के तपाईँ नजिकैका यी दुई लोगोहरुमा केही भिन्नता छुट्याउन सक्नुहुन्छ?
रङ्गको फरक बाहेक है।
सक्नु भयो फरक छुट्याउन?
पक्कै सक्नुभएन होला। तर यसमा निकै ठूलो फरक छ। आउनुस्, हामी तपाईँलाई देखाउने छौँ- के फरक रहेछ। हेर्नलाई भित्र आउनुस्।

रातो लोगो हालै नेपालमा खुलेको किस्ट ब्याङ्कको लोगो हो। अनि यो अर्को लोगो चाहिँ अमेरिकाको फार्म क्रेडिट ब्याङ्कको हो।

ब्याङ्क जस्तो प्रतिष्ठित संस्थाले अर्काको लोगो हुबहु कपी गर्छ त? गर्दैन नि। त्यसैले फेरि एक पटक ध्यान दिएर हेर्नुस्- केही न केही फरक पक्कै हुनुपर्छ क्या।
अनि यो अर्को हेर्नुस्- इन्टेल भनेको थाहा नहुने को होला र। तपाईँको ल्यापटपको कुनै छेउमा इन्टेलको लोगो टल्किरहेको होला।

अनि यो अस्ति नेपालको एक राष्ट्रिय दैनिकमा छापिएको विज्ञापन हेर्नुस्-

यो नेपाली ओपन स्कूलको र इन्टेलको लोगोमा पनि केही फरक पक्कै होला। घोरिएर हेर्नुस् है।
[यस्ता उदाहरण तपाईँले पनि देख्नुभएको छ भने पठाउनुस् है हाम्रो इमेलमा blog@mysansar.com मा]
No related posts.









जसले जे भने पनि मलाई त त्यो लोगो राम्रो लग्यो गज़ब लग्यो ही हा हा हा हा
मन परे हरियो, नपरे रातो
0
0
http://wisestartupblog.com/apple-woorlworths-logo-lawsuit/apple-sue-woolworths-copycat-logo/3828/
मन परे हरियो, नपरे रातो
0
0
किस्ट बैंक ले मात्र hoena China को होस्पितल मा पनि प्रयोग हुने लोगो येही नै छ,अब कसलाई क भन्ने,नेपाल जस्तो country मा एस्तो कुरा नोर्मल हो .
मन परे हरियो, नपरे रातो
0
0
archive.org को waybackmachine म हेर्दा farmcreditbank.com को website ले 24 November 2005 देखि उक्त लोगो प्रयोग मा ल्याएको देखिन्छ | यस हिसाबले किस्ट बैंकले लोगो चोरि गरेको कुरा पक्कै हो (यदि यो बैंक ५ बर्ष पुरानो होइन भने) http://web.archive.org/web/*/http://www.farmcreditbank.com/
एउटा नेपालि जुत्ता कम्पनीले त गोल्ड्स्टारको लोगो नै पुरै नक्कल गरेर प्रयोग गरेको थियो कुनै जमानामा | आजभोलि त्यो गोल्ड्स्टार LG मा परिवर्तन भएको छ र त्यो जुत्ता कम्पनी पनि छ की छैन आजभोलि खै?
मन परे हरियो, नपरे रातो
2
1
this is not more than ‘monkey’s blind imitation’. aru lai thaha nabhaye pani kist bank lai ta thaya hunu parne ho marketing, quality, logo bigyapan ko bharema.
