मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    काले काले मिलेर भाले खाए भैगो नि

    माधवकुमार नेपालले राजीनामा नदिएर देशमा राजनीतिक गतिरोध भयो भन्ठानेकाहरु राजीनामा दिएपछि झन् गतिरोध बढेको देखेर जिल खाँदैछन्। कुर्सी खाली भएपछि र्‍याल चुहाउँदै कुर्सी ताक्नेहरुको ताँती लागेको छ। सुरुमा त कुन पार्टीले नेतृत्व गर्ने भन्ने नै विवाद छ। त्यो विवाद नै मिलेको छैन, कुन नेताको नेतृत्वमा जाने भनेर मारामार छ। यस्तो अन्यौलको अवस्थालाई हटाउन एक काँग्रेसी नेताले बडा सजिलो उपाय सुझाएका छन्- काले काले मिलेर भाले खाने।

    हजुर, काँग्रेस केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाको रहेछ यो उपाय। उनले माओवादी, काँग्रेस र एमालेले मिलेर सरकार बनाउनु पर्ने अनि पालैपालो नेतृत्व लिनुपर्ने उपाय सुझाएका हुन्। अर्थात् फलानो महिनासम्मका लागि माओवादीको प्रधानमन्त्री, फलानो महिनासम्मका लागि कांग्रेसको अनि फलानो महिनासम्मका लागि एमालेको।

    ‘यसरी सरकार बन्यो भने ४ सय ६० सभासद्को समर्थन हुने अनि दुई तिहाइको त्यस्तो सरकार दिगो पनि हुने उनको तर्क रहेछ। अब अर्को बैठकमा यो चक्रीय अवधारणा राख्‍ने रे उनले।

    हुन पनि सबलाई कुर्सी चाहिएको हो भने ठीकै हो नि उनको अवधारणा। पार्टी पार्टीभित्र विवाद छ भने जति महिना जुन पार्टीले ठेक्का पाएको हो, त्यो अवधिलाई पनि बाँडफाँड गरेर एक महिना फलानो नेतालाई एक महिना चिलानोलाई दिए भैगो। सबले कुर्सी पाएपछि बन्द, चक्काजाम, हड्ताल नि नहुने भो।

    विकास ? किन हतार गर्ने? बरु विकास नाम गरेको कुनै व्यक्तिलाई एक दुई दिन कुर्सीमा हाल्दिए भैगो नि।


    No related posts.

    46 comments to काले काले मिलेर भाले खाए भैगो नि

    • हामि जैले पनि इन्डिया लाइ गालि गर्ने या नेता लाइ गालि गर्ने मा नै ब्यस्त छौ कुनै पार्टी मा सम्बन्धित भए देखि अर्को पार्टी लाइ गालि गर्न मा ब्यस्त छौ | नेता को मात्र हैन सम्पूर्ण जनता ले आ आफ्नो ठाउ मा ठगि गर्ने बानि हुनाले देश विकास न भएको हो | जनताहरु जनता न भएर कुनै न कुनै रुपमा कुनै न कुनै पार्टी संग सम्बद्ध छन् | सबै आफ्नो घर बिगारेर अरुको घर बिग्रेको गफ गर्न मै ब्यस्त छन्|
      नेता हरु त जनता को प्रतिनिधि मात्रै हुन्, चक्रे झले श्री ६ प्रचण्ड आदि इत्यादी सबै नेपालि जनता kaa प्रतिनिधि त हुन् नि, हामि नेपाली मा सामान्य बुद्धि पनि न भएको कुरा स्वीकार गरौ नेपालि जनता का प्रतिनिधि मिले इंडिया को के काम हुन्थ्यो र ?

      जनता हरु जनता न भएर पार्टी का दास भए आफ्नो पनि काम न गर्ने अरुको काम पनि बिगार्ने प्रबिर्ती धेरै भो तेसैले हामि पछी पर्येउ |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

      • palpali magar Tara-UAE

        भाले त काले हरुले मात्रै त खाएका छन् नी अझ सम्म ………प्रजान्त्र पछि त यिनै कालेहरुको मात्रै त छ नी दाउ त्यो पनि भाग नपुगी आफैमा लुछा चुडि……. गोराहरुको त कहिलेनी आएन दिन ………….

