उत्तम बाबु श्रेष्ठ
संसारमै चाइनिज उखान र भनाईहरु निकै घतलाग्दा र मार्मिक हुन्छन् । अमेरिकामा जन्मे हुर्केका दोश्रो पुस्ताका चाइनिज केटाकेटीहरुलाई चाइनिजहरुले ‘पाकेको केरा’भन्दा रहेछन् । बोक्रा पहेंलो तर गुदी सेतो भएको पाकेको केरा । अर्थात रुप वर्ण चाइनिजको जस्तो, गुण व्यवहार अमेरिकनको जस्तो । मदन भण्डारीको हत्यापछि डेढ दशक भन्दा बढि एमालेको नेतृत्व हाँकेका माधवकुमार नेपालले भण्डारी कालिन जुझारु एमाले पार्टीलाई पाकेको केराको अर्थात रुप (नाम, झण्डा, नारा) समाजवादी, गुण पुँजीवादीमा वदले । त्यसरी नै उनले प्रधानमन्त्री भएको एकवर्षमा वर्तमान संविधानसभालाई पनि पाकेको केरामा बदलिदिए । उनको कार्यकालको एकवर्षमा उनले संविधानसभालाई बाहिरबाट देख्दा जिवित जस्तो तर वास्तविक रुपमा केहि काम नगर्ने बेकम्मा वनाइदिए । तर गत विहिवार उनले आफ्नो केरौले रुपको त्यो बोक्रा छोडाइदिए त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा र अन्तर्मनको आवाज बोले – ‘मैले संविधान चाहेको थिइन’ । एमाले पार्टीभित्र नेता कम प्रशासक ज्यादाको छवी बनाएका नेपालले त्यो आफ्नो छवीलाई उज्जील्याए र फेरि आफुलाई नेता होइन प्रशासकको रुपमा बदले । प्रशासकहरु अरुको चित्त वुझाउन, रिझाउन र भागवण्डा गर्न माहिर हुन्छन् तदअनुसार आफनो स्वार्थ सिद्व गर्छन्, पद थाप्छन् । बास्तविक नेताहरु आफ्नो विचार र एजेण्डालाई स्थापित गर्दै नेतृत्व गर्छन् ।
केहि मान्छेहरुले भन्ने गरे जस्तै प्रधानमन्त्री माधव कुमार नेपाल इमान्दार देखिए यसपटक । उनले अन्तर्मनको कुरा नलुकाइ प्रष्टसँग खोले र वास्तविकता बोले । उनको त्यो कुरा वुझ्न नेपाली राजनितिको सुईलाई धेरै अघिल्तर घुमाउन पर्दैन मात्र चार पाँचवर्ष अघि तिरको अवस्थामा घुमाए पुग्छ । संविधानसभा मात्र होइन गणतन्त्र, धर्म निरेपेक्षता, संघियता, समावेसिकरण जस्ता मुद्दाहरु एमाले-काँग्रेसको एजेण्डा थिएन त्यतिखेर । संविधानसभाको चुनावमा माओवादीहरु गोडा दशै सिटमा सिमित हुन्छ भन्ने ‘सुकिला मुकिला’ हरुको सुझाव लेख विश्लेषण र विदेशी ‘प्रभु’हरुको आकलन आदीले गर्दा नै संविधानसभाको चुनाव संभव भएको थियो । यो कुरा बेग्लै हो कि संविधानसभाको चुनावको नतिजा सबैले सोचेभन्दा फरक निस्कीयो । यी सबै यर्थाथलाई माधव नेपालले एकै बाक्यमा बोले । बास्तवमा संविधानसभाबाट निर्वाचित व्यक्तिले संविधानसभा चाहेकै थिइन भन्नु संविधानसभाको मानहानी हो । तसर्थ उनको यो भनाई अत्यन्त गम्भिर मानिनपर्ने हो विशेषत संसदीय प्रणालीमा । उनीमाथि त संविधानसभाको मानहानीको आरोपमा सजाएको माग गरिनपर्ने हो । तर उनले यो भनाईको न त एमाले भित्रबाट खासै विरोध आयो । न त काँग्रेस भित्रबाट । त्यसकारण उनको यो आवाजलाई एमाले-काँग्रेस लगायतका यो गठवन्धन कै अन्तर्मनको आवाज हो भनेर मान्न सकिन्छ । अब भ्रममा पर्न जरुरी छैन् एमाले काँग्रेसको वर्तमान पोजिशन र वुझाइको बारेमा मुखले जे कुरा गरेपनि । उनीहरुको संविधान सभाप्रतिको बुझाई संसद भन्दा माथि जान सकेको रहेनछ । उनीहरु वर्तमान संविधानसभा मार्फत २०४७ साल कै संविधानमा केहि लेप लगाएर प्रस्तुत गर्न चाहन्छन् ।
