मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कामकुरो एकातिर, सरकारी कर्मचारी सगरमाथातिर

    सगरमाथा चढ्नु भनेको अहिले नयाँ र कठिन विषय नभइसक्यो। एकताका थियो होला, तर अहिले त यो पैसा भए शेर्पाहरुको सहयोगमा जोसुकैले पनि चढ्न सक्ने जस्तै भइसकेको छ। त्यसैले त बच्चादेखि बूढासम्मले सगरमाथा चढिरहेका छन्। कीर्तिमान कायम गर्नेहरुको त लर्को नै लागिसक्यो। के कीर्तिमान कायम गर्ने भनी खोज्न मात्र बाँकी छ। सगरमाथा चढ्नु अब पहिले जस्तो गौरव र उपलब्धिको विषय अब नरहिसक्यो भन्दा हुन्छ। तर किन हो कुन्नि, केही सरकारी कर्मचारीलाई भने सगरमाथा चढ्ने रहर जागेको रहेछ। सगरमाथा चढेर व्यक्तिगत बाहेक अरु केही उपलब्धि होला र भन्या ! नभएर के गर्नु, निजामति कर्मचारी सगरमाथा आरोहण अभियान नामै दिएर उनीहरु जोडतोडका साथ लागिरहेका छन्।


    भर्खरै उनीहरुको एउटा ‘गौरवगाथा’ले भरिएको एउटा इमेल आइपुग्यो। त्यसमा भनिएको छ- आधारभूत पर्वतारोहण प्रशिक्षणमा सबै प्रशिक्षार्थी कर्मचारीहरुले लाङटाङ क्षेत्रमा रहेको याला पिकको, (५५६० मी.) आज मिति २०६७ असार १४ गते विहान १११५ बजे सफलतापूर्वक आरोहण गरेका छन्।

    पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्न्तगतको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिले प्रशिक्षणको आयोजना तथा व्यवस्थापन गरेको रहेछ त्यो अभियान। २० जना प्रशिक्षार्थी कर्मचारी र ६ जना प्रशिक्षकहरु रहेछन्।

    सगरमाथा चढ्नुअघि १५ दिने पर्वतारोहण सम्बन्धि आधारभूत प्रशिक्षण लिन उनीहरु लाङटाङ क्षेत्रमा प्रशिक्षणका लागि गएका रहेछन् असार ४ गते।

    सगरमाथा चढ्न तयार भएका सरकारी कर्मचारीहरुमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लिलामणि पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गा प्रसाद भट्टराईसमेत रहेका छन्।

    चार जना त नारायणहिटी दरबार संग्रहालयका रहेछन्। पाँच जना चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका रहेछन्। नापी विभागदेखि निर्वाचन कार्यालयसम्म अझ केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालयसम्मका कर्मचारीहरु सगरमाथा चढ्न तम्सिएका रहेछन्।

    अरु कर्मचारीको नाम त्यही इमेलमा लेखिए अनुसार यस्तो रहेछ-
    सन्त कुमार महर्जन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
    मुक्तिराम रिजाल, जिल्ला निर्वाचन कार्यालय, पाल्पा
    सुमन कुँवर, केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालय, काठमाडौं
    हरि ढकाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
    कुमार गिरी, नारायणहिटी दरवार संग्रहालय
    पदम बहादुर भण्डारी, शिक्षा मन्त्रालय
    खिमलाल गौतम, नापी विभाग
    हरिप्रसाद गुरागाई, अर्थ मन्त्रालय
    रुकमणी गुरुङ, नारायणहिटी दरबार संग्रहालय
    दामोदर बिष्ट, नारायणहिटी दरबार संग्रहालय
    बीरेन्द्र प्रसाद कडेल, सगरमाथा राष्ट्रिय निकुञ्ज
    तुल्सीराम भण्डारी, सचना तथा सञ्चार मन्त्रालय
    बिष्णु पौडेल निर्दोषी, रक्षा लेखा नियन्त्रकको कार्यालय
    सुविर श्रेष्ठ, सामान्य प्रशासन मन्त्रालय
    सुरथ पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
    संजिव गुरुङ, नारायणहिटी दरबार संग्रहालय
    ज्ञानेन्द्रकुमार श्रेष्ठ, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

    सगरमाथा चढ्नेहरुका विभिन्न बहाना हुन्छन्- कोही विश्व शान्तिका लागि सगरमाथा चढ्ने भन्छन्। कोही के भन्छन् कोही के। सगरमाथा चढ्दैमा विश्वमा शान्ति आइदिने भए त्यत्राले चढिसके सगरमाथा, किन अशान्ति कायम हुन्छ? यी सरकारी कर्मचारीहरुले चाहिँ के नारा लिएर सगरमाथा चढ्न लागेका हुन् कुन्नि। खर्चसर्च चाहिँ सरकारले नबेहोरेकै राम्रो सरकारी कर्मचारी भयो भन्दैमा। कुनै सरकारी कर्मचारीलाई देशविदेश घुम्न मन लागे जस्तै सगरमाथा घुम्न जान मन लागेको भए आपत्ति छैन। तर कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्न पाइन्न। सगरमाथा चढ्नैका लागि विदा किन दिने? नियम अनुसारको विदा लिएर मात्र गए राम्रो। किनभने उनीहरुले सगरमाथा चढेर देशलाई केही उपलब्धि हुने छैन, उपलब्धि हुनेछ त मात्र व्यक्तिलाई।

    No related posts.

    52 comments to कामकुरो एकातिर, सरकारी कर्मचारी सगरमाथातिर

    • भक्तपुरे

      लुनाजी पीरो अमिलो कम बेसी भएको त मीठै हन्छ । नुन पीरोलाई त अहिलेसम्म जिबो फट्कारी फट्कारी चाटिरहेकै हुँ । तर यो त तीतो अनी टर्रो नै लागेर मात्र लेखेको हुँ । जे मनलाग्यो त्यही लेख्न त कसले रोक्न सक्छ र ? भाषा पनि बोलीचालीको भएसम्म त मीठै हुन्छ । “म भात खान्न” लाई “म नभात खान्छु” भने पनि क्या रामो सुनिँदो रहेछ । आहा । एफ एम हरुले त नेपाली भाषाको धज्जी उडाईनै सके अब माईसंसारलेपनि यसो गर्छ भने त मेरो नियन्त्रणको कुरा भएन ।

      अर्को कुरो नाम भनेको त आखिर जे जस्तो पनि हुन सक्छ तर भाषा त त्यस्तो हुँदैन जस्तो लाग्छ मलाई त । मलाई पीरो अमिलो भन्दा तितो र टर्रो अचार मीठो लाग्छ भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन, है साथी ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

      • माधव

        भाषागत शुद्धताका लागि तपाईँले गर्नुभएको कुराको समर्थन । तर भाषागत शुद्धताका साथै व्याकरण पनि शुद्ध भए कति जाति हुन्थ्यो ।
        हेर्नुस् न तपाईँको त्यति सानो कमेन्टमा कति गल्तीहरु
        भएको = हुनुपर्ने
        हन्छ ‌= हुन्छ (उकार नै गायब)
        जिबो‌=जिब्रो (र नै छैन)
        अनी= अनि (नी दीर्घ हैन ह्रस्व नि हुनुपर्छ)
        रामो= राम्रो (यहाँ पनि र छैन)
        एफ एम हरुले= कि एफएमहरुले लेख्‍नुपर्‍यो कि एफ.एम.हरुले लेख्‍नुपर्‍यो । “हरु”लाई पदवियोग गर्न पाइँदैन व्याकरणको नियम अनुसार ।
        माईसंसारलेपनि‌‌‌= ‘पनि’ लाई पदयोग गर्न पाइँदैन छुट्याउनै पर्छ “माईसंसारले पनि” हुनुपर्छ ।
        केहि‌= केही

        शुद्ध रुचाउनेले आफू पनि शुद्ध हुनुपर्‍यो नि साथी । जे मनलाग्यो त्यही लेख्न त कसले रोक्न सक्छ र ?

