मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    झिङ्गा भन्केको जस्तो आवाज किन?

    विश्वकपका खेलहरु हेर्ने गर्नुभएको छ भने पक्कै याद गर्नुभएको हुनुपर्छ, खेल हुँदै गर्दा झिङ्गा भन्केको जस्तो भुँSSSS आवाज आएको आयै गर्छ। कतिपय बेला त कमेन्ट्री पनि सुन्न पाइन्न। मैदानको आवाजको त कुरै छाडौँ, कमेन्टेटरको आवाजलाई समेत दबाई दिन्छ यो आवाजले। एकोहोरो भूँSSSS भूँSSSS!!!

    के हो त यो ? यो भुभुजेला रहेछ। एक मिटर जति लामो बाजा दक्षिण अफ्रिकामा फुटबल हुँदा फ्यानहरुले बजाउँदा रैछन्। गत वर्ष दक्षिण अफ्रिकामा कन्फिडिरेसन कप हुँदादेखि यसको आवाज अन्तर्राष्ट्रिय दर्शकहरुले सुन्न थालेका हुन्। हामी जस्ता कयौँले भने यही विश्वकपमा यो आवाज सुनेका हौँ। टेलिभिजन प्रसारकहरुले स्टेडियमको प्राकृतिक आवाज सुन्नका लागि राखेका माइकमा भुभुजेलाको आवाज मात्र सुनेको भनी गुनासो गरेका छन्। केही खेलाडीहरुले पनि गुनासो गरेका छन्। तर फिफाका बोस सेप ब्लाटर भने स्थानीय परम्परा भन्दै यसमाथि प्रतिबन्ध लगाउनु पर्ने आवाजलाई बेवास्ता गरिरहेका छन्। तपाईँलाई कस्तो लागिरहेको छ यो आवाज ? के यसमा प्रतिबन्ध लगाउनु पर्छ जस्तो लाग्छ तपाईँलाई ?

    ब्लाटरले आज ट्विटरमार्फत् यस्तो लेखेका छन्-


    To answer all your messages re the Vuvuzelas. I have always said that Africa has a different rhythm, a different sound…I don’t see banning the music traditions of fans in their own country. Would you want to see a ban on the fan traditions in your country?

    अफ्रिकाको फरक रिदम छ, फरक आवाज छ। फ्यानहरुको संगीत परम्परालाई उनीहरुको आफ्नै देशमा प्रतिबन्ध लगाउनुको कुनै तुक देख्‍दिनँ म। के तपाईँ आफ्नो देशको फ्यान परम्परामा प्रतिबन्ध लागेको देख्‍न चाहनुहुन्छ?

    कानमा कागज कोचेर भुभुजेलाको चर्को आवाजबाट बच्दै फ्यान। फोटो सौजन्यः एपी


    यसरी कानै थुन्नुपर्ने गरी चर्को आवाज आउने हो भने चाहिँ प्रतिबन्ध लागेकै बेस। स्थानीय परम्पराको सम्मान गर्दै प्रतिबन्धै लगाउन नसकिए पनि कम से कम आवाज कम आउने गर्न त मिल्छ। हामी त अतिथि देवो भवः वाला पर्‍यौँ। अतिथिलाई भगवान मान्छौँ। विश्वभरबाट खेल हेरिरहेका अतिथि दर्शकहरुलाई मन नपर्ने हो भने त परम्परा नै हो भने पनि रोक्थ्यौँ होला, अथवा आवाज चर्को नहुने बनाउँथ्यौँ होला।

    यो आवाजले साइबर विश्व पनि घन्किएको छ। भुभुजेलाको विरोधमा ट्विटरमा विरोध भइरहेको छ @stopvuvuzela, @vuvuneela, र @vuvunee जस्ता अकाउन्टबाट। दक्षिण अफ्रिकाको विश्वकप आयोजक कमिटीका प्रवक्ता Rich Mkhondo लाई भने वास्ता छैन। उनी भन्छन्- People love vuvuzelas around the world. Only a minority are against vuvuzelas। अर्थात् विश्वभर भुभुजेला मन पराइन्छ। थोरै मान्छे मात्र यसको विपक्षमा छन्।

    नेपाली दर्शकहरु चाहिँ के सोच्छन् ? तपाईँको विचार राख्‍नुस्।

    यदि तपाईँ यो आवाजविरुद्धको अभियानमा सामेल हुन चाहनुहुन्छ भने ट्विटरमा @SeppBlatter मा ट्विट गर्नुहोला। अथवा फिफालाई लेख्‍नुहोला http://ow.ly/1XZjw

    भुभुजेलाको चर्को आवाजबाट बच्न कानमा कपास कोचेका फ्यान। फोटो सौजन्यः एपी


    No related posts.