रहयो माओवादी, उनीहरु संविधानसभामा विभिन्न एजेण्डाहरु प्रस्तुत गर्नेक्रममा अन्यदल भन्दा अगाडि देखिए कतिपय सवालमा । तर संविधानसभा प्रतिको बुझाई र यसबाट आफुले पाउनसक्ने लाभहानी प्रति भने माओवादी प्रष्ट हुन सकेन । संविधानसभाका सिमितताहरु भित्रबाट आफ्ना प्रगतिशिल रुपान्तरणका एजेण्डाहरु अधिकतम कति स्थापित हुनसक्छन् भन्नेमा माओवादी विस्वस्त हुन सकेन । घटनाक्रमले प्रष्टसँग देखाइसकेका छन् संविधानसभा र शान्तिप्रतिको बुझाईमा माओवादी भित्र एकरुपता छैन । अझैपनि माओवादी भित्रका एउटा हिस्सा संविधानसभाको आफ्नो एजेण्डालाई एउटा रणनैतिक दाउपेज वा शक्ति संचयको रुपमा बुझिरहेको छ । संविधानसभा वा समग्र शान्ति प्रकृयालाई जनविद्रोहको गन्तव्यको एउटा विसौनीको रुपमा बुझिरहेको छ ।
संविधानसभालाई आफुले जन्माएको दावी गर्ने माओवादीले यसको आयु समाप्त हुनेक्रममा रहेको वर्तमान समयमा अब निर्णय लिनै पर्दछ संविधानसभाको नारा उसको रणनैतिक दाउपेज हो या वास्तविक चाहना । माओवादीले अब निर्णय गर्नै पर्दछ कि उ साँचै अब संविधानसभा मार्फत नयाँ संविधान ल्याएर त्यसमा आफुले उठाएका अधिकतम प्रगतिशिल एजेण्डाहरु समावेश गर्दै चुनावमा जाने हो या संविधानसभालाई घक्का दिएर जनविद्रोह वा जनयुद्दको मार्गमा । अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्दै अग्रगमन तर्फ लाग्ने हो या ती सबैलाई दाउमा राखेर अन्तिम युद्वको तयारीमा लाग्ने हो अब माओवादी स्पष्ट हुनैपर्दछ । वर्तमान अवस्थामा माओवादीले मनभित्र जनविद्रोहको गुण र स्वभाव पालेर एकहोरो संविधानसभाको रटान आवरणमा लगाइरहेको हो भने समय आएको छ त्यो केरा छोडाउने । त्यो केरालाई माओवादीले घोडाउनै पर्दछ ।
No related posts.









तेल पानी यकै पिना बाहिर ,भने जस्तै भीत्र नेता हरु के के गर्छन [मिलेको ,झगडा ,खुसि भएको बाहिर देखाऊ छन् तर सोजा जनता लाही लहिमा लाग्छन [र नोक्सान आफनै गर्छन नेतालाई गाडी जनतालाई लाठी भयाकोछा [कै हुने हो कसैलाई पनि थाहाछैन [
मन परे हरियो, नपरे रातो
2
0
आफ्नो गोरुको बारह टक्क भन्ने नेपाली राजनीतिज्ञहरु !
नेपाली मुला सबै ठुला ठुला !!
म भन्दा जान्ने कोहि छैन भन्ने नेपाली राजनीतिज्ञहरु !
खाँदा खाँदा मोटाएको मुलाहरु ढुधले धोएको भन्ने !!
भताभुङ्ग नेपाली राजनीतिज्ञको लथा लिंग चाल !
संविधान एकातिर नेपाली राजनीतिज्ञहरु धन बोकी घर तिर !!
“काशी कास्मिर अजब नेपाल”
सुरज श्रेष्ठ
मन परे हरियो, नपरे रातो
2
0
What is Prisoner’s Dillema ?
–> Stanford युनिभरसिटिका गणित प्रोफेसर A. W Tucker ले Prisoner’s Dillema को अवस्था पत्ता लगाएका थिए ! दुइ वा बढी ब्यक्तिहरुको बीच खेलिने गेमको strategy लाइ बुझ्न Game Theory को एक बिशेष अवस्थाको चित्रण गर्नकोलागि यो उपयोगी मानिनछ !
माओबादी र नन-माओबादी दलहरुको बीच Prisoner’s Dillema को अवस्था ठिक लागु भइरहेको छ ! माओबादी नन-माओबादीहरुले माकुनेलाइ अन्तिम समयमा राजिनामा गराउछ भन्ने strategy मा छ, भने नन-माओबादीहरु माओबादीले घुर्की लगाएको हो- अन्तिम समयमा संबिधान सभाको म्याद थप्न आउछ भन्ने बिस्वासमा बसी रहेको छ !