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pawan

      यो चक्रे पनि बुद्धी भाको मान्छे त कहाँ हो र . फटीचर मुला नचाहिने कुरा गर्छ . येस्ता त छन् नेता हाम्रो देश का.अनि यो माई संसार कमेन्ट गर्ने हरु पनि बुद्धि भाको कोइ देखिन कसै न कसै को भक्त नै छन् सबै. Come on lets protest on the wrong happening.Open your eyes and save our country.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Bardan

      चक्र प्रसाद पनि अलि दिमाग भयकै रहेछ / कमसेकम कसैले नशोचेको कुरा त लियर आय / all the best चक्र प्रसाद अनि तपाई लाई पनि मन्त्रि हुन अग्रिम बधाई तथा सुभकामना /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • madan bajracharya

      सबैको दाउ संबिधान आफ्नै सरकारको पालामा आफुले चाहेकै जस्तो बनाउने नभए संबिधान बनाउंनै नदिने षड्यन्त्र गर्दै गरेको देखियो/ संबिधान सभाको मर्म अनुशार जनताले सबै भन्दा बढी मत दिएको दलको नेत्रित्वोमा सरकार बनाउन दिनु पर्ने नै थियो/ आखिर यो सरकार संबिधान बनाउन मात्रै न हो/ अब संबिधान बनाउन भन्दा आफु जसरि भए पनि सरकारमा बस्ने स्वार्थिहरुको घाँदो जनताले कतिन्जेल बोक्दै रहने?

      मावोबादीको मात्र ३० प्रतिशत जनमत भएकोले उसैको मात्रै त् मनमानी त् चल्दैन थियो नै/ जनमतको मर्म अनुशार सरकार गठन गर्न किन र संबिधान संबिधान सभा भित्रै बहुमतले निर्णय गरेर बनाउन किन नचाहिरहेको हो? कुनियेत स्पस्ट देखिन्छ/

      हुकुमे शासन नचाहेको जनताले कसैको मनपरी शासन पनि चाहँदैन भनि कसैले किन बुझ्न नचाहेको हो? जनताले चाहेकै जस्तो संबिधान बनेमा आफ्नो लुट अब नेपालमा नचल्ने देखेर देस भित्रकै र बाहिरको समेतले नेपालमा बहुमतको निर्णय बात संबिधान नबनुन भनि चाहि रहेको देखिन्छ/ उनिहरुकै मोडेल अनुशार संबिधान बन्नु पर्ने षड्यन्त्र गरि राखेको स्पस्ट हुँदै आई रहेको छ/

      मात्र केहि हजार मावोबादी सेनाको सवालमा ३ करोड जनताको संबिधान बन्धकी राख्न खोज्नेहरु त् रास्ट्रबादी पक्कै होयिनन/ अब रास्ट्रको निमित ज्यान दिने सहिदहरुको यो पुस्ताले अरास्त्र्बादिहरुलाई कतिन्जेल सहि बस्छन? के डर लाग्दैन तिनीहरुलाई जनताको कोप देखेर? कोट पर्ब राजदरवार काण्ड जस्ता काण्ड के नेताहरुले मात्रै गर्न सक्छन र? जनताले खुलामंच काण्ड गरेमा के गर्ने कहाँ भाग्ने तिनीहरु?

      अरु बिकेका नेताहरु त् बिके बिके, रास्ट्र्बादी र सच्चा लोक तन्त्रबादी नेताहरु त् बहुमतले निर्णय गरेर संबिधान बन्न दिनु पर्छ भनेर अघि आउनु पर्ने थियो/ अरे यति गरेमा मारिने नै भएमा पनि नेता भए पछी मर्न पनि तयार हुनु पर्यो नि/ नभए तिनीहरु केको कसको कसको नेता?

      यस्तै भई रहे यकदिन यात सबै नेपाली जनता हातमा जे छ त्यो लिएर सबै नेताहरु माथि जाई लाग्न बेर छैन/ अब जनता पनि यतिकै चुप रहे नेपाल पनि अहिलेको जतिकै पनि नरहन सक्छ/ अरु भूकम्प न आओस, तर राजनैतिक चेतनाको भूकम्प चाहिं आउनै पर्ने देखियो/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पुष्प

      देशलाई भड्खालोमा हाल्न उद्यदहरूको अर्को पासा ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 13