    46 comments to झिङ्गा भन्केको जस्तो आवाज किन?

    • world cup nai sakina lagi sakyo tesko birodh garera k hi faida 6na

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak

      football live hern ko mazza tesko commentry pani eauta ho,o aawaz le we r really disturbed,pattakai mazza aako chaina.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Guru Das

      It is better to minimise volume,if it can’t be stop.so,it won’t effect in their tradition also.Thank u

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Guru Das

      It is better to minimise volume if it can’t be stop.so,it won’t effect in their traditipn also.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Neeraj

      माथि सुनिलले लेखेको कमेन्ट चैं खुब मन पर्‍यो। “सिनोमा हरियो झिंगा भन्केको जस्तो आवाज।”

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • limpman

      अब त i-phone मा पनि download गर्न मिल्ने software आको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deedab

      यो भुभुजेला को भुइँ भुइँ ले फूटबल हेर्ने मन नै लागेन . धन्य एन टी भी मा कम आउने रहेछ .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • भुभुजेला बाजा अफ्रिकाको आफ्नो मौलिक बाजा हो भने उसले बजाउनु पाउनु पर्छ |जो कोहि लाइ आफ्नो संस्कृति र परम्परा अत्यन्तै प्यारो लाग्छ ,यसलाई कुनै अनौठो मान्नु पर्ने कुरा छैन |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • मैले पहिले पहिले जस्तो हुने worldcup को sound नै सुन्न पाईन. एउटा रमाइलो sound थियो नि, मान्छे हरुले लय हालेर हुटिंग गर्ने… हो हो हो !!!!!!! येस्पली त खाली भू भू जे ल मात्र..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • pawan

      म त tv को sound खराब भयछ भनेको त बाजा पो रहेछ / बल्ल बुजे/तपाइलाई धेरै धन्यवाद छ /

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • प्रविधिको साथ लिन सकिन्छ। किन भने यो दुनियामा प्रविधिको विकाश धेरै भै सकेको छ। त्यस खाले आवाजलाइ प्रविधिको सहायताबाट कम गरि प्रशारण गरे हुने हो।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • पूर्ण प्रतिबन्ध हैन नियन्त्रण गर्नु पर्छ, बाजा लाई सिमित गर्नु पर्छ,
      उनीहरु को संस्कृति हो,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • मेरो बिचारमा यो अली बढ़ी नै आवाज भयो जस ले गर्दा यो बजा दुबई टीम लाई कमती ल्यौना पठाउनु पर्छा 1 सबैले अफानो धर्मं र सस्कृति अनि परमपरा भन्ना लगो भने नेपालमा सार्क गेम हुन्दा नेपाल भारीको पंचे बजा बजयार ता भयानि की कसो हो हजूर 1

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • भुभुजेला तिमि हरु बजाओ नेपाल मा वोर्ल्ड कप भए पछी थुन्ग्कुरु , नर्सिघा , ढोल , एती ले पनि नभए तोप नै पढ़कौला , हरेक गोल मा ३१ तोप सलामी ………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 1

    • P4R££N1T4~

      माहुरी भन्केको जस्तो लागेको थियो, मलाई त हि हि हि ……………

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • romeo shahi

      मौलिक संस्कृति माथि प्रतिबन्ध लगाउनु राम्रो हुदैन.आवाज धेरै नआउने गरि बजाउन दिनु पर्छ .दर्शकहरु रंगशालामा प्रवेश गर्दाखेरि कतिवटा सम्म भुभुजेला लैजान दिने भनेर पहिले नै निश्चित संख्या तोकी सबैलाई समयमै सुचित गर्दा कसो होला?सर्प पनि मर्ने लठ्ठी पनि नभाचिने !

