सबैभन्दा पहिला त तुलना नै हुन सक्दैन ब्राजिल र उत्तर कोरियाको। कहाँ ब्राजिल जस्तो पाँच पटकको विश्वकप विजेता र विश्व वरियतामा १ नम्बरमा रहेको टिम। अनि कहाँ उत्तर कोरिया जस्तो १०५ नम्बरमा रहेको टिम। तर ५५ मिनेटसम्म रातो पर्खालसरहको उत्तर कोरियाली डिफेन्सले स्टार खेलाडीले भरिएको ब्राजिललाई गोल गर्ने कुनै अवसर नै दिएन। नेपालमा परम्परागत रुपमा ब्राजिलका समर्थक थुप्रै छन्। तर अपवादका रुपमा उत्तर कोरियाका समर्थक पनि कम्ति थिएनन्। हारे हारोस् भन्ने हिसाबले मैले पनि यही टिमको समर्थनमा खेल हेरेको थिएँ। खेलमा ब्राजिल २-१ ले विजयी भयो तर यस्तो कडा डिफेन्स खेलेर समय समयमा काउन्टर अट्याक गरेर जुलियो सिजार जस्ता स्टार गोलकीपरलाई मात गर्ने गरी गोल गर्न सक्ने हो भने समूह चरणका अर्को खेलमा आइभोरी कोस्ट वा पोर्चुगलसित उत्तर कोरिया नजित्ला भन्न सकिन्न है!

ब्राजिलको खेल साँच्चै नै दर्शनीय हुन्छ। अरु टिमका खेलाडीहरुले जस्तो हैन, खुट्टा बल नचाई नचाई साम्बा डान्स शैलिको फुटबल खेल्छ ब्राजिलले। तर कडा डिफेन्सको अगाडि ब्राजिल सँधै अप्ठेरोमा पर्छ।

उत्तर कोरियाविरुद्ध ब्राजिलले गरेको पहिलो गोल पनि अरु खेलाडीका लागि भए झण्डै असंभव कोण हुन्थ्यो। गोलपोस्ट नजिकैको गोललाइनबाट बाहिरिन लागेको बललाई राइट ब्याक माइकोनले दौड्दै बचाएर एक प्रहार ठोकेका थिए। उत्तर कोरियाली गोलकीपरले सोचेका पनि थिएनन् होला त्यो कोणबाट गोल हुनसक्छ भनी। हेर्दा पनि असंभव जस्तो देखिन्थ्यो। तर कसो-कसो बल त सीधै घुमेर जालीभित्र पो छिर्यो। यही गोलले ब्राजिलले सुखको श्वास फेरेको थियो।

हेर्दाहेर्दै छिर्यो बलः उत्तर कोरियाका गोलकीपर।
ब्राजिलले गरेको अर्को गोल भने उत्तर कोरियाको डिफेन्स थोरै चुक्दा भएको थियो। ब्राजिलको गोलपछि उत्तर कोरिया डिफेन्समा मात्र हैन, केही फरवार्ड पनि आउन थालेको थियो। खेल सकिन १८ मिनेट बाँकी छँदा पाएको राम्रो पासको सदुपयोग गर्दै इलानोले गोल गरेर ब्राजिललाई २-०ले अगाडि बढाएपछि खेल एकपक्षीय रुपमा सकिएको जस्तो भान भएको थियो।

तर खेल सकिन २ मिनेट मात्रै बाँकी रहँदा जी युन नाम पेनाल्टी एरियामा यस्तरी दौडेर आए र यस्तो स्मरणीय गोल गरे कि ब्राजिलियन स्टार गोलकीपर जुलियो सेजरले रोक्ने मौका नै पाएनन्। त्यो ४४ वर्षपछि उत्तर कोरियाले गरेको पहिलो गोल थियो। त्यसपछि इन्जुरी टाइमका रुपमा थपिएका केही मिनेटसम्म ब्राजिल र उसका समर्थकहरुलाई नर्भस बनाइदियो उत्तर कोरियाले।
खेल अवधि भर एउटा मात्र पहेँलो कार्ड देखाइयो, त्यो पनि पहेँलो शर्टधारी अर्थात् ब्राजिललाई। उत्तर कोरियासँग यस्तो खेल खेल्ने हो भने आइभोरी कोस्ट र पोर्चुगलसितको खेलमा ब्राजिललाई गाह्रो हुनसक्छ। ब्राजिलको कलात्मक फुटबल र अविश्वसनीय लाग्ने गोलहरुको भने प्रतीक्षा हुने नै छ तर उपाधि जित्ने हो भने चाहिँ यो भन्दा राम्रो खेल देखाउन जरुरी छ। (फोटोहरु सौजन्यः एपी)
हिजोको खेलका उत्कृष्ट गोलहरुको भिडियो हेर्नुस्-

No related posts.