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • भक्तपुरे

      विषय वस्तुमा मेरो पूर्ण समर्थन तर भाषा चाहि क्या हो ?
      ”सगरमाथा चढ्नु भनेको अहिले नयाँ र कठिन विषय नभइसक्यो।” अनि ”… र उपलब्धिको विषय अब नरहिसक्यो भन्दा हुन्छ।”
      ‘नभइसक्यो’ अनि ‘नरहिसक्यो’ रे यो शुद्ध लेखाइ हो त ? भाषागत रुप मा यो शुद्ध भएन है । बरु त्यसको ठाऊ मा ”रहेन” लेखेको भए चाहि शुद्ध र मिठो हुन्थ्यो, हैन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

      • Luna

        भक्तपुरे जी !
        तपाइले पनि ‘ भक्तपुर ‘ नलेख्नु भ र ‘ भक्तपुरे ‘ किन लेख्नु भा नि ? :)
        भक्तपुर बस्नु हुने मान्छे लाइ साधारण बोलीचालीमा भक्तपुरे भनिन्छ होला , त्यसैले
        तपाइले भक्तपुरे लेख्नु भा होला .
        अब ब्लग नागरिक न्युज – गोरखापत्र जस्तो पनि त होइन नि , ब्लग भने पछी
        यस्स्सो व्यक्तिगत भासा त भैहाल्छ नि नत्र ब्लग पनि न्युज पत्रिका जस्तो एकदम
        समाचार भासामा भयो भने अल्ली कस्तो हुन्छ भने एकदम नुन – पिरो – अमिलो
        ठिक्क भएको अचार जस्तो हुन्छ , यस्तो अचार लाइ बिरामीले खाने अचार जस्तो
        भनिन्छ , अचार भए पछी कि पिरो बढी हुनै पर्छ कि अमिलो बढी , अनि पो
        अचार को टिपिकल टेस्ट हुन्छ त !
        ( खस् खस् लागेर कमेन्ट लेखे , यो बिसय संग सम्बन्धित नभए पनि माइसंसार को साथीको कमेन्ट संग त सम्बन्धित छ नि )

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • SAKURA

      साला लाज सरम पचे पछि जे गरेपनी हुन्छा .
      आफ्नो profession जेहो तेहिपो गर्नु पर्छ.

      लुट को धन फुपुको सार्दभनेको येही हो .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • गगने