      • krishna gopal shrestha

        आदरणीय मित्र पुष्प जी,
        जय नेपाल ! ! !
        कस्तो सत्य बचन बोल्नु भयको माओबादी बाहेक अरु सबै देश लाइ भड्खालोमा जाक्न खोजने हरु हुन/
        जुन देश भगवान् को आस्था मा चलेको थियो त्यस देश मा अहिले जनता को छोरा रास्त्रपति छन, जुन देश मा राजा लाइ बिष्णु भगवान् मानिन्थ्यो अहिले इतिहास मा सिमित भई सके, जुन देशमा राणा हरुले १०४ बर्ष निरंग्कुश शाशन गरे जनता को बल माँ हटाइयो, जुन देश मा पंचायत ले ३० बर्ष शाशन गर्यो जनता जागरुक भयर पाखा लगाइदिय तर जनता लाइ जागरुक गराउन नेपाल मा मकै पर्ब, पुस्तकालय पर्ब देखि ६२/६३ सम्म को जन आन्दोलन ब्यक्ति बिशेस ले गरेको होस चाहे दल हरु ले, नेपाली जनता हरुले तिनी हरुको सर्हाहना गर्ने पर्दछ / यस्मा कसैको दोष हरु मात्र केलाउनु पक्कै पनि हाम्रो कमजोरी हुन जान्छ / येद्देपी माओबादी समर्थक मित्र हरु संबिधान सभा को निर्बाचन, संघियता , धर्म निरपेक्ष र गणतंत्र माओबादीले मात्र गर्दा आयको हो भन्न थाक्नु हुन्न , यो त स्वास्नी ले म नभय बच्चा नै हुन्न्थ्यो र लोग्ने ले म नभय गर्भ नै बस्दैनथ्यो भन्नु बराबर जस्तो लाग्द्छ / कम्तिमा पनि भोली संयोग ले नेपाल लाइ कसैले आक्रमण गर्न खोज्यो भने तिनी हरुको प्रतिकार गर्ने ऊर्जा लाइ ह्रास गरेको जस्तो लाग्द्छ मित्र हरुले /
        सोचाइ सधै सकारात्मक गरौ न हो मित्र हरु ! इतिहास पनि हेर्ने गरौ /
        हुन सक्छ बेलायत अमेरिका मात्र होइन मलेशिया र उत्तर कोरिया जत्ती पनि देश बिकाश भयको छैन तर यो ६० बर्ष मा कम्तिमा पनि जनता जागरुक त भय नि, बिश्वोबिध्यालय स्थापना भयको भर्खर ५० बर्ष पूरा भयको छ, बाटो| घाटो बल्ल बन्दैछ, संचार को द्रुत गति मा बिकाश हुदै छ, शिक्षा क्षेत्र ले अपार सफलता पायको छ , स्वास्थ चौकी र अस्पताल हरु खुल्दैछन / के टेलीविजन मा अरुको देश हेरेर हाम्रो देश लाइ तुलना गर्न मिल्छ?
        के हामीले तिनी हरुको जस्तो दायित्वों पूरा गरेऊ? के हामी तिनी हरु जस्तो सहनशील छौ? के हामीले एक अर्का लाइ इज्ज़त साथ हेर्न सक्छौ? बोली मा देश प्रेम भयको जस्तो भाबना मा पनि देखाउन सक्छौ ?
        आउनुहोस मित्र हरु आजै देखि सकारात्मक सोच बिकषित गरौ ? की कसो?
        धन्यवाद
        जय नेपाल
        कृष्ण गोपाल श्रेष्ठ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 9

        • madan bajracharya

          कृष्ण गोपालजी
          अलिकति फरक शैलीमा प्रस्तुत त् हुनु भयो तर कुरा उहिको उहिनै/ २००७ सालमा कान्ग्रेस्सले क्रान्ति गरेर प्रजातन्त्र ल्याएको भन्दै गर्ने कृष्ण गोपालजीले अहिले जनताले संघर्स गरेर ल्याएको भन्नु भयो/ राना बिरोधि आन्दोलन जनताले गरेको पक्कै हो/ तेती बेला जनताको अधिकार मागेकोमा प्राण दिने गंगालाल्हारू कांग्रेसी थिएनन् र उहाँहरुले आन्दोलन सुरु गरेको बेला कांग्रेस पार्टीको न्वारन पनि भएको थिएन/ यो कुरा अलिकति भए पनि मान्नु भएकोमा धेरैनै धन्यबाद दिन्छौं/

          अरे; लोकतन्त्र, संबिधान सभा, संघियेता, धर्म निर्पेछ्यता आदि कुरा मावोबादिले मात्रै होयिन सबैले गरेको थियो अलिकति सकारात्मक सोच पनि राख्ने गरौँ भन्नु भएर अजव सिट मुरी मुरी धन्यबाद पौने कुरा गर्नु भयो/ सहि कुरा गर्नु भयो यी मागहरु सबै जनताको माग थिए/ यो माग गरे भनेर आतंककारी भनेर राजा कहाँ गएर सैनिक लगाउनु पर्यो भन्न जाने, ये माग माग्नेहरूलाई आतंककारी भन्दै टाउकोको मोल तोक्नेहरु कस्तो फताह रहेछन हगी कृष्ण गोपाल जी/

