मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    स्पेन भयो विश्व विजेता

    नेदरल्यान्डसलाई १-० ले हराउँदै स्पेनले विश्वकप जितेको छ। यस पटकको विश्वकपको फाइनल पहिलो पटक ठूलो पर्दामा हेरियो- दशरथ रंगशाला। हुटिङसँगै खेल हेर्न रमाइलो भएको थियो। पहेँलो कार्डको वर्षा भएको रफ खेलमा आफूले समर्थन गरेको टिम नेदरल्यान्डस हारे पनि त्यति चित्त भने दुखेन। किनभने स्पेनले धेरै राम्रो खेलेको थियो। स्पेनको बललाई क्लियर गर्दा खुसी मान्नुपर्ने अवस्था थियो हाम्रो त। स्पेनले जे होस् पहिलो पटक विश्वकप जितेर धेरै नयाँ कीर्तिमान बनायो। युरोपबाहिर आयोजित विश्वकपमा युरोपेली टिम जितेको यो पहिलो अवसर हो। अनि सुरुको खेल हारेर पनि विश्वकप उपाधि जित्‍ने एक मात्र टिम पनि स्पेन नै बन्न पुग्यो।


    नेदरल्यान्डसको समर्थनमा खेल हेरेको भए पनि उसको रफ खेल मन परेन। उसका आठ खेलाडीले पहेँलो कार्ड पाए। एक जनाले दुई वटा पहेँलो खाँदै रातो पाएर बाहिरिए। फेयर प्ले खेल्ने भनिएको स्पेनका खेलाडीले समेत पाँच वटा पहेँलो कार्ड पाए। हेर्नुस् त कार्डको वर्षा भएको-


    इनियस्टाको यही गोलले स्पेन विश्व विजेता बन्यो।


    आखिर अक्टोपस नै सही भो।

    No related posts.

    94 comments to स्पेन भयो विश्व विजेता

    • SURESH CHHANTYAL-DENMARK

      पत्रकार जी लेख्न पाएँ भन्दै मा जे पायो त्यही नलेख्दा राम्रो होलाकी …१८५४ मा जर्मन हंगेरी संग लिग चरणमा ८-३ ले हारेर पनि पछी फाईनलमा ३-२ ले हंगेरीलाई जितेको कुरा बिर्सेर अहिले स्पेन सुरुमा हारेर वर्ल्ड कप जित्ने टिम पहिलो रेकर्ड त नभन्दा कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • कमेन्ट पनि लेख्‍न पाएँ भन्दैमा जे पायो त्यही नलेख्‍दा राम्रो होला कि…पहिले पूरै पढ्ने कि। त्यहाँ भनिएको छ सुरुको खेल हारेको टिमले अहिलेसम्म विश्वकप जितेको रेकर्ड थिएन। सुरुको भन्नुको अर्थ लिग चरणको पहिलो खेल हो।
        अनि १८५४ मा कसरी विश्वकप भयो ? पहिलो विश्वकप त सन् १९३० मा भएको हो भने १८५४ मा कुन कप भएको हो ?
        सन् १९५४ को कुरा गर्नुभएको हो भने जर्मनीले लिग चरणमा पहिलो खेल कोसित खेलेको हो, यसो इतिहास खोतल्ने कि ?

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

        • SURESH CHHANTYAL-DENMARK

          पत्रकार महोदय, तपाई जाबो ८ र ९ को कुरालाई लिएर फुटबल इतिहासको फुइँ नलाउनुस…फुटबलकै( अरु बिषय होइन है ) इतिहासको कुरा गर्नुहुन्छ भने तपाईलाई जति मलाई नि थाहा छ…तर जहाँसम्म तपाई र मेरो विवाद तको कुरा छ त्यसमा म बुझाईको अन्यौलमा परेछु…तपाईले नि “सुरुको खेल” लेख्नु भन्दा “पहिलो खेल” लेखेको भए अरु प्रस्ट हुन्थ्योहोला (मेरो बुझाइमा)…तर म स्वीकार्छु त्यो मेरो पनि हतारकै कमेन्ट थियो है …तर पाठकले बुझाई अन्यौलतामा एउटा औंला उठाउँदा “भन्न खोजेको यो हो त्यो होइन, तपाईको ‘भुझाई’ गलट भो” भन्नुको साटो लेखकले झन् दुइटा औंला उठाउनुभएकोमा मलाई अलिक गुनासो छ है …

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • सुरुमा त तपाईँको सम्बोधन नै यस्तो रुखो थियो- पत्रकार जी लेख्न पाएँ भन्दै मा जे पायो त्यही नलेख्दा राम्रो होलाकी
            ब्लगमा लेख्‍नेलाई पत्रकार हैन ब्लगर भनिन्छ। त्यो तपाईँको साथी हो। साथी जस्तो सम्बोधन गर्दा राम्रो हुन्छ। तर तपाईँले सुरुमा नै जे पायो त्यही लेखेको आरोप लगाउनु भयो। त्यो तथ्यमा आधारित कुरालाई जे पायो त्यही भनेपछि मैले पनि कमेन्ट पनि जे पायो त्यही नलेख्‍नु भनेको हुँ। एउटा औँला मलाई उठाउँदा मैले त्यो औँला उठाई गलत छ भनेको हुँ, दुईवटा औँला उठाएको बुझाइ फेरि गलत भो। अनि मैले फूँइ लगाएको देख्‍नु पनि तपाईँको बुझाइ गलत भएको हो। मलाई पनि यसमा अलिक गुनासो छ है… फूलको आँखाले फूललाई नै संसार देख्छ। वस्तु अनुसार नै छायाँ झुल्कन्छ।