      पुस्पजी लगायतका मित्रहरु!,
      बिषेस गरि पुष्पजी किनकी प्रति कमेन्टको रुपमा लेखियको यो कमेन्ट बिशेष गरि यहाँ आयको बिभिन्न कमेन्ट मा पनि पुस्पजिकै कमेन्ट पढेर लेखियको हो! उहाँको कमेन्ट म बिशेष रुची दियर पढ्ने गर्दछु र अधिक रुपमा सहमत पनि हुन्छु कतिपय राजनैतिक र अन्य कुरामा म आफुसंगै समान धारणा र विचारमा सहमत पनि पाउदछु उहाँ लगायत केही साथीहरु को बारेमा तेसैले उहाहारुको कमेन्ट मा मेरो रुची हुने गर्दछ अनी मन पर्दछ तर तेसो भन्दैमा सबै कुरामा सहमत हुन सक्दिन तेसरिनै यो कुरामा उहाँको कमेन्ट पढी उहाँ लगायत केही साथीहरुसँग म असहमत हुँदै मेरो बिचार प्रस्ट्यायको हुं!
      सर्ब प्रथमत पुष्पजीले सगरमाथा अनी बिश्वो कप लाई खेलको एउटै ताउलोमा मछेर खिचडी बनाउने कोशिस नै गलत देख्छु!
      बिश्वो कप एउटा बहु देशीय भन्दा पनि बहु महादेशीय प्रतिस्पर्धात्मक मनोरन्जनात्मक खेल हो! यसमा खेलाडी भन्दा पनि देशको प्रतिस्पर्धा र सम्मान जोडियको हुन्छ भने लाखौ करोडौ दर्शक लाइ स्वोच्छ मनोरंजन दिनुका साथै खर्बौको आर्थिक कारोबार गरि राखेको हुन्छ! तेतातीर द्रिस्त्रीर बिचार गहिर्याउने होकी? र फेरी बिश्वोकप एक देशको सिमित बर्ग को घेराबन्दी र वर्ग बिशेष संग मात्र सम्बन्धित छैन!
      जहासम्म यो सगरमाथा चड्ने कुरा छ त्यो आफैमा एउटा सहास त हो तर तेस्को बा*मच्चाई को कुनै तुक छैन सबै सगरमाथा चडाइ एउटै हुनसक्दैन र अझै यहाँ कसैको सगरमाथा चाडैको ईच्छा र सहासको भन्दापनी तेसको तरिका र लहड, उपादेयता,सन्किपना,दुरुपयोग,अनी समय श्रम शक्ति र तेसले देशको अर्थतन्त्रमाथी पार्ने सकारात्मक र नकारात्मक असार हरुको बिरोध हो! र तेस्मा देशको श्रम सम्पति शक्ति खर्चेर मच्चिनुपरने वा उफ्री पाफ्री गर्नु आबस्यकता छैन र यस कुराले सकारात्मक भन्दा नकारात्मक असर बढी प्रवाहित गर्दछ!
      हुनत कुरै गरि हेर्नेनै हो भने हरेक कुराको दुइ पाटो पक्ष हुन्छ सकारात्मक र नकारात्मक, तेसैगरी असर पनि धेरै थोरै सहि र गलत अनी प्रत्यक्ष परोक्ष हुन्छ हामीले प्रथामिकता दिनुपर्ने सकारात्मक पक्षत हो तर तेस्को असर को कुरा ठुलो हुन् जान्छ! यो कर्मचारीहरुको सगरमाथा चड्ने कुरामा सहमत हुने वा समर्थन गर्नु व्यक्तिगत हिसाबले सकारात्मक पक्ष बढी तर रास्ट्रीय हिसाबले कम हुन्छ भने तेही नकारात्मक पक्ष र असर व्यक्तिगत हिसाबले कम र रास्ट्रीय द्रिस्त्रीले बढी पाइन्छ!
      पहिले त यो कुनै खेल होइन! यो व्यक्तिगत होडबाजी वा लहड हो जसरि मन्त्रिपरिषदले आधार सिविरमा बैठक आयोजना गर्यो! यसको कुनै रास्ट्रीय रुपमा र जनताको लागि कुनै सकारात्मक र फाइदाजनक वा महत्वोपुर्ण आउट कम छैन तर तेहा देश र जनताको अत्याधिक श्रम शक्ति अर्थ समय खर्च भै रहेको हुन्छ! अनि यो गलत नजिर वा गलत प्रतिस्पर्धा पनि बन्नसक्ने छ जसले नितान्त गलत असर राख्ने छ! यिनीहरुलाई समर्थन गरेपछि यसपछि अर्को कुनै कर्मचारी वा केहिबर्ग सन्किने छैन भन्ने के ग्यारेन्टी यहा मामाको धनमा फुपुको सराद्दे भने जस्तो, उः के माधब कुमार नेपालले आफ्नो महात्य पुराण प्रकाशित गरेको छ!देशको ढिकुटी पाय यिनीहरुलाई कसरी सक्याउ र केके कति रहर पुरागरौ भन्ने उकुस मुकुस हुन्छ जस्तो छ भन्छ नी “मोजगर भैरे मोजगर यहिहो बेला मोजगर” भने जस्तो जनताप्रतीको र देशप्रतीको उत्तरदायित्वो भने सुन्य सरह छ! यो सब नितान्त र निजि केहि बर्गको लागि मनोरंजन दिनेकुराहरुमा रास्ट्रीय श्रम र शक्ति समय अनि अर्थको प्रयोजन हुनु हुदैन भन्ने कुरा मेरो हो! देशले कुनै कुराप्रती लगानी गर्दा तेसको प्रतिफल अनी जनता र देश प्रति उत्तरदायित्वो, देश र जनहित आदि कुरालाई बिशेष ध्यान दिनु जरुरी छ! नेपालको अहीलेको अवस्था भनेको तुजुक देखाउने होईन देश निर्माण गर्ने हो बिधी अनी रित बसाल्ने हो नजिर स्थापित गर्ने हो तर यस्तो कुराले नितान्त गलत बिधी,निति र नजिर स्थापित गर्दछ भन्ने मेरो बुझाई हो! देशमा यो भन्दा आबस्यक र महत्वोपुर्ण कुराहरु हज्जारौ छन् देश आन्तरिम परिस्थितिमा छन् तर यो देशको सक्रिय हुनुपर्ने प्रत्यक्ष सम्बन्धित बर्ग यस्तै तै न तुइ को उट्पट्याइङग गर्न र मस्ती गर्नमै उध्धत्त छ! यो देशको बिडम्बना नमानेर के मान्नु अब!एउटा केही बेक्तीको लहलहैमा देश लाग्नु हुदैन! भोली अर्को पक्ष म पनि चड्छु भनेर उफ्रियो भने के गर्ने? कर्मचारी सङ्हठन ले चड्यो अब संघ बाट पनि चड्ने भनेर अघि आयमा के गर्ने,सडक बिभागको अर्मचारीले चडेरे हामी झन खेलकुद मन्त्रालयको हौ वा हामी झन सास्क्रिती र झनै प्रकृति अनी पर्याबरण वा पर्यटन मन्त्रालय को हौ चड्नुपर्छ भनेर होडबाजी गर्न न आउने वा आउदैनन भन्नेकुरा को कसले ग्यारेन्टी गर्ने के देश र सरकारको काम यही कर्मचारी लाई सगरमाथा चडाइ रहने? जनताको काम चाँही इन्डिया जापान बेलायत आयर गरिदिने? भोली त्यो सगरमाथा चड्ने लहड पूरा गर्दा दुर्घटना बस कसैको मृत्‍यु हुनगय तेसको क्षति कसले बेहोर्ने? तेसबाट रास्ट्रले कति हानी बेहोर्नु पर्छ तेतातिर कसैको ध्यान गयको छ? अनी के त्यो दुर्घटनामा मृत्‍यु भयकोलाई पनि सहिद घोषणा गर्ने?
      हो हामीले सगरमथाको गौरबशाली प्रचार र सदुपयोग गर्नु पर्नेछ तर त्यो रास्ट्रिय रुपमा कम र अन्तर्‍आस्ट्रिय क्षत्र र रुपमा बढी हुनु जरुरी छ! एउटा कोही मान्छे समुन्द्री सतह वा त्यो भन्दा मुनी देखिको जीवन उठायर कठिन यात्रा गर्दै आफ्नो जिवनको अत्याधिक आय र सम्पत्तिलाई खर्चेर बिस्वोको सर्बोच्छ शिखर चुम्नुमा जत्ती गौरब र जत्ती योगदान अनी जत्ती जोखिम छ त्यो त्यही सगरमाथा को छत्र छयामा मुनी बसेको ब्यक्ति अर्काको श्रम र सम्पत्ति प्रयोग गरि सगरमाथा छुनुभनेको केबल सगरमाथा चड्नु र टाकुरा मा टेक्नु मात्रै बराबरी हो अन्यथा यस्मा कुनै समानता हुनै सक्दैन। सुन्याथे सुन्दरे शेर्पा त मकै गोजिमा राखेर पुमोरी हिमालको टुप्पामा बसेर खै रहेका हुन्थेरे अब त्यो कत्तिको सत्यहो तर तेसले दिनखोजेको सन्देश बुझ्नु उचित हुनेछ! कुनै बिदेशीले सगरमाथा चड्दा हामीले तेसको अत्याधिक प्रचार प्रसार गरि अतिरन्जित गर्नु सर्बथ जायज र देश हितमा हुनेछ किनकी तेसले बिश्वोबयापी प्रचार पायर बिदेशीलाई आह्वान गर्नेकासाथै देशको अर्थतन्त्रमा टेवा पुर्याउने अनी केही देशबासी र स्थानियलाई रोजगारी संगै मनोरन्जन सम्बन्धन वा बिदेशी जीवन र कुराहरु जान्ने बुझ्ने मौका प्रदन गरि देशको प्रचार र हितमा पुर्ण कार्य गर्नेछ तर यही नेपाल भित्रको कुनै ब्यक्ति र तेस्मापनी सरकारी कर्मचारीले आफ्नो महत्वो पुर्ण काम धन्न छोडेर राज्यको सम्पतिमा गर्न खोजेको मोज मस्तीले भने नितान्त नकारात्मक सन्देशका सधैं असर प्रबाहित गर्ने छ नत यसले बिश्वोब्यापी लहड पैदागर्नेछ न कुनै बिदेशीलाई सगरमाथा चड्ने आह्वाननै गर्नेछ सिर्फ गर्नेछ त सिमित ब्यक्तिलाई मनोरन्जन र देशको सम्पत्तिको सत्यनाश! तेस्तै गरि केही पहीले कसकसको सन्काइ मा परेर हो त्यो १४ बर्षे फुच्छेले सगरमाथा चड्ने लहड गरि आफु,परिवार र देश लाई धेरै खती बनायको समाचार उद्ध्रित गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई। तेसैले प्रोत्साहन गर्ने समर्थन गर्नु सहयोग गर्नुको पनि एउटा हद र उपादेयता हुनेछ!
      यसको मतलब नेपालीले सगरमाथा चड्न हुदैन वा नचडोस भनेको होईन,मात्रै यस्ता उच्छ्रिन्खल र बेतुकका कुराहरु मा असहमती मात्रै हो मेरो अनी राज्यले राज्यको सम्पत्ति र रास्ट्रिय सरकारी श्रमको यसकिसीमको दुरुपयोगमा नियन्त्रण गर्नु पर्नेछ भन्ने मेरो धारणा हो। यी कर्मचारी हरुलाई सगरमाथा चड्ने यस्तो रुची र लहडै छ भने आफ्नै ब्यक्तिगत वा नीजी समुहगत तबरमा चड्दा राम्रो हुन्थियो होला!
      कमेन्टको प्रतिकमेन्टको रुपमा यो लेखाइ बढी भयको जस्तो लागि यहिनै तुर्नुपर्ने बाध्यताले बन्द गर्दै छु आगे देखा जायगा!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

      • पुष्प

        गगनेजी,

        केही कुरामा सहमत हुँदा-हुँदै पनि विश्वकप र समरमाथाको कुरोमा म अझै पनि असहमत नै छु । धेरै कुरामा भिन्नता देखिएपनि विश्वकपको लहडलाई ठीक भन्नु र सगरमाथा चढ्नुजस्तो गौरवशाली विषयलाई मात्र लहडको संज्ञा दिनु गलत हो । मैले पहिले पनि भनिसकेँ एकाध जना जाने भए धेरै राम्रो हुनेथियो, ‘जम्बो’ टोलीको कुरालाई मैले समर्थन गरेको छैन । यहाँ धेरैको असहमति पनि राज्यको ढुकुटीका विषयमा रहेकोले मेरो पनि यस कुरामा सहमति भने छ है !