          अनि परिबर्तन आएको ६० बर्समा कम से कम जनता जागरुक त् भएको छ भन्नु भयो/ यो पनि ठिक भन्नु भयो/ आज कुनै नेतालाई जनताले बिरोध गर्न बाकि राखेको छैन/ के गर्ने कुर्सीमा सबै भन्दा कम बस्ने सरकारले त् केहि गर्न सकेनन त्यो जनताले बुझेको छ र सहेको पनि छ/ तर कुर्सीमा सबै भन्दा बढी बस्ने ले देस लुट्नु लुतायेकोले अब जनताले कम्मर कसेर उठ्नु पर्ने नै भयो/ तेसैले जनता जागरुक हुन् करै लाग्यो/ साथि बर्ष सम्म को उपलब्धि यहि मात्रै हो कृष्ण गोपाल जी/ अब साथि बर्समा केहि स्कुल बने कलेज बने केहि अस्पताल बने/ तर जाजर कोटमा त् बनेन नि हगी? जे जति बने नेताहरु बस्ने टोल टोलमा बने/ नेता नबस्ने गाउँ मा बनेन/ तर बन्न त् बनेकै हो कृष्ण गोपाल जी को यो कुरा मान्ने पर्छ/ तर नेताहरुले बनाएको हो बा समय चक्रले बनाए भनि बुझ्न बिहान खाए बेलुका खान नापौनेको छोरा छोरी पनि हुर्किएर जवान बनेकै हेरे पुगी हाल्छ हगी कृष्ण गोपाल जी?

          जे होस् कृष्ण गोपाल जीको रक्सि उही पुरानै भए पनि बोतल चाहिं नया ल्याउनु भयो/ राम्रो छ बोतल/

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

        • Pawan

          हो दाई हो कुरा सहि हो तर बोलि मात्र मा भएर भएन नि होइन . हाम्रा नेपाली नेता हरु बोलि सबै को तपाई को जसतै मिठो छ बुट काम आफन्त पोस्ने र आफ्नो पद को दुरुपयोग गर्ने बाहेक केहि भएन. चाहे त्यो काँग्रेस को स्व. गिरिजा प्रसाद होस् या एमाले को माधव दाई होस् या माओबादी को प्रचण्ड होस्.
          जय नेपाल दाई
          नोट: मा माओबादी होइन है यो देश को जनता हु मैले आज सम्म निर्बाचन मा काँग्रेस ,एमाले,माओबादी सबै लाइ भोट हालेको छु.कुनै पार्टी को कर्येकर्ता हो भन्ने भ्रम नपरोस.

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

          • madan bajracharya

            पवन जी/
            ठिक भन्नु भयो/ अरुको त् कुरा छोदुं जावो टोलको वादाध्यछ जस्तो ले त् चुनाव ताका कस्तो कस्तो सपना बाड्ने गरेको हामीले देख्दै आएको हो/ पहिला नमस्ते गरेर भोट थुत्ने अनि घुंडा टेकाउने/ नेता बनेका सबैले आफ्नो भुँडी भर्दै क्रान्तिको नाममा भ्रान्ति र अशान्ति फैलाउने काम मात्रै गरेको छ/

            म पनि तपाईं जस्तै नै हो/ आज सम्म कुनै दलमा लागेको छैन/ तर एमालेको भुल भुलैयामा केहि समय रुम्मलियेर तिनीहरुलाई चुनाव ताका जनताको भोट ठग्ने काममा मदत गर्ने पाप चाहिं म बात भएको छ/ अहिले पनि रास्ट्र मिचेकोमा बिरोध गरेको कारण मावोबादी प्रति अलि कति आस्था जागेको मात्रै हो/ तर केहि गर्लान भनि बिस्वाश गरि हाल्न सकिने कुनै राम्रो प्रमाण पाएको छैन/ कर्येकर्ताको ताल हेरेर दिक्क लाग्छ/ हामीले सच्चा बहुदल बादी कार्येकर्ता र नेता पाएकै छैन भने पनि हुन्छ/ यिनीहरुको कट्टर एकडल बादी प्रबिति त् यक दल बादी पन्चेको भन्दा बढी अनुदार छ/

            मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

        • पुष्प

          कृष्णजी,

          मैले आजसम्मको उपलब्धिलाई बिर्सेको छैन । झन् नेपाली जनतामा जागेको राजनीतिक चेतना त संसारको कुनै देशमा पनि छैन होला । तर योबाहेक के पाए त देश र जनताले ? छानी-छानी हराएकाहरूको हालीमुहाली छ अहिले ! आखिर जतिसुकै चेतना जागेपनि मिथ्या नै हुनेरहेछ नि यहाँ त ! अनि अहिलेको यो राजनीतिक चेतना कसको कारण आएको हो भनेर मुखै फोरेर कृष्णजीहरूलाई भनिरहनुपर्दैन होला क्यारे । तर चेत्नुपर्नेहरूले नचेतेपछि जनतामा जस्तोसुकै चेतना आएरमात्र नहुनेरहेछ …

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • धैर्य को बाद फुट्दै छ,आती गर्नु आतियाचार त नगर्नु नि,दुस्मन को छातीमा वर गर्नी नेपालीले बाकी राखनेछैनन नेताहो !होसीयार !!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • आकाश

      अझ सजिलो त के हुन्थ्यो भने सबै दलका एकएक जना, जो संबिधान सभामा छन्, प्रधानमन्त्री बनाइदिने | तर येसो गर्दा पनि कांग्रेस र माओबादीको चित्त बुझ्दैन जबसम्म देउबा, पौडेल, कोइराला, दाहाल र भट्टराई लाई प्रधान मन्त्रि बन्दैनन् |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • brishal

      कस्तो चोरै चोर नेता जन्मियो हाम्रो देशमा…
      के नेपालीहरुले कहिलै सुख नपाउने हो???

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • Raghu Bir

      जसलाई जनता ले स्पस्ट बहुमत दिएर जिताको छ तेस्लाई पो दिनु पर्छा त राज्य चलाउन, के को नौटंकी हो यो… एस्तो हो भने त जनता को vote को कदर कसरि हुन्छ ?? जतिसुकै बहुमत ले जिते पनि समर्थन का आधार मा त निकम्मै हुने भए त जित्ने हरु… याँहा हार्ने हरु ले जित्ने को भन्दा बढ्ता सासन गरेर record तोडी सके के कुरा गर्ने.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

      • उनको तरिका धेरै पहिले जंग बहादुर राणाले पनि लागु गरेका थिए. अनि आफ्ना भै बम बहादुर, धीर शम्शेर आदिलाई प्रधानमन्त्री बनाएका थिए. चक्रले सुत्नु अघि डायमन शमशेर को सेतो बाघ पढेर निदाएकाले यस्तो विचार प्रस्फुटन भएको हुनु पर्छ.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Raghu Bir

      एस्तो भयो भने बचेको नेपाल को अलि अलि प्रथिस्था पनि समाप्त हुन्छ, कस्तो खाले मेस्सेज जान्छ त international arena मा ख्याल गरे का छन् यी बास्तोला ले ..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Prasan

      राम्रो छ है प्रस्ताब/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shuvit basnet

      लाज पचेका नकच्चराहरु

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Bhattarai

      यो प्रस्ताबलाइ सकारात्मक रुपमा पनि हेर्न सकिन्छ , सबै कुरा लै नकारात्मक रुपले हेर्ने नेपाली मानसिकता तपाई हामी सबै मा भयको कमेन्ट हरु मा देख्न सकिन्छ, ओपिनिओंन पोल गर्ने नेपालका टेलिभिजन च्यानल हरु लाइ जस्तै माइसंसारलाइ पनि तेस्ता सर्भेहरु मा सोधिने प्रस्न हरु को उत्तर मा राखिने अप्सन हरु कसरि राख्ने भन्ने तालिम चाहियको देखियो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • sushil sharma

