विस्फोट स्थलमा यसअघि कहिल्यै नाम नसुनिएको स्वतन्त्र नेपाल दलको पर्चा भेटिएको प्रहरीले बताएको थियो। तर पछि सिराहाका स्थानीय पत्रकारहरुलाई फोन गरेर जनतान्त्रिक तराई मुक्ति मोर्चाको राजन समूहले जिम्मा लियो रे भन्ने खबर पनि आयो। नेपालमा कस्तो समय आयो यो हरे, बम विस्फोटको जिम्मा लिन पनि होडबाजी! आपराधिक समूहलाई चर्चामा आयो भने चन्दासन्दाको धन्दा गर्न सजिलो हुन्छ। फेरि दण्डहीनता पनि त छ। कसुर गर्यो, सजाय भोग्नुपर्दैन- राजनीतिक वा अन्य कुरा मिलायो भने। काठमाडौँमा बम पड्कँदा सिराहामा जिम्मा लिनुको कारण नत्र के होला त?
यसो इमेल हेर्छु त स्वतन्त्र नेपाल दल (Free Nepal Party) भन्दै दुई वटा लोगो हालेको र चार जना महासचिवको हस्ताक्षर भएको विज्ञप्ति आएको रहेछ घटनाको जिम्मेवारी लिँदै। Press release , Sucessfully completion of Socket Bomb Plantation शीर्षकमा freenepalparty@gmail.com बाट आएको वक्तव्य यस्तो थियो-

वक्तव्यमा “भ्याली कमान्ड प्रमुख प्रहारको नेतृत्वमा स्पेशल टिमले सकेट बम प्लान्टेसनको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको” भनिएको छ। ठूला दल र उनीहरुका जागिरे सभासदहरुविरुद्ध कारबाही लक्षित गर्ने भनिए पनि बम एउटा पार्क गरिराखेको निजी कारमा पड्काइएको छ, जसमा चार सर्वसाधारण घाइते भए। कार ठूला दलको पनि थिएन र सभासदको पनि थिएन।
वक्तव्यको भाषा हेर्दा अहिलेका दलहरु आपसी कुर्सी तानातानमा मस्त रहेको बेला उनीहरुप्रति उब्जिएको वितृष्णालाई प्रयोग गर्दै स्थिति भड्काउन उद्दत कुनै शक्तिको आडमा यो घटना गराइएको देखिन्छ। यो घटना परीक्षण मात्रै हो भन्दै अझ योभन्दा ठूलो घटना गराउन सक्छौँ है भनी प्रहरीप्रशासन र सरकारलाई पनि ठाडै चुनौति दिएको देखिन्छ।
मध्यरातसम्म झगडा गरेर सहमतिको नाममा सहमति गरी एक वर्ष संविधान सभाको म्याद थप गरी अहिले फेरि कुर्सीको खेलमा ठूला दलहरु लाग्नाले जनअसन्तुष्टि बढ्दै छ। त्यही कुरालाई ध्यानमा राखेर वक्तव्यमा शब्द चयन गरेको देखिन्छ। वक्तव्यमा ‘दलहरुका सबै प्रपञ्चलाई छियाछिया पारी मौलिक नेपाली विचारधारालाई कार्यान्वयन गर्ने दिशामा’ त्यो पार्टी निरन्तर डटिरहने रे भनिएको छ। यो “मौलिक नेपाली विचारधारा” भनेको के हो अनि “दलहरुका सबै प्रपञ्चलाई छियाछिया” कुन ढंगबाट पार्ने हो भन्ने चाहिँ स्पष्ट गरिएको छैन। तर सकेट बम प्लान्टेसन चाहिँ परीक्षण हो भनेकोले उनीहरु हिंसात्मक बाटोबाटै जान चाहेको देखिन्छ।
पार्टीको विज्ञप्तिमा थप गजबको कुरा त्यसमा रहेका हस्ताक्षरहरु हुन्। चार जना महासचिवको हस्ताक्षर छ वक्तव्यमा। चारै जनाको नाम सुनिएको छैन। चारै जनाले उपनामसहित पूरा नामसमेत वक्तव्यमा लेखेका छन्। नत्र खासगरी यस्ता भूमिगत संगठनहरुले वक्तव्य जारी गर्दा उपनाम मात्र लेख्ने गर्छन्। पार्टीको मुख्य कार्यालय फेरि सिन्धुलीको सिन्धुलीगढी लेखिएको छ।