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • shivaraj khadka

      अब हाम्रा सेर्पा दाजु भाइले जसलाई पनि बोकेर तानेर उचालेर घचेटेर सगरमाथाको सिखरमा सबैलाई लैजानु भयन / अबत जो पनि सगरमाथा चढ्ने / सगरमाथाको के महत्तो / शेर्पा समुदायको पेसा पनि संकटमा, सगरमाथा पनि संकटमा पो पर्ला जस्तो छ है / एस तिर ध्यान दिने हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • aanshu

      किन नेपालका कर्मचारी लाई पनि राजनीतिक हावा ले छोएछ नि
      तिनीहरु सरकारको नुन खाएर आफ्नो इज्जत राख्न सगरमाथा चढ्न लागेका यो त भएन नि.
      कसरी अब नेपालको विकास हुन्छ ?
      देशको लागि कसले गर्ने सबैले आफ्नो इज्जत तिर लागेपछि ??

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Bijaya

      नेपाली जनताले तिरेका करबाट कर्मचारीले यसरि आफ्नो मनलागी गरेर सगरमाथा चड्नुको कुनै तुक देख्दिन म| कर्मचारीले जनताका दैनिक प्रशासनिक कार्यहरुलाई कसरि सहज प्रकारले गरिदिएर उनीहरुलाई सेवा पुर्याउने भन्ने कुरामा पो ध्यान दिनु पर्छ| त्यो पैसाले सगरमाथा चड्ने होइन बरु सगरमाथा क्षेत्रमा बस्ने नेपालीलाई कसरि सजिलो संग प्रशासनिक सेवा सुबिधा दिने भनेर पो सोच्नु पर्यो|

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Gyanendra Niraula

      कामकुरो एकातिर, सरकारी कर्मचारी सगरमाथातिर…!!!

      के यो राम्रो कदम हो यसरी सरकारी ढुकुटीको सम्पतिलाई व्यक्तिगत रुपमा सफलता प्राप्त गर्न प्रयोग गर्नु? भविष्यमा यसको परिणाम के हुन्छ भनेर कसैले सोचेको छ?

      एकताका युवा बर्गलाई फुटबल बाड्ने योजना लिएर आयो मेचीनगर नगरपालिकाले/ सुरुमै कुनै वार्ड अधक्ष्यले (नाम खुलाउन चाहन्न) त्यो कार्यले गर्दा भविष्यमा आउन सक्ने जटिलतालाई देखाएर बिरोध गर्दा कसैले सुनेन/ पछी त्यही भयो जो भनिएको थियो पहिले नै, हरेक टोल-गाऊ बाट १० वर्ष नपुगेगा केटाकेटी पनि निवेदन लिएर फुटबल माग्न नगरपालिका पुगे; बजेटले थाम्न नसक्ने स्थिति आएपछि तिनै टाउकेले आफुले गरेको निर्णयलाई बदर गरेर फुटबल बाड्ने कार्य रोके/ आखिर के उपलब्धि मिल्यो त त्यो कार्यले?

      यो उदाहरण दिनुको अरु कुनै तात्पर्य नभई ठिक यसै पाराले अन्य सरकारी कर्मचारीहरुले पनि यस्ता किसिमका फगतक़ा व्यक्तिगत कार्य, उपलब्दीहिन (देश र जनताको हितमा) कामका लागि सरकारी ढुकुटीबाट खर्चको निकासाका लागि आवेदन गर्न थालेका दिन के अवस्था आउन सक्छ देशको ढुकुटीको, सरकारको? के कसैले यस बारेमा सोचेको छ?

      व्यक्तिगत काम, सम्मान का लागि गरिने हरेक खर्चको लागि जनताको खुन पसिनाबाट जम्मा भएको सम्पत्ति (सरकारी ढुकुटी) को दुरुपयोगको (सरकारी कर्मचारीबाट) कडा बिरोध गर्नु हरेक सचेत नागरिकको कर्तब्य हो/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • आलोक शाही

      मलाई सार्है खुसि लाग्यो। विदेशि पर्यटकले नेपालमा गरिबिको कारणले शेर्पा समुदायले मात्र भरियाको रुपमा सगरमाथा चढ्छन्।बाध्यताले गर्दा मात्र हिम्मत जुटाका हुन् भन्ने खालको गलत सन्देश दिईराको बेलामा यो पक्कै पनि प्रंससा योग्य कदम हो।
      सगरमाथा चढेका विदेशिहरुको धेरैजसोको Travelogue पढ्यो भने, अरु नेपालीको त हिम्मत नै छैन जस्तो गरि लेख्छन। कामकुरो एकातिर भन्ने त अति नै असान्दर्भिक लाग्यो। काम कुरो भन्नाले नेपालमा के नै काम हुन लागेको छ र त्यस्तो बित्न नै गरि। नमिलेको त नेताहरु पो त। दुइ वर्ष दिंदा संविधान त बन्ने सकेन। सरकारी कर्मचारीहरुले त जो आएपनि सहयोग गरेकै छन् नि। दुइ चार जना भ्रस्ट छन् भन्दैमा सबैलाई एउटै घानमा हाल्न त भएन त हो।

      यो समुह मध्यका एउटा सचिब त अहिले सम्मकै ज्यादै इमान्दार कर्मचारी हुन् त। दरवारमा जो सुकैले चिठि पठांउदा, अन्तिममा सरकारको पाउको धुलो लेख्थे, यिनले त्यो नलेख्दा झन्डै कारवाही मा परेका। पछि विचरा माओवादीलाई नटेर्दा यता पनि झन्डै कारवाहीमा परेका। बिचरा यस्ता देशका लागी मिरमेट्ने कर्मचारीका ति कुरा कस्ले गर्ने। यता फेरि सगरमाथा चढ्न जांदा पनि सुख छैन। कुरा काट्नेको ओइरो। हुनत नेपालमा राम्रो कामको कहिले प्रशंसा हुन्छ र। यिनि हरु मरेर आए भने यहि माइसंसारले प्रशंसा गर्छ, ठोकुवा गर्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

      • पुष्प

        धन्यवाद आलोकजी, सही कुरा गर्नुभो । “यिनि हरु मरेर आए भने यहि माइसंसारले प्रशंसा गर्छ, ठोकुवा गर्छु” साह्रै नै घत लाग्यो ।

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • तपाईँको ठोकुवा गलत हुनेछ। माइसंसारले प्रशंसा गर्नेछैन यो चाहिँ म ठोकुवा गर्छु :)

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

          • पुष्प

            अब गर्नु पनि त भएन नि उमेशजी । :P

            मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • purna bahadur kc

      कर्मचारी केवल घुम्ने कुर्ची मा बसेर तलब खान मात्र जानेका हुन्छन ! सुबिधा भोगी हुन्छन कलम चलाउन मात्र जानेका हुन्छन भन्ने हरुको लागि राम्रो जबाफ हुन सक्छ यो अभियान! बन्द कोठा मा बसेर ठुला ठुला योजना लेखिन्छा ! अब सगरमाथा बारे नीति बनाउन परेमा राम्रो नीति बन्ला !तर अभियान सफल होस् सुभकामना!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • सगर माथा मा जानुहोस तर सहिद भयको समाचार सुन्न नपरोस है

