मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भुभुजेला सामना गर्ने ट्रेनिङले स्विसलाई फाइदा

    पछिल्ला १२ खेल लगातार जितेको र ४९ खेलमा एक पटक मात्र हार बेहोरेको युरो च्याम्पियन स्पेनविरुद्धको विश्वकपको महत्त्वपूर्ण खेलका लागि स्विट्जरल्यान्डका जर्मन कोच हिजफेल्डले संभव सबै उपाय अपनाएका थिए। त्यसमध्ये एउटा थियो- भुभुजेला अर्थात् मैदानमा सुनिने झिङ्गा भन्के सरहको आवाजको सामना गर्ने कला। त्यो कलाले काम गर्‍यो गरेन, त्यो त खेलाडीहरुलाई नै थाहा होला। तर ९० मिनेटको खेल सकिँदा भने स्विस टिमले यस पटकको विश्वकप कै सर्वाधिक अप्रत्याशित नतिजा हात पार्‍यो। बिचरा उपाधिको दावेदारी गरिरहेको स्पेनका समर्थक- स्तब्ध भए उनीहरु।



    गाला र नङमा समेत स्पेनी झण्डा पोतेर खेल हेरिरहेकी फ्यान हारपछि स्तब्ध बन्दै।

    एउटा राम्रो प्रशिक्षकले आफ्ना खेलाडीलाई सबै कुरामा पर्फेक्ट बनाउन खोज्छ। शायद त्यसैले होला, हिजफेल्डले पनि आफू अभ्यास गरिरहेको मैदानमा स्थानीय दक्षिण अफ्रिकी फ्यानहरुलाई निम्त्याएर भुभुजेला बजाउन लगाएका थिए। उनको तर्क थियो, भोलि मैदानमा जस्तो वातावरण हुन्छ, आफ्ना केटाहरुलाई त्यसैमा अभ्यस्त बनाए खेल सजिलो हुन्छ। भुभुजेलाको चर्को आवाजले खेलाडीहरुको आवाज दबिन्छ, त्यसको सामना उनीहरु अघिबाटै गर्न सकून्। नभन्दै फाइदा देखियो। भलै कारण त्यो मात्र पक्कै हैन।

    ६३ प्रतिशत बलमा स्पेन कै कब्जा थियो। २४ पटक पोस्टमा सट हान्ने स्पेनी नै थिए। तर बलले जाली नचुमेसम्म खेल जितिँदैन र त्यसैको अभावमा एक गोल खाएर स्पेन पराजित भयो। स्पेनलाई दक्षिण अफ्रिका नफापेको पनि हुनसक्छ। पछिल्लो पटक स्पेनले दक्षिण अफ्रिका मै भएको कन्फिडेरेसन कपमा अमेरिकासँग पराजय भोगेको थियो। त्यतिबेला पनि भुभुजेलाको चर्को आवाजले खेलमा असर पुर्‍याएको थियो।

    नाइँ नाइँ, यो हुनै सक्दैनः स्पेनी फ्यान।


    हाँस्ने रहरहरु आँसुमा डुबे….


    सुन्दर सपना शिशा झैँ फुटे….


    यिनी चाहिँ चिलीका फ्यान। चिलीले आज होन्डुरसलाई जित्यो।

    खेलअघि स्पेनी फ्यानको चुरिफुरी। सबै फोटो सौजन्यः एपी

    No related posts.

    26 comments to भुभुजेला सामना गर्ने ट्रेनिङले स्विसलाई फाइदा

    • Spain le ramro khelena vandha pani score garna sakena ,,, it is very bad for Spain ,, Spain loss 3 points

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dhan pun GRAIN CANARIA

      हामी ले महसुस गर्योउ कि स्पेन को ओवर कोंफिदेंस हो भनेर
      तर येदी तपाई हरु ले राम्ररी खेल खेले को हेर्नु भयो भने स्पेन
      ले धेरै कोशिस गरे को हो प्रत्येक मिनेट मा शुट गरे को देखिन्छ
      खेलाडी हरु पनि राम्रै खेले को हो | पास पनि राम्रै थियो अनि
      स्पेन को सबै भन्दा राम्रो कुरा डिफेन्स सारै राम्रो छ | बिश्वो
      को नम्बर १ मा गनिने डिफेन्स छन् | गए को साल मात्त्र euro
      champion भए को हो येसरी सर सरति हेर्दा दुइ वोर्ड हुन्छ
      BAD LUCK

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagar

      m so sad..Spain lost the game…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sudersan

      हा हा हा हा
      काका, भतिजा मिस्सी बास्सा हेरु ले राखी दिएको इत्ज़त : अब दखिन्छ होला स्पेनको अशली अनुहार क्रिकेट मा भारत पाकिस्तान को जस्तो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • mahesh gautam spain

      स्पेन ले हरेको मा धेरै दुखः लाग्यो , तर होसियार अरु team हरु स्पेन ले फेरी कम back गर्छ है.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • hari

      i knew all abt spain , thay became so overconfident becoz of that they cant go a head with switzerland , i like it.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

    • shreesh thapa

      स्पेन स्पेन भन्दै कराउने हरुलाई स्पेन ले नराम्ररी झापड हानेको छ पहिलो खेलमै बर्बादीको झट्का अझै आशा गर्न सकिन्छ कि दोस्रो खेल नहुदा सम्म …………….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • घुमिफिरी …..अन्तिम मा जित्ने भनेको या त ब्राजिल …..जर्मनी या अर्जेन्टिना नै हो…….अरु सबै साथ् दिने मात्र हुन्….इतिहाश ले देखाई सकेको छ .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • P.B. GURUNG

      खेल एस्तै हुन्छ ! कसैले एस्तै हुन्छ भनेर BHANNA सकी DAINA सबै तेक्निक्को कमल हो !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • mahesh

        मलाई फुटबल खेल शिप र तालमेल को संयोग जस्तो लाग्यो र एस्मा coincidence ले पनी धेरै प्रभाव पार्दो रहेछ जस्तो लाग्यो. तेसैले अपेक्षा नगरिएका देश हरु ले पनी जितेका छन. तर ब्रिटेन को भने गफ मात्रै धेरै हो की जस्तो लाग्यो. सबै भन्दा बढ़ी फुटबाल माँ पैसा येही देश माँ लगानी हुन्छ. सबै भन्दा बढ़ी चर्चा र हल्ला खल्ला पनी येही देश माँ हुन्छ तर खेल माँ भने कहिले अमेरिका जस्तो फुटबाल माँ कमजोर मानिएको देश लाइ पनी जित्न सकदेन भने कहिले EURO cup को प्रतियोगिता माँ सामेल हुन पनी क्वालिफाइड हुदेन.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Bijaya

      जम्मा ४ मिलियन जनसंख्या भएको र Rugby लाई आफ्नो प्रमुख खेल मान्ने न्युजिलैंडले स्लोभाकियासंग बराबरी गरेकोमा World Cup नै जिते सरह खुसि मनाएका छन् यहाँका मानिसहरुले| २८ बर्ष पछी World Cup मा पुन खेल्न अवसर पाएको छ यो देशले र पहिलो खेलको बराबरीबाट प्राप्त १ पोइन्ट इतिहास कै पहिलो पोइन्ट हो World Cup मा यो देश को|
      त्यो भन्दा पनि रोमान्चक कुरा अस्ट्रेलियाले जर्मनी सित ४ गोल खाएकोमा झन् खुसि छन् यहाका मानिसहरु| नेपालबाट हेर्दा अस्ट्रेलिया र न्युजिलैंड दाजुभाई जस्ता लागे पनि भित्र भित्र यिनीहरु पनि नेपाल र भारत जस्तै छन्| अब आगामी खेल इटालीसित छ न्युजिलैंडको र त्यो खेलमा सके जित्ने वा बराबरी गर्ने नसके पनि चार गोल भन्दा कम खाएमा अस्ट्रेलिया भन्दा आफु Super हुन्छौं भन्ने मानसिकता छ यिनीहरुको| हुन त न्युजिलैंड भन्दा अस्ट्रेलिया खेलकुदमा निकै आगाडी छ तैपनि जोरी खोज्न पछाडी पर्दैन न्युजिलैंड|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

