मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अर्को दावेदार राष्ट्र जर्मनी ढल्यो

    विश्वकप उपाधिका लागि दावेदार राष्ट्रका रुपमा चर्चा पाइरहेको जर्मनीले आज सर्बियाको हातबाट नमीठो पराजय भोगेको छ। उपाधिका दावेदार भनिएका राष्ट्रहरु धमाधम यसरी ढलिरहेका छन्। अहिलेसम्म अर्जेन्टिनाले मात्रै दुई वटै खेल जितेर सबैलाई सावधान गराएको छ। ब्राजिलले जिते पनि उत्तर कोरियासँग आच्छु आच्छु भएको थियो। उसले दोस्रो खेल खेल्न बाँकी नै छ। जर्मनीले पहिलो खेलमा अस्ट्रेलियालाई ४-0 ले पराजित गर्नुको कारण आजको खेल हेर्दा जर्मनी राम्रो खेलेर हैन, अस्ट्रेलियाले नराम्रो खेल्नु जस्तो देखिन पुगेको छ। जर्मनीका लागि आजको दिन अभागी पनि साबित भयो।

    जर्मनीमा प्रत्यक्ष प्रसारण हेरेर निराश भएका फ्यानहरु।

    उसै त चोटका कारण माइकल बालाक बिना उत्रिएको जर्मन टोली, त्यसमाथि रेफ्रीले एक मात्र स्ट्राइकर मिरोस्लाभ क्लोसलाई दुई वटा पहेँलो कार्डका कारण रातो कार्ड देखाएर मैदान बाहिर पठाइदिए। यसबाट स्तब्ध भएकै अवस्थामा जर्मन टिमविरुद्ध सर्बियाले ३८ औँ मिनेटमा मिलान जोभानोभिचले एक गोल गरी अग्रता लियो। एक जना खेलाडी पनि कम हुनु र एक गोलले पनि पछि पर्नु- योभन्दा दुर्भाग्य अरु के हुनसक्थ्यो जर्मनीको लागि।


    तर हैन रहेछ, दुर्भाग्यको सिलसिला बाँकी नै रहेछ। बलहरु क्रसबारमा ठोक्किएर फर्कनुको त के कुरा भो र, ६० औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत लुकास पोदोल्स्कीले गोलमा परिणत गर्न सकेनन्। दुर्भाग्यको सिलसिला हेर्दा पेनाल्टी छेक्छन् कि के हो जस्तो लागेको थियो, नभन्दै सर्बियाका गोलकिपर भ्लादिमिर स्टोइचकोभिकले पेनाल्टी रोके। यसपालिको विश्वकपमा पेनाल्टी छेकेको यही पहिलो हो। सन् १९७४ यता जर्मनीले नियमित खेलमा भएको पेनाल्टीमा गोल गर्न नसकेको पनि यो पहिलो अवसर थियो। अनि जर्मनी समूह चरणका खेलमा पराजित भएको यो सन् १९८६ पछि आजै हो।

    स्पेनी रेफ्री Alberto Undiano ले प्रतियोगितामा अहिलेसम्म कै बढी नौ वटा पहेँलो कार्ड देखाए।

    दावेदार मानिएको जर्मनीको आगामी यात्रा पनि धरमराउँदो देखिएको छ। अब ग्रुप डीमा अस्ट्रेलिया बाहेक जर्मनी, सर्बिया र घाना तीनै वटा टिमको समान ३ अंक भएको छ। समूह चरणको अन्तिम तथा महत्त्वपुर्ण खेल जर्मनीले घानासँग खेल्नु पर्नेछ। तर जर्मनीसित स्टार स्ट्राइकर क्लोस हुने छैनन्।

    आजको खेल हेर्नुस्-


    बिचरा जर्मन फ्यानहरु, कस्तो उत्साह बोकेर आएका थिए, निराश भएर फर्कनु पर्‍यो।


    अमेरिका र स्लोभेनियाबीचको आजको दोस्रो खेल पनि रोमाञ्चक रह्यो। मध्यान्तरअघिसम्म दुई गोलले पछि परेको अमेरिका मध्यान्तरपछि चमत्कारका साथ उत्र्यो। उसले दुई गोल मात्रै फर्काएन, अन्तिमतिर त झण्डै खेल जितौँला झैँ गर्‍यो। स्लोभेनिया निराश भयो। दुई गोलले अघि पर्दा पनि उसले त्यसलाई कायम राख्‍न सकेन र छ अंकका साथ दोस्रो चरण जाने बाटो सुनिश्चित गर्न सकेन। अमेरिकालाई पनि गाह्रै छ। दुई खेल बराबरीमा टुंग्याएको अमेरिकाले अब तथ्याङ्कमा चमत्कार भए मात्र दोस्रो चरणमा जान पाउने देखिन्छ। (फोटो साभारः एपी)


    अमेरिकाका फ्यान।


    No related posts.