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • Saroj

      यो त अति भयो! अर्काको कण लै सास्ती दियर के रमयाका हुन् मोराहरु .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • अफ्रिकी को टेस्ट पनि कस्तो हो ? एकदम सुरिलो धुन होला है त्यो अफ्रिकी का कानहरुलाइ ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

    • Prince, Nepal

      प्रतिबन्ध लगाउने कुरा त हुदैन नि, आफै कान थुनेर बजाइराखेका छन्, ठिकै छ राम्रो संग बजाओ हाम्रो नेपाल मा पनि वर्ल्ड कप भयो भने मज्जाले पन्चे बाजा बजाम्ला नि अनि हेरम कसले प्रतिबन्ध लगाउदो रैछ…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

      • पर्शुराम

        गजबको विचार !

        पीँऽऽऽ चेनेकुल्टुंग चेनेकुल्टुंग झ्वाइँ … गोल ! ;-)

        यस्तो स्वाद कहिले लिन पाइने हो नेपाली रंगशालामा?

        ब्लगको शीर्षकले सालोक्यजीलाई भुभुजेलाको लगभग एकनासे धुनले दिक्क लगाए जस्तो छ। भुभुजेलाको धुन कसैलाई झिंगा भन्केको जस्तो लाग्ला त कसैलाई मौरीको भुनभुनाइ। मन नपरेर झिंगाको भन्काइसँग दाँज्नुभएको त होइन सालोक्यजीले? जे होस्, यसले अफ्रिकी खेलप्रेमी र दर्शक आफ्नै तरिकाले रमाइलो गर्छन् भन्ने देखाउँछ। यसमा अचम्म मान्नु, अझ विरोध गर्नु अफ्रिकी मानसिकता र व्यहारलाई बुझ्न नसक्नु वा नचाहनु हो भन्ने मलाई लाग्छ। यत्ति भन्दाभन्दै भुभुजेलाको जय पनि भनिहाल्न सक्दिनँ कारण खेल अलि पट्यार लाग्दो हुँदा भुभुजेलाको धुनले थप पट्यार लाग्दो बनाएको जस्तो लाग्छ, सनसनीपूर्ण खेल भइरहेको बेला भुभुजेलाको धुन किन हो कुन्नि सुने जस्तो लाग्दैन।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhruba

      माहुरी भन्केको जस्तो अवाज पहिला पनि आउथ्यो र म एकपटक सोचे पहिलाको कुनै पनि बिश्वकप आयोजना एस्तो आवाज थिएँन मलाईत कत्ति मन परेको छैन . येस्तो आवाज आउने सिस्टम बन्द गर्दा नै रामो होला कि .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • पुष्प

      एक मिलिसेकेण्ड पनि विराम छैन होला आवाजको; बजाउन पनि एकतारै कतिसम्म बजाउन सकेका हुन् ! धेरैलाई वाक्क बनाएको हुनुपर्छ यो आवाजले । तर प्रतिबन्ध नै लगाउनु गलत हो; नियन्त्रण आवश्यक छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • santosh

      रंगशालामा प्रेशर हर्न बजाउन पाइंछ? पाइंदैन भने यो घांडो माथि पनि प्रतिबन्ध लगाउनु पर्यो हैन भने प्रेशर हर्न पनि बजाउन पाउनु पर्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • shyam kumar shrestha

      मैले त हाम्रो केवल लाइन बिग्र्यो भन्ठानेको त ?? :) ;):p

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 0

    • dipak josh(कोरिया)

      कान मा बुजोलगायर बजाउन नपाई है |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • भूभूजेला बजाएर अफ्रीकन संस्कृति जोगाउनु राम्रो हो तर त्यसले गर्दा सारा खेललाई नै disturb गर्दै छ | दर्सकले कमेंट्री सुन्न पाइन्न त्यो त छ्दैंछ, खेलाडीहरूले पनि रेफ्रीले बजाको सिटिको आवाज सुन्न सक्दैन |

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • hemanta

      I support Sepp Blatter’s view about this sound. But there should be some measure to reduce the intensity of the sound.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shyam kumar shrestha

      plzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz
      Stoooooooooooooooooooooop
      this

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • बजाओ बजा,
      भुभुजेला मुख फुलाएर आज,
      भोलि आफैलाई मुट्ठी जत्रो हाडे निक्लदा पो
      लाग्ला लाज
      तर
      मलाई मन परेन यो तारातुरे बाजा,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • himalee