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • neerose

      बढो रनभुल्लमा छु म देशको पारा देख्दा!
      कर्मचारी यस्तो भयर सरकार तेस्तो भयको होकी?
      सरकार तेस्तो भयर कर्मचारी यस्तो भाको हो?
      सरकार सगरमाथा बेस क्याम्पमा गयर क्याबिनेट मिटिंग गरि बिस्वोलाई महान कार्य देखाउदछ!
      अनि कर्मचारी के कम, त्यो भन्दा बाह्र हज्जार हात माथि पुगी चदेरै देखाउने आट देखाउछ!
      के गर्नु न साहुको जान्छ न बाउको, जान्छ भने यहि देशमा पसिना बगाउने को जान्छ मौका छदै गर्नु पर्छ मरे पछी डुमै राजा भन्ने मानसिकता हाबी भयको बुजुर्ग हरु सरकार कर्मचारी तन्त्र अनि देशमा हाबी भय सम्म यस्तैनै हो र यत्तिनै हो!
      थुक्क!!!
      अब माकुने को माकुने महात्म्य फोटो भाषण अनि महाबाणी युक्त पुस्ताका छापायाको छ, निश्चयनै छिटै कुन कर्मचारी हरु संकिन्छ अनि उनीहरुले पनि आफ्नो मन्त्रालय, वा निकाय, अफिस आदि आदि को फोटो संग्रह आदि निकाल्ने छ!
      के गर्नु प्रधानमन्त्री यस्तो भयर मन्त्रि अनि कर्मचारी तेस्तो भाको होकी?
      कर्मचारी तेस्तो भयर मन्त्रि र प्रमंत्री यस्तो भाको हो!
      साह्रै कठि भो जोगी र भैसीको नियति बुझ्न!
      धन्य नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

      • madan bajracharya

        निरज जी
        रनभुल्लमा पर्नै पर्दैन/ झोपदिको भोट थुतेर रास्ट्रको नोट लुट्ने नेताहरु र उनीहरुको आसेपासे ठुला कर्मचारीहरु सगरमाथाको टुप्पो पुगेको कुरा सुजाताले लिमोजिन चढेको उस्तै उस्तै हो/ ल्याप्स हुन् लागेको बजेट लुटेको लुटाएको मात्रै हो/

        १५ जना कर्मचारीलाई प्रसिछ्याँन दिएर सगरमाथा चढाउँन लाग्ने खर्चले गाउँघरमा स्वास्थ्य सिबिरहरु संचालन गरेर कयौंको जिबन बचाउन सकिने थियो/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Luna

      सगरमाथा सम्म पुग्न प्रति व्यक्ति खर्च कति लाग्छ ? सम्पूर्ण रुपमा खाना , टेक्निकल सामानहरु ,भरिया – कुक – गाइड , पद यात्रा साधन (गाडी – घोडा – याक ) , स्बस्थ्यको लागि इमर्जेन्सी सामानहरु आदि इत्यादिको हिसाब गर्दा
      सगरमाथा सम्मा पुग्न लाग्ने प्रति व्यक्ति खर्च कति लाग्छ ?
      त्यतिका खर्च व्यहोरेर सगरमाथा पुग्नु सम्मको उद्देश्य के हुने छ १५ जनाको जम्बो
      टोलीलाई ? त्यस उद्देश्यको असर के कस्तो पर्छ सम्पूर्ण सर्बसादारण नेपालि जनतालाई ? यदि हरेक कर्मचारीले ७०- ८० प्रर्तिशत खर्च आफ्नो निजि पकेट बाट
      गर्ने हो भने २०-३० प्रतिशत सरकारले व्यहोर्नु स्वभाबिक हुने छ तर पुरै प्रतिशत
      सरकार अर्थात राज्यले व्यहोर्दा कति खर्च हुन्छ टोटल ? एबम रुपले देशका कति
      र कुन प्रकारका कर्मचारीको सगरमाथा जाने खर्च धान्न सक्छा मुलुकले ?!
      यस्तो खर्चले दुर्गम गाउहरुमा कति बटा बिधालय धान्न सकिन्थियो ? ति बिधालय
      मार्फत कति बिधार्थिहरुको भबिस्य उज्जल हुने मार्ग कोरिन्थियो ?
      यी यस्ता गम्भीर प्रश्नलाई सोचिदिने सरकार – कर्मचारी हुदा हुन् त यसरि काम
      कुरो एकातिर सरकारी कर्मचारी सगरमाथा तिर हुने थिएन – - – -

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 8

      • पुष्प

        लुनाजी,

        हो, ‘जम्बो’ टोलीचाहिँ चित्त बुझ्ने कुरा होइन, तर हरेक कुरामा हिसाब किताब गर्नु गलत हो । विद्यालय बनाउने पैसा त देशका नेताहरूले होटलहरूमा बैठक गरेरै सिध्याइरहेका छन्; करोडौंको गाडी चढेर सिध्याइरहेका छन्; काम न काजको विदेश भ्रमणमा सिध्याइरहेका छन्; बरु त्यतातिर ध्यान दिए बेस हुनेथियो । जहाँसम्म सगरमाथा चढ्ने खर्चको कुरा छ; सरकारले चढ्ने शुल्क मिनाहा गर्ला; अलि-अलि अन्य खर्च पनि गर्ला, त्यत्ति न हो । अर्को कुरा सगरमाथा चढ्नु शिवपुरी हाइकिङ गर्याजस्तो होइन । यसका लागि दरिलो मुटु चाहिन्छ; ज्यानको बाजी नै लगाउनुपर्छ । कतिपय देशमा आन्तरिक पर्यटनका लागि त्यहाँको सरकारले कर्मचारीहरूका लागि विशेष सुविधासहित योजनाहरू ल्याएका हुन्छन् रे ! यदि यी कर्मचारीहरू सफल हुने हो भने आम मानिसहरूमा पनि यस्ता क्रियाकलापप्रति आकर्षित हुनसक्छन् । यसले आन्तरिक पर्यटनलाई बढावा दिनमा मद्दत पुर्याउँछ । अलि फराकिलो भएर सोचौं लुनाजी; ‘सरकारी’ शब्ददेखि यति साह्रो घृणा उचित होइन ।

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

      • madan bajracharya

        लुनाजी
        अलिकति थपुं है/ कति पये दुर्गम जिल्लाको सरकारी स्कुलहरुमा सिछ्यकहरुको तलव चारमहिना देखि सरकारले दिन सकेकोछैन भनि समाचारमा छापिएको छ/ सिछ्या मन्त्रलायेले बजेट नभएको भनेको छ/ अर्थ मंत्रालायेले बजेटको ब्यबस्था गरे मात्रै तलब दिन सकिने रे तर अर्थ मंत्रालायेले कुनै चासो देखाउन्दैन रे/ अब ती सिछ्यकहरु भोकै हुने अबस्थामा मा सगरमाथ चढाएर सिध्याउन लागेको बजेट तेता तिर खर्च गरे अलिकति भए पनि संतुस्ती हुने थियो/

        बालकहरुलाई ज्ञानको ज्योति दिने सिछ्याकहरुलाई तलव दिन नसक्ने सरकारले बाकी बजेट सिध्याउन आफ्ना कर्मचारीहरुलाई सगरमाथा त् के मङ्गल ग्रह को यात्र गाराए पनि प्रसंशा गर्न सकिंदैन/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 8

        • पुष्प

          मदनजी,

          बजेट नभएकोले होइन, मैले सुनेअनुसार दुर्गम क्षेत्रमा मासिकरूपले तलब दिँदा जिल्ला शिक्षा कार्यालयलाई कामको चाप पर्ने भएकोले चौमासिकरूपमा तलब दिने गरेका हुन्; यो जायज होइन । यो त त्यहाँका कर्मचारीहरुको कामचोर प्रवृत्ति हो, यसलाई सम्बन्धित निकायले सुधार गर्नुपर्छ ।

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

          • madan bajracharya

            पुस्पजी
            यति त् म पनि बुझ्छु/ तर तेही चौमासिकी तलब पनि यसपाली दिन सकेको छैन/ बजेट छैन रे/ अर्थ लाई पटक पटक लेखि पठाएको थियो रे/ तर अर्थले पनि बजेट मिलाउन सकेन रे/ समाचारहरुमा लेखिएको कुरा त् यहि हो/

            बाकि रहन गएको बजेट यो असाध मसान्त सम्म मा सिध्याई सक्नु पर्ने भएकोले यस्तै नौटंकी धेरेले गर्दै छन्/ देस को हालत कहालिँदो छ/ सगरमाथा आफै चद्धं खोज्नु भन्दा त्यो छेत्रको बिपन्न र असहायेलाई मदत पुग्ने केहि अर्कै कार्येक्रम गर्नु पर्ने थियो/

            पुस्पजी मलामी जानु बा भोक लागेकोलाई ख्वाउनु “भोजको” आयोजना गर्नु भन्दा राम्रो हो/ यिनीहरुले कोहि उपचार नपाई मर्दै गरेको र कोहि भोकले छात्पतायिरहेको बेला सगरमाथामा पिकनिक मनाउन गएको हो/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

            • पुष्प

              मदनजी,

              बजेट छैन भनेको कुरा मैले सुने/पढेको छैन । तर हरेक कुरालाई सामान्यीकरण गरिनुहुन्न । यो सगरमाथा आरोहणलाई बाँकी बजेट सक्याउने मेलो भनेर विश्लेषण गरिनु पनि गलत हो; किनकि यो कार्यक्रम हुन अझै महिनौ‍ लाग्छ ।

              पूँजीवादले ग्रस्त अहिले समाजमा आफ्नो भोज गर्न छोडेर कसले भोकोलाई खान दिन्छ ? यस्ता कुरामा यति हतार गरिहाल्नु कमसे कम तपाईंजस्तो मान्छेलाई सुहाउँदैन । खिया लागेको फलाम घोटेरमात्र टल्किँदैन, यसलाई पुन: ‘रिसाइक्लिङ’ गरेर पुन: प्रयोगमा ल्याउन सक्नु बुद्धिमत्ता हो । कुरा बुझ्नुभो होला नि !

              मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

              • madan bajracharya

                पुष्प जी
                मैले ती कुराहरु समाचार पत्र हरुमै पढेको थिएँ/ राजधानी पत्रिकामा आसाध अ७ गते छापिएको “पुरा तलब नपाउँदा सिछ्यक हरु असन्तुस्ट” शिर्षक भएको
                समाचार लगाएत मैले भनेकै कुरा उल्लेख गरेको समाचारहरु बिभिन्न मितिमा बिभिन्न पत्रिकाहरुमा बिभिन्न मितिहरुमा छापिएको अझै इन्तेर्नेत्मै छन्/

                अलिकति फरक भएको मत “खिया लागेको फलाम जस्तै घोटेर पनि नचम्किने र रिसायिक्लिन नै गर्नु पर्ने उच्च बिचारलाई नमस्कार गर्दै कुरा यहीं अन्त् गर्न चाहन्छु/ अन्य रास्ट्रबाद सिट सम्बन्धित सैधान्तिक कुराहरुमा बैचारिक यक्य्बद्धता रहिनै रहनेछ/

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पुष्प

      सगरमाथा चढ्नु चानचुने कुरो होइन । सरकारी कर्मचारीहरूको यो हिम्मतलाई मान्नैपर्छ । यस्तो कुरालाई ‘व्यक्तिगत फाइदा’का मात्र भन्नु वा यसबाट देशलाई केही उपलब्धि हुन्न भन्नु गलत हो । यस्तै कुरा गर्ने हो भने खेलहरूको के अर्थ ? नेपालले भागसमेत नलिएको ताइँ न तुइँको विश्वकपको के अर्थ ? किन ‘मेरो संसार’ले दिनानुदिन यसबारे ब्गल लेखेर सबैको समय बर्बाद गरिरहेको छ ? तर होइन खेल भनेको त सहिष्णुता बढाउने कुरा हो, यो अनुशासन हो; यो स्वास्थ्यबर्द्धक पनि हो । सगरमाथा चढ्नु आफैंमा गौरवको विषय हो । इतिहासमा पहिलोपटक सरकारी कर्मचारी सगरमाथा उक्लन पाउनु उनीहरूका लागि एउटा राम्रो मौका हो । यसले कर्मचारीहरूमा केही भएपनि प्रोत्साहन मिल्ने पक्का छ । हरेक कुराबाट प्रत्यक्ष प्रतिफल खोज्नुहुन्न; अप्रत्यक्ष प्रतिफल पनि बुझ्नुपर्छ । तर हल्लानुसार प्रशिक्षणमा सफल १५ जना जाने भएका छन् रे ! जहाँ पनि किन यत्रो ‘जम्बो’ टोली ! खट्केको कुरा यही हो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9

      • Rabindra

        सगरमाथा चढ्नुलाई विश्वकपसित तुलना गरेर हुन्न । सरकारी कर्मचारीले फुटबल खेलेको जस्तो हैन सगरमाथा चढ्नु भनेको । सगरमाथा चढ्नु खेल हैन । यो त पैसाको भरमा मैले चढेँ है भनेर फूँइ देखाउने एउटा साधन हो ।
        सरकारी कर्मचारीले सगरमाथा चढ्दा व्यक्तिगत फाइदा बाहेक देशलाई के फाइदा हुन्छ ल भन्नुस् त । के चाहिँ तपाईँले भने जस्तो अप्रत्यक्ष फाइदा हुन्छ ? सगरमाथा चढेर सहिष्णुता बढ्छ ? सगरमाथा चढेर अनुशासन आउँछ ? एडमन्ड हिलारीले चढ्दा गौरवको विषय होला तर अन्धा र ल‌ंगडाले सुद्ध चढिसकेको सगरमाथामा सरकारी कर्मचारी चढेर केही गौरव हुने वाला छैन। केही सचिवहरु सगरमाथा चढेर कर्मचारीले के प्रोत्साहन पाउने ? वाहियात !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 9

        • पुष्प

          रविन्द्रजी,

          प्रतिष्पर्द्धा नभएको मात्र हो, अन्यथा पहाड वा हिमाल चढ्नु पनि एउटा खेल नै हो; प्रतिष्पर्द्धा नहुने नै चाहिँ होइन नि फेरि । खेल भनेको सद्भाव, सहिष्णुता बढाउने माध्यम हो । सगरमाथा चढेर देशलाई फाइदा छैन भने व्यक्तिगत फाइदाचाहिँ के हुँदो रहेछ ? कि सगरमाथामा सुनखानी छ ? होइन भने ज्यानको बाजी मारेर को मूर्ख ‘काम न काज’को हिमाल चढ्छ ? यस्तै हो भने विश्वकपले के नै पो नाप्ने हो र ? किन खेल्नुपर्यो यस्ता खेल, बेकारमा किन निद्रा बिगार्नु !

