मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    टेक्सासमा नेपालीलाई तीन किशोरी मारेको अभियोग


    साजन तिमिल्सिनाले चलाएको दुर्घटनाग्रस्त गाडी (Photo Credit: 11 NEWS)

    अमेरिकाको टेक्सासमा बस्दै आएका २५ वर्षका नेपाली साजन तिमिल्सिनालाई गाडी दुर्घटनामा तीन जना किशोरीलाई मारेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोग पत्र प्रहरीले बुधबार दर्ता गरेको छ। प्रहरीका अनुसार, जुलाई ९, शुक्रबार राति १:३० बजे ह्युस्टनको उत्तरपूर्वको ३९ हाइवेको इन्टरसेक्सनमा रातो बत्तिमा गाडी हाँकेर तिमिल्सीनिले अर्को साइडबाट आएको फोर्ड एसयुभी मोटरलाई ठक्कर दिएका थिए। उक्त एसयुभीमा सवार सात जना मध्ये दुई किशोरी एभिकाना कोर्टेज, वर्ष १३, रासुण्डा रेइग वर्ष १७, को घटनास्थलमै मृत्यु भएको थियो भने डेट्रिहाना डेभिस वर्ष १३ लाई अस्पतालमा लगेर उपचार गर्दागर्दै शनिबार मृत घोषित गरिएको थियो। अनुसन्धान अधिकारीहरुका अनुसार गाडीमा सवार सातै जनाले सिट बेल्ट लगाएका थिएनन्।

    दुर्घटना पश्चात तिमिल्सिनाले प्रहरीलाई दिएको बयानमा आफूले आफ्नो भाइको टोयोटा क्याम्री कार चलाएको र आफू १६ घण्टा काम गरेको कारण थाकेकोले कहाँ जाने थाहा नभएको र हरियो बत्ति सम्झेर रातो बत्तिलाई नाघ्दा दुर्घटना भएको बताएका थिए। प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रका अनुसार, घटनास्थलमा प्रहरीले मादक पदार्थ जाँच गर्न खोज्दा तिमिल्सिनाले नमानेको तर पछि उनको रगत नमूना परीक्षणमा गर्दा अल्कोहलको मात्रा ०.१२७ देखि ०.१६२ सम्म पाइएको थियो। टेक्सास राज्यको कानुन अनुसार रगतमा अल्कोहल मात्रा ०.०८ भन्दा बढी भएकोलाई मादक पदार्थ सेवन गरी गाडी चलाएको अपराध मानिन्छ। रगत जाँचपछि उनले प्रहरीसमक्ष आफूले एक चौथाई १२ आउन्सको कोरोना बियर साँझ पिएको बताएका थिए।

    दुर्घटनापछि उनले घटनास्थलमा प्रहरीलाई कानुन बमोजिम व्यवहार प्रर्दशन नगरेतापनि (रक्सी खाएको मापन गर्न नमानेको) ह्यारिस काउण्टी डिस्ट्रीक एर्टोनीले उनलाई तत्काल गिरफ्तार नगर्ने आदेश दिएको थियो र उनी तत्काल गिरफ्तारीबाट बचेका थिए । हाल उनलाई प्रहरीले पक्राउ आदेश जारी गरेको छ। उनी दुर्घटना भएको दिन वा भोलिपल्ट नै कतार हुँदै नेपाल भागिसकेको अनुमान प्रहरीले गरेको छ। स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनको अभियोग सही ठहरिएमा उनलाई ६० वर्षसम्म जेल सजाय हुन सक्नेछ। तिमिल्सीना विद्यार्थी भिसामा अध्ययनको सिलसिलामा अमेरिका आएको थाह भएको छ ।

    KIAH-TV को भिडियो

    No related posts.

    117 comments to टेक्सासमा नेपालीलाई तीन किशोरी मारेको अभियोग

    • Seat Belts are made in vehicles for safety during accidents. My heartly condolence to those who died.

      If those teenagers had their seat belts on they wouldn’t have died. So, it’s not just fair to blame one person.

      Both party have to be blamed, and if punished.. both should be.

      Sajan and other teenagers who were in that another vehicle, and are alive.

      I hope the US government wont’ be bias.

      and I hell know they will be BIAS.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

    • Hari Sitaula

      I think there is only one way for him, hiding in india across boarder like where nepali population is high. Bad luck boy, you have done a final mistake of your life. I am Sorry

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Abdulla

      Whoever put comment on favour of Sajan, they must be a selfish people.
      Jumping on red signal is the big mistake. Everywhere if you jump in red signail there will be always accident.
      Consumping alcohal and driving is second big mistake.
      working 16 hrs and again driving is the 3rd mistake. why he need to drive if he is not able to drive phisically and mentally??
      As i know he must be punished?? And ask to pay heavy blood money.
      The police authority also made mistake. They should arrest him at the spot becoz innocent people are dying at spot. Who know maybe they are coming from airport or family gathering.

      May be he is not perfect driver to drive on the road or he bought license from grocery. If he was in Gulf country will be hanged or life time jail. Because he can not pay blood money for 3 people….

      Life is in Drive…Guys drive carefully. ..where ever you are living.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

    • durga lama

      यदि साजन ले गल्तिनै गरेको हो भने उसलाई सजाय हुनुनै पर्छ जस्तो मलाई लाग्छा. उसको गल्तीले गरेर टिन जनाको ज्ञान गयको छान्निता .अर्काको ज्यान त गयो भने उसले गरेको गल्तिको सजाय त पौनुनै पर्योनी .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • ashray

      Accident भनेको जानेर हुने, गर्छु भनेर हुने हैन, आइ लाग्ने कुरा हो, साजन ले जानी जानी गरेको हैन, he could have died too in the accident, its his fate, he did not die. राती को १.३० बजे ती teenager हरु पनि मातेर नै आएका हुनाले बेल्ट नलगाएको देखियो, तेसैले ज्यान गयो, i have heartfelt condolences for them…यंह my sansar मा धेरै ले साजन लाई १०० बर्ष देखि फाँसी सम्म भने….के accident jani jani hune kura ho? उसले धेरै रक्सि पिएको देखिएन, अमेरिका बस्ने जसले पनि यौटा beer खाएर कहिले न कहिले चलाका पक्कै छन्…दुर्घटना भनेको भविताब्ये हो, तेसैले police समेत नासमको हो, पछि लोकल people ko pressure ani, साजन बिदेशी नागरिक भएकाले कैसे ठुलो बनका हुन्….के उसले काले मोरो ले जस्तो gas station मा गएर गोलि चलाको हो र? होइन नि….गल्ति भएको छ तर जानी जानी गरेको हैन…..अनि जँहा सम्म नेपाली को बेइजत भनी कुरा छ, उसले जानी जानी गरेको हैन, अमेरिका मा एस्तो accident कति हुन्छ कति, मा I-६३५ मा संधै जाम मा पर्छु, every day, yestai wreck accident dekhi ra hunchu…..finally , may their soul rest in peace…and sajan janha bhaye pani, uslai pani naramro lageko nai hola, 3-3 jana marda teslai pani ta, how bad he must be feeling…have a peace life in ur coming days…afno galti ko paschatap gardai….samaj sewa ma jiwan lagau…….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 15

    • abhi

      एउटा कुरा याद राखौ.त्यहाँ को अल्कोहोल लिमिट ०.०८ रहेछा र सुजन जी को रिडिंग ०.१२ जति रहेछा.भनेको मतलब उहाले सायद १ बोतल भन्दा बढी नपिएको हुन पर्ने.अनि मा यहाँ साजन लाइ कैद गर्न पर्छ र १०० बर्स थुन्न पर्छ भन्ने हरु लाइ यो सोध्न चाहन्छु कि के तपाईहरु ले अहिले सम्म १ बोतल बियर खाएर गाधि चलाउनु भएको छैन?हो यो ड्रिंक driving नै हो तर तेस्तो संगिन पनि होइन ल्किना कि मादक पदार्थ सेवन को लिमिट एक्स्क्युज़ दिन मिल्ने खालको रहेछ तर मान्छे मरे,त्यो चाही अलि सिरियस केश भयो.ति पनि सिट बेल्ट नलगाएका अझ सायद तिनी हरु ले पनि दारु खाएका थिए कि,यसरि अन्डर एज नाडक पदार्थ सेवन पनि त गल्ति हो.त्यहिँ भएर यो ५०-५० केस हो.साजन जी ले धेरै नै रक्सि खाएर गाडी छालाको भए मा वहा को दोस देख्थे तर लिमिट त अलि तलै देखियो,अल्कोहल को,त्यहिँ भएर वहा को एकदम ठुलो दोस भने hoina