बाँकी रहेको सकेट बम निस्क्रिय पार्ने तयारी गर्दै सैनिक। फोटो सौजन्यः योन्हाप न्युज एजेन्सी/नरेन्द्र श्रेष्ठ
के रहेछ त यो पार्टी भन्दै खोज्दा एक महिना जति अगाडि (मे १६) मा पनि त्यही इमेलबाट एउटा इमेल वक्तव्य आएको रहेछ। त्यो वक्तव्य त्यतिबेला नै देखे पनि खासै नामै नसुनिएको दलको भएकोले त्यति वास्ता गरेको थिइनँ। वक्तव्यमा दुई वर्षसम्मको सेवासुविधा फिर्ता नगरे ६ सय १ जना सभासदमाथि ‘घातक कारबाही’ गर्ने चेतावनी दिइएको थियो। वक्तव्य यस्तो थियो हेर्नलाई क्लिक गर्नुस्
अब वक्तव्यका प्राविधिक कुरालाई अलि ध्यान दिएर हेरौँ। वक्तव्यमा दुई वटा लोगो प्रयोग गरिएको छ। एउटा लोगो यस्तो छ-

लोगोमा नेपालको नक्सा र बीचमा अमूर्त किसिमको चित्र छ। लोगो बनाउने कलाकारै जस्तो देखिन्छ। लोगोको दायाँ छेउको माथितिर युनिकोड फन्टमा स्वतन्त्र नेपाल दल लेखिएको छ। मतलब यिनीहरु युनिकोड पनि चलाउन सक्षम छन्। तर वक्तव्य भने युनिकोडमा छैन, प्रीति फन्टमा छ।
वक्तव्यको रुपमा वर्ड फाइल एट्याच गरी पठाइएको हुँदा त्यसको Properties मा हेर्दा पनि कहिलेकाहीँ रमाइला जानकारी पाउन सकिन्छ। आज पठाइएको वक्तव्यको फाइलमा हेर्दा यस्तो देखियो-

त्यसैगरी पहिलो अर्थात् मे १६ मा पठाइएको वक्तव्यको फाइलको Properties यस्तो थियो-

दुवै फाइलको युजर नाममा news2 लेखेको देखिएको छ। कतै यो कुनै पत्रिका कार्यालयको कम्प्युटरमा भएको वर्ड प्रोग्रामबाट टाइप गरिएको त हैन? शंका गर्ने आधार छ। दुवै वक्तव्य एउटै कम्प्युटरमा टाइप भएको देखिन्छ। आजको वक्तव्य बिहान ८ बजेर ३२ मिनेट मै टाइप गरिएको रहेछ। दुई चोटी मात्र यसमा संशोधन भएको देखिन्छ। पुरानो वक्तव्य भने अलि लामो थियो, नौ पटक संशोधन भएको रहेछ। बिहान ६ बजेर ५६ मिनेटमा फाइल बनाएर अन्तिम पटक नौ बजेर ४१ मिनेटमा सेभ गरिएको रहेछ।
संभव छ इमेल ट्रयाक गर्न पनि
इमेल अमेरिका मुख्य कार्यालय रहेको गुगल कम्पनीको निःशुल्क इमेल सेवा जीमेलबाट पठाइएको छ। यदि गुगललाई कानुन कार्यान्वयन गर्ने संस्थाले विश्वस्त आधार दिने हो भने सो इमेलको Originating IP पत्ता लगाउन सकिन्छ। त्यो नेपालको कुनै इन्टरनेट सेवा दिने कम्पनीको हुनसक्छ। त्यो कम्पनी पत्ता लगाएर त्यो कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने कुन ग्राहकको कम्प्युटरबाट त्यो इमेल पठाइएको हो, पत्ता लगाउन सकिन्छ।
नेपालको प्रहरीले यति भित्रसम्म गएर आईटी अनुसन्धान गर्ला कि नगर्ला थाहा छैन, तर प्रहरी चलाउने गृहमन्त्री भीम रावलले भने आज दिउँसो ऋषि धमलाको क्लबमा भएको साक्षात्कार कार्यक्रममा यसो भनेका रहेछन्-घटनामा हिन्दुवादी दलहरुको हात रहेको आशंका छ। एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेकाले छिट्टै तथ्य सार्वजनिक हुनेछ।
सम्बन्धित समाचार हेर्नुस्-
बम विष्फोटको जिम्मा नयाँ दलले लियो
No related posts.