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bardan

      जे भय पनि यस पाली को वोर्ल्ड कप समाप्त भयो / मेरो लागि त राम्रै भयो किनकि म त गयको महिना दिन यता निन्द्रा नपुगेर बिरामी जस्तै भैसकेको थिय / अब भने मज्जा ले सुत्न पौने भो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Tiraj

      स्पेन ले नजितेको भए स्पेन को केटा हरु ले कुटाई खान्थे मेरो हात को, तर जित्यो राम्रो भयो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 9

    • rakesh

      congrats स्पेन, तर खेल दुवै को राम्रै थियो तर उम्पयेर ले नचाहिने ठाउँमा आफ्नो कार्ड को नराम्रो सदुपयोग गरे जसले गर्दा फिफा ले उहाँलाई तक्मा दीने छ|
      जे नेपाल rakesh

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Kisan

      “ममा घोडी मेरी हिहिही:’
      नेदर्ल्यान्सको सपोर्ट गर्दा आफ्नो लागि खेल रोचक लग्यो किनकि स्पेनले जित्छा भनेर त ओच्तोपुसले नै भनि दिएको थियो….
      कुनै दिन नेपालको पनि झन्डा हेर्ने धोको छ त्यो बिसोकुप्मा?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • gajen pakhrin

      मैले हेरेको फैनल मद्य सबै भन्दा झुरेस्ट खेल,निन्द्रा लाग्ने

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 17

    • स्पेन ले बिस्व कप जित्नु मा रेफ्री को हात छ तेसैले म भन्छु यो जित स्पेन को होइन र होल्याण्ड को हार पनि होइन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 22

      • Deepak parajuli from barcelona

        किन कप लिन तपाई लिन न आको नि झेली खेलेरता जितिन्छ साथी

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

      • sunil

        ke ho spain tero satru ho ?

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • बधाई छ स्पेनलाई विश्व कप हातापरेकोमा म न्यौपाने को तर्फ बाट नेदर्लेंद को रफ खेल बाट राम्रो लागेन फाइनल म पुगेर पनि तेस्तो रफा खेल्ने कस्तो बिडम्बना को कुरा है . तर दुख को कुरा कतै देसको अलिकति भएनी समय भए ति स्वार्थी नेताहरु लाई समय को बर्बाद नगर है संबिधान बनाउ हानाथाप मात्र नगरौ भनिदिउ है. ok बाई

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Suraj Shrestha

      कति बोर भए छन् नेपालीहरु नेपालको राजनीतिबाट |
      देशमा सरकार अस्थाई छ तर नेपालको राष्ट्रिय घटनाहरु भन्दा विश्वकप प्रमुख खबर नेपालमा |
      हे नेता भनाउदाहरु अझपनि तिम्रो घैटो (घुसको दिमाग) मा घाम लागेन ?

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • हो नि सुरज जी ठीकै त हो यस्तै नेताको चालाले देश बर्बाद छ . यो संबिधान नबनाउने चाला मात्र हो किनकि ४६ को कालो संबिधान बिउताउने . आफु त् लिग नेपालमा हेरियो सेमी यु एस ए मा अनि दुईटा खेल फाईनल र तेस्रो चाहि क्यानाडा मा हेरियो क्यार . सपोर्ट त नेदर्ल्यांड लाई नै गरेको हु कारण सपोर्ट भन्दा पनि सिम्पेथी हो कति हार्ने फाईनलमा भनेर .

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tirtha

      जब world cup सुरु वो समाचार हरु ब्राजिल ,अर्जेन्टिना र जेर्मन को पछ्मा आउन थालो यो ३ देश भन्दा अरु कुनै देश मा फूटबल खेल नै छैनन् भनि अड्कल बाजी हुन थालो प्राय नेपाली फूटबल फ़ानहरु पनि ३ देश मा नैचर्चा हुन थालोखः गय खियाती परप्ता खेलाडी हरु ronando messi dokaa kaka रोनी ब्राजिल ,र अर्जेन्टिना का खेलाडी हरु सबै स्पेन इटाली uk बाट खालेर नाम राखेका हुन् यदि ब्राजिल र ,अर्जेन्टिना का खलाडी हरु त झन् यूरोप बाट खेलेनन भने त कसै ले नै चिन्दैनन् सबै ब्राजिल ,अर्जेन्टिना मा नै खेल्ने हो भने यो देशहरु पहिलो चरण बाट नै ओउट हुन्छ, best player ओफ Diego Forlan पनि स्पेन को club मा khelchann aba bhanusa खेलाडी को ithaas
      यो पल्ट को world cup मा स्पेन ले नया किर्तिमान बनायो सायद पहिलो खेल हारेर world cup जितने किर्तिमान कायम गरि यो.स्पेन र होल्लंद बीच को खेल मा हल्लेंद ले फां कति फल खेलेको भन्ने कुरा खेल मा देखियोहोल्लंद को फल खेल्दा स्पेन को पनि खेल तेस्तै धेखियो.कुनै १ देश ले नराम्रो खेल्ने बितिकै अर्को देश लाइ पनि असर पर्छ र सोचे जस्तो खेल हुन्न फ़ान हरु निरास हुन्छन हिजोतेस्तई भो सोचे जस्तो हुन पायन होल्लंद कि रणनीति नै रहेर्छ फल खेल्ने होल्लंद को कोच ले भनेको स्पेन
      फलामको चिउरा जस्तो भो १५ मिनेट को खेल पछी कोच को निर्देश मा होल्लंद ले फल खेल्न सुरु वो परिणाम रातो काद हुदै हारमा परिणत भो कोच को निर्देश हुने बितिकै chabhi अल्नक्षो लाइ direct छाति मा किक हानि ढालियो के यो कराते मईदान हो तेस पछी जजसरि हुन्छ enesta .david , pk चाबी ,रामोस एनिहरु लाई घाईते बनाउन सके खेल आफ्नो पछ्मा हुन्छा भने सोच लियातर यो नै होल्लंद को लागि घातक हुन पुगो ,खेल खेलेर जितने हो दर्सक को मन खेलेर जिनेहो पुरा खेल ६०% स्पेन को पक्छा मा छयदि जेर्मन को जस्तो खेल भाको भय यो world cup मा अझ
      स्पेन ले दर्सक हरु को मन पगाल्न सक्ने थियो तर पनि स्पेन ले दर्सक हरु को मन जितो यो स्पेन को luck hohina khel khelera giteko ho yo plata ko yatra euro cup baata start bhako sabai world chimpani spain nai vo like tanish, moter car,race cycle ,motercycle sabai naii spain le tite ko chha jaya hos spain tirtha