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 10

      • Anuradha

        साजनलाई चिन्नेहरु पक्कै होलान् नि अमेरिकामा । त्यो हरामी नेपालको कुन ठाउँबाट गको रैछ । त्यो धनिमानिको छोरो हो कि को हो ला ? सबै कमेन्ट पढेपछि त मलाई त त्यो मान्छे पुलिसलाई समेत छक्याउन सक्ने मापाको लाग्यो । जहाँ होस उ दन्डको भागेदार छ । हामीले उसलाई भागेर यता जा उता जा भन्न मिल्दैन । उसको परिवारले उसलाई पक्राउन मद्दत गर्नुपर्छ ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 25

    • ramesh

      मलाई लाग्छा ति केटि हरु को पनि उति नै हात छ किनकि सबै सात जना ले सिट बेल्ट ल ग क थिएनन, जसले बचौना सक्थियो. मा साजन लै निर्दोस चै भ्हन्ना खोजे को चै होइन. उसले गल्ति गरे को चै हो नै.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

    • adarsha

      This is a serious mistake, I think he did good for him. If he can stay away from law, he may not have bad life.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 9

    • आपराधी ले सजाय पाउनु नै पर्यो नी नेपाली हो या बिदेशी

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 6

    • bibek. k.c

      This idiot should be brought here in United State and should be kept in Jail not only for 60 yrs but till his death……Then only other people will think before doing any crimes…..He spoiled not only his name but whole Nepalese people living in the united state…….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 19

    • madan bajracharya

      भागेर नेपाल पुगे पनि बच्न सक्दैन/ इन्टर पोल मार्फत पकड्न लगाई हाल्छ/ अस्ति १० लाखको चिठ्ठा ठगेर जाने त् कार्येबाहिमा परेको सबैले देखेकै छ/ अब यो त् ज्यान मुद्दाको कुरा भयो/ अमेरिकी सरकारले आफ्नो नागरिकहरु मर्ने गरि लापरबाही गरेर गाडीले कुल्च्यायेर मारेको कहाँ छोड्छ/ कतिन्जेल लुक्छ?भागेर जान सक्ने मुलुक मात्र भारत नै त् हो/ अरु मुलुक पसेमा त् झन् सजिलै सिट समात्छ/ अमेरिकाको सी आई ये को पहुँच कहाँ छैन र?

      नेपालले कयौं मामिलाला बिदेसको अदालतमा नेपालको कानुन अनुशार मुद्दा चलाएको छ/ यस्तो प्रचलन छ/ तेस्तै परे अमेरिकाले नेपालको अदालतमा अमेरिकी कानुन अनुशार मुद्दा चलाउन सक्छन पनि होला/ उहाँको यो जुनी दुख मै बित्ने देखिन्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

      • द्रोण

        मदन जी
        ठिक भन्नु भो |तैपनि ,नेपाल मै दुर जिल्ला तिर गएर प्रैबेट स्कुल पढाएर पनि बस्न सक्ला नि |
        नत्र इन्डिया झन् अरुको मुलुक पर्यो |

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

    • nirmal

      f this was 3 white teenage girls killed, and a Black or Hispanic “questionable” drunk driver, he would have been arrested and detained til the tests came back, or released after giving up his passport, and may even be electronically monitored…this is a MAJOR goof-up for the Harris County DA’s office and HPD. Shameful and embarrassing. I hope MAJOR heads roll whether this guy is brought back from Nepal or not.
      47615369
      Flag this comment

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 9

    • उसलाई कुर्ट चलन गर्नु पर्चा. हे इस अ आलारादी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • यो घटना नजिकै भएको हुदा सारै दुख लाग्यो, दुवै मर्ने र उम्कने! म एती भन्छु कि उसको नराम्रो दसा लाग्या रहेछ! Accident मा ३ मरे, Underage प्राय:, Red light ma cross गरेर अर्का लाई हान्नु नै गल्ति हो… तर ति Underage ले seat belt ( Both front and rear) न लगाउनु नै माहा गल्ति हो…. underage हरु राती, party बाट फर्कने हरु कै 0.017 alc level थियो होला,,,,,,,, sajan लाई HPD(HOUSTON POLICE DEPT) ले तेसै जान दिएको होइन…… उनले मान्छे मार्ने गरि accident गरेको होइन….. दोसी DRUNK UNDERAGE/drunk driver नै थिए….. तेही भएर उनलाई जान दिएको हो….खतरा WRECK ३ जाना मर्ने गरि भयो……SAJAN भागे भागे, भागे कै कारण उनि मात्र दोसी देखिए…… SAJAN भाग्नु नै गल्ति हो….. बरु LAWYER लगाएर CASE helpful हुन्थियो….. गल्ति गरे! sajan काम बाट फर्केका, कुनै wild party bata फरकेका होइनन! ३ जना मरे अब उनकै गल्ति देखियो दुर्घटना बाट. दुर्घटना बाट आफु पनि बच्चौ, अरु लाई पनि बचाऊ! Corona घर मा,, गाडी मा Gatorade पिउ! H-TOWN homies, we gotta be careful…brothers in hand..thats wots up.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • chhantyal indra (usa)

      साजन भाइ,गल्ती तिम्रो नै भयकोले तिमिलाइ भाग्नुपर्नेभो,जुन परिवारले तीन ,तीन जना सदस्य गुमाउनु पर्यो यदि त्यो परिवार तिम्रो भयको भय तिमीले कस्तो fell
      garnu

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • sangam

      पहिलो कुरा त उसले गल्ति गरको हो. हामी अजै पनि उसके साथ् किन दिन्छु. एदी उसले रक्सि खाएर गाडी चलेएको हो र रेड लाइट क्रोस गरेर मान्छे मरेको हो भने ६० बर्सको सजाय केहि होइन. रक्सि खाएर गाडी चलाउनु उसको गल्ति हो. बिचार ३ जना महिलाहरुले ज्यान गुमाउनु पर्यो, उसको गल्ति ले. एक चोटी हामी हरु उनीहरुको तर्फबाट हेरौ त, उनीहरुको आमाबाबालाइ कति चोट पुगो होला. हो मलाई पनि माया लाग्छ नेपालीहरुको , तर तेसो भन्दै मा, जे पनि गर्ने नेपालीहरुको साथ् त दिनु भएन नि. नेपालमा जहाँ गएको भएपनि उसलाई पक्दिनु पर्छा र सजाय दिनु पर्छ. जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • यो घटना नजिकै भएको हुदा सारै दुख लाग्यो, दुवै मर्ने र उम्कने! म एती भन्छु कि उसको नराम्रो दसा लाग्या रहेछ! Accident मा ३ मरे, Underage प्राय:, Red light ma cross गरेर अर्का लाई हान्नु नै गल्ति हो… तर ति Underage ले seat belt ( Both front and rear) न लगाउनु नै माहा गल्ति हो,, तेस्माथी under 18 राती बाउ/आमा, relative संग हुनु पर्छ…. underage हरु राती, party(beverages) बाट फर्कने हरु कै 0.017 alc level थियो होला,,,,,,,, sajan लाई HPD(HOUSTON POLICE DEPT) ले तेसै जान दिएको होइन…… उनले मान्छे मार्ने गरि accident गरेको होइन….. दोसी DRUNK UNDERAGE/drunk driver नै थिए….. तेही भएर उनलाई जान दिएको हो….खतरा WRECK ३ जाना मर्ने गरि भयो……SAJAN भागे भागे, भागे कै कारण उनि मात्र दोसी देखिए…… SAJAN भाग्नु नै गल्ति हो….. बरु LAWYER लगाएर CASE helpful हुन्थियो….. गल्ति गरे! sajan काम बाट फर्केका, कुनै wild party bata फरकेका होइनन! ३ जना मरे अब उनकै गल्ति देखियो दुर्घटना बाट. दुर्घटना बाट आफु पनि बच्चौ, अरु लाई पनि बचाऊ! Corona घर मा, गाडी मा Gatorade पिउ! H-TOWN homies, we gotta be careful…brothers in hand..thats wots up.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 8