उतर कोरिया को खेल मैले सोचे भनदा राम्ो लागयो
मन परे हरियो, नपरे रातो
1
0
सबैले भन्थे कहाको ब्राजिल कहाको उत्तर कोरिया तर पनि ब्राजिल लाई पनि पाउना सम्म बनाराय छोडो ! तर YES पालिको कोप ब्रज़िल्कोंई हुनेछा
मन परे हरियो, नपरे रातो
2
1
I liked Brazil’s game but I loved Korea’s game.
मन परे हरियो, नपरे रातो
2
2
ब्राजिलको खेल देखियो यस्तै हो भने आइभोरी कोस्ट र पोर्चुगल लाइ जित्न निक्कै मिहिनेत गर्नु पर्छ |यसपल्ट को फाइनल बिजेता जर्मनी नै हो |ब्राजिल पहिलो चरण बात नै पाखा लाग्न बेर छैन |
मन परे हरियो, नपरे रातो
3
5
जर्मनी हदै भए सेकेन्ड राउण्ड मा पुग्छ त्यसपछि रामनाम हुन्छ यसपाली को बिजेता ब्राजिल हो ……………………
मन परे हरियो, नपरे रातो
2
0
मलाइ पनि उत्तर कोरियाको खेल राम्रो र अनयस्पेक्तेद लाग्यो ब्राजिल संग जम्मा दुइ गोल मात्र खानु र अझै एक गोल फिर्ता गर्न सक्नु खेलको सशक्तता नै हो! खेलको ५५ मिनेट सम्म ब्राजिल लाइ गोल गर्ने कुनै मौका नदिनु धेरै राम्रो रक्षात्मक स्थिति मान्नु पर्छ! त्यो पनि चालिस बर्ष भन्दा पनि धेरै समय पछीको उपस्थितिमा र फुटबलको लागि बिस्वोको नम्बर एक देश र टिम संग प्रतिस्पर्धा गर्दा!
मैले पनि यो खेलमा उत्तर कोरियाको समर्थन गरेको थिय त्यो खासगरी आफ्नै देश नजिकको अनि एकै महादेश र अलिकति बढिने आर्थिक राजनीतिक आदि कुराहरु समानता भयको कारण, ब्राजिलको दाजोमा! र ब्राजिल फुटबल लाइ पर्यायबाची बनाउन खोज्नुले पनि मलाइ बित्रिस्ना जगायाको थियो! तेसैले हामीलाई(खासगरी देशलाई) ब्राजिल ले जित्नु भन्दा उत्तर कोरियाले जित्नु धेरै सुखदायक र लाभ दायक हुन सक्छ र छ!
समस्ती खेलमा मा जर्मनी को पक्षमा छु किनकि जर्मनीले जितेमा हाम्रो देशको फुटबल लगायत अन्य कुरालाई पक्कै पनि बढिने शुखद हुनेछ बढिने सहायोगी सिद्द हुनेछ र जर्मनी प्रबल दाबेदार पनि हो.
तेसैले जर्मन फुटबल: जिन्दाबाद!!
मन परे हरियो, नपरे रातो
7
6
सुदर्सन जी – बाघको छाला लगाउदै मा स्याल कैले बाघ हुदैन है, रातो मा तारा भयको कपडा लगाउदैमा बाघ नै चै नठान्नु नि. बाघ को जस्तो क्रियाकलाप पनि हुनु पर्यो नि कि कसो?
मन परे हरियो, नपरे रातो
6
8
“सबैभन्दा पहिला त तुलना नै हुन सक्दैन ब्राजिल र उत्तर कोरियाको। कहाँ ब्राजिल जस्तो पाँच पटकको विश्वकप विजेता र विश्व वरियतामा १ नम्बरमा रहेको टिम। अनि कहाँ उत्तर कोरिया जस्तो १०५ नम्बरमा रहेको टिम ”
यो dailoge मन परेंन लेखकजी वोर्ल्ड कपमा सब देशछानेर आउछ यो प्रतिषपर्धा गर्दै आउछ त्यहाँ पुग्नु नै ठुलो कुरा हो नत्र भए सधै worldcup ब्राजिललाई दिए हुन्छ नि खेल्ने पर्दै न नि कि कसो गेम हो यार के हुन्छ के हुन्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
12
हिरा जी, हरेक कुरामा राजनीति मिसिएको हुन्छा र खेलमा पनि हुनु कुनै नौलो कुरो होइन. उधाहरनको लागि सायद 1986
को जर्मनी र अर्जेन्टिना को फाइनल मत्च, जसमा दिने नपर्ने पेनाल्टी जर्मनी लाई दिएर अर्जेन्टिना लाई हराए को थियो.