    19 comments to अर्को दावेदार राष्ट्र जर्मनी ढल्यो

    • जर्मनीले हरेको मलाई यक्दमै खुशी लागेको छ | किनभने मलाई अर्जेन्टिनालाई गोल हानेको कहाँ मन परेको थियोर त्यसकारणले मभने जर्मनले हार्दा यक्दमै खुशी छु यासरिनाही हरि रखोष जर्मनले अबको चार बर्समा फेरी पनि हर६ जर्मनले गूद बाए जर्मनी >>>>>>>>>>>>>>>>>>>>>>>>>>

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अर्जेन्टिनाले जित्छ वोर्ल्द्चुप अरु सब कुरा मिथ्य हो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Kiran pradhan, Sydney

      It’s very funny to see this German … They will go home after one match… Good luck deutschland… Your family is waiting back in home

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 14

    • Prakash

      What’s your opinion about North Korea? If the situation goes like this North Korea can win the game……
      Good luck for North Korea…

      Prakash

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • mahesh

      मलाई भने इंग्लैंडको (अल्जेरिया संग खेलेको) खेल ले निरास बनायो.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • sshakya

      यो अम्रीकामा soccer लाइ केटीले खेलने game रे ! मेरो जिज्ञासा चाँही अमेरिकामा soccer किन प्रख्यात भएन भन्ने मा छ !

      हुन सक्छ, mother land (इंग्लैंड) बाट religious र political persecution बाट बच्न भागेर अमेरिका आएका प्रारम्भिक settlers हरुले mother-land प्रतिको पूर्वा-ग्रहको कारण mother-land को प्रचलित संस्कृति, रहन-सहन, गेम आदिहरुको अमेरिका (USA) को शुरुवातका दिनहरुमा प्रचलनमा ल्यायेनन र त्यों कालान्तरमा परम्परा बन्यो !
      यदि यो world cup 2010 मा अमेरिका घटिमापनि semi-final सम्म पुग्न सक्यो भने अमेरिका भित्र soccer ले कही प्रख्याति पाउने छ- नत्र उही हो ताल ! जब सम्म अमेरिकाको मीडिया र कर्पोरेसन वर्ल्डले soccer लाइ अगाडी सार्ने छैन, युरेसिया र अफ्रिकामा जस्तै अमेरिकामा soccer ले चाहिंदो प्रख्याति पाउने छैन ! तर अमेरिका खुल्ला बजारमा चल्छ- जबसम्म बजारको बिक्रेताहरुको soccer प्रति passion जाग्दैन- अमेरिकी मीडियाले आफ्नो पृष्ठ किन खर्च गरोस ?? अमेरिकी कर्पोरेसनले आफ्नो competitive डलर किन खर्च गरोस ??

      म्यानचेस्टर युनाईतेदको David Beckham लाइ जब LA Galaxy ले २५० मिलियेंन डलरमा करारमा किन्यो तब केही हन्गामा सिर्जना भएको थियो अमेरिकी मीडियामा ! त्यों हन्गामाको कारण त्यही नै थियो — पैसा पैसा पैसा ! soccer को इतिहास कै महँगो करार थियो त्यों ! अमेरिकी समाजमा कुनै चीजले जुनुन (obsession) सिर्जना गर्छ भने त्यों पैसा नै हो !

      मेरो अर्को जिज्ञासा झन funny छ ! मुनिको फोटोमा त्यों धाड फर्काएको तिन अमेरिकी मैयाहरुको bun को माथी बिचमा किन tatoo छैन हं ?? सबको हुन्छ यिनीहरुको कहा गयो हं ?? :)

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

      • sshakya

        बजारको बिक्रेताहरुको = बजारको क्रेताहरुको

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Harke

      जित्नको लागी “खेल राम्रो खेल्न मात्रै होइन, रेफ्री राम्रो पर्ने भाग्य पनि हुनु पर्छ..”