    • sanzil

      ज हुनु भै सक्यो अब बिचरालई किन सब जना ले नराम्रो भन्नु पर्यो र……ऊ जहाँ छ राम्रै संग बसोस, ६० वर्ष अमेरिका मा जेल मा बस्नु भन्दा त मित्र राष्ट्र मा गएर उतैको चितिजेंन भएर बस्नु नै राम्रो हो! बिन लादेन लै समात्न खोजेको त बर्सौ भै सक्यो अब ब्रो पनि बरु तेतैतिरा गएर बस्यो भने समत्दैना होला यार! ऑल द बेस्ट है…झुकेर नि समातिनु चै हुदैन सुजन ब्रो!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 13

    • Surya

      यदि गल्ति सुइकरेको भए सजाय निकै कम हुन्थ्यो, येस्मा सीट बेल्ट नलगाउनेहरुको पनि अलिक दोष छ, १ को मितुको २० वर्ष, ३ जनाको ६०. दुर्घंतानामा सीट बेल्ट नलगाएको कारणले धेरै को ज्यान गएको छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 14

    • Shawn

      गल्ति गर्यो भन्दैमा सबैले हेप्नु भएन हाम्रो साजन जी लै. जे भयो भयो उसले दुर्घटना गर्छु भनेर गाडी पक्कै पनि चलाएको होइन होला बिचरा को दिन खराब थियो त्यै भएर त्यस्तो भयो…. दुर्घटना भनेकै खराब समय र खराब दिन मा हुन्छा ६० वर्ष जेल मा US मा बस्नु भन्दा नेपाल मै गएर गलती को प्रयास्चित गर्नु राम्रो हुन्छा होला . उसलाई मैले प्रोत्साहन गरेको होइन तर हामीले अनि उसले ज भयो भयो अब एस्तो फेरी हुदैन होला भनेर लिनु पर्छा ……

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 10

    • Surya Prakash Rai

      यस्तो फता हरुलाइ ६० बर्स कम भो..मा भए त १०० बर्स जेल मा हाल्थिये

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 30

    • Maneesh Sharma

      अपराध अपराध नै हो , चाहे त्यो नेपाली होस् या अमेरिकन. अपराध गरेपछि सजाए पाउनै पर्छा भन्ने कुरा धेरै नेपालीहरुले बुझ्नु जरुरि पनि छ किन भने हामि दण्डहीनता अत्तिनै मौलाएको देश का मान्छे हौ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 9

    • के गर्नी त साथी हो ६० बर्स जेल बस्दा यो बीरानो देस मा को आउछ आफ्नु भने कसले हेछ केहि पर्दा यकालो जीवन कति दिन रोहिर बसनी नेपाल मा गयत आमा बुबा को साथमा आसु झारन त पाईछ अलिकति मनत हलुका हुछ यो देसमा सजाय काट्य पनि कस्कोलागी

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 15

    • Gtamu

      जोसुकै या जुनसुकै देशको किन नहोस गल्ती गर्नेले सजाय पाउनै पर्छ! यो घटनामा साजन गलत नहुने त शंकाइ देखिन्न! तिन जना हत्या पछीको जिन्दगि कस्तो होला यदि सधैको लागि लुकेर बस्न सफल भए पनि साजनको!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 8

    • Kiran pradhan, Sydney

      Drink driving is worst thing in foreign country. Trial of this case needs to be fair and democratic. And court decision is the last decision… And plz all people when u r in foreign country u r representing ur country so don’t act like our stupid leader. Always do right thing…,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 6

    • Raj,virginia

      के भन्नु ….गल्ति सबै बाट हुन्छ तर रक्सी खाएर अनि तेसै माथि एक जनाको होइन तिन तिन जनाको ज्यान गएको छ र आफ्नालाई आफ्नोको सधै माया हुन्छ चाहे त्यो नेपाली होस् वा बिदेशी …
      १ million खाएर नेपाली भाग्यो त्यो पनि अपराध नै हो तर त्यो बरु बच्न सक्छ तर यो यदी अपराध गरेको ठहरिएमा साएद साजन भागे पनि केहि समय को लागि लुक्न सक्छन तर सधाको लागि मलाई त्यति विश्वास लाग्दैन …..
      साथी भाई हो रक्सी खाने बानी छ र त्यसै माथि गाडी पनि हाक्ने बानी छ भने अलि ध्यान दिनु होला र एकपल्ट गहरिएर सोच्नु होला …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 1

    • kranti

      यस अघि चितवनका शिवलाल आचार्यले मोटर साइकललाइ हिर्काएर भाग्दा आजीवन काराबासको सजाय भोग्नु परेको त सबैलाइ थाहै छ | पछी उनले जेलमै आत्महत्या गर्न पुगे | उनि त मरेर गए तर उनको गल्तीले गर्दा उनको परिवारलाई सधै एउटा गहिरो क्षति त भैरहन्छ | दुर्घटना भैसकेपछि भाग्यो भने झन् बढी सजाय हुन्छ भन्ने जान्दा जान्दै पनि साजन ले अर्को ठुलो भुल गर्यो | भागेर नेपालमा त बच्न सकिएला, अमेरिकन सित त खोइ कति दिन पो भाग्न सकौला र ! कृपया अरु नेपालि दाजुभाईहरु, यी घटनाहरुबाट सचेत भएर यस्ता दुखद समाचारहरुमा नाम आउने काम नगर्नुहोला |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 3

    • साजन ले अमेरिका भएको नेपाली हरु को दैनिक जिबन मा समेत असर हुने कम गरेर फरार भयेछा एसले गर्दा भावी अकेरिकामा आउने नेपाली लै समेत ठुलो असर गरेको छ जसले गर्दा अमेरिकामा अब औना नेपाली लै विसा रोक्ने पनि धेरै सम्भाबवाना छ .. येस्मा सहि छानबिन हुनु पर्छा जसले पुरै गल्ति गरेमा कानुन नुसार करबि हुनु पर्छा ..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 17

    • दुख लाग्यो मलाई…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • nares

      ..साचै नै साजन भाग्यमानी हो र texas police को अज्ञानता को कारण आज उम्कन सफल भयो यसमा सरासर police को कमजोरी देखिन्छ..एउटा अचम्म ३ जनाको ज्यान जाने गरि कसैले दुर्घटना गरायो प्रहरी संगै गफ गरेर अमेरिका बाहिर गयो ..कतै यसमा साजनले नभएर मृतक हरुले त wrong सिग्नल क्रोस गरेका त थिएनन् ? नेपालमा जस्तो गल्ति जसको सुकै होस् दुर्घटनामा मान्छे मर्यो कि driver भाग्ने भएको त होइन ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • Sumkoi, Australia

      उसले एउता होइन टिन वटा अपराध गरिसक्यो. पहिला रक्सि खाएर कार चलाउनु हुँदैन थियो. दोस्रो रेड light र ग्रीन light पनि छुट्यौना नसक्ने अवस्था मा कार चलाएर रातो बत्ति मा accident गरे र तेस्रो त्यति ठुलो अपराध गरे र देश छोडी भाग्यो. त्यसो मान्छे ले ६० वर्षा को सजाए नपाए के पौछा त? अमेरिका जस्तो देश हरु मा त्यस्तो अपराधी लै सहयोग गर्ने वा उसको समर्थन मा बोल्ने हरुले पनि बढीमा २-४ वर्षा को सजाए पाउना सक्छन. नेपाली भन्दै मा जे गरे पनि समर्थन गर्नु पर्छा भन्ने कर छ र. राम्रो लै राम्रो नराम्रो लाई नराम्रो भन्न न सक्ने कमजोरी लाई सुधार्न प्रयास गरौ. उ दोषी हो उसले सजाय पाउनै पर्छा, बेकार मा किन टाउको दुखाइ रहको होला…अलि होश गरेर बोलाऊ हो…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    • raju