तेसबेला देखि आफु त सँधैको लागि अर्जेन्टिना को favour मा.
मन परे हरियो, नपरे रातो
8
4
दिव्य जी को त खुब दिव्य ज्ञान रहेछ ,ह ! “1986
को जर्मनी र अर्जेन्टिना को फाइनल मत्च, जसमा दिने नपर्ने पेनाल्टी जर्मनी लाई दिएर अर्जेन्टिना लाई हराए को थियो.” हो त नि म्याराडोंना जर्मनी बाट खेलेर जर्मनी चम्पिओं भयोको थियो ….1986 मेक्सिको सिटी मा .हाहाह हो मा पनि तही बेला देखि अर्जेन्टिना को फान
मन परे हरियो, नपरे रातो
2
3
यो तेज भन्ने मित्रले सेलेक्सन वा प्रथम चरण को कुरा गर्या होला! वोर्ल्ड कप मा एउटा मात्र गेम कहा हुन्छा र हो?
मन परे हरियो, नपरे रातो
0
1
haina 1986 maa argentina le jitya hoo bro…knowledge chhaina bhane nalekhe hunchhha..lekhnai parchha bhanne chhaina ni…pahila history pharkera hernu ani bolnu hola….lol
मन परे हरियो, नपरे रातो
1
0
मित्र १९८६ मा जन्मेको जस्तो छ अनि तेही भएर होला अर्जेन्टिना को समर्थन गरेको.
मन परे हरियो, नपरे रातो
2
0
उतर कोरिया ले खेलेको खेल मैले सोचेको भन्दा धेरै राम्रो प्रदशन गर्यो . उत्तर
कोरिया को खेलाडी लाई बधाई. चिन ले सम्म विस्यो कप मा प्रवेश गर्न नसके को बेला मा पैसा को खोलो बगाउ न सक्ने देश लाई र फूटबल को प्रमुख ताबेदार ब्राजिल लाई समेत सोच्न बाध्य बनायको छ एक चोटी !
उत्तर कोरिया को लागि यो एउटा ठुलो अवसर र चुनौती हो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
बिश्व बिजेता ब्राजिल सङ्ग को खेल मा २ -१ को फरक मा पराजित हुनु जिते बराबर हो |अब उत्तर् कोरिया होइन ब्राजिल ले सोच्ने बेला आएको छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
1
उ कोरियाको स्टामिनामा कमि देखियो ब्राजिलको भन्दा . नत्र………..
मन परे हरियो, नपरे रातो
6
0
ब्राजिलले गोल हान्ने भन्दा पनि कोरियाले गोल हान्न सक्यो ब्राजिल बिरुद्धको खेलमा त्यो चाही ब्राजिल को लागि एउटा लज्जास्पद हार नै हो …..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
6
Thank for keeping picture of Miss Ronaldinho…
मन परे हरियो, नपरे रातो
1
1
Miss Ronaldinho रे हाहाहा लास्ट हसउनुभो ब्रो ले!! केटा लाई Miss भनिदैन अंग्रेजीमा!! lol
मन परे हरियो, नपरे रातो
0
0
ल ल जे होस् नोर्थ कोरिया ले राम्रो खेलेकै हो आगामी दिन मा पनि राम्रो खेलेर जीत्न सकोस भन्ने मेरो येही सुभ कामना !
मन परे हरियो, नपरे रातो
5
0
मैले पनि कोरिया कै सपोर्ट गरेको थिए/ पहिलो हाल्फ़ कोरिया ले निकै राम्रो खेलेको थियो तर दोश्रो हाल्फ़ भने खासै राम्रो खेल्न सकेन/ खेलाडी हरु थाकेचन क्यार/ तर कोरिया को गोल भने निकै राम्रो थियो/
मन परे हरियो, नपरे रातो
4
3
North Korea entered the field as the underdog and the FIFA rankings strengthen the notion of Brazil vs North Korea match as a fight between a minnow and a giant. The final score of 2-1 clearly speaks of the tenacity of North Korean defence effectively preventing the Samba boys a thumping victory, which most of us were expecting. Moreover, despite the very few chances that North Korea got to attack Brazil’s goalpost, they were able to find the net points to the ability to attack successfully and a chink in the armour of Brazilian defence. Brazil have some homework to improve their defence if they are to win the trophy.