देश जल्ने आगो नै यस्तै हो ,बेलईमा समाधन न भय खरानी माथि बसेर पछुतौन पर्ने छ /
मन परे हरियो, नपरे रातो
0
1
To the Free Nepal Party- Blasting Bomb is not solution for the current situation, it is scaring nepalese people again.., If your party thinks that current leaders are the problems.., go for the big ones, don’t f***ing just mess around and scare the public. But the question is, is it right or wrong thing to do? I have no answer as well. But I strongly suggest this party or any other party to consider one question before they take any action that is, “is this particular action going to make Nepal peace and prosperous ??” Love the country but don’t end up being little spiders..
मन परे हरियो, नपरे रातो
1
1
जे भए पनि सरकार कानमा तेल हालेर बसेको अवस्था छ , तेसैले पनि यो सरकारको कुनै अस्थित्वो नरहेको भन् हुन्छ सारा नेपालीहरुलाई … तेसैले यो सरकारले आफ्नो मात्र कुर्सि नहेरी, राष्ट्रिय सरकार को गठन गरेर सबै दल हरुलाई बराबर भाग बन्डा लगाएर सहमतिमा म कु ने सरकारले राजिनामा दिनु पार्ने देखिन्छ … नया दलको नाम बेचेर कुनै पुराना पार्टी हरुले यस्ता काम गरे जस्तो लाग्छ हामी जनताहरुलाई तर यो पनि काल्पनिक हो … नहुन पनि सक्छ हुनपनि सक्छ यो त समएले बताउने कुरा हो, तेसैले राष्ट्रिय सरकार गठन गरेर सबैको मन बुझाउनु आजको यो घटनाको विकल्प हुन सक्छ नत्र भबिस्यमा क हुने हो भनेर कसैले पनि कुनै अन्दाज गर्न सकिने बिसये छैन ……
tik1469@gmail.com
मन परे हरियो, नपरे रातो
0
1
हिन्दुको नाममा राजाले २४० वर्ष राज गरे / तेही राजालाई ढोगेर हिन्दुकै नाममा फेरी अपहरण गर्ने बम हान्ने गरेर मा. कु. ने. ले खान खोजेको जस्तो छ / संबिधान बनाउन नसकेको र राजिनामाको बिसय अर्कै तिर मोड्न मा.कु.ने. का भारदार हरुले गरेका होलान / काठमाडौमा कार भरि बम राखेर पड्काउन अरु कसैले सक्दैन /
मन परे हरियो, नपरे रातो
4
2
our country now which situation is no body nothing . just new party violence ,crime,banda, loardsading everything problem and people all just looking everytime dangerous no save i don’t know how long time that’s all . hay pashupatinath auba ta mukuti dau nepal lai nepal aama dhari nai roayake chan. jungle human ledarship. may be after time coming new danguraus .I want peace and wonderfull nepal. and developing country. other no nothing.
मन परे हरियो, नपरे रातो
0
3
अब नेपाल यस्तोंई हो किन की नेताहरु लाइ देशको होइन सत्ताको माया छ हामी नेपाली जनताहरु पनी भुज्नालाई कोसिस गर्दैनौ
मन परे हरियो, नपरे रातो
2
1
फेरी एउटा नया पार्टी–विचार ठिक कार्य गलत
घुश्या भ्रस्ट नेता हरुको निजि सम्पति पड्काउनु पर्थ्यो.