      बजा भैरे बजा
      सके सम्म बजा भुभुजेला,
      यसमा प्रतिबद्ध लगाउनु पर्ने त कुरै आउदैना नि

      २०,,,,,,,,,, मा हाम्रै देश नेपालमा पनि बिश्वकप आयोजना हुदैछ र त्येस्मा म पनि बेजोडसंग मादल बजाउनेवाला छु अनि त्येतिबेला मादलको आवाज सुनेर खेलाडीहरुले गोल हान्नु भन्दा नाच्नु मात्र मन लग्यो अनि दर्सक हरुले पनि खेल हेर्नु भन्दा नाच्नु मात्र मन लाग्यो त्येसैले मादल बजाउनु प्रतिबन्ध लगाउनु पर्छ भन्यो भने म मान्छु र ?

      गोल, गोल,गोल,,,,,,,,गो ,,,,,,ल
      हिमाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 2

      • Harke

        २०,,,,,,होस् या ३०…, हिमाली बन्धुले व्हील चेयरमा बसेर मादल बजाउने कि ? माथिबाटै..!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 13

        • Himalee

          ओहो हर्के बन्धु

          2 वटा मात्र option दिनु भएछ नि
          , either मास छर्नु गइ सक्ने
          or कक्र्याक कुक्रुक परिसकने !
          Multiple चोइस को जमाना छ अलिक अरु पनि चोइस दिनु भए आभारी हुने थिए !

          Harke बन्धु को गोल होस्
          हिमाली

          मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

      • shreesh thapa

        हिमाली जी ले त्यतिबेला यमराज को खेलमा मादल बजाउने होला है हाहा…

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 11

    • Bikram Kunwar (Aus)

      मलाई त कत्ति मन परेन |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • kalpana

      त्यो उनीहरुको कल्चर रहेछ तेस्मा केहि सुधार गर्न त सक्छन होला तर यो बाजा बजाउने मोराहरु चाही कस्ता बाठा हुन् आफु चाही कानथुनेर बजाउने अर्कालाई चाही जे सुकै होस् भनेका हुन् के हो ?कस्ता नेपालका नेता जस्ता रैछन

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • Mahesh

      आफु चै कान बन्द गर्ने अनि भुभुजेला मज्जा ले बजाउने . कस्तो बाठो है???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • Sunil

      यी हकुचा हरु को चलन पनि कस्तो कस्तो !! सिनो मा हरियो झिंगा भन्कियको जस्तो आवाज पनि राम्रो मान्ने हा हा हा हा हा …………………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 5

    • Kiran,Sydney

      I just hate this

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 8

    • Jillabashi Baburam

      मौरीको घार (bee hive) बजे जस्तो सुनिन्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Arun

      धन्यवाद उमेश जी , थाहा थिएन अब थाहा भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 8

    • Paul. Uk

      हामी कहाँ बाजाको भए हामी रोक्न सक्थ्यौ तर कुरा अफ्रीका को पर्यो बजाओ केटा हो भू भू जेला बजाओ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

      • GODFATHER

        तिम्रो kura लासtai मन paro है मान्छे malai……

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mitra paudel

      माहुरी भन्केको जस्तो भनौ न बरु ! झिंगा भन्केको भन्दा अलि कस्तो कस्तो लाग्ने क्या !! :)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

      • MANI

        यो माहुरीको जस्तो आवाज त्यति कर्ण प्रिय भने छैन ,सम्भव भएसम्म यसलाई प्रतिबन्ध लगाएमा दर्सकले यसको स्वागत गर्ने पक्का छ.यस्तो नमिठो धुनले दर्सकलाई मात्र होइन खेलाडीलाई पनि नराम्रो संग प्रभावित गरेको छ.

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • bhandari kanchho Germany

      जर्मनीमा चलेको हल्ला अनुसार दक्षिण अफ्रिका खेल मा रहे सम्म भुभुजेला माथि
      प्रतिबन्ध नलगाउने रे त्यस पछी सोच्न सकिने सुन्न मा आएको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

    • shreesh thapa

      झिगा भन्केको जस्तो आवाज भू ………भू……….हटाउनु राम्रो हो केहि सुन्ने पाइदैन त्यो भन्दा कसले पो मन पराएको होला प्रबक्ता को भनाइ प्रति कोहि सहमत अवस्य छैन ……………

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    eXTReMe Tracker