मन परे हरियो, नपरे रातो
4
2
साथी हो,
केहि फरक पर्दैन लोगो एकै भएर किनकि नेपालमा सबै कुरा आयात गरिन्छ, कि त अमेरिकाबाट कि त भारतबाट, यो लोगो पनि नेपाल मा उत्पादन नभएर आयात गरिएको हो, यो देश मा केहि उत्पादन गर्ने सक्दैन, के गर्नु चित्त त दुख्छ नि
मन परे हरियो, नपरे रातो
8
2
अरु भन्दा नी संगीत नाट्य एकेडेमीको लोगॊ प्रतियोगितामा प्रथम भई यी बजाचार्यले नगद पुरस्कारपनि हात खुब महान जस्तो लाग्या थ्यो । तीनको कलाको खुब प्रसंशा गरेको थिएँ तर अष्ट्रेलियाको एकेडेमी (http://www.musicacademy.co.nz/) को लोगो देखेपछि त खिस्स परँे म त । धिक्कार छ तीनलाई । तिनलाई त पुरस्कार थाप्न पनि लाज लाग्नु पर्ने थियो । सालोक्य जी ती दुई लोगो छापी दिनुस न हौ ।
अनी सबभन्दा मिल्दोजुल्दो चैं मानवअधिकारसँग सम्बन्धित संस्थाहरुको हुँदो रहेछ । को जस्तो जुनमा पनि चरा उडेको जस्तो आगोको ज्वालाजस्तो उस्तै उस्तै लाग्ने खालका ।
किष्ट बैंकमा त्यो अमेरिकन बैंकको शेयर अथवा उसको उसमा छ भने त ठीकै होला नत्र त जसले चोरेको हो त्यसलाई धिक्कार छ ।
मन परे हरियो, नपरे रातो
2
2
त्यो लोगोलाई नाट्य एकेडेमीले अस्वीकार गरिसक्यो त। अब फेरि के कोट्याइरहनु त्यही कुरा। तैपनि कसैसँग भए लिङ्क हाल्दिनुभए हुन्छ नि। मसित चैँ छैन।
मन परे हरियो, नपरे रातो
1
3
खै, अस्वीकार गर्या कुरा कसैले लेख्या देखिन त मैले यहाँ । बल्ल तपाईले लेखेपछि पो थाहा भो त । मलाई थाहा भा भए किन कोट्ट्याईरहन्थेँ र ?
मन परे हरियो, नपरे रातो
2
0
यो रिमिक्सको जमना हो हजुर…..
हरिराम पौडेल
hariram_paudel@yahoo.com
मन परे हरियो, नपरे रातो
2
1
अब इन्टेल को लोगो हल्दिये पछी त्यति सार्हो बिज्ञापन पनि गर्नु परे न. School चलाउने मान्छे बाठो रहेछा. अझै माइक्रोसफ्ट को लोगो हल्दिएको भए त सबै फटाहा हरु पढ्न जान्थे होलान. मेरो विचार मा यिनी हरुले अरुको लोगो चोर्नु हुँदैन भन्ने थाहा नपाएर गरेका होलान एक पटक माफा गर्दिनुस.
मन परे हरियो, नपरे रातो
6
0
आब पढ्दै न पढी १० पास गर्न चाहने बिद्यार्थी कस्तो होला ? के हि फरक पर्दैन होला है , अब इन्टेल जस्तो कम्पनी त्यो कोचिंग सेन्टर लाइ मुद्दा हाल्न औदैना पक्कै पनि
मन परे हरियो, नपरे रातो
8
1
यिनीहरूलेत अरुको कपी गरेर लोगो बनाएछन् अनि हाम्रो देशका नेता हरूले पनि अमेरिकाका नेताहरुको नक्कल गरेर हामीलाई पनि अमेरिकन जस्तै बनाइदिए कस्तो मज्जा हुनिथियो……………
मन परे हरियो, नपरे रातो
13
1
हाम्रो नेपाल |
मन परे हरियो, नपरे रातो
3
1
त्यो इन्टेल को चै ad दिने आफै तेसरी पास गरेको होला अनि लोगो भन्या कसरि थाहा पावोस्?