मन परे हरियो, नपरे रातो
6
3
यो लोगो झट्ट हेर्दा कुनै व्यक्तिले लगाएको राजशी पोशाक जस्तो देखिन्छ जसमा पोशाक लगाउने व्यक्तिको अग्रभाग राखिएको छ भने मुहार लुकाइएको छ… तपाईहरु पनि अनुमान गर्नुस किनकि लोगोको अर्थ सम्बन्धित संगठनको सांकेतिक सूचना दिनको लागि गरिने गरिन्छ …..
मन परे हरियो, नपरे रातो
0
1
Tracking through email is easy.But i dont think those terroist have send email from their home if they are not stupid.They will obviously send through free wifi or from cyber..
मन परे हरियो, नपरे रातो
2
4
सुन्दर शान्त नेपाल, लाई गोला बारुदले खेलेर मोज मनाउने कसैलाई पनि अधिकार छैन | संसार का कूर भन्दा कूर शासकहरु विलयको इतिहास छ | एक दिन पक्का पनि नया बिहानीको सुरुवात हुन्छ , तियो दिन तिमिहरु लाई कठघरामा खडा गरेर नेपाली जनताले प्रश्न गर्ने छन् |२०० सय वर्ष को राज्त्रन्त्र लाई त नेपाली जनता ले जरै बाट उखेलेर फालिदिया भने , तिमीहरु इतिहासनै नभयका भदौरे चियाउ लाई पनि नेपाली जनताले छोडने वाला छैनन ,तोयोदिन धेरै टाडा छैन, अति भय पछि धैर्यको बाध भत्किन्छ | जयनेपाल
मन परे हरियो, नपरे रातो
9
3
यो सब ज्ञाने र पारशे को इशारा मा राजा बादी हरुले गरेको हो. यिनीहरु लाइ जब तक नेपाल बाट लखेत्दैना तब तक नेपाल को भबिस छैन. यिनी हरु संधै भन्छ कि हामि हरु पृथ्वी नारायण को सन्तान हो. पृथ्वी नारायण त लुटेरा थियो, आज सबैले जान्दछ. उसले तराइ, हिमाल सबै लुटेर लिएको हो. आज तराइ हिमाल इंडिया वा चाइना जो संग भए पनि हजार गुणा राम्रो हुन्थ्यो. आज पृथ्बी नारायण लाइ महान भन्ने ज्ञाने पनि लुटेरा हो. यिनी हरुले नेपाल लाइ आफ्नो बपुती भन्छ. हामि हरु सब ले आफ्नो हिस्सा माग्ने टाइम भाको छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
35
Yesterday I have received an email from the ip 10.229.230.5, I have got it from email header in my Gmail box. Sender also uses Gmail account. I tried to find out the location (Country, City etc.) of this IP. I used some ip to location tracking website but I got the following response : “This is a private IP address, no country associated”. Can anybody plz tell me the location of this IP ???
मन परे हरियो, नपरे रातो
2
2
Its a private ip address [address 10.0.0.0 to 10.255.255.25 are private ],, means it’s ip address of some computer running locally in some LAN,any one who set’s up local network can have this IP…. may be the computer’s IP is hidden.. means with that IP you cannot track
मन परे हरियो, नपरे रातो
0
0
ल भो त ! जे गर्दा पनि माओवादी ! नसकिने भो बा ! यस्तै हो भने त सबै सुरक्षा निकाय खारेज गरे भइहाल्यो नि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
21
you need cyberlaw to do this!!!!!!!
मन परे हरियो, नपरे रातो
2
2
नेपाल को पहिचान अब बम, हत्या र अपरहण हुने देशमा हुन गएकोमा धेरै ढुख लाग्छ ! यसको जिम्मेवार राजनीतिक पार्टीहरु बिशेष गरि माओवादी हुन् !
