काठमाडौँको बसुन्धारामा मंगलबार बिहान एउटा कारमा सकेट बम र पेट्रोलको ग्यालन मिसाएर विस्फोट गराइएको थियो। चार जना व्यक्ति घटनामा घाइते भए। बम विस्फोटको लगत्तै खासै नाम नसुनिएको स्वतन्त्र नेपाल दलले यसको जिम्मा लिँदै इमेल वक्तव्य पठाएको थियो। केही दिनअघि माइसंसारमा कसले पड्कायो काठमाडौँमा आज बम शीर्षकमा लेखिएको ब्लगमा सो इमेलका बारेमा बताएको थिएँ। आज माइसंसारले पत्ता लगाएको छ कुन ठाउँबाट पठाइएको रहेछ त्यो इमेल।
बम विस्फोटको जिम्मा लिने गरी पठाइएको इमेल पुल्चोक, ललितपुर मुख्य कार्यालय रहेको VIANET COMMUNICATIONS PVT LTD नामको आइएसपी कम्पनीको इन्टरनेट प्रयोग गरी पठाइएको रहस्य खुलेको छ। इमेल पठाइएको समयमा freenepalparty@gmail.com मा 110.44.127.131 नम्बरको आईपी प्रयोग भएको देखिएको छ।

यस्तो वक्तव्य पठाएका थिए उनीहरुले।
कसरी पत्ता लाग्यो ?
शिखर प्रधान नामबाट मेरो इनबक्समा आज एउटा इमेल आयो, जसमा वक्तव्य पठाउन प्रयोग भएको इमेल खाताको पासवर्ड थियो। उनले आफूलाई अहिंसावादी नेपाली हुँ, ह्याकर हैन भनेर लेखेका छन्। मलाई थाहा छैन उनले कसरी यो पासवर्ड पत्ता लगाए। सुरुमा मैले विश्वास गरिनँ। ‘नागरिक’ दैनिकका क्राइम रिपोर्टर साथी केपी ढुंगानालाई यसबारे जानकारी दिएर अफिसबाटै लग इन हुन्छ कि हुँदैन हेर्न लगाएँ। अनि आफैले पनि लग इन गरेर हेर्छु त हो रहेछ- अपराधीको इमेल खातामा लग इन भयो।
जीमेलमा भएको Last account activity हेर्दा यस्तो देखियो-
Browser Nepal (203.91.149.165) 9 Jun (1 day ago)
Browser Nepal (110.44.127.131) 8 Jun (2 days ago)
Browser Nepal (110.44.127.131) 8 Jun (2 days ago)
Browser Nepal (110.44.125.122) 17 May
Browser Nepal (110.44.125.122) 16 May
Browser Nepal (110.44.125.122) 16 May
८ जुन बम पडकिएको दिन जीमेल चलाउन प्रयोग भएको आईपी Vianet को हो। बम विस्फोटको भोलिपल्ट प्रयोग भएको आईपी 203.91.149.165 हङकङको छ।
यसअघि १६ मेमा पनि सो दलले दुई वर्षसम्मको सेवासुविधा फिर्ता नगरे ६ सय १ जना सभासदमाथि ‘घातक कारबाही’ गर्ने चेतावनी दिने वक्तव्य जारी गरेको थियो। वक्तव्य हेर्न यहाँ क्लिक गर्नुस्। वक्तव्य जारी गर्ने दिन दुई पटक जीमेल लग इन भएको देखिन्छ। त्यसका लागि 110.44.125.122 को आईपी प्रयोग भएको छ। यो आईपी पनि vianet कै आईपी हो। मतलब बम विस्फोटको जिम्मा लिने वक्तव्यहरु vianet को इन्टरनेट प्रयोग भएको कम्प्युटरबाट पठाइएको हो। आशा गरौँ, प्रहरीले अब अनुसन्धान गरी पत्ता लगाउने छ- कहाँको कम्प्युटरबाट यो वक्तव्य पठाइएको हो।