      गल्ति गरेको ले सजाए पाउनै पर्छ;; चाहे उ नेपाली होस् या अरु देस को ; कानुन सबै लाई लागु हुनु पर्छ ; हामी नेपाली आफ्नो पार्टी ले गरेको काम राम्रो , आफ्ना नेता ले बोले को बोलि नै ठिक भन्ने बानी जस्तै ;;;;; मानसिकता बोक्नु बेकार हो ; जडिया तेस्मा अनि ज्यानमारा पनि ? उसले सजाए को भागिदारी हुनु पर्छ , कुहिए को आलु ले अरु आलु पनि बिगार्छ भने जस्तै यस्ता व्यक्ति ले अरुलाई पनि बर्बाद पार्छन तेसै ले यस्तो मान्छे लाई सहनु भुटी दिनु बेकार हो ; अमेरिकन को ठाउँ मा तपाई को बहिनि बुडी छोरा छोरि परेको वाए के गर्नु हुन्थियो ? सो ज्यानमारा माथि साहनुभूति न राखनुस

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • kumar

      के गर्ने नेपाली को आफ्नो देशमा पनि बिजोग र बाहिर गयापानी बिजोग . भागेर नेपाल पुगे छ भनाइ काली बहादुर थाम संग कसरि पुलिस बाट बचाने भन्ने त्रैनिंग लिनु र मस्ती संग बस्नु. के गर्ने त ?

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • bijay shrestha

      क ति नेपाली हरु मात्र मारुन त, है न साथी हो…………………………….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 28

    • binod stha

      यदि त्यो दुर्घटनामा साजन मरेको भए के हुन्थ्यो, यौता गरिब नेपाली भनेर कैसे डिसमिस हुन्थ्यो, धन्न पक्राउ परेन आनन्द. आब जेन टेन गरेर नेपाल तिर आएर ५-७ महिना लुके आनन्द. पहिला पनि अमेरिका मा नेपाली बिद्यार्थी लै गोलि ठोकेर मरे , खोइ क भो, केहि न केहि, गल्ति भो साजन बाट क हि छैन, तेह पक्राउ परेर ६० वर्ष जेल बस्नु भन्दा त नेपाल आएर लुख्यो बस्यो खल्लास.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 79

      • mahesh

        मेरो साजन भाई प्रति पूरा सहानुभूति छ. तर उनले तिन वटा गल्ती गरेकी हुन. रक्सी पिएर गाडी चलाउनु, रेड सिग्नल क्रस गर्नु(यो मात्रै पनी dangerous driving भनेर प्रमाणित गर्न काफी हुन्छ) र भाग्नु. यो लापर्बाही को कारण ले भएको हो. डॉ. शिव लाल आचार्य को केश बाट शिक्षा लिन नसकेका अमेरिका बस्ने नेपाली साथी हरु हो, यो केश बाट पूरा पुर शिक्षा लिऔ र होसियारी अपनाउनु होला. आसा गरौ, यो अंतिम समाचार होस.

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

      • kumar

        बिनोद,
        नेपाली लै अर्का देश मा गयर तेहको सिस्टमलै मान्न जान्नु पर्यो. हाम्रो देश को जस्तो जंगली सिस्टम अरु देशमा लड्नु भयननि . कसो ?

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Sorga

      अमेरिका को संसार मा लाइसेन्स बिना केहि पनि हुदैन ,, यहि हो वेस्टर्न वोर्ल्ड को कहानी !!!! मेरो विचार मा legal लिमिट ०.०० हुनु पर्चा ;; अनि ६० वर्ष सजाय चै अलि बढी न्ने गफ हो ,, अमेरिका मा कैदी लै पाल्नु परेर सरकार नै डुब्न लागि सक्यो ,, तर कानुन चै कहिले कहिँ गोरा छाला र कला छाला लै चै फरक हुन सक्छ तसेइलय तप दिनु पनि ठिकै हो ,, तर जिन्दगि चै बर्बाद वो बिचारको जुन्दगी बन उ नु खोज्द vai को , गल्ति कसको vagban ले नै जानुन ,,zero tolerance Law for Drinking and driving !!!! will help to prevent accident

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 7

    • Bardan

      गल्ति भनेको गल्ति नै हो चाहे त्यो गल्ति जो कोहि ले नै गरेको किन नहोश / नेपाली भन्दै मा हामी नेपालीको गल्ति लुकौन्न हुदैन/ साजन ले ठुलो गल्ति त गरि सके अब झन् भागेर अर्को ठुलो गल्ति गर्दै छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 6

    • sunita

      गल्ति भो तर सीट बेल्ट नलाउने को नि गल्ति हुन्छ नि त.तर भाग्नु गल्ति हो तर के गर्नु अब कानुन ले ६० वर्ष को सजाए दिने भए पछि एकपल्ट फुत्किने कोसिस गरेको भन्नु पर्छ.अब अमेरिकन भा केहि कन्सिदर हुन्छ होला तर गरिब राष्ट्र को नागरिक पर्यो.गाडी चलाउँदा गरेको गल्ति लै सबैले अरु गल्ति गर्या जस्तो सजाए पाउनै पर्छ भन्ने हुन्न किनकि कहिले कहीं तेसै भवितव्य परेर नि दुर्घटना हुन्छ.मेरो नि येस्तई भएर बिदेशमा अर्कोले गाडी ले हान्दा पनि म एसियन भाको ले गर्दा हेपिएर मैले नै सबै खर्च बेहोर्नु परेर टाट पल्टेको छु .मेरो गल्ति सिर्फ गाडी चलाउनु थियो.तेसकारण कुरा बुझ्नु जरुरि छ .यो भाइ ले चाहिं रक्सि खाएर चलाएको ले सजाए पक्कै भोग्नु पर्छ तर गल्ति स्विकारेमा र आत्मसमर्पण गरेमा सजाए कम दिने ब्यबस्था नि हुनु पर्छा तर अमेरिकामा अमेरिकन लै तेस्तो होला नेपाली लै त खत्तम.जिन्दगि डुब्यो बाबु.अब बिन लादेन बन सके.
      म विदेश मा गल्ति नगर्दा नि सजाए को भागीदार बनाउने र हामी एसियन लै हेप्ने प्रबिर्ती को सिकार भाको मान्छे हुँदा येस्प्रती नि येसो सबै साथीहरुलाई कमेन्ट पठाउन अगाडी विचार पुर्याउन अनुरोध छ\

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 42

    • zem

      एउटा कानुन को student को नाताले मा साजन ले रक्सि नाखायाको भय पनि फरार हुन खोजेको छ भने उसलाई कडा सजाय हुनुपर्छा हैन भने भाबिताब्या हो भने कानुन अदालत छदै छ किन भाग्ने !! दोसी लै कानुनको दयारा मा ल्याएर कारबाही गर्नु पर्छा दोसी छैन भने छुट्ने छ अमेरिका को अदालत हाम्रो जस्तो घुस पैठ मा चल्दैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 7

    • Purushottam Banjara

      कार्यबाहि जरुर हुनुपर्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 9

    • उसले गल्ति गरे अनुसार को सजाय पाउनु नै राम्रो होला जस्तो लाग्छा मलाई त………………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 5

    • rajesh

      अपराधी को कुनै जात हुदैन न त अपराधी हितकारी नै हुन्छ समाज अनि राष्ट्र लाई . तेसैले यस्ता अपराधी लाई नेपाली रहिछ भनेर सहानुभूति दिनी बेकार हुन्छ किन भने हाम्रै देशमा जेलभित्र कोचिएका अरु नेपाली अपराधी होइनन र ? तेसो भए तिनलाई पनि जेल मुक्त गरु भने जस्तो त गर्नु भएन नि . जे होस् मानबता भन्दा रु केहि ठुलो नाता छैन तेसैले ति तिन जना मानबको हत्या गर्ने अपराधीलाई कुनै हालतमा छोड्नु हुदैन . अझ यसरी उम्किने मौका पाए झन् यस्तो अपराधिक कम गर्न हौसिन सक्छ . तेसैले बेलैमा होसियार रहन पनि यस्ता लाई जेल मा कोच्नु पर्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 4

    • Netra Aryal

      दुख लाग्दो समाचार रहेछा! म त भन्छु, त्यो भाई ले गल्ति त गर्यो, तर ६० वर्ष को सजाय भोग्नु भनेको त मिर्तु दण्ड जस्तै हो. त्यो भाई पक्राउ न प रोस. मेरो शुब कामना. र अरु नेपाली दाजु भाई हरु , गाडी चलाउदा सचेत हुनु पर्यो खैरे को कानुन त कडा छ है !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 64

      • shshank

        मर्नेहरुमा आफ्नो छोरिहरु परेको भए नि? रक्सि पियुने तेय्यो, मर्ने अरु? drink driving गर्नेहरुलाई त जे सजाए पनि कम हुन्छ/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 2

    • suj

      साजन जी
      गल्ति गरि हाल्नु भयो /
      तपाइँ को समय खराब रहेछ /
      अब अलि कति गेटअप परिवर्तन गरि केहि समय को लागि नेपाल को कुनै अनकन्टार ठाउँ मा गएर लुक्नुस /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 60

    • jasmin thapa

      यो अति दुखत समाचार हो. तर उसले गल्ति गरेको रहेछा. उसको गाडी ले तपाई हर्म्रो गाडी लाइ हेनेको भए ?एस पाली हामी नपरे पनि फेरी येसरी गाडी चलाउदा हामी पर्न पनि सक्छोउ नि ? हामी हो या अरु कोहि ,एस्तो दुर्घटना मा मर्नु भएँ नि, एस्तो गलत कम को सजाय पाउनु पर्छ. साथी हो हामी पनि नियेम कानुन नामिची बच्ने प्रयास गरौ है.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • अमेरिकामा मादक पदार्थ सेवन गरि सवारी चलाउनु भनेको काल निम्त्याउनु हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 3

    • shreesh thapa

      यो घटना सत्य र सहि हो भने कानुन बमोजिम कारबाही गर्नु जरुरि छ चाहे नेपाली होश जो कोहि ………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 4

    • shristi shah

      जे भयो दुवै पक्छ्य को लागि एकदम नराम्रो भयो.दिन भनेको बाजा बजाएर औदैना भनेको येही हो/क गर्नु जानी जानी त कसले गल्ति गर्छ र तर नजानेरै भएपनि गल्ति त भैसक्यो आफ्न गल्ति कबुल गरे नै बरु सजाए अलि कम हुने थ्यो कि????उता ३ ३ जना छोरि गुमाउने लाइ कस्तो पिडा भएको होला यता आफ्नै दाजु भै पर्ने एक नेपाली ले कस्तो सजाए पौने हुन् भन्ने अनि जीवन बर्बाद हुने दर हरे दैब एस्तो चाहि कसैलाई नपरोस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

      • shshank

        “नजानेरै भएपनि गल्ति” भनेको के हो? रक्सि पिएपछि गाडी चलाउन हुदैन भन्ने पनि थाहा हुदैन, त्यो पनि अमेरिकामा बसेपछि?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 1

    • nikhil

      हुन्न हजुर हुन्न नेपाली को छोरो ,गोर्के को रगत कही गए पनि सुद्रिन |अनि त्यो अमेरिका को नियम पनि अच्चम को रहेछ ,कम्तिमा पुलिस को निगरानी मा त राख्नु पर्छनि ,अब त्यो अपराधी लाई खोज्नु भनेको “हातको मुसो फुत्खाई दुला मा हात”भनेजस्तो हो ,बेकार छ effort use गर्नु |फेरी हामी नेपाली पनि आरु लाई पर्दा केहि झैँ मान्दैनौ ,आनी तेही आफ्नो परिवार मा पर्न गयो भनि भाला लिएर हिड्छौ,येसैलाई भंचन “अरुलाई पर्यो हसियो ,आफुलाई पर्यो नासियो “| यो बाजे बराजु को पाला देखि नै लडाई ,काटमार गर्न सिपालु हुन गोर्के हरु ,तेश लाई अहिले हामि युवा पुस्ता लह बहादुरी को संज्ञा दिएका छौ तर बस्ताब मा हाम्रो रगत र विचार हाम्रा पुर्खा हरु बाट नै बिग्रिएको हो जसले पाच सय भारु मा kukuri लेह मान्छे को टाउको चिदौदथियो र ,अहिले पनि तेही रगत हामी नेपाली मा घुमेको छ ,हामी कुनै कुरा लाई पनि धिर्गकालिन रूप मा लिन सोच्न सक्दैनौ ,झट्ट रिसैहाल्चौ | कतिपय साथि हरु लाई मेरो कुरा बाट चित्त दुक्ला तर कुरा येही नै सत्य हो नेपाली हरु पहिला पनि मान्छे मार्न आगाडी हुन (भीमसेन थापा ,भल्वाद्र कुवर etc जसलाई हामी सहिद भनेर भन्छौ)र अहिले पनि मान्छे मार्न नै आगाडी छौ |

      निकिल जापान

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 26

    • Drona paudel

      नेपाली ले ६० वर्ष सजाए पहुनु भएन नेपाली को सपोर्ट गरु न साथी भाइ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 77

      • madan bajracharya

        द्रोण जी
        गर्न सकिंदैन/ उहाँले अपराध गरेकै हो/ पहेंलो बतिमा क्रस गर्न पाउने भएर कम से कम ५०० मिटर पर बाटै उसको क्याम्री गाडी ६० मईल प्रति घण्टा भन्दा बढी कुदायी लगेको देखिन्छ/ जव कि पहेलो बती बल्दा मात्र बढीमा १०० मिटर पर भएको गाडी मात्रै क्रश गर्न मुस्किलले सकिन्छ/ उसको कार क्याम्रिको हालत देख्दात उसले ती मारिएको केटीहरु चढेको गाडी फोदेरै गाडी भित्रको केटीहरुलाई किच्चायी मारेको देखिन्छ/ यो उसको माफ गर्न नसकिने अपराध नै हो/ उ भाग्न लुक्न सक्दियन मित्र/ अमेरिकी अदालतले इन्टरपोल लगाएर भए पनि समात्छ/ नभए अमेरिकी कानुन अनुशार नेपालकै अदालतमा मुद्दा गर्नेछ/ नेपालको मै कार्येरत भएको कम्पनीले ले पनि बिदेसी अदालतमा नेपाली कानुन अनुशार हुने गरिने गरि लण्डनमा अस्ट्रिया मा मुद्दा लडेको उदाहरण हरु छन्/ उ बच्न सक्दैन/ बच्नु पनि हुँदैन/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • skduwal

      हैन, नेपालीहरु किन नकारात्मक सोच मात्र दिमागमा ल्याउँछ, कति नै आफैले सबै थाहा पाए जस्तो…! अनि Gyan भने चारोले पनि के भन खोजेको हो त्यो उसलाई नै थाहा होला सायद, तर नेपाल बाट युरोप अमेरिका पढ्न जाने प्राय: नेता तथा भ्रष्ट उच्चपदस्थ कर्मचारीहरुका छोराछोरीहरु मात्र जान सक्छ भने कुरा सुन्दा यात उ पनि त्यहि क्यतागरिको हुनु होला यात नेपाली नै हैन..!. कुनै पनि कुराको जानकारी नै न लिई जे पायो त्यहि लेख्नु मुर्खता हो. नेपालका धेरै जसो युबाहरु किन विदेशिए…? त्यसको बारेमा सोचेको छ कहिले..? अनि अमेरिका जाने उच्चपदस्थ कर्मचारीहरुका छोराछोरीहरु मात्र हैन अहिले यहाँ, आफ्नो घरबार बेची पनि आफ्नो छोराछोरीलाइ नेपाल जस्तो घिनौना राजनीति बाट टाढा पठाई त्यसको भविष्य राम्रो होस् भन् चाहन्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 2