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Like I already said, weird and amazing things are happening to this world cup. I think it’s matter of time and indication that soccer is not only for European and it’s becoming global day by day now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • It is surprise to hear this news .. but this is game , sometimes this happens….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      अनि आर्को कुरा, अमेरिकाले आजको खेल जितेको हो । गरेको गोल लाई पनि रेफृले गलत बुझ्न जाँदा अमेरिकाले गोल गरेर पनि, गोल पाउन सकेन । अहिले यहाँ त्यस्को बारेमा बहस हुँदै छ अनि रेफृले गल्ती गरेको कुरा स्विकार गरी सकेका छन । गल्ती जस्को पनि हुन्छ, तर अरुको गल्ती बाट भयको पराजय, पराजय नै होईन ।
      दिपक अधिकारी जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • द्रोण

      जर्मन फेरी आउछ ,म लाई त् त्यस्तो लाग्छ है |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

    • Rajib Prasain

      balla khushi lagyo,asiyali rastra Australia lai harako badala balla payo garmany le…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 15

      • Tej(Tj)

        Mr.Rajib Prasain, Australia is not Asian country; it is in Australia Continent or continent itself or lies in Oceania region. Previously (prior to 2010 South Africa world cup) Oceania had one Play off spot ,At that time, Oceania leader ( almost always Australia ) has to play with either Asian fourth place or South America Fourth Place to qualify for World cup Finals. Almost every play off match, Australia was denied by either South American or Asian country and could not reach WC finals since 1974,So Australia Football governing body had bright idea to get in AFC(Asian football confederation) by influencing FIFA and Asian Nations .They succeed to lobby and able to get in AFC for 2010 WC finals In South Africa. This is the first time Australia directly Qualified from AFC region. 2006 WC finals in Germany, Australia got in by knocking out Uruguay in Play off match. Australia also helped New Zealand because when Australia was In OFC (Oceania) New Zealand has virtually no chance because of Australia‘s superiority. But now you see both Australia and New Zealand are in WC Finals. This is called Influence of money and powers my friend!!.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • John Cena

      Very sad news. I am sure that Germany will beat Ghana and will be selected for next round from group D

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • शशांक लामा

      नमरी बाँचे के के देख्न पाईन्छ भनेर बुढापाका भन्थे, सर्वियाले जर्मनीलाई हराएको पनि देखियो। कति जित्नु त त्यही मुलङ्खरे देश जर्मनी, ब्राजिल, बेलायत, अर्जेन्टीना इत्यादिहरुले! त्यो गोल्डकप तिनका बाबुको बिर्ता हो र ? यसपाली साउथ कोरिया वा सर्वियाले जितोस्, अफ्रिकाकै कुनै टिमले जितोस्, जसरी गोरै गोराको हाली मुहाली भएको देशमा काला ओबामाले जिते .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 18

      • Deepak

        खेल हो यो, न त कुनै राता र गोरा अनि काला हरुलाई बाँड्ने गोल्ड्कप । जर्मनी ले एकजना खेलाडी कम भयपनि, १ गोल भन्दा बढी गर्न नदिनु धेरै राम्रो खेल हो । गोल्ड्कप त्यो देश्ले पाउनु पर्छ, जस्ले राम्रो खेल खेल्न सक्छ । साथीले अब कालाहरुलाई गोल्ड्कप दिनु पर्‍यो भन्ने भाबनाको कमेन्ट लेख्नु भयकोमा मेरो आपत्ती छ । यस्तै भावनाले त हामी नेपाली हरु पछाडी छौं । गिरिजाले खायो, सेरेले खायो, अब माकुने को पालो भने जस्तै । हारे पनि जिते पनि अब गोल्ड्कप कालालाई हो ? ?
        दिपक अधिकारी
        जर्मनी

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0

        • Deepak

          अनि आर्को कुरा ससांक जि , अमेरिकाले आजको खेल जितेको हो । गरेको गोल लाई पनि रेफृले गलत बुझ्न जाँदा अमेरिकाले गोल गरेर पनि, गोल पाउन सकेन । अहिले यहाँ त्यस्को बारेमा बहस हुँदै छ अनि रेफृले गल्ती गरेको कुरा स्विकार गरी सकेका छन । गल्ती जस्को पनि हुन्छ, तर अरुको गल्ती बाट भयको पराजय, पराजय नै होईन ।

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

          • BSG

            mero lato hisab le ta goal bhayeko hoina ki? kinaki ball bhanda pahile american kheladi thiya ni???

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    eXTReMe Tracker