मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ‘सुन्तला’ले छेक्यो ‘सूर्य’लाई


    हार्‍यो जापानः दिक्क हुँदै जापानमा ठूलो स्क्रिनमा फुटबल हेरिरहेका फ्यान।
    सुन्तले र‍ंगको देश नेदरल्यान्डसले सूर्यको देश जापानलाई मात्र एक गोलको सहायताले रोकेपछि दोस्रो चरणमा पुग्न छ अ‍ंक बटुल्ने युरोपको पहिलो राष्ट्र बन्न ऊ सफल भएको छ। ६ अं‍क पाउने अर्को एक मात्र राष्ट्र अहिलेसम्म अर्जेन्टिना मात्रै हो। खेल युरोपेली शक्ति राष्ट्र नेदरल्यान्ड्सले जिते पनि प्रशंसा भने जापानी टिमले पनि बटुल्यो। मध्यान्तरअघि मिडफिल्डर राफाइल भान डेर भार्टले गरेको प्रहार नेदरल्यान्डले विपक्षी पोस्टमा गरेको एकमात्र आक्रमण थियो। यो तथ्यबाट पनि प्रष्ट हुन्छ जापानको डिफेन्स कति तगडा थियो।




    मध्यान्तरपछि डच टिम अलि आक्रामक भएको थियो। ५३औं मिनेटमा इन्टर मिलानका मिडफिल्डर स्नाइडरले गरेको प्रहारलाई जापानी गोलकिपरले पन्च गर्न खोजेका थिए। तर हातको छेउमा लागेर बल पोस्टको दायाँ छेउबाट जाली चुम्न पुगेको थियो। यही गोल नै निर्णायक बन्यो खेल अवधिभरका लागि। खेल जिते पनि टोटल फुटबल देखाउने टिमका रुपमा रहेको डच टिम प्रभावहीन बन्यो। लिभरपुलका स्ट्राइकर Kuyt ले त गोलभन्दा पनि अंक महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए। विश्वकप २०१० मा उत्कृष्ट फुटबल कौशलको नमूना देख्न नपाउनुको कारण पनि अंकको पछाडि टिमहरु कुदेर हो कि !

    जापानले दोस्रो चरणमा जानका लागि अब डेनमार्कसँग बिहीबार खेल्नुपर्नेछ। डेनमार्क विजयी भयो भने जापान पहिलो चरणबाटै घर फर्कनेछ। जापनले बराबरीमा मात्र डेनमार्कलाई रोक्न सक्यो भने पनि गोल अन्तर राम्रो भएको आधारमा जापान छनौट हुनसक्छ। आजै भएको अर्को खेलमा क्यामरुनलाई डेनमार्कले पराजित गरेपछि सुन्तले नेदरल्यान्ड्स दोस्रो चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ।


    आज सुन्तला कै दिन थियो। सुन्तली मैयाँ त्यही भएर त रमाएकी।


    निराश अस्ट्रेलियन फ्यान।
    आजै भएको अर्को खेलमा रेडकार्ड खाएर १० जनामा सीमित भएको अस्ट्रेलिया घानासँग १-१ को बराबरीमा रोकिए पछि अस्ट्रेलिया दोस्रो चरणमा पुग्ने स‍ंभावना न्यून बनेको छ। २ खेल सकिँदा समूह डीमा घाना सबैभन्दा बढी ४ अंकका साथ अगाडि छ। जर्मनी र सर्बिया एक विजय र एक हारका साथ ३ अंकमा छन् तर अस्ट्रेलियाविरुद्ध बढी गोल ठोकेकोले गोल अन्तरमा जर्मनी अगाडि छ। दोस्रो चरणमा जान अस्ट्रेलियाले अब सर्बियाविरुद्धको खेल जितेर मात्र पुग्दैन, घाना र जर्मनीबीचको खेलमा जर्मनी हारोस् भनेर प्रार्थना गर्नुपर्ने हुन्छ। त्यो खेल बराबरीमा मात्र टुंगिए पनि अस्ट्रेलियालाई गोल अन्तरले मारमा पार्न सक्छ। फोटो सौजन्यः एपी


    No related posts.

    8 comments to ‘सुन्तला’ले छेक्यो ‘सूर्य’लाई

    • db malla

      जापान ले फुटबल खेल्नानै जानेको छैन ! तेसै मैदानमा दौडेर हुन्छ ? फुछा फुछी हरु! जेहोस!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Suresh, JP

      What ever the rest of the world say but Japanese are quite happy with the performance they had last night. Even before the match none of the Japanese fan and even media expected home country to win. The whole country is behind players and their motivation level is quite high and expected to win against Denmark – and hopefully they do.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Narendra Dai

      Arjen Roben aaye pachhi Netherland team jhan baliyo hunechha. They are one of the claimers of the champions title.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Rithepani

      I know that netherlad is best team in the world cup 2010..This world cup going to win netherland..luv it keep it up!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 7

    • I am sure Netherland will be in final this time…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • shreesh thapa

      japan jasto dhilo ra naramro khel aaja samma yo bishwa cup ma kasaiko bhayeko chhaina…….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 16

    • जापान नेदरलैंड संग एक्दमै राम्रो संग खेल्यो मलाई जहाँ सम्म लाग्छ अहिले सम्म खेलिएको म्याचमा यो नै पहिलो अनुशासित म्याच हो र जपानले पनि नेदरलैंडलाइ आत्थु आत्थु पारयो।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • niraj ,japan

      samurai japan gogogo.asian power house

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    eXTReMe Tracker