      सछिकै भन्ने हो भने नेपाल मा राज्नितिगारने हरु को भिड डाका लुछा फटाहा हरु को समूह छ जसले आफ्नो मात्र स्वार्थ हेर्छ /अब बुद्धि जीबी हरु ले यस बारेमा गम्भीर भएर सोच्ने बेला आएको छ / हुन त त्यहाँ नागरिक समाज भन्ने पनि छ क्यारे त्यो पनि यस्तै डाका फटाहा चोर नेता को poppet भा छ त्यसले पनि कम गर्न नसक्ने भयो / अब देश को हालत कस्तो हुने हो /यसबाट मुक्ति पाउने हो / खस् मा भन्ने हो भने राजनीति लाई राम्रो संग बुज्न सक्ने नेता को नेतृत्व को आबश्यक छ न बल्कि मुढे बल मा राजनीति गर्ने हरु को / त्यस्तो नेता अहिले नेपाल मा छैन राजनेता होयिना अहिले हामीलाई राजनीतिज्ञ को आबश्यक छ जो संग १०० बर्ष सम्म को vision होस् र नेपाल लाई राम्रो मार्ग मा लगोश यहि नै मेरो कामना छ / हाल का सबै नेता हरु लाई एकै ठाउँ मा बाधेर खाल्ड हालिदिए हुन्छा / यिनी हरु खाली शब्द जाल मा मात्र बाद विवाद गर्ने तर काम नगर्ने र पद मा बसी रहने चाहे तो सफल होस् वा असफल उसलाई त्यो पद जीवन भर चाही रहने /सबै छेत्र मा आ आफ्नो नीति नियम हुन्छा त्यसलाई इमान्दारिता का साथ पालना गर्नु सबै छेत्र मा सहभागी हरुको कर्तब्य हो /यो कुरा चाही बिकशित मुलुक मा चाही छ / त्यहिँ भएर होला यिनीहरु धेरै अगाडी छन् / बिकशित मुलुक मा नेपाल का नेता हरुले जस्तै राजनीति गरेको भए उहिले नै यिनीहरु को पत्तासाफ भैसक्छ / र राजनैतिक मंच बाट उनीहरु बाहिरिन्छ र त्यहाँ नौलो राजिनैतिक व्यक्ति हरु को प्रवेश हुन्छ /नया सोच जागर ले काम गर्छन अनि मात्र देश बिकाश हुन्छ / t

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      साथीहरु, मेरो अनुसार चाही एउटा सभासद्लाई १२ घन्टाको लागि प्रधानमन्त्री पद दिदा सायद सायद सबैको भागमा १ बर्षको लागि पद पूर्ति हुने थियो कि\

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • dilip

      एकदम राम्रो विचार / मन्त्रि पनि तेस्तै गर्नु पर्दछ…/
      कहिले खुमे लाई, कहिले गोबिन्दे , कहिले वाग्ले लाइ , कहिले गुप्ता लाइ, सरद सिंह , अहिले को उपप्रधान मन्त्रि दुवै लाइ , सुजाता र अर्को लाइ, सिडियो चुत्नेलाई /

      धेरै राम्रो विचार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kisan

      हे निलु YOU ARE 100% CORRECT!
      अब त रति सुत्दा पनि भगबानको नाम लिनुको सत्ता तिनीहरु पनिमरुवालाई सराप्दै निन्द्रा पर्ने भएको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bal bahadur

      जस्तो नाम उस्तै प्रस्ताब . चक्र बास्तोलाको चक्रीय अबधारणा .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dipak srest' berkley californiya U S

      चोरलाई चौतारी भनेजस्तै हो यो उपाय\

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • गगने

      त्यो भन्दा हरेक दिन एउटा संबिधान सभाको सदस्य प्रधानमन्त्री हुने २४ घन्टाको लागि, तेसो गर्दा अझै यो चक्रे प्रथा झनै बृहत र राम्रो होला!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 2

      • dilip

        गगन जी,
        तपाइँ को विचार अति राम्रो लाग्यो ..

        २४ घण्टा को लागि १ जना लाइ प्रधान मन्त्रि बनाएर ६०१ जना लाइ , पालै पालो बनाइ दिने….

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

      • गगने जी,मनमोहन अधिकारी लाई बिमारी अवस्थामा पनि abiswash prastab राख्न sakne हरु भएका कांग्रेसी संग दाई भाई bhandai milna pugeka bhai congress UML लाई पछी प्रस्चाताप अबश्य पर्ने छ |

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

      • madan bajracharya

        गगने जी
        तपाईं को कुरामा एउटा रमायिको प्रसंग थप्छु है/ नेपालको संग्राहलायेमा छालाको पनि टक यानिकी मुद्रा छ भनिन्छ/ त्यो एक दिने राजा बनाएको कुनै सार्कीको थियो रे/ सुनेको कुरा हो/ ठुलो अग्लो कुर्सीमा कहिले पारिबारको कब्जा कहिले दलको नेता र तिनका भाई भतिजाको कब्जा/ बस परिबर्तनको नाममा उसले कब्जा गरेको कुर्सि तेस्ले कब्जा गरे/ यतिनै भई राखेको छ/ कुनै पनि नेताको भुतकाल हेर्दा अहिले बर्तमान मा यिनीहरु पनि भुत जस्तै भएको प्रमाणित भएको छ/ जति खाए पनि न अघाउने/ नेताहरु भुत जस्तो तिनका चम्चाहरु प्रेत पिशाच जस्तो लुटेर चुसेर तर्साएर खाने/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Nilu