    • गलती नगरे को भए किन बह्ग्नु नी साजन तिमिल्सिना रक्सी पेयेर रेड सिग्नल क्रस गर्दा पनि गल्ति हुदैन र १६ घण्टा दुटी गरे को मान्छे रेस्ट न गरेर किन द्रिविंग गर्छा नी तेस मा पनि अमेरिका बाट नेपाल भागी सक्यो भने सानो तिनो मान्छे को छोरा होइन साजन, नेता बाउ को पैसा उदौना गए को थयो होला बिचरा.यस्ता फटाहरु लै छोड्न हुदैन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 4

    • Nawang NYC

      what a shame!!! he should be arrested from wherever he is and should be punished 60 yrs in Jail would be a good punishment for him..may all the departed soul R.I.P.Texas ka keta haruley Nepal ko nam dherai badnam garna thaley. Go and check the comments on chron.com now the Americans think bad about Nepal and also compares us with Pakistanis and Afghanis.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 0

    • यो समाचार बाट सबैले सिक्नु पर्ने एउटा कुरा : मादक पदार्थ सेवन गरेर सवारी कहिले पनि नचलाऊ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 0

    • Ajneya

      कुरा गहन हो । साजन को blood alcohol कानुन ले तोकेको भन्दा माथि रहेको यथार्थ प्रमाणित भाईसकेको छ । तेसैले यो कानुन को नजर मा उु दोसी हो । तर आर्को तर्फ बाट यसो सोची हेरौन । एउटा FORD SUV मा ५ जना को सिट मा कसरी सात जना यात्रा गर्दै थिय ? कसरी सात जना SUV का यात्री मधे कसैले पनि BELT नलगायको,DRIVER ले समेट ? TEXAS मा belt नलगाउनु भनेको पनि कानुनी अपराध नै हो ? अनी SUV मा भयकाको blood अल्कोहोल रिपोर्ट खोइ जबकी उनिहरु पनि party बाट नै फर्केको रिपोर्ट छ ?
      कतै यो एक सोजो बेक्ती फसाउने षड्यन्त्र त हैन ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 16

      • bhami

        यो फोर्ड expedition हो साथी / ९ जना अटाउने गरि बनेको . so please do your research before posting your idiotic comments.

        the guy got drunk and killed innocent people. pure and simple.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 3

      • sanu

        अन्जेया..
        ९ जना अटाउने गाडी हो हउ..फेरी १२-१३ र १७ वर्षका केटा केटी मरेका छन् …के कुरा गरेको तपैले..

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • himalee

      हाम्रो देशको दण्डहीनता प्रभाब प्रबाशी नेपाली बन्धु हरु मा प्रशस्त पाइने गरेको एउटा ज्वलन्त उधाहरण हो यो /
      हो हामी आफ्नो देशमा कानून मिच्नुलाइ पुरुषार्थ ठान्छौ,
      किनकी समाजले पनि त्येस्तो कानुन मिच्ने व्यक्तिलाई नै ठुलो मान्छे भनेर चिन्ने गर्छ ,
      कानून मिच्ने लाइ पहुचवाला भनेर बुझ्छ,
      कानून मिच्नेलाई ह्याउ भएको आटिलो भनेर भन्छ
      अनि विदेश तिर पनि त्येस्तै मानसिकता लिएर जादा यस्तो प्रकारको गल्ति हुनु स्वाभाविक नै हो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

    • बिचरा कस्तो धेरै वर्ष सजाए पुलिस ले छोप्न नसकोस येही छ कामना तिमिल्सिना भाई ……………..!!!!!!!!!!! अब बाट एस्तो काम नहोस !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 39

    • bikash sharma

      मर. उत्तम बाबु, अभियोग भन्ने होइन, चालक अपराधि हो र कारबाही हुनुपर्छा.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 6

    • lali tamang

      आनुसन्धन गरेर यदि यो घटना साचो हो भने छोड्नु हुदैन जहाँ भए नि सजाय दिनु नै पर्छे !मदिरा पिएर चलाउनु अनि रेड बती बलेको बेला चलाउनु त्यो त टपिक नियम लाइ समेत पालना नगरेको भयो !यदि उसलाई छोड दियो भने येस्तो घटना फेरी पनि गर्न सक्छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0

    • Naveen thapa

      सजायदिनु पर्छ ओवर स्मार्ट भएर गाडी चलाउनेलाइ छोड्नु हुदैन यदि
      छोडदियो एस्तो घटना फेरी पनि घट्न सक्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

    • bhaskar,va

      watch this
      http://www.39online.com/news/local/kiah-suspect-charged-in-crash-flees-country-story,0,7479616.story

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Sonny

      https://www.facebook.com/profile.php?id=743508860&ref=सेअर्च
      उसको facebook profile …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • नेपाली भएको नाता ले भागेको पनि ठिकै लग्यो तर आपराध गर्नी लै कारबाही गर्नु पनि जरुरि छ. यो खबर पढ्दा दुख लग्यो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • raja

      एदी अल्कोहोल पियर गाडी चलायर रेड lightma पनि गाडी नरोकी ३ किसोरिओ ज्यान लियको भय नियम अनुसार कावाही हुनु पर्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 1

    • bal ram

      धेरै नराम्रो भएछ , दुर्घटना मा मारिने american हरु र दुर्घटना गर्ने नेपाली ( साजन) को भाग्य बिग्रिएको रहेछ / मर्ने मरिहाले, उज्ज्वल भविष्य बनाउन अमेरिका गएको युवा को पनि बिचाल्लिनै भयो / अब कति सम्म भाग्ने इन्टरपोल बाट बचेर बस्न सजिलो छैन र भागेरै बस्न सक्यो भने पनि जिन्दगि त अन्धकार भयो नि!!
      एक बर्ष पहिले पनि एक नेपाली डाक्टर शिब आचार्य ले गाडी दुर्घटना गरेर भाग्दा अमेरिकन पुलिसले जंगल बाट हेलिकप्टर द्वारा खोजेर जेल हाल्यो पछी उनले जेल भित्रै आत्महत्या गरे . यहाँ सारै नियम कडा छ दुर्घटना गरेर भाग्न त हुदै हुन्न.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 0

    • suresh

      का भागे पनि केहि हुने वाला छैन! एस्तो अपराधी लाई जिन्दगिभर जेल मा जाक्नु पर्छ, नेपाली होस् कि गैर नेपाली!! ति अबोध किरोरीको के गल्ति थियो र? अमेरिकन सरकार ले पानीमुनि गए पानी समाई हाल्छ!!

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • Gyan

      युरोप अमेरिका पढ्न जाने प्राय: नेता तथा भ्रष्ट उच्चपदस्थ कर्मचारीहरुका छोराछोरीहरु मात्र जान सक्छ / किनभने उनीहरुले भ्रस्टाचार गरेर प्रसस्त सम्पति कमाई सकेको हुन्छ / यिनीहरु यस्तो बर्ग हुन् कि उनीहरुको खुट्टा भुइमा टेकेको हुदैन / साजन तिमिल्सिना पनि पक्कै त्यहि बर्गको हुनु पर्छ / किनभने रातारात नेपाल भाग्नलाई पैसा कहाँ बाट आउँछ /
      सुख्खा तलबमा बाच्ने कर्मचारीहरु र हामीजस्तो सर्बसाधारणको छोरा छोरीले नेपालमा जस्तोसुकै राम्रो अङ्क ल्यायर उतिर्ण भए पनि आर्थिक अभाबले विदेश पढाउन पठाउन सक्दैन /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 110

      • Sonny

        ज्ञानजी हजूरको ज्ञान त एकदम नै कम रहेछ…. विदेशमा आउने कतिपय मान्छे हरु घर जग्गा बेचेर ऋण मा चुर्लुम्म डुबेर आउनेहरु पनि धेरै छन्….. सबै नेता र घुसियाको छोरा छोरी छैनन्…..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 5

      • Fulmaya bakhurel

        यो ज्ञान भन्ने मान्छे पागल रहेछा एसको कुरा प्रचण्ड को भिजिलंते सुकिला वर्ग भन्ने सब्द संग मेल खायो. मा पनि औता गरिब परिवार मा नै हुर्केको मान्छे हु. मा आइले अमेरिका छु अनि मैले धेरै जसो अमेरिका आउने मान्छे मा जस्तै घर मा ऋण गरेर आएको देखेको छु. यी ज्ञान जस्ता पागल नेपाली हरु नेपाल मा आजै जिउदै भएको ले गर्दा देश मा समानता आउन नसकेको हो.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 15

      • sanu

        naam gyan ani kura kina yesto murkha jasto…???