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • neerose

      यस्तो मोरो खेल, वोर्ल्ड कपकै बेइज्जत गर्यो यो स्पेन ले त, झुक्कियर पनि वोर्ल्ड कप जित्दोरैछा बाबै!
      यसमा स्पेनको खेल होइनकी त्यो ओक्टोपस बाबाको भाबिस्यबानिले धेरै भूमिका खेलेको छ भन्दा फरक पर्दैन!
      स्पेन तेत्रो वोर्ल्ड कप भरि एक एक गोल भन्दा हान्न सकेको छैन त्यो पनि च्याखे परेर, झुक्कियर! फर्स्ट राउण्डको लिगमा होन्दुरास लाइ दुइ गोल गरेको थियो, त्यो पनि होन्दुरास लाइ! चिलिलाई दुइ गोल गरेको त्यो पनि एक गोल खादै र स्वित्जर्ल्यांड संगत हारेकै भो! बाकि सबै खेलमा एक गोल च्याखे नभय झुक्कियर! यस्तो ले पनि वोर्ल्ड कप भेट्टायो तैत्त्त!
      बैज्जतई भयो यार वोर्ल्ड कप को!
      अच्टोपस बाबाले दिलायको वोर्ल्ड कप भन्दा हुन्छ!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 55

      • rajesh

        Finest team of the world cup le world cup jitda kheri yesto lekhna ali kati haat kamena? 6 of the top ten vayeko team…germanylaai ta bachchalaai khelako jasto khelako thiyo… game jitnalaai ek goal vaye pugcha sathi….game khelne spirit chahincha….

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

      • MANI

        धेरैले अनुमान गरे अनुरुप नै स्पेन विश्व बिजेता बन्यो.बधाई छ spanish team ,स्पानिस जनता र विश्व भरका फूटबल प्रेमी स्पेन का फ्यानहरुलाई,अर्जेन्टिना ब्राजिल जस्ता शशक्त टिमहरु बाहिरिदा खल्लो महसुस गरेका दर्शकहरुमा पुन खुसि छायो स्पेनको बिजयले,hollad राम्रो टिम भएर पनि अपेक्षा अनुसारको पर्दर्शन गर्न सकेन,आखिर प्रतियोगिताकै सबैभन्दा फोहोरी खेल खेल्ने समुहको उपाधि पायो,सिमित ख्यातिप्राप्त खेलाडीको भरमा खेलेको holland लाई स्पेन जस्तो शशक्त टिमको अगाडी केहि लागेन,क्षमता भएका एक दुइ खेलाडीले मात्र पुरै खेललाई प्रभावित गर्न सक्दैनन् भन्ने पुस्टि हो हिजोको final ,

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

      • Tej(Tj)

        “झुक्कियर पनि वोर्ल्ड कप जित्दोरैछा बाबै!”.This statement reflects your understanding about football. I believe, you have little knowledge or no knowledge about football. Do you really think, Spain won the world cup by fluke? As far as I know, Spain is one of the few teams who play TOTAL FOOTBALL with very attacking flair. There were not many goals because every team who played against Spain was playing very anti football including Germany and Holland.

        Germany cruised to semi crushing Argentina and England but looked very ordinary and venerable team against Spain. Those teams who played against Spain were not attacking or moving forward but all 10 men were positioned near or behind the center line, blocking and congesting d area and only went forward for counter attack. They also tried to prevent Spanish rhythm by committing too many fowls. Spain is the team who played fair game and got FIFA Fair play award

        Well! I was not fan of Spain previous any Major tournaments but seeing Barcelona and National team in recent times ,they are the one who deserved to be world champion.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

    • kesu,UK

      नमस्कार अनि जय नेपाल सबैलाई ,
      धेरै समय देखि माइ सन्सार मा आउँन सकिन अब निरन्तर आउला.
      स्पेन को जित संगै बिस्व कप को मज्जा पनि सकियो, अब नेपाली राजनीतिकप कै कुरा सुरु हुने होला फेरी, जे होस् राम्रै होस् सबैको.
      जय नेपाल.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 12

    • bhandari kanchho Germany

      विश्वकप २०१० मेरो अनुभव
      ——————-
      ६६ लिटर बिएर
      ४२ घण्टा अनिदो
      २० युरो बाजी हार
      १६ भविस्यबाणी जस्मा १२ मिले
      सबै भन्दा खुशीको क्षण : ४-१ ले अङ्रेज हरु जर्मनी बाट पिटिदा
      ,,,,,,, दु:खको क्षण : मुलर सेमी फाइनल मा खेल्न नपाएको मा
      रुनु न हास्नु : जर्मनी र अर्जेन्टिना छिटो भिड्न परेको मा
      फेसबूक मा साथी हरु बाट ताली भन्दा गाली धेरै
      फुटबल = जाड + रमाइलो + धन नाश + निद्रा हरण + भुँडी २ cm ले अरु तन्कियो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 3

    • Nimesh, BKK

      यस बर्षको world cup मा त man of the match त OCTOPUS बाबा पो भैदिएछ . ल बधाई छ जित्ने team लाई मेरो पनि .

