो ?

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    eXTReMe Tracker