मन परे हरियो, नपरे रातो
11
4
किस्त बैंकले त अर्काको लोगो कपि गर्योरे लौ . तर इन्टेलको बिज्ञापनमा हेर्नुभयो भने हेर्नुस नेपालको पढाइको हालत, यस्तो बिज्ञापन सम्बन्धित निकायले देखेन जस्तो छ . होइन भने सरकारी निकाय के गर्दैछ ?
मन परे हरियो, नपरे रातो
5
3
कसले कसको लोगो चोरेको about us मा गएर हेर्न सकिन्छ ..
Who We Are (FARM CREDIT BANK)
Farm Credit Bank of Texas, headquartered in Austin, Texas, is a cooperatively owned wholesale bank with assets of $13.9 billion. We are part of the nationwide Farm Credit System, established by Congress in 1916. Together with our affiliated lending cooperatives, we comprise the $19.2 billion Texas Farm Credit District, the single largest rural lending network serving Alabama, Louisiana, Mississippi, New Mexico and Texas.
About Us (KIST BANK LTD.)
Kist Bank Ltd. was initially incorporated in 2002 as a ‘C’ class financial institution, the Kist Merchant Banking and Finance Limited and has been upgraded to ‘A’ class commercial bank on May, 2009.
The professional team along with dedicated employees is always looking forward to serve the customers, understanding the needs and designing the tailored products. The bank operates in a highly automated environment in terms of information technology and communication systems, which enables to offer prompt services. The bank has put in substantial effort and investment in acquiring the best technology available to build its infrastructure to make fast access for its valued customers. The company is driven by the values of efficiency in operations, integrity, and a strong focus on catering the needs of every customer by offering high quality and cost effective product and services.
The Bank has been providing its service to its customers through its own office building at Anamnagar in the capital, as well as in other different parts of country. We are available with 51 branches spread throughout the country with the eagerness to serve the customers.
Kist bank stands for the customers’ convenience, support and providing Power to Succeed.
मन परे हरियो, नपरे रातो
2
10
यो त अत्ति नै भयो हौ ! इण्टेलको त सबैलाई थाहा भएकै कुरा हो । यो लोगो डिजाइनरले चोरेर बनाएको भन्दा पनि यसका सञ्चालकहरूले आमनागरिकलाई झुक्याउनकै लागि इण्टेलको लोगो प्रयोग गरेको हुनुपर्छ । किष्ट बैंकको लोगोचाहिँ डिजाइनरको बेइमानी हुनुपर्छ किनकि यस्तो लोगो अरुको पनि छ भन्ने कुरा थाहा पाउन गाह्रै पर्छ । तर कुरो यहाँ यो पनि उठ्छ कि कसले कसको लोगो चोरेको हो; के थाहा किष्टको लोगो फार्मक्रेडिटले चोरेको पो हो कि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
25
बैधानिक रुप मा भन्नु पर्दा, जब सम्म कुनै पनि लोगो नेपाल को उद्योग बिभाग को त्रदे मार्क साखा मा दर्ता भयको हुदैन तब सम्म त्यो लोगो जो कसैले पनि प्रयोग गर्न सग्छ / यो हरेक देश मा लागु हुन्छ / जस्तै कुनै बिदेशी कम्पनि ले नेपाल मा आफ्नो लोगो सुरछित राख्नन आबसेक प्रकिया पुरा गरि रकम तिर्नु पर्छ अन्नेथा कानुन ले मान्नेता दिदैन / अनि अर्को कुरा, नेपाल को कानुन अनुशार जसले पहिले लोगो दर्त्ता गर्र्यो त्यो लोगो तेसै को हुन्छ / जस्तै किस्त बैंक ले आफ्नो लोगो दर्ता गरिसकेको भय अब त्यो अमेरीकन बैंक को केहि लाग्दैन / गल्ति अमेरीकन बैंक को नै हो / उसले पनि बेलै मा लोगो दर्त्ता गर्नु पर्ने हो / तर बस्ताब मा के हो भने संसार मा धेरै तेस्ता कम्पनि हरु छन जसलाई नेपाल बजार को कुनै मतलब नै छैन तेसै ले दर्त्ता गर्ने चासो देखाऊदैन अनि नेपाल को त्रदे मार्क साखा पनि तेस्तै छ …….कमजोरी को फाइदा उठाउछ /
मन परे हरियो, नपरे रातो
9
4
एकदम राम्रो कुरा उठाउनु भयो !!!