१) जब यी दुइ मे २८ को रातको १२ बजे माथिको येही dillema मा रहेर त्यो समय पार गर्छन दुवैको सामुहिक हार हुन्छ !
(यो अवस्थामा दुवै गेमरहरुले आजसम्म दक्षिणपन्थीहरुसंग खोसेर लिएको उपलब्धिहरु गुमाउने छ)
२) अर्को अवस्थामा माधव नेपाल नै प्रधानमन्त्रि रहेर संबिधान सभाको आयु बढाउँदा माओबादी तल पर्छ- बाँकी अग्रगमनको हरेक राजनीतिक मुद्धामापनि नन–माओबादीहरुले यसरी नै पेलेर जाने एउटा अभ्यास स्थापित हुन्छ,
(यो अवस्थामा पुग्दा नेपाली सेना नन-माओबादीहरुमाथि हाबी हुन्छ !)
३) माधव नेपालले राजनीनामा दिंदा नन-माओबादी पार्टीहरु तल पर्छ– ठिक उल्टो माओबादीले नन-माओबादी पार्टीलाई पेलेर जाने अवस्था सिर्जना हुन्छ !
(यो अवस्थामा पुग्दा येथास्थिबादीहरुको खाइ-पाई आएको राजनीतिक interest मा धक्का लाग्छ)
४) सहमतिको राजनीति शुरु गरेर यो सङ्कट मे २८ अगाडी नै पार गरे दुवैले थोरै-थोरै हार्छ तर धेरै जित्छ ! (दक्षिणपन्थीहरुसंग खोसेको अहिले सम्मको उपलब्धिको बचाव हुन्छ )
गणितग्यहरु नम्बर १ को अवस्थालाई dominant strategy equibrilim भन्ने गर्दछन ! Prisoner’s Dillema को अवस्थामा सामान्यतया दुइ खेलाडीहरु माथिको नम्बेर १ को अवस्थामा बन्धक हुन् पुग्दछन !
मन परे हरियो, नपरे रातो
9
0
संविधान सभा चाहेको थिइन भन्नु भनेको संविधान चाहेको थिइन भन्नु बराबर हो, त्यसैले माधव कुमार नेपाल र ज्ञानेन्द्र, काँग्रेस, कमल थापा, भारत सबै एउटै ड्याङ्गका मुला हुन ।
मन परे हरियो, नपरे रातो
8
2
उत्तम जी तपाई ले लेखी हालनु भयो, मैले केही भन्ने पर्ने भयो माकुने को बारे माँ
उत्तम जी तपाई गोरखा को, म आबू खैरेनी को, आउदा जादा भेट पनी हुन सक्छ. मैले के भन्न खोजेको हो भने ५६-५७ साल सम्म म पनी माकुने को समर्थक थिए अझ भनौ एमाले को जिल्ला स्तर को कार्यकर्ता. आबू खैरेनी को बासिन्दा जो भूपू इंडियन आर्मी का थिए र एमाले का संगठित कार्यकर्ता पनी(उनको नाम प्रेम बहादुर क्षेत्री) हो
. उनी लाइ पेंसन बुझ्न kaathmandu को सरस्वती क्याम्पस अगाडी को इंडियन आर्मी को पेंसन बितरण क्याम्प माँ जादा केहि कागज़ पात्र नामिलेको हुनाले इंडियन एम्बेसी लैनचौर जान भानियो र उनी त्यहा गए पछि उनलाई अपहरण गरेर पटना को जेल माँ आज सम्म पनी राखिएको छ(पाकिस्तानी गुप्तचरी गरेको आरोप माँ) म आफै एमाले को जिल्ला कमिटी को सदस्य, प्रेम बहादुर पनी एमाले को संगठित कार्यकर्ता, माधव नेपाल पोखरा बात काठमांडू जाने बेला माँ आबू खैरेनी माँ रोकिएको बेला माँ म लगाएत एमाले बात निर्बाचित
गाबिस अध्यक्ष ऋषि केसी सहित मिलेर उक्त कुरा(प्रेम बहादुर जी) को कुरा उठएको ता , भारत बिरुद्द केहि गर्न पनी सकिदें र केहि कुरा पनी उठाउन हुदेन भनेर उलटो हामी लाइ पो तेस्तो कुरा लिएर आएको माँ गाली गर्यो. तेसई पल बाट मैले माकुने लाइ चिने र एमाले लाइ बाई बाई गारे. अब सके माओबादी लाइ समर्थन गरिन्छ, नसके चुप लागिन्छ. तर एमाले नाम को दलाल लाइ समर्थन गर्न सकिदैन. एमाले भन्दा राजा र कमल थापा धेरै ठीक छन.
मिन जी बाट
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
रमेश जी, तपाई नजिक भएको भए कचक्क अँठ्याएर हात मिलाउने थिएं । माकुने अनि माकुने कम्पनी प्रति मेरो धारणा पनि त्यस्तै, तपाई संग एउटा कहानी रहेछ म संग धेरै कहानी छन् ।
मन परे हरियो, नपरे रातो
0
0
बास्तविक नेताहरु आफ्नो विचार र एजेण्डालाई स्थापित गर्दै नेतृत्व गर्छन् …. सहि भन्नु भो लेखक महोदय, आज नेपालमा सबिधान नबन्ने स्थिति पनि यहि कारणले आई परेको हो… २१सौ सताब्दिमा आएर लोकतन्त्रको आधारभूत मान्यतालाई समर्थन नगर्ने हो भने १९सौ सताब्दीको जस्तो एकतन्त्रिय कमुनिज्म पनि स्वीकार्य हुन सक्दैन अर्थात् नेपालको संबिधान अबको १ बर्षमा त के १११ बर्षमा पनि बन्दैन… त्यसैले समस्या औल्याउने खुबी राख्नुहुन्छ भने समाधानको सर्बमान्य उपाए पनि दिनुस अनि मात्र लेख सार्थक हुनेछ ….
मन परे हरियो, नपरे रातो
1
5
maobadile आफ्नो संबिधान बनिसक्यो तर कांग्रेस र एमालेको खोइ? संबिधानसभा माओबादी कै एजेन्डा थियो र हो कांग्रेस र एमालेले १५००० को रगत पिई सके पछी रे ज्ञानेन्द्रले लात हानेपछिमात्रै संबिधान सभा मानेको हो
मन परे हरियो, नपरे रातो
8
2
माधव नेपाल अब तीमी केरा चुसेर बस आफ्नै घर बारी मा फलेको फलाएको केरा . बरु केरा खायौ भने तेम्रो बोलनी सैली सुध्रिन्छा कि
मन परे हरियो, नपरे रातो
6
2
उत्तम सर
कुरा सहि हो यथार्थ हो यी माधब नेपाल, एमाले, कांग्रेश कुहिएको केरा हुन भने माओबादी हुन खोजिरहेछ \ स्थिति सार्है बिग्रिरहेछ \ आन्दोलन पछी नक्कली जनसेना भर्ना गर्नु, सत्ता कब्जा गर्छु, जनतन्त्र ल्याउछौ भनि एकोहोरो माओबादी कराउनु नै स्थिति बिग्रनु को मूल कारण हो \ जब माओबादी एकोहोरो नपुग्ने र हाल लै सम्भब नहुने जनतन्त्र को कुरा गर्छ विपक्षहरु तर्कनु र सुरक्षा खोज्नु त स्वोभाबिक हो यो कुरा माओबादीलाई पनि लागु हुन्छ \ बुद्धिमान यसमै हुन्छकी बर्तमान स्थितिमा संबिधान र शान्ति प्रकिया टुंगोमा पुराउने कुरामा सबै पार्टी सहमतिमा आइ स्वेत पत्र जनतामा जारि गर्दै संबिधान सभा ६ महिना को लागि जिउदो राख्ने र माओबादीको नेतृत्व मा सबै पार्टीको शक्ति शंतुलन हुने गरि सरकार बनाउने \ यसैमा सबैको कल्याण हुन्छ होइन भने पहेलो निलो रातो हुदै हरियो झन्डा वाला को हात मा बागडोर जान्छ सबै पार्टी लाटाले केरा हेरे झैँ हुन्छन जनता अहिलेको स्थिति भन्दा त यहि ठिक भन्न पुग्छन \ समय ले कसैलाई पर्खदैन \
मन परे हरियो, नपरे रातो
2
0
मेरो बुझाइमा नेपालका नेता राजनीतिक दलहरु भन्नाले ठुला दल मावोबादी कोंग्रेस एमाले कुनैले पनि संबिधान सभा नचाहेको हो यदि चाहेको भय संबिधान किन बनेन २ वर्षा सम्म ? जनताको मतलाई लात हान्ने काम भयो! चुनाब मा जनताले संबिधान बनाउन दियको मत हावामै उदा