If North Korea can repeat this kind of performance their entry to knock-out stage would not be a far-fetched event. Does the outcome of Brazil vs North Korea match, commented widely as the biggest mismatch in the history of World Cup Football, ominously hint at one of the biggest upsets waiting in the wings?
मन परे हरियो, नपरे रातो
1
0
येस्पली को वोर्ल्ड कप एसियन देश ले जित्छ ! म त एशिया को समर्थन गर्छु ..तर स्पेन र ब्राजिल पनि दाबेदार हुन् ….
मन परे हरियो, नपरे रातो
6
2
अहो खेलमा पनि राजनीतिक रंग ? कस्तो मुल्यांकन खेललाइ त कम्तिमा बिसुद्ध राजनीतिक रंग नहाली हेर्न सकिदैन र भन्या ?
मन परे हरियो, नपरे रातो
4
2
उत्तर कोरियाको गेम पनि राम्रो लाग्यो हरेरा पनि कोहि भन्दा कम देखाएनन, defendship राम्रो थियो तर पछी कम्जोर देखियो, I wish them in next game..
मन परे हरियो, नपरे रातो
5
0
ब्राजिललाइ गोल गर्नु भनेको उत्तर कोरियाको विजय नै हो |
फिफाको बरियता क्रममा अग्रपंक्तिमा भएका देश हरु बरियता क्रममा पछाडी रहेका देशहरु बाट पराजित हुनु वा बराबरीमा रोकिनु भनेको अब फुटबल बिस्वब्यापी भैसकेको गतिलो उदाहरण हो | बिस्वकपमा एशियन हरुलाई ३ सिट मात्र तोक्नु अब उचित छैन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
आज सम्मको म्याच हेर्दा
दक्षिण अफ्रिका (८३) ले मेक्सिको (१७) लाइ बराबरी
उरुग्ये (१६) ले फ्रान्स (९) लाइ गोल रहित बराबरी
दक्षिण कोरिया (४७) ले ग्रीस (१३) लाइ २-० ले पराजित
अमेरिका (१४) ले इंगल्याण्ड (८) लाइ बराबरी
घाना (३२) ले सर्बिया (१५) लाइ पराजित
जापान (४५) ले क्यामरून (१९) लाइ पराजित
पराग्वे (३१) ले इटाली (५) लाइ बराबरी
न्युजिल्याण्ड (७८) ले स्लोभाकिया (३४) लाइ बराबरी
आइभोरी कोस्ट (२७) ले पोर्तुगल (३) लाइ बराबरी
उत्तर कोरिया (१०५) ले ब्राजिल (१) लाइ १ गोल फर्काउनु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
0
not three teams… 4 teams from AFC.
मन परे हरियो, नपरे रातो
0
0
विश्वकप मा एसिआलाई ४ स्थान अनि एउटा प्ल्ये अफ दिएको छ. एसिया ले राम्रो संग विकास(फुटबलमा) गर्यो भने एसिया लाई अलि धेरै स्थान दिन्थ्यो फिफा ले . तेही ४ टिम ले पनि फितलो प्रदर्शन गर्छन प्राय के गर्ने .
मन परे हरियो, नपरे रातो
0
0
उत्तर कोरिया को टिम इस्पिरित राम्रो हो ,अरु केहि प्राबिधिक पक्ष र अग्र पंक्ति मा केहि सुधार गर्न सके धेरै अघि बढ्ने प्रबल सम्भाबना बोकेको छ , उत्तर कोरिया लाइ आगामी खेलमा पूर्ण सफलता मिलोस भगवान संग येही प्रार्थना छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
उत्तर कोरिया मा भगवान लै कुनै स्थान छैन तर पनि तपाई ले प्राथना गर्न सक्नु हुन्छ. उनीहरु को भगवान वनेको किम ए सुँग हो बरु उसैलाई प्राथना गर्नु अनि बल्ल प्राथना इफेक्तिभ हुन्छ.
मन परे हरियो, नपरे रातो
2
2
रातो कपडा लगाउने क्रान्तिकारी र आक्रामक हुन्छन ,उत्तर कोरियाली क्रान्ति कारी को खेल पनि उस्तै भएर हो कि !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
27