
ब्राजिलविरुद्धको खेलमा उत्तर कोरियालाई समर्थन गरिरहेकी एक दर्शक। कोरियालीहरु आफ्नो देशलाई Korea हैन Corea लेख्दा रैछन्।
यिनी चाहिँ ब्राजिल समर्थक।

फोटोसँगै केही जोक पनि पढौँ न।
भुभुजेलाको बदला शङ्खबाट
यी अफ्रिकीहरुले भुभुजेला बजाएर साह्रै टेन्सन दिए। पख न, नेपालमा कुनै बेला विश्वकप होस्, रंगशालामा शङ्ख लिएर जानुपर्छ है। जब जब यी अफ्रिकी देशहरुको खेल हुन्छ तब तब शङ्ख फुकेर कायल बनाउनु पर्छ। शङ्ख फुक्नु पनि हाम्रो परम्परा नै हो। देउताहरुले पनि पो फुक्छन् त भनेर भन्नुपर्छ। त्यतिबेलाका कुनै सेप ब्लाटरले शङ्ख फुक्न रोक्न सक्ने छैनन्।

स्पाइडर म्यान पनि ब्राजिलको फ्यान।
अर्को जोक-
पृथ्वी भन्ने देशमा सब मनुवाहरु विश्वकप फुटबलमा मस्त भएको देखेसि स्वर्ग र नर्कमा पनि यसको फिभर चढेछ। विष्णु भगवान शेषनागको शैय्यामा सुतेर डिटीएच जोडेर टिभी म्युट गरेर वर्ल्डकप हेर्दै थिए। किनभने भुभुजेलाको आवाजले विष्णु भगवानलाई पनि टेन्सन दिराथ्यो। महादेव नन्दीभृङ्गीका साथ कैलाशमा बसेर वर्ल्डकपमा मस्त थिए। उनले भुभुजेलाको आवाजबाट बच्न कानमा कपास कोचेका थिए। सबभन्दा टेन्सन ब्रम्हाजीलाई थियो। त्यति धेरै टाउको छ, सबैमा कपास कोच्दै दिक्क। हातमा किला ठोक्किएकाले येशु चाहिँ गोलमा ताली पिट्न पाउँदैन थिए।
नर्कतिर पनि त्यस्तै थियो हालत। चित्रगुप्त, यमराज सबै वर्ल्डकपमा नै मस्त थिए। एक दिन नारदले स्वर्ग र नर्कबीच युनिभर्स कप फुटबल आयोजना गर्ने प्रस्ताव दुवैतिर राखे। यसविषयमा छलफल गर्न दुवै पक्षबीच बैठक बस्यो। स्वर्गका देवताहरुले फूँइ देखाएर भने- ओए, तिमीहरुलाई थाहा छैन, राम्रा खेलाडीहरु जति सबै मरेर स्वर्गमा आएका छन् भनेर ? नर्ककाहरु पनि के कम, यमराजले शानका साथ भने- हाहाहा, तर तिमीहरुलाई थाहा छैन होला, रेफ्रीहरु त सबै नर्कमा नै भेला भएका छन् नि !

जाडोबाट बच्नै पर्यो के गर्नु !
अर्को जोक- रबर्ट ग्रीन चिन्नुहुन्छ नि, इंग्ल्यान्डका गोलकिपर जसले सजिलो बल फुत्काएर गोल खान पुगेका थिए। यिनलाई त जोक बनाए खत्तम पारेका छन् अहिले। केही जोकहरु-
-मेरो कम्प्युटरमा रबर्ट ग्रीन भाइरस लाग्यो, अब म केही सेभ गर्न सक्दिनँ।
-पहिलेको जन्ममा रबर्ट ग्रीन ड्राइभर थिए रे। रामेले भनेको उतिबेला बस स्टपमा रोक्न नसकेका कारण उनलाई जागिरबाट बर्खास्त गरिएको थियो रे।
-अर्को खेलमा पूरै इंगल्यान्डको डिफेन्स टिम ग्रीनको पछाडि बस्नुपर्छ।

अर्को जोक-
चोट लागेका कारण खेल्न नपाएका जर्मन टिम कप्तान माइकल बालाकको बेञ्चमा बस्दाबस्दै एउटी केटीसँग लभ परेछ। एक हप्ता मै उनीहरुको ब्रेक अप भएछ। हप्तादिनमा तीन पटक ती केटीले बालाकलाई रेडकार्ड देखाएका रहेछन्- अवरोध खडा गरेकोले, लडाएकोले र सर्ट खोल्न खोजेकोले।

No related posts.