शिबमन नर्वे
मन परे हरियो, नपरे रातो
3
1
हामी नेपालीहरुलाई नया जनमुखी संबिधान चाहिएको छ र त्यो माओबादीको नेत्रितोमा सहमतिको सरकारले मात्र पुरा गर्न सक्छ माकुनेको सरकारले गर्न कदापी सक्दैन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
9
उत्तम जी तपाई ले लेखी हालनु भयो, मैले केही भन्ने पर्ने भयो माकुने को बारे माँ
उत्तम जी तपाई गोरखा को, म आबू खैरेनी को, आउदा जादा भेट पनी हुन सक्छ. मैले के भन्न खोजेको हो भने ५६-५७ साल सम्म म पनी माकुने को समर्थक थिए अझ भनौ एमाले को जिल्ला स्तर को कार्यकर्ता. आबू खैरेनी को बासिन्दा जो भूपू इंडियन आर्मी का थिए र एमाले का संगठित कार्यकर्ता पनी(उनको नाम प्रेम बहादुर क्षेत्री) हो
. उनी लाइ पेंसन बुझ्न kaathmandu को सरस्वती क्याम्पस अगाडी को इंडियन आर्मी को पेंसन बितरण क्याम्प माँ जादा केहि कागज़ पात्र नामिलेको हुनाले इंडियन एम्बेसी लैनचौर जान भानियो र उनी त्यहा गए पछि उनलाई अपहरण गरेर पटना को जेल माँ आज सम्म पनी राखिएको छ(पाकिस्तानी गुप्तचरी गरेको आरोप माँ) म आफै एमाले को जिल्ला कमिटी को सदस्य, प्रेम बहादुर पनी एमाले को संगठित कार्यकर्ता, माधव नेपाल पोखरा बात काठमांडू जाने बेला माँ आबू खैरेनी माँ रोकिएको बेला माँ म लगाएत एमाले बात निर्बाचित
गाबिस अध्यक्ष ऋषि केसी सहित मिलेर उक्त कुरा(प्रेम बहादुर जी) को कुरा उठएको ता , भारत बिरुद्द केहि गर्न पनी सकिदें र केहि कुरा पनी उठाउन हुदेन भनेर उलटो हामी लाइ पो तेस्तो कुरा लिएर आएको माँ गाली गर्यो. तेसई पल बाट मैले माकुने लाइ चिने र एमाले लाइ बाई बाई गारे. अब सके माओबादी लाइ समर्थन गरिन्छ, नसके चुप लागिन्छ. तर एमाले नाम को दलाल लाइ समर्थन गर्न सकिदैन. एमाले भन्दा राजा र कमल थापा धेरै ठीक छन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
नेता ले के खान्छन, र इनी हरु को बुधि मा बिर्को लाग्छ , यो अनुसन्धान गर्ने बेला भाको छ | खानपान को चाजो पजो अब नेपाली जनताले नै गर्नुपर्छ | नेपाली दालभात खौन्जल सबै कुरा राम्रो नै देखिन्छा , नेता बनायर संसद मा पठयो ,एक दुइ पल्ट बिदेश गयपछी सबै बुधि को बिर्को लाग्छ | लौ न उपाय केहि छ कि ?
मन परे हरियो, नपरे रातो
6
0
उत्तम जी
नमस्कार
अहिले अमेरिकामा जन्मेका चाइनिजका सन्तानहरुलाई “पाकेको केरा” भने जस्तै
चीनमा जन्मेका अमेरिकनका सन्तानहरुलाई “सेतो अण्डा” भन्छन
देश अनुसारको भेष भनेको नै यहि हो
जय मातृभूमि नेपाल
मन परे हरियो, नपरे रातो
2
0
संबिधान सभा हातीको देखाउने दाँत जस्तै हो ! प्रगतिशिल र जनमुखी संबिधान बनाउन जमर्को गरे अर्को दल हरुलाई पक्कै मान्य हुँदैन ! तर संबिधान जनमुखी हुनै पर्दछ !