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • Sameer Adhikari

      आफु त जर्मनी को सपोटर, अब आफ्नो टिम लाई हराउने त्यो स्पेन को कसरि सपोर्ट गर्नु | कप जिते पनि खेल चाही चित्त बुझेन | पोस्ट मा हान्न चाही दुवै टिम गतिला थियनन | यसपाली फूट बल मा तेती मज्जा भएन |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 7

    • Rajesh-Ottawa,canada

      हिजोको खेलमा स्पैनले जितेको होइन,रेफ्रिले जिताको हो खेलमा सुरुदेखेनै रेफ्रिले होल्लैंडको खेलादीहरुलाई टार्गेट गर्दै थियो अनि अन्तमा कुनै गल्तीबिना होल्लैंड को खेलाडिलाई रेडकार्ड दियो र खेल सकिन २ मिनेट छदा सरासर ऑफ-साइड बललाई goal दिएर चोर रेफ्रिले स्पेनलाई जिताको हो तर म भन्छु हिजो होल्लैंड ले खेल हारेको होइन उसलाई चोर रेफ्रिले हराको हो,त्यो रेफ्रीलाई गोद्नु पर्ने साला चोर रेफ्री फिफा बाट यो रेफ्रीलाई निकाल्नु पर्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 33

    • martin Hongkong

      होल्याण्ड संसार को सबै भन्दा ओन लोकी टिम जस्तो लाग्छ यार तीन चोटि फाइनल पुग्यो तीन चोटि नै हार बेहोर्नु पर्यो हामी सपोर्ट गर्ने लाइ त रात भरि निद्र लागेन खेलाडी र होल्याण्ड को जनता लाइ कति दुख लग्यो होला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • Naving Gurung KTM

      तातोना छारोको फैनल म्याच भंनानी नसुहाउने , बरु उरुग्वे र स्पेन भएको भए थुप्रो गोल हुन्थ्यो , उरुग्वे ले ४-३ ले जित्थ्यो.डेगो फोर्लन बेस्ट प्लेयर भएकोमा भने खुसि लाग्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 8

    • shshank

      गोल्ड मेडल जित्न आएको हो कि गोलभेडा यो दुवै देश ? आफु पनि नया देशले जितोस भनेर हेरियो/ तर एक घण्टा पछि खेल नै हेर्न मन्लागेना / हारे पनि जिते पनि world cup को final खेल जस्तो त हुनुपर्छ/ बेकार को………येसो विचार गर्दा चाही अर्जेन्टिना, ब्राजिल, जर्मनी बिनाको world cup फिनल खेल न हेरेपनि हुन्छ जस्तो लाग्यो / १ गोल भएपनि खेल कमसेकम Exciting त हुनुपर्छ/ र पनि स्पेन लाई बधाई छ, इतिहास रचेकोमा/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 26

    • bikram pradhan

      आफुले त जितको आनन्द संगै dinner को पनि आनन्द उठाउन पाउने भए , सुरु देखि नै सपोर्ट गरेको स्पेनले जित्दा हर्सले गद गद छु तेस माथि बाजी पनि पो जिते , धन्य हो स्पेन अनि धन्य हो ठयाक ठयाकी भबिस्यबानि मिलाउने ओक्टोपस बाबालाई पशुपतिनाथले सबैको कल्याण गरुन अस्तु !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

    • Manoj

      स्पेन लाइ धेरै धेरै मा बधाई ………….साथै अक्टोपस पउललाई नि ……..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 8

    • पुष्प

      जित-हार नै खेलको नियती हो भने मज्जा पनि हो । समर्थकको कुरा गर्ने हो भने एउटा देशले जित्ने भएपनि जित्ने र हार्नेहरू अरु थुप्रै देश हुन्छन् । हाम्रै वरिपरि त हजारौं-लाखौंको बाजी परेको थाहा पाइन्छ भने बाहिरतिर त झन् कस्तो स्थिति होला । यसर्थ मौद्रिक अर्थमा भन्ने हो भने धेरैले जिते पनि, धेरैले हारे पनि । अस्वभाविक परिणामहरू देखिएकोले म्याच फिक्सिङको आरोपसमेत लगाइएको यसपालि धेरै हारे भन्ने अनुमान गर्न सकिन्छ । तर नहार्ने भनेको आयोजक, प्रायोजक अनि बहुराष्ट्रिय कम्पनीहरू नै हुन्; यसपालि पनि हारेनन् ।

      एउटा आम फुटबलप्रेमीको नाताले मैले समर्थन गरेको ब्राजिल र यसको प्रतिद्वन्द्वी अर्जेण्टिना बाहिरिएपछि यसपालिको विश्वकपप्रति खासै चासो थिएन । तैपनि फाइनल खेल हेरुँला भनेको समापन समारोहपछि त भुसुक्कै निदाइएछ । निद्रा खुल्दा थप समयको १० मिनेटमात्र बाँकी रहेछ । फाइनल खेल त राम्रो थिएन रे भन्ने कुरा बिहान थाहा पाइयो । जेहोस्, नयाँ देशले विजय हासिल गरेको छ; स्पेनलाई बधाइ छ ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 18

    • Abdulla

      BOLLYWOOD WANNA MAKE MOVIE STARRING OCTOPUS BABA. YOU WILL SEE OCTOPUS WILL BE DANCING WITH 5 FEMALE LEADING ACTRESS.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 16