सुरज श्रेष्ठ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
9
मावोबादी को ठुलो सेना छ ,त्यो समायोजन न हुने हो भने देश मा येस्ता सङ्कट कति आउछ कति ,किनभने ८-१० जना हतियार धारी हरु बागी भएर एस्तो काण्ड २,४ मचाउने हो भने र कुनै पार्टी को नाम दिने हो भने उनीहरु सजिलै चन्दा आतंक मचाउन सक्छ |
सायद हृशी धमला लाइ धेरै कुरा थाह हुन् सक्छ | हिरोनी को पछिल्तिर देखि लिएर सुद को पछिल्तिर उहा नै उभिएको देखिन्छ |
मन परे हरियो, नपरे रातो
10
3
उमेशजी, त्यो जीमेल को आइपी ट्रयाक गरेर आफैले राखिदिनुस न . सजिलोको लागि वेब साइट राखिदिएको छु >
(http://aruljohn.com/info/howtofindipaddress/#gmail)
मन परे हरियो, नपरे रातो
2
2
फेरी बम पटकन थाल्यो/भरमार चन्दा अशुलिन थालियो/बजार ,ब्यापार बन्द गरिन थालियो/उद्द्योग धन्दा ,स्कूल ,कालेज बन्द गरिन थलियो/हर्ताल,जुलुश सामान्य हुन थाल्यो/चन्दा नदिनेको हत्या हुन थाल्यो,यही त होनी नया नेपाल,गणतान्त्रिक नया नेपाल/नया नेपाल को पहिचान के त?
हामी सबै नेपालीले राम्ररी बुझ्न जरुरि छ कि एउटा अपराधी जत्था आज सरकारी मन्येता पाएर ठुलो पार्टी बनेको छ ,सरकारमा पनि गयो,आफ्नो अकर्मन्येता,अशाछ्येमताले सरकारबाट हट्यो,अहिले सरकारमा जान पाम भनेर टुकुचामा लम्पछार परेको छ/उसको नेता ,जसले आफुलाई सर्बहाराको नेता भन्छ र सर्बहाराको नेतृत्व गर्छु भन्छ उ तनाव कम गर्न सपरिवार ५तारे रिसोर्टमा आराम गर्न पुग्छ,सुरछ्या गार्ड,नेता,कार्येकर्ताको हुल साथमा छ/ एक रातको लाखौको बिल कसले तिर्छ?कहाबाट आउछ ?कि रिसोर्ट वालालाई धम्काएर फोकटिया बसिन्छ?के उ सर्बहाराको नेतृत्व गर्ने मान्छे नै हो भने एउटा दलितको घरमा बास बसेर तनाब कम गर्न सक्तैन?उ ५तारे रिसोर्टमा तेती बेला बस्न सुहाउछ जतिबेला सबै सर्बहारा,सुकुम्बासी पनि बस्न सक्ने हैसिएत्मा यी नेतृत्व वालाहरुले पुर्याउ छन्/?यही कारण हो अब धेरै बम बिष्फोट हुन्छ ,त्राश खडा हुन्छ,जसबाट यो सान सौकत प्राप्त होस्/एउटा अपराधी लाई कानुनी कारबाही नभएर यो अवसर मिल्छ भने ,एस्तो आतंकलाई अरुले अबसरको रुपमा किन नलिने?अब हाम्रो नेपालमा आतंक्नै अवसरको मूल श्र्वोत हुने भयो,पैसा,सान,मान,मस्ती,अरु सबै//
मन परे हरियो, नपरे रातो
6
4
Need not contact google to know the ip address of the computer from which the message was sent. Just in your inbox, open the email (if yahoo click FULL HEADERS on bottom right corner, in gmail SHOW ORIGINAL under drop down box beside REPLY, dont know in hotmail yet ) to know the IP address of the sender. and use ip address tracing site to know the physical address of the computer location.
मन परे हरियो, नपरे रातो
1
2
उमेशजी आइपी track गर्न सजिलो छ | Gmail लागि :
१. Log into your Gmail account with your user-name and password.
२. Open that mail.
३.To display the email headers,
* Click on the inverted triangle beside to REPLY (right to reply key at top right of the mail). Go to dropdown Menu. Select Show Original.