माइसंसारका एडमिन प्रमेय भन्छन्- यी आईपीहरु DHCP server ले assign गरेको हुनसक्ने संभावना छ। यदि त्यसो हो भने आईएसपी Vianet सँग कुन ग्राहकले त्यो आईपी प्रयोग गरेको छ, सबै रेकर्ड हुन्छ। अनुसन्धानमा रहेका प्रहरीले आईएसपीसित सम्पर्क गरेर ग्राहकको विवरण लिएमा त्यो आईपी घरायासी प्रयोजनका लागि प्रयोग भएको हो कि साइबरबाट हो, पत्ता लागिहाल्छ। त्यहाँबाट अनुसन्धान गर्न झन् सजिलो हुन्छ।
Related posts:









भन्ने बेलामा कम्प्युटर तथा डिजिटल प्रविधिलाई सरकारले कानुनि मान्यता दिने भनेता पनि व्याबहारिक रुपमा सरकार र अदालतले नेपालमा आधुनिक दिजितल प्रबिधि लाई कानुनि मान्यता दिएकै छैन/ अस्ति भर्खरै दि एन ये प्रमाण पत्र लाई अदालतले मान्यता दिएनन्/ अब बिचरा कुनै व्यक्ति आफ्नो बिर्ये बात नजनिएको बच्चाको बाबु बन्न परे/
अस्ति सेल फोनमा अपहरणको योजना र धम्कि दिने ऋषि धमला लाई सरकारले निर्दोष माने/ यो सरकार र यी नेताहरुले डिजिटल प्रमाण हरु लाई सके सम्म मान्यता नदिन बाध्य नै छन्/ दिएमा यिनिहरुले सेल फोनमा कुन ब्यापारी र कुन बिदेशी सिट कस्तो कस्तो अपराध ठहरिने काम कुरा गरेको मा सिंह दरवार होयिन जेल जानु पर्ने हुन्छ/
तेस कारण यो घटनामा कुनै अर्को ऋषि धमला निक्लेला बा यिनीहरुले यो सरकार टिकाउन समर्थन देला अनि यो सरकारले अस्ति बिहारमा बसेर नेपालमा असुली र ज्यान मार्दै गरेका हरु सिट जस्तै सम्झौता गरेर मुक्त गरि हाल्छन/ बरु मलाई त् माई संसारलाई पो केहि गरिदेला कि भन्ने पो पिर छ/
मन परे हरियो, नपरे रातो
0
2
आशा गरौं प्रहरीले यस मार्फत आतंककारीहरु पत्ता लगाई उचित कारवाही गर्नेछ । तर म त भन्छु जनता शुरक्षाकर्मी समेत देखि त्रसित छ ।
मन परे हरियो, नपरे रातो
1
1
जनता र देशको नाममा जनता लाइ नै टार्गेट गर्नु कदापी उचित कदम होइन,दोषीलाई कारबाई हुनाइँ पर६ .
मन परे हरियो, नपरे रातो
2
1
wrong doings. if you and ur groups access to the crimer group and their secret things then u would better to inform police not to publicity in news or like this blog. this may result escaping the crimer and they will let k know their weekpoints. it would be better before complition of investigation never reveals such information to public
मन परे हरियो, नपरे रातो
4
1
Good job,
Really wondered to know the details.
But the ones who are in the constitution making process should also concentrate on their jobs and the others help hands in hands for the bright future of Nepal.
मन परे हरियो, नपरे रातो
1
1
यो पोस्ट त mero pani blog ma kaam laagne kahlko rahecha yedi anumati bhaye ma yeslai आफ्नो ब्लग मा rakhna chanchu…
मन परे हरियो, नपरे रातो
2
5
Better put a link in your blog to redirect your visitors to mysansar. Because you cannot directly put this information in your blog as far as I know.