मन परे हरियो, नपरे रातो
7
2
अब प्रधानमन्त्री जस्तोले त बोल्दा नसोची बोल्छन भने बाकि को के कुरा ! अब कुन कानुनी प्रक्रिया मा कारबाई गर्ने नि माकुने लाइ संबिधान सभा को निरबाचन मा हारेको मान्छे लाइ र मलाइ कारबाई गर्ने कारबाई मा के फरक छ ? बरु अब देखि सार्बजनिक सभा र कार्यक्रममा तालि र नारा बन्दगरु अनि आमसभा मा मौन आवाज मा सहभागी बनौ । कस्ता राची लानुपर्ने नेता ” बोलो अनि माफी मागो ” . तेरीमा टोक्ने ठुला लाइ चैन साना लाइ ऐन । लौ जा जे होला म चै लागे है मेरो काम मा । शुभ रात्री ।
मन परे हरियो, नपरे रातो
4
2
नेपाली जनता को भाबना माथि खेल्वार्ड गर्ने माधव कुमार जस्ता नेता लाई पार्टी रजनता ले पूजा गर्छन ।
र बामदेव जस्ताह हकीनेता लाई कार्बाई गर्छन ।
आज देश का जनता को नजर संबिधानशबाचुनाब माथि छ।
यही आसलियत देखाउने समाया होत ।
हामी जस्ता जनता र देश को गति क़े होला अब।
मन परे हरियो, नपरे रातो
11
1
उत्तम बाबु जी
नमस्कार
तपाइको उखान अनुसार अहिले अमेरिकामा जन्मेका चाइनिजका सन्तानहरु “पाकेका केरा” हुन भने
अब चीनमा जन्मने अमेरिकनका सन्तानहरुलाइ “सेतो अण्डा” भनेर चिनिने छन्
देश अनुसारको भेष भनेको नै यहि हो
जय मातृभूमि नेपाल
मन परे हरियो, नपरे रातो
0
0
उत्तम जी ले एमाले डुब्न बाट बचाई पर्यो अब |
मन परे हरियो, नपरे रातो
4
4
अब यदी मायोबादीले सरकारको यो बिदेयकलाइ यतिकैमा पास गर्ने हो भने पछी गयर नेका र मालेले के भन्छन भने सरकारको बिदेयकमा दुइ तिहाइ समर्थन भायको ले माधव नेपाल सरकार दुइ तिहाई समर्थन छ भन्ने दावा गर्छन. किनभने इनी हरु निकै नै फटाहा छन् त्यसकारण माधव नेपाल को सरकार बिघटन भयपछी मात्र म्याद थपे हुन्छा नत्र भने संसोधन प्रताब गर्नु पर्छा
मन परे हरियो, नपरे रातो
11
2
Uttam जी: (केहि कुरा मेरो अघिल्लो टिप्पणी बात लिएको छु)
‘सम्भिधान सभा’ भनेको राजनीतिमा पूजीबादी agenda हो/ नेपालका तथाकथित हुतिहारा पूजीबादी (कांग्रेस-एमाले) हरुले सामन्तबादको बिरुद्धमा यती पनि गर्न नसकेकोले त्यो ऐतिहासिक अभिभारा पनि नेपालि कम्युनिष्टहरुले काधमा लियन बाध्य बहेका हुन्// त्यो ऐतिहासिक अभिभारा जनयुद्द मार्फत माओबादीले पुरा गरी करिब १५ हजारको बलिदानी पछी सामन्तबादी राजतन्त्रको अन्त्य गर्यो/ तर माओबादी यतिमा मात्र सिमित रहन सक्दैन/ उसको अर्को गहनतम अभिभारा पनि बाकि छ – बहुसंख्यक “दीन-दुखिको जनतन्त्र” ल्याउनु/ तेसैले उ यो पूजीबादी बिहारी गणतन्त्रमा रमाउन सक्दै-सक्दैन/
तेसैले यो ‘सम्भिधान सभा’ नेपाली कम्युनिष्टहरुले कांग्रेस-एमाले लाइ दिएको ऐतिहासिक उपहार मात्र हो/ तैपनि उनीहरु जोगाउदैनन भने कसको के लाग्छ र! माओबादी त आफ्नो रफ्तारमा अगाडी बढ्नु उसको प्राकृतिक नियम नै हो, नत्र उ कसरि अग्र-गमनकारी शक्ति हुन सक्छ र!
एति बुझ्दा ‘सम्भिधान सभा’ बुझिन्छ र तपाइको बिस्लेशन पनि एक हद सम्म ठिकै हो/ सबै केरौले होइन है/
मन परे हरियो, नपरे रातो
6
1
माधवले सहि भनेको हो , यो सविधान सभा मावोवादीको एकल माग थियो, पहिलो वार्ता यो माग पुरा नहुने भनेपछि भङ्ग भएको थियो ।
मन परे हरियो, नपरे रातो
8
1
नेपाली रजनितिमा माधव नेपाल एउटा पाखन्ड पुर्ण भ्रम हो! तेसरिनै नेपाली राजनितिक पार्टिमा एमाले! एमालेको जब जन्म भयो र स्थापित हुनेक्रममा यो पार्टी नेपाली राजनितिमा एउटा आभाब पुरागर्ने हेतु उदायको थियो जस्तै भान हुन्थियो र सुरुवातका केही नेत्रित्वो कर्ताहरु जसले पार्टीलाई यथेस्ट नेत्रित्वो दिने अबसर पायन शायद उनीहरुको उदेस्य हालको एमाले थियन तर जब अनायसै एमालेको नेत्रित्वो माधव नेपाल नामधारी सन्कास्पद नेपालीले गरे तब एमालेको नरक यात्राको क्रम सुरु भयो! ढेद दशक को माधव नेपालको नेत्रित्वो कालमा एमाले सर्बथा ठुलो पार्टी बाट पातल धसियको छ यो क्रममा माधव नेपाल आफु मात्रै असफल होईन पूरा एमालेलाइनै असफल बनाएर छोड्यो, यो क्रममा उसलाई अरको नेता ओलीले पुरापुरा सहयोग गर्यो र यी दुइको हर्कत नै आजको एमाले सँगसंगै नेपालको हरि बिजोग हो भन्ने कुरा जेष्ठको घामभन्दा पनि चर्को प्रकासमय छ!