    • nikhil

      बिर्गेली ले हिंग खाए ,मालुन्गेली का दात झरे जस्तो कुरा नगरौ न साथीहरु , येहा नेपाल को राजनीति या situation खत्तम हुन लाग्यो तपाई हरु तैनातुई को topics को news बनाउदै हुनुहुन्छ| छोडौ यो सब ,उमेश जी देश को खबर केह छ तेश्को update गर्नुस please यी बकम्फुस कुरा छोड्नुस|

      निखिल जापान

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 33

      • Manoj

        गफै बेसी यो निखिले को ……………Worldcup भै रा बेला मा फूटबल को कुरा नगरे के को कुरा गर्ने भन् त …….खुब जान्नी हुनुपर्ने तिमि लाई नि …….. बकम्फुसे निखिले ……..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 6

    • स्पेन जितेको मा बधाई छ तर के गर्ने उ ११ + १ octopas जम्मा १२ वटा खेलाडी लिएर खेलेको थियो जित त स्वाभाविक भई नै हाल्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • kashyap

      Spain was the possible winner of the Fifa world cup 2010 before starting the world cup. They have very good crop of young players. The investment in club level football has produced bunches of players. Traditionally south Americans are the producers of players and Netherland is a school of Training. They use to collects players from different continents and sharp them send in world football scenario. Netherland football clubs are not concern nationality like Spanish. if we see how many footballers from Netherlands team use to play in national clubs? The answer is rare. if you see in Spanish side they have playing 11 players they are came from just few club. more than half of players use to play from same club Barcelona so they have telepathic understanding. They use to play whole season together. They know each one very well. That was the advantage in Spanish team against Dutch. Anyway a Good Team with Quality football players and attractive game win the world cup.
      *********** Congratulation Spain ***************

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

    • wakka वाक्क spain

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 18

    • dipes thapa magar,westhartford,usa`

      आज स्पेन ले धेरै राम्रो खेल्यो वोर्ल्ड कप हात पार्यो,बधाई छ स्पेन लाइ तर यो भन्दा पनि अचम्म त अक्टोपसको भबिस्य बाणी पो भयो बा,अब फेरी पहिले को जस्तै स्पेन र होल्लंद को भबिस्य बाणी गर्न लगाए त्यो अक्टोपस ले कता को खान चाही खाला त, गेम सकी सक्यो अब दुवै तिर को खान नखाई बस्छ होला त?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 14

    • shreesh thapa

      मेरो सपोर्ट टिम होल्याण्ड हारेपनि दुख लागेन खेल सार्है मन पर्यो अलि बढी रफ भएपनि खेल अबधिभरी भरपुर मजा लिन कतै कन्जुस गर्ने ठाउँ भेटिएन …..

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

    • वाक्क वाक्क स्पेन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 17

    • यो पहिलो पटक स्पेन ले बिजय हासिल गरेकोछ १२ वर्ष पछि नया देश ले जीत हासिल गरेकोमा मा एकदमै खुशी छु . मुलर ले सुनको जुत्ता पाएकोमा अलि छानबिन गतिलो वयेना

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

      • neetu

        पुस्करजी तपाइलाई राख्न पर्ने होइन र छानबिन समितिमा, के ठिक लागेन त्यो पनि खुलाउनु भए हुन्थ्योकी?

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • Dil

      म पनि नेदर्लान्द्को समर्थक थिए के गर्नु तर स्पेन को खेलाडी राम्रो थियो ,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

    • prakash paudel Tilicho pokhara

      congratulations स्पेन ,,,,,,,,,,,, and congratulations octopas
      हेर्दा हेर्दै स्पेन ले Worldcup जित्यो . खपरमा त लिएर आएको रैछ बजियाले……….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 11

    • vijay lama

      ठीक भन्नु भयो बिमलाजी,हिजोको खेलमा स्पैनले जितेको होइन,रेफ्रिले जिताको हो खेलमा सुरुदेखेनै रेफ्रिले होल्लैंडको खेलादीहरुलाई टार्गेट गर्दै थियो अनि अन्तमा कुनै गल्तीबिना होल्लैंड को खेलाडिलाई रेडकार्ड दियो र खेल सकिन २ मिनेट छदा सरासर ऑफ-साइड बललाई goal दिएर चोर रेफ्रिले स्पेनलाई जिताको हो तर म भन्छु हिजो होल्लैंड ले खेल हारेको होइन उसलाई चोर रेफ्रिले हराको हो सायेद एस्मा मिलोमतो पानी हुनसक्छl

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 50

      • Aashish

        नाच्न नजान्ने आगँन टेढो!

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • Nilam Garbuja Pun

      धन्यबाद स्पेन ! मैले $१०० को बाजी थापेको थिए जितिहाले नि !…………..खुशी लाग्यो ! अब म टन्न तिनपानी र सुकुटी च्याम्म पारेर सुत्छु ! हार्ने टिमलाई नि धन्यबाद छ किनकि हारेर पो मैले बाजी जिते ! हेहेहेहे !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 11

    • बधाई विश्वकप विजेता स्पेनलाई

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 7

    • tulsi

      वर्ल्ड कप जितेको मा स्पेन लाई बधाई र दोस्रो स्थान हासिल गरेकोमा नेदरल्याण्ड लाइ सहानुभूति/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 6

    • tulsi

      इस्पैन्ले वर्ल्ड कप जितेर जति चर्चित भयो ओक्तोपस पल पनि विश्व कपको भबिस्य बानि गरेर त्यति नै चर्चित भयो/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • Basanta Thapa,Maryland,USA

      मन खिस्रिक्क पर्ने खेल र नतिजा आए पनि स्पेन र यसका समर्थकहरुलाई बधाई छ \ सोचे जस्तो र स्तरीय खेल नभएको देख्दा दुख लाग्यो \ नेपालको फोहरी राजनीति जस्तै खेल त्यति सफा भएन र पो मार्यो त !

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • Dolman Limbu (Hong Kong)

      सर्बप्रथम त स्पेनलाइ बधाई | पाउल नाम ओक्टुपोसको पनि भविस्यवाणी सफल भयो | हामी सबै भकुण्डोप्रेमी | फेरी यो त चार वर्षमा आउने भकुण्डोप्रेमीहरुको चाड भन्दा कसो होला ? हामी सबै नेपालीहरुलाई बिस्वकप भकुण्डो खेलले एकै छिन त भुलायो तर नेपालका नेताहरुको खेलले चाहिं धेरै झुलायो | अब त भोट पनि नचाहिने नेताहरुलाइ आ-आफै मन्त्रि मण्डल खडा गर्छन | अब त सबै नेपाली जनताहरु केवल सङ्गीतको धुन झैँ भए,सबै नेपाली जनताहरु टुँडिखेल रंगशालाको झार झैं बनाए जे गर्न मन लाग्यो त्यसै गरे | नेपालमा नेपाली सङ्गीतको बिकृति छाए झैं नेपालका नेताहरुको राजनीति बिकृति नहट्ने भो जे होस हामी फेरी उही देशको चिन्तामा फर्कीयौ कि कसो हजुरहरु हो ? नेपालमा नेपाल सोच्ने नेता जन्मेन धेरै दु:ख लाग्छ | त्यसैले बाध्यताको सिकार बन्दै विदेशमा बस्नु पर्या छ | मेरो कुरा मन परे एक भोट दिनुहोस हजुर |

      डोलमान / देउमान लिम्बु
      Kau Hui, Yuen Long , N.T. , Hong Kong

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 3

    • वका वका वका वका अफ्रीका!!!!
      अब बल्ल worldcup को history मा स्पेन को नाम लेखिन्छ !
      मलाई स्पेन र उसको फूटबल नमुना राम्रो लग्यो. र wish गर्छु
      नेपाल पनि yesttai हुनु पर्छ.
      हाहाहा!!!
      baaallaaa
      अब अनिदो बस्न पर्दैन र अफ्फ्नो काम मजाले गर्न paencha . है साथी
      ok bye bye bye अफ्रीका एंड paul octupus .
      see u again .

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • anjan dahal

      आज मेरो खुशीको सिमा नै छैन किन भने स्पेनको सपोटर पानी हो र स्पेनको खेल धरै नै राम्रो थीयो र नेदरल्यान्ड को यक्दमै रफ खेल थीयो तेसैले म भन्छु आइ लभ यू स्पेन आइ लभ स्पन स्पन स्पन स्पन स्पन|||||||||||\

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 9

    • बधाई छ स्पेन लाइ एकदम दामी खेलेको थियो स्पेन ले जित्नु मा स्पेन को गोल कीपर को नि ठुलो हात छ कि कसो? एन अक्टोपस नि कम हैन भनेको कुरा पुराउने अब मलाई लाग६ अक्टोपस संग हात हेराउने को ताती लाग्छ ही ही ही ही तेसो गरे कसो होला !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9

    • बधाई छ स्पेन लाई र स्पेनिश समर्थकहरुलाई पनि बधाई

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 10

    • RICK GURUNG

      “निच्च बुढी-हरियो दाँत” के गर्नु अलि-अलि डुब्यो पनि सबैले स्वीकार गरेपछि मैले पनि स्वीकार गर्नै पर्छ| खेल नराम्रो होइन netherland को पनि पहिला भन्दा धेरै रफ खेल्नाले नै उसले हार सहनु पर्यो| स्पेनले राम्रो खेल्यो अनि उसको भाग्य ले पनि साथ् दिएको थियो| तर भगवान संग मेरो यो गुनासो छकी तिन पटकसम्म फाइनल खेल्दा पनि किन netherland लाई cup नमिलेको??? उ मात्र एक team थियो जो शुरुवात देखिनै नहारेको, एकै गेम हार्यो कप बिहिन भयो|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • dilip

      साथी हो सर्वोदय चरिटी को लागि vote चाहि के हुदैछ नि ? लौन केहि गरौ /
      now 5th rank….. भोट आएन, भोट आएन, किन हो ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 14

    • Prakash

      एकपटक अक्टोपसबाबालाइ नेपालको प्रधानमन्त्री को हुन्छ र १ वर्षमा संबिधान बन्छ कि बन्दैन भनेर सोद्धा कस्तो होला / एस्तो मिलाउने बाबा हुदाहुदै किन चाहियो इन्डियन बाबा/

      धन्यवाद
      प्रकाश

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 91 Thumb down 2

    • पर्शुराम

      बधाई विश्वकप विजेता स्पेनलाई।

      मैले सोचे जस्तै नेदरल्यान्ड्सले खेल्न सकेन। बल नियन्त्रण गर्नेतर्फ नलागेर नेदरल्याण्डस् काउण्टर अट्याकमा भर परेको थियो, मौका पनि मिलेको थियो तर गोलमा परिणत गर्न असफल रह्यो। फाउलको त के कुरा गर्नु ! नेदरल्याण्डस् त अग्रपंक्ति मै रहँदै आएको थियो फाउलको मामिलामा, त्यसको छेउछाउ स्पेन पनि आइपुग्यो। हिजो मात्र नेदरल्यान्ड्सले फाउल मार्फत फ्रि-किक वा पेनल्टीको अवसर स्पेनलाई दिएर विजयी बनाउन सक्ने सम्भावना व्यक्त गरेको थिएँ, ठ्याक्कै त्यस्तो त भएन तर दुई पटक पहेंलो कार्ड पाएर हेइटिंगा बाहिरिएपछि नेदरल्याण्डस् दश जनामा सीमित हुन पुग्यो। एघार जना हुँदा त स्पेनले लगातार दबाब दिइरहन सकेको अवस्थामा दश जना हुँदा दबाब बढ्ने नै भयो र नभन्दै स्पेनले त्यो फाइदालाई सात मिनेटभित्र गोलमा परिणत गर्न सफल भयो।

      स्पेनले बल नियन्त्रण गजबले गरेको थियो। खेलको हिसाबले स्पेनको खेलस्तर नेदरल्यान्ड्सको स्तरभन्दा माथि थियो। आफ्नो क्षमतामा विश्वस्त स्पेन फेयर प्लेको एक सशक्त नमुना; फाइनलको खेल इँटाको जवाफ पत्थरले दिने जस्तै अर्थमा लिई औसतको कुरा गर्दा; मलाई लागेको छ। तथ्याङ्कको आधारमा सबभन्दा बढी फाउल गर्ने टिम नेदरल्याण्डस् नै पाइएको छ। नेदरल्यान्ड्सले जितिहालेको भए अनुमान ठीक भएकोमा म खुशी हुन्थेँ तर फाउल रेकर्डले स्वाद टर्रो हुने थियो। भाग्यवश राम्रो टिमले राम्रै तरिकाले विश्वकप ट्रफी जित्यो, त्यसमा म सन्तुष्ट छु।

      टोटल फुटबलको प्रदर्शनी दर्शकलाई पस्कँदै अन्ततः स्पेन पहिलोपटक विश्वकप फाइनलमा मात्र पुगेन, विजेता पनि बन्यो, युरोप बाहिर विश्वकप जित्ने प्रथम युरोपेली मुलुक पनि बन्न पुगेको छ। फेरि एक पटक विश्वविजेता स्पेनलाई बधाई।

      कसरी भुल्नु अक्टोपस पउललाई! विश्वकप २०१० सँग दक्षिण अफ्रिका र स्पेनको नामसँगै तिम्रो पनि नाम रहिरहनेछ। अर्को विश्वकपमा तिम्रो याद धेरैले गर्नेछन्। पउल, तिम्रो जय होस्।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 7

    • aryab

      नेपाल को राजनीति भन्दा टाढा बसेर फूटबलको आनन्द नेपालीहरु ले राम्रै सग हेरेको पाइयो नेपाल नै खेलेको भए के हुन्थ्यो होला है एक छिन् भए पनि रमाइलो भयो बदाई छ जित्ने टिम र फ्यान हरु लै …….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • Deepak parajuli from barcelona

      आज सत्य को बिजय भयको छ , सबै ले देख्नुभयो होलानी कति फल खेलोको थियो नेदेर्लंद ले , यौटा नेदर्लंद को खेलाडी ले त कराते जस्तो किक हानेर स्पेन क चाबी अलंसो लाइ ढलेका थिया .स्पेन ले फल नगरी सत्य को फलो गरेको थियो .मलाई लाग्छा झन् ओक्तोफास त मलाई गणेश भगवान जस्तो लाग्यो . मलाई त त्यो गणेश भगवान को अबतार नै जस्तो लाग्यो .हेर्नुस्ता त्यो ओक्तोफास को पनि लामो सुद ..गणेश भगवान को जस्तो …सबैले मेस्सी ..रोनाल्डो ..भंचन मलाई त स्पेनको गोअल हान्ने अन्द्रेस इनिएस्त नै राम्रो लाग्छा,. धन्यबाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 21

      • ram

        तिमि त हिजरा पो हो कि क्या हो ?

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 7

    • Netra Dhakal

      बधाई छ स्पेन लाई. राम्रो खेल खेलेको थियो जित्यो पनि. nidarlyand को खेल धेरै नै रफ थियो . जे होस् राम्रो खेल्ने टिम ले नै जित्यो.खुसि लग्यो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 7

    • Krishna Sapkota

      Netherland ले धेरै झेली खेलेको हो . रेफ्री ले पनि Netherland को नै पक्छ्य लिएको थियो र पनि स्पेन ले जित्नु धेरै राम्रो कुरा हो | छातीमा सिधै किक हान्ने Netherland को खेलाडीलाई रेड कार्ड नदिने रेफ्री झेली हो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 18

    • Dilip

      सारै खुसि लागिबक्सेको छ मलाई स्पेनले जितेको ले, तेसैले ओऐन् पो पिबक्सिदै छु चीर्स……

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 8

    • हिप हिप हुर्रे ..!!!!!!!!!!!!!!!! सुन्तलीहरुको अनुहार नै रातो हुने गरि स्पेनले जित्यो ….!!!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 12

    • krishna

      म स्पेन को supporter थिय. worldcup जित्यो खुसि लाग्यो. netherland लाई सान्त्वना.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 9

    • Arjun

      स्पेन लाई बधाई छ ! नेदेरलैंड ले त ८ ओटा पहेलो कार्ड र १ ओटा रातो कार्ड खायो! स्पेन ले पनि ५ ओटा पहेलो कार्ड खायो ! जे होस् स्पेन को खेल राम्रो थियो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 10

    • Narayan

      सारै राम्रो लाग्यो प्रतक्ष्य हेरियो आनन्द आयो /
      राज पाण्डे

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • हार्यो मेरो टिमले ! अक्टोपसले भनेको नै मिल्यो ! ल बधाई छ जित्ने लाइ पनि !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 4

    • Rajendra Shrestha

      अक्टोपस बाबाको जय होस् !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • लौ फेरी पनि अक्टोपस बाबा को भाबिस्यबानी मिल्यो है,जय अक्टोपस बाबा,
      अनि नेदरल्याण्ड लाइ सपोर्ट गरे पनि स्पेन को जित ले खुसि नै बनायको छ.अनि यो संगै ४ वर्ष को लागि बिस्व कप को बिधाई भयको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Kanhaiya

      बधाई छ Spanish मित्रहरु लाइ र स्पेन को समर्थक नेपाली सबै लाइ / साथी हो सर्वोदय चरिटी को लागि vote चाहि के हुदैछ नि ? लौन केहि गरौ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • sushil sharma

      बधाई छ स्पेन लाई /

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • Nirmal

      म खुसि छु

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • arun

      बधाई छ spain लाई , अनि jai होष octopus महाराज लाई.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 7

    • आज निदरल्यांदले अलि बडी नै रफ खेलेको हो | रातो कार्ड पनि पायो | जे भए पनि राम्रो खेल खेल्ने ले नै जित्ने हो |
      बिस्वास गर्नु नगर्नु एक ठाउमा होला तर अक्टोपस यो बिस्वकप मा हिरो भयो सत प्रतिसत सहि भबिस्य बाणी गरेर |

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • om bogati (Qatar)

      खेल हेर्दा धेरै रमाइलो भयो मैले त स्पेनको सपोर्ट गरेको थिए तर अन्तिम अन्तिम मा गएर नेदरल्यान्डको दया लाग्यो किनकि ३ पल्ट सम्म फाइनल पुग्दै हार्दै गर्यो.
      नेदरल्यान्डले पनि नराम्रो खेलेको चाही हैन धेरै पल्ट आक्रमण गर्यो तर……..अन्त्योतगत्व
      अक्टोपसको भविष्यबाणी सहि साबित भयो /

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

    • bimala

      चोर रेफ्री ले गर्दा जित्यो स्पेन ले, खेल झली बायो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 45

    • Badrivishal

      विश्वकपमा स्पेनको जीतले खेल जगतमा निक्कै सनसनी फैलाएको कुरामा दुई मत हुन् सक्दैन जस्तो लाग्छ | त्यसमापनि अक्टोपसको भविष्यवाणी शतप्रतिशत सत्य सावित भएकोमा गजब मान्नु पर्छ | जे होस् खेल हेर्ने सिलसिलामा गाउँ गाउँ तथा शहर शहरमा सबैले जुन सद्भावना एक अर्का प्रति देखाउनु भो त्यो भविष्यमा पनि कायमनै रहोस भन्ने मेरो कामना छ |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • Nilu

      congratulations स्पेन ,,,,,,,,,,,, and congratulations octopas ./ Holland धेरै unlucky टिम हो / ३ पटक final मा पुगेर हरेको ./
      sorry for holland /

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • dipak srest' berkley californiya U S

      प्रयास खेल हेर्दा मेरो भूमिका ततास्थानै हुने गर्दा छ | ४ गोलले अर्जेन्टिनालै हरौना सफल जर्मनी विरुद्ध स्पेन ले उत्क्रिस्थ खेल प्रदर्शन गरे पछिभाने मा पूर्ण रुपमा स्पेन को समर्थन गर्दै सबै खेलप्रेमी हरुलाई थप समर्थन्कोलागी अनुरोध गरेको थिया, न भन्दै राम्रो खेल प्रदर्शन गरेर स्पेनले सर्ब प्रथम ओर्लद कप जीत्न सफल भयकोमा पुन एकपटक हार्दिक बधाई ज्ञापन गर्दछु|

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • बीर

      स्पेन र स्पेनिश समर्थकहरुलाई बधाई साथै अक्टोपस बाबा कि जय, अब नेपालको संबिधान समयमा बन्छ कि बन्दैन भनेर जर्मनीको अक्टोपस बाबालाई हेराउनु पर्यो, बन्दैन भन्यो भने भत्ता मात्र खान गएका सबै नेता र सभासदहरुलाई संसद भवनबाट लात दिएर लखेट्नु पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

    • jeevan

      मैले भनेको थिए नि फाउल खेल्ने हल्याण्डले हार्छा भनेर/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

    • Kshitiz Sharma

      Well done Spain. I have been supporting you from the very beginning..finally you won…good try for goals..spain could have done many goals but missed many chances coz of minor steps!! well it’s ok but finally you are the winner.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Jewan Tiwari

      The game for the third place was better than the final. Anyway Congrats to the Spain team and their fans. I watched the team as a neutral as my fave Uruguay had lost earlier.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • sujan

      गेम, रेफ्री, अनि लक् हो कि ओच्तोपुस को भबिस्य बाणी हो खोइ स्पेन ले नै जित्यो, बधाई ६ स्पेन.. अनि म त महेंद्रपूल मा गयर हेरेको कति हुन् स्पेन को fan.
      ? अनि घर पुग्या हो?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Kedar Dhungana, Barcelona; SPAIN

      हामी यहाँ स्पेन मा ६००० जति नेपाली हरु बसोबास गरिरहेका छहू, हामी सबै लाई एस पटक को वोर्ल्ड कप मा स्पेन को जीत भएको मा खुशी को लहर चाहेको छ

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • Arprkan

      CONGRATULATIOSN TO SPAIN AND ALL WISHER OF SPAIN!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • juren subba,netherlands.

      खेल मा जीत पनि हुन्छ अनी हार पनि,हार लाई पनि हामी ले शहज रुप मा नै लिनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • sudarshan

      स्पेन को खेलाडी भन्दा पनि यो जित को श्र्ये गोलकिपर लाई जान्छ ,,,,जसले खतरनाक भन्दा खतरनाक बल लाई रोकेर अन्त मा स्पेन लाई बिजयी बनायो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • ajaya

      octopus बाबा फेरी correct!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • Dil

      खै म त छक्क परे …….. जे भए पनि ठिकै भयो . आखिरमा एक टीमले त जितनु थियो नि तर ११९ एक मिनेट हुदा गोल खादा ओह्ह्ह मन चकित भयो . वा स्पेन उ यु आर द बेस्ट .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

    eXTReMe Tracker