हैन यो समर्थन गर्ने कुरोमाचैं नजदिकिपनले पनि ठूलो भूमिका पो खेल्दो रहेछ (दुःख दिने छिमेकी भनौंदा बाहेक) । ब्राजिल विरुद्धको खेलमा उत्तर कोरियालाई समर्थन गरियो भलै हा-यो तर इज्जतदार तरिकाले । त्यस्तै अर्जेन्टिनाको फ्यान हुँदा हुँदैपनि आजको खेलमा दक्षिण कोरियाको समर्थन गरिँदैछ । यस्तै हो ।
जे होस जोक चाँहि रमाईला रहेछन् ।
मन परे हरियो, नपरे रातो
2
1
माथि राखिएका जोक हरु बास्तबमै रमाइला रहेछन |
मन परे हरियो, नपरे रातो
5
1
स्पनिश भाषा मा लेखेको हो …………………
मन परे हरियो, नपरे रातो
5
1
रेड देविल्स भनेको dakshin कोरिया ho
मन परे हरियो, नपरे रातो
9
1
बस्ताबमा कोरिया लाई Koarea नै लेखिन्छ. corea भनेर त china को प्रभाव देखाउन खोजेको हो. र मेरो विचार मा ति समर्थक पनि chinese नै हुन पर्छ, किन भने china ले North कोरिया लाई समर्थन गर्न आफ्नो जनता पठएको भन्ने त news मा पनि थियो नि !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
21
Navin ज्यु – बास्तबमा हजुर महाको हावादारी हुनु हुदो रहेछा, Chinese (Simplified) मा ->韩国 (ह्वान को ) भनिन्छा | Chinese र English Characters छुट्टाउना नसक्ने लाइ के भन्नु नै पर्यो र !!!???|||| China मा football fan हरु धेरै नै छन्, उनि हरु संग पैसा पनि प्रसस्तै छ (हेर्नु होस् chinese हरु ले Hong kong, Korea र Japan मा महंगा पसलहरुमा Shopping गरेको), के उनि हरु South Africa मा फूटबल हेर्न जान सक्दैनन्? Chinese दर्शक हरुले छिमेकी देश को समर्थन (हेर्दा पनि उस्तै देखिन्छन ) नगरेर कुन देश को समर्थन गर्ने? Western Newspapers (TV) ले जे पनि साचाई नै हो कि जस्तै गरेर, आफै ले रची-रची झुठो news गराउन मा माहिर छन् | हजुर जस्तो Stereotype को मान्छे लाइ मुर्ख बनाएकोमा कुनै आसार्यजनक होइन | हजुर कुन देश मा बस्नु हुन्छा एक चोटी खुलाई दिनु भए अलि राम्रो हुने थियो कि!!!???
French -> la Corée
Italian -> la Corea
Portuguese -> Coreia
Russian -> Корея
Spainese -> Corea
Chinese (Traditional) -> 韓國
Chinese (Simplified) ->韩国
मन परे हरियो, नपरे रातो
11
0
तपाई सारै बुद्दिमानी जस्तो लग्यो. सबै भाषाको बारेमा राम्रो ज्ञान रहेछ
मन परे हरियो, नपरे रातो
0
3
साथीहरु When Japan ruled korea(1910 to 1945) they changed the name from corea to korea because the letter “C” came before “J”. Japan’s prospective colonies to precede its master in the alphabetical lineup of nations would be unseemly so they changed it from “C” to “K”.
मन परे हरियो, नपरे रातो
2
0
कोरियाको Spanish र latin भाषामा नाम लेख्दा Corea लेखिन्छ | जापानले कोरियालाई उपनिवेश बनाउदा जापानी भाषामा ‘C’ अक्षर नचलाउने हुनाले Korea लेखेको मात्र हो| संसारमा Korea र Corea दुवै चलाइन्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
हा हा हा रमइलो छ जोक
मन परे हरियो, नपरे रातो
1
15
वास्तवमा हामीले भन्ने गरेको कोरियाको सहि उच्चारण कोर्य हो। कोर्यलाई अमेरिकनहरुले कोरिया बनाइदिए अनि कोर्य पनि कोरियाको पुरानो नाम हो।
अहिले त दक्षिण कोरियनहरु आफ्नो देशलाई देहानमिन्गुक छोटकरीमा हान्गुक अनि उत्तर कोरियालाई पुख्हान भन्छन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
3