          मेरो विचारमा यस्ता क्रियाकलापले प्रत्यक्षरूपमा देशलाई फाइदा नभएतापनि यस्ता क्रियाकलापले कर्मचारीहरूमा उत्साह वा प्रोत्साहन भने अवश्य थप्छ । यस्ता क्रियाकलापले मान्छेको नैतिक स्वभावमा समेत धेरै असर पुर्याउँछ ।

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

          • Rabindra

            व्यक्तिगत फाइदा चाहिँ मैले सगरमाथा चढिसकेँ देख्यौ भन्ने हुन्छ । सगरमाथा चढेको फोटो देखाएर फूँइ देखाउन मिल्छ ।
            अब तपाईँ भन्नुस् देशलाई चाहिँ के फाइदा हुन्छ उनीहरु सगरमाथा चढेर । कस्तो खालको प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा हुन्छ भन्नुस् त

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

            • पुष्प

              त्यत्रो साहसिक काम गर्नुलाई फुइँ देखाएको भन्नुहुन्छ भने आजका मितिसम्म नेपाली शेर्पाहरूले सगरमाथा चढेर अनेकथरि विश्व रेकर्ड कायम गरेको फुइँ देखाएको भयो ? विभिन्न नेपालीहरूले गिनिज बुकमा नाम लेखाएको पनि फुइँ देखाएको भयो ? भोलि ब्राजिल वा अरु कसैले विश्वकप हात पार्ला, त्यो पनि फुइँ देखाएको भयो ? सफलतामा रमाउनु वा सफलता हात पार्नु सबै फुइँ गरेको हो भन्या ? हरेक कुरामा केही न केही व्यक्तिगत स्वार्थ देखिनु स्वाभाविक हो; यसलाई अन्यथा लिइनु दुर्भाग्वपूर्ण छ ।

              मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

              • Rabindra

                मैले तपाईँको प्रश्नको जवाफ दिएको थिएँ । के व्यक्तिगत फाइदा हुन्छ भनेर सोध्दा फूँइ देखाउने फाइदा हुन्छ भनेको हुँ । तपाईँले मलाई प्रतिप्रश्नहरुको ओइरो लगाउनु भन्दा मेरो प्रश्नको जवाफ दिनुस् – सरकारी कर्मचारीहरु सगरमाथा चढेर देशलाई के के फाइदा हुन्छ ? तपाईँले प्रत्यक्ष फाइदा अप्रत्यक्ष फाइदा दुवै हुन्छ भन्नुभएकोले मलाई जिज्ञासा लागेको हो-

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

                • पुष्प

                  रविन्द्रजी मैले प्रत्यक्षरूपमा फाइदा छ भनेर भनेको छैन । स्वभाविकरूपमा प्रत्यक्ष फाइदा भनेको ती कर्मचारीहरूलाई मात्र हुने हो । खेलकूदजन्य स्ता क्रियाकलापले हरेक मान्छेको आचरणमा सकारात्मक प्रभाव पार्छ; देशले पाउने अप्रत्यक्ष फाइदा भनेको यही हो ।

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                  • पुष्प जी ,यो रबिन्द्र लाई सगरमाथा एकचोटी चढेर देखाउनु भन्नुस न चढ्न को लागि एक करोड मा उथाइदिन्छु !!!!!!

                    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

                  • Rabindra

                    सगरमाथा चढ्यो भने मान्छेको आचरणमा सकारात्मक प्रभाव पर्छ रे ? कस्तो आचरणमा सकारात्मक प्रभाव ? अलि प्रष्ट पार्दिनुस् न ।
                    सगरमाथा चढिसकेपछि मान्छे रिसाउँदैन कि ?
                    सगरमाथा चढिसकेपछि मान्छे मिलनसार हुन्छ कि ?
                    कि घुस खाँदैन ?
                    पर्न सक्छ भन्नुभएको भए पनि लौ त भन्नु हुन्थ्यो। पर्छ नै भन्नु भो, के आधारमा भन्नुभो यस्तो ?
                    प्रत्यक्ष फाइदा हुन्न भन्नुभो । भनेपछि आचरणमा सकारात्मक प्रभाव पार्न त्यो पनि अप्रत्यक्ष रुपमा (मतलब प्रभाव पर्न पनि सक्छ नपर्न पनि सक्छ) का लागि त्यत्रो खर्च र समय नष्ट गरेर सगरमाथा चढ्नु भन्दा आचरण सुधारका मनोवैज्ञानिक प्रशिक्षणहरु दिएर प्रत्यक्ष सुधार गर्दा के होला ?

                    अर्को कुरा सगरमाथा चढ्नु खेल हो कि हैन भन्नेमा मेरो फरक मत रह्यो । म मान्दिनँ खेल हो भनेर । लौ हो नै भने पनि खेलकुदजन्य क्रियाकलापले मान्छेको आचरणमा सकारात्मक प्रभाव पार्छ नै भन्ने छ र ?
                    बक्सिङ खेल्ने माइक टाइसनले डेजरी वासिङटनलाई बलात्कार गरे ।
                    फुटबल खेल्ने र अहिले कोच रहेका म्याराडोना कोकिनको लतमा लागेका छन् ।
                    गल्फ खेलाडी टाइगर उड विवाहतेर सम्बन्धमा लागे ।
                    निश्कर्षः सगरमाथा चढेर देशलाई प्रत्यक्ष फाइदा पनि छैन, अप्रत्यक्ष फाइदा पनि हुन्छ कि हुन्न निश्चित छैन । त्यसो भए सरकारी कर्मचारीहरु आफ्नो जिम्मेवारीको काम नगरी पैसा र समय मात्र नष्ट गरेर सगरमाथा चढ्नुको औचित्य के ?

                    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

                    • पुष्प

                      रविन्द्रजी,
                      सगरमाथा त एउटा दृष्टान्तमात्रै हो; मैले भनिहालेँ खेलकूदजन्य क्रियाकलापहरूले हरेक मान्छेको आचरणमा सकारात्मक प्रभाव पार्छ; खेलको सारतत्व पनि यही नै हो; अपवाद भनेको त जहाँ पनि हुन्छ । बरु, प्रकाशजीले सुझाव दिनुभएजस्तै एकपल्ट सगरमाथा उक्लेर हेर्ने हो कि !

                      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

                      • Rabindra

                        सगरमाथालाई एउटा दृष्टान्त मात्रै किन नि ? मूल कुरो नै सरकारी कर्मचारी सगरमाथा चढेर के फाइदा हुन्छ भन्ने हो। तैँ सगरमाथा चढ् भनेर भन्नुको तुक छैन । मेरो प्रश्न थियो सगरमाथा चढ्यो भने मान्छेको आचरणमा सकारात्मक प्रभाव पर्छ भन्नुभयो ? कस्तो आचरणमा सकारात्मक प्रभाव ? अलि प्रष्ट पार्दिनुस् न ।
                        सगरमाथा चढिसकेपछि मान्छे रिसाउँदैन कि ?
                        सगरमाथा चढिसकेपछि मान्छे मिलनसार हुन्छ कि ?
                        कि घुस खाँदैन ?
                        पर्न सक्छ भन्नुभएको भए पनि लौ त भन्नु हुन्थ्यो। पर्छ नै भन्नु भो, के आधारमा भन्नुभो यस्तो ?
                        मैले प्रश्नको जवाफ पाइनँ । कृपया जवाफको आशामा ।

                        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • madan bajracharya

      अच्चम्म को प्रतिभा रहेको र आँटिलो कर्मचारीहरु रहेछ/ बिस्वोको कति पाए परवातारोहिहरुले बर्सौं लगाएर त्रेनिंग लिएर पनि हतपति आँट गर्न नसक्ने कुरा यीनीहरुले मात्र १५ दिन त्रेनिंग लिएर सगरमाथा छाड्ने आँट गरे/ एस्तो आँट आफ्नो जिम्मेवारी पुरागर्न तिर लगाएको भए अझै राम्रो हुने थियो/

      जे होस् यो कुरा मात्र बजेट सिध्याउन गरिएको काम चाहिं नहोस/ नभए जिम्मेवारी बात भागेर बजेट सत्यनास गर्न मात्रै खोजेको प्रमाणित हुनेछ/ सगरमाथा चढ्न सके पनि नसके पनि उता बात फर्केर आई सके पछी आफ्नो आफ्नो धर्म र आस्था अनुशार सुद्धिकरण गर्नु राम्रो होला कि/ सगरमाथालाई समेत हामीले सुद्ध र पवित्र भन्न नसक्ने बनाएको छ यी बाचेका र मरेर गएका कपुत नेताहरुले/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • ravin thapa

      सगरमाथा को टुप्पो मा शान्ति नाम गरेकी च्वाँक केटी बस्छे , सुद्दोहरु त्यहा जान लागेका हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • lochan

      हाहाहाहा राजेश जी तेती सारो चै नभनु है बिचारा हरु लाई अजै के के गर्नु छ
      का का छाड्नु छ होला .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash Shrestha

      काम कुरो एकातिर कर्मचारी सगरमाथा तिर/यो समाचारको सिर्शक नै सान्दर्भिक छ/देश लथालिंग छ/नेताहरु लोकतन्त्र र गणतन्त्र भनेर गर्ब गर्छन ,जनताहरु बिना पानीको माछा जस्तै भैसके/तर नेतालाई मतलब छैन/किन भने जनता उनीहरुले भनेको समयमा ढुंगा मुढा,आगजनी गर्न आइहाल्छन/येस्तई कर्मचारिको छ/के मतलब जनताको सेवाको उनीहरु त जनताको सेवक होइन मालिक सम्झन्छन आफुलाई/छिटो छरितो जनताको काम नगरेर सगरमाथा सयेर?गजब नेपालको अजब ताल.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • अर्जुन

      तपाईको तर्क सगँ म सहमत छैन। यो एउटा खेलहो, खेलमा भाग लिदा कस्लाई के फाईदा भन्ने हुदैन। फुटबलमा गोल हानेर कस्लाई फाईदा हुन्छ र? बेकारमा गोल हान्नेको खुट्टा दुख्नु बाहेक ? यस्तै लाग्यो तपाईका कुरा..
      हिमाल चड्नु एउटा साहसिक खेलहो,त्यो माथी पनि सगरमाथा चड्नु सानो तिनो आत्मबलले हुदैन। म त भन्छु हेरक कुरामा डाईनामिक हुनु पर्छ। त्यो माथी सगरमाथा यात्राको लागि सरकारी कर्मचारीहरुको पदप्रदशक हुने पुरानो चलन पनि छ, त्यसका लागि पनि भविश्यमा फाईदा नै पुराउने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • ठीक कुरा गर्नु भयो राजेश जी सा सबै जना मरे त देस मा सन्ती आउथियो की कसो ?>????????????????/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • द्रोण

      | उद्देश्य के लिनु उडी छुनु चन्द्र एक |
      तर घर बसी बसी अफिस मा हाजिर बजाए जस्तो त् हो नि | सगर माथा चढ्ने भन्दै मा टुप्पो मै पुग्नुपर्ने हो र ,तल तिर बेशक्याम्प मा कुनै ढिस्को मा बस्छन , बेस्मारी राजनीति कुरा गर्छन अनि फर्कन्छन | माइ सन्सार र कुनै पत्रकार उनीहरुको पछी लागेको हुन्न क्यारे ,भरे टुप्पो मा रात बिताएर आयेउ भनि दिन्छन |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

      • Harke

        चिसो ढिस्कोमा बसे त हुन्थ्यो नै…….कतै डिस्कोमा नाचेर प्रेस बिज्ञप्ति पो जारी गर्ने हुन् कि, हिले चडेउ भनेर…. ?

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • bibash

      सगरमाथा चढ्न पेश्की स्वरूप ८ १० लाख पाएका होलान नि त? अफिसमा काम गरेर अहिलेसम्म नाम कमाउन पाइएन क्यारे त्यसैले सगरमाथा चढेर नाम राख्ने शुर कसे नि विचराहरूले । यस्तै हो रमितेहरूको देशमा सरकारी झोला फिँजाएर जनताकै रगत र पसिनाका कर र भ्याटमा रमाउनेहरू । सरकार त यस्तैमा राम्रो मान्छ अझ कर्मचारी । अब हर्दै गर्नुस माकने प्रम रहदै गरे भने अब आउने दशै ताकाको मन्त्री परिषदको बैठक सगरमाथाको चुचुरोमा बोलाउनेछन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • Akash

      कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर – ठिक भन्नु भो !
      देशको हालत कस्तो छ यो सरकारलाइ मतलबै छैन ! कहिले त बेस क्याम्पमा मीटिंग गरेर चर्तिकला देखाऊछ त कहिले सगरमाथा चड्ने अभियान बनाउछ ! सक्छौ भने इंडिया को बोर्दर मा चढेर देखाऊ अनि भन यो हाम्रो देश हो … तेती गर्न पनि सक्दैनौ भने बरु रानीपोखरी मर्मत गर, टुडिखेललाइ पार्क बनाउ… काम गर्नलाई सोच्नु पर्छ, गर्नै कामहरु धेरै छन ! नेताहरु हो होसियार !!!! हामी जनताहरु थाकी सक्यो तिमीहरुको भ्रमण खर्च बार्डदै, हाम्रो देशको पैसामा तिमिहरु ले तेसरी मोज गर्न पौदैनस ! हामी जनताहरु काम गरेर खान्छौ, तिमीहरु पनि काम गरेर खाओ…. पाजीहरु हो ….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • कबिन

      जसको सक्ति उसको भक्ति त छ नि नेपालमा..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • nibs

      सुद्दोहरु सगरमाथा chadna लागेका रहेछन मेरो सुभकामना छ है , येस्तई जोश र हिम्मत ले सरकारी काम तिर ध्यान जायोस , बिग्रेको देश मा सप्रेका खबर हरु सुन्न पाईयोस जय नेपाल जय नेपाली

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • jasko j kam ho tesle tehi tehi garnu ni….feri kaha bata sarkari karmachari lai sagarmatha ko voot chadyo….khali yeni haru le nepali janata lai hasau6n…
      yo ta kamkuro eka tira kumlo boki thimi tira vane jaso vayo ni
      ~Soowas

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • mohan bhandari

      सगरमाथा चढे पछी अहिले सम्म गरेको पाप र भ्रस्टचार बाट मुक्ति मिल्ने आस ले होला नि, तर यिनी हरुलाई के थाहा कि सोच्छ र पबित्र हृदय भयको मान्छे ले मात्र सगरमाथा को सफल आरोहण गर्न सक्छ अरु चाही चड्दा चड्दै बाटै मा ………………… भनेर! भन्थियो अरे क्या पारी भैरे ले(धुर्मुस ले)

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • prakash (daduwa myagdi)

      अब चाही शान्ति आउछ होला नि तेसो भने कसो होला

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    eXTReMe Tracker