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

        • Ram

          सोनी, फुलमाया तथा सानुजी, ज्ञानजीको “प्राय:” शब्द भित्र घरजग्गा बिक्रि वा बन्धक राखेर, ऋण लिएर गएका, डिभी परेका, उद्ध्योग ब्यापारी सबै पर्छन / सुख्खा तलबमा बाच्ने कर्मचारीहरु तथा हामीजस्तो सर्बसाधारणको घरमा न त कम्प्युटर-इन्टरनेट हुन्छ, न त रंगिन टिभी नै हुन्छ / हुने खानेहरुले कम्प्युटरमा किबोर्ड थिचेर मन नपरे रातोमा भोट गर्दैमा सत्य कुरा कुरा त लुक्दैन नि /

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 12

          • sanu

            राम बाबु ,
            तपाईमा इलम छ भने नेपालमा मास्टर्स गर्नुस …अनि यहाँ Phd वा फेरी मास्टर्स लाई apply गर्नुस. प्राय नेपाल बाट आउने धेरैको Phd र मास्टर्समा फीस माफ हुन्छ साथै १२००-२२०० महिनाको तलब नि हुन्छ…यहाँ महिना को १००० ले मज्जैले पुग्छ , त्यसो भए नेपालबाट आउदा टिकटको ऋण नि तिर्न सकियो होइन र ? हो ऋण लिन सक्ने bachelors मै आउलान तर ..ति मध्ये पनि कोइ धनि, कोइ मध्यम , कोइ निच्च मध्यम नि छन्. न सक्ने मास्टर्स गरेर आएका छन् . मास्टर्स गर्यो एक वर्ष काम गरेर टिकटको पैसा जम्मा गर्यो/ ऋण लियो . यहाँ आएर तिर्यो . अब पढ्ने बेला टायर बल्न जानु भो होला…कान मा मुन्द्री लगाई हिड्नु भो होला ..क्लास मा आरु पढ्दा “ह्या पढ्न त झुर लाग्छ” भनियो होला..अब किन आरु लाई दोष..इलम छ भने सम्भावना प्रसस्त छ ..इलम छैन भने कराउदै ..नेपाल बन्द गर्दै ..तिरे बाल्दै हिड्ने ..अनि प्रगति गर्ने लाई दोषी देख्ने …सजिलो छ है…

            मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • के को मारेको अभियोग नी … मारेकै हो नी … मादक पदार्थ पियर सवारी चलाउनु हुन्न भन्ने कुराको अमेरिकामा बसेर पनि ज्ञान हुँदा हुदै लापरबाही ले बिचरा खाऊ/खाऊ लाऊ/लाऊ भन्ने उमेरका teenage का केटा केटि मारेर भाग्यो … नेपाली होस् कि बिदेसी, कसैलाई पनि अर्काको ज्यान लिने अधिकार छैन …
      मृतक आत्मा ले सान्ति पाउन र मृतकका परिवारलाई मेरो हृदय देखि समबेदना …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 84 Thumb down 1

      • Jillabashi Baburam

        Absolutely Siddi jee,
        चाहे चिट्ठाको पैसा चोरेर भाग्ने हुन् या रक्सी धोकेर लापरबाही गाडी चलाएर अरुको ज्यान लिने हुन्,
        दुवै अपराधी हुन आ आफ्नो खालका,
        यिनी हरुलाई कानून बमोजिम करबाही हुनु पर्छ!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

      • Vosus

        What about the mistake of the girls in the SUV Mr. Siddhi. Using seat belt while in the moving vehicle is also a law in US and the ones who got killed also did not follow the law. All the people commenting over here need to understand this fact. I am not speaking in favor of the alleged here. No one has the right to kill people just because they are driving under the influence. However, In this case. both parties are equally liable for their mistakes. Wearing seat belts would have saved their lives. Just letting everyone know. Use you seat belts people.

        Vosus

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Binod

      येस्तै हो नेपाली को पारा जहाँ गएपनि. नेपाल मा १७००० तिरे पछि मान्छे मारे पनि फरक पर्दैन तर यो त US हो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 2

    • suraj ghimire

      ख्याल गरेर चलूनुपर्थ्यो नि त… k गर्ने aba

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • saurav

      रक्सि खाएर गाडी चलाउने र दुर्घटनामा परि अरुको हत्या गर्नेलाइ सके सम्म कडा सजाय हुनुपर्छ . बिचरा नेपाली परेछ, वा साचै काम गरेर थाकेको रहेछ भनेर दोषीप्रति कुनै माया दर्शाउनु मुर्खता हो.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • very bad news!! रक्सि सेवन गरेर आफ्नो व्यक्तित्य को बिनास नगरौ~!~

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

    • Tika Nepal

      ड्रिंक एंड ड्राइभ केस यु एस ए मा कडा छ भनेर थाहा हुँदा हुँदै पनि किन साथीहरु केयरलेस गर्छन. खै के भन्ने, तीन जनाको सित्तैमा ज्यान गयो. गल्ति आफ्नै मान्छेको.
      ड्राइभ सेफ गाइज…………….लिभ एंड लेट पिपुल लिभ सेफ्ली.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0

    • p r baral

      नेपाली हरु किन यसरि जहाँ गए पनि आफ्नो इज्जोत फाल्ने काम गर्छन .एउटाले गर्दा सबै नेपालीको नकारात्मक संदेश जान दिनु हुदैन ,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • Ram singh

      नेपाल जस्तै सम्झेर पिएर गाडी चलायो अर्का को ज्यान लियो/ मृत ब्येक्तिहरुको आत्मा ले शान्ति पाओस तर मार्नेको आत्मा ले चाही अबस्य शान्ति पाउने छैन/ ज्यानमारालाई त ६० बर्ष पनि कमै भो सजाय/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • o my god …..what a sad news ?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • Hillman, Myagdi

      हामी नेपाली संसारको कुनै कुनामा गएर बसे पनी चेत्दैनौ र अरु बाट पनी सिक्दैनौ! सक्दो कानुनको उलंघन गर्नु, उपहास गर्नु र छल कपट र झुठको साहरामा कानुन मिच्नु हाम्रो नेपालीको नजीर भै सक्यो!

      अमेरिका र युरोपमा मादक पदार्थ पिएर सवारी साधन चलाउन कानुनत बर्जित छ! र सजाय पनी भारी छ! गत वर्ष काठमांडूमा पनी कुनै उच्च प्रहरी अधिकृतका सन्तानले मादक पदार्थ पीई सवारी चलाउदा थुप्रै मान्छे मारेको थियो! उ त् तेतिनै खेर ज्यान मारे पनी पैसा, हैकम र भनसुनको भरमा कानुन बाट उम्कियो होला!

      मादक पदार्थ पिएर सवारी साधन चलाउनु भन्दा पनी तीन तीन जना नाबालकहरु जसले जीवनमा धेरै गर्नु पर्नेको यसरी प्राण पखेरु लिनु ठुलो अपराध हो! यस्तो अपराधीले जती झुठ बोले पनी संसारको कुनै कुनामा लुके पनी सख्त सजाय पाउनु पर्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

    • kabibar Adhikari

      ए राता मकै !! के हो यस्तो ! यस्तो नगरन हो नेपाली भाई हरु

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Pramod Lamichhane

      दुख लाग्दो समाचार रहेछा! म त भन्छु, त्यो भाई ले गल्ति त गर्यो, तर ६० वर्ष को सजाय भोग्नु भनेको त मिर्तु दण्ड जस्तै हो. त्यो भाई पक्राउ न प रोस. मेरो शुब कामना. र अरु नेपाली दाजु भाई हरु , गाडी चलाउदा सचेत हुनु पर्यो खैरे को कानुन त कडा छ है !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 48

      • suresh

        के “पक्राउ न प रोस. मेरो शुब कामना” भन्छ यो मान्छे…..तेस्लाई ६० वर्ष पनि कम भो!! नेपाली न सेपली तेस अपराधी लै कडा भन्दा कडा संजय हुनुपर्छ! US ले पनि मुनि गए पनिं छोदैना तेस्लाई!!!

        मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • shiva thapa (japan)

      दुख को कुरो

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • hari gopal

      यो त जो सुकै लाई पनि हुन सक्छ. ५ सेकेन्ड को कुरा त हो. बिचरा लाई आनन्द ले भाग्न दिउन हो. कति कुरा साचो हो भन्ने नै थाहा छैन हामीलाई. रगत टेस्ट मा चाही रक्सि को मात्रा कानुन ले दिने भन्दा कम छ रे. भने पछि किन एस्तो बबाल .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 34

      • Sonny

        रक्सीको मात्रा कम होइन बढी छ, अझ दोब्बर छ (legal limit ०.०८ र उसको रगतमा पायिएको मात्रा ०.१६)

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • himalee

        हरिजी ,

        रगतमा अल्कोहल को मात्रा को बारेमा फेरी एक पटक दोहोराएर पढ्नु होला

        # कानूनले दिएको मात्रा : : ०.०८ % वा सो भन्दा कम
        # साजनको रगतमा पाइएको मात्रा : ०.१६२ %

        भन्नाले :कानून ले दिएको भन्दा दुइगुना बढी रगतमा अल्कोहल देखिएको

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Kanchha

      नेपाली ले नाम कमाउने भए अपराधीको रुपमा अमेरिकामा. साथीले नेपालमा जस्तै सोचेकोहोला जे गरे पनि हुने. उ ज्यान मार अपराधी हो. उसैको कारणले तीन जना निर्दोस किसोरी को ज्यान गयो.

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • hari gopal

      एस्तो कुरा किन लेख्नु पर्यो. थाहा पाउने ले पाई हल्चन. बिचरा लाई यसै टेन्सन भै राको होला.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 25

    • He should hang and stoned to till death he is bloody criminal either He is Nepali or an American.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 25

    • amit

      कुरो बुझिएन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 11

    • madan bajracharya

      बडो दुखद समाचार सुन्नु पर्यो/ अमेरिकामा बिधि र कानुन बडो कठोर छ/ कानुन मिचेमा कुनै हालतमा कसैले केहि गर्ने सक्दैन/ कानुनन जे सजाए तोकिएको छ भोग्नै पर्ने हुन्छ/ जानी नजानी कसैले कुनै खराव काम गरेमा बा कहीं कतै रक्सि पिएर गाडी चलायेको कारण जिउ ज्यान जाने घटना नाघतेमा पनि, कसैलाई कुट पिट गरेको आरोप लागेमा पनि त्यो व्यक्ति ‘फेलोनी” अर्हात अपाराधिक प्रविधिको भनि उसको रिकर्द्मा लेखिन्छ/ कुनै पनि व्यक्तिको विवरण कसैले पनि इन्टर नेटमा हेर्न सकिन्छ/ अनि तेस्तो व्यक्तिले जति सुकै योग्य भए पनि कहीं कतै काम पाउन्दैनन/ टेक्सासमा रक्सि बियेर पिएर गाडी पिएर गाडी चलाउन पाउँदैन भनि सबै लाई थाह छ/ तैपनि ……/

      टेक्सासमा बायाँ खुट्टा नभएको व्यक्ति घुम फिर गर्न सक्छन काम गर्न सक्छन तर गाडी नभएको व्यक्ति पुरा पंगु अपांग जस्तै घर भित्रै कैदी हुन्छन/ प्रत्यक पारिबारको सदस्यको आफ्नै जुत्ता हुनु पर्ने भने जस्तै सबैको आफनी गाडी हुनु पर्छ/ यसै कारण गाडी नै गाडीको सहर भने पनि हुन्छ/ यसै कारण हुन् सक्ने दुर्घटनालाई लिएर गाडी चलाउँदा रक्सि खान नपाउने गरिएको हो/ तर प्रायस नेपालीहरु टेक्सासको सडक लाई हितौंडा मुग्लिम को सडक ठान्छन/ रक्सि घोकेरै गाडी चलाई रहेको हुन्छ/ तिमिल्सिना जी ले हरियो बती लाई रातो ठानेर गाडी चलाएको भनेको सरासर झुठ हो/ याहाँ ट्राफिक लाईट पहिला हरियो पछी पहेंलो बल्छ अनि रातो बाल्ने गर्छ/ रातो लाई हरियो कसैले देख्छ भने उ बेहोसीमा गाडी चलाई रहेको प्रमाणित हुन्छ/ पकदियेमा यो जुनी मात्रै होयिन अर्को जुनी पनि जेलमै बित्छ/ खैर भागि सकेको रहेछ …../

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • Rowan

      धेरै नराम्रो भएछ…. …..

      http://www.khou.com/news/Driver-charged-in-crash-that-killed-3-Houston-teens-98331349.html

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Aashish

      अब केटाको जिन्दगी बर्बाद हुने वयो एक त रातो बत्ती अर्को मदिरा सेवान गरेर अझ दुर्घटना अनी मान्छेको मृत्‍यु अमेरिकन सरकारले कुनै हालतमा उस्लाई माफि दिदैन तर केटीहरुले सिट बेल्ट लगाएको वये तेती मृत्‍यु हुने थिएन कि साह्रै दुक्ख लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • अर्जुन

      उनलाई प्रहरीले पक्राउ आदेश जारी गरेको छ। उनी दुर्घटना भएको दिन वा भोलिपल्ट नै कतार हुँदै नेपाल भागिसकेको अनुमान प्रहरीले गरेको छ। यो अन्तिमको लाईन र माथिको समाचार लाईन मिलेन जस्तो लाग्यो। उनी भागी सके वा पुलिस कहा छन् भन्ने कुरा बुझिएन्
      जे होस साह्रै दुखद समाचार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arprkan

      नेपालीको नाम राखेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • जे भो नराम्रो भो , तर मैले कुरा बुजिना उनि नेपाल भागी सकेको भए उनको रगत टेस्ट कसरि भयो त …अमेरिका मा दुर्घटना भैसके पछि आज जौ भोलि अर्रेस्ट गरुला भनेर पुलिस ले पक्कै भनेन होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • sabik

      निर्दोसले सजाय नापवास,दोसी लै जुन्देस को कानुन भय पनि कडा भन्दा कडा सजाय पवास,मिर्तक किशोरी, हरु पर्ती हार्दिक समबेदना,

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • neetu

      नेपालमा भए सायद उम्किन सक्थ्यो होला तर अमेरिकी कानुनले जहाँ गएपनि छोड्ने छैन त्यो पनि मादक पदार्थ सेवन गरि गाडी चलाएको रहेछ, तर कसरि भाग्न सफल भयछ कुन्नि ?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • mahesh cumar

      यता बाहुन साथीहरु मादक पदार्थ लिने गर्दैन, उता गएर आफुलाई रोक्न सक्दैन / बरु यतै मजा संग जाड रक्सी खाने बानि बसालेर उता गएको भए जाबो त्यति बियरले नलाग्ने थियो साथीहरु /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 21

    • Jeevan

      भाग भैरे भाग…अब पानी मुनि लुके पनि छोड्दैनन ….!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 1

    • एदी यो व्यक्ति ले अपराध नै गरेको हो भने नेपाल बाट फेरी उतै पठाउनु पर्छ | अपराधी जो सुकै भए पनि कानुन को दयेरा मा लेरौनै पर्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • यदि साजन तिमिल्सिना गलत छ भने उसलाई सख्त भन्दा सख्त सजाय हुनु पर्छा किनकि उसको एउटा सानो गल्ति ले तय जना निर्दोष को ज्यान गएको छ र drink n driving यहाको कानुन मा jaghanya अपराध ho र यो जहाँ पनि लागु हुनु parchha

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 5

    eXTReMe Tracker