अरु को मौलिकता को कदर गर्नु पर्छ!!!
मन परे हरियो, नपरे रातो
8
2
!!!!!
एउटा चार कुन्ने घेरा भित्र छ भने अर्को बाहिर तेही फरक हो सोम ! नेपालि हरु चोरी चकारी मा धोत्ति भन्दा माथि पुग्न थालि सक्यो अब पर क्यापिटा मा माथि न पुगे पनि. के गर्ने गरिबी बढे पछि चोरी चकारी पनि बढ्छ. यो सबै स्तिथि को परिस्थिति हो.
मन परे हरियो, नपरे रातो
3
4
नेपालमा सरकार त इंडिया को कपी छ भने अरुले जे गरे पनि भै हाल्छ नी…
मन परे हरियो, नपरे रातो
11
3
राम्रो कुराको कपि गरे राम्रो . माई संसार पनि त कपि हो नि . अंग्रेजी ब्लगको ।
मन परे हरियो, नपरे रातो
10
3
“नेपाली कुकुर बेलाएती भुकाई” भएर नै हामीहरुले बिकाश गर्न नसकेको हो!
मौलिकता, आफ्नोपन भन्ने त ठूलो कुरा हो नि!
“हजुरको पशल” कति राम्रो नाम!
“नांग्लो बेकरी” कस्तो नेपाली नाम!
“नमस्ते किनकान”
“भान्छाघर”
सोल्टी…
च्यांग्बा यातायात
…
के नेपाली नाम राखेकाले प्रगति गरेका छैनन र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
2
http://www.commbank.com.au/ – यो अस्ट्रेलिया को एउटा बैंक हो एसको लोगो र नेपाल को बैंक http://www.siddharthabank.com/ को लोगो पनि inspired भाको जस्तो लाग्यो
मन परे हरियो, नपरे रातो
8
3
यो हेर्नुस त
http://www.primebank.com.np/images/banner.gif
http://www.primebank.com.np
अनि यो पनि
http://i663.photobucket.com/albums/uu356/tirtakusuma/Logo/joomla-logo2.png
http://www.joomla.org/
मन परे हरियो, नपरे रातो
11
3
हाहाहा ब्यानर / लोगो बनाउने कम्पनि को नै लोगो चोरेछ यो प्राइम ब्यांक ले
मन परे हरियो, नपरे रातो
2
0
बेइमानी गरि खान पल्के पछी सिर्जना गर्न कसलाई मन लाग्छ, गर्ने अर्का को यसो नक्कल गरेर माम पाइन्छ भने के को टाउको दुखाई/
मन परे हरियो, नपरे रातो
4
4
अरु त ल ठिकै छ कपि गरे अरे भैगो तर यो इन्टल(intel) को बिज्ञापन देखेर पो हासो उठ्यो.होइन यो कस्तो स्कुल हो जहाँ ८/९ कक्षा पासै नगरी slc/+२ को परिक्षा दिन पाइने अनि पास पनि हुने अरे,अनि परिक्षा पनि सजिलो हुने अरे,अनि फेरी TU ले पनि मान्यता दिने अरे.लौ एस्तो पनि हुन्छ र भन्या,कसैलाई यसको बिसय मा थाहा भय यसो जान्न पाय हुने थियो,यो स्कुल कस्तो हो भनेर,कि ठगि खाने भाडो हो???????