४. Open pop window and detail will be there.
५. Please find some thing like this in that report:
Received: from [100.000.00.1] by web31804.mail.mud.yahoo.com.
६. Sender IP will be square bracket [100.000.00.1] in this case.
७. IP location search in net.
८. You will know everything about email sender. No need to contact Google.
मन परे हरियो, नपरे रातो
3
2
यो जीमेलमा हेर्ने तरिका मात्र हो, जीमेलबाट आएको इमेलका लागि हैन।
मन परे हरियो, नपरे रातो
3
3
bewkoof suggestion!!
मन परे हरियो, नपरे रातो
1
3
यो बम पड्काउने लाइ जहा भेटियो तेही पड्काई दिए हुन्छ.
मन परे हरियो, नपरे रातो
6
3
मसंग छ आइपी अड्ड्रेस ट्रैक गर्ने लिंक . यदि कसैले पठाको इमेल कुन ठाउँ बाट पठाको भनेर हेर्न सकिन्छ . http://aruljohn.com/track.pl
राजु
मन परे हरियो, नपरे रातो
3
3
अनि आईपी address खै??
मन परे हरियो, नपरे रातो
4
2
राजुजी
सकेको जानकारी सरकारलाई र संबिधान सभालाई उपलब्ध गर्नु हुन्छ कि? कति सम्म खोज नीति गर्छ सरकारले अनि थाह भई हाल्छ/ तर आस गर्नु त् बेकार नै छ/ राजनैतिक झन्डा बोक्ने ले जस्तै अपराध गरे पनि पछी कुर्सि सम्झौता गरे पछी माफ गरि हाल्छ/
मन परे हरियो, नपरे रातो
1
2
हे नेपाल आमा, कस्ता कस्ता राजनीतिक पार्टीलाई जन्म दिदैछ्यौ?
खै नेपालमा एक व्यक्ति एक पार्टी प्रणाली लागु हुदैछ कि क्या हो?
अर्को कुरा के अचम्म लाग्यो भने वक्तव्यमा मिति २४ जेठ लेखिएको छ तर विस्फोट भने आज बिहान सवेरै २५ जेठमा (as per news) मात्र भएको थियो।
मन परे हरियो, नपरे रातो
2
2
of course if nepalese investigators want they can know the orginal computer where that email came from just tracking that ip address of that email .that’s very easy to find out and catch them .simple .
मन परे हरियो, नपरे रातो
1
3
अब फेरी अनाहकमा धेरै नेपालीको ज्यान जाने भयो ! कुलंगार नेताहरु भए पछी देश बर्बाद हुने नै भयो !! अपराध भित्र फस्टाएको नेपालि राजनीतिको औसधि के होला प्रभु ?
मन परे हरियो, नपरे रातो
7
2
नेपाल को राज नीति यस्तै हो भने नेपाल पनि इराक अनि अब्गनिस्तान बन्न बेर लाग्दैन आब फेरी पनि जनता ले केहि गर्नु पर्छ
हाम्रो माटो , हाम्रो खोला हाम्रै बन पाखा,
आफ्नै मात्रै हो जसरि किन लौछान आँखा ?
भाषान दिन्छन कोइलीले झैं, फेरी फेरी भाका ,
देशमा बिकाश गर्नलाई ,मार्ने होइन माखा !
खालि सत्ता भत्ता खोछान,जनतालाई बनाइ भर्यांग
महंगी बढाउछौ तिनीहरुले नै,त्यहिँ जनताको भाँच्ने गरि करंग !!
चुप लागेर नबसौ जनता भै सकेछ अति ,
हाम्रो देशको नेताहरुको राम्रो छैन मति ………..
चुप लागेर नबसौ जनता भै सकेछ अति ,
हाम्रो देशको नेताहरुको राम्रो छैन मति ………..!!
भुवानी प्रसाद तिमिल्सिना
मन परे हरियो, नपरे रातो
7
2