    • द्रोण

      यो विश्व कप भन्ने तेस्तै हुदोरहेछ ,हार्छ भन्नेले जित्छ ,जित्छ भन्ने ले हार्छ |
      तैपनि अन्त मा कप हातपार्ने जर्मन ,ब्राजिल ,बेलायत तीन मध्ये एक होलाकी जस्तो लाग्छ | यो अर्जेन्टिना ,द कोरिया ,मेक्सिको ,चिली आदि भनेका जोश र जागर भएका ,सम्भाबना बोकेका तन्नेरी तर कप नै लागिहाल्न अलि अनुभब को कमि भएका हुन् कि भन्ने हो | ठुला ठुला स्टार मेसि , रोनाल्डो ,टेवेज, रुनी ,आदिलाई पनि मात दिने दक्षिण कोरिआ ,इएवोरी कोस्ट ,उ कोरिया का अमुक खेलाडी हरुको उत्कृस्ट प्रदर्शन पनि रोचक लाग्यो |
      म्याराडोना ,पेले आदिको जस्तो जादु वाल अहिलेसम्म कोइ देखिएन | अब आगामी १० बर्स भित्रमा केहि नेपालि हरु पनि बिभिन्न टिम बाट खेल्दै विश्व कप मा पुग्न सक्छन भन्ने मेरो अनुमान छ |
      धेरैको संख्या मा अमेरिका ,बेलायत,अस्ट्रेलिया ,क्यानाडा मा रहेका आप्रबासी नेपालीहरु आफ्नो सन्तान लाइ फुटबल मा लगाएर कुनै दिन अगी आउँन सक्छन \
      तेस्तो मा प्रशान्त तामांग ले नेपाल मा समर्थन पाए झैँ ,कुनै भाग्यमानि टिम ले सारा नेपालीको समर्थन बटुल्ने छ |
      अब एस्लाई असम्भब मान्नु हुन् ,केहि नेपालि हलिवुड , हरबार्ड युनुबर्सिती ,
      अक्सफोर्ड ,स्टानफोर्ड ,बर्क्ली , आंटटिर्का,अलास्का पुगिसकेको स्थिति छ |
      अब अन्तरिक्ष्य,विश्व कप मा मात्र पुग्न बाकि छ |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

      • मलाई नेपाली हरु होलिउदमा वयेको चाही जहाँ सम्म लाग्छ थाहा छैन मा तपाई को काल्पनिक क्श्यमता लै सम्मान गर्छु तर पनि अंतरिक्ष्य मा फूटबल हुने कुरा त निकै टाढाको कुरा हो. पृथ्बी को धनि देश हरु मा हुन सकिरक्खेको छैन कहाँ फेरी अंतरिक्ष्य मा हुने.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

        • artemisa

          पोशाक वाई तिमि अलि सानै छौ, तिमीलाई की ठ रै नछा. हलिवुडमा प्रसस्त नेपाली कलाकार हरु छन्.CNN मा पनि नेपाली बेऔटी कम गर्छिन सेक्सी मोरी. अनि अंतरिशामा फुटबल को कुरा गरेकोहोइना. भाबी दिन हरुमा नेपाली र नेपाली क सन्तान हरु अंतरिस्छा मा जना सक्नेचन वन्न खोजेको हो र भावी दिनहरुमा नेपाली क सन्तान हरु पनि वोर्ल्ड कप मा खेल्ने छन् वन्न खोजेका हुन् मित्र ले.
          अलि कुरा मिलारा र बुझारा पढे तिम्रो क जनचा? गाँठे

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Weird and amazing things are happening to this world cup. I don’t know if it’s on purpose or just the matter of time.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • lovepandey

      यो बिस्व कप मा स्पेन ले नराम्रो पराजय को स्वाद चाक्यो !सबै को आशा को केन्द्र बनेको स्पेन हारे को देक्दा कति लाई विश्वास नै लागे को छैन होला !हात्ती हात्ती आयो फुस्सा भने को येही हो …हाहाहाहा