मन परे हरियो, नपरे रातो
2
1
उमेश जी लाइ धन्यवाद| पुष्प जी,सशांग जी,मदन जी,नमस्कार का साथ सचेत रहन बिनम्र अनुरोध गर्दछु | भारतिया टट्टूहरु ले जे पनि गर्न सक्छन !चाहे त्यो बम पद्काउस ,अपहरण गरोस ,हिन्दु राज्य घोषणा हुनु पर्छ
भनोस,सबै इन्डियन राजदुताबास बाट शंचालित छन् |देश को लागि नहेरी खशी र हिस्की मा बिक्ने कांग्रेसी र एमाले कार्येकर्ता देखि नेता सम्म नेपाल आमा का कपुत सन्तान हरु ले गल्ति गरेको नदेखे सम्म देश लाई उपयुक्त दिशा मा लग्न अलि झन्झट नै हुन्छ जस्तो लाग्छ मलाई |यो त माओबादी को नेता को पनि गल्ति हो किन भने भोट को हिसाब ले प्रतिनिधि सभा मा ब्याइते को ठाउंमा ल्यायिते ल्याउनु पर्ने माग गर्ने उनीहरु नै हुन् |
तर हामी धन्यवाद दिनु पर्छ ९ महिना शाशन चलाए पनि मन्त्रि ले घर त थदयानन!!!!!!!!!!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
12
राष्ट्र प्रति आफुलाई तेत्रो जिम्मेवार ठान्नेले सर्वसाधारण नेपाली हिड्ने ठाउंमा बम पड्काएर कस्तो जिम्मवार प्रस्तुत गरेको हो हो ?
यदी साच्चै नेताहरुलाई सतर्क गर्नु थियो भने त् उनीहरुलाई मात्रै हानी पुग्ने गरि दवाब दिन सक्नु पर्थ्यो.
एस्तो क्रियाकालाप भनेको अतिनै कायरहरुले गर्ने राष्ट्र र जनता प्रतिको अतिनै निन्दनीय अपराध हो यस्ता हिंशा अंगाल्ने कुनै पनि पार्टी वा व्यक्ति बिसेस भनेका केवल आतंककारी हुन् कुनै पनि हालतमा राष्ट्र प्रेमी मान्न सकिन्न.
सबैलाई चेतना भया !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
सोझा नेपाली जनता मारेर केहि हुदैन .
नेपाल प्रहरी को लागि अपरादी सम्म पुग्न माइसंसारले बाटो देख्यको छ
धन्यवाद छ माइसंसारलाई.
मन परे हरियो, नपरे रातो
8
0
इन्टरनेटमा आफ्नो IP Address लुकौना मिल्ने थुप्रै software (eg. HideMyIP) हरु पाइन्छन | hidemyip जस्तो कुनै प्रोग्रामको प्रयोग गरेर आफ्नो IP Address लुकाएर अर्काको IP Address बाट पथाको पनि हुन सक्छ | ठ्याक्कै यकिन गरेर भन्न गारो हुन्छ |
मन परे हरियो, नपरे रातो
9
0
keep in mind that the DHCP lease might not be more than 86hrs. it depends on the setting. if so..that IP has already been changed to another host ..which leads to tracking to another host ..so the host identification is only possible if it is set static…this is the drawback of IPv4 addresses (loss of stability after reset, IPv6 solve this problem). however the log file may help to identify MAC address from that IP. we need history of logs from the one day before bomb attack. time of mail sent, ip and MAC>> may give the result..
मन परे हरियो, नपरे रातो
11
3
अब शिखर जी र माइ संसारले यति गरेर अपराधि सम्म पुग्न सहयोग त गर्नुभयो एउटा सचेत नागरिक को हैसियतले | तर यो देशमा विगतदेखि भैरहेका गतिबिधि हेर्दा त लाग्छ – अपराधि लाइ कारबाही गर्नु को साटो शिखर जी लाइ नै अर्काको इमेल को पासवर्ड चोरेको भन्दै उल्टै कारबाही नगर्लान भन्न सकिन्न | आखिर उल्टो गङ्गा बगेको देश न हो |
मन परे हरियो, नपरे रातो
9
0
हे सभासद्ह ज्यु हरु ….यदि तिमि हरु नेपालका सच्चा देस भक्त सपूत हो भने सबै भत्ता नेपाल देश लै फिर्ता गर…..नत्र…नेपाली जनता ले कहिले माफ गर्ने छैनन्.