मन परे हरियो, नपरे रातो
7
4
हाम्रो खुबी भन्नुनै अरुको नक्कल गर्नु हो भन्ने बुझायिले गर्दानै आफ्नो मौलिक पहिचान
गुमाई रहेको पत्तो नपाय जस्तो हो|
मन परे हरियो, नपरे रातो
3
2
तेस्तीई कुरा गर्ने हो भने त जापान र बंगलादेशको झन्डा पनि त सेम छ . खाली रंग मात्र फरक छ .
मन परे हरियो, नपरे रातो
7
9
तर यो राम्रो होइन
मन परे हरियो, नपरे रातो
3
2
नेपालीको नक्कल गर्ने नमुना हो यो |
मन परे हरियो, नपरे रातो
12
5
लोगो रातो मतलब खतरा तर के खतरा हो थाहा छैन | शायद लगानी डुब्ने खतरा हो कि ? च्याउ जस्तै उम्रेका छन् बैंक पनि कुनमा पैसा राख्ने थाहा छैन त्यसैले यो बैंकले साबधान पो परेको हो कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
बिचरा लोगो डिजाईनर लाई लोगो भनेया के हो थाहानै छैन होला
तर यस्ता ठुला ठुला कम्पनी लाई पनि थाहा नहुनु भन्या सारै दुखको कुरारो हो
लोगोको महत्तो नाबुज्नी कम्पनीले किन लोगो राख्नु पर्य
”आर्क घोडा चढे भन्दैमा आफु धुरी छाड्नु” जस्तैपो लायो त मलाई
मन परे हरियो, नपरे रातो
12
2
This is very common, specially in IT business. There are very few, really very very few people with own creativity.
When people need something then they sit in google and search with appropriate search key words like “Bank Logo” or “popular banks”… and they start comparing logos. They select logo based on various criterias – easy to modify …. They start playing with colors and orientations. Afterwards their creativity is ready. This is the basic algorithm and bitter truth of todays creations.
Not only in Nepal, this algorithm is applied in so called developed, Western countries also. I was working in a web company. Time and again my boss used to come to me and ask to make things like this and like in this website. I used to modify things so that it looks unique and after sometimes he used to come to me and make comments on various things. So its easiest to make few changes and submit so that you wont get further comments.
मन परे हरियो, नपरे रातो
11
4
एउटा रातो रातो ,अर्को पहेलो पहेलो |
एउटा को ब्यक्ग्राउन्ड छैन ,अर्को को ब्यक्ग्रांड निलो |
किस्त बेंक ,क्रेडिट फार्म ,एउतै लोगो हालेछन |
नेपालीले इन्टेल लाइ ,चलाउन थालेछन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
Logo of The Wellington Music Academy, NZ and one designed by Mahima Bajracharya for नेपाल संगीत तथा नाट्य आकेडेमी looks same.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
येसो त commonwealth bank of australia र sidhartha bank of nepal को लोगो पनि मिल्छा .
मन परे हरियो, नपरे रातो
10
2
लोगोहरु नै हेर्ने हो भने, यहाँ एउटा डिजाएनर साथि को ब्लग छ । http://swapnilacharya.blogspot.com/2010/07/epic-logo-failures.html
हेरौँ, कसले के गरेका रहेछन् !
मन परे हरियो, नपरे रातो
5
5
अमेरिका को प्रतिष्ठित बैंकले कसरि
नेपालको बैंक को नक्कल गरेको हो ?
किस्ट बैंक ले अब मुद्दा हाल्नु पर्छ है /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
77
5
नेपाल हो जे गर्दा पनि हुन्छ … कसलाई पो थाहा हुन्छ र भन्ने धेरै छन् ….धन्यबाध छ माई संसार को …
मन परे हरियो, नपरे रातो
8
4
यो लोगो भन्दा पनि लोगो बनाउने मान्छेमा पक्कै फरक छ …. एउटा स्रस्टा र सर्जक हो अर्को चोर र बेइमान हो …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
97
3