माधव नेपाल एमालेको लागि राजनीति गरेको होईन एमालेले माधब नेपालको लागि राजनीति गरेको हो भन्ने कुरा लगातार कयौ घटनाक्रमले पुस्टी गरेको छ! एमालेलाई राजतन्त्र अढाउने राजाको जुत्ताको तलुवा बनायनकी, आफ्नो प्रधानमन्त्री बन्ने चाहना पूरा गर्न के मात्र गरेन। खासमा माधव नेपाल र ओलीले देशको कुरा छोडौ जनताको पनि कुरा पर्र, एमाले पार्टीको राजनितिक स्थायित्वोको लागि पनि कुनै सोचपुर्ण गत्तिलो काम त के कामनै गरेको एउटापनी उदाहरण सायदै पाइयला यदि केही गरेको छ भने आफ्नो, आफ्नो परिवार अनी गुट र आफ्नो आसेपासे हरुको लागि! मलाई माधव नेपाल प्र म भयको देख्नु पर्दा बढो उदेक लाग्छ अनी देश र आफु प्रति निकै दया लाग्छ, किनकी नेपाली राजनितिमा मलाई माधव नेपाल एउटा ठुलो जोक हो जस्तो लाग्छ, जब यिनको कुरा सुन्छु, जब यिनको कार्य हरु हेर्छु तेसलाई हर्कत सिबाय केही भन्नै सक्दिन म, यो होइनकी म माओवादी समर्थक भयर यसो भयको, तर बरु म भन्छु यसो भयर म माओवादी समर्थक भयको हुं किनकी माओवादी त यी काइते बुख्याचां हरुको हर्कत भन्दा पछि नेपाली राजनितिमा उदय र स्थापित भयको हो!
सारा नेपाली ले भन्दा पनि एमालेका देशभक्त र सचिकै देशको लागि बिचरको राजनीति गर्नेहरु किन अन्धो छ बधो अजिब लाग्छ मलाई, के तिनीहरु माधव नेपालको चौध बर्षको नेत्रित्वो को परिणाम हालको एमाले देख्दैनन? पार्टीलाई असफलताको पराकास्ट धराप र पातल पुर्याउने मान्छेलाई कसरी देशको नेत्रित्वो सुम्पन्छन,गणतन्त्र र सन्बिधान सभा बिरोधी अनी तेसमाथी जनताले दुई दुई ठाउ बाट पाखालगायको मान्छेलाई प्रधानमन्त्रीमा पुर्याउनुले एमाले देश र जनता प्रति कत्तिको सचेत,जागरुक अनी तल्लिन छ भन्नेकुरा सहजै बुझ्न सकिन्छ!जब एउटा पार्टीलाई सफल नेत्रित्वो गर्न नसक्ने मान्छेले देशलाई त्यो पनि यस्तो आन्तरिम र सन्क्रमण कालमा नेत्रित्वो गरि पार लगाउला भनेर कसरी सोच्दा हो, तेसको मतलब एमाले माधव नेपाल जस्तो दिमाग र बिचरको भिड भन्नुमा कुनै आपत्ति हुनेछैन। साँच्चै उत्तमजीले भने जसरी एमाले पाकेको केरा हो! त्यो पनि पूरा नपाकेको बोक्रा पहेल्यै भयर पाकेको झलको दिने र भित्र काचै खाना नमिल्ने प्रभुलाई चडाउन चाँही एकदम उचित अनी उपभोगी जनतालाई पूरा पूरा भ्रम दिने उपभोक्तालाई खती र मर्का अनी मालिक र केरा धनीलाई चाँही फाईदै फाईदा दिने गुंदी भन्दा बोक्रा पहीले पाक्ने केराहो यो एमाले, एमाले नेपाली राजनितिमा एउटा भ्रम हो, भ्रमको खेती गर्ने झुन्ड हो र त्यो सबैको कारक माधव कुमार हो!यमालेको बारेमा यही मात्र सत्य हो बाँकी सब भ्रम हो!
मन परे हरियो, नपरे रातो
4
0
तपाईं त हदैको मायो बादी हुनु हुन्छ उत्तम बाबु जी किन अमेरिकामा मायोबादी पिडित भनेर सरनार्थी भन्नु भयो ?आफ्नो स्वार्थ क लागि आफु जे पनि गर्ने अनि अरु लाई अर्ति बुद्धि दिने र देसभक्त भन्ने सुतुर्मुर्गे चाल र केरौले पारा एकै भएन र …….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
27
राम जी तपैले लेखक अमेरिकन भयको थाहा पाउनु भाको रहिछ , येस्तई छ नेपाली को चाल अमेरिकन बासिया नेपाल हगैया , | भो इनिहरु को कुरा नगर्नु नै बेश |
मन परे हरियो, नपरे रातो
10
5
संविधान सभा चाहेको थिइन भन्नु भनेको संविधान चाहेको थिइन भन्नु बराबर हो, त्यसैले माधव कुमार नेपाल र ज्ञानेन्द्र, काँग्रेस, कमल थापा, भारत सबै एउटै ड्याङ्गका मुला हुन । तर उत्तम सर तपाईंले भने जस्तो केरौले स्वभाव माओवादीमा पनि नभै दिएको भए आज देशलाई नयाँ संविधानका साथ माओवादीले नै हाँकी रहेको हुन्थ्यो । यस अर्थमा माओवादीलाई पनि ‘उही ड्याङ्गको मुला’ भन्न नसकिए पनि ‘हाती र हाती छाप चप्पल’ जस्तै उस्तै उस्तै हो भन्दा चै खासै फरक नपर्ला ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
परिवर्तन चाइएकोहो परिबर्तन हुनत केहि समय लाग्छ हैन र
मन परे हरियो, नपरे रातो
5
1
उत्तम जी,
सुकिला मुकिला र बिदेशी प्रभु त प्रचण्ड सरकार को (नेपाली प्रभु ) जस्ता को तस्तै साभार गरियेछा त| जे होस् लेख केहि हद सम्म लेख राम्रै हो | सबैलाई घाम जस्तै छर्लंग भयकै कुरा हो कि संबिधान सभा कांग्रेस – एमाले को एजेन्डा थिएन, तर जब उनीहरु त्यो एजेन्डा लाइ स्वीकारेर यो अवस्था सम्म आइ सकेपछी अब त्यो यो भनेर कुरा गर्नु बेकार हो| त्यसो भने त फेरी भोलि माओबादी पनि संबिधान सभा चाहन्न , उ त जनविद्रोह मात्र रतिरहंछा भनेर अरु पार्टी ले दोस देलान नि|
यो समय भनेको संबिधान सभा लै कुनै पनि मूल्य मा जोगाएर संबिधान निर्माण कार्य लाइ टुङ्गो मा पुर्याउनु नै हो| सबै भन्दा राम्रो उपाए भनेको माकुने ले बाटो खुला गरिदिने, त्यसका लागि माओबादी ले अरु पार्टी को विश्वास लाग्ने बाताबरण बनाउने नै हो| मुख्य समस्या भनेको विश्वास को सङ्कट हो.
यहाँ माओबादी आफु ले भनेजस्तो संबिधान बन्दैन कि भनेर आफ्नो सेना र हतियार लाइ बर्गैनिंग को रुपमा संबिधान बनाउन र बनाएपछि पनि आफ्नो साथमा राख्न चाहन्छा| अरु पार्टी हरु माओबादी सेना पार्टी को Under मा भएसम्म संबिधान बनाए पनि माओबादी ले मान्दैन वा सेना देखाएर संबिधान बनाउँदा बार्गेन गर्छा भनेर डराएका छ| उनीहरु डराउनु को मुख्य कारण, माओबादी ले शान्ति प्रक्रिया मा आएपछि अहिले सम्म आफुले स्वीकारेका मुख्य मुख्य सर्त हरु कुनै पनि पुरा नगर्नु र बेला बेला मा cantonment मा रहेका हतियार र सेना लाइ शान्ति सम्झौता बिपरित प्रयोग गर्दै आउनु नै हो|
मेरो व्यक्तिगत विचार मा दुवै पक्ष १ कदम पछाडी हटेर माओबादी को नेतृत्व मा नया संयुक्त सरकार बनाउने र माओबादी पनि विभिन्न बख्युड़ा नझिकी सेना समायोजन को प्रक्रिया मा सहमत हुने नै हो. (मेरो बुझाई मा माओबादी अहिले लै संख्या मा विवाद गरिरहेको छ, तर बास्तबिकता, माओबादी संबिधान बनिसक्दा सम्म समायोजन गर्न नै चाहन्दैना र सेना आफुसंगै राख्न चाहन्छा)
सबै को जय होस्.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
14