मन परे हरियो, नपरे रातो
9
1
खै के भन्ने र नेपाल प्रहरीले पनि चोर नसमातेको हैन समातेको भोलिपल्ट नै माथिको (भिमे दादा को ) आदेस आइहल्छा अनि भानिन्छा भुलबस पक्रेको उता कर्मठ प्रहरी को मन मा लाग्छा अब देखि चोर देखे पनि समात्दिना किनकि उसको मनोबल गिरेको हुन्छा
समझदा हिन्दी फिलिमको कहानी जस्तो लाग्छा मलाइ मेरो नेपाल भन्ने देस ……….उफ केहि छ त उपाय
नो …नो ,,,,नो ,,,नो ,,,
मन परे हरियो, नपरे रातो
2
3
My Sansar ले यो कुरो पत्ता लगायो र यो काम धेरै धेरै सर्हानीय छ, तर अब नेपालका भातमारा र घुसखोर नेताहरु , देशभारा पुलिस प्रसासन ले यो कुरा पत्ता लगाउने भनेको फलामको चिउरा चपाउनु जस्तै हो .
न दिमाग छ न कुनै तेस्तो Training नै छ र न कुनै साधन छ …छ त खाली नपड्किने बन्दुक अनि बासको लौरो अनि खाली खोपडी !!
होइन यहा कुरा नबुझी नसक्नु के छ भने ….आज सम्म नेपालमा कसलाई कारबाही भएको छ र कसले सजाय काटेको छ ??
पुलिस प्रसासन का आफै कर्मचारी को जिबन को guarantee नभएको देशमा हामी जस्ता सर्ब -साधारण जनताले कसको भरोसा गर्ने र कसको भरोसामा बस्ने ?
मन परे हरियो, नपरे रातो
12
2
यो DHCP Pool बाट assign गरेको IP Add हो ! यो कुन होस्ट बाट mail गरेको हो भन्ने पत्त लगाउन को लागि mail send गरेको date and Time को log Vianet ko server मा हेरो भने कुन ठाउँ बाट कुन कम्प्युटर बाट मैल गरेको हो भन्ने कुरा सजेलाई पत्ता लाग्छा !!
मन परे हरियो, नपरे रातो
4
1
crime investigation unit ले mysansar team र शिखर लाइ job offer गर्नु पर्छ |
मन परे हरियो, नपरे रातो
7
9
अब एती पता लगायिदिये पछि पक्रिन तर्फा लाग्ने कि प्रहरी महोदय
मन परे हरियो, नपरे रातो
3
4
धन्यबाद छ नेपालि इन्टेलिजेन्ट मित्र लाइ.यसले नेपाल प्रहरी लाइ पक्कै सहयोग गर्ने छ.यदि राम्रो संग अनुसन्धान गर्ने हो भने अपराधि पक्राउ पर्न सम्भब छ.अब हेरौ नेपाल प्रहरी कत्ति को सक्षम छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
” अपराधी ल्याएर टक्र्याउन्दा समेत अपराधी होइन भनेर छोड्नेहरूले चलाइरहेको देश ”
पुश्पजी ! तपाइंको अन्तिम वाक्य अत्यन्तै मिठो लाग्यो|
मन परे हरियो, नपरे रातो
13
3
राम्रो कम गर्या हो शिखर लै धन्यबाद तर यो कुरा अलिकति पछि फ्लाश गरेको भएनी हुने. नेपाल प्रहरी लै पहिले दिएर कार्यक्रम अगाडी बदेपाची झ्याप पर्नु पर्ने. भातमारा हरु जे पायो तेही गरेर हैरान पारे . कुरो त ठिकै गरेका हुन् तर बम चै पदकै हाल्न हुने थिएन. यो ६०१ जना को ब्वासा हरु लै ययूतई कार मा राखेर पडकाको भए चै मैले नि मान्ने थिए यो स्वतन्त्र नेपाली दल लै. तर येसरी दिनदहाडै आतंक मचौना चै पायिन्न है!