      ओहो एक दम राम्रो उपाय / जस्तो जनता उस्तै नेता / जस्तो नेता उस्तै उपाय / हामीले आफ्नो हैसियत अनुसार को नेता छानेउ / नेता ले आफ्नो हैसियत अनुसार को काम गर्छ / ठिकै छ/ कुनै गुनासो छैन/ त्यो नेता को उपाय होइन / हाम्रो उपाय हो / किनकि उसले हाम्रो प्रतिनिधि गर्दै छ/
      Good Weldone ,/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 2

    • Gautam

      strong satire, a element of political drama.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • rajat

      म २८ वर्ष को छु, इंगलैंड को प्रतिष्ठित university मा engineering मा मास्टर्स गर्दै छु ..मैले येहन को सबै तल माथि देखे..औना साथ येहिँ को मान्छे हरु संग सङ्गत गर्न थाले…….हामी ले नेपाल बाट हेरेको जस्तो छैन UK ,इनिहरु को प्रगति दाइजो मा आएको हैन …येहाँ क मान्छे ले पनि तेही बाट सुरुवात गरे जहाँ बाट नेपाल ले….येहाँ को मान्छे नेपाली हरु भन्दा धेरै पिडित छन्….उनीहरु ले कमाएको ४५% त tax मै जान्छ…बाँकि यता उति …अनि महिना टार्दै मा मुस्किल ले १०० पौण्ड खाता मा हुन्छ …टी पनि येहाँ क मान्छे सोझा छन्…….येहाँ क मान्छे लै राम्रो पाठ र सन्चो बाटो मा लग्न कुनै पुराण को पछि नि लग्नु पर्दैन ….किन भने एनी हरु ढुक्क छन् बुढेसकाल मा सरकर ले हेरचा भनेर …अहिले इमान्दारी ले काम गरे सरकार ले हेर्छ……सरकार पनि जनता देखि darauncha किन भने मन्त्रि हरु आफुलाई जनता ले पालेको ठान्चन र जनता सचेत छन् ….कसलाई मन्त्रि बनाउने कसलाई झर्ने उनीहरु बुधिलागौन्चन….अनि सरकार मा जाने ले पनि उमेद्वार पठाउँदा एक भन्दा अर्को राम्रो र कविल पठौन्चन…तेसैले UK आज नि अगाडी छ……
      तर नेपाल मा नेता भनेको प्राय ७५% पास हुन न सके पछि केही गर्न न सके पछि कमै को साधन को रुप मा लिंचन ……….K ५० वर्ष भन्दा तल को ले नेतृत्व गर्न सक्दैन…किन मर्न थालेको र घुस खांदा खांदा फुलेका लै मात्र उमेद्वार को रुप मा अगाडी बदौंचा..नेपाल मा किन प्रधानमन्त्री को लागि छैन डाँकु र मन्त्रि को लागि चोर फटाहा जस्ता certificate पाएका लै मात्र पठौन्चन ……मा २८ वर्ष को छु टी पनि मलाई लाग्छ नेपाल क अब क पुस्ता मा भन्दा धेरै स्मार्ट छन् अनि हामीले हाम्रो नेपाल १० वर्ष पछि उनीहरु लै दिनु पर्ने थाम मा…..संसार को परिवर्तन को बारे मा केई थाहा न भएका…खाली पैसा कता बाट झर्छ मात्र हेर्ने र निकै पुराना लाई संबिधान लेखा भनेर छोडेको हामीले…..गगन थापा जस्तो होस् यो generation उसको जस्तो को हो…१० वर्ष पछि उ पनि पुरानो हुन्छ …..देश मा परिवोर्तन लुना सोच मा परिवोर्तन आउनु पर्चा…..येसो हेर्ने हो भने प्रजातन्त्र अयेपाची देश तल तल खस्कंदै गएको छ….तेई कुरा महेन्द्र को पल मा कति विकास थियो…(यो कुरा अन्यथा न लिम सांचो ho)…..येस्बता क ठ हुन्छ….कमसे काम राजा हरु पढेलेखेका हुन्थे…संसार घुमेका हुन्थे…अनि तेई अनुसार परिवर्तन लुना खोज्थे…..खै मैले भन्न खोजेको कुरो छिर्यो कि चिरेना दिमाग मा….