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • हल्लाले मात्र जितिन्न, खेल हो मैदानमा भिडे पछी जे पनि हुन सकिन्छ, स्विस ले जित्नु पनि भिडेरा नै हो, बधाई छ स्विस टिम लाई

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • himalee

      बिचरा स्पेन !!!
      बचियो बा !!! धन्न स्पेनको पक्ष्यमा बाजी थापियन छ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • I am so happy that spain lose over switzerland. They actually over confident and proud themselves….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • अप्रत्यासित रुपमा स्विस ले खेल जित्यो धेरै खुसि लाग्यो स्विस टिम को समर्थक को नाता ले.यसमा महत्वपूर्ण कुरा स्विस प्रशिक्षक ओट्मार हिटज्फेल्ड ले अपनायको रणनीति नै हो. उनले आजको खेल मा मात्र रख्क्षात्मक खेल को रणनीति अपनायको देखिन्छ.किनभने आज स्पेन लाइ बराबरीमा रोक्ने वा जित्ने भन्ने नै उनको रणनीति थियो,त्यसैले आज आफ्ना खेलाडी लाइ गोल गर्न आगाडी पठाउनु को सट्टा डिफेन्स मा मात्र केन्द्रित गरेका थिय,अनि अर्को कुरा स्विस का स्ट्राइकर हरु लाइ फिल्ड मा नउतार्नु पनि उनको रणनीति हुन सक्छ.जस्तो टिम क्याप्टेन आलेक्स फ्राई(उनि अलि घाइते पनि थिय),अनि हाकान याकिन(खेल सकिनु केहि समय अघि मात्र मैदान मा पठाइयका)जस्ता खेलाडी को बिना पनि स्पेन माथि १ गोल गर्नु साच्चै नै कमाल थियो. जे भय पनि स्विस को जित ले साच्चै नै स्विस समर्थक हरु लाइ खुसि मिलेको छ.
      आसिश
      स्विस

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • poban

      बोस्क र हैज्फिल्ड दुवै ले च्यम्पिओन्स लिग जितेका प्रशिक्श्यक हुन्. उनि हरु लै नक आउट प्रतियोगिता को प्रयाप्त अनुभव छ. अब स्पेन ले दोस्रो चरण मा पुग्न सफल भयो भने सायद ब्राजिल संग भेट हुन्छ जस्तो छ. तेसो भयो भने एउटा शक्तिशाली टोलि चाडै घर फर्किनु पर्ने हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • यो vuvuzela ले कानको सुन्ने शक्ति खत्तम गर्न सक्छ है.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • sshakya

      यी मैयाहरुको कम्मर किन यति-बिध्न बान्की परेको ! रत्नपार्कको तितौरा देख्दा जिब्रोमा जस्तो precipitation हुन्छ झन्डै-झन्डै त्यही अवस्थामा पुर्याउछ :)

      बाडुली कम्मरको क्षेत्रफल निकाल्न Integral Calculus नै चाहिला जस्तो छ !

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • bhandari kanchho Germany

      अन्तर राष्ट्रिय अनुभब प्राप्त जर्मन प्रशिक्षक ओट्मार हिज्फेल्ड को प्रसिक्षण मा
      खेली रहेको स्विस टिम ले नचिताएको नतिजा ल्याएर स्पेनिस हरुलाई मात्र होइन सारा बिस्वलाई चकित पारेको छ. यो सफलता को यात्रा क्रमस अगाडी बढोस!! देस सानो भएर जता ततै सानो महसुस गर्नु हुन्न भन्ने पाठ पनि यसले दिएको छ है

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • tirtha

      उदायो सपना सबै हुरीले के गर्ने आज स्पेन
      ले सबैको चित्त दुखेको.तर हाम्रो आशा मरेको छैन स्पेन ले यो चुप लियर औउछा
      तिर्थ spain

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • MANI

      स्पेन को हारले सबैलाई स्तब्ध बनायो ,

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    eXTReMe Tracker