मन परे हरियो, नपरे रातो
3
3
My sansar ले अपराधीहरु सम्म पुग्ने बाटो देखाई दिएको छ अब यात्राको क्रममा आइपर्ने कठिनाइहरु संग जुझ्दै गन्तब्य सम्म पुग्ने नेपाल प्रहरीको काम हो, हेर्दै जांउ नेपाल प्रहरी आफ्नो गन्तब्यमा पुग्न सफल हुन्छ कि हुदैन ? यति फराकिलो र स्पस्ट बाटो देखाई दिदा पनि गन्तब्य सम्म पुगेर अपराधी लाई पक्रन सफल भएन भने चै नेपाल प्रहरीलाई थुक्क भन्नै पर्छ!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
2
यस्तालाई कारबाही हैन तक्मा दिन्छन मदब कुरमर र यादब ले देख्नु भएन धमल राता रत चोखियो जनाआन्दोल दबाउनि लाई तक्मा दियो सरकार आहिले दुखि हैन खुसिछ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
पहिला त नेताहरु अनि अनुसन्धान गर्नेलाई I P Address को बारेमा तालिम दिनु पारो |
मन परे हरियो, नपरे रातो
7
3
खै यो प्रविधि भन्ने कुरा पनि जानी नसक्नुको छ । जतिसुकै सुरक्षाको कुरा गरिएपनि गुगलजस्तोको ईमेलसमेत सुरक्षित छैन भने अनलाइन सुरक्षाको के कुरा गराइभो र । हुन त आईपीकै भरमा अनुसन्धान सफल हुन सक्छ भन्ने छैन, किनकि सित्तैका आईपीहरू प्रशस्त पाइन्छन् इण्टरनेटमा, जसको प्रयोग गरेर विश्वको एक कुनामा बसेर अर्को कुनाको आईपी ‘प्रयोग’ गर्न मिल्छ । झन् नेपालको त के कुरा गर्नु र ? अपराधी ल्याएर टक्याउँदासमेत अपराधी होइन भनेर छोड्नेहरूले चलाइरहेको देश !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
70
11
धेरै निजि खुजी नपार्नुहोस है मित्र फेरी यो आइ पी एड्रेस फ्लाश आउट गर्ने लाई पनि कारबाही गर्लान ! क्रान्ति ले अपराधिक मानसिकता पनि बोकेको हुन्छ र दुश्मन लाई हान्ने बहाना मा जो कोहि को टाउको मा बज्रन पनि सक्छ , मलाई लाग्छ अपराधी पत्ता लगाउने काम नेपाल प्रहरी को हो उनि हरु लाई यो बिषय छाडी दिंदा राम्रो हुने हो कि ??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
29
सुदर्शन जी
हामिले सहिदहरु बात केहि सिक्ने कि? मर्नु त् छँदै छ इज्जत सिट मर्न सिकुं/ सत्य कुरा लेख्दा बोल्दा ज्यानको धम्कि सुन्दै बस्नु पर्ने कुनै नौलो कुरा होयिन/ बरु हामि मिलेर बोलुं/ गलत काम गर्नेले संस्था खोल्नु हुन्छ भने हामि मिलेर सत्य बोल्न किन डराउने/ तेस्ताले केहि गरे मायिसंसार अझै बलियो हुन्छ/ येही माई सन्सार एउटा बाकि छ अब जन आवाज घन्काउने/ यो संस्था लट्रिनु हन्न/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
7
सुदर्शन महाशय ,यो भनेको के हो “”धेरै निजि खुजी नपार्नुहोस है मित्र फेरी यो आइ पी एड्रेस फ्लाश आउट गर्ने लाई पनि कार्यबाही गर्लान”" |तपाई को लाजिम्पाट को कार्यालय ले कार्यबाही गर्ने ?????????????
मन परे हरियो, नपरे रातो
0
2
Good jod
thank you
मन परे हरियो, नपरे रातो
1
13
नेपाली हरु पनि धेरै बुद्दिमान छन् राम्रो काम शिखर जी
मन परे हरियो, नपरे रातो
10
3