      तर Ne

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 2

    • p r baral

      यस्ता चोर नेताले के देश बनाउछन सबै जनतालाई वूलु बनाउने त हुन् नि जसरि हुन्छ कुर्सि बचाउने र भता पचाउने काम मात्र गर्छन

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • अनिल

      नेपालका नेता भनाउदाहरुले बिकास गर्न नजाने पनि मिलेर खान त जानेकै हुन् वा वा वा मान्नै पर्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • S@NJ@Y

      कहिँ नभाको जात्रा हाम्रो नेपालमा . जसो गरेनी देश जस्ताको तेस्तै .१२ बर्ष कुकुरको पुच्छर ढुंग्रोमा राख्यो भने सिधा हुन्छ होला तर हाम्रो नेताहरु ………..?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • SANTOSH

      लौ अब चक्रप्रसाद को चक्रीय अवधारणा को कमि थियो यो पनी पुरा हुने भयो धन्य हौ नेपाली जनता !!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • बास्तोला को प्रस्ताव मलाई ठिक लागेन !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

      • madan bajracharya

        भिम फागो जी
        लाग्नु पनि हुँदैन/ चक्रजी त् जहाज अपहरण गरेर जनताको ३० लाख भारु लुट्ने हो नि/ तेस्को हिसाब अझै देखाएको छैन/ अहिले मावोबादिले लुटेको कब्जा गरेको सम्पति फिर्ता लिने बेला त्यो चक्रेले लुटेको ३० लाख भारु पनि फिर्ता लिनु पर्छ/ गाँठे कांग्रेस ले लुटेको मात्र कहाँ पचाउन पाउँछ र?

        चक्रे फर्न्मुला भित्र अर्को हवाई जहाज अपहरण गर्ने योजना लुकाएको नहोस/ होस् पुर्याउनु पर्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Rajesh-Ottawa,canada

      किन फासी नदेको होला यी चोर नेताहरुलाई,देश बिगारेर जनतालाई शान्ति संग बस्न दिएन,काम गरेर खान नदिने भो यी भातमारा नेताहरुले,अझै संबिधान बनाउछु भनेर म्याद थपेर भत्ता खाने विचार गरेको यो दलाल नेताहरुले आखिर संबिधान पनि बनाउदैंन,अझै पनि नेपाली जनतालाइ झुकाउदैछ अब नेपाली जनता एक भएर यी दलाल नेताहरुलाई चिन्नु पर्छ र यस्ता पाजी नेताहरुलाई बहिस्कार गर्नु पर्छ,

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • kailash shrestha

      हा हा हा!!!!!!
      हासो उठ्यो मलाई अहिले ….तर नरमाइलो पनि….के गर्ने मुलुक को अस्थिरता देखेर…..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      चक्रेले चक्रिय प्रणाली ल्याएको देखेर चक्कर लाग्न थाल्यो प्रभु ! ६०१ लाइ कुनै नया चक्रले पिस्न सकिन्छ होला ? यी घुन हरु कति देश र जनताको खुन खान्छन ह ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Maneesh Sharma

      लोभी पापी नेता हरुलाई यो नै उत्तम विकल्प होला तर सबै मै खाउँ, मै लाउ भन्यो भने फेरी कुरा मिल्दैन.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sudarshan

      जब जंगल मा कुनै एउटा ब्वाँसो ले शिकार गर्छ , त्यो शिकार को गन्ध अन्य ब्वाँसा हरु लाई थाहा पाउन रत्ति बेर लाग्दैन र उक्त सिकार आफ्नो हात पार्न सबै लुछाचुंडी गर्छन , आखिर ब्वाँसा हरु जम्मा भैसके पछि त्यो गरेको सिकार एक्लो ब्वाँसो ले पनि त खान सक्दैन ,लडा लड र लुछा चुंडी भैहाल्छ नेपाल मा पनि भएको येही हो , सबै ले मिलेर बाँडेर खाए भैहाल्यो नि तर भ्रस्टाचार ,अशान्ति ,लुटपाट र नेपाल बन्द हुनु भएन! तोकिएकै मिति मा नया संबिधान बन्छ र देश ले निकाश पाउँछ भने नेपाल का ब्वाँसा रुपी नेता हरु लाई मिलेर सिकार खानु र नेपाली जनतालाई दुख नदिनु राम्रो उपाए हुन सक्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विकास ? किन हतार गर्ने? बरु विकास नाम गरेको कुनै व्यक्तिलाई एक दुई दिन कुर्सीमा हाल्दिए भैगो नि। what a jokes,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बरु नागरिक समाज को तर्फ बाट काम गर्ने … र कुनै पनि राजनीतिक पार्टी मा नलागेको बक्ति लाई प्रम बनाउ .. tntai साफ … तेसो गरे कसो होला ????? हि ..हि .. हि …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker